Categories
पुस्तक

सुहृल्लेख A letter to Friend

[wpseo_breadcrumb]

आचार्यनागार्जुनविरचित

सुहृल्लेख:

(मित्रलाई पत्र)

नागार्जुन –   शून्यतादर्शनका प्रणेता । दोस्रो बुद्ध भनिएका । काठमाण्डौ बालाजुको गुफामा ध्यान गरेका । नागार्जुन डाँडा यीनैको नाममा रहेको ।

सुहृद –      नागार्जुनका परम मित्र सातवाहन वंशका राजा सप्तकर्णी लाई निमित्त बनाएर सकल मनुष्यलाई दिइएको ।

लेख –       संक्षिप्तमा समष्टी बुद्धज्ञान ।

प्रकृति सुकृत अर्ह गुण आढ्य सुगत वचोभ्यः समुदानीताश्च मया।

शुभम् आलक्ष्य कृता वै काश्चिद आर्यागीतयस्त्वया च श्रव्याः॥१।।

स्वभावैले शुभकल्याणकारी कार्य गर्ने अर्ह्यगुण भएका आदरणीय

सुगतहरू बाट भनिएका बचनहरूलाई, म द्वारा बटुलि

हजूरलाई शुभ आलक्ष प्राप्तहोस् भनि बनाइएको,

यो आर्यगीत यहाँले सुन्नुहोस् ।

प्रकृति –      स्वभाव ।

सुकृत –      स्व-परार्थ शुभ कल्याणकारी कार्य गर्ने ।

अर्ह्यगुण –   आदरणीय गुण, मान्यगुण ।

आढ्य –      अग्रको, प्रथम पूजाको अधिकारी ।

सुगत –      भगवान बुद्धलाई भनिएको । (जसरी जानुपर्ने हो त्यसरी) सुन्दर तरीकाले गएका ।

समुदान –    खोजी गरी जमा गरेको ।

आलक्ष –     लक्षित गरी गहीरिएर खोजी गरिएको ।

आर्यगीत –    आर्यपथको गीत; परमार्थको मार्गको वर्णन ।

दारुम् अयी ह्यपि प्रतिमा सम्पूज्यते काऽपि सुगतस्य विद्वद्भिः।

तथा ऽमनोज्ञं काव्यं सद्धर्मा आश्रयाच्च ममेदं न निन्द्यम्॥२।।

(जसरी) काठबाटै निर्मित प्रतिमा भए पनि भलिभाँति पूजा गर्दछन्

विद्वानहरूले सुगतको ।

त्यसरी नै म द्वारा बनाइएको (यस) अमनोज्ञ काव्यलाई पनि

सद्धर्ममा आधारित भएकोले निन्दा न नगरिदिनु होला ।

दारुम् –      काठको ।

अमनोज्ञ –    मनलाई प्रिय नलाग्ने ।

आश्रित –     आधारित ।

महामुने: अतिमधुरं मन्ये वचनं भवता ऽवगतमेव स्यात्।

आकल्पितं तु सुधया नन्वति धवलं न दृश्यते चन्द्रिकया॥३।।

महामुनीका अतिमधुर वचनहरु, मलाई लाग्छ,

यहाँले अवगत गर्नु भएकै होला ।

(जसमा) आफूमा समाहित गर्नाले, चकढुँगाको धूलो पनि भईजान्छ

(त्तयि) स्वच्छ, जुन चन्द्रमाको किरणमा पनि देखिंदैन ।

महामुनी –    महामौनी, शाक्यमुनी । भगवान बुद्धलाई भनिएको ।

आकल्पित –  आफूमा अध्यास गर्ने । आफूले धारण पालन र चर्या गर्ने ।

सुधय –      चकढुँगाको सेतो धूलो । सुधा समान, सुबुद्धि भएका

चन्द्रिकया –   चन्द्रमाको किरण ।

जिनै: बुद्ध धर्म संघ शील त्याग देवादि षडनुस्मृतयः।

प्रदर्शिता: तास्तु तद्गुणसम्भारैः पृथग् अनुस्मरणीयाश्च॥४।।

जिनहरूले बुद्ध, धर्म, संघ, शील,

त्याग, देव गरी (जुन) छओटा अनुस्मृतिहरू

प्रदर्शित गरेका छन्, तीनिहरूका गुणसम्भारहरू

पृथक पृथक गरी अनुस्मरण गर्न योग्य छन् ।

जिन –       जितेका, इन्द्रियमाथी विजय गरेका । आस्रवहीन भएका ।

षडनुस्मृति –  गुह्यसमाजतन्त्र अनुसार ‘महासमयतत्त्वमन्त्रचर्यासंबोधि योगको क्रममा संस्मरण गरिराख्नु पर्ने  ६ओटा स्मृति जसवाट बोधिज्ञान लाभ हुन्छ ।

१. बुद्धानुस्मृति –  काय, वाक, चित्तको भावना गर्ने । यसप्रकारको भावना गर्ने वाला षट्कुलको प्रभेदले कायविवेकगरी बुद्धानुस्मृति भावना गरेको हुन्छ ।

२. धर्मानुस्मृति –   यसप्रकारको वज्रजाप सवै गरेकोले (अर्थात् वचनलाई विवेचना गर्दा, शून्यता भावना गर्दा) धर्मानुस्मृति भावना गरेको हुन्छ । 

३. वज्रानुस्मृति –   प्रकृतिको आभासक्रमले चित्तले विवेचना गर्नाले वज्रानुस्मृति ।

४. कुलानुस्मृति –   कुल भनेको काय, वाक, चित्तको त्रिकुल हो । यहाँ त्रिकुलको अनुस्मृति भयो । यि त्रिकुललाई छुट्टाछुट्टैगरी जान्नुलाई संयोग भनिन्छ । यि तिनैओटाको एकाकारगर्नाले तिनओटा ज्ञानस्वभावको त्रिसंयोग भयो ।   

५. क्रोधानुस्मृति –  त्यसरी त्रिसंयोग भएपछि क्रोध भनेको उपायको ज्ञान हो, जसको अनुस्मृति गर्नु पर्दछ । त्यसपछि क्रोधानुस्मृति भावनाद्वारा देवताहरूको महामुद्रारूप उत्पन्नगरी त्यसलाई स्मृतिमा राखोस् । 

६. समयानुस्मृति  – आफूले गरेको संकल्पलाई सदा होशमा राखनु ।

गुणसम्भार – कुशलमूलकर्म गर्दै त्यसलाई परिमार्जन गर्दै सततरूपमा अझ उच्चस्तरको कुशलकार्य गर्दै रहनु ।

दशकुशलाः कर्मपथाः काय-वाक्-चित्तैः सर्वदा ऽभ्यसनीयाः।

मद्यादिभि: निवृते पुण्यमयै: च आजीवैः सुप्रसन्नः स्याः॥५।।

दशकुशल कर्मपथहरू काय-वाक-चित्तले

सर्वदा अभिसेवन गरिरहन योग्य छ ।

मद्य आदिहरू छोडी पुण्यमय

आजिवीका गरी सुप्रसन्न् भई हुनुहोस् ।

दश-कुशल (कर्म) –   कायकं त्रिविधं पापं, वाचिकं तु चतुर्विधं, मानसं त्रिविधं सर्वं प्रति देशयाम्यहम् । दशओटा कुशलमूलबृद्धि हुने कर्महरू । दशशीलको पालन अर्थात् (१) हिंसा, (२) स्त्येन, (३) व्यभिचार, (४) मिथ्याभाषण, (५) प्रमाद, (६) अपराह्न भोजन, (७) नृत्यगीतादि, (८) मालागंधादि. (९) उच्चासन शय्या र (१०) द्रव्यसंग्रहको त्याग । 

मद्यादि –          मदिरा, हिंसा, बिष, हतियार आदिको आजिबीका

पुण्यमय आजिबिका – पुण्यकार्य गर्ने पेशा व्यवसाय ।

ज्ञात्वा चलामसारां सम्पत्तिं द्विज भिक्षु दीन मित्रेभ्यः।

दानं देयं विधिना जन्मान्तरेषु न दानात् परं मित्रम्॥६।।

जानेर, चलायमान सारहीन छ भनि, सम्पतिलाई

द्विज, भिक्षु, दीन र मित्रहरुमा

बिधिपूर्वक दानगरि दिनु भन्दा

जन्मान्तरमा अर्को परम मित्र छैन ।

ज्ञात्वा –      जानेर, बुझेर, अध्ययन-मनन गरी, बुद्धिले निश्चित गरी ।

चलाम् –     एक स्थानमा टिकी नरहने, चलायमान; लक्ष्मी चंचल हुन्छ भन्ने अर्थमा

असार –      सारहीन ।

सम्पत्ति –     धन-द्रव्य, घर-खेत, आभूषण-अलंकार आदि भौतिक वस्तुहरु । खर्च नभई बाकी रहेको, जसलाई प्रयोग गर्न सकिन्छ ।

द्वीज –      दुई पटक जन्म भएका । औपचारीकरूपमा संस्कारित हिन्दू ब्राह्मण ।

भिक्षु –       मागेर जिवन निर्वाह गर्ने । बौद्ध श्रमण ।

दीन –       जीवननिर्वाहको लागि समेत भौतिक बस्तु नभएको, साथै मानसिक रूपमा पनि पीडा अनुभूति गरेका ।

विधिना –     विधिपूर्वक, प्रमाणिक रूपमा । 

जन्मान्तर –  जीवनकालमा भन्ने अर्थमा ।

शीलं सेव्यम् अमिश्रं त्वया अनुपहता अलंघिता अनुपलिप्तं च।

चराचर प्रतिष्ठं तु गुणाश्रयं भूवच्च राजते शीलम्॥७।।

शीलको पालन गरोस्, शुद्धरुपमा

त्यसलाई छोटकरी नगरी, केहि नछोडी, त्यसैमा नटाँसिफ पनि

चराचर सबैमा प्रतिष्ठ  गुणाका आश्रयमा लिई

भुवनमा शील पालन गरी रहेका हुन्छन्

अमिश्रं –     मिसावट नभएको

अन् उपहत –  आफूले काँटछाँट नगरी । जसो भनेको हो त्यसैगरी

अलंघिता –   उल्लंघन नगरी, यो पर्दैन त्यो चाहिंदैन भनेर नाघेर नगई

अनुपलिप्त –  त्यसैमा लिप्त नभई, नटाँसिई

चराचरं –     जड-जीब दुवैमा

प्रतिष्ठं –     स्थित । स्वभाव

गुणाश्रय –    गुण अवगुणको आधारमा कार्य गरी; असल गुणहरू पालना गरी

भूवत् च –    भू लोकमा पनि

राजते –      सबै देख्ने गरी सुकार्य गरी चमकिने । सुन जस्तो टल्किने झल्किने ।

षडिमा दानं शीलं क्षान्ति वीर्य ध्यान प्रज्ञाः पारमिताः।

अप्रमेयाः संवर्ध्य भवेच्च भवसागर पारगो जिनेन्द्रः॥८।।

यी छओटा पारमिताहरू;

दान, शील, क्षान्ति, वीर्य, ध्यान, प्रज्ञा

अप्रमेय हुन् । यीनिहरूलाई संवर्द्धना गरी

जिनेन्द्रहरू भवसागर पर भई गएका हुन् ।

षडपारमिताहरू ;

१. दानपारमिता –   आफूसंग भएको वस्तु अरूलाइ दिनु । करूणाराखि परार्थमा त्याग गर्नु ।

२. शीलपारमिता –  स्व-अनुशानमा बस्नु र असल व्यवहार गर्नु । कमल र वज्रको संयोगगरी बोधिचित्त रक्षणगरी बस्नु ।

३. क्षान्तिपारमिता – धैर्यता, सहनशील हुनु । सर्वधर्म कता छैन भनि निर्विकल्पभावमा बस्नु ।

४. वीर्यपारमिता –   उत्साह, उर्जावान हुनु । महामुद्राको उद्योगरूपमा स्फुट  हुनु ।

५. ध्यानपारमिता – काय, वाक, चित्तको एकाग्रता । चतुर्थध्यानमा निमग्न भई बस्नु ।

६. प्रज्ञापारमिता –  विवेक, निर्णयगर्ने क्षमता । गुरुमुखवाट दिव्यमुद्रा प्राप्त गर्नु ।  

अप्रमेय –           यतिउति भन्न नसकिने, असंख्य-अपार परिमाण ।

बुद्धधर्म अन्तिम लक्ष निर्वाण नै हो । तर, महायानको आदर्श जगतसंसारका सवै सत्त्वप्राणिलाई निर्वाणमा नपठाए सम्म जगतकल्याण, चतुर्ब्रह्मविहार, पारमिता, ध्यान आदि गरि नै रहने र कहिले पनि पुग्यो भनेर नभन्ने हो । यि छओटा पारमिताहरू पनि प्रत्येकलाई सर्वाधिक उच्च, ‘परम्’स्तरमा पालना गरी यसरी नै फेरि फेरि अझै स्तर उन्नत गर्दै सदाकाल चर्या गरिरहन भन्दछ । यसरी यी छओटालाई क्रमश परनसम्म पुराई एक चक्र पूरा गरेमा शरीरको कुनै एक अङ्ग लक्षणयुक्त हुन्छ भनिएको छ । भगवान बुद्धका सर्वाङ्गहरू लक्षण-व्यञ्जन युक्त भएको यही पारमिताको चक्रपालन गर्दै गरेकोले नै हो । (महायानमा चारओटा पारमिता हरू थपि दशओटा बनाइएको छ, जुन छओटा भित्रै समाहित भएको हुन्छ) ।

यत्र पूजा पितॄणां कुलं तद् आचार्य ब्रह्मभिः समृद्धम्।

तत्पूजया च कीर्ति: तदनन्तरं चाधिगम्यते ऽभ्युदयोऽपि॥९॥

जुन कुलमा पितृहरू पूजा हुन्छ

त्यहाँ आचार्य ब्रह्महरू पनि समृद्ध हुन्छन्

त्यस पूजावाट कीर्ति प्राप्त हुन्छ,

तदनन्तर अधिगम्यत गर्दछ, अभ्युदय पनि हुन्छ ।

पितृ –       जन्मदाता पिता पुर्खाहरू । जसका अंशबाट यो शरीर निर्माण भएको छ ।

आचार्य –     लोकमा आचार व्यवहार आदिको शिक्षादिने ।

ब्रह्म –       ब्रह्मविद् ब्राह्मण ।

अधिगम्यते –  अगाडी बढी गई खोजेको कुरा हासिल गर्दछ ।

हिंसा चौर्ये मदिरा कामा अतिचार मृषोक्ति नृत्य गीतानि।

त्याज्यान्यकालभक्तं माला-गन्धादि विशेष: उच्चशयनानि॥१०॥

हिंसा, चोरी, मदिरा सेवन, कामवासनामा लिप्त,

अतिचार, मृषावादा, नृत्य, गीत हरू

छोडोस्, अन्यकालको भोजनमा लिप्त,

माला-गन्धादि विलेपन, उच्च आशय शयनहरू

शील – शील भनेको अनुशासनी हो । यो यम (स्व-अनुशासन) र नियम (लोकव्यवहार) दुबैको पालना हो । यो आफूले आफैलाई र एकअर्कासंगको व्यवहार दुबैमा कुशलता हो । यो भूमिशोधन हो जसको बेगर त केहि उत्पन्न हुन सक्दछ, न त्यसमा केहि निर्माण नै गर्न सकिन्छ । यो श्रावकको लागि प्रथम सोपानको रूपमा पञ्चशील, प्रवज्याको लागि अष्टशील, त्यसमाथी दशशील, शतशील हुँदै बिस्तृत हुँदै गएको हुन्छ । शीलमा पारंगत भएकोलाई शीलपारमि भनिन्छ ।

पञ्चशील – हरेक बौद्धले सदाकाल पालना गर्नुपर्ने; पाँचओटा कुराहरूमा बिरत रहने अनुशासनी संकल्पहरू;

१. प्राणातिपात, (हिंसा, दु:ख दिनु)

२. अदत्तादान, (चोरी, भ्रष्टाचारी)

३. कामेसु इच्छा, (व्यभिचार, स्वेच्छाचारी)

४. मृषावाद, (नचाहिने कुरा बोल्नु, झूठो बोल्नु)

५. सुराम्, ऐरय, मद्य, प्रमादोत्थान्, (लागू पदार्थ सेवन गर्नु)  

अष्टशील – विशेष दिनहरूमा यी तीनओटा थपि आठओटा पालना गरिन्छ

६. विकास योजना, (लौकिक सङग्रह, प्रदर्शन गराउने)

७. नृत्य, गीत, वाद्य, बिसूक दर्शन, (अश्लिल र जुगुप्सा जगाउने कुरा)

८. माला, गन्ध बिलेपन, धारण, बिभूषण, (शरीर सौन्दर्य प्रदर्शन)

दशशील – श्रामणेरका लागि दुइटा ओटा थपि दशओटा गरिएको

९. उच्चाशयन, महाशयन, (आफू अरूभन्दा श्रेष्ठ छु भन्ने प्रदर्शन, खाटमा सुत्नु

१०.सुनचाँदी नछुने (बहुमुल्य बस्तुहरू संसर्ग नै नगर्ने)

