लंकावतारसूत्र एक गंभीर दर्शन हो, यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । ८ चित्त्त विज्ञानहरु; आलयविज्ञान, क्लिष्टमनोविज्ञान, मनोविज्ञान, चक्षुर्विज्ञान, श्रोतविज्ञान, घ्राणविज्ञान, जिह्वाविज्ञान, स्पर्शविज्ञान .. । आत्मवादीहरुलाइ पनि आलयविज्ञानमा दीक्षित गर्न ..।
अलंकार, व्यञ्जन आदि मात्र होइन, समग्र सूत्र चित्त नै हो । अलंकारिक भाषा वा चित्रण छैन । वुझेपनि नवुझेपनि धैर्यगरी बसिदिनु होला । यो रमाइलो विषय होइन । .. धैर्य चाहिन्छ । सिक्ने भए एक वर्षले पनि पुग्दैन । ग्रन्थ परि.. रुपमा लिए हुन्छ ।
पृष्ठभूमि
यो सूत्र ठाउठाउमा उल्लेख भएको छ । यसमा भगवान वुद्धले सम्वोधन गर्नु भएको छ । तर, वहाँ शाक्यमुनि वुद्ध नै हो भन्न भने गाहारो छ । प्रमाणित गर्न गाहारो छ । माता वसुमति पिता .. को पुत्र भनिएको … विरजपुत्र स्रोतको रुपमा उल्लेख छ । ‘शाक्यसिंहे कलौयुगे …’ कृतयुगमा जन्म भएको विरज वुद्ध, अन्य भनेको क्रकुच्छन्द … हो । यसैले शाक्यमुनि भन्दा पहिलेको सूत्र हो । ७९४
उपायकौशलवाट विज्ञानवादी दर्शनको ज्ञान गराउने उद्देश्य हो । यसमा रावण एक पात्र मात्र हो । प्रथम अध्यायमा वाहेक कुनै परिवर्तमा रावण शव्द कतै उल्लेख भएको छैन । यसैले रावण काल्पनिक हुनसक्छ । तापनि, प्रथम परिवर्तमा भगवान वुद्धले लंकेश्वर रावणलाइ धर्मोपदेश गरेकोले नै पुस्तकको नाम लंकावतार भनिएको हो ।
यस लंकावतारसूत्र मूलरुपमा संस्कृत साहित्य हुनु पर्दछ । यसको उद्गम भारत र नेपाल नै हो । इसाको तेस्रो शताव्दिमा धर्मरत्नले चीनियाँ भाषामा अनुवाद गरिसकेको देखिन्छ । चिनिया भाषावाट सन् ७०४मा निष्टानन्दले अनुवाद गरेको । गुणभद्र वोधिसत्वले चिनियाँ भाषावाट पुन: एक पटक संस्कृत भाषामा अनुवाद गरेको देखिन्छ । यसको विकासक्रममा जापान भाषा र अन्यान्य भाषामा पनि अनुवाद भएका छन् । संस्कृत भाषावाट नेपाल भाषा (नेवारी)मा २०५० सालमा बुद्धवज्र वज्राचार्यवाट वाट अनुवाद भएको छ ।
प्रथम परिवर्तमा १० अध्याय सहितको धर्मरुपी वोधिरुचिले गरेको । परिमार्जित हुदै आएको । मूलसूत्र संस्कृतभएपनि रुपभद्रले चिनिया भाषावाट पुन: संस्कृतमैं उल्टा गरिएको भन्ने विश्वास छ । ७०४ मा दिव्यवज्र वज्राचार्यले नेपाल भाषामा अनुवाद गरिदिएको छ ।
यस लंकावतारसूत्रमा दश अध्याय छन्, जसलाइ परिवर्त भनिएको छ,
