सञ्जय उवाच-
तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।
विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन: ।।१।।
सञ्जय उवाच – सञ्जयले भने –
तं तथा कृपया आविष्टम् – त्यहाँ यसरी करूणाले छोपिएर
अश्रुपूर्णा आकुले क्षणम् – आखँभरी आँसुगरी, आकुल भएको बेलामा
विषीदन्तम् इदं वाक्यम् – विषाद गरेका (अर्जुन)लाई, यी कुराहरू
उवाच मधुसूदन: – मधुसूदन[i]ले भने ।
विषीदन्तम् – अर्जुन (अ-ऋजु) सामान्य सोचका प्राणी थिएनन् । उनी ‘नर’का अवतार, ईन्द्रका औरसपुत्र थिए । उनी नाताले श्रीकृष्णका फुफुका छोरा मात्र थिएनन्, बाल्यसखा तथा वहिनीज्वाँई समेत थिए । श्रीकृष्ण स्वयं उसको सारथी बनेका थिए । ब्रह्माजीबाट ब्रह्मास्त्र र महादेव बाट पाशुपतास्त्र लगायत अन्यान्य देवताहरुबाट यावत दिव्यास्त्रहरू प्राप्त गरेका थिए । समुद्रको बिचमा रहेको निवातकवचलोक नष्टगरी ईन्द्रलाइ समेत त्राण दिइ गुरुदक्षिणा दिएका थिए । लौकिक शरीरमैं स्वर्ग घुमिसकेका थिए । आफ्नो लौकिकधर्म र पारमार्थिकधर्म दुवैका ज्ञाता थिए । यी सबै हुँदा हुँदै पनि उसले युद्ध गर्नु श्रेय छ वा नगर्नुमा श्रेयष् छ भन्ने दुई विकल्पहरूको समन्वयगरी कुनै एउटा विकल्पलाई रोज्न सकेनन् । धर्म र कर्मको दोवाटोमा उभिएर आफू दिग्भ्रम अएकोमा आँखाभरी आँसुलिएर विषाद गरिरहे । यसरी अर्जुन जस्ता यशस्वी पनि भ्रमित हुने यस मायाजालमा अर्जुनलाई निमित्तपात्रको रूपमा राखि सकल सत्त्वप्राणीलाई धर्मको ज्ञान दिन श्रीकृष्णले यस महान गीताज्ञान दिएको हो ।
श्रीभगवानुवाच –
कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।
अनार्यजुष्टमस्वर्गमकीर्तिकरमर्जुन ।।२।।
श्रीभगवानुवाच – श्री भगवानले भन्नुभयो
कुत: त्वा कश्मलम् इदं- कहाँवाट तिमिलाई यो (चित्तलाई आवृत गर्ने) क्लेशमल
विषमे समुपस्थितम् – यस्तो अप्ठ्यारो (बेला)मा आइपुग्यो
अनार्यजुष्टम् अस्वर्गम् – अनार्य[ii]ले गर्ने किसिमको, स्वर्गमा नलैजाने
अकीर्तिकरम् अर्जुन – अकीर्ति गराउने कुरा, हे अर्जुन !
जुनबेला सर्वाधिक आवश्यकता थियो, त्यबेला यस्तो विचार कहाँवाट आयो ? यो त अयोग्यहरूले गर्ने किसिमको कुरा भयो । जसको परमार्थको ज्ञान दृढ छैन त्यस्ता राग द्वेष र मोहको वशीभूत भई कर्मगर्ने अनार्यहरूको जस्तो भयो । यसवाट निश्चितरूपमा अधोगति हुन्छ । स्वर्गप्राप्ति समेत हुदैन भने मुक्ति वा निर्वाणको बारेमा झन के होला । यसवाट बरू तिमिले हालसम्म संभार गरेको कुशलकर्मको यश कीर्तिआदि कुशलकर्म पनि नाश हुने हुन्छ ।
श्री भगवान – सञ्जयले कृष्णलाई गरेको सम्बोधन ।
कृष्णको जन्म हुनुपूर्व देखी जन्म भएपश्चात उनले गरेका नानाभाँति अलौकिक कृयाकलापले उनलाई धेरैले भगवान भनेर नै सम्बोधन गर्दथे । त्यो सम्बोधनको लाई सहजरूपमा लिई कृष्णले आफू भगवान भएको स्वीकृति पनि गर्दथे । हिन्दू पुराणहरूमा ‘भगवान’श्रीकृष्ण मात्र एकैजना सोह्रकलाने पूर्ण भएका भगवान हुन् ।
भगवान – ‘भग’सम्पन्न । पुण्यसम्भार र ज्ञानसम्भार दुवै सम्भारहरू पारंगत गरी चतुर्मारलाई नि:शेषगरी स-बीज नाश गरेका; षड-ऐश्वर्य, षट् गुण, दश वशिता, दश बल आदि बुद्धगुणहरूले संयुक्त भएका ।
षड्ऐश्वर्य – यी छओटा ऐश्वर्यहरू सम्पूर्ण स्रोत सहित स्थीर रहेको
१.पूर्णप्रभुत्व (ऐश्वर्य) –
२.पूर्णपराक्रम (धर्म) (रूप?) । (पूर्णपराक्रमको स्थानमा कतैकतै ‘रूप’ गरिएको पनि देखिन्छ’ ।)
३.पूर्णयश – यश
४.पूर्णश्री (शोभा),
५.पूर्णज्ञान (काम, मनोकामना)
६.पूर्णवैराग्य (प्रयत्न) –
अनार्य – जो आर्य होइनन् ।
आर्य – अर्यको लागियोग्य । विशिष्ट । योग्य, सम्माननीय, कुलीन, उच्चपदस्थ ।
अर्य्- श्रेष्ठ, स्वामी।
अरिय – शत्रु (इन्द्रिय, पञ्चक्लेश)दमनगरेका।
अर्ह्+य: – योग्य व्यक्ति ।
कुनै जातिविशेष वा भूगोलविशेषको समाजलाई नभनिएको[iii] ।
स्थवीरवाद[iv] – का अनुसार पञ्चक्लेश (राग, द्वेष, मोह, लोभ र ईर्ष्या )बाट मुक्त भएका ।
महायान[v] – परमार्थको मार्गमा ‘मार्गस्थ’ परमार्थिकलक्ष प्राप्तिको लागि प्रयासरत वा ‘फलस्थ’ अर्थात् परमार्थिक लक्ष प्राप्त गरेको वा, त्यसमा प्रयत्नरत रहेको ।
महाभारत – तर्कले निश्चित हुँदैन, श्रुतिहरू विभिन्न किसिमका छन्, कुनै पनि एक ऋषिको मत अर्कोसंग मिल्दैन, धर्मको तत्व अत्यन्त गुह्य छ, (यसैले) ठूलाबडाहरू जुन बाटोमा लागेका हुन् त्यही नै पथ हो ।
क्लैव्यं मा स्म गम: पार्थ नैतत्वय्युउपपद्यते ।
क्षुद्रं हृदयदौर्वल्यं त्यक्तोत्तिष्ठ परन्तप ।।३।।
क्लैव्यम् मा स्म गम: पार्थ – नपुंसकतामा प्राप्त नहोउ, हे पार्थ !
न एतत् त्वयि उपपद्यते – न त यस्तो तिमिलाई सुहाउँछ
क्षुद्रं हृदय दौर्वल्यम् – तुच्छ चित्तको कमजोरीलाई
त्यक्त्वा उत्तिष्ठ परन्तप – त्यागेर उठ, हे शत्रुलाई तापदिने !
अर्जुनको सारा जीवन युद्धकला मैं बितेको थियो । जुन विषयमा आफू पारंगत छ, जे लक्ष राखेर सारा जीवन पर्यन्त जे को साधना गरिएकोछ, जुनकुरा आफ्नो स्वभाव छ, त्यसलाई छोडन योग्य छैन । सानोतिनो चित्तको विक्षेपले जीवनभरको साधना त्याग गर्नु वीर्यहीनता हो । तर, सानो के हो, ठूलो के हो भन्ने निर्क्यौल गर्ने कुरामा भने ज्ञानी पुरुष पनि मोहित हुनसक्दछ, यो ज्ञेयावरण हो । महाभारतमा विदुरजस्ता महान धर्मात्मालाई पनि धर्म के हो र अधर्म के हो, त्यसको निर्क्यौल गर्दै रहनु परेको थियो ।
क्लैव्यता – वीर्यताहीन। डरछेरुवा, पुरुषार्थहीन ।
हृदयदौर्वल्यता – चित्तमा रागद्वेषादि तृष्णजनित कामराग प्रबल हुनु ।
अर्जुन उवाच-
कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।
इषुभि: प्रति योत्स्यामि पूजार्हावरिसूदन ।।४।।
कथं भीष्मम् अहं सङ्ख्ये – कसरी मैले भीष्मलाई युद्धमा
द्रोणम् च मधुसूदन – द्रोणलाई पनि, हे मधुसूदन,
इषुभि: प्रति योत्स्यामि – यीनिहरू जस्ताका विरुद्ध युद्ध गरूँ
पूजा अर्हौ अरिसूदन पूजा आदर गर्नुपर्ने लाइ, हे अरिसूदन[vi] !
भीष्म पितामह र आचार्य द्रोण जस्ता महापुरुष युगपुरुष हुन् । यीनिहरू इतिहासमा आकलझुकल मात्र देखा पर्ने पात्रहरू हुन् । यिनिहरूलाई देवता र शत्रुले पनि आदर गर्दछन् । यस्ता ‘गुरु’, ‘संरक्षक’ र ‘पितर’का एकीकृतरूपलाई कसले मनमा कुचित्त गर्न गर्न सक्दछ । जसले बालखकालमा बोकेर हुर्कायो, शिक्षादिक्षा दिई योग्य बनायो, जसलाई जन्मे देखि पूजा गरिएका छन्, त्यस्ताका विरूद्ध कसरी हतियार उठाउन सकिन्छ । त्यस्तो कुन ज्ञान छ जसले यीनिहरू जस्ता माथी युद्ध गर्न जगाउँदछ । प्राणातिपातको शीलले सानो से सानो प्राणीको विरूद्ध पनि हिंसा गरिंदैन भने यहाँ त पञ्चपाराजिकको अपराध एकसाथ कसरी हुनसक्दछ ?
सङंख्ये – सांख्य भनेको कपिलममुनि प्रणीत ज्ञानको दर्शन हो ।
बाण तरवारको युद्ध त बाह्यरूप हो । युद्ध गर्नुभन्दा पहिले चित्तले युद्धगर्ने बृत्तिलाई आत्मसात गर्नु पर्दछ । चित्तले धर्मसम्मत ज्ञान हो भनेर निश्चय नगरिकन कायद्वारा युद्धकार्य हुनै सक्दैन ।
गुरूनहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।
हत्वार्थकामांस्तु गुरूनिहैव भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् ।।५।।
गुरून् अ-हत्वा हि महानुभावान् – यस्ता गुरुतावान महान व्यक्तिहरूलाई मार्नुपर्ने काम नगरी
श्रेय: भोक्तुं भैक्ष्यम् अपि इह लोके – (बरू) यस लोकमा भिक्षा मागी खानु असल छ ।
हत्वा-अर्थ कामान् तु गुरून् इह एव – यस्ता गुरुतावानहरूलाई यसरी मार्न चाहेको अर्थ
भुञ्जीय भोगान् रुधिर प्रदग्धान् – रगतले मुछिएको कुरा भोग गरेको हुनेछ ।
यस्ता (पालन-पोषन र मार्गदर्शन गरेका) गुरुतावान महान व्यक्तिहरूलाई मार्नुपर्ने बाध्यता आइपरे पनि त्यो नगरी (बरू) सन्न्यासी भई भीख माग्नु असल छ । यस्ता गुरुतावानहरूलाई मारेको अर्थ रगतले मुछिएको कुराको भोग गरेको हुनेछ ।
गुरुहत्या – महायान भनेको ठूलो साधन हो, जसमा सबै अटाउँदछ । महायानमा जाति-पाति, पुण्य-पाप, कर्म-सिद्धान्त, यम-नियमादि शुचिता लगायत आदि-इत्यादि कुनै पूर्वशर्तको बन्धन छैन, तर ‘गुरुद्रोही’ एउटा भने हुनु हुँदैन । यसैले गुरुद्रोही सर्बाधिक अकुशलकार्य हो ।
भिक्षा – आजिविकाको साधन नगरी विश्वभर्ताको कृपामा भर पर्नु । भिक्षुक चार प्रकारका हुन्छन्,
१.