अन्यकाल –   तोकिएको भन्दा अन्य बेलामा ।

अनुकृत्यार्ह: शीलं कुर्याद् उपोषधम् अष्टाभिरङ्गैश्चेत्।

लभते हि पुमान् स्त्री वा सुरम्य कामावचरादि देवकायम्॥११॥

देखिसिकी गरेर पनि आर्यजनको, शील पालन गरोस्,

अष्ट-अङ्गहरू भएको उपोषधव्रत लेओस् ।

यस्ता पुमान् हरू स्त्री नै भएपनि

सुरम्य कामावचर आदि देवकाय प्राप्त गर्दछन् ।

अमुकृत्यर्ह –  अर्ह्यजनको देखासिकी नकल गरेरै भएपनि

उपोषध ब्रत – अष्टमी व्रत । हरेक अष्टमी अथवा कम्तिमा मुखाष्टमी एकदिन मात्र भएपनि गरिने । श्री अमोघपाश लोकेश्वरको पूजा गर्ने अष्टाँगिक ब्रत, (१) त्रिशरणगमन, (२) धारणी पाठ, (३) ध्यान, (४) बुद्ध धर्म संघको पूजा, (५) दश अकुशल कर्म त्यागको उपदेश ग्रहण, (६) मैत्री, करुणा, मुदिता, उपेक्षाको ध्यान, (७) अष्टशील ग्रहण, र (८) त्यस दिन रात पूरा नभएसमम अष्टशील पालन  ।

पुमान् –      पुण्यवान पुरुष, जसलो सम्पर्कमा आएका पनि पवित्र हुन पुग्दछ ।

मात्सर्य शाठ्य माया अभिमान आसक्ति कौसीद्य राग द्वेषान्।

कुल रूप यौवन श्रुतबलादिजं मदं रिपुमिव परिपश्येच्च॥१२॥

मात्सर्य, शठता, माया, अभिमान,

आसक्ति, कौसीद्य, राग, द्वेष हरू हुन् ।

कुल, रूप, यौवन, श्रुतबल आदिहरू बाट उत्पन्न

मद रिपु हुन् भनि देख्नुहोस् ।

मात्सर्य –    डाह, ईर्ष्या । अरूको स्थिति वा उन्नति देखेर जलन हुनु ।

शठता –    धूर्तता । ठगी ।   

माया –     इन्द्रजाल । वास्तविकता भन्दा परको भ्रमको स्थिति ।

अभिमान –  घमण्ड, दर्प । अरू भन्दा आफू उच्वको भन्ने भाव ।

आसक्ति –  त्यसैमा मात्रमा मन लगाएर रहनु ।

कौसीद्य –  लुटने । अरूको सम्पत्ति दबाउने, कब्जा गर्ने ।

राग –      पाउने चाहना राखी त्यसैमा आकर्षित भइ रहनु ।

द्वेष –     अरुको स्थिति वा उन्नति देखि नसहनु । कुभलो चिताउनु ।

श्रुतबल –    श्रुत भनेको सुनेर, देखेर, सूघेर, चाखेर, स्पर्श गरेर प्राप्त र त्यसको आधारमा बृद्धि भए गरेको ज्ञान हो । यो बाह्य-आगम हो । छोटकरीमा भन्नुपर्दा पढेर, सुनेर थाहा पाएको हो । यो प्रभास्वर होईन । यसले अहंकार जन्माउँदछ । 

अप्रमादो ऽमृत पदं प्रमादो मृत्युपदम् इति मुनिनादिष्टम्।

कुशलधर्मस्य वृद्धये सदा ऽप्रमादो ऽभ्यसनीयस्त्वया चैव॥१३।।

अप्रमादबाट अमृत पद प्राप्त हुन्छ, (र)

प्रमादबाट मृत्युपद भनि (शाक्य)मुनिबाट आज्ञा भएको छ ।

(यसैले) कुशलधर्मको वृद्धि गर्दै सदा

अप्रमाद भई अभिसेवन गरिरहनु होस् ।

प्रमाद –      उन्मत्तता । मदले उच्छृंखल भई आफ्नो कर्तव्य तथा मर्यादाबाट स्खलित हुनु । यौवनको सर्वाधिक उच्च अवस्थामा रतिमिलनको लागि आतुर मत्ता हात्तीको खप्परको रन्ध्र, ‘गण्ड’वाट एकप्रकारको गन्धमय रसको स्राव हुन्छ, जसलाई मद भनिन्छ । त्यस रतिको लागि आतुर पुरुष-हात्तीको बल बीर्य प्रणिधान आदि सम्पन्न भएता पनि बुद्धमाथी नियन्त्र नरही उन्मत्त मोहान्ध भएको हुन्छ ।  यस्तो नहोऊ भन्ने अर्थमा प्रयुक्त ।

कुशलधर्म –   लोक र परमार्थ दुवैमा सहायोगी हुने कर्म ।

पूर्वप्रमत्तः कोऽपि मेघात् निर्गत इन्दुरिव ततो ऽप्रमादी।

स हि नन्दाङ्गुलिमालोदयनाजातशत्रुसदृशः सुशोभेत॥१४॥

जस्तोसुकै पूर्वप्रमत्त किन नहोस्,

मेघबाट निर्गत भएको चन्द्र जस्तै, अप्रमादी भए

त्यो नन्द, अङ्गुलिमाल, उदयन,

अजातशत्रु जस्तै सुशोभित हुँदछ ।

पहिले जस्तो सुकै पापकर्म गरेता पनि कुशलकर्म गरेमा उ शुद्धि भई प्रभास्वर हुन सक्दछ भन्ने उदाहरण दिइएको । महायान-वज्रयानमा एउटैमात्र शर्त, ‘गुरुद्रोही हुनु हुँदैन’ भन्ने बाहेक सवै मुक्त हुन सक्दछ भन्ने अर्थमा । 

पूर्वप्रमत्त –    पहिले प्रमत्त भएको । यसअघि ठूल्ठूला अकुशल कर्म गरिसकेका । पश्चात बुद्धधर्म पालन गरेका

नन्द –       कामासक्त । बुद्ध भगवानको विमातृ भाई, स्रीलम्पट । (भिक्षु अश्वघोषबाट लिखित सौन्दरानन्द नाटकमा वर्णित)

अङगुलिमाल – बहुजन हत्यारा । ९९ जनालाई मारेर औंलाको माला पहिरेका ।

उदयन –     मातृहन्ता, अवन्ति नरेश । केटीहरूसंग भोगव्यभिचारको गर्न बाधा पुराएकोले । (स्वप्नवासबदत्त नाटकमा वर्णित)

अजातशत्रु –   पितृहन्ता । राज्यसुखको लागि पिता बिम्बिसारलाई भोकभोकै मार्ने ।

क्षान्तिसमं नैव तपस्ततस्त्वया न क्रोधावसरो देयः।

बुद्धेनानुमतं वै पदमवैवर्तिकं क्रोधप्रहाणेन॥१५॥

क्षान्तिको समान अर्को तप छैन,

न त क्रोधको अवस्था जस्तो त्याज्य ।

बुद्धको अनुमत लाई पालना गरी

क्रोधलाई प्रहाणगरी अवैवर्तिक पदमा पुग्नुहोस् ।

क्षान्ति –     सहनशीलता । क्षान्तिपारमिता ।

तप –        काय र इन्द्रियको सहनशीलत क्षमता तथा वीर्यता बृद्धि गर्न गरिने कृया

देय –        liability

अनुमत –    भनिएको कुरालाई पालना

अवैवर्तिक –   अब जे जस्तो कार्य गरेपनि पुन षडयोनिमा जन्मलिनु नपर्ने अवस्था

यज्ञमानपति – अग्रगामी होऊ भनेको ।

अक्रोशीदवधीन्मामजैषीन्मामहार्षीद् वै वित्तं मे।

वैरैरेभिः कलहस्त्यजति य एतद् वैरं स सुखं शेते॥१६॥

हेप्ने-अपमानगर्ने वा कर्कश बोली बोली नगरी,

परिबन्द बन्धनमा नपारी,

बाँचुञ्जेल जीवन जीउनु पर्छ भन्ने राग भाव नलिई,

हाँसखेलमा नलागी,

नफाखोरी लेनदेन नगरी,

लडाई-झगडा पनि नगरी,

यी सब शत्रु हुन् भनि जानी

त्यागेर सुखसाथ सुत्नुहोस् ।

यज्ञमानपति – ईख नराख्ने काम नगर । सदा सुखी हुन्छ ।

अ-क्रोश –     हेप्ने-अपमान नगर्ने, कर्कश बोली नबोल्ने

अ-वधिन् –   परिबन्द बन्धनमा नपार्ने

अ-जैषि –     बाँचुञ्जेल जीवन जीउनु पर्छ भन्ने राग भाव नलिने

अ-हार्षि –     हाँसखेलमा नलाग्ने

वैरैः-इभिः –   शत्रुताको भाव पनि

कलह –      कचकच, झगडा ।

महायानमा छजना ध्यानीबुद्धहरू लाई छओटा क्लेशकुलका अधिपति मानिन्छ । अर्थात् क्लेशलाई उपायको रूपमा प्रयोग गरी ‘कण्टकेन कण्टकं निवारयेत्’ भने जस्तै क्लेशलाई शमन गर्न सिकाउँदछ । अर्थात्, रागद्वेषादि हरू पूर्णरूपमा हेय होइनन्, यिनीहरूलाई उपायकौशल्यतासाथ प्रयोग गर्नु पर्दछ । 

जलेऽवनौ पाषाणे चित्रमिव चित्तं त्रिधा खलु सत्त्वानाम्।

क्लेशवतां हि प्रथमो धर्माभिलाषिणामन्तिमो ज्यायान्॥१७॥

पानीमा, माटो(जमीन)मा, र ढुँगामा कोरिएका चित्रहरू जस्तै

सबै सत्त्वप्राणिका चित्त तीनप्रकारका हुन्छन् ।

पहिलो क्लेशमय हुन्छ,

अन्तिमको धर्माभिलाषि उत्तम हुन्छ ।

अवनि – पृथ्वी, धरती ।

सत्त्वप्राणीको चित्त एक चित्रपट जस्तै हो, जसमा चित्रहरू स्थीरताको आधारमा तीन प्रकारले चित्र कोरिएका हुन्छन्;

१.पानीमा लेखिएको लेखुञ्जेल मात्र क्षणिक,

२. जमीनमा कोरिएको हवा पानी नपरे सम्मका केहि बेरका लागि र

३. ढुँगाका कुंदिएको अनेक हवा पानी घाम पनि थेगेर हजारौं बर्षसम्म रहन्छ भन्ने अर्थमा ।

 वाचस्त्रिधा जनेभ्यः प्रोक्ता जिनेन मधुरसत्यमिथ्याख्या।

क्रमशो मधुः पुष्पाशुचितुल्याश्चरमा च परिहर्त्तव्यैतासु॥१८॥

प्राणी(जन)का बोली तीन प्रकारका हुन्छन्,

जिनले भन्नु भएको छ; मधुर, सत्य,र मिथ्या ।

(ति) क्रमश मधु पुष्प र अशुचि तुल्य छन्,

पछिल्लो(अशुचि)लाई भलिभाँति त्याग गरोस् ।

मधुर –    मह वास्ना र स्वाद दुवै भएको; प्रियकरी र सत्य । सत्यं अपि प्रियं अपि

सत्य –    फूल जस्तै वास्नादार; स्थीरवचन तर अप्रिय हुनसक्ने

मिथ्या –   असत्य, प्रमाणको कसीमा नटिक्ने 

चरमा –    अन्तिमको ।

चतुर्विधा वै पुरुषाः प्रकाशात्प्रकाशे तमसस्तमसि पुनः।

तमः प्रकाशाद् गच्छति तमसस्तेजसि पुद्गलो वरः प्रथमः॥१९॥

चतुर्विध छन् पुरुषहरू;

प्रकाशबाट प्रकाशमा, तमसबाट फेरि (तमसमा),

प्रकाशबाट तममा, तमसबाट तेजमा जाने ।

पहिलो पुदगल वरणीय छ

पुरुष –       जसले पुरुषार्थ गर्दछ । प्रकृतिलाई संचालन गरी केहि नयाँ निर्माण गर्ने ।

तमस  –     अन्धकार, अज्ञान । मोहाच्छादित तामसी गुण ।

पुद्गल –     जीब, मनुष्य, सत्त्वप्राणी ।

जनानां त्वाम्रफलमिव पक्वमपक्वे पक्वेऽपक्वतुल्यं च।

अपक्वेऽपक्वं तथा पक्वे पक्वमिव भाति चातुर्विध्यम्॥२०॥

मानिसहरू आँपको फल जस्तै

(भित्र) नपाके पनि पाकेको जस्तो, पाके पनि नपाकेको जस्तो

नपाके पनि न पाकेको जस्तो, तथा पाकेको पनि पाकेकै जस्तो

चार प्रकारका हुन्छन्  ।

जन –     सत्त्वप्राणी, मनुष्य ।

पक्व –    ज्ञानवान, आर्य मार्गस्थ ।

अपक्व –   अज्ञानी, अनार्य । जनाउने अर्थमा ।

परदारान्न तु पश्येद् दृष्टे च ज्ञेया अवस्थानुरूप्येण।

कन्याम्बाभगिनीवद् आसक्तावप्यशुचिमेव चिन्तयेच्च॥२१॥

परस्त्रीलाई नहेरोस्,

हेर्नु नै परेमा अवस्था अनुसार ज्ञानले हेरोस्,

पुत्री, माता वा भगिनी को भावमा ।

(कदाचित) आसक्ति उत्पन्न भएमा त्यो अशुचि हो भन्ने चिन्तना गरोस् ।

दारा –     स्वास्नी, भोग्यवस्तु ।

रक्षेच्चञ्चलचित्तं श्रुति-पुत्र-निधि-प्राणसदृशं च नितराम्।

चित्तं परिहर्त्तव्यं शत्रुसर्पविषायुधाग्निसमात् कामात्॥२२॥

चञ्चलचित्तलाई रक्षा गरोस्

श्रुति, पुत्र, निधि, प्राण सरह सर्वदा ।

हरण गर्ने काम(राग) लाई

शत्रु, सर्प, विष लाएको हतियार, अग्नि समान (ठानोस्) ।

श्रुति –   श्रुत ज्ञान । प्राप्त गरेको ज्ञान ।

पुत्र –    छोरा । भविष्य ।

निधि –   खजाना । आर्जित पुण्यफल ।

प्राण –   जिबन ।

चित्तको स्वभाव चञ्चलता हो, यसको रक्षा गर्ने भनेको त्यस चंचलतालाई कठोरतासाथ बन्धनमा पार्ने वा आलम्बन-उपादान दिई अझ संबृद्ध गराउने भनेको पनि होइन । यसलाई स्वतन्त्ररूपमा चंचल हुन दिई, यसलाई अनवरत दृष्टिपात गरी, यसलाई द्रष्टाले सदा हेरिराखेको छ भन्ने थाहा गराउने हो । यसो गर्दा चित्त आफैमा निरुद्ध हुँदै जाने हुन्छ ।

कामस्त्वनर्थजनकः प्रोक्तः किम्पाकफलसमो जिनेन्द्रेण।

पाशैस्तस्य हि बद्धो भवचारके लोकः स प्रहातव्यः॥२३॥

कामलाई अनर्थ जनक भन्नुभएको छ,

किम्पाक फल जस्तै जिनेन्द्रले

त्यसको पाश बाट लोकमा बद्ध भएको (भएता पनि)

भवमा आचार गरी त्यसबाट अलग होओस् ।

काम –       कामछन्द । मन लाग्नु । कामलोकको आधार । पञ्च-इन्द्रियहरू आफूलाई संबृद्ध गराउने उपादान-समुदाय प्राप्ति गर्न खोज्ने ।

अनर्थ –      अर्थहीन वा अर्थजनक नभएको । जसबाट चाहेको उद्देश्य प्राप्ति नहुने वा विपरीत विरोधि फल प्राप्त हुने हुन्छ ।

किम्पाक –    तीते काँक्रो, काँक्रो बिखालु प्रजाति ।

यज्ञमानपति – (स्मृतिप्रस्थानसूत्र अनुसार) दक्षिण सागरको टापूमा पाइने फल । कसैले बिहान आएमा दिउंसो सम्ममा मर्ने ।

भवचार –     भवमा गरिने आचार-व्यवहार । लोकव्यवहार । लोकमा कामको बन्धनलाई कामको प्रयोगगरी कामलाई जितोस् भन्ने अर्थमा ।

चलाध्रुवाणि षडक्षाणि जयन्ति समरे वा शत्रूनपि चैके।

तयोश्च सुधियः प्रथमं वरमिन्द्रियविजेतारं च मन्यन्ते॥२४॥

चलायमान तथा अस्थिर षड(इन्द्रिय)हरू लाई जित्ने (र)

समरमा शत्रुलाई एउटैलाइ पनि नछोड्ने ।

ती मध्ये पहिलो जो इन्द्रियविजेता हो,

उसलाई बुद्धिमानले वरेणीय भनेर जान्दछ ।

षडक्षाणि –      षडिन्द्रिय । पञ्चज्ञानेन्द्रिय र मन सहित । षड् छओटा ।

अक्ष –         आँखा ।

अणि –         छिस्किनी ।

सुधिय –        धिय स्मरण । ज्ञानवान

इन्द्रियविजेता –  जिनेन्द्रिय । पञ्चज्ञानेन्दरियलाइ वशमा गरेका ।

वरम् –         आफ्नो बनाउन योग्य ।      

युवतिशरीरं हि पूति यन्नवाशुचिद्वारमशुचिभाण्डसमम्।

चर्मावृतदुष्पूरं भूषितमपि भूषणैः पृथग् द्रष्टव्यम्॥२५॥

युवतिको शरीर पूति हो, जुन नौओटा

अशुचिद्वार भएको, अशूचिले भरिएको भाण्ड सरह छ,

चर्मले छोपिएको दुष्पूर छ, यो भूषणले

आभूषित भएको भएता पनि, त्यसलाई बेग्लैदृष्टिले हेरोस् ।

पूति –      दुर्गन्ध उत्पादन हुने वस्तु

नवद्वार –   शरीरमा रहेका नौओटा छिद्रहरू; दुई आँखा, दुई कान, दुई नाक, एक\एक ओटा मुख, योनि र गुदा गरी नौओटा ।