१ रावण अध्येषणा परिवर्त । यसमा लंकेश्वर रावणलाइ भगवानले धर्मोपदेशनाको उल्लेख छ । महमतिको सुझाववाट त्रिकालिक वुद्धहरुलाइ सोधने गरेको दुइ प्रश्न, ‘धर्मअधर्म भनेको के हो यी दुवै कसरी प्रहाण गर्ने हो ?’ र ‘विकल्पको अलमलमा परेकालाइ प्रहाण धर्म कसरी दुइटा भयो ?’ भने रावणले सोधेको तथा भगवानले देशना गरेको कुरा छ ।
२ षट्त्रिंशत्साहस्र सर्वधर्मसमुच्चयो परिवर्त । यसमा महमती बोधिसत्व महासत्व स्वयंले भगवानसंग विज्ञानवाद सिद्धान्त सम्वन्धी २०८ प्रश्न सोधेको छ । यसमा विशेषत निर्वाण, मोक्ष, मनोविज्ञान आदि विषयका सोधेका छन् ।
३ अनित्यता परिवर्त, ४ अभिसमय परिवर्त, ५ तथानित्यानित्यप्रसंग परिवर्त ६ क्षणिक परिवर्त र ७ नैर्माणिक परिवर्तहरुमा एकै विषयवस्तु, ‘विज्ञानवादको दार्शनिक सिद्धान्त’बारे उल्लेख छ ।
८ मांसचोदना निषेध परिवर्त । यसमा मांसभक्षण गर्न कडा निषेध गरिएको छ । यसवारे पछि चर्चा गर्नेछु ।
९ धारणी परिवर्त । यसमा धर्मभाणक र धर्मधारकका हित रक्षा हेतु आपत विपत शमन दमन को लागि धारणीको व्यवस्था गरिएको च ।
१० सगाथकम् । यसमा ८८५ श्लोक छन् जसमा माथी परिवर्तहरुमा उल्लेखमा आएका गाथाहरु दोहोराएको छ ।
यस सूत्रमा १३१२ श्लोक छन्, तर लाख श्लोकको लंकावतार व्याकरण भयो भन्ने उल्लेख भएको छ, ‘धर्मं दिदेश यक्षाय प्रत्यत्मगति गोचरम्, दिदेश विखिलम् सूत्रम् शतसाहस्त्रिक गिरौ’ । अत: हाल उपलव्ध यस सूत्र अपूरो भएको हुनसक्छ, यसैले अव पूर्ण हुने आशा राखौं ।
एक एक सूत्र । पाठ गरेर के हुन्छ ? जीवहो ??
वुद्धवाचिक सूत्र चित्त वा विशुद्ध विज्ञान जीवनको वास्तविक स्तर त्यहि मात्र हो । चित्तमात्र विज्ञान मात्र । वाह्य वस्तु देखिएको आँखाले नदेखिएका विषय पनि उचित विषय हो आलय विज्ञान हो ।
देखिराखेको लाइ कसरी देखेकोछैन भन्ने ? शास्त्रले त्यही भन्छ । चित्रले तपाइलाइ नदेखे … । सन्दर्भमा शाक्यमुनिको सूत्रमा पनि उल्लेख छ । धम्मपदको पहिलो सूत्र, ‘मनोपुब्बंगमा धम्मा मनो.. , अर्थात् जुनसुकै अवस्थामापनि मन अघि जान्छ ।’
मनले देखे सवै छ, मनले नदेखे केहि छैन । जगतमा पदार्थ केहि छैन, भासमान वस्तु मात्र । आलय विज्ञानकै परिणाम हो । यस सूत्रमा यहि कुरा भनिएको छ । जव व्यक्तिले संसार …. केवल चित्रमात्र राखि हेर्दछ निर्वाणको वाटोमा रहन्छ निर्बाण सम्भव हुन्छ । उदाहरण ताल्चालाएको विर्सेको, वाटोमा भेटेको मान्छे चिनेन । चित्त अन्त गएको । आँखाले हेर्दछ तर चित्त हुँदैन ।
