पञ्चशील:
हिंसाऽसत्यं परस्त्रीं त्यजस्व परधनं मद्यपानं तथैव ।
संसारे वज्रपाशः स्वकुशलनिधनं पापमेतानि पञ्च ।।
यो यत्काले वभूव त्रिदशनरगुरुस्तस्य नम्ना प्रदेया ।
एषाऽऽज्ञा विश्वभर्तुभव भयमथनी पालनीया त्वयापि ।।
उपासकको अर्थः-
उ, इति-
उद्युक्तो बुद्धपूजायां उपशान्तोपशायकः ।
उपकाराय सत्वानां उपायेनान्वितो भवते ।।
पा, इति-
पापानावर्जयेन्नित्यं पापिष्ठैः सह सङ्गतिम् ।
पावान्निवारयन् जन्तोः पापं सर्व्वत्र देशयेत् ।।
स, इति-
समारोपविनिर्मुक्तः समाधौ सुसमाहित ।
सर्व्वदा परमानन्दी सम्बोधिं साधयेद बुद्ध ।।
क, इति-
करोति सर्व्वदा यत्नं करुणां परिपालयेत् ।
कष्टेनापि न चानिष्टं करोत्युपकृतिं पराम् ।।
इति वचनात् ।
परिचय
भाष्कर मल्ल कृत महाविहार यट्खा बहालमा चतुर्मास चारमहिना तथा अष्टमी, पूर्णिमा, संक्रान्ति, र अमावस्या प्रत्येकमा “आर्यमञ्जुश्री नामसङ्गीति” पाठ गर्ने गरिन्छ । त्यहाँ मैले पनि बारम्बार गई पाठ गर्ने गर्दथेँ । तर यसको अर्थ मैले केहि बुझेको थिएन ।
त्यसपछि ल्हासाबाट आउनुभएका प्रत्येकमान साहू मार्फत तिब्बती भाषामा लेखेको यस नामसङ्गीतिको टीका एकप्रति प्राप्तभयो । त्यहि पुस्तक हेरि यस गाथाका अर्थ बुझ्न कोशिस गरीराखेको पनि करीब पचिस बर्ष भयो होला । त्यस पछि फर्पिङ वज्रयोगिनीको तलतीर भदन्त बुद्धसागरले निर्माण गर्नुभएको बिहारमा भिक्षु शुभसागर तथा श्रामणेर वागेन्द्र धर्मबर्द्धक हरुका सहयोग लिई त्यस पुस्तक अनुवाद गरेको पन्ध्र वर्ष जति भयो । फेरि भदन्त भिक्षु मुनिशासनले अनुवाद गर्नुभएको यसको हस्तलिखित प्रतिलिपी हेरि अझ केहि अरू बढी बुझिलिएँ । तापनि राम्ररी बुझ्न सकिएको छैन । तिब्बती पुस्तक हेर्दैछु । तिब्बती भाषा राम्ररी नबुझेकोले सुन्न सोध्न पनि अप्ठ्यारो छ । तर, किताव हेर्दै र बुझिलिनु कोशिस गर्दै दुइ-तीन पटक लेखिराखेँ । पछि यो नामसङ्गीतिको टीका अनुवादगरी किताबको रूपमा प्रकाश गरूँला, भनि राखि राखिराखेँ ।
एकदिन संयोगवश पुण्यात्मा नन्दसिद्धि बुद्धाचार्य संग भेट भयो । उहाँसंग केहि ज्ञानगुन धर्मको बारेमा छलफल भयो । साथै यस नामसङ्गीतिको टीकामा मूल संस्कृतको साथै त्यसका अर्थ र भावार्थ समेत समावेशगरी लेखिदिनुहोस् भनि त्यसलाई प्रकाशित गर्ने भार समेत उहाँले नै लिनुभए बाट उहाँ नन्दसिद्धि को सल्लाह अनुसार यस टीका मूल संस्कृतको साथै शव्दार्थ तथा भावार्थहरू सहित राखि लेखेको हुँ ।
किताब प्रकाशितगर्ने भार लिनुभई पाल्नुभएका नन्दसिद्धि बुद्धाचार्य तथा उहाँ प्रकाशकका धर्मपत्नी कयोमाँजु, प्रुफ देखाउन ल्याउने किताबको रूप छाँटकाँट मिलाइ दिने खाष्टीमान शाक्य, ल्हासादेखि किताब पठाईदिनु भएका प्रत्येकमान साहू, अनुवाद गर्न सहयोग गरिदिनु भएका भिक्षुहरु तथा अन्य सहयोगी सबैलाई धन्यवाद छ ।
किताबमा कतै व्याकरण, भाषा इत्यादिमा गल्ति त्रुटि छुटपुट हुनसक्दछ, त्यस्तोमा पाठकहरुले सुधारगरी पढी यसको गुण र सारमात्र बुझि लिने प्रयास गर्नु भएमा अनुवादकको परिश्रम सफल भएको हुनेछ, भन्ने मनमा लिएकोछु ।
भिक्षु धर्मसागर
त्वपं?
“आर्य मञ्जुश्री नामसङ्गीति” गाथा भन्नासाथ यसबारे थाहा नपाएकाहरू खोजे पनि पाइन गाह्रै होला । फेरि, यो गाथा आद्योपान्त किताब नै नहेरी पाठ गर्न जानेका पनि धेरे नै छन्, तर यो “आर्य मञ्जुश्री नामसङ्गीति ”गाथाको अर्थ यस्तो हो भनि जानेका कमै मात्र भएको हुनाले हामीले यसको महत्ता राम्ररी नजानी बुझ्न नसकि रहेको सबैले थाहा पाएकै हो ।
यसैले यसको अर्थ राम्ररी सिक्ने र सकललाई पनि बुझाई देखाउने अभिलाषा भएको निकै भइसकेको थियो । एकदिन भिक्षु धर्मसागर भन्ते भेट हुँदा उहाँले आफूले लेखि राखेको भनि नामसङ्गीतको भावार्थ देखाउनु भयो । मैलेउहाँ भन्तेलाई भावार्थ मात्र होइन कि नामसङ्गीतिको मूल अर्थ नै राखी किताबको रूपमा पाठकहरूका अगाडी राख्न सकिएमा अत्यन्त लाभकारी हुनेथियो भन्ने मनमा आएको भाव प्रकट गरेँ । उहाँ भन्तेले कसैले पनि प्रकाश गर्ने भारा लिइदिएमा मैले लेखि दिनेछु भनि वचन दिई दिनुभयो । तत्पश्चात् मूल अर्थ तथा भावार्थ समेत राखि यस “नामसङ्गीति”को प्रकाश गर्ने अभिभारा पनि (मलाइ नै) दिइदिनुभयो ।
यस टीका प्रकाशन गर्ने मुख्य उद्देश्य यो हो कि हाम्रो बौद्ध ग्रन्थहरू धेरैजसो संस्कृत भाषामा लेखिराखेको हुँदा प्रायशले यसलाई अर्थको अनर्थ हुने गरी उपयोग गरिआएका छन् । त्यस कारणले हामीले यस्ता ग्रन्थहरूबाट जति लाभ लिनुपर्ने हो त्यत्ति पाइराखेको छैनौं । उसैले यो टीका हेरी श्रद्धालु पाठकजन हरूले आर्य मञ्जुश्री नामसङ्गीति गाथाको भित्रको गुह्यार्थ र बाह्यार्थ ज्ञानको अर्थ बुझी केहि ठोस आधारमा तथ्य अनुसन्धान गरी लाभ प्राप्तगरी लिन सकोस् भन्ने मनमा राखेर आर्य मञ्जुश्री तथा प्रज्ञापारमिता संग प्रार्थना गरी यो पुस्तक बिहार र बहि प्रत्येक सबैमा र श्रद्धालु भक्त सज्जनहरू समेतमा बिना मूल्यमा समर्पण गरेको छु ।
अरू के भनौं, निरन्तर परिश्रम गर्नुभई यो किताब लेखि प्रकाश गर्नुहोस् भनि समर्पण गर्नुहुने भिक्षु धर्म सागर भन्ते विशेष धन्यवादका पात्र हुनुहुन्छ । सथै, किताबलाई मन लगाएर राम्ररी पढीदिनुहुने सकल श्रद्धालु पाठकहरूलाई पनि धन्यबाद ।
प्रकाशक
नन्दसिद्धि बुद्धाचार्य
तथा कयो माँजु ।
निवेदन
विश्व अन्तर्राष्ट्रिय बौद्धहरूले आआफ्ना देश सबैठाउँमा मातृभाषामा बुद्धधर्ममा शिक्षा शास्त्र अध्ययन गर्न तथा ज्ञान गुण सिक्नको लागि किताब बनाइ सकेका छन्, अझै बनाउनका लागि परिश्रम पनि गर्दै रहेका छन् ।
पहिले हाम्रा शास्ता सर्वज्ञ भगवान् शाक्यमुनीन्द्रले स्वर्ग-मध्ये-पातालमा गुञ्जिनेगरी सुनिनेगरी ब्रह्मस्वर निकाली आकाशधातु पर्यन्तमा भरी पाल्नुभएका जिनपुत्रहरूलाई आर्य मञ्जुश्री नामसङ्गीतिको प्रशंसा आज्ञा गरी दिनुभयो । यी चौरासी हजार (८४,०००) धर्मस्कन्ध मध्ये श्रेष्ठोत्तम भएको यस बोधगर्ने मार्ग मध्ये उत्तम चर्या महागुह्य अनुत्तर भैराखेको यस नामसङ्गीतितन्त्रमा मायाजालतन्त्रको महान रहस्य शेष बाकी नराखि अगाडी-पछाडीको अनुसन्धी मिलाइ पदच्छेद गरी देखाइराखेको हो ।
यस नामसङ्गीतितन्त्र मायाजालमहातन्त्रमा सोह्र हजार (१६,०००) अध्याय भएकोमा पन्ध्र हजार नौसये उनान्सयौं अध्याय आज्ञा भई सकेपछि गुह्याधिपति वज्रपाणि तथा उहाँका चक्रगण वीरहरू असंख्य संख्यामा साथै लिई शास्ता मुनीन्द्रसंग आर्य्य मञ्जुश्री नामसङ्गीतितन्त्र आज्ञा गरिदिनुहोस् भनि प्रार्थना गरेको हुनाले यस आर्य्य मञ्जुश्री नामसङ्गीति बताइदिनु भएको हो ।
अतएव यस तन्त्र अनुसार सकल वज्रयानको स्थान तथा मूलगर्भ भई पाल्नुभएका मञ्जुश्रीज्ञानसत्वको परमार्थ नामसङ्गीतिको प्रशंसा तथा उल्लेख गर्न हाँगापात समेत समात्न गाह्रो हुने भएकोमा म जस्ता अञ्जान बालखको बुद्धि अगोचर भूमिमा विचरण गर्ने वीरहरु वा पण्डितजनहरूको लागि मात्र गोचर छ । त्यसो हो तापनि दरिद्र याचकले धनाढ्य दानपतिलाई देखेको अवस्थामा जस्तै आफ्नो केहि हैसियत नभए पनि स्वयम् प्रशंसा गरेको जस्तै उत्तम देवादिदेव उहाँ मञ्जुश्रीको नामसङ्गीतिको टीका हेरी त्यसको गुण सम्झी श्रद्धापूर्वक सुविख्यात तथा उल्लेख गर्ने मन उत्पत्ति भयो ।
बुद्धिहीन विद्यादरिद्र भएका म जस्ताले नामसङ्गीतिको टीका प्रकाशनगर्ने शक्ति नभएतापनि अन्य जनहरुले यस नामसङ्गीतिको अर्थ गर्नु भएपनि हुन्छ भन्नको लागि तथा पुण्यात्मा नन्दसिद्धि उपासक तथा कयोमाँजू उपासिका हरुले यस नामसङगीतिको पुस्तक जगतप्राणीलाई हितोपकार गर्नको लागि धर्मदान गर्ने तथा प्रकाशन गर्ने वचन दिनुभएकोले हर्षोत्सव गर्दै शुभ आशिर्वाद दिंदै यस ग्रन्थको टीकालाई हेरी उल्लेख गर्ने कोशिस गरिराखेको छु ।
यस ग्रन्थ अनुवाद गर्नलाई मूल संस्कृत तथा भदन्त ज्ञानध्वजले तिब्बती भाषामा नामसङ्गीतिको टीका गरिराखेको तिब्बतको किताबलाई हेरि जाने बुझेकाहरू बाट सल्लाह लिई आफ्नो बुद्धिले सकेको जति संग्रहगरी भावार्थ लेखेको हो ।
अतएव यस टीकामा सकल पाठकवर्ग तथा प्रज्ञावान पण्डितहरुले गल्ति भएको ठाउँमा सच्याएर, त्रुटी भएको ठाउँमा उठाई देखाई दिनुभयो अथवा सच्याइ दिनुभयो भने अर्को संस्करणमा शुद्धगर्ने मनमा लिएको छु ।
त्यसमाथि यस ग्रन्थ प्रकाश गर्नका लागि सहयोग दिनुभएका सकललाई धन्यवाद दिएको छु । अन्त्यमा यस टीकामा भएका गल्ति वा त्रुटी छुटपुट इत्यादि भएमा सतगुरु महामञ्जुश्री तथा सकल बुद्ध बोधिसत्त्वहरूले क्षमा गरिदिनु हुनेछ भन्ने आशा राखी क्षमा गरिदिनुहोस् भनि प्रार्थना गरेको छु । प्रस्तुत उल्लेखको मुख्य उद्देश्य यो हो कि यस ग्रन्थ आर्य्य मञ्जुश्री नामसङ्गीति देश र गाउँ गाउँमा पनि पढी राखेको हुँदा हर्षोत्सव भई यो सर्वसकलले नै पढी आएजस्तै यसको अर्थ पनि बुझी कोशिसगरी गुरुहरू संग सोधी भावना पनि गरी परमार्थ नामसङ्गीतिको अद्वय ज्ञान बुझी वज्रकाय प्राप्तगरी लिनुहुनेछ भनि, र यस पुण्यद्वारा सकल सत्वप्राणीहरु अनुत्तर सम्यक्सम्बोधि प्राप्त गरी यसै जन्ममा सम्यक्सम्बुद्ध हुनसकोस् भनि आशिकागरी प्रणिधान पनि गरेको छु । शुभमस्तु ।
पहिले भोट् देशमा पोतलको दरवारमा (पहिलेको दलाई लामाको गुरु) भदन्त ज्ञानध्वज भन्नेले ७८५ वर्ष(?)मा टीका लेख्नु भएको हो । तिब्बतको पुस्तक हेरी संग्रह गरीराख्नु भएका “भिक्षु धर्मसागर” स्वयम्भू मञ्जुश्री पर्वतस्थानमा बसी नेपाल सम्बत् १०८९ सालमा गुंलाथ्व पारुको दिनमा समाप्त गर्नु भएको हो । यस पुण्यद्वारा जिनको शासन महारत्न बृद्धि भई सकल प्राणिहरु सम्यक्सम्बुद्ध होओस् । शुभम् ।
भिक्षु धर्मसागर
आर्य्य श्री स्वयम्भू
मञ्जुश्री पर्वतस्थान ।
भूमिका
यदि कोहि प्राणीले सम्यक्सम्बोधि ज्ञान प्राप्त गरिलिने कामना गरी कतै केहि ग्रन्थमा खोजीनीति गरे वा कुनै पुस्तक कोठीमा खोजे भने वा त्रिपिटकमा नै खोजे भने पनि “आर्य्य मञ्जुश्री नामसङ्गीति” किताब भन्दा महान र सरलको अर्को कुनै पुस्तक पाइने छैन ।
जसरी त्रिपिटकमा धर्मपद(धम्मपद) एउटा सानो पुस्तक भएता पनि मूल्यवान र अमूल्य रत्न हो । त्यसरी नै महायानमा त्रिपिटक तथा चतुःतन्त्रमा ग्रन्थमा यस आर्य्य मञ्जुश्री नामसङ्गीति एउटा सानो पुस्तिकामात्र भए तापनि अमूल्य चिन्तामणिरत्न जस्तै हो । यो चिन्तामणिरत्न भनेको मनले जे जे चिन्तना गरियो, त्यो त्यो दिने वा भएर आउने हो । त्यसरी नै यस आर्य्य मञ्जुश्री नामसङ्गीति तन्त्रमा पनि जे जे चिन्तना गरिन्छ त्यो त्यो भैआउने हुन्छ ।
जसरी श्रावकयानमा रहेकालाई “चतुःआर्य्यसत्य”, प्रत्येकयानमा रहेकालाई “प्रतीत्यसमुत्पाद र द्वादशाकार”, महायानमा रहेका लाई “दशपारमिता र दशभूमि” (महत्व राख्दछ), त्यसैगरी तन्त्रयानमा रहेकालाई “उत्पत्तिक्रम र निष्पत्तिक्रम” दुवै भएको हुनाले सकललाई प्रति-प्रति सम्पूर्ण ग्रन्थको सार अन्त खोजी रहन नपर्ने गरी त्रिपिटक तथा चतुःतन्त्रका सार यसमा सम्पूर्ण रहेको छ ।
त्रिपिटक (श्रावकयान)
(क) सूत्रपिटक, (ख) विनयपिटक, (ग) अभिधर्मपिटक
(क) सूत्रपिटकः- सूत्रपिटक यी पाँचओटा निकायमा विभक्त गरिएको छ
(१) दीर्घनिकाय: – यसमा ३५ओटा सूत्र छन् ।
(२) मज्झिमनिकाय: – यसमा १५२ओटा सूत्र छन् ।
(३) संयुक्तनिकायः- यसमा ५६ओटा सूत्र छन् ।
(४) अङ्गुत्तरनिकायः- यसमा ११ओटा निपात छन् ।
(५) खुद्दकनिकायः- यसमा १५ओटा ग्रन्थ छन् ।
(१) खुद्दकपाठ, (२) धर्मपद, (३) उदान, (४) इतिबुत्तक, (५) सूत्तनिपात,
(६) विमानवत्थु, (७) पेतवत्थु, (८) थेरगाथा, (९) थेरीगाथा, (१०) जातक ,
(११) निद्देस (चुल्ल, महा), (१२) पटिसम्भिदामग्ग, (१३) अपदान,
(१४) बुद्धवंश, (१५) चरियापिटक ।
(ख) विनयपिटकमा सातओटा विभाग छन्
)१) पाराजिक पालि भिक्षु विभङ्ग, (सूत्त विभङ्ग)
(२) पाराजिक पालि भिक्षुनी विभङ्ग, (सूत्त विभङ्ग)
(३) महावग्ग (खन्धक),
(४) चुल्लवग्ग (खन्धक),
(५) परिवारपालि ।
(ग) अभिधर्मपिटकमा सातओटा विभाग छन्
(१) धम्मसंगनी, (२) विभङ्ग, (३) धातुकथा, (४) पुग्गल पञ्ञति,
(५) कथावत्थु, (६) यमक, र (७) पट्ठान ।
त्रिपिटक (महायान)
(क) सूत्रपिटक, (ख) विनयपिटक, (ग) अभिधर्मपिटक
(क) सूत्रपिटकः- सूत्रपिटक यी चारओटा निकायमा विभक्त गरिएको छ
(१) आर्य्य महारत्नकूटः- यसमा छओटा ठेली पुस्तक छन्
(२) आर्य्य महावैपुल्यः- यसमा छओटा ठेली पुस्तक छन्
(३) वहु सूत्रः- यसमा तीसओटा ठेली पुस्तक छन्
(४) निर्वाण सूत्रः- यसमा बीस (नीगू?) ठेली पुस्तक छन्
(ख) विनयपिटकमा पाँच विभाग छन्;-
(१) भिक्षुविभङ्ग – यसमा चार ठेली पुस्तक छन्
(२) भिक्षुनीविभङ्गः- यसमा छओटा ठेली पुस्तक छन्
(३) विनयवस्तुः- यसमा चारओटा ठेली पुस्तक छन्
(४) विनय क्षुद्रकवस्तुः- यसमा दुईओटा ठेली पुस्तक छन्
(५) विनय उत्तर ग्रन्थः- यसमा दुईओटा ठेली पुस्तक छन्
(ग) अभिधर्मपिटकमा छओटा विभाग छन
(१) शतसहस्रिका प्रज्ञापामिताः- यसमा बाह्रओटा ठेली पुस्तक छन्
(२) पञ्चविंशति सहस्रिका प्रज्ञापामिताः- यसमा तीनओटा ठेली पुस्तक छन्
(३) अष्टसहस्रिका प्रज्ञापामिताः- यसमा एकओटा ठेली पुस्तक छन्
(४) अशीतिसहस्रिका प्रज्ञापामिताः- यसमा तीनओटा ठेली पुस्तक छन्
(५) प्रज्ञापारमिता हृदयः- यसमा एकओटा ठेली पुस्तक छन्
(६) नानात्व प्रज्ञापामिताः- यसमा एकओटा ठेली पुस्तक छन्
चतुःतन्त्रः-
(१) कृयातन्त्र, (२) चर्यातन्त्र, (३) योगतन्त्र, र (४) अनुत्तर योगतन्त्रः
यी चारओटा तन्त्रका जम्मा बाइसओटा ठेली पुस्तक छन्
यी सूत्र, विनय, अभिधर्म तथा कृयातन्त्र, चर्य्यातन्त्र, योगतन्त्र, अनुत्तरयोग तन्त्र सबैलाई महायान-त्रिपिटक तथा चतुःतन्त्र भनि भनिन्छ ।
जसरी श्रावकयानको त्रिपिटकमा धर्मपद आकारमा एउटा सानो (पुस्तिका) मात्र भएता पनि अत्यन्त प्रचार भैराखेको छ; प्राचीनकाल देखि नै चीनिया, तिब्बती, भाषामा यसको अनुवाद गरिएको छ । त्यसरी नै महायान-त्रिपिटक तथा चतुःतन्त्रमा पनि आर्य्य मञ्जुश्री नामसङ्गीति एउटा सानो आकारको (पुस्तिका)मात्र भएता पनि अत्यन्त प्रचार भैराखेको छ । प्राचीनकाल देखि नै चीनिया, तिब्बती भाषामा यसको अनुवाद गरिएको छ ।
नेपालमा पनि मूल संस्कृत भाषामा काठमाण्डौ, ललितपुर र भक्तपुरमा तथा गाउँगाउँमा समेत आजसम्म सबैले पढीआएको सबैले बुझेकै हो, सुनेकै हो, देखीआएकै हो । तर, यो नामसङ्गीति गाथा पढे पनि यसको अर्थ केहि नजानी, बुझ्न पनि नसकी, यसले भनेको यसले सुनेको, यस्तो ज्ञानगुनको कुरा हो भन्ने पनि केहि बुझेको होइन । अतएव यो आर्य्य मञ्जुश्री नामसङ्गीति कसले बताएको भने –
शाक्यमुनि भगवान् सम्बुद्धो द्विपोत्तमः ।
उहाँ भगवान् तथागत अर्हत् सम्यक्सम्बुद्ध दुईखुट्टाले टेकेका देव-मनुष्य मध्ये श्रेष्ठोत्तम हुनुभएका शाक्यमुनि नै हुनुहुन्छ । अतएव यस कुराको कारण विशेष हुने गरी सिक्नको लागि उहाँ शाक्यमुनिको जीवन चरित्र केहि अलिकति बताउन आवश्यक छ ।
संक्षिप्त बुद्ध जीवन चरित्र
पहिले एक समयमा दशै दिशाबाट पाल्नुभएका सकल जिनपुत्रहरू मध्ये उत्तम श्रेष्ठ भइ पाल्नुभएका महामुनि हुनुहुन्छ । कलिकालमा जगतप्राणीहरु लाई महाकरुणा राखि पाल्नुभएका शास्ता उहाँ समान अर्को कोहि छैन । यसैले उहाँ शाक्यराजले त्रिधातुका जगतप्राणीहरु सकल दुःखको सागरमा डुबिराखेको देखी महाकरुणाले सहन नसकि पहिले बोधिचित्त उत्पत्ति गर्नुभयो । त्यसपछि त्यसबिचमा असंख्येय तीनकल्प सम्म पुण्यसम्भार गरी तुषिता भुवनमा जानुभयो । उहाँ बोधिसत्त्व तुषिता लोकबाट च्यूत भई विशेष कचिंगलको भएको कलिकालको समयमा अन्यान्य जिनपुत्रहरुले छोडिगएको प्राणीहरूमाथि करुणाले सहन नसकि कलिको आयु सयेवर्षमात्र भैराखेको समयमा यस साहाभू लोकधातुमा आई जिनको चरित्र देखाउनु भएको हो ।
उहाँले कोशल राज्यको प्रधान नगर कपिलवस्तु शाक्य गणराज्यमा जन्म भई उन्तिस वर्षसम्म कुमारलीलाको समय भोग गर्नुभयो । त्यसपछि दशै दिशाका जिनहरुले बारम्बार महान गराई? (च्वेका) बिनती गरेकाले केहि आफ्नो मनमा विचार गरी उन्तिस वर्षको उमेरको अवस्था भएपछि युवती पत्नीको प्रेममय आलिङ्गन र नवजात शिशुसंग आनन्दमय अवलोकनगरी हेरि चक्रवर्ती राज्य ऐश्वर्य उपभोग सबै थुकेर फाले जस्तै वा नङकपाल काटेर फालेको जस्तै फाली गृहत्याग गरी (महा-अभिनिष्क्रमण) गर्नुभयो । त्यसपछि नैरञ्जन नदीको तीरमा छवर्ष सम्म घोर तपस्या (दुष्करचर्या) गरी शरीर सुकाउनु भयो । पैंतिस वर्षको उमेर भएपछि त्यस समाधिबाट उठी काय प्रबल उत्पत्ति गरी मगध देशका बुद्धगयामा पाल्नुभयो । उहाँले त्यहाँ बोधिवृक्ष(पीपलबृक्ष)को तल छहारीमा वज्रासनगरी कोटीकोटी मारगणलाई महामैत्रीको समाधिद्वारा दमनगरी मारलाई जीती अभिसम्बुद्ध हुनुभयो । त्यसपछि, त्यसै साल दिल्लापुर्णीमाको दिनमा काशीको समीपमा रहेको मृगदाव भन्ने बनमा आज्ञात कौंडन्यादि पञ्चवर्गीयहरूलाई आफ्नो चतुःआर्यसत्यको प्रथम धर्मचक्र प्रवर्तनगरी असंख्य देव-मानव हरुको शंका निवारण गरी निर्वाणफल प्राप्ति गराई पाल्नुभयो ।
त्यसपछि देव-मनुष्यका देश नगर ग्रामादि अनेक स्थानमा क्रमानुसार धर्म उपदेश दिदैँ दिदैँ गृध्रकूट पर्वतसम्म पुग्नुभयो । त्यहाँ दशै दिशाको क्षेत्रमा असंख्य संख्यामा कुलिनक भई आएका जिनपुत्रहरू आकाश धातु पर्यन्त परिपूर्ण गरी बसेका थिए । त्यस समयमा त्रिकालका सकल बुद्धहरूका पनि महामाता प्रज्ञापारमिताको धर्मचक्र प्रवर्तन गरी शून्यता, अनिमित्तता, अप्रणिहिता (आदि त्रिमोक्ष)को धर्म पर्याय उपदेश बताउनु भयो । त्यसमाथी त्यही समयमा मगधको दक्षिण भागमा श्री धान्यकटक पर्वतमा महाचैत्यको तल धर्मधातु वागीश्वर मण्डलको माथी श्री कालचक्र मण्डलमा दशै दिशाका जिनपुत्रादिहरू सकल मण्डलमा बोलाई राखी शास्ता शाक्यमुनीन्द्र स्वयम् मण्डलको मूलमा बस्नुभयो । त्यहाँ गुह्याधिपति वज्रपाणि तथा जिनपुत्रादि वीर वीरेश्वरहरु आकाश धातुमा सवैतीर परिपूर्ण गरी आउनु भएका छन् । त्यस समयमा वज्रपाणि इत्यादि सकल जिनपुत्रहरूले बिनती गरेपछि महामण्डलको अभिषेक दिई कालचक्रतन्त्र तथा नामसङ्गीति इत्यादिको धर्म निर्देश गर्नुभयो । त्यसमाथी चिन्तामणिरत्न समानभई बोधगर्न योग्यलाई तथा कलिकालमा छोटो आयु भैरहेका प्राणीहरुलाई यसै जन्ममा एकैपल्ट बुद्धको भूमिमा जाने छोटो मार्ग अनुत्तर वज्रयानको धर्मचक्र महान गराई प्रवर्तन गरी पाल्नुभयो । त्यसमाथी सूत्र तन्त्र सबैका खानी भैराखेकोमा मूलमात्र रोजी अधिष्ठान गरी राखेको यस आर्य मञ्जुश्री परमार्थ नामसङ्गीति आज्ञा गर्नुभयो ।
परंपरा प्रकाशन
अतएव गुह्याधिपति वज्रपाणि नरेन्द्रको स्वरूप हुनुभएका धर्मराज सुचन्द्रले शम्भल भन्ने स्थानमा असंख्य भाग्यमानी अथवा भाग्य समान भैराखेका लाई यस नामसङ्गीतिको निर्देशन गर्नुभयो । त्यस समयमा असंख्य जिनपुत्रहरू वज्रधरको भूमि प्राप्तगर्नु भयो । फेरि अन्य जिनपुत्रहरुले पनि ओडियानादि उत्तम सिद्धस्थान र देश प्रदेश हरेकमा यस तन्त्रराज (नामसङ्गीति) अत्यन्त प्रकाश गर्नुभयो । अतएव त्यस समयमा शम्भलराज चन्द्रभद्र देखि परम्परा वंश नटुटाइकन पुण्डलि(रि)क भनिएका सम्म लाई यस नामसङ्गीति निर्देशन गरी अटूटरूपमा(कथंहना) जोडिंदै प्रकाश गर्नुभयो । त्यसमाथी आर्य्यावलोकितेश्वर उत्तम मनुष्यको स्वरूपमा पाल्नुभई विद्याधर पुण्डलिकसम्म लाई यस नामसङ्गीति निर्देश गरी ध्वजाको टुप्पामा राखिएको मणिरत्न समान प्रकाश गरी पूजादि संस्कार गरी सुविख्यात गरी राखिएको छ । त्यसपछि भारत र तिब्बतका महापण्डित तथा सत्पुरुषहरूले यस तन्त्रराजलाई इष्टदेवता(कुलदेवता) तुल्याई महान प्रकाशगरी धारण गर्नुभयो ।
त्यसपछि संस्कृत र तिब्बती दुई भाषामा मिलाएर किताब बनाउनु भएका भारतका पण्डित श्रद्धाकर वर्म्मा र कमल गुप्त तथा तिब्बतका दोभाषिक रत्नभद्र (रिन्छेंशापो) उहाँहरू तीनजनाले अनुवाद गरी तिब्बती अक्षरमा लेखि राखेको छ । अतएव धर्मराज महाचोंखापाले यस तन्त्रराज लाई इष्टदेवता तुल्य धारणा गरी हरेक दिन एकाविहानै झुसमुसेमा(नसंती) यस नामसङ्गीतिलाई तीन आवृतिमा अखण्ड (नटुटाई) पढी अन्यान्य समयमा पनि धेरै…………. ……. ???
नामसङ्गीतिको वर्णन
दोस्रो- यस तन्त्रमा निश्चय श्रद्धा उत्पत्ति हुने कारणको वर्णन(बयान) गरिराखेको छ ।
यस नामसङ्गीतितन्त्र महान गम्भीर मार्गको सार सबै सम्पूर्ण भैराखेको शास्त्रहरू सबैको मूल संग्रह भएको हुनाले यसमा तीनओटै “श्रुत-चिन्तना-भावना” गरिएमा शिघ्र नै बुद्धपद प्राप्त हुने उत्तम उपाय हो । तसर्थ गुह्याधिपति वज्रपाणिले शास्ता मुनीन्द्रसंग यही तन्त्र आज्ञा गरिदिनुहोस् भनि यो गाथा पढी प्रार्थना गर्नुभयो ।
मूलम्;-
मद्धिताय ममार्थाय अनुकम्पाय मे विभो ।।
मायाजालाभिसम्बोधि यथालाभी भवाम्यहम् ।।७।।
अर्थः-
हे व्यापक ! मलाई हित गर्नको निम्ति मेरो कारणलाई अनुकम्पा (करुणा) राखी यस मायाजाल अभिसम्बोधि ज्ञान जसोगरी मलाई प्राप्त हुने हो त्यसोगरी गरिदिनुहोस् । अथवा सकल प्राणीका कारणले चाँडै सम्बोधि प्राप्त हुने उपाय आज्ञा गरिदिनुहोस् ।
मूलम्
साधु वज्रधर श्रीमान् साधु ते वज्रपाणय: ।।
यस्त्वं जगद्धितार्थाय महाकरुणायान्वित: ।। ४ ।।
महार्थां नामसंगीतिं पवित्रामघनाशिनीम् ।।
मञ्जुश्री ज्ञानकायस्य मन्त्रश्रोतुं समुद्यत: ।। ५ ।।
तत्साधु देशयाम्येष अहं ते गुह्यकाधिप ।।
श्रुणुत्वमेकाग्रमग्ना स्तत्साधु भगवन्निति ।। प्रति,६ ।।
अर्थ:-
“हे वज्रपाणि ! हे करुणावन्त ! जगत प्राणीहरुको हित गर्ने कारणले शुद्ध गरी पाप सकाउने उहाँ ज्ञानकाय मञ्जुश्रीको नामसङ्गीतिको महार्थ म संग सुन्ने उद्योग गरिराखेका छौ । साधु साधु, हे श्रीमान् वज्रधर ! हे वज्रपाणि ! तिमी साधु हौ, तिमिलाई राम्ररी बताउँछु, तिमी एकचित्त गरी सुन” भनि आज्ञा गर्नुभएपछि उहाँ भगवानलाई पनि (वज्रपाणिले) साधुकार दिनुभयो ।
मूलम्
विबुध्द पुण्डरीकाक्ष: प्रस्फुल्ल कमलानन: ।।
प्रोल्लालयद्वज्रवर: स्वकरेण मुहुर्मुहु: ।। २।।
अर्थ:-
उहाँ वज्रपाणि सेतो कमलको पत्र जस्तो अत्यन्त सुन्दर हेरिराखुँ जस्तो आँखा, फक्रेको फूलेको कमलजस्तो अनुहार भएका र आफ्नो हातले उत्तम वज्र बारम्बार पल्टाई राखेका वज्रपाणि हुनुहुन्छ ।।
भावार्थ:-
श्री वज्रपाणिको असाधारण कायको कर्मलाई विशेष महत्व दिई भनिएको यो के हो भने, श्रीवज्रपाणि भनेका पहिले दीर्घकालदेखि नै त्रिकाय प्राप्त भइसकेका भएता पनि सकल प्राणीहरुलाई बोध गराइदिने कारणले भद्रकल्पमा एक हजार बुद्धको शासनलाई रक्षा गर्ने रक्षापालकको नियम देखाई बोधिसत्त्वहरु जो जहाँ हुनुहुन्छ त्यहिं त्यहिं नै अनुगमन गर्ने हुनुहुन्छ । उहाँ वज्रपाणिका गणहरू असंख्येय संख्यामा बिघ्न भय हटाई सुरक्षा दिई असंख्येय गुह्य चरित्र देखाई आएका हुन् । बाह्यरूपमा आफ्नो हातमा पाँचचुच्चे वज्र लिएर बारम्बार आकाशमा माथी उफारी टीपी लिने गर्नुहुन्छ ।
उहाँ श्रीवज्रपाणिको दायाँ हातमा धारण गर्नुभएको महावज्रको परीक्षा लिएको विषयमा अचिन्त्यगुह्यसूत्रमा यस्तो उल्लेख छ । एक समयमा राजा अजातशत्रुको मनमा यस्तो वितर्क उत्पन्न भयो, “उहाँ गुह्याधिपति वज्रपाणिको दायाँ हातले धारण गर्नुभएको त्यस वज्र कतिसम्म गह्रुँगो अथवा कतिसम्म हलुँगो होला ? के हेतु के कारणले उहाँ गुह्याधिपति वज्रपाणिको यस्तो महाबल बेग भएको होला”, भन्ने मनमा कलना गरिरहेका थिए ।
त्यसपछि गुह्याधिपति वज्रपाणिले राजा अजातशत्रुको चित्तमा यसप्रकारको वितर्क उत्पत्ति भएको मनको कुरालाई आफ्नो चित्तले बुझि अजातशत्रु राजालाई यसो आज्ञा गर्नुभयो, “हे महाराज ! यो वज्र गह्रुगो पनि छ र हलुँगो पनि छ । के हेतुले गह्रुगो भई के कारणले हलुँगो हो भने, हे महाराज ! अभिमान र घमण्ड प्रचण्ड भई अहंकार भैरहेका प्राणीलाई परिदमन गर्ने हेतु(कारण)बाट गह्रुँगो हो । अभिमान नभएका प्राणीहरुलाई स्वच्छन्द निर्मल भैरहेको कारणले हलुँगो हो”, भनि आज्ञा गरी दिनुभयो ।
तत्पश्चात्, गुह्याधिपति श्रीवज्रपाणिले आफ्नो हातमा लिएको त्यस वज्रलाई जमिनमाथि अधिस्थान गर्नुभयो । त्यो वज्रलाई अधिष्ठान गरी राख्नासाथ त्रिसहस्र महासहस्र लोकधातुहरु छओटा प्रकारले भूमिकम्प भयो ।
त्यसपछि गुह्याधिपति वज्रपाणिले अजातशत्रु राजालाई यसो भन्नुभयो, “महाराज ! यहाँ अत्यन्त महति बल महावेग सम्पन्न भएका हुनुहुन्छ । यस भूमिमाथिको वज्र उठाउनुहोस्” । तत्पश्चात् अजातशत्रु राजाले आफ्नो बल वेग सम्पूर्ण निकाली त्यस वज्रलाई उठाउने प्रयास गर्दा पनि रौंजति पनि उठाउन वा हल्लाउन समेत असमर्थ भई लाज मानि हातजोडी बिनीतभई भगवान संग विनति गरे, “हे भगवान् ! मेरो बलले महाविशाल बलवेगले युक्त भएको कवच लगाएका अति कडा महानाग (विशाल हस्ति)लाई त एउटा हातले फाल्न सक्दछु भने आज यस्तो सानो वज्रलाई उठाउन वा हल्लाउने सामर्थ भएन, फाल्ने त कसरी सकिन्थ्यो” । तत्पश्चात् भगवानले अजातशत्रु राजालाई आज्ञा गर्नुभयो, “महाराज यो वज्र गह्रौं भएकोमा केहि आश्चर्य मान्नु पर्दैन” ।
तत्पश्चात्, अजातशत्रु राजाले देवराज इन्द्रलाई यसो भन्नुभयो, “हे कौशिक ! तपाई पनि वज्र धारण गरिराखेका नै हुनुहुन्छ भन्ने हो भने यो भूमिमाथिको वज्र उठाई लिनुहोस्” । तत्पश्चात्, देवराज इन्द्रले आफ्नो बल वेग तथा ऋद्धिले हृदयदेखिको बल सबै निकाली देखाए तापनि देवराजले त्यस वज्र उठाउन वा हल्लाउन समेत समर्थ भएन । अतएव देवराज इन्द्र लाज मानेर भगवान् समक्ष यस्तो प्रार्थना गरे, “हे भगवान् ! मैले असुरराज वेमचित्त (दैत्य)संग सङ्ग्राम गरेको समयमा मेरो दायाँ हातले दैत्येन्द्र वेमचित्तको सातसये योजन लामो जब्बरको रथलाई पनि पक्री फाल्न सकेको भएता पनि आज यो सानो आकारको वज्र उठान वा हल्लाउन समेत म असमर्थ छु । हे भगवान् ! यसको हेतु के हो, के कारणले हजूर बुद्धले मात्र अधिष्ठान गरी पाल्नु भएकोले हो कि?” भनि बिनती गरे । तत्पश्चात्, भगवानले आज्ञा गर्नुभयो, “हे कौशिक ! यस वज्र गह्रुगो भएको कारण मैले अधिष्ठान गरेकोले होईन भनेर बुझ । हे कौशिक, गिरिराज सुमेरु जत्तिकै गह्रुगो छ भनेर लिएका छौ कि ?” अनि उनले भने, “हे भगवान्, त्यसो होइन । पर्वतराज सुमेरु जत्तिको गह्रुँगो छ, भन्ने दृष्टान्त दिएर पनि पुग्ने होइन” । त्यसपछि भगवानले आज्ञा गर्नुभयो, “हे कौशिक ! यस वज्र कति गह्रुगो छ भन्ने दृष्टान्त यदि यो वज्रको स्वभावलाई चक्रवात पर्वतले छोपिदिए (गिर्धा?) तापनि गुह्याधिपति वज्रपाणिले मास एकमुठी छरिदिएको जस्तै फिंजारी छरिदिएको होला (?)। हे कौशिक वज्रपाणिको बल वेग यस्त रहेको छ” ।
तत्पश्चात्, देवेन्द्रले आयुष्मान महामौद्गल्यायनलाई यसो भने, “भदन्त महामौद्गल्यायन ! हजूर भगवानको श्रावकहरु मध्ये अग्रको भई ऋद्धि प्रातिहार्य्य सम्पन्नभई श्रेष्ठोत्तम अग्रश्रावक भई आउनु भएको हुनुहुन्छ । अतएव यो भूमिमा राखेको वज्र उठाइ लिनुहोस्” । अनि आयुष्मान महामौद्गल्यायनले मनमा यस्तो मनमा लिनुभयो, “कदाचित केहि भएर मैले देव-मनुष्य समूह जम्मा भैराखेको यस लोकको सन्मुखमा यस वज्रलाई उठाउन सकिन भने मेरो अधिकार नष्ट हुने भयो” । यस्तो सम्झेर उहाँले यस्तो बल वेग प्रकट गरी त्यस वज्रलाई पक्रिनु भयो कि एकसाथ त्रिसहस्र महासहस्र लोकधातुहरु छ प्रकारले भूमिकम्प भयो । अत्यन्त कम्प भयो, पानी पनि माथी आकाशमा उठी सागर समुद्र समेत सबै सुकेजस्तै भयो । यसरी संकलन हुँदा पनि उहाँले समेत त्यस वज्रलाई उठाउन वा डेग चलाउन हल्लाउन सकेन ।
तत्पश्चात्, आयुष्मान महामौगल्यायन आफू लाज मानी भगवानको चरणकमलमा शीरवन्दना गरी हातजोडी विनतिगरी यसप्रकार प्रार्थना गर्नुभयो, “हे भगवान ! म हजूरको भगवानको श्रावकमध्येको अग्रको भई ऋद्धिविद्याबाट सम्पन्न भएको हुँ । हे भगवान ! म महाप्रतिहार्य्य गरी देखाउन सक्ने आफ्नो अधिकार यश-कीर्ति भएको हुँ । यस्तो महानुभाव भएको हुँ, म हे भगवान ! मैले कुनै पनि समयमा चारै महासागरका जलस्कन्ध आफ्नो एउटा अञ्जुलीको खोबिल्टोमा राख्न सक्नेवाला हुँ । हे भगवान ! यस त्रिसाहस्र महासाहस्र लोकधातुलाई पनि चोरऔंलाले ठक्कर हानी हुत्याएर फाल्न सक्दछु । उपमा दिनुपर्दा जसरी कोहि मनुष्यले एउटा सिक्का (कार्षापण)लाई चोरऔंलामाथि राखी ठक्कर हानी पठाए जस्तै पठाउन सक्ने हूँ । हे भगवान ! यस्तो महाऋद्धि अनुभाव भएको हुनाले चन्द्र-सूर्यलाई पनि मैले समाती काखीमा राख्न सक्दछु । पर्वतराज सुमेरूलाई पनि एउटा हातले लिई ब्रह्मलोकसम्म पुग्नेगरी फाल्न सक्दछु । हे भगवान ! मैले नन्द र उपनन्द नागराजा दुवैलाई दमनगरी राख्न सक्दछु । हे भगवान ! मैले यो लोकधातुलाई प्रभावति (रश्मिले ज्वाज्वल्यमान) पनि गर्न सक्दछु । मैले सुमेरू चक्रवात समानको यस लोकधातुलाई पनि लिगिलिगि हल्लाउन सक्दछु । (तर) हे भगवान ! मैले यस्तो सानो यस वज्रलाई उठाउन वा डेग चलाउन पनि समर्थ भइन । हे भगवान ! के हेतु हो, के कारण हो ? मेरो यो ऋद्धिबल क्षय भई नष्ट भईसकेको हो कि, अथवा अझ अन्य ऋद्धिपनि केहि प्राप्त गर्ने नसक्ने भएको हुँ कि ?”
अन्त्यमा, भगवानले आज्ञा गर्नुभयो, “हे महामौद्गल्यायन ! तिम्रा यी ऋद्धिबलहरू परिपूर्ण नै छ, केहि क्षय भएको छैन । यो बोधिसत्त्वले अधिष्ठान गरेको(वस्तु)लाई श्रावक प्रत्येकबुद्धहरुले हल्लाउन समर्थ हुनसक्दैन । अन्य प्राणीहरुको के कुरा, हे महामौद्गल्यायन, यो बुद्धक्षेत्रमा गङ्गानदीका वालुका प्रमाणमा पर्वतराज सुमेरूहरू लाई उठाउने शक्ति भएको भएता पनि यस वज्रलाई उठाउन वा डेग चलाउने सामर्थ्य हुँदैन ।“
तत्पश्चात् महामौद्गल्यानले प्रार्थना गर्नुभयो, “हे भगवान ! उहाँ यस्तो वज्र धारण गर्नुभएका गुह्याधिपति वज्रपाणि (कसरी यस्तो) महाबलवान हुनुभयो ?” तब भगवानले आज्ञा गर्नुभयो, “हे महामौद्गल्यायन ! यस त्रिसहस्र महासहस्र लोकधातुमा जति पनि सुमेरु छन्, ती सबैलाई एकैसाथ उठाउन सकेपनि यो वज्र उठाउने शक्ति हुँदैन” । तत्पश्चात्, महामौगल्यायनले आश्चर्य मानी भगवानसंग यस्तो विनति गरे, “हे भगवान ! उहाँ वज्र धारण गर्नुभएका गुह्याधिपति वज्रपाणिको यस्तो बल वेग सम्पन्न हुनुभएकोमा, आश्चर्य छ । हे भगवान ! के गरेर उहाँ वज्रपाणिको यसप्रकारको बल भएको हो ? उहाँको माता-पिता मात्र ले दिएको कि आफ्नो ऋद्धि पराक्रमको बल ले भएको हो ?”
