सकल बुद्ध र बोधिसत्त्वहरुलाई नमस्कार गर्दछु ।
यस्तो मैले सुनेँ । कुनै एक समयमा भगवान् राजगृहमा विहार गर्नुभएको थियो । गृध्रकूट पर्वतमा महति भिक्षुसंघलाई साथ लिएर, र सकल शतसहस्र कुमारभूत बोधिसत्त्व हरुबाट (घेरिएर) । त्यहाँ भगवानले देवताहरुका इन्द्र भएका शक्रलाई बोलाई (भन्नु) भयो ।
हे कौशिक, यो प्रज्ञापारमिताको अर्थ कस्तो हो भने । यो प्रज्ञापारमिता न द्वैतबाट् दृष्ट हुन्छ न अद्वयबाट । न निमित्तत न अनिमित्तताबाट । न आयूहतो न निरायूहत । न उत्क्षेपतबाट न प्रक्षेप गरेर । न संक्लेशत न असंक्लेशत । न व्यवदानतो न अव्यवदानत । न उत्सर्गतो न अनुत्सर्गत । न स्थानतो न अस्थानत । न योगतो न अयोगतः। न संबन्धतो न असंबन्धतः। न प्रत्ययतो न अप्रत्ययतः। न धर्मतो न अधर्मतः। न तथत(या) न अतथत(या) न भूतकोट्या न अभूतकोट्या । हो भनेर बुझ ।
अर्थात् यो प्रज्ञापारमिता (१) न द्वैतबाट् दृष्ट हुने हो, अर्थात् अलग-अलग विभाजन गरि हेरेमा देख्न सकिन्छ न सबैकुरा लाई अद्वयमा एकाकार एकीकृत गरेमा नै देखिने हो । (२) यो प्रज्ञापारमिता) न त कुनै निमित्त अर्थात् कुनै उपमा उदाहरण दिएर वा कुनै आलम्बन आदि को सहारा लिएर थाहा पाउन सकिन्छ न त कुनै उपमा उदाहरण आलम्बन आदि साधन को माध्यम बेगर नै थाहा पाउन सकिने हो । (३) यो प्रज्ञापारमिता न आयुसंग सम्बन्धित छ न यो आयु संग सम्बन्ध रहित हो । अर्थात्, यो प्रज्ञापारमिता न त समय अवधि भएपछि, निश्चित काल भएपछि, किंवा कुनै कालबेलामा पाईने हो, अर्थात् यो समय सापेक्ष हो, आयुसंग सम्बन्धित छ । न त यो समय निरपेक्ष कालातीत वा समयकालसंग असम्बन्धित नै हो । (४) न त यो आफूसंग भएको बस्तु उँडेलेर घोप्ट्याई छितरेर फालेमा देखिन आउने हो न त हुर्याई परसम्म फ्याँकेमा बै देखिने हो । अर्थात्, न त यो बाहिरतर्फ बा भीत्रै प्रोजेक्ट गरेमा देखिन आउने हो । (५) न यो राग, द्वेष, ईर्ष्या आदि अनेक क्लेश उपक्लेशबाट संक्लेशित हुँदा प्राप्त हुने हो न त यो ती क्लेशहरु नभएमा नै देखिने हो । (६) न त यो शौच आचार संस्कार शुद्ध भएमा प्राप्त हुने हो न ती नभएमा नै । (७) न त यो प्रज्ञापारमिता धन, मान, अहं आदि त्यागी अर्थात् शरणागत हुँदैमा हस्तगत हुने हुने हो न त त्यसरी उत्सर्ग नभएमा नै पाइने हो । (८) न यो कुनै भौतिक भूगोल वा खगोलको कुनै स्थान कुनै लोकेशन कुनै स्पेश-टाईम डाईमेन्सनमा यो स्थित छ न कुनै अभौतिक शून्य अस्थानमा । (९) न त यो केही कुनै संग एटाच्ड भई अर्कै बस्तु भएको हो, छ न अन-इटेच्ड भई आफ्नै