स्वचित्त दृष्य परिज्ञानम् .. कुशलम । चित्त नै दृष्यमा परिज्ञान, रुप रस हि भनि भावना गरे परिशुद्ध हुन्छ । लंकावतारको विश्वास छ । त्यसैले एक आपसमा हेरेकोमा लंकावतार । विज्ञानमय तत्वले हेरेको । कुत: गरेको । उद्देय । १० ओटा टाउको एक आपसमा हेरेको । देखाएको ।
‘न दृष्टा न च द्रष्टव्यं न वच्यो नापि वाचक:,
अन्यत्र हि विकल्पोऽयं कृतिस्थिति:,
ये पश्यति यथदृष्टं न ते पश्यन्त नायकम्’
अर्थात्, ‘हेर्ने पनि छैन, हेरिने वस्तु पनि छैन, भन्ने पनि छैन, भनिने कुरा पनि छैन । यो देखेँ, त्यो देखेँ, यो भनेँ भन्नु त कल्पना मात्र हुन् । यो यथार्थ ज्ञान भो कि वुद्धधर्मको आकारप्रकार देखिने भयो ।’ .. कल्पनामात्र हो भनि वुझनु पर्दछ वुद्धज्ञान वुझनको लागि । देखिएको कुरा संवृत्तिसत्यमात्र हो । परमार्थसत्य होइन । चित्त भएर मात्र देखिएको हो ।
‘अष्टाविधि विकल्पाश्च बुद्ध अप्रचित्ति परियत्ति’ जब आठ प्रकारका विकल्पहरुको अन्त हुन्छ, मनमा कल्पना हुदैन, वुद्ध पनि देखिदैन । विकल्प रहित संसारमा मात्र वुद्ध देखिन्छ । विकल्प भएर नै दुख भएको विकल्प नउठने गर्नुपर्छ । आफूसंग भएको कुरामा संतुष्ट नहुनु । वुद्धलाइ पनि विकल्पसमान न देखे मात्र बुद्ध देखेको हुन्छ ।
कम्प्युटर कसरी छैन भन्ने । चित्तको परिकल्पना हो । मन भएरमात्र मनले कल्पना गरेको हो । आजकाल भैतिकता नै सुखको वस्तु हो भनिन्छ । विज्ञानले दिइको भनिन्छ, तर यसवाट शान्ति हुदैन, झन भयभीत हुन्छ, विकलताको अन्त्य हुदैन । ‘दीर्घ स्वभाव… लामो छोटोमा वस्तुको परस्पर सम्वन्ध रहन्छ । मनको स्वभावले भनिएको – मनको स्वभाव होइन । अनन्त वस्तुको संयोजनवाट एक वस्तु निर्माण हुन्छ, त्यसलाइ कसैले राम्रो वा नराम्रो भन्छ भने त्यो दृष्टिगत विकल्प हो । अल्पज्ञानले भौतिक सुख प्रति ध्यान गएको । राग, मोह आदि अवलम्वन नराख्नुपर्ने ।
त्यस समयमा यस्तो सारगर्भित कुरा कसरी लेखियो होला ? विकल्प भए श्रावक हुन्छ, वोधिसत्वमार्ग बन्द हुन्छ । सर्वसत्व प्राणीलाइ उद्दार गर्न भववान वुद्धले भन्नुभएको छ ‘चित्तमात्रं न दृष्योऽस्ति द्विधा चित्तं हि दृष्यते, ग्राह्य ग्राहक भावेन शाश्वतोच्छेद वर्जितम्’ अर्थात् सवै चित्त मात्रै हो, ग्राह्य ग्राहक रुप लिइ अगाडी दुप्रकारको देखिएको हुन्छ । ब्रह्मलोकसम्म चित्तमात्र हो । विकल्प हटेपछि जगतलाइ नै स्वचित्त हो भनि देख्ने हुन्छ । यो यथार्थ हो । वास्तविक सत्य हो ।
३४ श्लोकमा वताउने । धर्मलाइ धेरै परिश्रम गर्नु पर्दैन । चित्तमात्र निराभास भए वुद्धभूमि प्राप्त हुन्छ । चित्त विकृत भए वुद्धभूमि मरुभूमी हुन्छ ।