अन्त्यमा भगवानले भन्नुयो, “माता-पिताले दिएको बल त जो सुकै संग पनि हुने नै हुन्छ । त्यस बल (आ-आफ्ना शरीरमा) नाम मात्रको भई सकिइजाने हुन्छ । यदि यो बोधिसत्त्वहरुको बल बाकि नराखी सबै देखाए भने यो देव-मनुष्य सहित लोकहरु सबै उष्माद भई तातेर जलि जानेछ” ।
फेरि, भगवानले गजराजले आफ्नो दृष्टिले हेरे जस्तै दिग्विदिगमा सबैतीर समन्तचक्षु (दृष्टि)ले हेरि गुह्याधिपति वज्रपाणिलाई यस प्रकाले सम्बोधन गर्नुभयो, “हे गुह्याधिपति ! हे वज्रपाणि ! तिमीले यो वज्र यस भूमिबाट माथि उठाइ लेऊ” । यस्तो आज्ञा भएपछि गुह्याधिपति वज्रपाणिले त्यस समयमा त्रिसहस्र महासहस्र लोकधातु कम्प गराई त्यस वज्रलाई बायाँ हातले टीपि माथि आकाशमा उफारी आकाशको बिचमैं सातपटक सम्म चक्कर लगाएपछि दायाँ हातमा राख्नुभयो । यो देख्नासाथ सकल देव-मनुष्य गण सवै नै आश्चर्य मानी हात जोडी गुह्याधिपति वज्रपाणिलाई सबैले वन्दना गरे । यस्तो वज्र धारण गर्नुभएका गुह्याधिपति वज्रपाणिको कत्तिसम्म बल वेग भएको होला भनि आश्चर्य मानिराखे । हे भगवान ! सकल प्राणीहरुलाई यस्तो बल सबैसंग सम्पूर्ण हुनेगरी होओस् भन्ने प्रणिधान गरे । यसरी श्रीवज्रपाणिले यस भद्रकल्पमा पाल्नुहुने एकहजार बुद्धहरू सबैको शासन रक्षा गर्ने मालिकलाई विनति गरिराखेको कुरा, अचिन्त्यगुह्यसूत्र हेरी सीक्नु पर्दछ ।
यस दुइटा गाथा भनेको शरीर-मन-वचन तीनओटा बाट नमस्कार गर्ने रूल देखाइराखको हो । यो विनति गरे भनेको तथा नमस्कार गरेँ भनेको शरीरले नमस्कार गरेको हो । गुह्यस्तोत्रले गरेको भनेको वचनले प्रार्थना गरेँ भनेको हो, वचनले नमस्कार गरेँ भनेको हो । हृष्टतुष्ट भनेको मनले गर्ने नमस्कारको रूल देखाएको हो । नाथ भगवान भनेको इत्यादि जसलाई पनि गरिने नमस्कारको रूल हो । हे नाथ! हामीलाई इत्यादि दुइटा गाथा चरणको अनुमोदन तथा साधुकार दिएको देखाएको हो । कसरी देखाको भने यसमा पहिलो साधुकार दिएको भनेको कारण सिद्धगरी साधु भनिएको तथा दोस्रो साधुकार दिएको पर(अन्यजन)को कारण सिद्ध गरी साधु भनिएको र वचनले साधु भनेको शास्ता मुनीन्द्रले मार्गको सार सकल पूर्ण गरी यस्तो तन्त्रराज आज्ञा भयो भनेको स्वभावले उच्चगरी बयान गरिएको द्वारा साधु हो । “विमुक्तिफल” भनेको देखी महाअर्थकृत् भनेको सम्मको यो गाथा साधु सुभाषित भनेको हेतु कारण देखाइएको ।
यस्तो किसिमको गुह्याधिपति वज्रपाणिलाई भगवान शास्ताको मुखद्वारा परमार्थ नामसङ्गीति आज्ञा गरिदिनु भएपछि वज्रपाणिले श्लोक पढी भन्नुभएको हो ।
मूलम्;-
कृतोऽष्माकं महानाथ सम्यक् सम्बोधि प्रापकः ।।३।।
जगतश्चप्य नाथस्य विमुक्ती फल कांक्षिणः ।।
अर्थः-
अन्त्यमा वज्रपाणिले विमुक्ति फल प्राप्त गर्ने इच्छा भई, जगतमा नाथ नपाई अनाथ भएका हामीहरू लाई सम्यक् सम्बोधि प्राप्ति हुने महार्थ बताउनु भयो भनि, छिट्टै सम्बुद्ध पद पाउने उपाय अनुत्तर मार्गको भाग पूर्णरूपमा आज्ञा गर्नुभएका उहाँ हुनुहुन्छ भनि साधुशव्दले साधुकार दिएको यसरी हो ।
तन्त्र अनुशंसाको मूल रहस्य
यस तन्त्र सबै (तन्त्र, मार्गहरू) मध्ये महागम्भीरको भई अति उत्तम भएको मार्गको रहस्य समग्र देखाइएको हो । भट्टारक मञ्जुघोषको ज्ञानकाय सिद्ध भएको सङ्गीति पर्य्याय पढिएको अनुसार अद्वय ज्ञानकाय हुनुभएका भगवान बुद्ध पनि अकारबाटै उत्पत्ति भई आउनु भएको हो ।
कसरी उत्पत्ति भए भने, ‘अ’अक्षर सर्वहेतुको बीजाक्षर बीऊ भई चौरासी हजार धर्मस्कन्धहरूको मूल सारअर्थ भएको, (यसको?) चर्य्या भुक्तमानगरी अद्वय ज्ञानकायको सिद्धिलाभ गरी आउनु भएको हो । अतएव ‘अ’भनेको लाई महार्थगरी महार्थपरमाक्षर भनेर भनिएको हो । यो अक्षर भनिएको ‘अ’अक्षर परिवर्तन भई क्षय भईजाने नभएकोले अक्षर भनि भनिएको हो ।
अ को अर्थ भावना गरी अद्वय ज्ञानकायको सिद्धि लाभ गरी, आकाश क्षय नभएसम्म परिवर्तन नहुने वज्रकाय प्राप्तगरी आउनु भएको हो । अ भनेर महार्थ गरिएको हेतु(कारण) यस्तो हो ।
अतएव यसको अध्ययन (पाठ)गर्दा अन्यान्य अक्षरहरू समग्रमा जिभ्रो, कण्ठ(थक्वे), ओंठ, इत्यादि मा छुवाई ठोकाई मात्र उच्चारण गर्नुपर्ने भएको, तर ‘अ’अक्षर कतै पनि नछोई पेटदेखि उत्पत्ति भईआउने भएकोले जिभ्रो कण्ठ ओंठ इत्यादि कतैपनि नछुवाई अक्षरको स्वभावले उत्पत्ति भैआएको हो ।
‘अ’भनिएको अक्षर धेरै संग्रहगरी श्लोक पढन छोडिएको छ(??)। यो श्लोक पढनु नपर्ने?(बोनेमोगु) अक्षरहरू सबैको प्राण भैरहेको हुनाले नामसङ्गीति पढने सबैको हेतु भैराखेको हो । अ भनेको प्राण भएकोले नामसङ्गीतिको अक्षर त्यसमा श्लोक बनाइ अत्यन्त खुल्नेगरी पढी देखाइएको छ ।
यस्तो नामसङ्गीतिको तन्त्र चिन्तामणिवृक्ष तथा चिन्तामणिरत्न सदृश भई स्वपदार्थ सकल प्राणीका यस्तो बखतमा तथा अन्त्य(काल)को कामना अर्थ सबै कार्य सिद्ध गरिदिने भनि आज्ञा गरी यस नामसङ्गीतितन्त्र को गाथा पढे मात्र पनि महाग्रष्ट भैरहेको सकल पापावरणबाट पूर्ण शुद्ध भई भट्टारक मञ्जुघोषको प्रसाद शिघ्र प्राप्तहुने हो, भनि यस्को हित गुणादि अनन्त यतिउति भन्ने नभएको अनुशंसा बताइएको छ ।
अनुशंसा
यो (नामसङ्गीति)तन्त्र धारण गरेका लाई रोग, दोष, पापावरण क्षय भई आयु-पुण्य बृद्धि हुने तथा प्रज्ञा बृद्धि हुने इत्यादि अनन्त अनुशंसा (प्रशंसा) हुने भनि बताइएको छ ।
पुनरपर, हे वज्रपाणि ! यस नामसङ्गीति भनेको सकल प्राणीहरुका शरीर, वचन र मनबाट गरिएको जतिपनि पाप छन्, ती केहि पनि शेष नराखि प्रशान्त गरिदिने हो । सकल प्राणीका दुर्गति सबै विशोधन गरिदिने हो । दुर्गति जति निवारण गरिदिने, हटाइदिने हो । सवै कर्मावरण यथार्थरूपमा छेदन गरिदिने हो । अष्टाक्षणमा उत्पत्ति(जन्म) हुनपर्ने जति छन्, ती सबै जन्म हुनु नपर्ने गराउने हो । अष्ट महाभय उपशान्त गरिदिने हो । खराव स्वप्न जति निश्चय नै सकाइदिने हो । खराब निमित्तहरु सबै विनाश गरिदिने हो । कुदृष्टि तथा विघ्न जति सबै उपशान्त गरिदिने हो । मार तथा शत्रुका कर्म(कार्य) सबै पर पर पन्छाइदिने हो । कुशलमूल तथा पुण्य सबै उपार्जन गराउने हो । नचाहिने खराब कुराहरु मनमा उत्पन्न हुने नगराइदिने हो । शेखी तथा अभिमान प्रचण्ड अहं मम (“म’मेरो’) भन्ने भावना जति सबै निश्चय पनि मर्थन?गरी सकाइदिने हो । दुःख दौर्मनस्य जति सबै उत्पत्ति नगराइदिने हो । सकल तथागतहरुको गर्भ भैराखेको हो । सकल बोधिसत्त्वहरुको गुह्य भैराखेको हो । श्रावक तथा प्रत्येकबुद्ध सकलको महागुह्य भैराखेको हो । श्रेष्ठोत्तम मुद्रा तथा मन्त्र भैराखेको हो । सर्वधर्म अपरिमाण गरी कुरा गर्नेलाई स्मृति-संप्रजन्य यथार्थ पूर्वक उत्पत्ति हुने हो । अनुत्तरको प्रज्ञा तथा स्मृति भैआउने हो । आरोग्य भई बल ऐश्वर्य समृद्धि (सम्पूर्ण) गरिदिने हो । श्री शुद्ध (पवित्र) शान्ति सुभिक्ष अति नै (राम्ररी) बृद्धि हुने हुन्छ । यश, कीर्ति, प्रशंसा (श्लोक) प्रकाशित हुने हुन्छ । रोग तथा महाभय जति सबै उपशान्त भैजाने हुन्छ । अत्यन्त शुद्ध हुने (इच्छा भएका लाई) अत्यन्त शुद्ध गराउने हो । अत्यन्त शु(सु?)चि हुने (इच्छा भएका लाई) अत्यन्त शुचि गराउने हुन्छ ।अत्यन्त सम्पत्तिको इच्छा गरेका ला अत्यन्त सम्पत्तिले पूर्ण भई धनाढ्य हुने हुन्छ । अत्यतन्त मङ्गल होस् भन्ने इच्छा गरेका सबैलाई अत्यन्त मङ्गल हुनजाने हुन्छ । शरण कामना गरेका लाई शरणस्थान हो । बासको कामना गरेका लाई (बासस्थान) हो । परित्राण(रक्षा)को कामना गरेका लाई परित्राण (रक्षा) हुने हो ।
कुदृष्टि उपद्रो(?) (कचिंगल खराब) शेष केहि बाँकि नराखी निश्चितरूमा सकाउने सर्वावरण महाशून्यताको रूप हो । यो नामसङ्गीति यस प्रकारको भैरहेको अद्वयधर्मता (धर्मधातु)को अर्थ तथा नाम, सम्यकरूपमा ग्रहण गरी प्रभास्वर हुनु नै सर्वधर्म अव्याकृत (भन्न नसकिने) भैरहेको हो भनेर आज्ञा गर्नुभयो ।
हे वज्रपाणि ! परमार्थ नामसङ्गीति यथार्थपूर्वक धारण गरेका पुद्गल पुरुषलाई लामो समय नलिई पुण्य तथा ज्ञानको सम्भारहरू निश्चित गरी शिघ्र नै बुद्ध गुण सकल यथार्थ गरी सिद्ध भई अनुत्तर सम्यक्सम्बुद्ध हुने हो भनि आज्ञा गरिराखिएको हो ।
अतएव यस्तो नामसङ्गीतितन्त्र पढनेले यस्तो अत्यन्त महान प्रशंसा गरिराखिएको लाई संस्मरण गरी यस गाथा सुन्नेगरी (बोली पाठगरी) त्यसको अर्थ विचार गरी जानीलिने प्रयत्न गर्नु पर्दछ ।।शुभमस्तु ।।
भिक्षु धर्मसागर
स्वयम्भू, मञ्जुश्री पर्वतस्थान ।
परिवर्त-सूचि
१. अध्येषणा परिवर्त १ – ११
२. प्रतिवचन परिवर्त ११ – १५
३. षट्कुल परिवर्त १५ – १७
४. मायाजाल परिवर्त १७ – १८
५. वज्रधातु परिवर्त १९ – ३२
६. सुविशुद्ध परिवर्त ३२ – ५४
७. आदर्शन परिवर्त ५४ – ६५
८. प्रतिवेक्षण परिवर्त ६५ – १०८
९. समता परिवर्त १०८ – १४०
१०. कृत्यानुष्ठान परिवर्त १४० – १५९
११. पञ्चतथागत परिवर्त १५९ – १६८
१२. अनुशंसा परिवर्त १६९ – १६९
१३. मन्त्र सर्वधर्मा परिवर्त १६९ – १७२
१४. अनुमोदन परिवर्त १७२ – १७८
जम्मा चौधओटा परिवर्तहरू पूरा भयो ।
भिक्षु धर्मसागर कृत
—– आर्य्य मञ्जुश्री नामसङ्गीति —-
ॐ नमो मञ्जुश्री कुमारभूताय: ।
अर्थ:-
श्रेष्ठोत्तम भई सुन्दा रमाइलो हुने कुरा गर्ने ऐश्वर्य- शोभायमान
युक्त भई पाल्नुभएका कुमारभूतलाई नमस्कार गर्दछु ।
भावार्थ: –
यस आर्य्य नामसङ्गीतिको टीका उल्लेख (निर्माण)गरी लोकमा विघ्न भय नहुने गराउनको लागि, काञ्चन हिउँले ढाकेको यस हिमालय पर्वतको काखको यस नेपाल जनपदभूमिमा जिन(बुद्ध भगवान)को मूल शासन लाई बहुतै वृद्धि गराई फिजाउनको लागि, गुरु-देव-अतिदेव भई सुन्नै रमाइलो ब्रह्मस्वरवाट देशनागर्ने, ऐश्वर्यले युक्त भई शोभायमान भई बालकस्वरूप भई आउनु भएका, मञ्जुश्री कुमारभूतलाई सादर भाव श्रद्धा राखि नमस्कार गरी, यस आर्य्य मञ्जुश्री नामसङ्गीति टीका अलिकति केहि संग्रह रूपमा प्रकाश गर्न लागेको छु ।
मूलम्
।।१।। अथ वज्रधर: श्रीमान् दुर्दान्तदमक: पर: ।।
त्रैलोक्यविजयी वीरो गुह्यराट कुलिशेश्वर: ।।अध्ये,१।।
अर्थ:-
(१) यहाँदेखि शुरु गरौं । श्री वज्रपाणि भनेका तानेर बाटोमा ल्याउन कठिन भएका दुर्दान्तलाई पनि बाटोमा ल्याउनेहरू मध्ये सवैभन्दा उत्तम वीर भई तीनै लोकलाई जिती आउनुभएका, गुह्यका राजा कुलिशेश्वर भनिएका उहाँ (वज्रपाणि) नै हुनुहन्छ ।
भावार्थ –
यहाँदेखि यस नामसङ्गीति(ज्ञान प्राप्त गर्न) विनती गरेका वज्रपाणि हुनुहुन्छ । (उहाँ) पहिले पुण्यसम्भार तथा ज्ञानसम्भार (दुवै सम्भारहरू)वाट पूर्ण भई, चित्तस्वभावमैं अद्वयज्ञानको अधिकार भएको भएर आउनु भएका हुनुहुन्छ । (उहाँ) त्रिलोकमैं अत्यन्त मान्य भएर रहेका हुनुहुन्छ । (उहाँ) अन्य कसैले दमन गर्न नसकेका देव, नाग, यक्ष, गन्धर्व लगायत यस भवसंसारमा रमाएर बसेकालाई घचेट्नेहरू मध्ये सवैभन्दा उत्तम वीर भई त्रिलोकलाई विजय गरी जिती आएका हुनुहुन्छ । गुह्यका राजा, कुलिशेश्वर भनिएको पनि उहाँ वज्रपाणि लाई नै हो ।
मूलम्
।।२।। विबुध्द पुण्डरीकाक्ष: प्रस्फुल्ल कमलानन: ।।
प्रोलालयद् वज्रवरं स्वकरेण मुहुर्मुहु: ।।अध्ये,२।।
अर्थ:-
(२) उहाँ वज्रपाणिको आँखा सेतो कमलको पत्र जस्तो छ । उहाँको अनुहार फक्रेको कमल जस्तो छ । उहाँले आफ्नो हातले उत्तम वज्र बारम्बार पल्टाई राखेका हुनुहुन्छ ।।
भावार्थ:-
उहाँ वज्रपाणिले अनुत्तर वज्रयानको पात्र हुन योग्य भएका प्राणीहरूलाई (त्यस अनुत्तर वज्रयानको) बोध गराइ अनुगृहित गर्नुभएको समयमा? सेतो कमलपत्र जस्तो सुन्दर आँखा भई, फक्रेको कमलको फूल जस्तो अनुहार भई, ३२ लक्षण र ८० व्यञ्जनले पूर्ण भएको शरीर भई आउनु भएका हुनुहुन्छ । उत्तम पञ्चज्ञानको पाँच ओटा चुच्चो परेको वज्रलाई आफ्नो हातले समाति बारम्बार पल्टाई आकाशमा हुत्याई फेरि टिप्दै देखाउदै गर्नुभएका, उहाँ नै वज्रपाणि हुनुहुन्छ ।
मूलम्
।।३।।भृकुटीतरङ्ग प्रमुखै: अनन्त:वज्रपाणिभि: ।,
दुर्दान्तदमकै: वीरै: वीरबीभत्स रूपीभि: ।।अध्ये,३।।
अर्थ:-
(३) (श्रीवज्रपाणिले) आँखिभूँई खुम्च्याई राखेका धेरैजना साथीहरू समेत जम्मा गरी (प्राणी) दमन गर्नको लागि वीर भयंकर स्वरूपको भई देखाई आउनुभएको हो ।
भावार्थ:-
उहाँ वज्रपाणिले त्यसैपनि महाक्रोधले आँखिभूँई बङ्ग्याई नचाइ र निधार (न्हातिका) खुम्च्याई रहने भयङ्कर स्वरूप भएका आफ्ना असंख्य गणहरू सहित भई (ती सवैलाई लिई) उहाँ शास्तासंग नामसङ्गीतितन्त्र सुनिपाउनको लागि प्रार्थना गरिराखेका छन ।
ती महाक्रोध भई आएकाहरू (कस्ता हुन् भने) आफ्नो प्रज्ञाज्ञानको बलवाट आफ्ना क्लेश सवै सकाएका (क्षय गरिसकेका) र मारप्रवादिहरूलाई जित्ने शक्ति भएका महावीरहरू हुन् । फेरि, उहाँ(हरू) कस्ता हुनुहुन्छ भने प्राणीलाई दमन गर्नका लागि क्रोधस्वरूप(भएर) देखाए तापनि, त्यो बोध गराउन कठीन भएकालाई वीर क्रोधकर्मको चरित्र देखाउनका निमित्त मात्र गुञ्जायमान हुनेगरी कराई हाँसी (न्हिला) भयानक स्वरूपको भएर देखाई राखेका हुन् ।
मूलम्
।।४।। उल्लालयद्भि: स्वकरै: प्रस्फुल्ल वज्रकोटिभि: ।।
प्रज्ञोपाय महाकरुणा जगदर्थ करै: परै: ।।अध्ये,४।।
अर्थ:-
(४) फेरि, टुप्पाहरूवाट आगोको ज्वाला प्रकाश भैरहेको वज्रलाई हातले पक्रि चोरऔंला ठाडो पारी जगत-प्राणिका कारण महाकरुणाले प्रज्ञा र उपाय द्वारा उत्तम चर्या गरिआएका हुनुहुन्छ ।
भावार्थ:-
फेरि, उहाँ वज्रपाणिले टुप्पाहरूवाट आगोको ज्वाला प्रकाश भैरहेको पाँचचुच्चो भएको वज्रलाई हातले समाति चोरऔला ठाडोपारी (चोलापतिं तप्पेंका?) बारम्बार आकाशमा हुत्याई (थतिना) टिपी रहेका हुन् । त्यसमाथि जगत-प्राणिहरू दु:खले दाह भैरहेको देखी महाकरुणाले सहन नसकि यीनिहरूका कारणले स्वभाविकरूप मैं (स्वभावहे) बोध भैरहेको प्रज्ञा तथा उपायकौशल्य द्वारा उत्तम चर्या चलाई आउनु भएको हुनुहन्छ ।
मूलम्
।।५।। हृष्टतुष्टाशयै: मुदितै: क्रोधविग्रह रूपीभि: ।।
बुद्धकृत्य करै नाथै: सार्द्धप्रणतविग्रहै: ।।अध्ये,५।।
अर्थ:-
(५) क्रोधको शरीर स्वरूप भएका उहाँ (वज्रपाणिले) हर्षमान र संतुष्ट भई, बुद्धकर्म चलाई आउनु भएका नाथलाई, आफ्नो शरीर (अङ्ग आदि) समेत निहुराई शास्तालाई नमस्कार गरिरहे ।
भावार्थ:-
फेरि, उहाँ वज्रपाणि म’मेरो’ भन्ने नभई जगत सत्त्व प्राणिका लागि तथा बुद्धशासन सुरक्षा गर्नको लागि हर्षित र संतुष्ट भई क्रोध स्वरूपगरी बुद्धकर्म चलाई आएका उहाँ नाथ वज्रपाणिका गण सहित सकल जम्मा भई शास्ता मुनीन्द्रका सन्मुखमा शिष्टाचार पूर्वक (अङ्ग)इत्यादि निहुराई नमस्कार गरिरहे ।
मूलम्
।।६।। प्रणम्य नाथं सम्बुध्दं भगवन्तं तथागतम् ।।
कृतान्जलिपुटो भूत्वा इदमाह स्थितोऽग्रत: ।।अध्ये,६।।
अर्थ:-
(६) (उहाँले) नाथ सम्बुद्ध भगवान तथागतलाई प्रणाम गरी अगाडी बसी दुवैहातको अञ्जुली बांधि यस्तो प्रकारले प्रार्थना गर्नु भयो ।
भावार्थ:-
वज्रपाणिले गणहरू सहित सवैले नाथ सम्बुद्ध शास्ता भगवान तथागत अर्हत सम्यक्सम्बुद्ध शाक्यमुनिलाई साष्टाङ्ग दण्डवत गरी उहाँको सन्मुखमा उपस्थित भई भूईंमा घुँडा टेकि आफ्नो खास्टो (अधोवस्त्र) पहिरी (थगांन्यना?) दुवैहातको अञ्जुली बाँधि अभिवादन गरी प्रार्थना गरिरहनु भएको छ ।
मूलम्
।।७।। मद्धिताय ममार्थाय अनुकम्पाय मे विभो ।।
मायाजालाभिसम्बोधे: यथालाभी भवाम्यहम् ।।अध्ये,७ ।।
अर्थ:-
(७) हे विभो ! हाम्रो हित गर्नको निम्ति करुणा राख्नुहोस् । फेरि, मायाजाललाई बुझ्ने अभिसम्बोधि के गरेर कसरी प्राप्त हुने हो, त्यो आज्ञा गर्नु होस् ।
भावार्थ:-
“हे विभो, हाम्रो हित गर्नको निम्ति रोगीलाई रोगमुक्त गर्ने महाभिषग्(वैद्य) समान हुनुहोस् । फेरि, मैले ‘आकाशव्यापी सकलप्राणिलाई रोगमुक्त गराउनेछु’ भनि कामनागरी प्रणिधान गरेको अनुसार (त्यसलाई) सिद्ध गराइदिनको लागि करूणा राख्नुहोस् । फेरि, सकल प्राणीका हित गर्नका लागि मायाजालतन्त्र आज्ञागरी जे गरेर यस मायाजालको अभिसम्बोधि प्राप्त हुने हो, त्यस परमार्थ आर्य्यमञ्जुश्री नामसङ्गीति हामीलाई आज्ञा गरिदिनुहोस्”, भनि प्रार्थना गरिरहे ।
मूलम्
।।८।। अज्ञानपङ्कमग्नानां क्लेशव्याकुल चेतसाम् ।
हिताय सर्वसत्वानामनुत्तर फलाप्तये ।।अध्ये,८ ।।
अर्थ:-
(८) क्लेशले चित्त आकुल-व्याकुल गराई अज्ञानको हिलोमा गडिराखेका (टुनांच्वंपिं) प्राणीलाई हितगर्न तथा अनुत्तर फल प्राप्त गराइदिनका निमित्त (नामसङ्गीति) आज्ञा गरिदिनुहोस् ।
भावार्थ:-
फेरि, रागादि क्लेशले गर्दा चित्त आकुल-व्याकुल गराई अज्ञानरुपी हिलोमा गाडिई स्वतन्त्र नभैरहेका प्राणीलाई हितगर्न तथा अनुत्तर सम्बोधि(ज्ञान) प्राप्त गराइदिनका निमित्त नामसङ्गीति आज्ञा गरिदिनुहोस्, भनि प्रार्थना गरिरहे ।
मूलम्
।।९।। प्रकाशयतु सम्बुद्धौ भगवान् शास्ता जगद्गुरु: ।।
महासमयतत्त्वज्ञ इन्द्रियाशय वित्पर: ।।अध्ये,९।।
अर्थ:-
(९) हे भगवान ! हे सम्बुद्ध ! उत्तम समयतत्त्व थाहा भएका ! इन्द्रियको आशय बुझेका ! जगतका गुरु हुनुभएका शास्ता ! हजूरले (यस नामसङ्गीति) प्रकाश गरिदिनु होस् ।
भावार्थ:-
भगवान तथागत अर्हत सम्यक्सम्बुद्ध महासमयको तत्त्वज्ञान जानी आउनुभएका, सकल प्राणीहरूका इन्द्रिय थाहा भएका हजूर जगतका गुरु शास्ताले यस आर्य्य मञ्जुश्री नामसङ्गीति प्रकाश गरीदिनु होस्, भनि प्रार्थना गरिरहेका छन् ।
मूलम्
।।१०।। भगवन् ज्ञानकायस्य महोष्णीषस्य गीष्पते: ।।
मञ्जुश्रीज्ञानसत्वस्य ज्ञानमूर्ते: स्वयम्भूव: ।।अध्ये,१०।।
अर्थ:-
(१०) उहाँ भगवान ज्ञानकायका शीरमा उष्णीष चूडामणि भएको बागीश्वरको ज्ञानकाय स्वयम् उत्पन्न भई आउनु भएको मञ्जुश्रीज्ञानसत्त्वलाई नै नामसङ्गीति भनिएको छ ।
भावार्थ:-
वज्रपाणिका गण सहित सवैले शास्ता मुनीन्द्रसंग विन्ति गरीराखेको जुन धर्म(को कुरा) छ, त्यो सकल बुद्ध भगवानहरुका ज्ञान एकाकार भएको ज्ञानकाय देह हो । यस ज्ञानकाय बुद्ध भगवानहरूका (शीरमा रहेको) उष्णीष चूडामणि रत्न सदृश: दर्शनगर्न दुर्लभ छ । यसलाई सुनि सोधी जानि देखीलिएमा अथवा ज्ञानवाट बुझिलिएमा महार्थमा जानेको भइने हुन्छ । उहाँ गुरु वृहस्पतिको अद्वयज्ञानम स्वयम् प्रकाशित भैरहेको वज्रकाय जस्तो छ । यसरी मञ्जुश्री ज्ञानसत्त्वको परमार्थ नै नामसङ्गीति हो भनि प्रख्यात गरिराखिएको छ ।
मूलम्
।।११।। गम्भीरार्थां उदारार्थां महार्थां असमां शिवाम् ।।
आदिमध्यान्तकल्याणीं नामसङ्गीतिं उत्तमाम् ।।अध्ये,११ ।।
अर्थ:-
(११) यस नामसङ्गीतिको अर्थ महासागर जस्तै गम्भीर छ । यस असमानको महार्थले क्लेश प्रशान्ति गरिदिने हो । आदि-मध्य-अन्त्यमा कल्याण गर्ने यो नामसङ्गीतिसूत्र हो ।
भावार्थ:-
यस नामसङ्गीतिको अर्थ महाठूलो सागर जस्तै गम्भीर भैरहेको, महार्थ हो । यसले गरेर संसारको बन्धनमा परेका, पाशवाट बाँधिएकाहरूका क्लेशलाई फुकाई प्रशान्ति गरिदिने हुनाले यो जस्तो निश्चितरूमा फलदायी (ग्यंगु?) अर्को नभएको, आदि-मध्य-अन्त्यमा (अर्थात्, पहिले पनि कल्याण गरेको, अहिले पनि कल्याण भैरहेको र पछि पनि कल्याण गर्ने) यस नामसङ्गीति हो । अतएव यस नामसङ्गीतिलाई श्रुत(सुनेर), चिन्तना(मनमा विचार गरेर) तथा भावना(चित्तमा ध्यान) गरेमा शिघ्र नै अनुत्तर बोधि प्राप्त हुने हुन्छ ।
मूलम्
।।१२।। याऽतीतै: भाषिता बुध्दै: भाषिष्यन्ते ह्यनागता: ।।
प्रत्युत्पन्नाश्च सम्बुध्दो यां भाषन्ते पुन:पुन: ।।अध्ये,१२।।
अर्थ:-
(१२) पहिले उत्पन्न भई आइसक्नु भएका बुद्धहरू बाट आज्ञा गरिराखेको, पछि उत्पन्न भई आउने (बुद्धहरूले पनि) आज्ञा गरिने, र अहिले भईरहेका वाट पनि बारम्बार आज्ञा गरिरहेको यस नामसङ्गीति (हामीलाई) आज्ञा गरिदिनु होस् ।
भावार्थ:-
गुह्याधिपति वज्रपाणिले प्रार्थना गर्दै, “पहिले उत्पन्न भई आइसक्नु भएका (अतीतका) बुद्धहरूद्वारा आज्ञा गरिराख्नु भएको, पछि उत्पन्न भई आउनेवाला (अनागतका) बुद्धहरूले पनि आज्ञा हुने, र अहिले भईरहेका (प्रत्युपन्न) बुद्धहरूवाट पनि बारम्बार आज्ञा गरिराखेको, यस कलिको समयमा (१००वर्ष मात्र आयु भएका प्राणिहरूलाई) हजूर मुनीन्द्रले महाकरुणा राखि, ८४,००० ग्रन्थ धर्मस्कन्धको मूलजरा (हा:) भैरहेको यस आर्य्य मञ्जुश्री नामसङ्गीति आज्ञा गरिदिनु होस्” भनि अध्येषणा गरिराखेका छन् ।
मूलम्
।।१३।। मायाजाले महातन्त्रे या चास्मिन् सम्प्रगीयते ।।
महावज्रधरै:हृष्टै: अमेयै: मन्त्रधारिभि: ।।अध्ये,१३ ।।
अर्थ:-
(१३) वज्रपाणिले “मायाजालतन्त्रको (गुह्यमन्त्र तथा विद्यामन्त्रहरू) असंख्य धारणगरी यस (नामसङ्गीति)लाई राम्ररी मन लगाई (लेतया) हर्षसाथ पाठ गर्दछु”, भनि प्रार्थना गरिरहेका छन् ।
भावार्थ:-
गुह्याधिपतिका गणहरू सकलले शास्ता मुनीन्द्रलाई वन्दना पूजा आदि गरी, “आकाशव्यापी प्राणिहरूलाई अनुत्तर सम्यक्सम्बोधिमा राखिदिनको लागि यस मायाजाल महातन्त्र तथा गुह्यमन्त्र र विद्यामन्त्र अप्रमेय (यति उति भनेर भन्ने नसकिने) धारण गरी शास्ताको आज्ञा अनुसार आर्य्य मञ्जुश्री नामसङ्गीतिलाई केहि भन्ने (खोट लगाउने) ठाउँ नछोडि मन लगाई असंख्य राम्ररी हामीले यथार्थमा पाठ गर्दछु” भनि प्रार्थना गरिरहेका छन् ।
मूलम्
।।१४।। अहं चैनां धारयिष्यामि निर्याणं च दृढाशय: ।।
यथा भवाम्यहं नाथ सर्वसम्बुध्दगुह्यधृक् ।।अध्ये,१४।।
अर्थ:-
(१४) “हे नाथ ! सकल सम्बुद्धहरुका गुह्यमन्त्र धारण गर्ने म हुनेछु भन्ने कारणबाट, म पनि निर्वाण नलिएसम्म दृढ चित्त गरी यसलाई धारण गरिराख्नेछु”, भनेर भन्नुभयो ।
भावार्थ:-
हे नाथ ! हे मुनीन्द्र ! भनि पुकार गरी, “सकल सम्बुद्धहरुका भण्डार भैराखेको गुह्यमन्त्र धारण गर्नेवाला म हुनेछु भन्ने कारणले, प्रतीज्ञा गरिराखेको धेरै लामो समय भैसकेको छ । यस सकल बुद्धहरूवाट अभिषेक दिएको अनुसार जे गरेर पनि यस गुह्यमन्त्र धारण गरी पारंगत हुने(वनेगु) तथा सकल प्राणीलाई अनुत्तर वज्रयानको मार्गमा राख्ने कारणले, यस अनुत्तर सम्यक्सम्बोधि निश्चय नभएसम्म अथवा निर्वाण नभएसम्म यस नामसङ्गीति म पनि दृढ चित्त गरी धारण गर्ने भएँ”, भनेर प्रतीज्ञा गरेँ ।
मूलम्
।।१५।। प्रकाशयिष्ये सत्त्वानां यथाशय विशेषत: ।।
अशेषक्लेशनाशाय अशेषज्ञानहानये ।।अध्ये,१५।।
अर्थ:-
(१५) वज्रपाणिले बिनती गरे, “प्राणीहरुका क्लेश कुनै शेष बाकि नराखि सिध्याइ अज्ञान केहि शेष बाकि नराखि छुटाई पठाउनका निमित्त प्राणीहरूका आशय विशेष जस्तो छ, त्यसैगरी (यस नामसङ्गीति) प्रकाश गरी बताउने छु” ।
भावार्थ:-
गुह्याधिपति वज्रपाणिले शास्ता मुनीन्द्रसंग प्रार्थना गरे कि, यस त्रिधातुका प्राणीहरुलाई संसारको बन्धनमा पारिराखेको क्लेशादि (राग, द्वेष, मोह इत्यादि) सवै केहि बाकि नराखि सिध्याई मोक्ष तथा सर्वज्ञको पदमा राख्न अन्तराय (विघ्न हुने) (तथा) अज्ञानद्वारा केहि नजान्ने बनाइदिने अविद्यादिको बासना (प्रकाश तथा भूलेको?) दुवै शेष बाकि नछोडि छुटाई पठाउनका निमित्त, साथै त्रिधातुका प्राणीहरूका इन्द्रियको आशय विशेष महान जस्तो हो त्यसैगरी सिकाइदिन यस नामसङ्गीतिको तन्त्र देशना गरी प्रकाश गराई भन्नेछु, भनि प्रतीज्ञा गरेको हूँ ।
मूलम्
।।१६।। एवं अध्येष्य गुह्येन्द्रो वज्रपाणि: तथागतम् ।।
कृताञ्जलिपुटो भूत्वा प्रह्वकाय: स्थितोऽग्रत ।।अध्ये,१६।।
अर्थ:-
(१६) गुह्येन्द्र वज्रपाणिले तथागतसंग यसप्रकारले दुवैहातको अञ्जुली बांधी शरीर निहुराई सन्मुखमा स्थित भैरहे ।
भावार्थ:-
गुह्येन्द्र वज्रपाणिले तथागतसंग यसप्रकार दुवैहातको अञ्जुली बांधी शरीर निहुराई सन्मुखमा उठि रहे ।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति प्रथम परिवर्त
अध्येषणाज्ञान गाथा षोडश:।।
द्वितीय परिवर्त
।। प्रतिवचनज्ञान गाथा षट् ।।
। प्रत्युत्तर ज्ञानगाथा छ ।
मूलम्
अथ ।।१७।। शाक्यमुनि:भगवान् सम्बुद्धो द्विपदोत्तम: ।।
निर्णमय्यायतां स्फीतां स्वजिह्वां स्वमुखाच्छुभाम् ।।प्रति,१।।
अर्थ:-
(१७) अब शुरु गरौं । (यहाँ पछि, वज्रपाणिगणहरू सवैले शास्ता मुनीन्द्रसंग आर्य्य मञ्जुश्री नामसङ्गीति उपदेश गरिदिनुहोस् भनि प्रार्थना गरेपछि) । भगवान शाक्यमुनि सम्बुद्ध हुनुहुन्छ । उहाँ दुईखुट्टाले टेक्नेहरू मध्ये (सबैभन्दा) उत्तम हुनुहुन्छ । उहाँले आफ्नो जिभ्रो लामोगरी निकाल्नु भयो ।
भावार्थ:-
यहाँ पछि, वज्रपाणिका गणहरू सकलले शास्ता मुनीन्द्रसंग आर्य्य मञ्जुश्री नामसङ्गीति उपदेश गरी दिइदिनुहोस् भनि प्रार्थना गरेपछि शास्ता मुनीन्द्रले यस नामसङ्गीतिको तन्त्र आज्ञा हुनेछ भनेर स्वीकृत गर्नुभयो । फेरि, यस तन्त्र आज्ञा हुनेछ भनेर भन्नुहुने अरू कोहि होइन उहाँ भगवान शास्ता महाकारुणिक बुद्ध नै हुनुहुन्छ । उहाँ सम्बुद्ध दुईखुट्टा भएका वा दुईखुट्टामा टेकेका देव-मानवहरू मध्ये उत्तम महापुरुष भई आउनु भएका महामुनीन्द्र नै हुनुहुन्छ । उहाँले आफ्नो मुखवाट जिभ्रो निकाली कमलपुष्पको पत्र जस्तै नरम सुन्दर चौडागरी (चकंका:) फैलाई लामोपारी सीधापारी (तप्येंका) मुसुमुसु मुस्कान गरी देखाउनु भयो ।
मूलम्
।।१८।। स्मीतं संदर्श्य लोकानां अपायत्रय शोधनम् ।
त्रैलोक्याभासकरणं चतुर्मारारि शासनम् ।।प्रति,२।।
अर्थ:-
(१८) उहाँले तीनै लोकलाई रश्मिको तेजले प्रकाशित गरी चतुर्मारको (वशमा परेका प्राणिका) शत्रुलाई दमनगरी प्राणिलाई दुर्गति तीनओटा शोधन गरी मुसुमुसु हाँसी देखाउनु भयो ।
भावार्थ:-
उहाँ मुनीन्द्रले यस नामसङ्गीतितन्त्र आज्ञा गरिदिनको लागि दीग्बन्ध गर्नु भएको अवस्था हो । उहाँले आफ्नो मुखद्वारा पञ्चरश्मिको तेज प्रकटगरी ‘स्वर्ग-मध्ये-पाताल’ तीनै लोकहरू अवलोकन गरी, जगतप्राणीलाई स्वर्ग तथा मोक्षमा पठाउने कार्यमा बिघ्न गर्ने चतुर्मार (स्कन्धमार, क्लेशमार, मृत्युमार, देवपुत्रमार) रुपी शत्रु सम्पूर्णलाई दमनगरी समाप्त गरी (फूका:), फेरि तीनओटामा दुर्गतिमा उत्पत्ति भएका प्राणी जोजति छन्, ती सवैलाई उपायकौशल्यद्वारा श्रद्धाको भूमिमा राखिदिई मुसुमुसु हाँसी देखाउनु भयो ।
मूलम्
।।१९।। त्रैलोक्यं आपूरयन्त्या ब्रह्ममधुरया गिरा ।।
प्रत्यभाषत गुह्येन्द्रं वज्रपाणिं महाबलम् ।।प्रति,३।।
अर्थ:-
(१९) महामुनिले तिनै लोकमा जहाँसुकै ब्रह्मस्वरले मधुर-वाणी सुनाई बलवान वज्रपाणिलाई “हे वज्रपाणि ! हे गुह्येन्द्र !” भनि सम्बोधन गर्नुभयो ।
भावार्थ:-
उहाँ महामुनिले यस नामसङ्गीतितन्त्र आज्ञा गर्नुभएको समयमा षष्टिस्वराङ्ग (६० स्वरले) युक्त भएको ब्रह्मस्वरले त्रिलोकमा सर्वत्र सुनिनेगरी मधुर वचन आरम्भ गरी शास्ता मुनीन्द्रले गुह्येन्द्र महाबलवान वज्रपाणिलाई “हे श्रीमान् वज्रपाणि ! हे गुह्येन्द्र !” भनि सम्बोधन गर्नुभयो ।
मूलम्
।।२०।। साधु वज्रधर श्रीमान् साधु ते वज्रपाणय: ।।
यस्त्वं जगद्धितार्थाय महाकरुणयान्वित: ।।प्रति,४।
अर्थ:-
(२०) “हे श्रीमान् (वज्रधर)वज्रपाणि ! साधु साधु । हे वज्रपाणि ! तिमिले म संग जगतप्राणीको हितगर्ने कारणले (यस नामसङ्गीतिको कुरा) सोध्यौ । साधु ! साधु !”, भन्नुभयो ।
भावार्थ:-
उहाँ मुनीन्द्रले वज्रपाणिलाई, साधु साधु हे श्रीमान् वज्रपाणि ! तिमिले म संग यस नामसङ्गीतिको कुरा सुन्नमा अति रस मानी उत्साहसाथ:? साधु साधु ! फेरि जगत हितगर्ने कारणले यस आकाशव्यापी सकल प्राणीहरुले संसारको दु:ख भोग गरिराखेको देखी महाकरुणाले सहन नसकि सकल बुद्धका ज्ञान एकाकार भएको काय (शरीर) भइ आउनु भएकि आर्य्यमञ्जुश्री नामसङ्गीतिको कुरा सोध्यौ, साधु साधु भनि साधुकार दिनुभयो ।
मूलम्
।।२१।। महार्थां नामसंगीतिं पवित्रं अघनाशिनिम् ।।
मञ्जुश्रीज्ञानकायस्य मन्त्र श्रोतुं समुद्यत: ।।प्रति,५।।
अर्थ:-
(२१) फेरि, “महार्थको मञ्जुश्रीज्ञानकायको नामसङ्गीति शुद्धगरी पाप सिद्ध्याउन (फुकेगुली) उद्योग गरी म संग मन्त्र सोध्यौ, साधु ! साधु !”, भन्नुभयो ।
भावार्थ:-
फेरि, सकल बुद्धका ज्ञान एउटैमा समष्ठि संग्रह गरीराखेको आर्य्य मञ्जुश्री ज्ञानकायको शरीर नामसङ्गीति (हो) । यो अत्यन्त महार्थको(त:धंगु) तन्त्रार्थ पढेमात्र नै पनि पहिले देखिको जम्मा गरिराखेको दुष्कर्म कार्यहरूको पापावरण शुद्ध भएर (जाने गर्दछ) । फेरि, पछि पनि दुष्कर्मको कार्यको पापावरण जमा भै रहने हेतु (बीज) तथा त्यसको प्रत्येय (टुसा) उम्री बढी आउने (जायावैगु) अन्तराय (बिघ्न) सवै नाशगरी सकाउने यस नामसङ्गीति तन्त्र सुन्नलाई उत्साहसाथ विनति गरेको हुँदा साधुकार दिएको हो ।
मूलम्
।।२२।। तत्साधु देशयाम्येष: अहं ते गुह्यकाधिप ।।
शृणु त्वं एकाग्रमना: तत्साधु भगवन्निति ।।प्रति,६।।
अर्थ:-
(२२) “हे गुह्याधिपति ! यस कारणवाट मैले तिमिलाई राम्ररी देशना गर्छु, तिमि एकचित्त गरी सुन” भनेर भगवानवाट आज्ञा भएवाट (वज्रपाणिले) पनि, “साधु साधु आज्ञा गर्नुहोस्” भन्नु भयो ।
भावार्थ:-
वज्रपाणिलाई हे गुह्याधिपति ! तिमिले सकल सत्त्वप्राणिको कारणवाट यसप्रकारले प्रार्थना गरेको (छौ), मैले तिमिलाइ यस आर्य्य मञ्जुश्री नामसङ्गीतितन्त्र बताउने भएँ, तिमि एकचित्त गरी सुन” भनेर शास्ता मुनीन्द्रले आज्ञा दिनुभयो । त्यसपछि शास्ता मुनीन्द्रले बेसरी चित्तखुशी भई त्रि-प्रतिहार्य गरी आर्य्य मञ्जुश्री नामसङ्गीतितन्त्र आज्ञा गरिदिन लाग्नुभएकोले गुह्याधिपति वज्रपाणिले, “हे भगवान हजूले यस तन्त्र आज्ञागरिदिन्छु भन्नुभयो, यसको लागि साधु साधु भनि अनुमोदना गरी हजूर शास्ताले जसोगरी आज्ञा गर्नुभयो त्यसैगरी म पनि एकचित्तगरी हजूरको आज्ञा अनुसार साधना गर्ने भएँ”, भनेर भन्नुभयो ।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति द्वितीय परिवर्त
प्रतिवचन ज्ञानगाथा षट् ।।
तृतीय परिवर्त
।। षट्कुलावलोकन गाथा द्वे ।।
छओटा कुलहरु हेरेको गाथा दुई श्लोकहरु
मूलम्
अथ ।।२३।। शाक्यमुनिर्भगवान् सकलं मन्त्रकुलं महत् ।।
मन्त्रविद्याधरकुलं व्यवलोक्य कुलंत्रयम् ।।षट्,१।।
अर्थ:-
(२३) यस पछि शाक्यमुनि भगवानले सकल मन्त्रका महाठूलो कुल, तथा मन्त्र-विद्या धारण गर्ने कुल (र) तीनओटा कुलहरूलाई बिवर्ण (विवरण सवै अनावरण) गरी हेर्नुभयो, ..
भावार्थ:-
यस पछि शाक्यमुनि भगवानले आज्ञा गर्नुभयो कि, ‘आर्य्य मञ्जुश्री भनेकि कस्ति हुनुहुन्छ भने,
(पहिलो) सकल बुद्धहरूका ज्ञान संग्रहित भई एकाकार समुच्चय भएको काय भई आउनु भएकि हुँदा “सकलमन्त्रकुलंमहत्” अर्थात् सकल गुह्यमन्त्रको महाठूलो कुल भनिएको हो ।
(दोस्रो) त्यसमा पनि दुइटा-नभएको (अद्वय)ज्ञान भनिएको प्रज्ञाको स्वभाव (शून्य), तथा उपायको स्वभाव (निर्मल) फरक नभएको देखी जानि आएको “मन्त्रविद्याधरकुल” भनि राखिएको छ ।
(तेस्रो) भट्टारक मञ्जुघोषको कुलमा काय वज्रकुल, वाक् वज्रकुल, तथा चित्त वज्रकुल, यी तीनओटा कुलहरूमा (कुलेसं?) सबै किसिमले मिल्ने गरी देखी विचार गरी स्तोत्रगरी आएको “कुलं त्रयम्’ भनि प्रख्यात गरिराखिएको हो ।
मूलम्
।।२४।। लोकालोकोत्तरकुलं लोकालोककुलंमहत् ।।
महामुद्राकुलं चाग्र्यं महोष्णीषकुलं महत् ।।षट्,२।।
अर्थ:-
(२४) लोक तथा लोकोत्तर कुल, लोकमा हेरि आएको महत् कुल, महामुद्राको उत्तम कुल, महा उष्णीष कुलमा जोडिई आउनु भएका (वृहस्पति भनिएको) ।
भावार्थ:-
चौथो, पाँचौ, र छैटौं कुलहरूलाई अवलोकन गरी बिचार गर्नुभएको,
(पाँचौं) आर्य्य मञ्जुश्रीको “पञ्चकुल” भनेको पाँचओटा कुलहरु, (१) तथागतकुल भनिएको वैरोचनकुल, (२) रत्नकुल, (३) पद्मकुल, (४) कर्मकुल, र (५) वज्रकुल समेत पाँचओटा कुलहरू हुन् ।
(छैठौं) यी पाँचओटा कुलहरूका माथी बसेको छैठौं कुल उत्तमको “महामुद्रा” वज्रधरको कुलमा जोडिएको छ ।
(चौथो) यस लोक तथा लोकोत्तर (यस लोक भन्दा माथिको) कुल “लोकालोकोत्तरकुल” ।
यी सबै समेतलाई मिलाइ आर्य्य मञ्जुश्री नामसङ्गीतिको गाथा पढी स्तोत्र गर्नु अएको “महोष्णीषकुल” भनि प्रख्यात गरिराखिएको छ ।
इति आर्य्यमञ्जुश्री नामसङ्गीति तृतीय परिवर्त ।
षट्कुलावलोकन गाथा द्वय समाप्त ।।
चतुर्थ परिवर्त
मायाजालाभिसंबोधिक्रम गाथा
मायाजालवारेको अभिसम्बोधि क्रमगाथा तिन
मूलम्
।।२५।। इमां षण्मन्त्रराजानां संयुक्तां अद्वयोदयाम् ।।
अनुत्पादधर्मिणींगाथां भाषन्ते स्म गिरांपते: ।।माया,१ ।।
अर्थ:-
(२५) यी मन्त्रराज भनिएका छजना (सबै) संयुक्त भई दुइटा नभई रहेको (अद्वय भैरहेको) यस अनुत्पादधर्म आज्ञा गरिदिनु भयो ।
भावार्थ:-
यस त्रिधातुका जगतप्राणिहरू लाई ८४,००० ओटा क्लेशहरूको (र त्यस्का) प्रतिपक्ष ८४,००० धर्मस्कन्धहरू उपदेश दिनुभएका शास्ता मुनीन्द्रले आर्य्यमञ्जुश्री बृहस्पतिको काय(शरीर)को विपरीत फेरिई आएको (हिलावोगु) कुल यावत जति सम्म छन्, ती सबै सम्पूर्ण अनुकूल मिल्नेगरी हेरि नामसङ्गीति स्तोत्र गाथा पढी उहाँको आज्ञा अनुसारले यस वज्रतीक्ष्ण इत्यादि मन्त्रराज छजना संयुक्त भैरहेको अद्वय(दुइटा नभएको) अनुत्पन्न धर्म आज्ञा गरिदिनु भयो ।
मूलम्
।।२६।। अ आ इ ई उ ऊ ए ऐ ओ औ अं अ: स्थितो हृदि ।।
ज्ञानमूर्त्ति: अहं बुद्धो बुद्धानां त्र्यध्ववर्तिनाम् ।।माया,२।।
अर्थ:-
(२६) “यी बाह्रओटा अक्षरहरू हृदयमा बसीरहेका हुन् । यस्तो ज्ञानमूर्ति प्राणिको शरीरनै हो भनि जान्नेवाला म नै हूँ”, भनि त्रिकालका बुद्धहरूले आज्ञा गरिराखेका छन् ।
भावार्थ:-
यी द्वादशाक्षर (बाह्रओटा अक्षरहरू)का मन्त्रार्थको स्वरले बाह्रओटा नै छन् । फेरि यी बाह्रओटालाई दुई दुईओटा गरी जोडा मिलाइ छओटा ज्ञानले देवाकार(?) भएको ज्ञानकाय (ज्ञानमूर्ति) भई हृदयमा बसिरहेको छ । यस ज्ञानमूर्ति भनेको प्राणिको शरीर नै हो भनि देखेका जानेका म नै हूँ भनि त्रिकुल का पहिले भैगएका, पछि भैआउनेवाला, अहिले भैरहेका सकल बुद्धहरूले आज्ञा गर्नु भयो (भएका छन्) ।
मूलम्
।।२७।। ॐ वज्रतीक्ष्ण दु:खच्छेद प्रज्ञाज्ञानमूर्तये ।।
ज्ञानकाय वागीश्वर अर्पचनाय ते नम: ।।माया,३।।
अर्थ:-
(२७) ॐ वज्रसमान कठोर भएको तृष्णाको दु:खलाई छेदन गरी, दुःख सकाई (क्षय गराई), प्रज्ञाज्ञानको उष्णीष चूडामणि भएको शरीर भैराखेका बागीश्वर जगतमा शत्रुलाई पाक(पवित्र)गरी तारेर पाल्नु(आउनु\जानु) भएका हजूर मञ्जुघोषलाई नमस्कार गरेँ ।
भावार्थ:-
ॐ वज्रसमानको कठोर भएको तृष्णाको दु:खलाई छेदनगरी, दु:ख समाप्तगरी, प्रज्ञाज्ञानको उष्णीष चूडामणि रहेको शरीरवाला भई, वागीश्वरले जगतमा शत्रुलाई पाकगरी तारेर पाल्नु(आउनु\जानु)भएका उहाँ मञ्जुघोष लाई नमस्कार गरेँ ।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति चतुर्थ परिवर्त
मायाजालाभिसम्बोधिक्रम गाथा तिस्र ।।
पञ्चम परिवर्त
।। वज्रधातु महामण्डलगाथा चतुर्दश: ।।
मूलम्
।।२८।। तद्यथा भगवान् बुद्ध: सम्बुद्धोऽकार सम्भव ।।
अकार: सर्ववर्णाग्र्यो महार्थ: परमाक्षर: ।।वज्र,१।।
अर्थ:-
(२८) यो कसो हो भने, भगवान सम्यक्सम्बुद्ध “अ”कार (बीजाक्षर)वाट उत्पत्ति हुनुभएको हो । “अ” भनेको सर्वहेतुको बीजाक्षर, उत्तम स्वरूपको, महार्थ, परमाक्षर हो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषको कायसिद्ध भएको रूल (विधि, क्रम) बमोजिम संगीति पर्याय पढिएको, यो कसरी हो भने, अद्वय ज्ञानकाय हुनुभएका भगवान सम्यक सम्बुद्ध पनि ‘अ’कार (बीजाक्षर)वाट उत्पत्ति हुनु भएको हो । कसरी उत्पत्ति भएको भने, ‘अ’कार भनेको बीजाक्षर निश्चय नै सर्वहेतुको बीज भई, त्यसवाट ८४,००० धर्मस्कन्ध बनिएको हो । ती सकल धर्मस्कन्धका मूल(सार) भएको अर्थचर्य्या भुक्तमान गरी अद्वय ज्ञानकाय सिद्धिलाभ गरी आउनुभएको हो । अतएव यस ‘अ’ भन्ने अक्षरको महार्थ गरी हेर्दा अत्यन्त उत्तमको परमाक्षरवाट (उत्पन्न) भएको हो भनि प्रख्यात हुनुभएको हो ।
मूलम्
।।२९।। महाप्राणो ह्यनुत्पादो वागुदाहारवर्जित: ।।
सर्वाभिलाप हेत्वग्र्य: सर्ववाक् सुप्रभास्वर: ।।वज्र,२।।
अर्थ:-
(२९) (यस अ भनिएको अक्षर) पेटवाटै उत्पत्ति भई आउने प्राण (हो । यसलाई) अन्य ठाउँवाट उच्चारण गर्न नपर्ने गरी मुखवाट छोडिएको हुन्छ । यो मुखवाट भनिएको सवै को उत्तम हेतु (भएकोले) सवै प्रभास्वर भनिएको छ ।
भावार्थ:-
यस परमाक्षरको कुरा यस्तो हो कि, अन्यान्य अक्षरहरू सवै नै जिभ्रो, तालु, ओँठ आदिमा कुनैकतै ठाउँमा छुवाएर वा ठोक्काएर मात्र उच्चारण गर्नुपर्ने हुन्छ । यस अ’ भन्ने अक्षर कतैपनि छुवाउनु नपरिकन (स्वत: सिद्ध भई) भित्रै पेटबाटै उत्पत्ति भई उच्चारण भएर आउने भएकोले जिभ्रो-तालु-ओँठ आदि कतैपनि छुवाउन नपर्ने गरी उत्पत्ति हुने गरेको छ । फेरि यस ‘अ’ भन्ने अक्षर धेरै सङ्ग्रह गरी मुखवाट भन्ने नगरिएको (अर्थात्, मुखले भन्न नपर्ने), यस्तो मुखवाट भन्ने केहि पनि नभएको, सवै अक्षरहरूको प्राण भैरहेकोले आर्य्य मञ्जुश्री पाठगर्ने सबैभन्दा उत्तम हेतु भएको अकार बीज प्राण भएको यस नामसङ्गीति हो । अतएव त्यसैलाई श्लोक बनाइ महा-ठूलो तरीकाले सकल ज्ञानका कुराहरू खोलेर राखेको हो
मूलम्
।।३०।। महामहमहाराग: सर्वसत्त्वरतिङ्कर: ।।
महामहमहाद्वेष: सर्वक्लेशमहारिपु: ।।वज्र,३।।
अर्थ:-
(३०) सकल सत्त्वप्राणिहरूले हर्ष गरीरहेको महाराग (विशुद्धिको) महापूजा गरेको हो । फेरि, महा(ठूलो) द्वेष(विशुद्धिको लागि) महापूजा गरेकोले (उहाँ) सकल क्लेशहरूको महाशत्रु हुनुभयो ।
भावार्थ:-
षट्गतिप्राणी सर्वसकल अनादिकाल देखि नै रागको बशमा परी काम(तृष्णा)को विषयमा आनन्द मानी अभ्यास गरिरहेका हुन्छन् । त्यसको स्वभाव नजानिकनै मायाको वशमा गई (अकुशल)कर्म बटुली संसारचक्रमा परस्पर दु:खभोग गरिरहेका प्राणिहरूलाई भट्टारक मञ्जुघोषले देखी करुणाकृपाले हेरि कामगुणमा राग(रक्त?)हुने मार्गमा लागिरहेका (ती प्राणी)लाई उपायकौशल्यद्वारा थाहापाई शिक्षादेशना गरी (काम)मिथ्याको सुखभोग गर्ने महारागको विषय(संग) मिल्ने मार्ग(द्वारा) मूल(जरा) देखि क्षय गराई रागविशुद्धिको प्रत्यवेक्षणाज्ञानद्वारा सकल जिनहरू खुशी हुने महापूजा गर्नु भएको हो ।
फेरि, प्राणीहरू सवैले नै अनादि कालदेखि अभ्यास गर्दै आइरहेको बासनाले गर्दा मन नपर्ने (अप्रीतिकर) विषयमा द्वेष उत्पन्नगरी, त्यसको वशमा परी, दुष्कर्म बटुली, संसारमा सवैभन्दा ठूलो दुर्गतिमा गरी सहनगर्न कठिन दु:खभोग गरिरहेका लाई करुणाकृपाले हेरि, भट्टारक मञ्जुघोषले द्वेषी भएका (ती) प्राणीलाई दमन गर्ने हेतुले क्रोधस्वरूपको काय देखाई, उपयकौशल्यले अवतारभई प्राणिहरूका क्लेश मथ(र्द?)न गरी समाप्त गर्नुभएकोले सकल क्लेशहरूका महाशत्रु हुनुभयो । यस्तो उपायकौशल्यद्वारा सकल जिनहरू खुशी हुने द्वेषविशुद्धिको आदर्शन(ज्ञान)द्वारा पुजा गर्नु भएको हुनाले सकल क्लेशहरूका महाठूलो महाशत्रु हुनुभयो ।
मूलम्
।।३१।। महामहमहामोहो मूढधी:मोह सूदन: ।।
महामहमहाक्रोधो महाक्रोधरिपु: महान् ।।वज्र,४।।
अर्थ:-
(३१) महामोहले मूढ भैरहेकाहरू लाई प्रज्ञाको बुद्धिले (त्यस) महाठूलो मोह सकाई महामोहविशुद्धिको महाठूलो पूजा (महामह) गर्नुभयो । फेरि महाक्रोधविशुद्धिको महाठूलो पूजा गर्नु भएकोले महाक्रोधको महाशत्रु हुनुभयो ।
भावार्थ:-
सकल प्राणिहरू सवैले अनादिकाल देखि नै अभ्यास गर्दै आएको मोहको वशमा परी संसारचक्रमा घुमिरहेको देखी करूणाले सहन नसकि आउनुभएका (हुनुहुन्छ) । (उहाँ) भट्टारक मञ्जुघोषले ती मोहले मूढ भई अन्धकार भई बसेका हरूका लागि अन्धकार खुल्ने(च्याति दिने) प्रज्ञाको बुद्धि प्रकाशगरी, सकल प्राणीका मोह समाप्त गराई (फुकाली?), संसारको मूल जरा भैराखेको मोहको प्रतिपक्ष (भएको) धर्मधातुज्ञानद्वारा दिव्यकायमा आकारितभई, जिनहरू सबै खुशीहुने महामोहविशुद्धिको महाउत्तम पूजा गर्नुभयो । फेरि प्राणीहरू समग्र सकलले अनादिकाल देखि नै अभ्यास गरिआएको बासनाले गर्दा परप्राणीहरू ऐश्वर्यले पूर्णसम्पन्न भएको सहनगर्न नसकि महाक्रोधगरी ईर्ष्या(द्रोह)द्वारा दुष्कर्म बटुली संसारमा सवैभन्दा ठूलो दुर्गति भएको तिनओटा अपायगतिमा पालोपालो (परस्पर) दु:खभोग गरीबसेका प्राणीप्रति महाकरुणा उत्पन्न भई सहन नसकि भट्टारक मञ्जुघोषले प्राणीहरूका ईर्ष्या समाप्त गरिदिन ईर्ष्या(महाक्रोध)विशुद्धिको कृत्यानुष्ठानज्ञानद्वारा आफ्नो दिव्यकाय प्रकाशगरी प्राणीको कारणले जिन तथा जिनपुत्र समेत? (सहित) खुशीहुने ईर्ष्याविशुद्धिको महापूजा गर्नु भएको हुनाले प्राणीलाई दुखदिने क्लेशरुपी क्रोधको महाठूलो शत्रु हुनुभयो ।।४।।
मूलम्
।।३२।। महामहमहालोभ: सर्वलोभ निषूदन: ।।
महाकामो महासौख्यो महामोदो महारति: ।।वज्र,५।।
अर्थ:-
(३२) महालोभ भैरहेका हरूका लोभ सवै सिध्याई लोभमात्सर्य(विशुद्धिको) महापूजा गर्नु भयो । फेरि महाकाममा अलिप्त गराई महासुखले हर्ष आनन्दको स्थानमा राख्नुभयो ।
भावार्थ:-
प्राणीहरूको शरीर तथा धनसम्पतिको भोगविलासको महालोभको बशमा गई संसारचक्रमा घुमिरहि दु:खकष्ट खाई बसेका (प्राणी)लाई भट्टारक मञ्जुघोषले महाकरुणाले सहन नसकि शरीर तथा धनसम्पत्तिमा महालोभ गरेका लाई लोभ सवै क्षय गराई लोभमात्सर्यविशुद्धिको समताज्ञानद्वारा दिव्यकाय प्रकटगरी प्राणिहरूका लोभ सकल समाप्त गर्नाका निमित्त उपायकौशलयगरी जानी मार्ग द्वारा प्राणी दमन गरी जिनपुत्र सहित खुशीहुने महालोभविशुद्धिको महापूजा गर्नुभयो ।
फेरि प्राणिहरूले अनादिकाल देखि नै अभ्यास गरिरहेका पञ्चकामगुणमा लिप्त भई त्यसको वशमा गई कर्म(संस्कार) बटुलि संसारको बन्धनमा परी दु:खको धारा नटुट्नेगरी परेकालाई करुणाले सहन नसकि भट्टारक मञ्जुघोषले जो-जसलाई जे-जस्तो गरी दमन गर्नु पर्ने हो त्यसरी नै प्राणीहरूलाई धर्मदेशना गरी कामगुणको मार्गमा अलिप्त गराई महासुख हर्षानन्दकोको स्थानमा लैजान उपायकौशल्यवाट दिक्षा निर्देश बताई कामगुणवाट अलिप्त गरी महासुखले हर्षआनन्द भएको स्थानमा राखि आउनु भएकोले अनुत्तरज्ञानमा परेको हो ।।५।।
मूलम्
।।३३। महारुपो महाकायो महावर्णो महावपु: ।।
महानामा महोदारो महाविपुलमण्डल: ।।वज्र,६।।
अर्थ:-
(३३) (सकल) रूपहरू मध्येको उत्तम महाकाय हो । वर्णहरू मध्येको उत्तम महाठूलो देह हो । महाठूलो नाम भएको गङ्गानदीको (वालुवाको सङख्या) प्रमाणमा विशाल भैरहेको महामण्डल हो ।
भावार्थ:-
