Categories
श्रीमद् भगवद् गीता

अथ द्वितीयोऽध्याय

[wpseo_breadcrumb]

सञ्जय उवाच-

तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् ।

विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन: ।।१।।

सञ्जय उवाच –                      सञ्जयले भने –           

तं तथा कृपया आविष्टम् –       त्यहाँ यसरी करूणाले छोपिएर

अश्रुपूर्णा आकुले क्षणम् –          आखँभरी आँसुगरी, आकुल भएको बेलामा           

विषीदन्तम् इदं वाक्यम् –         विषाद गरेका (अर्जुन)लाई, यी कुराहरू

उवाच मधुसूदन: –                  मधुसूदन[i]ले भने ।

विषीदन्तम् –              अर्जुन (अ-ऋजु) सामान्य सोचका प्राणी थिएनन् । उनी ‘नर’का अवतार, ईन्द्रका औरसपुत्र थिए । उनी नाताले श्रीकृष्णका फुफुका छोरा मात्र थिएनन्, बाल्यसखा तथा वहिनीज्वाँई समेत थिए । श्रीकृष्ण स्वयं उसको सारथी बनेका थिए । ब्रह्माजीबाट ब्रह्मास्त्र र महादेव बाट पाशुपतास्त्र लगायत अन्यान्य देवताहरुबाट यावत दिव्यास्त्रहरू प्राप्त गरेका थिए । समुद्रको बिचमा रहेको निवातकवचलोक नष्टगरी ईन्द्रलाइ समेत त्राण दिइ गुरुदक्षिणा दिएका  ‍थिए । लौकिक शरीरमैं स्वर्ग घुमिसकेका थिए । आफ्नो लौकिकधर्म र पारमार्थिकधर्म दुवैका ज्ञाता थिए । यी सबै हुँदा हुँदै पनि उसले युद्ध गर्नु श्रेय छ वा नगर्नुमा श्रेयष् छ भन्ने दुई विकल्पहरूको समन्वयगरी  कुनै एउटा विकल्पलाई रोज्न सकेनन् । धर्म र कर्मको दोवाटोमा उभिएर आफू दिग्भ्रम अएकोमा आँखाभरी आँसुलिएर विषाद गरिरहे । यसरी अर्जुन जस्ता यशस्वी पनि भ्रमित हुने यस मायाजालमा अर्जुनलाई निमित्तपात्रको रूपमा राखि सकल सत्त्वप्राणीलाई धर्मको ज्ञान दिन श्रीकृष्णले यस महान गीताज्ञान दिएको हो ।

श्रीभगवानुवाच –

कुतस्त्वा कश्मलमिदं विषमे समुपस्थितम् ।

अनार्यजुष्टमस्वर्गमकीर्तिकरमर्जुन ।।२।।

श्रीभगवानुवाच –                     श्री भगवानले भन्नुभयो

कुत: त्वा कश्मलम् इदं-           कहाँवाट तिमिलाई यो (चित्तलाई आवृत गर्ने) क्लेशमल        

विषमे समुपस्थितम् –             यस्तो अप्ठ्यारो (बेला)मा आइपुग्यो 

अनार्यजुष्टम् अस्वर्गम् –          अनार्य[ii]ले गर्ने किसिमको, स्वर्गमा नलैजाने         

अकीर्तिकरम् अर्जुन –              अकीर्ति गराउने कुरा, हे अर्जुन !

जुनबेला सर्वाधिक आवश्यकता थियो, त्यबेला यस्तो विचार कहाँवाट आयो ? यो त अयोग्यहरूले गर्ने किसिमको कुरा भयो । जसको परमार्थको ज्ञान दृढ छैन त्यस्ता राग द्वेष र मोहको वशीभूत भई कर्मगर्ने अनार्यहरूको जस्तो भयो । यसवाट निश्चितरूपमा अधोगति हुन्छ । स्वर्गप्राप्ति समेत हुदैन भने मुक्ति वा निर्वाणको बारेमा झन के होला । यसवाट बरू तिमिले हालसम्म संभार गरेको कुशलकर्मको यश कीर्तिआदि कुशलकर्म पनि नाश हुने हुन्छ ।

श्री भगवान –              सञ्जयले कृष्णलाई गरेको सम्बोधन ।

कृष्णको जन्म हुनुपूर्व देखी जन्म भएपश्चात उनले गरेका नानाभाँति अलौकिक कृयाकलापले उनलाई धेरैले भगवान भनेर नै सम्बोधन गर्दथे । त्यो सम्बोधनको लाई सहजरूपमा लिई कृष्णले आफू भगवान भएको स्वीकृति पनि गर्दथे । हिन्दू पुराणहरूमा ‘भगवान’श्रीकृष्ण मात्र एकैजना सोह्रकलाने पूर्ण भएका भगवान हुन् ।

भगवान –   ‘भग’सम्पन्न । पुण्यसम्भार र ज्ञानसम्भार दुवै सम्भारहरू पारंगत गरी चतुर्मारलाई नि:शेषगरी स-बीज नाश गरेका; षड-ऐश्वर्य, षट् गुण, दश वशिता, दश बल आदि  बुद्धगुणहरूले संयुक्त भएका ।  

षड्ऐश्वर्य –      यी छओटा ऐश्वर्यहरू सम्पूर्ण स्रोत सहित स्थीर रहेको

१.पूर्णप्रभुत्व (ऐश्वर्य) –

२.पूर्णपराक्रम (धर्म) (रूप?) । (पूर्णपराक्रमको स्थानमा कतैकतै ‘रूप’ गरिएको पनि देखिन्छ’ ।)

३.पूर्णयश – यश

४.पूर्णश्री (शोभा),

५.पूर्णज्ञान (काम, मनोकामना)  

६.पूर्णवैराग्य (प्रयत्न) –

अनार्य –                     जो आर्य होइनन् ।  

आर्य –  अर्यको लागियोग्य । विशिष्ट । योग्य, सम्माननीय, कुलीन, उच्चपदस्थ ।

अर्य्-       श्रेष्ठ, स्वामी।

अरि‌य –   शत्रु (इन्द्रिय, पञ्चक्लेश)दमनगरेका।

अर्ह्+य: –        योग्य व्यक्ति ।

कुनै जातिविशेष वा भूगोलविशेषको समाजलाई नभनिएको[iii]

स्थवीरवाद[iv] –   का अनुसार पञ्चक्लेश (राग, द्वेष, मोह, लोभ र ईर्ष्या )बाट मुक्त भएका ।

महायान[v] – परमार्थको मार्गमा ‘मार्गस्थ’ परमार्थिकलक्ष प्राप्तिको लागि प्रयासरत वा ‘फलस्थ’ अर्थात् परमार्थिक लक्ष प्राप्त गरेको वा, त्यसमा प्रयत्नरत रहेको ।

महाभारत –      तर्कले निश्चित हुँदैन, श्रुतिहरू विभिन्न किसिमका छन्, कुनै पनि एक ऋषिको मत अर्कोसंग मिल्दैन, धर्मको तत्व अत्यन्त गुह्य छ, (यसैले) ठूलाबडाहरू जुन बाटोमा लागेका हुन् त्यही नै पथ हो ।

क्लैव्यं मा  स्म गम: पार्थ नैतत्वय्युउपपद्यते ।

क्षुद्रं हृदयदौर्वल्यं त्यक्तोत्तिष्ठ परन्तप ।।३।।

क्लैव्यम् मा  स्म गम: पार्थ –    नपुंसकतामा प्राप्त नहोउ, हे पार्थ !

न एतत् त्वयि उपपद्यते –       न त यस्तो तिमिलाई सुहाउँछ 

क्षुद्रं हृदय दौर्वल्यम् –               तुच्छ चित्तको कमजोरीलाई

त्यक्त्वा उत्तिष्ठ परन्तप –        त्यागेर उठ, हे शत्रुलाई तापदिने !

अर्जुनको सारा जीवन युद्धकला मैं बितेको थियो । जुन विषयमा आफू पारंगत छ, जे लक्ष राखेर सारा जीवन पर्यन्त जे को साधना गरिएकोछ, जुनकुरा आफ्नो स्वभाव छ, त्यसलाई छोडन योग्य छैन । सानोतिनो चित्तको विक्षेपले जीवनभरको साधना त्याग गर्नु वीर्यहीनता हो । तर, सानो के हो, ठूलो के हो भन्ने निर्क्यौल गर्ने कुरामा भने ज्ञानी पुरुष पनि मोहित हुनसक्दछ, यो ज्ञेयावरण हो । महाभारतमा विदुरजस्ता महान धर्मात्मालाई पनि धर्म के हो र अधर्म के हो, त्यसको निर्क्यौल गर्दै रहनु परेको थियो ।   

क्लैव्यता –                 वीर्यताहीन। डरछेरुवा, पुरुषार्थहीन ।

हृदयदौर्वल्यता –          चित्तमा रागद्वेषादि तृष्णजनित कामराग प्रबल हुनु ।   

अर्जुन उवाच-

कथं भीष्ममहं सङ्ख्ये द्रोणं च मधुसूदन ।

इषुभि: प्रति योत्स्यामि पूजार्हावरिसूदन ।।४।।

कथं भीष्मम् अहं सङ्ख्ये –       कसरी मैले भीष्मलाई युद्धमा

द्रोणम् च मधुसूदन –               द्रोणलाई पनि, हे मधुसूदन,       

इषुभि: प्रति योत्स्यामि –          यीनिहरू जस्ताका विरुद्ध युद्ध गरूँ

पूजा अर्हौ अरिसूदन                 पूजा आदर गर्नुपर्ने लाइ, हे अरिसूदन[vi] !

भीष्म पितामह र आचार्य द्रोण जस्ता महापुरुष युगपुरुष हुन् । यीनिहरू इतिहासमा आकलझुकल मात्र देखा पर्ने पात्रहरू हुन् । यिनिहरूलाई देवता र शत्रुले पनि आदर गर्दछन् । यस्ता ‘गुरु’, ‘संरक्षक’ र ‘पितर’का एकीकृतरूपलाई कसले मनमा कुचित्त गर्न गर्न सक्दछ । जसले बालखकालमा बोकेर हुर्कायो, शिक्षादिक्षा दिई योग्य बनायो, जसलाई जन्मे देखि पूजा गरिएका छन्, त्यस्ताका विरूद्ध कसरी हतियार उठाउन सकिन्छ । त्यस्तो कुन ज्ञान छ जसले यीनिहरू जस्ता माथी युद्ध गर्न जगाउँदछ । प्राणातिपातको शीलले सानो से सानो प्राणीको विरूद्ध पनि हिंसा गरिंदैन भने यहाँ त पञ्चपाराजिकको अपराध एकसाथ कसरी हुनसक्दछ ?