छैठौं परिवर्तको २ श्लोकमा महायानी दर्शनको सारभूत दार्शनिक व्याख्या छ,
‘पञ्च धर्मा स्वभावाश्च विज्ञानान्यष्ट एव च
द्वे नैरात्म्ये भवेत् कृत्स्नो महायान परिग्रह: ।।४।।
नामनिमित्तसंकल्पा: स्वभावद्वयलक्षणम्’
सम्यग्ज्ञामं तथात्वं च परिनिष्पन्न लक्षणम ।।६।’
अर्थात् पाँच ओटा धर्म तीनओटा स्वभाव, आठओटा विज्ञान र दुइटा नैरात्म्यका कुरा भित्र सम्पूर्ण महायान समेटिएको छ ।’ अरु ग्रन्थका आधारमा भन्छ, लंकावतारमा छैन ।
परिचयमात्र सारतत्व रुपमा भन्दा पञ्चधर्म अन्तर्गत नाम, निमित्त, विकल्प, सम्यकज्ञान, र तथता: पर्दछन् । स्वभाव तिन किसिमका छन् परिकल्पित स्वभाव, परतन्त्र स्वभाव, परिनिष्पन्न स्वभाव । अष्टविज्ञान अन्तर्गत आलयविज्ञान, क्लिष्टमनोविज्ञान, मनोविज्ञान, चक्षुर्विज्ञान, श्रोतविज्ञान, घ्रानविज्ञान, जिह्वाविज्ञान र स्पर्शविज्ञान पर्दछन् । दुइटा नैरात्म्य भन्नाले पुद्गल नैरात्म्य र धर्म नैरात्म्य हुन् ।
: …आकारप्रकार, विकल्प :.., सम्यकज्ञान :।।… यी चित्त भएरमात्र देखिने ।
३ स्वभाव त्रिक्षण; परिकल्पित: विज्ञप्तिमात्र, पर..: विकल्पयो .., परिनिष्पन्न : .. । अर्थको प्रयोग कल्पनावाट गर्ने भएको मनले कल्पित – परिकल्पित । आकार प्रकार आदि । जसको हेतु, प्रत्यय निर्भर छ परतन्त्र छ । एक भन्दा वढी वस्तुको संयोगवाट निर्माण । तषत्यहरु भएर नै मैले वोलेको हूँ । विकल्प नभएको – शुद्ध । म मेरो भन्ने नभएको अवस्था ।
विज्ञान : आलय शव्दको अर्थ गृह, स्थान वा आधार हो । थाहा पाउनु विज्ञान हो । चेतना हो । जसको सिक्छ त्यो विज्ञान हो । विज्ञानको उत्पत्ति आलय हो । मूल विज्ञान हो । मूल विषय- अन्त विज्ञान या उत्पत्ति हुन्छ । अनन्त विचार आलय विज्ञानवाटै हुन्छ । तत्सर्वशास्त्रै धर्मचित्त .. धर्म आलय ।
सम्पूर्ण साम्प्रेषिक धर्म .. विभिन्न विचार- स्रोत आलय विज्ञान । ‘संसारवीजं विज्ञानं सति दृश्ये प्रवर्तते, कुड्येसति यथा चित्रं परिज्ञानान्निरुध्यते ।।’ अर्थात् जहाँसम्म दृष्य (विषय) भन्ने रहन्छ तवसम्म संसारमा बीजरुपी आलयविज्ञान रहररहन्छ । जसरी अंगप्रत्यंग भएसम्म चित्र बनाउन सकिने हुन्छ,अंगनै नभएमा आकाशमा चित्र बनाउन सकिंदैन ।’ जसको उत्पत्त गर्न पूर्वाआलय विज्ञान … लंकावतार ।
क्लिष्टमनोविज्ञान : लामो परिभाषा छ । आलयविज्ञाननै क्लिष्टमनोविज्ञानको आलम्वन हो । चैतसिक .. आलम्वन भएकोले रूपादि भावनाको ..