दुष्पूर –     खराब नगरी, दोषपूर्ण देश  । शरीर; नौओटा ढोकाहरू भएको पर्खालले घेरिएको एउटा नगर जहाँ पञ्चइन्द्रियहरू निवास गर्दछन्।

पृथग्दृष्टि –  भित्री आँखाले । गुह्य परमार्थ दृष्टिले ।

कृमिपीडितो हि कुष्ठी सुखलिप्सया च यथा वह्निमाश्रयते।

पीडा न याति शान्तिं तथैव हि कामासक्तिरपि बोद्धव्या॥२६॥

कृमिले पीडित भएको कुष्ठरोगीले पनि

सुखलिप्सा वश जसरी आगोको आश्रय लिंदछ (ताप्दछ)

तापनि पीडा जाँदैन, शान्ति पाउँदैन ।

कामासक्तलाई पनि त्यसरी नै जानोस् ।

कृमिपीडित –           कीरा परेको । 

पीडा न याति शान्तिं –   दु:ख क्षणिक मात्र नाश हुन्छ (यज्ञामानपति)।

परमार्थं प्रतिवेत्तुं सर्वभावेषु सविधि मनसि निधायैव।

स च खलु भावयितव्यो न हि तत्तुल्योऽपरो गुणयुतो धर्मः॥२७॥

सर्वभाव सहित परमार्थतत्त्वलाई यथावत जान्नको लागि

मनले विधिपूर्वक संकल्प गर्नुहोस् ।

त्यसलाई सम्पूर्णरूपमा भाविता गरेको,

त्यस बराबर अर्को गुणयुक्त धर्म छैन ।

प्रतिवेत – पूरा जान्नु र अंगीकार गर्नु ।

सुकुलीनोऽपि न पूज्यो ज्ञानशीलविमुखो श्रुतिरूपवान् पुमान्।

गुणद्वयैतद्युक्तः पूज्यते सोऽन्यगुणैर्हीनोऽपि सततम्॥२८॥

सु-कुलीन होस् तापनि, पूज्य हुँदैन

ज्ञान-शील विमुख श्रुति-रूपवान् पुमान् (भएपनि)

यी दुई गुण (ज्ञान र शील) युक्त सदा पूजित हुन्छ,

अन्य गुणहरू हीन नै भए तापनि ।

श्रुतवान –  पढे लेखेको ।

पुमान् –   पुण्यकर्म गर्ने ।

अष्टसु लोकधर्मेषु लोकवित् समतया प्रवर्तयेच्चित्तम्।

हानिलाभयशोऽयशोऽनुशंसानिन्दासुखदुःखेष्वशोच्येषु॥२९॥

आठ ओटा लोकधर्ममा लोकवित्

चित्तलाई समतमा राखि विचरण गर्दछन्

हानि, लाभ, यश, अयश, अनुशंसा,

निन्दा, सुख, दुःखहरूमा अशोच्य भई

लोकधर्म —   लोकमा सत्वप्राणीले भोग्ने विषयहरू । अष्टकलाप पनि भनिएको ।

हानि, लाभ, यश, अयश, अनुशंसा, निन्दा, सुख, दु:ख । 

लोकवित् —   लोकव्यवहार जानेको ।

अशोच्य –    जसको लगि शोक गर्न उचित छैन; जसले पश्चाताप हुने वा पछि दुखी हुनुपर्ने कुनै कार्य गर्दैन । 

भवद्भिर्ब्राह्मणभिक्षुदेवातिथिमातापितृकुलमहिषीभ्यः।

पापं नाचरणियं यतः कतमोऽपि न नरकफलस्य भागी॥३०॥

यहाँले ब्राह्मण, भिक्षु, देवता,

अतिथि, माता, पिता कुलमहिषीहरूका लागि पनि

पापको आचरण नगर्नुहोस् यहाँ

कसैले पनि नरकमा फल भोग्न साथ दिने छैन ।

ब्राह्मण –    ब्रह्मबिद् । कर्मबाट ब्राह्मण भएका ।

भिक्षु –       याचक । यहाँ श्रमणको अर्थमा प्रयुक्त

देव –        देवता । दैवत दिनेवाला ।

अतिथि –     सन्ध्या समयमा आएका, पाहुना ।

माता –       जन्मदातृ, धारक, पोषक समेत ।

पिता –       बीजप्रदा । रक्षक, संरक्षक, पालक समेत ।

कुलमहिषी – कुलबधु । आफ्नी बिवाहिता पत्नि । कुलकी मूली स्त्री ।

न च कृन्तति पापकर्म तत्क्षणमस्त्रपातवत् कमपि पापिनम्।

मृत्योर्हि समये किन्तु तत्कर्मणः फलमभिमुखीभवत्येव॥३१॥

यो पापकर्म गर्दिन भनेर तत्क्षण मै (नरोकिए)

अस्त्रपात गरे जस्तै गरी पापीलाई  

मृत्यको समयमा ती कर्महरू

फलित हुन आउँदछ ।

शस्त्रपातवत् –  एक झट्कामा हतियारले हाने जस्तै । तत्कालै ।

फलाभिमुखी –   मृत्युहुने अन्तिम बेलामा जे भाव रहन्छ त्यही भावको उसखओ नयाँ लोक निर्माण भएको हुन्छ । जुन कार्य पापकर्म हो भनेर जान्दाजान्दै त्यसलाई नरोकीकन हुनदिन्छ (अथवा पछि  प्रायश्चित नगरिकन पनि बस्दछ), ती सारा कर्महरू मृत्युको बेला प्रकट भै स्मृतिमा आउँदछ । त्यसबेला उसको निर्मित नयाँ लोकमा उसले त्यो सबै भोग्दछ ।

सप्तधनान्युक्तानि श्रद्धाशीलत्यागामलश्रुतधियः।

अपत्रपा ह्री मुनिना मुधैवापरधनानि हि साधारणानि॥३२॥

सप्तधन भनिएका छन्; श्रद्धा, शील,

त्याग, अमल श्रुत, धिय,

अपत्रपा, ह्री लाई, (शाक्य)मुनिले;

बुझोस् यो भन्दा बाहेक अरु (धन) साधारण मात्र हुन् ।

सप्तधन –    सात प्रकारका वस्तु जसमा पुण्यसंभार हुनजान्छ ।

१.श्रद्धा –     

२.शील –       

३.त्याग –       आफ्नो प्रयोगको बस्तु अरूलाई दिने

४.अमल श्रुत –   मल रहित श्रुतज्ञान

५.धी –         बुद्धि, प्रज्ञा

६.अपत्रपा –     अरूलाई देखेर आफूलाई गरिने विशुद्धि

७.ह्री –         लज्जा ।

द्यूतक्रीडा कौतुकदर्शनालस्यकुमित्रसङ्गमदिराश्च।

निशाविहरणं षडिमे त्याज्या दुर्गतिदा यशोविनाशकाश्च॥३३॥

द्यूतक्रीडा, कौतुकदर्शन, आलस्य,

कुमित्रसङ्ग, मदिरा पनि

निशाविहरण; यी छओटालाई त्यागोस्,

यी दुर्गति दिने र यशको विनाशक हुन  ।

१.द्यूतक्रीडा –       जूवा, तास ।

२.कौतुकदर्शन –      चटक जादूरीरी वा नौटंकी आदि हेर्ने ।

३.आलस्य –         दीर्घसूत्री ।

४.कुमित्रसङ्ग –      खराब मित्रको संगत ।

५.मदिरा –          लागू पदार्थ ।

६.निशाविहरण –     राती घुम्ने ।

सनरामरशासकेन सन्तोषः सर्वधनप्रधानमुक्तम्।

सन्तोषोऽनुष्ठेयः धनं विनैव स धनिकः सति सन्तोषे॥३४॥

देवमनुष्यका शास्ताले सन्तोषलाई

सवै धनहरूमा प्रधान भनेको छ

सन्तोष विनयीजनको लागि अनुष्ठेय धन हो

त्यो धनी हो जो सन्तोषसंग बस्दछ ।

सनरामरशासक –     नर र अमर(देवता) समेतका पनि शासक । शाक्यमुनि बुद्धलाई भनिएको, शास्ता ।

देवमनुष्यका शास्ता (यज्ञमानपति) ।

यथा समृद्धाः पुरुषा दुःखिनो भवन्ति नैव तथाऽल्पेच्छुकाः।

यावत्यः सन्ति फणा आर्य, दुःखकराः, नागस्य तावत्यः॥३५॥

जस्तो सम्पन्न पुरुषहरू दु:खी हुन्छन्,

तर अल्पेच्छुहरू कहिले हुँदैनन्

जति धेरै हुन्छन् फणाहरू नागका

आर्य दुःखकरा हुन्छ त्यत्तिकै ।

समृद्ध –     धनधान्य सम्पत्ति आदि संग्रह गरेका ।

अल्पेक्षु –     थोरैमा पनि संतोष मानेका ।

पत्नी त्याज्या त्रिविधा प्रकृत्या रिपुसम्बद्धा स्वघातिकेव।

पत्युरपमानकर्त्री स्वैरा लघुवस्तुचौर्यरता स्तेयीव॥३६॥

आफ्नी पत्नि पनि तीन कारणले त्याज्य हुन्छिन्;

रिपुसम्बद्धा स्वघातिका,

पतिको अपमान गर्ने स्वैरा, र

सानासाना वस्तु (समेत) चोर्ने बानी परेका स्तेयी ।

रिपुसम्बन्धा –       शत्रुको पक्षमा लागेकी ।

स्वघातिका –        आफू (पति)लाई नै घातगर्ने ।

अपमानकर्त्री –       लोग्ने लाई अपमानित गर्ने ।

स्वैरा –             कर्कशी ।

स्तेयी –            लुकाउने, चोर्ने ।

भगिनीसमानुकूला मित्रवद् हृदयङ्गमा च सेवनीया।

मातेवोपकारिणी पूज्या सेविकेवाज्ञाकृद् देवीव॥३७॥

आफ्नो समतामा अनुकूल व्यवहार गर्ने दिदी-बहिनी,

हित्त-चित्त मिल्ने मित्र पनि सेवनीय छन्,

माता, आफूलाई उपकार गर्ने, पूजा गर्न योग्य, र

आज्ञापान गर्ने सेविका हरू देवी सरह हुन् ।

यि चारगुण सम्पन्न पत्नी देवी समान पूजनीय हुन्;

१.बहिनीले जस्तै अनुकूल व्यवहार गर्ने ,

२.(महिला)मित्रले जस्तै प्यारी भई भोग-संभोग गराउने,

३.माताले ले योगक्षेम विचार गर्ने,

४.नोकर्नीले जस्तै सुरुक्क खुरुक्क आज्ञापालन गर्ने ।

हृदयङ्गमा –  प्रेयसी जस्तै हृदयमा रहने

समाकूला –   सम्यकरूपमा समन्ततामा समयनानुकूल कुलाचार व्यवहार गर्ने ।

सेवनीय –    भोग गर्न, आचार-व्यवहार गर्न योग्य

विहाय रागद्वेषौ भोजनमौषधिवदवगत्य सेवेत।

कायस्थित्यै नितरां न च सौन्दर्यगर्वमानार्थं सेव्यम्॥३८॥

छोडेर रागद्वेषहरू भोजनलाई

औषधिवद् जानेर सेवन गरोस्

कायको स्थितिलाई (जसरी राख्नुपर्ने हो त्यसरी) सदा राख्न (मात्र)

न त सौन्दर्य गर्व वा मानको लागि सेवन गरोस् ।

सम्पूर्ण भोजनेय पदार्थहरू औषधेय हुन् । तिनीहरूलाई मीठो नमीठो भनि स्वादहेतु भोग नगरी शरीर र इन्द्रियको आवश्यक संचालन र पारमार्थिक उन्नतिमा संबर्द्धनको लागि मात्र भोग गर्नु पर्दछ ।

काय स्थित्यै – कायलाई जसरी राख्नुपर्ने हो त्यसरी पूर्णरूपमा राख्न

नितरां –      सदा, नित्य, धेरै ।

दिनमखिलं शुभकार्ये यापयेद् रात्रेराद्यन्तौ यामौ च।

धीमन्, मध्ये यामे शयीत यतो हि न भवेद् विफला निद्रा॥३९॥

पूरा दिन शुभकार्य गर्दै बिताओस्,

रात्री, आद्य-अन्त सबै यामहरूमा पनि

हे धीमान् पुरुष ! दिउँसो सुतेर

निद्रालाई बिफल नगरोस ।

मध्य याम-     दिउँसो ।

याम –         प्रहर, ३ घण्टाको अवधि ।

विफला निद्रा –  व्यर्थको निद्रा । आवश्यकता भन्दा बढी सुत्नु

मैत्रीकरुणोपेक्षामुदिताश्च सदा सम्यग् भावयितव्याः।

अलब्धेऽनुत्तरपदे ध्रुवमेव ब्रह्मलोके सुखावाप्तिः॥४०॥

मैत्री, करुणा, उपेक्षा, र मुदिता को

सदा सम्यक भाविता गर्नुहोस्  

अनुत्तरपद अलब्धमा पनि,

ध्रुवजस्तै भई ब्रह्मलोकमा सुखसाथ रहन्छ ।

मैत्री –       सर्वसकल प्राणी आफ्नै बाबुआमा वा एक्लो छोरा जस्तै हो भन्ने भावगरी समता भाव राख्ने

करूणा –     उनिहरूलाई निर्वाणमा नपठाई म निर्वाण लिन्न भन्ने संकल्पगरी सकलप्राणीका दु:खक्लेश हटाउन सदा लागिरहने

मुदिता –     आफूले दु:खक्लेश हटाइदिएका प्राणीको सुख देखेर आनन्दित हुने

उपेक्षा –      सर्वसकल प्राणीको दु:खक्लेश प्रहीण गरिसकेपछि अब मैले गर्नुपर्ने सवै काम बाकी छैन सबै आनन्दमा छन् भन्ने थाहा पाएर तीनिहरूलाई वास्ता गर्न छोड्ने ।

ब्रह्मलोक –   ब्रह्माजीको लोक । यी चारओटा चर्यालाई “चतुर्ब्रह्मबिहार’ भनिन्छ ।

कामान् प्रीतिविचारौ सुखञ्च दुःखञ्च विहाय चतुर्भिरेव।

ध्यानैर्ब्रह्माभास्वरशुभकृत्स्नबृहत्फलभागिनश्च भवन्ति॥४१॥

काम, प्रीति, विचार, सुख-दुःख

यी चारओटा लाई छोडेर

ध्यान गरेमा ब्रह्माका तीन लोक आभास्वर,

शुभकृत्स्न, बृहत्फलका भागी भईन्छ ।

ध्यान –      लौकिक (रूप)ध्यान चार तहका छन्

१ प्रथमध्यान –   वितर्क, विचार, प्रीति, सुख,  चित्तैकाग्रता सहगत भएको ध्यान ।

२ द्वितीयध्यान – विचार, प्रीति, सुख, चित्तैकाग्रता सहगत भएको ध्यान ।

३ तृतीयध्यान – उपेक्षास्मृतिसंप्रजन्यं भई प्रीति, सुख,  चित्तैकाग्रता सहगत भएको ध्यान ।

४ चतुर्थध्यान –   उपेक्षा परिशुद्धि: स्मृतिपरिशुद्धि अदु:खासुखा वेदना भएको चित्तैकाग्रतामात्र भएको ध्यान ।

ब्रह्मालोक –   लोकधातुमा कामलोक २० स्तरका, रूपलोक १७ स्तर र अरूप लोक ४ स्तर गरी जम्म ४१ तह छन् । कामलोकमा .. देखि .. सम्म का आभास्वर, शुभकृत्स्न, बृहत्फलहरू ब्रह्मालोक मानिन्छ ।

आभास्वर –  

शुभकृत्स्न – 

बृहत्फल –   

कुशलाकुशलं च कर्म सदाभिनिवेशाप्रतिपक्षवस्तुगुणैः।

पञ्चभिश्चोत्पद्यते तस्माद् यतनीयं कुशलचर्यायाम्॥४२।।

कुशल र अकुशल दुवै कर्महरुले नै

सदा आफू जस्तै वस्तुगुण भएका कर्म

पाँचओटा (फल) उत्पन्न गर्दछन् ।

त्यसैले यत्नसाथ कुशलचर्या गरोस् ॥

पञ्च कुशल –

पञ्च अकुशल –

 Acts performed continuously, acts prompted by desires, acts which have no counteragent,

Acts which grow out of precious or royl ground-

These five which are positive and negative

Are importanat, Strive to do the positive

यथाल्पक्षारनीरं परिवर्तयत्यल्पजलरसं न गाङ्गम्।

पापं तथैव चाल्पं नाशयत्यल्पकुशलं न पूर्णकुशलम्॥४३॥

(जस्तो) थोरै नूनले थोरै पानीमा (मात्र) फरक

पार्दछ स्वादमा, न की गङ्गामा ।

पापले पनि त्यसरी नै अल्प-कुशललाई नाश गर्दछ

पूर्ण-कुशललाई होइन ।

अल्पकुशल – पूर्णरूपमा दक्ष भैनसकेकोले पुन तल खस्नसक्ने साधक ।     

पुर्णकुशल –   फर्किनु नपर्ने स्तरमा पुगिसकेका साधक ।

जो कुशलकर्ममा पूर्णता प्राप्त गरिसकेका हुन् अर्थात् अवैवर्तिक स्तरमा पुगीसकेका छन् उनिहरूको पापकर्म पापमय भएको हुँदैन । उनिहरुका सामान्यरूपमा पापजस्तो देखिने कर्म पनि मैत्रीकरुणावश गरिएका कल्याणकारी कर्म हुने गर्दछ । भन्ने अर्थमा ।

औद्धत्यं कौकृत्यं व्यापादः स्त्यानमिद्धे च कामेच्छा।

विचिकित्सेति पञ्चैव कुशलधनहारकाणीमानि ज्ञेयानि॥४४॥

औद्धत्य-कौकृत्य, व्यापाद,

स्त्यानमिद्ध, र कामेच्छा,

विचिकित्सा समेत यी पाँचओटा

कुशलधन हरणगर्ने हुन् भनि जानोस् ।

१.औद्धत्य-कौकृत्य – धृष्टता, चञ्चलता, अशान्तता जसबाट पश्चाताप गर्नुपर्ने हुनजान्छ ।

२.व्यापाद –         विहिंसाद्वारा अन्य सत्त्व-असत्त्वलाई आघात गर्नु  । शस्त्र वा दण्ड आदिवाट हानी गराउन खोज्नु

३.स्त्यानमिद्ध –     चोरी, छल, । मनको सुस्तपना । शरीर संचालनमा कठिनाई । मोहग्रस्त, किंकर्तव्यविमूढता ।

४.कामेच्छा –        मनको व्यभिचार ।

५.विचिकित्सा –      सत्येषु विमति: । बुद्धधर्मसंघेषु रत्नेषु विचिकित्सते रत्नत्रयं न समुदाचारति । रत्नत्रयासमुदाचारेण अकुशलसमुदावार: कुशलासमुदाचारश्च । तेनायत्यां लौकिकदु:खाभिनिवृत्तौ दु:खेन संयुज्यते ।

कुशलधन –         ????????