स्वरुपमा रहेको हो । अर्थात् न त यो योगबाट प्राप्य न अयोगबाट । (१०) न कुनै केहि संगको सबन्धबाट प्राकट्य हुने हो न त असंबन्ध भएर । (११) यो प्रज्ञापारमिता भनेको न कुनै अर्कै हेतुको कारणबाट हुने cause and effect को नतीजा अर्थात् प्रत्यय हो न तो बिना कारण उत्पन्न हुने अहैतुकी प्रत्यय हो । (१२) न यो बस्तुस्वभाव हो न वस्तुको स्वभाव बाट पनि बेगरको हो । अर्थात् न यो धर्मतो हो न अधर्मतः। (१३) न यो तथत(या) हो न अतथतया हो । (१४) न यो भूतभौतिक जगतको सीमा बाहिरको भूतकोट्या हो न त अभूतकोट्या हो ।
हे पूर्वजन्ममा कौशिक नाम भएका हे देवताका ईन्द्र, प्रज्ञापारमिताको अर्थ यसो हो । (१) सर्वधर्मसमत्व भएकोले यो प्रज्ञापारमिता समा हो । अर्थात् धर्म अर्थात् सर्वसकल बस्तुहरुमा पक्षपात भेदभाव नगरी सबैमा समत्वमा एकसमान भै बसेकोले यो प्रज्ञापारमिता समा हो । (२) सर्वधर्मविविक्तत्व भएकोले प्रज्ञापारमिता विविक्ता हो । अर्थात् जे जति सर्वसकल बस्तुको धर्म अर्थात् स्वभाव छन् ती भन्दा छुट्टै बेग्लै र अरूवाट rejected भएकोले प्रज्ञापारमिता विविक्ता हो । (३) सर्वधर्मा अचल भएकोले प्रज्ञापारमिता अचला हो । अर्थात्, जे जति बस्तुहरु छन् ती सर्वधर्महरु मध्ये यो अचल छ, motionless छ । (४) सर्वधर्मामन्य भएकोले प्रज्ञापारमिता अमन्यता हो । अर्थात् सर्वसकल बस्तुधर्महरुले अमन्य गरेको अर्थात् चित्त नबुझाउने खालको हो । सामान्य भाषामा जे जति मार्ग सम्प्रदाय दर्शनहरु छन् तिनीहरूबाट अमान्य गरिएको भनेर भन्न पनि सकिन्छ । (५) सर्वधर्माभीरु भएकोले प्रज्ञापारमिता अभीरु हो । अर्थात् सर्वसकल बस्तुधर्मबाट नडराउने नहच्किने हो । (६) सर्वधर्माच्छम्भिततया प्रज्ञापारमिता अच्छम्भी हो । अर्थात् भय रोमहर्षबाट विगत छ । (७) सर्वधर्मैकरसत्वात् प्रज्ञापारमिता एकरसा हो । अर्थात् सवैमा समान किसिमले अभेद्य एकाकार भई व्याप्त रहेको छ । (८) सर्वधर्मानुत्पादत्वात् प्रज्ञापारमिता अनुत्पादा । अर्थात् यो कुनै वा सबै बस्तुबाट उत्पाद भएको होईन । (९) सर्वधर्मानिरोधत्वात् प्रज्ञापारमिता अनिरोधा । (१०) गगनकल्पत्वात् सर्वधर्माणां प्रज्ञापारमिता गगनकल्पा । अर्थात् गगन भनेर भनिएको सेतो वा कालो कुनै पनि बादल रहित भएको आकाश हो । अर्थात्, क्लेशको आवरण र ज्ञानको आवरण दुवै आबरणले बाधित भएको हो । (११) रूपअपर्यन्तत्वात् प्रज्ञापारमिता अपर्यन्ता । अर्थात्, रूपस्कन्ध वा रूपधातु सीमारहितको भएकोले प्रज्ञापारमिता सीमारहित छ । एवं (१२) वेदना, (१३) संज्ञा, (१४) संस्कार, (१५) विज्ञान(हरु)बाट अपर्यन्तत्वात् प्रज्ञापारमिता अपर्यन्ता । अर्थात्। एसै किसिमले वेदना, संज्ञा, संस्कार, र विज्ञान पनि असीम अपर्यन्ता भएकोले प्रज्ञापारमिता अपर्यन्ता हो । (१६) पृथिवीधातु अपर्यन्तको भएकोले प्रज्ञापारमिता अपर्यन्ता हो । त्यसै गरी (१७) अब्धातु (१८) तेजोधातु (१९) वायुधातु (२०) आकाशधातु (२१) विज्ञानधातु हरू पनि अपर्यन्तको भएकोले प्रज्ञापारमिता अपर्यन्ता हो । (२२) सुमेरू पर्वत अपर्यन्तको भएकोले प्रज्ञापारमिता अपर्यन्ता हो । सुमेरू पर्वत भनेर भूगोलमा पृथ्वीको केन्द्रको महाशिखर हो, सूक्ष्मरूपमा भन्ने हो भने यो बौद्ध कस्मोलोजीको सेन्टर हो । अझै गहिरीएर हेर्ने हो भने समेरू भनेको “म” भन्ने चेत्यताको प्रतीक हो । (२३) त्यसैगरी समुद्र अपर्यन्तको भएकोले प्रज्ञापारमिता अपर्यन्ता हो । हामीले समुद्र भनेर भनेर अथह पानीको खण्ड भनेर बुझ्सदछौं । यसलाई समतामा रहेको मुद्रा भनेर पनि भन्न सक्दछौं । अर्थात् यहाँ उल्लेख भएका टर्मसहरु अर्थात् शव्दानली हरेका प्तर पत्रमा गहन देखी गहनतर अरथ लाग्ने गर्दछ । के कसो अर्थ लिने हो आआफ्नो क्षमता र स्तरमा निर्भर हुने हो । (२४) अब वज्र जस्तै समतामा भएकोले प्रज्ञापारमिता समा हो । (२५) सर्वधर्मा अभेदत्वात् प्रज्ञापारमिता अभेदा हो । (२६) सर्वधर्म(स्वभावा) अनुपलब्धित्वात् प्रज्ञापारमिता अनुपलब्धिः हो । (२७) सर्वधर्मविभाव(ना)-समत्वात् प्रज्ञापारमिता(अ)विभाव(ना)-समा। (२८) सर्वधर्मनिश्चेष्टत्वात् प्रज्ञापारमिता निश्चेष्टा । (२९) सर्वधर्म अचिन्त्यत्वात् प्रज्ञापारमिता अचिन्त्येति ॥ यसैगरी (२१) दानपारमिता (२२) शीलपारमिता (२३) क्षान्तिपारमिता (२४) वीर्यपारमिता (२५) ध्यानपारमिता (२६) प्रज्ञापारमिताहरु त्रिमण्डलपरिशुद्ध्यपर्यन्तत्वात् प्रज्ञापारमिता अपर्यन्ता नै रहन्छ ।
प्रज्ञापारमिता भनेर अष्टादशशून्यता लाई भनिएको हो;- (१) आध्यात्मशून्यता, (२) बहिर्धाशून्यता (३) अध्यात्माबहिर्धाशून्यता (४) शून्यताशून्यता (५) महाशून्यता (६)परमार्थशून्यता (७) संस्कृतशून्यता (८) असंस्कृतशून्यता (९) अत्यन्तशून्यता (१०) अनाद्यग्रशून्यता (११) (अन)पकारशून्यता (१२) प्रकृतिशून्यता (१३) स्वलक्षणशून्यता (१४) सर्वधर्मशून्यता (१५) अनुपलम्भशून्यता (१६) अभावशून्यता (१७) स्वभावशून्यता (१८) अभावस्वभावशून्यता इति । यो मैले संक्षिप्तमा प्रज्ञापारमिता बताएको हुँ ।
१. अध्यात्मशून्यता –
