Categories
प्रज्ञापारमिता

।। सप्तशतिका प्रज्ञापारमिता ।।

[wpseo_breadcrumb]

मञ्जुश्रीपरिवर्तापरपर्याया

।। सप्तशतिका प्रज्ञापारमिता ।।

ॐ नमो भगवत्यै आर्यप्रज्ञापारमितायै।

००१  यस्तो मैले सुनेँ । एकसमयमा भगवान श्रावस्तिमा विहार गर्नुभएको थियो । जेतवनको अनाथपिण्डकको आराम (अर्थात् बिहार)मा धेरै संख्यामा भिक्षुसंघ, साथै परिपूर्णता प्राप्त गरिसकेका एक हजार अर्हद् भिक्षुहरू, एक लाख संख्यामा बोधिसत्त्व-महासत्त्वहरु जोसबै नै महासंनाहसंनद्ध थिए, अविनिवर्तनीय भैसकेका थिए, र अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए, बाट घेरिएर रहनु भएको थियो । ति शतसहस्र परिपूर्ण बोधिसत्त्वहरूका साथमा मञ्जुश्रीकुमारभूत, मैत्रेयी, असङ्गप्रतिभान, अनिक्षिप्तधुर, जस्ता दशजना प्रमुख बोधिसत्त्व- महासत्त्वहरु पनि समावेश हुनुभएका थिए ।

००२  त्यस अवसरमा मञ्जुश्रीकुमारभूत अरुणोद्गतकालको समयमा आफ्नो  विहार बाट निस्की गई तथागतको विहारमा पुग्नुभयो । त्यहाँ पुगेर तथागतको दर्शनगर्न बन्दनागर्न पर्युपासना गर्न बिहारको बाहिर ढोकामा स्थित़ हुनुभयो । (त्यसैगरी) आयुष्मान शारद्वतीपुत्र पनि आफ्नो विहार बाट निस्की गई त्यहाँ पुगी बिहारको बाहिर ढोकामा तथागतको दर्शनगर्न बन्दनागर्न पर्युपासना गर्न स्थित़ हुनुभयो । (त्यसैगरी) त्यहाँ आयुष्मान मैत्रायणीपुत्र पूर्ण, आयुष्मान महामौद्गल्यायन, आयुष्मान महाकाश्यप, आयुष्मान महाकात्यायन, आयुष्मान महाकौष्ठिल, साथै अरू पनि महाश्रावकहरूआआफ्नो विहारहरूबाट निस्की त्यसैगरी भगवान बिहार गर्नुभएको ठाउँमा पुगि एकान्तमा स्थित हुनुभए ।

००३  त्यहाँ भगवानले महाश्रावकहरु आएको थाहा पाएर आफ्नो बिहारबाट निस्की बाहिरको द्वारमा गई आसनमा बस्नु भयो । उहाँ भगवानले आफूलाई थाहा हुँदाहुँदै पनि आयुष्मान शारद्वतीपुत्रलाई बोलाई भन्नुभयो – कताबाट, हे शारद्वतीपुत्र (कल्यमे)यसरी आएर तथागतविहारको द्वारमा स्थित भएका छौ?

००४  यसो भनिएपछि आयुष्मान् शारद्वतीपुत्रले भगवान संग यसो भन्नुभयो – सर्वप्रथम त, हे भगवान ! मञ्जुश्रीकुमार तथागतविहारको द्वारमा स्थित हुनुभएको हो । तत्पश्चात मात्र हामीहरु भगवानको दर्शनगर्ने कामनाबाट पुगेका हौं ।

००५  तब त्यहाँ भगवानले (आफूलाई थाहा हुँदाहुँदै पनि) मञ्जुश्रीकुमारभूतलाई बोलाई यसो भन्नुभयो – तिमी मञ्जुश्री सर्वप्रथम तथागतविहारको द्वारमा स्थित भई तथागतको दर्शन गर्न वन्दना गर्न र पर्युपासना गर्न आएको होईन ?

००६  यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले भगवानलाई यसो भन्नुभयो – हो, यसै हो, हे भगवान, यसै हो । यसरी नै, हे सुगत ! म आफ्नो बिहारबार निस्की तथागतको बिहारमा आई एकान्तना बसी भगवानको दर्शनगर्न बन्दना गर्न पर्युपासना गर्न पहिले आएको हुँ । किनभने, हे भगवान ! तथागतको दर्शनगर्दा वन्दनगर्दा पर्युपासना गर्दा कहिले पनि तृप्ति हुँदैन । अनि फेरि पनि, हे भगवान ! (जुन मैले गरेको) तथागतको दर्शन बन्दना (र) पर्युपासना छ, त्यो सर्वसकल सत्त्वप्राणिको भलोकल्याणको लागि गरेको हुँ । यो पनि हो की, हे भगवान ! तथागतलाई कसरी देखने, कसरी वन्दना गर्ने, कसरी पर्युपासना गर्ने भन्ने बिषयमा, जसरी मैले देख्दछु बन्दना गर्दछु एवं पर्युपासना गर्दछु, त्यसरी नै देखनु वन्दनागर्नु पर्युपासना गर्नु पर्दछ । तब मात्र तथागतलाई वास्तवमा देखिएको हुने हुन्छ बन्दित गरिएकोहुने हुन्छ र पर्युपासित पनि गरेको हुने हुन्छ । (यसैले) सकल सत्त्वप्राणिका भलाईको लागि म यहाँ तथागतलाई देख्न आएको हुँ ।

००७  तब भगवानले भन्नुभयो – कसरी हे, मञ्जुश्री, तथागतलाई देख्नु पर्दछ, कसरी बन्दना गरिनु पर्दछ, यावत् पर्युपासित गरिनु पर्दछ ?  

००८  मञ्जुश्रीले भन्नुभयो – मैले तथागतलाई तथताकारबाट देख्दछु, अविकल्पाकारबाट देख्दछु, अनुपलम्भयोगबाट देख्दछु, एवम् अनुत्पादाकारबाट तथागतलाई देख्दछु, यावद् अभावाकारबाट तथागतलाई देझ्दछु । तथता समुदागच्छ गर्दैन, (अर्थात् यो न कतैबाट आउने गर्दछ, न कतै निर्वाणमा समेत जाने गर्दछ), यसरी म तथागतलाई देख्दछु । तथता न भव हो, न विभव हो (अर्थात् न उत्पन्न भएको हो, न लय भएको वा हुनेवाला हो), यसरी म तथागतलाई देख्दछु । यो तथता न कुनै देशस्थ छ न प्रदेशस्थ छ, भनेर म देख्दछु । यो तथता भनेको न आएर गैसकेको (अतीता) हो, न भविष्यमा हुनेवाला (अनागता) हो, न त बर्तमानमा भैराखेको (प्रत्युत्पन्ना) हो, भनेर म देख्दछु । यो तथता भनेको न त द्वयबाट प्रभावित छ, न अद्वयबाट प्रभावित छ, यसरी म तथागतलाई देख्दछु । यो तथता न त क्लेशमलबाट संक्लेशित भएको हुन्छ, न त (ती क्लेशमल हटाएर शुद्धि)व्यवदायते भएको भएको हुन्छ, यसरी म तथागतलाई देख्दछु  । यो तथता न त उत्पादित भएको हो न निरूद्ध नै, यसरी म तथागतलाई देख्दछु । यसप्रकारले तथागतलाई देख्नु पर्दछ, बन्दना गर्नु पर्दछ पर्युपासित पनि गर्नु पर्दछ ।

००९  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारलाई यसो भन्नुभयो, – जब यसरी हेर्दछौ, तब हे मञ्जुश्री ! तिमी के देख्दछौ ?

०१०  मञ्जुश्रीले भन्नुभयो – यसरी हेर्दा\देख्दा, हे भगवान ! मैले केहि पनि देख्दिन । मैले न कुनै धर्म उत्पाद भएको देख्दछु, न कुनै (धर्मको) निरोध नै भएको देख्दछु ।

०११  तब आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – दुष्कर कार्य गर्नुहुन्छ, हे मञ्जुश्री ! यसरी तपाईले तथागतलाई देख्नुहुन्छ, तथा पर्युपासना पनि गर्नुहुन्छ । यसरी नै सर्वसकल सत्त्वाप्राणिसंग महामैत्रीको कार्यपनि गर्नुहुन्छ (प्रत्युपस्थिता) । (तापनि) तपाईले न त कुनै कोही सत्त्वोपलब्धि गर्नुहुन्छ, न सत्त्वाभिनिवेश नै गर्नुहुन्छ । (यसरी तपाई) सर्वसकल सत्त्वलाई परिनिर्वाणमा पठाउन लागिपर्नु भएका हुनुहुन्छ, (तापनि) न कुनै कोही सत्वमा अभिनिवेश गर्नुहुन्छ । सर्वसकल सत्त्वलाई (कल्याण) गर्न संनाहः (अर्थात् आवश्यक कवच र हतियारले लैस भई) संनद्धः (अर्थात् सदा तम्तैयार) रहनु हुन्छ । साथै (त्यो पनि) अनुपलम्भयोग र अभावयोग द्वारा ।