सङंख्ये –                    सांख्य भनेको कपिलममुनि प्रणीत ज्ञानको दर्शन हो ।

बाण तरवारको युद्ध त बाह्यरूप हो । युद्ध गर्नुभन्दा पहिले चित्तले युद्धगर्ने बृत्तिलाई आत्मसात गर्नु पर्दछ । चित्तले धर्मसम्मत ज्ञान हो भनेर निश्चय नगरिकन कायद्वारा युद्धकार्य हुनै सक्दैन ।   

गुरूनहत्वा हि महानुभावान् श्रेयो भोक्तुं भैक्ष्यमपीह लोके ।

हत्वार्थकामांस्तु गुरूनिहैव भुञ्जीय भोगान् रुधिरप्रदिग्धान् ।।५।।

गुरून् अ-हत्वा हि महानुभावान् –          यस्ता गुरुतावान महान व्यक्तिहरूलाई मार्नुपर्ने काम नगरी

श्रेय: भोक्तुं भैक्ष्यम् अपि इह लोके –      (बरू) यस लोकमा भिक्षा मागी खानु असल छ ।          

हत्वा-अर्थ कामान् तु गुरून् इह एव –     यस्ता गुरुतावानहरूलाई यसरी मार्न चाहेको अर्थ

भुञ्जीय भोगान् रुधिर प्रदग्धान् –         रगतले मुछिएको कुरा भोग गरेको हुनेछ ।

यस्ता (पालन-पोषन र मार्गदर्शन गरेका) गुरुतावान महान व्यक्तिहरूलाई मार्नुपर्ने बाध्यता आइपरे पनि त्यो नगरी (बरू) सन्न्यासी भई  भीख माग्नु असल छ । यस्ता गुरुतावानहरूलाई मारेको अर्थ  रगतले मुछिएको कुराको भोग गरेको हुनेछ ।

गुरुहत्या –                  महायान भनेको ठूलो साधन हो, जसमा सबै अटाउँदछ । महायानमा जाति-पाति, पुण्य-पाप, कर्म-सिद्धान्त, यम-नियमादि शुचिता लगायत आदि-इत्यादि कुनै पूर्वशर्तको बन्धन छैन, तर ‘गुरुद्रोही’ एउटा भने हुनु हुँदैन । यसैले गुरुद्रोही सर्बाधिक अकुशलकार्य हो ।

भिक्षा –                      आजिविकाको साधन नगरी विश्वभर्ताको  कृपामा भर पर्नु । भिक्षुक चार प्रकारका हुन्छन्,

१.  

न चैतद्विद्म: कतरन्नो गरीयो यद्वा जयेम यदि वा नो जयेयु: ।

यानेव हत्वा न जिजीविषामस्तेऽवस्थिता: प्रमुखे धार्तराष्ट्रा: ।।६।।

न च एतत् विद्म: कतरत् न: गरीय: –   न त यो जान्दछौं कि (यि दुई मध्ये) के गर्नु बढी भारी छ

यद् वा जयेम यदि वा नो जयेयु: –                   कि जित्छौं वा हामीलाई जित्नेछन्

यान् इव हत्वा न जिजीविषाम: –                     जसलाई मारेर बाँचिरहन समेत चाहदैनौं

ते अवस्थिता: प्रमुखे धार्तराष्ट्रा:  –                   तिनिहरू धृतराष्ट्र (पक्षधर)का मुख्य भई खडा भएका छन् ।

धर्मस्य गहनो गति: । धर्मको सूक्ष्मता हामि जान्न सक्दैनौ, यसको बारेमा जति गहनमा गयो त्यत्ति कुरा बल्झिएर जान्छ । दुवैतर्फ त्यत्तिकै वजनदार तर्कहरू छन् । हामी पक्का गरी यो जान्दैनौं कि यी दुइ विकल्प मध्येमा के गर्नु बढी श्रेयष् छ । हामी नै जित्छौं वा हामीलाई उनीहरू जित्नेछन्, यो पनि हामीलाई थाहा छैन । फेरि जसलाई मारेर हामी स्वयम् बाँचिरहन समेत चाहदैनौं तिनिहरू नै धृतराष्ट्रका प्रमुख पक्षधरहरू भई हाम्रो विरुद्धमा खडा भैआएका छन् ।

गरीय –                      गह्रुगो, महत्त्वपूर्ण, श्रेयकरी

कार्पण्यदोषोपहतस्वभाव: पृच्छामि त्वां धर्मसम्मूढचेता: ।

यच्छ्रेय: स्यान्निश्चितं ब्रूहि तन्मे शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ।।७।।

कार्पण्य दोष: अपहत स्वभाव: – (बुद्धि)दौर्बल्यताको दोषले अपहृत भएको स्वभाव (लिएर)

पृच्छामि त्वां धर्म सम्मूढ चेता: –         पूरा मूढ चित्त्तभएर तपाईसंग धर्म[vii]को बारेमा सोधिरहेको छु

यद् श्रेय: स्यात् निश्चितं ब्रूहि तत् मे –   जुन मलाई श्रेयष्(कल्याणकारी) हुनेछ त्यो निश्चितगरी बताउनुहोस् 

शिष्य: ते अहं शाधि मां त्वां प्रपन्नम् –   म तपाईको शिष्य भई याचना गरेको छु, मलाई शासन गर्नुहोस्

अर्जुन वास्तवमा मूढचित्तको भएको भए उसले कृष्णसंग यसरी आफ्नो समस्या राखेर पार लगाईदिन शरणागति हुने थिएन । उसको मूढता नै भएपनि त्यो तामसी थिएन । सात्त्विकजन पनि कहिले काहि अलमलिन्छ । ज्ञानमार्गले पनि अन्त्यमा श्रद्धाभक्तिको शरणागति गर्नै पर्दछ ।

जत्ति सोच्यो त्यत्ति बल्झिने यस धर्मव्यवहारका कुराले अर्जुनले निर्णयगर्न सकेको छैन । दुवैतर्फ तानिएको कतै तीर पनि छोडन नसकेको अपहृतचित्त भएको स्वभाव (लिएर) पूरा किंकर्त्तव्यविमूढ भई, कृष्णसंग धर्मको बारेमा निर्देशन दिन अनुरोध गरे, जुन श्रेयष्(कल्याणकारी) हुनेछ त्यो निश्चितगरी बताउनुहोस् । म तपाईको शिष्य हूँ, अध्येषणा गर्दछु, मलाई अनुशासन गर्नुहोस् ।

न हि प्रपश्यामि ममापनुद्याद्यच्छोकमुत्छोषणमिन्द्रियाणाम् ।

अवाप्य भूमावसपत्नमृद्धं राज्यं सुराणामपि चाधिपत्यम् ।।८।।

न हि प्रपश्यामि मम आपन उद्याद्-     न मैले (मार्ग) देखिराखेकोछु (कसरी) मेरो यस आपदलाई पन्छाउँ

यत् शोकम् उत्-शोषणम् इन्द्रियाणाम् – यस शोकलाई,  जसले मेरो इन्द्रियहरूलाई जलाई-सुकाई रहेको छ

अव-अपि भूमौ अ-सपत्नम् ऋद्धम् –   शत्रुविहिन समृद्ध भूमि पाएर पनि           

राज्यम् सुराणाम् अपि च आधिपत्यम् – देवताका राज्यकै आधिपत्य पाए पनि ।

अर्जुनमाथि आप् तत्वको गुण प्रबलभई तलतीर गैराखेको आपतमा परिरहेको थियो । वायुतत्वले उल्टा बहेर उसलाई सुकाई राखेको थियो । अग्नितत्वले दहन गरिरहेको थियो । पृथ्वीतत्वले उसलाई गतिहीनतामा राखेको थियो । उसको चित्तवृत्ति विक्षेपित भएपछि सवै महाभूतहरू विपरीत भैरहेका थिए । उसमा संस्कारित वैराग्यज्ञानको प्राकट्य भएअनुसार उसले लौकिक सुखको प्रतीकरूमा ‘निष्कण्टक देवलोकको राज्य’ भन्दा भन्दा पारमार्थिक सुख ‘इन्द्रिय शान्तता’लाई प्राथमिकलता दिए।  

एवमुक्त्वा हृषीकेशं गुडाकेश: परन्तप ।

न योत्स्य इति गोविन्दमुक्त्वा तूष्णीं बभूव ह ।।९।।

एवम् उक्त्वा हृषीकेशं –            हृषिकेशलाई यस्तो भनेर   

गुडाकेश: परन्तप –                 शत्रुलाई तापदिने गुडाकेशले

न योत्स्य इति गोविन्दम् –       हे गोविन्द ![viii], म यो युद्ध गर्दिन

उक्त्वा तूष्णीं बभूव ह –            भनेर चुप लागि शान्त भैगए ।

ब्रह्माजीको ब्रह्मास्त्र, महादेवको पाशुपतास्त्र र नारायणको संरक्षण पाएका अर्जुन ब्रह्माण्डमा सवैलाई दमन गर्न सक्षम थिए । तरपनि आफै संग युद्धगर्न सकेन । बाह्य भौतिकीय कुराले परमार्थमा सीधा सहयोग गर्दैन । बाह्य बस्तु साधनमात्र हो जसले जे जसरी प्रयोग प्रयोग  गर्दछ त्यसको उपादेयतात्यत्तिमात्र हुने हो । त्रिदेवको कृपा पनि आफैमा ‘निर्वाण’को प्रत्याभूति हुन सक्दैन ।

परंतप –                     १.परम तपस्या गरेका २.शत्रुलाई ताप दिने

तमुवाच हृषीकेश: प्रहसन्निव भारत ।

सेनयोरुभयोर्मध्ये विषीदन्तमिदं वच: ।।१०।।

तम् उवाच हृषीकेश: –              तव हृषिकेशले भन्नुभयो;