अध्यात्म भनेको शरीरको भित्र भनेको हो । यसमा छ प्रकारको विज्ञानहरु अर्थात् (१.चक्षुविज्ञान, २.श्रोत्रविज्ञान, २.घ्राणविज्ञान, ३.जिह्वाविज्ञान, ४.कायविज्ञान र ५.मनविज्ञान सबै) शून्य हुन् भनिएको हो । यिनिहरूका आफ्नै स्वतन्त्र स्वभाव छैन । आध्यात्मस्वभाव नित्य वा अविनाशी होईन, प्रकृतिले बनाएको हो । यसलाई संचालन गर्ने कुनै ‘आत्मा’छैन भन्ने आशयमा प्रयुक्त ।
२. बहिर्धाशून्यता
बहिर्धा भनेर शरीर बाहिरको भनिएको हो । अर्थात्, छ प्रारका विषयहरू अर्थात् १.रूप, २.शब्द, ३.गन्ध, ४.रस, ५.स्पर्श र ६.धर्म हुन् । यिनिहरूपनि स्वभावशून्य हुन्, अवास्तव हुन् । अर्थात्, यस शरीभन्दा बाहिरका जगताका बाह्यबस्तु पनि शून्य हुन् ।
३. अध्यात्मबहिर्धाशून्यता
आध्यात्मिकबाह्य भनेको इन्द्रियमा बसेको लाई हो । किनकि त्यो आध्यात्मिक पनि हो र चित्तसंग संयुक्त पनि छ ।
(इन्द्रियसंग संयुक्त भएको रूपस्कन्धमा परेको इन्द्रिय अध्यात्मिक हो । इन्द्रियसंग संयुक्त नभएको आलम्बन लिने विषय बाह्य हो । र यस अध्यात्मबहिर्धा समेत तीनओटा शून्यताहरु अधिमुक्तिचर्याका लागि हुन्) । शरीमा रहेको तथा बाहिर भएको द्वादशआयतनमा पनि, ‘आत्मा’छैन भन्नको लागि । स्थान परिवर्तन हुँदा जुन बाह्य भएको हुन्छ त्यो अभ्यन्तर हुनजान्छ । यसैले यो विभेद कल्पित हो । बाहिर को वा भित्रको वस्तुमा भेद छैन भनिएको हो ।
४. शून्यताशून्यता –
सर्वधर्म (रूपादि स्कन्ध सवै) नै शून्य भएकोले आध्यात्मिक शून्यतालाई आलम्बन गरिने ज्ञानको स्वभाव पनि शून्य छ ।
५. महाशून्यता –
दशै दिशामा पनि दिशा नभएकोले, शून्यता भनिएको । दिशा भनेर मानिएको पनि कल्पितमात्र हो । त्यस्तो कुनै खास स्थान नभएकोले यसलाई महान मान्दछ । त्यसैले यस्तो शून्यतालाई महाशून्यता भनिएको हो ।
६. परमार्थशून्यता –
परम् शव्दको अर्थ ‘निर्वाण’ हो । निर्वाण भन्ने वस्तु नै नभएकोले । किनकि निर्वाण भन्नु ‘विसंयोग’मात्र हो ।
७. संस्कृतशून्यता –
संस्कृत भनिएको बनिएको हो । अर्थात्, हेतु तथा प्रत्यय दुइटा मिलेर उत्पन्न भएको संस्कृतवस्तु अर्थात् कामधातु, रूपधातु, अरूपधातुको स्वभाव नै नभएकोले भनेको संस्कृतशून्यता भनिएको ।
८. असंस्कृतशून्यता –
असंस्कृत भनेर भनेको अर्थ हेतु तथा प्रत्यय मिलेर उत्पन्न नभएको आकाशजस्तो वस्तुलाई भनिएको हो । यो अनुत्पाद हो अर्थात् उत्पन्न नभएको हो; अनिरोध हो अर्थात् नाश नहुने हो, र अन्यथात्व हो अर्थात् परिवर्तन नहुने, फर्केर नजाने वस्तु हो । यस्ता असंस्कृतबस्तु पनि स्वभावशून्य हुन्, भनेर भनिएको ।