०१२  यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! तपाईले ठीक भन्नुभयो । सर्वसकल सत्त्वलाई परिनिर्वाणमा पठाउन म शस्त्रास्त्र र कवच लगाई तम्तयार (अर्थात् संनाह र संनद्ध) भएको हुँ । यो मैले न त सत्त्वोपलब्धि (अर्थात् सत्त्वप्राणिको संख्या बढाउने)को लागि गरेको हुँ, न त सत्त्वाभिनिवेश (अर्थात् सत्त्वको संख्या घटाउन)को लागि नै हो । न त, हे भदन्त शारद्वतीपुत्र ! न त म यसकारण संनाह नै भएको हुँ कि, कसरी मैले सत्त्वधातोलाई खाली गरिदिऊँ वा भरिपूर्ण गरिदिऊँ ।  परिकल्पना नै गरि हेरौं न, हे भदन्त शारद्वतीपुत्र ! कुनै एकैमात्र बुद्धक्षेत्रमा पनि गङ्गानदीको वालुकाको (कणको संख्याप्रमाणमा) बुद्ध भगवानहरू भैसकेका छन् । (ती मध्ये) कुनै एकजना तथागतले पनि गङ्गानदीको वालुवाका कणको उपमा प्रमाणमा कल्पहरु सम्म स्थित भई रातदिन लागिपरी धर्मं देशना दिने गर्नुभएको हुन्छ । (त्यसो गर्दाको) कुनै एउटैमात्र धर्मदेशनामा पनि यावन्त गङ्गानदीका वालुकाको संख्याप्रमाणमा बुद्ध भगवानले सत्त्वप्राणिलाई बाटोमा ल्याईसक्नु भएको हुन्छ । ती (त्यति धेरै संख्याका) सर्बसकल सत्त्वप्राणिहरुलाई एकैजना तथागतले नै एकैमात्र धर्मदेशनम विनयी (अर्थात् बुद्धयानमा स्थित) बनाउनु भएको हुन्छ । त्यसो गरे तापनि सत्त्वधातुलाई शून्य गराएको वा पूर्ण गराएको भने हुँदैनन् । किनभने, सत्त्व विविक्त (अर्थात् छुट्टाछुट्टै) हुनाले, सत्त्व असत् भएको हुनाले, हे भदन्त शारद्वतीपुत्र ! सत्त्वधातु न त शून्य नै भैजान्छ, न त भरिपूर्ण नै हुन्छ ।

०१३  यसो भनिए पछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – यदि, हे मञ्जुश्री ! तपाईले सत्त्व भनेका विविक्त हुन्, सत्त्व भनेका असत् हुन भनेर भन्नुहुन्छ; एवं सत्त्वधातु न त घटछ न त पूर्ण नै हुन्छ भनेर पनि भन्नुहुन्छ भने; तब तपाईँले कसलाई कसरी बोधि अभिसंबोधि धर्मदेशना गर्नुहुन्छ?

०१४  यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – जस्तो, हे भदन्त शारद्वतीपुत्र ! तपाईले सत्त्वहरु अत्यन्ततया अनुपलब्धि हुन (भन्नुहुन्छ) भने, तब को-कसलाई अभिसंबोधि गराउनुहुन्छ, के-कस्तो धर्मं देशना गर्नुहुन्छ, यसको के हेतु हो, भनेर सोध्नुभयो ।

यो यसै हो, हे हे भदन्त शारद्वतीपुत्र ! सर्वसकल धर्महरु नै अत्यन्त अनुपलब्धि हो ।

०१५  तब भगवानले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – जस्तो की, हे मञ्जुश्री ! सर्वधर्म अत्यन्त अनुपलब्धि हुन् भने, तिमी कुन सत्त्वलाई कसरी बताउने (अर्थात् प्रज्ञापन गर्ने) गर्दछौ ? साथै, हे मञ्जुश्री ! यदि कसैले ‘यहाँ कति जना सत्त्वहरु छन्’ भनि सोधे, उसलाई के जवाफ दिन्छौ ?

०१६  मञ्जुश्रीले भन्नुभयो, – जसले मलाई त्यसरी सोधछ भने, उसलाई मैले भन्नेछु, ‘त्यति नै (संख्यामा सत्त्वहरु छन्) जति बुद्धर्महरू छन् । त्यसपछि, हे भगवान ! उसले यसरी सोधे भने कि, ‘कति प्रमाणमा सत्त्वधातु छन् त’, उसलाई, हे भगवान ! मैले भन्नेछु, ‘जति प्रमाणमा बुद्धविषय बिस्तारित रहेको छ’ ।

०१७  भगवानले भन्नुभयो – साथै यसपछि पनि, हे मञ्जुश्री ! यदि कसैले सोधे कि ‘कति बिस्तारसम्म सत्त्वधातु फैलिएको छ’, तिमी उसलाई के जवाफ दिन्छौ ?

०१८  मञ्जुश्रीले भन्नुभयो – हे भगवान, उसलाई त्यसरी सोधेमा मैले यसो भन्नेछु, ‘जति अनुत्पाद अचिन्त्य छ, त्यति नै यो (अर्थात् सत्त्वधातु) फैलिएको (अर्थात् पर्यापन्न भएको) छ’ ।

०१९  भन्नुभयो – त्यसपछि पनि, हे मञ्जुश्री ! यदी कसैले सोधे भने कि ‘सत्त्वधातु (अर्थात् पञ्चतत्वले बनेक भूतभौतिकी सबै) कहाँ केमा प्रतिष्ठित छ’, तिमीले उसलाई के जवाफ दिन्छौ ?

०२०   मञ्जुश्रीले भन्नुभयो – उसलाई हे भगवान ! मैले भन्नेछु, ‘अनुत्पादधातु जहाँ जेमा प्रतिष्ठित छ, सत्त्वधातु पनि त्यसैमा प्रतिष्ठित छ’ ।

०२१  भगवानले भन्नुभयो – जुन समयमा तिमी, हे मञ्जुश्री ! प्रज्ञापारमिताको भाविता गर्दछौ, तव केमा कहाँ प्रतिष्ठित भएर भाविता गर्दछौ ?

०२२  मञ्जुश्रीले भन्नुभयो – जुन समयमा म, हे भगवान ! प्रज्ञापारमिताको भाव गर्दछु, अप्रतिष्ठित रहेर (अर्थात् कुनै केहि आधार आलम्बन नलिफ)         मैले त्यस समयमा प्रज्ञापारमिताको भाविता गरेको हुन्छु ।

०२३  भगवानले भन्नुभयो – के तिमी अप्रतिष्ठित (नै) रहेर, हे मञ्जुश्री ! प्रज्ञापारमिताको भावना गर्दछौ?

०२४  मञ्जुश्रीले भन्नुभयो, – हो, त्यसरी नै हो । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा कोही कतै केहि कुनै प्रतिष्ठानमा रहेको हुँदैन ।

०२५  भगवानले भन्नुभयो, जुन समयमा तिमी, हे मञ्जुश्री प्रज्ञापारमिताको भावमा हुन्छौ, त्यस समयमा के-कस्ता कुशलमूल त्यसबेला संग्रह वा खर्च (अर्थात् पुण्यको संभार वा हानी) भईजाने हुन्छ ?

०२६  मञ्जुश्रीले भन्नुभयो – हे भगवान ! त्यस समयमा न केहि कुशलमूलको बृद्धि हुन्छ, न त ब्यय नै भएको हुन्छ । प्रज्ञापारमिताको भाव गर्दा  त्यसबाट न त कुनै धर्मको उपचय वा अपचय नै भएको हुन्छ । (यसैले), हे भगवान ! त्यस्तोमा तब सम्म प्रज्ञापारमिताको भावना भएको छैन भनेर बुझनु पर्दछ, जब सम्म कुनै पनि धर्मको उपचयाय वा अपचयाय वा भैरहेको हुन्छ । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा न त पृथग्जनधर्म छोडिन्छ, न त बुद्धका धर्म नै लिईने हुन्छ । यस्को के हेतु हो भने, हे भगवान ! प्रज्ञापारमिताको भावना न कुनै अन्य धर्मको उपलम्भ गर्दा प्रत्युपस्थित हुने हो, न त यो धर्म त्याग्दा उत्पादित भएको हुनआउने हो । हे भगवान ! यस्तो प्रज्ञापारमिताको भावना न त संसारदोषको पछि नलाग्दा नै प्राप्त हुने हो, न त न निर्वाणगुणको (पछि लाग्दा) नै प्राप्त हुने हो । यसको हेतु के हो भने, जस्तै की, हे भगवान ! संसारलाई नै जबसम्म भलिभाँति मैले देखेको छैन भने, त्यस्तोमा संसारको दोषको बारे के बोलूँ । (त्यसै प्रकारले) जब कि मैले निर्वाण पनि लाभ गरिसकेको छैन भने, (र) निर्वाणगुण समेत देखेको छैन भने, (त्यस बारेमा) म के बोलूँ । हे भगवान ! प्रज्ञापारमिताभावना (यसरी गरिनु पर्दछ की) यसमा कुनैपनि धर्मको आदान वा ग्रहण वा निःसरण भएको हुँदैन । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा न त कुनै धर्मको हानि नै हुन्छ, न त बृद्धि नै हुने गर्दछ । यसको हेतु के हो भने, हे भगवान ! जो अनुत्पाद हो, उसको हानि या बृद्धि भन्ने नै हुँदैन । यसरी गरिएको भावना नै, हे भगवान ! प्रज्ञापारमिताभावना (भएको हुने हुन्छ) । यस्तो प्रज्ञापारमिताको भावनामा न कुनै केहि धर्मको उत्पाद नै भएको हुन्छ, न कुनै धर्मको निरोध नै भएको हुन्छ । हे भगवान ! प्रज्ञापारमिताभावनामा न कुनै धर्मको क्षय (अर्थात् ऊनत्वं) भएको हुन्छ, न बृद्धि (अर्थात् पूर्णत्वं) नै गरेको हुन्छ । यसमा, हे भगवान ! यसरी गरिएको भावना नै प्रज्ञापारमिताभावना भएको हुन्छ । फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमितभावनामा न त अचिन्त्य धर्मको लक्ष राखिन्छ, न बस्तुधर्मको नै लक्ष राखिन्छ । फेरि पनि, हे भगवान ! यो “यत् प्रार्थयते (अर्थात् जुन बस्तुको लागि प्रार्थना गरिएको हो) त्यो नै नभएको, येन प्रार्थयते (अर्थात् जसले प्रार्थना गर्दछ) ऊ नै नभएको र यत्र प्रार्थयते (अर्थात् जहाँ प्रार्थना गरिन्छ) त्यो पनि कतै भएको हुँदैन” भने मात्र यसरी भएको भावना, हे भगवान ! प्रज्ञापारमिताभावना भएको हुनजान्छ । यसमा प्रत्युपस्थित हुँदा, यी धर्महरु अग्रका हुन्, वा यी धर्महरू हीन हुन्, (भन्ने पनि रहँदैन) । त्यसो हुँदा, त्यस धर्ममा (प्राप्त हुँदा) यसमा अग्रता वा हीनता (भन्ने सोच नै) कसरी होला ? यसरी प्रज्ञापारमिताभावनाको योगमा युक्त कुलपुत्रले कुनै पनि धर्म पाएको हुँदैन । (साथै) हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा यो कुनै धर्म अग्रका हुन्, या (कुनै धर्म) हीनका हुन्, भन्ने मनमा कलना नै रहेको हुन्छ । यसको हेतु के हो भने, हे भगवान ! उत्पन्न नै नभएको (अर्थात् अनुत्पाद बस्तु) अग्र वा हीन हुने कुरै भएन । (यसै गरी) तथतामा, भूतकोट्यासम्मा (अर्थात् भूत-भौतिकी जे जति छन् सबै समेटेको यावत्) सर्वसकल धर्महरु जति छन्, ती कति पनि अग्र वा हीन भन्ने भएको हुँदैन । यस्तो भावना, हे भगवान ! प्रज्ञापारमिताको भावना (भएको हुने गर्दछ) ।