नैरात्म्य द्वे : क्लिष्टमनोविज्ञानले म मेरो भन्ने स्नेह अभिमान गराएकोले न मेरो भन्ने जीव ‘पुद्गल’ भन्ने धारणा आएको हो । यसलाइ हिन्दू दर्शनले आत्मा पनि भन्ने गर्दछन् । तर, वास्तवमा पुद्गलको अस्तित्व छैन, किनकि यसलाइ केस्रा केस्रा केलाइ पञ्चस्कन्धजस्तै कतै केहि देखिदैन । महायान वुझने, सद्धर्म वुझने ।
७ अध्याय : नैर्माणिक परिवर्त क्लेशावरण र ज्ञेयावरणको चर्चा
८ अध्याय : महत्वपूर्ण छ । नपच्ने हुनसक्छ । ‘मद्यं मांसं पलाण्डुं न भक्षयेयं महामुने..’ भनि मद्य मासु र लसुन खान वर्जित गरेको छ । अझ ‘त्रकिटिशुद्धमांसं वै अकल्पितमयाचितम् अचोदितं व नैवास्ति तस्मान्मांसं न भक्षयेत्’ भनि त्रिकोटी परिशुद्ध भनिएको मासु समेत पनि खान हुदैन भनिएको छ । मेरो निम्ति मारिएको भन्ने शंका नभएकोलाइ पनि अनुमति दिएको छैन । मनुष्यको हात करुणाको लागि हो हिंसालाइ होइन ।
‘आहाराज्जायते जायते दर्प: संकल्पो दर्पसंभव:
संकल्पजनितो रागस्तस्मादपि न भक्षयेत् ।।
संकल्पाज्जयते रागश्चित्तं रागेण मुह्यते
मूढस्य संगतिर्भवति जायते न च मुच्यते’
अर्थात् आहारले अभिमान उत्पन्न भइ नाना संकल्प हुन्छ, जसवाट राग आउने भएकोले त्यस्तो आहार गर्नु हुदैन । रागचित्तले मोह हुन्छ, मोहले आशक्ति चढाउछ र आशक्तिले भवंसारमा जन्म भइरहि मुक्त हुन पाउदैन ।
मांसाहारी क्रोधी स्वभावको हुन्छ, सहनशील हुन सक्दैन । अहंकार अभिमान उत्पन्न हुन्छ । अभिमान अहंकारले नाना संकल्प । राग मोह आशक्ति जन्म दुख ।क्रोध र द्वेष भन्दा पनि मोहितहुनु अझ ढरललाग्दो हुन्छ किनकि मोहचित्त दिशाहिन हुन्छ, विक्षिप्त हुन्छ ।
के त्रिकोटि परिशुद्ध हुनसक्छ ? वास्तवमा त्रिकोटी परिशुद्ध मासु प्राप्त हुनै सक्दैन । एक कथा छ । एकपटक भगवान भिक्षुसंघसंग भ्रंण गरेकोवेला कतै केहि भिक्षा नपाई लामो समय भोकै रहेको वेलामा एउटा मरेको हात्ती देखेपछि भगवानले त्यो मासु खान इजाजत दिनुभएछ । फेरि भ्रमणकै क्रममा त्यस्तैगरी भिक्षा नपाएको वेला भिक्षुहरुले हात्तीको मासु संझी चित्तमा राग उत्पत्ति गरेछन् । त्यसवेला पुन: अर्को हात्ती पनि मरेको भेट्टाएछ । तर, यस पटक भगवानले त्यो मासु खान इजाजत दिनुभएन । किनभने हात्ती भन्तेलो चित्त विकृत भएको कारणले मरेको हो । यसको अर्थ यो हो कि चित्तको आलय विज्ञान हो । मनले गरौको कर्मवाट पनि घटना गटित हुन्छ । साथै, अन्जानमा गरेको कर्मको फल आफूले नदेखेको भएपनि भोग्नु नै पर्छ नि केहि कम नै भए पनि ।
९ धारिणी परिवर्त
सगाथकम् (..परिवर्त । ८४८ श्लोक । सदा .. ।) सवै विज्ञानवाद सम्वन्धि हो ।
चित्त (१०\१०) असारता हुने धम्मा … शून्यति मन्यते । सर्वधर्म, वस्तु सार नभएको हो । मनो भावमात्र हो । .. शून्य भनिएको हो ।वस्तुको निर्माण उत्पन्न वस्तुको संयोगको परिणाम हो । केस्रा केस्रा केलाइ हेर्दा केहो वाकि रहन्न । हामी हाम्रो बन्ने भ्रममा वस्छौं । अनित्य स्वभाव, संस्कृत स्वभाव हो ।
‘नैस्वभावस्या .. पुद्गल हेतु परम्परा ।’ १८ धातु .. सवै शून्य हो । एकपल्ट हेर्नुहोस् । अनन्त विषयको एकात्मकताले आएको हो । स्वभाव हैन । स्वभाव भएको भए एउटालाइ मिठो भए अर्कोलइ पनि मिठो हुनुपर्ने हो ।
आफूल आफूलाई पनि भन्नु भएको छ । भव, कृया, लक्ष निरवाण हुदैन । … । मनोविज्ञान चित्त – विकृत स्वभाव निवृत्त भएपछि निर्न हुन्छ । चित्त अशुद्ध भएसम्म निर्वाण सम्भव छैन । शून्यताम हुन्छ ।
गतिसागररभाटा .. ज्वरभाटा घट्दा तरंग घट्छ । मनोविज्ञानको कै चित्र घटौपछि ..