न चैतद्विद्म: कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयु: ।
यानेव हत्वा न जिजीविषामस्तेऽवस्थिता: प्रमुखे धार्तराष्ट्रा: ।।६।।
न च एतत् विद्म: कतरत् न: गरीय: – न त यो जान्दछौं कि (यि दुई मध्ये) के गर्नु बढी भारी छ
यद् वा जयेम यदि वा नो जयेयु: – कि जित्छौं वा हामीलाई जित्नेछन्
यान् इव हत्वा न जिजीविषाम: – जसलाई मारेर बाँचिरहन समेत चाहदैनौं
ते अवस्थिता: प्रमुखे धार्तराष्ट्रा: – तिनिहरू धृतराष्ट्र (पक्षधर)का मुख्य भई खडा भएका छन् ।
धर्मस्य गहनो गति: । धर्मको सूक्ष्मता हामि जान्न सक्दैनौ, यसको बारेमा जति गहनमा गयो त्यत्ति कुरा बल्झिएर जान्छ । दुवैतर्फ त्यत्तिकै वजनदार तर्कहरू छन् । हामी पक्का गरी यो जान्दैनौं कि यी दुइ विकल्प मध्येमा के गर्नु बढी श्रेयष् छ । हामी नै जित्छौं वा हामीलाई उनीहरू जित्नेछन्, यो पनि हामीलाई थाहा छैन । फेरि जसलाई मारेर हामी स्वयम् बाँचिरहन समेत चाहदैनौं तिनिहरू नै धृतराष्ट्रका प्रमुख पक्षधरहरू भई हाम्रो विरुद्धमा खडा भैआएका छन् ।
गरीय – गह्रुगो, महत्त्वपूर्ण, श्रेयकरी
कार्पण्यदोषोपहतस्वभाव: पृच्छामि त्वां धर्मसम्मूढचेता: ।
यच्छ्रेय: स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।।७।।
कार्पण्य दोष: अपहत स्वभाव: – (बुद्धि)दौर्बल्यताको दोषले अपहृत भएको स्वभाव (लिएर)
पृच्छामि त्वां धर्म सम्मूढ चेता: – पूरा मूढ चित्त्तभएर तपाईसंग धर्म[vii]को बारेमा सोधिरहेको छु
यद् श्रेय: स्यात् निश्चितं ब्रूहि तत् मे – जुन मलाई श्रेयष्(कल्याणकारी) हुनेछ त्यो निश्चितगरी बताउनुहोस्
शिष्य: ते अहं शाधि मां त्वां प्रपन्नम् – म तपाईको शिष्य भई याचना गरेको छु, मलाई शासन गर्नुहोस्
अर्जुन वास्तवमा मूढचित्तको भएको भए उसले कृष्णसंग यसरी आफ्नो समस्या राखेर पार लगाईदिन शरणागति हुने थिएन । उसको मूढता नै भएपनि त्यो तामसी थिएन । सात्त्विकजन पनि कहिले काहि अलमलिन्छ । ज्ञानमार्गले पनि अन्त्यमा श्रद्धाभक्तिको शरणागति गर्नै पर्दछ ।
जत्ति सोच्यो त्यत्ति बल्झिने यस धर्मव्यवहारका कुराले अर्जुनले निर्णयगर्न सकेको छैन । दुवैतर्फ तानिएको कतै तीर पनि छोडन नसकेको अपहृतचित्त भएको स्वभाव (लिएर) पूरा किंकर्त्तव्यविमूढ भई, कृष्णसंग धर्मको बारेमा निर्देशन दिन अनुरोध गरे, जुन श्रेयष्(कल्याणकारी) हुनेछ त्यो निश्चितगरी बताउनुहोस् । म तपाईको शिष्य हूँ, अध्येषणा गर्दछु, मलाई अनुशासन गर्नुहोस् ।
न हि प्रपश्यामि ममापनुद्याद्यच्छोकमुत्छोषणमिन्द्रियाणाम् ।
अवाप्य भूमावसपत्नमृद्धं राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।
न हि प्रपश्यामि मम आपन उद्याद्- न मैले (मार्ग) देखिराखेकोछु (कसरी) मेरो यस आपदलाई पन्छाउँ
यत् शोकम् उत्-शोषणम् इन्द्रियाणाम् – यस शोकलाई, जसले मेरो इन्द्रियहरूलाई जलाई-सुकाई रहेको छ
अव-अपि भूमौ अ-सपत्नम् ऋद्धम् – शत्रुविहिन समृद्ध भूमि पाएर पनि
राज्यम् सुराणाम् अपि च आधिपत्यम् – देवताका राज्यकै आधिपत्य पाए पनि ।
अर्जुनमाथि आप् तत्वको गुण प्रबलभई तलतीर गैराखेको आपतमा परिरहेको थियो । वायुतत्वले उल्टा बहेर उसलाई सुकाई राखेको थियो । अग्नितत्वले दहन गरिरहेको थियो । पृथ्वीतत्वले उसलाई गतिहीनतामा राखेको थियो । उसको चित्तवृत्ति विक्षेपित भएपछि सवै महाभूतहरू विपरीत भैरहेका थिए । उसमा संस्कारित वैराग्यज्ञानको प्राकट्य भएअनुसार उसले लौकिक सुखको प्रतीकरूमा ‘निष्कण्टक देवलोकको राज्य’ भन्दा भन्दा पारमार्थिक सुख ‘इन्द्रिय शान्तता’लाई प्राथमिकलता दिए।
एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप ।
न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।।९।।
एवम् उक्त्वा हृषीकेशं – हृषिकेशलाई यस्तो भनेर
गुडाकेश: परन्तप – शत्रुलाई तापदिने गुडाकेशले
न योत्स्य इति गोविन्दम् – हे गोविन्द ![viii], म यो युद्ध गर्दिन
उक्त्वा तूष्णीं बभूव ह – भनेर चुप लागि शान्त भैगए ।
ब्रह्माजीको ब्रह्मास्त्र, महादेवको पाशुपतास्त्र र नारायणको संरक्षण पाएका अर्जुन ब्रह्माण्डमा सवैलाई दमन गर्न सक्षम थिए । तरपनि आफै संग युद्धगर्न सकेन । बाह्य भौतिकीय कुराले परमार्थमा सीधा सहयोग गर्दैन । बाह्य बस्तु साधनमात्र हो जसले जे जसरी प्रयोग प्रयोग गर्दछ त्यसको उपादेयतात्यत्तिमात्र हुने हो । त्रिदेवको कृपा पनि आफैमा ‘निर्वाण’को प्रत्याभूति हुन सक्दैन ।
परंतप – १.परम तपस्या गरेका २.शत्रुलाई ताप दिने
तमुवाच हृषीकेश: प्रहसन्निव भारत ।
सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वच: ।।१०।।
तम् उवाच हृषीकेश: – तव हृषिकेशले भन्नुभयो;
प्रहसन् इव भारत – हँसिलो अनुहार लिएर
सेनयो: उभय: मध्ये – दुवै सेनाको बीचमा
विषीदन्तम् इदं वच: – विषाद गरेकालाई यि कुरा ।
अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादाँश्च भाषसे ।
गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिता: ।।११।
अ-शोच्यान् अन्व-शोच: त्वम् – चिन्ता गर्न नपर्नेलाई तिमि सोचि बस्दछौ
प्रज्ञा-वादाँन् च भाषसे – प्रज्ञावानले जस्तो गरी बोल्दछौ ।
गत-असून् अगत असून् च – जो नफर्किनेगरी गईसकेका छन्, र जो आउन नै बाँकि छन्
न अनु-शोचन्ति पण्डिता: – पण्डितहरू (त्यस्ता कुरा) मनमा खेलाएर बस्दैनन् ।
अशोच्य – जे मा सोचविचार चिन्तन मनन र शोक आदि गर्न लायक छैन ।
यस्तै किसिमका ६२ओटा विभिन्न दार्शनिक मतहरूको विश्लेषण गरी ती ब्रह्मजालिक अशोच्य मानेको छ । यस विषयहरूमा भगवान बुद्धले भन्नु भएको छ, ‘यी कुराहरु म जान्दछु, तर यि तिमिलाई जरूरी छैन । किनकि यसवाट केहि उपलव्धि हुदैन’ । यहि कुरा श्रीकृष्ण पनि भन्नुहुन्छ; ‘हे अर्जुन, तीमी जे भन्दैछौ त्यो ज्ञानको बाह्य आडम्बरमात्र हो । प्रज्ञावानहरू अव्यक्त र अनागत कुराहरुमा मन खेलाई वुद्धिविलास गरी बस्दैनन् । यी, न त कुनैपनि नतिजामा पुराउने न त दु:खमुक्तिको साधन नै हुने यस्ता ‘ब्रह्मजालिक’ कुरामा प्रज्ञावानहरू अलमलिंदैनन् ।
न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा: ।
न चैव न भविष्याम: सर्वे वयमत: परम् ।।१२।।
न तु एव अहम् जातु न-आसम् – न त म (कुनै पनि बेलामा) जन्म (अस्तित्त्वमा) नभएको होस्
न त्वं न इमे जनाधिपा: – न तिनी न त यी राजाहरू
न च एव न भविष्याम: – न त नहुनेवाला होस्
सर्वे वयम् अत: परम् – हामी सवै कहिले पनि
यहाँ देखिएका (र यहाँ नदेखिएका पनि) जेजति सत्त्वप्राणीहरू छन् ती सवै कहिले पनि अनस्तित्त्वमा थिएनन् । अर्थात् यीनिहरू सवै पहिेले पनि थिए, अहिले पनि छन् र पछि पनि रहने छन् ।
भवचक्र – कपिलमुनिको सांख्यदर्शन अनुसार ‘जड’, ‘जीब’ र ‘ईश्वर’ तीनओटै अनादि हुन् । यस अर्थमा ‘धर्मकाय’परमात्मा, ‘जीब’सत्त्वप्राणी तथा ‘जड’पञ्चमहाभूतहरू सबै अनादि र सदा रहनेवाला हुन् । जीबहरू कर्मको फलपरिणाम अनुसार नामरूप फेरिंदै नानाविध योनिमा परिभ्रमण गरिरहने मात्र हुन् । जबसम्म सत्त्वप्रणीले निर्वाण लिंदैन उ अस्तित्त्वमा रहिरहेकै हुन्छ । हामीले भन्ने गरेको मृत्यु त एक च्यूतिमात्र हो ।
देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरतत्र न मुह्यति ।।१३।।
देहिन: अस्मिन् यथा देहे – शरीरधारिका शरीरमा जसरीरहन्छ[ix]
कौमारम् यौवनम् जरा – कुमारावस्थायुवावस्था र बुढ्यौली[x]
तथा देहान्तर प्राप्ति: – त्यसै गरी देहको च्यूति भई अर्को देह धारण गर्दछ
धीर: तत्र न मुह्यति बुद्धिमानहरू त्यस्तोमा मोहित हुँदैन ।
जीर्ण भएको लुगा छोडी अर्को लगाइन्छ, त्यसरी नै पञ्चतत्त्वको एक शरीर त्यागी अर्को शरीर धारण गरिएको हुन्छ । दु:खसत्य भनेको अनुभूतिगर्ने दु:खको वेदना मात्र होईन; यो त विकारतामा प्राप्त हुनु, शरीरको वृद्धि, उत्कर्ष, अवनति र च्यूति हुने प्रकृया नै हो । यसरी बुझेका ज्ञानीहरू बुद्धिले मोहित भएका हुँदैनन् ।
मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदु:खदा: ।
आगमापायिनोऽनित्यास्तांतितिक्षस्व भारत ।।१४।।
मात्रा: स्पर्शा: तु कौन्तेय – तन्मात्रा र त्यसका स्पर्शहरू त, हे कुन्तिपुत्र
शीत उष्ण सुख दु:ख-दा: – ठण्डी गर्मी सुख दु:ख दिने हुन्
आगम् अपायिन: अनित्या: – प्रकट हुनु लुप्त हुनु अनित्य [xi]छन्
तान् तितिक्ष-स्व भारत – तिनीहरूलाई सहने गर, हे भारत !
(कुनै पनि अनुभव) तन्मात्रा र विषयसंग चित्तको सम्पर्कवाट उत्पन्न हुने हो । यसवाट सुखदु:ख वा शीतउष्णको अनुभूति हुन्छ । यी उत्पन्नहुने हराउने (उदयव्ययका) विषयहरू अनित्यहुन् क्षणिक हुन् । यसैले यसको अनुभूतिहरू लाई सहन गर्नुपर्छ, बहकिन हुँदैन ।
मात्रा-स्पर्शा – नाम रूप । matter and energy ।
मात्रा – तन्मात्रा – शव्द, गन्ध, रस, रूप, स्पर्शका विषयहरूलाई जसद्वारा जानिन्छ
स्पर्शा – यि शव्दादि विषयहरूसङ्ग इन्द्रियको संयोग ।
शीत-उष्ण – जाडो र गर्मी भन्ने सापेक्षिक भाव
सुख-सुख – वेदनास्कन्ध । सुखवेदना, दु:खवेदना र असुख-अदु:खवेदना ।
मात्रा र स्पर्शको कारणवाट वेदना उत्पन्न हुन्छ । वेदना भनेको सुख,दु:ख, र असुख-अदु:खका अनुभूतिमात्र हुन् । यी अनित्य हुन्, ‘दु:खसत्त्य’ होईन ।
आगमापायिनो – उत्पत्ति र लयको चक्र
आगम – आउने, प्रकट हुने, ल्याइएको ।
अपायिन – अनस्तित्त्व हुने, लय हुने ।
अनित्य – सदाकाल अविकारित भई नरहने । जहिले पनि क्षणक्षणमा हेतु-प्रत्ययबाट विकारीत भै रहने । चत्पत्ति र लय को चक्र ।
तितिक्षस्व – तितिक्षा – तृष्णा वुभुक्षा आदि रागद्वेषहरूको लाई विचलित नहुने, सहने, शान्तभै रहने । स्मृतिमा राखी अनुपश्यना गरी रहने ।
यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।
समदु:खसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।१५।।
यम् हि न व्यथयन्ति: – यसरी विक्षेपित र खिन्न नभई
एते पुरुषम् पुरुष ऋषभ - यस्ता पुरुषार्थ गर्ने पुरुषका उत्कृष्ट
सम दु:ख सुखं धीरम् – दु:ख सुखमा समता राखि धीर भई
सो अमृतत्वाय कल्पते – अमृतता[xii]मा प्राप्त भएका हुन्छन्
प्राणीको चित्तलाई वेदनाले संस्कारित गरेवाट सत्त्वप्राणी स्वयम् बद्ध भएको जस्तो प्रतीति हुने हुन्छ । जसवाट आफूनो इच्छा बेगर परवश भएर दासतामा प्राप्त भएको जस्तो हो । यसको अर्थ कसैले रूखलाई समाति रूखले मलाई छोडेन भनेको जस्तै संस्कारित गरेको हो । यस्ता वेदनाले सुखदु:ख र शीतउष्णवाट शुरूगरी त्यसवाट नानाविध चाहना तृष्णा क्लेशमल समुदागम र संस्कारित गराउदै जाने हुन्छ । यस ‘विक्षेपनकरी’ वेदनाहरूमा पुरूषार्थीहरू समताको भाव राखि धीर भई बसेका हुन्छन् । यसै अवस्थालाई अमृतता वा अर्हत्त्व पनि भन्न सकिन्छ ।
ऋषभ – साँढे । घर पालुवा पशुहरूमा सर्वश्रेष्ठ ।
अमृत – कहिले पनि मृत्य हुन नपर्ने ।
नासतो विद्यते भावो नाभावो विद्यते सत: ।
उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभि: ।।१६।।
न असत: विद्यते भाव: – जसको अस्तित्त्व नै छैन त्यो कुराको भावना हुन सक्दैन
न अभाव: विद्यते सत: – र जुनकुरा अस्तित्त्वमा छ त्यसको अभाव हुँदैन
उभयो: अपि दृष्ट: अन्त: – यि दुवलाई पूरा देखेर मात्र निष्कर्ष निकाल्छ
तु अनयो: तत्त्वदर्शिभि: – यिनीहरूको बारेमा तत्त्वदर्शीहरूद्वारा
सत् भनेको सदा एकसमान रहने ‘एकरसता’ हो । हिन्दूदर्शनले ‘आत्मा’, परमात्मा’ वा ‘ब्रह्म’ आदि नाम दिएर ‘सत्’वस्तुको अस्तित्त्व स्वीकार गर्दछ भने बौद्ध दर्शनले त्यस्तो सत् वस्तुको छैन भन्दछ । बौद्ध दर्शनमा सतको प्रयोग ‘निस्वभावता’मा हुन्छ, जसलाई शून्यता भनिन्छ । मूलभूत सिद्धान्तकोरूपमा रहेको यो कुरालाई नबुझेसम्म यी दुई महान दर्शहरूको भेद बुझन सकिंदैन ।
महायानले ‘सतवाद’ र ‘असतवाद’ दुवैलाई एकसाथ दृष्टगर्नु नै माध्यमिकदर्शन हो भनेको छ । यो भनेको शून्यता दर्शनको तत्त्वदृष्टि नै हो ।
जुनकुरा क्षणिक र सदा परिवर्तनशील त्यसलाई कसरी बुझन सकिन्छ र, सकिंदैन । अनन्तचक्रमा सदा रहेको हेतु र प्रत्ययको क्षणहरूको कसरी भाव हुनसक्छ, हुँदैन । त्यसरी नै जुनकुरा सदा अविनाशी अविकारीत भएर रहन्छ त्यो कहिले पनि नभएको वा परिवर्न भएको वा क्षय भएको हुन सक्दैन । यी कुरा नबुझी तत्त्वज्ञान हुँदैन, तत्त्वकुरा नबुझेसम्म तत्त्वदर्शी पनि हुन सक्दैन ।
सत् असत् – सत्य असत्य ।
सत् – जो सदाकाल विना विकारीत भई वा क्षय भई एकसमान एकरसको रहन्छ । पञ्चज्ञानेन्द्रियले ग्राह्य वस्तु ।
असत – जो अनित्य हो, हेतु-प्रत्ययबाट सदाकाल परिवर्तनशील रहन्छ । पञ्चज्ञानेन्द्रियले अग्राह्य वस्तु ।
भाव अभाव – उत्पन्न अनुत्पन्न ।
भाव – जसलाइ अनुभूत गर्न सकिन्छ । जो अस्तित्त्वमा आएको छ । उत्पन्न, प्रकट, भूभौतिकी, प्रकाशित, .. ।
अभाव – जसलाई अनुभूत गर्न सकिंदैन । जो अस्तित्त्वमा छैन । अनुत्पन्न, अप्रकट, वेदना, अप्रकाधित … ।
तत्त्वदर्शी – मूल दर्शनको कुरा बुझेका ।
अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।
विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७ ।।
अविनाशि तु तत् विद्धि – कहिल्यै नाश नहुने भनेर त्यसलाई जान
येन सर्वम् इदं ततम् – जसवाट यो सकलको उत्पाद भएको हो
विनाशम् अव्ययस्य अस्य – यस अव्यय (विनाश नै नहुने)को नाश
न कश्चित् कर्तुम् अर्हति – न कसैले गर्न सक्दछ ?
