Categories
articles प्रज्ञापारमिता

अष्टसाहस्रिका प्रज्ञापारमिता प्रथम परिवर्त

[wpseo_breadcrumb]

। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: ।

।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।।

। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम:

या सर्वज्ञता नयत्युपशमं शान्तैषिण: श्रावकान्

या मार्गज्ञता जगद्धितकृतां लोकार्थसंपादिका ।

सर्वाकारमिदं वदन्ति मुनयो विश्वं यया संगता-स्तवै श्रावकबोधिसत्त्वगणिनो बुद्धस्य मात्रे नम: ।।१।।

वहाँ (प्रज्ञापारमिता) सर्वज्ञ(सवैकुरा जान्ने) हुनुभएकोले शान्तता(निर्वाण)को इच्छा राखेका श्रावक(मुक्तिमार्गमा लागेको, शिष्य,) लाई उपशम्(चित्तको शानतता)मा लग्नुहुन्छ । वहाँ मार्गज्ञ (सवै मार्गहरूको ज्ञान) भएकोले जगतको हितकार्य गर्ने (दु:ख नाश गरी मुक्तिमार्गमा लग्ने) गरेका (वोधिसत्व-महासत्त्व) लाई लोकको (त्यस्तो हितकार्य गर्नको) लागि चाहिने अर्थ (साधन, निर्देशन) उपलव्ध गराइदिनुहुन्छ । वहाँ (प्रज्ञापारमिता)संग संगत गरेका मुनी (त्याग, तप, ध्यान गरेका ऋषिमुनी)हरुले यो विश्व(दृष्य, अदृष्य, जडचेतन जगत) सर्वाकार (सवै वस्तु एकै आकारको) हो भनि भन्दछन् । त्यस्ति श्रावक (मुक्तिमार्गमा लागेको, शिष्य), प्रत्येकबुद्ध (निर्वाणलाभ गरेका), वोधिसत्व (निर्वाणलिन सक्ने भईकनपनि नलिई जगतहित कार्यमा लागेका) र सम्यकसम्बुद्ध (पूर्ण रूपमा बुद्धत्व प्राप्त गरिसकेका)का जननी (आमा)लाई नमस्कार छ ।

आलोक:

मायारूपसमानभावविदुषां मुक्तिं परां योगिनां

                      संसारोदरवर्तितदोषनिचये संमूर्छितान् देहिन:

मैत्रेयेण दयावता भगवता नेतुं स्वयं सर्वथा

                      प्रज्ञापारमितानये स्फुटतरा टीका कृता कारिका ।।१।।

(यो संसार) मायारूपसमान स्वभावको हो भनि बुझेका विद्वान योगीजनहरूका निम्ति परामुक्ति दिन, संसारभित्र रहेको दोषको थुप्रोमा भूलि मूर्छितभई बसेका देह(धारि)लाई मैत्रेय(नाथ) स्वयमले दयाराखि सर्वथा भगवतमार्गमा लाग्ने हुन प्रज्ञापारमिताको कुरा स्पष्टहुनेगरी (अभिसमयालंकार नामको)कारिका टीका बनाउनु भयो । 

एवं मया श्रुतम् ।

एकस्मिन् समये भगवान् राजगृहे विहरति स्म गृध्रकूटे पर्बते महता भिक्षुसंघेन सार्धमर्धत्रयोदशभिर्भिक्षुशतै:, सर्वैरर्हद्भि: क्षीणास्रवैर्नि:क्लेशैर्वशीभूतै: सुविमुक्तचित्तै: सुविमुक्तप्रज्ञैराजानेयैर्महानागै: कृतकृत्यै कृतकरणीयै-रपहृतभारैरनुप्राप्तस्वकार्थै: परिक्षीणभवसंयोजनै सम्यगाज्ञासुविमुक्तिचित्तै: सर्वचेतोवशिपरमपारमिप्राप्तैरेकं पुद्गलं स्थापयित्वा यदुत आयुष्मन्तमानन्दम् ।।

मैले यस्तो सुनेको छु ।

एक समयमा भगवान राजगृह(नगर)मा विहार गर्नुभएको थियो, जहाँ गृध्रकूट पर्वतमा ठूलोसंख्यामा भिक्षुसंघवाट (भगवान) घेरिएर (बस्नुभएको थियो, जहाँ), ती साढे तेह्रसये संख्यामा रहेका सवैनै अर्हत् भैसकेका, आस्रवक्षीण गरिसकेका, नि:क्लेश भैसकेका, (चित्तलाई) वशमा राखेका, गर्नुपर्ने कर्म गरिसकेका, (जिम्मेवारीको)भारी बिसाईसकेका, राम्ररी चित्तविमुक्त गरिसकेका, सर्वचेतनालाई वशमा राखेका, पारमिता(हरू) पूर्णरूपमा प्राप्त गरेका (थिए । तापनि त्यसमध्ये); अर्हत् हुनबाकी आनन्द एकजना मात्र थिए ।

४१         तत्र खलु भगवानायुष्मन्तं सुभूतिं स्थवीरमामन्त्रयते स्मप्रतिभातु ते सुभूते बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामारभ्य यथा बोधिसत्त्वा महासत्त्वा: प्रज्ञापारमितां निर्यायुरिति ।।

त्यहाँ (धर्मसभामा) भगवानले आयुष्मान सुभूति स्थवीरलाई वोलाई भन्नुभयो, “हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरभ्य (भावना) गरी जसरी बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिलाई स्फुरण होस्” ।

५३         अथ खल्वायुष्मत् शारिपुत्रस्यैतदभवत्किमयमायुष्मान् सुभूति: स्थविर आत्मीयेन स्वकेन प्रज्ञाप्रतिभानबलाधानेन स्वकेन प्रज्ञाप्रतिभानबलाधिष्ठानेन बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामुपदेक्षति उताहो बुद्धानुभावेति ?

(यसरी भगवानले सुभूतिलाई आज्ञा भएपछि) त्यहा आयुष्मान शारिपुत्रको मनमा यस्तो संशय (शंका, विचार उत्पन्न) भयो, “के आयुष्मान सुभूति स्थवीर आफैले आर्जनगरेको प्रज्ञाप्रतिभानबलका आधारमा बोधिसत्व महासत्व(हरू)लाई प्रज्ञापारमिताको यो उपदेश दिनुहुने हो वा बुद्धानुभाव(बुद्धको कृपा)ले हो ?”

५४         अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन आयुष्मत: शारिपुत्रस्य इवमेवंरूपं चेतसैव चेत्:- परिवितर्कमाज्ञाय आयुष्मन्तं शारिपुत्रमेतदवोचत्यत्किंचिदायुष्मन् शारिपुत्र भगवत: श्रावका भाषन्ते देशयन्ति उपदिशन्ति उदीरयन्ति प्रकाशयन्ति, संप्रकाशयन्ति, स सर्वस्तथागतस्य पुरुषकारो वेदितव्य ।

यसरी आयुष्मान शारिपुत्रको मनमा यस्तो (संशय उठेको मनको) अवस्थालाई आयुष्मान सुभूतिले बुद्धानुभाववाट मनैले थाहापाई त्यसरी तर्कना गरिरहेको आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “हे आयुष्मान शारिपुत्र, भगवानको श्रावकले जे जति भाषण गर्दछ, देशना गर्दछ, उपदेश दिन्छ, उदीरणा गर्दछ (वताउँछ), प्रकाश पार्छ, संप्रकाश गर्दछ, ति सवै तथागतको पुरुषाकार (पुरुषार्थ)वाटै भएको हो भनि बुझनुहोस् ।,

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो त ?,

यो हि तथागतेन धर्मो देशित:, तत्र धर्मदेशनायां शिक्षमाणास्ते तां धर्मतां साक्षात्कुर्वन्ति धारयन्ति, तां धर्मतां साक्षात्कृत्य धारयित्वा यद्यदेव भाषन्ते, यद्यदेव देशयन्ति, यद्यदेव उपदिशन्ति, यद्यदेवोदीरयन्ति, यद्यदेव प्रकाशयन्ति, यद्यदेव संप्रकाशयन्ति, सर्व तद्धर्मतया अविरुद्धम् ।

तथागतवाट धर्मका जेजति देशना भएका छन् ती धर्मदेशनालाई भगवानका श्रावकले सिकेर त्यस धर्मता(धर्मस्वभाव)लाई साक्षात्कार गर्दछन्, धारण गर्दछन्; र त्यस धर्मतालाई साक्षात्कारगरी, धारणगरी भगवानका ती श्रावकले जेजस्तो भाषण गर्दछन्, जेजस्तो देशना गर्दछन्, जे जस्तो उपदेश दिंदछन्, जेजस्तो उदीरणा गर्दछन्, जेजस्तो प्रकाश पार्दछन्, जेजस्तो संप्रकाश पार्दछन् ति सवै धर्मताको (अर्थात् तथागतवाट भएका धर्मका देशनासंग) अविरुद्ध (नबाझिएको) हुन्छ ।,

तथागतधर्मदेशनाया एव आयुष्मन् शारिपुत्र एष निष्यन्द:, यत्ते कुलपुत्रा उपदिशन्तस्तां धर्मतां धर्मतया न विरोधयन्ति ।

त्यो (त्यसरी भगवानको श्रावकले गरेको देशना) पनि तथागतले नै गर्नुभएको धर्मदेशनाको, हे शारिपुत्र, नै निष्यन्द(सार) हुन्छ; (किनकि) कुलपुत्रहरुले यस्तो जेजस्तो उपदेश दिन्छन् त्यसमा धर्मताले धर्मताको विरोध गरेको हुँदैन ।“

५८         अथ खल्वायुष्मान सुभूतिर्बुद्धानुभावेन भगवन्तमेवमवोचत्यद्भगवानेवमाहप्रतिभातु ते सुभूते बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामारव्य यथा बोधिसत्त्वा महासत्त्वा: प्रज्ञापामितां निर्यायुरिति ।

            तत्पश्चात् आयुष्मान सुभूतिले बुद्धानुभावले भगवानसंग यसो भन्नुभयो, “हे भगवान, हजूरले मलाई, ‘हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरम्य(भावना)गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई दृढरुपमा ग्रहणगर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिमा स्फुरण होस्’, भनि आज्ञा गर्नुभयो ।,

            बोधिसत्त्वो महासत्त्व इति यदिदं भगवन्नुच्यते, कथमस्यैतद्भगवन् धर्मस्याधिवचनं यदुत बोधिसत्त्व इति ?

(तर), ‘बोधिसत्त्व-महासत्त्व’ भनेर जुन भगवानले भन्नुहुन्छ, त्यो बोधिसत्त्व भनिएको कुन धर्म (वस्तु) कसलाई भनिएको अधिवचन हो ?,

नाहं भगवंस्तं धर्मं समनुपश्यामि यदुत बोधिसत्त्व इति ।

मैले त भगवानले बोधिसत्त्व भनि आज्ञा गर्नुभएको जस्तो कुनै त्यस्तो धर्म(वस्तु) देखेको छैन ।,

तमप्यहं भगवन् धर्मं न समनुपश्यामि यदुत प्रज्ञापारमिता नाम ।

साथै, हे भगवान, हजूरले आज्ञा गर्नुभएको प्रज्ञापारमिता नामको धर्म(वस्तु) समेत मैले देखेको छैन ।,

सोऽहं भगवान् बोधिसत्त्वं वा बोधिसत्त्वधर्मं वा अविन्दन् अनुपलभमानोऽसमनुपश्यन्, प्रज्ञापारमितामप्यविन्दन् अनुपलभमानोऽसमनुपश्यन् कतमं बोधिसत्त्वं कतमस्यां  प्रज्ञापारमितायामववदिष्यामि अनुशासिष्यामि  ?

त्यसैले, मैले हे भगवान, बोधिसत्त्व भनिएको होस वा बोधिसत्त्वधर्म भनिएको होस् त्यसवारे थाहा नभईकन, अनुभव(प्राप्त) नगरीकन, राम्ररी नदेखिकन; प्रज्ञापारमिता (भन्ने नै)पनि नबुझी, (त्यसरी) थाहै नपाई, अनुभवै नगरी, राम्ररी देख्दैनदेखि मैले कस्तो बोधिसत्त्वलाई कस्तो प्रज्ञापारमिता भनूँ, सिकाउँ ?,

अपि तु खलु पुनर्भगवन् सचेदेवं भाष्यमाणे देश्यमाने उपदिश्यमाने बोधिसत्त्वस्य चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, एष एव बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायामनुशासनीय:

त्यसपछि पनि फेरि, हे भगवान, यस्तो विषयमा भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा, जुन बोधिसत्त्वको चित्त अवलीयत (संकुचित) हुदैन, संलीयत(अल्सी) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी(मन फर्किने) हुन्छ, न भग्नपृष्ठी(पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वलाई(मात्र) प्रज्ञापारमिताको अनुशासनीगर्न योग्य हुन्छ ।,

एषैवास्य बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या ।

यही कुरा नै ‘प्रज्ञापारमिता’ हो भनि (त्यस्ता) बोधिसत्त्व-महासत्त्वलाई जानीबुझीलिन पर्दछ ।,

एषोऽववाद: प्रज्ञापारमितायाम् ।

यस्तो (भनिएको कुरा नै) प्रज्ञापारमिताको अववाद (शिक्षा) हो ।,

सचेदेवं तिष्ठति, एषैवास्याववादानुशासनी ।।

यस(भनिएको कुरा) बमोजिम जो (बोधिसत्त्व पालना गरी, चर्यागरी) बस्दछ  त्यो यसको अववाद(शिक्षा)को अनुशासनीमा रहेको हुन्छ ।,

६९         पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापामितायां चरता प्रज्ञापारमितायां भावतया एवं शिक्षितव्यं यथा असौ शिक्ष्यमाणस्तेनापि बोधिचित्तेन न मन्येत ।

त्यसपछि, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापारमिताको भावगरी, प्रज्ञापारमिताको चर्यागरी, शिक्षितभई यस्तोप्रकारले शिक्षमाण (जान्नुवुझ्नु) गरेतापनि (उसको) बोधिचित्तले त्यसमा पनि मनना गरेका (आशक्य भएका) हुदैनन् ।

तत्कस्य हेतो: ?

तसको हेतुकारण के हो त ?

तथा हितच्चित्तमचित्तम् ।

किनकि उसको चित्त नै अचित्त भएको हुन्छ ।

प्रकृतिश्चित्तस्य प्रभास्वरा ।।

चित्तको प्रकृति(स्वरूप) प्रभास्वर(प्रकाश) हुन्छ ।“

७२         अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्कि पुनरायुष्मन् सुभूते अस्ति तच्चित्तं यच्चित्तमचित्तम्

त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसोधे, “जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो चित्त (अस्तित्वमा) रहेको हुन्छ र ?”

एवमुक्ते आयुष्मान् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्किं पुनरायुष्मन् शारिपुत्र या अचित्तता, तत्र अचित्तातयामस्तिता वा नास्तिता वा विद्यते वा उपलभ्यते वा ?

यसप्रकार भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई प्रतिप्रश्न भने, “हे आयुष्मान शारिपुत्र, चित्तमा अचित्तता भैसकेपछि त्यस अचित्ततामा ‘छ’ वा ‘छैन’ वा ‘हुन्छ’ (विद्यते) वा ‘उपलभ्यते’(प्राप्तहुन्छ) (भन्ने भाव रहेको) हुन्छ र ?”

शारिपुत्र आहन ह्येतदायुष्मान् सुभूते ।

शारिपुत्रले भने, “हुँदैन, हे आयुष्मान सुभूति” ।

सुभूतिराहसचेदायुष्मान् शारिपुत्र तत्र अचित्ततायामस्मिता वा नास्तिता वा न विद्यते वा नोपलभ्यते वा, अपि नु ते युक्त एष पर्यनुयोगो भवति यदायुष्मान् शारिपुत्र एवमाहअस्ति तच्चित्तं यच्चितमचित्तमिति ?

सुभूतिले भने, “त्यसैगरी नै, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा ‘छ(अस्तिता)’ वा ‘छैन(नास्तिता)’ भन्ने नै नभएमा वा अनुभव नभएमा(न उपलभ्यते) तपाइको प्रतिप्रश्न (जवाफ,पर्यनुयोग), ‘जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो रहन्छ?’, ठीकै ठहर्छ ।”

एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्का पुनरेषा आयुष्मन् सुभूते अचित्तता ?

यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई सोधे, “त्यसोभए अचित्तता भनेको के हो त ?”

सुभूतिराहअविकारा आयुष्मन् शारिपुत्र अविकल्पा अचित्तता ।

सुभूतिले जवाफ दिए, “अचित्तता भनेको विकाररहित अविकल्प चित्त हो ।”

७४         अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मते सुभूतये साधुकारमदात्साधु साध्वायुष्मन् सुभूते ।

त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई साधुकार दिए, “साधु साधु, हे आयुष्मान सुभूति ।,

यथापि नाम त्वं भगवता अरणाविहारिणामग्रतायां निर्दिष्टो निर्दिशसि ।

“यसरी (योग्य भएको) कारणलेनै तपाईलाई भगवानले ‘अरणाविहारिमध्ये अग्र’ भनि नाम(महत्व, इज्जत) दिनुभएको होला ।”,

अतश्च बोधिसत्त्वो महासत्त्वोऽविनिवर्तनीयोऽनुत्तराया: सम्यक्संबोधेरूपपरीक्षितव्य:, अविरहितश्च बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्य:

त्यसो भएकोले अविनिवर्तनीय(फेरि फर्किन, जन्म लिन नपर्ने), अनुत्तर(सवैभन्दा माथिल्लो स्तरको) बोधिसत्व-महासत्वहरु, सम्यकसंबोधिहरु (अवश्य छन् भनि विचार राखि); (त्यस्तालाई खोजी भेट्टाई) रूप(स्वरूप, वास्तविक हो होईन भनि) परीक्षणगरी, (त्यस्ता) बोधिसत्व-महासत्वका नगीचमारहि प्रज्ञापारमिता जानिलिनु पर्दछ ।,

श्रावकभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।

श्रावकभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।,

इहैव प्रज्ञापारमितायां शिक्षितव्यं योगमापत्तव्यम् ।

यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,

प्रत्येकभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।,

प्रत्येकबुद्धभूमिमा (रहेका मनुष्यले पनि प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।

इहैव प्रज्ञापारमितायां शिक्षितव्यं योगमापत्तव्यम् ।

यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,

बोधिसत्त्वभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।

बोधिसत्त्वभूमिमा रहेका जो कोहिले (प्रज्ञापारमितामा)शिक्षितहुन चाहना भएमा यहिं(महायान मैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।

इहैव प्रज्ञापारमितायामुपायकौशल्यसमन्वागतेन सर्वबोधिसत्त्वधर्मसमुदागमाय योग: करणीय:

यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,

तत्कस्य हेतो: ?

यसको हेतुकारण के हो त ?

इहैव हि प्रज्ञापारमितायां विस्तरेण सर्वबोधिसत्त्वधर्मा उपदिष्टा:, यत्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं योगमापत्तव्यम् ।

यहिं (यसै लोकमा, यसै महायानमा)नै रही प्रज्ञापारमितामा विस्तारमा देखाईएका सवै बोधिसत्वधर्महरु देखोस् (बुझोस्); यसैवाट बोधिसत्व-महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको) होओस् (हुनुपर्दछ)

अनुत्तरायामपि सक्यक्संबोधौ शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।

अनुत्तर(यस भन्दा माथि केहि नभएको) सम्यकसम्बोधिमा शिक्षितहुन इच्छा भएकाले पनि यहीं नै प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन (व्याख्या)गर्ने गर्नपर्दछ ।

इहैव प्रज्ञापारमितायामुपायकौशल्यसमन्वागतेन सर्वबोधिसत्त्वधर्मसमुदागमाय योग: करणीय:

यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,

तत्कस्य हेतो: ?

यसको हेतुकारण के हो त ?

इहैव हि प्रज्ञापारमितायां विस्तरेण सर्वबोधिसत्त्वधर्मा उपदिष्टा:, यत्र  बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं योगमापत्तव्यम् ।

यहिंनै प्रज्ञापारमितामानै विस्तृतरुपमा सवैबोधिसत्वधर्महरु देखोस्; यसैवाट बोधिसत्व महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको होओस्) हुनुपर्दछ ।”

७८         अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्योऽहं भगवन् एतदेव बोधिसत्त्वानामधेयं न वेद्मी नोपलभे न समनुपश्यामि, प्रज्ञापारमितामपि न वेद्मी नोपलभे न समनुपश्यामि ।

त्यसपछि आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “हे भगवान, जसलाई ‘बोधिसत्व’ भनि नाम दिइएको छ (त्यस्तो कुनै कुरा) थाहै नपाइकन, अनुभवनै नगरी, राम्ररी देखदै नदेखि; प्रज्ञापारमिता समेत थाहापाइदैन, अनुभव हुदैन, राम्ररी देखन पनि सकिदैन ।,

सोऽहं भगवन् एतदेव बोधिसत्त्वनामधेयमविन्दन् अनुपलभमानोऽसमनुपश्यन् कतमं बोधिसत्त्वं कतमस्यां प्रज्ञापारमितायामववदिष्यामि अनुशासिष्यामि ?

मैले, हे भगवान, यसरी बोधिसत्व नामधारीलाई नचिनिकन(अविन्दन्), अनुभव नगरी, राम्ररी नदेखि, को बोधिसत्वलाई के प्रज्ञापारमिता सिकाऊँ, के वताऊँ ?,

एतदेव भगवन् कौकृत्यं स्यात्, योऽहं वस्त्वविन्दन् अनुपलभमानोऽसमनुपश्यन् नामधेयमात्रेण आयव्ययं कुर्यां यदुत बोधिसत्त्व इति ।

यसैले, हे भगवान, मैले नजानिकन, अनुभव नगरिकन, राम्ररी नदेखिकन (त्यस्तो) नामधारी बोधिसत्वलाई आयव्यय (‘छ’ वा ‘छैन’) भन्दा कौकृत्य (पछि पश्चाताप हुने कार्य) हुनसक्छ ।,

अपि तु खलु पुर्भगवंस्तदपि नामधेयं न स्थितं नास्थितं न विष्ठितं नाविष्ठितम् ।

फेरि, हे भगवान, त्यो नामधारी समेत पनि न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ ।,

तत्कस्य हेतो ​: ?

त्यसको हेतुकारण के हो त ?,

अविद्यमानत्वेन तस्य नामधेयस्य ।

त्यस नामधेय(नामधारी व्यक्ति वा वस्तु) नै अविद्यमान भएकोले ।,

एवं तन्नामधेयं न स्थितं नास्थितं न विष्ठितं नाविष्ठितम् ।

यसप्रकार त्यो नामधेय न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ ।,

सचेद्बोधिसत्त्वस्य महासत्त्वस्य एवं गम्भीरायां प्रज्ञापारमितायां भाष्यमाणायां देश्यमानायामुपदिश्यमानायां चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते ।

यस्ता बोधिसत्व-महासत्य जसलाई यसप्रकारको गम्भीर प्रज्ञापारमिताको वारेमा भाष्यमाणगर्दा, देशनागर्दा, उपदेशगर्दा जसको चित्त सानो हुदैन (न अवलियते), मोहित हुदैन (न संलीयते, अल्सि हुदैन), विषाद गर्दैन (न विषीदति), न पश्चाताप हुन्छ (न विषादम आपद्यते), न उसको मन विपृष्ठी (किन गरिरहेको हुँला भनि मन खिन्न हुने) हुन्छ, न भग्नपृष्ठि (पछि किन गरेको थिएँ हुँला भनि मन खिन्न हुने) हुन्छ, न तर्सन्छ (न उत्र्त्रस्यति), न संत्रसित हुन्छ, न संत्रास पर्दछ (न संत्रासम् आपद्यते) ।,

८१         अधिमुच्यतेऽध्याशयेन अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्य:, स्थितोऽविनिवर्तनीयायां बोधिसत्वभूमौ, सुस्थितोऽस्थानयोगेन ।

(त्यस्ताले) अधिमुक्तिको अध्याशयगरी बोधिसत्व-महासत्वको नगीचमारहि प्रज्ञापारमिता बुझोस् (सुनोस्);  अस्थान(अनाशक्त)योगले राम्रोसंग स्थित होओस्, अविनिवर्तनीय (भवसंसारमा पुन: फर्किन नपर्ने) बोधिसत्वभूमिमा स्थित होओस् ।,

पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरता प्रज्ञापारमितां भावयता न रूपे स्थातव्यं न वेदनायां न संज्ञायां न संस्कारेषु, न विज्ञाने स्थातव्यम् ।

तत्पश्चात्, हे भगवान, बोधिसत्त्व महासत्त्वले प्रज्ञापारमितामा चर्यागर्दा प्रज्ञापारमितालाई भावनागर्दा (प्रज्ञापारमिता भन्ने वस्तु) न रुप(स्कन्ध)मा छ, न वेदना(स्कन्ध)मा छ, न संज्ञा(स्कन्ध)मा छ, न संस्कार(स्कन्ध)मा छ, न विज्ञान(स्कन्ध)मा नै रहेकोछ (न स्थातव्य्) भन्ने भावना गरोस् ।,

तत्कस्य हेतो: ?

त्यसको हेतु के होला ?,

सचेद्रुपे तिष्ठति, रूपाभिसंस्कारे चरति, न चरति प्रज्ञापारमितायाम् ।

जसले रुपमा(भावगरी) बसेको हुन्छ रुपाभिसंस्कार(रूपवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ।,

सचेद्वेदनायां संज्ञायां संस्कारेषु ।

यस्तै प्रकारले जसले वेदनामा वा, संज्ञामा वा संस्कारमा पनि (भाव गरेको हुन्छ), अभिसंस्कार(तिनिहरूवाट निर्मित वस्तुहरूमा)मा (चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ) ।

सचेद्विज्ञाने तिष्ठति, विज्ञानाभिसंस्कारे चरति, न चरति प्रज्ञापारमितायाम् ।

यसरी नै जसले विज्ञानको भाव गरेको रहन्छ, विज्ञानाभिसंस्कार (विज्ञानवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ।,

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो ?