०२७  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूतलाई बोलाई यसो भन्नुभयो – त के, हे मञ्जुश्री !, बुद्धधर्महरु अग्र(धर्म) होईनन्?

०२८  मञ्जुश्रीले भन्नुभयो – अग्राह्य भएकोले (अर्थात् पक्रिन नै नसकिने भएकोले), हे भगवान ! बुद्धधर्महरु अग्र्य हुन् । अनि, फेरि हे भगवान ! ‘सर्वधर्म नै शून्य हुन्’, भन्नेमा के तथागत (अर्थात् हजूर स्वयं पनि?) अभिसंबुद्ध हुनुहुन्छ त । (होईन र ?)

०२९  भगवानले भन्नुभयो – हो । यो यसै हो । हे मञ्जुश्री ! सर्वधर्मशून्य हुन भन्नेमा तथागत अभिसंबुद्ध हुन्छन् ।

०३०  मञ्जुश्रीले भन्नुभयो – तब के, हे भगवान ! शून्यतामा अग्रता वा हीनता को ज्ञान हुँदैन ?

०३१  भगवानले भन्नुभयो – साधु ! साधु ! मञ्जुश्री ! यो यसै हो । हे मञ्जुश्री ! जसरी तिमीले भन्यौ । तब के (भन्छौ), हे मञ्जुश्री ! अनुत्तर होइनन् त बुद्धधर्महरु ?

०३२  मञ्जुश्रीले भन्नुभयो – हो । यो यसै हो । हे भगवान ! अनुत्तर छन् बुद्धधर्महरु । यसको हेतु के हो भने, जस्तो की, हे भगवान ! तिनीहरूमा अणु(को प्रमाण) जति पनि धर्म हुँदैन, न त देखिन्छ पनि । न ते अनुत्तरा बुद्धर्माः (अर्थात् त न बुद्धधर्महरु अनुत्तर नै हुन्छन्???) । फेरिपनि हे भगवान ! प्रज्ञापारमिताभावना यस्तो हो की, (यसमा) न बुद्धधर्महरुको नै आराधना गरेको हुन्छ, न पृग्जनधर्म नै त्याग गरेको हुन्छ । बुद्धधर्महरु न विनयित्री (अर्थात् न बिनयी गराउने अनुशासनी) हो, न संधारयित्री (अर्थात् पालिनी पोषण प्रबर्द्धन धारण) गराउने नै हो । यस्तो भावना (भएमा नै), हे भगवान ! प्रज्ञापारमिताको भावना भएको हुनजाने हुन्छ । फेरि पनि, हे भगवान ! प्रज्ञापामिताको भावना गर्दा न कुन केही धर्मको चिन्तना हुन्छ, न संज्ञान नै हुने गर्दछ ।

०३३    भगवानले भन्नुभयो – तब के तिमी, हे मञ्जुश्री ! बुद्धका धर्महरुका बारेमा चिन्तना गर्दछौ त?

०३४  मञ्जुश्रीले भन्नुभयो – होईन । हे भगवान ! म यस्तो चिन्तना गर्दथँ हुँला, हे भगवान ! यदि मैले बुद्धधर्माको परिनिष्पत्तिलाई (अर्थात् बुद्धधर्मबाट कुनै केहि उत्पादित भएको) देखेको भए । हे भगवान ! प्रज्ञापारमिताभावनामा कुनै धर्मको विकल्प आएको हुँदैन; जस्तो कि – यि  पृथग्जनधर्मा हुन्, यि श्रावकधर्मा हुन्, यि प्रत्येकबुद्धधर्मा हुन्, (र) यि सम्यक्संबुद्धधर्मा हुन् । यसको हेतु के हो भने, हे भगवान ! (यस) धर्ममा प्रज्ञापारमिताभावनाबाट योगमनुयुक्त भएका कुलपुत्रले यस्तो पाउँदैन र निर्देश पनि गर्दैन की, पृथक्जनको धर्मा यस्तो हुन्छ, शैक्षको धर्मायस्तो हुन्छ, अशैक्षको धर्मा यस्तो हुन्छ, सम्यक्संबुद्धको धर्मा यस्तो हुन्छ भनि पाएको वा निर्देश गरेको हुँदैन । ति धर्महरू अत्यन्ततया (सानो मात्रामा पनि भएको) म देख्दिन । यस्तो भावमा हे भगवान ! प्रज्ञापारमिताको भावना भएको हुन्छ । न त, हे भगवान ! प्रज्ञापारमिताको भावनामा योगमनुयुक्त कुलपुत्रले यसो देख्दछ – यो कामधातु हो, यो रूपधातु हो, यि आरूप्यधातु हुन्, यावत् यो निरोधधातु हो । यसको हेतु यसो हो कि, जसरी, हे भगवान ! त्यस्तो कुनै(धर्म?) पनि छैन, जहाँ यो निरोधधर्मं देखियोस् । यसप्रकारको भावना नै हे भगवान ! प्रज्ञापारमिताको भावना हो भनेर बुझनु पर्दछ ।

०३५  फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमिताभावना गर्दा कुनै पनि धर्मको उपकार या अपकार गरेको हुँदैन । न त, हे भगवान ! प्रज्ञापारमिताभावना बुद्धधर्माका पालक (अर्थात् धात्री) हो, न त पृथग्जनधर्माका नाशक (अर्थात् छेत्री) हो । यस्तै हो, हे भगवान् ! यस्तो प्रज्ञापारमिताभावनामा पृथग्जनधर्महरुको निरोध भएको हुँदैन; (साथै) न बुद्धधर्महरूको निरोध नै हुन्छ, न त बुद्धधर्महरुको प्राप्ति नै भएको हुन्छ ।

०३६  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! हे मञ्जुश्री ! यसरी यस्तो गम्भीरको धर्म देशना गर्यौ । हे मञ्जुश्री ! तिमीले बोधिसत्त्व-महासत्त्वहरुले, आभिमानिक श्रावकयानिहरुले र औपलम्भिक बोधिसत्त्वयानिहरूले जे जसरी बुझ्नुपर्ने हो त्यसरी बुझोस् भनेर (अर्थात् यथाभूत प्रतिबोध होस्), भनेर मुद्रा स्थापित गरिदियौ । हे मञ्जुश्री ! ती कुलपुत्र वा कुलदुहिताहरु जो एकबुद्धको पूजा-उपासना गर्दछन् (पर्युपासिता) तिनीहरु एकबुद्धमा (मात्र) अवरोपित हुँदा कुशलमूल भएका हुँदैनन् । यो यस्तो गम्भीरको प्रज्ञापारमितानिर्देश सुनेर त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न संत्रासमा पर्दछन् ती हे मञ्जुश्री ! हजारौं बुद्धमा अवरोपित कुशलमूलको (लाई पनि) पनि नाघिजाने हुनेछन्, जो यो यस्तो गम्भीरको प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्य प्राप्त गर्दछ, जो (यो सुनेरे) त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न त संत्रासमा नै पर्दछ ।

०३७  यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले भगवान समक्ष यसो भन्नुभयो – मैले बुझेको छु, हे भगवान ! भूयस्या मात्रया (अर्थात् उत्पन्न भएका जेजति छन्, ति सबैका लागि) भएको यो प्रज्ञापारमिताको निर्देश म मा आभाष भएको छ ।

०३८  भगवानले यसो भन्नुभयो, – हे मञ्जुश्री ! (त्यो) तिमीले स्पष्ट देख्न सकोस् ।   

०३९  मञ्जुश्रीले भन्नुभयो – यस्तो छ, हे भगवान ! यस प्रज्ञापारमिताभावना । कि यसमा न कुनै धर्मको स्थिति प्राप्त भएको हुन्छ न त अस्थिति नै । यसको हेतु के हो भने, सर्व धर्महरू अस्थित भएकोले उपलब्ध नहुने भएको हो । यसलाई यस्तै हो भनेर, हे भगवान ! प्रज्ञापारमिताभावना लाई जान्नु पर्दछ की, यो कुनै धर्मको आधार (आध्य आलम्बन) गर्दा देखिने (प्रत्युपस्थिता) होईन । यसको हेतु के हो भने, जस्तो की, हे भगवान ! सर्वधर्महरु निरालम्ब भएकोले हो । यस्तो भावना नै, हे भगवान ! प्रज्ञापारमिताको भावना हुने गर्दछ ।