यस जगत संसार जुन मूलकुरावाट बनिएको छ त्यसलाई ‘अविनाशी’ भनेर जान्नु पर्दछ । जगतसंसारको निर्माणको आधरभूत तत्त्वहरू पाँचओट छन्; पृथ्वी, जल, तेज, वायु, आकाश । यी भौतिक वस्तु (तत्त्व, द्रव, धातु)का गुण आकर्षिणी, पातिनी, ज्वालिनी, गामिनी, र धारणीमानिन्छन् । यी गुणहरु मात्रका संयोजन-वियोजनवाट विविध भौतिकवस्तु हरू बनिएका हुन् । बौद्धदर्शनले भूतभौतिकीबाटै चित्त-चेतसिक उत्पत्ति भएको मान्दछ । हिन्दूदर्शनले ‘जीब’लाई भूतभौतिकीसंग बद्ध-आत्माको रूपमा लिंदछ ।
अन्तवन्त इमे देहा नित्यस्योक्ता: शरीरिण: ।
अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।१८।।
अन्तवन्त इमे देहा – अन्त्य भैजाने हो यो शरीर ।
नित्य:य उक्ता: शरीरिण: – नित्य त रशरीरमा रहनेवाला हुन्
अ-नाशिन: अ-प्रमेयस्य – नाशै नहुने अप्रमेय
तस्मात् युध्यस्व भारत – त्यसैले हे भारत, युद्धमा लाग ।
यी पञ्चतत्त्ववाट सिर्जित यस देह पुन: पञ्चतत्त्वमैं छुट्टिभिन्न भईजाने हो । तर, त्यस शरीरलाई भित्रवाट संचालनगर्ने ‘जो’ हो त्यो नित्य छ, कहिलै नाश नहुने र अप्रमेय छ ।
शरीरिण – शरीर निर्माणगरी त्यसैमा रहनेवाला । हिन्दू धर्ममा यसलाई आत्मा, वा जीबात्मा भनिन्छ । बौद्ध दर्शनमा यसलाई देहच्यूति हुँदा पुर्जन्ममा जाने संस्कारको प्रवाह मान्दछ ।
य एनं वेत्ति हन्तारं य: च एनम् मन्यते हतम् ।
उभौ तौ न विजानितो नायं हन्ति न हन्यते ।।१९।।
य एनम् वेत्ति हन्तारं – जसले यो (शरीरिण)लाई मार्नेवाला भन्दछ,
य: च एन् मन्यते हतम् – र, जसले यसलाई मर्नेवाला भनि सोच्दछ
उभौ तौ न विजानितो – ती दुवैथरी कुरा नबुझेका हरू हुन् ।
न अयं हन्ति न हन्यते – यो न यो मर्दछ, न त मारिन्छ नै ।
न जायते म्रियते वा कदाचिन्नायं भूत्वाऽभविता वा न भूय: ।
अजो नित्य: शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२०।।
न जायते म्रियते वा कदाचित् न अयं – न उत्पन्न हुन्छ, (न) मर्दछ, न त कहले पनि यो
भूत्वा अ-भविता वा न भूय: – भएर नभएको हो, वा हुनेवाला हो ।
अज: नित्य: शाश्वत: अयं पुराण: – यो अजन्मा, सँधै रहने, शाश्वत, प्राचीन छ,
न हन्यते हन्यमाने शरीरे – यसैले न मारिन्छ, न मर्दछ शरीरमा ।
यो (शरीरिण) न जन्मन्छ, न मर्दछ । यो न उत्पन्न हुने हो, न उत्पन्न भएर नाश हुने हो, र न त पछि कुनैबेला भविष्यमा फेरि उत्पन्न हुने हो । यो अजन्मा छ, नित्य छ, शाश्वत छ, अनादि छ । यसैले न शरीर मर्दा पनि यो मर्दैन ।
वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।
कथं स पुरुष: पार्थ कं घातयति हन्ति कम् ।।२१।।रस
वेद अ-वि-नाशिनम् नित्यम् – जान ! सदा रहने, अविनाशीलाई,
य एनम् अजम् अव्ययम् – जुन यो अनुत्पन्न अव्यय छ
कथं स पुरुष: पार्थ – कसरी, हे अर्जुन ! त्यस ‘पुरुष’ले
कं घातयति हन्ति कम् – कसलाई प्रहार गर्दछ, कसलाई मार्दछ ?
जो अविनाशी छ, जो नित्य छ, जो अजन्मा छ, जो अव्यय छ त्यसलाई कसले मार्ने वा चोट पुराउन सक्दछ ।
अ-विनाशी – खिइने, हराउने, मर्ने, लय हुने, अनस्तित्त्व हुने आदि नहुने ।
अनुत्पन्न – अनादि । भूतभौतिकी पदार्थबाट बनिएको होईन ।
अव्यय – सीमाहीन, कहिले नसकिने, घटदैन, पार पाइ नसकिने । अखंडित, अपरिवर्तनशील, नित्य, शाश्वत, कुनै विकार नहुने ।
घातयति – प्रहार गर्नु, चोटपटक लगाउनु, हिंसा गर्नु । मार्न लाउनु ।
वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।
तथा शरीराणि विहाय जिर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।
वासांसि जीर्णानि यथा विहाय – बासस्थल जीर्ण भएपछि जसरी छोडिन्छ,
नवानि गृह्णाति नर: अपराणि – छीलो नगरी, मानिसले नयाँ ग्रहण गर्दछ
तथा शरीराणि विहाय जिर्णानि – त्यसैगरी जीर्ण भएपछि शरीर छोडेर,
अन्यानि संयाति नवानि देही – अर्को-अर्को नयाँ देहमा सर्दै-बस्दै गर्दछ ।
चित्तवृत्ति जसरी वासनाको पछि लागेर, त्यसलाई ग्रहणगरी, भोग परी, वासना निवृत्त भएपछि तत्पश्चात् त्यसलाइ छोडेर, जसरी अर्को-अर्को वासनाहरू ग्रहण गर्दै चरायमान भैरहेको हुन्छ, त्यसरी नै यो देहको उपयोगीता सकिए पछि अर्को-अर्को देहहरू उत्पन्नगरी त्यसमा उ सर्दै रहने गर्दछ ।
जीबले कसरी शरीर धारण गर्दछ भन्ने कुरामा हिन्दू, बौद्ध र जैन दर्शनहरूमा ज्यादै ठूलो विभेद छैन । बौद्ध दर्शनले चित्तको च्यूतिपश्चात् उसको पूर्वजन्मका संस्कारित वासना अनुसार पञ्चतत्त्वहरूलाई आकर्षित गर्दछ भनिएको छ । यसको शुरुवात कुनै स्त्रीकोको रक्त(रज)संग पुरुषको शुक्रको संयोजनको अवसरमा जुन गन्धादिक कुराको प्रवाहहुन्छ जसवाट आकर्षितभएका ती च्यूतिचित्तका संस्कारहरूको सम्बन्घ स्थापित हुनजान्छ । यसैलाई गर्भाधान भनिन्छ । यसरी गर्भाधान भएपछि त्यसका पूर्वज्ञान र कर्मको ‘संस्कार’ बमोजिम भौतिकताको नियम अनुसार गर्भको रूपमा बृद्धिहुँदै शरीर धारण गरिरहन्छ ।
वासांसि – बसोबासको स्थल, घर हरू । वासनाहरू । वस्त्र-चीवरहरू ।
जिर्णानि – पञ्चतत्त्वको विशिष्ट संयोजनले बनेको यस शरीररूपी वस्त्रको केहि समयसम्मको लागि मात्र प्रयोजनीयता हुन्छ । त्यस अवधि पश्चात् ति महाभूतहरूका संयोजनहरू अस्थीर हुन थाल्दछ जसलाई ‘जीर्णता’ भनिन्छ । यसरी जीर्णतामा प्राप्त शरीर पतन भई छोडेर अर्को शरीर धारण गर्दछ ।
वि-हाय – हार्य – त्याग्न योग्य । भलिभाँति त्याग गर्दछ ।
नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: ।
न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: ।।२३।।।
न एनम् छिन्दन्ति शस्त्राणि – न यसलाई शस्त्रहरूले छिन्न सक्दछ ।
न एनम् दहति पावक: – न यसलाई अग्निले दाह गर्न सक्दछ ।
न च एनम् क्लेदयन्ति आप: – न त यसलाई पानीले भिजाउन सक्दछ ।
न शोषयति मारुत: न वायुले सुकाउन सक्दछ ।
यो संसार पाच महाभूतहरूवाट बनिएको हो, जसमध्ये आकाशतत्त्व अधिष्ठानमात्र भएकोले कृयाशील भूमिका खेल्दैन । र बाकी रहेका चारओटा क्रियाशील तत्त्वहरूले यस ‘देही’लाई केहि प्रभावपार्न सक्दैन । पृथ्वीतत्त्वको गुण विभाजित हुने, तेजले दहन गर्ने, आपको स्नेहता (टाँसिने) र वायुको सुकाउने वा उडाउने स्वभावले यसलाई असर गर्दैन । शरीरिण यी महाभूतहरूका भन्दा क्षेत्राधिकार भित्र पर्दैन ।
पावक – पवित्र गर्नेवाला, अग्नि । अग्निले विखण्डन गरी भष्मीभूत मात्र पार्ने होईन, यसले पइराना बस्तुलाई संश्लेषण-विश्लेषण अर्थात् संयोजन-वियोजन पनि गरी नयाँ नयाँ बस्तुहरू निर्माण गर्दछ । यसले भूतभौतिकी वस्तुमा रहेको सारतत्त्वलाई निकाली देवपितृहरूलाई पुराउँदछ । यसलै सबै बस्तुपदार्थलाई पवित्र गर्दछ ।
अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।
नित्य: सर्वगत: स्थाणुरचलोऽयं सनातन: ।।२४।।
अच्छेद्य: अयम् अदाह्य: अयम् – छेदन (प्वालपर्ने काटिने च्यातिने) नहुने, दाह नहुने
अक्लेद्य: अशोष्य एव च – यसैगरी न भिज्ने, न सुक्ने
नित्य: सर्वगत: स्थाणु: – सँधैभरी रहने, सवैठाउँमा रहेको, अपरिवर्तशील
अचल: अयम् सनातन: – यो सनातनदेखि अचल छ ।
यो यी चार महाभूतहरूका प्रभाववाट विकारीत नभई सदा एकसमान एकरसभई सदाकाल जहाँसुकैपनि स्थीर निश्चल अविकारित भई रहन्छ ।
सर्वगत – सर्वसकल स्थानमा पुग्ने, रहेको
स्थाणु – आफ्नो स्थानवाट अर्को स्थानमा स्थानान्तरित नहुने । immovable, positional displace नहुने
अचल – कम्प आदि नभएको । rotational, revolutional वा internal change पनि नभएको
अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।
तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।
अव्यक्त: अयम् अचिन्त्य: अयम् – यो अव्यक्त छ, अचिन्त्य छ ।
अविकार्य: अयम् उच्यते – यो विकारमा प्राप्त हुँदैन भनिएको छ ।
तस्मात् एवम् विदित्वा एनम् – त्यसैले, यसलाई यथावत् रूपमा अवबोधन गरीसकि
न अनु-शोचितुम् अर्हसि – चित्त खेलाएर शोचमा प्राप्तहुन योग्य छैनौ ।
यो प्रकट छैन, प्रकट हुनु भनेको व्यष्टिरूप लिनु हो । यो अचिन्त्य हो, मानसिक विश्लेषण वा बुद्धिबिलासको क्षेत्रमा पर्दैन । यो विकारीत हुँदैन, अर्थात् यो कुनै किसिमले कहिलै परिवर्तन हुँदैन । यसैले यस्तो जो ‘कर्ता’ छ, जसलाई हामी बोलीचालीको भाषामा ‘म’ भन्दछौ, त्यसलाई अवबोधन भएपछि जानीजनले यसबारे शोकगर्नु उचित छैन ।
अव्यक्त – रूप-आकृतिमा प्रकट भएको छैन, अप्रकट । धर्मकाय । दूधमा ध्यू रहेको जस्तै ।
अचिन्त्य – सोचको क्षेत्र भन्दा बाहिरको । चिन्तना गरेर बुझ्न नसकिने ।
अविकार्य – विकृत हुन अयोग्य स्वभाव ।
एनम् – यसलाई । मूलतत्त्वलाई
विदित्वा – जानेर, बुझेर, अनुभूत गरेर ।
जान्ने, बुझ्ने वा अनुभूत गरिने कुरा प्रत्यक्ष वा परोक्ष वा नानाविध आठ किसिमका प्रमाणहरू बाट हुन सक्दछ । बुझ्ने भन्ने कुरा पनि दृष्टाको क्षमता र दृष्टिमा भर पर्दछ । यहाँ बुझ भनेर यथावतरूपमा भनिएको हो । यथावत भनेको जेजस्तो छ त्यसैरूपमा थाहा पाऊ भनिएको हो । यो द्रष्टाको क्षमता वा दृष्टिको सापेक्ष हुँदैन । यसलाई पूर्णरूपमा जान भनेको हो, अर्थात् हात्तीलाई हात्तीरूपमा जान अन्धाहरूले छमेर जानेको जस्तो व्यष्टिज्।ञान नगर भनिएको हो । यो जैन दर्शनको स्यादबादसंग निकै मिलेको देखिन्छ ।
अवबोधन कर्ने तरीकाको पनि विभिन्न विधिहरू छन । हिन्दू दर्शनले नेति-नेति भन्दै अपरोक्ष दर्शन गराउँदछ । बौद्धदर्शनले बिभज्यबादको आधारमा खण्ड-खण्ड गर्दै विभाजिन गर्दै शून्यताको स्थितिमा पुराउँदछ । तन्त्रयोगले चित्तवृत्ति निरूद्धगरी कुण्डलिनी जाग्रत गराइ, जलन्धरबाट भएको अमृतबर्षा पान गराइ राख्दछ ।
अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।
तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।
अथ च एनम् नित्य जातम् – अब यसलाई नित्य उत्पन्न भैरहने नै हो,
नित्यम् वा मन्यसे मृतम् – अथवा सदाकाल नित्य रहने वाला हो, अथवा मर्दै गर्नेवाला हो भनेर मान्दछौ भने
तथा अपि त्वम् महाबाहो – त्यसो हो भने पनि, हे महाबाहु ! तिमिले
न एवम् शोचितुम् अर्हसि – यसरी शोचगर्न उचित छैन ।
अथ-तथ – अथले पूर्ब संन्दर्भको परिप्रेक्षमा ‘हेतु’लाई भन्दै गरेको हुन्छ । तथा ले परिणामको अर्थमा प्रत्ययको बोध गराउँदछ ।
नित्य-जात – जहिले पनि पुन:पुन: उत्पन्न भैरहने, कुल-संतति बृद्धि गर्दैरहने, कुनै पनि क्षणमा अजात भएको नहुने ।
नित्य – सदाकाल एकरस, अविकारीत भैरहने
मृतम् – सदाकाल मर्दै रहने, घटदै रहने ।
यसरी उत्पन्न र लयको शाश्वतचक्रमा घुमिरहनेलाई क्षणिक सम्पर्कको कारणले शोकगर्नु उचित छैन । यसलाईजहिले पनि उत्पन्न भैरहने भने पनि हुन्छ । जहिले पनि मरिरहने भने पनि हुन्छ । जन्म, मृत्य दुवै एकआपसमा कडीमा जोडिएका हुन् । यसैले यस्तोमा शोकगर्नु उचित होइन ।
जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।
तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।
जातस्य हि ध्रुव: मृत्यु: – जो उत्पन्न हुन्छ त्यसको च्यूति अवश्य हुन्छ
ध्रुवम् जन्म मृतस्य च – र, (जो) च्यूति भएकाको हुन्छ, (उसको) पनि पुन उत्पत्ति हुन्छ,
तस्मात् अपरिहार्य: अर्थे – यो यसैले अन्यथा गर्न नसक्ने कुरामा
न त्वं शोचितुम् अर्हसि – तिमिले शोकगर्नु उचित छैन ।
जो जन्मन्छ, उसको मृत्यु निश्चित हुन्छ । जसको मृत्यु हुन्छ त्यसको जन्म पनि त्यसरी नै निश्चितरूपमा हुन्छ । यी अपरिहार्य कुरा हुन्, स्वत: हुने हुन् यसलाई कसैले यसलाई रोक्न सक्दैन । हामीले त्यसरी उत्पन्न र लय भएको कसरी नाप्ने हो, वा हेर्ने भन्ने मात्र हो । हेतुप्रत्ययको सिद्धान्त अनुसार उत्पन्न र लय हुन अथवा लय र उत्पन्न हुन कुनै समय नै लाग्दैन । यो तत्काल तत्क्षण र एकसाथ हुने हो । प्राविधिक रूपमा भनिएको क्षण २४ निमेषको बराबरको हुने भएता पनि यसको आशय infinitesimal point of time हो । हामीले देख्ने वा अनुभूतगर्ने जन्ममृत्यु त प्रवाहको स्थूलरूपमात्र हो । हामीले देख्ने गरेको जगतसंसारको संसरण त चित्तले आफ्नोलागि बनाएको शरीरले दृष्टगरेको स्थूल परिवर्तन मात्र हो
जात – प्रकाशमा आएको, अस्तित्त्वमा आएइको, जउत्पत्ति भएको, जन्म भएको,
ध्रुव – सत्य, स्थीर । खगोलीय पिण्डहरूको गोचरगणना जसको सापेक्षताको आधारमा गरिन्छ ।
मृत्यु – अभावको अर्थमा होईन; भौतिक शरीर च्युत भएको अर्थमा । भूतभौतिकताको बन्धनवाट चेनतता मुक्त भएको ।
अपरिहार्य – जसलाई कुनै उपाय गरेर पन्छाउन सकिंदैन, हुने हुनामी ।
अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।
अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।२८।।
अव्यक्त: आदि इनि भूतानि – शुरुमा यी (भूत-भौतिकी) अव्यक्त थिए
व्यक्त: मध्यानि भारत – बिचमा यो व्यक्त भयो ।
अव्यक्त: निधनानि एव – यसैगरी च्युति पछि अव्यक्त हुनेछ ।
तत्र का परिदेवना – त्यस्तोमा के को शोक प्रकट गर्नु ?