न हि अभिसंस्कारे चरन् प्रज्ञापारमितां परिगृण्हाति, नापि प्रज्ञापारमितायां योगमापद्यते, नापि प्रज्ञापारमितां परिपूरयते ।

अभिसंस्कारित वस्तुको भावनागरी चर्यागर्दा न प्रज्ञापारमितानै प्राप्तहुन्छ, न (त्यस्तो)प्रज्ञापारमिताको (चर्यावाट) योगप्राप्ति हुन्छ, न त प्रज्ञापारमिता नै पूर्ण हुन्छ ।,

अपरिपूरयमाण: प्रज्ञापारमितां न निर्यास्यति सर्वज्ञतायामपरिगृहीतं परिगृण्हन् ।

अपरिपूर्ण भएको प्रज्ञापारमितावाट निर्यास्य(निर्वाणमार्गमा प्रवेश) भईदैन; सर्वज्ञतापनि आफैले आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगरेको नभै परिगृण्हन् (अनाशक्तरुमा स्वत: प्राप्त भएको) हुनुपर्दछ ।,

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो ?,

रूप हि अपरिगृहीतं प्रज्ञापारमितायाम्

रूप त अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,

एवं वेदना संज्ञा संस्कारा:

यस्तै किसिमले वेदना, संज्ञा र संस्कारहरूलाई पनि (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,

विज्ञानं हि अपरिगृहीतं प्रज्ञापारमितायाम् ।

विज्ञानलाई पनि अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,

यश्च रूपस्यापरिग्रह:, न तद्रूपम् ।

जस्को रूपलाई परिग्रह(ग्रहण गर्न सकिने) हुदैन, त्यो रूप रहदैन ??????? ।,

एवं यो वेदनाया:, संज्ञाया: संस्काराणाम् ।

यस्तै किसिमले वेदनालाई, संज्ञालाई र संस्कारलाई पनि (भाव गर्नु पर्दछ) ।,

यो विज्ञानस्यापरिग्रह:, न तद्विज्ञानम् ।

जुन विज्ञान अपरिग्रहित हुन्छ त्यो विज्ञान रहँदैन ।,   

सापि प्रज्ञापारमिता अपरिगृहिता ।

त्यसरी नै जुन प्रज्ञापारमिता अपरिगृहिता हुन्छ त्यो प्रज्ञापारमिता रहँदैन ।,

एवं ह्यत्र बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरितव्यम् ।

यसरी नै यहाँ बोधिसत्त्व महासत्त्वहरू प्रज्ञापारमितामा चर्या गरोस् ।,

अयं च बोधिसत्त्वस्य महासत्त्वस्य सर्वधर्मापरिग्रहीतो नाम समाधिर्विपुल: पुरस्कृत: अप्रमाणनियतोऽसाधारण:

यसरी (चर्यागरी) बोधिसत्त्व महासत्त्वहरुले सर्वधर्मापरिगृहितो नाम गरेको अप्रमाणनियतो (यतीउती भन्न नसकिने, सीमा नभएको), असाधारण किसिमको विपुल समाधि लाभ गर्दछ (पुरस्कृत हुन्छ)

सर्वश्रावकप्रत्येकबुद्धै: सापि सर्वज्ञता अपरिगृहीता, न ही निमित्ततो ग्रहीतव्या ।

यस्तो प्रकारको सर्वज्ञता श्रावक, प्रत्येकबुद्ध(कसै)ले पनि ग्रहण गरेका हुदैनन्, न त यस(सर्वज्ञता)को निमित्तनै ग्रहणगर्न योग्य हुन्छ ।

८९         सचेन्निमित्ततो गृहीतव्या अभविष्यत्, न चेह श्रेणिक: परिब्राजक: श्रद्धामलप्स्यत ।

त्यो पनि यदि निमित्त ग्रहणगर्न सकिने भए, यसमा पनि श्रेणिक परिब्राजकले श्रद्धा गर्दैन थिए (अलप्स्यत) ।,

तत्र हि श्रेणिक: परिब्राजक: सर्वज्ञज्ञाने अधिमुच्य श्रद्धानुसारी प्रदेशिकेन ज्ञानेनावतीर्ण:

त्यसमा श्रेणिक, परिब्राजकले सर्वज्ञज्ञान (महायान)मा स्थीरभई श्रद्धापूर्वक कुनै प्रदेशिक (एक विषयको) ज्ञानमा लागेका छन् ।,

सोऽवतीर्य न रूपं परिगृण्हीते ।

त्यसमा लागेपछि परिवर्तनीय रुपलाई ग्रहण गर्दैन ।,

एवं न वेदनां न संज्ञां न संस्कारान् ।

यसै प्रकारले न वेदना, न संज्ञा न संस्कारलाई (पनि ग्रहण गर्दैन) ।,

न विज्ञानं परिगृण्हीते ।

न विज्ञानलाई नै ग्रहण गर्दछ ।,

नापि तत्र प्रीतिसुखेन तज्ज्ञानं समनुपश्यति ।

न त त्यहाँ प्रीतिसुखले त्यस ज्ञानलाइ राम्रोरी हेर्दछ ।

नाध्यात्मं रूपस्य तज्ज्ञानं समनुपश्यति ।

न अध्यात्मरूपको त्यस ज्ञानलाई राम्रोरी हेर्दछ ।

न बहिर्धा रूपस्य तज्ज्ञानं समनुपश्यति ।

न रूपको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

नाध्यात्मबहिर्धा रूपस्य तज्ज्ञानं समनुपश्यति ।

न रूपको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

नाप्यन्यत्र रूपात्तज्ज्ञानं समनुपश्यति ।

न अन्यत्र कुनैरूपलाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

एवं नाध्यात्मं वेदनाया: संज्ञाया: संस्काराणाम् ।

न विज्ञानको, (न) संज्ञाको, (न) संस्कारको अध्यात्महरुलाई (त्यस ज्ञानलाई राम्रोरी हेर्दछ)

नाध्यात्मं विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।

न विज्ञानको अध्यात्मलाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

न वहिर्धा विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।

न विज्ञानको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

नाध्यात्मबहिर्धा विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।

न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

नाप्यन्यत्र विज्ञानात्तज्ज्ञानं समनुपश्यति ।

न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

अत्र पदपर्याये श्रेणिक: परिब्राजकोऽधिमुक्त:

यहाँ पदपर्याय(धर्मसूत्र र व्याख्या)ले श्रेणिक परिब्राजक र अधिमुक्त हुन्छ ।

सोऽत्र सर्वत्र श्रद्धानुसारी सर्वज्ञज्ञाने धर्मतां प्रमाणीकृत्य एवमधिमुक्त एति ।

उ सवैतिर श्रद्धानुसारीभई सर्वज्ञज्ञानमा धर्मता(शून्यता)लाई प्रमाणीकृत(प्राप्त)गरी यसवाट अधिमुक्त हुन्छ ।

तेन न कश्चिद्धर्म: परिगृहीत:

त्यसवाट उ कुनै धर्म(वस्तु)वाट परिगृहित भएको (लिइएको) हुदैन ।

नापि स कश्चिद्धर्मो य उपलव्ध:, यं गृण्हीयान्मुञ्चेद्वा ।

न त कुनै पनि धर्म, जुन उपलव्ध हुन्छ, सो ग्रहण गरिएको वा त्याग गरिएको हुन्छ ।

स निर्वाणमपि न मन्यते ।

त्यसले निर्वाणको पनि ईच्छा राख्दैन ।

इयमपि भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या यद्रूपं नपरिगृण्हीते ।

यही नै, हे भगवान, वोधिसत्व-महासत्वको लागि प्रज्ञापारमिता हो भनि बुझोस्; र त्यसलाई रुपको (निमित्तको रूपमा) परिगृहण नगरोस् ।

एवं यद्वेदनां संज्ञां संस्कारान् ।

यसरी नै वेदना, संज्ञा र संस्कारलाई पनि (वेदना वा संज्ञा वा संस्कारको निमित्तको रूपमा परिगृहण नगरोस्)

यद्विज्ञानं न परिगृण्हीते ।

यसरी नै विज्ञानलाई पनि (विज्ञानको निमित्तको रूपमा) परिगृहण नगरोस् ।

न चान्तरा परिनिर्वाति, अपरिपूर्णैदशभिस्तथागतबलैश्चतुर्भिस्तथागतवैशारद्यैरष्टादशभिश्च आवेणिकैर्बुद्धधर्मै:

न त उसको दशतथागतबल, चतु:तथागतवैशारद्य र अष्टादश आवेणिक बुद्धधर्महरू अपरिपूर्ण नै रहेको अवस्थामा (विचैमा) निर्वाण हुन्छ ।

तस्मादियमपि भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या ।

त्यसैले, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिता यो (निमित्त ग्रहण नगर्नु) नै हो भनि बुझनु पर्दछ ।

पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरता प्रज्ञापारमितां भावतया एवम् उपपरीक्षितव्यमेवमुपनिध्यातव्यम्

फेरि, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दा प्रज्ञापारमिताको भाव गर्दा यसप्रकार स्व:परीक्षण गर्दै उपनिध्यान गरोस्,

कतमैषा प्रज्ञापारमिता ? ९२

“यो प्रज्ञापारमिता कस्तो रहेछ ?

कस्य चैषा प्रज्ञापारमिता ?

कसको लागि रहेछ यो प्रज्ञापारमिता ?

किं यो धर्मो न विद्यते नोपलभ्यते, सा प्रज्ञापारमितेति ?

किन जुन धर्म नै छैन, उपलभ्य पनि छैन, त्यो प्रज्ञापारमिता (किन) भनिएको हो ?

सचेदेवमुपपरीक्षमाण: एवमुपनिध्यायन् नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्या: ।।

त्यसलाई यसप्रकार उपपरीक्षण गरी तथा उपनिध्यान (विपश्यना) गर्दा (जसको चित्त) संकुचित हुदैन, संलीयत (अल्सी?) हुदैन, विषाद (कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न तर्सिएको हुन्छ, न संत्रासमा पर्दछ, (त्यस्ता) बोधिसत्व महासत्व प्रज्ञापारमितावाट अलग भएको हुदैन भनि बुझोस् ।

अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्किं कारणमायुष्मान् सुभूते अविरहेतो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितया वेदितव्य: ?९५

तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “के कारणले, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्व प्रज्ञापारमितावाट टाढा हुनुपर्दैन भनि कसरी थाहा पाउने ?

यदा रूपमेव विरहितं रूपस्वभावेन, एवं यदा वेदनैव संज्ञैव संस्कारा एव, यदा विज्ञानमेव विरहितं विज्ञानस्वभावेन, यदा प्रज्ञापारमितैव विरहिता प्रज्ञापारमितास्वभावेन, यदा सर्वज्ञतैव विरहिता सर्वज्ञतास्वभावेन ।।

जसरी रुप नै रुपस्वभाववाट रहित हुन्छ, यसरीनै संज्ञापनि (संज्ञास्वभाववाट रहित हुन्छ), संस्कारपनि (संस्कार स्वभाववाट) रहित हुन्छ, यसरीनै विज्ञानपनि (विज्ञान स्वभावले रहित हुन्छ), त्यसरी नै प्रज्ञापारमितापनि (प्रज्ञापारमिता) स्वभावले रहित हुन्छ, यसरीनै सर्वज्ञतापनि सर्वज्ञतास्वभावले रहित हुन्छ ।

एवमुक्ते आयुष्मन् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्एवमेतदायुष्मानशारिपुत्र, एवमेतत् ।

यसप्रकार भनिएपछि, आयुष्मान सुभूतिलाई आयुष्मान शारिपुत्रले यसो भन्नु भयो, “यस्तै हो, हे आयुष्मान शारिपुत्र, यस्तै हो ।

रूपमेवायुष्मन् शारिपुत्र विरहितं रूपस्वभावेन ।

रूप पनि यसरी नै, हे आयुष्मान शारिपुत्र, रुपस्वभाव विहिन हुन्छ ।

एवं वेदनैव संज्ञैव संस्कारा एव ।

यसरी नै वेदनापनि (वेदनास्वभाव विहिन हुन्छ), संज्ञापनि (संज्ञास्वभाव विहिन हुन्छ), संस्कार पनि  (संस्कारस्वभाव विहिन हुन्छ)

विज्ञानमेवायुष्मन् शारिपुत्र विरहितं विज्ञानस्वभावेन ।

विज्ञानपनि, हे शारिपुत्र, यसरी नै विज्ञानस्वभाव विहिन हुन्छ ।

प्रज्ञापारमितैव आयुष्मन् शारिपुत्र विरहिता प्रज्ञापारमितास्वभावेन ।

प्रज्ञापारमितापनि यसरी नै, हे शारिपुत्र, प्रज्ञापारमितास्वभाव विहिन हुन्छ ।

सर्वज्ञतैव आयुष्मन् शारिपुत्र विरहिता सर्वज्ञतास्वभावेन ।

सर्वज्ञतापनि यसरी नै, हे आयुष्मान शारिपुत्र, सर्वज्ञतास्वभाव विहिन हुन्छ ।

प्रज्ञापारमितालक्षणेनापि प्रज्ञापारमिता विरहता ।

प्रज्ञापारमितालक्षणपनि यसरी नै प्रज्ञापारमितावाट रहित हुन्छ ।

लक्षणस्वभावेनापि लक्षणं विरहितम् ।

स्वभावलक्षणपनि यसरी नै लक्षण (स्वभावले) रहित हुन्छ ।

लक्ष्यस्वभावेनापि लक्ष्यं विरहितं ।

लक्ष्यस्वभावपनि यसरी नै लक्ष्य रहित हुन्छ ।

स्वभावलक्षेणनापि स्वभावो विरहित:

स्वभावलक्षणपनि यसरी नै स्वभाव रहित हुन्छ ।

एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत-किं पुनरायुष्मन् सुभूते यो बोधिसत्त्वो महासत्त्वोऽत्र शिक्षिष्यते स निर्यास्यति सर्वज्ञतायाम् ? ९८

यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “के फेरि, हे आयुष्मान सुभुति, जो बोधिसत्त्व-महासत्त्व यस(महायान)मा शिक्षित हुन्छ के तिनले सर्वज्ञता पाउँछ ?

आयुष्मान् सुभूतिराह- एवमेतदायुष्मान् शारिपुत्र, एवमेतद् ।

आयुष्मान सुभुतिले भने, “यसै हो, हे आयुष्मान शारिपुत्र, यसै हो ।

यो बोधिसत्त्वो महासत्त्वऽत्र शिक्षिष्यते, स निर्यास्यति सर्वज्ञतायाम् ।

जुन बोधिसत्त्व-महासत्त्व यसमा शिक्षित हुन्छ तिनले सर्वज्ञता पाउँछ ।

तत्कस्य हेतो: ?

त्यसको के कारण होला ?

अजाता ह्यनिर्जाता ह्यायुष्मन् शारिपुत्र सर्वधर्मा: ।

हे, शारिपुत्र, सवैवस्तुहरू अजात (अनुत्पन्न) र निर्जात (?) हुन् ।

एवं चरत आयुष्मन् शारिपुत्र बोधिसत्त्वस्य महासत्त्वस्य सर्वज्ञता आसन्नीभवति ।

यस्तो (भावमा) चर्यागर्ने बोधिसत्त्व-महासत्त्व, हे आयुष्मान शारिपुत्र, सर्वज्ञताको नजिकमा पुग्ने हुन्छ ।

यथा यथा सर्वज्ञता आसन्नीभवति, तथा तथा सत्त्वपरिपाचनाय कायचित्तपरिशुद्धर्लक्षणपरिशुद्धि: बुद्धक्षेत्रशुद्धि: ।

जति जति सर्वज्ञताको नजिक पुग्दछ, त्यति त्यति सत्त्वपरिपक्वताको लागि कायचित्त परिशुद्ध हुन्छ, लक्षण परिशुद्ध हुन्छ, बुद्धक्षेत्र शुद्ध हुन्छ ।

बुद्धैश्च समवधानं भवति ।

बुद्धहरूसंग पनि भेट हुने हुन्छ ।

एवं च पुनरायुष्मन् शारिपुत्र बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां चरन् सर्वज्ञताया आशसन्नीभवति ।

यसरी नै, हे आयुष्मान शारिपुत्र बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमिताको भावमा चर्या गर्दै सर्वज्ञताको नजिकमा पुग्दछ ।

पुनरपरमायुष्मान् सुभूतिर्बोधिसत्त्वं महासत्त्वमारभ्यैवमाह

तत्पश्चात् आयुष्मान सुभूतिले बोधिसतत्व महासत्त्वको आरभ्य (गर्नुपर्ने? कुरा) भन्नुभयो, 

सचेद्रूपे चरति, निमित्ते चरति ।९९

“त्यो जो रूपमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्रूपनिमित्ते चरति, निमित्ते चरति ।

“त्यो जो रूपनिमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्रूपं निमित्तमिति चरति, निमित्ते चरति ।

“त्यो जो रूपनिमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्रूपस्योत्पादे चरति, निमित्ते चरति ।

जो रूपको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । 

सचयेद्रूपनिरोधे चरति, निमित्ते चरति ।

जो रूपको निरोधमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्रूपस्य विनाशे चरति, निमित्ते चरति ।

रूपको विनाशमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्रूपं शून्यमिति चरति, निमित्ते चरति ।

जो रूप शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं चरामीति चरति, निमित्ते चरति ।

म चर्या गर्दछू भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं बोधिसत्त्व इति चरति, निमित्ते चरति ।

म बोधिसत्त्व हूँ भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं बोधिसत्त्व इति ह्युपलम्भ एव स चरति ।

म बोधिसत्त्व हू भनि उपलम्भगरी जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

एवं सचेद्वेदनायां संज्ञायां संस्कारेषु ।

यसैगरी वेदना, संज्ञा, संस्कारमा पनि (जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ)

सचेद्विज्ञाने चरति, निमित्ते चरति ।

यसरी नै जो विज्ञानमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्विज्ञाननिमित्ते चरति, निमित्ते चरति ।

यसरी नै जो विज्ञानकै निमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्विज्ञानं निमित्तमिति चरति, निमित्ते चरति ।

यसरी नै जो विज्ञाननै निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्विज्ञानस्योत्पादे चरति, निमित्ते चरति ।

यसरी नै जो विज्ञानको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

सचेद्विज्ञानं शून्यमिति चरति, निमित्ते चरति ।

यसरी नै जो विज्ञान शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं चरामीति चरति, निमित्ते चरति ।

(जो) म चर्या गर्दछु भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं बोधिसत्त्व इति चरति, निमित्ते चरति ।

(जो) म बोधिसत्त्व हूँ भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।

अहं बोधिसत्त्व इति ह्युपलम्भ एव स चरति ।

(जो) म बोधिसत्त्व हूँ भनि उपलम्भगरी चर्या गर्दछ, यसरी (निमित्तमा) नै चर्या गर्दछ ।

सचेत्पुनरस्यैवं भवति य एवं चरति, स प्रज्ञापारमितायां चरति, स प्रज्ञापारमितां भावयतीति, निमित्त एव स चरति ।

जसले फेरि यसरी नै (माथी वर्णन गरिएको जस्तोगरी) भावना गर्दछ – यसरी चर्या जसले चर्या गर्दछ  प्रज्ञापारमिताको चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ, उसले निमित्तकै चर्या गरेको हुन्छ ।   

अयं बोधिसत्त्व़ोऽनुपायकुशलो वेदितव्य:

यी बोधिसत्त्व अनुपायकुशल (उपाय नजानेका हुन्) भनि बुझ्नु पर्दछ ।

अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेदवोचत्कथं पुनरायुष्मन् सुभूते चरन् बोधिसत्त्वो महासत्त्वश्चरति प्रज्ञापारमितायाम् ?१००

तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी फेरि, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दछ ?”

एवमुक्ते आयुष्मान् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतवोचत्सचेदायुष्मान शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न रूपे चरति, न रूपनिमित्ते चरति, न रूपं निमित्तमिति चरति, न रूपस्योत्पादे चरति, न रूपस्य निरोधे चरति, न रूपस्य विनाशे चरति, न रूपं शून्यमिति चरति, नाहं चरामितित चरति, नाहं बोधिसत्त्व इति चरति ।

यसो भनेपछी आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “त्यसरी नै, हे शारिपुत्र, बोधिसत्व महासत्व न रुपमा चर्या गर्दछ, न रुपनिमित्तमा चर्या गर्दछ, न रुपनै निमित्त हो भनि चर्या गर्दछ, न रुपको उत्पादमा चर्या गर्दछ, न रुपको निरोधमा चर्या गर्दछ, न रुपको विनाशमा चर्या गर्दछ, न रुप शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।

एवं सचेन्न वेदनायां न संज्ञायां न संस्कारेषु ।

यसरी नै न वेदना, न संज्ञा, न संस्कारमा (भाव) गर्दछ ।

सचेन्न विज्ञाने चरति, न विज्ञाननिमित्ते चरति, न विज्ञानं निमित्तमिति चरति, न विज्ञानस्योत्पादे चरति, न विज्ञानस्य निरोधे चरति, न विज्ञानस्य विनाशे चरति, न विज्ञानं शून्यमिति चरति, नाहं चरामितित चरति, नाहं बोधिसत्त्व इति चरति ।

त्यसरी नै न विज्ञानमा चर्या गर्दछ, न विज्ञाननिमित्तमा चर्या गर्दछ, न विज्ञाननै निमित्त हो भनि चर्या गर्दछ, न विज्ञानको उत्पादमा चर्या गर्दछ, न विज्ञानको निरोधमा चर्या गर्दछ, न विज्ञानको विनाशमा चर्या गर्दछ, न विज्ञान शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।

सचेत्पुर्ननास्यैवं भवतिय एवं चरति, स प्रज्ञापारमितायां चरति, स प्रज्ञापारमितां भवयतीति ।

जसले फेरि यसरी (माथी वर्णन गरिएको जस्तोगरी) चर्या गर्दैन, त्यसले प्रज्ञापारमिताको चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ ।

एवं चरन् बोधिसत्त्वो महासत्त्वश्चरति प्रज्ञापारमितायाम् ।

यसरी बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ ।

स हि चंरश्चरामीति नोपैति, चरामीति नोपैति, चरामि च न चरामि चेति नोपैति, नैव चरामि न न चरामीति नोपैति, चरिष्यामीति नोपैति, न चरिष्यामीति नोपैति, चरिष्यामि च न चरिष्यामि चेति नोपैति, नैव चरिष्यामि न चरिष्यामीति नोपैति ।

उसले यसरी चर्या गरेको भएतापनि म चर्या गर्दैछु भन्ने भाव गर्दैन (न उपैति), चर्या गरेको छैन भन्ने भाव पनि गर्दैन, न चर्या गर्दैछु न चर्या गरेको छैन भन्ने पनि भाव गर्दैन, चर्या गरेको पनि छैन नगरेको पनि छैन भन्ने पनि भाव गर्दैन, न चर्या गर्नुछ न चर्या गर्नु छैन भन्ने भाव पनि गर्दैन ।

तत्कस्य हेतोर्नोपैति ?

यसको के हेतु कारणले भाव नगरेको हो ?

सर्वधर्मा ह्यनुपगता अनुपात्ता:

सर्वधर्मा (सम्पूर्ण वस्तु)  अनुपगत?? अनुपात्ता?? भएकोले ।

अयमुच्यते सर्वधर्मानुपादानो नाम समाधिर्बोधिसत्त्वस्य महासत्त्वस्य, विपुल: पुरस्कृतोऽप्रमाणनियतोऽसाधारण: सर्वश्रावकप्रत्येकबुद्धै:

यसो भनिन्छ, सर्वधर्मानुपादान नाम गरेको समाधि बोधिसत्व-महासत्वलाई प्राप्त हुन्छ, जुन (समाधि) विपुल छ, असाधारण छ र सवै श्रावक (तथा) प्रत्येकबुद्धलाई (प्राप्तहुने) निश्चित छ ।”

अनेनैन समाधिना विहरन् बोधिसत्त्वो महासत्त्व: क्षिप्रमनुत्तरां सम्यक्संबोधिमभिसंबुध्यते ।

त्यसै समाधिमा विहार गरी बोधिसत्त्व-महासत्त्व छिट्टै अनुत्तर सम्यक्संबोधिमा अभिसंबुद्ध हुन्छ ।

बुद्धानुभावेन आयुष्मान सुभूति: स्थविर एवमाहव्याकृतोऽयं भगवन् बोधिसत्त्वो महासत्त्व: पूर्वकैस्तथागतैरर्हद्भि: सम्यकसंबुद्धैरनुत्तरायां सम्यक्संबोधौ, योऽनेन समाधिना विहरति । १०४

बुद्धको आनुभाव(प्रेरणा)ले आयुष्मान सुभूति स्थवीरले यसो भन्नुभयो, “हे भगवान, बोधिसत्व-महासत्वलाई कुन समाधिमा चर्यागर्दा अनुत्तर सम्यकसम्बोधि लाभहोस भनि पहिलेका तथागत अर्हत् र सम्यकसम्बुद्धवाट व्याकृत गरिएको हो ?”

स तमपि समाधिं न समनुपश्यति, न च तेन समाधिना मन्यतेअहं समाहित:, अहं समाधिं समापत्स्ये, अहं समाधिं समापद्ये, अहं समाधिसमापन्न:, इति, एकं तस्य सर्वेण सर्वं सर्वथा सर्वं न संविद्यते ।

त्यसले यस समाधिलाई पनि देख्दैन, न त्यसले (त्यस)समाधिवारे मनमा राख्दछ- म समाहित भएको छु, म समापत्स्य भएको छु, म समाधिमा समापद्य भएको छु, म समाधिसम्पन्न भएको छु; यस्तै उसले एउटामात्र, ‘सर्वकिसिमले सर्वसर्वथा सम्पूर्णवस्तु छैन’ भन्ने कुराको भाव राख्दछ ।

एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्कतमेनायुष्मन् सुभूते समाधिना विहरन् बोधिसत्त्वो महासत्त्वतथागतैरर्हद्भि: सम्यक्संबुद्धैरर्व्याक्रियतेऽनुत्तरायां सम्यकसंबोधौ ? १०५

यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “कसरी, हे सुभूति, कस्तो समाधिमा बसेको बोधिसत्व महासत्वलाई तथागत् अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यक सम्बोधि पाउने छ भनि व्याकृत गरिएको छ ?

शक्य: स समाधिर्दर्शयितुम् ?

के त्यो समाधि देखाउन सक्नुहुन्छ ?”

सुभूतिराहनो हीदमायुष्मन् शारिपुत्र ।

सुभूतिले भने, “सकिंदैन हे आयुष्मान शारिपुत्र ।”

तत्कस्य हेतो: ?

त्यसको के हेतु होला ?  

तमपि हि स कुलपुत्र: समाधिं न जानाति, न संजानीते, इत्यायुष्मन् शारिपुत्र वदामि ।

त्यस कुलपुत्रले समाधिलाई न जान्न (ज्ञात गर्न, थाहा पाउन) सक्दछ, न याद राखनै (संझन) सक्दछ, हे आयुष्मान शारीपुत्र म तिमिलाई भन्दछु ।

तत्कस्य हेतोर्न जानाति न संजानीते ?

त्यसरी न जान्न सकिने न जानिएको हुन सकिने के हेतु होला त ?

अविद्यमानत्वेन तस्य समाधेस्तं समाधिं न जानाति न संजानीते ।

अविद्यामान वस्तु भएकोले त्यसकोलागि प्रयास (समाधेय) गरे पनि त्यसलाई न जान्न सकिन्छ न राम्ररी बुझन सकिन्छ (संजानीते) ।

अथ खलु भगवान् आयुष्मते सुभूतये साधुकारमदात्साधु साधु सुभूते ।

त्यसपश्चात् भगवानले आयुष्मान सुभूतिलाई साधुवाद दिनुभयो, “साधुसाधु, हे सुभूति ।,

एवमेतत्सुभूते, एवमेतत् ।

त्यो त्यसै हो, हे सुभुति, त्यो त्यसै हो ।,

यथापि नाम तथागतानुभावेन ते प्रतिभाति, तथागताधिष्ठानेनोपदिशसि ।

तथागतको आनुभावले तिमिलाई जेजति प्रकाश(प्रतिभास) भएको हो, त्यो तथागतको अधिष्ठानवाटै उपदेशित भएको जस्तै हो ।”

एवं चात्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यम् ।

यसरी नै यहाँ बोधिसत्व-महासत्वले शिक्षित होउन् ।

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो त ?

एवं हि शिक्षणमानो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ।

यसरी नै बोधिसत्व-महासत्वले शिक्षा प्राप्तगरी प्रज्ञापारमितामा शिक्षित हुन्छन् ।

अथ खल्वायुष्मान् शारिपुत्रो भगवन्तमेतदवोचत्एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ? १०९

तत्पश्चात्, आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, ” हे भगवान, यसप्रकार शिक्षा दिईएका (सिकाईएका), बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित हुन्छन् ?”

एवमुक्ते भगवानायुष्मन्तं शारिपुत्रमेतदवोचतएवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ?

यसो भनेपछी भगवानले आयुष्मान शारिपुत्रलाई यसो बन्नुभयो, “यसरी शिक्षा दिईएका (पाएका) बोधिसत्व‍-महासत्व प्रज्ञापारमितामा शिक्षित (सिकेका) हुन्छन् ।”

एवमुक्ते आयुष्मान् शारिपुत्रो भगवन्तमेतदवोचत्एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: कतमस्मिन् धर्मे शिक्षते ?

यसो भनेपछी आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “यसप्रकार शिक्षा पाएका, हे भगवान, बोधिसत्व महासत्व कस्तो धर्ममा शिक्षित भएका हुन्छन् ?”

एवमुक्ते भगवानायुष्मान्तं शारिपुत्रमेतदवोचतएवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न कस्मिंश्चिद्धर्मे शिक्षते ?

यो भनिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “यसरी शिक्षित भएका, हे शारिपुत्र, बोधिसत्व महासत्वले कुनै पनि धर्ममा शिक्षित हुदैनन् ।”

तत्कस्य हेतो: ?

के हेतुले होला त ?