९. अत्यन्तशून्यता – अन्त भनेको कुनै वस्तुको माथिल्लो टुप्पा वा सीमा हो । यस्तो सीमान्तको पनि सिमान्त पनि शून्य भएकोले अत्यन्तशून्यता भनिएको । अर्थात्, अन्तको कुरा नाघि पार गैसकेकोले
१०. अनवराग्रशून्यता –
आदि भन्ने पनि कल्पनामात्र हो, मध्य भन्नुपनि कल्पनामात्र चहो र अवसान भन्नुपनि कल्पनामात्र हो भनि भावना गर्नु । अनाद्यग्रशून्यता पनि भनिएको । आदि, मध्य, अवसान भन्ने कुनै कुरा अत्यन्त काल्पनिक हो, भन्ने अर्थमा ।
११.अनवकारशून्यता –
अनवकारमा अनवकारस्वभाव छैन भनि भावना गर्नु । अवकार भनेको अवकिरणगर्नु, छर्नु, फाल्नु, त्यागगर्नु हो । सम्पूर्ण वस्तुहरू क्षणिक भएकोले छर्ने, फाल्ने, त्यागगर्ने आदि अवकारकृया नै नभएपछि नछर्ने, नफाल्ने, नत्याग्ने आदि (अनवकार)कृया नै रहँदैन । भन्ने अर्थ ।
१२.प्रकृतिशून्यता –
प्रकृति अर्थात् स्वभान भनेको सकल आर्यजनहरूले बनाएको होईन, र प्रकृतिको पनि आफ्नो स्वभाव छैन । प्रकृति संस्कृतपनि होइन, असंस्कृतपनि होइन; विकार पनि होइन, अविकार पनि होइन ।
१३. लक्षणशून्यता –
रूपादि लक्षण भएको, अर्थात् दु:खदिने स्वभावको भएको रूपादि पञ्चस्कन्धका र दुख दिेने लक्षण, रूपादि पञ्चस्कन्धमा नरहेको हुँदा शून्य भएकोले ।
लक्षणको नियम सामान्य र विशेष भन्नु नाममात्र हो ।
१४. सर्वधर्मशून्यता –
धर्ममा (रूपादि पञ्चस्कन्धमा, संस्कृत-असंस्कृत धर्ममा) धर्मको स्वभाव छैन भनि भावना गर्नु । सर्वधर्म भनेको संस्कृत र असंस्कृत धर्मका राशि(समूह)मा परस्परको अपेक्षा भएकोले स्वभाव छैन, नि:स्वभाव हो ।
१५.अनुपलम्भशून्यता –
भविष्यत् आदि कालका धर्मअतीतादि (भविष्य आदि कालको) परस्परमा नभएकोले । काल भनेको छ भनेर नाममात्र राखिएको हो । यहाँ लक्षणशून्यता र अनुपलम्भशून्यता दुईटा ज्ञानवशिताका आधारमा नवौंभूमिमा रहेकाले भावना गर्ने हो ।)
१६.अभावशून्यता –
अभाव पदार्थ भनेको असंस्कृतधर्म, अर्थात् आकाशआदि जस्तै हो । त्यस वस्तु नभएकोले । अरू वस्तुको स्वभावलाई नढाक्ने अनावरणकोमात्र नाम हो ।
१७.स्वभावशून्यता –
स्वभाव नाम भैरहेको शून्यतालाई आर्यहरूको ज्ञान र दर्शनले बनाइएको नभएकोले । यस शून्यताले ज्ञानदर्शनलाई यथार्थरूपमा व्यक्तगर्ने भएकोले पनि ।
१८. अभावस्वभावशून्यता –
दुइटाको संयोग भई उत्पन्न भएको वस्तुको स्वभाव हुँदैन । त्यसवस्तु प्रतित्यसमुत्पन्न हो । संयोगको संयोग नभएकोले । छ भन्ने वस्तु संयोग (मेल)मात्र हो ।