सकल रूपहरू मध्ये उत्तम भएको लक्षण-व्यञ्जन सहित प्रकाशित भएको काय उहाँको उत्तम काय हो । त्यसमाथी पनि पोलेको सुवर्णको वर्णको भई सर्ववर्णहरु मध्ये उत्तम वर्णको भई रहेको हो । भट्टारक मञ्जुश्री अभिसम्बुद्ध हुनुभई सकल बुद्धहरू मध्ये पनि महाठूलो शरीरको भई देखाउनु भएको हो । फेरि, उहाँ भट्टारक महामञ्जुघोषको “नाम” बुद्धक्षेत्रमा सर्वत्र प्रख्यात भयो । त्यसमा गङ्गानदीको बालुवाप्रमाण समानका अति विशाल भैरहेको मञ्जुश्री क्षेत्रव्यूह भनिएको यो हो । उहाँ भट्टारक मञ्जुघोषको महामण्डलमा दशैदिशाका सकल जिनहरू तथा जिनपुत्रहरू सहित सकल नै पाल्नु(आउनु\जानु) भएको महामण्डल हो ।
मूलम्
।।३४।। महाप्रज्ञायुधधरो महाक्लेशांकुशोऽग्रणी ।।
महायशा महाकीर्ति: महाज्योति: महाद्युति: ।।वज्र,७।।
अर्थ:-
(३४) महाठूलो प्रज्ञारूपी महास्त्र तथा अङ्कुश धारण गरी, महाक्लेशलाई (अङ्कुशले) अडकाई तानी खड्गले छेदनगरी महायश-कीर्ति बनाइ महाज्योति (तेज) प्रकाश गरेका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले प्राणीहरूका सकल क्लेशहरू समाप्त गरिदिनको लागि महाठूलो प्रज्ञारूपी महास्त्र तथा महाअङ्कुश लिई महाक्लेशलाई अड्काई खैंची खड्गले छेदनगरी खर्च गरी सिध्याई महाबोधि प्राप्तगर्नु भएको हुँदा यस्तो प्रज्ञालाई महाउत्तमको “महाप्रज्ञायुधधरो महाक्लेशांकुशोऽग्रणी”भनेर प्रख्यात गरिएको हो । फेरि लोकधातुमा सवैस्थानमा व्यापक हुनेगरी महातेज प्रकाश गर्नुभएको हुँदा “महायशा महाकीर्ति” भनेर प्रख्यात हुनुभयो । फेरि, भट्टारक मञ्जुघोषले आफ्नो चित्तले अद्वयज्ञानद्वारा महाज्योति प्रकाश गर्नुभई आकाशधातु पर्यन्तसम्म ढाकीबसेका सकल प्राणीका निम्ति प्रज्ञाको ज्योतिले देखी(खयका) ऐनामा देखीएको रूपको जस्तै (प्रमाणले) देखीनेगरी खोली देखाई दिनुभएको हुँदा “महाज्योति महाद्युति” प्रकाश गरेका भनि प्रख्यात गरी राखिएको हो ।
मूलम्
।।३५।। महामायाधरो विद्वान् महामायार्थसाधक: ।।
महामायारतिरतो महामायेन्द्रजालिक: ।।वज्र,८।।
अर्थ:-
(३५) महामाया धारण गरि आउनुभएका विद्वानले महाअर्थ साधना गरी (प्राणिहरूलाई महाप्रतिहार्य देखाई) महा-इन्द्रजाल सदृशले हर्ष-आनन्द गराइ आउनु भएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले उपायकौशल्यद्वारा आकाशव्यापी सकल प्राणीहरूका निम्ति आआफ्ना भाग्यका अनुसारले जोजसलाई जेजस्तो तरीकाले दमन गर्नुपर्ने हो, उसलाई त्यसै गरी अवतारलिई धर्म उपदेश दिनुभएको कारणले “महामायाधरो विद्वान्” भनि प्रख्यात गरिराखिएको हो । फेरि, महामाया धारणगरी प्राणीको कारणवाट महाचटक् गर्नेवालाले जस्तै महाअर्थ साधनागरी महाप्रतिहार्य गरी देखाई प्राणीहरू लाई हर्षानन्द गराईदिनु भएको हुँदा सकल प्राणीहरूले हर्ष उत्तम आनन्द गरिराखेका हुन् ।
मूलम्
।।३६।। महादानपति: श्रेष्ठो महाशीलधरोऽग्रणी ।।
महाक्षान्तिधरो धीरो महावीर्य पराक्रम: ।।वज्र,९।।
अर्थ:-
(३६) भट्टारक मञ्जुघोष महाश्रेष्ठोत्तम दानपति भई, महाठूलो शील धारणगरी, महाठूलो क्षान्तिभावमा दृढ गरी, महाठूलो बीर्य उत्साह गरी, पराक्रम देखाउनु भएका हुनुहन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले उत्तम बोधिचित्त उत्पत्ति गर्नुभए देखिनै जिनपुत्रको चर्याशिक्षा(पालन)गरी, उहाँले जिनपुत्रहरूका चर्य्या अनन्त संख्याप्रमाणमा पालन गर्नुभए तापनि ती सबै चर्याहरूलाई दशओटा पारमिताहरूमा संग्रह गरिराख्नु भएको हो । यी (दशओटा पारमिताहरू) मध्ये,
(क) पहिलो दानपारमिताको शिक्षा कसोगरी गर्नुभएको हो भने, उहाँको चित्त उत्पत्ति हुनासाथ बोधिचित्त धारणागरी शरीरले भोगगर्ने पदार्थ धन-बस्तु इत्यादि त्यसैलाई (उत्पत्ति हुनासाथ) सबै सत्त्वप्राणीको (हित)कारण मात्रको लागि दान गरिदिनु भयो । यस प्रकारको दानमात्र त मार्गमा प्रवेश नभएका व्यक्तिहरूले पनि प्राणीहरूका लागि गरिआएकै छन्; यसैले यत्तिले मात्रै सकल जिनपुत्रहरूका चर्य्या गरिएको भनेर पुग्दैन (भनिंदैन) । किनभने, जिनपुत्रहरूको चर्य्यामा बिना बोधिचित्तरत्न प्रवेश हुनै सक्दैन, यो बोधिचित्तको अनुभावले मात्र हुने हो । यस्तो बोधिचित्तद्वारा चराचुरूंगी इत्यादिलाई एकमुठी अन्न (मात्रै पनि) दान दिइए पनि जिनपुत्रको चर्य्या गरिएको हुनजान्छ । भट्टारक मञ्जुघोषले बोधिचित्त उत्पत्तिगरी, आकाशव्यापी सकल प्राणीहरू पनि अनुत्तरको बोधितर्फ संगै आएका सहयात्री हुन् (पाहांवोपिं) भनेर जानि, त्रिद्वारले जे चर्या गरिए तापनि त्यो प्राणीहरूको कारण मात्रले गर्नुभएको हुँदा “भट्टारक मञ्जुघोषलाई दानपतिमध्ये श्रेष्ठोत्तम” भनि प्रख्यात गरिराखिएको हो ।
(ख) त्यसैगरी महाशील धारण गरी काय-वाक्-चित्तको प्राचित्तमात्र(?) सवै संयम गर्नु नै शील हो । यस्तो शील त मार्गमा प्रवेश नभएका व्यक्तिहरूले पनि प्राणीहरूका लागि गरिआएकै छन्; यसैले यत्तिले मात्रै सकल जिनपुत्रहरूका चर्य्या गरिएको भनेर पुग्दैन (भनिंदैन), किनभने जिनपुत्रहरूको चर्य्यामा बिना बोधिचित्त प्रवेश हुनै सक्दैन । यो बोधिचित्तरत्न नभईकन त्रिद्वारको प्रचित्त?मात्र संयम गर्दैमा जिनपुत्रहरूको चर्याको बराबरीको दाँजोमा जान सक्दैन । जिनपुत्रहरुको चर्य्यामा जानलाई बिना बोधिचित्त जानै सक्दैन । तसर्थ, यस बोधिचित्तरत्न एउटा निश्चय पनि राख्नै पर्ने हुन्छ । अतएव आफ्नो कारणवाट मनस्कारको वशमा नगई बोधिचित्त ग्रहणगरी लिई जे काम गरे तापनि प्राणीको (हीत)कारणले मात्र गर्नु नै महायानको शील हो । तसर्थ, यस्तो शील भएकोलाई महाशील धारण गरेको भनि भनिराखिएको छ ।
(ग) त्यसैगरी महाक्षान्ति भनेको आफूलाई दोष दिने प्रति पनि दोषभाव नराखि दु:ख सहेर आफ्नो कारणले मनमा केहि नराखि बोधिचित्तरत्न समुत्थानगरी चर्यामा भुक्तमान (पूर्ण समर्पित हुनु?)गरी लिनु नै क्षान्ति भावना गरिएको हो । तसर्थ त्यस्तो क्षान्ति लाई नै महाक्षान्ति भावना गरेको भनिएको हो ।
(घ) त्यसैगरी महावीर्य पराक्रम भनेको कुशल(कार्य) समुचितरूपमा सम्पन्नगर्न उत्साह गर्नु नै वीर्य हो । यस्तो वीर्यमात्र त मार्गमा प्रवेश नभएका व्यक्तिहरूले पनि प्राणीहरूका लागि गरिआएकै छन् । नै जिनपुत्रहरू यसैले यत्तिले मात्रै सकल जिनपुत्रहरूका चर्य्या गरिएको भनेर पुग्दैन (भनिंदैन), किनभने जिनपुत्रहरूको चर्य्यामा बिना बोधिचित्तरत्न प्रवेश हुनै सक्दैन । महावीर्य भनिएको त जिनपुत्रहरूले वीर्यताद्वारा यस आकाशव्यापी सकल सत्त्वप्राणि पर्यन्तलाई संसारको दु:खमुक्त गर्ने कामनाले बोधिचित्तरत्नकवच समेत ग्रहणगरी वीर्यले कुशल उत्साहगरी यस वीर्यलाई कहिल्यै कमी नगरी सदा अटूट राखि यत्न गर्नु को ‘महावीर्य पराक्रम’ भनि भनिएको छ ।।९।।
मूलम्
।।३७।। महाध्यानसमाधिस्थो महाप्रज्ञाशरीरधृक् ।।
महाबलो महोपाय: प्रणिधि:ज्ञानसागर: ।।वज्र,१०।।
अर्थ:-
(३७) (उहाँले) महासमाधिमा चित्त स्थीर गरी, महाप्रज्ञारूपी शरीर धारण गर्नुभयो । त्यसमाथि महाबल, महाउपाय गरी महाप्रणिधि (आशिका गरी) ज्ञानसागर भई पाल्नु भएको भनियो ।
भावार्थ:-
(ङ) त्यसैगरी महाध्यान भनेको सदासर्वदा शुभकुशल हुने मात्र आलम्बनगरी एकचित्तले समाधिमा बस्नु हो । यस्तो समाधि ध्यान मात्र त मार्गमा प्रवेश नभएका व्यक्तिहरूले पनि प्राणीहरूका लागि गरिआएकै छन् । यसैले यत्तिले मात्रै सकल जिनपुत्रहरूका चर्य्या गरिएको भनेर पुग्दैन (भनिंदैन), किनभने, जिनपुत्रहरूको चर्य्यामा बिना बोधिचित्तरत्न प्रवेश हुनै सक्दैन । जिनपुत्रहरूको ‘ध्यान’ भुक्तमान गरीआउन त बिना बोधिचित्त उत्पत्ति गरी हुन सक्ने नै होइन । तसर्थ बोधिचित्त महारत्न समुत्थान गर्नुपर्ने नै हुन्छ । अतएव, यस बोधिचित्तद्वारा जेजस्तो ध्यानभावना गरे तापनि प्राणिमात्रको कारणलाई मात्र ध्यानमा राखि सकल प्राणीलाई संसारवाट पार उतार्ने कामना गरी (मात्र) बोधिप्राप्त गर्ने इच्छाले एकचित्त गरी बस्नु ‘महाध्यान’ भनिराखिएको छ ।
(च) त्यसैगरी महाप्रज्ञा भनेको विद्याको स्वभाव परमार्थमा अवबोध भएको नै प्रज्ञा हो । अतएव, यो पञ्चस्थानविद्या संवृत्तिवाट अवबोधन हुने प्रज्ञा तथा सत्त्वप्राणीको कारणवाट अवबोध हुने प्रज्ञा, दुईओटा द्वारा बोधिचित्त महारत्न समुत्थानगरी चर्य्या भुक्तमान गर्नु नै जिनपुत्रहरूको प्रज्ञा हो । तसर्थ यस्तो प्रज्ञालाई “महाप्रज्ञा” भनेर भनिएको छ ।
त्यसैगरी यो प्रज्ञापारमिता उत्तरोत्तर (माथिमाथि धमाधम) महाठूलो हुँदैजाने (त:धनावनीगु) विशेष (बल-उपाय-प्रणिधि-ज्ञान) पारमिताका विभाग यी चारओटा हुन्,
(छ) पहिलो “बलपारमिता” भनेको प्रज्ञापारमिता चर्य्या भुक्तमान गर्नमा श्रेष्ठोत्तम भई गैरहेको हो । यो मुक्ति तथा सर्वज्ञ प्राप्त नभएसम्मको लागि अन्तराय (बिघ्न) गर्नेवालाले भित्री (दून्यया, आभ्यन्तरको) क्लेश तथा बाह्यको मारसैन्यादि लाई मर्दनगरी सिद्ध्याउन श्रेष्ठोत्तम भएको शक्तिको अनुभाव प्राप्त हुने हुँदा बलपरमिता भनिएको हो ।
(ज) त्यसैगरी दोस्रो, “महोपाय” भनेको, प्रज्ञापारमिताको शक्ति महाठूलो बृद्धि गरेर निमित्त आलम्बना (ध्यान) गरिने नभए तापनि अनेक अनेक उपायद्वारा परप्राणीका कारणबाट उपाय गर्नमा श्रेष्ठोत्तम अनुभाव(शक्ति) प्राप्तगर्नु भएकोले “महोपाय” भनिराखिएको छ ।
(झ) त्यसैगरी तेस्रो, “प्रणीधि” भनेको – भट्टारक मञ्जुघोषले पहिले बोधिचित्त उत्पत्ति गरेदेखि आकाशव्यापी सकल प्राणिहरूलाई यो संसारको स्थानबाट उत्तारगरी (उद्धारगरी) बुद्धको भूमिका राखिदिन सक्ने होउँ भनि प्रणिधान गर्नुभएको अनुभाव(शक्ति)ले यो अन्तहीन संसारमा जबसम्म प्राणीहरू रहन्छन् तबसम्म नै सकल प्राणीलाई उपकार गर्ने कारणले धेरै चर्य्या बिचरण गर्नेछु भनि प्रणिधान गर्नु भएको हुँदा “प्रणिधिसागर” भनि भनिएको हो ।
(ञ) त्यसैगरी चौथो, “ज्ञानसागर” भनेको जिनपुत्रहरूका प्रज्ञापारमिताको शक्ति महाठूलो बृद्धि भएर मात्र ज्ञानको अधिकार प्राप्त भएको हो । उहाँ भट्टारक मञ्जुघोषले माथी भनिएको जस्तो सकल जिनपुत्रहरूको ज्ञान समष्ठि समुच्चय भएको ज्ञानकाय भई आउनुभएको भनि परिकीर्ति गराई आउनु भएको हुँदा ज्ञानसागर भनि प्रख्यात गरी राखिएको हो ।
मूलम्
।।३८।। महामैत्रीमयोऽमेयो महाकारुणिकोऽग्रधी: ।।
महाप्रज्ञा महोधीमान् महोपायो महाकृति: ।।वज्र,११।।
अर्थ:-
(३८) महामैत्रीको स्वभावले अप्रमेय असंख्येय संख्यामा आलम्बना गरी महाकरुणाको उत्तम बुद्धि भएको (उहाँले) महाप्रज्ञा द्वारा महाउपाय गर्नुभयो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले सकल प्राणीहरूलाई हित तथा सुख गर्नको निमित्त महामैत्री स्वभावले यतिउति भन्नै नसकिने अप्रमेय संख्यामा आलम्बनागरी प्राणीहरूलाई हीतसुखगर्न आफूले अभिभारा बोकि आउनु भएकोले (उहाँलाई) “महामैत्री” भनिएको हो । यसैगरी महाकरुणाको उत्तम बुद्धिले मैत्री तथा करुणा दुवै बोधिचित्त उत्पन्नगरी, महाप्रज्ञाद्वारा महाउपाय गर्नुभएको हुँदा “महाप्रज्ञा महोधीमान्” भनि प्रख्यात गराई “महोपाय महाकृति” भनेर पनि भनिएको छ ।
मूलम्
।।३९।। महाऋद्धिबलोपेतो महावेगो महाजव: ।।
महर्द्धिको महाशाख्यो महाबलपराक्रम: ।।वज्र,१२।।
अर्थ:-
(३९) महाऋद्धिद्वारा अवतारलिई देखाउने महाबल भएको । फेरि, बुद्धक्षेत्र चलाउन सक्ने ऋद्धि महाबेगको शक्ति भएको । यसै गरी, आकाशमा उडी जाने महाऋद्धि शक्ति भएको । धर्म उपदेश दिने यशकीर्ति भएको । त्यसमाथि मारगणहरूलाई ऋद्धिबलद्वारा आफ्नो अधिनमा राख्ने पराक्रम भएको ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले सकल प्राणीहरूलाई तीनिहरूका आआफ्ना चिन्तना अनुसार (ज्ञानदृष्टिले देखाइदिन) ऋद्धिद्वारा अवतार लिई देखाई; खुट्टाको हरेक औंलामा त्रिसाहस्र महासाहस्र लोकधातु (भुवन) सवै यताउता (लिगिलिगि) हल्लाउन वा सारिदिन सक्ने महाऋद्धिको शक्तिसम्पन्न हुनुभएकोले ”महाबल” भएको भनियो । फेरि, धेरै बुद्धक्षेत्रहरू सबैतीर त्यसरी नै चलाउन सक्ने ऋद्धिको महाबेग शक्ति भएको हुँदा “महाबेगा” भनिएको हो । फेरि, हात पसार्दा-खुम्च्याउँदा मात्र पनि आकाशमार्गवाट सवैतीर उडीजान सक्ने शक्ति भएकोले “महर्द्धिक” भनिराखिएको छ । फेरि, भाग्यमानि भएका प्राणीहरू जोजसलाई जेजस्तो बोध गराउनु पर्दछ, त्यसैगरी धर्म उपदेशदिई बोध गराउनु भएको हुनाले “महाशाख्यो” भनि राखिएको छ । त्यसमाथि, मारतीर्थिकगणहरू लाई ऋद्धिबलद्वारा आफ्नो अधिनमा राख्नुभएको हुनाले “महाबल पराक्रम” भनि प्रख्यात गराइएको छ ।।१२।।
मूलम्
।।४०।।महाभवाद्रिसंभेत्ता महावज्रधरो घन: ।।
महाक्रूरो महारौद्रो महाभयभयङ्कर: ।।वज्र,१३।।
अर्थ:-
(४०) भट्टारक मञ्जुघोषले वज्रादर्शन समाधि धारणगरी, भवको महा-पर्वतलाई फोडि, त्यसमाथि महारौद्ररूपी क्रोधले भयंकर रूपको भई क्लेशलाई मर्दन गर्नुभयो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले (पुण्य तथा ज्ञान) दुवै संभारमा पारंगत भई, दशभूमिको अन्त्यमा वज्रादर्शनसमाधि धारण गरी भवको ठूलो महा-पर्वतलाई फोडी मर्थ(र्द)न गर्नुभयो । त्यसमाथि महा-रौद्ररूपी महाक्रोधले? भयानक रूपको भई भवको मूलजरा भईराखेको क्लेशरूपी (भयंकरको महाभय लाई) बासना सहित वर्जित (सक्याउनु) भएको हुँदा “महाक्रूरोमहारौद्रो महाभयभयङ्कर” भनि प्रख्यात गरिएको छ ।।१३।।
मूलम्
।।४१।। महाविद्योत्तमो नाथो महामन्त्रोत्तमो गुरु: ।।
महायाननयारुढो महायाननयोत्तम: ।।वज्र,१४।।
अर्थ:-
(४१) भट्टारक मञ्जुघोष भनेका महाविद्या-मन्त्रका (देवताहरू मध्ये सबैभन्दा) उत्तम हुनुहुन्छ । फेरि, जगतमा अनाथका नाथ भइ पाल्नुभएका; गुह्य-मन्त्रका गुरु भई अनुत्तरको मार्गवाट महाज्ञानमा राखि उत्तम मार्ग देखाउनुभएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोष भनिएका (उहाँ) सकल विद्यामन्त्रका देवताहरू मध्ये (सवैभन्दा) उत्तम हुनुहुन्छ । फेरि जगतमा अनाथभई नाथ नपाएकाहरू सवैका नाथ हुनुभएका हुनाले नाथ मञ्जुघोष भनि क्षेत्रधातु सवैतीर प्राख्यात गराइएको हो । फेरि, भट्टारक मञ्जुघोषले प्राणीहरूलाई चतुर्तन्त्रको धर्मोपदेश दिने गुरूहरू मध्ये श्रेष्टोत्तम धर्मराज हुनुभएको हुनाले अनुत्तर भनि भनिएको छ । फेरि, यो नामसङ्गीति गाथाद्वारा अनुत्तरमार्गवाट महाज्ञानमा चाँडै संयोग र प्रयोग गराई, यस्तो ज्ञानवाट कलिकालको एक छोटो आयु भित्रै बुद्धको भूमिमा जाने छोटोमार्ग देखाइदिनु भएको हुँदा “महायान नयोत्तम” भनि प्रख्यात गराइराखेको हो ।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति पञ्चमपरिवर्त
वज्रधातु महामण्डल गाथा चतुर्दश: ।।
षष्ठम परिवर्त
सुविशुद्ध धर्मधातु ज्ञानगाथा
मूलम्
(४२) महावैरोचनो बुद्धो महामौनी महामुनि: ।।
महामन्त्रनयोद्भुतो महामन्त्रनयात्मकः ।।सुवि,१।।
अर्थ:-
(४२) भट्टारक मञ्जुघोष भनेर भनेका महाबुद्ध वैरोचन हुन् । उहाँलाई नै महामुनि भनिएको हो । (उहाँ) यस मन्त्रमार्गमा लैजाने महामन्त्र साधना गरी पाल्नुभएका हुनुहुन्छ ।
भावार्थ :-
भट्टारक मञ्जुघोष भनेका पञ्चकुल मध्ये तथागतकुलका भएकोले त्रिकुलमध्ये मूल महावैरोचन कायकुल भयो । तसर्थ मञ्जुघोषलाई “महावैरोचन बुद्ध” भनेर भनिराखिएको छ । फेरि (हुनत) श्रावक-प्रत्येक-अर्हन्तहरू लाई तथा देव-मानव-ऋषिहरु सबैलाई पनि मुनि भनेर भनिने गरिन्छ । तर, महामुनि भनेर तथागतलाई मात्र भनिराखिएको हुनाले भट्टारक मञ्जुघोष लाई पनि “महामुनि” नै भनेर प्रख्यात गरिएको छ । फेरि यस सकल बुद्धका मन्त्रमार्गमा क्रमानुसार बढन बुद्धशासनमा बसी, फेरि पारमिताको पनि चर्यागरी आउनु भएका हुनाले भट्टारक मञ्जुघोषलाई “महामन्त्रनयात्मक” भनि प्रख्यात गरिएको हो ।।१।।
मूलम्
(४३) दशपारमिताप्राप्तो दशपारमिताश्रय: ।।
दशपारमिताशुद्धि: दशपारमितानय: ।।सुवि,२।।
अर्थ –
(४३) दशपारमिता चर्या चलाई, असल फल प्राप्तगरी, पारमितामै बसी, दशै
ओटा पारमिताहरू शुद्धगरी फल दशभूमिमा लिएर जाने हुनुहुन्छ ।
भावार्थ :-
भट्टारक मञ्जुघोषले पहिले उत्तम बोधिचित्त उत्पत्ति गरी आउनुभए देखी असंख्य कल्पहरू सम्म दुइटा सम्भारहरु बटुली अधिमुक्तिचर्याको मार्गद्वारा पारङ्गत हुनुभयो । फेरि लोकोत्तरको मार्गमा दशपामिताहरु मा क्रमैसित बसी चर्या भुक्तमान गरी उत्तम फल प्राप्त गर्नुभयो । मार्ग र फल दुबैमा पारंगत भई; यो मार्ग समयमा बसी, दशपारमिताको चर्या भुक्तमान गरी, अन्त्यमा फल समय दशपारमिता प्राप्त गर्नुभयो । त्यसमाथि, दश पारमिताहरु शुद्ध गरी दशभूमिहरूमा जानु भएको हो ।।२।।
मूलम्
(४४) दशभूमीश्वरो नाथो दशभूमिप्रतिष्ठित: ।।
दशज्ञानविशुद्धात्मा: दशज्ञानविशुद्धधृक् ।। सुवि, ३ ।।
अर्थ –
(४४) उहाँ नाथ दशभूमिहरुका ईश्वर भई दश भूमिहरुमा रहनु भएका हुनुहुन्छ । दश ज्ञानहरू विशुद्ध गर्नमा अधिपति भई दश ज्ञानहरु विशुद्धि(गरि) धारण गर्नुभएका हुनुहुन्छ ।
भावार्थ –
उहाँ नाथ मञ्जुघोष अभिसम्बुद्ध भएर बोध गराउनुपर्ने प्राणिहरूका कारणलाई जानी, दशैओटा भूमिहरूमा बसी, दशैओटा भूमिहरूको नियम धारण गरी, प्राणिहरूलाई दशओटा भूमिहरूमा राख्नु भएका हुनु भएकोले भट्टारक मञ्जुघोषलाई “दशभूमिश्वरोनाथ” भनि प्रख्यात गरी राखिएको हो । त्यसमा पनि मार्गभूमि पारंगत भइ, दशज्ञान विशुद्धि गर्नमा अधिपति भई, दशज्ञान विशुद्धि गर्न जहिलेपनि नथाकिकन (नसोधिकनै?) धारण गरी आएका हुनुभएकाले भट्टारक मञ्जुघोषलाई “दशज्ञान विशुद्धात्मक र दशज्ञान विशुद्धधृक्” भनि प्रख्यात गरिएको हो ।।३।।
मूलम:-
(४५) दशाकारो दशार्थार्थो मुनीन्द्रो दशबलो विभु: ।।
अशेषविश्वार्थकरो दशाकारवशी महान् ।।सुवि,४।।
अर्थ :-
(४५) भट्टारक मञ्जुघोषले दश आकारहरूका अर्थ जानी, दशबल प्राप्तगरी, मुनीन्द्र भई आकाशव्यापी सकल प्राणीका नायक हुनुभयो ।
भावार्थः-
भट्टारक मञ्जुघोषले दश आकारहरूका अर्थमा पारंगत भई, दश आकारहरू जानी, विशुद्धपूर्वक दशबल प्राप्तगरी, मुनीन्द्र वज्रधरको स्वभावले आकाशव्यापी सकल प्राणिका नायक हुनु भएकोले भट्टारक मञ्जुघोष लाई “दशाकारो दशार्थार्थो” तथा “मुनीन्द्र दशबलोविभु” भनि प्रख्यात गरिएको छ । अतएव भट्टारक मञ्जुघोषले फेरि प्राणिहरूलाई यसै अनुसारले नै कौशलगरी मार्गमा राखी दशबलद्वारा आकाशव्यापी सकल प्राणीका कारणले दशबल तथा दशवशीता प्राप्तगरी आउनु भएको निम्ति “विश्वार्थकरो दशाकारोवशी महान्” भनि प्रख्यात गरिराखिएको हो ।
मूलम्
(४६) अनादि:निष्प्रपञ्चात्मा शुद्धात्मा तथतात्मक: ।।
भूतवादी यथावादी तथाकारी अनन्यवाक् ।।सुवि,५।।
अर्थ:-
(४६) भट्टारक मञ्जुघोषको अनादि आत्मालाई नै निष्प्रपञ्चात्मा (प्रपञ्चरहित आत्मा भनिएको छ) । (त्यसैलाई नै) तथतात्मक (पहिले-पछि-अहिलेको आत्मा), (तथा त्यसैलाई नै) शुद्धआत्मा भनिएको हो । फेरि, (उहाँले) आदि देखि नै झूठो कुरा नगरिकन सत्य कुरा मात्रै गरी अरू कुरामा नघुमाई जस्तो छ त्यसैगरी बताइ पाल्नुभएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषको फल धर्मकाय प्राप्त भएको अनुसार आरम्भ गरी; अनादिको आत्मालाई नै “निष्प्रपञ्चात्मा” प्रपञ्च-परिपञ्च नभएको आत्मा, त्यसैलाई नै “तथतात्मक” पहिले पछि र अहिले पनिको आत्मा, त्यसैलाई नै “शुद्धआत्मा” भनि प्रख्यात गरिएको छ । फेरि भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणिहरुका कारणबाट आदि देखि नै कहिले पनि कसैलाई नत्यागी-नछोडि (हुलेमयास्ये?) शरणमा आएका सवैलाई मार्ग देखाई, बताई, झूठो कुरा नगरी सत्यको कुरा बताई आउनु भएको अनुसार,
भट्टारक मञ्जुघोषले दुइटा (क्लेश र ज्ञेय) आवरण शेषसहित बाँकी नराखी छोडी, ज्ञेय सबै साक्षात्कारगरी हेरी तथा जानी, आफूले जसरी गरेको हो त्यसरी नै प्राणीहरुलाई बताई आउनुभएको हुँदा “सत्यवादी” हुनुभयो । फेरि अरूहरुलाई अरु कुरामा नघुमाईकन कसो गरेर पाल्नु(जानु-आउनु) भएको हो त्यसैगरी भट्टारक मञ्जुघोषले आफैले मनले पनि चित्तको स्थिति (चित्तको स्वभाव) पर्यन्त नघुमाई “भूतकोटि”को समान समाहित गरी, कहिले पनि उल्टा नहुने गरी विवरण गरी बताई आउनु भएको हुनाले मञ्जुघोषलाई “सत्यवादी तथा भूतवादी” भनिएको एवं “यथावादी तथाकारी” भनि प्रख्यात गरिएको हो ।।५।।
मूलम्:-
।।४७।। अद्वयोऽद्वयवादि च भूतकोटिव्यवस्थित: ।।
नैरात्मसिंहनिर्नादी कुतीर्थ्यमृगभीकर: ।।सुवि,६।।
अर्थ:-
(४७) फेरि (म र मेरो भन्ने) दुईटा छैन भनि बताई भूतकोटि समान भई पाल्नु भयो । त्यसमाथी आत्मा छैन भनि सिंह गर्जे जस्तै गर्जी दुष्ट तीर्थिकरूपी चला(मृगशावक, शिष्यगण)हरुलाई भयंकरले तर्साई पठाउनु भयो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले जगत प्राणीहरू लाई यस संसारको हेतु भैरहेको क्लेश सकलको मूलजरा, म’मेरो’ भनि समाति राखेको नै भएको हुँदा, ‘म’ र ‘मेरो’ भनिएको यस दुईटा कहिले पनि सिद्ध नहुने गर्नलाई म’मेरो’ रहितको अद्वयज्ञान सिकोस्, भनि आज्ञा गर्नु भयो । फेरि अरूलाई जसरी बताइ आउनु भएको छ, त्यसरी नै भट्टारक मञ्जुघोष आफै पनि चित्तको स्थिति (चित्तको स्वभाव) पर्यन्त “भूतकोटि” समानको समाहित भई बसी कहिले पनि उल्टा (विपरीत) नहुने गरी विवरणगरी बताउनु भयो । यसको बापत उहाँलाई “अद्वयवादी ” भनेर भनिराखिएको हो । त्यसमाथि पनि भट्टारक मञ्जुघोषले नैरात्म्यको स्थिति (अनात्मको स्वभावले) शास्ताको उपदेश अनुसार सिंह गर्जेको जस्तो स्वर निकाली गर्जी दुष्ट तीर्थिकरूपी चला(शिष्य चेलाचपेटा)हरू सबैलाई भयंकर रूपवाट तर्साई धपाई पठाउनु भएको जस्तै भट्टारक मञ्जुघोषले पनि नैरात्माको स्थिति (अनात्माको स्वभावले) उपदेश दिई आत्मदृष्टिमा लागेका लाई दुष्ट तीर्थिक सकललाई भयंकर तरीकाले तर्साई धपाउनु भयो । त्यसमाथि पनि यो नैरात्माको स्वभाव मिलाइ दिएको उपदेश सुनेको मात्रले पनि त्रिधातु संसार सबैको स्थल-रसादि परमाणुरज समान भई आत्माको स्थिति (आत्माको स्वभावमा) शंका संदेह हुनासाथ नै भयले थरथर भई भवसंसार चूर्ण भइजाने हुन्छ, भनि “चतुःशतक” भनिएको शास्त्रमा आज्ञा गरिराखिएको छ ।।६।।
मूलम:-
।।४८।। सर्वत्रगोऽमोघगति: तथागतमनोजव: ।।
जिनो जितारि: विजयी चक्रवर्ती महाबल: ।।सुवि,७।।
अर्थः-
(४८) भट्टारक मञ्जुघोषले सकल क्षेत्रमा सवैतीर मनोमय भई गइ पुगी (धर्मदेशना गरी) मोघ हटाइदिने हुनुभएकोले तथागत भनिनु भयो । (त्यसमाथि शत्रुहरू लाई) जिती आउनु भएको “जिन: जितारी” भनिएको हो । फेरि (धर्म उपदेश दिन) महाबल भएका चक्रवर्ती धर्मराज भई आउनु भएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले आकाशव्यपि क्षेत्र सवैतीर मनोमय भई नरोकिइकन जानुभई धर्मदेशना गर्नुभयो । यो धर्म उपदेश दिनुभएको देख्नेजति, सुन्नेजति, र बुझी स्मृतिमा राखेका जति सबैलाई स्वर्ग र मोक्षको मार्गमा राखी यीनिहरूलाई मोघ रहित गर्नुभएको निमित्त “सर्वत्रगोऽमोघगति” भनि प्रख्यात गरिएको छ । त्यसमा पनि भट्टारक मञ्जुघोषलाई मारशत्रुलाई जिती आउनुभएको हुँदा “विजयी जिनो जितारी” भनि भनिएको हो । फेरि आकाशव्यापी सकल प्राणीहरू लाई धर्म उपदेश दिनेमा जोडा नभएको धर्मराज चक्रवर्ती-महाबल भएको हुँदा यी सकल प्राणीहरूलाई आआफ्नो विचारको अनुसार जोजसलाई जुनजुन किसिमले आवश्यक हुन्छ त्यसैगरी अवतार लिई धर्मनिर्देश गरी आउनुभएको हुँदा सकल प्राणीका गुरु “चक्रवर्ती महाबल” भनि प्रख्यात गरिएको छ ।।७।।
मूलम्:-
।।४९।। गणमुख्यो गणाचार्यो गणेशो गणपतिर्वशी ।।
महानुभावो धौरेयोऽनन्यनेयो महानय: ।।सुवि,८।।
अर्थ:-
(४९) गणको मुख्य आचार्य भई, गणको ईश्वर भई, गणको अधिपति भई, अरूहरूले भन्नु (सिकाउन) नपर्ने गरी आफै महान भई बताइ(देशना गरी) आउनुभएका हुनुहुन्छ ।
भावार्थ:-
फेरि, दमनगर्न पर्ने वा बोध गराउनु पर्ने श्रावकगण (दुवै)को मुख्य आचार्य भई पाल्नुभएका हुनुहुन्छ । प्रत्येक गणको श्रेष्ठोत्तम गुरु भई आउनु भएको । महायान बोधिसत्त्वगणको स्वामी भई आउनु भएको । तन्त्रयानको देवगण मण्डलका अधिपति, वज्रधरको अधिकार भएको (वज्राचार्य्य भई आएका हुनाले) । भट्टारक मञ्जुघोषले प्राणीहरू जोजसलाई जेजसो गरी बोध गराउनु पर्दछ त्यसैत्यसै गरी अवतार लिई धर्मोपदेश दिनुभएकोले चक्रवर्ती हुनुभयो । त्यसमाथि विशेष ठूलो महागुह्य भैरहेको वज्रयानको तरीकाले बोध गर्नुभयो । अन्यान्य मार्गका अनुयायी भएकाले केहि भन्न नपर्ने गरी आफूले अधिकारसाथ बताउनु भएको हुँदा भट्टारक मञ्जुघोषलाई “धर्मको राजा, चक्रवर्ती, गणको मुख्य, गणाचार्य्य, गणोत्तम, गणको स्वामी, (ईश्वर) गणाधिपति, विभू वज्रधर भनि जिनपुत्र सकलबाट महान गराई प्रख्यात गराइएको छ ।।८।।
मूलम्:-
।।५०।। वागीशो वाक्पतिर्वाग्मी वाचस्पति:अनन्तगी: ।।
सत्यवाक् सत्यवादि च चतु:सत्योपदेशक: ।।सुवि,९।।
अर्थ:-
(५०) वचनको स्वामी, वाकाधिपति, वाग्मी (कुरा गर्न जान्ने), वचनको अधिकार भएको, चतु:प्रतिसम्भिदा पर्य्यन्त भएको भएर (प्राणीहरू लाई) चतु:सत्य (चारओटा सत्य) बारेको धर्म उपदेश बताई आउनु भएको भएकोले सत्यवादी भनिराखिएको हो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले जगत प्राणीलाई वाकको स्वरले आकाशसम्म घन्काई सबैतीर सुनिने गरी गुञ्जायमान गरी यस षष्टिस्वराङ्ग (साठी स्वरले अङ्गले) युक्त भएको ब्रह्मास्वरले (प्रतिसम्भिदा द्वारा चतुसत्यको) धर्मचक्र परिर्तन गर्नुभयो । त्यस “चतु:प्रतिसम्भिदा” प्राप्त भएमा “वचनको स्वामी”, “वाकधिपति”, “वाग्मी(कुरागर्न जान्ने)”, “वचनको अधिकार” (जस्ता) चतु:प्रतिसम्बिधा पर्यन्त भएको हुनेछ । त्यसको लागि’
(१) अर्थ प्रतिसम्विदा प्राप्त भएमा “वागीश्वर” हुन्छ,
(२) धर्म प्रतिसम्विदा प्राप्त भएमा “वाक्पति” हुन्छ,
(३) निरूक्ति प्रतिसम्विदा प्राप्त भएमा “वाग्मी” हुन्छ, र
(४) प्रतिभान प्रतिसम्विदा प्राप्त भएमा “वाचस्पति” हुन्छ ।
भट्टारक मञ्जुघोषले जगतका प्राणीलाई यी चतु:प्रतिसम्विदा युक्त भएको धर्मको उपदेश दिइ आउनु भएका हुनुहुन्छ । यो एक-एक समय खण्ड-खण्ड गरी बताउनुपर्ने होईन; आकाशव्यापापि सकलप्राणी पर्य्यन्त जतिसम्म छन् त्यतिसम्मकै सर्वसकल लाई एकसाथ एकै वचनको स्वरबाट आआफ्नो भाषामा बुझ्न सक्ने तथा अनन्त प्राणीहरूका आआफ्ना जेजस्ता शंका छन् ती सवै शंकाहरू समाधान हुने गरी बताउनु भएको हुनाले “अनन्तगी” भनिएको छ । यो “हेतु तथा फल” दुवै दु:खसत्य तथा समुदयसत्य दुइटा भयो । यसको लागि विशोधन तर्फबाट निरोधसत्य तथा मार्गसत्य दुईटा भयो । यी चार सत्यहरू छुट्याई प्राणीहरू सकल लाई चतु:सत्यको धर्म उपदेश बताउनु भएको हुनाले “सत्यवादी” भनि प्रख्यात गरिराखिएको हो ।
मूलम्:-
।।५१।। अवैवर्तिको ह्यनागामी खङ्ग:प्रत्येक नायक: ।।
नानानिर्याण निर्यातो महाभूतैक कारण: ।।सुवि,१०।।
अर्थ:-
(५१) भट्टारक मञ्जुघोषले श्रावक अनागामि (फर्केर नआउने?), प्रत्येक खङ्गविषाणचारी (एकलै निर्जन बनमा रहने), तथा महायान अवैवर्तिक (फर्केर आउनु नपर्ने भूमिका) यी नानायानका हेतु (फल) एउटै हो, भनि आज्ञा गर्नु भएको छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले त्रियानको वंश भएकालाई अनुग्रहण गर्नुभएको कसोकसो गरी हो भने ?
(क) पहिले श्रावकको वंश भएका लागि “चतुरार्य सत्य”को धर्म निर्देश दिई श्रोतापत्ति, संस्कृतागामी, अनागामि तथा अर्हंत पद प्राप्त गराउनु भयो । आफै स्वयम् श्रावकको नियम धारण गरी धर्मोपदेश दिई क्लेशमूल लाई जरा देखि छुटाउनु भयो ।
(ख) प्रत्येक(बुद्ध)को वंश भएका लागि प्रतीत्यसमुत्पाद (द्वादशाकार)को धर्म निर्देश दिई प्रत्येकबोधीमा राखिदिनु भयो । प्रत्येकबुद्धको दुई जात छन्;
(१) कल्पवर्गाचारी – कल्प कल्प सम्म एकलै रहिरहने, र
(२) खङ्गविषाणचारी – गैंडा जस्तै एकलै निर्जन बनमा रहिरहने ।
यी दुई वर्गका पनि नायक भई प्रत्येक(बुद्ध)यानको चर्या गरी रहेका गणाचार्यका नियम धारण गरी द्वादशाकार प्रतीत्यसमुत्पादको अनुलोम तथा प्रतिलोम तरीकाले धर्म उपदेश दिई प्रत्येकबोधीमा राखिदिनु भयो ।
(ग) महायानीको वंश भएका लाई, (१) यसै जन्ममा मन फर्किने नैर्य्याणिक (वैराग्य) हुने तथा (२) भवपर्य्यन्त लाग्ने दुइटा भएकोमा; पछि फर्किआउने (लिचिलावैगु?) ‘नैर्य्याणिक(वैराग्य) तथा भवचक्र’ र ‘शान्त निर्वाण’ यी दुईको एकातीरमात्र नबसी, अप्रतिष्ठित(निर्वाण)को नैर्य्याणिक (वैराग्य) निर्देश दिई अन्त्यमा नानायान (अनेक अनेक प्रकारका) नैर्य्याणिक सबै उत्पत्ति गरी अनुत्तर सम्यक्सम्बोधि प्राप्त गर्ने उपाय बताउनु भयो ।??
अतएव यो त्रियानको हेतुको महाफल एउटै कुशल फल हो भनि धर्मनिर्देश गरी पाल्नुभयो ।।१०।।
मूलम्:-
।।५२।। अर्हन् क्षीणास्रवो भिक्षु: वीतरागो जितेन्द्रिय: ।।
क्षेमप्राप्तोऽभयप्राप्त: शीतीभूतो ह्यनाविल: ।।सुवि,११।।
अर्थ:-
(५२) (श्रावकलाई)भिक्षुको छाँटबाट आस्रवक्षय भएको अर्हत भएर देखाई, प्रत्येकलाई वैरागद्वारा रागमुक्त गराई इन्द्रियलाई जित्ने तरीका बताई, महायानलाई सुखलाभ भएकोमा अभय प्राप्त गरी, शीतलको अनाविलको नियम (तरीका, रूल) देखाउनु भएको ।
भावार्थ:-
यस अनुसार भट्टारक भञ्जुघोषले त्रियानका व्यक्ति प्राणिहरूलाई (तिनीहरूका) चिन्तना अनुसार मिल्नेगरी धर्म उपदेश दिनुभई कायको छाँट अनुसार देखाई आउनु भयो । के के छाँटले देखाउनु भयो भने ?
(१) श्रावक भिक्षुलाई श्रावक भिक्षुकै छाँटले आस्रव क्षय भैसकेको अर्हत् भई देखाउनु भयो ।
(२) प्रत्येक(बुद्ध)लाई रागद्वेषादि मोह छुटाउन बैराग्यद्वारा (राग मुक्त भई) तीक्ष्ण खड्ग विषाण वर्गाचारी भई इन्द्रिय दमन गर्ने तरीका देखाई पाल्नु भयो ।
(३) महायानका लागि अनुत्तर मार्ग द्वारा बोधिसत्त्वको छाँट अनुसार सुख लाभ गरी अभयप्राप्त हुने शीतल भएको अनाविलको तरीका पर्य्यन्त देखाई आउनुभयो,
भनि प्रख्यात गरिराखिएको छ ।।११।।
मूलम्:-
।।५३।। विद्याचरण सम्पन्न: सुगतो लोकवित्पर: ।।
निर्ममो निरहङ्कार: सत्यद्वयनयस्थित: ।।सुवि,१२।।
अर्थ:-
(५३) विद्या (सम्यक्दृष्टि)द्वारा आचरण सम्पूर्ण कुशल गरी सुखपूर्वक पाल्नुभएका, लोकमा उत्तम तरीकाले जानी, म’मेरो’ भन्ने समातिराखेका लाई म मेरो भन्ने अहंकार छुटाई, दुइसत्यको क्रममा तरीका मिलाइ(कथहनं) राखि आउनु भएका ।
भावार्थ:-
।।५३।। यस सूत्रमा उहाँलाई भगवान तथागत “अर्हंत”, “सम्यक्सम्बुद्ध”, “विद्याचरणसम्पन्न”, “सुगत”, “लोकविद्”, “अनुत्तर पुरुषदम्य सारथी”, “देवानाञ्च मनुष्यनाञ्च शास्ता”, “बुद्ध”, “भगवान्” भनेर प्रख्यात गरिएको छ ।
अतएव उहाँ भगवान लाई त्यसरी भनिएको किन हो भने ? उहाँ यस जगतका सत्वप्राणीलाई यस संसार र संसारको हेतु (कारण) म’मेरो’ भन्ने पक्रि दु:ख पाइराखेका हुन्, भनि जानी उहाँ बुद्धले आआफ्ना भाग्यको कर्मानुसारले अनात्माको स्थिति (विद्याको स्वभाव)लाई सम्यक्दृष्टिले देखी बाकी सातओटा आचरणहरु कुशलतापूर्वक सम्पूर्ण गर्ने धर्मोउपदेश बताई बोध गराई, म’मेरो’ भनेर समातिराखिएको लाई छोडाई मोक्ष(निर्वाण)मा सुखपूर्वक राख्नु भयो । त्यसै गरी भट्टारक मञ्जुघोषले बुद्धपद प्राप्तिका लागि यो दुईसत्त्यको स्थिति(स्वभाव)लाई विद्या(सम्यक्दृष्टि) बाट देखीलिई जगतप्राणिहरू लाई पनि यस दुईसत्यको स्थानमा ल्याएर राखि बाकी सातओटा आचरणहरु कुशल सम्पूर्ण गरी सुखसाथ अनुत्तरमा जाने धर्म उपदेश दिई, म’मेरो’ भन्ने अहंकारलाई समातिराखेका लाई (म’मेरो’ भन्ने अहंकार) छोडाई दुइसत्यको तरीकाले स्थित गरी राखि पाल्नु भएको निमित्त यस तन्त्रमा भट्टारक मञ्जुघोषलाई पनि “विद्याचरण सम्पन्न सुगत लोकविद्” भनि प्रख्यात गरिएको छ ।।१२।।
मूलम्:-
।।५४।। संसारपारकोटिस्थ: कृत्यकृत्य: स्थलस्थित: ।।
कैवल्यज्ञाननिष्ठ्यूत: प्रज्ञाशस्त्रो विदारण: ।।सुवि,१३।।
अर्थ:-
(५४) भट्टारक मञ्जुघोषले संसार पार जानको लागि गर्नुपर्ने कार्य जति सबै गरी सकाई, सुक्खा (गंगु) भूमिका बसी, ज्ञान एउटामात्र निश्चय खोलेर, प्रज्ञाको शस्त्रले समग्र मारहरूलाई धपाई पठाउनुभयो ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले संसारबाट पार जाने कार्यमा कृतकृत्य भई (अर्थात्, गर्नुपर्ने जति सबै सम्पन्न गरीसकि) संसार सागरबाट पार गई सुखाभूमिमा बस्नुभएको हुनुहुन्छ । फेरि पुण्य तथा ज्ञान दुवै संभारहरू पारगरी सर्वज्ञज्ञान प्राप्त गरिलिई, यो आफ्नो कर्मबाट सिद्ध भएको प्रज्ञाको शस्त्रले चतुर्मार (संस्कन्ध, क्लेश, मृत्यु, देवपुत्र मारहरू) इत्यादि सिद्ध्याई पाल्नुभएको भनि प्रख्यात गराइ राखिएको छ ।।१३।।
मूलम्:-
।।५५।। सद्धर्मो धर्मराड्भास्वान् लोकालोककर: पर: ।।
धर्मेश्वरो धर्मराज: श्रेयोमार्गोपदेशक: ।। सुवि, १४ ।।
अर्थ:-
(५५) (उहाँ) सद्धर्मका धर्मराज प्रभास्वरबाट युक्त भई, लोकमा शेष बाकी नराखि (सम्पूर्ण क्षेत्र) आलोक (रश्मिप्रकाश) गरी, धर्मेश्वर धर्मराजा भई, श्रेष्ठोत्तमको मार्गबाट उपदेश दिई पाल्नुभएका हुनुहुन्छ ।
भावार्थ :-
उहाँ (क्लेश तथा ज्ञेय) दुवैको आवरणहरू छोडी, पूर्ण धर्मकाय प्राप्तगरी, सद्धर्मको राजा भई, प्रभास्वरले युक्त भई आउनु भएका हुनुहुन्छ । यस जगतमा देव मनुष्य सहितलाई धर्म प्रकाश गरिदिनको लागि संभोगकाय प्राप्तगरी लोकमा उचित आलोक शेष बाकी नराखिकन रश्मि प्रकाश गरी पाल्नु भएका हुनुहुन्छ । धर्मेश्वर धर्मराजाले अनिरुद्ध (कुनै किसिमले पनि नछेकिएको, रोकटोक नभएको) आज्ञा गरीदिएको धर्मको स्वर मोक्ष तथा सर्वज्ञमा जाने श्रेष्ठोत्तम मार्गबाट उपदेश दिई पाल्नभएका भनि प्रख्यात गरिराखिएको छ ।।१४।।
मूलम् :-
।।५६।। सिद्धार्थ: सिद्धसंकल्प: सर्वसंकल्प वर्जित: ।।
निर्विकल्पो ऽक्षयोधातु धर्मधातु: परोऽव्यय: ।।सुवि,१५।।
अर्थ:-
(५६) पहिले देखि नै सिद्ध भैराखेको अर्थ कल्पना सिद्ध गर्नको लागि संकल्प सबै छोडी, अक्षय धातुमा निर्विकल्प भई पाल्नुभएको निम्ति “धर्मधातु-परोऽव्यय” भनि प्रख्यात गरिएको छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले दुईटा आवरणहरू शुद्धगरी धर्मकाय प्राप्तगरी आउनुभएको हुनाले, पहिले देखि नै दीर्घकालसम्म प्रणिधान सिद्ध गरी आफ्नो कल्पना (चिन्तना) सिद्ध गर्नको लागि यस संसारको बन्धनमा पार्ने (रागादि क्लेश)का संकल्प सबै पूरा छोडी तथताको धातुमा निर्विकल्परूपमा रहनु भएको निम्ति “धर्मधातु परोऽव्यय” भनिराखिएको छ । त्यसमा पनि यस जगतसंसारको कारणलाई लिएर सकल ज्ञेयका दृष्टिलाई प्रतिबन्ध गर्ने दुइटा (देख्ने र बिर्सिजाने) आवरणहरू दुइटै क्षयगरी शुद्ध भैराखेको धर्मकाय पर्य्यन्त प्राप्त गर्नुभयो । फेरि, उठिआउन नपर्ने गरी समाहितमा बसी संज्ञा(वेदित-निरोध) साक्षात्कार गरी देखी ज्ञान प्राप्तगरी पाल्नु भएकोले “धर्मधातु परोऽव्यय” भनि प्रख्यात गरिराखिएको छ ।।१५।।
मूलम्:-
।।५७।। पुण्यवान् पुण्य संभारो ज्ञानं ज्ञानान्तरं महत् ।।
ज्ञानवान सदसज्ज्ञानी संभारद्वयसम्भृत: ।।सुवि,१६।।
अर्थ:-
(५७) पुण्ययुक्त भएको पुण्यसंभार(जम्मा)गरी, त्यसको आनुभावले प्राप्त भैआएको ज्ञानको स्थान महति बृद्धि भएकोले भैआउने तथा नभएर जाने (उत्पत्ति र लय) जानेको ज्ञानद्वारा दुईसंभारहरू बटुली पाल्नु भएको हुनुहुन्छ, भनिएको छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले जिनपुत्रहरूको सागरसमानको शिक्षा चर्य्या पूर्ण गरी पुण्यसंभार बटुली विशेष महा-ठूलो संबोधि चाँडै साधन गर्नको लागि; उपायकौशल्य गरी अनुत्तरयान द्वारा प्रत्येक एक-एक क्षणहरु पनि एकैपल्ट एकसाथ वेगपूर्वक पूर्णगरी आउनुभएको हुँदा “पुण्यवान” र “पुण्यसंभार” पूर्ण गरी पाल्नुभएको भनिएको हो । यस्तो पुण्यको अनुभावले प्राप्त भैआएको ज्ञान महति सिद्ध भई सहजज्ञान प्राप्त भयो । यस सहजज्ञानसंग संयुक्त भएकोले सर्व धर्म चिन्ही अनेक-अनेक (प्रकारका) प्रकट भैआउने र नभएर(हराएर) जाने यी दुईटै रहित भएको भई एकमुष्ठ-एकसाथ बुझी साक्षात गरी जानीलिई पाल्नुभएको हुनाले “सर्वज्ञ” भनि प्रख्यात गरिएको हो । त्यसमा पनि असंख्य महाकल्पमा धेरै पुण्यसंभार जमा गरी त्यसको आनुभावबाट प्राप्त भैआएको ज्ञानसंभार यी दुवै बटुली पाल्नुभएको हुनाले सर्वज्ञ भनिराखिएको हो ।।१६।।
मूलम्:-
।।५८।। शाश्वतो विश्वराड्योगी ध्यानं ध्येयो धियांपति: ।।
प्रत्यात्मवेद्यो ह्यचल: परमाद्यस्त्रिकाय धृक् ।।सुवि,१७।।
अर्थ:-
(५८) सदाकाल विश्वको राजा भई योग गरिरहेका (योगीले) ध्यानादि भावनाको विचार गरीरहने उत्तम बुद्धि भएकाले एक-एक ओटा बाकी रहेसम्म आफ्नो विद्याले जानी अचल भएको हुनुहुन्छ । फेरि पहिले देखि नै त्रिकाय धारण गरी आएको हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले मन्त्रमार्गको बोधि लाभ गरी प्राणिलाई वज्रयानमा शिघ्र राख्नको लागि मार्गको रहस्य यस्तो रहेको छ, भन्ने उपदेश दिनुभयो । त्यसमाथि पनि उपायकौशल्य गरी छिट्टै लैजाने यस मन्त्रमार्गमा दुइटा क्रम छन् । पहिलो क्रम भनेको दुवैक्रमको कुशलमूल पकाउनुको लागि दुइक्रममा छओटा अङ्गहरू भएकोलाई प्रतिसंग्रह गरी र ध्यानादि (भावनामा) विचारगरी रहने बुद्धि भएकाले भुक्तमान चर्य्याको मूख्य भएको सार, योगीले “प्रत्यात्मवेद्योह्ययाचल,” भनिने एउटा-एउटा भएसम्म आआफ्नो विद्या अरूले कम्प गर्न नसक्ने सहजज्ञानबाट जानी साधनगर्ने, यस्तो यो चाँडै पूर्ण गरी पाल्नुभएको हुँदा उहाँ भट्टारक मञ्जुघोषससलाई यस विधि(रूल) सकलबाट प्रख्यात गरिएको छ । फेरि “परमार्थ त्रिकायधृक्” भनिएको पहिले देखि नै त्रिकाय एकमुष्ठ-एकसाथ धारण गरी आउनु भएको हो ।।१७।।
मूलम्:-
।।५९ ।।पञ्चकायात्मकोबुद्ध: पञ्चज्ञानात्मको विभु: ।।
पञ्चबुद्धात्ममकुट: पञ्च चक्षुरसंगधृक् ।। सुवि, १८ ।।
अर्थ:-
(५९) पञ्चकायको अधिपति भई पाल्नुभएका बुद्ध हुनुहुन्छ । विभु (वज्रधर) पञ्चज्ञानका अधिपति भई, पञ्च बुद्धको मुकुट पहिरी आउनु भएका । पञ्चचक्षुले नछेकिकन देखी आउनु भएका ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले त्रिकाय धारण गरी अभिसम्बुद्ध भई पञ्चकायका अधिपति भई पाल्नुभएका हुनुहुन्छ । पञ्चकाय भनेको :- (१) स्वभावकाय, (२) ज्ञान धर्मकाय, (३) संभोगकाय, (४) निर्माणकाय, र (५) सहजकाय समेत पाँच ओटा कायहरू हुन् ।
फेरि विभुवज्रधरकाय प्राप्त भएपछि पञ्चज्ञानका अधिपति हुनुभयो । पञ्चज्ञान भनेको;- (१) धर्मधातुज्ञान, (२) आदर्शनज्ञान, (३) प्रतिवेक्षणाज्ञान, (४) समताज्ञान, र (५) कृत्यानुष्ठानज्ञान समेत पाँचओटा ज्ञानहरु हुन् ।
भट्टारक मञ्जुघोष अभिसम्बुद्ध भएर मण्डको बीचमा खडा भई पञ्चबुद्धको मुकुट पहिरिनु भएको हो । पञ्चबुद्ध भनेको, (१) वैरोचन, (२) रत्नसंभव, (३) अमिताभ, (४) अमोघसिद्धि, र (५) अक्षोभ्य समेत पाँचजना बुद्धहरु हुन् ।
फेरि पञ्चचक्षु युक्त भई कतैपनि (कुनै पनि किसिमले लोभवाट) नछेकि हेरि आउनु भएका हुनुहुन्छ । पञ्चचक्षु भनेको (१) मांसचक्षु, (२) दिव्यचक्षु, (३) प्रज्ञाचक्षु, (४) चर्मचक्षु, र (५) बुद्धचक्षु समेत पाँचप्रकारका आँखाहरू हुन् ।।१८।।
मूलम्:-
।।६०।। जनक: सर्वबुद्धानां बुद्धपुत्र: परोवर: ।।
प्रज्ञाभवोद्भवो योनि:धर्मयो निर्भवान्त कृत् ।। सुवि, १९ ।।
अर्थ:-
(६०) मञ्जुघोष भनेका सकल बुद्धहरूलाई जन्म दिएका, र सकल बुद्धहरूका परम पुत्र भई आएका भनेर भनिएको छ । फेरि प्रज्ञाको भवबाट उत्पन्न भएका हुनाले (भव)योनिबाट जन्म हुनु नपर्ने हुनुभयो । धर्मबाट उत्पन्न हुनुभएकोले भव सकाई पाल्नुभएका भनि प्रख्यात गरिराखिएको छ ।
भावार्थ:-
उहाँ भट्टारक मञ्जुघोषलाई भद्रकल्पका एकहजार बुद्धादि तथा त्रिकालका सकल बुद्धवंशले गुरु-कल्याणमित्र गराई बोधिचित्त उत्पत्ति गरी आएका हुनाले भट्टारक मञ्जुघोषलाई सकल बुद्धहरुलाई जन्म दिएका सकल जिनहरूका एकमात्र”पिता” भनि भनिएको छ । त्यसमाथि जगतप्राणीका कारणबाट सकल जिनहरुका सम्मुखमा कुमारको रूप धारण गरी पाल्नुभएको हुनाले सकल जिनहरुका परम उत्तम“पुत्र” भनि प्रख्यात गरिएको छ । पहिले विधिपूर्वक क्रमबद्ध(कथहनं) योगशिक्षा गरी त्यसपछि षट्अङ्गमा संयोग गरी भावनागरी महासुख सहजज्ञान प्राप्त गरी प्रज्ञाको भवबाट जन्मलिई पाल्नुभएको यस संसारको भवयोनिमा पुनः जन्म लिनु नपर्ने भयो । यो सर्वधर्मको हृदय मन्त्रमार्गद्वारा उत्पत्ति भई सहजज्ञानबाट भव क्षयगरी सकाई कसैले क्षयगर्न सक्ने शक्ति नभएको वज्रकाय प्राप्तगरी पाल्नुभएको, भनि प्रख्यात गरिराखिएको छ ।।१९।।
मूलम्:-
।।६१।। घनैकसारो वज्रात्मा सद्योजातो जगत्पति: ।।
गगनोद्भव: स्वयम्भू प्रज्ञाज्ञाननलोमहान्: ।। सुवि, २० ।।
अर्थ:-
(६१) फलामको ढीक्का जस्तो साह्रो वज्रको अधिपति एकजना उत्पत्ति नभएसम्म जगतको अधिपति हुनुभयो । फेरि आकाशमा देखेर (खना) आफूमा भैआएको प्रज्ञाज्ञानको अग्निको लप्का प्रज्ज्वलनभएको देखी पाल्नुभएका हुनुहुन्छ ।।२०।।
भावार्थ:-
यो सर्वधर्मको स्वभावले प्रज्ञारूपी भववाट उत्पत्ति भई, सहज महाज्ञानबाट भवबन्धन क्षयगरी (सकाई), वज्रकाय फलामको ढीकाजस्तै साह्रो वज्रको अधिपति एकजना भई, यस्तो वज्रको काय जबसम्म पनि प्राप्त गर्नसकेको हुँदैन त्यस स्थानसम्म जगतमा देव-मनुष्य सहित सकलका शरणको नाथ भई आउनुभएका । यो आकाशमा अनेक-अनेक देखी आफूमा भैआएको प्रज्ञाज्ञानको आगो जलेको जस्तै देखीआएका हुनुहुन्छ ।
मूलम्:-
(६२) वैरोचनो महादीप्ति: ज्ञानज्योति: विरोचन: ।।
जगत्प्रदीप्तो: ज्ञानोल्को महातेजा: प्रभास्वर: ।।सुवि, २१।।
अर्थ:-
(६२) वैरोचनको महातेजले ज्ञानको ज्योति हेर्नै नपर्ने गरी देखेका । जगतको घीऊको दिपले तथा ज्ञानको बत्तीले महातेज खुलेका हुनुभएको ।
भावार्थ:-
षट्अङ्ग संयोग गरी भावना गर्ने वखतमा शरीर (र) आत्माको रहस्य तथा दृष्टि आदि अबाधित भई देखी, यो भावना गरेको द्वारा आफूमा व्याप्त ऊष्मा चढीआएको यस्तो चिन्ह पहिचान भैआए पछि (पैच नजुया वयालि?) । एक-एक गरी ती चिन्हहरूको रात-दिन भावना गरेको बखतमा योगादि तन्त्रमा जसरी बताइएको छ त्यसरी नै क्रमानुसा भावना गरेमा, दिउँसोको चिन्ह र रात्रीको चिन्ह सम्पूर्ण क्रमानुसार भैआउने हो । जसरी यो आकाशमा अनेक-अनेक कुरा देखीने हुन्छ, त्यसैगरी आफूभित्रै पनि देखीआउने हुन्छ । यो वैरोचनको महारश्मिको तेज ज्ञानको ज्योति शुक्लपक्षको चन्द्रमाको मार्ग संगै गएजस्तै हेर्नैनपर्ने गरी नै देखीन आएको हो । जगतको घृतदीपले सूर्य जस्तै प्रकाशित भएर, ज्ञानको दीपले राहुको छाया देखी निर्मल तेजरश्मि प्रभास्वर आफूमा उधरी उघरी उघरी(?) अनेक-अनेक कुराहरू दृष्यमान भएको देखी यसको चिन्ह (लक्षण) आफूमा प्रकट भएको देखीएको हो ।।२१।।?