प्रहसन् इव भारत –                 हँसिलो अनुहार लिएर

सेनयो: उभय: मध्ये –              दुवै सेनाको बीचमा

विषीदन्तम् इदं वच: –             विषाद गरेकालाई यि कुरा ।

अशोच्यानन्वशोचस्त्वं प्रज्ञावादाँश्च भाषसे ।

गतासूनगतासूंश्च नानुशोचन्ति पण्डिता: ।।११।

अ-शोच्यान् अन्व-शोच: त्वम् – चिन्ता गर्न नपर्नेलाई तिमि सोचि बस्दछौ

प्रज्ञा-वादाँन् च भाषसे –           प्रज्ञावानले जस्तो गरी बोल्दछौ ।

गत-असून् अगत असून् च –     जो नफर्किनेगरी गईसकेका छन्, र जो आउन नै बाँकि छन्

न अनु-शोचन्ति पण्डिता: –      पण्डितहरू (त्यस्ता कुरा) मनमा खेलाएर बस्दैनन् ।

अशोच्य –        जे मा सोचविचार चिन्तन मनन र शोक आदि गर्न लायक छैन ।

यस्तै किसिमका ६२ओटा विभिन्न दार्शनिक मतहरूको विश्लेषण गरी ती ब्रह्मजालिक अशोच्य मानेको छ । यस विषयहरूमा भगवान बुद्धले भन्नु भएको छ, ‘यी कुराहरु म जान्दछु, तर यि तिमिलाई जरूरी छैन । किनकि यसवाट केहि उपलव्धि हुदैन’ । यहि कुरा श्रीकृष्ण पनि भन्नुहुन्छ; ‘हे अर्जुन, तीमी जे भन्दैछौ त्यो ज्ञानको बाह्य आडम्बरमात्र हो । प्रज्ञावानहरू अव्यक्त र अनागत कुराहरुमा मन खेलाई वुद्धिविलास गरी बस्दैनन् । यी, न त कुनैपनि नतिजामा पुराउने न त दु:खमुक्तिको साधन नै हुने यस्ता ‘ब्रह्मजालिक’ कुरामा प्रज्ञावानहरू अलमलिंदैनन् ।

न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपा: ।

न चैव न भविष्याम: सर्वे वयमत: परम् ।।१२।।

न तु एव अहम् जातु न-आसम् –          न त म (कुनै पनि बेलामा) जन्म (अस्तित्त्वमा) नभएको होस्              

न त्वं न इमे जनाधिपा: –         न तिनी न त यी राजाहरू

न च एव न भविष्याम: –          न त नहुनेवाला होस् 

सर्वे वयम् अत: परम् –             हामी सवै कहिले पनि

यहाँ देखिएका (र यहाँ नदेखिएका पनि) जेजति सत्त्वप्राणीहरू छन् ती सवै कहिले पनि अनस्तित्त्वमा थिएनन् । अर्थात् यीनिहरू सवै पहिेले पनि थिए, अहिले पनि छन् र पछि पनि रहने छन् ।

भवचक्र –                   कपिलमुनिको सांख्यदर्शन अनुसार ‘जड’, ‘जीब’ र ‘ईश्वर’ तीनओटै अनादि हुन् । यस अर्थमा ‘धर्मकाय’परमात्मा, ‘जीब’सत्त्वप्राणी तथा ‘जड’पञ्चमहाभूतहरू सबै अनादि र सदा रहनेवाला हुन् । जीबहरू कर्मको फलपरिणाम अनुसार नामरूप फेरिंदै नानाविध योनिमा परिभ्रमण गरिरहने मात्र हुन् । जबसम्म सत्त्वप्रणीले निर्वाण लिंदैन उ अस्तित्त्वमा रहिरहेकै हुन्छ । हामीले भन्ने गरेको मृत्यु त एक च्यूतिमात्र हो ।  

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।

तथा देहान्तरप्राप्तिर्धीरतत्र न मुह्यति ।।१३।।

देहिन: अस्मिन् यथा देहे –        शरीरधारिका शरीरमा जसरीरहन्छ[ix]

कौमारम् यौवनम् जरा – कुमारावस्थायुवावस्था र बुढ्यौली[x]

तथा देहान्तर प्राप्ति: –            त्यसै गरी देहको च्यूति भई अर्को देह धारण गर्दछ

धीर: तत्र न मुह्यति                बुद्धिमानहरू त्यस्तोमा मोहित हुँदैन ।

जीर्ण भएको लुगा छोडी अर्को लगाइन्छ, त्यसरी नै पञ्चतत्त्वको एक शरीर त्यागी अर्को शरीर धारण गरिएको हुन्छ । दु:खसत्य भनेको अनुभूतिगर्ने दु:खको वेदना मात्र होईन; यो त विकारतामा प्राप्त हुनु, शरीरको वृद्धि, उत्कर्ष, अवनति र च्यूति हुने प्रकृया नै हो । यसरी बुझेका ज्ञानीहरू बुद्धिले मोहित भएका हुँदैनन् ।

मात्रास्पर्शास्तु कौन्तेय शीतोष्णसुखदु:खदा: ।

आगमापायिनोऽनित्यास्तांतितिक्षस्व भारत ।।१४।।

मात्रा: स्पर्शा: तु कौन्तेय –        तन्मात्रा र त्यसका स्पर्शहरू त, हे कुन्तिपुत्र

शीत उष्ण सुख दु:ख-दा: –        ठण्डी गर्मी सुख दु:ख दिने हुन्

आगम् अपायिन: अनित्या: –    प्रकट हुनु लुप्त हुनु अनित्य [xi]छन्

तान् तितिक्ष-स्व भारत –         तिनीहरूलाई सहने गर, हे भारत !

(कुनै पनि अनुभव) तन्मात्रा र विषयसंग चित्तको सम्पर्कवाट उत्पन्न हुने हो । यसवाट सुखदु:ख वा शीतउष्णको अनुभूति हुन्छ । यी उत्पन्नहुने हराउने (उदयव्ययका) विषयहरू अनित्यहुन् क्षणिक हुन् । यसैले यसको अनुभूतिहरू लाई सहन गर्नुपर्छ, बहकिन हुँदैन ।

मात्रा-स्पर्शा –              नाम रूप । matter and energy ।

मात्रा –    तन्मात्रा – शव्द, गन्ध, रस, रूप, स्पर्शका विषयहरूलाई जसद्वारा जानिन्छ

स्पर्शा –   यि शव्दादि विषयहरूसङ्ग इन्द्रियको संयोग ।

शीत-उष्ण –                जाडो र गर्मी भन्ने सापेक्षिक भाव

सुख-सुख –                 वेदनास्कन्ध । सुखवेदना, दु:खवेदना र असुख-अदु:खवेदना ।

मात्रा र स्पर्शको कारणवाट वेदना उत्पन्न हुन्छ । वेदना भनेको सुख,दु:ख, र असुख-अदु:खका अनुभूतिमात्र हुन् । यी अनित्य हुन्, ‘दु:खसत्त्य’ होईन । 

आगमापायिनो –          उत्पत्ति र लयको चक्र

आगम –     आउने, प्रकट हुने, ल्याइएको ।

अपायिन –  अनस्तित्त्व हुने, लय हुने ।

अनित्य –                   सदाकाल अविकारित भई नरहने । जहिले पनि क्षणक्षणमा हेतु-प्रत्ययबाट विकारीत भै रहने । चत्पत्ति र लय को चक्र ।

तितिक्षस्व –               तितिक्षा – तृष्णा वुभुक्षा आदि रागद्वेषहरूको लाई विचलित नहुने, सहने, शान्तभै रहने । स्मृतिमा राखी अनुपश्यना गरी रहने ।

यं हि न व्यथयन्त्येते पुरुषं पुरुषर्षभ ।

समदु:खसुखं धीरं सोऽमृतत्वाय कल्पते ।।१५।।

यम् हि न व्यथयन्ति: –           यसरी विक्षेपित र खिन्न नभई

एते पुरुषम् पुरुष ऋषभ ‍-          यस्ता पुरुषार्थ गर्ने पुरुषका उत्कृष्ट

सम दु:ख सुखं धीरम् –             दु:ख सुखमा समता राखि धीर भई

सो अमृतत्वाय कल्पते –          अमृतता[xii]मा प्राप्त भएका हुन्छन्

प्राणीको चित्तलाई वेदनाले संस्कारित गरेवाट सत्त्वप्राणी स्वयम् बद्ध भएको जस्तो प्रतीति हुने हुन्छ । जसवाट आफूनो इच्छा बेगर परवश भएर दासतामा प्राप्त भएको जस्तो हो । यसको अर्थ कसैले रूखलाई समाति रूखले मलाई छोडेन भनेको जस्तै संस्कारित गरेको हो । यस्ता वेदनाले सुखदु:ख र शीतउष्णवाट शुरूगरी त्यसवाट नानाविध चाहना तृष्णा क्लेशमल समुदागम र संस्कारित गराउदै जाने हुन्छ । यस ‘विक्षेपनकरी’ वेदनाहरूमा पुरूषार्थीहरू समताको भाव राखि धीर भई बसेका हुन्छन् । यसै अवस्थालाई अमृतता वा अर्हत्त्व पनि भन्न सकिन्छ ।

ऋषभ –                      साँढे । घर पालुवा पशुहरूमा सर्वश्रेष्ठ ।

अमृत –                      कहिले पनि मृत्य हुन नपर्ने ।

नासतो विद्यते भावो नाभावो विद्यते सत: ।

उभयोरपि दृष्टोऽन्तस्त्वनयोस्तत्त्वदर्शिभि: ।।१६।।

न असत: विद्यते भाव: –         जसको अस्तित्त्व नै छैन त्यो कुराको भावना हुन सक्दैन

न अभाव: विद्यते सत: –         र जुनकुरा अस्तित्त्वमा छ त्यसको अभाव हुँदैन

उभयो: अपि दृष्ट: अन्त: –       यि दुवलाई पूरा देखेर मात्र निष्कर्ष निकाल्छ

तु अनयो: तत्त्वदर्शिभि: –          यिनीहरूको बारेमा तत्त्वदर्शीहरूद्वारा

सत् भनेको सदा एकसमान रहने ‘एकरसता’ हो । हिन्दूदर्शनले ‘आत्मा’, परमात्मा’ वा ‘ब्रह्म’ आदि नाम दिएर ‘सत्’वस्तुको अस्तित्त्व स्वीकार गर्दछ भने बौद्ध दर्शनले त्यस्तो सत् वस्तुको छैन भन्दछ । बौद्ध दर्शनमा सतको प्रयोग ‘निस्वभावता’मा हुन्छ, जसलाई शून्यता भनिन्छ । मूलभूत सिद्धान्तकोरूपमा रहेको यो कुरालाई नबुझेसम्म यी दुई महान दर्शहरूको भेद बुझन सकिंदैन ।