भगवानले कौशिकलाई भन्नु भयो । संस्कृत अर्थात् निर्मित बस्तुहरु सबै (१) तारका (खसेका तारा), (२) तिमिर (फ्लोटर्स आँखाले कीरा देख्ने रोग), (३) दीप, (४) मायावश्याय (मृगमरीचिका, भ्रम, इन्द्रजाल), (५) बुद्बुदम् (पानीको फोका, ओसविन्दु), (६) सुपिन (स्वप्न), (७) विद्युद (चट्याङ), (८) अभ्र (अभ्रख) यी सबै संस्कृत बस्तु जस्ता हुन् ।
(१) अनिरोध, (२) अनुत्पाद, (३) अनुच्छेद, (४) अशाश्वत, (५) अनेकार्थ, (६) अनानार्थ, (७) अनागमम्, (८) अनिर्गम यी प्रतीत्यसमुत्पादका प्रपञ्चलाई उपशमगरी शिवम् हुने, वरं हजूर संबुद्धले मलाई देशना गर्नुहोस् ।
दशै दिशाका सर्वसकल अतीत-अनागत-प्रत्युत्पन्न भएका तीनै रत्नहरुलाई नमस्कार गर्दछु । नमो भगवती प्रज्ञापारमितालाई सर्वतथागतसुनिभायलाई, अनुज्ञात-विज्ञात सर्वतथागहरुलाई (नमस्कार गर्दछु) ।
(ओं) प्रज्ञे महाप्रज्ञे प्रज्ञावभासे प्रज्ञालोककारि अज्ञानविधमने सिद्धे सुसिद्धे सिद्ध्यमने (भ)गवते सर्वाङ्गसुन्दरि (भ)क्तिवत्सले प्रसारहस्ते समाश्वासकरे सिध्य सिध्य, बुध्य बुध्य, कम्प कम्प, चल चल, राव राव, आगच्छ भगवते मा विलम्ब स्वाहा॥
नमो धर्मोद्गतस्य बोधिसत्त्वस्य महासत्त्वस्य महाकारुणकस्य॥
नमो प्रज्ञापारमितायै। तद्यथा-मुनिधर्मे संग्रहधर्मे अनुग्रहधर्मे विमोक्षधर्मे सत्त्वानुग्रहधर्मे वैश्रमणधर्मे समन्तनुपरिवर्तनधर्मे गुणिग्रहसंग्रहधर्मे सर्वत्रानुगतधर्मे सर्वकालपरिपूर्णधर्मे स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-अखने निखने मुखन नेखने (अवरवन्दने) पटने पटने पटरे स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-गङ्गा गङ्गा न तीरावभास गङ्गा स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा श्रीये श्रीये मुनि श्रीये श्रीयसे स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-ओं वज्रबले स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-ओं ह्री श्री धी श्रुति स्मृति मति गति विजये स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-बम्बरि बम्बरि महाबम्बरि बूरु बूरु महाबूरु स्वाहा॥
नमः प्रज्ञापारमितायै। तद्यथा-हूते हूते हूविताशने सर्व-कर्मावरणने स्वाहा॥
नमः प्रज्ञापारमितायै। तद्यथा-ओं ओरोलिक् स्वाहा॥
नमो प्रज्ञापारमितायै। तद्यथा-ओं सर्ववित् स्वाहा॥
नमः प्रज्ञापारमितायै। तद्यथा-गते गते पारगते पारसंगते बोधि स्वाहा॥
यति भगवानले भन्नुभयो । आत्तमना भई आयुष्मान् सारिपुत्र, शक्र देवानाम् इन्द्र, बोधिसत्त्व-महासत्त्वहरू, सर्वावती पर्षद्, देव-गन्धर्व-मानुष-असुरहरु समेत लोकले भगवानलाई यसो देशना गर्नुभएकोमा अभिनन्दन गरे ।
कौशिकनाम प्रज्ञापारमिता समाप्ता॥