उत्तमाः पञ्चधर्माः श्रद्धावीर्ये स्मृतिसमाधिप्रज्ञाश्च।

बलेन्द्रियाणि चाग्र्याणि कथ्यन्ते यतनीयमेतेषु तस्माद्॥४५॥

उत्तम छन् पञ्चधर्महरू; श्रद्धा, वीर्य,

 स्मृति, समाधि, प्रज्ञा पनि ।

बलेन्द्रियहरूमा अग्रको भनिन्छ,

यतीहरू यसमा लागोस् ।

पञ्चधर्म –    पाँच प्रकारका चर्या

क्षान्ति र लौकिकाग्रधर्महरु  नियन्त्रणगर्ने पाँचओटा शक्तिहरूलाई पञ्चवल भनिन्छन् । यी बलहरू अचलरूपमा क्रियाशील वा प्रभावित हुन्छन्;

  • श्रद्धा –  
  • वीर्य –    
  • स्मृति –  
  • समाधि – 
  • प्रज्ञा –   

बलेन्द्रिय –    यी पाँचओटा धर्महरुको बल

यति –       एकान्तमा बसी परमार्थमा लागेका ।

व्याधिजरामरणप्रियवियोगवच्च कर्मपरायणाः सर्वे।

पुनः पुनस्तु चिन्तया प्रतिपक्षेणैवं प्रहीयते मानः?॥४६॥

व्याधि, जरा, मरण, प्रियवियोग हरूमैं

सम्पूर्ण कर्म परायणा भयो !

पुन: पुन: चिन्तया गरी यस्तो

प्रतिपक्ष भावको, मन प्रहीण गरोस् ।

कर्मपरायण –    काय-वाक्-चित्तको कार्यहरू यत्ति मै सिमित भईगयो भन्ने अर्थमा ।

प्रतिपक्षभाव –   काँडालाई काँडाद्वारा निकाले जस्तै कुनै दोषलाई निरुद्ध गर्न त्यसको पनि दोषलाई देखिरहनु 

स्वर्गं मोक्षं चेच्छेत् सम्यग्दृष्टिस्तावद् भावनीयैव।

कृतानि मिथ्यादृष्ट्या पुरुषैः सुचरितान्यपि विषमविपाकानि॥४७॥

स्वर्ग तथा मोक्षको इच्छा राख्नेले

सम्यग्दृष्टि राखि त्यसरी नै भावना गरोस्

मिथ्यादृष्टि राखेका पुरुषले गरेका कार्य सुचरित छ

तापनि, विषम-विपाक हुनजान्छ ।

सुचरित –     विधिपूर्वक श्रद्धासहित सम्पन्न गरेको चर्या  

विषम –      शुभ-अशुभ दुबै छ्यासमिस  भएको ।

विपाक –     गरेको कार्यको फल उत्पन्न् हुनु हो ।

अनात्माऽशुचिर्दुःखी पुद्गलोऽनित्यश्च सम्यग्विज्ञेयः।

स्मृत्युपस्थानरहिता विनश्यन्ते च विपर्यासैश्चतुर्भिः॥४८॥

अनात्मा, अशुचि, दुखी, र अनित्य हो भनि

पुद्गललाई सम्यकरूपमा जानोस्

स्मृत्युपस्थान रहित भएका नाश हुन्छन

चार ओटा, विपर्यास द्वारा

अनात्मा –    म मेरो छैन भन्ने भाव

अशुचि –     निस्वभाव नभएको; परिकल्पित, परतन्त्र स्वभावको

दु:ख –       दु:खसत्त्य (चतुरार्यसत्त्यबाट) रहित नभएको

अनित्य –     क्षणक्षणमा परिवर्तन भैरहने । हेतुप्रत्ययको आधीन नभै द्वदशनिदानको चक्रमा घुमिरहने ।

पुद्गल –     सामान्य अर्थमा सत्त्वप्राणी । का मूल गुणचरित्र हरू।

स्मृत्युपस्थान –      होशमा राखीरहनु पर्ने चारओटा कुरा

नरेन्द्रदेव – अनुपश्यना ज्ञानलाई भनिन्छ । स्मृत्युपस्थान चार छन्,

१.कायानुपश्यना – शरीरको यताभूत अवबोध ।

२.वेदनानुपश्यना – सुखवेदना, दु:खवेदना, अदु:खवेदनाको यथार्थ ज्ञान ।

३.धर्मानुपश्यना – पञ्चनिवरण, पञ्च उपादानस्कन्ध, षड आयतन, दश संयोजन, सप्त बोध्यङ्ग तथा चार आर्यसत्यको ज्ञान।

४.चित्तानुपश्यना – चित्तको ज्ञान ।

विपर्यास –    विपल्लास । उल्टापुल्टा देख्नु । दृष्टिभ्रम हुनु

उक्तं रूपं नात्मा रूपवांश्च नात्मा रूपे नैवात्मा।

न चात्मन्यस्ति रूपं शून्यमेवं स्कन्धचतुष्कमपि ज्ञेयम्॥४९॥

भनिएको छ; ‘रूप आत्मा होइन’,

‘रूप भएको आत्मा होइन’, ‘न त रूपमा आत्म छ’,

‘न आत्मामा रूप छ’ । यसरी शून्यता लाई बुझोस्  

(बाकी) चारै ओटा स्कन्धहरू समेत पनि ।

पञ्चस्कन्ध – ‘म’ भन्ने भाव यी पाँओटा स्कन्ध(समूह)हरूको थुप्रो हो ।

१.नामरूप –   नाम मानसिक वस्तु । रूप भौतिक वस्तु । एक अर्कामा अविभाज्य अद्वैत हुन् । पृथ्वी, जल, तेज, वायु र आकाश तत्त्वहरूको संयोजनले बनेका यावत पिण्डशरीर ।

२.संज्ञा –     संज्ञान । अनुभूति । प्रतिकृया । चित्तमा वेदनाको अनुभूतिवाट चित्तले त्यसको उत्पन्न गर्ने कृया-प्रतिकृया ।

३.वेदना –     भावना । सुख, दु:ख र असुख-अदु:खको अनुभूति ।

४.संस्कार –   बानी ।

५.विज्ञान –   प्रणाली ।

आत्मा –     ‘म’ भन्ने भाव । यहाँ आत्मा भनेर हिन्दूदर्शनको सतबाद वा कुनै बाह्यसत्तालाई भनिएको होईन ।

स्कन्धा न हि जायन्ते यदृच्छया न प्रकृतीश्वरकालेभ्यः।

नाहेतोः स्वभावतो ज्ञेया अज्ञानेन तृष्णया जाताः॥५०॥

पञ्चस्कन्धहरू उत्पन्न हुने होईन, न कसैको ईच्छाबाट,

न प्रकृती वा ईश्वर वा कालबाट नै,

न अहेतुबाट, न स्वभावबाट, जान  

यो अज्ञानबाट तृष्णाको कारणले उत्पन्न हुने हो ।

पञ्चस्कन्ध – यज्ञमानपतिका अनुसार,

१. रूप –     shape and size

२. वेदना –    feelings

३ संज्ञा –     addressal

४. संस्कार –  action

५. विज्ञान –   cause and effect

इच्छया –     कसैको ईच्छा बाट ।

प्रकृति –     स्वसंचालित । पराकृति ।

ईश्वर –      बाह्य नियामक सत्ता ।

काल –       समय भएपछि फल्ने ।

अहेतु –      विना कुनै हेतु कारण ।

स्वभाव –     प्रभावस्वर ।

कालः पचति भूतानि कालः संहरते प्रजाः।

कालः सुप्तेषु जागर्ति कालो हि दुरतिक्रमः॥५१।।

कालले पचाउँदछ ‘भूत’लाई

कालले प्रजालाई संहार गर्दछ

कालले सुतेकालाई जागा गराउँदछ,

काल नै जित्न दुष्कर छ ।

काल –    समय,

पचति –   पचाउनु । संयोजन बियोजनको प्रकृया; नयाँ कुरा बनाउने र भएकोलाई बिखण्डन गर्ने जसमा ऊर्जाको उत्सर्जन वा ग्रहण हुन्छ । chemical reaction ।

भूत –     सामान्यतया जीब वा सत्त्वप्राणी । महायानमा यसले सम्पूर्ण अणु-परमाणु तथा गुह्यक लगायत जे जति उत्पन्न भएका छन् ती सर्वसकल भूतभौतिकीलाई समेत जनाउँदछ ।

दुरतिक्रम – लंघन गर्न दुष्कर । सामान्यतया असम्भव भएको यो प्रकृया अत्यन्त कठिनताले मात्र पार पाउन सकिने 

आत्मनि मिथ्यादृष्टिः शीलव्रतपरामर्शो विचिकित्सा च।

मुक्तिपुरद्वाराणां बाधकं संयोजनत्रयमवगच्छेत्॥५१॥

आफूमा रहेको मिथ्यादृष्टि,

शीलब्रतपरामर्श, विचिकित्सा पनि

मुक्तिपुरका द्वारहरूका बाधक हुन ।

यी तीनओटा संयोजनगरी रोक्नुहोस् ।

मिथ्यादृष्टि –      दृष्टिदोष, सम्यकदृष्टि नहुनु । अनित्य अनात्म दर्शन दृष्टि को सट्टा म’मेरो भन्ने आत्मबाद हुनु । सत्कायदृष्टि ।

शीलब्रतपरामर्श –   दर्शनज्ञान बेगर ब्रत पूजा आदि लोभ आदिको वशमा बाह्य आडम्बर गर्नु । पारमार्थिक प्रगतिको लागि तीर्थ, ब्रत … जस्ता बाह्यसाधनमा भर पर्नु ।

विचिकित्सा –      सन्देह, शंका ।

संयोजनत्रयम् –     संसारिक बन्धनमा बाँधिराक्ने तीनओटा कुरा ।

आत्मापेक्षो मोक्षः परस्मान्न लभ्यते किमपि साहाय्यम्।

चत्वार्यार्यसत्यानि वृत्तस्थः श्रुतचिन्ताभिरभ्यस्येच्च॥५२॥

(आफ्नो) मोक्ष आफैबाट मात्र अपेक्षित छ,

अरूबाट कदापि पाईँदैनम जति सहायता गरे पनि ।

चतुरार्यसत्यको यथार्थ(वृत्त)ज्ञानलाई

बुझी (श्रुत), त्यसलाई चिन्तना पालना गर्नुहोस् ।

चतुरार्यसत्त्य –       चार ओटा आर्य सत्त्यहरू

१. ‘दु:ख’सत्य  –  हेर्नुहोस् ..

२. ‘समुदय’सत्य –   दु:खको कारण छ । र दु:खको मूल कारण तृष्णा हो । यसले दु:खलाई शान्त हुन दिंदैन ।

३. ‘निरोध’सत्य – दु:खको निरोध हुनसक्छ । निरोध भनेको दु:खको नाश होईन, यो दु:ख उत्पन्न हुने हेतुको नाश हो, जसबाट दु:ख उत्पन्न हुनै पाउँदैन ।  र त्यसको कारण तृष्णालाई त्याग गर्नु हो । तृष्णा निर्मूल भएको अवस्थालाई निर्वाण भनिन्छ ।

४. ‘मार्ग’सत्य –      तृष्णा निर्मूलगर्ने उपाय छ । र, त्यो निरोधगामिनी प्रतिपदा मार्गसत्य हो आर्यअष्टाङ्गिकमार्ग । स्मृतिका अनुसार कारण पनि हि फल पनि हो । यो आठओटा शीलका नियमहरू सम्यकरूपमा पालना गर्नु हो;वृत्तस्थः –   चक्रीय सम्बन्ध भएको भएको

श्रुतमयज्ञान –       सुनेर, पढेर, अध्यवसन गरेर र बाहिरबाट प्राप्त गरेको ज्ञान । आगम विद्या ।

चिन्तामयज्ञान –     प्राप्त श्रुतमयज्ञानलाई छलफल मनन गरी अन्वेषण परीक्षण गरी निश्चित गरेको ज्ञान

भावनामयज्ञान –     चिन्तामयज्ञानलाई आफू मै भावितागरी, आफूले प्रयोगबाट सिद्ध गरी, अरूलाई पनि परिपालन गर्न लाएको ज्ञान

अधिशीलचित्तप्रज्ञास्तिस्त्रोऽपि शिक्षाः सदैव शिक्षणीयाः।

एतास्वन्तर्भूतानि शतमेकपञ्चाशच्च शिक्षापदानि॥५३॥

अधिशील(शील), (अधिशील)चित्त, र प्रज्ञा (अधिशील) तीनैओटाको

शिक्षा सदैव परिपालन गरोस्

यीनिहरूमा समाहित छन्,

एकसये एकाउन्न ओटा(?) शिक्षापदहरूमा ।

अधिशील(शील) –    शील पालन गरी सदा झन झन उन्नती गर्दै अगाडी बढन

अधिशील(चित्त) –     चित्तवृत्ति निरोध गर्ने कार्य गरी सदा झन झन उन्नती गर्दै अगाडी बढन । थेरबादमा सदाचार गरिएको

अधिशील(प्रज्ञा) –     शील पालन गरी सदा झन झन उन्नती गर्दै अगाडी बढन

शिक्षा –            तालीम र ..