मूलम्:-
।।६३।। विद्याराजो ऽग्रमन्त्रेशो मन्त्रराजो महार्थकृत् ।।
महोष्णीषद्भूतोष्णीषो विश्वदर्शी वियत्पति: ।।सुवि, २२।।
अर्थ:-
(६३) उत्तम विद्यामन्त्रको अधिपति राजा भई गुह्यमन्त्रको महार्थ गरी पाल्नु भएका । फेरि अद्भूतरूपमा महा उष्णीष माथी शीरमा बढेर आई आकाशमा अनेक अनेक दर्शन गरी जगतका अधिपति हुनुभएका ।
भावार्थ:-
भट्टारक मञ्जुघोषसंग यस्ता चिन्हहरू समग्रमा प्रकट भैआएकोले उत्तमाधिपति विद्याको राजा भई गुह्य महामन्त्रलाई महार्थ गरी पाल्नु भएका हुनुहुन्छ । यो पञ्चरश्मिको बिचमा इष्टदेवताको काय (शरीर) देखीई दर्शन भएको हो । फेरि षट्अङ्ग भावनागर्ने बखत स्थान र कालमा शरीर तथा चित्तको रहस्य तरीका मिलाइ क्रमानुसार बताइएको अनुसार पूरै त्रुटी नगरी दिनरात योगभावना गरेकोले, महाउष्णीष अद्भूत रूपमा माथी शीरमा अवधूति उठी नाकको टुप्पाको अगाडी आकाशमा बिचमा चित्तले भावना गरेको हुँदा, आकाशको अधिपति भई अनेक-अनेक प्रकारले अगाडी प्रकट भई देखीएका समग्रमा सबै त्यस आकाशमा राहु छाया धूम(धूँवा) जस्तो चिन्ह देखीन आएर क्रमश बिलाइजाने गर्दछ ।।२२।।
मूलम:-
।।६४।। सर्वबुद्धात्मभावाग्र्यो जगदानन्द लोचन: ।।
विश्वरुपो विधाताश्च पूज्योमान्यो महाऋषि ।।सुवि, २३।।
अर्थ:-
(२३) सकल बुद्धहरु एकत्र भएको आत्माको उत्तम भाव गरेमा जगतप्राणीलाई आनन्द हुने आँखा प्राप्त हुन्छ । अनेक-अनेक रूपहरू उत्पत्ति गरी देखाउने शक्ति भएका महाऋषि हुनुहुन्छ । यस्ता ऋषि लाई सबैले पूजा सत्कार गर्न योग्य छ ।
भावार्थ:-
शुरुमा विधिपूर्वक सन्तति(स्वभावमा) पाकगरी, द्वितीय क्रम षट्अङ्ग संयोगद्वारा भावना गरेको हुनाले महासुख सहजज्ञान प्राप्त भई, यो ज्ञान शून्यस्वरूपबाट उत्पन्न भएको हुँदा “सकल बुद्धहरू एकत्रित भई संयुक्त भएको” आफू(आत्मा)मा उत्तम भावना गरेमा, शयेकोटि क्षेत्रधातु दर्शन भई अनन्त लोकधातुमा रहेका जगतप्राणी सबैलाई आनन्द हुने चक्षुयु्क्त भएको हुने हुन्छ । त्यसमा पनि यो षट्अङ्गले संयुक्त भएको योग समाधि प्राप्त भयो भने, देखेको-सुनेको-स्मृतिमा राखेको (कुराहरू) पछिपछि तानिएर आई सबै धारणागर्ने शक्ति भएर आउने छ । अतएव त्यस योगीको कायले(लाई?) चक्षुले दर्शन मात्र भएपनि जगत प्राणी सकललाई आनन्द भईजाने श्रीस्वभावले युक्त भएको हुनेछ । यस योगीले शान्तक्रोध रूप अनेक-अनेक उत्पत्ति गरी धेरै क्षेत्रधातुहरुमा निर्माण(अवतार) लिई देखाउने शक्ति भएको योगीलाई महाऋषि भनि प्रख्यात गरिएको छ । अतएव यस्ता ऋषिलाई जगतमा देवमनुष्य सहित सबैले पूजासत्कार गर्न योग्य छ ।
मूलम्:-
।।६५।। कुलत्रयधरो मन्त्री महासमयमन्त्रधृक् ।।
रत्नत्रयधर: श्रेष्ठ: त्रियानोत्तम देशक: ।। सुवि,२४।।
अर्थ:-
(२४) तीनओटा कुलहरू धारण गरी, गुह्यमन्त्र धारण गरी पाल्नु भएका । गुह्यमन्त्र महासमय (ठूलो नियम) धारण गरी यसको मुख्य त्रिरत्न धारण गर्ने तथा मुख्य तीनओटा यान उपदेश दिई आउनुभएका ।
भावार्थ:-
तीनओटा कुल (काय, वाक्, चित्त कुलहरु) धारण गरी गुह्यमन्त्र धारण गरी आउनुभएका । यस त्रिकुलद्वारा दिव्ययोगमा बसी “वायु-मन्त्र” फरक नपारी वज्रजापगरी कम्प नभइकन (एकचित्तले) गुह्यमन्त्र सकलका महासमय (महाठूलो नियम) हृदयदेखिनै धारण गरी ललना तथा रसना लाई चञ्चल नगराई रोकेर राखि अवधूतिमा वायु(लाई) राखि वज्रजाप गर्ने (गरेमा) यसबाट एकै जन्ममा बुद्ध हुने (तरीका) उपायकौशल्यबाट शिक्षा पर्य्यन्त आज्ञा दिइ दिनु भयो । यसबाट प्राण उद्योग गर्ने भन्ने कुरा माथिदेखि प्राण रोकि गर्ने षडङ्गलाई भनिएको हो । यस प्राण वायु भएकोले ललना-रसनामा प्रवाह भई (चलि)रहेको वायुलाई रोकेर अवधूतिमा जमागर्ने भएकोले यसो भनिराखिएको हो । यस्तो षट्अङ्गको योग भावना गर्नको लागि मुख्य “त्रिरत्न” धारण गरि, तथा मार्गमा मुख्यत अनेक सहस्र कल्पसम्म पनि प्राप्तगर्न गाहारो यस नाभी अवधूतिको मध्यबिन्दुमा शुक्ल, रक्त तथा चित्त तिनओटा सहित गरी संयुक्त गरी सहजज्ञान प्राप्त गरी रूपशून्य भएको उत्तम यान पर्य्यन्त तीनओटा (यान) उपदेश दिई पाल्नु भएका । यस अपरिवर्तनीय सुख शून्य स्वरूपमा संयुक्त गरी सहजज्ञानबाट शून्यतामा एकचित्त प्राप्तगरी छिट्टै बुद्ध हुनजाने हुन्छ भनि आज्ञा भैराखेको छ ।।२४।।
मूलम:-
।।६६।। अमोघपाशो विजयी वज्रपाशो महाग्रह: ।।
बज्राङ्कुशो महापाशो: (वज्रभैरव: भीकर:) ।।सुवि, २५।।
अर्थ:-
(२५) यो वज्रभैरवको भावना गरेको बखतमा वज्र, अंकुश, महापाश, डोरी र घण्टा धारण गरी; अमोघपाश समाती विजय हुने हो ।
भावार्थः-
यो वज्रभैरवमण्डलको गण भावना गर्ने बखतमा वज्रअंकुश तथा पाश र डोरी र घण्टी धारण गरी पाल्नुभएका, चतुर्द्वारको भित्र समयसत्व र ज्ञानसत्वहरू आउनु भएको (भाव गर्ने) हो । उत्तीर्ण नभइकन(?) (विजय गरी आएको जस्तो)? वज्रशरीरबाट सार खिंचिलिन चतुर्भूतको वायु समग्र सबै नाभी अवधूतिमा संग्रह गरि मिलाएकोले अपरिवर्तनीय सुख तथा शून्यरूप फरक नभएको योग प्राप्त भएको बखतमा एक्कासी बुद्ध हुने मार्गको शक्ति प्राप्त हुने हुन्छ । यस्तो “महावैरोचन बुद्ध” भनिएको ठाउँ देखि “वज्रांकुशो महापाशो” भनेको स्थानसम्म तन्त्रगाथामा राम्ररी र बेसरी निर्णय गरी बताइएको लाई अत्यन्त प्रकाश गरी धेरै नै मिलाइराखेको षडअङ्गको योगको सार पूरै उपदेश दिनलाई अत्यन्त गुह्य गरिराखिएको कालचक्रतन्त्रको सन्धि(ज्ञान)चित्तको टीकामा त्रिवर्त्तन कसरी बताइएको छ, त्यसैगरी नै यस नामसङ्गीतिको तन्त्र पूरै तन्त्र पीटक सकलको मूल तथा धेरै नै कालचक्रको तन्त्रको मूलमा बताइएको अनुसार, यस षडङ्गयोग नाममात्र सम्म संक्षिप्त तरीकाले यसमा बताइ राखिएको हो । अतएव, यस तन्त्रको कुरा वा ज्ञान राम्ररी नै सीकिलिने ईच्छा भएमा कालचक्रको महाटिकालाई हेरि गुरुसंग सुनी सिक, भनेर आज्ञा गरिराखिएको छ ।।२५।।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति षष्टम परिवर्त:
सुविशुद्धधर्मधातुज्ञान गाथा पादोनपञ्चविंशति ।।
नवम परिवर्त
आदर्शनज्ञान गाथा
मूलम्:-
………… ……… वज्रभैरव: भीकर: ।।
।।६७।। क्रोधराट् षट्मुखो भीम: षट्नेत्र: षट्भुजो बली ।।
दष्ट्राकराल: कंकालो हलाहल: शतानन: ।। आदर्श,१ ।।
अर्थ:-
(६७) वज्रभैरव भनेका क्रोधका राजा, छओटा अनुहार छओटा आँखा छओटा हात हरू भएका, बलवान, हारको आभूषण लगाई, दाँत कटकटाई, दाह्रा निकाली बसेका हुनुहुन्छ । त्यसमाथि हलाहल भनिएका शयेओटा अनुहार भई शयेओटा आँखा भएका हुनुहुन्छ ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषले प्राणीहरू संसारमा दु:ख पाईरहेको देखी चित्तमा सहन गर्न नसकि ती प्राणीहरूलाई संसारबाट तारिदिने (कार्यमा) बिघ्न गरिरहेका मारकुलका देवताहरू, तथा ठूलाठूला धर्म गरिरहेकालाई दिक्क पारिदिने यम, मात्रिकादि(देविहरू)हरू, भूत, दुष्टगणहरू सहित सबैलाई दमनगर्नका निमित्त रिसले क्रोधेन्द्र महावज्रभैरवको उचितकाय भई त्रिभवको सकल दु:ख सकाई(नाश गरी) पाल्नु भएका हुनुहुन्छ । त्यसमाथी त्रिधातु समग्र सबै एकसाथ (एकै पटकमा) मुखभित्र हुलेर निल्नसक्ने शक्ति भएका भयानक(रूपको) भई त्रिभव सकल लाई अग्निज्वालाले व्यापक गरी आउनुभएका हुनुहुन्छ । जसको कायको दर्शनमात्रले पनि अरू सबै क्रोधहरुको जन्मजात कपाल सबै झरी ( जोसा दक्वं छगूपं खं हाया) उहाँको अलंकार विभूषण जस्तै हुने गर्दछ, भनि “तन्त्र”मा भनिएको छ । त्यस्तै गरी लौकिक दुष्टगणहरूलाई भय-त्रास गराउने कुरा त भन्नै परेन । यस्ता क्रोधेन्द्रको उचितकाय भई दु:ष्ट प्रचण्डहरूलाई दमन गरी भाग्यवानहरूलाई अनुग्रह गरी छिट्टै बुद्धको भूमिमा लिईजाने हुनहुन्छ । उहाँ भट्टारक मञ्जुघोष क्रोधका राजा छओटा अनुहार भएको उचित काय भई सबै भय सकाई आउनु भएको भनि यस षट्मुखतन्त्रमा महान गराई आज्ञा गरिराखिएको छ ।
यस क्रोधको छओटा अनुहार भई, प्रत्येक अनुहारमा तीन-तीन ओटा आँखा भएको, जसमध्ये कपाल(निधार)को बिचमा रहेको एकओटा ज्ञानचक्षु आँखाहरू अग्निज्वाला जस्तै प्रज्ज्वलित भैराखेको छ भनेर भनिएको छ । फेरि, अत्यन्त बलवान छओटा हातहरू भएको, हारको गहना लगाई, दाह्रा निकाली, दाँत कटकटाई, शरीरबाट अग्निज्वालादि निकाली, क्रोधको विपरिनत? सबै सुसम्पन्न भएको उचित काय भई, दुष्ट (प्रचण्ड भैरहेका मारलाई) सबैलाई दमन गरी, भाग्यवन्तहरुलाई अनुगृहित गरी पाल्नुभएको । त्यसमाथि मञ्जुघोष क्रोधेन्द्रको “हलाहल शतानन” भनेको शयेओटा अनुहार भएको उचित काय भई आउनुभई दुष्टहरूलाई दमनगरी भाग्यमानी हरूलाई अनुगृहीत गरीआउनु भएका हुनुहुन्छ ।।१।।
मूलम:-
।।६८।। यमान्तको विघ्नराजो बज्रवेगो भयङ्कर: ।।
विद्युष्टवज्रो हृद्वज्रो मायावज्रो महोदर: ।। आदर्श,२ ।।
अर्थ:-
(६८) यमान्तकको (उचित काय भई) विघ्न सबै दमनगरी आउनुभएका । फेरि वज्रवेगको (उचित काय भई) भयंकर रूपले मारध्वंश गरी आउनु भएको । फेरि वज्रक्रोध भनिएका, हृदयवज्र भनिएका, मायावज्र भनिएका, महोदर भनिएका इत्यादि क्रोधेन्द्र भइ आउनु भएका ।
भावार्थ:-
(ख) फेरि भट्टारक मञ्जुघोष रक्तवर्ण क्रोधेन्द्र यमान्तकको उचित काय भई विघ्न तथा विनायक सबैलाई दमन गरी सकाई आउनुभएको हुँदा उहाँलाई “विघ्नराज” भनि वर्णन गरिएको छ । फेरि “वज्रवेग”को उचित काय भई क्रोधेन्द्रको स्वरूपमा मार तथा भूत इत्यादि ध्वंश गरी सिध्याई पाल्नु भएका हुनुहुन्छ । फेरि, वज्रक्रोध(विद्युष्टवज्र?) भनिएका, हृदयवज्र भनिएका, मायावज्र भनिएका, तथा महोदर भनिएका इत्यादि भई नाना प्रकारका क्रोधेन्द्रहरूका उचित काय भई प्राणीका कारण क्रोधेन्द्र भई देखाई आउनु भएका हुनुहुन्छ ।।२।।
मूलम:-
।।६९।। कुलिशेशो वज्रयोनि: बज्रमण्डो नभोपम: ।।
अचलैक जटाटोपो गजचर्म्म पटार्द्रधृक् ।। आदर्श,३ ।।
अर्थ:-
(६९) उहाँ क्रोधेन्द्र वज्रयोनि (वज्रबाट जन्म भई), वज्रको अधिपति (भई), हृदयवज्र समान अचल भई, शिरमा जटाको कपाल एकएकओटा भएसम्म सबै ठाडोपारी (थबोय्का), हात्तीको छालाले बेरिई आएका हुनुहुन्छ ।
भावार्थ:-
(ग) उहाँ क्रोधेन्द्रहरू सकल (निश्चितार्थ वास्तव मैं निर्णय नै हुने गरी थाहा पाउने भए) वज्र सुख-शून्य अद्वयज्ञानबाट उत्पत्ति भइ आउनु भएका (हुनुहुन्छ) । उहाँहरू ज्ञानवज्रको आत्मा नै हृदयमा ज्ञानवज्र भई आकाश समानको विशुद्धि भएको धर्मधातुमा अचल भैबसेको जस्तै काय विपरितभई भयानक भएर देखाउनु भएको हो । शिरमा जटाको कपालहरू कुनै एउटा पनि निहुरिएको नभई सबै माथी ठाडो परेर उठेको, ब्रह्मलोकको माथी तल (सबै) भष्म गर्न लाएको जस्तै गरी अग्निको ज्वाला निकाली, अत्यन्त उज्ज्वल प्रकाशगरी, मोह अन्धकार सकाउनको लागि हात्तीको छालामा लपेटिई, क्रोधको विवरण देखाई आउनुभएका हुनुहुन्छ ।। ३।।
मूलम:-
।।७०।। हाहाकारो महाघोरो हीहीकारो भयानक:
अट्टहासो महाहासो बज्रहासो महारव: ।। आदर्श,४ ।।
अर्थ:-
(४) यस्तो महाघोर शब्दबाट हाहा गरी कराई, हींहीं कार शव्दले भयानक किसिमले कराई, महाठूलो किसिमले हाँसी आउनु भएका हुनुहुन्छ । “वज्रहास” भनिएको महाशव्दले हाँसी (त्रिभुवनमा सबैलाई थरथर गराई) आउनुभएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोष क्रोधेन्द्रको उचित काय भई यस्तो महाघोर तथा महाक्रोध शव्दबाट हाहाकारले कराई हिंहिंकारको शव्दले भयानक किसिमले कराई दुष्ट (मारहरू)सबैलाई ध्वंश गरी आउनु भएको हुनुहुन्छ । त्यसमाथि ‘हाहा’ ‘हिहि’ भनेका क्रोधशव्दले बेस्सरी ठूलो स्वरादि निकाली “महाहास” भनिने (हाँसो) बेस्सरी हाँसी पाल्नुभएका । यस “अट्टहास” भनेको वीरवीरेश्वरहरुका हरररं हाँसी आउनुभएको हो, भनि वर्णन गरिराखिएको छ । यस प्रकारले वज्रहास महाशव्द हाँसी उहाँले आउनुभएकोले यस त्रिभुवनमा सर्वसकल थर्थरायमान कम्प भयो । मारकुलका भूतपिशाचादि सवैले “वज्रहास”शव्द सुन्दामात्र पनि हृदय कम्पनहुने चित्तप्रभास्वरमा प्रवेश गर्नुभयो ।।४।।
मूलम्:-
।।७१।। बज्रसत्त्वो महासत्त्वो वज्रराजो महासुख: ।।
बज्रचण्डो महामोदो बज्रहुँकार हूँकृति: ।। आदर्श,५ ।।
अर्थ:-
(७१) वज्रसत्व – महासत्व – वज्रराज – महासुख भनेर भनिएको छ । वज्र जस्तै कडा अत्यन्त क्रोध (काय देखाई) शान्तबाट महाखुशी भई । फेरि हुँकार शव्द गरी पाल्नुभएका ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले जगतको कारणलाई लिएर उचित क्रोधरूपी शरीर तथा भयानक भएर अत्यन्त भयंकरको भएर देखाएता पनि, जसको चित्त धर्मधातु र बोधिचित्तमा संक्षिप्त मात्र पनि (रहेको हुन्छ, उ) कम्प भएको हुँदैन ।
“निर्णयार्थ” भनेको, वज्रप्रभास्वर भई अभिसम्बोधि मैं चित्त स्थीरगरी राखी आउनुभएको हुनाले (वज्र)सत्व भनिएको छ । फेरि आकाशव्यापी सकल प्राणीका कारणले मात्र (यी सबै) गरिआउनु भएका सत्व भएको हुँदा “महासत्त्व” भनिराखिएको हो । फेरि चित्त सुख शून्य दुइटा नभएको (अद्वय) ज्ञानको स्वभावबाट स्थीर भैरहेको यस ज्ञानको निश्चितार्थ:- वज्रको अधिपति भएको हुँदा “वज्रराज” भनि प्रख्यात गरी तथा “महासुख” भनि सुविख्यात गरिराखिएको छ ।
“निर्णयार्थ” भनेको, वज्रसहजज्ञानले अचल भई अन्य (दुष्ट मार गण) लाई अत्यन्त ठूलो प्रचण्डको क्रोधकाय भएर पनि देखाउनु भएको हुनाले “वज्रचण्ड” भनिराखिएको हो । भाग्यमानीहरू सबैलाई नै हृष्टतुष्ट गरी हर्षसाथ खुशीगरी आउनु भएता पनि चित्त कम्पित नभएको निमित्त “महामोद” भनिराखिएको छ । “महामोद” भनेको वज्रधरको नाम, वर्ण, संख्या भएको निमित्त भट्टारक मञ्जुघोषलाई त्यसै द्वारा स्तोत्र गरिराखिएको छ । यस प्रकारले चित्त प्रभास्वरमा कम्पित नभएको जस्तै हुँकार वज्रशव्द उच्चारण गरी पाल्नुभयो । फेरि “वज्रहुँकार” भनेको दिव्यकाय भई पाल्नुभएको हुनाले त्यसैको द्वारा भट्टारक मञ्जुघोषलाई स्तोत्र गरिराखिएको छ ।।५।।
मूलम्:-
।।७२।। वज्रबाणायुधधरो वज्रखड्गो निकृन्तन: ।।
विश्ववज्रधरो वज्री एकवज्री रणञ्जह: ।। आदर्श,६ ।।
अर्थ:-
(७२) वज्रभैरव हरूले वज्रखड्ग तथा वज्रवाणादि नाना शस्त्रअस्त्र धारण गरी (क्लेशको) शेष बाकि नराखि सकाई एकवज्र द्वारा (बोधिचित्त छगूलिं?) संग्राम गरी जिती आएका हुनुहुन्छ ।
भावार्थ:-
उहाँ भट्टारक मञ्जुघोषको अवतार वज्रभैरवादि क्रोधेन्द्र हुनुभएकाहरुले वज्रखड्ग तथा वज्रवाणादि नाना प्रकारका शस्त्रअस्त्र धारण गरी क्लेश शेष केहि पनि सुधांतं? बाकी नराखि छेदनगरी सकाई पाल्नुभएका ।
यसको नेमा(या?)र्थ तथा निश्चितार्थ गरी दुइटा छन् । (१) नेमा(या?)र्थ भनेको अस्त्रशस्त्र(?) सबै धारण गरी प्रचण्ड भैरहेका भूत-पिशाच तथा दुष्टहरू लाई (शेष बाकि नराखि) दमन गर्न मात्र लिई आउनु भएको हो । (२) निश्चितार्थ भनेको भाव अस्त्र(?) सुख-शून्य दुइटा नभएको (अद्वय)ज्ञानको खड्गादि (अनेक शस्त्रअस्त्र) लिई क्लेशसंग संग्राम गरी) क्लेशको वासना सहित (शेष केहि पनि बाकि नराखि नाश गरी) सकाई पाल्नुभएको हो । त्यसको लागि भट्टारक मञ्जुघोषलाई क्रोधको उचित काय भई यस अस्त्र(?) सबै धारण गरी आउनुभएका भनि प्रख्यात गरिराखिएको छ ।
यसै जस्तै वज्रयानमा नेमार्थ तथा निश्चितार्थ दुइटा छन्; (१) नेमार्थ:- हिराको वज्र पाँच चुच्चे भएको बनाइराखेको वज्र धारण गरी पाल्नु भएका, तथा (२) निश्चितार्थ:- पञ्चज्ञानको स्वभाव भएको महासुख ज्ञान चित्तमा नछुटाई धारण गरी आउनुभएको हुनाले भट्टारक मञ्जुघोषलाई “वज्रधर” भनि प्रख्यात गरिराखिएको छ ।।६।।
मूलम्:-
।।७३।। वज्रज्वाला करालाक्षो वज्रज्वाला शिरोरुह: ।।
बज्रवेशो महावेश: शताक्षो वज्रलोचन: ।। आदर्श,७ ।।
अर्थ:-
(७) चक्षु द्वारा वज्राग्नि ज्वाला निकाली, कपाल (टाउको को रौं) सबैबाट अग्निज्वाला निकाली, (महाविघ्न गर्ने हरूलाई) बाँधी (भस्म गरी), शयेओटा आँखाबाट अग्निको तेज निकाली पाल्नु भएका हुनहुन्छ ।
भावार्थ:-
(क) यसमा प्रथम गाथामा “वज्रज्वाला करालाक्ष” भनेको तथा “वज्रज्वाला” भनेको दुइ अर्थ छन् ।
(१) पहिलो “वज्रज्वाला करालाक्ष” भनेको भट्टारक मञ्जुघोष क्रोधेन्द्रको उचित काय भई चक्षुद्वारा वज्राग्नि ज्वालाको तेज निकाली अनन्त क्षेत्रमा ज्वाज्वल्यमान गरी त्यसको रश्मिले अनन्त क्षेत्र अक्षयज्योति निकाली पाल्नु भएको, तथा दोस्रो निश्चितार्थ:- उहाँ क्रोधेन्द्र हरुका अनन्त चक्षुद्वारा ज्ञेय पर्य्यन्त हेरि देखी पाल्नुभएकोले “वज्रज्वाला करालाक्ष” भनि भनिराखिइको हो ।
(२) दोस्रो अनुसार (जूसाः?)भएमा उहाँ क्रोधेन्द्रहरुका वज्रचक्षुबाट वज्रको अग्निज्वाला समान चमत्कार (चंचल) निकाली दुष्ट प्रचण्ड भैरहेका सकललाई भष्म गरी सकाई पाल्नुभएको हो । फेरि उहाँ क्रोधेन्द्रहरुका वचनको शक्तिले टाउकोको कपाल एक-एक प्रत्येकबाट वज्राग्नि ज्वाला निकाली दुष्ट पापिष्ट मार सबैलाई भष्मगरी भगाई सिध्याउनु भएको हो । फेरि उहाँ क्रोधेन्द्रहरुका शरीरबाट वज्राग्निको ज्योति निकाली विघ्न मार सबै लाई भष्मगरी पाल्नुभएको तथा महाबलवान भई विघ्नगर्ने हरूलाई आवेशगरी (बाँधी – तानी) भष्मगरी सकाई आउनुभएको हुनाले “वज्रवेशो” भनिराखिएको च । “निश्चितार्थ” भनेको:- सर्वधर्मको स्वभावशून्यतामा चित्तलाई एकाग्र गरी ध्यानमा बसी पाल्नुभएकोले “वज्रवेशो” हुनुभयो । स्थिति (स्वभाव) समाहित (ध्यानमा बसी) आउनु भएको अनुसार ज्ञेय पर्य्यन्त सबै देखी-सिकी पाल।नु भएकोले “महावेश” भनि प्रख्यात गराइएको छ ।
“शताक्षो वज्रलोचन” भनेको:- भट्टारक मञ्जुघोषको विद्युत क्रोधेन्द्रद्वारा शयेओटा अनुहार भई आउनु भएको । अनुहार एक-एक ओटा हरेकमा तीन-तीन ओटा आँखा खोली आउनु भएका । फेरि एक-एक प्रत्येक अनुहारको कपालमा बीचमा रहेको शयेओटा आँखाहरु एकएक ओटा सबैमा वज्राग्निको ज्योति ज्वाज्वल्यमान तेजिलो आँखा भैरहेको छ । त्यसैले भट्टारक मञ्जुघोष विद्युत क्रोधेन्द्र हरूका अन्त नभएको शयेओटा आँखा छन् भनि प्रख्यात गरिराखिएको हो ।।७।।
मूलम:-
।।७४।। बज्ररोमाङ्कुरतनु: वज्रलोमैक विग्रह: ।।
बज्रकोटि नखारम्भो वज्रसार घनच्छवि: ।। आदर्श,८ ।।
अर्थ:-
(८) उहाँ क्रोधेन्द्रहरूका शरीरको रौं (चिमिसँ) सबै बाट वज्राग्नि प्रकाश भैरहेको । उहाँको नङ पनि चुच्चो परेको तीखो छ, र शरीरको छाला समेत वज्रजस्तै कडा रहेको छ ।
भावार्थ:-
(ख) उहाँ क्रोधेन्द्रहरूका काय(शरीर)को रोम(रौंहरू) सबैबाट वज्र अग्निको ज्योति प्रकाश भैरहेको, शरीरको रौंहरु सबैले साधारण नरदेहलाई ढाकेको जस्तो नभई एक-इक ओटा प्रत्येक (रौहरू) स्वयम् ज्ञानवज्र(हरू) सिद्ध भएका हुन् । यसैको लागि “वज्ररोमां कुरतनु वज्रलोमैक विग्रह” भनिएको हो । उहाँ क्रोधेन्द्रहरूका हात खुट्टाका नङको टुप्पा अङ्कुश जस्तै चुच्चो भई लामो भएको ज्ञानवज्रको स्वभाजक(शोभामात्र?, स्वभावमात्र?) हो । उहाँ क्रोधेन्द्रहरूका शरीरका छाला पनि केहिबाट पनि बिगार गर्न नसकिने अत्यन्त तीब्र वज्र जस्तै कडा भएकोले “वज्रसार घनच्छवि” भनि प्रख्यात गरिएको छ ।।८।।
मूलम्:-
।।७५।। बज्रमालाधर: श्रीमान् बज्राभरणभूषित: ।।
हाहाट्टहासो निर्घोषो वज्रघोष: षडक्षर: ।। आदर्श,९ ।।
अर्थ:-
(७५) उहाँ क्रोधेन्द्रहरू शरिरमा वज्रमाला पहिरी (कोखाया:) श्री स्वभायमान्? युक्त (शोभायमान?स्वभावमान) भएका गहना लगाई पाल्नुभएका हुनुहुन्छ । फेरि भट्टारक मञ्जुश्री हाहा: भनि हाँसी रहनु भएको यस वज्रको शब्दबाट षडक्षरी मन्त्र (निर्देश गरी पाल्नु भएको) हुनुहुन्छ ।
भावार्थ:-
(ग) उहाँ क्रोधेन्द्रहरू सकलका हृदयमा रहेको ज्ञान फरक परेर नजाने (हिला वनि मखुगु) लक्षणले युक्त भएको शरीरमा वज्रमालालाई पहिरी श्री शोभायमान (स्वभायमान)ले युक्त भैरहेका अलंकार-गहना लगाई पाल्नुभएका मात्र हुनुहुन्छ । उहाँ क्रोधेन्द्रहरूका अद्वयज्ञान(दुइटा नभएको ज्ञान)को स्वभाव वज्रालंकार पहिरी पाल्नुभएको मात्र हुनुहुन्छ ।
(घ) उहाँ भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणीहरूका कारणबाट अत्यन्त खुशी भई “निर्घोष” हाहा: भनि हाँसी पाल्नुभएको शव्द हो । मुख्य प्राणीहरूका कारणबाट तीनओटा कुलका जनहरूलाई आआफ्नो भाग्यको अनुसारले धर्म निर्देश दिई आउनु भएको हो ।
यी मध्ये श्रेष्ठोत्तम महायानको कुलीन व्यक्तिहरू भई अत्यन्त तीक्ष्ण इन्द्रिय भएका प्राणीका कारणले शिघ्र बुद्ध हुने उपमार्ग (छोटो बाटो) वज्रयानको धर्म निर्देश दिई यस वज्रको महाशव्दले षटक्षरी भनिएको महागुह्यमन्त्र निर्देश गरी पाल्नुभयो ।।९।।
मूलम्:-
।।७६।।मञ्जुघोषो महानाद: त्रैलोक्यैकरवो महान् ।।
आकाशधातुपर्य्यन्त घोषो घोषवतां वर: ।।आदर्श,१० ।।
अर्थ:-
(७६) भट्टारक मञ्जुघोषको कोमल स्वरले अत्यन्त उच्च शव्द निकाली तीनैओटा लोकहरूमा एक-एक शव्द गुञ्जाई (न्योंका) पाल्नुभयो । फेरि आकाशधातु पर्य्यन्त गुञ्जिने गरी शव्द हुने गरी धर्म बताउनु हुने हुनुहुन्छ । अतएव धर्म शव्द सुनाउने मध्ये उत्तमको भनिराखिएको हो ।
भावार्थ:-
(ङ) भट्टारक मञ्जुघोषको काय-वाक-चित्त चाँडै नै सिद्ध हुने महाउपाय कौशल्य गर्नलाई भूमितल, भूमिमाथि, भूमिको बिचमा रहेका तीनै लोकहरूमा जोडा नभएको एउटा शव्द भनिराखिएको छ । यो एउटैलाई नै (छगूलिहे) तीनप्रकारले भनिराखिएका छन्; (१) दुइटा नभएको हुनाले एउटै भएको (२) जगतप्राणिका कारण एउटैमात्र भैरहेको (३) उसको जोडाको अर्को नभएकोले एउटै भैरहेको । यीनिहरु मध्ये पहिलो, ‘दुइटा नभएकोले एउटै’ भनेको के हो भने? यो गुह्यमन्त्र जप गरेमा अथवा पाठ गरेमा दुइटा नभएको अर्थ चाँडै बुझेर आउने छ (भनिएको हो) । दोस्रो, ‘जगतप्राणीका कारणलाई गर्ने’ भनिएको एउटामात्र भएकोले त्यो एउटा भनेको के हो भने ? भट्टारक मञ्जुघोषले कतिसम्म महान तथा महतिठूलो (त धंगु) धर्म बताई पाल्नुभएको हो, त्यो सबै जगत संसार र दुर्गति बाट तार्ने एउटा उपायकौशल्यमात्र हो । तेस्रो, ‘जोडा नभएको एउटा’ भनेको के हो भने ? (श्रेष्ठोत्तम) धर्म उपदेश दिई आउनु भएका सबै मध्ये “भट्टारक मञ्जुघोष”को जोडा नभएको वा गुह्यमन्त्र सबै मध्ये यस षडक्षर गुह्यमन्त्रको जोडा नभएको भनि उच्च प्रशंसा गरिएको हो ।
अतएव यस षडक्षर गुह्यमन्त्र भनेको, जगत प्राणीहरूले अल्पमात्र पढनु होइन कि आकाशधातु पर्य्यन्त सुनिने गरी भाग्यवन्तहरू सबैले यस गुह्यमन्त्रको शव्द उच्चारण गरी पढेने र (त्यसलाई) बुझेका सबैले माथि भनिए जस्तै प्रशंसा पाउने हो । फेरि भट्टारक मञ्जुघोषले (प्राणी) दमन गर्ने बारेमा एकजना मात्र होईन आकाश धातु पर्य्यन्त व्यापी हुनेगरी जगतप्राणीहरू सबैलाई धर्म उपदेश गरेको शव्दले कहिले पनि नटुटने गरी घोषणा गरी पाल्नुभएको हो । यो गुञ्जायमान भई सुनिरहरेको (थ्वदयच्वंक) धर्म शव्दहरू मध्ये भट्टारक मञ्जुघोषले बताइ आउनु भएको धर्म श्रेष्ठोत्तम भैरहेको हो । पहिले माथी भनिएको अनुसार भट्टारक मञ्जुघोषले धर्म उपदेश दिइदिनु भएको बाट त्रिकालका सकल बुद्ध हुनुभएका हुन् ।।१०।।
ईति आर्य्य मञ्जुश्री नाम संगीति सप्तम् परिवर्त:
आदर्शन ज्ञानगाथा पादोन सार्द्धदश: ।।
अष्टम परिवर्त
प्रत्यवेक्षणाज्ञान गाथा
मूलम्:-
।।७७।। तथताभूत नैरात्म्य भूतकोटि: अनक्षर: ।।
शून्यतावादि वृषभो गम्भीरोदार गर्जन: ।।प्रत्य,१।।
अर्थ:-
(७७) भूतनैरात्म्य (तत्व स्वभावबाट नै) आत्मा रहित भएको हुँदा तथता (जस्तो हो त्यसै) भूत विशुद्धिको स्मृतिमात्र पनि संझनागर्ने नभएको (अनक्षर) भनिएको छ । फेरि शून्यता (प्रपञ्चको अन्त सबै छुटिसकेको) वादिजन मध्ये श्रेष्ठोत्तम भई गम्भीर (स्वभावशून्य) भनि उद्गा(द्धा?)र उच्चस्वरले गर्जन (शव्द उच्चारण गरी कराउनु) भएको ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषको चित्त तथा धर्म सबैको स्थिति (स्वभाव नै) आत्मा रहितको भई तथता (जस्तो छ त्यसै) स्वभाव नै विशुद्ध भैरहेको हो । फेरि आकाशमात्र पनि उघरी?? मैलबाट शुद्ध भएको भूतकोटिमा फेरि उत्थान भएर नआउने तरीकाले एकरसमा समाहित हुनुभएको जस्तै आउनु भएको हो । यस प्रकारले भट्टारक मञ्जुघोषको चित्त तथा धर्मता दुइटै शुद्ध भैरहेको यस धर्मकायको राजाभई आउनुभएका मात्र जानी पाल्नुभएको । अरू परजनहरूले यसको रूप जस्तो हो त्यस्तैलाई मन विकल्पगरी स्मरणगर्ने शक्ति नभएको हुनाले यस्तो धर्मकायलाई “अनक्षर” भनिराखिएको छ ।
(ख) फेरि भट्टारक मञ्जुघोषले पहिले माथी भनिएको अनुसार धर्मकाय प्राप्त भएता पनि शान्त(निर्वाण) धातुमा नबसी वा नलागीकन । फेरि, धर्म अध्येषणा गरिरहेका जगत प्राणिहरूलाई महाकरुणा राखी धर्म उपदेश दिई सर्वधर्मको हृदय(सार) भैरहेको यस प्रतीत्य समुत्पाद, शून्यता, निष्प्रपञ्चको धर्म उपदेश दिई आउनुभएको हुनाले “वादि वृषभ” भनिराखिएको छ । यस विधिवाट शास्ता मुनीन्द्रले मूल माध्यमिक(तन्त्र)को अनुसार प्रतीत्य समुत्पाद शून्यतानिष्प्रपञ्च (प्रपञ्चको आठओटा अन्त छुटेको?) माध्यमिकको धर्म उपदेश दिई आउनु भऐको हुनाले वादिजनहरू मध्ये परमगुरु भनि प्रख्यात गरिराखिएको छ ।
उहाँ भट्टारक मञ्जुघोषले प्राणीहरूलाई धर्म उपदेश दिनुभएको तरीकाको परिपूर्ण भएको (संग्रह) गर्ने(भन्ने) हो भने गम्भीर र महान धर्मको शव्द उच्चारण दुईटा छन्; यी मध्ये गम्भीर भनिएको धर्मसमष्ठिको स्वभाव शून्यता तथा महान भनिएको कल्याणमित्रहरू लाई श्रद्धा राखी क्षण संपद (अष्टादश लक्षण)को महार्थ सुदुर्लभको तथा अनित्य सम्झी (त्रिरत्न संग) शरण जाने तथा कर्म फलबाट संसार (दु:खमा घुमाइराख्ने) दु:ख तथा, त्यसबाट मुक्त भई (मोक्ष जाने) उपाय “त्रिशिक्षा”द्वारा मैत्री करुणा बोधिचित्त राखि जिनपुत्रहरूको चर्य्या षट्पारमितामा शिक्षा गर्ने तरीका चलाई मार्ग भूमि जाने तरीका सहीत समष्ठी संग्रह गरी आउनु भएको हुनाले भाग्यमानी भैरहेका प्राणीहरूलाई मार्ग-भूमि शेष नराखी परिपूर्ण गरी बताई बुद्धको भूमिमा पाल्नुभएको हो ।।१।।
मूलम:-
।।७८।। धर्मशङ्खो महाशव्दो धर्मगण्डी महारण: ।।
अप्रतिष्ठितनिर्वाणो दशदिक्धर्मदुण्दुभि: ।।प्रत्य,२।।
अर्थ:-
(७८) यस्तो “धर्मशंख” फुकेर प्राणीहरूलाई धर्म सुनाई पाल्नु भएको हुनाले “धर्मगण्डी” भनिराखिएको छ । त्यसमाथी अझ संघ संग्रह गर्म बजाइने “धर्मगण्डी” भएकोले “महारण” भनिराखिएको हो । “अप्रतिष्ठित निर्वाण” भनेको (भव र शान्त दुवैमा नबसेको) धर्मको शव्द दुन्दुभि बाजा बजाई सुनाई आउनु भएका हुनाले दशैदिशाका स्वामी भनिराखिएको छ ।
भावार्थ:-
यस्तो “धर्मशंख” फुकेर आकाशव्यापी सकल प्राणीहरूलाई (आआफ्ना) भाग्यको अनुसार धर्मामृत पिलाउन साथी भई (पाहहना) पाल्नु भएको हुनाले “धर्मगण्डी” भनिराखिएको छ । त्यसमा पनि भट्टारक मञ्जुघोषले पहिले भगवानले बताउनु भएको अनुसार भाग्यमानी प्राणीहरूलाई सबैलाई समुच्चयगरी बटुली यही सङ्घ एकत्रित गर्न बजाइने “धर्मगण्डी-महारण” भनिने धर्मको महाशव्द भनि प्रख्यात गरिराखिएको छ ।
अतएव भट्टारक मञ्जुघोषले धर्मशासन द्वारा (बोध तथा दमन गर्नका लागि) यी प्राणीहरूका लागि भव-शान्त दुवैको अन्त मुक्त गरी त्रिकायको कूटागारमा राखिदिएको हुनाले “अप्रतिष्ठितनिर्वाण” भनि प्रख्यात गरिएको छ । यो कुरा त्रायत्रिंश देवताहरूलाई पनि पुण्यको आनुभावले सिद्ध भएको यस दुन्दुभि बाजा बजाई धर्मशव्द सुनाई पाल्नुभएको । यी आकाशमा रहेका देवताहरू पनि कामगुणमा भुलेर विस्मृतिमा (होश हराएर) रहेका हुनाले आकाशमा बसी दुन्दुभी (बाजाको शव्द सुनाई) यो अनित्य देखाई धर्ममा खुशी इत्यादि गराई धर्मको संवर चारओटा शव्द (उत्पन्न) गराई देवताहरूलाई धर्म सुनाई खुशी गाई पाल्नु भएको अनुसार – भट्टारक मञ्जुघोषले दश दिशाका प्राणिहरूलाई तन्त्रको धर्म उपदेश बताई धर्ममा खुशि गराई भित्र्याउनु भएको निमित दशै दिशाका धर्मस्वामी भनिराखिएको छ ।।२।।
मूलम्:-
।।७९।। अरुपो रुपवानग्र्यो नानारुपो मनोमय: ।।
सर्वरुपावभास श्री: अशेष प्रतिविम्बधृक् ।।प्रत्य,३।।
अर्थ:-
(७९) अरूप (रूप नभएको) रूपवानाग्र्य (उत्तमरूपवन्त) भई पाल्नुभएको हो । उहाँको मनमा अनेक अनेक रूप निकली देखाई (पानीमा चन्द्रमा देखीए जस्तै) सबै रूप प्रकाश गरी ऐनामा प्रतिबिम्ब जस्तै देखाई पाल्नुभएको भनिएको छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले त्रिकायको पद प्राप्त गरी आउनुभएको यस त्रिकाय भनिएको, (१) धर्मकाय, (२) संभोगकाय, र (३) निर्माणकाय गरी तीनओटा हुन् । यी मध्ये “धर्मकाय” भनिएको पहिले भनिसकिएको जस्तै स्थिति(स्वभाव) तथा शून्यता एकरस भैरहेको अरूप (रूप नभएको आकाश झैं) विशुद्धको छ । “संभोगकाय” भनेको – सर्वाकारज्ञता भई आउनुभएका उहाँको शरीरमा लक्षण-व्यञ्जन प्रकाश भैरहेको “रूपवानग्र्यो” भनेको जोडा नभएको हो । निर्माणकाय भनेको संभोगकाय पद प्राप्तगरी तथा आकाश समानको व्यापक भैरहेका प्राणीहरूलाई आआफ्नो भाग्यको समानबाट अवतार लिई नानारूप देखाई पाल्नुभएको हो ।
देवताको रूपबाट दमन गर्नुपर्ने लाई देवता (भएर), मनुष्यको रूपबाट दमन गर्नुपर्ने लाई मनु भएर, चरा(चला)को रूपबाट रूपबाट दमन गर्नुपर्ने लाई चरा भएर …. इत्यादि अनेक अनेक रूपबाट दमन गर्नुपर्ने लाई उहाँले अनेक अनेक रूप सबै भई देखाई दमन गरी पाल्नुभएको हुनाले “नानारूपो मनोमय” भनि भनिराखिएको हो । यस्तो निर्माणकायको (रूप) जतिसम्म हुन्छ, त्यतिसम्म बनाइ देखाइ आएका हुनुहुन्छ । यी सबै संभोगकायका ज्ञान आफ्नो प्रकाश देखीआएको यस आकाशमा रहेको चन्द्रमाको रूप एउटामात्र भएको भएता पनि जम्बूद्विपमा (पोखरी, गाहाल) बाटोका (पानी जमेको) खाल्टाखुल्टी सबैमा एकएक प्रत्येक चन्द्रमाको रूप देखीनआएको जस्तै हो । तसर्थ “सर्वरूपवभासश्री अशेष प्रतिबिम्बधृक्” भनि प्रख्यात गरिराखिएको छ ।।३।।
मूलम्:-
।।८०।। अप्रधृष्यो महेशाख्य: त्रैधातुक महेश्वर: ।।
समुच्छ्रितार्य्यमार्गस्थो धर्मकेतु: महोदय: ।।प्रत्य,४।।
अर्थ:-
(८०) भट्टारक मञ्जुघोष भनेका कसैले पनि छुन नसक्ने “अप्रधृष्यो” भनेर प्रख्यात गरिराखिएको छ । त्रिधातुमा महा-अधिकार गरिपाल्नुभएका “महेश्वर” यस आर्य मार्गमा अत्यन्त माथी बसी धर्मको केशरमा? खडाभई मार्ग उपदेश दिइ आउनुभएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोष भनेका त्रिधातुकमा उहाँ समान अर्को जोडा नभएको, उहाँ मार तीर्थिकका पक्षधरहरू (पुलानि?) कसैले छुन नसक्ने “अप्रधृष्यो” भई आकाशव्यापी क्षेत्र धातुहरुमा सबैभन्दा उत्तम शास्ता अनुत्तरको हुनुभएको हुनाले “महाशाख्य” भनि प्रख्यात गरिराखिएको हो । फेरि त्रिधातुमा (सबैतीर) कर्मको बलले महाठूलो अधिकार चलाएर आउनुभएका (महेश्वर), यस आर्य्य मार्गद्वारा अत्यन्त माथिल्लो त्रिकायको पदमा आफू स्वयं बसी त्यहाँ त्रिधातुका प्राणीहरूलाई यस अनुत्तरको महासुखको खानी भैराखेको धर्मको केशरमा(?) उठी महायानको मार्ग (शेष बाकी नराखी) अङ्ग परिपूर्ण भैरहेको वज्रयानको नजिकको (छोटो) उपमार्ग उपदेश दिई पाल्नुभएका हुनुहुन्छ । अतएव यस गुणहरु सम्पूर्ण संझना (गुणानुस्मृति) गरी कहिले पनि नबिर्सिने (भई)उहाँ भट्टारक मञ्जुघोषको शरणमा रहन पर्य्यन्त गुणहरू संझनागरी महाश्रद्धासाथ आदरपूर्वक स्तोत्रपाठ गरी प्रार्थना गर्नुपर्ने हो ।।४।।
मूलम्:-
।।८१।। त्रैलोक्यैक कुमाराङ्ग: स्थविरो वृद्ध: प्रजापति: ।।
द्वात्रिंशल्लक्षणधर: कान्त: त्रैलोक्यसुन्दर: ।।प्रत्य,५।।
अर्थ:-
(८१) भट्टारक मञ्जुघोषले कसैलाई कुमारको तरीका देखाई स्थविर भनिएको बृद्ध तरीका देखाउनु भएको छ । कसैलाई प्रजाको अधिपति भई बत्तिस लक्षण भएको शरीर धारण गरी तीनैलोकमा पनि (प्रेम हुने) तेज सुन्दर भई राम्ररी देखाई पाल्नुभयो, भनिएको छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले प्राणिलाई दमन गर्ने कारणले असंख्य (अनेक) तरीका(रूल)हरू देखाई आउनु भएको (कसरी भने?); कसैलाई कुमार विधि देखाई, कसैलाई श्रावकको विधि देखाई, कसैलाई प्रत्येकको विधि देखाई, कसैलाई बोधिसत्त्वको विधि देखाउनु भएको हो । कोहि उत्तम भाग्यमानीहरूलाई बुद्ध काय देखाई दमन गरी आउनुभयो । यस प्रकारले आआफ्नो भाग्यका अनुसारले काय विपरिनत शरीर बनाइ देखाई आउनुभएको तथा आआफ्नो इन्द्रिय अनुसार धर्म उपदेश दिई पाल्नुभएको हो ।
यीनिहरु मध्ये कुमारकाय देखाउनु भयो भनेको, त्रिलोकमा सोह्र वर्षको बैंसको कुमार भई हेर्नमा हेर्नै नपुग्ने भएको रूप लिई मुख्य जिनपुत्रको नियम पालन (रूल धारण) गरी प्राणीका कारणबाट गरेर देखाई आउनु भएको (भनिएको) हो ।
“कायाङ्ग लिनुभएका
प्रज्ञाको प्रदीप बत्ती बालेका
त्रिलोकको अन्धकार क्षय गरेका
मञ्जुघोष लाई नमस्कार गरेँ” ।,
भनि स्तोत्र बनाइएको अनुसार दशदिगका धेरै क्षेत्र समेटि मञ्जुश्री कुमारभूत भनिएका “कुमार कायाङ्ग” भई पाल्नु भएका भनि सुन्दर तरीकाले प्रख्यात गरिराखेको यसरी हो ।
“श्रावक”को तरीकाले उपदेश दिनु भएको भनेको, श्रावकको कुल भैरहेका लाई अनुगृहीत गर्ने कारणबाट श्रावक अर्हंतको नियम धारण गरी स्थवीरको कार्य गरी, तथा जसबाट भिक्षुका आश्रयलाई “त्रिसम्बर”युक्त तरीका धारण गरी यस यस्ता बुझिनेगरी नियमहरूमा राखि पाल्नुभयो ।
“स्थवीर” भनेको, उपसंपदा लिई, दश वर्षसम्म दीर्घायु भई, विनयको शिक्षाको ठूलो (तधंगु) ज्ञानलाई बोधगरी सीकी तलैदेखि चर्य्यामा राखेकोलाई “स्थवीर” भनिराखिएको छ । बृद्ध भनिएको स्थवीरसंग मिलेको र प्रत्येक(बुद्ध)संग मिलेको देशना दुईटा प्रकाश गरिराखिको छ ।
“प्रजापति” भनेको यस ब्रह्माण्डमा त्रिसाहस्र (लोक)का अधिपति भनिएको हो । “द्वात्रिंशल्लक्षण धर” भनेको, भट्टारक मञ्जुघोषको कायमा बत्तीसओटा लक्षणहरू धारण गरेको हो । भट्टारक मञ्जुघोषको काय(शरीर)मा बत्तीस लक्षणहरूबाट सम्पन्न भएको भनेको, तीनै लोकमा उत्तम सुन्दर यसको दर्शन भयो भने सकलको नमिलेको केहि नरहेको भई हृदय देखिनै प्रेमहुने हेर्दा हेर्नै नपुग्ने दर्शनमात्र भयो कि दुष्कर्मको आवरण शुद्ध भई गुण विशेष भई राखेको चरीत्र देखेको अर्थ युक्त हुने भनिराखिएको छ ।।५।।
मूलम्:-
।।८२।। लोकज्ञान गुणाचार्य्यो लोकाचार्य्यो विशारद: ।।
नाथस्त्राता त्रिलोकान्त: शरणंता निरुत्तर: ।।प्रत्य,६।।
अर्थ:
(८२) लोकमा गुण थाहा दिई चिनाइदिने आचार्य भई चतुर्वैशारद्यद्वारा धर्म उपदेश दिनलाई केहिबाट पनि भय डर रहित भई “गुणाचार्य्य” भई पाल्नुभएका । फेरि सकल लोकको नाथ भई शरण लिई आउनु भएका, दु:खिहरूलाई रक्षा गर्ने अनुत्तर महापुरुष हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोष भनेका आकाशव्यापी लोकधातुहरूमा रहेका भाग्यमानिहरू हरू सबैलाई जान्ने सिक्ने र कार्यगर्ने सीपकौशल के लिने तथा के छोडने भन्ने कुराको राम्ररी उपदेश दिने आचार्य्य हुनुहुन्छ । उहाँले यस चतुर्वैशारद्य प्राप्त गरिलिई धर्म उपदेश दिनलाई केहि कतै बाट पनि डर भर नभएका हुनुहुन्छ ।
भट्टारक मञ्जुघोष भनेका लोकमा देव-मनुष्य सहित सकलका नाथ भई शरणमा लिनुभएका हुनुहुन्छ । लोकजन सबैको मन(भित्र)मा भएको कुरा देखी जानी शरणमा जाने स्थान नभएका प्राणीहरूलाई शरणमा लिनुहुने हुनुहुन्छ । सैन्यगण नभएका लाई सहायक भैदिनुहुन्छ । मार्गमा भ्रमित भएकालाई नायक भैदिनुहुन्छ । दु:खीजनलाई रक्षा गरिदिनुहुन्छ । बास नभएका लाई बासस्थान दिनुहुन्छ । अँध्यारो भएको ठाउँमा प्रदीप बत्ती बाली दिनुहुन्छ । दिशामा मार्ग भुलेका लाई मार्गको उपदेश दिई (बाटो देखाई) आउनुभएका अनुत्तर महापुरुष हुनुभएका हुनुहुन्छ, भनि भनिराखिएको छ ।।६।।
मूलम्:-
।।८३।। गगनाभोग संभोग: सर्वज्ञ ज्ञानसागर: ।।
अविद्याण्डकोश संभेत्ता भवपञ्जर दारण: ।।प्रत्य, ७।।
अर्थ:-
(८३) भट्टारक मञ्जुघोषले अनन्त आकाशव्यापी सकल प्राणीका यहाँ(ईहलोक)को र अन्त (परलोक)को भोगसम्पत्तिको सर्वज्ञज्ञान जानी आउनु भएको “ज्ञान सागर” हुनुहुन्छ । फेरि प्राणीहरूका अविद्याको अण्डकोश फुटाली भवजाल छेदनगरी पाल्नु भएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले आकाशव्यापी प्राणीहरूका कारणले गर्दा आउनुभएको हुँदा अन्यथागरी ढाँटी अलमल्याउने नगरी अन्त्यसम्म शरणमा लिने भएका हुनुहुन्छ । उहाँले आफूलाई आफ्नो सकल भयवाट मुक्त गरी अन्यलाई तिनिहरुका भयवाट पनि मुक्तगर्न जान्ने हुनुहुन्छ । करुणामय भई प्राणीहरुलाई मन पर्ने वा नपर्ने (टाढा-नजिक) नगरी संसारबाट मुक्त गर्न कहिले पनि दिक्क नमान्ने हुनुहुन्छ ।
त्यसमाथी भट्टारक मञ्जुघोषले अनन्त आकाशव्यापी सकल प्राणहरु सबैको यहाँ तथा अन्तको भोगसम्पत्ति(धन) सहित (अन्तमा) सुख (समेत) शेष बाँकी नहुने गरी आउने हेतु, सर्वकारज्ञज्ञान प्राप्त गर्नुभई आकाशव्यापी प्राणीहरू जोसुकै लाई पनि हित गर्नुको लागि उपाय गर्न लोभ तथा पापावरण केहि पनि बाकी नराखि, उनिहरुलाई धर्म उपदेश दिन (तथा?) प्रतिघ नराखि यो सर्वाकार ज्ञानबाट ज्ञेय सबैलाई सिकाईदइ व्याप्तगरी आएका हुनुहुन्छ ।
यसमा “ज्ञानसागर” भनेको, लोकमा अमूल्य रत्नको जात(प्रकार)हरू सबै महासागरवाटै उत्पत्ति हुने भएको जस्तै यस आकाशव्यापी प्राणीहरूका हितसुख हुने सकल कुराहरू यसै ज्ञानबाट उत्पत्ति हुने कारणले हो, भनिएको हो ।
भट्टारक मञ्जुघोषले प्राणीका कारणबाट कसरी पाल्नुभयो भने ? प्राणीहरू भनेका अनादिकाल (अर्थात्, आदि नै नभएको बेला) देखि नै “अविद्याण्डकोश” अर्थात्, अविद्याद्वारा आफ्नो प्रभावलाई आफ्नो अधिकारभित्र नराखी पन्छाइ दु:खजति सबै अविद्याण्ड कोश द्वारा प्रभावित गरिराखेको छ । अतएव अनादि काल देखि टाँसिराखेको (चिकाच्वंपिं) प्राणीहरुका भवको जाललाई जरा समेत नै उखेली मिल्काई (ल्यहे थना) सकाइ आउनुभएका हुनुहुन्छ ।।७।।
मूलम:-
।।८४।। शमिताशेषसंक्लेश: संसारार्णवपारग: ।।
ज्ञानाभिषेकमुकुट संम्यक्सम्बुद्धभूषण: ।।प्रत्य,८।।
अर्थ:-
(८) क्लेशको शेष केहि बाकि नराखि शान्त गराई संसारबाट पारी पठाई आउनु भएका । पञ्चज्ञानको अभिषेक दिएको संबुद्धको मुकुटलाई पहिरी आउनु भएका हुनुहुन्छ ।
भावार्थ:-
(ख) अनादि देखि नै क्लेशमा टाँसीई बसेका प्राणीहरूलाई क्लेशको केहि शेष समेत बाकी नराखी शान्तगरी कर्म(?)को वायुले संसारसागरमा डुबाए\घुमाएका हरू लाई संसारसागरबाट मुक्तगरी अन्त्यमा पारी पठाई सुखा भूमिमा राखी पाल्नुभएका । भट्टारक मञ्जुघोषले दमन गर्नुपर्ने प्राणीहरु सकललाई आफैले अन्यथा नगरी (अथवा नअल्मल्याई) शरणको स्थान, त्रिकाय पञ्चज्ञानको पद प्राप्त गराई पाल्नुभएका हुनुहुन्छ । फेरि धर्म उपदेश दिनको लागि जिनहरुले पञ्चकुलको अभिषेक दिएको सम्यकसंबुद्ध अक्ष्योभ्यको मुकुटलाई पहिरी पाल्नुभएका हुनुहुन्छ ।।८।।
मूलम्:-
।।८५।। त्रिदु:ख दु:खशमन:त्र्यन्तोऽनन्त: त्रिमुक्तिग: ।।
सर्वावरण निर्मुक्त: आकाश समताङ्गत: ।।प्रत्य,९।।
(९) भट्टारक मञ्जुघोषले यस त्रिदुःख भैराखेको दु:खहरू लाई शान्त गरी त्रिदु:ख सकाउने तथा त्रियानको मुक्ति पर्य्यन्त प्राप्तगरी अन्त्यमा आवरणहरू सबैबाट मुक्तगरी आकाशजस्तै समानतामा बसी आउनु भएका हुनुहुन्छ ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषले धर्मकाय साक्षात्कार गरी आउनका लागि यो त्रिदुःख भनिएको,
(१) दु:ख दु:खता, (२) संस्कार दु:खता, र (३) विपरिणाम दु:खता,
यी तीनैओटा समुच्चयभई एउटै भैराखेको (मुनाच्वंगु) दु:ख सबै शान्त गरी आकाशव्यापी सकल प्राणीका त्रिदु:ख सकाउन तथा श्रावक, प्रत्येक, महायानको मुक्ति तीनैओटा संग्रह छोडने पर्य्यन्त अनन्त आकाश समान प्राप्त गरी, अन्त्यमा क्लेशावरण र ज्ञेयावरण तथा समासन्नावरण(?) सबै निर्मुक्त? (निर्णयगरी छोडी) मुक्त भएको स्वभाव काय प्राप्तगरी आउनु भएको हुनुहुन्छ ।।९।।
मूलम्:-
।।८६।। सर्वक्लेशमलातीत: त्र्यध्वानध्वगतिं गत: ।।
सर्वसत्व महानागो गुणशेखरशेखर: ।।प्रत्य,१०।।
अर्थ:-
(८६) क्लेशको मैल सबै सकाई, अतीत-अनागत-प्रत्युत्पन्न भैरहेको ज्ञेय छैन भन्ने जानी, अवबोधन गरी पाल्नु भएका । सकल प्राणीहरुलाई हित-सुख गराउने गुण(महानाग)को मूलपात्र? (च्वलामू) प्राप्त गरेका हुनुहुन्छ ।
भावार्थ:-
(ख) यो काय प्राप्त गरी सदाकाल देखि आकाश समान आकाशजस्तै विशुद्ध भैरहेको धर्मधातुमा समानता भई पाल्नु भएका हुनुहुन्छ । त्यसमा पनि यस क्लेशको मैल सबै सकाई यो अतीत-अनागत-प्रत्युत्पन्न तीनैओटाको ज्ञेयको स्थान सबै स्वयमले नै छैन भनि साक्षात्कारगरी जानी अवबोध भई धर्मकाय प्राप्तगरी पाल्नुभएका हुनुहुन्छ । उहाँ यस्ता हुनुहुन्छ । यस्तो ज्ञान धर्मकायद्वारा आकाशव्यापी सकल प्राणीहरुलाई हित-सुख शेष बाकी नराखी भईआउने एउटामात्र हेतु समग्रमा भैआउने “महानाग” हुनुहुन्छ । फेरि चौरासीहजार (८४,०००) धर्मस्कन्धहरु कहाँबाट (उत्पन्न) भएर आएको हो भने? मेरो महाप्रत्येक (संजोग)?? गुण सबैको खानी भैआएको भनि प्रख्यात गरिराखिएको छ । त्यसमा पनि त्रिधातुकका व्यक्ति प्राणीहरूसंग माथि(स्वर्ग?)को गुण (उत्पन्न)भैआउने पनि मुनिको शिक्षा (पञ्चशील) ग्रहण गरेका उपासक\उपासिकाहरु सबैको भन्दा माथीको गुण भएको भई दशओटा शिक्षा ग्रहण गरेका श्रामणेर\श्रामणेरी सबैभन्दा माथिल्लो गुण भएको दुइसये बत्तीस शीलहरु पालन गरेका भिक्षु, हीनयान (श्रावकयान)को मार्गमा बसेका सबै भिक्षुहरु भन्दा माथिल्लो गुण भएका भिक्षुबोधिसत्त्व\पृथक्जनबोधिसत्त्व सबैभन्दा माथिल्लो गुण भएको आर्य्यबोधिसत्त्व । यी सकल गुणहरु भैराखेका हरुका यस्तो (गुण) सबैभन्दा उत्तम भई पाल्नुभएको सबै क्लेशबाट विमुक्त भई आकाशमार्ग जस्तै दुइटा शुद्ध भैराखेको धर्म धातुमा सुप्रतिस्थित भई पाल्नुभएका भट्टारक मञ्जुघोष हुन् भनि उहाँ भट्टारक मञ्जुघोषलाई सबै भन्दा पनि विशेष आर्य्य भई आउनुभएको भनि प्रख्यात गरिराखिएको छ ।।१०।।
मूलम्:-
।।८७।। सर्वोपधि विनिर्मुक्तो व्योमवर्त्मनि सुस्थित: ।।
महाचिन्तामणि धर: सर्वरत्नोत्तमो विभु: ।।प्रत्य,११।।
अर्थ:-
(८७) (यस अनुसार) सकल क्लेशहरूबाट विमुक्त भई आकाशमार्गबाट माथी गई धर्मधातुमा सुप्रतिष्ठित भई मणिरत्न, कल्पवृक्ष र उत्तम भद्रकलश आदि उत्पन्न गरी देखाई पाल्नु भएका ।
भावार्थ:-
(ग) यस प्रकारबाट दुवै(किसिमको) शुद्धले युक्त भैराखेको ज्ञान धर्मकाय प्राप्त भएको द्वारा मणिरत्न र जे ईच्छा गर्यो त्यो दिने कल्पवृक्ष तथा ईच्छा गरेको सकल पूर्ण हुने भद्रकलश जस्तै कोशिसगरी विकल्प गर्नु नपर्ने (क्वसीसं विकल्प यायमोगु?) जसले जे जे प्रार्थना गर्दछ प्रार्थना गर्ने जतिलाई उत्तमको र असाधारणको सिद्धि मनकामना गरेको जस्तै पूर्ण गरिदिने त्यसद्वारा सकल प्राणीका कारणबाट यसोगरी देखाई पाल्नुभएका हुनुहुन्छ । यस वापत उहाँ भट्टारक मञ्जुघोषलाई मणिरत्न धारण गरेका, सकल रत्नले व्यापक भएका, कल्पबृक्ष फिंजाएका, उत्तम भद्रकलश भई आउनुभएका भनि अत्यन्त महत्त्वदिई प्रख्यात गरिराखिइको छ ।।११।
मूलम्:-
।।८८।। महाकल्पतरू: स्फीतो महाभद्रघटोत्तम: ।।
सर्वसत्वार्थकृत्कर्ता हितैषी सत्त्ववत्सल: ।।प्रत्य,१२।।
अर्थ:-
(८८) प्राणीहरुका लागि फिंजिराखेको महाकल्प बृक्ष तथा उत्तम भद्रकलशादि उत्पन्न गरी प्राणीहित गरी पाल्नुभएका हुनुहुन्छ ।
भावार्थ:-
(घ) प्राणीहरुका लागि जे ईच्छा राख्यो त्यो ईच्छा सकल पूर्ण हुने महाकल्पवृक्ष फिंजाई, तथा ईच्छाजति सबै पूर्ण गरिदिने भद्रकलश जस्तै कोशिशसाथ विकल्प गर्नु नपर्ने गरी जसले प्रार्थना गर्दछ, ती प्रार्थना गर्ने सबैलाई उत्तमको र साधारणको (दुवै) सिद्धि मनकामना पूर्ण गरिदिने । त्यसमा पनि आकाशव्यापी प्राणीहरूलाई हित गर्नको लागि मैत्रीले हेरि पाल्नुभएको हुनाले भट्टारक मञ्जुघोषलाई “हितैषी सत्ववत्सल:” भनि प्रख्यात गरिराखिएको हो ।।१२।।
मूलम्:-
।।८९।। शुभाशुभज्ञ: कालज्ञ: समयज्ञ: समयी विभु: ।।
सत्वेन्द्रियज्ञो वेलज्ञो विमुक्तित्रय कोविद: ।।प्रत्य,१३।।
अर्थ:-
(८९) प्राणीहरूका शुभ अशुभ (कर्म गरिआएका) फललाई जान्न आफै व्यापक भई (दु:खबाट मुक्त गर्ने) प्रतिज्ञा गरी समय अनुसार प्राणीहरूको इन्द्रियलाई जानी त्रिविमोक्षमा राखी पाल्नु भएका हुनुहुन्छ ।
भावार्थ:-
(ङ) भट्टारक मञ्जुघोषले धर्मकायको पद प्राप्त गरी आकाशव्यापी प्राणीहरूलाई हित गर्ने कामनाबाट मैत्रीले हेरि पाल्नुभएको हुनाले प्राणीहरूका शुभ अशुभ कर्म गरिआएको फलले सुख-दुःख भाग दिने ज्ञान सम्पूर्ण साक्षात्कार गरी राम्ररी जानी । पहिलेका समयमा के कर्म गरिआएको हो, अहिलेको समयमा के कर्म गरिरहेको छ, पछिको समयमा के गर्ने छ, यी सबै जान्नलाई महाविभु सर्वव्यापी भई, आफै नै जिनपुत्रहरुका चर्य्या सहितगरी, काख\प्रवाह (मुले?)मा राखि यी प्राणिहरूलाई संसारको दु:खबाट मुक्तगर्ने प्रतिज्ञागरी स्मृतिसंप्रजन्य भई आउनुभएका । त्यसमाथी कहिले पनि फरक नहुने? (हिला मवनिगु?) समय(काल)युक्त भई षट्गति प्राणीहरुलाई करुणाले देखी जोसुकै हरेकलाई यो संसारको स्थानबाट उठाईदिन समय र जो सुकैलाई पनि विमुक्ति गरिदिने समय विचार अनुसार विचारगरी धातुविस्मृति (बेहोस) भनेको यस्तो-यस्तो हो भनि जानीलिई आआफ्ना भाग्यको अनुसारले श्रावक, प्रत्येकबुद्ध र महायानको त्रिमोक्षमा राखी दिने सीकि जानेको अनुसार समय(काल) अपमान नगरी सकल प्राणीको कारणबाट यस्तो गरिआउनु भएको हो ।।१३।।