फेरिपनि हे भगवान ! यस प्रज्ञापारमिताभावनामा देखोस् (द्रष्टव्या) की यसमा बुद्धका धर्महरूमा पनि अभिमुखी भएको हुँदैन भने फेरि जसरी  किन प्रत्येकबुद्धधर्ममा या श्रावकधर्मामा नै अभिमुखी भएको होला, पृथग्जनधर्महरु बारे के भन्नु नै पर्यो ।

फेरिपनि हे भगवान ! यस्तो प्रज्ञापारमिताभावना या (यां ? ) भावनामा आएर (भावनामागम्य) यो अचिन्त्य हो भनि बुझी, यसलाई बुद्धधर्मा भनेको (अर्थात् यस्तो त्यस्तो भनि बयान गरी) अचिन्त्यको पनि विकल्प गरि रहँदैनन् । यसरी, हे भगवान ! बोधिसत्त्व-महासत्त्वले सर्वधर्महरुमा अविकल्प रहि प्रज्ञापारमिताको भावना गर्नु पर्दछ, भनेर देखोस् ।

     फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमिताभावनामा यसरि भावना गरी सर्वसकल धर्महरू नै बुद्धधर्महरु हुन् भनि देख्दछ, सर्वसकल धर्महरु अचिन्त्यधर्महरु हुन् भन्ने देख्दछ (र) त्यसरी देखि त्यसैमा देखिबसेको भई रहन्छ । धेरै संख्यामा शतसहस्र बुद्धलाई पर्युपासित गरि, हे भगवान ! ती कुलपुत्र र कुलदुहिताहरु रहन्छन् । तिनीहरु यो यस्तो प्रज्ञापारमितानिर्देश सुनी अधिमोक्ष्य प्राप्त गर्दछन्, न त्रसित हुन्छ न संत्रसित पनि हुँदैन न त संत्रासमा नै पर्दछन् ।

फेरि पनि, हे भगवान ! यस प्रज्ञापारमिताको भावना गर्दा यसमा न त कुनै धर्मबाट संक्लेशित भएको वा न शुद्ध भएको नै देखिन आउँछ । यस्तो भावना नै, हे भगवान ! प्रज्ञापारमिताभावना हो । यसोरी नै, हे भगवान ! जो-जसले प्रज्ञापारमिताभावना गरेको हुन्छ, त्यसमा उसले न पृथग्जनहरुमा नानात्वं गर्दछ, न श्रावकहरुमा नानात्वं गर्दछ, न प्रत्येकबुद्धहरुमा नानात्वं गर्दछ, न त यावत् सम्यक्संबुद्धहरुमा नै पनि नानात्वं(को भाव) गरेको हुन्छ । (अर्थात् कुनै कसैमा विभेद, पक्षपात वा       discrimination गरेको हुन्छ) । यस्तो हुन्छ, हे भगवान ! प्रज्ञापारमिताभावना।

०४०  तब भगवानले मञ्जुश्रीकुमारभूतलाई बोलाई भन्नुभयो – तब तिमीले, हे  मञ्जुश्री ! कतिजना तथागतहरूलाई पर्युपासना गर्यौ?

०४१  मञ्जुश्रीले भन्नुभयो – जतिपनि हे भगवान ! मायापुरुष छन्, जसका चित्त र चैतसिका निरुद्ध भएका छन, ती यावत लाई, हे भगवान ! मैले तथागतहरू हुनुहुन्छ भनेर पर्युपाना गर्दछु ।

०४२  भगवानले भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! बुद्धधर्ममा संस्थित भएका छैनौ त?

०४३  मञ्जुश्रीले भन्नुभयो – कसरी फेरि, हे भगवान ! के कुनै त्यस्तो धर्म प्राप्त हुन सक्दछ, जो बुद्धधर्ममा संस्थित छैन?

०४४  भगवानले भन्नुभयो – तब, हे मञ्जुश्री, यस्ता बुद्धका धर्महरु कसैले (पाएको वा यसमा संस्थित भएको) छ ?

०४५  मञ्जुश्रीले भन्नुभयो – हे भगवान ! यी तावत् बुद्धका जतिपनि धर्महरू (हुने हुन्छ) ती सबै हजूरमा समेत विद्यमान (अर्थात् ज्ञात?) छैन, (हजूरमा समेत) प्राप्त छैन भने अन्यमा त कसरी होला ?

०४६  भगवानले भन्नुभयो – हे मञ्जुश्री ! तिमीलाई असङ्गता प्राप्त भयो ?

०४७  मञ्जुश्रीले भन्नुभयो – यो यसो हो, हे भगवान ! म कहिले पनि कुनै केही संग जुडेको छैन भने, तब किन (यस लोकमा) म असङ्गता प्राप्त गर्न प्रयास गरूँ ?

०४८  भगवानले भन्नुभयो – त के तिमी, हे मञ्जुश्री बोधिबृक्ष(बोधिमण्ड)को तल (बोधि)ध्यानमा (निषण्ण भई) बसेका छौ ?

०४९  मञ्जुश्रीले भन्नुभयो – (जब) हे भगवान ! हजूर समेत बोधिमण्डमा निषण्ण हुनुहुन्न (अर्थात् हजूर स्वयं समेत अज्ञानको बन्धनबाट मुक्ति एवं आलोकको प्राप्तिको लागि बोधिबृक्षको तल ध्यानमग्न भई बसिराखेको हुनुहुन्न) भने, त कसरी फेरि म निषण्ण भएको छु भनि भूतकोटि (अर्थात् सत्त्वप्राणी)बाट प्रमाणीकृत्य गरूँ ?

०५०  भगवानले भन्नुभयो – यो भूतकोटि भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?  

०५१  मञ्जुश्रीले भन्नुभयो – भूतकोटि भनेर, हे भगवान ! सत्कायलाई भनिएको अधिवचन हो।

०५२  भगवानले भन्नुभयो – हे मञ्जुश्री ! यो संधाय (अर्थात् सजिलै नबुझोस भनेर उल्टपुल्टा पारी भन्ने तरीका, सन्ध्याभाषा) को के अर्थ लगाएका छौ ?

०५३  मञ्जुश्रीले भन्नुभयो – असत् भएको अर्थमा भनिएको हो । हे भगवान ! किनकी काय सत्काय होईन । (किनकी) यो न त संक्रामत (अर्थात् एक कायवाट अर्को कायमा प्रवेश) हुन्छ, न विषंक्रामति (अर्थात् पुरानै कायमा फर्केर पुनर्प्रवेश) हुन्छ । त्यसैले काय अ-सत्काय हो ।

०५४  तब त्यहाँ आयुष्मान् शारद्वतीपुत्रले भगवान समक्ष यसो भन्नुभयो –निश्चित छ, हे भगवान ! ती सबै बोधिसत्त्व-महासत्त्व हुनेछन् भनि जान्नु पर्दछ, जसले यस प्रज्ञापारमिताको यस्तो निर्देश सुनेर अगाडी लाग्दछन्, त्रसित हुँदैनन, संत्रसित पनि हुँदैनन् न त संत्रासमा नै पर्दछन् ।

०५५  तब मैत्रेय बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष यसो भन्नुभयो – तिनीहरू आसन्नीभूत (अर्थात् हुनै लाएका) बोधिसत्त्व-महासत्त्व हुन् भनेर बुझनु पर्दछ, हे भगवान ! जो यस प्रज्ञापारमिताको निर्देश सुनेर अघि लाग्दछन्, त्रसित हुँदैनन्, संत्रसित पनि हुँदैनन्, न संत्रासमा नै पर्दछन् । किन भने ?  यसैगरी, हे भगवान ! प्रज्ञापारमिता (अर्थात् परमा बोधिः) भनेको नै यसैगरी यस्तै धर्महरुको अनुबोधना गर्नु (र गरिरहनु?) हो ।

०५६  तब मञ्जुश्रीकुमारभूतले भगवान समक्ष यसो भन्नुभयो – तिनीहरू (पनि) बुद्ध नै हुन्, हे भगवान ! जो बोधिसत्त्व-महासत्त्वहरु यो यस्तो प्रज्ञापारमिताको निर्देश सुनेर अधिमोक्ष प्राप्त गर्दछ, त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न संत्रासमा नै पर्दछ । यसको हेतु के हो भने ? “बुद्ध” भनेको परमार्थतः अनुत्पादको नै अधिवचन हो ।

०५७  तब निरालम्बा भगिनीले भगवान समक्ष यसो भन्नुभयो – हे भगवान ! ती बोधिसत्त्व–महासत्त्वहरू न पृथग्जनधर्महरुमा, न श्रावकधर्महरुमा न त प्रत्येकबुद्धधर्महरुमा अथवा सम्यक्संबुद्धकै (पनि) धर्महरुमा सदाकाल अम्बिष्य भई बसेका हुन्छन् (अर्थात् तिनीहरु बच्चा आमासंग टाँसीई बसेको जस्तै चिपकी रहन्नन्) । (बरू) तिनीहरु यस्तो यो प्रज्ञापारमिताको निर्देश सुनेर अधिमोक्षमार्गमा लाग्दछन्, ती त्रसित हुँदैनन्, संत्रसित पनि हुँदैनन्, न त संत्रासमा नै पर्दछन् । किनकी, हे भगवान ! सर्वसकल धर्महरु निरालम्बा हुन् (अर्थात् बिना आधारको बिना कुनै आलम्बन लिएका हुन्), सर्वसकल धर्महरु कुनै कतै पनि नभएका (अर्थात् असंविद्यमान) हुन् । त्यसै कारणले यसमा कुनै आधार (आलम्बन) नरहेको हो ।