.
.
.
चित्त भनेको के हो ? जानिफकारले कोरेको चित्र हिमालय जस्तो प्रस्ट देखिन्छ, तर हिमालय हुदैन । त्यसरी नै सम्पूर्ण वस्तुको स्वभाव भएजस्तो देखिएको हो । जगतको स्वभाव । फिल्म जस्तै । पर्दामा देखाएको । हो जस्तै लाग्छ । यो संसार महान कलाकारले वनाएको जस्तो छ ।
चित्तको स्वरुप कस्तो छ ? ‘वस्तु न विद्यते पश्यति न विद्यते ..वुद्धवाक्य हो । केहि नभएको विचार गर्दै वस् चित्त पनि नभएर जान्छ । चित्त छ भनि चस्दा आलम्वन पनि उत्पन्न हुन्छ ।
नाम किन राखेको नि ?? ‘… ” वस्तुको नाम नभए सम्मोह, अनभिज्ञ हुन्थ्यो । ना काल्पनिक हो, परिकल्पित हो । सिर्जनाका हेतु प्रत्यय भएको कुरा गर्दै आएका हामी । यसमा ‘धर्म संकेत .. ‘ ।
अनात्म दर्शन पनि स्वीकारेको दखिन्छ । प्रतित्यपमुत्पाद धर्म संकेत मातर हो । म पनि भएको छैन । चित्र मात्र हो । ;दर्पणे .. विम्वहि’ ऐनाजस्तोमा टल्केको प्रतिविम्ब । यो संवृत्तिसत्य हो ।
वस्तुको स्वरुप । ‘प्रत्यय धावतं..’ । जगतको स्वभाव । हेतुप्रत्यय स्वभाव । प्रकृति पुद्गल । सवै सपना नै हो । आँखाको विरामी, तिर्मिर रोगी ।
निर्माँणहुने अवस्थामा प्रपञ्च हुदैन । चित्तमात्रै छ भन्ने विचार आए पनि ।
निर्वान । स्थवीरवादीहरु अर्हत पछि निर्वाण हुन्छ भन्छ । ५७ । यसमा सर्वविज्ञान । जव विविधमन दृष्ट – मनोआलय -वासना रहित हुन्छ । परावृत्त हुन्छ । त्यहाँ निर्वाण हुन्छ । …. नभएको स्चरुप नै निर्वाण हो ।
जवसम्म चित्तको विकल हुन्छ, निर्वाण हुदैन । जगत-शून्यता-धर्मधातु चित्तको स्वरुप हो ।
तथागत शून्य? । वचन मोक्ड धर्म .. केहि हद सम्म मिथ्या हुनसक्छ । तर, चित्त मिथ्या हुदैन । चित्तको कारणले नै संसार र निर्वाण हुन्छ । चित्त नै सर्व प्रधान हो । यसैलाइ तथागतगर्भ पनि भनिन्छ । क्लेश हटाउनुस्, क्लेशले छाकिएको हुन्छ ।
जीवनको यथार्थ.. हामीले देखेको संसार तृष्णाको कल्पना हो । चित्तको स्वभावले अनावश्यक दुखको समग्रह गरेका हुन्छौं । ‘…’ । नैरात्म्य दुईटा – लाभ क्लेश हटाइ अचोन्त्यलाभ । आफूमात्र होईन, अरुलाइ पनि गर्ने ।
अन्त्यमा, नवग्रन्थको सार । ३ तथागत, वुद्धदेशना, निर्वाणप्रवाहान .. ।
हे महामती, तथागतहरुको धर्मदेशना निर्वाणमा लैजाने हुन्छ । समस्त दुखको अन्त्य नै हो, निर्मूल गर्ने हो । दुखको अन्त्य, उत्पत्तिको करण, विकल्पको कारण यही लंकावतारको सार हो ।