मूलम्:-
।।९०।। गुणी गुणज्ञो धर्मज्ञ: प्रशस्तो मङ्गलोदय: ।।
सर्वमङ्गल माङ्गल्य: कीर्ति: लक्ष्मी यश: शुभ: ।।प्रत्य,१४।।
अर्थ:-
(९०) भट्टारक मञ्जुघोषसंग गुणहरू युक्त भैराखेको गुणले थाहा पाई, धर्मलाई सुनी सिकि मङ्गल भई मङ्गल गरेमा मङ्गलै भएर आउने ती मङ्गलहरू सबै भन्दा मङ्गलको यश-कीर्ति सुन्नु मङ्गल हो ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषको शरीरमा (१) लक्षण व्यञ्जन इत्यादि प्रकाश भैराखेको कायको गुण, (२) षष्टिस्वराङ्ग साठीओटा स्वरहरूले इत्यादि युक्त भैरहेको वाकको गुण, तथा (३) ज्ञेय सबै जानी पाल्नुभएको चित्तको गुणहरू युक्त भयो । यी विशेष ठूलो भैरहेको (गुणहरू) प्राणीहरुलाई दिने उपायको तरीका जस्तो हो त्यसरी नै सीकी; त्यो बुद्धपद प्राप्त गराइदिने उपाय जस्तो जानिएको हो त्यसरी नै प्राणीहरुलाई क्रमानुसार (छसेनिसें?) गरी दिनु पाल्नुभएको हुनुहुन्छ । अतएव पहिले-पहिले गरिएका कर्मका हेतु-फल थाहा पाउन धर्ममा श्रद्धा राख्नु मङ्गल हो । यसमा पनि दुर्गतिमा परेकालाई दुर्गतिबाट माथी उठाई सुखमा राखिदिने (झनै) मङ्गल हो । त्यसमाथी क्लेश सबै विशोधन गर्ने विषयमा पक्रिने र त्याग्ने वृत्ति गरी देखाउने वा बताउने मङ्गल सबैभन्दा माथिल्लो मङ्गल भएको हुँदा (यो) अनागामी(अवैवर्तिक) को मार्गमा राखिदिने मङ्गल हो । यो जिनपुत्र सहित सबैको यश कीर्ति सुन्नु मङ्गल हो, भनि प्रख्यात गरी राखिएको छ ।।१४।।
मूलम्:-
।।९१।। महोसत्वो महाश्वासो महानन्दो महारति: ।।
सत्कार सत्कृतिर्भूति: प्रमोदश्री: यशस्पति: ।।प्रत्य,१५।।
अर्थ:-
(९१) यो महाश्वास बनाइ दिएका, महानन्द देखाइ दिएका, महानन्द (अनाश्रवको सुख) गरिआएका उहाँ सम्पूर्ण मान सत्कार गर्न योग्य हुनुहुन्छ ।
भावार्थ:-
(ख) यो महोत्सव” भनेको, अनादि काल देखिनै संसारमा पडिरहेका प्राणीलाई परमार्थको कुशल सुनाई, मोक्षको भूमिमा राखी, श्वास नभैराखेका हरूलाई श्वास बनाइ दिएकाले भट्टारक मञ्जुघोषलाई “महाश्वास” भनि प्रख्यात गरिराखिएको छ । फेरि अनादि काल देखि दु:खमा परेका हरुलाई मोक्षको महाआनन्दमा राखी पाल्नुभएकोले “महानन्द” भनि प्रख्यात गरिराखिएको हो । प्राणीहरू लाई मोक्ष र महाआनन्दको अनाश्रवको सुखसाथ श्रीस्वभावले युक्त गराई राखीदिनु भएको हुनाले “महानन्दो महारति” भनि प्रख्यात गरिएको छ । अतएव भट्टारक मञ्जुघोष लाई जगतमा देव(मनुष्य) सहित सकलले सत्कार गरी सम्पूर्णले पूजा गर्न योग्य भएको उहाँको यशकीर्तिको आश्रय श्रीस्वभावले युक्त गराई व्यापक भई पाल्नुभएको भनि प्रशंसा गरिराखिएको छ ।।१५।।
मूलम्:-
।।९२।। वरण्यो वरद: श्रेष्ठ: शरण्य: शरणोत्तम: ।।
महाभयारि: प्रवर: नि:शेषभयनाशन: ।।प्रत्य,१६।।
अर्थ:-
(९२) दानपतिहरू मध्ये श्रेष्ठोत्तमको भई शरणमा आएका लाई रक्षागर्ने भई लोकको परमशत्रु भयलाई सकाई पाल्नुभएको भनि प्रशंसा गरिराखिएका, हजूर नै हुनुहुन्छ ।
भावार्थ:-
(ख) दान दिने दानपतिहरू मध्ये श्रेष्ठोत्तम भएर शरणमा आएकाहरू लाई शरणलिई पाल्नुभएका, कर्मक्लेशमा टाँसिइ बसेका प्राणीहरूलाई संसारको भय सबै सकाई रक्षागरी लोकको शत्रु भएको भएको भयलाई सबै नै सकाई पाल्नुभएको हुनाले “निशेष भयनाशन” भनि अत्यन्य उच्च प्रशंसा गरिराखिएको छ । त्यसको निमित्त यस नामसङ्गीतितन्त्र पढनेवालाले उहाँको गुण सबै स्मृतिमा राखी (संझी) भट्टारक मञ्जुघोषलाई श्रद्धा निश्चय राखी साआदर विनति गर्नु पर्दछ ।
मूलम्:-
।।९३।। शिखी शिखण्डी जटिलो जटी मौण्डी किरीटिमान्: ।।
पञ्चानन: पञ्चशिख: पञ्चचीरक शेखर: ।।प्रत्य,१७।।
अर्थ:-
(९३) उहाँको पाँचओटा अनुहार छ । जसको पाँचओटा हरेकमा जटा बाँधिएको छ । ती पाँचओटा जटाहरू प्रत्येक पनि पाँचओटा लट्टापारी गूँथेर बाँधिएको छ । त्यसमा सुगन्ध बासना आउने फूल सीउरी, मुकुट पहिरी आएका हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले प्राणीहरूलाई दमनगर्न धातु(?) तथा चिन्तना (विचार) लाई जोडेर-तोडेर? (स्व(त्व?)ना) अनेक अनेक छाँटका रूप देखाई आएका हुनुहुन्छ । “पञ्चानन” भनेको उहाँको पाँचओटा अनुहार छन्, भनेको हो । “पञ्चशिख” भनेको पाँचओटा टाउको भई हरेक टाउकोमा जटाबाँधेको रूप विशष गरेर दायाँ-बायाँ गरी लगेको (छायपातगु) हो । “जटिमौण्डी” भनेको टाउको वरिपरी जटा घुमाई जसको आधी कपाल फुकाई तलतील झारेको हो । त्यसमाथी पञ्चपातको वस्त्रले लपेटिई, बाँधेको जटा प्रत्येकमा सुगन्ध बासन आउने फूल सीउरेको मुकुट पहिरी पाल्नुभएको हुनाले “पञ्चानन पञ्चशीर्ष” भनि प्रख्यात गरिएको हो । भट्टारक मञ्जुघोषले यसरी यी सबै मिलाएर आकाशव्यापी प्राणीहरूलाई करुणाले हेरि आआफ्नो इन्द्रियको अधिकार भएको अनुसार मिलाइ(समान) जहाँ जस्तो प्राणीहरूलाई जसरी दमन गर्नुपर्ने हो त्यसरी नै अनेक अनेक प्रकारले निर्माण गरी देखाउनुभएको मात्र हो ।।१७।।
मूलम्:-
।।९४।। महाब्रतधरो मौञ्जी ब्रह्मचारी व्रतोत्तम: ।।
महातपा: तपोनिष्ठ: स्नातको गौतमोऽग्रणी ।।प्रत्य,१८।।
अर्थ:-
(९४) मौञ्जी (कपाट खुर्की प्रव्रजति) भई महाव्रत धारण गरि व्रतहरू मध्ये उत्तम भएको ब्रह्मचारी (भिक्षुब्रत) धारण गरि महातपस्या पूर्णगरी पाल्नुभएका गौतमजस्तै सुचिव्रत धारण गरी स्नातक भई उहाँ आउनु भएका हुनुहुन्छ ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषले प्राणीलाई दमनगर्ने कारणबाट मौञ्जी (कपाल-दाह्री-जुँगा खौरी, नङ काटी) प्रवज्रित भई चीवरवस्त्र पहिरी प्राणीको कारणबाट “महाव्रत” धारण गरी पाल्नुभएको हुनाले “महाव्रतधरोमौञ्जी” भनिराखिएको हो । फेरि सबै व्रतहरू मध्ये उत्तम भएको ब्रह्मचारीब्रत (ब्रह्मचर्य्या) पालन गरी बसेका भिक्षुको छाँट(रूप) धारण गरी प्रत्यूत्तम(?)भई यस्तो सकल बुद्धहरूले गरीआउनु भएको अवतार भई देखाई आउनुभएको (समय प्रवज्रितको छाँटभई देखाउनु भएका) भनि प्रख्यात गरिराखिएको हो । अतएव भट्टारक मञ्जुघोषले यस अवस्थामा तपस्या गरिरहेका तीर्थिकहरुलाई दमन गर्ने कारणले महातपस्या गरी यो तपस्यलाई पूर्णगरी पाल्नुभएका गौतमबुद्ध जस्तै नै सुचिव्रत धारण गरी देखाई पाल्नुभएको हो ।।१८।।
मूलम्:-
।।९५।। ब्रह्मविद् ब्राम्हणो ब्रह्मा: ब्रम्हनिर्वाणामाप्तवान् ।।
मुक्तिर्मोक्षो विमोक्षांगो विमुक्ति: शान्तता शिव: ।।प्रत्य,१९।।
अर्थ:-
(९५) ब्रह्मलाई जानेको ब्राह्मणको नियम धारण गरी देखाई पाल्नु भएका । फेरि कसैलाई ब्रह्मनिर्वाण (अप्रतिस्थितनिर्वाण) प्राप्त गर्ने तरीका देखाई पाल्नु भएका । त्यसमा पनि संसारबाट मुक्ति, मोक्ष र विमुक्ति हुने शरीर शान्तता भई देखाई पाल्नु भएका हुनुहुन्छ ।
भावार्थ:-
(ख) भट्टारक मञ्जुघोषले (कुनै बेला) ब्रह्माको पुत्र यश भनिएको ब्रह्म जानेको (ब्रह्मविद्) ब्राह्मणको रूल (तरीका) धारण गरी दमन गर्नुपर्ने प्राणीहरू लाई ब्रह्मचर्य्याको अनुसारले राखिदिन उपायकौशल्य बाट जानी यीनिहरूलाई यस्तो तरीकाबाट देखाई आउनुभएको हो ।
भट्टारक मञ्जुघोषले यी सब मिलाइ आकाशव्यापी प्राणीहरूलाई आआफ्नो भाग्यको अनुसारले लिई देखाई पाल्नुभएको कारण यसो हो; कसैलाई देवाकार, कसैलाई मानवाकार, कसैलाई चरापंक्षि र मृग(चला) इत्यादिका आकार(वर्ण)हरू भई देखाई पाल्नुभयो । फेरि कतिलाई मणिरत्न र कल्पबृक्ष इत्यादिको (रूप) वर्ण भएर देखाई पाल्नुभएको हो ।
फेरि भट्टारक मञ्जुघोषले छोडनु पर्ने छोडी बोध हुनलाई चाहिने सबै पूर्ण गरी पाल्नु भएको भएता पनि प्राणीहरूलाई दमन-बोध गराउने कारणबाट श्रावक-प्रत्येकका निर्वाण साक्षातगर्ने तरीका देखाई पाल्नुभयो । कतिलाई अप्रतिस्थित निर्वाण भएर नव? ब्रह्म प्राप्तहुने तरीका देखाई आउनुभएका हुनुहुन्छ । त्यसमा पनि बन्धनबाट मुक्त भई मोक्ष शरीरको (शेषांग) विमुक्ति (शान्त निर्वाण) हुने समेत देखाई पाल्नुभएका हुनुहुन्छ ।।१९।।
मूलम्:-
।।९६।। निर्वाणं निवृति: शान्ति: श्रेयोनिर्याण मन्तग: ।।
सुखदु:खान्तकृन्निष्ठा बैराग्यमुपधिक्षय: ।।प्रत्य,२०।।
अर्थ:-
(९६) निर्वाण निवृतिशान्ति (अप्रतिस्थित निर्वाण) तथा श्रेयोनिर्वाणमन्तगः (श्रेष्ठोत्तम मङ्गलकारी निर्वाण) हुने तथा सुख दिने तथा दु:ख सकाउने पर्य्यन्तको वैराग्य भई उपधिक्षय(निर्वाण) प्राप्तगरी देखाई पाल्नुभएका ।
भावार्थ:-
(ग) निर्वाण निवृति: शान्ति भनेको, भव र शान्ति दुवैलाई पारगरी गई (अन्तंपुला) विमुक्ति(शान्त-निर्वाण)मा नबसी अप्रतिस्थितनिर्वाणमा बसी श्रेष्ठोत्तमको मङ्गलगरी देखाई तथा सनिकृष्ट(नजीक) दशभूमिमा बस्ने बोधिसत्त्वका नियम पनि देखाउनु भएका हनुहुन्छ ।
यी प्राणीहरूलाई दमन गर्ने अधिकारबाट (१) श्रावकहरुलाई श्रोतापति, संस्कृतागामि, अनागामिको तरीका, (२) प्रत्येक(बुद्ध)लाई अर्हतको तरीका तथा (३) बोधिसत्त्वका लागि बोधिचित्त र दशभूमिश्वरका तरीकाहरु बाट आकाशव्यापी प्राणीहरूलाई हितगर्ने सुखदिन तथा दु:खको शेष समेत बाकी नराखी सकाई अन्त्यमा सानो भन्दा सानो राग पनि छुटाई अपधिक्षय भई शरीर(शेषाङ्ग) कर्मलाई नाघी गई बुद्धपद प्राप्त हुने अनेक-अनेक नियमहरू देखाई पाल्नुभएका हुनुहुन्छ । यस आकाशव्यापी सर्वक्षेत्रहरूमा भरिपूर्ण भएगरी अवतार लिई उत्तम-मध्यम-अधम (तीनओटा जात)का जगतप्राणी सकलका कारणले गर्दा पाल्नुभएको हुनाले असंख्य स्थित भैआएका हुनुहुन्छ ।
अतएव यस तन्त्रमा भट्टारक मञ्जुघोषले अनन्त प्राणीहरूका लागी उपायकौशल्यगरी अवतारलिई देखाई आउनु भएकोले यस नामसङ्गीति आरम्भगरी पाठगर्ने बखतमा उहाँ भट्टारक मञ्जुघोषको अभिमन्त्रको रहस्य अचिन्त्यको भैरहेको भनि यस विधि बमोजिम विश्वास श्रद्धा उत्पन्न गरी प्रार्थना गरी पाठगर्नु पर्दछ ।।२०।।
मूलम्:-
।।९७।। अजयोऽनुपमोऽव्यक्तो निराभासो निरञ्जन: ।।
निष्कल: सर्वगो व्यापी सूक्ष्मोबीज मनास्रव: ।।प्रत्य,२१।।
अर्थ:-
(९७) (उहाँ) अजयो (अरूले जित्न नसक्ने), अनुपम (उपमा नभएको), निरञ्जन (रूपाकार नभएको), निष्कल (केही संग पनि प्रत्यय नभएको), सर्वगोव्यापी (सबैठाउँमा व्यापक भएको), सूक्ष्मबीज (स-साना बीऊमा), आस्रव (क्लेश शेष पनि) सबै छुटाई पाल्नु भएको हुनुहुन्छ ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले धर्मकाय साक्षात्कार गरी आउनुभएको’ जसमा स्वभावकाय र ज्ञानधर्मकाय दुईटा भएकोमा, स्वभावकाय भनेको दुईटा शुद्ध भैराखेको काय हो, जसलाई अरू कसैले झगडागरी(ल्वाना) जित्न नसक्ने भएकोले “अरजयो” भनि भनिराखिएको छ । “अनुपम” भनेको नाम-लक्षण उपमा नभएको, “अव्यक्त” भनेको अप्रत्यक्षको (भन्ने नै नभएको), “निराभासो” भनेको रूप नभएकोले प्रकाशमा नदेखीने केहि प्रत्यय समेत नभएको । उहाँलाई चन्द्र, सूर्य्य, रत्नप्रदीप वा बत्तीको रश्मि तेजादिबाट लोकमा प्रकाश गरी हेरे पनि कतै पनि देख्न नसकिने उहाँ भएकोले “निरञ्जन” (हेतु-प्रत्यय नभएको), “निष्कल” (केहि पनि प्रत्यय नभएको) हुनुहुन्छ । उहाँलाई अवलम्बनगरी भावना गरिए भने बुद्धका भूमिहरू सकलमा जान सक्ने यस स्थल-रस(जल?) सबैमा व्यापक भै आउनुभएका हुनुहुन्छ । जसरी तीलमा तेल भिजिराखेको हुन्छ त्यसरी नै अत्यन्त सूक्ष्म भैराखेको हुँदा बोध गरी लिन पाउन गाहारो हुन्छ । अन्धा(आँखा नदेख्ने)ले जसरी आफ्नो घरको जमीन तलमा गडेको खानी आफूले नदेखेको जस्तै जगत प्राणीहरूले पनि आआफ्ना चित्त धर्मताको स्वभाव विशुद्धीभई बसेको भएता पनि यो आकस्मिक भनिने पत्रैपत्र परेको (उघरी? उघरी?) मैलले ढाकिराखेकोले हुनाले नदेखीराखेको मात्र हो । यो गम्भीर चतुर्कोटि(चतुष्कोटि?)को प्रपञ्चबाट रहित भएको, सबै स्वभाव निर्मल भैरहेको (यसलाई) उहाँ भट्टारक मञ्जुश्रीले साक्षात् गर्नुभएको भएको हुनाले चित्तमा अनास्रव (आस्रव क्लेश रहित भई) संसारको दु:ख उत्पन्न हुने बीऊ सबै छुटाई (सकाई) यस आकाश विशुद्धको जस्तै धर्मकाय प्राप्तगरी पाल्नुभएका हुनुहुन्छ ।।२१।।
मूलम्:-
।।९८।। अरजो विरजो विमलो वान्तदोषो निरामय: ।।
सुप्रबुद्धो: विबुद्धात्मा सर्वज्ञ: सर्ववित्पर: ।।प्रत्य,२२।।
अर्थ:-
(९८) (उहाँ) क्लेशावरणको रज विहीन भई, विशेष क्लेशको रज छुटाई, विमल(निर्मल) भई, प्राचित्त?को दोष रहित भई छोडि, अत्यन्त (भोग गर्नु पर्ने) अविद्याको निद्राबाट जागा भई, सर्वज्ञले थाहापाई पाल्नुभएको परम धर्मकाय हुनुहुन्छ ।
भावार्थ:-
(क) भट्टारक मञ्जुघोषले पहिले भनिआएको अनुसार चित्तधर्मता (धर्मधातु)को स्वभाव विशुद्धिको साक्षात्कार गरी पारङ्गत हुनुभएको हुँदा ज्ञेयको स्वभाव दृष्टिलाई पाप गराउने क्लेशको रज रहितगरी क्लेशको शेष रेणु प्रमाण पनि बाकी रहेसम्म छुटाई विमल(निर्मल) भई, प्राचित्तको शेषादि त्रिविष (राग द्वेष मोह) छोडी देखेको र बिर्सेको दुवैको दोष रहित भई अनादि देखि नै अत्यन्त घोर निद्रामा निदाइराखेका सबैलाई जागा गराई अविद्याको शेष सहित निद्रा(न्ह्यँ)लाई सकाउन आफैनै ज्ञान धर्मकाय प्राप्त गरी पाल्नुभएको हो ।
यो (१) ज्ञानधर्मकाय यावत (सर्वसकल) जानेको सर्वज्ञ तथा (२) जस्तो छ त्यस्तैगरी जानेको सर्वज्ञ गरी दुइ प्रकारका सर्वज्ञहरू छन् । यावत अर्थात् जति छन् त्यत्ति सबै जान्नु सर्वज्ञज्ञान हो । यसमा संस्कन्ध, धातु, षडायतन, समुच्चय भैराखेको धर्मकायलाई जानी प्राणीहरुका धातु तथा चिन्तना सबै जान्नसिक्न लाई आकाशव्यापी प्राणीहरूलाई जोजसलाई जसरी हित गर्नुपर्ने हो त्यसैगरी उपाय सबै गर्नजान्ने भनिएको हो ।
जस्तो छ त्यसैगरी जानेका सर्वज्ञ भनेको, सर्व धर्मका स्वभाव सबै जानी परमार्थको स्वभावबाट उपदेश दिन दिक्क नमान्ने अनुभाव प्राप्त भएका हुन् ।।२२।।
मूलम्:-
।।९९।। विज्ञानधर्मतातीतो ज्ञानमद्वयरूप धृक ।।
निर्विकल्पो निराभोग: त्र्यध्वसंबुद्ध कार्यकृत् ।।प्रत्य,२३।।
अर्थ:-
(९९) विज्ञान र धर्मता दुइटै लाई नाघेर गई सर्वधर्मादि (एकरस भैराखेको) दुईटा नभएको अद्वयज्ञान धारण गरी कल्प-विकल्प नभएको ज्ञानमा निश्चित भई यस त्रिकालका बुद्धहरूले (चौरासी हजार धर्मस्कन्ध) बनाउनु भएका हो ।
भावार्थ:-
(ख) यस “सूत्रालंकार”ले विज्ञानमा दृढ नभई ज्ञानमा दृढ होउ, भनि आज्ञा भएको अनुसार भट्टारक मञ्जुघोषको चित्त सर्वाकारज्ञ ज्ञान यस दुईटा देखीराखिएको विज्ञानको धर्म नै अतिक्रम (नाघेर गई) यस सर्वधर्मादि स्थिति (स्वभावमा) पानीमा पानी मिसाएको जस्तै (जलेजलमिव?) एकरस भई फेरि उत्थान नभईकन समाहित भैराखेको ज्ञान भएकोले भट्टारक मञ्जुघोषलाई दुईटा नभएको (अद्वय)ज्ञानको नियम धारण गरी पाल्नुभएको भनि प्रख्यात गरिराखिएको हो । भट्टारक मञ्जुघोष भनेका यस अद्वयज्ञानधातुमा रहनुभएका हुनुहुन्छ । यस्तो अद्वयज्ञान भनेको निर्विकल्प भईराखेको पहिले प्रणिधान गर्नुभएको आनुभावले पूर्ण सिद्ध भईरहेको हो । यस त्रिकालका सकल बुद्धहरूका कर्मले सकल प्राणीहरूलाई इहत्र(यहाँ) र परत्र (पछिको) को हित-सुख शेष बाकी नरहने गराइदिन चौरासी हजार (८४०००) धर्मस्कन्ध बनाइएको प्रत्येय मात्र गरिएको हो । यस ज्ञान धर्मकायको मन्त्र अनुत्तर हो । यो सर्व चरित्रबाट आज्ञा भएको उत्तम चरीत्र हो भनि आज्ञा गरिदिनु भएको अनुसार, प्राणीहरुलाई यो बुद्धको चरित्र सबैभन्दा उत्तम भैराखेको धर्मको उपदेश दिनुभएको हो । सकल बुद्धहरूले प्राणीहरुलाई धर्मोपदेश दिइदिनु भएको सर्वाकारज्ञको ज्ञानको अनुभावबाट हो ।।२३।।
मूलम्-
।।१००।। अनादिनिधनो बुद्ध आदिबुद्धो निरन्वय: ।।
ज्ञानैकचक्षु: अमलो ज्ञानमूर्ति: तथागत: ।।प्रत्य,२४।।
अर्थः-
(१००) आदि र अन्त नभएको बुद्ध हेतुबाट उत्पन्न हुनु नपर्ने आदिबुद्ध हुनुहुन्छ । त्यसैले ज्ञानको एउटा आँखा भनिएको छ । अतएव भट्टारक मञ्जुघोषलाई धर्मकाय भई पाल्नु भएका तथागत भनि प्रख्यात गरिराखिएको छ ।
भावार्थ –
भट्टारक मञ्जुघोषले पूर्ण, पाक, शोधन तीनओटा चर्याहरू गरी पूर्ण पारङ्गत भैराखेको धर्मकाय पहिले प्राप्त गरी पाल्नु भएको बुद्धको धर्मकाय यो दुइटा शुद्ध भैराखेको धर्मता भनिएको लाई प्राप्त गरिआउनु भएको हो । यही धर्मकाय (धर्मता) आदि र अन्त नभएको हो । यो अहेतुक (हेतुबाट उत्पन्न हुनु नपर्ने) असंस्कृत भएकोले आदि नभएको अनादि भनिराखिएको हो । फेरि अन्य प्रत्येयबाट परिवर्त नहुने नभएकोले अन्त नभएको भयो । यस्तो दुईटा शुद्ध भैरहेको धर्मकाय पहिले साक्षात्कार गरी पाल्नु भएका उहाँलाई आदिबुद्ध भनि आदिनाथ भनेर पनि प्रख्यात गरिराखिएको छ । यो स्वभावविशुद्धिको हेतु-प्रत्यय नभएको असंस्कृत भएकोले स्वभाव भएको यस स्वभाव(स्वरूप) एउटै भई (फरक नभएको) ज्ञानकाय भनेको असंस्कृत हो । यो दुइटा संभारहरु संग्रह गरिराखेको हेतुले प्रत्यय भैआएको ज्ञान भनेको असंस्कृत हो । यो दुइटा संभारहरु वटुलिराखेको हेतुको प्रत्यय भएर आएको ज्ञान (हो) । यसैले ज्ञेयको स्थान सवै देखीराखेको हुनाले “ज्ञानैक चक्षु” (ज्ञानको एउटै आँखा) भनि प्रख्यात गरिराखिएको हो । व्यक्ति प्राणीहरुका चक्षुको सम्मुखमा बसिराखेको रूप देखेता पनि अरू प्रभावका बीचमा परिराखेका हुनाले रूप देख्दैनन् । प्रकाश भैराखेको बेलामा देखेता पनि प्रकाश नभएको बखतमा नदेखी व्यक्ति प्राणीहरुका चक्षु ज्ञान भनेको आवरणले लेप लागि धेरै नै प्रत्यय भएता पनि मैल भैरहेको हुन्छ । यो ज्ञान धर्मकाय भनेको आवरणको लेपले छोपेको जति सबै छुटाई निर्मल (मलरहित) भयो । अतएव भट्टारक मञ्जुघोषलाई ज्ञान (धर्म)काय भई पाल्नुभएको भनि तथा तथागत भनि प्रख्यात गरिराखिएको छ ।।२४।।
मूलम्-
।।१०१।। वागीश्वरो महावादी वादीराट् वादिपुङ्गव: ।।
वदतांवरो वरिष्ठो वादिसिंहोऽपराजित: ।।प्रत्य,२५।।
अर्थः-
(१०१) वचनको ईश्वर, महति ठूलो वादी(विवाद) गर्ने, वादिको उत्तम पुरुष हुनुभएका, वादीहरूका पनि राजा भई वादीको सिंह भएका, परजनले जित्न नसक्ने ।
भावार्थः-
भट्टारक मञ्जुघोषले धर्मकाय प्राप्त गर्नुभएको (यो) महतिठूलो धर्मको प्रभाववाट सिद्ध भएको होईन । ज्ञानको आफ्नो प्रकाश “लक्षण व्यञ्जन” प्रकाश भएको काय भई आई, कहिले पनि नाश नहुने काय भई, वाकको धर्म शव्द आकाश पर्य्यन्त व्यापक गरी षट्गति प्राणीहरूले आआफ्ना भाषामा (सुनेर) बुझ्न सकिने भयो । अतएव भट्टारक मञ्जुघोष लाई वचनको ईश्वर, महतिठूलो वाद गर्नेवाला, वादिको उत्तम पुरुष भई पाल्नुभएका, वाद गर्ने हरुका राजा भई आउनु भएका, वाद(विवाद) गर्नेहरु मध्ये परम श्रेष्ठ, परजनले जित्न नसक्ने सिंह हुनुभएका । अतएव उहाँलाई “वागीश्वर” भनि, “महावादी” भनि, “वादीपुंगव” भनि, “वदताम्वर” भनि, “वादीश्रेष्ठ” भनि, “वादीसिंह” भनि अपराजित पर प्रवादी (अरूहरुले) नाघ्न नसक्ने “अपराजित” भन्ने इत्यादिका रूलबाट धर्म उपदेश आरम्भ गरी पाल्नु भएका भनि नाम (लक्षण) वर्ण-संख्या धेरै नै महान (महतिठूलो) प्रख्यात गरिराखिएको हो ।।२५।।
मूलम्-
।।१०२।। समन्तदर्शी प्रामोद्य: तेजोमाली सुदर्शन: ।।
श्रीवत्स: सुप्रभो दीप्ति: भाभासुरकर द्युति: ।।प्रत्य,२६।।
अर्थः-
(१०२) सबैतीर हेरि परमानन्द रूपले तेजको रश्मि माला प्रज्ज्वलित गरी (खयका) देख्नेसाथ प्रेम हुने हृदय श्रीवत्स (श्रीबक्ष)को चिन्ह भएका हातमा प्रज्ज्वलित खड्ग लिई (खड्गको रश्मिले चारैतीर देखी) पाल्नुभएका ।
भावार्थः-
भट्टारक मञ्जुघोषले संभोगकाय प्राप्त गरेको अनुसार, आकाशव्यापी प्राणीहरू जोजसलाई जेजस्तो तरीकाले दमन गर्नुपर्ने हो त्यसै गरी दमन गर्नका लागि अवतार लिनआउन मुख्य भट्टारक मञ्जुघोषले कुमार रूप लिई पाल्नुभयो । आकाशव्यापी सकल प्राणीहरूलाई सदाकाल नै करूणाले हेर्नुभएका, कसैले हेर्दा वा देख्दा पनि नमिलेको भन्ने नै नभएको, मनोमय सबै एउटैमा संग्रह भएको जस्तै परमानन्दस्वरूप भई पाल्नुभएको हुनुहुन्छ । उहाँलाई कोटि कोटि ओटा सूर्यहरू एकसाथ उदय भईआए पनि उहाँको जस्तो तेजिलो तेजको आभा हुँदैन । (यस्तो रश्मि प्रकाश गरिरहनु भएका) सर्व दिग् मा रश्मिको माला प्रकाश गरिपाल्नु भएका अरूले देखे भने अथवा हेरे भने (हेर्दैमा नपुग्ने गरी) भएर आउने पञ्चज्ञानको रश्मि प्रकाश गरी सुवर्णजस्तो राम्रो पञ्चरश्मि प्रकाशित गरी पाल्नुभएका हुनुहुन्छ । कृष्णपक्षका तर्फका हरूले हेर्यो भने आकाशधातु पर्य्यन्त अग्निस्कन्ध जस्तै आगोको लप्का तेजिलो भएर आउने स्वरूप भएको हुनुहुन्छ । भाग्यमानी हरुले हेर्यो भने अमृत जम्मा गरिराखेको पोखरी जस्तो प्रीति(आनन्द) उत्पन्न हुने स्वरूप भई पाल्नुभएको हुनुहुन्छ । चित्त (हृदय)मा श्रीवक्षको चिन्ह इत्यादि बत्तिस लक्षण तथा असीओटा व्यञ्जन भएको असाधारणको काय भई हातमा लिई जोसा? रश्मि प्रज्ज्विलित भएको खड्ग लिई पाल्नु भएका । जुन खड्गको रश्मिले सर्वत्र लोकहरूमा ज्योति व्यापक गरी पाल्नुभएको । अतएव उहाँ भट्टारक मञ्जुघोषलाई कायगुण तथा असमानताको तेज भएको भनि महत्तापूर्वक प्रख्यात गरी राखिएको हो ।।२६।।
मूलम्-
।।१०३।। महाभिषग्वर: श्रेष्ठः शल्यहर्त्ता निरुत्तर: ।।
अशेषभैषज्यतरू: क्लेशव्याधिर्महारिपु: ।।प्रत्य,२७।।
अर्थः-
(१०३) महा श्रेष्ठोत्तमको वैद्य भई (क्लेशव्याधि सकाई) अनुत्तरको औषधि दिई (क्लेशव्याधि सकाई आउनु भएका) भैराखेको रोगहरूका औषधि भएको महाद्रुमकल्प भई क्लेशव्याधि सकाएका भएकोले रोगव्याधिको मुख्य महाशत्रु हुनुभएका ।
भावार्थ:-
भट्टारक मञ्जुघोषले आकाशव्यापी प्राणिहरुका अनादिकाल देखिको क्लेशव्याधि(क्लेशको रोग)ले जकडेका लाई क्लेशको रोग निको पारिदिन महाश्रेष्ठोत्तम वैद्य भई आउनु भई सकल लोकजनहरूका क्लेशव्याधि हरण गर्ने अनुत्तरको औषधि दिनेवाला हुनुहुन्छ । क्लेशव्याधि (राग, द्वेष र मोहव्याधि) इत्यादि तीनओटा छन्, भनेर अभिधर्ममा संग्रहगरी विचित्र किसिमले आज्ञा गरिराख्नु भएको छ । यी व्याधिहरु सबै सकाउने रूल हो,
(१) अनित्य, दुःख, तथा अदुःखको शिक्षा बाट राग सकाउने,
(२) मैत्रीको शिक्षाले द्वेष सकाउने,
(३) करुणा र बोधिचित्तको शिक्षाले मोह सकाउने ।
यसरी आत्मा(प्राणी)को आ-आफ्नो स्वभाव अनुसार उपदेश गरी शिक्षा दिनुभएको हो । अतएव भट्टारक मञ्जुघोषले भैरहेको रोग सम्पूर्ण बाकी केहि नराखि समुच्चय (जम्मा भै राखेको)लाई औषधी गरी सकाइदिन महाद्रुमबृक्ष (औषधिको रूख) समान भई पाल्नु भएको हो । प्राणीहरुका (जुन जुन रोग व्याधिको दुःख सकाउन जे जे औषधि चाहिने हो त्यो त्यो दिने) पुण्य र करुणाले सिद्ध भैराखेको बुद्धहरुको औषधि स्वरूपको महाद्रुमबृक्ष भई त्यसको ठाँठ, हाँगा, फूल, फल सबै नै सबैलाई नै हित हुने औषधिमात्रै भएको जस्तै उहाँ भट्टारक मञ्जुघोषको काय-वाक तथा चित्तको चरित्र सबै नै आकाशव्यापी सकल प्राणीहरूलाई हितसुख गर्ने उपायमात्र भई पाल्नुभएको हो । अतएव भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणीहरुलाई क्लेश तथा त्यसबाट उत्पन्न भैआएको रोग-दुःख जतिसम्म छन्, ती सबै मूलदैखि नै उखेली फालिदिने उपाय उपदेश दिनुभएको हुनाले उहाँलाई रोगव्याधि क्लेशको मुख्य महाशत्रु भनि प्रख्यात गरिराखिएको हो ।।२७।।
मूलम्-
।।१०४।। त्रैलोक्यतिलक: कान्त: श्रीमान् नक्षत्रमण्डल: ।।
दशदिग्व्योम पर्यन्तोः धर्मध्वज महोच्छ्रय: ।।प्रत्य,२८।।
अर्थः-
(१०४) तीन लोकमा (टीका जस्तै लगाइएको) श्रीमान् नक्षत्र मण्डलाकारबाट उठी (दना), दशदिग आकाशधातु पर्य्यन्तको (लोकधातुमा) धर्मको ध्वजा गाडनुभयो ।।२८।।
भावर्थः-
(क) भट्टारक मञ्जुघोषले प्राणीहरूका धातु तथा चिन्तनालाई हेरि, असंख्य अवतारहरू लिई देखाई आउनु भएको मध्ये सवैभन्दा उत्तम भैराखेको मण्डल चक्रमा विवरण बनाइ(दनाःलि) उत्तमयानको कुलवंशभई इन्द्रियको प्रभाव भएकाहरू लाई अनुगृहित गरी यो चतुराभिषेक दिनुभई, दुइ-क्रमको उपदेश (दिक्षा) दिई वज्रधरको भूमिमा चाँडै-चाँडै लिई जानुभएका हुनाले सबै अवतारहरू मध्ये उत्तम भयो । फेरि धर्मदेशना गरी देखाइ आउनु भएका सकल चरित्रहरू मध्ये उत्तम शिखर भई पाल्नु भएको हो । यो मण्डलको चक्रबाट यतिउति नभएको प्रकाशगरी यस नामसङ्गीतितन्त्र आज्ञा गरी पाल्नुभएको अवस्थामा मण्डलको चक्र यथार्थमा देखाउनु भएको हुनाले सबैको मनोमय भई हृदय प्रेमाकार भैराखेको हो । त्रिलोकमा उत्तम लक्षण-व्यञ्जन सबै टीकाजस्तै लगाइ राखेको रूपकाय श्रीमान्नक्षत्रमण्डलको चक्र आकारमा निर्माणगरी यो नामसङ्गीतितन्त्र आज्ञागरी पाल्नुभएको हो । फेरि भट्टारक मञ्जुघोषले दश दिशामा अनन्त आकाशधातु पर्य्यन्तको लोकधातुहरूमा रहेका प्राणीहरूलाई संसार र दुर्गतिका दुःखबाट रक्षागर्नका निम्ति धर्मको ध्वजा राम्ररी उठाई(स्वाना) पाल्नु भयो ।२८।।।
मूलम्-
।।१०५।। जगच्छत्रैक विपुलो मैत्रीकरुण मण्डल ।।
पद्मनृत्येश्वर: श्रीमान् रत्नछत्रो महाविभु: ।।प्रत्य,२९।।
अर्थः-
(१०५) जगत प्राणीका लागि रक्षा गर्नको लागि विपुल मैत्री-करुणाको विपुल-महानको छत्र एउटै ओढी\ओढाई । फेरि श्री पद्मनृत्येश्वर (समान) सर्वव्यापी भई (इच्छ गरेको दान दिने) महारत्न हुनुभयो ।
भावार्थः-
(ख) फेरि जगतप्राणी षडगतिको स्थान(चक्र)मा परि (चक्कर खाई) बसेका लाई, ती क्लेशको तापले डाह भइबसेका प्राणीहरूलाई रक्षा गर्नको लागि महामैत्री र महाकरुणाको विपुल महान चतुर्वस्तु संग्रहको झल्लर राखेको छाता, जो इच्छा गरेको जति सबै दान दिने रत्नहरुको किंकिणीजाल बाट सिंगारिएको छ, त्यस छाता एउटैमात्र ले यस लोकमा जहाँसम्म जगतप्राणी व्यापक भएको छ त्यहाँसम्म त्यस अत्यन्त विपुल भई जोडा नभएको छाता ओढी क्लेशरूपी तापले डाह भैरहेका ती प्राणीहरूलाई रक्षागरी मोक्ष तथा सर्वज्ञको पदमा अत्यन्य शीतल गराई सुखको स्थानमा राखि पाल्नुभयो । यसप्रकारले यावत् (एक-एक एक ओटा भएसम्म) कुनै लाई बाकी नछोडी सबै समग्र मैं देखाए तापनि विकल्प केहि पनि नराखी संसारको दोषबाट कतै पनि नछोइ हिलोको भित्रबाट उत्पन्न भएको कमलको फूल जस्तै यो कमलको फूल हिलोबाट उत्पन्न भएको भएता पनि त्यसलाई हिलोमलले नछोई मधुर सुगन्ध वासना मगमग आईरहेको पद्मकेशरको अमृतबाट भौंराहरूलाई संतुष्ट गरेजस्तै दुईटा स्नेहहरुको श्रीशोभाले संयुक्त भइ पाल्नु भएका हुनुहुन्छ । भट्टारक मञ्जुघोषले संसारका (हरेक) स्थानमा अवतार लिई यावत (अनेक कृत्य गरी) देखाई पाल्नु भएता पनि संसारको दोष कतैबाट पनि लेपित नभई प्राणीहरू लाई उपायकौशल्यद्वारा संतुष्ट गरी पाल्नुभयो । फेरि नाना प्रकारवाट अवतार लिई देखाई पाल्नुभई श्रीमान् पद्मनृत्येश्वर समानको नाच नाच्न जान्ने भई अनेक अनेक प्रकारबाट भेषलिई देखाई यो लीला (छाँट) हेरिराखेका लाई प्रीतिहर्ष उत्पन्न गराउनु भएको जस्तै भट्टारक मञ्जुघोषले जगत प्राणीहरुको कारणबाट नानाप्रकारले अवतार लिई देखाई पाल्नु भएको हो । अतएव शयेओटा(सछिगू) कूलको महाविभू (सर्वव्यापी) हुनुभएको भट्टारक मञ्जुघोषले जगत प्राणीहरूले जेजसो इच्छा गर्दछ त्यो दान दिने महारत्न भई तथा जगतको क्लेश दुःखको ताप सकाई शीतलगरी रक्षा गर्ने छत्र आदि ओढी\ओढाई पाल्नुभएको भनि प्रख्यात गरिराखिएको हो ।।२९।।
मूलम्-
।।१०६।। सर्वबुद्धमहाराज: सर्वबुद्धात्मभावधृक् ।।
सर्वबुद्धमहायोग: सर्वबुद्धैकशासन: ।।प्रत्य,३०।।
अर्थः-
(१०६) सकल बुद्धहरूको तेज एउटै भई संयुक्त भैराखेको जस्तै सकल बुद्धहरूका अधिपति भएको काय धारण गरी पाल्नु भएका हुनुहुन्छ । सकल बुद्धहरूका चित्त एउटै भई संयुक्त भैरहेको महायोग गरी सकल बुद्धहरूका वचन एउटै समुच्चयगगरी पाल्नु भएको एक शासक हुनुहुन्छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले दुईटा आवरणहरूलाई वासना समेत हटाई अभिसम्बुद्ध भई पाल्नुभएको हुनाले सकल बुद्धहरूका भैरहेको तेज एउटैमा समुच्चय संग्रह भएको जस्तै लक्षण व्यञ्जन अलंकृत भएको रूपकाय भई सकल बुद्धका अधिपति भएको रूपकाय धारण गरी पाल्नु भएको हुनुहुन्छ । त्यस अवस्थामा भट्टारक मञ्जुघोषको चित्त सकलबुद्धका चित्त एउटैमा संयुक्त भैरहेको प्रज्ञोपाय फरक नभएको महायोग गरी पाल्नु भएको हो । त्यसै अवस्थामा भट्टारक मञ्जुघोषको वाक सकल बुद्धका वचनका स्वरहरु पनि एउटैमा समग्र भएको हुनाले आकाशव्यापी सकल प्राणीहरूका दुःखकष्ट शेष बाकी नराखि सकाउन निर्देश गर्नुभएका एक शासन हुनुहन्छ । त्यसमाथी व्यक्ति प्राणीहरूका शरीर वचन तथा मन तीनओटा जस्तै अनेक अनेक स्वभाव नभईकन काय वाक चित्त तीनैओटा एउटै स्वभाव गरी पाल्नु भएको हुनाले “एक शासन” भनि प्रख्यात गरिराखिएको हो ।।३०।।
मूलम्-
।।१०७।। बज्ररत्नाभिषेक श्री: सर्वरत्नाधिपेश्वर: ।।
सर्वलोकेश्वरपति: सर्ववज्रधराधिप: ।।प्रत्य,३१।।
अर्थः-
(१०७) सकल वज्ररत्नाभिषेक प्राप्त भएको द्वारा श्रीशोभाले युक्त भई सर्वरत्नका अधिपति लोकेश्वर हुनुभएको हो । त्यसमाथि यी लोकेश्वर सबैका अधिपति हुनुभएका उहाँ भट्टारक मञ्जुघोषलाई वज्रधर भनि भनिराखिएको हो ।
भावार्थः-
भट्टारक मञ्जुघोष जिन पञ्चकुलको अधिपति भएको;
(१) वज्रभिषेक प्राप्त भएको अक्षोभ्यको मुकुट पहिरी श्रीशोभाले युक्त भई प्राणीहरुको क्लेश सवै शोधन गरी पाल्नुभएका वज्रकुलका अधिपति हुनुहुन्छ ।
(२) रत्नाभिषेक प्राप्त भएको रत्नसंभवको मुकुट पहिरी श्रीशोभाले युक्त भई प्राणीहरुका अभिमान तथा मात्सर्य शोधन गरी पाल्नुभएका रत्नुकुलका अधिपति हुनुहुन्छ ।
(३) चक्राभिषेक प्राप्त भएको वैरोचनको मुकुट पहिरी श्रीशोभाले युक्त भई प्राणीहरूका मोहमूढ खोली सकाइ पाल्नुभएका तथागत चक्रकुलका अधिपति हुनुहुन्छ ।
(४) पद्माभिषेक प्राप्त भएको अमिताभको मुकुट पहिरी श्रीशोभाले युक्त भई प्राणीहरूका रागादि क्लेशका मैल सकाई पाल्नु भएका पद्मकूलका अधिपति हुनुहुन्छ ।
(५) कर्माभिषेक प्राप्त भएको अमोघसिद्धिको मुकुट पहिरी श्रीशोभाले युक्त भई प्राणीहरुको ईर्ष्याको मैल शोधन गरी सकाइ पाल्नु भएका कर्मकूलका अधिपति हुनुहन्छ ।
अतएव भट्टारक मञ्जुघोषलाई वज्ररत्नको अभिषेकको श्रीशोभाले युक्त भई, सकल रत्नका अधिपति हुनुभएका ईश्वरहरु सबैका पनि ईश्वर लोकेश्वर भई, सबै ईश्वरका अधिपति भई पाल्नुभएका भनि प्रख्यात गरिराखिएको हो । यी पञ्चकूलहरु समग्र एउटैमा बटुलेकाहरु सकलका स्वामी महावज्रधर भइ पाल्नु भएका हुनुहुन्छ । अतएव भट्टारक मञ्जुघोष भनेको पनि वज्रधरको स्वरूपबाटै पाल्नुभएको हुनाले कूलाधिपति भनि प्रख्यात गरिराखिएको हो ।।३१।।
मूलम्-
।।१०८।। सर्वबुद्धमहाचित्त: सर्वबुद्धमनोगति: ।।
सर्वबुद्धमहाकाय: सर्वबुद्धसरस्वती: ।।प्रत्य,३२।।
अर्थः-
(१०८) सकल बुद्धका महतिठूलो चित्त भई सकल बुद्धका चित्तमा बस्नु भएका हुनुहुन्छ । फेरि सकल बुद्धका महतिठूलो काय(शरीर) भई सकल बुद्धका वचन पनि महतिठूलो भयो ।
भावार्थः-
भट्टारक मञ्जुघोष सकल बुद्धहरुका काय-वाक्-चित्त शेष बाँकी नराखि समष्ठी समग्र भएको आत्मा नै भई पाल्नुभएका हुनुहुन्छ । सकल बुद्धका चित्त महतिठूलो निर्विकल्पको ज्ञान काय भई आएका भट्टारक मञ्जुघोष नै हुनुहुन्छ ।
निश्चितार्थः- भट्टारक मञ्जुघोषको चित्त महासुखको ज्ञान सकल बुद्धहरुका चित्तमा नै रहेको हो । त्यसै गरी भट्टारक मञ्जुघोषको काय पनि सकल बुद्धहरुका महाउत्तमको लक्षण ब्यञ्जनले ढाकेको रूपकाय भई स्थित हुनुभएको काय नै हो । भट्टारक मञ्जुघोषको वाक् पनि सकल बुद्धहरुका वाक एउटैमा समग्रमा बटुलिएको आत्मा भई स्थित (रहेको) वाक् हो । यो आचरण व्यक्तिहरूले पनि राखिराखेको चित्तमा निश्चय गर्ने दुईटा आवरणहरू छन्, जसको अर्थ अनुसार काय तथा वाक् दुइटै मिलाउ भनेर भनिराखिएको हो ।
“सर्वबुद्ध महाकायः सर्वबुद्ध कायगतिः ।
सर्वबुद्ध महावाकः सर्वबुद्ध सरस्वती ।।“
भनेर कुनै एकजना पण्डितले मिलाएर भनि राखेको पनि छ, भन्ने आज्ञा समेत भएको छ । यसप्रकार पहिले आचरण नै निश्चय गरी भट्टारक मञ्जुघोषको असाधारण गुण महतिठूलो देखाई पाल्नुभएको हो । उहाँ भट्टारक मञ्जुघोष भनेका सकल बुद्धहरूका प्रज्ञा एउटै समग्रमा बटुलेको स्वरूप भएकोले भट्टारक मञ्जुश्रीलाई प्रार्थना गरिए भने चित्तको प्रसाद भई प्रज्ञा वृद्धि भईआउने छ, भनि मञ्जुनाथले लगातार (छसिंनिंसेँ) निर्देशन सुनाई पाल्नुभएको हो ।।३२।।
मूलम्-
।।१०९।। वज्रसूर्य्य महालोको वज्रेन्दु विमलप्रभ: ।।
विरागादि महारागो विश्ववर्णोज्ज्वलप्रभ: ।।प्रत्य,३३।।
अर्थः-
(१०९) महातेज प्रकाश गरी पाल्नु भएका (वज्रसूर्य) तथा निर्मल शान्त तेज भएका (वज्रचन्द्र) समान हुनुभएका । रागादि छुटाउनको लागि महारग गरी अनेक अनेक रश्मिको तेज निकाली (चतुर्कर्म चलाई) पाल्नु भएका ।
भावार्थः-
भट्टारक मञ्जुघोष भनेका चतुर्कर्मका अधिपति भई आउनु भएका हुनुहुन्छ । उहाँलाई अगाडी सरी (न्ह्य म्हस्यें) जे सुकै प्रार्थना गरे तापनि त्यस प्रार्थना गरेका लाई हित तथा सुख हुने महातेज प्रकाश गर्नुभएका हुनाले “वज्रसूर्य्य” समान हुनुभयो । फेरि जसले पनि जेजस्तो (न्ह्यागु) प्रार्थना गरे तापनि जो प्रार्थक हो उसको इच्छा पूर्ण गर्नको लागि कर्म क्लेश आदि द्वेष तथा मैल सबै सकाई यो मैल रहित गरी निर्मल शान्त गरी पाल्नु भएको हुनाले “वज्रसूर्य” समान हुनुभयो । त्यसमाथि जगत प्राणिका विचार तथा धातु हेरि,
(१) नीच(तल्लो स्तरको) अभिलाषा गरिराखेका लोकजन लाई वैराग्य हुने कर्म देखाई पाल्नुभएका ।
(२) ठूला अभिलाषा गरिराखेका लोकजनहरू लाई मार्गभूमिमा जाने धर्म बताई पाल्नु भएका ।
(३) कामगुणमा रागले लिप्त भै राखेका लोकजनहरू लाई अनुत्तर (वज्र)यानको (मार्ग- चर्य्या चलाउने) सद्धर्म निर्देश बताई आफ्नो अधिनमा राखि पाक गरी मुक्त गरी पठाई पाल्नु भएका ।
(४) फेरि दुष्ट प्रचण्ड (विषधारी भैराखेका) लोकजन लाई प्रचण्ड कर्म चलाई दमन गरी पाल्नु भएका ।
यो प्राणिहरुका कारणले चतुर्कर्म चलाउनको लागि (शरीरमा) श्वेत, पीत, रक्त, निलादि अनेक अनेक वर्णका तेजिला रश्मिहरू प्रकाश गरी पाल्नु भएका । उहाँले वज्रसूर्य्यादि छओटा संयोग दिन-रात योगभावना गरी मार्ग (फल सहित) चिन्हाउन धर्म उपदेश बताई पाल्नु भएका भयो ।३३।।
मूलम्-
।।११०।। सम्बुद्धवज्रपर्य्यङ्को बुद्धसंगीतिधर्मधृक् ।।
बुद्धपद्मोद्भव:श्रीमान् सर्वज्ञ ज्ञानकोशधृक् ।।प्रत्य,३४।।
अर्थः-
(११०) बोधिवृक्षको छहारीमा वज्रासनमा संबुद्ध हुनुभएका । बुद्धहरूका सङ्गीति धर्म व्याख्यान संग्रह गर्नुभएका । श्रीमान् बुद्धहरूका (जिह्वाको) पद्मबाट उत्पन्न भएको धर्म सबै सुनी सर्वज्ञ ज्ञानको भण्डार धारण गरी पाल्नु भएका ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषले जगत प्राणीका धातु अवलोकन गरी काय विपरिनत शरीर परिवर्तन गर्दै गरी नाना प्रकारले चरित्र देखाई पाल्नुभएका,-
(१) पहिले देखि नै बुद्ध हुनुभएको भएता पनि फेरि बुद्ध चरित्र देखाउन नव-बुद्ध हुने तरीकाले (बोधिसत्त्व) बोधिवृक्षको तल वज्रासन गरी मार दमन गरी अभिसम्बुद्ध भई देखाउनुभयो ।
(२) फेरि, बोधिसत्त्वहरूका तरीकाबाट बुद्धहरूका धर्मसङ्गीति व्याख्यान गरी श्रीमान् बुद्धहरूका जिह्वाको पद्मबाट उत्पन्न भएको धर्म सबै ग्रहण गरी यस सर्वज्ञ ज्ञान चाँडै प्राप्त गर्ने शिक्षाको भण्डार धारण गर्ने (विधि) बताउनु भयो ।
यी दुईटा आचरणहरू बुद्धले जगतमा धर्मधारण गर्नुभएको भनिएको एउटा, र बुद्धहरूले बताएका धर्मधारण गर्ने भनेको यो अर्को गरी दुईटा प्रकाश गरी देखाइ राखेको हो । यो, बुझेपछि सुख हुने हो । फेरि चार आचरण भनेको यी चारओटा वज्रहरूमा समेत मिलाइ राखेको हो । “संबुद्ध वज्रपर्यङ्को” भनेको वज्रासनमा पाल्नुभएका सम्बुद्धको कायवज्र हो, तथा “बुद्धसङ्गीति धर्मधृक” भनेको बुद्धले बताउनु भएको धर्म धारण गर्छु भन्ने वाक्वज्र हो । “बुद्धपद्मोद्भव श्रीमान्” भनेको श्रीमान् बुद्धहरूका (जिह्वाको) पद्मबाट उत्पन्न भएको धर्म हो । “सर्वज्ञ ज्ञानकोष धृक्” भनेको सर्वज्ञ ज्ञानको भण्डार धारण गरी चित्तलाई वज्रमा (चित्त वज्रस?) मिलाइ बताउनु भएको हो ।।३४।।
मूलम्-
।।१११।। विश्वमायाधरो राजा बुद्धविद्याधरो महान् ।।
वज्रतीक्ष्णो महाखड्गो विशुद्ध: परमाक्षर: ।।प्रत्य,३५।।
अर्थः-
(१११) विश्व(अनेक अनेक प्रकारका) मायाबाट (चटक सदृश अवतारहरू लिई) धरोराजा (धारण गरी राखेका राजाले) यो बुद्धसकलका मन्त्रविद्या धारण गरी आएका हुनुहुन्छ । वज्रतीक्ष्ण (वज्र समानको कडा? शरीर भई) महाखड्गो (दायाँ हातले महाखड्ग लिई) विशुद्ध परमाक्षर (बायाँ हातले आदि देखिनै विशुद्ध भएको प्रज्ञापारमिताको पुस्तक) धारण गरी पाल्नु भएका ।
भावार्थः-
(ख) भट्टारक मञ्जुघोष जगतप्राणीलाई दमनगर्ने सारथीहरू मध्ये उत्तम राजा भई, अवतार लिई देखाई, विश्वलाई मायाचटक जस्तै अनेक-अनेक प्रकारले धारण गरी देखाई पाल्नुभएका हुनुहुन्छ । त्यसमाथी सकल बुद्धधर्म मध्ये महाश्रेष्ठोत्तमको महतिठूलो राजाभई आएका भट्टारक मञ्जुघोषले मन्त्र-विद्या धारण गरी राजाभई पाल्नुभएको हो । उहाँ भट्टारक मञ्जुघोषले (जगत प्राणीका कारणबाट) वज्रजस्तै कठोर शरीर बनाइ आफ्नो दायाँ हातले महाखड्ग उठाई बायाँ हातले प्रज्ञापामिताको बीऊ बीजाक्षर) ‘अ’ अक्षरमा मिलेको धर्मजति सबै, इच्छा (कामना) गर्नु नपर्ने गरी, विशुद्ध भैरहेको धर्म उपदेश दिन प्रज्ञापारमिताको पुस्तक धारण गरी पाल्नुभएका हुनुहुन्छ । यो दुइ हातमा जोडा(जोसा?) मिलाइ धारण गरी आउनुभएको भनेको दायाँ हातको खड्गले जगत प्राणीहरूका दुःख सबै छेदन गरी (सकाई) बायाँहातको पुस्तकले महायानका सार सबै उपदेश दिई पाल्नुभएको हो; अर्थात् दायाँमा खड्ग मिलेजूगु तथा बायाँले वज्रधर्मको कोष (भण्डार) पुस्तक धारण गरी पाल्नुभएको हो । फेरि “विश्वमायाधरो राजा” भनेको काय (शरीर) विश्व निर्माण काय, “बुद्धविद्याधरो महान्” भनेको वाक् को मन्त्र-वायु फरक नभएको संभोगकाय तथा “वज्रतीक्ष्ण महाखड्गो” भनेको चित्तज्ञान धर्मकाय मिलाएर देखाइ राखेको हो ।।३५।।
मूलम्-
।।११२।। दु:खच्छेद महायानो वज्रधर्म महायुध: ।।
जिनजिग् वज्रगाम्भीर्यो बज्रबुद्धि: यथार्थवित् ।।प्रत्य,३६।।
अर्थः-
(११२) जसको वज्रबुद्धिले सबै अर्थहरु यथार्थगरी थाहापाई, महायानको वज्रधर्म बताई, शत्रुहरूसंग लडि, दुःखको ढाड(ती?) भाँची सकल जिनपुत्रहरू मध्ये श्रेष्ठ भई पाल्नुभएको हुनाले “जिनगिग्” भनि भनिराखिएको हो ।
भावार्थः-
(ग) यो तन्त्रगाथा सबैको अर्थ अनुसार भट्टारक मञ्जुघोषलाई महाबज्र अस्त्र धारण गरी पाल्नुभएका वज्राचार्य भनि स्तोत्र गरिराखिएको हो । फेरि जसको वज्रबुद्धि दुईटा आवरणको बादल रहित भएर उदीयमान सूर्य जस्तै विशुद्ध प्रभास्वर प्रकाश भैआएकोले यावत सकल (धर्मका) अर्थ यथार्थमा हेरि जानी पाल्नुभएका हुनाले उहाँको चित्तमा प्रज्ञा पुस्तक धारण गरी पाल्नुभएको हो । फेरि, जो भवको बन्धनमा परि अविद्या-अन्धकारले ढाकिई दुःखले दग्ध भइरहेका जगतका प्राणीहरूलाई आफ्नो एक्लो छोरा समान कृपा राखी षष्टिस्वराङ्ग युक्त भएको वचनबाट गम्भीरको महायानको वज्र धर्म बताई महामेघ समानको शब्द निकाली गर्जेर क्लेशरूपी निद्राबाट बिउँझिई कर्मरूपी फलामे सिक्री तोडी अविद्या अन्धकारलाई सकाई यावत दुःख सबैलाई फेँदबाटै काट्न (“ती” त्वाल्हायत) खड्ग लिई आदि देखि नै शुद्ध भैराखेको दश(मार्ग)भूमिहरूमा पारङ्गत भएर गुणहरू सबैले परिपूर्ण भई पाल्नुभएका हुनुहुन्छ । फेरि जिनपुत्र सकल मध्ये श्रेष्ठको शरीर भई एकशये बाह्रओटा अलंकार गहना लगाई मेरो मनको अन्धकार सकाईदिई पाल्नुभएका महामञ्जुघोषलाई नमस्कार तथा स्तोत्र गरेँ, भनि प्रख्यात गरिराखिएको हो ।
(घ) “जिनजिक” भनेको विजय राजा भई पाल्नुभएको । यस प्रकारले गम्भीर अर्थको अवबोध गरी, मनले वज्रबुद्धि द्वारा प्रत्यवेक्षणागरी, प्रज्ञाले यावत अर्थ सबै जस्तो हो त्यसैगरी विद्याले जानी पाल्नुभएको हुनुहुन्छ ।।३६।।
मूलम्-
।।११३।। सर्वपारमितापूरी सर्वभूमि विभूषण: ।।
विशुद्ध धर्मनैरात्म्य सम्यक् ज्ञानेन्दुहृत्प्रभ: ।।प्रत्य,३७।।
अर्थः-
(११२) गम्भीरको सवै पारमिताहरू परिपूर्ण गरी, “सर्वभूमि” (अर्थात्, दशभूमि इत्यादि सबै)का गुणालंकारले युक्त भैराखेको, विशुद्ध (सर्वधर्मको स्वभाव), धर्मनैरात्म्य (संम्यकरूपमा यथार्थमा आत्मा भनेको छैन), “ज्ञानेन्दुहृत्प्रभ” हृदयज्ञान फक्रेको-फुलेको ।
भावार्थः-
यस अनुसार गम्भीरको अर्थ अवबोध भएको,
(१) वज्रबुद्धि प्रतिवेक्षणा प्रज्ञाद्वारा यावत अर्थ सवै जस्तो हो त्यस्तै गरी विद्या जानी संयुक्त भएर भावना गरेको हुनाले ‘संभारमार्ग’ भयो ।
(२) फेरि अधम-मध्यम-उत्तम तीनैओटा मिलेको ‘प्रयोगमार्ग’ भयो ।
(३) मुख्य तातेको उष्ण(गरम) सहनगर्ने उत्तमधर्म चारओटा इत्यादिलाई क्रममा मिलाइ दशभूमिहरू तकका पारमिताहरू सबै परिपूर्ण गरी, यो दशभूमिहरू सवैको गुणालंकारले युक्त भएको बोधिचित्तरत्न तथा सर्वधर्मस्वभावले विशुद्ध भैराखेको धर्मनैरात्म्य सम्यक्ज्ञानेन्दुहृत्प्रभ भनेको जस्तै खोलिआएको हुनाले ‘दर्शनमार्ग’ पूर्णभएको यस सफल पर्य्यन्त साक्षात्कार भएको हो ।
(४) यो पनि भट्टारक मञ्जुघोषको काय भावना गर्ने ‘भावना मार्ग’, तथा
(५) वाक् को तरीकाबाट भुक्तमान चर्य्या ग्रहण गरेकोले मार्गभूमि क्रमानुसार राखि सर्वाकारज्ञको ज्ञान प्राप्त भएको ‘अशैक्षमार्ग’ भयो भनि प्रख्यात गरिराखिएको हो ।।३७।।
मूलम्-
।।११४।। मायाजाल महाद्योग: सर्वतन्त्राधिप: पर: ।।
अशेष वज्रपर्यङ्को नि:शेषज्ञानकाय धृक् ।।प्रत्य,३८।।
अर्थः-
(११४) मायाजालको मार्गमा महाउद्योग गरी, सकल तन्त्रको परम् श्रेष्ठ अधिपति भैरहेको (यसलाई), वज्रासन गरी, वज्रज्ञान पर्य्यन्त (भावना गरियो भने) ज्ञानकायादि शेष बाकी नराखि पूर्ण हुने हुन्छ ।
भावार्थः-
जिनपुत्रहरुको हृदयबलबाट संयुक्त भइरहेको यो मायाजालतन्त्र हो । अतएव, भट्टारक मञ्जुघोषको परमार्थ नामसङ्गीतिको अर्थ जानी, प्रज्ञा र उपाय संयुक्त भएको मार्गमा महाउद्योग गरी भावना गरेमा, यस कलिकालको समयमा अल्पायु (भएको बेलामा) यही यसै जन्ममा नै वज्रकाय प्राप्त हुने हुन्छ । फेरि, सकलतन्त्रको अधिपति भैरहेको यस परम श्रेष्ठ भई आउनुभएका वज्रधरको महामन्त्र लाई हेतु-लक्षण संयुक्त भैरहेको यस तन्त्रको अर्थ फरक नपारिकन वज्रज्ञान पर्य्यन्त उत्पत्ति हुने आसनमा वा स्थानमा बसी यो तन्त्रको शेष बाकी नराखि अर्थले युक्त भएर, यस तन्त्रको आज्ञा गरिएको अनुसार उपाय गरी मार्गभावना गरे भने ज्ञानकायादि शेष बाँकी नराखि सबै परिपूर्ण हुने गरी प्राप्त हुने हुन्छ । (तापनि?) भट्टारक मञ्जुघोषले, यस्तो मायाजालतन्त्रको अधिपति श्रेष्ठ भैराखेको अद्वयज्ञानवज्र भएर आउने ठाउँमा सकल बुद्धहरूका ज्ञान समग्रमा बटुलिएको काय हो, भनि मिलाएर बताइ राखेको छ ।।३८।।
मूलम्-
।।११५।। समन्तभद्र: सुमति: क्षितिगर्भो जगद्धृति: ।।
सर्वबुद्ध महागर्भो विश्वनिर्माण चक्रधृक्: ।।प्रत्य,३९।।
अर्थः-
(११५) भट्टारक मञ्जुघोषले जिनपुत्र हरुको तरीकावाट समन्तभद्र सुमति र क्षितिगर्भादि भएर देखाउनु भयो । फेरि, सकल बुद्धहरूका हृदयमा जगत प्राणीहरुलाई राख्नका लागि “विश्वनिर्माण चक्र” धारण गरी देखाई पाल्नुभयो ।
भावार्थः-
भट्टारक मञ्जुघोषले जिनपुत्र बोधिसत्त्वका नियम धारण गरी, क्षेत्रधातुहरू सबैतीर अवतार लिई समन्तभद्र सुमति, अक्षयमति, क्षितिगर्भ, आकाशगर्भादि अष्टबोधिसत्त्व समान तथा अन्य बोधिसत्त्वहरु सकलको वर्ण पनि भई देखाई पाल्नुभयो । फेरि सकल बुद्धहरूका हृदयमा प्रज्ञा-उपाय फरक नभएको मार्गद्वारा जगतप्राणीलाई मोक्षको ठाउँमा राख्नको लागि विश्वनिर्माणचक्र धारण गरी देखाई पाल्नुभयो ।। ३९।।
मूलम्-
।।११६।। सर्वभावस्वभावाग्र्य: सर्वभावस्वभाव धृक् ।।
अनुत्पादधर्मा विश्वार्थ: सर्वधर्मस्वभाव धृक् ।।प्रत्य,४०।।
अर्थः-
(११६) भावहरू सकलका श्रेष्ठोत्तम स्वभाव नै स्वभावशून्य हो । त्यहि भावसकलको स्वभाव धारण गरी यो अनुत्पत्ति भएको सर्वधर्म द्वारा अनेक अनेक अर्थ (विवरण?) गरी धर्महरु सबैको स्वभाव नै धारण गरी पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
