Categories
प्रज्ञापारमिता

आर्यमायाजालमहातन्त्रोद्धृतमण्डलगाथाटिप्पणी

[wpseo_breadcrumb]

अमृतकणिका नेपाली अनुबाद

अमृतकणिका नेपाली अनुबाद

आर्यमायाजालमहातन्त्रोद्धृतमण्डलगाथाटिप्पणी

कृति – आचार्यश्रीनागार्जुनपादानाम्।

सम्पादन – ठाकुरसेन नेगी-

ओं नमो बुद्धाय। 

दान गोबरगहुँत सरी गरी, शील त धोई पखाली गरी 

क्षान्ति कमिला सरी तल हेरि, वीर्य त क्रिया सम्पन्न गरी

ध्यान तत्क्षण एकचित्त गर्न, प्रज्ञा त उज्वल सुरेखा सरी  

यसरी पारमिता छओटै लाभ गर्दछ, मुनि (यही) मण्डलमा ।

दान । श्रावक-प्रत्येक-आदिकर्मिक मृदु-मध्य-अधिमात्र सत्त्वहरूले कसरी दान गर्नुपर्दछ, (किनकी) षट्पारमितापूर्ण नभएसम्म बुद्धत्व सिद्ध नै हुँदैन । अधिमात्रा । अधिमात्रसत्त्व हरुले पनि कसरी दान गर्नु पर्दछ ? भगवानले यस विषय(पक्ष)मा भन्नुभएको छ, –

न मन्त्र वा जाप, न तप, न होम,

न मण्डलेयं, न त मण्डल नै । 

त्यो मन्त्रजाप, त्यो जप, त्यो होम, 

त्यै मण्डलेय, त्यै नै मण्डल हो।। 

समासत चित्त समाजरूपी भएको। 

इति वचनात् । यो पनि भनिएको छ –

न बुद्ध लाभ हुन्छ अन्यत्र, लोकधातु कतैपनि । 

चित्तमैं हुन्छ संबुद्ध, न बुद्ध अन्यत्र कतै देखिन्छ ।। 

चित्तशोधन गरोस् ।

चित्त शुद्ध हुन्छ नियत(मि)रूपमा तावद आचरण गरेमा ।

बुद्धिमानले वन्दना नगरोस् देवतालाई काष्ठ, पाषाण, मृण्मयहरुमा ।

धीमान् (पुरुष)ले देवता मानी वन्दना नगरोस् काष्ठ, पाषाण, मृण्मयमा 

चित्तले जे गर्यो त्यै हुने गर्दछ (कल्प) भावको हेतुबाट ।। 

एतत् प्रतिपादितं भवति। 

अधिमात्रोत्तर सत्त्वले कसरी दान गर्दछ । [अथवा] किं गोमयम्, केनाम्बुना, केन सहितम्, किं शीलम्, किं संमार्जनम्, का क्षान्तिः, किं क्षुद्रम्, का पिपीलिका, कस्माद् अपनयनम्, किं वीर्यम्, का क्रिया, किं उपस्थानम्, किं ध्यानम्, कस्य तत्क्षणम्, कस्यैकचित्तकरणा, का प्रज्ञा, कस्याः सुरेखोज्ज्वलाः, एताः पारमितादयः किं इति। किं फ़लं अथ चेत् तत्रापि पारमिता त्रिविधा स्मृता। सत्त्वावलंबिनी। धर्मावलंबिनी, शून्यता च। सत्त्वावलंबिनी श्रावकाणाम्। धर्मावलंबिनी श्रावकप्रत्येकयोः। निरालंबिनी अधिमात्राणां पारमिता त्रिविधा स्मृता। तत्राधिमात्रस्य किं दानं इति।