महायानले ‘सतवाद’ र ‘असतवाद’ दुवैलाई एकसाथ दृष्टगर्नु नै माध्यमिकदर्शन हो भनेको छ । यो भनेको शून्यता दर्शनको तत्त्वदृष्टि नै हो ।

जुनकुरा क्षणिक र सदा परिवर्तनशील त्यसलाई कसरी बुझन सकिन्छ र, सकिंदैन । अनन्तचक्रमा सदा रहेको हेतु र प्रत्ययको क्षणहरूको कसरी भाव हुनसक्छ, हुँदैन । त्यसरी नै जुनकुरा सदा अविनाशी अविकारीत भएर रहन्छ त्यो कहिले पनि नभएको वा परिवर्न भएको वा क्षय भएको हुन सक्दैन । यी कुरा नबुझी तत्त्वज्ञान हुँदैन, तत्त्वकुरा नबुझेसम्म तत्त्वदर्शी पनि हुन सक्दैन ।

सत् असत् –               सत्य असत्य ।

सत् –      जो सदाकाल विना विकारीत भई वा क्षय भई एकसमान एकरसको रहन्छ । पञ्चज्ञानेन्द्रियले ग्राह्य वस्तु ।

असत –   जो अनित्य हो, हेतु-प्रत्ययबाट सदाकाल परिवर्तनशील रहन्छ । पञ्चज्ञानेन्द्रियले अग्राह्य वस्तु ।

भाव अभाव –              उत्पन्न अनुत्पन्न ।

भाव –      जसलाइ अनुभूत गर्न सकिन्छ । जो अस्तित्त्वमा आएको छ । उत्पन्न, प्रकट, भूभौतिकी, प्रकाशित, .. ।

अभाव –    जसलाई अनुभूत गर्न सकिंदैन । जो अस्तित्त्वमा छैन । अनुत्पन्न, अप्रकट, वेदना, अप्रकाधित …  ।

तत्त्वदर्शी –                  मूल दर्शनको कुरा बुझेका ।

अविनाशि तु तद्विद्धि येन सर्वमिदं ततम् ।

विनाशमव्ययस्यास्य न कश्चित्कर्तुमर्हति ।।१७ ।।

अविनाशि तु तत् विद्धि –        कहिल्यै नाश नहुने भनेर त्यसलाई जान

येन सर्वम् इदं ततम् –              जसवाट यो सकलको उत्पाद भएको हो

विनाशम् अव्ययस्य अस्य –     यस अव्यय (विनाश नै नहुने)को नाश            

न कश्चित् कर्तुम् अर्हति –        न कसैले गर्न सक्दछ ?

यस जगत संसार जुन मूलकुरावाट बनिएको छ त्यसलाई ‘अविनाशी’ भनेर जान्नु पर्दछ । जगतसंसारको निर्माणको आधरभूत तत्त्वहरू पाँचओट छन्; पृथ्वी, जल, तेज, वायु, आकाश । यी भौतिक वस्तु (तत्त्व, द्रव, धातु)का गुण आकर्षिणी, पातिनी, ज्वालिनी, गामिनी, र धारणीमानिन्छन् । यी गुणहरु मात्रका संयोजन-वियोजनवाट विविध भौतिकवस्तु हरू बनिएका हुन् । बौद्धदर्शनले भूतभौतिकीबाटै चित्त-चेतसिक उत्पत्ति भएको मान्दछ । हिन्दूदर्शनले ‘जीब’लाई भूतभौतिकीसंग बद्ध-आत्माको रूपमा लिंदछ ।

अन्तवन्त इमे देहा नित्यस्योक्ता: शरीरिण: ।

अनाशिनोऽप्रमेयस्य तस्माद्युध्यस्व भारत ।।१८।।

अन्तवन्त इमे देहा –               अन्त्य भैजाने हो यो शरीर ।

नित्य:य उक्ता: शरीरिण: –       नित्य त रशरीरमा रहनेवाला हुन्

अ-नाशिन: अ-प्रमेयस्य –        नाशै नहुने अप्रमेय

तस्मात् युध्यस्व भारत –         त्यसैले हे भारत, युद्धमा लाग ।

यी पञ्चतत्त्ववाट सिर्जित यस देह पुन: पञ्चतत्त्वमैं छुट्टिभिन्न भईजाने हो । तर, त्यस शरीरलाई भित्रवाट संचालनगर्ने ‘जो’ हो त्यो नित्य छ, कहिलै नाश नहुने र अप्रमेय छ ।

शरीरिण –                   शरीर निर्माणगरी त्यसैमा रहनेवाला । हिन्दू धर्ममा यसलाई आत्मा, वा जीबात्मा भनिन्छ । बौद्ध दर्शनमा यसलाई देहच्यूति हुँदा पुर्जन्ममा जाने संस्कारको प्रवाह मान्दछ ।

य एनं वेत्ति हन्तारं य: च एनम् मन्यते हतम् ।

उभौ तौ न विजानितो नायं हन्ति न हन्यते ।।१९।।

य एनम् वेत्ति हन्तारं –             जसले यो (शरीरिण)लाई मार्नेवाला भन्दछ,

य: च एन् मन्यते हतम् –         र, जसले यसलाई मर्नेवाला भनि सोच्दछ

उभौ तौ न विजानितो –            ती  दुवैथरी कुरा नबुझेका हरू हुन् ।

न अयं हन्ति न हन्यते –          यो न यो मर्दछ, न त मारिन्छ नै ।

न जायते म्रियते वा कदाचिन्नायं भूत्वाऽभविता वा न भूय: ।

अजो नित्य: शाश्वतोऽयं पुराणो न हन्यते हन्यमाने शरीरे ।।२०।।

न जायते म्रियते वा कदाचित् न अयं –   न उत्पन्न हुन्छ, (न) मर्दछ, न त कहले पनि यो

भूत्वा अ-भविता वा न भूय: –               भएर नभएको हो, वा हुनेवाला हो ।

अज: नित्य: शाश्वत: अयं पुराण: –       यो अजन्मा, सँधै रहने, शाश्वत, प्राचीन छ,

न हन्यते हन्यमाने शरीरे –                  यसैले न मारिन्छ, न मर्दछ शरीरमा ।

यो (शरीरिण) न जन्मन्छ, न मर्दछ । यो न उत्पन्न हुने हो, न उत्पन्न भएर नाश हुने हो, र न त पछि कुनैबेला भविष्यमा फेरि उत्पन्न हुने हो । यो अजन्मा छ, नित्य छ, शाश्वत छ, अनादि छ । यसैले न शरीर मर्दा पनि यो मर्दैन । 

वेदाविनाशिनं नित्यं य एनमजमव्ययम् ।

कथं स पुरुष: पार्थ कं घातयति हन्ति कम् ।।२१।।रस

वेद अ-वि-नाशिनम् नित्यम् –   जान ! सदा रहने, अविनाशीलाई,

य एनम् अजम् अव्ययम् –        जुन यो अनुत्पन्न अव्यय छ

कथं स पुरुष: पार्थ –                कसरी, हे अर्जुन ! त्यस ‘पुरुष’ले

कं घातयति हन्ति कम् –          कसलाई प्रहार गर्दछ, कसलाई मार्दछ ?

जो अविनाशी छ, जो नित्य छ, जो अजन्मा छ, जो अव्यय छ त्यसलाई कसले मार्ने वा चोट पुराउन सक्दछ ।

अ-विनाशी –               खिइने, हराउने, मर्ने, लय हुने, अनस्तित्त्व हुने आदि नहुने ।

अनुत्पन्न –                अनादि । भूतभौतिकी पदार्थबाट बनिएको होईन ।           

अव्यय –                    सीमाहीन, कहिले नसकिने, घटदैन, पार पाइ नसकिने । अखंडित, अपरिवर्तनशील, नित्य, शाश्वत, कुनै विकार नहुने ।           

घातयति –                  प्रहार गर्नु, चोटपटक लगाउनु, हिंसा गर्नु । मार्न लाउनु ।

वासांसि जीर्णानि यथा विहाय नवानि गृह्णाति नरोऽपराणि ।

तथा शरीराणि विहाय जिर्णान्यन्यानि संयाति नवानि देही ।।२२।।

वासांसि जीर्णानि यथा विहाय –            बासस्थल जीर्ण भएपछि जसरी छोडिन्छ,

नवानि गृह्णाति नर: अपराणि –          छीलो नगरी, मानिसले नयाँ ग्रहण गर्दछ  

तथा शरीराणि विहाय जिर्णानि –          त्यसैगरी जीर्ण भएपछि शरीर छोडेर, 

अन्यानि संयाति नवानि देही –             अर्को-अर्को नयाँ देहमा सर्दै-बस्दै गर्दछ ।

चित्तवृत्ति जसरी वासनाको पछि लागेर, त्यसलाई ग्रहणगरी, भोग परी, वासना निवृत्त भएपछि तत्पश्चात् त्यसलाइ छोडेर, जसरी अर्को-अर्को वासनाहरू ग्रहण गर्दै चरायमान भैरहेको हुन्छ, त्यसरी नै यो देहको उपयोगीता सकिए पछि अर्को-अर्को देहहरू उत्पन्नगरी त्यसमा उ सर्दै रहने गर्दछ ।

जीबले कसरी शरीर धारण गर्दछ भन्ने कुरामा हिन्दू, बौद्ध र जैन दर्शनहरूमा ज्यादै ठूलो विभेद छैन । बौद्ध दर्शनले चित्तको च्यूतिपश्चात् उसको पूर्वजन्मका संस्कारित वासना अनुसार पञ्चतत्त्वहरूलाई आकर्षित गर्दछ भनिएको छ । यसको शुरुवात कुनै स्त्रीकोको रक्त(रज)संग पुरुषको शुक्रको संयोजनको अवसरमा जुन गन्धादिक कुराको प्रवाहहुन्छ जसवाट आकर्षितभएका ती च्यूतिचित्तका संस्कारहरूको सम्बन्घ स्थापित हुनजान्छ । यसैलाई गर्भाधान भनिन्छ । यसरी गर्भाधान भएपछि त्यसका पूर्वज्ञान र कर्मको ‘संस्कार’ बमोजिम भौतिकताको नियम अनुसार गर्भको रूपमा बृद्धिहुँदै शरीर धारण गरिरहन्छ ।