यो शून्यवाट उत्पन्न हुन्छ, वृद्धिहुन्छ र मृत्युरूपमा शून्यमैं बिलाउँछ । यहाँ श्रीकृष्णले जन्ममृत्युको चक्रलाई वास्तवमा व्यक्त वा अव्यक्त भनि सामान्यजनले चर्मचक्षुले देख्ने उदाहरणमात्र दिएका हुन् । सिद्धपुरुष वा त्रिकालदर्शी ज्ञानीजनले कुनैपनि गतिमा रहेको प्राणीलाई देख्न सक्दछ । व्यक्त र अव्यक्तलाई दुबैलाई हेतु-प्रत्ययको क्षणलाई सम्यक्सम्बुद्ध वाहेक अरू कोहि कसैले देख्न नसक्ने हुन्छ ।
इनि – स्थवीरवादले पुद्गलनैरात्म्य भन्दछ भने महायानले त्यसको साथै धर्मनैरात्म्य पनि भन्दछ ।
१.पुद्गल-नैरात्म्य – सम्पूर्ण प्राणीहरू नि:स्वभाव छन् ।
२.धर्म –नैरात्म्य – सम्पूर्ण वस्तुहरू पनि नि:स्वभाव छन
परिदेवना – परिजन भनेर रोई कराई उच्चस्वरमा शोक प्रकट गर्नु ।
प्राणीको शरीर र चित्त छुट्टिने बेलामा विशेषज्ञानीजनहरू बाहे सामान्यजनहरू मूर्छित अवस्थामा रहेका हुन्छन् । यसैले उनीहरूले आफू भौतिक शरीरबाट बाहिर गई सकेको थहा पaउदैनन् । उनीहरूलाई तृष्णा-वुभुक्षा-आदि वेदना हुने गर्दछ, तर त्यसको उसले आफै आपूर्ति गरन सक्दैन । त्यस प्रेत अवस्थाका प्राणीलाई आफू मरेसकेको छु भन्ने ज्ञान गराउन उच्चस्वरले परिदेवना गर्ने र पिण्डदानादि गर्ने गरिएको हो ।
आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्य: ।
आश्चर्यवच्चैनमन्य: श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।२९।।
आश्चर्यवत् पश्यति कश्चित् एनम् – यसलाई कसैले आश्चर्य मानि हेर्दछन्,
आश्चर्यवत् वदति तथा इव च अन्य:- यसलाई अरू कसैले आश्चर्य मानि वर्णन गर्दछन्,
आश्चर्यवत् च एनम् अन्य: श्रृणोति – यसलाई अझ अरू कसैले आश्चर्य मानि सुन्दछन्,
श्रुत्वा अपि एनम् वेद न च एव कश्चित्- सुनेर पनि यसलाई कसैले केहि पनि बुझेका हुँदैनन् ।
यस्तो शून्यवाटै उदय भई शून्यमैं बिलाउने अनौठो कुरालाई हेरेपनि, छलफल गरे तापनि, गुरु वचनवाट सुने तापनि यसको अनुभूति गरेका हुँदैनन् । यसैले पढेका, सुनेका, कुरा गर्न सक्ने भएतापनि यसलाई बुझेका हुँदैनन् ।
देख्नु, सुन्नु र वर्णन गर्नु चित्तको कार्य हो, यो इन्द्रिय-प्रत्यक्ष कार् हो । तर, शून्यतादर्शन इन्द्रियको अपेक्षा होईन । बौद्धधर्मको ‘अवबोधन’शव्दको अर्थ यी सबै हुँदाहुँदै यो भन्दा घेरै माथी पुग्दछ । ‘अवबोधन’शव्दले ‘परोक्षानुभूति’ वा ‘आत्मसाक्षात्कार’ को अर्थबोध गराउँदछ । साथै, यसले त्यस अनुभूतिलाइ आफूमा प्रयोगगरी त्यो उपादेय छ छैन निर्णय गराउने, त्यसरी उपायेय भएकोलाई अन्यमा अवबोधन गरउने अत\र्थ समेत दिंदछ । यसैले देख्नु, सुन्नु र बोल्नुलाई किताब पढेर माछाको स्चाद लिएको जस्तो मात्रै हो भने अत्युक्ति नहोला ।
आश्चर्य –
देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।
तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ।।३०।।
देही नित्यम् अ-वध्य: अयम् – देही शाश्वत हो, मरणशील होईन,
देहे सर्वस्य भारत – यो सवैको शरीरमा, हे भारत !
तस्मात् सर्वाणि भूतानि – त्यसैले सकल सत्त्वप्राणी प्रति
न त्वं शोचितुम् अर्हसि – तिमिले शोक गर्नु योग्य छैन ।
शरीरको संचालनकर्ता जसलाई देही वा आत्मा वा चित्त वा जीब जे भनिएपनि त्यो मरणशील होईन । यस्ता अमर ‘चेतनता’ सवैको शरीरमा रहेको हुन्छ । यसैले, ती सवै नित्य-पुरुषहरूका लागि शोक गर्नु उचित छैन ।
देही – शरीरमा स्थापित भएर शरीरलाई संचालन गर्ने तत्त्व, सत्त्व ।
हिन्दूदर्शनले देहीलाई परमात्मतत्त्वको एक क्षुद्र अंश हो भन्दछ । बौद्धदर्शनले भूत भनेको भौतिकतावाट उत्पन्न संस्कार-प्रवाह हो भन्दछ ।
नित्य – त्रैकालिक, क्षण-क्षणमा हेतु-प्रत्ययको चक्रमा नपरेको । शाश्वत ।
भूतानि – जो उत्पन्न् भएका छन्
स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।
धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।
स्व-धर्मम् अपि च आवेक्ष्य – आफ्नो कर्तव्यलाई पर्यवेक्षण गरी
न वि-कम्पितुम् अर्हसि – विचलित नहुन योग्य हो ।
धर्म्यात् हि युद्धात् श्रेय: – धर्मको लगि युद्ध गर्नु भन्दा श्रेय
अन्यत् क्षत्रियस्य न विद्यते – अर्को क्षत्रियको लागि अर्को छैन ।
आफ्नो स्वभाव अनुसारको कर्तव्य के हो भनेर भलिभाँति सोचिविचारी स्वकीय गरिएको धर्मलाई पालन गर्ने बेलामा अव विचलित हुनु हुँदैन । कुनै पनि कर्मलाई ‘यज्ञ’ वा ‘युद्ध’ पनि भन्न सकिन्छ । यसैले यज्ञ भनेपनि युद्ध भने पनि, एउटै हो । यसैले कर्म गर, जुन तिम्रा अगाडी आसन्न भै बसेको छ ।
बरू, ब्राह्मण, विंशा वा शूद्रक लागि मार्गस्थ भइसकेपछी पनि मार्गान्तरहरू हुन सक्दछन्, तर क्षत्रिय धर्ममा त्यस्तो विकल्प हुँदैन ।
आवेक्ष – भलिभाँति विचार, अध्ययनगरी निश्चय गरेको । सम्यकसंकल्प गरेको ।
यदृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।
सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।
यद् ऋच्छया च उप-पन्नम् – जो इच्छा (या अनिच्छा) बेगर गएको बेला, स्वत: प्राप्त भएको अवसर,
स्वर्ग द्वारम् अपावृतम् – स्वर्गको ढोका खोलिएको अवस्था;
सुखिन: क्षत्रिया: पार्थ – क्षत्रियहरूले सुखसाथ, हे पार्थ !
लभन्ते युद्धम् ईदृशम् – युद्धमा यसप्रकार पाउँदछन् ।
यो युद्ध अर्जुनले चाहेर वा नचाहेर हुने वा नहुने पनि होईन । यो त एक मौका हो, एक प्रवाह हो । यो स्वर्गको ढोका खोलिएको बेला हो । मनुष्यले स्वर्गप्राप्तिको लागि चेष्टापूर्वक कतिकति अनुष्ठान गरेका हुन्छन् भने यस बेला विना प्रयास ‘स्वर्ग त कत्तै नजा’को अवस्था छ ।
ऋच्छ या – आफ्नो ईच्छा-अनिच्छा बेगर परवश भई प्रवाहमान भई कार्य गर्दै गरेको बेला ।
अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ।
तत: स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।
अथ च एत् त्वम् इमम् धर्म्यम् – यदि, अब पनि तिमि यस धर्मकार्यरूपी
सङ्ग्रामम् न करिष्यसि – युद्ध गर्दैनौ भने,
तत: स्व-धर्मम् कीर्तिम् च – तब आफ्नो धर्म र कीर्ति पनि
हित्वा पापम् अवाप्स्यसि – गुमाएर पापमा प्राप्त हुनेछौ ।
यत्ति भनेपछि पनि युद्ध नगर्ने नै भए आफ्नो स्वाभाविक धर्म, धारण गरको कर्तव्य र पहिले गरेका कुशलकर्मको कीर्ति सवै नाश हुनेछ र अपायगतिमा पनि झरिने छ ।
पाप – अकुशलकर्म ।
जुन आफ्नो स्वभाव अनुसार सहजरूपमा विशिषष्टतामा गरिने कर्तव्य कर्म, जुन धारण गरिएको छ, त्यसलाई छोडेर आफ्नो स्वभावसंग सहजै नमिल्ने कर्म गरिंदा सोही बमोजिमकै कुशलतासाथ वगर्न सकिंदैन । जस अनुसार त्यस कर्म जति हुनुपर्ने त्यत्ति सफल हुन सक्दैन । यसबाट लोकको अपयशागी हुनुपर्ने हुन्छ । आफूले सहजै गर्नसक्ने कर्मलाई जानाजान चेष्टापूर्वक नगर्नु पनि पाप नै हो ।
अकीर्तिं चापि भूतानिकथयिष्यन्ति तेऽव्ययाम् ।
सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ।।३४।
अकीर्तिम् च अपि भूतानि – अकीर्तिको पनि सत्त्वप्राणीले
कथयिष्यन्ति ते अव्ययाम् – कहिले नसकिने गरी, तिम्रो कुरा गर्नेछन् ।
सम् भावित:य च अकीर्ति: – यस्तो अकीर्तिका कुराहरू उत्पन्न हुन दिनु भन्दा
मरणात् अति: इच्यते – बरू मर्नु धेरै हुने हुन्छ ।
तिमिले गरेको यस ‘अकर्म’ अपयशको कुरा अनन्तकालसम्म मानिसले गर्दैरहने छन् । तिमी एक त्याज्य र खराब उदाहरणको रूपमा सदाकालकालागि निमित्तपात्रका रूपमा प्रस्तुत हुनुपर्नेछ ।
सं-भावित:य – जसले सम्यकरूपमा भाविता गरेको छ । जसले आफ्नो कर्तव्य भलिभाँति निर्क्यौल गरी, सम्यकरूपमा संकल्प गरी, पूरण वीर्यतासाथ चेष्टाप्रयास गर्ने गरेको छ ।
भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथा: ।
येषां चत्वं बहुमतो भूत्वायास्यसि लाघवम् ।।३५।।
भयात् रणात् उप-रतम् – डराएर युद्धवाट विमुख भयो
मंस्यन्ते त्वाम् महारथा: – मान्नेछन् तिमिलाई महारथीहरूले
येषाम् च त्वम् बहु मत: – यसरी नै तिमिलाई धेरैजनाले मान्नेछन्
भूत्वा यास्यसि लाघवम् – युद्ध कौशल क्षमता कम भएकोले भनि ।
तिमिले आफ्नो यस व्यवहारलाई ज्ञानीजनको जस्तो आचरण गरेको जस्तो ठानेतापनि तिम्रो समाजले तिमीलाई युद्धगर्न नसकेर डराएर भाग्यो भन्नेछन् । किनकि तिम्रो स्वभावधर्म बैराग वा सन्न्यास होईन, राजधर्म हो ।
अवाच्यवादांश्च बहून् वदिष्यन्ति तवाहिता: ।
निन्दन्तस्तव सामर्थ्यं ततो दु:खतर नु किम् ।।३६।।
अवाच्य वादान्: च बहून् – अवाच्य वचनहरू पनि धेरै
वदिष्यन्ति तव अहिता: – बोल्नेछन् तिम्रा अहितका
निन्दन्त: तव सामर्थ्यं – निन्दागर्दै तिम्रो पुरुषार्थको
तत: दु:खतर नु किम् – त्यो भन्दा बढी दु:खदायी के नै हुन्छ र !
तिम्रो विचार ज्ञानीजनको जस्तो आचरण गरेर शमथमा बस्ने होला । तर, तिम्रो कायरताको निन्दागर्दै जुन अवाच्य कुराहरू धेरैजनाले भन्ने छन्, त्यसबाट तिमी शमथमा पनि रहन सक्ने छैनौ । यो भन्दा दु:खदायी के होला ।
अवाच्य – हेपेर भनिएको, निन्दा, घृणा ।
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महिम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चय: ।।३७।।
हतो वा प्राप्स्यसि स्वर्गम् – मारिएमा प्राप्त हुन्छ स्वर्ग
जित्वा वा भोक्ष्यसे महिम् – जितेमा भोगिन्छ पृथ्वी
तस्मात् उत्तिष्ठ कौन्तेय – त्यसैले उठ, हे कुन्तिपुत्र !