०५८  तब भगवानले आयुष्मान शारद्वतीपुत्रलाई बोलाई यसो भन्नुभयो – हो ! यो यसै हो, हे शारद्वतीपुत्र ! यो यसै हो । यो निश्चित छ भनेर बुझ ।  ती कुलपुत्र वा कुलदुहिताहरू जसले यो यस्तो प्रज्ञापारमिताको निर्देश अधिमोक्ष(को मार्ग)मा लाग्दछन्, जो यो यस्तो सुनेर न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रास मैं पर्दछन्, तिनीहरु फेरि-फेरि फर्किन नपर्ने (अर्थात् अविनिवर्तनीय) स्तरमा प्रतिस्थित भई सकेका हुन् भनेर तिमीले जान । हे शारद्वतीपुत्र ! (ति) कुलपुत्र वा कुलदुहिताहरू यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्यलाभ गर्दछन्, जो न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रासमा पर्दछन् । (बरू तिनीहरूले यो यस्तो निर्देशलाई) टाउकाले ढोगी स्वीकार गरी ग्रहण गर्दछन् । त्यस्ता तिनीहरू, हे शारद्वतीपुत्र ! परमदानपति हुने हुन्छन, महादानपति हुने हुन्छन्, विशिष्टदानपति हुने हुन्छन् । यस्ता तिनीहरू, हे शारद्वतीपुत्र ! शीलसंपन्न हुनेछन्, परमशीलवन्त हुनेछन्, परमविशिष्ट शीलगुणपथ प्राप्त गर्नेछन्, जसले यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्य तर्फ लाग्दछन्, न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रासमा नै पर्दछन् । यस्ता तिनीहरु, हे शारद्वतीपुत्र ! परमको क्षान्ति, परमको वीर्य, परमको ध्यान, परमको अरु कसैसंग भन्दा कम नभएको (अर्थात् अप्रतिसमया) प्रज्ञाबाट सम्पन्न भएका हुनेछन् । ती तिनीहरू, हे शारद्वतीपुत्र ! (यस्ता) बोधिसत्त्व-महासत्त्व हुनेछन्, जो यावत् सर्वाकारवरोपेत र सर्वज्ञज्ञानबाट समन्वागत भएका हुनेछन्, जो यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर त्रसित हुँदैनन् संत्रसित पनि हुँदैन न त संत्रासमा नै पर्दछ, र अधिमोक्षको तर्फ लाग्दछन् ।

०५९  फेरिपनि भगवानले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो, – तब फेरि, हे मञ्जुश्री ! तिमी के अर्थको वशीभूत भएर (अर्थात् के मतलबको लागि) अनुत्तरको सम्यक् सम्बोधिको अभिसम्बोध गर्ने ईच्छा गर्दछौ ?

०६०  मञ्जुश्रीले भन्नुभयो – “सचेदहं भगवन् बोधये संप्रतिष्ठेयम्, एवमहमिच्छेयमभिसंबोद्धुम्। नाहं भगवन् बोधिं प्रार्थयामि” (अर्थात् त्यसलाई पनि मैले, हे भगवान ! अवबोध गरी, संप्रतिष्ठामा बसी, अभिबुद्ध हुने चाहना पनि राखेको होईन । न मैले, हे भगवान ! संबोधिको लागि ईच्छ नै राख्दछु) । यसको के हेतु हो भने, ‘बोधि भन्नु नै यो मञ्जुश्रीकुमारभूत हो’ ।

०६१  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! मञ्जुश्री ! यसरी तिमीले यो यस्तो रूपमा गम्भीर गम्भीर स्थानहरु निर्देश गर्दछौ । जसरी तिमी पूर्वकालमा जिनहरूबाट कृताधिकारी भई अनुपलम्भ भई चिरचरित ब्रह्मचर्यमा रहेका छौ ।

०६२  मञ्जुश्रीले भन्नुभयो – मैले यस्तै धर्म (लिई बसेको हुने थिएँ हुँला, हे भगवान ! यदि म अनुपलम्भचारी (अर्थात् अन् उपलम्भ आचारी याने हुँदै नभएको कुराको पछिलाग्ने) भएको भए ।

०६३  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमीले, हे मञ्जुश्री ! मेरो श्रावकसंपदा (अर्थात् श्रावकयानका भिक्षु र त्यहाँको ज्ञान आदि) देखेका छौ?

०६४  मञ्जुश्रीले भन्नुभयो – देखेको छु, हे भगवान !

०६५  भगवानले भन्नुभयो – कसरी देख्दछौ ?

०६६  मञ्जुश्रीले भन्नुभयो – त्यसरी नै मैले देख्दछु, जसरी हे भगवान ! कुनै पनि पृथग्जनले देख्दैनन्, न कुनै शैक्षले देख्दछन्, न त कुनै अशैक्षहरूले नै देखेका हुन्छन् । मैले ‘न देख्दछु, न त न-देख्दछु’, यसरी मैले देखेको हुन्छु । यसरी नै मैले न धेरैलाई देख्दछु, न थोरैलाई देख्दछु । यसरी नै मैले न विनीतहरूलाई देख्दछु, न त अविनीतहरूलाई नै देख्दछु ।

०६७  तब त्यहाँ आयुष्मान शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – यसरी, हे मञ्जुश्री ! तपाईले श्रावकयानीहरुलाई यसरी देख्नुहुन्छ, त यो पनि भनिदिनुहोस् की तपाईले सम्यक्संबुद्धयानीहरू लाई फेरि कसरी  देख्नुहुन्छ ?

०६८  मञ्जुश्रीले भन्नुभयो – यो बोधिसत्त्व नामको धर्म हो भनेर, हे भदन्त शारद्वतीपुत्र ! म देख्दिन । बोधिको लागि संप्रस्थित भएका हुन्, भन्ने नामको धर्म पनि म देख्दिन । बोधिको लागि भनेर गरिएको चर्या भन्ने यस्तो नामको धर्म हो भनेर पनि म देख्दिन । अभिसंबुध्द भएका (वा हुनेवालाका) यो यस्तो नामको धर्म यो हो भनेर पनि म देख्दिन । यसै गरी, हे भदन्त शारद्वतीपुत्र ! ‘सम्यक्संबुद्धयान’को (नाम भएको कुनै केहि धर्म पनि कतै) मैले देखेको छैन ।

०६९  शारद्वतीपुत्रले भन्नुभयो – त्यसो भए, तपाईले तथागतलाई, हे मञ्जुश्री ! कसरी देख्नुहुन्छ त ?

०७०  मञ्जुश्रीले भन्नुभयो – पर्खनुहोस् ! (तिष्ठतु? ) । हे भदन्त शारद्वतीपुत्र ! महानागहरु लाई रहन दिनुहोस् । महानागका बारेमा न सोधनु होस् (मा घट्टय?) ।

०७१  यसो भनिएपछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – ‘बुद्ध’ भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?

०७२  मञ्जुश्रीले भन्नुभयो – यो फेरि पनि, हे भदन्त शारद्वतीपुत्र तपाईले जसलाई “आत्मेति” भनेर भन्नुहुन्छ, त्यो आत्म (अर्थात् स्वयं आफू) भनेर कसलाई भनिएको अधिवचन हो ?

०७३  शारद्वतीपुत्र भन्नुभयो – जो ‘अनुत्पाद’ हो, त्यसैलाई नै, हे मञ्जुश्री ! त्यसैलाई आत्म भनेर भनिएको अधिवचन हो ।

०७४  मञ्जुश्रीले भन्नुभयो – यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! त्यसरी नै जसलाई आत्म भनेर भनिएको अधिवचन हो, त्यसैलाई नै बुद्ध भनेर भनिएको अधिवचन हो । फेरि पनि, हे भदन्त शारद्वतीपुत्र ! ‘अपद’ अधिवचन भनेर जे लाई भनिएको छ, त्यसै लाई बुद्ध भनिएको हो । यस लाई न त, हे भदन्त शारद्वतीपुत्र ! बुद्ध यस्तो हुन्छ भनेर वाचा (मानस)बाट बताउन सकिन्छ, न त वाग्(ध्वनि)बाट नै (बताउन सकिन्छ), हे भदन्त शारद्वतीपुत्र ! न सुकरा(अर्थात् सुकर्म)बाट राम्ररी निरूपण नै गर्न सकिन्छ, – कि मानसिक, (बाचसिक र कर्मिक) रूपमा यस्तो हुन्छ; (भने) बुद्ध लाई (यस्तो उस्तो भनेर बताउन) कसरी सकिएला ? त्यसैले हे भदन्त शारद्वतीपुत्र ! तपाईले जे भन्नुभयो की – बुद्ध भनेको के को अधिवचन रहेछ; – (त्यसको जवाफ हो?) यो न समुदागतो हो, न उत्पन्नो हो, न निरोध नै हुने हो । यो न कुनै धर्म(हरु)संग समन्वागत छ, न कुनै पदको भेद छ । यो अपदको अधिवचन हो भनेर बुद्धलाई बुझनु पर्दछ, हे भदन्त शारद्वतीपुत्र । तथागतंलाई, हे भदन्त शारद्वतीपुत्र ! पाउन चाहनेले आत्मा लाई चिन्होस् (पर्येषितव्यः) । आत्मेति (अर्थात्, “आफू” भन्नु नै), हे भदन्त शारद्वतीपुत्र ! बुद्धको अधिवचन हो । जसरी आत्मा (अर्थात्, आफू भनेको) कत-केहि-कतै पनि विद्यमान छैन, न त उपलब्ध नै छ, त्यसैगरी बुद्ध पनि अत्यन्ततया कति-केहि-कहिं पनि विद्यमान छैन, न त उपलब्ध नै छ । जसरी आत्म (अर्थात् म भनेको) कुनै पनि धर्मबाट वचनीय (अर्थात् वर्णन गर्न सकिने) होईन, त्यसरी नै बुद्ध पनि कुनै पनि धर्मबाट वचनीय छैन । न कुनै केहि संख्या (अर्थात् सांख्ययोग याने ज्ञानयोग)बाट नै बुद्ध भनेको यो हो भनेर बताउन नै सक्दछ । न त, हे भदन्त शारद्वतीपुत्र ! सहजै (सुकरं) आफू को\के हूँ भन्ने अधिवचन जान्न सकिंदैन, त्यस्तै हे भदन्त शारद्वतीपुत्र ! बुद्ध भनेको अधिवचन पनि सजिलै बुझ्न सकिंदैन ।

०७५  तब त्यहाँ आयुष्मान् शारद्वतीपुत्रले भगवान समक्ष यसो भन्नुभयो –यस्तो, हे भगवान ! (जुन भनाई) मञ्जुश्रीकुमारभूतले दिने गर्नुहुन्छ, त्यसलाई यथा आदिकर्मिक (अर्थात्  भर्खरै भएका) बोधिसत्त्वहरुले बुझ्न सक्छन् होला र ?