नहि ते शारिपुत्र धर्मास्तथा संविद्यन्ते यथा बालपृथग्जना अश्रुतवन्तोऽभिनिविष्टा:

उसको, हे शारिपुत्र, कुनै पनि धर्म बाकि रहदैन (न संबिद्यन्ते), (जुन धर्मलाई) जसरी बालपृथक्जनले लिएका (बुझेका) हुन्छन् ।” 

आयुष्मान शारिपुत्र आहकथं तर्हि ते भगवन् संविद्यन्ते ?

आयुष्मान शारिपुत्रले भने, “कसरी त्यस्तो, हे भगवान, भएको (नभएको पनि) हुन्छ ?”

भगवानाहयथा शारिपुत्र न संविद्यन्ते, तथा संविद्यन्ते एवमविद्यमाना:

भगवानले भन्नुभयो, “जसरी, हे शारिपुत्र, (तिम्रो) अस्तित्व छैन (न संविद्यन्ते) त्यसरी नै अविद्यमान (अस्तित्व नभएको वस्तु विद्यमान भएको जस् देखिन्छ)

तेनोच्यन्ते अविद्येति ।

त्यसैलाई नै अविद्या भनिन्छ ।

तान् बालपृथग्जना अश्रुतवन्तोऽभिनिविष्टा: ।

त्यस्तोलाई राम्ररी थाहा नपाएका (अश्रुतवन्तो), बाल (अज्ञानी) र पृथक्जन (छाडा, अनुशासनमा नरहेका)ले (छ भन्ने गर्दछन्) ।

तैरसंविद्यमाना: सर्वधर्मा: कल्पिता: ।

त्यसरी अस्तित्व नरहेको सर्वधर्मा (सम्पूर्ण वस्तुहरु) कल्पित गरिएका हुन् ।

ते तान् कल्पयित्वा द्वयोरन्तयो: सक्ता: तान् धर्मान्न जानन्ति न पश्यन्ति ।

तीनिहरुले त्यसरी कल्पना गरि दुई टुप्पाहरू (आदि अन्त्य छन् भन्ने धारणा राखि) आशक्त भई बस्दछन्, त्यस्तो (धारणा राखी आशक्त भई बसेको कारण)वाट तीनिहरूले धर्म(वस्तुको स्वभाव) न जान्न सक्दछ न देखन सक्दछ ।

तस्मात्तेऽसंविद्यमानान् सर्वधर्मान् कल्पयन्ति ।

त्यसैले त्यस्ता असंविद्यमान भएका सम्पूर्ण धर्महरु कल्पित (कल्पना गरि बनाईएका) हुन् ।

कल्पयित्वा द्वावन्तावभिनिविशन्ते ।

कल्पना गरेर शुरू अन्त्यको टुप्पाहरू अभिनिविष्ट (निर्माणगरी) त्यसैमा टाँसिएर बस्दछन् ।

अभिनिविश्य तन्निदानमुपलम्भं निश्रित्य अतीतान् धर्मान् कल्पयन्ति, अनागतान् धर्मान् कल्पयन्ति,

प्रत्युत्पन्नान् धर्मान् कल्पयन्ति ।

अभिनिवेश गरेर त्यसको निदानलाइ प्राप्त (उपलम्भं निश्रित्य) गरी अतीतका धर्मपनि कल्पना गर्दछन, भविष्यमा आउने धर्म पनि कल्पना गर्दछन, र वर्तमानको धर्म पनि कल्पना गर्दछन् ।

ते कल्पयित्वा नामरूपेऽभिनिविष्टा: ।

त्यसरी कल्पनागरेको नामरुपमा अभिनिविष्ट (आसक्त) भइ बस्दछन् ।

तैरसंविद्यमाना: सर्वधर्मा: कल्पिता: ।

ती अविद्यमान भएका सवैधर्महरु कल्पित हुन् ।

ते तानसंविद्यमानान् सर्वधर्मान् कल्पयन्तो यताभूतं मार्गं न जानन्ति न पश्यन्ति ।

त्यस्ता अविद्यमान भएका सम्पूर्णवस्तु (सर्वधर्मा) कल्पना गरिबसेको हुँदा यथाभूत(जे जस्तो छ त्यस्तै)मार्ग जान्दैनन्, देख्दैनन् ।

यथाभूतं मार्गमजानन्तोऽपश्यन्तो न निर्यान्ति त्रैधातुकात्, न बुद्यन्ते भूतकोटिम् ।

यथाभूतमार्ग नजानेका नदेखेकाहरु त्रिधातुकवाट निर्यान्त(पार) हुदैनन्, भूटकोटिलाई बुझ्दैनन् ।

तेन ते बाला इति संज्ञां गच्छन्ति ।

त्यसकारण तिनिहरू बालजनले गर्ने जस्तो संज्ञा (भावना, व्यवहार) गर्ने गर्दछन् ।

ते सत्यं धर्मं न श्रद्धधति ।

तिनिहरुको सत्य धर्ममा श्रद्धा गर्दैनन् ।

न खलु पुन: शारिपुत्र बोधिसत्त्वा महासत्त्वा कंश्चिद्धर्ममभिनिविशन्ते ।।

न त फेरि, हे शारिपुत्र, बोधिसत्त्व महासत्त्वहरु कुनै धर्म(वस्तु)मा अभिनिविष्ट(टाँसिएर बसेका) हुन्छन् ।

एवमुक्ते आयुष्मन शारिपुत्रो भगवन्तमेतदवोचत्- एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायां शिक्षते ?११०

यसरी भनिपछि आयुष्मान शारिपुत्रले भगवानलाई यसो भन्नुभयो, “यसरी शिक्षालिएका, हे भगवान, बोधिसत्व महासत्व के सर्वज्ञतामा शिक्षित(बुझेका) हुन्छन ?

भगवानाह- एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायामपि न शिक्षते ।

भगवानले भन्नुभयो, “यसप्रकार शिक्षमाण भएका”, हे शारिपुत्र, “बोधिसत्व महासत्व सर्वज्ञतामा पनि शिक्षित हुदैनन् ।

एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वधर्मेषु शिक्षते ।

यसरी शिक्षमाण भएका, “हे शारिपुत्र, बोधिसत्व महासत्व सर्वधर्ममा शिक्षित हुन्छन् ।

एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायां शिक्षते, सर्वज्ञताया आसन्नीभवति, सर्वज्ञतायां निर्यास्यति ।

यसरी शिक्षमाणभएका, हे शारिपुत्र, बोधिसत्व-महासत्व सर्वज्ञतामा शिक्षित हुन्छ, सर्वज्ञतामा नगीच भएर बस्दछ, सर्वज्ञतावाट पनि अगाडी जान्छ (निर्यास्यति) ।

अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यो भगवन् एवं परिपृच्छेत्- किमयं मायापुरुष: सर्वज्ञतायां शिक्षिष्यते, सर्वज्ञताया आसन्नीभवति, सर्वज्ञतायां निर्यास्यतीति ?११६

तत्पश्चात आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “यो, हे भगवान, यसरी सोधनि(प्रश्न)गरे- यस्ता मायापुरुष सर्वज्ञतामा शिक्षित हुन्छन् ? सर्वज्ञताको नगीच भएर बस्दछन् ? सर्वज्ञतालाई नाघेर अघि जान्छन् ?

तस्य भगवन् एवं परिपृच्छत: कथं निर्देष्टव्यं स्यात् ?

त्यस(प्रश्नकर्ता)को यसरी सोधिएको प्रश्नलाई, हे भगवान, के निर्देश गर्नुपर्ने हो ?”

एवमुक्ते भगवनायुष्मन्तं सुभूतिमेतदवोचत्- तेन हि सुभूते त्वामेवात्र प्रतिप्रक्षामि ।

यसरी भनिएपछि भगवानले आयुष्मन्त सुभूतिलाई भन्नुभयो, “त्यसैले नै, हे सुभूति, म तिमिसंगै प्रतिप्रश्न गर्छु ।

यथा ते क्षमते, तथा व्याकुर्या: ।

जस्तो तिम्रो क्षमता छ, त्यसरी व्याकरण(व्याख्या) गर” ।

साधु भगवन्नित्यायुष्मान् सुभूतिर्भगवत: प्रत्यश्रौषित् ।

“हे भगवान (हरूरलाई) नित्य साधुवाद छ”, आयुष्मान शारिपुत्रले भने, “सोध्नुहोस् (प्रत्यश्रौषीत्) ।”

भगवानेतदवोचत्- तत्किं मन्यसे सुभूते अन्या सा माया, अन्यत्तद्रूपम्, अन्या सा माया, अन्या सा वेदना ।

भगवानले यसो भन्नुभयो, “त के, हे सुभूति, “त्यो माया(मायाजाल) वेग्लै हो, त्यसको रुप वेग्लै हो ? माया वेग्लै हो, वेदना वेग्लै हो ?

अन्या सा संज्ञा, अन्य ते संस्कारा: ।

संज्ञा वेग्लै हो, संस्कार वेग्लै हो ?

अन्या सा माया, अन्यत्तद्विज्ञानम् ?

माया वेग्लै हो अविद्या वेग्लै हो ?”

सुभूतिराह- न ह्येतदभगवन् ।

सुभूतिले भने, “त्यसो होइन, हे भगवान, ।

न हि भगवन् अन्या सा माया अन्यत्तद्रूपम् ।

न त, हे भगवान, माया वेग्लै हो, (न) त्यसको रुप वेग्लै हो ।

रूपमेव भगवन् माया, मायैव रूपम् ।

रूप नै माया हो, हे भगवान, माया नै रूप हो ।

न हि भगवन् अन्या सा माया अन्या सा वेदना, अन्या सा संज्ञा अन्ये ते संस्कारा: ।

न माया वेग्लै हो, (न) वेदना वेग्लै हो, (न) संज्ञा वेग्लै हो, (न) संस्कार वेग्लै हो ।

वेदना संज्ञा संस्कारा एव भगवन् माया, मायैव वेदनासंज्ञासंस्कारा: ।

वेदना, संज्ञा संस्कार, हे भगवान, माया जस्तै हो; मायावाटै वेदना संज्ञा संस्कार (उत्पन्न हुने हो) ।

न भगवन् अन्या सा माया अन्यत्तद्विज्ञानम ।

हे भगवान, न माया वेग्लै हो (न) त्यसको विज्ञान वेग्लै हो ।

विज्ञानमेव भगवन् माया, मायैव विज्ञानम् ।।

विज्ञानवाटै माया हुन्छ र मायावाटै विज्ञान हुन्छ ।

भगवानाह- तत्किं मन्यसे अत्रैषा संज्ञा समज्ञा प्रज्ञप्तिर्व्यवहार: पञ्चसूपादानस्कन्धेषु यदुत बोधिसत्त्व इति ?११८

भगवानले भन्नुभयो, “त्यसो भए के भन्छै, पाचओटा उपादानस्कन्धहरुको संज्ञा, समज्ञा, प्रज्ञप्ति, र व्यवहार भएर बोधिसत्व भनिएको हो कि ?”

एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- एवमेतद्भगवन् एवमेतत्सुगत ।

यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “यसै हो, हे भगवान, यसै हो, हे सुगत ।

तेन हि भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां शिक्षमाणेन मायापुरूषेणेव शिक्षितव्यं भवत्यनुत्तरायां सम्यक्संबोधौ ।

त्यसवाट नै, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापामिताको शिक्षमाणगरी, मायापुरुषजस्तै शिक्षित भई, अनुत्तर सम्यससम्बोधि प्राप्त गर्दछन् ।

तत्कस्य हेतो: ?

त्यसको के हेतु हो त ?

स एव हि भगवन् मायापुरूषो धारयितव्यो यदुत पञ्चोपादानस्कन्धा: ।

त्यसले त्यसरी नै, हे भगवान, मायापुरुषले (जस्तै) पञ्चउपादानस्कन्ध धारण गरेको हुन्छ ।

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो त ?

तथा हि भगवन् मायोपमं रूपमुक्तं भगवता ।

त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित रूपवाट) मुक्त (रहेको हुन्छ) ।

यच्च रूपं तत्षडिन्द्रियं ते पञ्च स्कन्धा: ।

जुन रूपलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो ।

तथा हि भगवन् मायोपमा वेदनासंस्कारा उक्ता: ।

त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) वेदना, संस्कारहरुवाट मुक्त (रहेको हुन्छ भनि हजूरले) भन्नभएको छ ।

तथा हि भगवन् मायोपमं विज्ञानमुक्तं भगवता ।

त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) विज्ञानवाट मुक्त (रहेको हुन्छ भनि) भगवानवाट भनिएको छ ।

यच्च विज्ञानं तत्षडिन्द्रियं ते पञ्च स्कन्धा: ।

जुन विज्ञानलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो ।

मा भगवन् नवयानसंप्रतिस्थिता बोधिसत्त्वा महासत्त्वा इमं निर्देशं श्रुत्वा उत्र्त्रसिषु: संत्रसिषु:, संत्रासमापत्स्यन्ते ।

(महा)यानमा संप्रस्थित भएका नयाँ बोधिसत्व महासत्व यी निर्देशहरु सुनेर उत्र्त्रसित नहुने, संत्रसित नहुने संत्रासमा नपर्ने हुन्छ? 

भगवानाह- यदि सुभूते नवयानसंप्रस्थिता बोधिसत्त्वा महासत्त्वा: महासत्त्वा: पापमित्रहस्तगता भविष्यन्ति, उत्रसिष्यन्ति संत्रसिष्यन्ति संत्रासमापत्स्यन्ते ।

भगवानले भन्नुभयो, “यदि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व महासत्व पापमित्रका संगमा परेमा भने उत्र्त्रसिन्छ, संत्रसित हुन्छ, संत्रासमा पर्दछ ।

अथ चेत्सुभूते नवयानसंप्रस्थिता बोधिसत्त्वा महासत्त्वा: कल्याणमित्रहस्तगता भविष्यन्ति, नोत्र्त्रसिस्यन्ति न संत्रसिस्यन्ति न संत्रासमापत्स्यन्ते ।

फेरि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व महासत्व कल्याणमित्रको संगमा परेमा न उत्र्त्रसित हुन्छ, न संत्रसित हुन्छ, न संत्रासमै पर्दछ ।

एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- कानि पुनर्भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य कल्याणमित्राणि वेदितव्यानि ?१२२

यस्तो आज्ञा भएपछि आयुष्मान सुभूतिले यसो भन्नुभयो, “कसरी फेरि, हे भगवान, बोधिसत्व महासत्वले कल्याणमित्र हो भनि थाहा पाउने हो ?”

भगवानाह- य एनं पारमितासु अववदन्ति अनुशासयति ।

भगवानले भन्नुभयो, “जसले यसप्रकारले पारमिताको बारेमा बताउँछ, अनुशासित गर्दछ ।

येऽस्मै मारकर्माण्युपदिशन्ति ।

जसले मारकर्मको वारेमा उपदेश दिन्छ ।

एवं मारदोषा बोद्धव्या:- इमे मारदोष: ।

साथै, मारदोषको वारेमा बताउँछ- मारदोष यस्तो हुन्छ ।

एवं मारकर्माणि बोद्धव्यानि- इमानि मारकर्माणि ।

साञै, मारकर्म वारेमा पनि बताउँछ, – यीनीहरु मारकर्म हुन् ।

तानि त्वया बुद्ध्वा विवर्जयितव्यानीति ।

त्यसरी ती कुराहरू बुझी (त्यसलाई) त्याग्न लगाउँछ ।

इमानि सुभूते बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य कल्याणमित्राणि वेदितव्यानि ।

यस्तालाई, हे सुभूते, महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।

एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यद्भगवानेवमाह- इमानि सुभूते बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य कल्याणमित्राणि वेदितव्यानीति ।

यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “जुन भगवानले पनि भन्नुभएको हो, ‘यी, हे सुभूति महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।

यच्च बोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते, तत्र बोधिसत्त्व इति भगवन् क: पदार्थ: ?

जसलाई बोधिसत्व महासत्व भनि भगवानले भन्नुहुन्छ त्यस बोधिसत्व भनिएको पदको अर्थ हो ?

एवमुक्ते भगवनायुष्मन्तं सुभूतिमेतदवोचत्- अपदार्थ: सुभूते बोधिसत्त्वपदार्थ: ।

यसरी भनिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई यस्तो भन्नुभयो, “अपदार्थ हो, हे सुभूति, वोधिसत्व पदार्थ ।

तत्कस्य हेतो: ?

यसको के हेतु हो त ?

सर्वधर्माणां हि सुभूते बोधिसत्त्वो महासत्त्वोऽसक्ततायां शिक्षते ।

सवैधर्ममा पनि, हे सुभूति, बोधिसत्व महासत्व असक्ततामा शिक्षित भएको हुन्छ (कुनै इनि वस्तुमा आशक्ति राख्दैन) ।

सर्वधर्माणां हि सुभूते बोधिसत्त्वो महासत्त्वोऽनुबोधनार्थेन असक्ततायामनुत्तरां सम्यक्संबोधिमभिसम्बुध्यते ।

सर्वधर्म(वस्तु)को अनुबोधन(कार्य गर्दा कुनैपनि वस्तु)मा आशक्ति नराखी, हे सुभूति, वोधिसत्व महासत्वले अनुत्तर सम्यकसंवोधि अभिसंवोधि (प्राप्त) गर्दछ ।

बोध्यर्थेन तु सुभूते बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।

बोधि(बुझेको) कारणले नै, हे सुभूति, बोधिसत्व महासत्व भनिएका हुन् ।

सुभूतिराह- यत्पुर्भगवानेवाह- बोधिसत्त्वो महासत्त्व इति, केन कारणेन भगवन् बोधिसत्त्वो महासत्त्व इत्युच्यते ?

सुभूतिले भन्नुभयो, “भगवानले फेरि बोधिसत्त्व महासत्त्वभनि जो आज्ञा गर्नुभएको छ, त्यो के कारणले बोधिसत्व महासत्व भनि भनिएको हो ?”

भगवानाह- महत: सत्त्वराशेर्महत: सत्त्वनिकायस्य अग्रतां कारयिष्यति, तेनार्थेन बोधिसत्त्वो इत्युच्यते ।। भगवानले भन्नुभयो, “सत्त्वनिकाय(प्राणीका समूह)मध्ये धेरैठूलोमात्रामा सत्त्वताभएको कार्य(चर्या)गरि अग्र(स्थानमा) रहेको अर्थमा बोधिसत्त्व भनि भनिएको हो ।“

अथ खलु आयुष्मान शारिपुत्रो भगवन्तमेतदवोचत्- ममापि भगवन् प्रतिभाति- येनार्थेन बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।१३३

तत्पश्चात आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि प्रतिभास भएको छ, यसै अर्थले बोधसत्त्व महासत्त्व भनिएको हो ।”

भगवानाह- प्रतिभातु ते शारिपुत्र-यस्येदानीं कालं मन्यसे ।

भगवानले भन्नुभयो, “तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”

आयुष्मान शारिपुत्र आह- महत्या आत्मदृष्ट्या: सत्त्वदृष्ट्या: जीवदृष्ट्या: पुद्गलदृष्ट्या: भवदृष्ट्या: विभवदृष्ट्या: उच्छेददृष्ट्या: शाश्वतदृष्ट्या: स्वकायदृष्ट्या: एतासामेवमाद्यानां दृष्टीनां प्रहाणाय धर्मं देशयिष्यतीति, तेनार्थेन बोधिसत्त्वोमहासत्त्व इत्युच्यते ।

आयुष्मान शारिपुत्रले भन्नुभयो, “महति आत्मदृष्टी, सत्त्वदृष्टी, जीवदृष्टी, पुद्गलदृष्टी, भवदृष्टी, विभवदृष्टी, उच्छेददृष्टी, शाश्वतदृष्टी, स्वकायदृष्टी र यस्यै अन्य दृष्टीहरुलाई प्रहाणगर्न धर्मदेशना गर्नुहुन्छ; त्यसैले बोधिसत्व महासत्व भनिएको हो ।”

अथ खल्वायुष्मान् सुभुतिर्भगवन्तमेतदवोचत्- ममापि भगवन् प्रतिभाति येनार्थेन बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।

तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मलाई पनि प्रतिभास भएको छ, हे भगवान, यसैकारणले बोधिसत्व महासत्व भनिएको हो ।”

भगवानाह- प्रतिभातु ते सुभूते यस्येदानीं कालं मन्यसे ।

भगवानले भन्नुयो, “तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”

सुभूतिराह- बोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते

सुभूतिले भन्नुभयो, “हे भगवान, बोधिसत्व महासत्व यसरी भनिन्दैन ।,

यदपि तद्भगवन् बोधिचित्तं सर्वज्ञताचित्तमनास्रवं चित्तमसमं चित्तं असमसमं चित्तमसाधारणं सर्वश्रावकप्रत्येकबुद्धै:, तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।

यसो भएतापछि त्यो, हे भगवान, बोधिचित्त सर्वज्ञताचित्त, अनास्रवचित्त, असमंचित्त, असमसमंचित्त(का कुराहरु) सवै श्रावक र प्रत्येकबुद्धहरुलाई असाधारण हुन्छ(वुझन सक्दैनन्), (बोधिसत्व महासत्त्वहरू त्यस्ता विषयमा) पनि चित्तमा असक्त धारण गरेका हुन्छन् (आसक्त हुदैनन्) ।

तत्कस्य हेतो: ?

त्यसको के हेतु होला ?

तथा हि तत्सर्वज्ञताचित्तमनास्रवमपर्यापन्नं तत्, यदपि तत्सर्वज्ञताचित्तमनास्रवमपर्यापन्नम् ।

जसरी सर्वज्ञताचित्त अनास्रव हुन्छ अपर्यापन्न हुन्छ, त्यसरी नै त्यहाँ (बोधिसत्व महासत्त्व) सर्वज्ञताचित्त भई अनास्रव हुन्छ र अपर्यापन्न रहन्छ ।

तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।

त्यहाँ पमि चित्त असक्त र अपर्यापन्न हुन्छ ।

तेनार्थेन बोधिसत्त्वो महासत्त्व इति संख्यां गच्छति ।।

त्यसकारणले बोधिसत्व महासत्वलाई यस्तो ‘नाम’ दिईएको हो ।”

अथ खल्वायुष्मान शारिपुत्र आयुष्मंन्तं सुभूतिमेतदवोचत्- केन कारणेन आयुष्मन् सुभूते तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।136

तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भन्नुभयो, “के कारणले, हे सुभूति, त्यहाँ (बोधिसत्व महासत्वको) चित्त पनि असक्त र अपर्यापन्न भएको हुन्छ ?”

सुभुतिराह- अचित्तत्वादायुष्मन् शारिपुत्र तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।

सुभूतिले भन्नुभयो, “अचित्ततावाट, हे सुभुति, त्यहाँ(बोधिसत्व महासत्वको) चित्त असक्त र अपर्यापन्न हुने गर्दछ ।”

शारिपुत्र आह- किं पुनरायुष्मन् सुभूते अस्ति तत्चित्तं यच्चित्तमचित्तम् ?

शारिपुत्रले भने, “फेरि के, हे आयुष्मान सुभूति, जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ र ?”

सुभूतिराह- किं पुनरायुष्मन् शारिपुत्र तत्र अचित्ततायामस्तिता वा नास्तिता वा विद्यते वा उपलभ्यते वा ?

सुभूतिले भने, “के फेरि, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा छ वा छैन वा रहेकोछ (विद्यते) वा उपलभ्यते भन्ने हुन्छ र ?”

शारिपुत्र आह- नो हीयदमायुष्मन् सुभूते ।

शारिपुत्रले भने, “रहँदैन, हे आयुष्मान सुभूति” ।

सुभूतिराह- तद्यपि आयुष्मन् शारिपुत्र तत्र अचित्ततायामस्तिता वा नास्तिता वा विद्यते वा नोपलभ्यते वा, तत्कथयमायुष्मान् शारिपुत्र एवमाह- अस्ति तच्चित्तं यच्चित्तमचित्तमिति ?

सुभूतिले भने, “त्यो यदि, हे आयुष्मान शारिपुत्र’ त्यहाँ अचित्तता हुन्छ वा हुँदैन वा विद्यते वा नउपलभ्यते भए, कसरी, हे आयुष्मान शारिपुत्र, यो भनिएको हो,- ‘जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ’ ?”

शारिपुत्र आह- साधु साधु आयुष्मान् सुभूते ।

शारिपुत्रले भने, “साधु, साधु, हे आयुष्मान सुभूति ।

यथापि नाम त्वं भगवता अरणाविहारिणामग्रतायां निर्दिष्टो निर्दिशसि ।

यस्त भएर नै तपाईलाई भगवानले अरणाविहारिणाम्-अग्र भनि निर्देशित भएको रहेछ ।”

अथ खल्वायुष्मन् पूर्णो मैत्रायणीपुत्रो भगवन्तमेतवोचत्- महासत्त्वो महासत्त्व इति यदिदं भगवन्नुच्यते, महासंनाहसंनद्ध: स सत्त्व: ।१३९

तत्पश्चात मैत्रायणीपुत्र पूर्णले भगवानसंग यसो भने, “महासत्त्व, महासत्त्व भनि भगवानले जसलाई भन्नुभएको हो वहाँ महासंनाहसंनद्ध भएको सत्त्व हुनुपर्दछ ।

महायानसंप्रस्थितो महायानसमारूढश्च स सत्त्व: ।

महायानमा संप्रस्थित, महायानमा राम्ररी आरुढभएको सत्त्व हुनु पर्दछ ।

तस्मात्स महासत्त्वो महासत्त्व इति संख्यां गच्छति ।।

त्यसैले त्यसलाई महासत्व महासत्व भनि (अनेक पटक) भनिएको होला ।” 

अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- महासंनाहसंनद्धो महायानसंनद्ध इति यदिदं भगवन्नुच्यते, कियता भगवन् बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्धो भवति ?१४३

तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “महासंनाहसंनद्ध महासंनाससंनद्ध भनि जुन भगवानले भन्नुहुन्छ, के गर्दा, हे भगवान, बोधिसत्व महासत्व महासंनाहसंनद्ध भएको हुन्छ ?”

भगवानाह- इह सुभूते बोधिसत्त्वस्य महासत्त्वस्यैवं भवति- अप्रमेया मया सत्वा: परिनिर्वापयितव्या इति ।

भगवानले भन्नुभो, “यो, हे सुभूति, बोधिसत्व महासत्व यसरी हुन्छ,- (उसले संकल्प लिएको हुन्छ) अप्रमेय सत्त्वलाई मैले निर्वाणमा लैजाने छु ।

असंख्येया मया सत्त्वा: परिनिर्वापयितव्या इति ।

असंख्य (सत्वहरुलाई) मैले परिनिर्वाणमा लैजाने छु ।

न च ते सन्ति यैर्ये परिनिर्वापयितव्या इति ।

तर, जसले ती सत्त्वहरूलाई परिनिर्वाणमा लैजाने हो त्यस बोधिसत्त्व-महासत्त्व नै छैनन् । (अर्थात् को कसले (कसलाई) निर्वाणमा लैजाने हो ?)

स तांस्तावत: सत्त्वान् परिनिर्वापयति ।

उसले ती तावत् सत्वहरुलाई परिनिर्वाणमा लैजान्छ ।

न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति ।

ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् ।

तत्कस्य हेतो: ?

त्यस्को के हेतु होला ?

धर्मैतैषा सुभूते धर्माणां मायाधर्मतामुपादाय स्यात् ।

जसरी धर्महरु(रूपादि पञ्चस्कन्धहरू) धर्मतास्वभाव (नि:स्वभावको)को छ, माया(जाल, संसार प्रपञ्च पनि) धर्मता(शून्यता)वाटै उपादित (उत्पन्न, निर्मित) भएको हो ।

तथापि नाम सुभूते दक्षो मायाकारो वा मायाकारान्तेवासी वा चतुर्महापथे महान्तं जनकायमभिनिर्मिमीते ।

तथापि, हे सुभूति, (त्यस मायाजाल, संसार प्रपञ्चलाई) दक्षमायाकार वा मायाकारअन्तेवासी वा चतुर्महापथका महान्तजनकायवाट अभिनिर्मित गर्दछन् ।

अभिनिमार्य यस्यैव महतो जनकायस्यान्तर्धानं कुर्यात् ।

यसको अभिनिर्माण गरी धेरैसंख्यामा प्राणीजनको अन्तर्ध्यान (नाश, लय) पनि गर्दछ ।

तत्किं मन्यसे सुभूते अपि नु तत्र केनचित्कश्चिद्धतो वा मृतो वा नाशितो वा अन्तर्हितो वा ?