युद्धाय कृत निश्चय – युद्धगर्ने पक्का अभिसङ्कल्प गर ।
मारिएमा स्वर्गको सुखभोग र जितेमा पृथ्वीको भोग दुवैहातमा लड्डू छ । यसैले उठ । अभिसङ्कल्प गर ।
प्राप्स्यसि स्वर्गम् – महाभारतको युद्धमा पश्चात सबैभन्दा पहिले स्वर्गमा पुग्ने दुर्योधन थिए । धर्मात्मा भनिएका पाण्डवहरूले केहि समयको लागि भएता पनि नर्कको वास गर्नु परेको थियो । तर, दुर्योधनले नर्क भोगेको देखिंदैन । युद्धधर्म अनुसार उसले युद्धमा ‘पीठ नदेखाई मरेको’ हुँदा सीधै स्वर्गमा रहन पाएको हो भनिन्छ । यसरी उसले बाँचुञ्जेल गरेको अधर्मको फल पनि भोग्नु नपर्ने हुनगएको थियो ।
सुखदु:खे समे कृत्वा लाभालाभ जयाजयौ ।
ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।
सुख दु:खे समे कृत्वा – सुख र दु:खमा समताभाव गरी
लाभ अलाभ जय अजयौ – लाभ वा अलाभ जय वा अजय हरूमा
तत: युद्धाय युज्यस्व – त्यसपछि युद्धमा लाग
न एवम् पापम् अवाप्स्यसि – यसो गर्दा पाप लाग्ने छैन
चाहे सुख होस वा दु:ख चाहे लाभ होस् वा नहोस् जुनसुकै अवस्थामा पनि रागद्वेष नगर । समतामा बस । त्यसरी कर्म गर । यसरी कर्म गर्दा पाप लाग्दैन । किनकि त्यसबेला तिम्रो कुनै चाहना हुँदैन ।
लाभ-अलाभ – लाभ भनेको गरेको प्रयास अनुरूप उपलब्धि हुनु, आफ्नो ईप्सित फल प्राप्त हुनु हो । लाभको अभाव अलाभ हो । अलाभले अप्राप्ति को साथै हानी नोक्सानी समेत जनाउँछ ।
जय–अजय – जय भनेको जिन्नु हो । यसले दमन गर्नु, सफलता पाउनु, संयम गर्नु, अतिक्रमणगर्नु पनि जनाउँदछ । जयको अभाव अजय हो । अजयले ‘जय हुन नसक्ने’को अर्थ पनि जनाउँदछ ।
एषा तेऽभिहिता साङ्ख्ये बुद्धिर्योगे त्विमां श्रृणु ।
बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ।।३९।।
एषा ते अभि-हिता साङ्ख्ये – यस्ता, तिम्रा लागि कल्याण हुने भनि बताएको, ज्ञानलाई
बुद्धि: योगे तु इमां श्रृणु – बुद्धि लगाई तिमि यो सुन
बुद्ध्या युक्त: यया पार्थ – बुद्धियुक्त भई, (त्यस अनुसार) चवली, [xiii], हे पार्थ
कर्मबन्धं प्रहास्यसि – कर्मफलको बन्धन[xiv]लाई तोडने छौ
अनादिकाल देखि संकलित भैआएको हाम्रो परम्परागत ज्ञानलाई कपिलमुनिवाट संहिताबद्ध गरेको ‘साङ्ख्य’ अथवा विशलेषणात्मक ज्ञानको आधारमा गरि दिइएका निर्णयहरू म तिमिलाई बताउँछु । यो ज्ञानवाट तिमि कर्मको बन्धनवाट मुक्त हुनेछौ ।
साङ्ख्य – विश्लेषणात्मक ज्ञान । अक्षरार्थमा संख्याज्ञान । बाह्यार्थमा युद्ध । परमार्थमा वस्तुको पहिचानगर्ने विवेकज्ञान विषय । कपिलमुनि प्रतिपादित दर्शन ।
(कपिलवस्तु नगर कपिलमुनिको आशिर्वाद बमोजिम बसाइएको नगर हो । यसैले, भगवान बुद्धको ज्ञानदर्शन कपिलमुनिको दर्शनवाट ज्यादै प्रभावित भएको देखिन्छ ।)
बुद्ध्या – उपलब्ध विकल्पहरूलाई विश्लेषण गरी आफूलाई के श्रेयष् र प्रेयष् छ भनेर जान्ने विवेकज्ञान । यो बुद्ध हुन चाहिने गुण हो । बुद्ध्या भनेको त्यस्तो ‘बुद्धि’लाई internalize गरी, भनिए बमोजिम कार्य गर्नु हो ।
नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते
स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।
न इह अभिक्रम नाश: अस्ति – न यसमा वीर्यताको नाश हुन्छ,
प्रत्यवायो न विद्यते – उल्टा फल पनि हुँदैन
सु-अल्पम् अपि अस्य धर्मस्य – थोरै नै भएपनि यसको परिपालवाट
त्रायते महत: भयात् – ठूला भयहरू वाट पार पाइन्छ ।
यस ज्ञानयोगमा लागेपछि कुनै विधिविधान अपुग वा त्रुटि भयो भनि डर मान्नु पर्दैन । न त यसलाई सर्वाङ्गमा समाप्त गर्नुपर्ने बाध्यता छ । न त यसको कुनै विपरीतफल नै हुन्छ । बरू यसको थोरैमात्रै नै भएपनि सेवन गर्दा ठूलठूला डर पनि डटेर जाने हुन्छ ।
अभिक्रम – आरम्भ, प्रारम्भ, व्यवसाय शुरुगर्ने, साहस, चेष्टा गर्ने ।
प्रत्यवायो – वायु भनेको गतिशीलता हो । प्रत्यवायु भनेको उल्टो दिशामा वायुले बहाएर लैजानु हो ।
स्वल्पम् – थोरैमात्रामा भएपनि सम्यक रूपमा अनुशील गर्नु ।
व्यवसायात्मिका बुद्धरेकेह कुरुनन्दन ।
बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।
व्यवसाय-आत्मिका बुद्धि: – आफ्नो अभिसमयलाई कसरी यथार्थगर्ने[xv] भन्ने सोच
एक: इह कुरुनन्दन – यहाँ एउटैमात्र छ, हे कुरुनन्दन !
बहुशाखा हि अनन्ता: च – अनन्त संख्यामा भएका धेरै विकल्पहरू(मा लाग्ने त)
बुद्धय: अव्यवसायिनाम् – व्यवसाय गर्न नजान्नेहरू हुन् भनि जान ।
professional mind भएका व्यक्तिको सोच एकाग्र हुन्छ । उसले नानाथरी विकल्पहरूलाई लिइराख्दैन । दशथरी विचारगर्नेवाला न हाँसको चाल न कुखुराको चाल जस्तो हुन्छ । नानाथरी विकल्पहरूको मूल्यांकन त संकल्प गर्नु अघि गर्ने प्रकृया हो, आफ्नो कर्तव्यको करार गरिसकेपछि होइन ।
व्यवसायात्मिका – व्यवसाय गर्ने चेष्टप्रयास । अरू कसैले भन्दा कम खर्चगरी, अधिक से अधिक मूल्यको बस्तु उत्पाद गर्ने सीप । विशेषज्ञता ।
यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चित: ।
वेदवादरता: पार्थ नान्यदस्तीति वादिन: ।।४२।।
याम् इमाम् पुष्पिताम् वाचम् – जो फूलजस्तो भाषामा
प्रवदन्ति अविपश्चित: – बोल्दछन्, नदेखेकाहरू
वेदवाद रता: पार्थ – वेदका सिद्धान्तमामात्र अल्झिएका, हे पार्थ
न अन्यत् अस्ति इति वादिन: – यस भन्दा बाहेक [xvi]अरू केहि छैन भन्ने गर्दछन्
विद्वान भनाउँदाहरू आकर्षक भाषामा अलङ्कार छन्दआदि मिलाएर चित्तलाई आकर्षणगर्ने मनसायले वेदमा भनिएका धेरै कुराहरूका मर्म नबुझेर वा संयोजन गर्न नजानेर कुनै अंशको मात्र वर्णनगर्ने गर्दछन्। र त्यही आंशिक सत्यलाईमात्र समाती समष्ठिसत्य छैन भन्ने गर्दछन् । ज्ञान भनेको वाद वा विवाद होईन । यो पढनु, सुन्नु, देख्नु, वा बताउन सक्नु मात्र होईन, यो त त्यसमा उल्लेख गरेका विषयलाई बुझी आफूमा प्रयोगगर्नु हो ।
दीर्घनिकायको ब्रह्मजालसूत्रमा ६२ ओटा दर्शनहरूको उल।लेख छ जसलाई भगवान बुद्धले अनावश्यक बताइएका छन् । यस्तो ‘ब्रह्मजालिक’ विषयमा छलफल या वादववाद गर्नु कुनै उपादेय छैन, यो बुद्धिबिलास मात्र हो भनेर भनेको छ । यसबारे भगवान बुद्धसंग प्रश्न गर्दा यसको जवाफ “मलाई थाहा छ, मलाई मात्र थाता छ, तर तिमिलाइ यसको आवश्यकता छैन किनि यसके तिमिलाई कतै पनि लग्दैन” भनेर भनेको छ । अझ भगवान बुद्धले “मैले भनेको भेर मात्।र नपत्याउन, .. समेत भनेको छ ।
पुष्पिताम् – फुलबुट्टा भरेर । नानाभाँति कुरा गरेर । सुन्दर, कोमल, मनोहारी, सुगन्धित … । आलङ्कारिक । विषयलाई सीधै सम्बोधन नगरी अन्य तरीकाले व्याख्यान गर्ने ।
अविपश्चित: – जसले भलिभाँति पूर्णरूपमा अवबोधन गरेको छैन । केहि थोरै मात्र जानेका । जसले तत्त्वकुराको दर्शन गरेको छैन, वास्तविक कुरा थाहा पाएकै छैन ।
वेद-वाद- रता – वेदमा उल्लेखित सिद्धान्तहरूमा बुद्धिबिलास गर्नु ।
वेद अपौरुषिय हो । यसले अङ्ग-प्रत्यङ्गहरूमा समेत गरी सम्पूर्ण ज्ञानहरू समेटेको छ । तर, यो मूलत: आगमविद्या हो, यसको यजन गर्ने स्वर्गकामी हुन् । दक्षयज्ञको बेला नन्दीश्वरले “यसलाई पढेर ब्राह्मणहरूले नबुझोस्” श्राप दिइराखेकै हो । यसमा नानाविध अन्तर्विरोधि कुराहरू समावेश छन् । यो एक समुद्र जस्तो हो, जसको गर्भमा खोजेर नपाईने कुरा केहि छैन । यहाँ वेदलाई अक्षरार्थलिने, लौकिक अर्थमा प्रयुक्त गर्ने, गुह्यकुरालाई नबुझि बाह्य ज्ञान र आडम्बरमा रमाउने, सुखको साधन बनाउनेलाई मात्र लांछना गरिएको हो । यसैले यसबारे पान्डित्याईँ गर्नु उपादेय छैन । यसलाई अवबोधन अनुभूत गर्नु पर्दछ भन्ने आशयमा ।
नान्यद् अस्ति – अन्यत्र कतै छैन ।
अस्ति भनेको अस्तित्त्वमा आएको हो । यसलाई प्रकाशित भएको, उत्पन्न भएको वाट प्रकट भएको पनि भनिन्छ । न्यायदर्शन अनुसार आठओटा प्रमाणहरू भएमा अस्तित्त्व भएको मानिन्छ ।
कामात्मान: स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।
क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।।
कामात्मान: स्वर्गपरा – कामचित्त भएका, स्वर्ग जान चाहने
जन्मकर्मफल प्रदाम् – जन्म र कर्म को फल दिने
क्रिया विशेष बहुलाम् – विशिष्ट प्रकारका चर्याकर्म धेरै गर्ने
भोग ऐश्वर्य गतिम् प्रति – इन्द्रिय सन्तुष्टि र भौतिक सम्पदाको चक्करमा घुम्छन् ।
कामचित्तवाट गरिएका कर्मले स्वर्गलोक भन्दा माथि लग्दैन । स्वर्गलोक पनि कामावचरभूमि नै हो । यो पूर्वजन्ममा गरेको कुशलकर्मको पुण्यफल विपाक हुने उच्चलोक हो । स्वर्गमा जस्तोसुकै मनोहारी भोग पाइएता पनि त्यो शाश्वत रहँदैन । पुण्यसम्भार सकिएपछि त्यहाँवाट पतित हुनै पर्दछ, तल्लो योनिमा जन्ममरणको चक्रमा झर्नै पर्दछ ।
कामात्मान – sensuous realm । कामलोकका निवासी । पञ्चज्ञानेन्द्रियवाट सुख दु:ख अनुभूति गरिने भूमिहरू
बौद्धदर्शनमा ३१ ओटा लोकहरू छन्; जसमध्ये ११ओटा कामावचरभूमि, ..ओटा रूपावचरभूमि र ..ओटा अरूपावचर भूमिमा पर्दछन् । कामावचरभूमिमा नरक देखि माथि तल्लो स्वर्ग सम्मका ७ ओटा अनुकूल ४ ओटा अपाय लोकहरू पर्दछन् ।
स्वर्गपरा – स्वर्ग-परायण । स्वर्गमा रमाएर बस्न चाहने । निर्वाण, मोक्ष, सम्बोधिको कामना नगर्ने ।
रूपलोक – ब्रह्मलोक पर्यन्तका देवलोकका १६ भूमिहरू ।
सूक्ष्मरूपमा अत्यन्तिक मानसिक सुख प्राप्त हुने । यसलोकको निवासीको दिव्य शरीर र प्रभास्वर हुन्छ । यसलोकको सवैबन्दा माथिल्लो स्तरको अकनिष्ठलोकमा पुगेपछि पुन: फर्किनु पर्दैन, यसकोलागि तेस्रोस्तरको ध्यानलाभ गरेको हुनुपर्दछ । रूपलोकको अधिकारीहुन कम्तिमा कुनै ध्यानस्तर लाभी भई केहि समयको लागि भएपनि घृणाद्वेष दबाएको हुनु पर्दछ ।
अरूपलोक – रूपलोकवाट ध्यानगरी अरूपलोक पुग्ने । चार ध्यान । रूपलोक र अरूपलोक दुवैलाई स्वर्ग भनिन्छ । यसलोकमा भौतिक शरीर हुँदैन, चित्तमात्र हुन्छ । यसैले धर्मशिक्षा सुन्न सक्दैन । अरूपध्यान गरेकाले मात्र यस भूमिमा प्रवेश पाउँछ ।
जन्म-कर्म-फल – कर्मफलको सिद्धान्त, हेतुप्रत्यय, धर्मचक्र ।
क्रियाविशेष – अनुष्ठान, निमित्त कर्म, कामना गरी त्यसको पूर्तिगर्ने कर्मकाण्ड । आडम्बर मिश्रित ।
भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।
व्यवसायात्मिका बुद्धि: समाधौ न विधीयते ।।४४।।
भोग ऐश्वर्य प्रसक्ता-नाम् – भोग र ऐश्वर्यमा आसक्त भएकाहरू
तया अपहृत चेतसाम् – चित्त हरिएका त्यस्ता(कामात्मान)का
व्यवसायात्मिका बुद्धि: – व्यवसायिकाबुद्धि (र)
समाधौ न विधीयते – समाधि (दुवै) नै धारणागर्ने शक्ति हुँदैन ।
त्यस्ता इन्द्रियसुख र ऐश्वर्यसुखको चाहना राख्नेहरू जसको बुद्धि हरिएको छ, तीनिहरूमा व्यवसायात्मिक बुद्धि (professional mind) पनि हुँदैन, समाधीमा पनि रहँदैन ।
तया – कामात्मान चित्तवृत्ति भएका ।
त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।
निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान् ।।४५।।
त्रैगुण्य विषया वेदा: – विषयहरू त्रिगुण[xvii]मय छ, त्यसलाई बोध गर
नि:त्रैगुण्यो भव अर्जुन – ती त्रिगुणवाट रहित (निस्वभावको) होऊ
निर्द्वन्द्व: नित्य सत्त्वस्थ: – निर्द्वन्द्व(अविकल्प)मा सदा सत्त्वस्थ(अचल) होऊ
निर्योग क्षेम आत्मवान् – योगक्षेम[xviii]को नचाहने वाला होऊ
त्रैगुण्यविषया – जे जति विषयवस्तुहरू छन् ती सबै त्रिगुणामयी छन् ।
त्रिगुणमयी – यावत जगत सत्त्व, रजस, तमस् वाट भनिएको भन्ने धारणा ।
बौद्धधर्ममा जगत मामकी (पातिनी), लोचना (आकर्षणी), पाण्डरा (ज्वालिनी), तारा (गमनी?)वाट बनिएको भनिए जस्तै ।
निस्त्रैगुण्यो – निस्वभावको । वाह्य क्लेशमलको आवरणले छोपिएको विमलगरी चित्तलाई स्वभाकिकरूपमा प्रकाशित गर्नु ।