शिक्षापद –          दिएको शिक्षदीक्षा ।

राजन्, बुद्धेनोक्तः कायगता स्मृतिश्चैकायनो मार्गः।

रक्षेदिमं सयत्नं स्मृतिनाशाच्च सर्वधर्मप्रध्वंसः॥५४॥

हे राजन् ! बुद्धले भन्नुभएको छ

कायगतस्मृति नै एकायनो मार्ग हो,

यसलाई यत्नपूर्वक रक्षा गरोस् ।

स्मृतिनाश भएबाट सर्वधर्म विनष्ट हुने हुन्छ ।

कायगतानुपश्यना –   कायलाई अनुपश्यना गर्ने

१.  बाह्यजगतमा जेजति छन् तीसबै यसै शरीरमा देख्नु,

२.  यस शरीरमा जेजति छन ती सबै बाह्य जगतमा छन् भनि देख्नु, र

३.  यस शरीर र बाह्यजगतमा मा जेजतिछन सबैलाई दृष्टगरी संप्रजन्य भई रहनु  ।

चारओटा अनुस्मृति  मध्ये पहिलो । अन्य अनुपश्यना हरु

वेदनानुपश्यना – अध्यात्मबेदना, बहिर्धाबेदना, अध्यात्मबहिर्धाबेदनामा बेदनानुदर्शी भई स्मृतिसंप्रजन्य भई रहनु

चित्तानुपश्यना –

धर्मानुपश्यना –

नरेन्द्रदेव –    ९ प्रकारवाट जुन आश्वास-प्रश्वास हुन्छ, त्यसकाई ‘काय’ भनिन्छ । अनुपश्यना ज्ञानलाई भनिन्छ । स्मृत्युपस्थान चार छन्,

१.कायानुपश्यना – शरीरको यताभूत अवबोध ।

२.वेदनानुपश्यना – सुखवेदना, दु:खवेदना, अदु:खवेदनाको यथार्थ ज्ञान ।

३.धर्मानुपश्यना – पञ्चनिवरण, पञ्च उपादानस्कन्ध, षड आयतन, दश संयोजन, सप्त बोध्यङ्ग तथा चार आर्यसत्यको ज्ञान ।

४.चित्तनुपश्यना – चित्तको ज्ञान ।

एकायनो –    विभिन्न नाममा मार्ग-मार्गान्तरहरू सबै समाविष्ट भएको, एउटैमात्र लक्ष भएको मार्ग ।

प्रध्वंश –     खरानी । बस्तुको निर्माण हुनु पूर्वको अवस्था ।

बहुबाधं तु जीवनं वायूद्भूतजलबुद्बुदवदनित्यं च।

आश्चर्यं जागर्तेः क्षणमिदं निःश्वासोच्छ्वासनिद्राभ्यः॥५५॥

अनेक बन्धनमा बाँधिएको छ यो जीवन,

हावाले भरिएको पानीको फोका जस्तै अनित्य पनि

आश्चर्य छ, जाग्रत क्षणहरूमा पनि

निश्वास, उच्छ्वास वा निद्रामा पनि  ।

बहुबाध –           धेरै किसिमका कुराले यो जीवन अप्ठारोमा पार्न सक्दछ ।

वायु उद्भूत –       वायुले उत्पन्न गरी वायुले नै यताउता लगेको । वायुलाई आभ्यन्तरमा प्राण वा नाडी भनिएको ।

निश्वास-उछ्वास –    श्वास-प्रश्वास कृया । जीवनकोसंचालनको पहिलो र प्राबिधिक पक्ष ।

निश्वास –    सासलाई भित्र तान्न ।

उछ्वास –     सासलाई वाहिर फाल्ने ।

विशरणगलनः पूतिः शोषासारशुचिस्वभावः कायः।

रजःसधर्मी चान्ते सदा वियोगशीलो नश्वरो ज्ञेयः॥५६॥

टुक्रटुक्रा भई गलेर जाने, दुर्गन्धीपूर्ण,

सुकेर जाने, सारहीन, अशुचि स्वभावको  ।

यो काय, खरानीको धूलो हुने हो, यो अन्त्यमा

सदा वियोगशील नश्वर छ भनेर जान्नुहोस् ।

विशरणगलन – खण्ड-खण्ड, छुट्टिभिन्न वा विखण्डन भई गलेर जाने

पूति –       सडेको, दुर्गन्धी

शोष –       सुखा, रसहीन

असार –      कुनै तत्त्व नभएको

रज: सधर्मी – धूलकण जस्तै । खण्ड-बिखण्ड भएपछि रहने अणु-परमाणु (खरानी)को धूलोको अर्थमा

सधर्मी –     उत्पन्न हुने, बृद्धिहुने, क्षयहुने, च्यूतिहुने स्वभावको । उत्पाद-लय भैरहने ।

वियोगशील –  जो योग भएको छ, त्यो वियोग हुनै पर्ने

नश्वर –      क्षणभंगुर, नाशवान ।

पृथ्वीमेरुसमुद्राः सप्तार्कज्वालैर्नावशिष्यन्ते।

धूलिमात्रं हि मूर्ताः का कथा दुर्बलवपुषां मानवानाम्॥५७॥

पृथ्वी, मेरु, समुद्र समेत

सप्त-सूर्यको ज्वालाबाट केही अवशेष नरहने हुन् (भने)

धूलोले मात्र बनेको पिण्डरूपको के कुरा

यस मानवको दुर्बल कायको ।

पृथ्वी –            भूतभौतिकताको प्रतीक को अर्थमा

मेरु –              जीबताको प्रतीक को अर्थमा

समुद्र –            अप्रमेय, असंख्येय, अनन्तता बुझाउने अर्थमा 

सप्तार्कज्वाला –      प्रलयकालमा सातओटा प्रलयंकारी सूर्य प्रकट भई सबैकुरा डढाई नाश गर्ने छ भन्ने अर्थमा ।

इत्थं सर्वमनित्यं ह्यनात्मकमशरणमनाथमनिकेतम्।

कदलीतरुरिव राजन् चित्तमपसारयासारसंसारात्॥५८॥

यस्तो सबै प्रकारले अनित्य नै भएको

अनात्मक, अशरण, अनाथ, अनिकेत पनि,

केराको खम्बा जस्तै यो, हे राजन् !

चित्तलाई फर्काउनु होस्, यो असार संसारबाट ।

अनित्य –     सदा उत्पत्ति लय भैरहने । जगतमा परिवर्तन नहुने स्थीरबस्तु केहि छैन, सर्वसकल बिना कुनै अपबाद प्रतीत्यसमुत्पादको द्वादशनिदानको आराचक्रमा हेतुप्रत्ययबाट घुमिराखेको हो भन्ने अर्थमा । 

अनात्म –     म मेरो भन्ने नभएको । अविनाशी अपरिवर्तनीयता नभएको । कुनै ‘आत्मा’तत्त्व नभएको; सबैकुरा पञ्चमहाभूत र पञ्चस्कन्धको खेल हो भन्ने अर्थमास ।

अशरण –     आफूले आफैलाई बहेक अन्य कोही शरण्य नभएको । अप्पो दीप भव भन्ने अर्थमा

अनाथ –     जसको उत्पन्नकर्ता, संचालक, विनाशक कोही बाह्यसत्ता नभएको । आफ्नो उद्धारक आफै हो, अर्को बाह्य कोहि छैन भन्ने अर्थमा ।

अनिकेत –    घर, वार, परिवार नभएको, एक्लो । घरवार परिवार भन्नु परिकल्पित र परतन्त्रिक मात्र हो भन्हे अर्थमा

कदलीतरु –   केराको बोटको ढाड । पत्रै पत्र भएको भित्र केही पनि तत्त्बसार नभएको अर्थमा

अपसार –     फर्काएर ल्याउने । चित्त आफ्नो स्वभाव एक स्थानबाट अर्कोमा चलायमान भई नै रहने लाई त्यो जहाँ आलम्बन लिन गए पनि पुन फर्काएर ल्याउने कार्य अनवरत रूपमा गरिरहने भन्ने अर्थमा ।

असार –      जसमा कुनै सार तत्त्व छैन ।

संसार –      जो सदा चलायमान छ । यस मायाजालको जगत । गतिशीलताको अर्थमा ।

महार्णवयुगच्छिद्रे हि कूर्मग्रीवार्पणाच्च मानुषं जन्म।

तिर्यगादिसुदुर्लभं सफलीकुरु सद्धर्माभ्यासान्नरेन्द्र।।५९।।

महासमुद्रमा युगको अन्त्यमा, प्वालबाट

फालिएको(काठ)मा कछुवाको घाँटी (छिराएएको जस्तै) मनुष्यको जन्म

तिर्यगादि (योनिका लागि) अत्यन्त दुर्लभ छ ।

(त्यसैले) हे नरेन्द्र ! सद्धर्मको अभ्यास गरी सफल (जीवन) गर्नुहोस ।

महाआर्णव – महा सागर ।

तिर्यगादि –   तिर्यकयोनि पशुपंक्षी जनावर आदि ड तेर्सो पारी हिंडने । प्रेत अन्तरायको योनि । नरकयोनि ।

तीर्यक् योनिका प्राणिहरूको जीवन जहिले पनि मार्ने र मर्ने को भयचक्रमा बित्ने भएकोले कुनै पनि कुशलकर्म चेष्टाप्रयास साथ सम्पन्न गर्न सक्दैनन् । यसैले यस योनिमा उत्पन्न भएकाहरू झनै तल्लो अगतिमा भासिदै जाने सम्भावना बढदै जान्छ । यस कुरालाई व्याख्यान गर्न उदाहरण दिइएको हो;

“जसरी कुनै महासमुद्रमा आफालिएको काठलाई वायुको प्रवाहले कहिले कता कहिले कता गरी चारै दिशामा अबाध बहाई राखेको त्यस काठको खोक्रो छिद्रमा एकयुग पर्यन्त पानीभित्रै रही एक युगको एकपल्टमात्र साँस लिन सतहमा टाउको निकाल्ने कुनै कछुवाले टाउको नकाल्दा उसको घाँटीमा त्यस छिद्रमय काठमा ठ्याक्कै छिर्ने सम्भावना जति हुन्छ त्यत्तिनै तीर्यक् योनिमा रहेको प्राणीको सुगति पाउने सम्भावना रहेको हुन्छ” ।

केचिद् रत्नालङ्कृतकनकपात्रं च पूरयन्ति पुरीषेण।

ततोऽप्यसावतिमूढो यश्च नृजन्म लब्ध्वापि पापमाचरति॥६०॥

जसले रत्नले अलङ्कृत भएको कनकपात्रमा

पुरीषले भर्दछ

त्यो भन्दा बढी मूढ त्यो हुन्छ,

जसले मनुष्य योनिमा जन्म भएर पनि पाप गर्दछ ।

पुरीष –      गुहू । केहि काम नलाग्ने, फालिएको, गन्हाउने ।

प्रतिरूपदेशवासः सत्पुरुषसमाश्रयः शुभप्रणिधानं च।

स्वकीयपूर्वकुशलं ह्येतच्चक्रचतुष्कं हि विद्यते त्वयि॥६१॥

आफू अनुकूल देशमा बसोबास गर्न पाउनु,

सत्पुरुषको भलिभाँति आश्रय पाउनु, शुभ प्रणिधान भएको हुनु

आफ्नो पूर्व कुशलकर्म (संचित भएको) हुनु, यी हेतुरूपका

चक्रचतुष्क हजूरमा विद्यमान छ ।

यी चारओटा कुराहरू साधकको परमार्थि यात्राको लागि  हेतुरुप हुन्;-

प्रतिरूप –     आफू जे जस्तो छ त्यसै अनुरूपको कुनै विपरीतता नरहेको । आफ्नो अनुकूलको सबै सुबिधा सम्पन्न ।

शुभप्रणिधान – जीवनको उच्च पारमार्थिक लक्ष निर्दिष्ट गरी सकी त्यसमा आश्रय राखी त्यसलाई प्राप्त गर्न संकल्प गरी प्रयासरत रहनु । यो स्फुरहुन पूर्वापर पुण्यसंभारको आवश्यकता पर्दछ ।

पूर्वकुशलं –   दैव अनुकूल भएको । पूर्वापर जन्महरूका कुशलकर्म सम्भार गरेको हुनु । कुनै कार्य सहजै सम्पन्न हुने वातावरण पनि पूर्वापर पुण्यसंस्कारबाटै हुने हो । यसलाई आत्मबादिले दैव वा भाग्य भनेर पनि भनिन्छ । 

चक्रचतुष्क –  चारओटा हेतुहरू जसले जीवनमा सफलता दिन्छ;

१.आफ्नो अनुकूल भएको देशस्थानमा बसोबास गर्न पाउनु

२.सत्पुरुषको संगत गर्न पाउनु

३.सुकर्म गर्ने संकल्प प्रणीधान गर्नु

४.आफ्नो पूर्वापर जन्महरूमा पुण्यसंभार हुनु ।

कल्याणमित्रसेवा ब्रह्मचर्यपूर्तये देशिता मुनिना।

सेव्यः सदा सुपुरुषः शमः प्राप्तो यतो जिनमपेक्ष्य बहुभिः॥६२॥

कल्याणमित्रको सेवा (र) ब्रह्मचर्यको परिपालना गरिरहोस्,

 (भनेर शाक्य)मुनिले देशना गर्नु भएको छ

सु-पुरुषहरूको सदा संगतगरी शम प्राप्त गरेका छन्,

जसमा जिनहरूमा भर परेर, धेरैले ।

कल्याणमित्र – परमार्थको मार्गमा सहयोगी ।

ब्रह्मचर्य –    सामान्य अर्थमा स्त्रीसंसर्ग वा बीर्यपात नगर्ने । गुह्यार्थमा चतुर्ब्रह्मबिहार अर्थात् मैत्री, करुणा,मुदिता र उपेक्षाको चर्या गर्ने ।

सुपुरुष       जसले अन्यलाई प्रेरणा दिने सुन्दर तरीकाले पुरुषार्थ गरेका छन् ।

शम –       शान्ति, विश्रान्ति, उपशम ।

जिनमपेक्ष्य –  जिन भनेको अर्हत (इन्द्रियजीत) हुन्, उनिहरूका भरोसा गरी ।   

मिथ्यादृक् प्रत्यन्ते नरकप्रेततिर्यक्षूत्पद्यमानः।

म्लेच्छो जडश्च सत्त्वो यो ह्युत्पन्नो बुद्धविरहिते॥६३॥

दीर्घायुषि देवकुले जनिलब्धश्चाष्टाक्षणा इमे दोषाः।

एभी रहितो भूत्वा क्षणं लब्ध्वा जन्मनिवृत्तौ प्रयतेत॥६४॥

मिथ्यादृष्टि हुनु, प्रत्यन्त-नरक-प्रेत-तिर्यकहरूमा उत्पन्न भएको हुनु,

म्लेच्छ, जडमा समेत उत्पन्न सत्त्वप्राणी बुद्धविरहित देशकालका हुन्

(साथै) दीर्घायु भएका देवकुलमा उत्पत्ति भएका पनि । यी अष्टाक्षणा दोषहरू हुन् ।

यीनिहरू रहितको क्षणमा जन्मनिवृत्ति हुने प्रयत्न गर्नु पर्दछ ।

बुद्धत्व हुनको लागि प्रथमतः पुण्यसंभार र ज्ञानसंभार दुवै हुनु पर्दछ । तर यी आठओटा अवस्थामा रहेका प्राणीले बुद्धधर्मको ज्ञान र पालन गर्न सक्दैनन् । यसैले यी बुद्धत्व पाउन नसकिने अयोग्य ‘अ-क्षण’हरू हुन् । हाम्रो चेष्टा यी अष्ट-अक्षणहरूमा उत्पन्न हुनु नपरोस भन्ने हुनु पर्दछ ।

अष्टाक्षण दोष – आठ ओटा अक्षण अर्थात् बुद्धज्ञान नहुने अवस्थाहरू । ज्ञानको अभावको बेला भएकोले बुद्धत्व प्राप्ति हुन सक्दैन

१.मिथ्यादृष्टि –    दृष्टिमा म’मेरो’ भन्नेर भाव हुनु । सत्कायदृष्टि ।

२.प्रत्यन्त –       जनपद (राज्य)को सीमान्त प्रदेश ।

३.नरक –         अकुशलकर्म विपाक भैरहेको अवस्था ।

४.प्रेत –           आभ्यन्तर (भार्दो)मा भट्केको अवस्था ।

५.तिर्यक –        पशु, पंक्षी, जनावर, माछा, कीटपतंग …. आदि ।

६.म्लेच्छ –        यूनानी, इस्लाम आदि । विधर्मी ।

७.जड –           चेतनाको ज्यादै अभाव भएको अवस्था; बृक्ष, ढुगा पर्वत आदि

८.दीर्घायु देवकुल –  देवयोनि । कुशलकर्म विपाक भएको अवस्था

जन्मनिवृत्ति –   निर्वाणको प्रयास । पुन:पुन: लिन नपर्ने चेष्टप्रयास ।

इष्टविघातव्याधिमृत्युजरादिदुःखावहः संसारः।

विरज्य ततः शृणु तावद् दोषानेतस्यावगच्छन् नरदेव॥६५॥

मन परेको संग वियोग हुनुपर्ने, रोग, मृत्यु, बुढ्यौली आदि

दु:खले भरिएको छ यो संसार

बिरत भई, हे मनुष्यहरूमा देव !