वासांसि –                   बसोबासको स्थल, घर हरू । वासनाहरू । वस्त्र-चीवरहरू ।

जिर्णानि –                  पञ्चतत्त्वको विशिष्ट संयोजनले बनेको यस शरीररूपी वस्त्रको केहि समयसम्मको लागि मात्र प्रयोजनीयता हुन्छ । त्यस अवधि पश्चात् ति महाभूतहरूका संयोजनहरू अस्थीर हुन थाल्दछ जसलाई ‘जीर्णता’ भनिन्छ । यसरी जीर्णतामा प्राप्त शरीर पतन भई छोडेर अर्को शरीर धारण गर्दछ ।

वि-हाय –                   हार्य – त्याग्न योग्य । भलिभाँति त्याग गर्दछ ।

नैनं छिन्दन्ति शस्त्राणि नैनं दहति पावक: ।

न चैनं क्लेदयन्त्यापो न शोषयति मारुत: ।।२३।।।

न एनम्  छिन्दन्ति शस्त्राणि –  न यसलाई शस्त्रहरूले छिन्न सक्दछ ।

न एनम् दहति पावक: –           न यसलाई अग्निले दाह गर्न सक्दछ ।

न च एनम् क्लेदयन्ति आप: –   न त यसलाई पानीले भिजाउन सक्दछ ।

न शोषयति मारुत:                  न वायुले सुकाउन सक्दछ ।

यो संसार पाच महाभूतहरूवाट बनिएको हो, जसमध्ये आकाशतत्त्व अधिष्ठानमात्र भएकोले कृयाशील भूमिका खेल्दैन । र बाकी रहेका चारओटा क्रियाशील तत्त्वहरूले यस ‘देही’लाई केहि प्रभावपार्न सक्दैन । पृथ्वीतत्त्वको गुण विभाजित हुने, तेजले दहन गर्ने, आपको स्नेहता (टाँसिने) र वायुको सुकाउने वा उडाउने स्वभावले यसलाई असर गर्दैन । शरीरिण यी महाभूतहरूका भन्दा क्षेत्राधिकार भित्र पर्दैन । 

पावक –                     पवित्र गर्नेवाला, अग्नि । अग्निले विखण्डन गरी भष्मीभूत मात्र पार्ने होईन, यसले पइराना बस्तुलाई संश्लेषण-विश्लेषण अर्थात् संयोजन-वियोजन पनि गरी नयाँ नयाँ बस्तुहरू निर्माण गर्दछ । यसले भूतभौतिकी वस्तुमा रहेको सारतत्त्वलाई निकाली देवपितृहरूलाई पुराउँदछ । यसलै सबै बस्तुपदार्थलाई पवित्र गर्दछ ।   

अच्छेद्योऽयमदाह्योऽयमक्लेद्योऽशोष्य एव च ।

नित्य: सर्वगत: स्थाणुरचलोऽयं सनातन: ।।२४।।

अच्छेद्य: अयम् अदाह्य: अयम् –        छेदन (प्वालपर्ने काटिने च्यातिने) नहुने, दाह नहुने

अक्लेद्य: अशोष्य एव च –       यसैगरी न भिज्ने, न सुक्ने

नित्य: सर्वगत: स्थाणु: –          सँधैभरी रहने, सवैठाउँमा रहेको, अपरिवर्तशील

अचल: अयम् सनातन: –          यो सनातनदेखि अचल छ ।

यो यी चार महाभूतहरूका प्रभाववाट विकारीत नभई सदा एकसमान एकरसभई सदाकाल जहाँसुकैपनि स्थीर निश्चल अविकारित भई रहन्छ ।

सर्वगत –                    सर्वसकल स्थानमा पुग्ने, रहेको

स्थाणु –                     आफ्नो स्थानवाट अर्को स्थानमा स्थानान्तरित नहुने । immovable, positional displace नहुने

अचल –                     कम्प आदि नभएको । rotational, revolutional वा internal change पनि नभएको

अव्यक्तोऽयमचिन्त्योऽयमविकार्योऽयमुच्यते ।

तस्मादेवं विदित्वैनं नानुशोचितुमर्हसि ।।२५।।

अव्यक्त: अयम् अचिन्त्य: अयम् –       यो अव्यक्त छ, अचिन्त्य छ ।

अविकार्य: अयम् उच्यते –                   यो विकारमा प्राप्त हुँदैन भनिएको छ ।

तस्मात् एवम् विदित्वा एनम् –            त्यसैले, यसलाई यथावत् रूपमा अवबोधन गरीसकि    

न अनु-शोचितुम् अर्हसि –                   चित्त खेलाएर शोचमा प्राप्तहुन योग्य छैनौ ।

यो प्रकट छैन, प्रकट हुनु भनेको व्यष्टिरूप लिनु हो । यो अचिन्त्य हो, मानसिक विश्लेषण वा बुद्धिबिलासको क्षेत्रमा पर्दैन । यो विकारीत हुँदैन, अर्थात् यो कुनै किसिमले कहिलै परिवर्तन हुँदैन । यसैले यस्तो जो ‘कर्ता’ छ, जसलाई हामी बोलीचालीको भाषामा ‘म’ भन्दछौ, त्यसलाई अवबोधन भएपछि जानीजनले यसबारे शोकगर्नु उचित छैन ।

अव्यक्त –                  रूप-आकृतिमा प्रकट भएको छैन, अप्रकट । धर्मकाय । दूधमा ध्यू रहेको जस्तै ।

अचिन्त्य –                 सोचको क्षेत्र भन्दा बाहिरको । चिन्तना गरेर बुझ्न नसकिने ।

अविकार्य –                 विकृत हुन अयोग्य स्वभाव ।

एनम् –                      यसलाई । मूलतत्त्वलाई

विदित्वा –                  जानेर, बुझेर, अनुभूत गरेर ।

जान्ने, बुझ्ने वा अनुभूत गरिने कुरा प्रत्यक्ष वा परोक्ष वा नानाविध आठ किसिमका प्रमाणहरू बाट हुन सक्दछ । बुझ्ने भन्ने कुरा पनि दृष्टाको क्षमता र दृष्टिमा भर पर्दछ । यहाँ बुझ भनेर यथावतरूपमा भनिएको हो । यथावत भनेको जेजस्तो छ त्यसैरूपमा  थाहा पाऊ भनिएको हो । यो द्रष्टाको क्षमता वा दृष्टिको सापेक्ष हुँदैन । यसलाई पूर्णरूपमा जान भनेको हो, अर्थात् हात्तीलाई हात्तीरूपमा जान अन्धाहरूले छमेर जानेको जस्तो व्यष्टिज्।ञान नगर भनिएको हो । यो जैन दर्शनको स्यादबादसंग निकै मिलेको देखिन्छ ।

अवबोधन कर्ने तरीकाको पनि विभिन्न विधिहरू छन । हिन्दू दर्शनले नेति-नेति भन्दै अपरोक्ष दर्शन गराउँदछ । बौद्धदर्शनले बिभज्यबादको आधारमा खण्ड-खण्ड गर्दै विभाजिन गर्दै शून्यताको स्थितिमा पुराउँदछ । तन्त्रयोगले चित्तवृत्ति निरूद्धगरी कुण्डलिनी जाग्रत गराइ, जलन्धरबाट भएको अमृतबर्षा पान गराइ राख्दछ । 

अथ चैनं नित्यजातं नित्यं वा मन्यसे मृतम् ।

तथापि त्वं महाबाहो नैवं शोचितुमर्हसि ।।२६।।

अथ च एनम् नित्य जातम् –     अब यसलाई नित्य उत्पन्न भैरहने नै हो,           

नित्यम् वा मन्यसे मृतम् –       अथवा सदाकाल नित्य रहने वाला हो, अथवा मर्दै गर्नेवाला हो भनेर मान्दछौ भने  

तथा अपि त्वम् महाबाहो –        त्यसो हो भने पनि, हे महाबाहु ! तिमिले

न एवम् शोचितुम् अर्हसि –       यसरी शोचगर्न उचित छैन ।

अथ-तथ –                  अथले पूर्ब संन्दर्भको परिप्रेक्षमा ‘हेतु’लाई भन्दै गरेको हुन्छ । तथा ले परिणामको अर्थमा प्रत्ययको बोध गराउँदछ ।

नित्य-जात –              जहिले पनि पुन:पुन: उत्पन्न भैरहने, कुल-संतति बृद्धि गर्दैरहने, कुनै पनि क्षणमा अजात भएको नहुने ।

नित्य –                      सदाकाल एकरस, अविकारीत भैरहने

मृतम्  –                     सदाकाल मर्दै रहने, घटदै रहने ।

यसरी उत्पन्न र लयको शाश्वतचक्रमा घुमिरहनेलाई क्षणिक सम्पर्कको कारणले शोकगर्नु उचित छैन । यसलाईजहिले पनि उत्पन्न भैरहने भने पनि हुन्छ । जहिले पनि मरिरहने भने पनि हुन्छ । जन्म, मृत्य दुवै एकआपसमा कडीमा जोडिएका हुन् । यसैले यस्तोमा शोकगर्नु उचित होइन ।

जातस्य हि ध्रुवो मृत्युर्ध्रुवं जन्म मृतस्य च ।

तस्मादपरिहार्येऽर्थे न त्वं शोचितुमर्हसि ।।२७।।

जातस्य हि ध्रुव: मृत्यु: –          जो उत्पन्न हुन्छ त्यसको च्यूति अवश्य हुन्छ   

ध्रुवम् जन्म मृतस्य च –           र, (जो) च्यूति भएकाको हुन्छ, (उसको) पनि पुन उत्पत्ति हुन्छ,