त्यसो गर्दा के भन्छौ, हे सुभूति, त्यहाँ कुनैकोहि मारिएको वा मरेको वा नाश भएको वा लुकाईएको (अन्तर्निहित गरिएको) छ त ?”

सुभूतिराह- नो हीदं भगवन् ।

सुभूतिले भन्नुभयो, “यस्तो केहि भएको छैन, भगवान ।”

भगवानाह- एवमेव सुभूते बोधिसत्त्वो महासत्त्वोऽप्रमेयानसंख्येयान् सत्त्वान् परिनिर्वापयतति ।

भगवानले भन्नुभयो, “यसरी नै हे सुभूति, बोधिसत्व महासत्व अप्रमेय असंख्य सत्वहरुलाइ परिनिर्वाणमा लग्दछन् ।

न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति ।

न त ती कुनै सत्व जो परिनिर्बृत्त भैसकेको हुन्छ, त्यसवाट परिनिर्वापित हुँदैन । ?

सचेद्बोधिसत्त्वो महासत्त्व इमं निर्देशमेवं निर्दिश्यमानं श्रुत्वा नोत्त्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, इयता अयं सुभूते बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्धो वेदितव्य: ।।

त्यो बोधिसत्व महासत्व जो यस्तो निर्देशवाट निर्देशितहुँदा सुन्दा तर्सिन्न, सन्त्रासमा पर्दैन त्यस्ता लाई म, हे सुभूति, महासंनाहसंनद्ध बोधिसत्व भन्दछु ।”

अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यथाहं भगवन् भगवतो भाषितास्यार्थमाजानामि, तथा असंनाहसंनद्धो बतायं बोधिसत्त्वो महासत्तवो वेदितव्य: ।१४७

तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, हजूर(भगवान)वाट भाषित भएको कुराको अर्थ मैले विचारगर्दा (बतायं), बोधिसत्व महासत्वलाई (संनाहसंनद्ध होईन, बरू कुनैपनि शस्त्रास्त्र का सुरक्षाकवच समेत रहितभई महासंग्राममा गएको जस्तो भएकोले) असंनाहसंनद्ध भनिएको भनि बुझेकोछु ।“

भगवानाह- एवमेतत्सुभूते, एवमेतत् ।

भगवानले बन्नुभयो, “यस्तै हो, हे सुभूति, यस्तै होस् ।

असंनाहसंनद्धो बतायं, बोधिसत्त्वो महासत्त्वो वेदितव्य: ।

विचारगर्दा बोधिसत्व महासत्व असंनाहसंनद्ध हुन् भनि बुझोस् ।

तत्कस्य हेतो: ?

त्यस्तो किन होला ?

अकृता हि सुभूते सर्वज्ञता अविकृता अनभिसंस्कृता ।

हे सुभूति, सर्वज्ञता नै अकृता भएकोले, अविकृत भएकोले, अनभिसंस्कृता भएकोले ।

तेऽपि सत्त्वा अकृता अविकृता अनभिसंस्कृता:, येषां सत्त्वानामर्थाय अयं संनाहसंनद्ध: ।।

ति (बोधिसत्त्व महासत्त्व) पनि अकृता अविकृता अनभिसंस्कृता भएकोले, त्यस्ता सत्त्वका नामराख्नको लागि म संनाहसंनद्ध भन्दछु ।

एवमुक्ते आयुष्मान् सुभूतिर्भगन्तमेतदवोचत्- एवमेतद्भगवन्, एवमेतत्सुगत ।१४९

यसरी भनिएपछि आयुष्मान सुभूतिले भगवान संग यसरी भन्नुभयो, “यसरी नै हो भगवान, यसरी नै हो सुगत ।

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो त ?

यथा हि भगवन् रूपमबद्धममुक्तम् ।

जसरी हे भगवान, रुप अबद्ध र अमुक्त छ ।

एवं वेदनासंज्ञासंस्कारा: ।

यसैगरी विज्ञान, वेदना, संज्ञा, संस्कारल पनि (अबद्ध र अमुक्त छन्) ।

तथा हि भगवन् विज्ञानमबद्धममुक्तम् ।

त्यसरी नै, हे भगवान, विज्ञान अवद्ध र अमुक्त छ ।

रूपतथतापि भगवन् अबद्ध अमुक्त छ।

रुप तथता पनि अबद्ध र अमुक्त हुन् ।

एवं वेदनातथतापि संज्ञातथतापि संस्कारतथतापि ।

यसरी नै वेदनातथता र संस्कारतथता पनि (अबद्ध र अमुक्त हुन्) ।

विज्ञानतथतापि भगवान् अबद्धा अमुक्ता ।

विज्ञानतथतापनि, हे भगवान, अबद्ध अमुक्त छन् ।

अथ खल्वायुष्मन् पूर्णो मैत्रायणीपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- रूपमायुष्मन् सुभूते अबद्धममुक्तमिति वदसि ।१५९

तत्पश्चात मैत्रायणीपुत्र पूर्णले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “हे, आयुष्मान सुभूति, रुपलाई अबद्ध अमुक्त भन्नुभयो ।

एवं वेदनासंज्ञासंस्कारा: ।

यसरी नै वेदना, संस्कारलाई पनि (अबद्ध अमुक्त भन्नुभयो) ।

विज्ञानमायुष्मन् सुभूते अबद्धममुक्तमिति वदसि ।

विज्ञानलाई, हे आयुष्मान सुभूति, अबद्ध अमुक्त भन्नुभयो ।

रूपतथतापि आयुष्मान् सुभूते अबद्धा अमुक्तेति वदसि ।

रुपतथता पनि हे आयुष्मान सुभुति, अबद्ध अमुक्त भन्नुभयो ।

अथ कतमत्तदायुष्मन् सुभूते रूपं यद्रूपमबद्धममुक्तमिति वदसि ?

फेरि कसरी, हे आयुष्मान सुभूति, कुनरूपलाई यद्रूप अबद्ध अमुक्त भन्नु भएको हो ?

एवं कतमा सा वेदना, कतमा सा संज्ञा, कतमे ते संस्कारा: ?

यसरी नै कस्तो वेदना, कस्तो संज्ञा, कस्तो संस्कारलाई अबद्ध अमुक्त भनि कसरी भन्नु भएको हो ।

कतमत्तदायुष्मन् सुभूते विज्ञानं यद्विज्ञानमबद्धममुक्तमिति वदसि ?       

कसरी त्यस विज्ञान (?), हे आयुष्मान सुभूति, जुन विज्ञानलाई अबद्ध अमुक्त भन्नुहुन्छ ?

कतमा सा आयुष्मन् सुभूते रूपतथता य रूपतथताप्यबद्धा अमुक्तेति वदसि ?

कसरी, हे आयुष्मान सुभूति, रुपतथता (?) जुन रुपतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ ?        

1

एवं कतमा सा वेदनातथता संज्ञातथता संस्कारतथता ?

यसैगरी कसरी ती वेदनातथता, संज्ञातथता, संस्कारतथता(का समूहहरूलाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ) ?

कतमा सा आयुष्मन् सुभूते विज्ञानतथता या विज्ञानतथताप्यबद्धा अमुक्तेति वदसि ?

कसरी, हे आयुष्मान सुभूति, त्यस विज्ञानतथता(..) जुन विज्ञानतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ ?”

एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं पूर्ण मैत्रायणीपुत्रमेतदवोचत्- यदायुष्मन् पूर्ण मायापुरूषस्य रूपं तदबद्धममुक्तम् ।

यसरी भनिएपछि आयुष्मान सुभूतिले मैत्रायणीपुत्र आयुष्मान पूर्णलाई यसो भन्नुभयो, “जस्तो, हे आयुष्मान पूर्ण, मायापुरुष(मायाजालमा देखिएको व्यक्ति)को जुन रुप हुन्छ त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।

एवं या मायापुरूषस्य वेदना, या मायापुरूषस्य संज्ञा , ये मायापुरुषस्य संस्कारा: ।

यसरी नै त्यस मायापुरुषको जुन वेदना हुन्छ, जुन संज्ञा हुन्छ, जुन संस्कारहरू हुन्छन्  ती अबद्ध हुन्छ अमुक्त हुन्छ ।

यदायुष्मन् पूर्ण मायापुरूषस्य विज्ञानं तदबद्धममुक्तम् ।

जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञान हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।

या आयुष्मन् पूर्ण मायापुरूषस्य रूपतथता सा अबद्धा अमुक्ता ।

जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको रूपतथता (हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ) ।

एवं या मायापुरूषस्य वेदनातथता संज्ञातथता संस्कारतथता ।

यसरी नै (त्यस) मायापुरुषको जुन वेदनातथता हुन्छ, जुन संज्ञातथता हुन्छ, जुन संस्कारतथताहरू (हुन्छन्  ती अबद्ध हुन्छ अमुक्त हुन्छ) ।

या आयुष्मन् पूर्ण मायापुरूषस्य विज्ञानतथता सा अबद्धा अमुक्ता ।

जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञानतथता हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।

तत्कस्य हेतो: ?

त्यसको के हेतु होला त ?

असद्भूतत्वादबद्धा अमुक्ता, विविक्तत्वादबद्ध अमुक्ता, अनुत्पन्नत्वादबद्धा अमुक्ता ।

असत् (हुँदै नभएको) भूत(वस्तु)वाट (निर्मित भएकोले) अबद्ध छ, विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले अमुक्त छ, अनुत्पन्न (पञ्चस्कन्धवाट निर्मित नभएको) हुँदा अमुक्त छ ।

अयं स बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य महासंनाहोऽसंनाह: ।

म त्यस्ता (महायानको) महासंग्राममा (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत लिई) जान तयारभएका, महायानमा राम्ररीस्थितभएका, महायानमा राम्ररी आरूढ भएका बोधिसत्त्व महासत्त्वलाई त्यस्तो महासंग्राममा असंनाह (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत नलिई जान लागेको) भन्छु ।“

एवमुक्ते आयुष्मान् पूर्णो मैत्रायणीपुत्रस्तूष्णीमभूत् ।।

यसो भनेपछि मैत्रायणीपुत्र आयुष्मान पूर्ण चुपो लाग्नुभयो ।

अथ खल्वायुष्मन् सुभूतिरभगवन्तमेतदवोचत्- एवं भगवन् बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्ध: सन् महायानसंप्रस्थितो महायानसमारूढो भवति । १५२

तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, बोधिसत्त्व महासत्त्व (महायानको) महासंग्राममा जान तयार भएका, महायानमा राम्ररी स्थित भएका, महायानमा राम्ररी आरूढ भएका हुन्छन् ।“

कतमच्च तन्महायानम् ?

(तर) कसरी (कतावाट) त्यस महायानमा (लाग्ने हो) ?

कथं वा तत्संप्रस्थितो वेदितव्य: ?

कसरी (कुन तरीकाले) त्यसमा लागेको छ भनि थाहा पाउने हो ?

कुतो वा तन्महायानं निर्यास्यति ?

कतावाट त्यस महायानमा जोडिने(संलग्न हुने) हो ?

केन वा तन्महायानं संप्रस्थितम् ?

केवाट (कुन वस्तु लिएर) त्यस महायानमा संप्रस्थित हुने हो ?

क्व वा तन्महायानं स्थास्यति ?

कसलाई साथ लिएमा त्यस महायानमा बसिने हो ?

को वा अनेन महायानेन निर्यास्यति ?

कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ?

एवमुक्ते भगवानायुष्मन्तं सुभूतिमेतदवोचत्- महायानमिति सुभूते अप्रमेयताया एतदधिवचनम् ।

यसरी भनिएपछि भगवानले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “महायानमा, हे सुभूति, यस्ता अधिवचनहरु अप्रमेय संख्यामा छन् ।

अप्रमेयमिति सुभूते अप्रमाणत्वेन ।

अप्रमाण(यतीउती भन्न नसकिने) भएकोले अप्रमेय छ ।

यदपि सुभूते एवं वदसि- कथं वा तत्संप्रस्थितो वेदितव्य: ?

हुन त, हे सूभुति, यस्तो भनिएमा, “के साधनवाट(कथं?) संप्रस्थित भयो भनि जान्ने हो ?,

कुतो वा तन्महायानं निर्यास्यति ?

कतावाट भएर त्यस महायानमा जोडिने (संलग्न) हुने हो ?,

केन वा तन्महायानं संप्रस्थितम् ?

केवाट त्यस महायानमा संप्रस्थित हुन्छ ?,

क्व वा तन्महायानं स्थास्यति ?

कसलाई साथ लिएर त्यस महायानमा बसिने हो ?,

को वा अनेन महायानेन निर्यास्यतीति ?

कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ?,

पारमिताभि: संप्रस्थित: ।

(त्यसको जवाफमा) (दश)पारमिताहरूको(बलवाट) संप्रस्थित (भयो भनि जान्ने पर्छ) ।,

त्रैधातुकान्निर्यास्यति ।

त्रैधाधुकवाट भएर (त्यस महायानमा) जोडिने (संलग्न) हुने हो ।,

येनारम्बणं तेन संप्रस्थितम् ।

जसको आलम्वन गरिन्छ त्यसैवाट संप्रस्थित हुने हो ।

सर्वज्ञतायां स्थास्यति ।

सर्वज्ञतालाई साथमा लिएर बसिने हुन्छ ।

बोधिसत्त्वो निर्यास्यति, अपि तु खलु पुनर्न कुतश्चिन्निर्यास्यति ।

..  बोधिसत्त्वहरू निर्यास्य(जोडिएको) हुन्छ । तापनि (वास्तवमा) फेरि (भोधिसत्त्वहरू) कतैपनि निर्यास्य भएको हुदैन ।,

न केनापि संप्रस्थितम् ।

कुनैपनि वस्तु लिएर संप्रस्थित भएको नै हुँदैन ।,

न क्वचित्स्थास्यति ।

न कसैलाई साथ लिएर बस्दछन् ।

अपि तु स्थास्यति सर्वज्ञतायामस्थानयोगेन ।

तापनि, (बोधिसत्त्वहरू) योगगरी (त्यसको), बलवाट सर्वज्ञतास्थानमा बसेका हुन्छन् ।

नापि कश्चित्तेन महायानेन निर्यातो नापि निर्यास्यति नापि निर्याति ।

…..

तत्कस्य हेतो: ?

त्यसको के कारण होला ?

यश्च निर्यायात्, येन च निर्यायात्, उभावेतौ धर्मौ न विद्येते नोपलभ्येते ।

एवमविद्यमानेषु सर्वधर्मेषु कतमो धर्म: कतमेन धर्मेण निर्यास्यति ?

यसरी अविद्यमान रहेको सर्वधर्म(पञ्चस्कन्ध)को कस्तो धर्म, त्यस्तोवाट कस्तो धर्ममा जाने ?

एवं हि सुभूते बोधिसत्त्वो महासत्त्वो महायानसंनद्धो महायानसंप्रस्थितो महायानसमारूढो भवति ।

यसरी नै हे सुभूति, बोधिसत्त्व महासत्त्व महायानमा संनद्ध हुन्छ, महायानमा प्रस्थान हुन्छ, महायानमा समारूढ हुन्छ ।

एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्‍- महायानं महायानमिति भगवन्नुच्यते । १७४

यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभभो, “भगवानले महायान महायान भन्नुहुन्छ ।

सदेवमानुषासुरं लोकमभिभवन्निर्यास्यति आकाशसमतया अतिमहत्तया तन्महायानम् ।

देव मनुष्य असुरलोक(हरु)लाई समेत अभिभवत् गराईराखेको आकाशजस्तै अतिमहत भएको महायानमा हो ।

यथा आकाशे अप्रमेयाणामसंख्येयानां सत्त्वानामवकाश:, एवमेव भगवन् अस्मिन् याने अप्रमेयाणामसंख्येयानां सत्त्वानामवकाश: ।

जस्तो कि आकाशमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू छन्, त्यसरी नै यस यानमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू (लागेका)छन् ।

अनेन भगवन् पर्यायेण महायानमिदं बोधिसत्त्वानां महासत्त्वानाम् ।

यस्तो भएकोले नै, हे भगवान, बोधिसत्त्व महासत्त्वहरुले यसलाई महायान भनेका हुन् ।

नैवास्यागमो दृष्यते, नैवास्य निर्गमो दृष्यते, नाप्यस्य स्थानं संविद्यते ।

न यस्को कतैवाट आगम(आएको) देखिन्छ, न यस्को कतैतिर निर्गम(गएको) देखिन्छ, न त यो कुनै ठाउँमा रहेको नै देखिन्छ ।

एवमस्य भगवन् महायानस्य नैव पूर्वान्त उपलभ्यते, नाप्यपरान्त उपलभ्यते, नापि मध्य उपलभ्यते ।

यसरी नै न यसको पूर्वान्त नै उपलब्ध छ, न अपरान्त उपलब्ध छ, न त मध्य नै उपलब्ध छ ।

अथ समं भगवंस्तद्यानम् ।

यो यान सम(समता, सनरुप)स्वभावको छ, हे भगवान ।

तस्मान्महायानं महायानमित्युच्यते ।

त्यसैले महायान महायान भनि भन्नुभएको रहेछ ।

अथ खलु भगवानायुष्मते सुभूतये साधुकारमदात्- साधु साधु सुभूते ।

तत्पश्चात भगवानले आयुष्मान सुभूतिलाई साधुकार दिनुभयो, “साधु साधु हे सुभूति ।,

एवमेतत्सुभूते, एवमेतत् ।

यो यसै हो, हे सुभूति, यो यसै हो ।

एवं महायानमिदं बोधिसत्त्वानां महासत्त्वानाम् ।

यो महायान बोधिसत्त्व महासत्त्वहरुकै लागि हो ।

अन्न शिक्षित्वा बोधिसत्त्वैर्महासत्त्वै: सर्वज्ञता अनुप्राप्ता, अनुप्राप्स्यते अनुप्राप्यते च ।।

(अन्न) यसैमा शिक्षित भई बोधिसत्त्व महासत्त्वहरु सर्वज्ञता प्राप्त गरेका छन्, प्राप्त गर्दैछन् र गर्ने छन् ।

अथ खल्वायुष्मान् पूर्णो मैत्रायणीपुत्रो भगवन्तमेतदवोचत- अयं भगवन् सुभूति: स्थवीर: प्रज्ञापारमिताया: कृतशोऽधीष्टो महायानमुपदेष्टव्यं मन्यते । १७७

तत्पश्चात् मैत्रायणीपुत्र आयुष्मान् पूर्णले भगवानसंग यसो भने, “वहाँ, हे भगवान, सुभूतिस्थवीरले प्रज्ञापारमिताको के अध्ययन गरेर महायानको उपदेश दिनुपर्ला भनि मनमा लिनुभएको होला ?

अथ खलु आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- नाहं भगवन् प्रज्ञापामितायां व्यतिक्रम्य महायानमविचम् ।

तत्पश्चात् आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मैले, हे भगवान, प्रज्ञापामिताको व्यतिक्रमगरी (छोडी, कुनै कुरा वाहिरको थपी) महायानको कुरा गरेको छैन ।“

भगवानाह- नि हीदं सुभूते ।

भगवानले भन्नुभयो, “हो सुभूति, (प्रज्ञापामितालाई छोडी, कुनै कुरा वाहिरको थपी) भनेका छैनौ ।

अनुलोमत्वं सुभूते प्रज्ञापारमिताया महायानमुपदिशति ।

प्रज्ञापारमितासंग मिल्ने गरी (अनुलोम) नै, हे सुभूति, महायानको उपदेश गरेका छौ ।“

एवमुक्ते आयुष्मान सुभभूतिर्भगवन्तमेतदवोचत्- बुद्धानुभावाद्द्भगवन् ।

यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “बुद्धको आनुभावले नै, हे भगवान, (उपदेश गरेको) हो ।

अपि तु खलु पुनर्भगवन् पूर्वान्ततो बोधिसत्त्वो नोपैति, अपरान्ततो बोधिसत्त्वो नोपैति, मध्यतो बोधिसत्त्वो नोपैति ।

फेरि पनि भन्छू, हे भगवान, बोधिसत्त्व पूर्वान्तमा पनि थिएन, बोधिसत्त्व अपरान्तमा पनि हुदैन, बोधिसत्त्व मध्यमा पनि छैन ।

तत्कस्य हेतोर्नोपैति ?

त्यसको के हेतुले नभएको होला ?

रूपार्यन्ततया हि बोधिसत्त्वापर्यन्तता वेदितव्या, एवं वेदनासंज्ञासंस्कारा: ।

रूपको विस्तारको जसरी सीमा हुहैन, त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छ । यसैगरी जसरी वेदान, संज्ञा, र संस्कारका पनि (विस्तारका सीमा छैनन् त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छन् ) । वेदितव्या, एवं वेदनासंज्ञासंस्कारा: ।  

विज्ञानापर्यन्तता हि बोधिसत्त्वापर्यन्तता वेदितव्या ।

(त्यसै गरी) जसरी विज्ञानको विस्तारको पनि सीमा हुदैन, बोधिसत्त्वको पनि सीमा छैन ।

रूपं बोधिसत्त्व इति नोपैति ।

रुपलाई बोधिसत्त्वले प्राप्त गर्दैन ।

इदमपि न विद्यते नोपलभ्यते ।

यै(रुप) पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । 

एवं  वेदनासंज्ञासंस्कारा: ।

यसरी नै वेदा, संज्ञा, र संस्कारहरु पनि (अविद्यमान छन्, (यसैले) प्राप्य पनि छैनन्) । 

विज्ञानं बोधिसत्त्व इति नोपैति, इदमपि न विद्यते नोपलभ्यते ।

विज्ञान पनि बोधिसत्त्वले प्राप्त गर्दैन, यो पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । 

एवं भगवन् सर्वेण सर्वं सर्वथा सर्वं बोधिसत्त्वधर्ममनुलभमानो नाहं भगवन् तं धर्मं समनुपश्यामि यस्यैतन्नामधेयं यदुत बोधिसत्त्व इति ।

यसप्रकार, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् बोधिसत्त्धर्महरु अप्राप्य भएकोले, हे भगवान, मैले त्यो कुनैपनि धर्म देखेको छैन जसलाई ‘बोधिसत्त्’ भनि नाम दिईएको छ ।

प्रज्ञापारमितामपि न समनुपश्यामि नोपलभे ।

प्रज्ञापारमितापनि मैले देखेको छैन, न पाएको छु ।

सर्वज्ञतामपि न समनुपश्यामि नोपलभे ।

सर्वज्ञतापनि मैले देखेको छैन, न पाएको छु ।

सोऽहं भगवन् सर्वेण सर्व सर्वथा सर्व तं धर्ममनुपलभमानोऽसमनुपश्यन् कतमं धर्म कतमेन धर्मेण कतमस्मिन् धर्मेऽववदिष्यामि अनुशासिष्यामि ?

सयैले म भन्दछु, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् धर्महरु उपलब्ध नगरी नदेखिकनै कुन धर्म कसरी धर्म कस्तोछ भनि कसलाई भनूँ, सिकाउँ ?

बुद्ध इति भगवन् नामधेयमात्रमेतत् ।

बुद्ध(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।

बोधिसत्त्व इति भगवन् नामधेयमात्रमेतत् ।

बोधिसत्व(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।

प्रज्ञापारमितेति भगवन् नामधेयमात्रमेतत् ।

प्रज्ञापारमिता(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।

तच्च नामधेयमनभिनिर्वृत्तम् ।

त्यो नाम(धेय) अभिनिर्वृत्त(उत्पन्न?) पनि होइन (कल्पित हो) ।

यथा आत्मा आत्मेति च भगवननुच्यते, अत्यन्ततया च भगवन्ननभिनिर्वृत्त आत्मा ।

जसरी आत्मा आत्मा भनि भगवानले आज्ञा गर्नुभएको छ, त्यो आत्मा, हे भगवान, अत्यन्त अभिनिर्वरत्त (उत्पन्न) भएको होईन ।

एवमस्वभावानां सर्वधर्माणां कतमत्तद्रूपं यदग्राह्यमनभिनिर्वृत्तम् ?

यसरी नै अस्वभाव(स्वभावरहित)को सर्वधर्म(सकल वस्तु)का केकस्ता रूप छन्(हुन्छन्) जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ?

कतमे ते वेदनासंज्ञासंस्कारा: ?

ती वेदना, संज्ञा र संस्कारहरुका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका छन्) ?

कतमत्तद्विज्ञानं  यद्ग्राह्यमनभिनिर्वृत्तम् ?

विज्ञानका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन्) ?

एवमेतेषां सर्वधर्माणां या अस्वभावता, सा अनभिनिर्वृत्ति: ।

यसरी नै सम्पूर्ण धर्महरु जो अस्वभावता(स्वभावरहित) छन् ती अनभिनिर्वृत्व(अनुत्पाद) हुन ।

या च सर्वधर्माणामनभिनिर्वृत्तिर्न ते धर्मा: ।

जे जति पनि सर्वधर्महरु अनभिनिर्वृत्त छन्, ती धर्मा(स्वभाव भएका, वस्तु) होइनन् ।

तत्किमनभिनिर्वृत्तिमनभि-निर्वृत्यां प्रज्ञापारमितायामववदिष्याम्यनुशासिष्यामि ?

त कसरी अनभिनिर्वृत्त(हुँदै नभएको) प्रज्ञापामितालाई अन-भिनिर्वृत्त(छँदै छैन) भन्ने अववाद(विषयको शिक्षा) कसरी दिउँ, कसरी अनुशासनी गराउँ ?  

न चान्यत्र भगवन् अनभिनिर्वृत्तित: सर्वधर्मा वा बुद्धधर्मा वा बोधिसत्त्वधर्मा वा उपलभ्यते, यो वा बोधाय चरेत् ।

कतै अन्यत्र पनि, हे भगवान, अनभिनिर्वृत्त (हुँदै नभएको) सर्व(कुनैपनि)धर्म चाहे बुद्धधर्म होस् अथवा बोधिसत्त्वधर्म होस् जो उपलव्ध छैन, त्यो अथवा यो लाई बुझेर(बोध गरेरमात्र) चर्या गरोस् ।

सचेद्भगवन् एवं भाष्यमाणे एवं देश्यमाने एवमुपदिश्यमाने बोधिसत्त्वस्य महासत्त्वस्य चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसं, न भग्नपृष्ठीभवति, नोत्त्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, एवं वेदितव्यम्- चरत्ययं बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायाम् ।

यस्तो विषयमा, हे भगवान, भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा (जुन)बोधिसत्त्वको चित्त संकुचित हुदैन, संलीयत(अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमितामा चर्या गरेको छ भनि बुझ्नुपर्दछ ।

भावयत्ययं बोधिस्त्वो महासत्त्व: प्रज्ञापारमितामिति ।

यस्तो किसिमले बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको भाव गरेको हुन्छ ।

तत्कस्य हेतो: ?

त्यस्को हेतु के होला ?

यस्मिन् हि समये भगवन् बोधिसत्त्वो महासत्त्व: इमान् धर्मान् प्रज्ञापारमितायां व्युपपरीक्षते, तस्मिन् समये न रूपमुपैति, न रूपमुपगच्छति, न रूपस्योत्पादं समनुपश्यति, न रूपस्य निरोधं समनुपश्यति ।

यस्तो (भाव गरेकोजुन सुकै) समयमा पनि, हे भगवन, बोधिसत्त्व-महासत्त्व यस्ता धर्म(वस्तु)का बारेमा प्रज्ञापारमितावाट उपपरीक्षा(निरीक्षण) गरेको हुन्छ, त्यसबेला न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।

एवं न वेदना न संज्ञा न संस्कारान् ।

यसैप्रकारले उ न संज्ञा न संस्कारमा नै रहेको हुन्छ, न संज्ञा न संस्कारमा नै जान्छ, न संज्ञा न संस्कारको उत्पादलाई हेरेको हुन्छ, न त न संज्ञा न संस्कारको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।

न विज्ञानमुपैति, न विज्ञानमुपगच्छति, न विज्ञानस्योत्पादं समनुपश्यति, न विज्ञानस्य निरोधं समनुपश्यति ।

न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।

तत्कस्य हेतो: ?