यस्ता दोषहरूबाट बाहिरिनु होस्  ।

दु:खसत्य –   बौद्ध दर्शनको पहिलो पाठ नै सत्यको दर्शन हो । यसमा ‘दु:ख’लाई सत्य हो मानिएको छ । यस सत्यलाई चार पदमा बुझनु पर्दछ, 

दु:ख भन्नाले सामान्यत दु:खबेदना भन्ने बुझिन्छ । दु:खको परिभाषा अन्तर्गत  भन्नाले यि कुराहरू बुझिन्छ,

१. जाति –          जन्म हुनु, उत्पन्न हुनु, कुनै समूह वा कुलसंग बाँधिनु

२. जरा –           उत्पन्न भएपछि हुने विकार । परिवर्तन । जीर्णता ।

३. मरण –          कर्मच्यूति वा आयुच्यूति को कारण जीवितेन्द्रियको परम्पराको विच्छेद ।

४. शोक –          ज्ञातिको विनाशहुँदा प्राप्तहुने चित्तको सन्ताप ।

५. परिदेवना –       ज्ञातिको विनाश हुँदा आवाज निकाली शव्दले विलाप गर्नु । कराउनु, गुणदोष सम्झी भत्भताउनु ।

६. दु:ख –          संकीर्ण अर्थमा ‘कायिक दु:ख’ ।

७. दौमनस्य –       मानसिक दु:ख । चित्तको दु:ख भएको व्यक्ति केश फिंजाई, रूंदै, छाती पिट्दै, लडिबुडि खेल्दै, खुट्ट् फाली, आफ्नो कायलाई विनाशगर्ने उद्यम ।

८. उपायास –        कुढिनु । ज्ञातिको विनाश भएको व्यक्तिको चित्तको दु:खले उत्पन्न द्वेषको संस्कारधर्म । चित्त तडपाउने, काय विषाद गराउने ।

९. अप्रिय सम्प्रयोग – अप्रिय व्यक्ति वा वस्तुसंगको मिलन । अमनाप व्यक्ति र बाधा कष्टदिने वस्तुसंगको सम्पर्क ।

१०. प्रिय विप्रयोग – मनाप व्यक्ति र प्रियवस्तुको वियोग ।

११. इच्छितको  मनले चाहेको तृष्णावस्तु प्राप्त नहनु । मनले चिताएको पूरा नहुनु ।

१२. संक्षेपमा भन्नुपर्दा पञ्चस्कन्ध सवै दु:ख हुन् ।

मित्रत्वेन च शत्रुः पुत्रत्वेन पिताऽम्बा च भार्यात्वेन।

परिवर्त्योत्पद्यन्ते तस्मान्न नियतं किमपीह संसारे॥६६॥

मित्र शत्रुरूपमा, पुत्र पितारूपमा, र

आमा नै पत्निरूपमा पनि

बदलिएर उत्पन्न हुन्छन् ।

त्यसैले यो संसारमा केहि पनि निश्चित छैन ।

 चतुःसमुद्रजलादपि जनैरधिकं जनन्याः स्तन्यं पीतम्।

पृथग्जनाननुसृत्य हि पुनस्ततोऽप्यधिकञ्च पास्यन्ति लोकाः॥६७॥

चारै ओटा समुद्रहरूमा गरी जति पानी छ, त्यो भन्दा बढी,

जन्महरू लिई आमाको स्तनबाट(दूध) पिइसकिएको छ ।

पृथग्जनको पछिलाग्दा फेरि

त्यो भन्दा धेरै पटक लोकमा प्राप्त हुनु पर्नेछ ।

चतुःसमुद्र –   यस लोकधातु अर्थात् जम्बूद्वीप, गोदायनी, कुरु र विदेह गरी चारद्वीपहरु लाई चार ओटा महासागरहरूले घेरेर छोपेको छ, भन्ने धारणा ।

पृथक् जन –  बुद्ध धर्म संघमा नपरेका । अबौद्ध अज्ञानी, सामान्य जन ।

आत्मनश्चास्थिपुञ्जं मेरुसमं ततोऽधिकमुच्चैर्जायेत।

भूमिमृदा बदराणां गुलिकाभिर्न गणना सम्भवाऽम्बानाम्॥६८॥

आफ्नो अस्थिपुञ्ज पनि मेरूपर्बत जत्रो, वा

त्यो भन्दा पनि उँचो भैसकेको छ,

पृथ्वीमा नअटाउने, बयरको गेडा जत्रो माटोको गुच्चाहरु (संख्यामा)

माताको बाट जन्मको गणना गर्दा पनि ।

आत्मन –     आफ्नो । हरेक प्राणीको भन्ने अर्थमा ।

मेरु पर्वत –   विश्वको नाभी (केन्द्र)मा रहेको भनिएको पर्वतराज । कसैले कैलाशलाई भनिएको । सुमेरु । 

लोकपूज्योऽपि शक्रः पतति च पुनः कर्मवशाद्धि संसारे।

तद्वच्च चक्रवर्ती राजाऽपि पुनर्भवति हि दासो लोके॥६९॥

लोकमा पूज्य भएका देवराजइन्द्र शक्रको पनि पतन हुन्छ

कर्मको वशबाट फेरि संसारमा । 

त्यसै गरी चक्रवर्ती राजा पनि

पुन दास भएर लोकमा जन्म लिएको हुन्छ ।

शक्र –          देवताका राजा ईन्द्रपदका स्वामी, शक्र ।

संसार –        संसरति इति संसार ।

कर्मवशाद् –     कर्मफलको नियम अनुसार ।

स्वर्गेऽप्सरसां सौख्यं कुचतटिस्पर्शजं चैव चिरमनुभूय।

नरके दुःसहदुःखं पेषणछेदनभेदनयन्त्रैर्भुङ्क्ते॥७०॥

स्वर्गमा (रसिला)अप्सराका स्तन र कम्मरलाई

चीरकालसम्म मुसारेर सुखको अनुभूति लिएर पनि

पुन नरकमा दुःसह दुःख सहन गरी

पेषण, छेदन, भेदन, यन्त्रैर्भुङ्क्त हुनु पर्दछ ।

पेषण –      ओखलमा कुटेर धूलो वा छियाछिया गरेको ।

छेदन –      भाला जस्ता चुच्चो हतियारले घोच्ने काटने ।

भेदन –      तरवार जस्तै धारिलो हतियारले काट्ने, अङ्गभङ्ग गर्ने ।

यन्त्रभुक्त –   उपकरणहरू द्वारा बन्धनिकृत भइ कष्ट भोग ।

सुखदे सुमेरुशिखरे चिरमनुभवंश्चरंश्चरणस्पर्शसुखम्।

चञ्चलकुक्कुलकुणपैर्गाढं दुःखं चिन्तयेत् सदा मनसा॥७१॥

सुखपूर्वक सुमेरु शिखरमा चिरकालसम्म

अनुभव गरेको चंक्रमण गरेको चरणस्पर्श गरेको सुख

अस्थायी, खोस्रिएको भूषको आगोमा हिडेको, सीनो जस्तै गन्हाउने, गहिरो

दुखमय छ भन्ने चिन्तना गर्नु होस् सदा मनसा ।

चञ्चल –     अस्थायी, क्षणिक

कुक्कुल –    स्फुल्लिंगज्वाला नरक

कुणपै –      गन्हाउने सीनो

गाढं –       भुषको आगो ।

देवाङ्गनासेविते नन्दने रम्ये चोपवने च विहृत्य।

असिपत्रवने तेषां हस्तपादकर्णनासाश्च छिद्यन्ते॥७२॥

देवाङ्गनाले सेवा गराई, नन्दन बनमा र

रमाइलो बगैंचाहरूमा, त्यागिएर

असिपत्र वनमा उसले हात-खुट्टा-

कान-नाकहरू कटाएर रहनु पर्दछ ।

देवाङ्गना –   देवताहरूका स्त्रीहरू; अप्सरा, देवकन्या, आदि

नन्दन –     स्वर्गको सुरम्य बन 

असिपत्रबन –  नरकको खण्ड, जहाँ रूखबिरूवाका पात तरवारसमान धारिला हुन्छ

सुवदनदेवसुताभिः स्वर्णोत्पलैर्युतायां मन्दाकिन्याम्।

स्नात्वा पुनश्च नरके क्षारोष्णोदकवैतरण्यां हि पतन्ति॥७३॥

सु-वदन भएका देवताका सन्तान पनि

स्वर्णको उत्पल फूल भएको मन्दाकिनीमा

स्नान गरेर पनि फेरि नरकमा

नुनिलो-तातो पानी भएको वैतरणीमा गीर्दछन् ।

उत्पल  –     (फक्र लागेको) प्याजी-नीलो रंगको कमलको फूलको प्रजाति, नीलकमल ।

मन्दाकिनी –  गंगा अवतरण भएको प्रथम हाँगो ।

वैतरणी –     नरकको नदी ।

देवेषु कामसुखं च कामवीतरागसुखं ब्रह्मलोकेषु।

प्राप्यावीचौ सततं लभ्यतेऽग्नेरिन्धनीभूय च दुःखम्॥७४॥

देवयोनिको कामसुख साथै

ब्रह्मलोकको कामवीतराग सुख पाएर पनि

प्राप्त भई अविचीमा सदाकाल

इन्धन भई अग्निको सदा दु:ख पाइरहनु पर्दछ ।

देवयोनि –       षड्योनि मध्ये सवैभन्दा सुख भोग हुने । मनोवांक्षित फल भोग, मनोजव वेग भइ, सुखसुविधा भोगगर्ने ।

कामसुख –       पञ्च-इन्द्रियबाट प्राप्य सुख सबै ।

ब्रह्मलोक –      ध्यानसिद्धि भएकाले प्राप्त गर्ने लोकहरू ।

कामवीतरागसुख – विरमानन्दको अवस्था ।

अविची –        तल्लो नरक ।

इन्धन –         दाउरा, fuel ।

पदमवाप्य सुर्येन्द्वोः स्वकायप्रभया प्रदीप्य हि संसारम्।

तमसि च घने प्रविष्टः प्रसारितमपि च स्वीयकरं न पश्यति॥७५॥

सूर्य र चन्द्रको पद पाएर पनि

आफ्नो कायको प्रभाले संसारलाई प्रदीप्त गरे पनि

घना तमसमा प्रविष्ट हुँदा जतिसुकै फैलिए पनि

आफूले आफ्नै हातलाई पनि देख्न सक्दैन ।

तमस – एक प्रकारको नरक ।

एवं मृत्युं ज्ञात्वा ग्राह्यस्त्रिविधपुण्यमयदीपालोकः।

अन्यथा रवीन्दुभ्याममर्दनीयेऽन्धतमसि प्रवेष्टव्यम्॥७६॥

यसप्रकारले मृत्युलाई जानी

तीनप्रकारको पुण्यमय दीप-आलोकलाई लिनुहोस्

अन्यथा सूर्य र चन्द्र दुवैले पनि हटाउन नसक्ने

अन्ध-तमसमा प्रवेश हुनु पर्नेछ ।

त्रिविध दीपालोक – तीन किसिमको बत्तीको उज्यालो

दान –  आफ्नो प्रोगको लागि राखिएको वस्तु अरूलाई दिनु

शील –  अनुशासन, विनय

ध्यान – चित्तलाई एकाग्र गर्नु ।

दुष्टाचरणे लग्नाः सत्त्वाः संजीवकालसूत्रतपनेषु।

रौरवावीच्यादौ हि संघाते चापि नरके सदादुःखम्॥७७॥

दुष्ट-आचरणमा लागेका सत्त्वप्राणी

संजीव, कालसूत्रमा तापिने छन्

रौरव, अवीची आदि नरकहरूमा रही दुख पाई(संघाते)

सदा दुःखमा पनि रहनेछ ।

संजीव –   नरकपाल द्वारा खण्ड खण्ड गरी काटी दिए पनि पुन जीबित हुने र सोही दण्ड दोहोरिने । 

कालसूत्र –  नरकपालले बाँधि दौडाउदै पछिबाट हतियारले प्रहार गर्दै गर्ने

रौरव –   

अवीची –   अविराम रूपम बलेको आगोमा दाह हुने ।    –

निष्पीड्यन्ते तिलवत् केचनान्ये चूर्णवत् पेष्यन्ते च।

छिद्यन्ते शाणेनान्ये दीर्यन्ते तथा तीक्ष्णपरशुनाऽपि॥७८॥

कोहीलाई तील जस्तै पेली

अन्य कसैलाई चूर्णगरी कुटी

अन्यलाई धारिलो शाणले उधेडी तथा

कसैलाई तीखो फर्साले काटकुट गरी ।

निष्पीडन –  कुटनु । ढिकिमा कुटनु जस्तै

पेयन्ते —   पेल्नु । जाँतोमा पेले जस्तै ।

उदीरण –   छाला चीरेर भित्रको कुरा बाहिर निकाली छताछुल्ल पार्नु ।

छिन्दन्ते –  काटनु । खशीको मासु काटे जस्तै ।

आस्येऽन्येषां तद्वत् पात्यते ज्वलितं तावल्लौहद्रवम्।

आरोप्यन्ते केचन सकण्टके तप्तायसे सदा शूले॥७९॥

ह्वाँग बाएको मुखमा खन्याइने छ, कोही अन्यलाई

बल्दै गरेको पग्लेको फलाम

कसैलाई चढाइने छ, काँडादार

तताएको फलामको शूलीमा सदा ।

आस्यै –      आँ गरी ह्वाँग पारेको मुख

लौहद्रव –     पग्लेको फलाम ।

श्वभिः केचन क्रूरैर्लौहदन्तैर्विदीर्यन्ते गर्जद्भिः।

उत्थाय करौ विवशा लुञ्च्यन्ते तीक्ष्णनखतुण्डैश्च काकैः॥८०॥

कसैलाई क्रूर लौहदन्त भएका कुकुरहरू द्वारा

गर्जना सहित विदारित गरिने छन् ।

हात उठाई विवश गराई लुछ्नेछन्

तीक्ष्ण-नंग्रा र ठोंण भएका कागहरूले

विदीर्ण –     उदीरण गर्नु, उधेडनु, फाड्नु ।

लुञ्च्न्यन्ते –  सीनोमासु च्यतेर लुछेर खाने ।

केचित् कृमिसंस्पर्शाद् मांसादकृष्णमक्षिकायुतपाताच्च।

वृद्धं व्रणन्त्वसह्यं भक्ष्यमाणं रुदन्ति चाकुला भूम्याम्॥८१॥

कोहि कृमिले टाँसिएको भई मासुमा

कालो झिंगाले औंसा पारेको

ठूला घाउ गरी खाएकोबाट असह्य भई

भूमिमा आकुल भई रूनेछन् ।

कृमिसंस्पर्श –       कीरा परेको । जुका, किरा, फटेँग्रा आदि । विशेषरूपमा मांसाहारीको अर्थमा

कृष्णमक्षिका –       कृष्ण नील-कालो; ठूलो गुहे झिगा ।

युतपात् –           झिगाले कुहेको मासुमा फुल पारी त्यसबाट निस्केका लार्भा अर्थात् ‘औंसा’ समेत परेको

भूम्याम् –          भूईँमा । लडिबुडी गरी ।

दह्यन्तेऽग्निकुण्डेषु तेन तदाननानि च भवन्ति विवृतानि।

पच्यन्ते च कटाहे तण्डुलवल्लौहमयेऽधःशिरसस्ते॥८२॥

पोलिन्छ अग्निकुण्डमा तब उसको

अनुहार विदीर्ण हुनजान्छ

पाकेर बस्दछ कराहीमा भात जस्तै

फलामको, टाउको तल भई ।

आनन –      अनुहार

विवृत –      चपाइएको अनुहार । विभत्स, विकृत

कटाहे –      कराही

तण्डुल  –    पाकेको भात ।

श्वासावरोधसमये पापः कालंकृते च नरकं प्रयाति।

श्रुत्वाऽपि नरकदुःखं सहस्रशो वज्रस्वभावात्र बिभेति॥८३॥

सास रोकिने बेला उसले पहिले गरेका पापको कारणले

नरक तर्फ लाग्दछ

नरकको दु:खबारे हजारौं पटक सुने तापनि

वज्रस्वभावको उ डराएको हुँदैन ।

श्वासावरोधसमये – शाव-प्रश्वास कृया रोकिने बेला, च्यूतिकाल

वज्रस्वभाव –     कति पनि संवेदनशील नभएको, दुर्दान्त ।कुनै पनि ग्लानी, पश्चाताप नगर्ने

विभेति –        डराएको हुँदैन ।

श्रुत्वा दृष्ट्वा स्मृत्वा पठित्वा चापि चित्राङ्कनं नरकस्य।

आकृतिरपि भयजनिका का कथा तदसह्यविपाकानुभवस्य॥८४॥

सुन्दा, देख्दा, संझदा, पढदा,

र चित्राङ्कन गर्दा पनि नरकको

  (त्यसको) आकृति समेत भय-जनिका भए,

के भन्ने उसको असह्य विपाक अनुभव लाई ।

भयजनिका-   डर उत्पन्न गराउने ।

यथा समस्तसुखानां तृष्णाक्षय एव सर्वोत्तमं सुखमिति।

तद्वत् सर्वदुःखेष्ववीचिनरकदुःखमत्यसहनीयं तत्॥८५॥

जस्तो समस्त सुखहरूमा

तृष्णाक्षय नै सर्वोत्तम सुख हुन्छ ।

त्यसैगरी सर्व दुःखहरूमा

अवीचि नरकको दुःखम् अति असहनीय हुन्छ ।

इहैकस्मिंश्च दिवसे, त्रिशतशूलघाताद् भवति च यद् दुःखम्।

नारकीयदुःखस्य हि तत्राप्नोति समतां न लघुकलां चापि॥८६॥

यहिँ नै कुनै एक दिनमा

तिनसये शूलघात भएमा जुन दु:ख हुन्छ

नारकीय दुःख जुन भोग्दछ

त्यसको समान हुँदैन, सानो अंशमा पनि ।

शूलघात –    भालाले घोच्ने । मुटु दुख्ने, heart attack, stroke

कोटिवर्षपर्यन्तं दारुणातिदुःखेष्वनुभवत्सु सत्स्वपि।

यावत्तान्यकुशलानि न क्षीणानि तावत्र जीवनान्मुक्तिः॥८७॥

करोड वर्ष पर्यन्त सम्म अतिदारुण

दुःखको अनुभव भोगीरहे पनि

जबसम्म जतिपनि अकुशल(कर्महरू) हुन्छन्, ती सबै नै क्षीण हुँदैनन्,

तवसम्म जीवले मुक्ति पाउँदैन ।

जीवनान्मुक्ति –     सांसारीक बन्धन रहित हुनु, षड्योनिको चक्रवाट बाहिरिनु, निर्वाण हुनु ।

अनिष्टफलबीजानि तु कायवाक्चित्तानां हि दुराचरणानि।

भवतैवं यतनीयं शक्त्या येन तदणुमात्रं न शिष्येत॥८८॥

अनिष्टफलको बीज काय-वाक्-

चित्तहरूका दुराचरण हरू नै हुन् ।

हजूरले यत्नसाथ दमन गरी

त्यसको अणुमात्र पनि बाकी नराखोस् ।

शक्त्या –     शक्तिपूर्वक?