०७६  यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – न मैले, हे भदन्त शारद्वतीपुत्र ! त्यसरी बताउँछु, जसरी कृताविन (अर्थात् दक्ष वा स्थवीर) भैसकेका अर्हन्त समेतले पनि बुझ्न  सकोस् । न त मैले त्यसरी नै भन्दछु की कसैले नै बुझोस् । त्यसको हेतु के हो भने; ‘बोधि’लाई न कसैले जान्न सक्दछ, न त भलिभाँति अवबोधन गर्न नै सक्दछ । (बोधिलाई) न देखन, न सुन्न, न संझन, न उत्पाद गर्न, न निरोध गर्न, न यो यस्तो हो भनेर देखाउन, वा न बताउन देशना गर्न नै (सकिन्छ) । यस्तो, हे भदन्त शारद्वतीपुत्र ! जति पनि बोधिहरु छन्, ती बोधिहरु न भावो हुन् न त अभाव नै हुन् (अर्थात् तिनीहरु न त अस्तित्वमा रहेका भवपदार्थ ‘भावो’ नै हुन् न त अस्तित्वमा नै नरहेका ‘अभावो’ नै हुन्) । यस्को हेतु के हो भने, बोधिमा न अभिसम्बोध (अर्थात् थाहा पाउने कुरा) केही हुन्छ, न त बोधि अभिसम्बुद्ध नै हुन्छ (अर्थात् न त बोधिले भलिभाँति बोधिलाई जान्न नै सक्दछ) ।

०७७  शारद्वतीपुत्रले भन्नुभयो – हे मञ्जुश्री ! तब के ‘श्रीभगवान धर्मधातुमा अभिसंबुद्ध हुनुहुन्न त’ ?

०७८  मञ्जुश्रीले भन्नुभयो – हुनुहुन्न । हे भदन्त शारद्वतीपुत्र ! भगवान धर्मधातुमा अभिसंबुद्ध हुनुहुन्न । यो के हो भने, हे भदन्त शारद्वतीपुत्र ! धर्मधातु भनेको नै भगवान हो । यसैलै यदी, हे भदन्त शारद्वतीपुत्र ! भगवान धर्मधातुमा अभिसंबुद्ध हुनुभएको भए, अनुत्पादधातुलाई समेत निरुध्द गर्नुपर्ने हुन्थ्यो होला । साथै, हे भदन्त शारद्वतीपुत्र ! यस्तो धर्मधातु नै बोधि हो । यसको हेतु के हो भने, धर्मधातु निःसत्त्व हो (अर्थात् सत्त्व-रहीत हो) । बोधिको अधिवचन नै सर्वधर्महरुको अभाव हो । ‘धर्मधातु इति’ (अर्थात् धर्मधातु भनेको यो हो र यो होईन) भनेर भन्ने  सांख्य(अर्थात्, ज्ञानयोगी)हरु (मात्र) हुन् । यसको हेतु के हो भने, बुद्धविषय भनेको नै सर्वधर्महरुको अ-नानात्व (अर्थात् सर्बसकल धर्महरुमा फरक भेद नहुनु) हो । अ-नानात्व भनेको नै, हे भदन्त शारद्वतीपुत्र ! यस्तो अविज्ञप्तिक पद हो । अविज्ञप्तिक भनेको मतलब, हे भदन्त शारद्वतीपुत्र ! विज्ञापित गर्न नसकिने (अर्थात् यस्तो त्यस्तो भनेर भन्न वा प्रकाश पार्न नसकिने कुरा लाई) भनेको हो । यसलाई संस्कृतबाट या असंस्कृतबाट विज्ञापित गर्न सकिंदैन (अर्थात् कुनै अर्कोसंग युक्त गरी संस्कृतगरी अथवा यसलाई कुनै अरुको योग सहयोग नलिई समेत ब्यक्त गर्न सकिंदैन) । यसले कुनै केहि विज्ञप्ति नै नगर्ने भएकोले यो अविज्ञप्तिक हो । किनकी सर्वसकल धर्महरू नै, हे भदन्त शारद्वतीपुत्र ! अविज्ञप्तिक हुन् । यसको हेतु के हो भने, जस्तो कि सर्वधर्महरु प्रादुर्भाव नै नभएका हुन् भने, तिनीहरूलाई (यहाँ छ, वहाँ छ भनेर) स्थितगरी कसरी देखाउन सकिन्छ र ? जो सुकै भए पनि, आनन्तर्यप्रसृता (अर्थात् पञ्चपाराजिक प्रभृतिका अक्षम्य अपराध गर्ने? ) नै पनि अचिन्त्यप्रसृता हुन्; र जो जति अचिन्त्यप्रसृता हुन्, ती पनि भूतप्रसृता नै हुन् । यस्को हेतु के हो भने, भूत भनेको नै, हे भदन्त शारद्वतीपुत्र ! अभेदपद हो । जो यस्तो अचिन्त्यधर्ममा समन्वागत छन, तिनीहरू कहिले पनि न स्वर्गगामी हुन्छन्, न अपायगामी हुन्छन्, न परिनिर्वाणगामी नै हुन्छन् । किन भने, अचिन्त्य (बस्तु पदार्थ) गमनागमन (अर्थात् उत्पन्न हुने र लय हुने चक्र) बाट प्रकट (प्रत्युपस्थित) हुने होईन । न त यावत् (अर्थात् स्वर्ग, अपाय, र) परिनिर्वाण समेत गमनागमनबाट प्रत्युपस्थित हुने हो । यो समेत की, हे भदन्त शारद्वतीपुत्र ! जो चारओटा मूलापत्तिमा अवस्थित छन्, ति (समेत पनि?) अमूलमा अवस्थित रहेका हुन् । यसको हेतु के हो भने, हे भदन्त शारद्वतीपुत्र ! अनुत्पादको न मूल छ, न अग्रको भन्ने हुन्छ, न त केही पाए हुन्थ्यो भन्ने ऐषणा नै हुन्छ । अमूलको भिक्षु भनेर भनेको ‘अप्रतिष्ठित भिक्षु’को अधिवचन हो । उत्पन्नम् अधिकरणम (अर्थात् अधिकरण उत्पन्न गरिसकेका) भनेको अधिक समारोपीलाई भनिएको अधिबचन हो ।  अधिकसमारोपी भनेकाहरु, हे भदन्त शारद्वतीपुत्र ! चर्या गर्दै लोकमा दक्षिणीय भएका हुन्छन् । किन भने, त्यस अधिकसमारोप समः (अर्थात् अरू र आफूमा भेद नगर्न) भएको हुन्छ । श्रद्धावान भिक्षु (अर्थात् जो अरूमा सहजै बिश्वास गर्दछन्), हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु भोग्न योग्य हुँदैनन् ।  श्राद्धयो भिक्षु (अर्थात् जसले अरूले भनेकोमा सहजै पत्यार गर्दैनन्), हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुन्छन् । ‘कल्पितो’? भिक्षु, हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुँदैनन् । “अकल्पिको”भिक्षु नै, हे भदन्त शारद्वतीपुत्र ! कसैले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुन्छन् । असमुपहतनेत्र भएका भिक्षुलाई नै योग्य (अर्हन्) क्षीणास्रव भनिएको हो ।

०७९  शारद्वतीपुत्र भन्नुभयो – कस्तो संधाभाषामा, हे मञ्जुश्री ! तपाई यसो भन्नुहुन्छ ?

०८०  मञ्जुश्रीले भन्नुभयो – समतामा समुपहता (अर्थात् कुनै केही छेकिएको वा ओझेल परेको) हुँदैन, अझ समता त नेत्री (अर्थात् मार्ग-प्रदर्शक) भएको हुन्छ । यस्तो संधाभाषमा, हे भदन्त शारद्वतीपुत्र ! मैले भनेको हुँ की असमुपहतनेत्री (अर्थात् दृष्य बाधित नभएको मार्ग प्रदर्शक) लाई नै भिक्षु, अर्हन्(योग्य) र क्षीणास्रव भनिएको हो । अनुत्तीर्णभव भनेको, हे भदन्त शारद्वतीपुत्र ! अर्हत क्षीणास्रवको अधिवचन हो ।

०८१  शारद्वतीपुत्र भन्नुभयो – यस संधाभाषाबाट, हे मञ्जुश्री ! तपाईले के भन्न खोज्नु भएको हो?

०८२  मञ्जुश्रीले भन्नुभयो – अणुप्रमाणमा पनि उसमा डर हुँदैन । तव के बाट उसलाई पार पाउन अगाडी लाग्नुपर्यो त । यस्तो संधाभाषामा, हे भदन्त शारद्वतीपुत्र ! मैले यसो भनेको हुँ की, अनुत्तीर्णभव नै अर्हत क्षीणास्रवको अधिवचन हो ।

०८३  शारद्वतीपुत्र भन्नुभयो –अनुत्पन्नक्षान्तिक भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?

०८४  मञ्जुश्रीले भन्नुभयो – जसबाट, हे भदन्त शारद्वतीपुत्र ! अणुप्रमाणमा पनि कुनै धर्म(हरू)उत्पादित हुँदैन, उसलाई अनुत्पन्नक्षान्तिक भनिएको हो ।

०८५  शारद्वतीपुत्र भन्नुभयो – ‘अविनीत भिक्षु’ भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?