त्यस्को हेतु के होला ?

तथा हि यो रूपस्यानुत्पादो न तद्रूपम् ।

जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न नै भएको छैन), त्यो रुप होईन(हुन सक्दैन) ।

यो रूपस्याव्ययो न तद्रूपम् ।

जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) ।

इत्यनुत्पादश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।

यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।  

इत्यव्ययश्च रूपं च अद्वयमेततदद्वैधीकारम् ।

यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । 

यत्पुनरेतदुच्यते रूपमिति, अद्वयस्यैषा गणना कृता ।

यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) ।

एवं तथा हि यो वेदनाया: संज्ञाया संस्काराणाम् ।

यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) ।

तथा हि यो विज्ञानास्यानुत्पादो न तद्विज्ञानम्, यो विज्ञानस्याव्ययो न तद्विज्ञानम् ।

जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन ।

इत्यनुत्पादश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।

यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।

इत्यव्ययश्च विज्ञानं च अद्वयमेततदद्वैधीकारम् ।

यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।

यत्पुनरेतदुच्यते विज्ञानमिति, अद्वयस्यैषा गणना कृता ।

यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) ।

एवं भगवन् प्रज्ञापारमितायां सर्वाकारं सर्वधर्मान् व्युपपरीक्षमाण: तस्मिन् समये न रूपमुपैति, न रूपमुपगच्छति, न रूपस्योत्पादं समनुपश्यति, न रूपस्य निरोधं समनुपश्यति ।

यसप्रकारले, हे भगवान, प्रज्ञापारमिताद्वारा जब सर्वाकारलाई सर्वधर्महरुलाई राम्ररी उपपरीक्षण गरिन्छ, त्यसबेला न रूपमा रहन्छ, न रूपमा जान्छ, न रूपको उत्पाद हेर्दछ, न रूपको निरोधनै हेरिबस्दछ ।

एवं न वेदनां न संज्ञां न संस्कारान् ।

यसैप्रकारले न संज्ञा न संस्कारकमा नै (रहन्छ, न त्यसका रूपमा जान्छ, न त्यसका उत्पादलाइ हेर्दछ, न त्यसका निरोधलाइ नै हेरिबस्दछ) ।

न विज्ञानमुपैति, न विज्ञानमुपगच्छति, न विज्ञानस्योत्पादं समनुपश्यति, न विज्ञानस्य निरोधं समनुपश्यति ।

न विज्ञानमा रहन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पाद हेर्दछ, न विज्ञानको निरोधनै हेरिबस्दछ ।

तत्कस्य हेतो: ?

त्यस्को हेतु के होला ?

तथा हि यो रूपस्यानुत्पादो न तद्रूपम् ।

त्यस्को हेतु के होला ?

यो रूपस्याव्ययो न तद्रूपम् ।

जुन रुप अव्यय छ (जो नाशवान छैन) त्यो रुप होईन(हुन सक्दैन) ।

इत्यनुत्पादश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।

यो अनुत्पादपनि भएको रूपपनि भएकोले (अनुत्पाद र रूप) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।

इत्यव्ययश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।

यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र रूप) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।

यत्पुनरेतदुच्यते रूपमिति, अद्वयस्यैषा गणना कृता ।

यसलाई फेरिपनि भनिएको छ, रूपलाई अद्वयभनि(अद्वयको वर्गमा) गणना गरिएको छ ।

एवं तथा हि यो वेदनाया: संज्ञाया: संस्काराणाम् ।

यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयको वर्गमा गणना गरिएको हो) ।

तथा हि यो विज्ञानस्यानुत्पादो न तद्विज्ञानम्, यो विज्ञानस्याव्ययो न तदविज्ञानम् ।

जसरी नै विज्ञान अनुत्पाद हो (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यसको विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छैन) त्यो विज्ञान हुनसक्दैन ।

इत्यनुत्पादश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।

यो अनुत्पाददपनि भएकोले (अनुत्पाद र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।

इत्यव्ययश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।

यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।

यत्पुनरेतदुच्यते विज्ञानमिति, अद्वयस्यैषा गणना कृता ।।

यसलाई फेरिपनि भनिएको छ, विज्ञानलाई अद्वयभनि(अद्वयको वर्गमा) गणना गरिएको छ ।

अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- तेन हि यथाहमायुष्मत: सुभूतेर्भाषितस्यार्थमाजानामि, तथा बोधिसत्त्वोऽप्यनुत्पाद: ।१८५

तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भने, “आयुष्मान सुभूतिले भन्नुभएको कुराको अर्थ मैले बुझें, त्यैकारणवाट बोधिसत्त्व पनि अनुत्पाद हुन् ।

यदि च आयुष्मान् सुभूते बोधिसत्त्वोऽप्यनुत्पाद:, किं बोधिसत्त्वो दुष्करचारिकां चरति ?

(तर), हे आयुष्मान सुभूति, यदि बोधिसत्त्वहरुपनि अनुत्पाद हो भने किन बोधिसत्त्वले दुष्करचारिकाको चर्या गर्दछन् त ?

यानि वा तानि सत्त्वानां कृशतो दु:खान्युसहते प्रत्यनुभवितुम् ?

यताउताका (चारैतर्फका) सत्त्वप्राणीहरुले (भोग गरेको कर्म)कृत दु:ख आफूले नै पाएको जस्तो गरि किन अनुभव गर्दछन् ?”

एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्- नाहमायुष्मान् शारिपुत्र इच्छामि बोधिसत्त्वं महासत्त्वं दुष्करचारिकां चरन्तम् ।

यस्तो भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे शारिपुत्र, न मैले चाहन्छु कि बोधिसत्त्व महासत्त्वले दुष्करचर्या पालन गरोस् ।

नापि स बोधिसत्त्वो महासत्त्वो यो दुष्करसंज्ञया चरति ।

न त बोधिसत्त्व महासत्त्वहरुले दुष्करसंज्ञामा चर्दछ (अर्थात् न यो चर्या दुष्कर छ वा छैन भन्ने भाव राखेको हुन्छ) ।

तत्कस्य हेतो: ?

त्यसको हेतु के हो त ?

न हि आयुष्मन् शारिपुत्र दुष्करसंज्ञां जनयित्वा शक्योऽप्रमेयाणामसंख्येयानां सत्त्वानामर्थ: कर्तुम् । 

हे शारिपुत्र, (बोधिसत्त्वमा) दुष्करताको संज्ञा भाव आए अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्नसक्ने हुदैनन् ।

अपि तु सुखसंज्ञामेव कृत्वा ।

तर, सुखको संज्ञा भएमा (अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्न सक्ने हुन्छ)  ।

सर्वसत्त्वानामन्तिके मातृसंज्ञां, पितृसंज्ञां पुत्रसंज्ञां दुहितृसंज्ञां कृत्वा स्रीपुरूषेषु ।

सर्वसत्त्वले आफ्ना नगिचमा रहेका स्त्रीपुरुषहरुलाई (नातागोता इष्टमित्रलाई) मातृसंज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा, पितृसंज्ञाको भावना गर्नु पर्दछ ।

एवमेता: संज्ञा: कृत्वा बोधिसत्त्वो महासत्त्वो बोधिसत्त्वचारिकां चरति ।

यसैगरी संज्ञागरी बोधिसत्त्व महासत्त्वले चारिका (चर्या) गर्ने गर्दछ । 

तस्मान्मातृसंज्ञा पितृसंज्ञा पुत्रसंज्ञा दुहितृसंज्ञा बोधिसत्त्वेन महासत्त्वेन सर्वसत्त्वानामन्तिके यावदात्मसंज्ञा उत्पादयित्वा ।

त्यसकारण मातृसंज्ञा, पित संज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा बोधिसत्त्व महासत्त्वने  सर्वसत्त्व सवैलाई यसरी आत्मसंज्ञा उत्पन्न गर्दछ ।  

यथा आत्मा सर्वेण सर्वं सर्वथा सर्वं सर्वदु:खेभ्यो मोचयितव्य:, एवं सर्वसत्त्वा: सर्वेण सर्व सर्वथा सर्व सर्वदु:खेभ्यो मोचयित्वा इति । जसरी आफूलाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा पाउन (कर्म, चेष्टा) गर्ने गर्दछ, त्यसरी नै (बोधिसत्त्व-महासत्त्वले)सवै सत्त्व(प्राणी)लाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा दिलाउने कार्य (कर्म, चेष्टा) गर्ने गर्दछ ।

एवं च सर्वसत्त्वेषु संज्ञा उत्पादयितव्या-मयैते सर्वसत्त्वा न परित्तक्तव्या: ।

यसरी सर्वसत्त्वमा संज्ञा उत्पन्न गर्दछ, ‘म वाट सर्वसत्त्हरू मध्ये कोहिपनि छोडिने छैन ।

मयैते सर्वसत्त्वा: परिमोचयितव्या अपरिमाणतो दु:खस्कन्धात् ।

म द्वारा सकल सत्त्वप्राणीलाई अपरिमानको दु:खस्कन्धवाट छुटकारा दिलाउने छु ।

न च मयैतेषु चित्तप्रदोष उत्पादयितव्य:, अन्तश: शतशोऽपि छिद्यमानेनेति ।

मैले चित्तप्रदोष(उत्साहको कमी हुने, खिन्नता, मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन; अन्त्यमा मेरो शय टुक्रा भएपनि ।

एवं हि बोधिसत्त्वेन महासत्त्वेन चित्तमुत्पादयितव्यम् ।

बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ ।

सचेदेवंचित्तो विहरिष्यति, न दुष्करसंज्ञी चरिष्यति, न दुष्करसंज्ञी विहरिष्यति ।

(जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारको चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ ।

पुनरपरमायुष्मन् शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन एवं चित्तमुत्पादयितव्यम्- यथा सर्वेण सर्व सर्वथा सर्वमात्मा न विद्यते नोपलभ्यते, एवं सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा न संविद्यन्ते नोपलभ्यन्ते ।

तत्पश्चात, हे आयुष्मान शरिपुत्र, बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पाद गरोस्, जसरी सर्वेण सर्व सर्वथा सवैमा आत्मा (भन्ने वस्तु) बिद्यमान छैन, न प्राप्त नै गर्न सकिने हो, त्यसरीनै सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा बिद्यमान छैन, न त प्राप्त नै गर्न सकिने छ ।

एवमाध्यात्मिकबाह्येषु सर्वधर्मेषु संज्ञा उत्पादयितव्या ।

यसैकिसिमले सवै आध्यात्मिक र वाह्यवस्तुहरूमा (दुवै प्रकारका) (माथी उल्लेख भए बमोजिमको) संज्ञा(भावना) उत्पाद गर्न (मनमा राखन) पर्दछ) ।

सचेदेवंचित्तश्चरिश्यति, न दुष्करसंज्ञी चरिष्यति, न दुष्करसंज्ञी विहरिष्यति ।

जो यस्तो चित्तमा (भाव राखी) बस्दछ, त्यस चर्या दुष्कर छ भन्ने संज्ञाभावमा रहदैन, न त्यसले उसले आफू दुष्करचर्यामा विहार गर्दैछु भन्ने संज्ञाभावमा राख्दछ ।

यदप्यायुष्मन् शारिपुत्र एवमाह- अनुत्पादो बोधिसत्त्व इति ।

हे आयुष्मान शारिपुत्र तपाईले भन्नुभयो, बोधिसत्त्व अनुत्पाद हो ।

एवमेतदायुष्मन् शारिपुत्र, एवमेतत् ।

त्यो तपाईले जुन (बोधिसत्त्व अनुत्पाद) भन्नुभयो, त्यो त्यसै हो ।

अनुत्पादो बोधिसत्त्व इति ।

बोधिसत्त्व अनुत्पाद हुन् ।

शारिपुत्रआह- किं पुरायुष्मन् सुभूते बोधिसत्त्व एवानुत्पाद:, उताहो बोधिसत्त्वधर्मा अप्यनुत्पाद ?

शारिपुत्रले सोधे, “के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वमात्र अनुत्पाद हो कि बोधिसत्त्वधर्म पनि अनुत्पाद हो ?”१८९

सुभूतिराह-बोधिसत्वधर्मा अपि आयुष्मान शारिपुत्र अनुत्पाद: ।

सुभूतिले जवाफ दिए, “बोधिसत्त्वधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हुन् ।

शारिपुत्र आह- किं पुनरायुष्मन् सुभूते बोधिसत्त्वाधर्मा एवानुत्पाद:, उताहो सर्वज्ञताप्यनुत्पाद: ?

शारिपुत्रले सोधे, “उसोभए के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वधर्म मात्र अनुत्पाद हो कि सर्वज्ञता पनि अनुत्पाद हो ?”

सुभूतिराह- सर्वज्ञताप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।

सुभूतिले भने, “सर्वज्ञता पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।“

आह- किं पुनरायुष्मन् सुभूते सर्वज्ञतैवानुत्पाद:, उताहो सर्वज्ञताधर्मा अप्यनुत्पाद: ?

(शारिपुत्रले) सोधे, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञता मात्र अनुत्पाद हो कि सर्वज्ञताधर्मा पनि अनुत्पाद हो ?”

आह- सर्वज्ञताधर्मा अप्यानुष्मान् शारिपुत्र अनुत्पाद: ।

(सुभूतिले) भने, “सर्वज्ञताधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”

आह किं पुनरायुष्मन् सुभूते सर्वज्ञताधर्मा एवानुत्पाद:, उताहो पृथक्जनोऽप्यनुत्पाद: ?

शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञताधर्मा मात्र अनुत्पाद हो   कि पृथक्जन पनि अनुत्पाद हो ?

आह- पृथक्जनोऽप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।

(सुभूतिले) भने, “पृथक्जन पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।

आह- किं पुनरायुष्मन् सुभूते पृथग्जन एवानुत्पाद:, उताहो पृथग्जनधर्मा अप्यनुत्पाद: ?

शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, पृथग्जनमात्र अनुत्पाद हो कि पृथग्जनधर्म पनि अनुत्पाद हो ?”

आह- पृथग्जनधर्मा अप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।

(सुभूतिले) भने, “पृथक्जनधर्मा पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”

एवमुक्ते आयुष्मन् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-यद्यायुष्मन् सुभूते बोधिसत्त्वोऽप्यनुत्पाद:, बोधिसत्त्वधर्मा अप्यनुत्पाद:, सर्वज्ञताप्यनुत्पाद:, सर्वज्ञताधर्मा अप्यनुत्पाद:, पृथग्जनोऽप्यनुत्पाद:, पृथग्जनधर्मा अप्यनुत्पाद:, नन्वायुष्मन् सुभूते अनुप्राप्तैव अयत्नेन बोधिसत्त्वेन महासत्त्वेन सर्वज्ञता भवति ।

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “जव, हे आयुष्मान सुभूति, बोधिसत्त्व पनि अनुत्पाद हो, बोधिसत्त्वधर्म पनि अनुत्पाद हो, सर्वज्ञता पनि अनुत्पाद हो, सर्वज्ञताधर्मा पनि अनुत्पाद हो, पृथग्जन पनि अनुत्पाद हो, पृथग्जनधर्मा पनि अनुत्पाद हो, (भनि भावना गरेमा), हे आयुष्मान सुभूति, सहजै अयत्नले नै पनि बोधिसत्त्व-महासत्त्व सर्वज्ञता (पाएको) हुन्छ ।”

एवमुक्ते आयुष्मन् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्– नाहमायुष्मन् शारिपुत्र अनुत्पन्नस्य धर्मस्य प्राप्तिमिच्छामि, नाप्यभिसमयम् ।

यस्तो भनेपछि आयुष्मान सुभुतिले आयुष्मान शारिपुत्रलाई यसरी भन्नुभयो, “मैले, हे आयुष्मन् शारिपुत्र, न अनुत्पन्न धर्मको प्राप्तिको ईच्छा राख्दछु, न त अभिसमयकै पनि ।   

नाप्यनुत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते ।

अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति पनि हुदैन ।“पनि हुदैन ।“

आह- किं पुनरायुष्मन् सुभूते अनुत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते, उताहो उत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते ?

(शारिपुत्रले) भने, “के, हे आयुष्मान सुभूति, अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति हुन्छ कि उत्पन्न भएको वस्तुवाट अनुत्पन्न वस्तुको प्राप्ति हुने हो ?“

आह- किं पुनरायुष्मन् शारिपुत्र अनुत्पन्नो धर्म उत्पन्न:, उताहो अनुत्पन्न एव धर्मोऽनुत्पन्न: ?

(सुभूतिले) भने, “फेरि के, हे आयुष्मान शारिपुत्र, अनुत्पन्न वस्तु उत्पन्न हुने हो कि (अथवा) अनुत्पन्नवस्तु वाटै अनुत्पन्नवस्तु उत्पन्न हुने हो ?”

आह- किं पुनरायुष्मन् सुभूते उत्पाद एव धर्मोऽनुत्पाद:, उताहो अनुत्पादो धर्म उत्पाद: ?

(शारिपुत्रले) भने, “के फेरि, हे आयुष्मान सुभूति, उत्पन्न भएको वस्तु नै अनुत्पाद हो कि (अथवा) उत्पन्न नभएको वस्तु उत्पन्न हुने हो ?“

आह- उत्पादो धर्मोऽनुत्पादो धर्म इत्यायुष्मन् शारिपुत्र न प्रतिभाति जल्पितुम् ।

(सुभूतिले) भने, “हे आयुष्मान शारिपुत्र, उत्पादितवस्तु वा अनुत्पादित वस्तु (कुनैपनि) विवादको विषय होइन ।”

आह- अनुत्पादोऽपि ते आयुष्मन् सुभूते प्रतिभाति जल्पितुम् ।

(शारिपुत्रले) भने, “(उसोभए), हे आयुष्मान सुभूति, उत्पन्न नभएको वस्तु भनि भन्न (छलफलको विषय बनाउन) पर्ने हो कि ?“

आह- अनुत्पाद एवायुष्मन् शारिपुत्र जल्प: ।

(सुभूतिले) भने, “हे शारिपुत्र, अनुत्पादित वस्तु भन्ने नै विवाद(छलफलको) विषय हो ।”

अनुत्पाद एव आयुष्मन् शारिपुत्र प्रतिभाति ।

(यसैले) अनुत्पाद (भनि जे भनिएको छ त्यो नै) वस्तु प्रतिभान (देखिएको) हो ।

अनुत्पाद एव आयुष्मन् शारिपुत्र प्रतिभानम् ।

अनुत्पाद(वस्त् नै), हे शारिपुत्र, प्रतिभान (देखिने) भएको हो ।

एवमेवायुष्मन् शारिपुत्र  अत्यन्तं प्रतिभाति ।

यसरी नै, हे आयुष्मान शारिपुत्र, अत्यन्त प्रतिभात (देखिने) भएको हो ।“

एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतमेतदवोचत्- धार्मकथिकानामायुष्मान् सुभूतिरग्रतायां स्थापितव्य: ।१९३

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “धार्मकथिकामध्ये आयुष्मान सुभूति अग्रस्थानमा स्थापित हुनुहुन्छ ।,

तत्कस्य हेतो: ?

यस्को के हेतु होला ?

तथा ह्यायुष्मान् सुभूति: स्थविरो यतो यत एव परिप्रश्नीक्रियते, ततस्तत एव नि:सरति, धर्मतायाश्च न चलति, तां च धर्मतां न विरोधयति ।

जसरी आयुष्मान सुभूति स्थवीरसंग जस्तोसुकै पनि परिप्रश्न गरिएपनि वहाँ छल्नुहुन्छ (नि:स्‌+अरति), धर्मता पनि छोडनुहुन्न, धर्मताको पनि विरोध गर्नुहुन्न ।“

एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्- धर्मतैषा आयुष्मन् शारिपुत्र भगवत: श्रावकाणामनिश्रितधर्माणाम् ।

यस्तो भनेपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, ‘धर्मतानै, हे आयुष्मान शारिपुत्र, श्रावकहरुको लागि भगवानवाट (देखाउनु भएको) अनिश्रित(जाने) धर्म(ठाउँ, वस्तु) हो ।

ते यतो यत एव परिप्रश्नीक्रियन्ते, ततस्तव एव नि:सरन्ति, धर्मतां च न विरोधयन्ति, धर्मतायाश्च न व्यतिवर्तन्ते ।

तिनिहरुले जस्तोसुकै परिप्रश्न गरेतापनि वहाँ छल्नुहुन्छ (नि:स्‌+अरति), धर्मताको पनि विरोध गर्नुहुन्न, धर्मताको वाहिर जानुपनि हुन्न ।

तत्कस्य हेतो: ?

यस्को के हेतु होला ?

यथापि नाम अनिश्रितत्त्वात्सर्वधर्माणाम् ।

जस्तो नाम छ, सर्वधर्महरु पनि त्यसै हुने (अनिश्रित) हो ।

एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतमेतदवोचत्- साधु साधु आयुष्मन् सुभूते ।

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “साधु, साधु, हे आयुष्मान सुभूति”

कतमैषा सर्वधर्मानिश्रितपारमिता बोधिसत्त्वानां महासत्त्वानाम् ?

बोधिसत्त्व-महासत्त्वले (चर्यागर्ने) सर्वधर्म(वस्तुहरू) कतैपनि नजाने (गतिहिन भई आश्रय लिएको) ठाउँ, पारमिता, कस्तो हुन्छ ?

सुभूताराह- प्रज्ञापारमितैव आयुष्मान शारिपुत्र सार्वयानिकी, सर्वधर्मानिश्रिततया सर्वधर्मानिश्रितपारमिता च ।

सुभूतिले भन्नुभयो, “प्रज्ञापारमिताभन्नु नै, हे आयुष्मान शारिपुत्र, सर्वयानिकी (सवैलाई समेटेर लग्ने) हो, सकलधर्महरूको गतिहिनभई आश्रय लिने ठाउ हो, र ‘सकलधर्महरूको गतिहिनभई आश्रय लिएको पारमिता’ पनि हो ।

इति हि यस्य बोधिसत्त्वस्य महासत्त्वस्य एवं गम्भीरायां प्रज्ञापारमितायां भाष्यमाणायामेवं देश्यमानायामेवमुपदिश्यमानायां न भवति चित्त्स्य अवलीनत्वम्, न भवति काङ्क्षायितत्वम्, न भवति धंधायितत्वम्, न भवति चित्त्स्यान्यथात्वम्, वेदिव्यमयं बोधिसत्त्वो महासत्त्वो विहरत्यनेन प्रज्ञापारमिताविहारेण अविरहितश्चानेन मनसिकारेणेति ।। 

यस्तो किसिमको गम्भीर प्रज्ञापारमिताको भाष्यमान गर्दा, देशना गर्दा, उपदेश गर्दा जो बोधिसत्त्व-महासत्त्वको  चित्त अवलिन (संकुचित) हुदैन, काङ्क्षा(शंसय) हुदैन, धंधा(पीर, डर, अन्यमनस्यता) हुदैन, चित्त अन्यथा हुदैन त्यस बोधिसत्त्व-महासत्त्वले गरेको विहरण(चर्या) लाई अविरहितभई मनसिकार नभई प्रज्ञापारमितामा विहार गरेको छ भनि बुझ्नु पर्दछ ।

अथ खलु आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- कथमायुष्मन् सुभूते अविरहितो बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, य: प्रज्ञापारमिताविहारेण विहरति ? १९४

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भने, “कसरी, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व अविरहितमनसिकार ९मनसिकारवाट रहित नभै॰ र प्रज्ञापारमितावाट पनि रहित नभईकन विहार गरिरहन्छ ।

यदि ह्यायुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, एवं स विरहित: प्रज्ञापारमिताविहारेण भवति ।

यदि, हे आयुष्मान सुभूति, ९कुनै॰ बोधिसत्त्व-महासत्त्व अविरहितभई प्रज्ञापारमितामा विहरण गर्दच भने उ मनसिकारवारवाट विरहित ९टाढा॰ भईहाल्छ नि । ९होईन र ?॰

यदि च आयुष्मन् सुभूते अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताविहारेण भवति, एवं स विरहितो मनसिकाररेण भवति ।

यदि च आयुष्मन् सुभूते मनसिकारेणविरहितो बोधिसत्त्वो महासत्त्व:, अविरहित एवं प्रज्ञापारमिताविहारेण भवति । हे आयुष्मान सुभूति, यदि बोधिसत्त्व-महासत्त्व मनसिकारवाट रहित नभै बसेमा उ प्रज्ञापारमितावाट रहित भएको हुँदैन ।

एवं सति सर्वसत्त्वा अप्यविरहता भविष्यन्ति प्रज्ञापारमिताविहारेन ।

यसरी सकलसत्त्वप्राणी ९माथी भने बमोजिम॰ अविरहित भई प्रज्ञापारमितावाट अविरहितभई विहार गरिरहन्छ ।

तत्कस्य हेतो:  ?

सर्वसत्त्वा अपि ह्यविरहिता मनसिकारेण विहरन्ति ।

सकल सत्त्वप्राणी ९त्यसरी॰ अविरहित भई मनसिकारले विहरण गरिरहन्छ ।

१९८       यसरी भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “साधु, साधु हे आयुष्मान शारिपुत्र ।, (हुनत तपाईलाई) हकार्न (उपालप्स्ये) पनि सकिन्छ ।

            अथे एव त्वायुष्मता शारिपुत्रेण भूतपदाभिधानेन परिगृहीत: ।

            (किनकि), यहाँ तपाई शारिपुत्रले भूतपद(पञ्चतत्त्वका पदार्थहरु) मात्रको कुरा(अर्थ) गर्नुभयो ।

तत्कस्य हेतो: ?

            त्यसको हेतु के होला ?