निर्द्वन्द्व – यो वा त्यो भन्ने द्व्यतावाट मुक्त हनु; अद्वय हुनु । विकल्परहित हुनु ।
नित्यसत्त्वस्थ – सदाकाल चैतन्य, स्मृतिसम्प्रजन्य हुनु । सत्त्वता – चेत्यता, चैतन्यता ।
यावानर्थ उदपाने सर्वत:सम्प्लुतोदके ।
तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानत: ।।४६।।
यावान् अर्थ उद-पाने – जति प्रयोजन पानी प्यूने (परिमाण) संग हुन्छ,
सर्वत: सम्प्लुत: उदक:- चारैतीर भरिएको विशाल जलाशयवाट पनि त्यतिनै हुने हो
तावान् सर्वेषु वेदेषु – त्यसरी नै सम्पूर्ण वेदशास्त्रहरूवाट (जति प्रयोजन सिद्ध हुने हो)
ब्राह्मणस्य विजानत: – ब्राह्मणले यो जान्दछ
जसरी पानी पीउने उद्देश्यको लागि जस्तो निर्मल र जति परिमाणमा भए पुग्छ, त्यसलाई समुद्रको सवै पानीको जरूरत पर्दैन । जसरी त्यसै गरी पानीलाई चिन्न पनि समुद्रको सवै पानीको निरीक्षण परीक्षण गरिरहन आवश्यक हुँदैन । त्यसरीनै वेदशास्त्रहरूमा वर्णित नानाविध असंख्येक विषयका कुराहरू सकल विषयमा पारंगत हुनु आवश्यक छैन । ‘ब्राह्मण’ले यो कुरा जान्दछ । वेदको मर्म’ब्रह्म’लाई अवबोध गरे ब्राह्मण बन्दछ ।
ब्राह्मण – ब्रह्मविद् इति ब्राह्मण । ब्रह्मलाई जानेका अर्थात् अनुभूति गरेका ब्राह्मण हुन् । किताब पढेर भट्याउन सक्ने लाई भनिएको होइन । ब्राह्मणादि चार जात पनि पेशागत हुन्, जन्मगत होइन । ब्रह्माको शरीरका अङ्गहरूवाट निस्केको भनेको प्रतीकमात्र हो । शोणदण्डसूत्रमा ब्राह्मण को हो भन्ने विषयमा भगवान बुद्धले सुन्दर व्याख्या गर्नु भएको छ ।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।
कर्मणि एव अधिकार: ते – कर्ममा तिम्रो अधिकार छ ।
मा फलेषु कदाचन – फलमा कत्ति पनि छैन ।
मा कर्मफल हेतु: भू: – कर्मफलको हेतु नहोऊ ।
मा ते सङ्ग: अस्तु अकर्मणि – कर्म नगर्नमा आसक्त नहोऊ ।
सत्त्वप्राणी कर्मगर्न सार्वभौम छ । उसले आफ्नो कर्मवाट महानता, ईश्वरता, निर्वाण वा सक्यक्सम्बुद्धता समेत प्राप्त गर्न सक्दछ । तर, उसले गरेका कर्मको फल ठ्याकै यस्तैहुन्छ भनि सकैले पूर्वनिश्चित गर्न सक्दैन । किनकि उसले पूर्वापूर्व जन्ममा गरेका अनन्तानन्त कर्महरूका कुन फल कहिले कसरी विपाक हुनछ ठोकेर भन्न सकिंदैन । ज्ञानको स्तर बढदै जाँदा आफ्नो भूतकालमा गरेका कर्म वा भविष्यतका गरिने कर्मको बारेमा अनुमानगर्न सकेपनि यथाभूतरूपमा देख्न सम्यक्सम्बुद्ध बाहेक अरूले सक्दैन ।
कर्मण्याधिकार- षड्योनिहरूमा मनुष्ययोनिमा मात्र आफू खुशी चेष्टकर्म गर्न सकिन्छ । अन्य योनिहरूमा कर्मको अधिकार रहँदैन । देव र असुर योनिहरूमा आफ्नो पुण्यसंभार समाप्त हुँदै गएको देखेर अब मेरो खस्ने बेला भयो भन्ने जान्दाजान्दै पनि त्यसलाई रोक्ने कुनै कार्य सक्दैन । तिर्यकयोनिमा जीवन भन्नु नै मार्ने र मरिने भयको अवस्थामा सदाकाल रहनुपर्ने भएकोले चेष्ट सहित कर्म गर्न असमर्थ हुने हुन्छ । प्रेतयोनि त मूर्छाको अवस्था हो । र, नरक योनि भनेको अकुशलकर्मको विपाक भैरहेको अवस्था हो
मा फलेषु कदाचन – काम्यकर्मको फल अवश्य प्राप्त हुन्छ । तर, त्यो, कुन बेला, कुन अवस्थामा, कति घटी वा बढी परिमाणमा विपाक भैआउँछ, त्यो कसैले भन्न सक्दैन । अनन्तानन्त जन्महरूमा गरिएका अनन्तान्त कुशल-अकुशल कर्महरू मध्ये कुन कर्मको फल कहिले विपाक भै प्रस्फुट हुनछ, त्यो कसैले भन्न सक्दैन ।
कर्मफलहेतुभू – कर्म हेतु हो, फल प्रत्यय हो । कर्मफल हेतुभूत होईन । प्रत्ययलाई पूर्वनिश्चित गर्न सकिंदैन । कर्मको फल अवश्य हुन्छ, तर कांक्षा नराखेको फल भोग्न पर्दैन । बौद्धधर्ममा कुनै पनि कुशलकर्म गरिएमा त्यसको फल तुरुन्तै परिणामना गर्नु पर्ने गरिएको पनि यसैले हो ।
अकर्म – चेष्टापूर्वक कर्त्तव्यकर्मको त्याग गर्ने । गर्नुपर्ने भन्दा बेग्लै कर्म ‘अन्यथाकर्म’, गर्नुपर्ने जति चेष्टा नगरी कार्य सम्पन्न नहोस भन्ने मनसायगरी गरिने ‘अपकर्म’ लाई पनि अकर्म भनिन्छ । यी अकर्महरूगर्न पनि वित्तले चेष्टा गर्नुपर्ने भएकोले वास्तवमा कर्मवाट पलाय’को अर्थमा प्रयुक्त गर्नुभएको हो । अकर्मको शुद्धरूप त नैष्कर्म्य हो, अर्थात् चित्तमा राग द्वेष आदिको आवरण बेगर मैत्रीकरूणावाट गरिएको कर्म हो ।
योगस्थ: कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।
सिद्ध्यसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते ।।४८।।
योगस्थ: कुरु कर्माणि – योग स्थित भई कर्म गर
सङ्गम् त्यक्त्वा धनञ्जय – (प्रत्ययको) आसक्ति त्यागेर, हे धनञ्जय !
सिद्धि असिद्धि य: सम: भूत्वा – गरेको कर्मको उद्देश्य पूरा भएपनि नभएपनि सम भई बस
समत्वम् योग उच्यते – (त्यसलाई) समत्व योग भन्दछ ।
योग – योगमा बस्नु भनेको सास रोक्नु, हातखुट्टा बाँध्नु आदि बाह्य अङ्गहरूलाई भनिएको होइन । यीत सहयोगी प्रकृया हुन् ।योग भनेको चित्तवृत्तिको निरोध हो । चित्तलाई कुनै आलम्बन (विषय)माअडकाउनु हो । यहाँ चित्तलाई समता अर्थात् सवैकुरामा भेदभाव वा पक्षपात नगरी आफ्नो प्रतिकृया नदिई ‘याद’मा बस भनिएको हो ।
हिन्दूदर्शन – ईश्वरको यादमा बसी कर्म गर । कर्मफलमा आसक्ति नराख । यहाँ समतायोगको अर्थमा प्रयुक्त ।
बौद्धदर्शन – त्यस कर्मको पारमार्थिक मतलब बोधगरी कर्म गर ।
दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।
बुद्धौ शरणमन्विच्छ कृपणा: फलहेतव: ।।४९।।
दूरेण हि अ-वरम् कर्म – टाढैहोऊ अ-वरणीय कर्मवाट
बुद्धि योगात् धनञ्जय – बुद्धिपूर्वक, हे धनञ्जय !
बुद्धौ शरणम् अन्विच्छ – बोधिज्ञानको आश्रय लेऊ
कृपणा: फल हेतव: – फलको आशगर्ने त दरिद्र हुन् ।
कर्मगर्दा चाहना अर्थात् रागद्वेषादि भावसाथ गरिने होइन, फलको आशा राखि गर्नु त दारिद्र्य हो, मगन्ते चरित्र हो । मगन्तेहरू दाता भन्दा जहिले पनि तल पर्ने हुन्छ । समताभावसाथ गर्नु पर्दछ । दास्यभावमा भन्दा वीरभाव उच्च हो । वीरभावमा आफै ईश्वर वा सम्यकसम्बुद्धता हुने भाव हो । यसको लागि आफ्नो बुद्धिको प्रयोग गरी बोधिज्ञानको आश्रय लिनु पर्दछ । बोधिज्ञानको एक आवश्यकता समता भाव हो ।
अवर – यो वरणीय होईन, जो ग्रहणीय छैन । निकृष्टकर्म । यहाँ फलको आशा लिई गरिएको कर्मको अर्थमा प्रयुक्त ।
बुद्धौ शरणम् – बुद्धको शरण । बुद्ध भनेको बुद्धि हो, प्रबिद्धता हो, सम्यकसम्बुद्धता हो ।
बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।
तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ।।५०।।
बुद्धि युक्त: जहाति इह – बुद्धि युक्त भएमा (बुद्धिलाई पनि) यसै (जन्ममा) त्याग्दछ
उभे सुकृत दुष्कृते – कुशलकर्म र अकुशलकर्म दुवै
तस्मात् योगाय युज्यस्व – त्यसैले समतायोगमा जुडेर
योग: कर्मसु कौशलम् – बोधिज्ञान बमोजिम गरिएका कर्म उपायकौशल्य[xix] हुनजान्छ
बुद्धि भनेको चित्तले आफ्नो हितमा गरेको निर्णय हो । यो व्यक्ति (निर्णयकर्ता)को पूर्वसंचित संस्कार र उसको उद्देश्यमा भर पर्दछ । जब उसको उद्देश्य राग या द्वेषवाट प्रभावित भएको हुनजान्छ, उसको बुद्धिले त्यसै बमोजिम निर्णय गर्दछ । जब उसमताको भावमा रहन्छ, उसको आफ्नो वा पराया भन्ने रहँदैन, उसले पक्षपात गर्दैन, उसको दृष्टि विमल र प्रभास्वर भएको हुन्छ । त्यसबेला उसको’बुद्धि’ले गरेको निर्णय बोधिज्ञानमा आधारित भएको हुन्छ । उसको प्रत्येक कर्म श्रेयष् प्राप्तिका कुशलकर्म हुनजान्छ ।
जहाति – जेलाई आधार मानिएको छ त्यसैलाई पनि त्याग्नु ।
योगवाशिष्ठमा ब्रह्मज्ञान प्राप्तिको अन्तिम अवस्था पुगेपछि जुन ज्ञानलाई सिंढी बनाई आएको हो, त्यसैलाई लात्तीले हानी त्यागेपछि मात्र ब्रह्मज्ञानको अधिकारी भईन्छ
सुकृत-दुष्कृत – सुकार्य – कुशलकर्म, जसवाट आफ्नो र अरू सवैको कल्याण हुन्छ । यसको विपरीत दुष्कार्य – अकुशलकर्म । यीनिहरूका दशओटा भेद छन् १.प्राणातिपात:, २.अदत्तादानम्, ३.कामनिथ्याचार:, ४.मृषावाद:, ५.पैशुन्यम्, ६.पारुष्यम्, ७.संभिन्नप्रलाप:, ८.अभिद्या, ९.व्यापाद, १०.मिथ्यादृष्टि ।
कौशल – उपायकौशल्यता – बोधिज्ञानलाई कुशलतापूर्वक कर्मरूपमा कसरी उतार्ने भन्ने ।
कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिण: ।
जन्मबन्धविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम् ।।५१।।
कर्मजम् बुद्धियुक्ता:हि – कर्मको हेतुले उत्पन्न हुने, बोधिज्ञानले (विश्लेषण गरी)
फलम् त्यक्त्वा मनीषिण: – प्रत्ययफललाई त्यागेर मनीषिहरू
जन्म बन्ध विनिर्मुक्ता: – जन्मको बन्धनवाट मुक्त भै
पदम् गच्छन्ति अन् आमयम् – निर्वाण[xx]पदको पदमा पुग्दछन्
बोधिज्ञानप्राप्त मनीषीहरूले हेतुप्रत्ययसम्बन्धज्ञान वाट कर्म र त्यसको फल केकस्तो हुने हो भन्ने बारेमा (धेरै हदसम्म) जानिसकेका हुन्छन् । तापनि त्यस फलमा कुनै पनि आकांक्षा नराखी गर्नुपर्ने कर्म गरिरहि ती मनीषीहरू जन्ममृत्युको बन्धनवाट छुटकाराभई निर्वाणको अवस्थामा प्राप्त हुन्छन् ।
यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति ।
तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।
यदा ते मोह कलिलम् – जब तिम्रो, मोहको क्लेशवाट
बुद्धि: व्यतित: इष्यति – बुद्धि, छुटेको हुनेछ
तदा गन्तासि निर्वेदम् – त्यस बखत निर्विकल्प अवस्थामा पुग्नेछौ
श्रोतव्यस्य श्रुत[xxi]स्य च – प्राप्तगरेका ज्ञान र प्राप्त गर्नबाकी ज्ञान केहि (रहने छैन)
चित्तमा क्लेशमल नभएको अवस्थामा गरिने निर्णय शुद्ध र समताभावमा रहन्छ । मोहरूपी मलिनतावाट पार पाइसकेपछि ‘आत्मविवेकजन्य बुद्धि’ हुन्छ ।
विकल्पहीन शून्यताको अवस्थामा रहनु बौद्धदर्शनको सर्वोच्च लक्ष हो । यस अवस्थालाई ‘तथता’, ‘निर्विकल्पता’, ‘सम्यक्सम्बुद्धता’, ‘ब्रह्मज्ञान’, .. आदि इत्यादि विभिन्न नामविशेषणहरू दिइएको छ । यस अवस्थामा त्यसबेलासम्म प्राप्त गरेका र तत्पश्चात प्राप्तगर्नुपर्ने केहि बाकी रहँदैन ।
निर्वेद –
श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।
समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।
श्रुति वि-प्रति-पन्ना ते – (ती नानाविध) श्रुतिशास्त्र[xxii]वाट विक्षिप्त भएको तिम्रो
यदा स्थास्यति निश्चला – जब स्थीर[xxiii] र निश्चल हुनेछ
समाधौ अचला बुद्धि: – अचला[xxiv]भूमिमा बुद्धिले समाधान पाउनेछ
तदा योगम् अवाप्स्यसि – तब बोधिज्ञान[xxv] प्राप्त हुनेछ
वेदादि श्रुतिशास्त्रहरूवाट अलमलिई विक्षिप्त बनेको तिम्रो चित्त जब स्थिर र अचल हुनेछ तिमि अचलाभूमि पुग्नेछौ तव योगमा स्थीत भएको हुनेछ । (त्यस भन्दा अघि प्राप्त ‘योग’ त क्षणिकमात्र हुन् ।)
अर्जुन उवाच-
स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।
स्थितधी: किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।
अर्जुनले भने –
स्थित प्रज्ञस्य का भाषा – स्थितप्रज्ञलाई कसरी चिनाउने[xxvi] हो
समाधिस्थस्य केशव – समाधीमा रहेको लाई
स्थितधी: किं प्रभाषेत – स्थीरबुद्धिवाला कसरी आफूलाई व्यक्त गर्दछ
किम् आसीत व्रजेत किम् – कसरी व्रज्या[xxvii] गरेको हुन्छ
व्रज – प्र-व्रज्ज्या । विनयपालन ।
स्थितप्रज्ञ, जो समतामा समाधिमा वा योगमा रहेको हुन्छ, त्यसले आफूलाई कसरी प्राकट्य गर्दछ । उसको रूप, आकृति, मुद्रा, अलंकार पोशाक, व्यवहार कस्तो हुन्छ, कसरी के बोल्दछ गुणचरित् कस्तो हुन्छ । उसले दे धराण गरको हुन्छ के के छोडेको हुन्छ । अर्तात् उसलाई कसरी चिन्ने हो ।
प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान् ।
आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते ।।५५।।
प्रजहाति यदा कामान् – जब कामनाको त्याग हुन्छ