तस्मात् अपरिहार्य: अर्थे –        यो यसैले अन्यथा गर्न नसक्ने कुरामा  

न त्वं शोचितुम् अर्हसि –          तिमिले शोकगर्नु उचित छैन ।

जो जन्मन्छ, उसको मृत्यु निश्चित हुन्छ । जसको मृत्यु हुन्छ त्यसको जन्म पनि त्यसरी नै निश्चितरूपमा हुन्छ । यी अपरिहार्य कुरा हुन्, स्वत: हुने हुन् यसलाई कसैले यसलाई रोक्न सक्दैन । हामीले त्यसरी उत्पन्न र लय भएको कसरी नाप्ने हो, वा हेर्ने भन्ने मात्र हो । हेतुप्रत्ययको सिद्धान्त अनुसार उत्पन्न र लय हुन अथवा लय र उत्पन्न हुन कुनै समय नै लाग्दैन । यो तत्काल तत्क्षण र एकसाथ हुने हो । प्राविधिक रूपमा भनिएको क्षण २४ निमेषको बराबरको हुने भएता पनि यसको आशय infinitesimal point of time हो । हामीले देख्ने वा अनुभूतगर्ने जन्ममृत्यु त प्रवाहको स्थूलरूपमात्र हो । हामीले देख्ने गरेको जगतसंसारको संसरण त चित्तले आफ्नोलागि बनाएको शरीरले दृष्टगरेको स्थूल परिवर्तन मात्र हो

जात –                       प्रकाशमा आएको, अस्तित्त्वमा आएइको, जउत्पत्ति भएको, जन्म भएको,

ध्रुव –                         सत्य, स्थीर । खगोलीय पिण्डहरूको गोचरगणना जसको सापेक्षताको आधारमा गरिन्छ ।

मृत्यु –                       अभावको अर्थमा होईन; भौतिक शरीर च्युत भएको अर्थमा । भूतभौतिकताको बन्धनवाट चेनतता मुक्त भएको ।

अपरिहार्य –                जसलाई कुनै उपाय गरेर पन्छाउन सकिंदैन, हुने हुनामी ।

अव्यक्तादीनि भूतानि व्यक्तमध्यानि भारत ।

अव्यक्तनिधनान्येव तत्र का परिदेवना ।।२८।।

अव्यक्त: आदि इनि भूतानि –   शुरुमा यी (भूत-भौतिकी) अव्यक्त थिए

व्यक्त: मध्यानि भारत –          बिचमा यो व्यक्त भयो ।

अव्यक्त: निधनानि एव –         यसैगरी च्युति पछि अव्यक्त हुनेछ ।           

तत्र का परिदेवना –                  त्यस्तोमा के को शोक प्रकट गर्नु ?

यो शून्यवाट उत्पन्न हुन्छ, वृद्धिहुन्छ र मृत्युरूपमा शून्यमैं बिलाउँछ । यहाँ श्रीकृष्णले जन्ममृत्युको चक्रलाई वास्तवमा व्यक्त वा अव्यक्त भनि सामान्यजनले चर्मचक्षुले देख्ने उदाहरणमात्र दिएका हुन् । सिद्धपुरुष वा त्रिकालदर्शी ज्ञानीजनले कुनैपनि गतिमा रहेको प्राणीलाई देख्न सक्दछ । व्यक्त र अव्यक्तलाई दुबैलाई हेतु-प्रत्ययको क्षणलाई सम्यक्सम्बुद्ध वाहेक अरू कोहि कसैले देख्न नसक्ने हुन्छ ।

इनि –                        स्थवीरवादले पुद्गलनैरात्म्य भन्दछ भने महायानले त्यसको साथै धर्मनैरात्म्य पनि भन्दछ ।

१.पुद्गल-नैरात्म्य –         सम्पूर्ण प्राणीहरू नि:स्वभाव छन् ।

२.धर्म –नैरात्म्य –         सम्पूर्ण वस्तुहरू पनि नि:स्वभाव छन

परिदेवना –                 परिजन भनेर रोई कराई उच्चस्वरमा शोक प्रकट गर्नु ।

प्राणीको शरीर र चित्त छुट्टिने बेलामा विशेषज्ञानीजनहरू बाहे सामान्यजनहरू मूर्छित अवस्थामा रहेका हुन्छन् । यसैले उनीहरूले आफू भौतिक शरीरबाट बाहिर गई सकेको थहा पaउदैनन् । उनीहरूलाई तृष्णा-वुभुक्षा-आदि वेदना हुने गर्दछ, तर त्यसको उसले आफै आपूर्ति गरन सक्दैन । त्यस प्रेत अवस्थाका प्राणीलाई आफू मरेसकेको छु भन्ने ज्ञान गराउन उच्चस्वरले परिदेवना गर्ने र पिण्डदानादि गर्ने गरिएको हो ।    

आश्चर्यवत्पश्यति कश्चिदेनमाश्चर्यवद्वदति तथैव चान्य: ।

आश्चर्यवच्चैनमन्य: श्रृणोति श्रुत्वाप्येनं वेद न चैव कश्चित् ।।२९।।

आश्चर्यवत् पश्यति कश्चित् एनम् –      यसलाई कसैले आश्चर्य मानि हेर्दछन्,

आश्चर्यवत् वदति तथा इव च अन्य:-    यसलाई अरू कसैले आश्चर्य मानि वर्णन गर्दछन्,

आश्चर्यवत् च एनम् अन्य: श्रृणोति –    यसलाई अझ अरू कसैले आश्चर्य मानि सुन्दछन्,

श्रुत्वा अपि एनम् वेद न च एव कश्चित्- सुनेर पनि यसलाई कसैले केहि पनि बुझेका हुँदैनन् ।                     

यस्तो शून्यवाटै उदय भई शून्यमैं बिलाउने अनौठो कुरालाई हेरेपनि, छलफल गरे तापनि, गुरु वचनवाट सुने तापनि यसको अनुभूति गरेका हुँदैनन् । यसैले पढेका, सुनेका, कुरा गर्न सक्ने भएतापनि यसलाई बुझेका हुँदैनन् ।

देख्नु, सुन्नु र वर्णन गर्नु चित्तको कार्य हो, यो इन्द्रिय-प्रत्यक्ष कार् हो । तर, शून्यतादर्शन इन्द्रियको अपेक्षा होईन । बौद्धधर्मको ‘अवबोधन’शव्दको अर्थ यी सबै हुँदाहुँदै यो भन्दा घेरै माथी पुग्दछ । ‘अवबोधन’शव्दले ‘परोक्षानुभूति’ वा ‘आत्मसाक्षात्कार’ को अर्थबोध गराउँदछ । साथै, यसले त्यस अनुभूतिलाइ आफूमा प्रयोगगरी त्यो उपादेय छ छैन निर्णय गराउने, त्यसरी उपायेय भएकोलाई अन्यमा अवबोधन गरउने अत\र्थ समेत दिंदछ । यसैले देख्नु, सुन्नु र बोल्नुलाई किताब पढेर माछाको स्चाद लिएको जस्तो मात्रै हो भने अत्युक्ति नहोला ।

आश्चर्य –       

देही नित्यमवध्योऽयं देहे सर्वस्य भारत ।

तस्मात्सर्वाणि भूतानि न त्वं शोचितुमर्हसि ।।३०।।

देही नित्यम् अ-वध्य: अयम् –  देही शाश्वत हो,  मरणशील होईन,

देहे सर्वस्य भारत –                 यो सवैको शरीरमा, हे भारत !

तस्मात् सर्वाणि भूतानि –         त्यसैले सकल सत्त्वप्राणी प्रति

न त्वं शोचितुम् अर्हसि  –         तिमिले शोक गर्नु योग्य छैन ।  

शरीरको संचालनकर्ता जसलाई देही वा आत्मा वा चित्त वा जीब जे भनिएपनि त्यो मरणशील होईन । यस्ता अमर ‘चेतनता’ सवैको शरीरमा रहेको हुन्छ । यसैले, ती सवै नित्य-पुरुषहरूका लागि शोक गर्नु उचित छैन ।

देही –                         शरीरमा स्थापित भएर शरीरलाई संचालन गर्ने तत्त्व, सत्त्व ।

हिन्दूदर्शनले देहीलाई परमात्मतत्त्वको एक क्षुद्र अंश हो भन्दछ । बौद्धदर्शनले भूत भनेको भौतिकतावाट उत्पन्न संस्कार-प्रवाह हो भन्दछ । 

नित्य –                      त्रैकालिक, क्षण-क्षणमा हेतु-प्रत्ययको चक्रमा नपरेको । शाश्वत ।

भूतानि –                    जो उत्पन्न् भएका छन्

स्वधर्ममपि चावेक्ष्य न विकम्पितुमर्हसि ।

धर्म्याद्धि युद्धाच्छ्रेयोऽन्यत्क्षत्रियस्य न विद्यते ।।३१।।

स्व-धर्मम् अपि च आवेक्ष्य –     आफ्नो कर्तव्यलाई पर्यवेक्षण गरी

न वि-कम्पितुम् अर्हसि –         विचलित नहुन योग्य हो ।

धर्म्यात् हि युद्धात् श्रेय: –        धर्मको लगि युद्ध गर्नु भन्दा श्रेय

अन्यत् क्षत्रियस्य न विद्यते –  अर्को क्षत्रियको लागि अर्को  छैन ।

आफ्नो स्वभाव अनुसारको कर्तव्य के हो भनेर भलिभाँति सोचिविचारी स्वकीय गरिएको धर्मलाई पालन गर्ने बेलामा अव विचलित हुनु हुँदैन । कुनै पनि कर्मलाई ‘यज्ञ’ वा ‘युद्ध’ पनि भन्न सकिन्छ । यसैले यज्ञ भनेपनि युद्ध भने पनि, एउटै हो । यसैले कर्म गर, जुन तिम्रा अगाडी आसन्न भै बसेको छ ।

बरू, ब्राह्मण, विंशा वा शूद्रक लागि मार्गस्थ भइसकेपछी पनि मार्गान्तरहरू हुन सक्दछन्, तर क्षत्रिय धर्ममा त्यस्तो विकल्प हुँदैन । 

आवेक्ष –                     भलिभाँति विचार, अध्ययनगरी निश्चय गरेको । सम्यकसंकल्प गरेको ।

दृच्छया चोपपन्नं स्वर्गद्वारमपावृतम् ।

सुखिन: क्षत्रिया: पार्थ लभन्ते युद्धमीदृशम् ।।३२।।

यद् ऋच्छया च उप-पन्नम् –    जो इच्छा (या अनिच्छा) बेगर गएको बेला, स्वत: प्राप्त भएको अवसर,           

स्वर्ग द्वारम् अपावृतम् –         स्वर्गको ढोका खोलिएको अवस्था;           

सुखिन: क्षत्रिया: पार्थ –            क्षत्रियहरूले सुखसाथ, हे पार्थ !