अध्यात्म-बाह्यको सबै भावहरू मध्येको स्वभाव नै श्रेष्ठोत्तम स्वभावको अन्त्य नभएको शून्यता हो । यस्तो स्वभाव नै नभएको भावहरु सवैका स्वभाव धारणगरी, यो सर्वधर्म अनादि देखि नै अनुत्पन्न भैराखेको यो सर्वधर्मको रूल पनि अनुत्पन्न स्वभाव नै हो । यसैले अनेक-अनेक अर्थ विवरण (उत्पन्न)भै आएको लाई अनेक विवरण प्रकाश भैआइरहेको नै स्वभाव नभएको शून्यताको अधिपति भएको हुनाले धर्म समग्रको प्रकाश – शून्य संयुक्त भैराखेको हो । यो स्वभाव विशुद्धि भैराखेको शिक्षा अनुसार उपाय कौशल्य दृढ गरी स्थिति (स्वभाव) साक्षात् दर्शन भैराखेको लाई अकस्मात् (उत्पन्न?)भैआएको आवरणको मैलबाट विशुद्ध गरी शुद्ध भएको यस दुवै नै संयुक्त भैराखेको स्वभाव काय नै धारण गरी पाल्नुभएका हुनुभएकोले भट्टारक मञ्जुघोषलाई स्वभावकाय द्वारा स्तोत्र गरिराखिएको छ ।।४०।।
मूलम्-
।।११७।। एकक्षणमहाप्रज्ञा: सर्वधर्माववोध धृक् ।।
सर्वधर्माभिसमयो भूतान्त मुनि:अग्रधी: ।।प्रत्य,४१।।
अर्थः-
(११७) एउटै क्षणमा नै महाप्रज्ञा द्वारा सकल धर्मका मुहान नै अवबोध गरी पाल्नुभएको हो । सर्व धर्म कसैको पनि आवरणले नछोईकनै साक्षात्कार भई अवबोध गरी मुनिको उत्तम बुद्धि पर्य्यन्त जानी आउनु भएको हुनुहुन्छ ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषको चित्तले महाप्रज्ञाद्वारा सर्वाकारज्ञतालाई सकल धर्मलाई मुहान देखि नै एकै क्षणमा अवबोध गर्नुभएको हो । जान्नु-सिक्नुपर्ने सवै धर्मलाई केहि आवरणले नछेकाइ साक्षात्कार गरी अवबोध गरी पाल्नुभएको हो । अतएव भट्टारक मञ्जुघोषले प्रज्ञप्ति (ज्ञेयस्थान थाहा पाउने) पर्य्यन्त सिक्नलाई आवरण केहि बाट नछोपिभई सिकि अरूहरूले जित्न नसक्ने अथवा थाहा पाउन नसक्ने सर्वज्ञ उत्तम बुद्धि सिकी पाल्नुभएका हुनुहुन्छ ।।४१।।
मूलम्-
।।११८।। स्तिमित: सुप्रसन्नात्मा सम्यक्संबुद्धबोधि धृक् ।।
प्रत्यक्ष: सर्बबुद्धनां ज्ञानार्चि: सुप्रभास्वर: ।।प्रत्य,४२।।
अर्थः-
(११८) कहिले पनि चञ्चल नहुने सुप्रसन्नको आत्मा भई अनुत्तर सम्बोधि धारण गरी आउनु भएका । जसरी सकल बुद्धहरूले साक्षात्कारगरी देखी सिकी पाल्नुभएको हो, त्यसरी नै भट्टारक मञ्जुघोषले प्रज्ञप्ति द्वारा खोलिने? गरी हेरी जानीसिकी आउनुभएको हो ।
भावार्थः-
(ख) त्यसमाथी भट्टारक मञ्जुघोषको चित्त धर्मधातुमा समाहित भई कहिले पनि चञ्चल नभएको अनुसार ज्ञेयको स्थान सबै खुलाई देखी सुप्रसन्न भएको आत्माद्वारा अनुत्तर सम्यकरूपमा सम्बोधि प्राप्तगरी अभिसम्बुद्ध भई पाल्नुभएका हुनुहुन्छ । जसरी बुद्धहरू सकल साक्षात्कार गरी देखी सिकी पाल्नुभएका हुनुहुन्छ, त्यसरी नै भट्टारक मञ्जुघोषको चित्तले पनि सर्वाकारज्ञको ज्ञानार्चि भनिएको सुप्रभास्वर द्वारा सकल ज्ञेय (प्रज्ञप्ति) हेरि सिकी पाल्नुभएको हो । यसैले भट्टारक मञ्जुघोषलाई ‘यथार्थ जानेका सर्वज्ञ’ तथा ‘यावत सबै जानेका सर्वज्ञ’ भनि दुई प्रकारका सर्वज्ञद्वारा प्रख्यात गरिराखिएको हो ।।४२।।
इति प्रत्यवेक्षणा ज्ञानगाथा द्वाचत्वारिंशतः
आर्य्य मञ्जुश्री नामसङ्गीति अष्टम परिवर्तः ।
नवम परिवर्त
।।समताज्ञान गाथा ।।
मूलम्-
।।११९ इष्टार्थ साधक: परः सर्वापाय विशोधक: ।।
सर्वसत्वोत्तमोनाथ: सर्वसत्त्व प्रमोचक: ।।समता,१।।
अर्थः-
(११९) प्राणीहरूका ईच्छा अनुसारले उत्तम अर्थ साधन गरी पाल्नु भएका । तीनओटा दुर्गतिमा बसेका प्राणीहरूलाई दुर्गति शोधन गरी तारी पाल्नुभएका, उहाँ सकल प्राणीका नाथ हुनुहुन्छ, भनि भनिराखिएको छ ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोष, आकाशव्यापी सकल प्राणीहरूलाई बोध गराउने कारण(बाट) जो जसलाई जुन किसिमले आस्श्यक हुन्छ त्यसरी नै अवतार लिई धर्म उपदेश दिई आफ्ना इच्छा अनुसार उत्तम अर्थ सिद्धि साधन गरी सर्वचरित्र देखाउनेहरू मध्ये, उत्तम हुनुहुन्छ । फेरि प्राणीहरुका ईच्छा अनुसार उत्तम अर्थ सिद्धि साधन गरी सकल प्राणीहरुका सुखपाउने इच्छा गरेको हो वा दुःख त्याग्ने इच्छा मात्र भैरहेको हो भनि थाहा पाई आउनु भएका उहाँ भट्टारक मञ्जुघोषले प्राणीहरूको दुःख शान्तगरी आआफ्नो भाग्यका अनुसार सुख प्राप्ति गरी दिनुभयो । फेरि दुर्गतिहरु तीनैओटामा खसीराखेका प्राणीहरूलाई आआफ्नो भाग्य समानको अवतार लिई देखाई श्रद्धाको भूमिमा राखि दुर्गतिका दुःख सकल विशोधन गरी कुशलको बीज छरी क्रमानुसार सुगतिमा राखि सकल प्राणीहरूलाई पवित्र (पाक?)गरी तारी पाल्नुभएका हुनाले भट्टारक मञ्जुघोषलाई प्राणी सबैको शरण नाथ हो भनि प्रख्यात गरिराखिएको छ ।।१।।
मूलम्-
।।१२०।। क्लेशसंग्राम शूरैक अज्ञानरिपु दर्पहा ।।
धी: श्रीङ्गार धर: श्रीमान् वीरबीभत्सरुप धृक् ।।समता,२।।
अर्थः-
(१२०) क्लेश संग संग्राम गरेको (अवस्थामा तथा सकल क्लेशहरू मध्ये) एकजना शूरवीर भई अज्ञानलाई समाती राखेको शत्रुलाई उसको घमण्ड सबै सकाई पाल्नुभएका । (फेरि प्राणीहरू लाई दिव्य स्वरूपबाट) श्रृङ्गार गरी श्रीशोभले युक्त भई देखाई पाल्नु भएका । फेरि वीर भयंकर स्वरूप धारण गरी देखाई पाल्नु भएका हुनुहुन्छ ।
भावार्थः-
(ख) यस अनुसार अधम-मध्यम-उत्तम पुरुषका चर्या आदिको शिक्षागरी विशेष महतिठूलो गम्भीर माध्यमिक दर्शन(मा?) बसी यी सकल क्लेशहरुका मूल मैले नै समाति राखेको हो, भनि जानी यी क्लेशसंग सङ्ग्राम गर्ने वखतमा क्लेश सकलका बीचमा एकजना शूरवीर भई, यो संसारमा दुःख सकलको मूलजरा भैराखेको अज्ञान (अविद्या) लाई जानी, अनादि काल देखि नै प्राणीहरूलाई संसारको दुःख भवसंयोग गरिराखेका शत्रु ‘म’लाई मैले नै समातिराखेको हो भनि चिन्हाइ दिई, यो अनात्मालाई बाध गर्ने प्रज्ञा भएकोले यस सर्वधर्मका स्वभाव शून्यता देखाई म’मेरो’ भनि समातिराखेको शत्रुलाई म’मेरो’ भन्ने छोडाई घमण्ड सबै सकाई पाल्नुभयो । फेरि उहाँले आकाशव्यापी सकल प्राणीहरुका कारणबाट दिव्यस्वरूप मनोमय भई हेर्दैमा हेर्न नपुग्ने गरी शान्त स्वरूप प्रेम पूर्वक(जूइक) श्रृंगारबाट(छायपाः) देखाई पाल्नुभएका । त्यसमाथी शान्तदमन गर्न गाह्रो भैराखेका लाई दमन गर्ने कारणले भयानक क्रोध स्वरूप भई देखाई पाल्नु भएका हुनहुन्छ ।।२।।
मूलम्-
।।१२१।। बाहुदण्ड शताक्षेप पदनिक्षेप नर्त्तन: ।।
श्री मच्छतभुजाभोग गगनाभोग नर्त्तन ।।समता,३।।
अर्थः-
(१२१) शये प्रकारले हात चलाई, आलीढादि पदका नाच नाच्नु भएका । श्रीशोभायमान युक्तको शयेओटा हातहरू चलाई आकाशमा भरी व्यापक हुनेगरी नाच नाच्नु भएका ।।
भावार्थः-
(ग) फेरि एउटा अनुहार दुइटा हात भएको विग्रह देखि शयेओटा अनुहार भएको समेत पनि भई, यतिउति भन्ने नै नभएको (संख्यामा) धेरै अनुहारहरु धेरै हातहरू भएको भएर देखाउनु भएका हुनुहुन्छ । त्यसमाथी भयंकर स्वरूपको भई, शयेओटा हातहरू भई, हरेकमा अनेक अनेक प्रकारका शस्त्रअस्त्र धारण गरी चलाई देखाई पाल्नु भएका । फेरि भवको शिखर देखि अविची सम्म सबै त्रिधातु समग्र निल्ने जस्तो गरी मुख बाएर देखाई पाल्नु भएका । फेरि मारको वंश भैराखेका भूत इत्यादि समग्रलाई चूर्ण गर्नका लागि खुट्टा चलाई पद लिई नाची देखाई पाल्नुभएका । यी शयेओटा हात (को प्रतीक) द्वारा आकाश पर्य्यन्त हातहरुले भरीआकाश व्यापकगरी चलाई नाची देखाई पाल्नुभएका ।।३।।
मूलम्-
।।१२२।। एकपादतलाक्रान्त महीमण्डतले स्थित: ।।
ब्रह्माण्ड शिखराक्रान्त पादांगुष्ठनखे स्थित: ।।समता,४।।
अर्थः-
(१२२) यस पृथ्वी मण्डल चतुरादि द्वीपलाई एउटा खुट्टाले टेकीराख्नु भएका । फेरि एउटा खुट्टाको बूढीऔंलाको (म्हालापचिंयागु) नङले यो ब्रह्माण्डको शिखर देखि नै कुल्ची दबाई राखि पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
(घ) यस लोकमा पृथ्वीमण्डलका चारैओटा द्वीपहरू समग्रलाई एउटै पाइतलाले टेकी देखाई पाल्नुभएका । फेरि, यस अक्षयप(पा?)द भनेको खुट्टाको बुढीऔंला(म्हालापचिं?)को नङमा पृथ्वीधातुमा त्रिसहस्र महासहस्र लोकधातुहरु व्यापकगरी देखाउनु भएका हुनुहुन्छ । फेरि यस ब्रह्माण्डमा साहाभूको अधिपति भैराखेका महाब्रह्माको कुटागारको कुनाहरू(सवै छोप्नेगरी) नै कुल्ची दबाई तथा त्रिभवमा मानिएका महाघमण्ड गरिरहेका सबैलाई वशमा राखी दमनगरी पाल्नु भएका हुनुहुन्छ । यो सबै नै मूर्तिप्रतिमाको प्रतिनिधि नमूनामात्र हो; यस कायशरीरको हरेक एक-एक ओटा रौं मा त्रिभवका थल-रस सबै एकैठाउँमा बाँधिराख्ने शक्ति भएका हुनुभएका हुनुहुन्छ । त्यसमाथि अक्षय (यतिउति भन्ने नभएको) रेणुहरू प्रत्येकको भित्र पनि आकाशव्यापी थल-रस सबै देखाइ तथा शरीरको हरेक रौंप्वालमा आकाशव्यापक लोकहरु सबै देखाउने इत्यादि कायको विवरण भई यतिउति भन्न नसकिने गरी देखाउनु भएका हुनुहुन्छ ।।४।।
मूलम्-
।।१२३।। एकार्थोऽद्वयधर्मार्थ: परमार्थोऽविनश्वर: ।।
नानाविज्ञप्ति रुपार्थ: चित्तविज्ञान सन्तति: ।।समता,५।।
अर्थः-
(१२३) एउटै स्वभावको दुईटा अर्थ नभैराखेको परमार्थ सत्य भएकोले अरूहरूले भय दिन नसक्ने हुन्छ । फेरि अनेक अनेक रूप वर्ण जानीराखेको (भनेको) अर्थ (कारण) चित्त तथा विज्ञानको सन्तति (स्वभावको) भयो ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषको चित्त धर्मता शुद्ध भएको दुईटा(आवरण?)बाट युक्त भैराखेको धर्मकाय हो? । यो धर्म इत्यादि परमार्थको स्वभाव एउटै भई दुइटा नभएको परमार्थसत्य हो, जुन आकाश क्षय नभएसम्म फरक हुने नभएकोले अरूहरूले भय दिन सक्दैन (अर्थात्, परदोषले बिगार्न सक्दैन) । सर्वप्रपञ्चबाट छुटेको विशुद्धआकाश जस्तो भनि जानी पाल्नुभएका भट्टारक मञ्जुघोषलाई स्वभावकाय द्वारा प्रख्यात गरिराखिएको छ ।
फेरि भट्टारक मञ्जुघोषको चित्त सर्वाकारज्ञ भई नाना विज्ञप्ति (अनेक अनेक प्रकारका विवरण जानी) पाल्नुभएका । यस चक्षुविज्ञान, श्रोत्रविज्ञान, घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान, मनोविज्ञान समेत छओटा विज्ञानहरु तथा तीनिहरूका रूप, शव्द, गन्ध, रस, स्पर्श, धर्म आदि छओटा विषयहरू समेत ग्रहण गर्ने कारणले भएका लाई चिन्ही, चित्त मन तथा पञ्चविज्ञान द्वारा सन्तति(स्वभाव)युक्त भैराखेको अध्यात्म-वाह्यको भाव तथा अभावका अर्थहरु शेष बाकी नराखिकन सवैसमग्रमा आनन्द मानि राखेको यस सकल धर्मका स्वभाव, तथा विशेष अनेक कर्मादि गरी आपधातु (पानी) सबै आफ्नो हातको अञ्जुली(दोलाय?)मा राखि तिष्यफल (तीतो फल) राखि खाने गरेको जस्तै साक्षात्कार अनुभव गरी जानी सिकी पाल्नुभएका भनि भट्टारक मञ्जुघोषलाई ज्ञान धर्मकाय द्वारा प्रख्यात गरी राखिएको छ ।।५।।
मूलम्-
।।१२४।। अशेष भावार्थ रतिः शून्यतारति: अग्रधी: ।।
भवरागाद् अतीतश्च भवत्रय महारति: ।।समता,६।।
अर्थः-
(१२४) शेष केहि बाकी नराखि (अशेष)भावगरी, कारणशून्यतामा राग गरी, हर्ष(आनन्द) गरी पाल्नु भएका । यसको?(थुकिया) मुख्य बुद्धिद्वारा भवको रागादि छोडि त्रिभवमा आनन्द गरी पाल्नुभएका ।
भावार्थः-
(ख) त्यसमा पनि भट्टारक मञ्जुघोषले प्राणीका कारणबाट प्रेमगरी अनेक-अनेक रूप देखाउनु भएको हो । यस प्रकारले अनेक-अनेक प्रकारको सर्वधर्म देखे(खाए?) पनि तर्क सहित विपरीत नहुने गरी समग्र धर्मको स्थिति (स्वभाव) शून्यतामा हर्ष(आनन्द) गरी, पानीमा पानी जस्तै एकरस भई समापत्तिमा बस्नुभएको हो । यसमा राग भनेको शून्यतालाई स्त्री तथा त्यसमा एकचित्तले रहिरहेको(पुरुष) लाई स्त्री-संयोग भनिराखेको अनुत्तरतन्त्र महासिद्ध ग्रन्थहरूमा धेरै भनिराखिएको छ । प्रज्ञापारमीतासूत्रमा पनि शून्यतालाई स्त्री भनि आज्ञा गरिराखिएको छ । तसर्थ भट्टारक मञ्जुघोषले प्राणीका कारणबाट अनेक अनेक अवतार लिई देखाए पनि भवको बन्धनमा कतै पनि नपरी राग इत्यादि क्लेश सबै छोडी पारंगत भई पाल्नभएको भनि प्रख्यात गरिराखिएको छ ।।६।।
मूलम्;-
।।१२५।। शुद्ध शुभ्राभ्रधवल: शरच्चन्द्रांशु सुप्रभ: ।।
वालार्क मण्डलच्छायो महाराग नखप्रभ: ।।समता,७।।
अर्थः-
(१२५) शुद्ध सेतो बादल जस्तो, रश्मि तेजिलो भएको, जसरी शरद ऋतुको चन्द्रमा को रश्मि फिंजाए(खयका?)झैं गरी पाल्नुभएका हुनुहुन्छ । फेरि सूर्य उदय भैआएको सूर्यमण्डल जस्तै रातो (गुलाबीरंगको) तेज भएको नङ भई पाल्नु भएका हुनुन्छ ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषले दुईटा शुद्ध भैराखेको धर्मकाय प्राप्त गरी, साथै ज्ञानको प्रकाशबाट रूपकाय प्रकट भैआएको, जसमा लक्षण-व्यञ्जनहरूबाट भरिपूर्ण गरी छापिएको संभोगकाय पनि प्राप्तगरी आउनुभएका हुनुहुन्छ । यस संभोगकायबाट करुणा तथा प्रणिधान द्वारा त्रिभवको प्राणीहरुका कारणलाई लिएर महानन्द गरी आउनुभएका, यस महानन्द गरी आउनुभएकालाई वज्रधर भनि विख्यात गरिराखेको छ । त्यसमा पनि संभोगकायको विवरण यस्तो छ कि, शुद्ध सेतो बादल जस्तै सेतो सफा निर्मलको रश्मि प्रज्वलित गरी चम्किलो-तेजिलो स्वभाव भैराखेको छ । शरद ऋतुको चन्द्रमाको तेज जस्तै शीतल-सफा भएको करुणाको रश्मी सकल प्राणिहरूलाई प्रकाशित गरी पाल्नुभएका । फेरि शरीरको रश्मि पनि भर्खरै उदय भैआएको सूर्य जस्तै कुम्कुम वर्णले शोभायमान भएको भट्टारक मञ्जुघोषको शरीरबाट बाहिर निस्किआएको यस रश्मि सूर्य्यको रश्मि जस्तै तेजिलो भई पाल्नुभएका । भट्टारक मञ्जुघोषलाई खुशी पार्न यस स्तोत्र बनाइएको हो ।।७।।
मेघसागर सूत्रमा आज्ञा भए अनुसारः-
“सूर्योदयको तेजले बेस्सरी प्रकाशित भएको यो ।
साँच्चैको सुवर्णको सुमेरू पर्वतजस्तै उठेको ।।
रक्त-पीत दिव्य रश्मिस्कन्ध भैरहेको ।
मञ्जु ज्ञानको खानी केहि अलिकति बुझेको ।।”
मूलम्-
।।१२६।। इन्द्रनीलाग्र सच्चीरो महानीलकचाग्र धृक् ।।
महामणि मयूखश्री: बुद्धनिर्माण भूषण: ।।समता,८।।
अर्थः-
(१२६) उष्णीण भएको शिरमा मुकुट पहिरी, जटाको कपाल नीलो (वचुस्य) तेजले चम्किलो गरी श्रीशोभाले युक्त हुनुभएका । फेरि, शरीरबाट रश्मि निकाली बुद्धहरू निर्माणगरी आभूषणजस्तै लगाई देखाउनु भएका ।
भावार्थः-
(ख) भट्टारक मञ्जुघोषको काय लक्षण-व्यञ्जनबाट अलंकृत भएको, हस्त-पादमा सुवर्ण हजारओटा चक्रको चिन्हादि बत्तीस लक्षण भएको, तथा हातखुट्टाका नङ रश्मियुक्त भई महामांस(महामंस?) जस्तै हल्का गुलाबी रातो वर्णको नङ तथा नीलो(टाम?) वर्णको कुंचित (घुँघुरिएको) केश इत्यादि असीओटा व्यञ्जनले युक्त भएको शरीर भई लक्षण-ब्यञ्जनले युक्तभई आउनुभएका । उहाँको शीरमा उष्णीष (चूडामणि) भएको मुकुट पहिरी, उत्तम किसिमबाट शिरमा जटालाई पाँचओटा लच्छा बनाइ झारेको (न्यासिलि लुइका), रत्नमालाको पहिरेको जसको तेजले रश्मि तेजिलो भई श्री(शोभा)स्वभावले युक्त भई पाल्नुभएका । अतएव यस्तो प्रकारले शरीरवाट रश्मि निकाली दशैदिशामा प्रकाशगरी एक-एक ओटा रश्मिको टुप्पाबाट बुद्धहरू (धेरै नै) आकाशधातुमा परिपूर्ण गरी भरी निर्माणगरी निकाली जतिसम्म प्राणीका दुःख छन्, त्यतिसम्म संख्याप्रमाण उत्पन्न गरी जगतप्राणिका कारणबाट गहना जस्तै लगाई देखाई पाल्नुभएका हुनाले “बुद्ध निर्माण भूषण” भनि प्रख्यात गरिराखिएको छ ।।८।।
मूलम्-
।।१२७।। लोकधातुशता कम्पी ऋद्धिपाद महाक्रम: ।।
महास्मृतिधर: तत्व: चतुस्मृति समाधिराट् ।।समता,९।।
अर्थः-
(१२७) लोक धातुमा शयेओटा कर्म चलाई, ऋद्धिपादको बल पराक्रम युक्त भई, त्यही महास्मृति उपस्थान धारण गरी, चतुस्मृत्यूपस्थान द्वारा समाधिको राजा भई पाल्नुभएका हुनुहुन्छ ।।
भावार्थः-
(क) यस प्रकारले शरीर निर्माण गरी आकाश धातु पर्य्यन्त लोकधातु सबै प्रकाशित गरी प्राणीलाई उद्धार गरेका कारणले शयेओटा प्रकारले अनेक-अनेक प्रकारका धेरै जात-वंश-कुल आदिको कर्म चलाई पाल्नु भएका ।
(ख) यहाँ भट्टारक मञ्जुघोषलाई सप्तत्रिंशति बोधिपाक्षिक धर्म सम्पूर्ण नियमपूर्वक आरम्भगरी स्तोत्र गरिराखिएको हो । सप्तत्रिंशति बोधिपाक्षिक भनेको, (१) चतुःस्मृत्युपस्थान, (२) चतुःसम्यक्प्रहाण, (३) चतुःऋद्धिपाद, (४) पञ्चइन्द्रिय, (५) पञ्चबल, (६) सप्तबोध्यङ्ग, र (७) आर्य अष्टाङ्गि मार्ग समेत सडतीस ओटा हुन् ।
(ग) भट्टारक मञ्जुघोषले धेरै कल्प तक चतुःऋद्धिपादको अभ्यास गरी, (त्यसलाई) पूर्णगरी, आकाशव्यापी सकल प्राणीहरूलाई आआफ्नो भाग्यको अनुसारको ऋद्धि सम्पूर्ण देखाउनको लागि अनादि देखिको महाबल(पराक्रम) युक्त भई आउनुभएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो । त्यसैले महास्मृत्युपस्थान धारण गरी कुशल तथा अकुशललाई पक्डिने-छोडने तत्वलाई स्मृतिद्वारा एकचित्त गरिराख्नु नै चतुःसम्यक्प्रहाण हो । भट्टारक मञ्जुघोषले चित्त उत्पत्ति गरेदेखि नै स्मृति धारण गरी शुक्ल-कृष्ण कर्मद्वारा अगाडी बढने वा पछाडि हट्ने (कुरा) नसिकाई (नबिगारी?’ मस्योंक?) महास्मृतिद्वारा एकचित्त गरी चतुःसम्यक प्रहाण अभ्यास पूर्णगरी चित्तमा धारण गरी पाल्नुभएको भनि प्रख्यात गरिराखिएको हो ।
“चतुःस्मृतिसमाधिराट्” भनेको, भट्टारक मञ्जुघोषले बोधिचित्त उत्पाद गरी पाल्नुभए देखि नै धारण गरी चतुःस्मृतिप्रस्थान समग्रमा अभ्यासगरी, सवै क्लेश पर्य्यन्त आफ्नो अधिनमा राखि, सकल प्राणी क्लेशको बन्धनमा पडिरहेका लाई महाकरुणा उत्पत्ति गरी, चतु:सत्य समात्ने-छोड्नलाई आलम्बन गरी समाधिमा अधिकार गरी, जिनको पद प्राप्तगरी पाल्नु भएका भनि प्रख्यात गरिराखिएको छ । फेरि “समाधिराट्” भनेको, वचनको शक्तिद्वारा पञ्चइन्द्रिय तथा पञ्चबल पूर्णगरी, “प्रयोगमार्ग”को चर्य्या भुक्तमान गरी, “प्रयोगमार्ग”को स्वभावमा आलम्बन गरी, समथ तथा विपश्यना दुवै संयुक्त भएको समाधि प्राप्त गरी, “प्रयोगमार्ग”को क्षान्ति प्राप्तगरी पाल्नुभएको हुनाले जन्म लिनुपर्ने कर्मबाट मुक्त भई जिन भई पाल्नु भएको भनि प्रख्यात गरिराखिएको हो ।।९।।
मूलम्-
।।१२८।। बोध्यङ्ग कुसुमामोद: तथागत: गुणोदधि: ।।
अष्टाङ्गमार्ग नयवित् सम्यक्सम्बुद्ध मार्गवित् ।।समता,१०।।
अर्थः-
(१२८) सप्त बोध्यङ्ग प्राप्त गरी, फूल धूप तथा गन्धादिले पूजा गरी, आर्य्य अष्टाङ्ग मार्ग भावना गर्न सिकी, सम्यक् सम्बुद्धको मार्ग-भूमि जाने तरीका सिकी, तथागतको पद प्राप्त गरी पाल्नुभएको हुनाले गुणसागर भनि प्रख्यात गरिराखिएको छ ।
भावार्थः-
“बोध्यङ्ग कुसुमामोद” भनेको, भट्टारक मञ्जुघोषले अधिमुक्तिचर्य्याको मार्ग पूर्ण गर्नु भई “दर्शन मार्ग” प्राप्त गर्नुभएको हुनाले सप्तबोध्यङ्ग प्राप्त भएको हो । यसरी प्रमुदिताभूमि प्राप्तगरी सर्वाकारमा तृप्त भई जिनपुत्र सहित सकलका चित्त खुशी गराई महापूजा गरी पाल्नुभएको हुनाले पूष्पपूजा तथा धूपपूजा इत्यादि गरी निर्णयार्थ विशेष ठूलो पूजा भएकोले भट्टारक मञ्जुघोषलाई यो सकलको रूल द्वारा प्रख्यात गरिएको छ ।
शील र समाधि इत्यादि को कुशल समग्रमा सवै निर्णयार्थ । पुष्प तथा धूप इत्यादिको पूजा भनेको, श्रुत सागरको अर्घ्य(अर्ग?अर्थ?) सबै बटुलि, गुणको फूल सिउरी, शीलको मेघधूप बाली, प्रज्ञाको प्रदीप (बत्ती) जलाई, श्रद्धादि गन्धको सागरले लेपन गरी, समाधिको अमृत रस(नैवेद्य) चढाई, उत्तम स्तोत्र गरी, सुन्नमा रमाइलो बाजाको शव्द बजाई, सकलका करुणा विचा गरी, प्रतिभानको छत्र तथा पताका?(प्रतापादि) फहराई, मेरो शरीरको कूटागारको माथी रहेको(छायपाः?) हृदयसागरको मध्यमा जलबाट उत्पन्न भएको बिन्दूबाट जरा फिंजेकोबाट पाल्नुभएका धर्मस्वामीलाई पूजागरी, निश्चित स्वच्छन्दको मनले प्रार्थना गरेको हुनाले जगतको गुरु धर्मराज सदा खुशी हुनुहोस् भनि भनेको जस्तै समान मनले सागर जस्तै बनाइ भव शान्त गर्ने शुक्लाकारबाट (उत्पतन्न) भैआएको पूजासामाग्रीले मनमा प्रफुल्ल भई, हजारओटा हाँगा(ह:?, जरा?) फिंजाई, लोक र लोकोत्तरबाट आफ्नो-परको त्रिद्वारवाट कुशल गरेको पुष्पफूलबाट जेपनि रोपी(बोया?) समन्तभद्रको पूजा गरी, गन्ध (गरी,) सतसाहस्रिका(प्रज्ञापारमीता) प्रकाश गरी, त्रिशिक्षा – दुईटा दर्जा भएको पञ्च मार्गको फल युक्त भैराखेको नन्द(न)बनमा भट्टारक मञ्जुघोष गुरु खुशी गराउनका लागि चर्या गरें, भनेर आज्ञा भएको हुनाले “तथागत गुणोदधि” भनि आर्य्यहरुको मार्ग तलैदेखि बताइराखेको छ ।
फेरि “अष्टाङ्ग मार्गनयवित् सम्यक संम्बुद्ध मार्गवित्” भनेको भट्टारक मञ्जुघोष प्रथम भूमि प्रमुदिता प्राप्त गरी त्यसपछि परमार्थ बोधिचित्तको धर्म समग्रको स्वभाव साक्षात् दर्शन प्राप्त गरी, त्यहि उपाय कौशल्यबाट जानी तत्कालै भावना गरी जुनजुन भावना मार्गमा बसी (रहि) पाल्नुभएको हुनाले आर्य्याष्टाङ्गको रूल अनुसार जानी यस भावना सम्यक सम्बुद्धको भूमिमा बसी मार्ग पर्य्यन्त जस्तो हो त्यस्तै जानी भावना पूर्णगरी पाल्नुभएको हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।।१०।।
मूलम्-
।।१२९।। सर्वसत्त्वमहासङ्गो नि:संगो गगनोपम: ।।
सर्वसत्वमनोजात: सर्वसत्वमनोजव: ।।समता,११।।
अर्थः-
(१२९) सकल प्राणीहरूलाई (आफ्नै एक्लो छोरोलाई जस्तै) प्रेम गरी, कोहि कसैलाई पनि नछेकी आकाश जस्तै सकल प्राणीका मनमा बसी, सकल प्राणीका मन अनुसार बेसरी खुशी गराई पाल्नु भएका ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषले धर्मकाय प्राप्त गरीलिई, (त्यसलाई) शान्त निर्वाणधातुमा बस्नुमा उपयोग नगरी आकाशव्यापी सकल प्राणीहरूलाई (जसरी कुनै आमाले आफ्नो एक्लो छोरा लाई प्रेम गर्ने गर्दछ त्यसरी नै) अत्यन्त स्नेह राखि आफ्नो अधिकार नभएता पनि महाकरुणाले समर्थन गरी सकल प्राणी हरुका कारणमा कहिले पनि असमर्थ नभइकन पाल्नुभएका हुनुहुन्छ । यस प्रकारले सकल प्राणीहरू सबैलाई एकसमानले प्रेम गर्ने अधिकार भएको, तापनि आकाश समानको केहिसंग पनि नटाँसिई चित्तलाई धर्मधातुमा सदा नै समाहितभई गरी राखि आएका हुनुहुन्छ । (यस) दुईपद बुद्धगुण भएकोले यो असाधारणको उपदेश सकल प्राणीहरुका कारणबाट दिई चित्तलाई धर्मधातुमा एकचित्तले समाहित गरी महाकरुणाबाट समर्थन गरी पाल्नुभएको, यो बुद्धगुण हो । यस्तो गुण हर कोहि प्राणीसंग हुने होईन । अतएव भट्टारक मञ्जुघोष अभिसम्बुद्ध हुनुभई महाकरुणाले समर्थन गरी आकाशव्यापी सकल प्राणीका मनमा भाग्यको अनुसार कर्ममा प्रवेश भई अलिकति पनि दिक्क नमानि आकाशव्यापी सकल प्राणिहरुलाई आआफ्नो मनको अनुसार अत्यन्त खुशी गरी पाल्नुभयो ।।११।।
मूलम्-
।।१३०।। सर्वसत्वेन्द्रियार्थज्ञ: सर्वसत्वमनोहर: ।।
पञ्चस्कन्धार्थ तत्वज्ञ: पञ्चस्कन्ध विशुद्ध धृक्: ।।समता,१२।।
अर्थः-
(१३०) सकल प्राणीहरूका इन्द्रिय साक्षात्कारगरी जानी, सकल प्राणीहरुका मन प्रकाशित गराई, पञ्चस्कन्धको अर्थ तथतामा थाहा दिई(सिकेबिया), पञ्चस्कन्धलाई विशुद्धरूपमा धारण गरी पाल्नुभएका ।
भावार्थः-
(ख) त्यसमाथी आकाशव्यापी सकल प्राणीहरुका इन्द्रियधातु तथा चिन्तना अनुशय(पश्चाताप) कसरी हुने गर्दछ, त्यसको अर्थ समग्रमा साक्षात्कार गरी जानी आ-आफ्ना भाग्यका अनुसार अवतार लिई देखाई; उहाँले प्राणीका मन प्रकाश गराउन पहिले मन प्रकाश गराई श्रद्धाको भूमिमा राखि त्यसपछि धर्म उपदेश बताई धातु शोधनगरी (१) रूपस्कन्ध, (२) वेदनास्कन्ध, (३) संज्ञास्कन्ध, (४) संस्कारस्कन्ध, (५) विज्ञानस्कन्ध समेत (पञ्चस्कन्ध)का अर्थ अनात्मा तथतामा सिकाइदिई पाल्नुभयो । त्यसमाथी उपायलाई सिकाइदिन (१) शीलस्कन्ध, (२) समाधिस्कन्ध, (३) प्रज्ञास्कन्ध, (४) विमुक्तिस्कन्ध, (५) विमुक्तिज्ञानदर्शनस्कन्ध समेत (पाँचओटा स्कन्धादि)का चर्य्या भुक्तमान गराई, विशुद्धरूपमा ग्रहण गराई, पारंगत गरी पठाएर आउनुभएका हुनुहुन्छ । फेरि अनुत्तर मन्त्र(यानको) मार्गमा बसेकालाई दुईटा क्रमबाट दीक्षादिई, यस पञ्चस्कन्धविशुद्धिको पञ्चज्ञान हुने कुरा देखाई दिई, जिनपञ्च कुलका (पञ्च)बुद्ध भई प्राणीहरुका कारणबाट पाल्नुभएको जस्तै भट्टारक मञ्जुघोषले यस प्रकारबाट सकल प्राणीका कारणबाट आआफ्नो चित्तको अनुसार परिपूर्ण भई पाल्नुभएको भनि प्रख्यात गराइराखिएको छ ।।१२।।
मूलम्-
।।१३१।। सर्वनिर्याण कोटिस्थ: सर्वनिर्याण कोविद: ।।
सर्वनिर्याण मार्गस्थ: सर्वनिर्याण देशक: ।।समता,१३।।
अर्थः_
(१३१) सकल बैरागको अन्त्यमा बसी, सकल बैरागलाई जानी, सकल बैरागका मार्गहरुमा बसी, सकल बैरागको मार्गहरुको उपदेश दिई पाल्नुभयो, भनि प्रख्यात गरिराखिएको छ ।
भावार्थः-
“सर्वनिर्य्याण कोटिस्थ” भनेको, भट्टारक मञ्जुघोषले नैर्य्याणिक मार्गबाट पारङ्गत भई पाल्नुभयो भनेको हो, (अर्थात्) बैराग कहाँ बाट आउँछ, कहिले देखि आउँछ, के बाट आउँछ (भन्ने ज्ञान हो) । यी तीनैओटा मध्ये पहिलो गाथाबाट कहाँबाट आउँछ भन्ने रुल उपदेश दिइराखेको यसो हो कि, भट्टारक मञ्जुघोषले संसार सबैको दुर्भाग्य “प्राचित्त आलम्बन” जस्तो हो त्यसैगरी देखी जानी, त्यसमा नैर्य्याणिक (बैराग्य) भई यस संसारको बीज मूलजरा देखी छोडन पर्नेलाई छोडी अन्त्यमा आफू शान्त (निर्वाण) सुख प्राप्त गर्ने इच्छा पर्य्यन्त आलम्बन गर्ने दुर्भाग्य हो भनि राम्ररी देखी सीकि शान्त निर्वाण हुने पर्य्यन्त छोडनुपर्ने लाई छोडी अन्त्यमा अप्रतिस्थित निर्वाण प्राप्त गरी पाल्नुभयो । फेरि ज्ञेय समग्रको स्थिति(स्वभाव)को दृष्टिलाई (त्यसमा लाग्ने) दुईटा आवरणहरू, देख्ने र भुल्ने यी दुईलाई शेष सहित बाँकी नराखी छोडी पारङ्गत भई धर्मकाय प्राप्त गरी यसको अन्त्यको अर्थ धर्मकाय जसमा कहिले पनि परिवर्तन नहुनेगरी स्थीरभई बसी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वनिर्य्याण कोविद” भनेको भट्टारक मञ्जुघोषले मार्गका सार सबै सिक्ने तरीकाले उपदेश दिई, यो ईच्छाले गर्दा दुर्भाग्य (प्राचित्त आलम्बन) हुन्छ भन्ने थाहा दिई, यसलाई बुद्धिले हटाई यस दुर्गति उत्पत्ति हुने कर्मबाट तारी लगि, अनि सुगतिको स्थान गर्ने सम्पूर्ण उपायको तरीका सबै जानी भव (संसार) लगाउने सबैलाई पन्छाउन, नैर्य्याणिक (वैराग्य) समर्थन गरी मोक्ष प्राप्त गर्ने उपायको तरीका सबै नै जानी तथा भव (संसार) शान्त (निर्वाण) दुइटाको अन्त्य नाघिजाने पर्य्यन्त नैर्य्याणिक(वैराग्यबाट) सर्वाकारज्ञसाधन गर्ने उपायको तरीका सबै जानी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वनिर्य्याण मार्गस्थ” भनेको भट्टारक मञ्जुघोषले बोधिचित्त उत्पत्ति गर्नुभए देखि नै धारण गरी दोषको जात(समूह)सबै छोडी गुणको जात सबै साधना गरिआउनु भएका हुनहुन्छ । यस क्षुद्रपुरुषका साधारणको नैर्य्याणिक (वैराग्य) समर्थन गरी स्वर्गसाधन गर्ने मार्ग चर्य्याको प्रयोग गरी, त्यसमा बसी पारङ्गत हुने मध्यम पुरुषका साधारणको नैर्य्याणिक समर्थन गरी, मोक्ष निर्वाण प्राप्त गर्ने मार्ग ‘त्रिशिक्षा’मा बसी त्यसमा पारङ्गत हुनु । महायान (महापुरुष) को नैर्य्याणिक समर्थन गरी सर्वज्ञ साधन गर्ने मार्गमा बसी त्यसमा पारंगत हुने मन्त्र मार्गको असाधारणको नैर्य्याणिक समर्थन गरी (प्रज्ञा-ज्ञान ले) संयुक्त भएको मार्ग साधन गर्नेमा बसी अन्त्यमा पारङ्गत भई पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वनिर्य्याण देशक” भनेको, भट्टारक मञ्जुघोषले मार्गको सार सबै चित्तद्वारा सम्पूर्ण चर्या भुक्तमान गर्नमा लागेर सम्पूर्ण धर्मकाय प्राप्त गरिलिई आकाशव्यापी सकल प्राणीहरुलाई (आफू) जुन स्थानमा गएको वा जहाँबाट आएको मार्ग हो त्यहाँको तथा नैर्य्याणिकको मार्ग सबै उपायको तरीकाले उपदेश दिई पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।।१३।।
मूलमः-
।।१३२।। द्वादशाङ्गभवोत्खातो द्वादशाकार शुद्धधृक् ।।
चतु:सत्य नयाकार अष्टज्ञानावबोधधृक् ।।समता,१४।।
अर्थः-
(१३२) द्वादशाङ्ग भवको मूल जरा उखेली फाली पाल्नु भएका । शुद्धको द्वादशाकार
(द्वादशायतन) धारण गरी पाल्नुभएका । चतुःसत्यको विधि (रूल) आकार बतानु भएका । अष्टज्ञानको अवबोध गरी पाल्नुभएका ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषले प्रतित्यसमुत्पाद-द्वादशाङ्गद्वारा त्रिभव संसारलाई(कथ?) यति उँचो-गहिरो, यतिउति कति विस्तारको छ, भनेर भन्नै नसकिने हो, भनि जानी यस भवको मूल अविद्याको मूललाई जरा देखि नै उखेली भवसंसारबाट मुक्त गरी मोक्षपद प्राप्त गरी पाल्नुभएको हो, भनि प्रत्येकबुद्धको साधारणको मार्गलाई “द्वादशाकार भवोत्खातो” भनि प्रख्यात गरिराखिएको छ ।
“द्वादशांग-प्रतित्यसमुत्पाद सिद्ध भएको यस तरीका” – (१)अविद्या प्रत्ययबाट (२)संस्कार सिद्ध(उत्पन्न) भयो, संस्कार प्रत्ययबाट (३)विज्ञान भयो । विज्ञानबाट (४)नामरूप भयो । नामरूपबाट (५)षडायतन भयो । षडायतन बाट (६)स्पर्श भयो । स्पर्शबाट (७)वेदना भयो, वेदनाबाट (८)तृष्णा भयो । तृष्णाबाट (९)उपादान भयो । उपादान बाट (१०)भव भयो । भवबाट (११)जाति भयो । जाति प्रत्यबाट (१२)जरामरण भयो । (यो द्वादशांगको प्रत्यय यसो गरी उत्पन्न भैआएको हो) ।
त्यसमा अझ यस “द्वादशाङ्ग” लाई तोडने-छोडने हेतुफलको एकातीर घुमाउने तथा बनिएर आउने (दयकाहयेगु?) हेतु फलको अर्कातीर घुमाउने यस दुइटा लक्षण भएर यस हेतु-फल दुइटा भैराखेको हो । यो पनि आफू आफै भैआएको होइन । मिल्नुपर्ने “कार्यकारण” मिलेर मात्र भैआएको हो; बिगारी पठाए पनि कता फाल्ने हो, त्यसैलाई लिएर बनाइ साधन(को रूपमा उपयोग) गरेमात्र फलको दुःख भोग गरेको जस्तै (हो) । फेरि भैआउने दुःखको हेतु सबै जमा भई यस त्रिधातुको चक्रमा घुमाइ राख्ने यहाँ सम्मको बिचमा क्षणिक सम्म पनि नरोकिई घुमाएका यस दुःख नछुटने भई भोग गर्नु नै पर्ने हो । अतएव यस संसार तरेर जान भवको मूल जरा चिन्हेर त्यसको प्रतिपक्ष देखाई यस छोडन सकिने एउटा चाहिने भएकोले यहाँ पनि भवको मूल जरा उखेल्नु आज्ञा गर्नुभयो ।
यसलाई पहिलेका पण्डित एकजनाले भवका मूल(जरा)को बारेमा प्राणीहरूलाई उपदेश सहित बताई राखेको छ । ‘अक्षरको अर्थमा नबसी यस भवको मूल जरा उखेल’ भनि भवको मूलजरा उखेलि फाल्ने अर्थ बताउनु भयो ।
यस प्रत्येकको कुल साधारणसंग मिलाएर राखेको प्रत्येकको कुल(वंश) हरूको प्रतीत्यसमुत्पाद “द्वादशाङ्ग”मा प्रवेश हुन(बाट) बच्न(पछाडी हटन)को लागि मुख्य मूल(जरा) उखेल्ने यस, ‘आफू स्वयंमा बोध हुनआउने’ साक्षातगर्ने बखतमा आचार्य नचाहिने गरी प्रतीत्यसमुत्पादको रूलबाट राम्ररी चिन्तना (विचार)गरी यस संसारको बन्धनबाट मुक्त हुने विमुक्ति साक्षात् गर्ने उपदेश भनिराखिएको छ ।
(ख) “द्वादशाकार शुद्धकृत” भनेकोः- यस अविद्या देखि जरामरणसम्म लाई “द्वादशाङ्ग-प्रतीत्यसमुत्पाद” भनिन्छ । यसलाई अनुलोम (अगाडीको क्रमबाट बढाउने) र प्रतिलोम (पछाडीको क्रमबाट फर्काउने) तरीकाहरू राम्ररी विचार गरी भवमा लगाईराख्ने सवैलाई राम्ररी निर्णय गरी समर्थन गरी भवको मूल(जरा) आत्मालाई धारण गरिराखेको (अर्थात् म’मेरो’ भनि समातिराखेको) अविद्या लाई पक्रने-छोड्ने-नाघिजाने गरिराखेको स्थिति(स्वभाव) बोध हुने ज्ञानदृष्टि उत्पन्नगरी भावनागरी “द्वादशाङ्ग-प्रतीत्य समुत्पाद” विशुद्धगरी मोक्षपद चित्तमा पूर्णगरी पाल्नुभएका उहाँ भट्टारक मञ्जुघोष हुनुहुन्छ, भनि प्रख्यात गरी राखिएको छ ।
(ग) “चतुःसत्य नयाकार” भनेकोः- यसमा सत्यहरू, (१) दुःख सत्य, (२) समुदय सत्य, (३) निरोध सत्य र(४) मार्ग सत्य समेत चारओटा हुन् । भट्टारक मञ्जुघोषले त्यस चतुःसत्यलाई पक्रिने र छोडने तरीका (जस्तो हो) जस्तै सिकीलिइ । फेरि, यस चारओटाको विवरण “अनित्यादि ..” सोह्रओटा विवरण बोध हुने मार्गभावनागरी पारङ्गत हुनुभयो भनि प्रख्यात गरिराखिएको छ । यस श्रावकको कुलसंग साधारण तरीकाले मिलाइ बताइएको, यस श्रावकका कुलमा बसेकाले “चतुःसत्य”लाई मुख्य पक्रिने र छोडने भावना गर्नलाई, पहिले यस संसारमा अनेक-अनेक दुःखहरू सबै सम्झी यादगरी नैर्य्याणिक (वैराग्य) उत्पन्नगरी त्यसपछि संसारको हेतु उदय हुने सबै ‘समुदय’ भईआएको भनि जानी फेरि यस समुदयको मूल जरा देखि निरोध (विनाश हुने) निरोधसत्यलाई जानी निर्वाण जाने अर्थ जानीलिनु पर्दछ । त्यसपछि मोक्ष निर्वाण प्राप्त गर्नको लागि ‘मार्ग’ त्रिशिक्षा भावना गर्ने हो ।
(घ) “अष्टज्ञानवबोधधृक्” भनेको – यी ज्ञानहरू, (१) धर्मज्ञान, (२) अन्वयज्ञान, (३) दुःखज्ञान, (४) समुदयज्ञान, (५) निरोधज्ञान, (६) मार्गज्ञान, (७) क्षयज्ञान, (८) अनुत्पादज्ञान समेत आठओटा बताइएको छ ।
फेरि “लङ्कावतारसूत्र”को अनुसारः- भूमिपरिशोधन देखि अष्टपरिज्ञ बताएको छ । “अष्टपरिज्ञय” भनेकोः- (१) निरालम्ब परिज्ञय, (२) त्याग परिज्ञय, (३) प्रतिपक्ष परिज्ञय, (४) लक्षण निमित्त परिज्ञय, (५) भावना परिज्ञय, (६) आलोक परिज्ञय, (७) स्थान परिज्ञय, (८) क्षत्रपरिशोधन परिज्ञय समेत आठओटा हुन् । यस भावबाट भट्टारक मञ्जुघोषले यस्तो मार्गको रहस्य-सार सबै समग्रमा जानी अवबोध भई अन्त्यमा पूर्णरूपमा चित्तमा धारणा गरी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।।१४।।
मूलम्-
।।१३३।। द्वादशाकार सत्यार्थ: षोडशाकार तत्ववित् ।।
विंशत्याकार संबोधि: विबुद्ध: सर्ववित्पर: ।।समता,१५।।
अर्थः-
।।१३३।। चतुर्सत्यको अर्थ बाह्रओटा आकारमा युक्त भएको, त्यहि तत्वको सोह्रओटा आकारबाट जानेका । फेरि बीसओटा आकारहरु बोध भई सकल उत्तम तरीकाले जानी सिकी पाल्नुभएका विशुद्ध हुनुहुन्छ ।
भावार्थः-
(क) “द्वादशाकार सत्यार्थ” भनेको बारेमा पण्डितजनहरुले यसको अर्थ प्रकाशगरी बताएको तरीका आपसमा धेरै फरक परेको भए तापनि विनयव्याकरणमा आज्ञा भएको अनुसार “चतुर्सत्य”को अर्थलाई त्रिपरिवर्त (तीन पटक घुमाई) गरी यसको विवरण बाह्रओटा मिलाएर बताइएको छ ।
“चतुःसत्य”लाई तीनपटक घुमाई बताउनु भएको भनेको शास्ताले अभिसम्बुद्ध हुनुभए पछि वाराणशीमा प्रथम पटक आज्ञा गर्नुभएको “चतुःसत्य”को धर्मचक्र लाई तीन पटकसम्म प्रवर्तन गरी घुमाई बताउनु भयो, भनेको हो । शुरुमा यस “चतुःसत्य” साक्षत्कार गाई ग्रहण गराउन, “हे भिक्षुहरू हो ! आर्य्यसत्य चारओटा छन् । ती के के हुन् त भने,
(१) दुःखसत्य,
(२) समुदयसत्य,
(३) निरोधसत्य, र
(४) मार्गसत्य । समेत चार ओटा हुन्” भनि संग्रह गरी बताउनु भयो ।
फेरि, यस “चतुःआर्यसत्य”हरु लाई एक\एक गरी राम्ररी निश्चयगरी (उसको पछि पछि) धारण गर्ने,
(१) दुःख परिज्ञेय (दुःखलाई राम्ररी जान्ने),
(२) समुदय परित्याग (दुःख समुदयलाई राम्ररी छोड्ने),
(३) निरोध साक्षात (शान्त) गर्ने, र
(४) मार्ग भावना गर्ने । समेत चारओटा छन् भनि संक्षिप्तमा उल्लेख गरी, तत्पश्चात एउटा-एउटाको बारेमा विस्तार पूर्वक बताउनु भयो ।
फेरि,
(१) दुःख परिज्ञय भयो (दुःखलाई राम्रोसंग जानिसकेँ),
(२) समुदय त्याग भयो (समुदय लाई राम्रोसंग त्याग गरिसकेँ,
(३) निरोध साक्षात् भयो (निरोध लाई राम्रोसंग जानिसकेँ), र
(४) मार्गभावना भयो (मार्ग लाई राम्रो संग भावना गरिसकेँ)
भनि संग्रह गरी बताई, फेरि यी सबैलाई एक-एक गरी विस्तारपूर्वक बताउनु भयो ।
यसरी चतुःसत्यको त्रिपरिवर्त (तीन पटक सम्म घुमाई बाह्र आकारबाट छुटाई) धर्मचक्र प्रवर्तन गरी पाल्नुभएको अनुसार भट्टारक मञ्जुघोषले भाग्यवन्तहरू लाई “चतुःसत्य”को अर्थ द्वादश आकार व्यक्त गरी धर्मचक्र प्रवर्तन गरी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको हो ।
“षोडशाकार तत्ववित्” भनेको बारे पनि धेरै नै व्याख्या गरिराखेको स्थिति छ । कसैले “चतुःसत्य”को षोडशाकार गरी बताएका छन् । कसैले षोडशशून्यता बाट बताएका छन् । कसैले यसैलाई गुप्तार्थबाट “चतुरानन्द”को सोह्रओटा छुट्याई बताएका छन् ।
यी मध्ये (षोडशशून्यता अनुसार) सतुःसत्यको षोडशाकार भनेकोः-
(१) अध्यात्म शून्यता, (२) बहिर्धा शून्यता, (३) अध्यात्मबहिर्धा शून्यता, (४) शून्यता शून्यता,
(५) महा शून्यता, (६) परमार्थ शून्यता, (७) संस्कृत शून्यत, (८) असंस्कृत शून्यता,
(९) अत्यन्त शून्यता, (१०) अनवराग्र शून्यता, (११) अनवकार शून्यता, (१२) प्रकृति शून्यता,
(१३) सर्वधर्म शून्यता, (१४) स्वलक्षण शून्यता, (१५) अनपलम्व शून्यता, (१६)अभाव स्वभाव शून्यता
गरी सोह्रओटा शून्यता हुन् ।
यी सबैलाई धारण गर्ने विषयमा एक\एक गरी हरेकको बारेमा अक्षरमा लेखिए भने धेरै नै लेख्नुपर्ने भएकोले यसमा लेखिएन । महाबुद्धि प्रभाव भएका व्यक्तिले “चतुःसत्यः”लाई षोडशाकार गरी देखाएको कुरा अभिधर्म कोष, प्रमाण विवरण, तथा अभिसमयालङ्कार इत्यादिमा हेरि जानीलिनु होला ।
“षोडशाकार शून्यता” भनेको बारेमा माध्यमिकको विवरणमा हेरी जानी लिनू होला । यसबारे बताइएको भावनागरेको अनुसार भट्टारक मञ्जुघोषले यस धर्म समग्रको स्थिति (स्वभाव) पर्य्यन्त त्यही षोडशाकार (नै हो भनि) जानी, यस लाई साक्षात्कार गरी देखी, आफूले जस्तो जानियो त्यसैगरी नै भाग्यमानी भईरहेका आकाशव्यापी सकल प्राणी लाई महान हुने यथार्थमा आज्ञा गर्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
फेरि यो “विंशत्याकार” भनेको लाई निश्चय धारण गरी लैजाने तरीका बारे पण्डितहरुले धेरै नै बताइराखेको भएता पनि कालचक्रतन्त्र अनुसार (१) पञ्चइन्द्रिय, (२) पञ्चविषय, (३) पञ्चकर्म इन्द्रिय र (४) पञ्च कृत(कर्म) इन्द्रिय गरी बीसओटा हुन् । यस विंशति आकार द्वारा उपायकौशल्यबाट मार्ग शोधनगरी विशुद्धभई आवरण छुटेको यस्तो “विशत्याकार” अभिसम्बोधि भनेको कालचक्रको अभिषेक सकल वृति? हुनेगरी यस समय प्राप्त हुने हो । यहाँ
(१) “पञ्चइन्द्रिय” भनेको (१) चक्षु इन्द्रिय, (२) श्रोत इन्द्रिय, (३) घ्राण इन्द्रिय, (४) जिह्वा इन्द्रिय, (५) काय इन्द्रिय समेत पाँचओटा इन्द्रियहरु हुन् ।
(२) पञ्चविषय भनेको (१) रूप, (२) शव्द, (३) गन्ध, (४) रस, र (५) स्पर्श समेत पाँचओटा हुन् ।
(३) पञ्चकर्मेन्द्रिय भनेको (१) मुत्रद्वार इन्द्रिय, (२) मुखद्वार इन्द्रिय, (३) हस्तद्वार इन्द्रिय, (४) पादद्वार इन्द्रिय (५) विष्टाद्वार इन्द्रिय हुन् ।
(४) पञ्चकृतेन्द्रिय भनेकोः- (१) श्रुक्लवं क्रान्ति, (२) विष्टऽपहृत, (३) गमन, (४) उपादान, (५)? गरी पाँचओटा हुन् ।
यी सबैलाई विधिपूर्वक राम्ररी सिक्ने इच्छा भए कालचक्रतन्त्रको टीका वा विमलप्रभामा हेरि जान्नु होला ।
“विबुद्ध सर्ववित्पर” भनेकोः-भट्टारक मञ्जुघोषले साधारण तथा असाधारण भनिएको (महायान तथा वज्रयान) दुइटा मार्गद्वारा बुद्धभूमिमा राखिदिने उपाय सबै सिकी जस्तो हो त्यसी नै यथार्थमा शुद्ध गरी भाग्यमानिहरुलाई बताई आउनुभएको हो ।।१५।।
मूलम्-
।।१३४।। अमेय बुद्धनिर्माण कायकोटि विभावक ।।
सर्वक्षणाभिसमय: सर्वचित्तक्षणार्थवित् ।।समता,१६।।
अर्थः-
(१३४) सकल बुद्ध निर्माण काय असंख्य कोटि विभाग गर्नु भएका । एक क्षण अभिसम्बोधि भई एक क्षणमा चित्तको अर्थ जानी पाल्नुभएका ।
भावार्थः-
“अमेय बुद्ध निर्माण कायकोटि विभावक” भनेको सम्बन्धमा । भट्टारक मञ्जुघोष भनेका आकाशव्यापी असंख्य बुद्धक्षेत्रमा सकल जिनका पिता भई अवतार भई देखाएका हुनुहुन्छ । उहाँ मञ्जुघोषको कायकर्मले नै बुद्ध-बोधिसत्त्वहरू यावत जतिपनि छन्, त्यतिसम्मकै अनेक-अनेक अनेक अवतार लिई यतिउति भन्न नसकिने गरी प्राणीहरुका कारणबाट प्रमाण प्रकाशगरी सकल पाल्नुभएको हुनाले भट्टारक मञ्जुघोष लाई “अमेय बुद्ध निर्माण” भनि प्रख्यात गराइराखिएको छ ।
“सर्वक्षणाऽभिसमयः सर्व चित्त क्षणार्थवित्” भनेको सम्बन्धमा । भट्टारक मञ्जुघोषले धर्मकाय प्राप्त गरिलिई क्षणिकको भित्रै ज्ञेय(जान्ने सकिने कुरा) सबै साक्षात्कार गरीलिई जानीबुझी अवबोधगरी आकाशव्यापी सकल प्राणीहरुका इन्द्रिय र चिन्तना तथा अनुशय(राग) चित्तले क्षणिकको भित्रै एक-एकओटा रहेसम्म जेजति भेट्टिन आयो ती सबैको अर्थ सबै साक्षात् गरी जानीसिकी, आआफ्नो भाग्य तथा इन्द्रिय अनुसार अवतार भई देखाई पाल्नुभएका हुनाले “सर्वचित्त क्षणार्थवित्” भनि प्रख्यात गरिराखिको छ ।।१६।।
मूलम्-
।।१३५।। नानायान नयोपाय जगदर्थ विभाजक: ।।
यानत्रितयनिर्यात एकयानफले स्थित: ।।समता,१७।।
अर्थः-
(१३५) यस्ता अनेक अनेक प्रकारका उपायहरु गरी जगतको कारणबाट विभागगरी पाल्नुभएका । त्यसमाथी तीनै यानहरुमा निश्चय गरीलिई एक यानको फलमा राखि पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणीहरुका इन्द्रिय तथा चिन्तनालाई जानी आआफ्ना भाग्यका अनुसारबाट समान अवतार लिई देखाई अनेक-अनेक प्रकारको उपायको तरीकाले जगत प्राणीको कारणबाट विभाग गरी आएका हुनुहुन्छ । त्यसमाथि बोध गराउने कुराहरु पनि कसैलाई यसै जन्ममा सुख हुने उपाय, कसैलाई पछिल्लो जन्ममा सुख हुने उपाय, कसैलाई आफू एकजना मात्र संसारबाट तरिजाने उपाय, कसैलाई सकल प्राणीहरुका कारणबाट बुद्ध हुने उपाय भनेर देखाएर पाल्नुभएका हुनुहुन्छ । त्यसमाथी उपायको तरीका त्यत्ति प्रभावकारी नभएका (मग्योंगु) धेरै उपदेशहरु बताउनु सट्टा अन्त्यमा एउटैमात्र उपाय, बुद्ध हुने तरीका बताउनु भएको हो । फेरि- “यानत्रित यनिर्यात” भनेको – यो तीनओटा यानमा निश्चय गराई जतिसम्म यान भए पनि ती सबैको पश्चात् एउटै यानको फल हुने गर अन्त्यमा एउटा मात्र यानमा राखी पाल्नुभएको हुनुहुन्छ ।।१७।।
मूलम्-
।।१३६।। क्लेशधातु विशुद्धात्मा कर्मधातु क्षयङ्कर: ।।
ओघोदधि समुत्तीर्ण योगकान्तार नि:सृत: ।।समता,१८।।
अर्थः-
(१३६) क्लेशधातु छोडी, आत्मालाई शुद्धगरी, कर्मधातु समग्र क्षयगरी पाल्नुभएका । फेरि, क्लेशको नदी तरेर गई संयोगको दुर्गम बन (दुर्गा?) बाट गई बाहिर निस्कनु भएका ।।१८।।
भावार्थः-
भट्टारक मञ्जुघोषले संसारको प्राचित्त? सकल दोषहरू उत्पत्ति गर्ने हेतु क्लेशधातु समग्रलाई मूल(जरा) देखि नै छोडी, आफू आफैले नै आत्मा पर्य्यन्त शुद्ध गरी लाभ गरीलिई, संसारमा दुःख उत्पन्न गराउने कर्मधातु समग्र क्षयगरी, प्राणीहरू लाई पनि कर्मक्लेशादि क्षयगरी शुद्ध गरिदिने तरीकाको उपदेश पनि दिनुभयो, भनि प्रख्यात गरिराखिएको छ ।
यसमा क्लेश विशुद्धि भनि तथा कर्मधातु क्षयंकर भनि आज्ञा गरिराखेको (बारेमा) यो एकशक्तिले लागिपरेर क्लेशबाट शुद्ध भएता पनि कर्म भने क्षय भएको हुँदैन भनि विनयव्याकरणमा उपदेश दिइएको छ । यस क्लेशको मूलजरा देखि त्यागी अर्हत भएकाले संसारमा पुन: जन्मलिनु नपर्ने भएपनि यस महाकायलाई कर्मरूपी शरीरमा अति नै दुःख भोग गर्नुपर्ने भैरहने हुन्छ, भनि आज्ञा गरिराख्नु भएको छ ।
“ओघोदधि समुत्तीर्ण योगकान्तार निश्चितः” भनेको, भट्टारक मञ्जुघोषले क्लेशको नदीरूपी संसार सागरबाट बगाएर लग्ने लैजाने सर्वत्र दुःखको ठाउँबाट तारेर सर्वत्र संयोजन गरेको दुर्गम(दुर्गा?)बन भईरहेको क्लेश तथा त्यसबाट उत्पत्ति भएको प्राचित्त दोष सबैलाई मूल(जरा) देखि नै छुटाई अन्त्यमा लाभ प्राप्त गराई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“सूत्रपिटक”मा यो क्लेशादि ओघ(नदी) भनिराखिएको “महारथ”को ग्रन्थमा यसको सन्धि टीकाहरु धेरै बनाइ उल्लेख गरिएका छन् । त्यसका हेतु कारणबाट क्लेशादि शरीर तथा चित्तअग्नि परितप्त गरि, तत्पश्चात् सुख सबै नाश गरी फेरि त्यसपछि भवमा नै जन्म लिई देखाउने भएको निम्ति ओघ भनि भनिराखिएको हो ।
“अभिसमुच्चय”मा चतुःग्रन्थ तथा चतुःओघ (नदी) तथा त्रिपरितप्त अग्नि बारे बताएको छ;
(क) चतुःग्रन्थ भनेको, (१) अभिध्याग्रन्थ, (२) व्यापादग्रन्थ, (३) शीलव्रतपरामर्श धारणगर्ने (ग्रन्थ), र (४) सत्काय दृष्टि धारणगर्ने (ग्रन्थ) समेत चारओटा हुन् ।
(ख) त्रिपरितप्त अग्नि भनेको, (१) राग, (२) द्वेष, (३) मोह समेत तीनओटा अग्निहरु भनिएको छ ।
(ग) चतुःओघ भनेको, (१) काम ओघ, (२) भव ओघ, (३) दृष्टि ओघ, र (४) अविद्या ओघ समेत चारओटा नदीहरू भनिएको हो ।
त्यसैगरी आचार्य्य मञ्जुश्रीकीर्ति?ले चारओटा नदी पार भई पाल्नुभएका, भनि भन्नुभएको कारण यसो हो ।।१८।।
मूलमः-
।।१३७।। क्लेशोपक्लेशसंक्लेश सुप्रहीण सवासन: ।।
प्रज्ञोपाय महाकरुणा अमोघ जगदर्थकृत् ।।समता,१९।।
अर्थः-
(१३७) क्लेश-उपक्लेश-संक्लेश लाई शेष सहित छोडि पाल्नुभएका । महाकरुणाले प्रज्ञा-उपाय गरी नभुलिकन जगत प्राणीहरूलाई हित गरी पाल्नुभएका ।
भावार्थः-
भट्टारक मञ्जुघोषले क्लेश मूल(जरा) छओटा तथा उपक्लेश हाँगा(कचा) बीसओटा शेष केहि बाकी नराखि थासं?देखि नै छोडी धर्मकाय प्राप्तगरी पाल्नुभयो भनि प्रख्यात गरिराखएको छ । यसमा;
“षट्क्लेश” भनेको (१) राग, (२) प्रतिघ, (३) मान, (४) अविद्या, (५) विचिकित्सा, र (६) दृष्टि समेत छओटा क्लेशहरु हुन् ।
“विंशति उपक्लेश” भनेको (१) क्रोध, (२) उपनाह, (३) म्रक्ष, (४) प्रदाश, (५) ईर्ष्या, (६) मात्सर्य, (७) माया, (८) शाध्यं (शाठ्य?), (९) मद, (१०) विहिंसा, (११) अह्रिक्य, (१२) अनत्रप्यं, (१३) स्त्यान-मृद्धं, (१४) औद्धत्य, (१५) आश्रध्यं, (१६) कौशीघं, (१७) प्रमाद, (१८) मूषित-स्मृति, (१९) असंप्रजन्य, र (२०) विपक्ष समेत जम्मा वीसओटा हुन्।