            सत्त्वास्वभावतया आयुष्मान् शारिपुत्र मनसिकारास्वभावता वेदितव्या ।

            सत्त्व(प्राणी)हरू अस्वभावको भएको(नभएको?)ले, हे शारिपुत्र, मनसिकार पनि छैन भनि बुझ्नुपर्छ । 

            सत्त्वासद्भावतया आयुष्मान् शारिपुत्र मनसिकारासद्स्वभावता वेदितव्या ।

            सत्त्व(प्राणी)हरू असत् भावको भएकोले, हे शारिपुत्र, मनसिकार पनि असत् हो भनि बुझ्नुपर्छ ।

            सत्त्वविविक्तताया आयुष्मान् शारिपुत्र मनसिकारविविक्तता वेदितव्या ।

            सत्त्व(प्राणी)हरू विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले, हे शारिपुत्र, मनसिकार पनि विविक्त छ भनि बुझ्नुपर्छ ।

सत्त्वाचिन्त्यतया आयुष्मन् शारिपुत्र मनसिकारचिन्त्यता वेदितव्या ।

            सत्त्व(प्राणी)हरू अचिन्त्य (मनले बुझ्न, भेट्टाउन नसकिने) भएकोले, हे शारिपुत्र, मनसिकार पनि अचिन्त्य छ भनि बुझ्नुपर्छ ।

            सत्त्वानभिसंबोधनतया आयुष्मन् शारिपुत्र मनसिकारानभिसंबोधनतया वेदितव्या ।

            सत्त्व(प्राणी)हरू अभिसंबोधि (बोधिप्राप्त गरेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अभिसंबोधि नभएको छ भनि बुझ्नुपर्छ ।

            सत्त्वायथाभूतार्थाभिसंबोधनतया आयुष्मन् शारिपुत्र मनसिकारायथाभूतार्थाभिसंबोधनतया वेदितव्या ।

सत्त्व(प्राणी)हरू अयथाभूतार्थाभिसंबोधि (जस्तो छ त्यस्तै गरी अर्थ बुझेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अयथाभूतार्थाभिसंबोधधि छ भनि बुझ्नुपर्छ ।

            अनेन आयुष्मन् शारिपुत्र एवंरूपेण मनसिकारेण इच्छामि बोधिसत्त्वं महासत्त्वं विहरन्तमनेन विहारेणेति । 

            यसरी नै, हे आयुष्मान शारिपुत्र, यस प्रकारले मनसिकार राखि बोधिसत्त्व-महासत्त्वले विहार गरीरहे हुन्छ, भनि ईच्छा गर्दछु ।“

आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां सर्वकारज्ञताचर्यापरिवर्तो नाम प्रथम: ।

आर्य                  : उत्कृष्टता, उच्च, सभ्य, धार्मिक,

प्रज्ञापारमिता        :महायान बज्रयानको सर्वाधिक महत्त्वपूर्ण ग्रन्थ ।

सर्वकारज्ञता         :सवै क्षेत्रको सर्वविषयक पूर्ण ज्ञान तथा क्षमता ।

सर्वज्ञता              :कुनै एक क्षेत्र या विषयको पूर्ण ज्ञान तथा क्षमता ।

नयति                :

उपशम               :

ऐषिण:               :ईच्छाले ।

श्रावक                :

मार्गज्ञता             :

जगद्धितकृतां

लोकार्थ

संबोधिसत्त्वपादिका

बुद्ध

सर्वज्ञ

आलोक

माया

रूप

भाव

मुक्ति

मैत्रेय

स्फुट

कारिका

एवं मया श्रुतम्

अर्हत्

आस्रव

क्लेष

प्रज्ञाराजा

महानाग

कृतकृत्य

भवसंयोजन

पुद्गल

स्थवीर

प्रतिभात्

आरभ्य

निर्यायु

बोधिसत्त्व महासत्त्व

आनुभाव

वितर्क

श्रावक

तथागत

पुरुषकार

निष्यन्द

००००००००००००००००००००००000000000000000000000000000000000०

।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।।।

। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: ।

वहाँ ‘प्रज्ञापारमिता’ सर्वज्ञ हुनुभएकोले शान्त (निर्वाण)को इच्छा राखेका श्रावकलाई उपशम् अर्थात् निर्वाण व अर्हत्वमा लग्नुहुन्छ । वहाँ ‘मार्गज्ञ’ भएकोले जगतको हितहुतने कार्यगर्ने गरेका अर्थात् वोधिसत्वहरूलाई त्यस्तो कार्य गर्न चाहिने आवश्यक कुराहरू उपलव्ध गराइदिनुहुन्छ । वहाँको संगत गरेका मुनीहरुले यो विश्व ‘सर्वाकार’ अर्थात् सवै वस्तु एकै आकारको हो भनि भन्दछन् । त्यस्ति श्रावक, प्रत्येकबुद्ध, वोधिसत्व र सम्यकसम्बुद्धका जननीलाई नमस्कार छ ।

यो संसार मायारूपसमान स्वभावको हो भनि बुझेका विद्वान योगीजनहरूका निम्ति परामुक्तिदिन, संसारभित्र रहेको दोषको थुप्रोमा भूलि मूर्छितभई बसेका देह(धारि)लाई मैत्रेयनाथ स्वयमले दयाराखि सर्वथा भगवतमार्गमा लाग्ने हुन प्रज्ञापारमिताको कुरा स्पष्टहुनेगरी यस अभिसमयालंकार नामको कारिका टीका बनाउनु भयो । 

मैले यस्तो सुनेको छु ।

एक समयमा भगवान राजगृह नगरको गृध्रकूट पर्वतमा विहार गर्नुभएको थियो, जहाँ ठूलोसंख्यामा भिक्षुसंघवाट वहाँ(भगवान) घेरिएर बस्नुभएको थियो । ती साढे तेह्रसये संख्यामा रहेका भिक्षुहरु मध्ये एकजना आनन्द वाहेक सवैनै अर्हत् भैसकेका, आस्रवक्षीण गरिसकेका, नि:क्लेश भैसकेका, (चित्तलाई) वशमा राखेका, गर्नुपर्ने कर्म गरिसकेका, (जिम्मेवारीको)भारी बिसाईसकेका, राम्ररी चित्तविमुक्त गरिसकेका, सर्वचेतनालाई वशमा राखेका, पारमिता(हरू) पूर्णरूपमा प्राप्त गरेका थिए ।

४१         त्यहाँ (धर्मसभामा) भगवानले आयुष्मान सुभूति स्थवीरलाई वोलाई भन्नुभयो, “हे सुभूति, तिमिलाई बोधिसत्व महासत्वहरुले प्रज्ञापारमिताको आरभ्य (भावना) गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान स्फुरण होस्” ।

५३         (यसरी भगवानले सुभूतिलाई आज्ञा भएपछि) आयुष्मान शारिपुत्रको मनमा यस्तो संशय (विचार) उत्पन्न भयो, “के आयुष्मान सुभूति स्थवीर आफैले आर्जनगरेको प्रज्ञाप्रतिभानबलका आधारमा बोधिसत्व महासत्व(हरू)लाई प्रज्ञापारमिताको यो उपदेश दिनुहुने हो वा बुद्धानुभाव(कृपा)ले हो ?”

५४         (यसरी आयुष्मान शारिपुत्रको मनमा यस्तो (संशय उठेको मनको अवस्थालाई) आयुष्मान सुभूतिले बुद्धानुभाववाट मनैले थाहापाई त्यसरी तर्कना गरिरहेको आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “हे आयुष्मान शारिपुत्र, भगवानको श्रावकले जे जति भाषण गर्दछ, देशना गर्दछ, उपदेश दिन्छ, उदीरणा गर्दछ (वताउँछ), प्रकाश पार्छ, संप्रकाश गर्दछ, ति सवै तथागतको पुरुषाकार अर्थात् पुरुषार्थवाटै भएको हो भनि बुझनुहोस् । त्यसको हेतु के हो भने तथागतवाट धर्मका जेजति देशना भएका छन् ती धर्मदेशनालाई भगवानका श्रावकले सिकेर त्यसको धर्मता(धर्मस्वभाव)लाई साक्षात्कार गर्दछन्, धारण गर्दछन्; र त्यस धर्मतालाई साक्षात्कारगरी, धारणगरी भगवानका ती श्रावकले जेजस्तो भाषण गर्दछन्, जेजस्तो देशना गर्दछन्, जे जस्तो उपदेश दिंदछन्, जेजस्तो उदीरणा गर्दछन्, जेजस्तो प्रकाश पार्दछन्, जेजस्तो संप्रकाश पार्दछन् ति सवै धर्मताको अविरुद्ध अर्थात् तथागतवाट भएका धर्मका देशनासंग विरोध नभएको हुन्छ । (त्यसरी भगवानको श्रावकले गरेको देशनापनि) तथागतले नै गर्नुभएको धर्मदेशनाको, हे शारिपुत्र, नै निष्यन्द(सार) हुन्छ; (किनकि) कुलपुत्रहरुले यस्तो जेजस्तो उपदेश दिन्छन् त्यसमा धर्मताले धर्मताको विरोध गरेको हुँदैन ।“

            तत्पश्चात् आयुष्मान सुभूतिले बुद्धानुभावले भगवानसंग यसो भन्नुभयो, “हे भगवान, हजूरले मलाई, ‘हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरम्य(भावना)गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिमा स्फुरण होस्’, भनि आज्ञा गर्नुभयो । (तर), ‘बोधिसत्त्व-महासत्त्व’ भनेर जुन भगवानले भन्नुहुन्छ, त्यो कसलाई भनिएको हो, बोधिसत्त्व भनिएको कुन धर्म (वस्तु) को अधिवचन हो ? मैले त भगवानले बोधिसत्त्व भनि आज्ञा गर्नुभएको जस्तो कुनै त्यस्तो धर्म(वस्तु) देखेको छैन । साथै, हे भगवान, हजूरले आज्ञा गर्नुभएको प्रज्ञापारमिता नामको धर्म(वस्तु) समेत मैले देखेको छैन । त्यसैले, मैले, हे भगवान, बोधिसत्त्व भनिएको होस वा बोधिसत्त्वधर्म भनिएको होस् त्यसवारे थाहा नभईकन, अनुभव(प्राप्त) नगरीकन, राम्ररी नदेखिकन; प्रज्ञापारमिता (भन्ने नै)पनि नबुझी, (त्यसरी) थाहै नपाई, अनुभवै नगरी, राम्ररी देख्दैनदेखि मैले कस्तो बोधिसत्त्वलाई कस्तो प्रज्ञापारमिता भनूँ, सिकाउँ ?,

त्यसपछि पनि फेरि, हे भगवान, यस्तो विषयमा भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा, जुन बोधिसत्त्वको चित्त अवलीयत(संकुचित) हुदैन, संलीयत(अल्सी) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी(मन फर्किने) हुन्छ, न भग्नपृष्ठी(पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वलाई(मात्र) प्रज्ञापारमिताको अनुशासनीगर्न योग्य हुन्छ । यही कुरा नै ‘प्रज्ञापारमिता’ हो भनि (त्यस्ता) बोधिसत्त्व महासत्त्वलाई बताउनु पर्दछ । यस्तो (भनिएको कुरा नै) प्रज्ञापारमिताको अववाद (शिक्षा) हो । यस(भनिएको कुरा) बमोजिम जो(बोधिसत्त्व) बस्दछ त्यो यसको अववाद(शिक्षा)को अनुशासनीमा रहेको हुन्छ ।,

६९         त्यसपछि, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापारमिताको भावगरी, प्रज्ञापारमिताको चर्यागरी, शिक्षितभई यस्तोप्रकारले शिक्षमाण (जान्नुवुझ्नु) गरेतापनि (उसको) बोधिचित्तले त्यसमा पनि मनना गरेका (आशक्य भएका) हुदैनन् । किनकि उसको चित्त नै अचित्त भएको हुन्छ । चित्तको प्रकृति(स्वरूप) प्रभास्वर(प्रकाश) हुन्छ ।”

७२         त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूति सोधे, “जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो चित्त (अस्तित्वमा) रहेको हुन्छ र ?”

            त्यसको जवाफमा आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई प्रतिप्रश्न भने, “हे आयुष्मान शारिपुत्र, चित्तमा अचित्तता भैसकेपछि त्यस अचित्ततामा ‘छ’ वा ‘छैन’ वा ‘हुन्छ’ (विद्यते) वा ‘उपलभ्यते’(प्राप्तहुन्छ) (भन्ने भाव रहेको) हुन्छ र ?”

            शारिपुत्रले भने, “हुँदैन, हे आयुष्मान सुभूति ।”

            सुभूतिले भने, “त्यसैगरी नै, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा ‘छ(अस्तिता)’ वा ‘छैन(नास्तिता)’ भन्ने नै नभएमा वा अनुभव नभएमा(न उपलभ्यते) तपाइको प्रतिप्रश्न (जवाफ,पर्यनुयोग),जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो रहन्छ ?, ठीकै ठहर्छ ।

            यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई सोधे, “त्यसोभए अचित्तता भनेको के हो त ?”

            सुभूतिले जवाफ दिए, “अचित्तता भनेको (म, मेरो तथा यो, त्यो भन्ने नरहेको) विकाररहित अविकल्प चित्त हो ।”

७४         त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई साधुकार दिए, “साधु साधु, हे आयुष्मान सुभूति । यसरी (योग्य भएको) कारणलेनै तपाईलाई भगवानले ‘अरणाविहारिमध्ये अग्र’ भनि नाम(विशेषण) दिनुभएको होला ।“,

            त्यसो भएकोले अविनिवर्तनीय(फेरि फर्किन, जन्म लिन नपर्ने), अनुत्तर(सवैभन्दा माथिल्लो स्तरको) बोधिसत्व-महासत्वहरु, सम्यकसंबोधिहरु (अवश्य छन् भनि विचार राखि); (त्यस्तालाई खोजी भेट्टाई) रूप(स्वरूप वास्तविक हो होईन भनि) परीक्षणगरी, (त्यस्ता) बोधिसत्व-महासत्वका नगीचमारहि प्रज्ञापारमिता जानिलिनु पर्दछ । श्रावकभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,

            प्रत्येकबुद्धभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,

            बोधिसत्त्वभूमिमा रहेका जो कोहिले (प्रज्ञापारमितामा)शिक्षितहुन चाहना भएमा यहिं(महायान मैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,

            यसको हेतुकारण के हो त ? यहिं (यसै लोकमा, यसै महायानमा)नै रही प्रज्ञापारमितामा विस्तारमा देखाईएका सवैबोधिसत्वधर्महरु देखोस्(बुझोस्); यसैवाट बोधिसत्व-महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको) होओस् (हुनुपर्दछ) । अनुत्तर(यस भन्दा माथि केहि नभएको) सम्यकसम्बोधिमा शिक्षितहुन इच्छा भएकाले पनि यहीं नै प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन (व्याख्या)गर्ने गर्ने पर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,

            यसको हेतुकारण के हो त ? यहिंनै प्रज्ञापारमितामानै विस्तृतरुपमा सवैबोधिसत्वधर्महरु देखोस् (बुझोस्); यसैवाट बोधिसत्व महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको होओस्) हुनुपर्दछ ।”

७८         त्यसपछि आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “हे भगवान, जसलाई ‘बोधिसत्व’ भनि नाम दिइएको छ (त्यस्तो कुनै कुरा) थाहै नपाइकन, अनुभवनै नगरी, राम्ररी देखदै नदेखि; प्रज्ञापारमिता समेत थाहा पाइदैन, अनुभव हुदैन, राम्ररी देखन पनि सकिदैन ।, मैले, हे भगवान, यसरी बोधिसत्व नामधारीलाई नचिनिकन(अविन्दन्), अनुभव नगरी, राम्ररी नदेखि, को बोधिसत्वलाई के प्रज्ञापारमिता सिकाऊँ, के वताऊँ ?,

यसैले, हे भगवान, मैले नजानिकन, अनुभव नगरिकन, राम्ररी नदेखिकन (त्यस्तो) नामधारी बोधिसत्वलाई आयव्यय (‘छ’ वा ‘छैन’) भन्दा कौकृत्य (पछि पश्चाताप हुने कार्य) हुनसक्छ ।, फेरि, हे भगवान, त्यो नामधारी समेत पनि न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ । किनकि त्यस नामधेय(नामधारी व्यक्ति वा वस्तु) नै अविद्यमान छ । यसप्रकार त्यो नामधेय न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ । यस्ता बोधिसत्व-महासत्व जसलाई यसप्रकारको गम्भीर प्रज्ञापारमिताको वारेमा भाष्यमाणगर्दा, देशनागर्दा, उपदेशगर्दा उसको चित्त सानो हुदैन (न अवलियते), मोहित हुदैन (न संलीयते, अल्सि हुदैन), विषाद गर्दैन (न विषीदति), न पश्चाताप हुन्छ (न विषादम आपद्यते), न उसको मन विपृष्ठी (किन गरिरहेको हुँला भनि मन खिन्न हुने) हुन्छ, न भग्नपृष्ठि (पछि किन गरेको थिएँ हुँला भनि मन खिन्न हुने) हुन्छ, न तर्सन्छ (न उत्र्त्रस्यति), न संत्रसित हुन्छ, न संत्रास पर्दछ (न संत्रासम् आपद्यते) ।,

८१         (त्यस्ताले) अधिमुक्तिको अध्याशय (इच्छा, संकल्प, र चेष्टा)गरी बोधिसत्व-महासत्वको नगीचमारहि प्रज्ञापारमिता बुझोस् (जानि लेओस्); अस्थान(अनाशक्त)योगले राम्रोसंग स्थित होओस्, अविनिवर्तनीय (भवसंसारमा पुन: फर्किन नपर्ने) बोधिसत्वभूमिमा स्थित होओस् ।तत्पश्चात्, हे भगवान, बोधिसत्त्व महासत्त्वले प्रज्ञापारमितामा चर्यागर्दा प्रज्ञापारमितालाई भावनागर्दा (प्रज्ञापारमिता भन्ने वस्तु) न रुप(स्कन्ध)मा छ, न वेदना(स्कन्ध)मा छ, न संज्ञा(स्कन्ध)मा छ, न संस्कार(स्कन्ध)मा छ, न विज्ञान(स्कन्ध)मा नै रहेकोछ (स्थातव्य) भन्ने भावना गरोस् (अर्थात् रुप, वेदना, संज्ञा, संस्कार, वा विज्ञानको भावना नगरोस्) । किनकि जसले रुप(को भाव) गरेको हुन्छ रुपाभिसंस्कार(रूपवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन । यस्तै प्रकारले जसले वेदनामा वा, संज्ञामा वा संस्कारमा पनि (भाव गरेको हुन्छ, अभिसंस्कार(तिनिहरूवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ) । यसरी नै जसले विज्ञानको भाव गरेको हुन्छमा रहन्छ, विज्ञानाभिसंस्कार (विज्ञानवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन । किनकि अभिसंस्कारित वस्तुको भावनागरी चर्यागर्दा न प्रज्ञापारमितानै प्राप्तहुन्छ, न (त्यस्तो)प्रज्ञापारमिताको (चर्यावाट) योगप्राप्ति हुन्छ, न त प्रज्ञापारमिता नै पूर्ण हुन्छ । अपरिपूर्ण भएको प्रज्ञापारमितावाट निर्यास्य(निर्वाणमार्गमा प्रवेश) भईदैन; सर्वज्ञतापनि आफैले आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगरेको नभै परिगृण्हन् (अनाशक्तरुमा स्वत: प्राप्त भएको) हुनुपर्दछ । किनकि रूप त अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नु पर्दछ । यस्तै किसिमले वेदना, संज्ञा र संस्कारहरूलाई पनि (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन भनि भाव गर्नु पर्दछ) । विज्ञानलाई पनि अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन भनि भाव गर्नु पर्दछ) ।,

            जस्को रूपलाई ग्रहण गर्न सकिदैन, त्यो रूप रहदैन (यश्च रूपस्यापरिग्रह:, न तद्रूपम्) । यस्तै किसिमले वेदनालाई, संज्ञालाई र संस्कारलाई पनि (भाव गर्नु पर्दछ ।) जुन विज्ञान अपरिग्रहित हुन्छ त्यो विज्ञान रहँदैन । त्यसरी नै जुन प्रज्ञापारमिता अपरिगृहिता हुन्छ त्यो प्रज्ञापारमिता रहँदैन । यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमितामा चर्या गरोस् । यसरी (चर्यागरी) बोधिसत्त्व-महासत्त्वहरुले ‘सर्वधर्म अपरिगृहित, नाम गरेको अप्रमाण(यतीउती भन्न नसकिने, सीमा नभएको), असाधारण किसिमको, विपुल समाधि लाभ गर्दछ (पुरस्कृत हुन्छ) । यस्तो प्रकारको सर्वज्ञता श्रावक, प्रत्येकबुद्ध (कसै)ले पनि ग्रहण गरेका हुदैनन्, न त यस(सर्वज्ञता)को निमित्तनै ग्रहणगर्न योग्य हुन्छ ।,

८१         यदि निमित्त ग्रहणगर्न सकिने भए, श्रेणिक परिब्राजकले यसमा श्रद्धा पनि गर्दैन थिए (अलप्स्यत) । त्यसैले श्रेणिक, परिब्राजकले सर्वज्ञज्ञान (महायान)मा निश्चयपूर्वक लागि श्रद्धापूर्वक कुनै प्रदेशिक (एक विषयको) ज्ञानमा लाग्ने गर्दछन् । त्यसमा लागेकाले परिवर्तनशील रुपलाई ग्रहण गर्दैन । यसै प्रकारले न वेदना, न संज्ञा न संस्कार(लाई पनि ग्रहण गर्दैन) ।

            न विज्ञानलाई नै ग्रहण गर्दछ ।

            न त त्यहाँ प्रीतिसुखले त्यस ज्ञानलाइ राम्रोरी हेर्दछ ।

            न अध्यात्मरूपको त्यस ज्ञानलाई राम्रोरी हेर्दछ ।

            न रूपको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

            न रूपको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

            न अन्यत्र कुनैरूपलाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

            न विज्ञानको, (न) संज्ञाको, (न) संस्कारको अध्यात्महरुलाई (त्यस ज्ञानलाई राम्रोरी हेर्दछ) ।

            न विज्ञानको अध्यात्मलाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

            न विज्ञानको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।

            न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।

            न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।,

            यहाँ पद (धर्मसूत्र) र पर्याय(व्याख्या)ले श्रेणिक र परिब्राजक अधिमुक्त हुन्छ । उ सवैतिर श्रद्धानुसारीभई सर्वज्ञज्ञानमा धर्मता(शून्यता)लाई प्रमाणीकृत(प्राप्त)गरी यसवाट अधिमुक्त हुन्छ । त्यसवाट कुनै धर्म(वस्तु) लिईएको भएको हुदैन । न त कुनै पनि वस्तु(धर्म) जुन उपलव्ध हुन्छ, सो ग्रहण गरिएको वा त्याग गरिएको हुन्छ ।  त्यसले निर्वाणको पनि ईच्छा राख्दैन । यही नै, हे भगवान, वोधिसत्व-महासत्वको लागि प्रज्ञापारमिता हो भनि बुझोस्; र त्यसलाई रुपको निमित्तको रूपमा परिगृहण नगरोस् । यसरी नै वेदना, संज्ञा र संस्कारलाई पनि वेदना वा संज्ञा वा संस्कारको निमित्तको रूपमा परिगृहण नगरोस् । यसरी नै विज्ञानलाई पनि विज्ञानको निमित्तको रूपमा परिगृहण नगरोस् ।

            न त उसको दशतथागतबल, चतु:तथागतवैशार्द्य र अष्टादश आवेणिक बुद्धधर्महरू अपरिपूर्ण नै रहेको अवस्था(विचै)मा अन्तरा निर्वाण हुन्छ । त्यसैले, हे भगवान, बोधिसत्व महासत्वले (निमित्त ग्रहण नगर्नु) नै प्रज्ञापारमिता हो भनि बुझनु पर्दछ ।,

९२         फेरि, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दा प्रज्ञापारमिताको भाव गर्दा यसप्रकार स्व:परीक्षण गर्दै उपनिध्यान गरोस्, “यो प्रज्ञापारमिता के रहेछ ? कसको लागि रहेछ यो प्रज्ञापारमिता ? किन जुन धर्म विद्यमान छैन, उपलभ्य पनि छैन, त्यो कस्तो प्रज्ञापारमिता रहेछ ?,

            त्यसलाई यसप्रकार उपपरीक्षण गरी तथा उपनिध्यान(विपश्यना) गर्दा (जसको चित्त) संकुचित हुदैन, संलीयत (अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न तर्सिएको हुन्छ, न संत्रासमा पर्दछ, (त्यस्ता) बोधिसत्व-महासत्व प्रज्ञापारमितावाट अलग भएको हुदैन भनि बुझ्नु पर्दछ ।”

९५         तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो सोधे, “हे आयुष्मान सुभूति, बोधिसत्व-महासत्व प्रज्ञापारमितावाट रहितभै (टाढा) हुनपर्दैन भनि बुझ्नु पर्दछ भन्ने के कारणले भनिएको हो ?”

            (सुभूतिले भने), “रुप नै रुपस्वभाववाट रहित हुन्छ, यसरीनै संज्ञापनि (संज्ञास्वभाववाट रहित हुन्छ), संस्कारपनि (संस्कार)स्वभाववाट रहित हुन्छ, यसरीनै विज्ञानपनि विज्ञान स्वभावले रहित हुन्छ, त्यसरी नै प्रज्ञापारमितापनि प्रज्ञापारमितास्वभावले रहित हुन्छ, यसरीनै सर्वज्ञतापनि सर्वज्ञतास्वभावले रहित हुन्छ ।“”

            यसप्रकार भनिएपछि, आयुष्मान सुभूतिलाई आयुष्मान शारिपुत्रले यसो भन्नु भयो, “यस्तै हो, हे आयुष्मान शारिपुत्र, यस्तै हो । रूप पनि यसरी नै रुपस्वभाव विहिन हुन्छ । वेदनापनि वेदनास्वभाव विहिन हुन्छ, संज्ञापनि संज्ञास्वभाव विहिन हुन्छ, संस्कारपनि संस्कारस्वभाव विहिन हुन्छ । विज्ञानपनि, हे शारिपुत्र, यसरी नै विज्ञानस्वभाव विहिन हुन्छ । प्रज्ञापारमितापनि यसरी नै प्रज्ञापारमितास्वभाव विहिन हुन्छ । सर्वज्ञतापनि यसरी नै, हे आयुष्मान शारिपुत्र, सर्वज्ञतास्वभाव विहिन हुन्छ । प्रज्ञापारमितालक्षण पनि यसरी नै प्रज्ञापारमिता(स्वभावले) रहित हुन्छ । स्वभावलक्षणपनि यसरी नै लक्षण(स्वभावले) रहित हुन्छ । लक्ष्यस्वभावपनि यसरी नै लक्ष्य रहित हुन्छ । स्वभावलक्षणपनि यसरी नै स्वभाव रहित हुन्छ ।”

९८         यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, ““के फेरि, हे आयुष्मान सुभुति, जो बोधिसत्त्व-महासत्त्व यस(महायान)मा शिक्षित हुन्छ के तिनले सर्वज्ञता पाउँछ ?”

            आयुष्मान सुभूतिले भने, ““यसै हो, हे आयुष्मान शारिपुत्र, यसै हो । जुन बोधिसत्त्व-महासत्त्व यसमा शिक्षित हुन्छ तिनले सर्वज्ञता पाउँछ । किनकि हे, शारिपुत्र, सवैवस्तुहरू अजात (अनुत्पन्न) र निर्जात हुन् ।  यस्तो (भावमा) चर्यागर्ने बोधिसत्त्व-महासत्त्व, हे आयुष्मान शारिपुत्र, सर्वज्ञताको नजिकमा पुग्ने हुन्छ । जति जति सर्वज्ञताको नजिक पुग्दछ, त्यति त्यति सत्त्वपरिपक्वताको लागि कायचित्त परिशुद्ध हुदैजान्छ, लक्षण परिशुद्ध हुदैजान्छ, बुद्धक्षेत्र शुद्ध हुदैजान्छ । बुद्धहरूसंग पनि भेट हुने हुन्छ । यसरी नै, हे आयुष्मान शारिपुत्र बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमिताको भावमा चर्या गर्दै सर्वज्ञताको नजिकमा पुग्दछ ।“”

९९         तत्पश्चात् आयुष्मान सुभूतिले बोधिसत्त्व-महासत्त्वले पालनगर्नुपर्ने(आरभ्य) कुराहरू भन्नुभयो, “”जो रूपमा (भावगरी) चर्या गर्दछ निमित्तको भावगरी चर्या गरेको हुन्छ । जो रूपलाई निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको निरोधमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको विनाशमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूप त शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जसले म चर्या गर्दछू भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । म बोधिसत्त्व हूँ भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । म बोधिसत्त्व हूँ भनि उपलम्भगरी जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।,

            यसैगरी वेदना, संज्ञा, संस्कारमा पनि (माथी लेखिए बमोजिम जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ) ।  यसरी नै जो विज्ञानमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञानकै निमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञाननै निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञानको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञान नै शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म चर्या गर्दछु भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म बोधिसत्त्व हूँ भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म बोधिसत्त्व हूँ भनि उपलम्भगरी चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।,

            जसले फेरि (माथी वर्णन गरिएको) जस्तोगरी चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको चर्या गर्दछ; तापनि त्यसले पनि यदि मैले प्रज्ञापारमिताको चर्या गर्दैछु भन्ने भाव राख्दछ भने निमित्तकै चर्या गरेको हुन्छ । यी बोधिसत्त्व अनुपायकुशल (उपाय नजानेका) भनि बुझ्नु पर्दछ ।“”

१००       तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी फेरि, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दछ ?”