लभन्ते युद्धम् ईदृशम् –          युद्धमा यसप्रकार पाउँदछन् ।

यो युद्ध अर्जुनले चाहेर वा नचाहेर हुने वा नहुने पनि होईन । यो त एक मौका हो, एक प्रवाह हो । यो स्वर्गको ढोका खोलिएको बेला हो । मनुष्यले स्वर्गप्राप्तिको लागि चेष्टापूर्वक कतिकति अनुष्ठान गरेका हुन्छन् भने यस बेला विना प्रयास ‘स्वर्ग त कत्तै नजा’को अवस्था छ ।  

ऋच्छ या –                            आफ्नो ईच्छा-अनिच्छा बेगर परवश भई प्रवाहमान भई कार्य गर्दै गरेको बेला ।

अथ चेत्त्वमिमं धर्म्यं सङ्ग्रामं न करिष्यसि ।

तत: स्वधर्मं कीर्तिं च हित्वा पापमवाप्स्यसि ।।३३।।

अथ च एत् त्वम् इमम् धर्म्यम् –          यदि, अब पनि तिमि यस धर्मकार्यरूपी    

सङ्ग्रामम् न करिष्यसि –         युद्ध गर्दैनौ भने,

तत: स्व-धर्मम् कीर्तिम् च –      तब आफ्नो धर्म र कीर्ति पनि

हित्वा पापम् अवाप्स्यसि –       गुमाएर पापमा प्राप्त हुनेछौ ।

यत्ति भनेपछि पनि युद्ध नगर्ने नै भए आफ्नो स्वाभाविक धर्म, धारण गरको कर्तव्य र पहिले गरेका कुशलकर्मको कीर्ति सवै नाश हुनेछ र अपायगतिमा पनि झरिने छ ।

पाप –                        अकुशलकर्म ।

जुन आफ्नो स्वभाव अनुसार सहजरूपमा विशिषष्टतामा गरिने कर्तव्य कर्म, जुन धारण गरिएको छ, त्यसलाई छोडेर आफ्नो स्वभावसंग सहजै नमिल्ने कर्म गरिंदा सोही बमोजिमकै कुशलतासाथ वगर्न सकिंदैन । जस अनुसार त्यस कर्म जति हुनुपर्ने त्यत्ति सफल हुन सक्दैन । यसबाट लोकको अपयशागी हुनुपर्ने हुन्छ । आफूले सहजै गर्नसक्ने कर्मलाई जानाजान चेष्टापूर्वक नगर्नु पनि पाप नै हो ।  

अकीर्तिं चापि भूतानिकथयिष्यन्ति तेऽव्ययाम् ।

सम्भावितस्य चाकीर्तिर्मरणादतिरिच्यते ।।३४।

अकीर्तिम् च अपि भूतानि –       अकीर्तिको पनि सत्त्वप्राणीले

कथयिष्यन्ति ते अव्ययाम् –     कहिले नसकिने गरी, तिम्रो कुरा गर्नेछन् ।

सम् भावित:य च अकीर्ति: –      यस्तो अकीर्तिका कुराहरू उत्पन्न हुन दिनु भन्दा      

मरणात् अति: इच्यते –            बरू मर्नु धेरै हुने हुन्छ ।

तिमिले गरेको यस ‘अकर्म’ अपयशको कुरा अनन्तकालसम्म मानिसले गर्दैरहने छन् । तिमी एक त्याज्य र खराब उदाहरणको रूपमा सदाकालकालागि निमित्तपात्रका रूपमा प्रस्तुत हुनुपर्नेछ ।

सं-भावित:य –             जसले सम्यकरूपमा भाविता गरेको छ । जसले आफ्नो कर्तव्य भलिभाँति निर्क्यौल गरी, सम्यकरूपमा संकल्प गरी, पूरण वीर्यतासाथ चेष्टाप्रयास गर्ने गरेको छ ।   

भयाद्रणादुपरतं मंस्यन्ते त्वां महारथा: ।

येषां चत्वं बहुमतो भूत्वायास्यसि लाघवम् ।।३५।।

भयात् रणात् उप-रतम् –          डराएर युद्धवाट विमुख भयो

मंस्यन्ते त्वाम् महारथा: –        मान्नेछन् तिमिलाई महारथीहरूले

येषाम् च त्वम् बहु मत: –         यसरी नै तिमिलाई धेरैजनाले मान्नेछन्

भूत्वा यास्यसि लाघवम् –         युद्ध कौशल क्षमता कम भएकोले भनि ।

तिमिले आफ्नो यस व्यवहारलाई ज्ञानीजनको जस्तो आचरण गरेको जस्तो ठानेतापनि तिम्रो समाजले तिमीलाई युद्धगर्न नसकेर डराएर भाग्यो भन्नेछन् । किनकि तिम्रो स्वभावधर्म बैराग वा सन्न्यास होईन, राजधर्म हो ।

अवाच्यवादांश्च बहून् वदिष्यन्ति तवाहिता: ।

निन्दन्तस्तव सामर्थ्यं ततो दु:खतर नु किम् ।।३६।।

अवाच्य वादान्: च बहून् –        अवाच्य वचनहरू पनि धेरै

वदिष्यन्ति तव अहिता: –         बोल्नेछन् तिम्रा अहितका

निन्दन्त: तव सामर्थ्यं –          निन्दागर्दै तिम्रो पुरुषार्थको

तत: दु:खतर नु किम् –            त्यो भन्दा बढी दु:खदायी के नै हुन्छ र !

तिम्रो विचार ज्ञानीजनको जस्तो आचरण गरेर शमथमा बस्ने होला । तर, तिम्रो कायरताको निन्दागर्दै जुन अवाच्य कुराहरू धेरैजनाले भन्ने छन्, त्यसबाट तिमी शमथमा पनि रहन सक्ने छैनौ । यो भन्दा दु:खदायी के होला ।

अवाच्य –                   हेपेर भनिएको, निन्दा, घृणा ।

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महिम् ।

तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चय: ।।३७।।

हतो वा प्राप्स्यसि स्वर्गम् –       मारिएमा प्राप्त हुन्छ स्वर्ग

जित्वा वा भोक्ष्यसे महिम् –       जितेमा भोगिन्छ पृथ्वी

तस्मात् उत्तिष्ठ कौन्तेय –        त्यसैले उठ, हे कुन्तिपुत्र !

युद्धाय कृत निश्चय –             युद्धगर्ने पक्का अभिसङ्कल्प गर ।

मारिएमा स्वर्गको सुखभोग र जितेमा पृथ्वीको भोग दुवैहातमा लड्डू छ । यसैले उठ । अभिसङ्कल्प गर ।

प्राप्स्यसि स्वर्गम् –      महाभारतको युद्धमा पश्चात सबैभन्दा पहिले स्वर्गमा पुग्ने दुर्योधन थिए । धर्मात्मा भनिएका पाण्डवहरूले केहि समयको लागि भएता पनि नर्कको वास गर्नु परेको थियो । तर, दुर्योधनले नर्क भोगेको देखिंदैन । युद्धधर्म अनुसार उसले युद्धमा ‘पीठ नदेखाई मरेको’ हुँदा सीधै स्वर्गमा रहन पाएको हो भनिन्छ । यसरी उसले बाँचुञ्जेल गरेको अधर्मको फल पनि भोग्नु नपर्ने हुनगएको थियो ।             

सुखदु:खे समे कृत्वा लाभालाभ जयाजयौ ।

ततो युद्धाय युज्यस्व नैवं पापमवाप्स्यसि ।।३८।।

सुख दु:खे समे कृत्वा –             सुख र दु:खमा समताभाव गरी

लाभ अलाभ जय अजयौ –        लाभ वा अलाभ जय वा अजय हरूमा

तत: युद्धाय युज्यस्व –           त्यसपछि युद्धमा लाग

न एवम् पापम् अवाप्स्यसि –    यसो गर्दा पाप लाग्ने छैन

चाहे सुख होस वा दु:ख चाहे लाभ होस् वा नहोस् जुनसुकै अवस्थामा पनि रागद्वेष नगर । समतामा बस । त्यसरी कर्म गर । यसरी कर्म गर्दा पाप लाग्दैन । किनकि त्यसबेला तिम्रो कुनै चाहना हुँदैन ।

लाभ-अलाभ –             लाभ भनेको गरेको प्रयास अनुरूप उपलब्धि हुनु, आफ्नो ईप्सित फल प्राप्त हुनु हो । लाभको अभाव अलाभ हो । अलाभले अप्राप्ति को साथै हानी नोक्सानी समेत जनाउँछ ।

जय–अजय –              जय भनेको जिन्नु हो । यसले दमन गर्नु, सफलता पाउनु, संयम गर्नु, अतिक्रमणगर्नु पनि जनाउँदछ । जयको अभाव अजय हो । अजयले ‘जय हुन नसक्ने’को अर्थ पनि जनाउँदछ । 

एषा तेऽभिहिता साङ्ख्ये बुद्धिर्योगे त्विमां श्रृणु ।

बुद्ध्या युक्तो यया पार्थ कर्मबन्धं प्रहास्यसि ।।३९।।

एषा ते अभि-हिता साङ्ख्ये –     यस्ता, तिम्रा लागि कल्याण हुने भनि बताएको, ज्ञानलाई           

बुद्धि: योगे तु इमां श्रृणु –        बुद्धि लगाई तिमि यो सुन     

बुद्ध्या युक्त: यया पार्थ –        बुद्धियुक्त भई, (त्यस अनुसार) चवली, [xiii], हे पार्थ

कर्मबन्धं प्रहास्यसि –              कर्मफलको बन्धन[xiv]लाई तोडने छौ

अनादिकाल देखि संकलित भैआएको हाम्रो परम्परागत ज्ञानलाई कपिलमुनिवाट संहिताबद्ध गरेको ‘साङ्ख्य’ अथवा विशलेषणात्मक ज्ञानको आधारमा गरि दिइएका निर्णयहरू म तिमिलाई बताउँछु । यो ज्ञानवाट तिमि कर्मको बन्धनवाट मुक्त हुनेछौ ।