“प्रज्ञोपाय महाकरुणा” भनेको सम्बन्धमा । संसारको हेतु क्लेश छोडनमा प्रतिपक्ष भएका सर्वधर्मको स्थिति(स्वभाव) को अवबोध हुनु प्रज्ञा हो । यसो भए तापनि, (कुनै) एउटामात्र पनि क्लेशको शेषादि समेत समग्रमा छोडन नसकिने भएकोले क्लेशको शेषलाई चिन्हि ती आवरण त्याग्न महायानको मार्गमा उपस्थित भई महामैत्री तथा महाकरुणाबाट सवै ग्रहणगरी बोधिचित्त भावना गर्नुको लागि यो महान उपाय गर्न शिक्षित हुनुपर्ने हुन्छ । यस प्रज्ञालाई चिन्हे उपाय तथा उपायलाई चिन्हे प्रज्ञा दुबैको संभार पूर्ण गरी यस प्रज्ञा र उपायबाट संयुक्त भएको भावना गर्नेमा क्रमबद्ध तरिकासाथ ज्ञेयावरण शोधन गर्नुपर्ने हुन्छ । यहाँ भट्टारक मञ्जुघोषले धेरै कल्पहरूसम्म महाकरुणाद्वारा उपायगरी महागम्भीरको प्रज्ञाद्वारा माध्यमिका संयुक्त भएको भावनागरी धर्मकाय प्राप्तगरी आएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको छ । तसर्थ सकल प्राणीहरूले पनि क्लेश तथा ज्ञेयावरण छोड्ने ईच्छा भएमा यस्तो प्रज्ञा-उपाय संयुक्त भएको मार्गबाट शिक्षा गर्नुपर्ने हो भनि आज्ञा गरी पाल्नुभयो ।
“अमोघ जगदर्थ कृत” भनेको, भट्टारक मञ्जुघोषले पहिलेको ग्रन्थ अनुसार मिलाएर, क्लेशको शेष सहित छोडिदिई चित्तमा यो हो यो होइन भन्ने विकल्प केहि नगरी महाकरुणाको स्थिति (स्वभाव)मा अवबोध भई प्रज्ञा द्वारा यौतुकं?? भावनागरी पूर्णपारङ्गत भई पाल्नुभएको अनुभावद्वारा सर्वाकारज्ञयको ज्ञानबाट जगत प्राणी सबैको इन्द्रिय तथा चिन्तनालाई जानी । यस महाकरुणाद्वारा चित्तले आआफ्नो अधिकार नभएपनि समर्थनगरी जगत प्राणीका कारणले कहिले पनि नभुलिकन आकाशव्यापी सकल प्राणीहरुलाई ज्ञानले हेरि पाल्नुभएको निम्ति यस जगत प्राणीहरुका कारणबाट जसलाई जुन तरीकाबाट गर्नुपर्ने हो त्यसै तरीकाबाट क्षणिक लाई पनि नभुलिकन जगतप्राणीलाई हितगरी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
मूलमः-
।।१३८।। सर्वसंज्ञा प्रहीणार्थो विज्ञानार्थो निरोधधृक् ।।
सर्वसत्वमनोविषय: सर्वबुद्ध मनोगति: ।।समता,२०।।
अर्थः-
(१३८) सकल संज्ञाका कारणलाई छोडी, विज्ञानको अर्थ निरोध गरी, सकल प्राणीका मनलाई विद्याले जानी, सकल प्राणीका मनमा बसी पाल्नुभएका ।
भावार्थः-
भट्टारक मञ्जुघोषले म’मेरो’ भन्ने संज्ञा सकलका कारणलाई जानी, यसको बीऊ सहित छोडी, षडविज्ञान तथा षडविषयलाई सत्य देखीराखेको, देखेको र बिर्सेको यी दुइटाको अर्थ शेष कुनै समेत बाकि नराखि समग्रको मूलजरा देखि नै निरोध(नाश)गरी यसलाई शुद्धगरी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको हो । अतएव प्राणीहरुलाई पनि संसारबाट मुक्त गर्नलाई क्लेशको बीऊ सहित छोडी सर्वज्ञ प्राप्त गर्नको लागि ज्ञेय सकल दृष्टिसंकेत विघ्न गर्ने दुइटा आवरण ‘देखेको’ र ‘बिर्सेको’ (यी दुइटा लाई) शुद्ध गर्नुपर्दछ भनि आज्ञा गरी गरी राख्नु भएको छ ।
“सर्वसत्व मनोविषय सर्वसत्व मनोगति” भनेको क्लेश तथा ज्ञेय दुईटै आवरणहरू छोडन सक्ने (शक्ति)को हेतु कारण, धर्मकायको बीज प्राणीहरुसंग पनि आफै रहिरहेको थाहा पाउने हेतु कारण भएको, त्यसलाई जान्ने यो कसरी रहेको भने “प्रमाण विवरण”को अनुसार ‘आफ्नो चित्त स्वयम् निर्मल भैरहेकोमा त्यसमा मयलहरु समग्र उघरी?(टाँसिई) छोपिदिने कसर हो’ आज्ञा गरिराखिएको छ । जस अनुसार, सकल प्राणीका मन स्वयम् विशुद्ध(निर्मल) भैराखेकोमा विषययुक्त भई (स्वयम् विशुद्धि भएको भएतापनि त्यसमाथि) मैल आवरणबाट टाँसिई नदेखीने गरी छोपिइ आफ्नो चित्तभित्रको स्वभाब विशुद्धिलाई आफूले नै नदेखीराखेको हो । अतएव सकल प्राणीका मनका स्थिति (स्वभाव) जस्तो हो त्यसै यथार्थरूपमा विद्याले जानेका सकल बुद्धहरुका चित्तको धर्मता(धर्मधातु) तथा सकल प्राणीका चित्तको धर्मता(धर्मधातु) (पनि एउटै) हो । यी दुइटाको स्वभाव स्वयम् विशुद्धि (निर्मल) भैराखेको यस दुइटा धातुलाई छुट्याउन नसकिने हुन्, भनि आज्ञा गरिराखिएको छ । त्यसरी यस धर्मकायको बीऊ स्वयम् रहिराखेको लाई जानी सकल प्राणीका मनमा रहिरहनु भएको हो । यस अवबोध हुन अत्यन्त गाहारो, यस्तो गम्भीरको अधिस्थानलाई अवबोधगर्न पहिले त्रिशरण (त्रिरत्नको शरणमा) गई पुण्यसंभार सबै बटुलि, आवरण सबै शोधन गर्दै महाकोशिस गरी, बुद्धहरुको अधिष्ठान चित्तमा राख्नपर्ने एउटा आवश्यकता हो । यहाँ भट्टारक मञ्जघोषले यो गम्भीरको स्थान (ठाउँ) सबै चित्तमा राखी सकल प्राणीलाई पनि आज्ञा गरिपाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।।२०।।
मूलम्-
।।१३९।। सर्वसत्त्व मनोन्तस्थ: तत्चित्तसमतांगत: ।।
सर्वसत्त्व मनोल्हादी सर्वसत्व मनोरति: ।।समता,२१।।
अर्थः-
(१३९) सकल प्राणीका मनमा बसी, त्यही चित्तमा मिली पाल्नुभयो । सकल प्राणीका मन सन्तोष गराई सकल प्राणीका मन आनन्द गरी पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणीहरूका आआफ्ना चित्त स्वयम् विशुद्ध भैराखेको भएता पनि आफ्नो चित्तको स्थिति(स्वभाव) आफै अवबोध नभैराखेको, क्लेशको अधिकारमा परि संसारमा दुःख पाइरहेका प्राणीहरूप्रति महाकरुणा भई उद्धारगर्ने कर्मगरी, यी सकल प्राणीका आ-आफ्ना चित्तमा मिल्नेगरी प्रवेश गरी प्राणीहरू सबैलाई बुद्धकर्ममा राखि सकल प्राणीका मन सन्तोष गराई सकल प्राणीका मन आनन्द गराई पाल्नुभयो । फेरि नरकमा जन्म लिई राखेका प्राणीहरुलाई उपायकौशल्यबाट (नरक मैं) अवतारलिई जो जसलाई जे जस्तो दुःख प्रकारको भएको छ, ती दुःख सबै शान्त गरी पाल्नुभयो । त्यसमाथि निर्माण रूप दर्शन दिई, यीनिहरुलाई आनन्द हुने तरीकाबाट (कथहनं?) सुगति स्थानमा माथी उठाइ, योग्यपात्र हुने उपदेश दिई, पवित्रगरी तारी पाल्नुभयो । त्यसरी नै प्रेतादि छओटा गतिमा रहेका लाई उपायकौशल्य गरी अवतारलिई तरीका मिलाइ (कथहनं?) स्वर्गमा निश्चित (बस्न पाउने) सुभिक्षमार्गमा राखि पाकगरी तारी पाल्नुभएको हुनाले भट्टारक मञ्जुघोषलाई सकल प्राणीका चित्तमा मिलाइ सकल प्राणीका मन सन्तोष गराई सकल प्राणीका मन आनन्द गराई पाल्नुभएको हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।।२१।।
मूलम्-
।।१४०।। सिद्धान्तो विभ्रमापेत: सर्वभ्रान्ति विवर्जित: ।।
नि:संदिग्धमति:त्र्यर्थ सर्वार्थ:त्रिगुणात्मक ।।समता,२२।।
अर्थः-
(१४०) सिद्धान्त पारङ्गत भई, चित्तमा केहि भ्रान्ति नराखि, मार्गमा भ्रान्ति हुने शंका बाट मुक्त भई, पारङ्गत भई, प्राणीका कारणबाट “त्रिगुणात्मक” (धर्मकाय, संभोगकाय, निर्माण काय) तीनैओटा प्राप्तगरी पाल्नु भएका ।
भावार्थः-
भट्टारक मञ्जुघोषले दुइटा (पुण्य र ज्ञान)को संभारहरू बटुली, सिद्धान्तमा पारङ्गत भई, चित्त भुलाउने कुरा केहि नराखि, भ्रान्ति हुने मार्ग सबैको विवरण छोडी, मार्गमा भ्रान्त नभईकन पारङ्गत भइ पाल्नुभयो । फेरि, आफ्नो तथा अरू (स्व-पर) दुबैको कारणबाट तीनैओटा साधनलाई शंका बाकी नराखि एकचित्तको बुद्धिले पारङ्गत भई पाल्नुभयो । यी आकाशव्यापी सकल प्राणीहरुका कारणबाट धर्मकाय, संभोगकाय, निर्माणकायका “त्रिगुणात्मक” भनिएका तीनओटा गुणका अधिपति भई पाल्नुभएका विभु वज्रधरको पद प्राप्त भई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।।२२।।
मूलम्;-
।।१४१।। पञ्चस्कन्धार्थ: त्रिष्काल: सर्वक्षण विभावक: ।।
एकक्षणाभिसंबुद्ध: सर्वबुद्धस्वभाव धृक् ।।समता,२३।।
अर्थः-
(१४१) पञ्चस्कन्ध भनिएको आत्माले त्रिकालका प्राणीहरुले गरिआएका अर्थ एक पलभित्रै विभाग गरी एक क्षणमा अभिसम्बुद्ध भई पाल्नुभएका । सकल बुद्धका स्वभाव जानी धारण गरी पाल्नुभएका भट्टारक मञ्जुश्री हुनुहुन्छ भनि भनिराखिएको छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले “पञ्चस्कन्धात्मक” भनेको अर्थ पूर्वकालमा प्राणीहरुले केकस्ता कर्म गरेको थियो, कुन देशको कहाँ जन्म भएको थियो, सेतो कालो (कुशल-अकुशल) कर्म जे जे बटुलेको छ, सुख दुःख सबै कसरी भोग गरी गरेको थियो; अहिले प्राणीहरुले सकल चित्तको हेतुबाट के काम गरिआएको छ, कुन कुन देशको कहाँ कहाँ बसि आएको छ, सुख-दुःख सबै कस्तो भोग गरिहेको छ, सेतो-कालो (अकुशल-कुशल) कर्म सबै केकस्ता बटुलिराखेको हो; र भविष्यमा कहाँ कुन ठाउँमा जन्म लिन जाने हो, सुख-दुख कस्तो भोग गर्ने हो, यी सबै जानीलिने । यो संग्रह गरिएमा प्राणीहरुका त्रिकालमा केकस्तो गरिआएको हो, कसरी गरिरहेको, के गर्नेहोला यी सबै ।
“सर्वक्षण विभावक” भनेको निमेष(पलख)को भित्र अनेक अनेक बिभागहरु सबै छुट्ट्याएर एउटा-एउटा रहेसम्म केवल? (मिसमास नगरी) साक्षात्कारले देखी अथवा जानी एक क्षणमा सर्वधर्म सर्वाकारज्ञ (साक्षात गरी सिकी) अभिसम्बुद्ध भई पाल्नुभएका भट्टारक मञ्जुश्री भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वबुद्ध स्वभावधृक्” भनेको सकल बुद्धहरू धर्मकायका धातुमा एकरस भई, सकल बुद्धका स्वभाव धर्मकाय धारण गरी पाल्नुभएका भट्टारक मञ्जुघोषलाई धर्मकाय द्वारा प्रख्यात गरिराखिएको छ ।।२३।।
मूलम् ;-
।।१४२।। अनङ्गकाय: कायाग्र्य: कायकोटि विभावक: ।।
अशेषरूपसन्दर्शी रत्नकेतु:महामणि: ।।समता,२४।।
अर्थः-
(१४२) अङ्ग नभएको काय(शरीर) शरीर मध्ये उत्तम हो । शरीरको कोटि (अनन्त आकाश पर्य्यन्त) अवबोध गरी पाल्नुभएका, अनेक अनेक रूप सबै देखाई, ध्वजाको टुप्पामा मणिरत्न जस्तै राखि देखाई पाल्नुभएका ।
भावार्थः-
“अनङ्गकायकायाग्र्यः” भनेको (शरीर नभएको उत्तमको शरीर) अपरिवर्तनीय महासुख शून्यतामा एकचित्त भैरहेको ज्ञान धर्मकाय (हो?) । परमाणुरज जमा भई भैरहेको शरीर धर्मको स्वभाव भएको होइन । यो शरीर धर्मस्वभावको नभएपनि लक्षण-व्यञ्जनको छोपिएको (तियातगु?) शून्यरूपको शरीर काय प्राप्त गर्नलाई यो यस्तो काय शरीरहरु सबैमध्ये उत्तमको रहेको हो ।
“कायकोटि विभावक” भनेको, अनन्त आकाश सबै क्षय नभए सम्म यस शरीर अर्कोमा परिवर्तन भएर नजाने वज्रकायको अवबोध भई आउनुभएका हुन्, भनि भट्टारक मञ्जुघोषलाई रूपकाय द्वारा प्रख्यात गरिराखिएको हो ।
“अशेष रूपसंदर्शी रतत्नकेतु महामणि” भनेको, भट्टारक मञ्जुघोषले ज्ञानधर्मकाय प्राप्त गरिलिई आकाशव्यापी सकल प्राणीहरुलाई आआफ्ना इन्द्रियको अनुसार अनेक-अनेक रूपहरू सबै देखाई पाल्नुभयो । कसरी देखाई पाल्नुभएको हो भने? देवताहरूलाई बोध गराउन देवताकै रूप, मानवलाई बोध गराउन मानव कै रूप, चरा फटेँग्रा आदि वर्णलाई बोध गराउन तत् तत् प्रकार कै, यो त्यो भन्ने नभएको रूपलिई देखाई पाल्नुभयो । फेरि चतुःभूत तथा वृक्षादिलाई त्यहि रूप भई बोध गराउनुपर्ने लाई त्यहि-त्यहि रूप भई देखाई सकल प्राणिहरुलाई बोध गराई पाल्नुभयो । यसप्रकार अनेक अनेक रूप भई प्राणीका कारणलाई गरी पाल्नुभएका । त्यसमा पनि विकल्प केहि नराखि यस धर्मकायमा अलिकता पनि टसमस् नभई अचल रही, चित्त उत्पत्ति गरी प्रणिधान गरी पाल्नुभयो । त्यसको अनुभावले कल्पबृक्ष र भद्रकलश तथा चिन्तामणि रत्न जस्तै भई प्रयत्न (कोशिस) गरी विकल्प गर्नु नपर्ने आकाशव्यापी सकल प्राणी जो सुकैले पनि प्रार्थना गरे पनि यस-उसलाई नभनि आआफ्नो भाग्यको अनुसारले निर्माणरूप देखाई (सकल प्राणीका) इच्छा सकल पूर्ण गरी सुख अवसर (इत्यादि) दिने गरी पाल्नुभयो । यस्तो असाधारणको बुद्ध चरित्र ध्वजाको टुप्पामा रहेको महाश्रेष्ठोत्तम मणिरत्न समानको भई रही अनुत्तर देखाउनु भएका हुनुहुन्छ भनि भट्टारक मञ्जुघोषलाई श्रेष्ठोत्तमको (बुद्ध) कर्म चरित्र द्बारा प्रख्यात गरिराखिएको छ ।।२४।।
इति आर्य्यमञ्जुश्री नामसङ्गीति नवम परिवर्त ।
समता ज्ञानगाथा चतुःविंशतिः।।
दशम परिवर्त
।।कृत्यानुष्ठान ज्ञानगाथा पञ्चदश।।
मूलम्;-
।।१४३।। सर्वसंबुद्ध बोद्धव्यो बुद्धबोधि: अनुत्तर: ।।
अनक्षरो मन्त्रयोनि: महामन्त्र कुलत्रय: ।।कृत्य,१।।
अर्थः-
।।१४३।। सकल बुद्धहरुले अवबोधगरी बताउनु भएको (ज्ञान) बुद्धबोधि अनुत्तर हो । अनक्षर (अक्षर? नभए)को गुह्यमन्त्र उत्पत्ति भैराखेको यस महामन्त्रको तीनओटा कुलहरुलाई (उपायकौशल्यगरी) जानी पाल्नुभएका ।
भावार्थः-
सकल बुद्धहरुले बोध गरी बताउनु भएको यस (ज्ञान)लाई साक्षत् गरिलिन दुइ पदले संयुक्त भएको धातुमा एकरस भई पाल्नुभएका हुनुहुन्छ । यस्तो निरावरण भएको महासुख सहज ज्ञानधर्मकाय भनेको सकल बुद्धहरुले बोध गरिलिएको अनुत्तर हो । यस्तो अनक्षर भनिएको निरावरणको सहजज्ञानको स्वभाव जस्तो हो त्यस्तै गरी, योगद्वारा एउटा-एउटा रहेसम्म पनि आफूले भोगगरी जानी पाल्नुभएकोले अक्षरबाट व्यक्तगर्न नसकिने भएकोले, अक्षर तथा संकेत मात्रै पनि नरहेको गुह्यमन्त्रलाई उपायकौशल्यबाट मात्र भईआएको हो, भनेर जानी पाल्नुभएका ।
“महामन्त्र कुलंत्रय” भनेको यस मार्गबाट जगत प्राणीहरुका मनलाई रक्षा गर्ने उत्तम उपाय भएकोले मन्त्र भनि प्रख्यात गरिराखेको छ । “मन रक्षा गर्ने” तरीका बारेमा विद्वान वज्राचार्य कहाँ गई यसको मार्गमा दृढगरी बसेमा पहिलेको प्रकाश देखीई त्यसबाट रक्षा हुने हुन्छ ।
त्यस पश्चात् दुर्गतिबाट रक्षा हुने, त्यसपछि संसारको बन्धनबाट रक्षा हुने, त्यसपछि आफ्नो मनस्कारको कर्मबाट रक्षा हुने, त्यसपछि व्यक्ति (प्राणीको) प्रकाश देख्न लागेकोमा रक्षा हुने, त्यसपछि निमित्त ग्रहण गर्ने बन्धनबाट रक्षा हुने हुन्छ । त्यसो भएकोले यो उपाय मार्ग लाई गुह्य महामन्त्र भनिराखिएको छ । “कुलंत्रय” भनेको भट्टारक मञ्जुघोषले उपायकौशल्यबाट यस मार्गमा बसी उत्तम पदवी प्राप्तगरी तथा प्राणीहरु लाई पनि यस बारेको रूल उपदेश बताई पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।।१।।
मूलम्;-
।।१४४।। सर्वमन्त्रार्थ जनको महाविन्दु: अनक्षर: ।।
पञ्चाक्षरो महाशून्यो बिन्दुशून्य: षडक्षर: ।।कृत्य,२।।
अर्थः-
(१४४) सकल मन्त्रहरुको अर्थ उत्पन्न गर्ने महाबिन्दु हो । अनक्षर भनेको यस्तोत्यस्तो अक्षर भनि भन्ने नभएको महाशून्यको पञ्चाक्षर हो । बिन्दुशून्यको संग षडक्षर (छओटा अक्षर) हो? ।
भावार्थः-
“सर्वमन्त्रार्थजनक” भनेको गुह्यमन्त्र(को) उपायकौशल्यद्वारा मार्ग(भावना गर्न) प्राणीहरुको यस बखत (जीवनकाल)को कारण तथा अन्त्यको कारण सबै उत्पन्न गरी, विशुद्धि अभिषेक प्राप्तगरी लिई, समय(नियम) क्रमशः सम्पूर्णतामा (छसिंनिसें?) पालन गरिलिए भने यस बखतमा द्रोह गर्न नपर्ने गरी सकल विचार सिद्ध हुनजाने हुन्छ । पहिलो क्रमको योग गर्नलाई शिक्षा प्राप्तगरी, त्यसपछि चतुर्कर्म (शान्ति, स्वस्ति, पुष्टि-मार? गरी चारओटा कर्महरु) चलाउने तथा महा अष्टसिद्धि इत्यादि साधारणहरु समग्रमा प्राप्त हुने र असाधारणको उत्तम सिद्धि पनि चाँडै प्राप्त गर्न सकिने कुशल मूल सबै पूर्ण गरि, दुइटा क्रमको रूलबाट भावना गर्यो भने पक्का उत्तम सिद्धि प्राप्त गर्न सकिन्छ भनि आज्ञा गरी पाल्नुभएको हो । यस अनुसार “जनक” भनेका सकलका पिता भई पाल्नुभएका भट्टारक मञ्जुघोषले प्राणीरूलाई यस्तो सिद्धि दिइ पाल्नुभएको हो भनि प्रख्यात गरिराखिएको छ ।
“महाविन्दुरनक्षर” भनेको परिवर्त नहुने महासुख (हो । यो) यस्तो वा त्यस्तो हो भनेर भन्नै नसकिने, स्वयम् जस्तो हो त्यसरी नै बसीराखेको, (यस्तो) मार्ग धारण गरी पूर्ण सिद्ध भई पाल्नु भएका ।
“पञ्चाक्षरो महाशून्यः बिन्दुशून्य षडक्षर” भनेको “एवं”साधन गर्ने रूल हो । “पञ्चाक्षर” भनेको षड्धातुको पञ्चसर्ग आवरण छुटि गई त्यसमा मिल्नेगरी निमित्त महाशून्य भई पञ्चक्षर समग्र जमा भैराखेको (मुनाच्वंगु) “वँ” अक्षरको रूप साधनगर्ने तथा षड्सर्ग भनेको आवरण छुटि राखेको बिन्दुमा षडक्षर जमा भई “ए”कारको रूप साधन गर्ने हो । यस्तो “एवं”को रूप साधन गर्ने तथा मन्त्र-शव्द साधन गर्ने रूल ठूलो”(वृहत्?) श्रीकालचक्र”तन्त्रको टीकामा र विमलप्रभाको टीकामा बताइराखेको छ, त्यसमा हेरि सिक्नु होला ।।२।।
मूलम्;-
।।१४५।। सर्वाकारो निराकार: षोडशार्द्धार्द्धबिन्दु धृक् ।।
अकल: कलनातीत:चतुर्थध्यानकोटि धृक ।।कृत्य,३।।
अर्थः-
(१४५) सकल आकारहरुले युक्त भएको निराकार बिन्दु सोह्रओटाको आधी आठओटा, त्यसको पनि आधी गरी चारओटा बिन्दु धारण गरी पाल्नुभएका । अङ्ग रहित भई संख्या नाघी गएको चतुर्थ ध्यानको शिखर (चोलामू) धारण गरी पाल्नुभएका ।
भावार्थः-
“सर्वाकार” भनेको सकल उत्तम आकारहरू भई, आफै सिद्ध भईरहेको यस्तो स्वरूप “सर्वाकार” हो । “निराकार” भनेको यस शून्यता ज्ञान उत्पन्न भईआउने ठाउँमा शून्य रूपवर्ण सहित नभएको शून्यतालाई “निराकार” भनि भनिराखिएको छ ।
“षोडशार्द्धार्द्ध” भनेको आवरण छुटिगई महासुखज्ञान उत्पन्न भईआउने हेतु सोह्रओटा आकारका आधी आठओटा आकार त्यसको पनि आधी चारओटा आकार धारण गर्ने “षोडशार्द्धार्द्ध” भनेको हो ।
“अकल कलनातीत” भनेको यस ज्ञानको अङ्ग नभएको संख्या-भावलाई नाघेर गएको यस अनुत्तरको मार्ग साधन गर्यो भने कलिकालको अन्त्यमा आयु छोटो भएर जाने वखतमा एउटा जन्ममै चाँडै बुद्ध हुने मार्ग ”अकल कलनातीत” भनिएको हो ।
“चतुर्थध्यान कोटिधृक्” भनेको आवरण छुटेको ज्ञान लौकिक चतुर्थध्यान इत्यादि साधारणको समाधि समग्रमा र असाधारणको समाधि इत्यादिको शिखर भैराखेको यो सबैभन्दा उत्तम भई विशेष आर्य्य भैराखेको यस्तो आवरण छुटिगएको महासुख कहिले पनि परिवर्तन नहुने (हिलावनी मखुगु) समाधिलाई भट्टारक मञ्जुघोषले चित्तमा धारण गरी पाल्नुभएको हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ । चतुर्थध्यानमा साधारण तथा गुप्तार्थ (असाधारण) दुइटा (प्रकारबाट) बताइएको छ । यीनिहरु मध्ये;
(१) साधारणको चतुर्थध्यान भनेको (१) प्रथम ध्यान, (२) द्वितीय ध्यान, (३) तृतीय ध्यान, (४) चतुर्थ ध्यान । यी चारओटा साधारण चतुर्थध्यान भनेर भनिएको छ ।
(२) गुप्तार्थ “चतुर्थध्यान” भनेको (१) आनन्द ध्यान, (२) परमानन्द ध्यान, (३) विरमानन्द ध्यान, (४) सहजानन्द ध्यान हो ।
यी चारओटा लाई तन्त्रका टीकामा चतुरानन्दका ध्यान भनि एउटैमा बताइएको छ ।
यी ध्यानाङ्ग सकल जानी पाल्नुभएका भट्टारक मञ्जुघोषले साधारण तथा असाधारणको ध्यानाङ्ग सबै जानी पाल्नुभएको हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
यसमध्ये साधारणको चतुर्थध्यानमा १८ओटा अङ्ग बताइएको छ; जसमा
(१)प्रथम ध्यानमा (१) वितर्क, (२) विचार, (३) प्रीतिसुख, (४) चित्त (५) एकाग्रता गरी पाँचओटा ।
(२)द्वितीय ध्यानमा (१)प्रीति, (२) सुख, (३) अध्यात्म, संप्रसाद, चित्त एकाग्रता समेत चारओटा ।
(३)तृतीय ध्यानमा (१) उपेक्षा, (२) स्मृति, (३) संप्रजन्य, (४)सुख, (५) चित्त एकाग्रता समेत पाँचओटा ।
(४)चतुर्थ ध्यानमा (१) उपेक्षा परिशुद्ध, (२) स्मृति परिशुद्ध, (३) सुख पनि नभएको दुख पनि नभएको (न सुख न दुःख) वेदना परिशुद्ध, (४) चित्त एकाग्रता समेत चारओटा अङ्ग छन् ।
यी जम्मा अठार ओटा छन् भनि जानीलिने हो ।।३।।
मूलम्;-
।।१४६।। सर्वध्यानकलाभिज्ञ: समाधिकुलगोत्र वित् ।।
समाधिकाय: कायाग्र्य: सर्वसंभोगकायराट् ।।कृत्य,४।।
अर्थः-
(१४६) सबै ध्यानका अङ्गहरू जानी समाधिकुल तथा गोत्र धारण गरी पाल्नुभएका । समाधिको मुख्य उत्तमको शरीर भई सकल सम्भोगकायका राजा भई पाल्नुभएका ।
भावार्थः-
“सर्वध्यानकलाभिज्ञ” भनेको असाधारणको ध्यानमा धर्मश्रोतनामसमाधि तथा अधिशान्तसंयुक्तनामसमाधि, निर्विकल्पसमाधि इत्यादि तथा पञ्चमार्ग(को) एउटा-एउटा बखतको समाधि इत्यादि तथा सुरङ्गमोनामसमाधि, रत्नमुद्रानामसमाधि, सिंहविजृम्भितोनामसमाधि, चन्द्रध्वजश्रीनामसमाधि, आकाशकोशनामसमाधि, सर्वधर्मसमतानामसमाधि इत्यादि महायानसूत्रमा (वर्णन) गरिराखिएका धेरै समाधिहरु समग्रमा तथा तन्त्र-मन्त्रमा बताइएको असाधारणको समाधिहरू (समेत) सकल जानी पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गराइराखेको छ ।
“समाधिकुलगोत्रवित्” भनेको भट्टारक मञ्जुघोषले साधारण तथा असाधारणको समाधिहरू समग्रमा जस्तो हो त्यसरी नै सिद्ध गरी पालना गर्ने तरीका तथा यी समाधि सकलका स्वभाव जे जे हो ती सबै मार्गमा धमाधम बोध गराउँदै गर्दै कर्म गुण धमाधम भैआएको सबै जस्तो हो त्यसरी नै जानी । यी समाधि सबै प्राणीहरुका सन्तति (स्वभावमा) जसो उत्पत्ति हुनजाने हो यस स्वभावमा युक्त भैराखेका पुद्गलजति भएका छन् तथा यस स्वभावमा सबै समाधि उपाय द्वारा उत्पत्ति गर्ने तथा उत्पत्ति गर्न नपर्ने जति भएका छन् तथा सबै विद्याद्वारा जानी पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“समाधिकायाग्रे” भनेको, भट्टारक मञ्जुघोषले सकल समाधिहरु मध्ये उत्तम भैराखेको यो छओटा अङ्ग संयोग भैराखेको अभ्यन्तरको(दुन्ययागु) समाधि कहिले पनि परिवर्तन नहुने सुख पर्य्यन्त सबै बुद्धिभन्दा पनि उत्तमको सुख सहित जमा भैराखेको शून्य स्वरूप भई लक्षण-व्यञ्जनले अलङ्कृत भएको काय सकल शरीरहरू मध्ये सबैभन्दा उत्तमको हो भनि जानीलिई चित्तको आवरण छुटिगएको महासुख तथा शरीरमा लक्षण व्यञ्जनले भरेको(तियातःगु) काय भएर एउटै स्वभावमा जमा भैराखेको लाभ गरी पाल्नु भएका भट्टारक मञ्जुघोषलाई फल पर्य्यन्त प्राप्तगरी पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वसंभोग कायराट्” भनेको भट्टारक मञ्जुघोषले सम्भोगकाय लाभगरी यस कायको अचिन्त्य (यतिउति नभएको) युक्त भई, बोधिसत्त्व सकलका गुरु भई, मोक्षको नगरीमा जाने हरुका सार्थवाहु भई आर्य्यमार्गमा बस्ने सकलका राजा भई, जगत प्राणीका शरण नाथः तथा उत्तम सैन्य भई पाल्नुभएका हुनुहुन्छ । यस “त्रिरत्नानुस्मृति” भन्ने सूत्रमा, बुद्धरत्नलाई सकल प्राणीका शास्ता भनिराखिएको छ । बोधिसत्त्वहरुका “पिता”, आर्य पुद्गल सबैका राजा र निर्वाणनगरमा जानेहरुका सार्थवाहु भनि स्तोत्र बनाइराखिएको छ ।
“सर्वसंभोगकाय” भनेको, काय परिवर्तन नहुने, वाक् नरोकिने भई चित्त सुखशून्य धातुमा एकचित्तले बसिरहेको हो । फेरि नयाँ सत्वहरुलाई धर्मभोगबाट नछुटाइकन कोशिस गर्ने जस्तो एउटा हो । अद्भूतको लक्षण व्यञ्जनले श्रीस्वभाव भोग गरिराखेको सुखशून्य संयोग भएको छाँट नित्य देखाई निरालम्बको करुणाले शान्त (निर्माण) हुने पर्य्यन्त छोडी जिनको सप्ताङ्ग युक्त भई पाल्नुभएका लाई नमस्कार भनि सप्ताङ्ग युक्त भएको द्वारा प्रख्यात गरिराखिएको छ ।।४।।
मूलम्;-
।।१४७।। निर्माणकाय: कायाग्र्यो बुद्धनिर्माणवंश धृक् ।।
दशदिग्विश्वनिर्माणो यथावज्जगदर्थ कृत् ।।कृत्य,५।।
अर्थः-
(१४७) यो निर्माणकाय भनेको काय सबै मध्ये उत्तमको हो । बुद्धनिर्माणकायको वंशभई, दश दिशामा अनेक अनेक अवतार लिई जगत प्राणीका कारणबाट जसो गर्नुपर्ने हो त्यही गरी देखाई पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले जगत प्राणीका कारणबाट निर्माण काय पर्य्यन्त द्वादश चरित्रद्वारा उत्तम निर्माणकायको चरित्र देखाई पाल्नुभएको; यस निर्माणकाय भनेको काय सबैभन्दा उत्तम छ, भनेर बुझोस भनि प्रख्यात गरिराखिएको हो । “बुद्धनिर्माणवंशधृक्” भनेको भट्टारक मञ्जुघोष आकाशव्यापी सकल प्राणीहरुलाई निरावरणको ज्ञान(ले) हेरि जसलाई जुन किसिमले बोध गर्नुपर्यो त्यसै तरीकाबाट बुद्धको अवतार लिई प्राणीहरुका संख्याका समान प्रकाश गरी पाल्नुभएको हुनाले भट्टारक मञ्जुघोषलाई बुद्ध निर्माण वंश धारण गरी पाल्नुभएका भनि प्रख्यात गरिराखिएको छ ।
“दशदिग्विश्वनिर्माण” भनेको, दशै दिशामा अनेक अनेक प्रकारका अवतार लिई यस जगतका प्राणीका कारणद्वारा एक एक जनाका धातु तथा चित्तका समान “यथावज्जगदर्थकृत” भनेको जस्तो गर्नुपर्ने हो त्यसै गरी देखाई पाल्नु भएका भनि प्रख्यात गरिराखिएको छ ।।५।।
मूलम्;-
।।१४८।। देवातिदेवो देवेन्द्र: ऽसुरेन्द्रो दानवाधिप: ।।
अमरेन्द्र: सुरगुरु: प्रमथ: प्रमथेश्वर: ।।कृत्य,६।।
अर्थः–
(१४८) देवीदेवताका तथा देवताका राजा इन्द्रका पनि देवता – देवातिदेव देवेन्द्र भई पाल्नुभएका । दानवका अधिपति वेमचि भई मर्नु नपर्ने देवका गुरु भई पाल्नुभएका । अभिमान भैराखेका लाई सकाउने मध्ये अभिमान क्रोध सकाउने इश्वर भई पाल्नुभएका हुनुहुन्छ ।
भावार्थः-
भट्टारक मञ्जुघोषले पहिले देखिनै आकाशव्यापी सकल प्राणीहरूलाई आआफ्नो इन्द्रिय समान अवतार भई देखाई, विशेष देव तथा दानव भन्दा पनि श्रेष्ठको भई, क्रोधले अभिमान गरिरहेका प्राणीलाई मोक्षमा राखि विघ्न गरिदिने विघ्नका राजाभई, शासनमा नबसी उठी(उद्दण्ड)राखेका लाई दमन गरेका कारणले देवका मुख्य शक्र इन्द्र जस्तै भई देवहरुलाई वशमा राख्ने देवका शरीर सर्वअधिकार भएका देवका पनि देव जस्तैभई आउनुभयो । फेरि दानवको अधिपति वेमचि समान भई मर्न नपर्ने अधिकार भएका कामदेवका इश्वर जस्तै भई देवका गुरु ऋषिमुनि जस्तै भई पाल्नुभयो । फेरि प्रमर्थन गर्ने विष्णु जस्तै तथा प्रमथन गर्ने भैरव(महादेव)जस्तै भई शरीर बनाइ क्रोध भैरहेकालाई दमन गर्नुभयो । पहिले(न्हापां) कल्प संयुक्त भैरहेको कालमा महादेव तथा दक्षिण दिशाका यमराजाहरूले प्राणीहरुलाई यस ठाउँमा बुद्ध धर्मको अर्थ जानीराखेका लाई देख्न नसकि अनेक अनेक धेरै दुःख दिएका हुनाले भट्टारक मञ्जुघोषले क्रोधेन्द्र वज्रभैरबको शरीर बनाइ(दनाः) यसरी शेखी गरिराखेका हरूसबैलाई दमन गरी पाल्नुभएको यस्तो हो । यस सकल मण्डलका मण्डल प्रकाश गर्ने तरीकाले मिलाएर बताइएको हो ।६।।
मूलम्;-
।।१४९।। उतीर्ण भवकान्तार एक:शास्ता जगद्गुरु: ।।
प्रख्यात दशदिक्लोको धर्मदानपति: महान् ।।कृत्य,७।।
अर्थः-
(१४९) भवकान्तार (भवको बन-जंगल) नाघी जानुभएका । एकैजना शास्ता जगतप्राणीका गुरु भनि लोकमा दशै दिशामा प्रख्यात गरिराखेका धर्मदान दिनेका अधिपति भई पाल्नुभएका ।
भावार्थः-
“उत्तीर्ण भवकान्तार” भनेको, भट्टारक मञ्जुघोषले आफै नै भवको बन-जङ्गलबाट नाघेर गई भवमा पडिराखेका जगत प्राणीहरुलाई भवको भवजङ्गलबाट पार गर्ने मार्गको उपदेश दिई पाल्नुभइका शास्ता एकजना जगतका करुणावन्त गुरु भई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
फेरि “प्रख्यात दशदिग्लोक” भनेको, भट्टारक मञ्जुघोषलाई जगतमा मोक्षमार्ग देखाउनु भएका गुरु भनि बयान गरिएको हो । त्यसपछि शिष्यहरुले मात्रै बयान गरेको नभई दशै दिशाका लोकमा रहेका सबैले पनि भट्टारक मञ्जुघोष भनेका जगतका गुरु हुन् र उहाँ जोडा अर्को नभएको सकल जिनका एउटा “पिता” भई पाल्नुभएका हुनुहुन्छ पनि प्रख्यात गरिराखिएको हो ।
“धर्म दानपति महान” भनेको, भट्टारक मञ्जुघोषले आकाशव्यापी सकल प्राणीहरूलाई आफ्नो भाग्यको अनुसार अवतार लिई देखाई, यस धर्मको उपदेश दिई स्वर्ग, मोक्ष तथा सर्वज्ञको मार्गमा राखि पाल्नुभएका हुनाले भट्टारक मञ्जुघोषलाई “धर्मदानपति महान” भनि प्रख्यात गरिराखिएको हो ।।७।।
मूलम;-
।।१५०।। मैत्रीसन्नाह सन्नद्ध करुणावर्म वर्मित: ।।
प्रज्ञाखड्गो धनुर्वाण: क्लेशाज्ञान रणञ्जह: ।।कृत्य,८।।
अर्थ;-
(१५०) मैत्रीको कवच लगाई, करुणाको कवचको शरीर छोपी, प्रज्ञाको खड्ग तथा धनुबाण लिई क्लेश अज्ञानको विषयलाई सकाई पाल्नुभएका ।
भावार्थः-
(क) भट्टारक मञ्जुघोषले कर्मक्लेशबाट बाँधिएर मारपाशद्वारा समातिएका प्राणीहरूलाई मुक्तगर्ने कारणबाट उपायकौशल्यले अवतार लिई मैत्रीको कवच लगाई करुणाको कवचले शरीर छोपी प्रज्ञाखड्ग, पारमिता पुस्तक तथा धनुष र बाण लिई मण्डलको मुख्यपुरुष भई पाल्नुभयो । त्यसमाथी भाग्यवानहरु लाई मण्डलमा उपस्थित गराई अभिषेक गरी दिक्षा दिनुभयो । रागादि क्लेश तथा अज्ञान निर्बुद्धिको विषय सकाई, जोसुकै ले जस्तो इच्छा गरे पनि इच्छा सिद्धि गरिदिने भएकोले भट्टारक मञ्जुघोष भनेका अरुको विषयलाई लिई लडी जिती वीरभई मार शत्रु दमन गरी तथा चतुर्मार मारसैन्यादि समग्रलाई जिती हटाई पाल्नुभएका हुनुहुन्छ भनि अत्यन्त प्रख्यात गरिराखिएको छ ।।८।।
मूलम्;-
।।१५१।। मारारि: मारजिद्वीर: चतुर्मारभयान्तकृत् ।।
सर्वमारचमू जेता संबुद्धो लोकनायक: ।।कृत्य,९।।
अर्थः-
(१५१) बीर भई मार शत्रु लाई दमन गर्नुभएका । चतुर्मारको भय सकाई पाल्नुभएका । मारसैन्यहरुलाई जिती सम्बुद्ध भई, लोकका नायक भई पाल्नुभएका ।
भावार्थः-
(ख) उहाँ मञ्जुश्रीको तीनओटा अनुहार छओटा हातमा दायाँ हातले खड्ग र तीर समाती बायाँ हातमा कमलको फूल (उफोस्वाँ) र वाण समातेको काय देखाई, मारशत्रु भनिएका तथा चतुःमारलाई दमन गरी पाल्नुभएका इत्यादि भनिएको । भट्टारक मञ्जुघोषलाई अर्थ मिलाइ सकल बुद्धका नाम वर्ण संख्या गरी बताइराखिएको छ भनि प्रख्यात गरिराखिएको छ । यसमा मार भनेको चित्त क्लेशको तर्फबाट अर्थ लगाई बताइएको हो । ललितविस्तरमा कामको क्लेशलाई मारको सार्थवाहु भनि बताइएको छ ।
वैरोचन बुद्धले आर्य्यतारालाई गरेको स्तोत्रमा “मारवीर विनाशिनी” भनि मारवीर सकललाई सकाई पाल्नुभएको भनि स्तोत्र गरिराखिएको मारवीर भनेको कामको क्लेशलाई बताइएको हो । चतुर्मार भनेकोः- (१) क्लेशमार, (२) संस्कन्धमार, (३) मृत्युमार, (४) देवपुत्रमार समेत चारओटा हुन् ।
फेरि मारसैन्य भनेकोः- क्लेश, त्रिविष (राग, द्वेष, मोह) द्वारा भैआएको चौरासी हजार क्लेशादि भएको यो सबै वृत्ति भई समग्रमा प्रत्येकलाई उनिएको (यानाहगु) हो ।।९।।
मूलम्;-
।।१५२।। वन्द्य: पूज्य: ऽभिवाद्यश्च माननीयश्च नित्यश: ।।
अर्चनीयोतमो मान्यो नमस्ते परमो गुरु: ।।कृत्य,१०।।
अर्थः-
(१५२) सम्बुद्ध लोकका नायकलाई वन्दना आदि पूजा स्तोत्र गर्न योग्य भई पाल्नुभएका, सदाकाल मान गर्न योग्य हुनुभएका, राम्ररी मानसत्कार गरी नमस्कार गर्न योग्य हुनुभएका, परम उत्तम गुरु हुनुहुन्छ भनेर भनि राखिएको छ ।
भावार्थः-
भट्टारक मञ्जुघोष भनेका जगतमा देव सहितका शरण नाथ तथा सैन्यका नायक सम्बुद्ध हुनुहुन्छ भनि वयान गरिराखेको जस्तै लोकका नायक हुनुभयो । वन्दना गरी पूजा गरी स्तोत्र गर्नको लागि योग्य हुनुभयो, सदाकाल मान गर्नलाई योग्य हुनुभयो, सत्कार गर्न योग्य हुनुभयो, राम्ररी मानसत्कार गरी नमस्कार गर्न योग्य हुनुभयो, योग्य परम उत्तम गुरु हुनुभयो भनि महान गराई प्रख्यात गरिराखिएको छ । भट्टारक मञ्जुघोष भनेका जिनहरुले पनि सत्कार गरी धारण गरी पाल्नुभएका भएको हुँदा प्राणीहरुले निश्चयगरी (धारणगर्न योग्य हो, शंका छैन), भनि आज्ञा भयो ।।१०।।
मूलम्;-
।।१५३।। त्रैलोक्यैकक्रमगति: व्योमपर्यन्त विक्रम: ।।
त्रैविद्य: श्रोत्रिय: पूत: षडभिज्ञ: षडनुस्मृति: ।।कृत्य,११।।
अर्थः-
(१५३) तीनै लोकमा सर्वत्र एकसाथ(छकोलं) अभ्यासगरी पाल्नुभएका, अन्त्य नभएको आकाश जस्तै अनेक विवरणहरुद्वारा अधिनमा राखि तीनओटा विद्या शुचिशुद्ध भएको यस छओटा (षड्)अभिज्ञा तथा छओटा (षडनु)स्मृतिद्वारा बुद्ध पद हासिल गरी पाल्नुभएका ।
भावार्थः-
भट्टारक मञ्जुघोषले आकाशव्यापी क्षेत्रमा सवैतीर(दक्वबनं) निर्माणपुर देखाई, त्यसमाथि कोशिस विकल्पलाई एक-एक गरी हेरि, प्रयास गर्नै नपरी भई तल-माथी-बिचको भूमि त्रिलोकमा एकैपल्टमा साधन(अभ्यास) गरी पाल्नुभएका; अथवा, एकसाथ भित्र समेटिएको हातलाई फैलाई पाल्नुभएको जस्तै एक पलकमा अवतार लिई अथवा आकाशमा सूर्य एउटा उदय भई पृथ्वीमा भूमि तल-माथि-सबै ठाउँमा रश्मिले व्यापक गरी एकसाथ उज्यालो गरेको जस्तै सबैठाउँमा अवतारले व्यापक गरी, अनन्त आकाश जस्तै सवैतीर व्यापक भई पाल्नुभएका भट्टारक मञ्जुघोषको अवतारहरुले अनन्त आकाशमा नाच नाची निर्माणव्यूहमा राखि अनेक विवरणलाई आफ्नो अधिनमा राखि व्यापकगरी पाल्नुभयो भनि प्रख्यात गरिराखिएको छ ।
“त्रैविद्यः श्रोत्रियपूतः षडभिज्ञ षडनुस्मृति” भनेको, भट्टारक मञ्जुघोषले जगत प्राणीका कारणबाट मार्ग, भूमि तथा फल सहित पूर्णभई उत्तम पद प्राप्तगरी पाल्नुभएका हुनुभएको हुनाले उहाँलाई अर्को जोडा नभएको भनि स्तोत्र गरिराखिएको हो । यसमा “त्रैविद्यः श्रोत्रियः पूत” भनेको, यो तीनओटा विद्या शुचि शुद्ध गर्ने भनेर बताइएको रूल धेरै छन्; जस्तो त्रिकाल विद्याबाट बताइएको, काय-वाक्-चित्त तीनओटा विद्याबाट बताइएको, अभिज्ञाबाट बताइएको, त्रिपिटक विद्याबाट बताइएको इत्यादि धेरै नै प्रकारबाट पछिसम्म बताइकोले भट्टारक मञ्जुघोषलाई प्राणीहरुलाई मार्ग उपदेश दिनमा जोडा नभएको भनि प्रख्यात गरिराखिइको छ ।
“षडभिज्ञः षडनुस्मृति” भनेकोमा “षडभिज्ञ” भनेको (१) दिव्यचक्षु अभिज्ञा, (२) दिव्यश्रोत अभिज्ञा, (३) परचित्तज्ञान अभिज्ञा, (४) पूर्वनिवासानुस्मृति अभिज्ञा, (५) ऋद्धि अभिज्ञा, (७) आश्रवक्षय अभिज्ञा समेत छओटा छन् । “षडनुस्मृति” भनेकोः- (१) बुद्धानुस्मृति, (२) धर्मानुस्मृति, (३) संघानुस्मृति, (४) शीलानुस्मृति, (५) त्यागानुस्मृति, (६) देवानुस्मृति समेत छओटा हुन् । यी स्मृतिहरू षड्गति अनुस्मृति राख्ने एउटा, तथा त्रिरत्नानुस्मृतिको माथि समयानुस्मृति, करुणानुस्मृति र चरित्रानुस्मृति तीनओटा उपवासानुस्मृति समेत छओटा गरी छुट्याएर बताउने रूलहरु धेरै छन् । “अभिसमयालंकार”मा तेह्रओटा अनुस्मृतिहरु बताएका छन्; पहिले बताइएको षडनुस्मृति, षडपारमितानुस्मृति तथा भाव नभएको स्वभाव नै अनुस्मृति हो भन्ने समेत तेह्रओटा गरी बताइराखिएको छ ।
फेरि भट्टारक मञ्जुघोषले प्राणीहरुलाई मोक्ष तथा सर्वज्ञको मार्गमा राख्नलाई जोडा नभएको रूलबाट उपदेश दिई आउनुभयो । आकाशव्यापी प्राणीहरुलाई अभिज्ञाद्वारा हेरि जानी एक-एक जनालाई धातुसंग मिल्नेगरी अर्थ बताई पाल्नुभयो । धर्म बताउँदा बोधगर्न सक्नेलाई धर्म उपदेश बताई, ऋद्धिद्वारा दमनगर्न योग्यलाई ऋद्धि देखाई, अन्त्यमा सकल प्राणीहरु लाई षडनुस्मृति द्वारा महायानको मार्गमा परिपूर्ण गराई राखी बुद्धभूमिमा राखी पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।।११।।
मूलम्;
।।१५४।। बोधिसत्त्वो महासत्त्वो लोकातीतो महर्द्धिक: ।।
प्रज्ञापारमिता निष्ठ प्रज्ञासत्वस्त्वमार्गत: ।।कृत्य,१२।।
अर्थः-
(१५४) बोधिसत्त्व-महासत्व भनेको महाऋद्धि द्वारा लोलाई नाघिगएका, प्रज्ञापारमिता पर्य्यन्त प्रज्ञापारमिताको नै तत्व प्राप्तगरी पाल्नुभएका हुन् ।
भावार्थः-
बोधिसत्त्व महासत्व भनेको अन्त्यमा गएर अनुत्तरबोधि तथा यसलाई साधन गर्नलाई बोधिचित्त गर्नुपर्ने तथा बोधिचित्तको लागि पूर्ण गर्नको लागि आफ्नो कारणमा धर्मकाय बोधगर्ने तथा पर(अरू)को कारणलाई रूपकाय यी दुवै प्राप्तगर्ने कामना उत्पत्ति गरी यी दुवै साधन गर्ने मार्ग भाग? पूर्ण गर्नको लागि शिक्षा गर्नुपर्ने हो भनि भनिराखिएको छ ।
यी सत्व पहिले आफ्नै कारणबाट बोधि आलम्वन गरेका, तथा परसत्त्वका कारणबाट रूपकाय आलम्बन गरेको यी दुइटै (आलम्बन लिएका) हुन् । यहाँ मञ्जुघोषको महायान मार्गमा आश्रय तथा जीविका गरी मार्गका अङ्ग पूर्णतामा सार?गर्न बोधिचित्तरत्न भावना पूर्ण गरी त्यही चित्तद्वारा आकाशव्यापी प्राणीका कारणबाट सत्कार गरी पाल्नुभएको हुनाले जोडा नभएको हुनुभयो भनि प्रख्यात गरिराखिएको हो ।
“लोकातीतो महर्द्धिकः” भनेको, (महाऋद्धिद्वारा लोकलाई नाघी गएका) महायानका मार्गमा शिक्षागर्ने बखतमा पहिले श्रद्धासाथ निश्चयगरी चर्य्यागर्न यो शिक्षादेखि नै सम्पूर्ण गरी लोकलाई नाघिजाने मार्ग महायानको दर्शनमार्ग प्राप्त भएको हुनाले प्राणीका (हितकल्याण गर्ने) कारणलाई महाऋद्धि लगायत यावत अनन्तशक्ति भएको हो, भनि भनिएको हो । यो महायानको दर्शनमार्ग प्राप्त गरी लिइ ऋद्धि जस्तो हो त्यसैगरी देखाउन सक्ने इत्यादि पहिले भनिराखिएका अनुसार दशभूमिको गुण जानी पाल्नुभएका हुन् । अतएव यहाँ मञ्जुघोषले बाटो पारगरी जानुभएको मार्ग दशभूमि पूर्ण गराई महान ऋद्धिद्वारा जगत प्राणीका कारणबाट गरी देखाई पाल्नुभएकोले जोडा नभएको महान पनि प्रख्यात गरिराखिएको हो ।
“प्रज्ञापारमितानिष्टः प्रज्ञासत्व स्त्वमार्गतः” भनेको यही दशभूमि पूर्णगरी बोधिफल प्राप्त हुने रूल हो । दशभूमिमा क्रमिक रूपमा बसी जिनपुत्रको चर्य्या सम्पूर्ण गर्ने, पाक गर्ने, र शोधन गर्ने (यी तीनैओटा)मा पूर्णपारङ्गत भएको हो । यस प्रज्ञापाममिताको अन्त्यमा वज्रादर्शनसमाधि प्राप्त भएको हुनाले बोधिचित्त रत्नको बल तथा स्वभावमा बोध भएको प्रज्ञाको बल दुइटै पूर्ण गरी यही अनुत्तर बोधिको फल पर्य्यन्त प्राप्त हुने हुन्छ भनि भट्टारक मञ्जुघोषले अनुत्तर बोधि प्राप्तगरी पाल्नुभएको रुल आरम्भ गरिराखेको हो भनि प्रख्यात गरिराखिएको छ ।।१२।।
मूलम्;-
।।१५५।। आत्मवित्परवित्सर्व: सर्वीयो ह्यग्रपुद्गल: ।।
सर्वोपमा मतिक्रान्तो ज्ञेयो ज्ञानाधिप: पर: ।।कृत्य,१३।।
अर्थः-
(१५५) आफ्नो र परको कारणको सकल विद्या जानी सकल प्राणीलाई हित गरेका उत्तम पुद्गल हुनुभयो । उपमा सबै नाघेर गइ, जोडा नभएको यस ज्ञेय र ज्ञानलाई जानी उत्तमाधिपति भई आउनुभयो ।
भावार्थः-
“आत्मवित्परवित्सर्वः सर्वीयोह्यग्र पुद्गल” भनेको, यस अनुत्तर बोधि प्राप्त गरिलिई परको कारणलाई गरिदिएको रूल अनुत्तर बोधि प्राप्त गरिलिई आफ्नो कारण तथा परका कारण सबै विद्याले जानी यसका अर्थ सबै साधन गर्नलाई अनादिको अनुभाव प्राप्तगरी जगतप्राणी सकल लाई हित हुने अनुत्तरको कार्य गर्नसक्ने भई यसप्रकारले जन्म भए देखि सकल जगतप्राणी लाई हित गरी आएका पुद्गलहरू सबै मध्ये (श्रेष्ठ भएका) भट्टारक मञ्जुघोषाई करुणा तथा कर्ममा जोडा नभएको उत्तम हुनुभयो भनि प्रख्यात गरिराखिएको छ । यो पदव्यञ्जन दुवै जानेका पण्डित एकजनाले त्रियानमा मिलाएर बताइराखेको यस आत्मविद्या भनिएको आफ्नो कारणबाट सिद्ध गर्नलाई साधन गर्नेवाला श्रावक, तथा परको विद्या भनेको बुद्ध पाल्नु नभएसम्मको लागि लोकधातुमा समग्रमा (व्याक्कवनं) निशव्द शरीरको वर्णभई परलाई धर्म बताउने प्रत्येक, तथा सकल प्राणीलाई हितगर्ने बोधिसत्त्व; यी तीनओटा कुलहरू भैराखेको बुद्धको सारथीलाई जोडा नभएको भट्टारक मञ्जुघोष नै हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वोपमा मतिक्रान्ता” भनेको, यी माथि (भनिएका) गुणहरु सबै मिलाएर भट्टारक मञ्जुघोषले पहिले बताई आउनु भएको यो(चरित्र) तथा यी चरित्रका सबै कृत्यहरू गर्नलाई जोडा नभएको, उपमा नभएको हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको छ ।
“ज्ञेयोज्ञानाधिपे पर” भनेको, महायानको साधारणको मार्गमा पूर्णभई उत्तम-तीक्ष्ण इन्द्रिय भैराखेका लाई यस अनुत्तर मार्गमा राखि यस अनुत्तर मार्ग साधन गराइ अन्त्यमा परिवर्तनीयसुख ज्ञेयावरण समेत छुटिसकेको सहजज्ञान, चित्तमा शून्यस्वरूपको लक्षण-व्यञ्जनले छापेको?(तियातःगु) काय, दुइटा रूपहरू एउटै रूप भई फल पर्य्यन्त त्रिकाय-पञ्चज्ञानले युक्त हुनेभएको पद हो । यस्तो मार्ग उपदेश दिनलाई अधिकारबाट पूर्णभई पाल्नुभएको भट्टारक मञ्जुघोष हुनुहुन्छ । त्यसैको लागि भट्टारक मञ्जुघोष भनेका प्राणीहरूका शरणनाथ तथा उत्तम सैन्य(शैन्य?) भयो भनि प्रख्यात गरिराखिएको छ ।।१३।।
मूलम्;_
।।१५६।। धर्मदानपति: श्रेष्ठ: चतुर्मुद्रार्थदेशक: ।।
पर्युपास्यतमो जगतां निर्य्याणत्रय यायिनाम् ।।कृत्य,१४।।
अर्थः-
(१५६) मुख्य धर्मको दानपति भई यस चतुर्मुद्राको अर्थ बताउनु भएका, जगतका सत्कार (उपासना गर्ने) उत्तम स्थान भई त्रियानको नैर्य्याणिक गरेकाहरूका नायक भई पाल्नुभएका ।
भावार्थः-
(क) “धर्मदानपति श्रेष्ठ” भनेको, भट्टारक मञ्जुघोष जगतप्राणिका मुख्यगुरु भई बयान गरिराखिएको अनुसार, आकाशव्यापी सकल प्राणीहरुलाई आआफ्ना भाग्य(को अनुसार) समान अवतार लिई धर्म उपदेश बताई सिद्धि दिई आउनुभएका हुनाले “धर्मदान दिनेवाला मध्ये श्रेष्ठको दानपति” भनि प्रख्यात गरी राखिएको हो ।
“चतुर्मुद्रार्थदेशक” भनेको, कसरी धर्मदेशना गरी पाल्नुभएको हो भने?, यी चतुर्मुद्रार्थको अर्थ बताइएको दुइटा छन्, साधारण तथा असाधारण । “साधारण चतुर्मुद्रा” भनेको दृष्टि (दर्शन) आज्ञाभएको चारओटा छन्, (१) सर्वसंस्कार अनित्य, (२) सर्वआश्रव दुःख, (३) सर्वधर्म शून्य अनात्म, (४) शान्त-निर्वाण, (एउटामात्र? दृष्टि दर्शन??) समेत चारओटा हुन् । यी चारओटा सकल जिनहरूका प्रवाच? सबै को सार अर्थ बताइएको हो । यसमा बसिरहेका समग्रको भुक्तमान (चर्य्या)गर्ने तरीका रूललाई नाघिजाने (अर्को) भूमि नभएको हुनाले मुद्रा भनि मात्र आज्ञा गरिराखिएको हो ।
“असाधारणको चतुर्मुद्रा” भनेको, (१) कायमा महामुद्रा, (२) वाकमा धर्ममुद्रा, (३) चित्तमा कर्ममुद्रा, (४) कर्ममा समयमुद्रा समेत चारओटा हुन् । यी मन्त्रमार्गका रहस्य संग्रहगरी राखिएको मन्त्रादि तथा विशेष अनुत्तरमार्गको शिक्षालिने कामना गरेकाले मार्गका रहस्य भुक्तमान(चर्य्या)गर्ने यस रूललाई अतिक्रमण गरिजाने अर्को भूमि नभएको हुनाले मुद्रा भनि भनिराखिएको हो । यी सबैलाई साच्चै नै धारण गरी चर्य्या गर्ने रूलबाट राम्ररी छुट्याई राखे भने अत्यन्त धेरै अक्षरहरु लेख्नपर्ने हुनाले यसमा (विस्तृत)प्रकाश गरी नलेखेको हुँ । यस्तो रहस्यमय मार्गलाई भट्टारक मञ्जुघोषले प्राणीहरुको निम्ति साधारण र असाधारण पर्य्यन्त समग्रमा बताई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गराइ राखिएको हो ।
“पर्युपास्यत्तमोजगतां” भनेको, पहिले बताइएको अनुसार धर्म विशेष समग्रलाई सूत्र तथा तन्त्रका मार्गका रहस्यलाई भ्रान्ति नहुनेगरी (निर्धनं) बताइ आउनुभएको हुनाले जगतप्राणी सबैको लागि सत्कार गर्ने उत्तम सार भयो भनि बयान गरिराखिएको हो । यसको हेतुकारणबाट दशैदिशाका बुद्धहरु सबैलाई पूजा गरेको भन्दा पनि आफूलाई निर्धन(भ्रान्त नभई) मार्गोपदेश दिएका गुरुका रौं-प्वाल एउटा मात्रको पूजागरेको महापुण्य (हुनजान्छ) भनि श्रीगुह्यसमाजतन्त्रमा महान गराई प्रख्यात गराइ राखिएको छ ।
“निर्य्याणन्त ययायिना” भनेको, पहिले बताइएको अनुसार भट्टारक मञ्जुघोष भनेका त्रियानमा नैर्यायाणिकद्वारा मार्गमा गमन गर्ने कामना गरिराखेका हरुका मार्गका नायक जोडा नभएको परमार्थ सर्व विवरणको दोषबाट छुटिगइ विशुद्धको श्रीस्वभावबाट युक्त भई पाल्नुभएका परमार्थ विशुद्ध श्री हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।।१४।।
मूलम्;-
।।१५७।। परमार्थ विशुद्धश्री: त्रैलोक्यसुभगो महान् ।।
सर्वसम्पत्कर: श्रीमान् मञ्जुश्री: श्रीमतां वर: ।।कृत्य,१५।।
अर्थः-
(१५७) “निर्य्याण त्रययायिनाम् परमार्थ विशुद्धश्री” भनेको, तीनै लोकमा जोडा नभएको अत्यन्त भाग्यवान श्रीयुक्त भएको सर्वसम्पत्ति जोरी आउनुभएका मञ्जुश्री उत्तम श्रीशोभाले युक्त भएका हुनुहुन्छ ।
भावार्थः-
(ख) “निर्य्याण त्रययायिनाम् परमार्थ विशुद्ध श्री” भनेको, पहिले बताइ राखेको अनुसार भट्टारक मञ्जुघोष भनेका त्रियानमा नैर्य्याणिकद्वारा मार्गमा गमनगर्ने कामना गरिराखेका हरूका मार्गनायक जोडा नभएको परमार्थ भई सर्वाकार देखि नै दोष छुटाई विशुद्धश्रीशोभाले युक्त भई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गरिराखिएको हो ।‘
”स्त्रैलोक्यसु भगोमहान” भनेको, भट्टारक मञ्जुघोष भनेका स्वर्ग-मध्ये-पातल तीनै लोकहरुमा जोडा नभएको हुनुहुन्छ, जसको नाममात्र सुनि धारण गर्दा तथा काय दर्शन गरी पौभा लेखिराखेको मात्र भएपनि कुनै ठाउँमा राखिराखेको भए त्यस ठाउँमा देवसहित तथा जगतका पुण्यक्षेत्र भई अत्यन्त असल भाग्य भएको हुने हुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“सर्वसम्पत् करश्रीमान्” भनेको, यस नामसङ्गीतितन्त्र सम्पूर्ण यावत् जति छ ती सबै बताउनु हुने लाई गुणहरु सकल श्रीमान देव सहित जगत प्राणीहरुलाई यहाँ तथा अन्तको सम्पूर्ण सिद्धिहरू दिई पाल्नुभएको हुनाले वन्दनादि पूजागरी हात जोडेर अनेक प्रकारबाट प्रार्थना गर्न योग्य भई पाल्नुभएका हुनुहुन्छ भनि प्रख्यात गराइराखिएको हो । फेरि सवैले स्तोत्र गाथा पाठ गरी स्तोत्रगर्न योग्य भएका विशेष आर्य्यहरुको श्रीस्वभाव सवै युक्त भई पाल्नुभएका श्रेष्ठोत्तम सकल जिनहरुका एउटा “पिता” भई पाल्नुभएका भट्टारक मञ्जुघोष हुनुहुन्छ भनि प्रख्यात गराइ राखिएको हो ।।१५।।
आर्य्यमञ्जुश्री नामसङ्गीति दशम परिवर्त
कृत्यानिष्ठानन ज्ञानगाथा पञ्चदश ।।
एकादश परिवर्त
।।पञ्चतथागत स्तुति गाथा पञ्च ।।
भट्टारक मञ्जुघोषलाई विस्तारपूर्वक स्तोत्रगर्ने इत्यादि समुच्चय गरी अर्थ बताइएको पञ्चज्ञानद्वारा गरिएको स्तोत्र ।
पहिलो – आदर्शनज्ञान द्वारा स्तोत्र गरी प्रार्थना गरेको
मूलम;-
।।१५८।। नमस्ते वरद वज्राग्र्य भूतकोटि नमोऽस्तुते ।।
नमस्ते शून्यतागर्भ बुद्धबोधि नमोस्तुते ।।पञ्च,१।।
अर्थः-
(१५८) वरदान दिनेहरु मध्ये श्रेष्ठको हजूर(छलपोल) वज्रकुल लाई नमस्कार छ । सम्यक् यथार्थ पर्य्यन्त हुनुभएका हजूरलाई नमस्कार छ । शून्यताबाट उत्पन्न हुनुभएका हजूरलाई नमस्कार छ । बुद्धको पद महाबोधि प्राप्त गरी पाल्नुभएका हजूरलाई नमस्कार गरेँ ।
भावार्थः-
यस(पहिलो श्लोक)मा आदर्शनज्ञान द्वारा स्तोत्र गरी प्रार्थना गरेको कसरी भने?