०८६  मञ्जुश्रीले भन्नुभयो – अविनीतो भिक्षु भनेर, हे भदन्त शारद्वतीपुत्र ! अर्हत क्षीणास्रवलाई भनिएको अधिवचन हो । यसको के कारण हो भने, जो अविनयो हुन्, ती नै विनीत हुन्; विनयी विनीत होईनन् । यस संधाभाष(को अर्थ), हे भदन्त शारद्वतीपुत्र ! यसरी बताऊँछु, – ‘अविनीतो भिक्षु भनेर क्षिणास्रव अर्हतलाई नै भनिएको अधिवचन हो’ ।

०८७  शारद्वतीपुत्र भन्नुभयो – अधिचित्तमा चर्यागर्ने भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?  

०८८  मञ्जुश्रीले भन्नुभयो – अधिचित्तमा चर्या गर्ने भनेर, हे भदन्त शारद्वतीपुत्र ! पृथग्जनको लागि भनिएको अधिवचन हो ।

०८९  शारद्वतीपुत्रले भन्नुभयो – के संधाभाषामा, हे मञ्जुश्री ! यसो भन्नु भएको हो ?

०९०  मञ्जुश्रीले भन्नुभयो – (किनकी) हे भदन्त शारद्वतीपुत्र ! ऊ (अर्थात् त्यस्ता अधिचित्तमा चर्या गर्ने पृथक्जन) साधिकार भएका (अर्थात् माथिल्लो स्तरका) हो ।

०९१  यसो भनिए पछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! हे मञ्जुश्री ! क्षीणास्रव अर्हन् ले जस्तै गरी तपाईले बताउनु हुन्छ ।

०९२  मञ्जुश्रीले भन्नुभयो – हो यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! तपाईले जसो भन्नुभयो । (किनकी) ‘न क्षीणास्रव हू, तर अर्हन् होईन’ । यो के हेतु हो भने ? जस्तो, हे भदन्त शारद्वतीपुत्र ! श्रावकभूमि वा प्रत्येकबुद्धभूमिहरुमा क्षीणास्रव (अर्थात् चाहना कुनै बाकी नरहेको) हूँ । यसको पर्याय के हो भने, हे भदन्त शारद्वतीपुत्र ! म क्षीणास्रव हुँ तर अर्हन् (अर्थात् क्लेशरहीत?) होईन ।

०९३  तब भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के यसको यो पर्याय हुन सक्दछन् त, हे मञ्जुश्री ! की त्यो बोधिसत्त्व-महासत्त्व जो बोधिमण्डमा निषण्ण छ, अनुत्तरको सम्यक्संबोधिमा अभिसंबोद्ध हुन अभव्य होओस् (अर्थात् बोधिसत्त्व-महासत्त्व भई, बोधिमण्डमा बसी, निषण्ण भएर बसेर पनि त्यस अनुत्तरको सम्यक रूपमा सम्बुद्ध हुने अभिसम्मबोधी प्राप्ति नगरोस्) ?  

०९४  मञ्जुश्रीले भन्नुभयो – हुन सक्दछ । हे भगवान ! यसको पर्याय (के हो भने) जो बोधिसत्त्व-महासत्त्व बोधिमण्डमा निषण्ण भएको भए तापनि अनुत्तरको सम्यक्संबोधिमा अभिसंबोद्ध हुन अभव्य (अर्थात् अक्षम) भएको हुन सक्दछन् । यसको के हेतु हो भने, जस्तो की बोधा(वस्था)मा अणुको प्रमाणमा पनि कुनै धर्म रहँदैन, उपलभ्य पनि हुँदैन । यसैले त्यसलाई अनुत्तरको सम्यक्संबोधि भनिएको हो । यस्तो बोधि अनुत्पन्ना हो । त्यसमा (अथवा तिनीहरूमा) न कुनै धर्म विद्यमान हुन्छ, न उपलब्ध हुन्छ; जो बोधिमण्डमा बसेको छ, वा जो बोधिमा अभिसंबुद्ध छ, वा जो बोधिमा अभिसंबुद्ध हुनेवाला हो, वा जो बोधिमण्डबाट उठेको छ । यसबाट यो पर्याय हुन्छ की, हे भगवान ! बोधिसत्त्व-महासत्त्व जो बोधिमण्डमा बसेको छ, अनुत्तरको सम्यक्संबोधि अभिसंबोद्धुम् हुन अक्षम (अभव्यो) हुने हुन्छ ।

०९५  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – बोधि भनेर, हे मञ्जुश्री ! के लाई भनिएको, कसलाई भनिएको अधिवचन हो ?

०९६  मञ्जुश्रीले भन्नुभयो – बोधि भनेको, हे भगवान ! पाँचओटा आनन्तर्य (अर्थात् पाँचओटा अक्षम्य अपराधहरु?) लाई भनिएको अधिवचन हो । किन भने, जसरी बोधिको प्रकृतिमा यी यस्ता पञ्च आनन्तर्यहरुको अभाव हुने भएकोले (अर्थात् बोधिको स्वरूपमा पञ्चपाराजिक जस्ता अक्षम्य अपराधहरु हुनै सक्दैन भन्ने उपमा हो) । ति आनन्तर्यहरुका प्रकृतिलाई बोधगर्नुलाई बोधि (भनिएको हो), ती आनन्तर्यहरुमा अभिसंबुध्य हुनुलाई  बोधि (भनेर भनिएको) हो; सर्वसकल धर्महरुलाई प्रत्यक्षीभावना गर्नेलाई बोधि भनिएको होईन (अर्थात् अभिसम्बुद्ध हुनु भनेको अवबोध गर्नु हो जुन अप्रत्यक्ष पनि हुन सक्दछ, जब की प्रत्यक्षीकृत गर्नु भनेको कृयात्मकरुपमै उतार्नु हो) । किन भने, सर्वधर्महरु नै अत्यन्ततया अप्रत्यक्षा हुन् । त्यस्तोमा कोही पनि अभिसंबुद्धा हुने हुँदैन, (त्यसमा त) न कोही देख्नेवाला दृष्टा हुन्छ, न जान्नेवाला ज्ञाता, यसैगरी न कोही  विदिता नै रहन्छन् । बोधि भनेको यस्तो हुन्छ । यसो हो तापनि, हे भगवान ! अभिमानिहरुले यो यसमा अभिसम्बुद्ध हुन सकिन्छ, यसलाई प्रत्यक्षकृत हुन सकिन्छ भनि स्थापित गर्ने गर्दछन् ।

०९७  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमीलाई, हे मञ्जुश्री ! मेरो उपस्थितिको आभाष (ममान्तिके? ) भएको छ, की म तथागत हूँ (अर्थात् म तथागतकजो साथै छु) ?

०९८  मञ्जुश्रीले भन्नुभयो, – छैन । भएको छैन । हे भगवान ! यसको हेतु के हो भने, न मलाई, हे भगवान ! यस्तो भएको हुन्छ(लाग्दछ?) की मैले तथागतलाई चिन्हेको छु, तथागत यस्तो-त्यस्तो हुनुहुन्छ । किनभने जो तथा हो, त्यो तथाता हो । त्यसरी नै जो तथातामा छ, त्यो तथागत हो (तथा चैव तथता च यथा च तथाता, तथा चैष तथागतः?) । त्यसै गरी, हे भगवान ! न तथताले तथागतलाई जनाउँदछ (विज्ञपयति), न त तथागतले नै तथतालाई जनाउँदछ । यस्को के हेतु हो भने, जसरी, हे भगवान ! परमार्थत तथता अभाव हो, (त्यसैगरी) तथागत (पनि) अभाव नै हो । यसैले, हे भगवान ! मलाई यस्तो हुँदैन – म तथागतको संगै छु, तथागत यस्तो हुन्छ । यसैले तथागत भनेकै, हे भगवान ! नामधेयमात्र नै हुन् । त्यसो हुँदा कसो गरी म यहाँ तथागत हुने हुँला – म तथागत हूँ, तथागत यस्तो हुन्छ ।

०९९  भगवानले भन्नुभयो – तिमीलाई, हे मञ्जुश्री ! तथागतको बारेमा केही संशय छ ?

१००  मञ्जुश्रीले भन्नुभयो – छैन । हे भगवान ! छैन । कुनै केही संशय तब हुने हुन्थ्यो, यदी कदाचित् तथागत परिनिष्पत्ति हुने भएको भए, वा तथागतको उत्पत्ति हुने भएको भए, वा तथागतको परिनिर्वाण नै हुने भएको भए ।

१०१  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – त  तिमीलाई, हे मञ्जुश्री ! तथागत भनेका उत्पन्न भएका हुन् जस्तो लाग्दैन ?

१०२  मञ्जुश्रीले भन्नुभयो – लाग्थ्यो होला, हे भगवान ! तथागत उत्पन्न भएका हुन् भन्ने, यदि धर्मधातु पनि उत्पत्ति हुने भएको भए ।

१०३  भगवानले भन्नुभयो – के तिमीलाई यो यकिन छैन की, हे मञ्जुश्री ! गङ्गानदीको वालुवाको संख्याप्रमाणमा बुद्ध भगवानहरू यस अघि परिनिर्वृत्त भैसक्नु भएको छ (अर्थात् आएर पनि गईसक्नु भएको छ) ?  

१०४  मञ्जुश्रीले भन्नुभयो – के फेरि, हे भगवान ! बुद्ध भगवानहरू एकविषया होईनन् र, अर्थात् अअअअअअअहअअहझअअचिन्त्यविषयको ?