यस बारे हेवज्रतन्त्रमा भनिएको छ-

शरीर नै दान दिएर पनि चर्या पालन गरोस्

भाग-अभागको विचार गरी दान नदिइयोस् ।

इति न्यायात् । 

महामुद्रालाई एउटा भाग । सत्त्वार्थको लागि दोस्रो भाग । यसरी गरेको  शरीरदानबाट मुद्रासिद्धि लाभ हुँदैन । यो भगवानले बताउनु भएको हो विशेषरूपमा । पारमितापक्षमा निरालम्बि भई छओटै दान दिंदैछु भन्ने संज्ञादि  भई गरेको दानलाई “किं दानं” भनिएको हो । ‘दो अवखण्डने’ इत्येतस्य दानम्। रागादी अवखण्डनका लागि दिइएको दान हो । अथ मन्त्रान्तरम्। यसरी दिइने पञ्चगतिका चाण्डालिकाका पोषणको लागि दिएको बोधिचित्तदान लाई नै “दान” हो । गोमय । पञ्चेन्द्रियादि हरु । गोमयेति इतिमिति हिंसामा तानिने इन्द्रियहरुका दोष(दूषण)को अर्थमा । हिंसनु भनेको परस्परमा समताको (अ)ज्ञान हो । 

अथ गो (भनेको) अवधूती नाडीगामिनि लाई भनिएको, तेन द्वार बाट  परिणाम मिल्दछ  भनेको  अर्थ । अम्बुना भनेर शीतांशुधारद्रव जुन महासुखचक्रस्थ बाट (बगेको रस) त्यस अम्बुसंग युग्म भएको । सहमर्षणगरी एकीकृतं चाण्डाली संग शशिरूपमा संमिश्रीभूत भएको ।

हेवज्रतन्त्रमा भनिएको पनि छ-

नाभीमा बलेको छ चण्डाली, (जहाँ) पाक्दछ पञ्चतथागत हरु। 

(जहाँ) दहन हुन्छ लोचनादि पनि, दग्ध भई पग्लन्छ शशी । 

यस्तो अम्बुसंग सहित होऊ । कर्मबोध गराएको ।

शील किन । शील भनेको समाधिको लागि, समाधिको समिधि, एकचित्तकरण गराउनको लागि भन्ने अर्थमा । 

सन्मार्जनमिति । सत भनेको वस्तुको लागि, मार्जन भनेको सृजनु, शुद्धो भनेर सतोमा ( सजो ) विद्यमान रहेको भावरूपलाई शुद्धीकरण गर्ने । अथ परित्याग भनेर शुद्धि हुने भनेको अर्थमा । 

क्षान्ति भनेको चक्षुको समूहन? हो । सह भनेको जोडनु हो, शून्यता र करूणाको एकता, (त्यसैलाई) सुक्षान्ति (भनिएको) । क्षुद्रमिति । मह लाई क्षुद्र भनिन्छ, क्षौद्रं(ससाना पहेला माहुरीले पारेको) मधु पनि हो । मधु भनेको परागको रस (पुष्परसं बिन्दुः) हो । क्षुद्र भनेको बोधिचित्त पनि हो र क्षुद्र भनेर अमृत पनि हो, शुद्ध गरी केलाई बनाएको अर्थमा (शुद्धा इति न्यायात्) । बोधिचित्त लाई पनि क्षुद्र नै हो । 

कमिलाको जस्तो दृष्टि (पनयनं) बुझाउने अर्थमा । पिपीलिका नाडी ललना लाई भनिएको, अपनयन भनेको ससाना कमिलाका अपनयत भई  बोधिचित्तको आस्वादन गरेको भन्ने अर्थमा । बोधि-शब्द इति। अनुत्तरको सम्यक्संबोधिमा गएको चित्तस्वभावको ललना प्रज्ञास्वरूप भई बोधिचित्तको उपायको । त्यसको अपनयको लागि (क्षुद्रपिपीलिका पनयनं) भन्ने अर्थनमा । 

वीर्य । वीर्य भनेको ध्यानेन्द्रियलाई प्रवर्द्धन गराउनु हो । उत्तरोत्तर “जः” कारण लाई सत्कृतको अपरित्याग गर्नु हो । अथवा शूरवीर, विक्रान्त, विक्रमण, विक्रान्ति, आदिको पनि अर्थमा । 