“नमस्ते वरदवज्राग्य्र” भनेको, “प्राणीहरूलाई उत्तम तथा साधारण सिद्धिहरू शेष बाकी नराखि (सम्पूर्ण हुने गरी) दिनुभएका हुनाले सकल जिनपुत्रहरूले हजूरलाई “वरदवज्राग्य्र” (अर्थात् वरदान दिने दानपतिहरू मध्ये श्रेष्ठको हुनुहुन्छ) भनि एक प्रकारले (छगूपाखँ) प्रख्यात गरिराखेको हुनुहुन्छ । हजूर, वज्रकुलका उत्तमनाथ मञ्जुघोषलाई सादर नमस्कार गरेँ । (मलाई) उत्तम तथा साधारण सिद्धि चाँडै दिनुहोस्” भनि प्रार्थना गर्ने ।
“भूतकोटि नमस्तुते” भनेको, “उत्तम बोधिचित्त उत्पत्ति गरेर दुइटा संभारहरू सम्पूर्ण गरी वज्रादर्शनसमाधि द्वारा द्वेष र भ्रान्ति दुइटा सकाई “भूतकोटि” (सम्यक् यथार्थको) धर्म समष्ठिको स्थिति (स्वभाव) पर्य्यन्त साक्षात्कार गरी जानी सर्वाकारज्ञताको ज्ञान चित्तमा राखि पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरी स्तोत्रगरी (हामी लाई) स्थिति(स्वभाव)शून्यता साक्षात्कारबाट बोध हुनसक्ने प्रसाद अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“नमस्ते शून्यतागर्भ” भनेको, “शून्यता-करुणाको हृदय भैरहेको भावनाद्वारा पारङ्गत भई परमार्थ प्रभास्वर भै आएको लक्षण-व्यञ्जनले अलङ्कृत भएको कायको अधिपति भई पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ, (हामीलाई) चाँडै लक्षण-व्यञ्जनले अलङ्कृत भएको काय प्राप्त हुने प्रसाद अधिष्ठान गर्नुहोस्” भनि प्रार्थना गर्ने ।
“बुद्धबोधि नमस्तुते” भनेको, “उपाय बोधिचित्तरत्न तथा शून्यता बोध भएको प्रज्ञादृष्टि दुइटा संयुक्त भैराखेको मार्गद्वारा पारङ्गतभई अनुत्तर सम्यक्सम्बुद्धको पद महाबोधि प्राप्तगरी पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ , (हामीलाई) चाँडै बुद्धपद प्राप्तहुने प्रसाद अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
यस अनुसार स्तोत्र-भावना गरेको कारणले अनुत्तरबोधि फल प्राप्त हुने चारओटा गाथा देखाई राखेको हो । अतएव यस तन्त्र पढने बेलामा गुरु तथा नाथ मञ्जुघोष बिचमा फरक नगरी अत्यन्त श्रद्धाबेग प्रकटगरी प्रार्थना गर्ने । यस्ता मार्गका अङ्गहरू परिपूर्ण गरि पाल्नुभएका उहाँ संग नबिर्सिकन शिघ्रता गरी स्वभावमा ज्ञान उत्पत्ति हुने आफूमा लाभ गराउन साच्चै नै निश्चयगरी प्रणिधान गर्ने हो । यी गाथामा बुद्धको पद सिद्धि गर्ने मार्गका अङ्गहरू पूर्ण भएको देखाइराखेको हो । प्रथम सर्वगुणको स्थान सकल सिद्धिको मूल(जरा भैराखेको) मार्गमा भ्रान्त नभइकन बताइदिने कल्याणमित्र एकजना संग चिन्तना(विचार) प्रयोग(संयोग) दुइटैको रूल अनुसार सेवन(सेवा) गरी त्यसमाथि त्यस कल्याणमित्र लाई साधारण व्यक्तिजनलाई गरे जस्तै संज्ञा गर्नबाट रोकिई यो देवातिदेव भट्टारक मञ्जुघोषको स्वरूप अत्यन्त महान देखी गुरु तथा नाथ मञ्जुघोष एकै भएको(फरक नभएको) लाई एकचित्तले प्रार्थना गरी तथा आज्ञानुसारले सिद्ध गर्नुपर्ने श्लोक (आचरण गर्ने) पहिले देखाइराखेको हो ।
त्यसपछि प्रज्ञा र उपायबाट संयुक्त भएको मार्गमा चीरकाल सम्म शिक्षागरी अभ्यास भुक्तमान गरी तल बसे भने मन्त्रमार्गका दुइटा क्रमशः मिलाउने बखतमा बोधिचत्तरत्नको भाग?? वेग बेसरी समुत्पन्न गरी ग्रहण गर्ने यस प्रपञ्चको अन्त्यबाट छुटेको सम्यक् (भूतकोटि) भावना गर्ने । त्यस धातुबाट रुपकाय ग्रहणगरि यस गम्भीर निर्मल दुइटा नभएको दिव्ययोग गर्नको लागि श्लोक मिल्नेगरी भावना गर्नुपर्ने गाथा दोस्रो चरण तथा तेस्रोमा देखाइ राखिएको छ ।
यसप्रकारले भावना गरेको फल अनुत्तर बोधिप्राप्त भएको गाथा चारओटा आचरणमा देखाइको छ । यो तन्त्र पढने बखतमा गुरु तथा नाथ मञ्जुघोष फरक नपारी उनी प्रति संबेगपूर्वक बेसरी प्रार्थनागरी यस्तो मार्गको अङ्ग परिपूर्ण भैराखेकोमा नभुलिकन निश्चित गरिदिने (जुइकेगु) तथा चाँडै स्वभावमा उत्पत्ति गराउने प्रणिधान गर्ने हो ।।१।।
दोस्रो – भट्टारक मञ्जुघोषलाई “धर्मधातु ज्ञान” द्वारा स्तोत्र गरिराखिएकोः-
मूलम्;-
।।१५९।। बुद्धराग नमस्तेऽस्तु बुद्धकामो नमो नम: ।।
बुद्धप्रीति नमस्तुभ्यं बुद्धमोद नमो नम: ।।पञ्च,२।।
अर्थः-
(१५९) बुद्धको राग गरी पाल्नुभएका हजूरलाई नमस्कार स्तुति गरेँ । बुद्ध कामना गरी पाल्नुभएका हजूरलाई वन्दना गरेँ, नमस्कार गरँ । बुद्ध प्रीति गरी पाल्नुभएका हजूरलाई नमस्कार स्तोत्र गरेँ । बुद्धको रोल गरी पाल्नुभएका हजूरलाई नमस्कार गरेँ ।
भावार्थः-
“बुद्धराग नमोस्तेऽस्तु” भनेको, ”अभिसम्बुद्ध देखि धर्मादि(सम्म)को स्थिति (स्वभाव)शून्यतामा रागगरी पाल्नुभएका । त्यसमाथी उत्थान नभईकन समाहित भएको धर्मकाय प्राप्तगरी पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । (हामीलाई) चाँडै धर्मकाय प्राप्त हुने प्रसाद अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“बुद्धकामो नमोनमः” भनेको, “अभिसम्बुद्ध देखि धर्मकायमा अचल भई पाल्नुभएका अनुसार आकाशव्यापी सकल प्राणीहरुलाई चाँडै मुक्त गर्ने कामना अभिलाषा गरी पाल्नुभएका नाथ करुणावान हुनुभएका हजूर मञ्जुघोषलाई महासादरसाथ वन्दना गरी नमस्कार गरेँ । हामीलाई पनि नाथ हजूर जस्तै हुने प्रसाद अधिष्ठान गरि पाल्नुहोस्” भनि कामना गर्ने ।
बुद्धप्रीति नमस्तुभ्यं” भनेको, “अभिसम्बुद्ध देखि धर्मकाय महासुख धातुमा चित्तप्रीति(हर्ष) गरी पाल्नुभएका, आकाशव्यापी सकल प्राणीहरुलाई आमाले एक्लो छोरालाई गरिने प्रेम गरेको जस्तै चित्तप्रीति(हर्ष) गरी सकल प्राणीका कारणबाट गर्नलाई कहिले पनि अल्सि नमानि नभुल्ने नाथ हजूरलाई सादर नमस्कार गरेँ । (हामीलाई) शिघ्र प्रज्ञाको स्वभाव जानीलिने अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“बुद्ध मोद नमोनमः” भनेको, “अभिसम्बुद्ध देखि चित्तसुख शून्यधातुमा नित्य छाँट देखाई जगत प्राणीका कारणबाट महाकरुणा राखि पाल्नुभएकोले कहिले पनि (अल्सी भई) नभुल्ने नाथ हजूर मञ्जुघोषलाई वन्दना गरेँ, नमस्कार गरेँ । (हामीलाई) चाँडै अधिष्ठानगरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।।२।।
तेस्रो – भट्टारक मञ्जुघोषलाई प्रत्येवेक्षणा ज्ञानगाथाद्वारा स्तोत्र गरिएको ।
मूलम्-
।।१६०।। बुद्धस्मित नमस्तुभ्यं बुद्धहास नमो नम: ।।
बुद्धवाच नमस्तुभ्यं बुद्धभाव नमो नम: ।।पञ्च,३।।
अर्थः-
(१६०) मुसुमुसु हाँसी पाल्नुभएका हजूर बुद्धलाई नमस्कार गरेँ । हँसिलो अनुहार हुनुभएका हजूर बुद्धलाई वन्दना गरेँ, नमस्कार गरेँ । बुद्धको वचन बोली पाल्नुभएका (ल्हानाबिज्याम्ह) हजूरलाई नमस्कार गरेँ । बुद्धका चित्त हुनुभएका हजूरलाई वन्दना गरेँ, नमस्कार गरेँ ।
भावार्थः-
“बुद्धस्मिंत नमस्तुभ्यं” भनेको “अभिसम्बुद्ध भएदेखि नै प्राणीका कारणको लागि एकक्षणको लागि पनि नभुलि दशै दिशामा हेरि कसलाई संसार तथा निरय(दुर्गति)बाट उकासौं, कसलाई बुद्धको भूमिका राखिदिऊँ, कसलाई धर्म उपदेश दिऊँ भनि हेरि, धर्म उपदेश दिन योग्य पात्र भई राखेकालाई हेरि चित्तप्रीति(हर्ष)गरी यस धर्म उपदेश दिनलाई पहिले हेरि मुसुमुसु हाँसी मुस्कान दिई पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । (हामीलाई) धर्मामृतको प्रसाद दिइदिनुहोस्” भनि प्रार्थना गर्ने ।
“बुद्धहास नमोनमः” भनेको अभिसम्बुद्ध भएदेखि दशै दिशाका प्राणीहरूलाई हेरि कसलाई शान्तसाथ दमन गर्ने कसलाई क्रोधले दमन गर्ने भनि सम्झीगुनी शान्तरूपमा बोध गराउन पर्नेलाई शान्तरूपमा र क्रोधपूर्वक दमन गर्नुपर्ने प्राणीलाई हेरेको बखतमा क्रोधको शरीर बनाइ “अष्टहास” भनेको आठ प्रकारले अत्यन्त शव्द निकाली हाँसी क्रोधकर्म चलाई दमन गरी पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई वन्दना गरेँ नमस्कार गरेँ । (हामीलाई) मार्ग साधन गर्नलाई भय सबै चाँडै सकिने प्रसाद दिई पाल्नुहोस् भनि प्रार्थना गर्ने ।
“बुद्धवाच नमस्तुभ्यं” भनेको, अभिसम्बुद्ध भएदेखि (मुख्य?) बुद्ध चरित्रको वर्णन(वाचा)गरी सम्पूर्णको स्वरले प्राणीहरुलाई धर्मोपदेश दिइ पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ, हामी लाई शिघ्र वाचा स्वर सुन्ने र सुनेर मुक्त हुने अधिष्ठान गरी पाल्नुहोस् भनि प्रार्थना गर्ने ।
“बुद्धभाव नमोनमः” भनेको, अभिसम्बुद्ध भएपछि सकल जिनहरूका ज्ञान एउटैमा संग्रह गरी चित्त ग्रहण गरी आकाश क्षय नभएसम्म जस्तै गरी चित्तको महाकरुणाले समर्थनगरी सकलप्राणीहरुलाई धर्म उपदेश दिइ पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई वन्दनागरी नमस्कारगरी (हामीलाई) करुणाले हेरि छिट्टै प्रसाद-अधिष्ठान गरी पाल्नुहोस् भनि प्रार्थना गर्ने ।
चौथो – समताज्ञानद्वारा गरिएको स्तोत्र –
मूलम्;-
।।१६१।। अभवोद्भव नमस्तुभ्यं नमस्ते बुद्धसंभव ।।
गगनोद्भव नमस्तुभ्यं नमस्ते ज्ञानसंभव: ।।पञ्च,४।।
अर्थः-
(१६१) अभव(भव नभएको)बाट उत्पत्ति भई पाल्नुएका हजूरलाई नमस्कार गरेँ । सम्यक्सम्बुद्ध भई पाल्नुभएका हजूरलाई नमस्कार गरेँ । आकाशबाट उत्पत्ति भई पाल्नुभएका हजूरलाई नमस्कार गरेँ । ज्ञान उत्पत्ति भई पाल्नुभएका हजूरलाई नमस्कार गरेँ ।
भाबार्थः-
अभवोद्भव नमस्तुभ्यं” भनेको, “(चित्त नै उत्पन्न भैनसकेको) चित्त उत्पन्न गरि, दुइटा संभारहरू पूर्णगरि, सर्वधर्मको स्वभावशून्यतामा (आफै नभएको) साक्षात हेरि पाल्नुभएका । परमार्थ प्रभास्वरबाट उत्पन्नभई, अपरिवर्तनको सुख सम्पूर्ण भएको पर्य्यन्त शून्यस्वरूप समानको लक्षण-व्यञ्जनबाट अलङ्कृत भएको काय भई, जगत प्राणीका कारणले उपकार गरी पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । हामीलाई छिट्टै करुणाले हेरि अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“नमस्ते बुद्धसंभव” भनेको, “अभिसम्बुद्ध भएर धर्मकायमा अचल हुनुभएको अनुसार आकाशव्यापी सकल प्राणीहरुलाई जो जसलाई जे जसरी (गर्नु पर्ने हो, त्यसरी नै) अवतार लिई देखाई धर्म उपदेश दिई असंख्य बुद्ध उत्पन्नगरी पाल्नुभएका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । (हामी लाई) छिट्टै बुद्धपद प्राप्तहुने अधिष्ठान गरि पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“गगनोद्भव नमस्तुभ्यं” भनेको, “षडङ्गयोग भावना (छओटा अङ्ग भएको योग-ध्यान) गरी आकाशमा मरीचि आदि (वाला वाला संथें?) अनेक-अनेक देखिने मार्ग ग्रहण गरेकोले भईआएको यस शून्यस्वरूपको लक्षण-व्यञ्जनले अलंकृत भएको काय सिद्ध भई जगतप्राणीका कारणलाई नबिर्सेका नाथ हजूर मञ्जुघोष लाई सादर नमस्कार गरेँ । (हामीलाई) छिट्टै अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने हो । त्यसमा पनि “आकाश-समान शून्यता-निष्प्रपञ्चत (प्रपञ्च सबै छुटिजाने गरी) साक्षात्कार गरी हेरि देखि पाल्नुभएका परमार्थप्रभास्वरले उत्पन्न भएको रूपकाय प्रकटगरी(दना) जगतप्राणीको (भलोकल्याण गर्ने) कारणबाट (उपकार) गरी पाल्नुभएका हजूर लाई वन्दना गरेँ” भनि नमस्कार गर्ने ।
“नमस्ते ज्ञानसम्भव” भनेको, “अन्तर्गतको शिक्षाको कारणबाट प्रभास्वर (निर्मल)ज्ञान उत्पन्न भएको (प्रज्ञा-ज्ञान दुइटा संयुक्त भएको) काय भई पाल्नुभएका हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ (हामी लाई) छिट्टै अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।।४।।
पाँचौ – नाथ मञ्जुघोषलाई कृत्यानुष्ठानज्ञान द्वारा स्तोत्र गरिराखिएको –
मूलम्;-
।।१६२।। मायाजाल नमस्तुभ्यं नमस्ते बुद्धनाटक: ।।
नमस्ते सर्वसर्वेभ्यो ज्ञानकाय नमोऽस्तुते ।।पञ्च,५।।
अर्थः-
(५) मायाजाललाई चटकजस्तै बनाइ पाल्नुभएका हजूरलाई नमस्कार छ । बुद्धलीला देखाई पाल्नुभएका हजूरलाई नमस्कार छ । सकल प्राणीहरुले सर्वकालमा प्रार्थना गरी राखिएका हजूरलाई नमस्कार गरेँ । ज्ञानकाय हजूरलाई नमस्कार गरेँ ।।
भावार्थ;-
“मायाजाल नमस्तुभ्यं” भनेको, “अभिसम्बुद्ध भई पाल्नुभई “मायाजाल” भनिएको लाई माया(चटक)जस्तै गरी निर्माण(प्रकट)गरी प्राणीहरुका संख्या समानले प्रकाशगरी जगतनायक हुनलाई कहिले पनि नबिर्सेका नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । हामीले पनि जो जसको लागि जे जसो किसिमको अवतार लिनुपर्ने हो, त्यसै गरी हजूरको पछिपछि लागेर धारण गरेँ(गर्दैछौं) । (हामीलाई) चाँडै नै पाकगरी मुक्त गर्न सक्ने अधिष्ठान गरिदिनुहोस्”, भनि प्रार्थना गर्ने ।
“नमस्ते बुद्धनाटक” भनेको, “अभिसम्बुद्ध हुनुभई जिनको चरित्र अनेक-अनेक (रूप-वर्ण-छाँट-पदको भई) देखाउनु भएका । यस क्षेत्रधातुमा कतिलाई शरीर जन्मलिई देखाउनु भयो । (क्षेत्रधातुहरूमा) कतिलाई गृहस्थ भएर देखाउनु भयो । कतिलाई प्रब्रजित (भिक्षु) भई देखाउनु भयो । कसैलाई धर्मचक्र प्रवर्तनादि गरेर देखाउनु भयो । प्राणीहरुलाई आआफ्नो इन्द्रिय समान अनेक-अनेक किसिमका रूपभई देखाउनु भएका, हजूर नाथ मञ्जुघोषलाई सादर नमस्कार गरेँ । (हामी लाई) छिट्टै लक्षण-व्यञ्जनले अलङ्कृत भएको काय दर्शनप्राप्ति गराई वाक स्वरले सुनी?(ताया) पाकभई मुक्त हुनसक्ने अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“नमस्ते सर्वसत्वेभ्य” भनेको, “प्रख्यात गर्ने कुरामा सबै सबैप्रकारले प्रख्यात गरी राखिएको, स्तोत्र गर्नुपर्ने जेजति छन् ती सबै प्रकारले स्तोत्र गरी राखिएको । लोकजनहरूले सदाकालमा सर्वदा प्रार्थना गर्ने आश्रयस्थल भई पाल्नुभएका, नाथ हजूर मञ्जुघोषलाई सादर नमस्कार गरेँ । हामीलाई छिट्टै अधिष्ठान गरी पाल्नुहोस्” भनि प्रार्थना गर्ने ।
“ज्ञानकाय नमोस्तुते” भनेको, “सकल जिनहरूका ज्ञान एउटैमा संग्रह गरेर एउटै कायगुण सबै समुच्चय भएको संस्कन्ध भई पाल्नुभएका, सिद्धि कुनै पनि शेष बाकी नराखि सबै (उत्पन्न)भईआउने महाखानी भएका, सद्धर्म शेष केहि बाकी नराखि (उत्पन्न)भईआउने एकस्थान हुनुभएका, शेष बाकी नराखि सकल संघका अधिपति भई पाल्नुभएका । त्रिशरण शेष बाकी नराखि बटुलेका महात्मा नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार गरेँ । हामीलाई कहिले पनि नछुटाइकन अनुग्रह गरी उत्तम तथा साधारण सिद्धिहरु शेष बाकी नराखि छिट्टै दिईदिनुहोस” भनि प्रार्थना गर्ने ।
यी पाँचओटा गाथाहरु भनेको, यस नामसङ्गीतितन्त्रका तन्त्र र सूत्र दुइटा मार्गका रहस्य जतिसम्म आज्ञा गरिराखिएका छन्, ती सबैको सार सबै संभार गरिराख्नु भएका नाथ मञ्जुघोषलाई स्तोत्र गरिराखिएको यावत् जतिसम्म तथा सबैको सार बटुलिराखि स्तोत्र गर्ने तथा विशेषरूपमा श्रीकालचक्रतन्त्रमा सिद्धि साधनगर्ने उपाय यावत् जति बताइएका छन्, ती सबैको सार सम्पूर्ण भैराखेको हृदय भई पाल्नुभएका नाथ मञ्जुघोषको करुणाले (हामी लाई) छिट्टै याचना गरेको अधिष्ठान गरी पाल्नुहोस्” । यस्तो महाखानी भैराखेको यो तन्त्र भएको हुँदा यो नामसङ्गीति तन्त्र पढनेले (वा पढेकाले) आफ्नो टाउको निहुराई यो विंशति? गाथाद्वारा प्रार्थना गर्ने बखतमा नाथ मञ्जुश्रीप्रति श्रद्धा वेग अत्यन्त निकाली प्रार्थना गर्ने हो ।।५।।
आर्य्यमञ्जुश्री नामसङ्गीति एकादश परिवर्तः ।
इति पञ्चतथागत स्तुतिगाथा पञ्चः समाप्तम्।।
द्वादश परिवर्त
अनुशंसा
नामसङ्गीतिको प्रशंसा बताइ राखेको छओटा अनुशंसाहरू छन्-
(१) शास्ता मुनीन्द्रसंग गुह्याधिपतिको परिवार सहित सबैले यथार्थपूर्वक प्रार्थना गरेको अनुसार “आर्य्य मञ्जुश्री नासङ्गीति” विस्तारपूर्वक आज्ञा गरी गुह्याधिपति लाई यस तन्त्र समुच्चयिक अधिष्ठान गरी यस तन्त्र ग्रहण गर्नेलाई अनन्त अनुशंसा हुने अधिष्ठान गरी पाल्नुभएको ।
(२) यस नामसङ्गीतितन्त्र धारणगर्ने लाई जिनपुत्रहरुको अधिष्ठानमा प्रवेश हुने इत्यादि अनन्त प्रशंसा बताइएको
(३) यस नामसङ्गीति तन्त्र धारण गरेका लाई रोग-दोष पापावरण क्षय भई आयु, पुण्य बृद्धि हुने तथा प्रज्ञा बृद्धि हुने इत्यादि अनन्त हित गुण भएर आउने (प्रशंसा) बताएको छ ।
(४) यस नामसङ्गीति तन्त्र धारण गरेका लाई बुद्ध तथा बोधिसत्त्वहरू सबैले अधिष्ठान गरी मार्ग-भूमि तत्क्षणमा यो दुइटा अनन्त हित गुण भएर आउने (प्रशंसा) बताइएको ।
(५) यस नामसङ्गीतितन्त्र धारण गरेका लाई भट्टारक मञ्जुघोषले छिट्टै अधिष्ठान गरी पाल्नुहुने इत्यादि अनन्त हित गुण भएर आउने (प्रशंसा) बताइएको ।
(६) यस नामसङ्गीति तन्त्र धारण गरेको कारणबाट मनले विचार गर्नेलाई सान्दृष्टिक (यहिं) तथा परन्तु (अन्तको) का कारण सबै छिट्टै सिद्ध हुने प्रशंसा बताइको
आर्य्य मञ्जुश्री नामसङ्गीतिको अनुशंसा द्वादश परिवर्त ।।
त्रयोदश परिवर्त
मन्त्रविन्यास
मूलम्;-
ॐ सर्वधर्माभावस्वभावविशुद्धवज्र अ आ अं अः प्रकृतिपरिशुद्धाः सर्वधर्मा: यदुत सर्वतथागतज्ञानकायस्य मञ्जुश्रीपरिशुद्धितामुपादायेति । अ आः सर्वतथागतहृदय हर हर ॐ हुँ ह्रीं भगवान् ज्ञानमूर्तिवागीश्वरमहावाच सर्वधर्मगगनामल सुपरिशुद्धधर्मधातुज्ञानगर्भ आः । ।
अर्थः-
आर्य्य मञ्जुश्री नामसङगीतिको हृदय मन्त्र भन्ने तीनओटा छन् । (१) प्रथम मूल तन्त्र भन्ने, (२) द्वितीय आह्वान गरी बोलाउने मन्त्र भन्ने, (३) तृतीय (जपमाला)मन्त्र भन्ने ।
पहिलो – मूलमन्त्र बताएको भनिएको
“ॐ सर्वधर्माभावस्वभावविशुद्धवज्र अ आ अं अः”
अर्थः-
ॐ भनेको वज्रशेखर(तन्त्र)मा कसरी भनिएको छ, भने – ॐ भनेको एउटा उत्तम धन दिनेवाला, भाग्यमानीहरुका श्रीसम्पत्ति, अनेक-अनेक प्रकारबाट श्रद्धायुक्त भई प्रतीज्ञा तथा मङ्गल धन धारण गर्नेको बयान गरिराखेको छ भनि भनिराखेको अनुसार प्रतीज्ञा तथा मङ्गलको धन धारण गरेका भनि बयान गरिराखेको । यस्तो पञ्चज्ञानमा मिलाएर मन्त्र(माला) को शिरनायक भैराखेको सर्वधर्म (धर्म सबै)को अभाव (भाव नभएको) हो । यस स्वभाव नभएको स्वभाव भनेको स्वयम् विशुद्ध भैराखेको, वज्रचक्षुः भनेको वज्रको आँखा, अआअंअः भनेको चतुःविमोक्षमा मिलाइ राखिएको हो ।
यस सर्वधर्मको स्वभाव नभएको स्वभाव भई परिशुद्ध भैरहेको चतुःविमोक्षको अर्थ गुरुको दिक्षाचक्षुबाट दर्शन भएको हो ।
दोस्रो – आह्वान गर्ने मन्त्र बताएको भनेकोः-
“प्रकृतिपरिशुद्धाः सर्वधर्मा: यदुत सर्वतथागतज्ञानकायस्य मञ्जुश्रीपरिशुद्धितामुपादायेति”
अर्थः-
प्रकृति भनेको आआफ्नो(गुगु) क्षेत्रमा रहेको, परिशुद्ध भनेको राम्ररी शुद्ध भैराखेको, सर्वधर्म भनेको धर्महरु सबै नै, यदुत भनेको सबै नै पाल्नु भैराखेको, सर्व तथागत भनेको तथागतहरू सवै नै, ज्ञानकाय भनेको ज्ञानको शरीर मञ्जुश्री, परिशुद्धिताम् भनेको राम्ररी शुद्ध हुनुभएका, उपादायेति भनेको छिट्टै आह्वान गरी बोलाउने कारण हो । कुन क्षेत्रमा कुन किसिमले ल्याउने कारण हो । कुनकुन क्षेत्रमा कुनकुन तरीकाले (आह्वानगरी)ल्याउने भन्ने बारेमा सकल तथागतहरू स्वयम् परिशुद्ध भएको धर्मकायको धातु देखि नै बोलाउने आह्वान गर्ने भनिएहो हो; तथा विशेषरूपमा ज्ञानकाय भई पाल्नुभएका उहाँ मञ्जुश्रीलाई नै परिशुद्धको धर्मकायको धातु देखि नै चाँडै आह्वान गरी बोलाई ल्याई सत्कार गर्ने भन्ने कारणले हो ।
तेस्रो – मालामन्त्र भनेकोः-
“अ आः सर्वतथागतहृदय हर हर ॐ हुँ ह्रीं भगवान् ज्ञानमूर्तिवागीश्वरमहावाच सर्वधर्मगगनामल सुपरिशुद्धधर्मधातुज्ञानगर्भ आः“
अर्थः-
यस अनुसार अआ: भनेको अनुत्पत्ति धर्मधातु हो । सर्व तथागत भनेको तथागत कुल सकल जम्मा भैराखेको हो । हृदय भनेको चित्त?(नुगः) हो । हरहर भनेको भयोभयो । ॐ हुं ह्रीं भनेको काय-वाक्-चित्त । भगवन् भनेको भगवान । ज्ञान भनेको जानेको बुझेको । मूर्ति भनेको सकल । वागीश्वर भनेको वचनको ऐश्वर्य । महावाच भनेको महानम्र वचन । सर्वधर्म भनेको सबै धर्महरु । गगन भनेको आकाश जस्तो । अमल भनेको निर्मल भएको दृष्टि जस्तै । सु भनेको सुख । परिशुद्ध भनेको राम्ररी शुद्ध गरिएको । धर्मधातु भनेको धर्मधातु । गर्भ भनेको हृदय । आः भनेको अनुत्पन्न हो ।
उहाँ तथागतको षडकुल सबै काय-वाक्-चित्तका, गर्भ भनेको हृदय(नुग?), आः भनेको अनुत्पत्ति, धर्मधातु भैरहेको तथा विशेष भगवान वागीश्वर मञ्जुश्री ज्ञानसत्वको धर्म सबै निःस्वभाब भएको, धर्मता भनेको धर्मधातु, आकाश(धातु) जस्तै तथा एकरस भैराखेको महासुखधातुले पूर्ण भएको हुनाले परिशुद्ध भएको धर्मधातु तथा बोध भएको महासुख ज्ञान एकै भएको फरक नभएको त्यहि गर्भ-हृदय(मा) धारण गरी पाल्नुभएका हुनुहुन्छ भनि भनिराखिएको हो ।
यी मन्त्रहरु सबैमा निश्चितार्थमा भनिएको, तथा त्यसमाथि तन्त्रको टीकाहरु आदि बनाइ बताइएका छन् । अतएव यी मन्त्र पढेकाले भट्टारक मञ्जुघोषको काय (शरीर) राम्ररी प्राप्तगरी (लुइका?) भावना (ध्यान) गर्नलाई यी मन्त्रका छन्द निश्चय गर्ने कारण आदि मनमा राखि यो मन्त्र पढी भट्टारक मञ्जुघोषलाई चित्तले सत्कार गरी (हामी लाई) छिट्टै प्रसाद दिने कोसिस गर्नु गर्नुहोला ।
आर्य्य मञ्जुश्री नामसङ्गीति तृयोदशम् परिवर्त ।
इति नाम मन्त्र विन्यास ।।
चतुर्दश परिवर्त
उपसंहार
मूलम्;-
अथ वज्रधर: श्रीमान् हृष्टतुष्टः कृताञ्जलिः ।।
प्रणम्य नाथं संबुद्धं भगवन्तं तथागतम् ।।१।।
अर्थः-
(१) यहाँ देखी श्रीमान् वज्रधर हर्षित र संतुष्ट भई हातजोडी विनतिगरी नाथ सम्बुद्ध भगवान तथागत अर्हंत् सम्यक्सम्बुद्धलाई प्रणाम गर्नु भयो ।
भावार्थः-
मूल तीनओटा गुह्यहरूका अधिपति (वज्रपाणि)ले गणसहित सबैले शास्ता मुनीन्द्रलाई बताउनु भएको तन्त्रलाई साधुकार तथा अनुमोदना गरे । शास्ता मुनीन्द्रले आर्य्यमञ्जुश्री नामसङ्गीतिको तन्त्र बताउनु भए पश्चात् तत्क्षण श्रीमान् वज्रधर गुह्याधिपतिले आफुले जस्तो विनति गर्नुभएको हो त्यसरी नै शास्ता मुनीन्द्रले तन्त्र बताउनु भएको लाई सुनी हर्षसन्तुष्ट भई हात दुइटा जोडी उहाँ त्रिधातुकका नाथ भगवान् तथागत अर्हत् सम्यक्सम्बुद्ध शाक्यमुनिलाई वन्दना गरेको हो । यस्तो समग्रमा राम्ररी बोध गराउनु पर्ने सकल प्राणीहरूलाई मार्गभ्रान्ति नहुने गरी उपदेश दिई बताई पाल्नुभएको कल्याणमित्रलाई वन्दनादि पूजागरी धर्म उपदेश बताई दिनुहोस् भनि प्रार्थना गरेको हुँदा धर्म बताउनुभएको पश्चात् पछि पनि वेसरी निश्चय वन्दनागरी खुशी भई रहनुभएको छ ।।१।।
मूलम्;-
अन्यैश्च वहुविधैर्नाथै: गुह्येन्द्रै: वज्रपाणिभिः ।।
स सार्द्धं क्रोधराजानै: प्रोवाचोच्चै: इदं वचः ।।२।।
अर्थः-
(२) तत्पश्चात् नाथ गुह्याधिपति क्रोधराज वज्रपाणिको अनेक-अनेक प्रकारका (गणहरू) तथा अन्यहरू पनि सहित भई सबैले एकसाथ (छगूपाखं) गुह्यस्तोत्र गरी यो गाथा पढी विनति गर्नुभयो ।।
भावार्थः-
तत्पश्चात् गुह्याधपतिका नाथ संग साथै आएका ती भृकुटि (आँखिभूई) खुम्च्याइ चलाई राखेका क्रोधराज वज्रपाणिगणहरू तथा अरूले जित्न नसक्ने क्रोधेन्द्रहरू आदि पाँचसये तथा अन्यान्य देवता, नाग, यक्ष, इत्यादि अनेक किसिमका (सत्वप्राणीजरू) पनि यस तन्त्र सुन्नको लागि अनेक परिवार सकल सहित भई जम्मा भई आकाश धातुमा परिपूर्ण गरि भरि (आएका छन् । ती) सबैले समेत एकसाथ गुह्यस्तोत्र गरी वन्दनागरी अनुमोदनादि शुरुदेखि नै (क्वनिसें?) यो गाथा पढी प्रार्थना गरेको हो ।।२।।
मूलम्;-
अनुमोदामहे नाथ साधु साधु सुभाषिम् ।।
कृतोऽस्माकं महानर्थः सम्यक्सम्बोधि प्रापकः ।।३।।
अर्थः-
(३) हे नाथ! हे शास्ता! हामी सबैले सुनी हर्षमान भएँ भनि अनुमोदन गरी साधु साधु गरि साधुकार गर्दछौं । संसारबाट विमुक्तभई मोक्षफल लाभगर्ने इच्छा गरिराखेका अनाथ प्राणीहरु सबैलाई सम्बोधि लाभगर्ने उपाय बताइदिनु भयो ।
भावार्थः-
हे नाथ ! हे शास्ता ! हे मुनीन्द्र ! हामी सबैले महागम्भीरको यो तन्त्रराज सुनी हर्ष सन्तुष्ट भई अनुमोदन गरी साधु साधु भनि साधुकार दिएका छौं । यस नामसङ्गीतितन्त्र मार्ग, भूमि, तथा फल सहित पूर्णगरी बताई सकल प्राणीहरुलाई यहाँ तथा अन्तको कारण सबै सिद्ध हुने यस स्वर्गको हेतु इत्यादि साधन गर्ने रूल साक्षात्कार गरी पूर्ण रूपले बताइ पाल्नुभयो । फेरि दुर्गतिको दुःखबाट विमुक्त भई दिव्य श्रीसम्पत्ति प्राप्त गर्ने इच्छा-कामना गरेका (हामी सकल प्राणीका) कारण (हामीलाई) साधना गराउनको लाई मोक्षसाधन गर्ने रूल पूर्ण गराई बताई संसारबाट विमुक्त हुने तथा फल मोक्षपद प्राप्त गर्ने कामना राखेका लाई जगत प्राणीका कारण सिद्ध गराउने पद लाभ गराउने उपाय सम्पूर्ण हुने गरी बताई पाल्नुभयो ।।४।।
मूलम्-
जगतश्चाप्यनाथस्य विमुक्तिफल कांक्षिणः ।।
श्रेयोमार्गो विशुद्धोऽयं मायाजाल नयोदितः ।।४।।
अर्थः-
(४) जगतमा नाथ नपाइ अनाथ भएका हरूका तथा विमुक्ति फल इच्छ गरेका हामीलाई
मायाजालको रूल बताइदिनु भयो । यो विशुद्धिको बढिया (भिंगु) मार्ग हो ।
(आश्चर्य अद्भूत हो) ।
भावार्थः-
फेरि दुइटा आवरणहरुले बाँधिराखेकोबाट मुक्तभई बुद्धपद प्राप्तगर्ने कामना (ईच्छा) गरिराखेका जगतका प्राणीहरू लाई अतीतका बुद्धहरुले तार्न नसकिराखेका अथवा नतारिराखेका (वा तार्न बाँकी भएका), नाथ नपाई अनाथ भैराखेका हामी तथा हाम्रा परिवार सहित सबैलाई सम्यक् सम्बोधि शिघ्र प्राप्तगर्ने कारणबाट महाकरुणा राखि यस मायाजालको रूल माया सदृशको समाधिद्वारा कलिकालका आयु छोटो भएकाहरु लाई (दिनु भएको) सम्बोधि साधन गर्ने मार्ग आश्चर्यको महा-अद्भूतको छ ।।४।।
मूल्;-
गम्भीरोदार वैपुल्यो महार्थो जगदर्थ कृत् ।।
बुद्धानां विषयो ह्येष सम्यक्सम्बुद्ध भाषितः ।।५।।
अर्थः-
(५) गम्भीर महा-विशालको यस महाअर्थ जगत प्राणीका कारणले सम्बोधि साधन गर्नलाई यस बुद्धहरुका विषय भएको यसलाई सम्बुद्धहरू सकलले (पनि) बताइ आउनु भएको हो ।
भावार्थः-
विशेष आर्य्य भैराखेको यस तन्त्रराज दुइटा आवरणबाट विशुद्धि गरी राम्ररी?(भिंक) निश्चय भैराखेको गम्भीर महान विशाल भएको पक्का भई राम्ररी गम्भीर मार्ग महान गराई उपदेश गर्नु भएको । यो आकाशव्यापी जगतप्राणी सकलका कारणलाई सम्बोधि साधनगर्ने, यो बुद्धहरुको विषय हो । पहिले यस्तो रूलबाट अतीतको बुद्धहरुले बुद्धको सारथी भई दमन गरी पाल्नु भएको, अनागतमा बुद्ध भई हुनेवाला हरुले पनि बुद्धको सारथीको रूलले दमन गर्न पाल्नुहुने, अहिले दशै दिशाका भुवनामा पाल्नु भईरहेका (बिज्यानाच्वंपिं) सम्बुद्धहरू सबैले उपदेश दिई राख्नुभएको यस (नामसङ्गीति) महातन्त्र हो, भनि प्रख्यात गरिराखिएको हो ।।५।।
इति आर्य्य मञ्जुश्री नामसङ्गीति चतुःदश परिवर्त ।
अनुमोदना समाप्तम् ।।
मूलम्;-
आर्य मायाजाल षोडश साहस्रिकात् महायोग तन्त्रान्तःपाति समाधिजाल पटलात् भगवन्तथागत श्री शाक्यमुनिना भाषिता भगवतो मञ्जुश्री ज्ञानसत्त्वस्य परमार्था नामसङ्गीति परिसमाप्ता । शुभम् ।।
अर्थः-
भगवान् मञ्जुश्रीज्ञानसत्वको परमार्थ नामसङ्गीति श्रीशाक्यमुनि भगवान् तथागत अर्हत् सम्यक् सम्बुद्धबाट आज्ञा गरी पाल्नुभएको समाप्त भयो ।
यो नामसङ्गीति बनाउनुहुने हरुः
भारतका उपाध्याय श्रद्धाकर वर्म्म, कमल गुप्त तथा तिब्बतका दोभाषिक रत्नभद्रले विनति गर्नु गर्ने मिलाएर बनाइएको हो । सर्वमङ्गलं ।।
भावार्थः-
भगवान मञ्जुश्रीज्ञानसत्वका परमार्थ नामसङ्गीति श्रीशाक्यमुनि भगवान तथागत अर्हत् सम्यक् सम्बुद्धले आज्ञा गरी दिनुभएको हो ।
त्यहाँपछि दुइटा भाषा मिलाएर बनाउनु भएका भारतका पण्डित श्रद्धाकर वर्म्म, कमल गुप्त तथा भोट(सँ)देशका दोभाषे रत्नभद्र यी तीनजनाले मिलाएर भोटेभाषामा लिपीबद्ध गरी लेखिराखेको छ भनि भनिएको छ । यस अनुसार यसको अर्थ, हिमालको उत्तरको भोट(सँ)देशका धर्मराज सहित सबैले दीर्घकालसम्म जिनको शासन महान गरी बृद्धि गरेको कारणले यस्तो प्रणिधान गरेको अनुभावले त्यस द्वीपमा शासन सकिसकेको भोट(सँ)देश अन्धा भैरहेका द्वीप भएको हुँदा जिनको सद्धर्म धारण गर्ने प्रणिधान गर्ने अनुभावले सिद्ध गर्न लोछ्येन रिन्छ्येन शाङ्पो पाल्नुभई भारतका पण्डित दिपंकर समेत तीनजना लगायत धेरैजना पण्डितहरु बसि सूत्र-तन्त्रको धर्म अनन्त गरी(जुइक) तिब्बतमा धर्मको आलोक (बत्ती) तेजिलोगरी जलाउनु भयो । विशेष पण्डित श्रद्धाकर वर्म्म बसी यस नामसङ्गीति तन्त्र राम्ररी मिलाएर तिब्बत भाषामा अनुवाद गरी बनाइ राखिएको हो ।
फेरि पनि भाग्यमानीहरू लाई महावृद्धि गरी “झोलोछे” भनेको समय(मा?) आफै नै यस नामसङ्गीतितन्त्रको सद् चित्तको सार धारण गरिलिइ संस्कृतभाषाबाट लाख पटक पढी अरुलाई पनि लाखपटक पाठ गराई आफूले यस तन्त्रमा दृढगरी मार्गभूमि पर्य्यन्त पूर्ण गरी वज्रकाय प्राप्तगरी पाल्नुभयो । फेरि मञ्जुनाथको (अवतारी) धर्मराज भएका महान चोंखापाले यस तन्त्रलाई प्रसन्न चित्तले धारण गरी एकबिहानको बेलामा (नसंतियाइले) यो नामसङ्गीतितन्त्र तीनपटक पढी । अरु अरु बेलामा पनि अत्यन्त (धेरै पटक?) पढी पाल्नुभयो भनि पञ्चप्रदीपतन्त्रमा यसको सारार्थ इत्यादि महान गराई बृद्धगरी बताएको छ । त्यसपछि यो नासङ्गीतितन्त्र पढेकाले अथवा पढनेवालाले भट्टारक मञ्जुघोषको काय (शरीरादि) खुलाई भावना (ध्यान) गरी पूजादि स्तोत्रद्वारा प्रार्थनागरी यहिं देखि नै यस तन्त्रको उपदेश सुनेको अनुसारले सूत्र तन्त्रको मार्ग बाकी नराखिकन परिपूर्ण गराउन यो तन्त्र उन्नति गर्ने प्रणिधान गराउनु पर्ने हुन्छ ।।शुभम्।। मस्तु सर्वजगतां।।
इति उपसंहारगाथा समाप्तम् शुभम् ।।
अनुवादकको भनाई
“नामसङ्गीति” सामान्य पुस्तक होइन । यो विश्वकै सर्वाधिक गहन ज्ञान मध्ये एक हो । यो सम्पूर्ण बौद्ध वाङ्मयको शीरको उष्णीष हो । यो सम्पूर्ण बौद्धदर्शनको समष्टी सारांश हो । यसले श्रावकयान, पारमितायान, तन्त्रयान सबै समेटेको छ । अर्थात्, स्थवीरवाद, महायान र वज्रयान तीनैओटाको गजूर हो । यो लौकिक र पारलेकिक दुवै हो । यो सूत्र, चर्या, योग, र तन्त्र सवै हो । यो बौद्धदर्शन अन्तर्गताको चार निकाय, अठार निकाय लगायत संस्कृत, पाली, तिव्वती भाषाका त्रिपटक, चतु:तन्त्र, वैपुल्य, कञ्ग्यूर-तेञ्यूर, कालक्रतन्त्र आदि इत्यादि समेत ८४,००० धर्मस्कन्धको सारसंक्षेप हो ।
यसैले यसलाई व्याख्यागर्न सजिलो छैन । प्राणीको पुद्गल परिचय गरी षट्कोटि व्याख्या चतुष्कोटि आख्यान गरी साधकको क्षमता उत्साह संकल्प स्तर बुझीमात्र यसको उपदेश दिनु पर्दछ । साधकको लक्ष निर्वाण, अर्हंता, बोधिसत्त्व वा सिद्धा के हो थाहा पाउनु पर्दछ । यी सबै कुरामा पारंगत नभएको गुरुको शिक्षा एकांगी भएको हुन्छ, उसले उपायकौशल्यगरी नामसङ्गीतिको यथार्थ देशना गर्न सक्दैन । इसाको सातौ देखि चौधौं शताब्दिमैं विभिन्न आचार्यहरूद्वारा २६ओटा टीका गरिसकेका देखिन्छ ।
मैले सर्वप्रथम नामसङ्गीति आदरणीय सत्यमोहन जोशीज्यूको निवासमा सोमबारे सप्तविधानोत्तर पूजाको बेला सुन्ने सौभाग्य पाएको थिएँ । तत्पश्चात् उकुबहालका आदरणीय गुरु भीमशाक्य, स्चयम्भू चैत्यका मूल गुरु यज्ञपानपति वज्राचार्य र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति नरेशमान वज्राचार्यवाट नामसङ्गीति बारे प्रवचन सुन्ने र केहि बुझ्ने मौका पाएको थिएँ ।
यस्तो नामसङ्गीति जस्तो महान गम्भीर ग्रन्थको अर्थ बुझनको लागि प्रथमत त्यहाँ भएका विभिन्न शव्दहरूको नै अर्थ, ‘शव्दार्थ’ नै जान्ने बुझ्ने प्रयास गरेको थिएँ, ती शव्दार्थहरू संकलन गरी निर्देसनको लागि गुरु नरेशमान वज्राचार्यसंग समपर्क गर्दा यस्ता गहन विषयमा लेख्दा त्रुटी भएमा दोष आउने भएकोले बरु कुनै टीकाको अनुवाद गरिदिए पनि राम्रै हुनेछ, भन्नु भए बमोजम यस भन्ते धर्मसागरको टीकाको अनुवाद गर्ने प्रथम प्रयास गरेको हुँ । यस पछि मुनिशासनको, र त्यसपछि अमृतकणिका र मन्त्रार्थावलोकिनीको सरलअर्थ लाउने प्रयास गर्ने सोच लिएको छु । यसलाई अझै बढी पठनीय र शुद्ध बनाउन सहयोग गरिदिन सबैमा प्रार्थना गरेको छु
प्रकाश मान श्रेष्ठ,
रिलायबल कोलोनी, भैंसिपाटी
[email protected]
01-5592948, 9851193948