            यसो भनेपछी आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “त्यसरी नै, हे शारिपुत्र, बोधिसत्व-महासत्व न रुपमा चर्या गर्दछ, न रुपको निमित्तमा चर्या गर्दछ, न रुपनै निमित्त हो भनि चर्या गर्दछ, न रुपको उत्पादमा चर्या गर्दछ, न रुपको निरोधमा चर्या गर्दछ, न रुपको विनाशमा चर्या गर्दछ, न रुप शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।,

            यसरी नै न वेदना, न संज्ञा, न संस्कारमा (भाव) गर्दछ । त्यसरी नै न विज्ञानमा चर्या गर्दछ, न विज्ञानको निमित्तमा चर्या गर्दछ, न विज्ञाननै निमित्त हो भनि चर्या गर्दछ, न विज्ञानको उत्पादमा चर्या गर्दछ, न विज्ञानको निरोधमा चर्या गर्दछ, न विज्ञानको विनाशमा चर्या गर्दछ, न विज्ञान शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।,

            जसले फेरि (माथी वर्णन गरिएको) जस्तोगरी चर्या गर्दैन, त्यसले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ । यसरी बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ । उसले यसरी चर्या गरेको भएतापनि म चर्या गर्दैछु भन्ने भाव गर्दैन (न उपैति), चर्या गरेको छैन भन्ने भाव पनि गर्दैन, न चर्या गर्दैछु न चर्या गरेको छैन भन्ने पनि भाव गर्दैन, चर्या गरेको पनि छैन नगरेको पनि छैन भन्ने भन्ने पनि भाव गर्दैन, न चर्या गर्नुछ न चर्या गर्नु छैन भन्ने भाव पनि गर्दैन ।,

            यसको के हेतु कारणले भाव नगरेको होला ? सर्वधर्मा (सम्पूर्ण वस्तु) अनुपगत(पछि लागि आएको) भएकोले, अनुपात्ता (परमार्थको दृष्टिकोणले ग्रहणीय नभएको) भएकोले ।”

            यसो भनेपछी (मनमा राखेपछि) बोधिसत्व-महासत्वलाई सर्वधर्मानुपादान नाम गरेको समाधि प्राप्त हुन्छ, जुन (समाधि) विपुल छ, असाधारण छ र सवै श्रावक (तथा) प्रत्येकबुद्धलाई (प्राप्तहुने) निश्चित छ । त्यसैमा समाधीमा विहार गरी बोधिसत्त्व महासत्त्व छिट्टै अनुत्तर सम्यक्संबोधिमा अभिसंबुद्ध हुन्छ (प्राप्त हुन्छ) ।”

१०४       बुद्धको आनुभाव(प्रेरणा)ले आयुष्मान सुभूतिले यसो भन्नुभयो, “हे भगवान, यस समाधिमा चर्यागर्ने बोधिसत्व-महासत्वलाई पहिलेका तथागत अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यकसम्बोधि(पद) लाभहोस भनि व्याकृत गरिएको हुनुपर्दछ । (त्यस्तो महान समाधिलाई पनि) त्यसले देख्दैन, न त्यसले (त्यस)समाधीवारे मनमा राख्दछ,- म समाहित भएको छु, म समापत्स्य भएको छु, म समाधिमा समापद्य भएको छू, म समाधिसम्पन्न भएको छु; उसले एउटामात्र, ‘सर्वकिसिमले सर्वसर्वथा सम्पूर्णवस्तु छैन’ भन्ने कुराको भाव राख्दछ ।”

१०५       यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भन्नुभयो, “कसरी, हे सुभूति, कस्तो समाधिमा बसेको बोधिसत्व-महासत्वलाई तथागत् अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यक सम्बोधि पाउने छ भनि व्याकृत गरिएको छ ? के त्यो समाधि देखाउन सक्नुहुन्छ ?”

            सुभूतिले भने, “म भन्दछु, सकिंदैन, हे आयुष्मान शारिपुत्र । किनकि त्यस समाधिलाई कुलपुत्रले न जान्न (ज्ञात गर्न, थाहा पाउन) सक्दछ, न याद राखनै (संझना) सक्दछ । त्यसरी न जान्न सकिने न जानिएको हुन सकिने के हेतु होला त ? अविद्यामान(अस्तित्वमा नभएको) वस्तु भएकोले त्यसको समाधि गरे पनि न जान्न सकिन्छ न राम्ररी देखन सकिन्छ (संजानीते) ।’

            त्यसपश्चात् भगवानले आयुष्मान सुभूतिलाई साधुवाद दिंदै बन्नुभयो, “साधुसाधु, हे सुभूति । त्यो त्यसै हो, हे सुभूति, त्यो त्यसै हो । जेजति तथागतको आनुभाव(प्रेरणा, आशिर्वाद)ले तिमिलाई प्रस्फुरण (प्रतिभाति) भएको हो, त्यो तथागतको अधिष्ठानवाटै उपदेशित भएको हो । यसरी नै यहाँ बोधिसत्व-महासत्वले शिक्षित होओस् । किनकि यसरी नै बोधिसत्व-महासत्वले शिक्षा प्राप्तगरी प्रज्ञापारमितामा शिक्षित हुन्छन् ।“”

१०९       तत्पश्चात्, आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “यसप्रकार शिक्षा दिईएका (सिकाईएका), हे भगवान, बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित हुन्छन् ?”

            यसो भनेपछी भगवानले आयुष्मान शारिपुत्रलाई यसो बन्नुभयो, “यसरी शिक्षा दिईएका बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित भएका (सिकेका, थाहा पाएका) हुन्छन् ।”

            यसो भनेपछी आयुष्मान शारिपुत्रले भगवानसंग सोध्नुभयो, “यसप्रकार शिक्षा पाएका बोधिसत्व-महासत्व के धर्म(वस्तु, विषय)मा शिक्षित भएका हुन्छन् ?”

            भगवानले आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “यसरी शिक्षित भएका बोधिसत्व-महासत्व कुनै पनि धर्म(वस्तु, विषय)मा शिक्षित हुदैनन् । किनकि

            उसको लागि त्यस्तो कुनै पनि धर्म बाकि रहदैन (न संबिद्यन्ते), जुन धर्मलाई बालपृथक्जनले जसरी लिएका हुन्छन् ।”

            आयुष्मान शारिपुत्रले सोधे, “तब कसरी त्यस्तो (धर्मता) रह्यो त, भगवान ?”

            भगवानले भन्नुभयो, “जसरी, हे शारिपुत्र, (तिम्रो आफ्नै पनि) अस्तित्व छैन (न संविद्यन्ते) त्यसरी नै अविद्यमान (अस्तित्व नभएको वस्तु) विद्यमान भएको जस्तो देखिएको हो । त्यसैलाई नै अविद्या भनिन्छ । त्यस्तोलाई राम्ररी थाहा नपाएका (अश्रुतवन्तो), बाल (मूर्ख, अज्ञानी) र पृथक्जन (छाडा, अनुशासनमा नरहेका)ले (छ भन्ने गर्दछन्) । त्यसरी अस्तित्व नरहेको सर्वधर्मा (सम्पूर्ण वस्तुहरु) कल्पित गरिएका हुन् ।  तीनिहरुले त्यसरी कल्पना गरि दुई टुप्पाहरू (आदि अन्त्य छन् भन्ने धारणा राखि) आशक्त भई बस्दछन्, त्यस्तो (धारणा राखी आशक्त भई बसेको कारण)वाट तीनिहरूले धर्म(वस्तुको स्वभाव) न जान्न सक्दछ न देखन सक्दछ ।  त्यसैले त्यस्ता असंविद्यमान भएका सम्पूर्ण धर्महरु कल्पित (कल्पना गरि बनाईएका) हुन् ।           कल्पना गरेर शुरू अन्त्यको टुप्पाहरू अभिनिविश्य (निर्माणगरी) त्यसैमा टाँसिएर बस्दछन् । त्यसरी अभिविनिश्य (कल्पनावाट निर्माण गरी) त्यसको निदानलाई समाति(तन्निदानम् उपलम्भं) त्यसैवाट भूतकालका धर्मान्(वस्तुहरू) कल्पना गरी बस्दछन्, भविष्यका वस्तुहरू भनि कल्पनागरी बस्दछन्, र वर्तमानमा धर्म(वस्तुहरू) पनि कल्पना गरि बस्दछन् । त्यसरी कल्पनागरेको नामरुपमा अभिनिविष्ट (आसक्त) भइ बस्दछन् । ती अविद्यमान भएका सवैधर्म(वस्तु)हरु कल्पित हुन् । त्यस्ता अविद्यमान भएका सम्पूर्णवस्तु (सर्वधर्मा) कल्पना गरिबसेको हुँदा यथाभूत(जे जस्तो छ त्यस्तै)मार्ग जान्दैनन्, देख्दैनन् । यथाभूतमार्ग नजानेका नदेखेकाहरु त्रिधातुक(त्रिलोक, सम्पूर्ण लोक)वाट निर्यान्त(पार) हुदैनन्, भूटकोटि(पूर्रूपमा अद्वैतको स्थिति, सर्वसत्त्वहरू उत्पन्नहुनु अघिको अवस्था)लाई बुझ्दैनन् । त्यसकारण तिनिहरू बालजनले गर्ने जस्तो संज्ञा (भावना, व्यवहार) गर्ने गर्दछन् । तिनिहरुले सत्य धर्ममा श्रद्धा गर्दैनन् । त्यसैले, हे शारिपुत्र, बोधिसत्त्व-महासत्त्वहरु कुनै पनि धर्म(वस्तु)मा अभिनिविष्ट(टाँसिएर बसेका) हुदैनन् ।”

११०       यसरी भनिएछि आयुष्मान शारिपुत्रले भगवानलाई भन्नुभयो, “यसरी शिक्षा लिएका बोधिसत्व-महासत्व के सर्वज्ञतामा शिक्षित भएका(बुझेका) हुन्छन ?

            भगवानले भन्नुभयो, “यसप्रकार शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वज्ञतामा पनि शिक्षित हुदैनन् । यसरी शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वधर्ममा शिक्षित हुन्छन् । यसरी शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वज्ञतामा शिक्षित भई सर्वज्ञतामा नगीच भएर बस्दछ र सर्वज्ञतातर्फ लाग्दछ (निर्यास्यति) ।”

११६       तत्पश्चात आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “हे भगवान, यदि कसैले यसरी सोधेमा, ‘के यस्ता मायापुरुष सर्वज्ञतामा शिक्षित हुन्छन् ? सर्वज्ञताको नगीच भएर बस्दछन् ? सर्वज्ञतालाई नाघेर अघि जान्छन् ?’, के निर्देश गर्नुपर्ने हो ?”

            यसरी भनिएपछि भगवानले आयुष्मन्त सुभूतिलाई भन्नुभयो, “त्यसैले नै, हे सुभूति, म तिमिसंगै प्रतिप्रश्न गर्छु । जस्तो तिम्रो क्षमता छ, त्यसरी व्याकरण(व्याख्या) गर” ।

            आयुष्मान शारिपुत्रले भने “हे भगवान (हजूरलाई) नित्य साधुवाद छ”, “सोध्नुहोस् (प्रत्यश्रौषीत्) ।”

            भगवानले यसो भन्नुभयो, “त के, हे सुभूति, त्यो माया(मायाजाल) वेग्लै हो र त्यसको रुप वेग्लै हो ? माया वेग्लै हो, वेदना वेग्लै हो ? संज्ञा वेग्लै हो, संस्कार वेग्लै हो ? माया वेग्लै हो अविज्ञान (अविद्या) वेग्लै हो ?”

            सुभूतिले भने, “त्यसो होइन, भगवान । न माया बेग्लै हो न त त्यसको रूपनै बेग्लै हो । रूप नै माया हो, माया नै रूप हो । न माया वेग्लै हो, (न) वेदना वेग्लै हो, (न) संज्ञा वेग्लै हो, (न) संस्कार वेग्लै हो । वेदना, संज्ञा संस्कार, हे भगवान, माया जस्तै हो; मायावाटै वेदना संज्ञा संस्कार (उत्पन्न हुने हो) । हे भगवान, न माया वेग्लै हो (न) त्यसको विज्ञान वेग्लै हो । विज्ञानवाटै माया हुन्छ र मायावाटै विज्ञान हुन्छ ।“”

११८       भगवानले भन्नुभयो, “त्यसो भए के भन्छौ, पाचओटा उपादानस्कन्धहरुको (आधारमा) संज्ञा, समज्ञा, प्रज्ञप्ति, र व्यवहारलाई लिएर बोधिसत्व भनिएको हो भनि मनमा लिएका छौ कि ?”

            आयुष्मान सुभूतिले भगवानलाई भन्नुभयो, “यसै हो, हे भगवान, यसै हो (भन्ने मलाई लाग्छ) । त्यसरीनै, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापामिताको शिक्षमाणगरी, मायापुरुष(इन्द्रजालवाट कुनै वस्तु उत्पन्न गर्ने लीन गराउने जादूगर) जस्तै शिक्षित भई(उत्पन्न वा लीन गरेको वस्तुमा कुनै भाव नलिई गर्ने व्यवहार गरी) अनुत्तर सम्यससम्बोधि प्राप्त गर्दछन् । किनकि त्यस (बोधिसत्त्व-महासत्त्व)ले त्यसरी नै मायापुरुष(जादूगर)ले जस्तै पञ्चउपादानस्कन्ध धारण गरेको (आधार लिएको) हुन्छ । किनकि (तथा हि भगवन् मायोपमं रूपमुक्तं भगवता) । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित रूपवाट) मुक्त (रहेको हुन्छ) । जुन रूपलाई षड्इन्द्रियले (अनुभव गरेको हुन्छ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) भएको हुन्छ । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व-महासत्त्व) मायावाट (सिर्जित) वेदना, संस्कारहरुवाट मुक्त (रहेको हुन्छ भनि हजूरले) भन्नुभएको छ(हुनुपर्दछ) । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) विज्ञानवाट मुक्त (रहेको हुन्छ भनि) भगवानवाट भनिएको हो । जुन विज्ञानलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो । (महा)यानमा संप्रस्थित भएका नयाँ बोधिसत्व महासत्व यी निर्देशहरु सुनेर उत्र्त्रसित नहुने, संत्रसित नहुने संत्रासमा नपर्ने हुन्छ ।

            भगवानले भन्नुभयो, “यदि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व-महासत्व पापमित्रका संगमा परेमा भने उत्र्त्रसिन्छ, संत्रसित हुन्छ, संत्रासमा पर्दछ । तर, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व-महासत्व कल्याणमित्रको संगमा परेमा भने न उत्र्त्रसित हुन्छ, न संत्रसित हुन्छ, न संत्रासमै पर्दछ ।”

१२२       भवगवानवाट यस्तो आज्ञा भएपछि आयुष्मान सुभूतिले सोधे, “कसरी फेरि, हे भगवान, बोधिसत्त्व-महासत्वले कल्याणमित्र को हो भनि कसरी थाहापाउने हो ?”

            भगवानले भन्नुभयो, “(कल्याणमित्र त्यो हो) जसले यसप्रकारले पारमिताको बारेमा बताउँछ, अनुशासित गर्दछ । जसले मारकर्मको वारेमा उपदेश दिन्छ । साथै, मारदोषको वारेमा बताउँछ;- मारदोष यस्तो हुन्छ । साथै, मारकर्म वारेमा पनि बताउँछ, – यी मारकर्म हुन् । त्यसरी ती कुराहरू बुझाई (त्यसलाई) त्याग्नसक्ने  बनाउँदछ । यस्तालाई, हे सुभूते, महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व-महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।”

            यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानलाई सोध्नुभयो, “जुन भगवानले पनि भन्नुभएको हो, ‘यी, हे सुभूति महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व-महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।’, त्यस बोधिसत्व-महासत्व भनि भगवानले भन्नुभएको त्यस बोधिसत्व भनिएको पदको अर्थ हो ?”

            यसरी सोधिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “अपदार्थ हो, हे सुभूति, वोधिसत्व पदार्थ । किनकि, सवैधर्म(सकल वस्तुहरू)मा पनि, हे सुभूति, बोधिसत्व-महासत्व असक्ततामा शिक्षित भएको हुन्छ अर्थात् कुनै पनि वस्तुमा आशक्ति राखेको हुँदैन । सर्वधर्म(सकल वस्तुहरू)को अनुबोधन(ज्ञानलिने कार्य गर्दा कुनैपनि वस्तु)मा आशक्ति नराखी, हे सुभूति, वोधिसत्त्व-महासत्त्वले अनुत्तर सम्यकसंवोधि अभिसंवोधि (प्राप्त) गर्दछ । बोधिज्ञान(बुझेको) कारणले नै, हे सुभूति, बोधिसत्व-महासत्व भनिएका हुन् ।”

            सुभूतिले भन्नुभयो, “भगवानले फेरि बोधिसत्त्व-महासत्त्व भनि जो आज्ञा गर्नुहुन्छ, त्यो के कारणले बोधिसत्व-महासत्व भनि भनिएको हो ?”

            भगवानले भन्नुभयो, “सत्त्वनिकाय(प्राणीका समूह)मध्ये धेरैठूलोमात्रामा सत्त्वताभएको कार्य(चर्या)गरि अग्र(स्थानमा) रहेको अर्थमा बोधिसत्त्व भनि भनिएको हो ।””

१३३       तत्पश्चात आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि प्रतिभास भएको छ कि यसै अर्थले बोधसत्त्व-महासत्त्व भनिएको हुनुपर्दछ ।”

            भगवानले भन्नुभयो, “हे शारिपुत्र, तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”

            आयुष्मान शारिपुत्रले भन्नुभयो, “महति (धेरै, दृढरूपमा) आत्मदृष्टी(म, मेरो भन्नेअहंकारदृष्टि), सत्त्वदृष्टी(संसीदनात्मकत्वात् अर्थात् नरम भईजानेभएकोले), जीवदृष्टी (जीवितेन्द्रिको वशमा परेका), पुद्गलदृष्टी(पुन: पुन: षड्गतिमा जन्मलिन आउने), भवदृष्टी(आभिर्भव अर्तात् उत्पन्न भै आएको), विभवदृष्टी(हराइएर जाने भएको), उच्छेददृष्टी(पहिले थियो, अहिले छैन भन्ने विचार), शाश्वतदृष्टी(जुन पहिले थियो त्यो अहिले पनि छ भन्ने विचार), स्वकायदृष्टी (पञ्चस्कन्धलाई म, मेरो भन्ने कल्पना गरेको) र यस्यै अन्य दृष्टी (विभिन्न दर्सनहरू)हरुलाई प्रहाणगर्न धर्मदेशना गर्नुहुन्छ; त्यसैले बोधिसत्व-महासत्व भनिएको हुनुपर्दछ ।”

            तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि बोधिसत्त्व-महासत्त्व किन भनिएको होला भन्ने विचार आएको छ ।”

            भगवानले भन्नुयो, “हे सुभूति, तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”

सुभूतिले भन्नुभयो, ““हे भगवान, बोधिसत्व-महासत्व यसरी भनिन्दैन (सुभूतिराहबोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते) ।, हुनत त्यस्तो बोधि(बोधि, प्रणिधि र प्रस्थान)चित्त, सर्वज्ञताचित्त, अनास्रव(आस्रव नभएको)चित्त, असम(असाधारण)चित्त, असमसम(असाधारणरूमा शान्त, बुद्धभूमि)चित्त(का कुराहरु) सवै श्रावक र प्रत्येकबुद्धहरुलाई असाधारण हुन्छ(वुझन सक्दैनन्); बोधिसत्व महासत्त्वहरू त्यस्ता विषयमा पनि चित्तमा असक्तता धारण गरेका हुन्छन् (आसक्त हुदैनन्) । किनकि त्यस्तो सर्वज्ञताचित्त, अनास्रव भएको, अपर्यापन्न भएको चित्त भएतापनि बोधिसत्व-महासत्त्वमा (आफ्नो चित्त) सर्वज्ञताचित्त भएको छ वा अनास्रवचित्त छ वा अपर्यापन्न छ भन्ने कुराको भावना रहदैन । उसको चित्त असक्त र अपर्यापन्न भएको हुन्छ । त्यसकारणले बोधिसत्व-महासत्वलाई यस्तो ‘नाम’ दिईएको हो ।”

१३६       तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भन्नुभयो, “के कारणले, हे सुभूति, (बोधिसत्व महासत्वको) चित्त असक्त र अपर्यापन्न भएको हुन्छ ?””

            सुभूतिले भने, “अचित्त भएकोले (बोधिसत्व-महासत्वको) चित्त असक्त र अपर्यापन्न हुने हुन्छ ।”

            शारिपुत्रले सोधे, “फेरि के, हे आयुष्मान सुभूति, जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ र ?”

            सुभूतिले प्रतिप्रश्न गरे, “के फेरि, हे आयुष्मान शारिपुत्र, त्यस अचित्तता(भएको चित्त)मा छ वा छैन वा रहेकोछ (विद्यते) वा उपलभ्यते भन्ने हुन्छ र ?”

            शारिपुत्रले भने, “रहँदैन, हे आयुष्मान सुभूति” ।

            सुभूतिले भने, “हे आयुष्मान शारिपुत्र, यदि, त्यहाँ अचित्तता छ वा छैन वा विद्यते वा नउपलभ्यते भए, ‘जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ’ भनि कसरी यस्तो भनिएको हो, ?”

            शारिपुत्रले भने, “साधु, साधु, हे आयुष्मान सुभूति । यस्तै भएर नै तपाईलाई भगवानले अरणाविहारिणाम्-अग्र भनि निर्देशित भएको रहेछ ।”

१३९       तत्पश्चात मैत्रायणीपुत्र पूर्णले भगवानसंग यसो भने, “महासत्त्व, महासत्त्व भनि भगवानले जसलाई भन्नुभएको हो वहाँ महासंनाहसंनद्ध (ठूलो युद्धमा भागलिन शस्त्रास्त्रले सुसज्जित भई तयार भएको) सत्त्व हुनुपर्दछ । (वहाँ) महायानमा संप्रस्थित, महायानमा राम्ररी आरुढ भएको सत्त्व हुनु पर्दछ । त्यसैले त्यस्तासत्त्वलाई महासत्व-महासत्व भनि (अनेक पटक, महत्त्वदिई) भनिएको होला ।” 

१४३       तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग सोधे, “महासंनाहसंनद्ध महासंनाससंनद्ध भनि हजूरले भन्नुहुन्छ, के गर्दा, हे भगवान, बोधिसत्व-महासत्व महासंनाहसंनद्ध भएको हुन्छ ?”

            भगवानले भन्नुभयो, “हे सुभूति, बोधिसत्व-महासत्व यसरी हुन्छ,(उसले संकल्प लिएको हुन्छ कि) अप्रमेय सत्त्वलाई मैले निर्वाणमा लैजाने छु, असंख्य सत्वहरुलाई मैले परिनिर्वाण दिलाईदिने छु । तर, जसले ती यावत सत्त्वहरूलाई परिनिर्वाणमा लैजाने हो त्यस बोधिसत्त्व-महासत्त्व र ती तावत सत्त्वप्राणीहरू  जसलाई उसले परिनिर्वाणमा लैजाने हो कोहि पनि छैनन् ।(न च ते सन्ति यैर्ये परिनिर्वापयितव्या इति) । उसले ती तावत् सत्वहरुलाई परिनिर्वाणमा लैजान्छ (स तांस्तावत: सत्त्वान् परिनिर्वापयति) । ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् (न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति)त्यस्को के हेतु होला ? जसरी धर्म(रूपादि पञ्चस्कन्धवाट निर्मित कुनै पनि वस्तु)हरू धर्मतास्वभाव (नि:स्वभावको)को छ, माया(जाल, संसार प्रपञ्च पनि) धर्मता(शून्यता)वाटै उपादित (उत्पन्न, निर्मित) भएको हो । (त्यसैले संसार प्रपंच पनि नि:स्वभावको छ) । (धर्मैतैषा सुभूते धर्माणां मायाधर्मतामुपादाय स्यात्) । त्यसैगरी, हे सुभूति, ती नामहरू(कल्पित वस्तु, मायाजाल, संसार प्रपञ्च)लाई दक्ष(प्रवीण, सिपालु) मायाकार(जादूगर) वा मायाकारको नगीचको(शिष्य) वा चतुर्महापथका महान्त (ऋद्धिपदप्राप्त गरेका महान पुरूष)ले जनकाय(प्राणीहरू)को अभिनिर्मित(निर्माण) गर्दछन् (तथापि नाम सुभूते दक्षो मायाकारो वा मायाकारान्तेवासी वा चतुर्महापथे महान्तं जनकायमभिनिर्मिमीते) । (र,) अभिनिर्माण गरी त्यसरी निर्मित धेरैसंख्याका प्राणीजनको अन्तर्ध्यान (नाश, लय) पनि गर्दछन् । त्यसो गर्दा के भन्छौ, हे सुभूति, त्यहाँ कुनैकोहि मारिएको वा मरेको वा नाश भएको वा लुकाईएको (अन्तर्निहित गरिएको) छ त ?”

            सुभूतिले भन्नुभयो, “त्यस्तो त केहि पनि भएको छैन, भगवान ।”

            भगवानले भन्नुभयो, “यसरी नै हे सुभूति, बोधिसत्व-महासत्वले अप्रमेय असंख्य सत्वहरुलाइ परिनिर्वाणमा लग्दछन् । ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् । त्यो बोधिसत्व-महासत्व जो यसप्रकारको निर्देशवाट निर्देशितकुरा सुन्दा तर्सन्न, सन्त्रासमा पर्दैन त्यस्ता लाई म, हे सुभूति, महासंनाहसंनद्ध भएका बोधिसत्व-महासत्त्व भन्दछु ।”

१४७       तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, हजूर(भगवान)वाट भाषित भएको कुराको अर्थ मेरो विचारमा(बतायं), बोधिसत्व-महासत्व भनिएको सत्त्व शस्त्र अस्त्रवाट सुसज्जित भई युद्धगर्न जान लागेको ‘संनाहसंनद्ध’ नभई, कुनैपनि शस्त्रास्त्र तथा सुरक्षाकवच समेत नलिईकनै महासंग्राममा लानलागेको कारणले) असंनाहसंनद्ध भनि भनिनुपर्ने जस्तो लाग्दछ ।“”

            भगवानले बन्नुभयो, “यस्तै हो, हे सुभूति, यस्तै हो । विचारगर्दा बोधिसत्व-महासत्व असंनाहसंनद्ध हुन् भनि बुझे हुन्छ । किनकि, हे सुभूति, उ अकृता (कसैद्वारा नबनाईएको भएकोले) सर्वज्ञता अविकृत छ, अनभिसंस्कृत छ । ति (बोधिसत्त्व-महासत्त्व) पनि अकृता अविकृता अनभिसंस्कृता भएकोले त्यस्ता सत्त्वका नाम राखनको लागि म ‘संनाहसंनद्ध’ भन्दछु ।”

१४९       यसरी भनिएपछि आयुष्मान सुभूतिले भगवान भन्नुभयो, “यसरी नै हो भगवान, यसरी नै हो सुगत । किनकि, जसरी हे भगवान, रुप अबद्ध र अमुक्त छ । यसैगरी विज्ञान, वेदना, संज्ञा, संस्कार पनि (अबद्ध र अमुक्त छन्) । त्यसरी नै, हे भगवान, विज्ञान अवद्ध र अमुक्त छ । रुप तथता पनि अबद्ध र अमुक्त हुन् ।  यसरी नै वेदनातथता र संस्कारतथता पनि (अबद्ध र अमुक्त हुन्) । विज्ञानतथतापनि, हे भगवान, अबद्ध अमुक्त छन् ।“”

१५९       तत्पश्चात मैत्रायणीपुत्र पूर्णले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “हे, आयुष्मान सुभूति, रुपलाई अबद्ध अमुक्त भन्नुभयो । यसरी नै वेदना, संस्कारलाई पनि (अबद्ध अमुक्त भन्नुभयो) । विज्ञानलाई, हे आयुष्मान सुभूति, अबद्ध अमुक्त भन्नुभयो । रुपतथता पनि हे आयुष्मान सुभुति, अबद्ध अमुक्त भन्नुभयो । हे आयुष्मान सुभूति, यहाँले अबद्ध अमुक्त भनि भन्नुभएको रूप कस्तो रूप हो ? यसरी नै अबद्ध अमुक्त भएको कस्तो वेदना, कस्तो संज्ञा, कस्तो संस्कारलाई रहेछ ? जुन विज्ञानलाई अबद्ध अमुक्त भन्नुहुन्छ त्यो कस्तो विज्ञान हो ? हे आयुष्मान सुभूति, जुन रुपतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ त्यो रुपतथता पनमि कस्तो छ ? यसैगरी कसरी ती वेदनातथता, संज्ञातथता, संस्कारतथता समूहहरू पनि कस्ता हुन्छन् (जसलाई तपाई अबद्ध अमुक्त भन्नुहुन्छ) ?  हे आयुष्मान सुभूति, त्यस विज्ञानतथता, जुन विज्ञानतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ, कस्तो हुन्छ  ?””