शिष्येत      बाकी नराखोस् ।

तिर्यग्योनिषु नाना दुःखानि भवन्ति च बधबन्धनादीनि।

परस्परं भक्षयन्ति शममूलशुभकर्मपरिहर्तारस्ते॥८९॥

तिर्यक् योनिमा नाना दुःखहरू हुन्छन्,

बध-बन्धन आदि

परस्पर खाने-खाइने हुन्छन्,  

शान्तिपूर्वक रहन वा कुशलमूल कर्म गर्न तिनिहरू सक्दैनन् ।

तिर्यक् योनि – पशु, पंक्षी, माछा, कीटपतंग आदि तेर्सो ढाड हुनेहरू ।

बध-बन्धन –  बध भनेको मारिने । बन्धन भनेको दासतामा बाँधिई रहनु पर्ने ।

या त आफूले अर्कोलाई मारेर झानुपर्ने अथवा आफूलाई मारेर अर्कोले खाने, सदा मर्ने-मार्ने भयकृया मैं रहनुपर्ने बन्धन अथवा बाँधेर कसै(मनुष्य)को सेवा गरीरहनु पर्ने दासताको बन्धन ।

केचिद् वै हन्यन्ते मुक्तोर्णास्थिमांसचर्मार्थं जीवाः।

योज्यन्ते खलु विवशा अन्ये पदमुष्टिकशाङ्कुशैः पशवश्च॥९०॥

ती कोही मारिन्छन् मोतीको लागि;

कोही ऊन, हाड, मासु वा छालाका लागि, ती जीब

(अथवा) जोतिन्छन् पूरा विवश भई, अरू

लात, मुड्की, पाशो वा अंकुशले वा बाँधिई ।

तीर्यकयोनिका प्राणीको मृत्युका कारण

१.मोती –     शरीरमा रहने बहुमूल्य जस्तै मोती, कस्तूरि, मणी

२.ऊन –      भेँडा, च्याङ्ग्रा आदिलाई

३.हाड –      दाँत सिङ हाड आदि टिकाउ बस्तु

४.मासु –     खानको लागि

५.छाला –     गाईगोरू ऊँट आदि ।

प्रेतयोनौ न क्षयं यातीष्टालाभजनिता दुःखधारा च।

दुःखमसह्यं लभते शीतोष्णक्षुत्तृषाश्रमभयजनितं हि॥९१॥

प्रेतयोनि कहिले क्षय नहुने, र

केहि पनि इष्टकुरा लाभ नहुने भएबाट उत्पन्न हुने दुःखधारा

दुःख असह्य पाउँदछ,

शीत-उष्ण-क्षुति-तृषा-आश्रम-भय जनित नै ।

न क्षयं –         क्षय नहुने । मोहको अन्तराभव अवस्थामा परेको हुँदा बाह्य सहायता बेगर उसले आफैलाई कहिले पनि मुक्त गर्न सक्दैन ।

ईष्ट-अलाभ –     आफूलाई मन परेको, आफूले चाहेको जस्तो, आफूलाई असल हुने … इत्यादि ईष्टबस्तुको नितान्त अभाव 

धारा –           प्रवाह । एक पछि अर्को गर्दै आइ नै रहने क्षनक्षणको अटूट घटनाक्रमहरू

शितोष्णक्षुतृषा –   गर्मी, ठण्डी, भोक, प्यास

आश्रमभय –      प्रेतयोनि सूक्ष्म शरीरभई वायुमा तैरीई वायुको संगै यताउता अस्थीर र गतिशील भैरहनु पर्दछ । यसको भौतिक शरीर नभएको हुँदा भौतिक बस्तुबाट उसको गति बाधित हुँदैन । उसको भौतिक शरीर नभएको हुँद उसले भौतिक बस्तु ग्रहण गर्न सक्दैन । तर आफू च्यूति भैसकेको थाहा नभई मोहमा परेको हुँदा उसलाई चीसो, तातो, भोक, प्यासका तृष्णाले ज्यादै सताएको हुन्छ जुन कहिले पनि सामान्य अवस्थामा हुँदैन ।

सूचीछिद्रवदास्यं केषाञ्चिदुदरमतिविशालं नगवच्च।

तच्च पीडितं क्षुधया क्षिप्तमशुचि वस्तु न प्रतिकारक्षमम्॥९२॥

सियोको प्वालजस्तो छिद्र (भएको मुख र)  

कोहि त, पेट अतिविशाल नगाडा जत्रो भई

त्यसबाट क्षुधाले पीडित भई

अशुचिव्याप्त वस्तुलाई प्रतिकारगर्न अक्षम हुन्छन्  ।

सूचीछिद्रवत् –   मुख गाँटीको सियोको प्वालजत्रो भएको,

नगवत् –       (तर भूँडी भने) नगाडाजस्तै फुलरको ठूलो भएको

अशुची –        अपवित्र । (पीप लार, खकार जस्ता)

न प्रतिकारक्षमम् –   आफूले आफूलाई रोक्न नसक्ने । पेट भने पर्बतसमान भई खाने मुखद्वार सीयोको प्वाल जस्तै सानो छिद्रको भएकोले उसको भोक तीर्खा कहिले शान्त हुन पाउँदैन । जसले गर्दा उसमा सदाकाल अतृप्त भई भौंरि रहने भएकोले शान्तता वा धैर्यता नहुँदा उसले आफूलाई रोक्न सक्ने हुँदैन । उसले अशूचिबस्तु पनि खान्न भन्न सक्ने अवस्था हुँदैन, त्यस्ता कुरामा समेत ऊ झम्टिन जान्छ भन्ने अर्थमा ।

पेट भने नगवत् भई खाने मुख सीयोको प्वाल जस्तै सानो छिद्रको भएकोले उसको क्षुधा पिपासा कहिले शान्त हुन पाउँदैन जसले गर्दा उसमा अतृप्त भई शान्तता वा धैर्यता नहुँदा उसले अशूचिबस्तु पनि खान्न भन्न नसक्ने हुँदैन ।

केचित् प्रेता नग्नाः शुष्कतालशिखरवदस्थिचर्माणः।

नक्तमग्निमुद्गिरतां मुखे पतत्तप्तसिकताशनं तेषाम्॥९३॥

कुनै प्रेत नग्न, सुकेको ताडबृक्षको

शिखरजस्तो हाड छाला मात्रको हुन्छ ।

रातमा आगो निकालेको, ह्वाङ्ग उघारेको मुखमा,  

खसेको तातो बालुवा खानुपर्ने हुन्छ ।

नग्नशुष्कताल –  हाँतपात बेगरको, खङ्ग्रङ्र  सुकेको ताडबृक्ष जस्तो

नक्त –         दिउँसो नदेख्ने, सवै कार्य रातमा मात्र गर्ने, निशाचर

उद्बीत –       गीत गाउँदा उधारेको मुख जस्तो

सिकताशनं –    सिकत अशनं । बालुवा खाने ।

निम्नकोटिकैः कैश्चित् पूयरक्ताद्यशुचीनि न च लभ्यन्ते।

आक्रम्यान्यमुखोपरि गलनिर्गतलसिकादीनि च खाद्यन्ते॥९४॥

निम्नकोटिको कोहिले पीप, रक्त आदि

अशुचि कुरा पनि पाउँदैनन् ।

(तीनिहरू एकआपसका) कञ्चटमा पिटी पिटी घाँटी(मा घाउ पारी त्यहाँ)बाट बगेको

लसिकादि खाएर बस्ने हुन्छन् ।  

निम्नकोटि –  प्रेतहरू मध्ये पनि तल्लो स्तरका ।

मुखोपरि –    मुखको उतापट्टी कञ्चटमा ।

लसिकादि –   घाउ सुन्निएर फुटेर निस्केको रगत-पानी मिसिएको पीप ।

चन्द्रो ग्रीष्मे तप्तः शैत्ये शीतो भानुश्च ह्येतेभ्यः।

तेषां दृष्टि पाताच्च निष्फलास्तरवो नद्यश्च शुष्यन्ते॥९५॥

चन्द्रमा ग्रीष्म(कालको घामजस्तो) तातो हुन्छ,

सूर्य शीतकालको भन्दा चीसो हुन्छ ।

तीनिहरूको दृष्टिपात पनि निष्फल हुन्छ,

 बृक्ष तथा नदी नै पनि सुकेर जाने गर्दछ ।

निष्फला – फल नदिने । बाँझ ।

तरवो –    वृक्ष, लता आदि ।

सततं दुःखभाजस्ते दुश्चरितकर्मपाशसुदृढबद्धा वै।

न च म्रियन्ते केचित् पञ्च वा दश सहस्रवर्षाणि सत्त्वाः॥९६॥

सतत दुःखभाजन गर्दछ तीनिहरू

दुश्चरित कर्मपाशमा दृढरूपमा बाँधिएका ती

छुटकारा हुनै सक्दैन

पाँच वा दश हजार बर्षहरूमा पनि ।

दुश्चरित –    पूर्वापर जन्ममा र यसै जन्ममा पनि गरिएका खराब कर्म ।

न म्रियन्ते – च्युति हुँदैन ।

यच्च लभन्ते प्रेता नानादुःखास्वादमेकविधमित्थम्।

प्रीतिरत्र कार्पण्ये मात्सर्यमनार्यमुक्तमतो बुद्धेन॥९७॥

जुन कार्य गर्दा यस्तो नाना दु:खहरू प्रेतले पाउँदछ,

त्यसैको एकसमानको स्वाद यहाँ

कायरता र मात्सर्यमा प्रीति राख्ने

अनार्यले पाउँदछ, भनि बुद्धले भन्नुभएको छ ।

कार्पण्य –     अग्रसर नहुने, कञ्जुस्याँई । अल्छी, काम गर्न मन नलाग्नु । कुनै पनि कार्य गर्न हिचकिचाउने बानी ।

एकविध –    एउटै किसिमको ।

मात्सर्य –     डाहा गर्ने, ईर्ष्यालु । 

स्वर्गे चातिसुखं यत् ततोऽप्यधिकदुःखं ततश्च्युतेर्नूनम्।

एवं विचिन्त्य तज्ज्ञैः क्षरत्सुखाय न तृष्णा कार्या स्वर्गे॥९८॥

स्वर्गमा जुन अतिसुख हुन्छ, त्यो भन्दा पनि

अत्यन्त अधिक दु:ख त्यसको च्यूतिमा हुन्छ, कम हुँदैन ।

यस्तो कुरालाई विचारगरी ज्ञानलिई

क्षरसुख भएको स्वर्गको पनि तृष्ण नराख्नुहोस्  ।

अतिसुख –    सुखको सर्वाधिक उच्चतम अवस्था ।

मनमा चाहना उत्पन्न हुनासाथ त्यो यथार्थ भइजाने अवस्था । भोग गर्ने पञ्चइन्द्रिय पूर्ण विकसित भएको अवस्था । मनको बेग जस्तै अबाध र जहाँ पनि तत्कालै पुग्ने क्षमता । षडयोनिका सबै ठाउँमा चाहने साथ देख्न सक्ने, सुन्न सक्ने, सुघ्न सक्ने, छुन सक्ने, पुग्न सक्ने । देवकन्या अप्सरा लगायतसंक खुलेर कृडा-भोग गर्ने, लज्जाको बोध गर्न नपर्ने । अर्थात् कामलोक उसको आधीन हुने ।

च्युति –   खस्नु ।

क्षरसुख –  क्षणिक सुख । अस्थायी भोग ।

तृष्णा –   चाहना ।

स्वर्गलोकका निवासी देवगण आफ्नो पुण्यसंभार सकिंदै गएको कुरा देखिराखेको हुन्छ । आफ्नो पुण्यक्षय हुँदै गरेको पतनको दृष्ट पनि बुझेको र देखिराखेको हुन्छ । तर, त्यसको निवारणको लागि कुनै प्रयास गर्न लगभग असमर्थ भएको हुन्छ । यसरी स्वर्गको च्युति बडो दु:खदायी हुने गर्दछ । (स्वर्गलोकमा थप पुण्यसंभार गर्न पूर्णरुपमा असम्भव नभए तापनि त्यो कछुवाको घाँटीमा काठको छिद्र परे जस्तै अपवादमा मात्र हुने गर्दछ ।) 

वैवर्ण्यं देहस्य स्वासने न रतिर्म्लायतेऽपि माला च।

वसनेष्वपि दौर्गन्ध्यं स्वेदश्चापूर्वो निर्याति देहात्तु॥९९॥

देह विवर्ण भएको हुने,

सु-आसनमा (समेत) मन न रमाउने, माला पनि वैलाउने,

वसनपनि दुर्गन्धी हुने, शरीरमा पसीना आउने;

पहिले नहुने यी कुराहरू हुन थाल्दछ ।

विवर्ण –   वर्ण बिग्रने; रंग कोमलता नमता आदि नहुने । चाउरी पर्ने ।

स्वासन –  आफ्नो आसन, स्वर्गीय आसन ।

वसन –    शरीरको गन्ध ।

 लक्षणानि हि पञ्चैव मृत्योर्भवन्ति स्वर्गस्थदेवेषु।

भूलोकीयनराणां सदृशान्यपि तानि मृत्युलक्षणैश्च॥१००॥

यी पाँचओटा लक्षणहरू हुन् मृत्यु हुने

स्वर्गस्थ देवताहरूको ।

भूलोकका मनुष्यहरूका पनि

मृत्युलक्षण यस्तै हुने गर्दछ ।

पञ्चलक्षण –  देवयोनिको पाँच लक्षण र मृत्युकाल आएको लक्षण

१. देह तथा अनुहार सदा कुमार हुने । विवर्ण हुने, बूढ्यौली देखिने ।

२. मनोवांक्षित सुविधा भोग्ने र सुखानुभूति लिने । नरम मनकारी आसनमा बस्दा समेत सुखानुभूती हुन छोडने ।

३. सदाकाल कहिले पनि न ओइलाउने माला लगाइ रहने । त्यस्तो दिव्य माला पनि ओइलाउन थाल्ने

४. देहवाट सदा सुगन्ध प्रवाह भैरहने । दिव्य सुगन्धको सट्टा दुर्गन्ध आउन थाल्ने ।

५. शरीरबाट पसीना (लगायत दिसा पिसाब खकार आँसु आदि) कहिले पनि नआउने । पसीना आउन थाल्ने

देवेभ्यश्च्युतस्य यदि नावशिष्येत् कुशलमणुमात्रमपि।

विवशतयोषितव्यं हि ततस्तिर्यक्प्रेतनरकेष्वेकस्मिन्॥१०१॥

देवताहरु पनि च्युति हुँनछन्, जब

अणुमात्र बराबरको कुशल बाकी,

विवश भई उ त्यहाँबाट खस्दछ,

तिर्यक्, प्रेत, नरक मध्ये कुनै एकमा ।

कुशलमणुमात्र – पूर्वसंचित कुशलमूलकर्म अणुमात्रको परिमाणमा भएतापनि

विवश –        थाहा पाउँदा पाउँदै, देख्दै र खस्दै गर्दा पनि केहि\ गर्न नसक्ने अवस्थाको 

योषित् –        स्त्रीभग, गर्भमा ।’

एकस्मिन् –     तिर्यक्, नरक र प्रेत मध्ये कुनै एकमा ।

देवयोनि भनेको मनुष्य योनिमा गरेको कुशलकर्मको पुण्यसंभार उपभोग गर्ने स्थान हो । यसैले अणुमात्रको कुशलसम्भार बाकी रहुञ्जेल पनि उ स्वर्गको सुख भोग गर्न पाउँदछ । तर जब उसको पुण्यसंभार अणुमात्रको परिमाणमा पनि बाकी नरही निशेष हुन्छ, उ एकक्षण पनि स्वर्गमा टिकिरहन सक्दैन, तत्क्षण उसको पतन हुन्छ ।

दुःखं स्यान्मानसिकं देवैश्वर्यं प्रतीर्ष्ययाऽसूरेष्वपि।

न कुर्वन्ति धीमन्तो जन्मावरणाच्च ते सत्यदर्शनानि॥१०२॥

देवलोकको दु:ख मानसिक हुन्छ ।

देवताका जस्तै बरावरको ऐश्वर्यं असुरले भोग्दछ ।

(तर) बुद्धिमान (भएर पनि) सक्दैनन्

जन्मावरणको कारणले गर्न त्यो सत्यदर्शन ।

मानसिक दु:ख –     पूर्ण चैतन्य र संज्ञान भएता पनि देवयोनिमा आफूले थप कुशलसम्भार गर्न नसक्ने भएकोले आफ्नो कुशलसम्भारलो स्टक घटदै गएको देखी असहाय भई मानसिकरूपमा दुखी हुने गर्दछ ।

असुर –            असुरयोनि । देवयोनिमा जस्तै सुखसुविधा भएका तर आपसी कलहमा समय जाने ।

प्रतीर्ष्य –           बराबरीमा दाँजिने ईर्ष्याभाव ।

जन्मावरण –        जुन योनिमा उत्पन्न भयो, त्यहाँको वातावरणले छोपिएको  ।

सत्यदर्शन –         सुख पाउने चाहना कायमै रहने भएकोले बुद्धज्ञान यथावत बुझ्न सक्दैन  बन्ने अर्थामा ।

संसारेऽस्मिन्नेवं देवनरकप्रेततिर्यग्योनिषु।

जन्मग्रहणमयुक्तं बहुबाधं जन्म तत्रेति विज्ञेयम्॥१०३॥

संसारमा जुन छन्

देव, नरक, प्रेत, तिर्यक् योनिहरू

तीनिहरूमा जन्म हुनु नै अयुक्त छ, बहुबाध छन् ।

यो यस्तो हो भनेर बुझनुहोस् ।

अयुक्त –     (यी योनिहरूमा )जन्म लिन योग्य छैन भन्ने अर्थमा

बहुबाध –     अनेक किसिमका बन्धनहरू ले युक्त । आफूले चाहेको, प्रयास गरेको पनि अनेक बाधाहरुले सफल हुन नदिने ।