सर्वान् पार्थ मनोगतान् – मनमा रहने सवै, हे पार्थ
आत्मनि एव आत्मना तुष्ट: – आफ्नो स्वभावमा[xxviii] आफै तुष्टहुन्छ
स्थितप्रज्ञ: तत् उच्यते – त्यसलाई स्थितप्रज्ञ भनिन्छ
जसको ‘मनमा कुनै कामना रहँदैन र जो आफ्नो स्वभावमा सन्तुष्ट रहन्छ, त्यो स्थिप्रज्ञ हो ।
दु:खेष्वनुद्विग्नमना: सुखेषु विगतस्पृह: ।
वीतरागभयक्रोध: स्थितधीर्मुनिरुच्यते ।।५६।।
दु:खेषु अन् उद्विग्न मना: – दु:खमा मन खिन्न नपारी
सुखेषु विगत स्पृह: – सुखमा राग नराखी
वीत राग भय क्रोध: – राग, भय र क्रोध रहित भएकालाई
स्थित धी: मुनि: उच्यते – स्थीतधी मुनि भनिन्छ
य: सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।
नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।
य: सर्वत्र अनभिस्नेह: – जो जतासुकै स्नेनवाट रहित भैसकेको छ
तत् तत् प्राप्य शुभ अशुभम् – ति ति वस्तुसहरू कुशल अकुशल प्राप्त भएर
न अभिनन्दति न द्वेष्टि – न अभीनन्सन गर्दछ न द्वेष नै राखदछ
तस्य प्रज्ञा प्रतिष्ठिता – त्यसको प्रज्ञा प्रतिष्ठित भएको हुन्छ
यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वश: ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।
यदा संहरते च अयं – जब यो सवै भित्र खिंच्दछ
कूर्मो: अङ्गान् इव सर्वश: – कछुवाले आफ्ना सवै अङ्गहरू जस्तै
इन्द्रियाणि इन्द्रियार्थेभ्य: – इन्द्रियलाई इन्द्रियहरूमा
तस्य प्रज्ञा प्रतिष्ठिता – त्यसको प्रज्ञा स्थीर भएको हुन्छ
विषया विनिवर्तन्ते निराहारस्य देहिन: ।
रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।।
विषया विनिवर्तन्ते – श्रोत्रादि पञ्च विषयहरू भोगेर बलपूर्वक त्यागी
निराहारस्य देहिन: – चित्त[xxix]ले ग्रहण नगरी
रस वर्जम् रस:अपि अस्य – रागतृष्णालाई छोडी, यसको तृष्णा
परं दृष्ट्वा निवर्तते – परम् (निस्वभावता)मा छ भनि जानी त्यसमा स्थित भई रहन्छ
यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित: ।
इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन: ।।६०।।
यतत: हि अपि कौन्तेय – यत्नपूर्वक[xxx] चर्या गर्दैरहँदापनि
पुरुषस्य विपश्चित: – पुरुषले जानिबुझी
इन्द्रियाणि प्रमाथीनि – इन्द्रियहरूले खल्बल्याई[xxxi]
हरन्ति प्रसभं मन: – बलपूर्वक मनलाई हरेर लग्दछ
तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर: ।
वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञाप्रतिष्ठिता ।।६१।।
तानि सर्वाणि संयम्य – ती सवै (पाँचै) इन्द्रियहरूलाई संयमगरी
युक्त आसीत मत्पर: – म[xxxii] मा लगाऊ
वशे हि यस्य इन्द्रियाणि – जसले इन्द्रियहरूलाई वशमा राख्दछ
तस्य प्रज्ञा प्रतिष्ठिता – त्यसको प्रज्ञा (बोधिज्ञानमा) स्थीर भएको हुन्छ ।
ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते ।
सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजायते ।।६२।।
ध्यायत: विषयान् पुंस: – यि (पञ्च)विषयहरूमा तण्हाराख्दा (ति विषयहरूनै) झन पुष्ट[xxxiii] हुन्छन्
सङ्ग: तेषु उपजायते – तिनिहरूका आसक्तिराख्दा ति झन बृद्धि [xxxiv]हुन्छन्
सङ्गात् सञ्जायते काम: – आसक्तिराख्दा कामना[xxxv] प्राप्त हुन्छ
कामात् क्रोध: अभि-जायते – कामनाको कारणले क्रोध[xxxvi] उत्पन्न हुन्छ
क्रोधाद्भभवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: ।
स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनासात्प्रणश्यति ।।६२।।
क्रोधात् भवति सम्मोह: – क्रोधवाट सम्मोह[xxxvii] हुन्छ
सम्मोहात् स्मृति विभ्रम: – सम्मोहनले स्मरणशक्ति भ्रमित हुन्छ
स्मृति भ्रंशाद् बुद्धि नाश: – स्मृति भ्रंश भएवाट बुद्धिनाश [xxxviii]हुन्छ
बुद्धि नाशात् प्रणश्यति[xxxix] – बुद्धिनाश भएवाट उसको पतन हुन्छ
रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।
आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।
राग द्वेष वियुक्त: तु – रागद्वेष नभएकाहरू त
विषयान् इन्द्रिय: चरन् – विषयहरूमा इन्द्रियलाई लगाउँदै
आत्म-वश्यै: विधेय आत्मा – आफ्नो वशमा राखि बोधिपुरुष भएर
प्रसादम् अधि-गच्छति – आफ्नो लक्षमा पुगेका हुन्छन्
प्रसादे सर्वदु:खानां हानिरस्योपजायते ।
प्रसन्नचेतसो ह्याशु बुद्धि: पर्यवतिष्ठते ।।६५।।
प्रसादे सर्व दु:खानाम् – बोधिज्ञान प्राप्त भएमा सवैप्रकारका दुखक्लेशहरू
हानि: अस्य: उपजायते – प्रहीन भएको हुन्छ
प्रसन्न चेतस: हि आशु – चित्त प्रसन्न भएको हुन्छ
बुद्धि: परि अवतिष्ठते – सम्यरूपमा स्थीर हुन्छ
नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।
न चाभावयत: शान्तिरशान्तस्य कुत: सुखम् ।।६६।।
न अस्ति बुद्धि: अयुक्तस्य – त्यसरी (स्थीतप्रज्ञामा)युक्त नभएकाको बुद्धि हुँदैन
न च अयुक्तस्य भावना – न त त्यस्ता अयुक्तहरूका भावना नै हुन्छ
न च अभावयत: शान्ति: – न त त्यस्त् अयुक्तहरूलाई शान्ति हुन्छ
अशान्तस्य कुत: सुखम् अशान्त भएकाले कहाँ सुख पाउँछ
इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।
तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।
इन्द्रियाणाम् हि चरताम् – चरिरहेका इन्द्रियहरूमा
यत् मन: अनु-विध् इयते – जसमा मन पछि लागेको हुन्छ
तदस्य हरति प्रज्ञां – त्यसको प्रज्ञा हरिएको हुन्छ
वायु: नावम् इव अम्भ् असि – वायुले डुङ्गालाई पानीमा (बहाएको) जस्तो
तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वश: ।
इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।
तस्मात् यस्य महाबाहो – त्यसैले हे महाबाहु, जसको
निगृहीतानि सर्वश: – सम्यकरूपमा वशमा गरि सकिएको छ
इन्द्रियाणि इन्द्रिय अर्थेभ्य: – कान, नाख आदि इन्द्रियहरूका इन्द्रियकर्मलाई
तस्य प्रज्ञा प्रतिष्ठिता – त्यसको प्रज्ञाज्ञान स्थीर भएको हुन्छ
इन्द्रियार्थ – इन्द्रियकर्मको अर्थमा । ‘इन्द्रियहरूका कर्म’ बुझनको लागि यस सङ्ग सम्बन्धित ‘इन्द्रिय’, ‘विषय’, ‘आयतन’, ‘धातु’, ‘तन्तु’, आदि बारेमा बुझनु पर्दछ ।
१. इन्द्रिय – पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय । ती अङ्गहरू जसद्वारा कुनै मानसिक वा भौतिक कार्य सम्पन्न हुन्छ । यीनिहरू यस यावत् सृष्टिको अधिकारी वा अधिपति ‘देवता’हरू हुन्, जसको हाकीम शक्र (देवराज इन्द्र) हुन् । कुनैपनि सूक्ष्म वा बाह्यकार्यका मूलकर्ता यसैले इन्द्र भनिएका हुन् । यसरी शरीरका अङ्गप्रत्यङ्ग जसले केहि कार्य गर्दछ त्यसको संचालक हो इन्द्र हो । र जुन अङ्ग वा माध्यम सम्पादित हुन्छ त्यो इन्द्रिय हो । यसैले इन्द्रियार्थ भनेको ‘इन्द्रियका स्वाभाविक’कर्मको संचालन हो भनि भन्न सकिन्छ ।
२.धातु – जगतसंसार पाँचओटा धातु वा महाभूत वा तत्त्वले बनेको छन्; पृथ्वी, जल, तेज, वायु र आकाश । ति वस्तुहरू मात्र भौतिक प्रतीकहरू हुन् । यिनिहरूका गुणस्वभाव आकर्षिणी, पातिनी, ज्वालिनी, वाहिनी, … हुन् । शब्दको अन्तिममा जोडिएको ‘धातु’शव्द बौद्धदर्शनको विशिष्टता हो; यसले त्यो वस्तु अनित्य छ भनेर पनि जनाउँदछ । ‘धातु’शव्दले हिन्दूदर्शनको तत्वलाई धेरै हदसम्म समानता राख्दछ ।
३. विषय – यी मूलत्त्व वा धातुहरूलाई चित्तले अनुभूति गर्ने माध्यम ‘रूप’, ‘रस’, ‘..’, .. .. हुन् । यिनिहरू गुण हुन् ।
४.आयतन – यी विषयहरूका सम्पर्क आउने, स्पर्शगर्ने शरीरका अङ्गहरू जस्तै कान, नाख, आँखा, जिभ्रो र छाला । यीनिहरू तत्तत् प्रणालीयन्त्रका बाह्य भौतिकीय अङ्ग हुन् । यो वैज्ञानिक भाषामा प्रयुक्त हुने dimension होइन ।
५. तन्तु – बाह्यार्थ वा भौतिकीय रूपमा नाडीप्रणाली वा nervous system । सूक्ष्मरूपमा भन्नुपर्दा software भन्न सकिने । यसले आयतनको स्पर्शमा आएको विषयलाई चित्तसंग सम्पर्क गरिदिन्छ ।
६. इन्द्र – यस सम्पूर्ण संचालन प्रणालीलाई इन्द्र भनिने, हिन्दूदर्शन अनुसार ‘संचालक’ वा ‘राजा’ ।
या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने: ।।६९।।
या निशा सर्व भूतानाम् – सकल भूतभौतिकीको लागि जुन अन्धकारता हो
तस्याम् जागर्ति संयमी – त्यसबेला संयमी जागा भै बसेको हुन्छ
यस्याम् जाग्रति भूतानि – जसमा प्राणीवर्ग जागा रहन्छ
सा निशा पश्यतो मुने: – त्यसलाई मुनीहरूले अन्धकारता देख्दछ
जुनबेला सत्त्वप्राणीहरू रागद्वेषादिले आवरणित भएर कर्म गरेको हुन्छ, त्यस बेला त्यसकुरालाई संयमशीलले सम्यकरूपमा स्मृतिमा राखि आफ्नो चर्याकर्म गरिरहेको हुन्छ । र जुनबेला सामान्यजनहरू आफूलाई सुखको कामनागरी प्रयास गरेको हुन्छ, त्यसले निर्वाणमा पुराउदैन भन्ने कुरा संयमीले बुझेको हुन्छ ।
जीब अथवा चित्तको चार अवस्था हुन्छन्; जाग्रत, स्वप्न, सुषुप्त, तुरीय ।
१. जाग्रत – ज्ञानसहित गरेको जाग्रत अवस्था हो ।
२. स्वप्न – अविद्यावस्था स्वप्न हो ।
३. सुषुप्त – चित्त बाह्यसंसारलाई छोडी आफूमैं रमाएर बसेको सुषुप्तावस्था हो । र,
४. तुरीय – योग समाधीमा स्थीर भैबसेको अवस्था तुरीयता हो ।
निशा – बाह्यरूपमा सूर्य अस्ताएपछि पुन उदय नभएसम्मको बेला ।
पारमार्थिकरूपमा chaos । अज्ञान, अविद्या, अविवेक । तामसी गुण प्रबल भएको बेला ।
संयमी – जितेन्द्रिय । जसको चित्त चंचल छैन; नियन्त्रित र निरुद्ध छ । जो सतिपठ्ठानमा रहेको छ । जसले पारमार्थिक तत्त्वको बोध गरेको छ । जो समत्वयोग मा छ ।
रातदिन – बाह्यरूपमा उज्यालो नभएको बेला र भएको बेला ।
गूढ अर्थमा जुन बेला तत्वको अवबोधन भएको छ त्यो दिन हो, अविद्याले छोपेको अवस्था रात हो । तन्त्रमा कुण्डलिनी शक्ति ऊर्ध्ववाहिनी हुनु दिन हो अधोवाहिनी हुनु रात हो । उन्नति दिन हो, अवनति रात हो । बृद्धि बिवुद्धता दिन हो क्षय संकुचन रात हो । शुक्लपक्ष दिन, कृष्णपक्ष रात हो ।
यस्याम् – मायाजालरूपी अविद्याको वशमा परेको अवस्था ।
चित्त सुषुप्तिमा रहेको बेलामा पनि स्वप्नद्रष्टले जाग्त भएको व्यवहार गरेको ।
आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमाप: प्रविशन्ति यद्वत् ।
तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।७०।।
आ-पूर्यम् आणम् अचल प्रतिष्ठम् – सँधै सम्यकरूपमा अवल स्थीर भई
समुद्रम् आप: प्रविशन्ति यद् वत् – पानी समुद्रमा पुगेपछि जसरी
तत् वत् कामा यं प्र-विशन्ति सर्वे – त्यसरी नै जसले कामरागहरू प्रवेश गराउँछ
स शान्तिम् आप्नोति न कामकामी – उ शान्तिलाभ गर्दछ, कामराग भएकाले पाउँदैन
विहाय कामान्य: सर्वान्पुमांश्चरति नि:स्पृह: ।
निर्ममो निरहङ्कार: स शान्तिमधिगच्छति ।।७१।।
विहाय कामान् य: सर्वान् – सवै कामरागहरूलाई उत्क्रमण (त्याग) गरे
पुमान्: चरति नि:स्पृह: – रागरहित भएर जब सत्त्वप्राणी चर्या गर्दछ
नि:नम: नि:हङ्कार: – तेरोमेरो भाव नगरी अहङ्कार नलिई
स शान्तिम् अधिगच्छति – त्यो शान्तिमा पुग्दछ (प्राप्त गर्दछ)
कामान्य सर्वान् – कामराग जनित कर्मका फल भोग सवै । बर्तमानमा गर्दै गरिएका, अब गरिने र अनन्त पूर्वापर योनिमा गरिएका कर्मफलहरूका विपाक हुन बाकी संचित फल कुनै पनि बिपाक न हुनेगरी निर्बीज भष्मक्षय गरेको भन्ने अर्थमा ।
पुमान् – अब उसलाई कुनै क्लेशमलले अपवित्र गर्न सक्दैन, बरू उसको सम्पर्कमा आएकाको क्लेशमल पनि निर्बीज भष्म गरी पवित्र गराउँदछ भन्ने अर्थमा ।
निर्मम – आफ्नो वा म’मेरो’ भन्ने रहित भएको । सबैलाइ समतामा व्यवहार गर्ने ।
एषा ब्राह्मी स्थिति: पार्थ नैनां प्राप्य विमुह्यति ।
स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।
एषा ब्राह्मी स्थिति: पार्थ – यस्तो ब्राह्मी स्थिति, हे पार्थ !