            यसरी भनिएपछि आयुष्मान सुभूतिले मैत्रायणीपुत्र आयुष्मान पूर्णलाई यसो भन्नुभयो, “जस्तो, हे आयुष्मान पूर्ण, मायापुरुष(मायाकार? मायाजालमा देखिएको व्यक्ति)को जुन रुप हुन्छ त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । यसरी नै त्यस मायापुरुषको जुन वेदना हुन्छ, जुन संज्ञा हुन्छ, जुन संस्कारहरू हुन्छन् (ती अबद्ध हुन्छ अमुक्त हुन्छ) । हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको जुन विज्ञान हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । (त्यस) मायापुरुषको जुन रूपतथता (हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ) । यसरी नै (त्यस) मायापुरुषको जुन वेदनातथता हुन्छ, जुन संज्ञातथता हुन्छ, जुन संस्कारतथताहरू (हुन्छन्  ती अबद्ध हुन्छ अमुक्त हुन्छ) । जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञानतथता हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । किनभने, असत् (हुँदै नभएको) भूत(वस्तु)वाट (निर्मित भएकोले) अबद्ध अमुक्त छ, विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले अबद्ध अमुक्त छ, अनुत्पन्न (पञ्चस्कन्धवाट निर्मित नभएको) हुँदा अबद्ध अमुक्त छ ।“,

            “म त्यस्ता (महायानको) महासंग्राममा (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत लिई) जान तयारभएका, महायानमा राम्ररीस्थितभएका, महायानमा राम्ररी आरूढ भएका बोधिसत्त्व-महासत्त्वलाई त्यस्तो महासंग्राममा असंनाह (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत नलिई जान लागेको) भन्छु ।“” भनेपछि मैत्रायणीपुत्र आयुष्मान पूर्ण चुपो लाग्नुभयो ।

१५२       तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “”यसरी, हे भगवान, बोधिसत्त्व महासत्त्व (महायानको) महासंग्राममा जान तयार भएका, महायानमा राम्ररी स्थित भएका, महायानमा राम्ररी आरूढ भएका हुन्छन् । (तर) कसरी (कतावाट) त्यस महायानमा (लाग्ने हो) ? कसरी (कुन तरीकाले) त्यसमा लागेको छ भनि थाहा पाउने हो ? कतावाट त्यस महायानमा जोडिने(संलग्न हुने) हो ? केवाट (कुन वस्तु लिएर) त्यस महायानमा संप्रस्थित हुने हो ? कसलाई साथ लिएमा त्यस महायानमा बसिने हो ? को (कतावाट) वा अनेन (यतावाट) महायानमा निर्यास्य(जोडिएको) हुने हो ?””

            यसरी भनिएपछि भगवानले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, ““महायानमा, हे सुभूति, यस्ता अधिवचनहरु अप्रमेय संख्यामा छन् । अप्रमाण(यतीउती भन्न नसकिने) भएकोले अप्रमेय छ । हुन त, हे सुभूति, यस्ता प्रश्नहरू, “’कसरी के भएमा(कथं?) संप्रस्थित भयो भनि जान्ने हो ?, कतावाट भएर त्यस महायानमा जोडिने (संलग्न) हुने हो ?, केवाट त्यस महायानमा संप्रस्थित हुन्छ ?, कसलाई साथ लिएर त्यस महायानमा बसिने हो ?, कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ?  का त्यसको उत्त्तरमा (दश)पारमिताहरूको(बलवाट) संप्रस्थित (भयो भनि जान्ने पर्छ) ।, ‘त्रैधाधुकवाट भएर (त्यस महायानमा) जोडिने (संलग्न) हुने हो ।, जसको आलम्वन गरिन्छ त्यसैवाट संप्रस्थित हुने हो । सर्वज्ञतालाई साथमा लिएर बसिने हुन्छ ।, निर्यास्य हुने बोधिसत्त्व-महासत्त्वहरू हुन् । तापनि (वास्तवमा) फेरि (बोधिसत्त्व-महासत्त्वहरू) कतैपनि निर्यास्य भएको हुदैन ।, कुनैपनि वस्तु लिएर संप्रस्थित भएको नै हुँदैन ।, न कसैलाई साथ लिएर बस्दछन् । तापनि, (बोधिसत्त्व-महासत्त्वहरू) योगगरी (त्यसको), बलवाट सर्वज्ञतास्थानमा बसेका हुन्छन् ।,

            “न कोहि (महायानमा लागेका, अर्थात् बोधिसत्त्व-महासत्त्व) महायानवाट निर्यातो (वाहिरिन्छ), न निर्यास्यति (प्रस्थान गर्दछ), न निर्याति (गएका नै छन्) । किनभने, जो जानेवाला हो र जो द्वारा लगिने हो ती दुवै वस्तुहरू नै छैनन् र हुदैनन्(न विद्येते नोपलभ्येते) । यसरी अविद्यमान रहेको सर्वधर्म(वस्तु, पञ्चस्कन्ध)वाट को कस्तो कसवाट निर्यास्यति (जाने हो) ? यसरी नै हे सुभूति, बोधिसत्त्व महासत्त्व महायानमा संनद्ध हुन्छ, महायानमा प्रस्थान हुन्छ, महायानमा समारूढ हुन्छ ।“”

१७४       यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभभो, ‘“भगवानले महायान, महायान भन्नुहुन्छ । देव मनुष्य असुरलोक(हरु)लाई समेत ढाकी (अभिभवत् गराएको) निर्यास्य (सन्निहित गराईराखेको) आकाशजस्तै अतिमहत भएको यो महायानमा हो । जस्तो कि आकाशमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू छन्, त्यसरी नै यस यानमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू (स्थान पाएका, लागेका) छन् । त्यस्तो (विस्तारित, चौडा यान) भएकोले नै, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरुले यसलाई महायान भनेका हुन् । (यो यत्ती ठूलो छ कि) यो आगम(आएको) देखिन्छ, न यस्को कतैतिर निर्गम(गएको) देखिन्छ, न त यो कुनै ठाउँमा रहेको नै देखिन्छ । यसरी नै यसको न पूर्वान्त नै उपलब्ध छ, न अपरान्त उपलब्ध छ, न त मध्य नै उपलब्ध छ । यो यान सम(समता, समरुप) स्वभावको छ, हे भगवान । त्यसैले महायान महायान भनि भन्नुभएको रहेछ ।”

            तत्पश्चात भगवानले आयुष्मान सुभूतिलाई साधुकार दिनुभयो, “साधु साधु हे सुभूति ।, यो यसै हो, हे सुभूति, यो यसै हो । यो महायान बोधिसत्त्व-महासत्त्वहरुकै लागि हो । यसैमा शिक्षित भई बोधिसत्त्व-महासत्त्वहरु सर्वज्ञता प्राप्त गरेका छन्, प्राप्त गर्दैछन् र गर्ने छन् । (अन्न शिक्षित्वा बोधिसत्त्वैर्महासत्त्वै: सर्वज्ञता अनुप्राप्ता, अनुप्राप्स्यते अनुप्राप्यते च )।।

१७७       तत्पश्चात् मैत्रायणीपुत्र आयुष्मान् पूर्णले भगवानसंग यसो भने, “हे भगवान, वहाँ सुभूति स्थवीरले प्रज्ञापारमिताको के अध्ययन गरेर महायानको उपदेशदिने मन गर्नु भएको हो ?”

(त्यस कुरा सुनी) तत्पश्चात् आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मैले, हे भगवान, प्रज्ञापामिताको व्यतिक्रमगरी (छोडी, कुनै कुरा वाहिरको थपथाप गरी) महायानको कुरा बताएको छैन । (नाहं भगवन् प्रज्ञापामितायां व्यतिक्रम्य महायानमविचम् ।)”

भगवानले भन्नुभयो, “हो सुभूति, (प्रज्ञापामितालाई छोडी, कुनै कुरा वाहिरको थपथप गरी) भनेका छैनौ ।, प्रज्ञापारमितासंग मिल्ने गरी (अनुलोम)नै, हे सुभूति, महायानको उपदेश गरेका छौ ।“

यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग भन्नुभयो, “यो (भगवान)बुद्धको अनुभाव(प्रेरणा)वाटै, हे भगवान, (उपदेश गरेको) हो ।, म फेरि पनि भन्छू, हे भगवान, बोधिसत्त्व पूर्वान्तमा पनि थिएन, बोधिसत्त्व अपरान्तमा पनि हुदैन, बोधिसत्त्व मध्यमा पनि छैन (अपि तु खलु पुनर्भगवन् पूर्वान्ततो बोधिसत्त्वो नोपैति, अपरान्ततो बोधिसत्त्वो नोपैति, मध्यतो बोधिसत्त्वो नोपैति) । किनकि, जस्तो रूप अपर्यन्तत छ (अर्थात्, रूपको विस्तारको सीमा छैन), त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छ । यसैगरी जसरी वेदना, संज्ञा, र संस्कारका पनि (विस्तारका सीमा छैनन् त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छन् ) । (त्यसै गरी) जसरी विज्ञानको विस्तारको पनि सीमा छैन, बोधिसत्त्वको पनि सीमा छैन ।,

रूप(स्कन्ध)लाइ बोधिसत्त्वले लिने गर्दैन(रूपं बोधिसत्त्व इति नोपैति) । यै(रुप) पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । यसरी नै वेदा, संज्ञा, र संस्कारहरु पनि (अविद्यमान छन्, (यसैले) प्राप्य पनि छैनन्) । विज्ञान पनि बोधिसत्त्वले प्राप्त गर्दैन, यो पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । यसप्रकार, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् बोधिसत्त्धर्महरु अप्राप्य भएकोले, हे भगवान, मैले त्यो कुनैपनि धर्म देखेको छैन जसलाई ‘बोधिसत्त्व’ भनि नाम दिईएको छ ।,

प्रज्ञापारमितापनि मैले देखेको छैन, न पाएको छु । सर्वज्ञतापनि मैले देखेको छैन, न पाएको छु । त्यसैले म भन्दछु, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् धर्महरु उपलब्ध नगरी नदेखिकनै कुन धर्म कसरी धर्म कस्तोछ भनि कसलाई भनूँ, सिकाउँ ? ‘बुद्ध’(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । ‘बोधिसत्व’(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । प्रज्ञापारमिता(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । त्यो नाम(धेय) अभिनिर्वृत्त(उत्पन्न भएको) पनि होइन, (कल्पित मात्र हो) । जसरी आत्मा आत्मा भनि भगवानले आज्ञा गर्नुभएको छ, त्यो आत्मा, हे भगवान, अत्यन्त अभिनिर्वृत्त (उत्पन्न) भएको होईन (यथा आत्मा आत्मेति च भगवननुच्यते, अत्यन्ततया च भगवन्ननभिनिर्वृत्त आत्मा ।)

यसरी नै अस्वभाव(स्वभावरहित)को सर्वधर्म(सकल वस्तु)का केकस्ता रूप छन्(हुन्छन्) जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ? कतमे ते वेदनासंज्ञासंस्कारा: ? ती वेदना, संज्ञा र संस्कारहरुका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका छन्) ? विज्ञानका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ? ,

यसरी नै सम्पूर्ण धर्महरु जो अस्वभावता(स्वभावरहित) छन् ती अनभिनिर्वृत्त(अनुत्पाद) हुन । जे जति पनि सर्वधर्महरु अनभिनिर्वृत्त छन्, ती धर्मा(स्वभाव भएका, वस्तु) होइनन् । त कसरी अनभिनिर्वृत्त(हुँदै नभएको) प्रज्ञापामितालाई अन-भिनिर्वृत्त(छँदै छैन) भन्ने अववाद(विषयको शिक्षा) कसरी दिउँ, कसरी अनुशासनी गराउँ कतै अन्यत्र पनि, हे भगवान, अनभिनिर्वृत्त (हुँदै नभएको) सर्व(कुनैपनि)धर्म चाहे बुद्धधर्म होस् अथवा बोधिसत्त्वधर्म होस् जो उपलव्ध छैन, त्यो अथवा यो लाई बुझेर(बोध गरेरमात्र) चर्या गरोस् ।,

यस्तो विषयमा, हे भगवान, भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा (जुन)बोधिसत्त्वको चित्त संकुचित हुदैन, संलीयत(अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमितामा चर्या गरेको छ भनि बुझ्नुपर्दछ । यस्तो किसिमले बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको भाव गरेको हुन्छ ।,

त्यस्को हेतु के होभने, यस्तो (भाव गरेकोजुन सुकै) समयमा पनि, हे भगवन, बोधिसत्त्व-महासत्त्व यस्ता धर्म(वस्तु)का बारेमा प्रज्ञापारमितावाट उपपरीक्षा(निरीक्षण) गरेको हुन्छ, त्यसबेला न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ । यसैप्रकारले न संज्ञा, न संस्कारमा नै (रहन्छ, न त्यसका संज्ञा, न संस्कारमा (रहेको हुन्छ, जान्छ, न तीनीहरूका उत्पादलाई हेरेको हुन्छ, न त निरोधनै गरिबसेको हुन्छ) । न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।  त्यस्को हेतु के होला त ? जस्तो, जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न भएकै छैन), त्यस रूप नै होईन (हुनै सक्दैन) । जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) । यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) । जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन । यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) । यसप्रकारले, हे भगवान, प्रज्ञापारमितावाट जब सर्वाकार भएको सर्वधर्महरुलाई (बोधिसत्त्व-महासत्त्वले) राम्ररी उपपरीक्षण गरेको हुन्छ, त्यसबेला उ न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ । यसैप्रकारले उ न संज्ञा न संस्कारमा नै रहेको हुन्छ, न संज्ञा न संस्कारमा नै जान्छ, न संज्ञा न संस्कारको उत्पादलाई हेरेको हुन्छ, न त न संज्ञा न संस्कारको निरोधनै हेरि(गरि) बसेको हुन्छ । न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।,

त्यस्को हेतु के होला ? जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न नै भएको छैन), त्यो रुप होईन(हुन सक्दैन) । त्यस्को हेतु के होला ? जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।,

यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) । यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) । जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन । यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) ।“

१८५       तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भने, “आयुष्मान सुभूतिले भन्नुभएको कुराको अर्थ मैले बुझें, त्यैकारणवाट बोधिसत्त्व पनि अनुत्पाद हुन् । (तर), हे आयुष्मान सुभूति, यदि बोधिसत्त्वहरुपनि अनुत्पाद हो भने किन बोधिसत्त्वले दुष्करचारिकाको चर्या गर्दछन् त ? यताउताका (चारैतर्फका) सत्त्वप्राणीहरुले (भोग गरेको कर्म)कृत दु:ख आफूले नै पाएको जस्तो गरि किन अनुभव गर्दछन् ?”

यस्तो भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे शारिपुत्र, न मैले चाहन्छु कि बोधिसत्त्व-महासत्त्वले दुष्करचर्या गरोस् । (वास्तवमा) न त बोधिसत्त्व-महासत्त्वहरुले नै दुष्करसंज्ञा गरेको हुन्छ (अर्थात् न यो चर्या दुष्कर ‘छ’ वा ‘छैन’ भन्ने भाव राखेको हुन्छ) । किनकि,  हे शारिपुत्र, (बोधिसत्त्वको मनमा) दुष्करताको संज्ञाभाव (यो दुष्कार चर्या गर्दैछु भन्ने भाव) आए अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्नसक्ने हुदैनन् । तर, सुखको संज्ञा (अनुभुति) भएमा (अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्न सक्ने हुन्छ)  । सवै सत्त्वप्राणीलाई आफ्ना नगिचमा रहेका स्त्रीपुरुषहरुलाई (नातागोता इष्टमित्रलाई जस्तै) मातृसंज्ञा, पुत्रसंज्ञा, दुहित्र(छोरीवेटी)संज्ञा, पितृसंज्ञाको भावना गर्नु पर्दछ । यस्तो संज्ञाभाव राखि बोधिसत्त्व-महासत्त्वले चारिका (चर्या) गर्ने गर्दछ ।  त्यसकारण मातृसंज्ञा, पितृसंज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा गरी बोधिसत्त्व-महासत्त्वने सर्वसत्त्व सवैलाई यसरी आत्मसंज्ञा (आफू जस्तै ठान्ने) उत्पन्न गरेको हुन्छ । जसरी आफूलाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा पाउन (कर्म, चेष्टा) गर्ने गर्दछ, त्यसरी नै (बोधिसत्त्व-महासत्त्वले)सवै सत्त्व(प्राणी)लाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा दिलाउने कार्य (कर्म, चेष्टा) गर्ने गर्दछ । यसरी सर्वसत्त्वमा संज्ञा उत्पन्न गर्दछ, ‘म वाट सर्वसत्त्हरू मध्ये कोहिपनि छोडिने छैन । म द्वारा सकल सत्त्वप्राणीलाई अपरिमाण(अथाह) दु:खस्कन्धवाट छुटकारा दिलाउने छु । मैले तिनिहरूप्रति चित्तप्रदोष(मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन; अन्त्यमा मेरो शय टुक्रा भएपनि । बोधिसत्त्-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ । (जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारले चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ ।, एवं च सर्वसत्त्वेषु संज्ञा उत्पादयितव्या- मयैते सर्वसत्त्वा न परित्यक्तव्या: । यसरी सकल सत्त्वप्राणीमा यस्तो संज्ञा प्रकट उत्पन्न गर्दछ, मैले यावत सत्त्वलाई परित्यक्त गर्ने छैन । मैले सकल सत्त्वलाई अपरिमाणको दु:खस्कन्धवाट छुटकारा दिलाउने छु । (यस चर्या गर्दा गर्दा) मेरो सय शयटुक्रा भैगएपनि मैले चित्तप्रदोष(उत्साहको कमी हुने, खिन्नता,  मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन (गराउन हुँदैन्?)।’ बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ । (जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारले चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ । तत्पश्चात, हे आयुष्मान शरिपुत्र, बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पाद गरोस्, जसरी सर्वेण सर्व सर्वथा सवैमा आत्मा (भन्ने वस्तु) बिद्यमान छैन, न प्राप्त नै गर्न सकिने हो, त्यसरीनै सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा बिद्यमान छैन, न त प्राप्त नै गर्न सकिने छ । यसैकिसिमले सवै आध्यात्मिक र वाह्यवस्तुहरूमा (दुवै प्रकारका) (माथी उल्लेख भए बमोजिमको) संज्ञा(भावना) उत्पाद गर्न (मनमा राखन) पर्दछ) । जो यस्तो चित्तमा (भाव राखी) बस्दछ, त्यस चर्या दुष्कर छ भन्ने संज्ञाभावमा रहदैन, न त्यसले उसले आफू दुष्करचर्यामा विहार गर्दैछु भन्ने संज्ञाभावमा राख्दछ । हे आयुष्मान शारिपुत्र तपाईले भन्नुभयो, बोधिसत्त्व अनुत्पाद हो । त्यो तपाईले जुन (बोधिसत्त्व अनुत्पाद) भन्नुभयो, त्यो त्यसै हो । बोधिसत्त्व अनुत्पाद हुन् ।

१८९       शारिपुत्रले सोधे, “के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वमात्र अनुत्पाद हो कि बोधिसत्त्वधर्म पनि अनुत्पाद हो ?”

            सुभूतिले जवाफ दिए, “बोधिसत्त्वधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हुन् ।

            शारिपुत्रले सोधे, “उसोभए के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वधर्म मात्र अनुत्पाद हो कि सर्वज्ञता पनि अनुत्पाद हो ?”

            सुभूतिले भने, “सर्वज्ञता पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”

            (शारिपुत्रले) सोधे, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञता मात्र अनुत्पाद हो कि सर्वज्ञताधर्मा पनि अनुत्पाद हो ?”

            (सुभूतिले) भने, “सर्वज्ञताधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”

शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञताधर्मा मात्र अनुत्पाद हो कि पृथक्जन पनि अनुत्पाद हो ?

(सुभूतिले) भने, “पृथक्जन पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।

शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, पृथग्जनमात्र अनुत्पाद हो कि पृथग्जनधर्म पनि अनुत्पाद हो ?”

(सुभूतिले) भने, “पृथक्जनधर्मा पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “जव, हे आयुष्मान सुभूति, बोधिसत्त्व पनि अनुत्पाद हो, बोधिसत्त्वधर्म पनि अनुत्पाद हो, सर्वज्ञता पनि अनुत्पाद हो, सर्वज्ञताधर्मा पनि अनुत्पाद हो, पृथग्जन पनि अनुत्पाद हो, पृथग्जनधर्मा पनि अनुत्पाद हो, (भनि भावना गरेमा), हे आयुष्मान सुभूति, सहजै अयत्नले नै पनि बोधिसत्त्व-महासत्त्व सर्वज्ञता (पाएको) हुन्छ ।”

यस्तो भनेपछि आयुष्मान सुभुतिले आयुष्मान शारिपुत्रलाई यसरी भन्नुभयो, “मैले, हे आयुष्मन् शारिपुत्र, न अनुत्पन्न धर्मको प्राप्तिको ईच्छा राख्दछु, न त अभिसमयकै पनि । अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति पनि हुदैन ।“

            (शारिपुत्रले) भने, “के, हे आयुष्मान सुभूति, अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति हुन्छ कि उत्पन्न भएको वस्तुवाट अनुत्पन्न वस्तुको प्राप्ति हुने हो ?“

(सुभूतिले) भने, “फेरि के, हे आयुष्मान शारिपुत्र, अनुत्पन्न वस्तु उत्पन्न हुने हो कि (अथवा) अनुत्पन्नवस्तु वाटै अनुत्पन्नवस्तु उत्पन्न हुने हो ?”

(शारिपुत्रले) भने, “के फेरि, हे आयुष्मान सुभूति, उत्पन्न भएको वस्तु नै अनुत्पाद हो कि (अथवा) उत्पन्न नभएको वस्तुनै उत्पाद (उत्पन्न भएको, हुने) हो ?“

            (सुभूतिले) भने, “हे आयुष्मान शारिपुत्र, उत्पादितवस्तु वा अनुत्पादित वस्तु (भनि) विवादगर्ने विषय होइन ।”

(शारिपुत्रले) भने, “(उसोभए), हे आयुष्मान सुभूति, उत्पन्न नभएको वस्तु भनि भन्न (छलफलको विषय बनाउन) पर्ने हो कि ?“

            (सुभूतिले) भने, “हे शारिपुत्र, अनुत्पादित वस्तु भन्ने नै विवाद(छलफलको) विषय हो । (यसैले) अनुत्पाद (भनि जे भनिएको छ त्यो नै) वस्तु प्रतिभात (देखिने) भएको हो । अनुत्पाद(वस्त् नै), हे शारिपुत्र, प्रतिभान (देखिने) भएको हो । यसरी नै, हे आयुष्मान शारिपुत्र, अत्यन्त प्रतिभात (देखिने) भएको हो ।“

१९३       यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “धार्मकथिकामध्ये आयुष्मान सुभूति अग्रस्थानमा स्थापित हुनुहुन्छ ।, किनभने, जसरी आयुष्मान सुभूति स्थवीरसंग जस्तोसुकै पनि परिप्रश्न गरिएपनि वहाँ छल्नुहुन्छ (नि:स्‌+अरति), धर्मता पनि छोडनुहुन्न, धर्मताको पनि विरोध गर्नुहुन्न ।“

यस्तो भनेपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, ‘धर्मतानै, हे आयुष्मान शारिपुत्र, श्रावकहरुको लागि भगवानवाट (देखाउनु भएको) अनिश्रित(जाने) धर्म(ठाउँ, वस्तु) हो । तिनिहरुले जस्तोसुकै परिप्रश्न गरेतापनि वहाँ छल्नुहुन्छ (नि:स्‌+अरति), धर्मताको पनि विरोध गर्नुहुन्न, धर्मताको वाहिर जानुपनि हुन्न । यस्को के हेतु के हो भने, जस्तो नाम छ, सर्वधर्महरु पनि त्यसै हुने (अनिश्रित) हो ।“

यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “साधु, साधु, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्वले (चर्यागर्ने) सर्वधर्म(वस्तुहरू) कतैपनि नजाने (गतिहिन भई आश्रय लिएको) ठाउँ, पारमिता, कस्तो हुन्छ ?

सुभूतिले भन्नुभयो, “प्रज्ञापारमिताभन्नु नै, हे आयुष्मान शारिपुत्र, सर्वयानिकी (सवैलाई समेटेर लग्ने) हो, सकलधर्महरूको गतिहिनभई आश्रय लिने ठाउ हो, र ‘सकलधर्महरूको गतिहिनभई आश्रय लिएको पारमिता’ पनि हो ।

यस्तो किसिमको गम्भीर प्रज्ञापारमिताको भाष्यमान गर्दा, देशना गर्दा, उपदेश गर्दा जो बोधिसत्त्व-महासत्त्वको  चित्त अवलिन (संकुचित) हुदैन, काङ्क्षा(शंसय) हुदैन, धंधा(पीर, डर, अन्यमनस्यता) हुदैन, चित्त अन्यथा हुदैन त्यस बोधिसत्त्व-महासत्त्वले गरेको विहरण(चर्या) लाई अविरहितभई मनसिकार नभई प्रज्ञापारमितामा विहार गरेको छ भनि बुझ्नु पर्दछ ।

१९४       यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भने, “कसरी, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व अविरहितमनसिकार (मनसिकारवाट रहित नभै) र प्रज्ञापारमितावाट पनि रहित नभईकन विहार गरिरहन्छ ?,

यदि ह्यायुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, एवं स विरहित: प्रज्ञापारमिताविहारेण भवति ।

यदि, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व विरहितभई प्रज्ञापारमितामा रहन्छ भने मनसिकारमा अविरहित भएको हुनुपर्दछ ।

यदि, हे आयुष्मान सुभूति, (कुनै) बोधिसत्त्व-महासत्त्व अविरहितभई प्रज्ञापारमितामा विहरण गर्दछ भने उ मनसिकारवारवाट विरहित (टाढा) भईहाल्छ नि (होईन र?) ।

हे आयुष्मान सुभूति, यदि बोधिसत्त्व-महासत्त्व मनसिकारवाट रहित नभै बसेमा उ प्रज्ञापारमितावाट रहित भएको हुँदैन । यसरी सकलसत्त्वप्राणी ९माथी भने बमोजिम॰ अविरहित भई प्रज्ञापारमितावाट अविरहितभई विहार गरिरहन्छ । किनभने, सकल सत्त्वप्राणी (त्यसरी) अविरहित भई मनसिकारले विहरण गरिरहन्छ ।“

१९८       यसरी भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “साधु, साधु हे आयुष्मान शारिपुत्र ।, (हुनत तपाईलाई) हकार्न (उपालप्स्ये) पनि सकिन्छ । (किनकि), यहाँ तपाई शारिपुत्रले भूतपद(पञ्चतत्त्वका पदार्थहरु) मात्रको कुरा(अर्थ) गर्नुभयो ।          त्यसको हेतु के होला ? सत्त्व(प्राणी)हरू अस्वभावको भएको(नभएको?)ले, हे शारिपुत्र, मनसिकार पनि छैन भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू असत् भावको भएकोले, हे शारिपुत्र, मनसिकार पनि असत् हो भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले, हे शारिपुत्र, मनसिकार पनि विविक्त छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अचिन्त्य (मनले बुझ्न, भेट्टाउन नसकिने) भएकोले, हे शारिपुत्र, मनसिकार पनि अचिन्त्य छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अभिसंबोधि (बोधिप्राप्त गरेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अभिसंबोधि नभएको छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अयथाभूतार्थाभिसंबोधि (जस्तो छ त्यस्तै गरी अर्थ बुझेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अयथाभूतार्थाभिसंबोधि छ भनि बुझ्नुपर्छ ।

            यसरी नै, हे आयुष्मान शारिपुत्र, यस प्रकारले मनसिकार राखि बोधिसत्त्व-महासत्त्वले विहार गरीरहे हुन्छ, भनि ईच्छा गर्दछु ।“ आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां सर्वकारज्ञताचर्यापरिवर्तो नाम प्रथम: ।