ज्वलिते शिरसि च वसने तन्निवृत्त्युपायमुपेक्ष्य त्वरितमेव।

अपुनर्भवाय यतेत यतस्तस्मान्महत्प्रयोजनं नान्यत्॥१०४॥

टाउको (कपाल) र शरीर(लुगा)मा आगो लागेमा

त्यो निभाउनको लागि जसरी तत्कालै उपाय गरिन्छ,

पुन जन्म नलिनको लागि पनि त्यसरी नै यत्नसाथ

त्यसरी नै महती धेरै उपाय गरोस् । अरू होइन ।

अपुनर्भवाय – पुनः जन्मम लिन नपर्ने हुनको लागि ।

शीलसमाधिज्ञानैर्भूजलतेजोवायुरविविधुरहितं च।

अजरामरणमक्षयं प्राप्यं शान्तदान्तविमलं निर्वाणम्॥१०५॥

शील, समाधि, ज्ञानबाट

भू, जल, तेजो, वायु, रवि, चन्द्र रहितको 

अक्षय अजरामरण प्राप्त गर्नुहोस्

शान्त, दान्त, विमल निर्वाणलाई ।।

विधु –     चन्द्रमा

रविविधु –  सामान्य अर्थमा रवि(सूर्य), विधु (चन्द्रमा) । गुह्यअर्थमा दिनरात, ईडापिंगला नाडी ।

दान्त –    संयमी । इन्द्रिय दमन गरेका ।

शिल, समाधि र प्रज्ञालाई उपाय बनाई जन्म र मृत्य रहियको शान्त, दान्त र विमल निर्वाण प्राप्त गर्नुहोस् । यो पृथ् जल, तेज र पवन जस्ता भौतिक महाभूतहरु र ललना, रसना जस्ता आध्यात्मिक प्राणहरु भन्दा परको अवस्था हो । 

प्रस्रब्धिवीर्यप्रीतिधर्मविचयस्मृतिसमाध्युपेक्षाः सप्त।

बोध्यङ्गानीमानि प्राप्त्यै निर्वाणस्य कुशलसम्भारः॥१०६॥

प्रस्रब्धी, वीर्य, प्रीति, धर्मविचय,

स्मृति, समाधी, उपेक्षा यी सातओटा

बोध्यङ्गहरू प्राप्तगरी

निर्वाणको लागि कुशलसम्भार गर्नुहोस्  ।

सप्तबोध्यङ्ग –

१. प्रश्रब्धिबोध्यंग   मानसिक र शारिरीक सुख(शान्ति) पाउने विषयहरू ।

२. वीर्यबोध्यंग –    उत्साह, प्रयत्न गर्नुपर्ने कुराहरू ।

३. प्रीतिबोध्यंग     मानसिक सुख पाउने कार्यहरू ।

४. धर्मप्रविचय –    बोध्यंग, धर्म (कर्त्तव्य) सम्बन्धी विचारहरू ।

५. स्मृतिबोध्यंग – होश राख्नुपर्ने कुराहरु ।

६. समाधिबोध्यंग – समाधिमा रहन आवश्यक विषयहरू ।

७. उपेक्षाबोध्यंग    सवैलाई समान र तटस्थ व्यवहार गर्ने विषयहरू ।

प्रज्ञाभावे ध्यानं ध्यानाभावेऽपि न जायते सा प्रज्ञा।

यत्रोभे विद्येते ज्ञेयस्तस्य भवसागरो गोष्पदवत्॥१०७॥

प्रज्ञाको अभावमा ध्यान र

ध्यानको अभावमा प्रज्ञा पनि हुँदैन

जहाँ यी दुवै विद्यमान हुन्छन्, उसको लागि

भवसागर गोष्पद जस्तै हुँदछ ।

गोष्पद –     गाईको खुरले गाडेर खाल्टो परेको ठाउँमा जमेको पानी; क्षुद्रबाधा । बटुवा लाई यस्ता गाईखुरे पोखरीले केही बाधा पार्दैन भन्ने अर्थमा ।

येऽव्याकृतधर्माश्चादित्यबन्धुना चतुर्दशोपदिष्टाश्च।

लोके न चिन्तनीया यतो तैर्नाप्नोति चित्तमेव शान्तिम्॥१०८॥

यी अव्याकृत धर्महरू,

 आदित्यबन्धुना चौधओटा छन् भनिएका छन्

लोकमा यी चिन्तनागर्न योग्य छैन,

यसबाट चित्तले शान्ति पनि पाउँदैन ।

अव्याकृत धर्म –     निश्चितगरी स्पष्ट व्याख्या हुन नसक्ने विषयहरू । भगवान बुद्धले ‘अव्याकृत’ भनेका चौधओटा धर्महरू;

१.सत्त्व र जगत नित्य हुन्

२.सत्त्व र जगत अनित्य हुन्

३.सत्त्व र जगत दुवै नित्य पनि हो अनित्य पनि हो

४.सत्त्व र जगत दुवै नित्य पनि होइन अनित्य पनि होइन

…………

……….

आदित्यबन्धुना –     छेउ न टुप्पाका । यीनिहरूले पूर्णरूपमा बाँधेर राख्दछन् ।

‘आदित्यवन्धु’ नामधारी कुनै एउटा विद्वान (शान्तहर्ष वज्राचार्य)

एवं प्रोक्तं मुनिनाऽविद्यया कर्म कर्मणा च विज्ञानम्।

तस्माच्च नामरूपं ततः षडायतनानि ततः स्पर्शा वै॥१०९॥

यस्तो भन्नुभएको छ, शाक्यमुनिले,

अविद्याबाट कर्म(संस्कार) हुन्छ, कर्म(संस्कार)बाट विज्ञान,

त्यसबाट नामरूप, त्यसबाट षडायतनहरू,

त्यसबाट स्पर्शहरू .  ……… .

प्रतीत्यसमुत्पादका द्वादश-अराचक्रहरू

१. अविद्या        २. संस्कार           ३. विज्ञान           

४. नामरूप         ५. षडायतन         ६. स्पर्श            

७. वेदना          ८. तृष्णा            ९. उपादान          

१०.भव            ११.जाति                 १२.जरामरण ।

तत उत्पन्ना वित्तिर्वेदनाश्रयेण जायते खलु तृष्णा।

तस्याश्चोपादानं ततो भवोऽपि भवाच्च जायते जातिः॥११०॥

त्यस पछि (स्पर्शवाट) उत्पन्न भएको, थाहा पाउनु होस्,

वेदनाको आश्रयबाट तृष्णा हुन्छ,

जसको उपादानलिई त्यसबाट भव हुन्छ,

भवबाट जाति उत्पन्न हुन्छ ।

सत्यां जातौ दुःखव्याधिजरेष्ट वस्त्वलाभभयमरणानि।

दुःखस्कन्धो विपुलः सति जातिनिषेधे निषिद्धानीमानि॥१११॥

सत्य हो ! जातिबाट दुःख, व्याधि, जरा,

इष्ट वस्तुको अलाभ, भय, मरण (जस्ता)

दुःखस्कन्ध हरु विपुल (उत्पन्त हुने हुन्) ।

जातिनिषेध गरे यी सबै निषिद्ध हुने गर्दछन् ।

गम्भीरोऽनर्घकोशः प्रियः प्रतीत्योत्पादो जिनवचनानाम्।

सम्यगिमं यः पश्यति स च पश्यति तत्त्वदर्शिनं बुद्धमेव॥११२॥

गम्भीर, अमूल्य ढुकुटी (र) प्रिय छ

जिनले बताउनु भएको यो प्रतीत्य समुत्पाद ।

सम्यक् रूपमा जसले यसलाई देख्दछ,

उसले नै बुद्धले जस्तै तत्व देखेको हुन्छ ।

शमाय भाव्याः सम्यग्दृष्टिसंकल्पवाक्कर्माजीवस्मृति-।

समाधिव्यायामेत्यार्याष्टाङ्गिकमार्गाश्चैते चारुतया॥११३॥

(चित्त)निरूद्धिको लागि भाविता गरोस्

सम्यग्दृष्टि, संकल्प, वाक्, कर्म, आजीव, स्मृति,

समाधि, र व्यायामहरू,

यी आर्य-अष्टाङ्गिक मार्गमा मन लगाएर लागोस् ।

आर्याष्टाङ्गिकमार्ग –  आर्यपथका अष्ट अङ्गहहरू 

१.सम्यक् दृष्टि –

२.सम्यक् संकल्प –

३. सम्यक् वाक् –

४.सम्यक् कर्म –

५.सम्यक् आजीव –

६.सम्यक् स्मृति –   

७.सम्यक् समाधि –

८.सम्यक् व्यायाम –

जातिरियं दुःखमेव तृष्णा च तस्य समुदयो महान् ज्ञेयः।

निर्वृतिस्तन्निरोधस्तदधिगमाय चाष्टाङ्गिकोऽयं मार्गः॥११४॥

जन्म हुनु (जीबन पाउनु) नै दु:ख हो,

तृष्णा नै त्यसको समुदय महान् हो, यो जान्नुहोस्

निर्वृति हुन, यसको निरोध हो,

त्यसमाथी अधिगम गर्ने आर्य अष्टाङ्गिक मार्ग हो ।

अधिगम –  जितीलिने, हस्तगत गर्ने ।

यत्नः सदा विधेयश्चतुरार्यसत्यप्रतिवेधायैवम्।

क्रोडे श्रियश्च येषां गृहस्थास्तरन्ति क्लेशनदीं ज्ञानात्॥११५॥

बुझेर सदा यत्न गर्नुहोस् यो

चतुरार्यसत्यलाई प्रतिवेध गर्न ।

ती गृहस्थि (नै भएता पनि) जस्को काखमा श्रिय बसेको हुन्छ,

ती पनि तर्दछन् क्लेशनदी, यो जानेर ।

प्रतिवेध –     भालाले घोँची हत गर्ने ।

क्रोडे –       काखमा ।

श्रिय: –      श्रेय । जसको आधारमा अरू सबै टिकेको हुन्छ । गृहस्थाश्रम नै अन्य सबैको आधार हो, भन्ने अर्थमा ।

गृहस्था-      यो श्मणब्रह्मण भिक्षु नभई परिवार समाज मै बसी धरमामचममरण गर्दछन् ।

ये दृष्टार्यसत्याश्च नाविर्भवन्ति तेऽङ्कुरवत् पृथिवीतः।

नावतरन्ति च गगनात् तेऽपि पृथग्जनाः क्लेशवशा हि पूर्वम्॥११६॥

जसले यो आर्यसत्यलाई दृष्ट गरेका छन्,

ती उत्पन्न हुनु पर्दैन, अङ्कुर जस्तै भएर पृथ्वीमा,

ती गगनबाट अवतरण गर्न पनि पर्दैन,

पहिले क्लेशवत भएको पृथक्जन नै भएता पनि ।

दृष्ट –       देखेका, बुझेका, अवबोधन गरेका ।

अंकुरवत् –    सानो बीजरूपमा ।

नावतरन्ति –  तल झर्न पर्दैन ।

पृथग्जन –    धर्मको पथमा नपरेका ।

क्लेशबशा –   क्लेश वाँकी रहेकोले बाध्य भएर ।     

चित्तं हि धर्ममूलं भगवतोक्तमतस्तदपि साधु दमयेच्च।

भो निर्भय, किं बहुना कथनेन यतोऽयमेव हितोपदेशः॥११७॥

चित्त नै हि धर्मको मूल हो भनेर भगवानले भन्नुभएको छ

अत: त्यसै गरी साधूजनले दमन गरी बस्दछन् ।

हे (मित्र)! निर्भय हुनुहोस् । धेरै के भनूँ

यस मेरो हितकल्याणको उपदेश ।

धर्ममूलं – धर्मको मूल आधार ।

यन्मयोपदिष्टं तत्सप्रयासैरपि भिक्षुभिर्दुःसाध्यम्।

चर्यागुणान् सेवस्व शिक्षामाचर जीवनं च कुरु सार्थम्॥११८॥

जुन म द्वारा भनिएका छन, त्यसलाई प्रयास गर्न

भिक्षुहरू कष्टसहेर पनि लागि पर्दछन् ।

(हजूर पनि) चर्यागुणको शिक्षा आचारलाई सेवनगरी

जीवनलाई सार्थक गर्नुहोस् ।

दु:साध्य –    ज्यादै कठीन प्रयास गरेमात्र सफल भइने ।

चर्यागुण –    जीवनको हरेक कृयाकलापमा पालन गर्ने आचार ।

सर्वेषां कुशलानि तु सर्वार्थमनुमोद्य स्वचर्यात्रयीं च।

बुद्धत्वाय परिणाम्य ततस्तदनेन पुण्यराशिना भवता॥११९॥

सर्वसकलले गरेका कुशल(कर्म)को सवै प्रकारले

अनुमोदना गरी, आफूले गरेको चर्यात्रयबाट पनि

बुद्धत्वको लागि परिणामना गरोस्

यहाँले (आर्जेको) पुण्यराशी पनि, त्यस पश्चात् ।

अनुमोदना –        कोही कसैले कुनै पनि कुशलकर्म गरेकोमा त्यसको चर्चा गर्ने, समर्थन जनाउने, खुशी हुने, र आफू पनि त्यसै हुन चाहना राख्ने ।

चर्यात्रय –           काय, वाक र चित्तले गरेको चर्या ।

परिणामना –        गरेको कुनैपनि कुशल कर्मको ‘फल’ सम्भार नगरी तुरुन्तै तत्कालै सर्वसकलको लोकल्याण  होस् भनि समर्पण गर्ने ।

जन्मस्वप्रमेयेषु देवनरलोकयोगिनश्च वशीकृत्य।

दुःखिनोऽनुग्राह्यास्त्वसहाया अवलोकितेश्वरचर्याभिः॥१२०॥

अप्रमेय जन्महरू सम्म देव-नर लोकमा

योगिनीलाई वशीकृत्य गरी

दुःखि र असहायहरू लाई कृपा गर्ने

अवलोकितेश्वर भई चर्या गर्नुहोस् ।

 योगिनी –          परमार्थमा लागेको साधकलाई मार्गमा सहयोगीको भूमिका निर्वाह गर्ने शक्ति

अवलोकितेश्वर –      “सर्वसकल प्राणीलाई निर्वाणमा पठाउने चर्या गरिरहने छु  र जबसम्म सर्वसकल सत्त्वप्राणी मध्ये एउटैमात्र पनि निर्वाण लिन बाकी रहने छ, म निर्वाण लिने छैन” भन्ने प्रतीज्ञा गरेका ।

चरमं भवं गृहीत्वा व्याधिजरारागद्वेषांश्च प्रहाय।

बुद्धक्षेत्रे भगवानमिताभ इव लोकेशोऽमितायुर्भव॥१२१॥

भवलाई अँगाली यहाँले चर्या गरी रहनु होस्

व्याधि, जरा, राग-द्वेषहरू प्रहीण गर्न

बुद्धक्षेत्रमा भगवान् अमिताभ जस्तै

लोकमा अमितायु हुनुहोस् ।

भव –        पुन जन्म हुनुपर्ने जगतसंसार ।

अमिताभ –   पञ्च ध्यानिबुद्ध मध्ये पश्चिमदिशा हेरेका । सुखावती भुवनका अधिपति । 

प्रज्ञाशीलत्यागोद्भूतविमलख्यातिं भुवि खे स्वर्गे च।

लोके प्रसार्य शमयन् नरान् युवतिसुखरतदेवांश्च भूमौ॥१२२॥

प्रज्ञा, शील, त्यागबाट उत्पन्न

विमल ख्याति पृथ्वी, आकाश र स्वर्गसम्म पनि

लोकमा फैलाउछ सुखशान्ति  मनुष्यले

 युवति-सुखमा रत रहने देवको भूमिमा पनि ।

विशेष प्रकारको ज्ञान, शील (चर्यामा बस्दा पालन गर्नुपर्ने नियम व्यवहार) र त्याग (तृष्णा रहित दान)बाट उत्पन्न हुने निर्मल कीर्ति (यश) पाउन पृथ्वीलोकमा, आकाशमा र देवलोक (स्वर्गमा) रहेका देवता र असल पुरुष हरूले जस्तै लोकसंसारमा यत्रतत्र पुगेर मानिसहरूलाई, र कामव्यसनमा लागेका देवताहरूलाई पनि मनुष्यभूमिमा किन नहोस् मानिसहरूलाई सुख शान्ति दिने प्रयत्न गरुन् – शान्तहर्ष वज्राचार्य ।

शमय –      सुखशान्ति ।

क्लेशोपहतसत्त्वस्य जातिभयमरणनाशकं जिनेन्द्राख्यम्।

लोकोत्तरमक्लिष्टं शान्ताभयाक्षयनामैव पदमाप्नुहि ।।१२३।।

क्लेशलाई जितेका गरेका सत्त्वको जाति-भय-मरण

नाश भएको हुन्छ, भनि जिनेन्द्रले भन्नु भएको छ

(उसले) लोकोत्तरको अक्लिष्ट, शान्त, अभय,

अक्षय नामपद

 प्राप्त गर्दछ ।

क्लेश –    क्लेश, उपक्लेश र संक्लेश ।

लोकोत्तर –  यस मायाजाल भन्दा बाहिरको यथार्थ सत्य । परमार्थ ।

अक्लिष्ट – कुनै क्लेश, विषमता, प्रपञ्च नभएको ।

नामपद –  त्यसै गुण-चरित्र-स्वभावको भएको अवस्था ।

।। इति सुहृल्लेख समाप्ता ।।

May even the fish and frogs within your empire be protected, By the spread of ocean of the Buddha’s intentions,Through the advice given by spiritual teacher, Nagarjuna, and May it fulfill their wishes, like a cool mountain breeze ।।१२४।।