न एनाम् प्राप्य विमुह्यति – प्राप्त भएपछि, मोहित हुँदैन
स्थित्वा अस्याम् अन्त:काले अपि – स्थीर भई बसेर अन्त्यकालमा
ब्रह्म निर्वाणम् ऋच्छति – ब्रह्मनिर्वाण लाभ गर्दछ
यस्तो ब्राह्मी स्थितिमा चित्तप्राप्त भएपछि, (तत्पश्चात) मोहित हुँदैन । त्यस स्थितमा पुगे पछि मोहले छुँदैन, अर्थात् त्यस स्थितिमा एकपल्ट पुगेपछी तल झर्नुपला बन्ने सम्भावना नै हुँदैन । । त्यसरी ब्राह्मी स्थितिमा च्युतिकालसम्म बसी, देहको च्यूति भएपश्चात ब्रह्मनिर्वाणमा प्राप्त गर्दछ ।
ब्राह्मीस्थिति –
ब्रह्मनिर्वाण – ब्रह्म भनेको शून्यता र संवृत्ति दुबैमा स्थित अवस्था हो । निराकार र साकार को सन्धी हो । यसै शरीर धारण गरेसम्म चतुर्ब्रह्मविहारको चर्या गरी शरीरको च्यूति पछि अप्रतिष्ठित निर्वाणमा रहन्छ भनिएको हो ।
इति श्रीमहाभारते शतसाहस्र्यां संहितायां वैयासिक्यां भीष्मपर्वणि श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादेऽर्जुनविषादयोगो नाम प्रथमोऽध्याय: ।।१।।
[i] मधुसूदन – सृष्टिको प्रारम्भमा मधु र कैटभ भन्ने दुई महादैत्यलाई मारेका । यीनिहरूका शरीरले यो संसार बनिएको । कृष्णको अर्को नाम ।
[ii] अनार्य – पारमार्थिक ज्ञान चेष्टा नभएका ।
[iii] प्राक् ऐतिहासिक कालमा अरल ताल (Aral sea) र काश्यप सागर (caspian sea) को वरिपरि (आर्मेनिया= Ar(ya)+men+ia) फैलिएको सुसंस्कृत, उन्नत समाजहरूको सामूहित संस्कृति । इतिहासकालमा यो छितरिंदै र विस्तारित हुँदै पश्चिममा लिडिया (Lydia, पश्चिम तुर्की) देखि, फारस (दक्षिणी इरान), मीडीया(Media, केन्द्रिय इरान), असुरिया (Assyria, उत्तरी इराक), बेबिलोनिया (Babylonia, दक्षिणी इराक), सोगदानिया (Sogdania, उत्तरी अफगानिस्तान), मसागाते (Massagetae, उज्बेकिस्तान-ताजिकिस्तान), र पञ्जाव (पाकिस्तानको पञ्जाव) सम्म फैलिई भारतमा प्रवेश भएको थियो । तर, कोहि विद्वानहरूका अनुसार यस आर्य सभ्यता यसरी मध्य-एशियाबाट भारतमा प्रवेश भएको नभई भारतवर्षबाट उत्पत्ति भई त्यतातर्फ फैलिएको हो भनेर भनेको पनि पाइन्छ ।
यस आर्य सभ्यताको अवनति यवनराजा सिकन्दर (Alexander the Great)को आक्रमणबाट शुरु भएको थियो । उनले ईसा पूर्व ३२३(?)मा मानव इतिहासकाल देखिको संचयगरि राखेको पुरातात्विक वस्तुहरू र ज्ञानको भण्डार भएको पारसपुर (पर्सिपोलिस, फारस)को प्रसिद्ध पुस्तकालय जलाए । त्यतिमात्र होइन, उसले त्यस शहर पूरै जलाई, पुरुष नागरिक सबैलाई कत्लेआम गरी, आफ्ना दशौंहजार सैनिकलाई फारसका कुलिन आर्यकन्या संग विवाह गराई, त्यहिं वसाली आर्यसंस्कृतिलाई वर्णसंकर बनाएका थिए । उनले प्रसिद्ध तक्षशीला विश्वविद्यालयका हजारौं श्रमण-ब्राह्मणका समेत हत्या गरेका थिए ।
तत्पश्चात १४०० वर्ष जति अघि प्रादुर्भाव भएको इस्लाम धर्मका शासकका क्रूरताले पश्चिममा स्पेन देखि पूर्वमा इन्डोनेशियासम्मका सकल यहूदि-आर्य-बौद्ध-क्रिश्चियन धर्म छिन्नभिन्न भयो । ‘कुनैपनि काफिर (विधर्मी)लाई इस्लाममा धर्मान्तरण गराउनु, र धर्म परिवर्तित हुन नमान्नेलाई मार्नू’ भन्ने क्रूर सिद्धान्त लिएका ती मुसलमान आक्रमणकारीहरूले उत्तरी अफ्रिका, तुर्कि, इराक, इरान, अफगानिस्तान, पाकिस्तानमा कुनै पनि अन्य धर्मावलम्वी रहन दिएन ।
कालचक्रतन्त्रका अनुसार म्लेच्छ(इस्लाम)धर्मको स्थापना पश्चात् बगदादमा भीषण धर्मयुद्ध भएबाट विमलप्रभा (लघुकालचक्रतन्त्र)को निर्माण भएको हो । उनिहरूले भारतवर्षमा ज्यादै अत्याचार गरे; प्रसिद्ध नालन्दाको बिश्वविद्यालयलाई जलाए । त्यस्तो अत्याचारबाट आफ्नो धर्म वचाईराख्न भारतका ज्ञानी-गुणी हिन्दू-बौद्ध बिद्वानहरू यस नेपाल उपत्यकामा आई सुरक्षितभई बसी आफ्ना धर्म र संस्कृतिको संरक्षण गरेका थिए । यसैले जव विश्वबाट महायानी-वज्रयानी ज्ञान र धर्मचर्याको परम्परा लुप्त भइसक्यो भन्ने विश्वास गरिएको थियो, त्यस वेला हाम्रो नेपाल उपत्यकामा संरक्षण गरिएको महायान-वज्रयानको संस्कृत साहित्यको विपुल भण्डार र धर्मचर्याको परम्परा विश्वलाई उपलब्ध भएको थियो । यसको लागि विश्व समुदायले नेवार जातिलाई उच्च सम्मान देखाई ‘सभ्य र सुसंस्कृत’ भन्ने मान्यता दिएको छ ।
इरानका शाह पहलवी (केहि दशक अघिमात्र सत्ताच्यूत भएका)ले आफूलाई पचीससये वर्ष अघि कुरु द्वितीय (Cyrus the Great)बाट स्थापित वंशका अविच्छिन्न ‘आर्य सम्राट्’ भन्ने गर्दथ्यो । जर्मनीको हिटलरले समेत आफ्नो जर्मन जातिलाई ‘आर्य’जातिको हो भनि भन्ने गर्दथ्यो । उसले आर्य सभ्यताको प्रतीकको रूपमा ‘स्वस्तिक’ चिन्हलाई पहिचानको प्रतीक समेत वनाएको थियो ।
[iv] पाली भाषाको शास्त्रलाई मान्यता दिने बुद्धधर्मको पारम्परिक मूलरूप । श्रीलंका, म्यानमार, भारतमा प्रचलित हाँगा ।
[v] संस्कृत भाषाको शास्त्रलाई मान्यता दिने बुद्धधर्मको बृहत्तररूपको पहिलो हाँगो । तिब्बत, चीन, कोरियामा प्रचवलित हाँगा ।
[vi] अरिसूदन – शत्रुलाई नाशगर्ने, कृष्णको अर्को नाम ।
[vii] धर्म – कर्तव्य, स्वभाव । क्लेशले चित्तलाई आवृत गरेको हुँदा मैले आफूलाई कसरी जान्नसकिन यसैले मार्गदर्शन गर्नुहोस् भनि अध्येषणा गरेको ।
[viii] गोविन्दम् – गाईलाई आनन्द दिने । गोचरहुने, ‘इन्द्रिय’लाई आनन्द गराउने ।
[ix] दु:खसत्त्य- जाति, जरता र मृत्युको चक्र । तथा
[x] कौमारं यौवनं जरा – उत्पन्न, वृद्धी उत्कर्ष र क्षयको चक्र । द्वादश प्रतीत्यसमपत्पादको चक्र, भवचक्र ।
[xi] आगम अपायिन – हिन्दूदर्शन अनुसार सवै प्राणी ‘आउने’ र ‘अन्यगतिमा जाने’ हुन्, यसैले अनित्य हुन् । बौद्धदर्शन अनुसार कुनै पनि वस्तु उदय र व्यय हुने हुन, यसैले अनित्य हुन् । हिन्दू र बौद्धको मूलभूत भेद ‘अनित्य’शव्दको व्यख्या नै हो । हिन्दूदर्णले ‘आत्मा’ नित्य छ रूप अनित्य छ भन्दछ । बौद्धधर्मले कुनै पनि कुराको अर्कोवस्तु अस्तित्व अर्कोवस्तुको अनस्तित्त्ववाट बन्दछ, यो स्वत: र तुरुन्तै कुने प्रकृया हो र यसरी बनेका वस्तुको आयो क्षणिकमात्र रहन्।छ भनिन्छ । जन्म जरा मृत्युको कुरा दु:खसत्य अन्तर्गत रहन्छ ।
[xii] अमृतता – निर्वाण वा शून्यताको चर्या
[xiii] बुद्ध्या – त्यस ‘बुद्धि’लाई internalise गरी भनिए बमोजिम कार्य गरी
[xiv] कर्मबन्धन – कर्मको नियम भनेको हेतुप्रत्ययनै हो ।
[xv] व्यवसायात्मिका बुद्धि – professional mind । आफ्नो लक्ष कसरी प्राप्तगर्ने भन्ने मार्गचित्र ।
[xvi] आफूले ग्रहण गरेको व्यष्ठिज्ञानलाई नै समष्ठिज्ञान हो भनि धारणा राख्ने, अद्वय शून्यता दर्शन नबुझेका
[xvii] त्रिगुण – यावत जगत सत्त्व, रजस, तमस् वाट भनिएको भन्ने धारणा । बौद्धधर्ममा जगत मामकी (पातिनी), लोचना (आकर्षणी), पाण्डरा (ज्वालिनी), तारा (गमनी?)वाट बनिएको भनिए जस्तै ।
[xviii] योगक्षेम –
[xix] उपायकौशल्यता – बोधिज्ञानलाई कुशलतापूर्वक कर्मरूपमा कसरी उतार्ने भन्ने सीप
[xx] अनामय – सर्व उपद्रव रहित । तथता । कुनैपनि विक्षेप नहुने अवस्था ।
[xxi] श्रुतज्ञान – श्रुति । पहिलेका ऋषिमुनि आदि मनीषीहरूले भनेका । वेद, पुराण, उपनिषद आदि हरू ।
[xxii] श्रुतिविप्रतिपन्ना – श्रुतिशास्त्रहरूमा वर्णित नानाविध विषयहरूलाई समष्टिमा बुझन नसकि अलमलिएको ।
श्रुति शव्द को अर्थ सुनिएको वा सुनेर प्राप्तभएको वा कर्णपरम्परावाट प्राप्त ज्ञान हो । यसको बाह्यरूप वेदशास्त्र हो । यसको सूक्षरूप स्वयंप्रकटज्ञान (revelation) हो । यो अपौरुषेय हो । यो कसैले निर्माण गरेको होइन, आप्तवचन होइन । वेदर्षिहरू वेदका ऋचाका निर्माता होइनन्, दृष्टामात्र हुन, अनादिकाल देखि सुनिआएका कुराका ऋचाकारक मात्र हुन् । बुद्धर्ममा जसरी शास्त्रलाई ‘बुद्धवचन’ र ‘गुरुवचन’गरी विभाजित गरिएको छ, त्यसरी नै हिन्दूदर्शनमा ‘श्रुति’ र ‘स्मृति’ भनिएको छ । वेदको आधारमा ऋषिमुनि गुरुआचार्यले निर्माण गरेका ज्ञान ‘स्मृति’ हो । यसरी वेद, उपनिषद् र गीतालाई श्रुति हुन् । पुराण, दर्शन, वेदाङ्ग, धर्महरू स्मृति हुन् ।
[xxiii] स्थीर, निश्चल – स्थीर – एकैस्थानमा रहनु , निश्चल – एकै आसनमा बस्नुका साथै शरीका अङ्गहरू नचलाउनु
[xxiv] अचला – भौतिक र पारमार्थिक अर्थमा पनि विक्षेप नहुनु । बौद्धदर्शनमा बोधिसत्त्का दश भूमिहरूमध्ये आठौंभूमि हो । जस अनुसार अचला भनेको आकाश जस्तै स्थीर हुनु हो । उ कुनै वस्तुप्रति आशक्त हुदैन । वुद्धहरुको धर्मकाय र रुपकायलाइ वुझेको हुन्छ । उसले अनुत्पत्तिकधर्मक्षान्ति लाभ गरेको हुन्छ । तथागतहरुले उसलाई साधुवाद दिंदै दशवल वैशारद्यलाभ गर्न, अनुत्पत्त्कधर्मक्षान्तिलाई राम्ररी अंगाल्न, सकलक्लेशविहिन हुन, कल्पना शान्त गरी जगतहीतको प्रणिधानगर्न सदा दत्तचित्त हुन प्रेरणा दिइरहनुहुन्छ । बोधिसत्त्वले पनि सर्वज्ञज्ञानलाभ गर्न प्रयास गरी जगतसत्त्वलाई उद्धारगर्न कता कसरी कुन रूपमा सो गर्नुपर्नेहो थाहा गरी तदनुरुप त्यहिरुपमा दर्शन दिएका हुन्छन् । यसप्रकार त्यस बोधिसत्त्व आयुवशिता, चित्तपरिष्कारवशिता आदि दशवशिताहरु तथा आशयवल, अध्याशयबल, महाकरुणाबल आदि दशबलवाट युक्त भएको हुन्छ । यस भूमिमा प्रवेश गरका बोधिसत्त्वलाई अवैवर्तिकबोधिसत्त्न नामले प्रसिद्ध भएको हुन्छ । यस भूमिमा रहेका बोधिसत्त्वले समाधिको बलले तथागतहरुको दर्शन एवम् पूजन गरेका हुन्छन् ।
[xxv] तदा योगम् – ‘बोधि ज्ञान’संग जोडिने, लाभगर्ने
[xxvi] भाषा – स्थितप्रज्ञले कसरी आफूलाई प्राकट्य गरेको छ, रूप, मुद्रा, अलङ्कार, भाव, लक्षण … कसरी स्थितप्रज्ञलाई चिन्न वा चिनाउन सकिने हो
[xxvii] व्रज्या – हिंडाई, डुलाई, सुताई, बोलाई आदि शारीरिक र भौतिक कृयावाट गरिने लोकव्यवहार
[xxviii] – बाह्य आलम्बनमा चितले कामना राख्दैन
[xxix] देहिन – शरीर संचालनगर्ने आत्मा, ईश्वर । बौद्धदर्शन अनुसार चित्त चैतसिक
[xxx] यततो – यतीजनहरू जस्तो संकल्प गरी निष्ठापूर्वक चर्याकर्म गरेका हुन्छन्
[xxxi] प्रमाथिनी – प्रमथ अर्तात् कामदेवले पञ्चपुष्प कामबाण प्रहारगरी चित्त विक्षेप गरको जस्तो
[xxxii] म – सम्यकसम्बुद्धको धर्मकाय निर्माणकायरूपमा प्रकट्य भएको
[xxxiii] यी दु:ख समुदयमा जति रागको हुन्छ ती उपादानहरू स्वयंवृद्धकरी हुन्छन्
[xxxiv] तिनिहरूमा आसक्तिले तिनिहरू झनै प्रज्ज्वलित हुने हुन्छ
[xxxv] सञ्जायते काम – त्यसको ध्याउन्ना गरिहँका त्यसलाई प्राप्तगर्ने कामना हुन्छ
[xxxvi] कामना परिपूर्ति नभएवाट क्रोध उत्पन्न हुन्छ
[xxxvii] क्रोधात् सम्मोह – क्रोधले चित्तलाई आवृत्तगरी वास्तवितका देख्नवाट वञ्चित गराउँदछ, त्यसै क्रोधको विषयमा मात्र उदको एकाग्रता रहन्छ, उसको यथाज्ञान पूर्णतामा नभएवाट अन्यकुराको ध्यान राख्दैन
[xxxviii] स्मृतिभ्रंशात् बुद्धिनाश: – बुद्धले गर्ने निर्णय यसको स्मृति अर्थात् stored knowledge मा भर पर्दछ । जब संचितज्ञानको database नै corrupt भएको हुन्छ तव त्यसका आधारमा भएगरेका विश्लेषण तथा निर्णंहरू गजत हुने हुन्छ ।
[xxxix] प्रणश्यति – नाश हुने भन्नाले ‘अनस्तित्त्वहुने’, ‘अङ्गप्रत्यङ्गहरू छिन्नभिन्न हुने’ वा ‘सदाकालकोलागि ठहरावको अवस्थामा रहने’ भनिएको होइन । हिन्दूदर्शन र बौद्धदर्शन दुवैले कर्मको सिद्धान्तलाई मान्यता दिएको छ । यसैले कुनैपनि कर्म को फल वा हेतु को प्रत्य हुन्छ । तर, ‘पुरुष’ वा ‘सत्त्व’को कर्मगर्ने स्वतन्त्रता ले गर्दा कुनैपनि फल वा प्रत्यय लाई उसको पछि गरिने कर्मवाट प्रभावित गर्न सक्दछ । त्यसैले यसको अर्थ तल्लो स्तर वा अपाय योनिमा पुग्दछ भनि बुझनि पर्दछ ।