वीर्य भनेको श्रावकयानको लागि विक्रमण गर्नु भनिएको हो । यो क्रियाहेतुधर्म हो, यसमा जो धर्मधातुस्वरूप हुन्छ त्यसको तन्त्रा प्रवेश गराउनु (आरभ्यमाण)को क्रिया, अगाडी राखी (उपस्थानं) आफू समान गराउन (समीकरणं) सादर निरन्त्र(?)कालं मार्गमा अभ्यास गराओस् । 

ध्यान । ध्यान समाधिको चिन्तना हो, यसबाट धर्ममुद्रा (प्राप्त हुन्छ), त्यसमा एकक्षण तत्क्षणमा रहने क्रियाको नजिकै बसेको(उपस्थान) भन्ने अर्थमा । 

एकचित्तकरूणा । एक्लो पुत्रलाई प्रेम गरेको जस्तै जो (अरुमा पनि) करूणा गरिन्छ, त्यसलाई एकचित्तकरूणा भनिएको । प्रज्ञासुरेखोज्ज्वला भनेको शोभायमान रेखा, सुरेखा भनेको चट्याँगको कारणले देखिने छटाको रेखा। त्यस्ति भगवती चण्डाली नाभिमण्डलमा स्थित भएकीलाई नै भगवती महामुद्रा भनेर परिकल्पित गरिएको हो । यस्ति पारमितास्वभावालाई प्रज्ञारमिताको अर्थमा लेओस् । यसरी नै आदिकर्मिक सत्त्वहरु सुगमतापूर्वक संचरित(गोमयम्) होस् ।   अधिमात्र(स्तरका) सत्त्वबाट प्रज्ञापारमिता पूर्ण गरेपछि मात्र सबै पारमिता पूरा भएको हुन्छ, इति न्याया । त्यसलाई भनिएको छ, – प्रज्ञापारमितायाम्- “यसैले हे सुभूति महायान (भनेको) महायान नै हो” ( अष्टसाहस्रिकाप्रज्ञापारमिता, पृ0 १२, पञ्चविंशतिसाहस्रिकाप्रज्ञापारमिता, प्रथम भाग, पृ0 385 –  391 जस्तै कायको अन्तमा पनि उपलभ्य हुँदैन, मध्यमा पनि उपलभ्य हुँदैन, (र) न शुरुमा नै उपलभ्य हुन्छ । सकल भावहरु आकाशमा विलीन भइजान्छ । न आकाशको उच्छेद हुन्छ न त भेद नै उपलभ्य हुन्छ । त्यसै हो हे सुभूति महायान । महायानबाटै नै प्रज्ञापारमितास्वरूपा प्रज्ञापारमितामा श्रुति, चिन्तन र भावनागरी  पारमिता गईने हो । प्रज्ञापारमिता धर्मधातुस्वरूपा छिन्, त्यसको प्रज्ञापारमितायाबाट सरै पारमिताहरु परिपुर्ण हुनजान्छ । अधिमात्राणामिदं मण्डलम् । भनिएको पनि छ श्रीहेवज्रमा –

मनोमण्डलमित्युक्तं मीलनान्मण्डलमुच्यते। 

तथागतं पञ्चरजसि वर्णभेदैः क्रमं सदा। 

नाडिकाकाश सूत्रं तु चित्तमक्षोभ्य-मुद्रणम्। इति न्यायात्। 

नान्यमण्डलं अधिमात्रोत्तरादीनामिति। इति 

मायाजालमहातन्त्रे उक्तम्-

दानचित्तशोधनं गोमयेन्द्रिय-धारणम्। 

अम्बुना यानभेदे च कायमण्डलमण्डितम्।। 

इति आर्यमायाजालमहातन्त्रोद्धृतमण्दलगाथाटिप्पणी समाप्ता। 

कृतिरियं आचार्यश्रीनागार्जुनपादानाम्।

इति शुभमस्तु।।