१०५  भगवानले भन्नुभयो – हो । यो यसै हो । हे मञ्जुश्री ! एकविषया हुन् बुद्धहरु र भगवानहरु । उहाँहरु अचिन्त्यविषयक हुनुहुन्छ ।

१०६  मञ्जुश्रीले भन्नुभयो – त कसरी, हे भगवान ! हजूर यहिं हुनुहुन्छ त, होईन ?  

१०७  भगवानले भन्नुभयो – हो । यो यसै हो, हे मञ्जुश्री ।

१०८  मञ्जुश्रीले भन्नुभयो – त्यसरी नै, हे भगवान ! यी गङ्गानदीको वालुवाको संख्याप्रमाणमा बुद्धहरू र भगवानहरु परिनिर्वाण(परिनिर्वृता) भई गईसकेका होईनन् । यसको हेतु के हो भने, हे भगवान ! बुद्धहरु भगवानहरु एकविषया हुन्, अर्थात् अचिन्त्यविषया हुन् । अचिन्त्यता न उत्पादन हुने हो, न त निरुध्य नै हुने नै हो । यसैले, हे भगवान ! (जसरी हजूर)भगवान अभिसंबुद्ध हुनुभए पछि मात्र, यी अनागते, अध्वनि, तथगता, अर्हन्तहरू पनि सम्यक्संबुद्ध हूनेछन्, (अर्थात् हजूर जस्तै अभिसंबुद्ध हुने छन्) । त्यसको हेतु के हो भने, अचिन्त्यतामा अतीता वा अनागता वा प्रत्युत्पन्ना भन्ने नै हुँदैन । त्यसैले, हे भगवान ! तिनीहरूको लोकसंनिवेश विभ्रम हो । हे भगवान ! लोकसंनिवेशमा यस्तो भएको हुन्छ – तथागत उत्पन्न भई यावत् परिनिर्वाण गएको पनि देखिन्छ ।

१०९  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – त्यसैले, हे मञ्जुश्री ! यो तथागतको अचिन्त्यता अवैवर्तिक बोधिसत्त्व-महासत्त्व वा क्षीणास्रव अर्हतका (अचिन्त्यता)को तुलनामा निश्चय पनि अचिन्त्यको छ, भनि उहाहरण दिन सकिन्छ । किन भने, यसलाई तिनीहरुले सुनेर पनि न अनुज्ञा (अर्थात् ठीक छ अनेर अनुमोदना) गर्दछ, न त प्रतिक्रोक्ष (अर्थात् ठीक छैन भन्ने प्रतिकृता वा प्रतिरोध) नै गर्दछन् । किन भने किनकी त्यस चित्त अचिन्त्य र निश्चिन्त्य भएको हुन्छ ।

११०  मञ्जुश्रीले भन्नुभयो – अचिन्त्य पनि निश्चिन्त्य पनि (हो भनेपछि त), हे भगवान ! सर्वधर्माहरुमा को कसलाई अनुज्ञा गर्ने वा को कस प्रति प्रतिक्रोक्ष्य हुने हो?

१११  भगवानले भन्नुभयो – यसै गरी, हे मञ्जुश्री ! जसरी तथागतहरु निश्चिन्त्य हुनुहुन्छ, त्यसै गरी पृथग्जनहरू पनि निश्चिन्त्य हुन् ।

११२  मञ्जुश्रीले भन्नुभयो – पृथग्जनहरू पनि, हे भगवान ! के त्यसरी नै निश्चिन्त्य हुन् र ?  

११३  भगवानले भन्नुभयो – हो यो यसै हो । हे मञ्जुश्री । यसके हेतु के हो भने, जसरी सर्वसकल नै अचिन्त्यको छ, निश्चित रूपमा ।

११४  मञ्जुश्रीले भन्नुभयो – त्यसो भए कसरी, हे भगवान ! हजूरले भन्नुभयो – ‘यसरी नै तथागतलाई निश्चित गर्नु पर्दछ, त्यसै गरी पृथग्जनहरू लाई पनि निश्चित गर्नु पर्दछ’ । त्यसो भए, हे भगवान ! पृथग्जनत्वम् पनि निश्चिन्त्या भए नि । किन भने, हे भगवान ! सर्वसकल धर्महरु नै निश्चिन्त्या हुन् । त के भगवान परिनिर्वाणमा प्रस्थित हुनुभएको हो भने, हजूर त (यहिं) बिहार गरिरहनु भएको छ । हे भगवान ! यसको हेतु के होला ? जसबाट (यैव?) निश्चिन्त्यता हुन्छ, त्यसै बाट नै परिनिर्वाण हुने हो । उसो भए, हे भगवान ! निश्चिन्त्यतामा नानात्व रहँदैन कि । यो पनि की, हे भगवान ! यसरी भन्दछु, – यो यस्तो पृथग्जनधर्महरु, यस्ता आर्यधर्महरु हुन्, भनेका तिनीलाई यसरी भन्नु पर्दछः – कल्याणमित्रहरु लाई तबसम्म पर्युपास गरोस्, त्यसपछि बुझोस् – यि पृथग्जनधर्महरु हुन्, यि आर्यधर्महरु हुन् ।

११५  यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! सर्वसत्त्व मध्येको अग्रको तथागत हुन चाहन्छौ ?

११६  मञ्जुश्रीले भन्नुभयो – हो, म चाहन्छु । हे भगवान ! सर्वसकल सत्त्वहरुमध्ये म अग्र्यको तथागत होऊँ, जसबाट सत्त्वहहरूलाई परिनिष्पत्तिगर्न सकूँ ? ।

११७  भगवानले भन्नुभयो – के तिमी चाहन्छौ, हे मञ्जुश्री ! तथागतको अचिन्त्यधर्ममा समन्वागत भएको हुन ?

११९  मञ्जुश्रीले भन्नुभयो –  म चाहन्छु, हे भगवान ! अचिन्त्यधर्मसमन्वागत भएको तथागत हुन । त्यो कसरी अचिन्त्यधर्ममा समन्वागत भएको तथागत हुँला ?

११९  भगवानले भन्नुभयो – के तिमी यो पनि चाहन्छौ, हे मञ्जुश्री ! – यि  श्रावकहरुलाई तथागतले विनीत गरेको जस्तै गर्न ?

१२०  मञ्जुश्रीले भन्नुभयो – यस्तो ईच्छा गर्दछु, मैले । हे भगवान ! यस्तो की– जसरी श्रावकहरुलाई तथागतबाट विनीत गर्नुहुन्छ, त्यसरी नै कुनै अचिन्त्यधातुमा विनयी बनाई पठाऊँ (भैजाओस्?) । हे भगवान ! बुद्धोत्पाद भनेको कुनैकेही उपकार वा अपकारको लागि उत्पन्न हुने होईन । किन भने, जुन धातुमा यो स्थित छ, त्यो असंकीर्ण धातु हो, यसै लाई अचिन्त्यधातु भनिएको हो । त्यस्ता धातुहरुमाम न श्रावकनानात्व छ, न यावत् पृथग्जननानात्व नै पाईन्छन् ।

१२१  भगवानले भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! अनुत्तर पुण्यक्षेत्रवाला तथागत हुन पनि चाहन्नौ ?

१२२  मञ्जुश्रीले भन्नुभयो – अभाव नै, हे भगवान ! तथागतको पुण्यक्षेत्र हो । यसैले यो अनुत्तरको पुण्यक्षेत्र हो । यस्तो पुण्यक्षेत्र हो, अपुण्यक्षेत्र होईन, त्यो पनि अनुत्तरको पुण्यक्षेत्र । यो पनि की, हे भगवान ! यसमा न कुनै धर्मको बृद्धि हुन्छ न त क्षय नै हुन्छ । यस्तो भएको पुण्यक्षेत्रमा छरिएको बीऊ न पलाउँछ, न खेर नै जान्छ ।

१२३  भगवानले भन्नुभयो –  सन्धाभाषामा यसलाई कसरी भन्दछौ, हे मञ्जुश्री ! की ‘त्यस क्षेत्रमा रोपिएको बीऊ न त पलाउँछ, न त खेर नै जान्छ’ ।

१२४  मञ्जुश्रीले भन्नुभयो – यो यसै हो, हे भगवान ! अचिन्त्यको त्यस क्षेत्र हो, यसैले यो पुण्यक्षेत्र हो ।

१२५  तब त्यस बेलामा बुद्धानुभावबाट षड्विकारबाट महापृथिवी चलायमान भयो । सोह्र हजार भिक्षुहरु अनुपादायास्रव चित्तवाला भई विमुक्त भै गए । सात शते भिक्षुणीहरु, तीन शये उपासकहरु, चालिस हजार उपासिकाहरु, कामावचरलोकका नियुतशतानां देवहरु विरज भए, विगतमल भए, (तिनीहरुमा) धर्ममा धर्मचक्षु उत्पन्न भए ।

१२६  तब त्यहाँ आयुष्मान आनन्दले (आफू बसेको)आसनबाट उठनुभई एकांसचीवर प्रावृत्य भई (अर्थात् एउटा कुममा मात्र चीवर पहिरी) दायाँ घुँडाले पृथिवीमा टेकी भगवान समक्ष अञ्जलिबद्ध भई भगवान समक्ष यसो भन्नुभयो – के हेतु, हे भगवान ! कस्तो प्रत्यय रहेछ, यस महतः पृथिवीचाल लोकमा यो प्रादुर्भाव हुनु भएको ?

१२७  यसो भनिए पछि भगवानले आयुष्मान आनन्दलाई यसो भन्नुभयो – यस “आनन्द पुण्यक्षेत्रनिर्देशो नाम धर्मपर्याय” लाई पूर्वकालका बुद्धहरु भगवानहरुले पनि यसरी नै पृथिवीप्रदेशमा देशना गर्नुभएको छ । यो आनन्दको हेतु भएको, यो प्रत्यय भएको यस महत पृथिवीचाल लोकमा प्रादुर्भाव भएको हो ।


।।  सप्तशतिका प्रज्ञापारमिता समाप्ता  । ।