साङ्ख्य –                   विश्लेषणात्मक ज्ञान । अक्षरार्थमा संख्याज्ञान । बाह्यार्थमा युद्ध । परमार्थमा वस्तुको पहिचानगर्ने विवेकज्ञान विषय । कपिलमुनि प्रतिपादित दर्शन ।

                                (कपिलवस्तु नगर कपिलमुनिको आशिर्वाद बमोजिम बसाइएको नगर हो । यसैले, भगवान बुद्धको ज्ञानदर्शन कपिलमुनिको दर्शनवाट ज्यादै प्रभावित भएको देखिन्छ ।)

बुद्ध्या –                    उपलब्ध विकल्पहरूलाई विश्लेषण गरी आफूलाई के श्रेयष् र प्रेयष् छ भनेर जान्ने विवेकज्ञान । यो बुद्ध हुन चाहिने गुण हो । बुद्ध्या भनेको त्यस्तो ‘बुद्धि’लाई internalize गरी, भनिए बमोजिम कार्य गर्नु हो ।

नेहाभिक्रमनाशोऽस्ति प्रत्यवायो न विद्यते

स्वल्पमप्यस्य धर्मस्य त्रायते महतो भयात् ।।४०।।

न इह अभिक्रम नाश: अस्ति –   न यसमा वीर्यताको नाश हुन्छ,

प्रत्यवायो न विद्यते –             उल्टा फल पनि हुँदैन

सु-अल्पम् अपि अस्य धर्मस्य – थोरै नै भएपनि यसको परिपालवाट

त्रायते महत: भयात् –              ठूला भयहरू वाट पार पाइन्छ ।

यस ज्ञानयोगमा लागेपछि कुनै विधिविधान अपुग वा त्रुटि भयो भनि डर मान्नु पर्दैन । न त यसलाई सर्वाङ्गमा समाप्त गर्नुपर्ने बाध्यता छ । न त यसको कुनै विपरीतफल नै हुन्छ । बरू यसको थोरैमात्रै नै भएपनि सेवन गर्दा ठूलठूला डर पनि डटेर जाने हुन्छ ।

अभिक्रम –                  आरम्भ, प्रारम्भ, व्यवसाय शुरुगर्ने, साहस, चेष्टा गर्ने ।

प्रत्यवायो –                 वायु भनेको गतिशीलता हो । प्रत्यवायु भनेको उल्टो दिशामा वायुले बहाएर लैजानु हो ।

स्वल्पम् –                  थोरैमात्रामा भएपनि सम्यक रूपमा अनुशील गर्नु ।              

व्यवसायात्मिका बुद्धरेकेह कुरुनन्दन ।

बहुशाखा ह्यनन्ताश्च बुद्धयोऽव्यवसायिनाम् ।।४१।।

व्यवसाय-आत्मिका बुद्धि: –    आफ्नो अभिसमयलाई कसरी यथार्थगर्ने[xv] भन्ने सोच              

एक: इह कुरुनन्दन –               यहाँ एउटैमात्र छ, हे कुरुनन्दन !     

बहुशाखा हि अनन्ता: च –         अनन्त संख्यामा भएका धेरै विकल्पहरू(मा लाग्ने त)

बुद्धय: अव्यवसायिनाम् –       व्यवसाय गर्न नजान्नेहरू हुन् भनि जान ।

professional mind भएका व्यक्तिको सोच एकाग्र हुन्छ । उसले नानाथरी विकल्पहरूलाई लिइराख्दैन । दशथरी विचारगर्नेवाला न हाँसको चाल न कुखुराको चाल जस्तो हुन्छ । नानाथरी विकल्पहरूको मूल्यांकन त संकल्प गर्नु अघि गर्ने प्रकृया हो, आफ्नो कर्तव्यको करार गरिसकेपछि होइन ।

व्यवसायात्मिका –       व्यवसाय गर्ने चेष्टप्रयास । अरू कसैले भन्दा कम खर्चगरी, अधिक से अधिक मूल्यको बस्तु उत्पाद गर्ने सीप । विशेषज्ञता ।  

यामिमां पुष्पितां वाचं प्रवदन्त्यविपश्चित: ।

वेदवादरता: पार्थ नान्यदस्तीति वादिन: ।।४२।।

याम् इमाम् पुष्पिताम् वाचम् –  जो फूलजस्तो भाषामा

प्रवदन्ति अविपश्चित: –           बोल्दछन्, नदेखेकाहरू     

वेदवाद रता: पार्थ –                 वेदका सिद्धान्तमामात्र अल्झिएका, हे पार्थ

न अन्यत् अस्ति इति वादिन: – यस भन्दा बाहेक [xvi]अरू केहि छैन भन्ने गर्दछन्

विद्वान भनाउँदाहरू आकर्षक भाषामा अलङ्कार छन्दआदि मिलाएर चित्तलाई आकर्षणगर्ने मनसायले वेदमा भनिएका धेरै कुराहरूका मर्म नबुझेर वा संयोजन गर्न नजानेर कुनै अंशको मात्र वर्णनगर्ने गर्दछन्। र त्यही आंशिक सत्यलाईमात्र समाती समष्ठिसत्य छैन भन्ने गर्दछन् । ज्ञान भनेको वाद वा विवाद होईन । यो पढनु, सुन्नु, देख्नु, वा बताउन सक्नु मात्र होईन, यो त त्यसमा उल्लेख गरेका विषयलाई बुझी  आफूमा प्रयोगगर्नु हो ।

दीर्घनिकायको ब्रह्मजालसूत्रमा ६२ ओटा दर्शनहरूको उल।लेख छ जसलाई भगवान बुद्धले अनावश्यक बताइएका छन् । यस्तो ‘ब्रह्मजालिक’ विषयमा छलफल या वादववाद गर्नु कुनै उपादेय छैन, यो बुद्धिबिलास मात्र हो भनेर भनेको छ । यसबारे भगवान बुद्धसंग प्रश्न गर्दा यसको जवाफ “मलाई थाहा छ, मलाई मात्र थाता छ, तर तिमिलाइ यसको आवश्यकता छैन किनि यसके तिमिलाई कतै पनि लग्दैन” भनेर भनेको छ । अझ भगवान बुद्धले “मैले भनेको भेर मात्।र नपत्याउन,   .. समेत भनेको छ ।

पुष्पिताम् –                 फुलबुट्टा भरेर । नानाभाँति कुरा गरेर । सुन्दर, कोमल, मनोहारी, सुगन्धित … । आलङ्कारिक । विषयलाई सीधै सम्बोधन नगरी अन्य तरीकाले व्याख्यान गर्ने ।

अविपश्चित: –             जसले भलिभाँति पूर्णरूपमा अवबोधन गरेको छैन । केहि थोरै मात्र जानेका । जसले तत्त्वकुराको दर्शन गरेको छैन, वास्तविक कुरा थाहा पाएकै छैन ।

वेद-वाद- रता –           वेदमा उल्लेखित सिद्धान्तहरूमा बुद्धिबिलास गर्नु ।

वेद अपौरुषिय हो । यसले अङ्ग-प्रत्यङ्गहरूमा समेत गरी सम्पूर्ण ज्ञानहरू समेटेको छ । तर, यो मूलत: आगमविद्या हो, यसको यजन गर्ने स्वर्गकामी हुन् । दक्षयज्ञको बेला नन्दीश्वरले “यसलाई पढेर ब्राह्मणहरूले नबुझोस्” श्राप दिइराखेकै हो । यसमा नानाविध अन्तर्विरोधि कुराहरू समावेश छन् । यो एक समुद्र जस्तो हो, जसको गर्भमा खोजेर नपाईने कुरा केहि छैन । यहाँ वेदलाई अक्षरार्थलिने, लौकिक अर्थमा प्रयुक्त गर्ने, गुह्यकुरालाई नबुझि बाह्य ज्ञान र आडम्बरमा रमाउने, सुखको साधन बनाउनेलाई मात्र लांछना गरिएको हो । यसैले यसबारे पान्डित्याईँ गर्नु उपादेय छैन । यसलाई अवबोधन अनुभूत गर्नु पर्दछ भन्ने आशयमा ।

नान्यद् अस्ति  –         अन्यत्र कतै छैन ।

अस्ति भनेको अस्तित्त्वमा आएको हो । यसलाई प्रकाशित भएको, उत्पन्न भएको वाट प्रकट भएको पनि भनिन्छ । न्यायदर्शन अनुसार आठओटा प्रमाणहरू भएमा अस्तित्त्व भएको मानिन्छ ।      

कामात्मान: स्वर्गपरा जन्मकर्मफलप्रदाम् ।

क्रियाविशेषबहुलां भोगैश्वर्यगतिं प्रति ।।४३।

कामात्मान: स्वर्गपरा –            कामचित्त भएका, स्वर्ग जान चाहने           

जन्मकर्मफल प्रदाम् –             जन्म र कर्म को फल दिने  

क्रिया विशेष बहुलाम् –             विशिष्ट प्रकारका चर्याकर्म धेरै गर्ने            

भोग ऐश्वर्य गतिम् प्रति –         इन्द्रिय सन्तुष्टि र भौतिक सम्पदाको चक्करमा घुम्छन् ।

कामचित्तवाट गरिएका कर्मले स्वर्गलोक भन्दा माथि लग्दैन । स्वर्गलोक पनि कामावचरभूमि नै हो । यो पूर्वजन्ममा गरेको कुशलकर्मको पुण्यफल विपाक हुने उच्चलोक हो । स्वर्गमा जस्तोसुकै मनोहारी भोग पाइएता पनि त्यो शाश्वत रहँदैन । पुण्यसम्भार सकिएपछि त्यहाँवाट पतित हुनै पर्दछ, तल्लो योनिमा जन्ममरणको चक्रमा झर्नै पर्दछ ।

कामात्मान –               sensuous realm । कामलोकका निवासी । पञ्चज्ञानेन्द्रियवाट सुख दु:ख अनुभूति गरिने भूमिहरू

बौद्धदर्शनमा ३१ ओटा लोकहरू छन्; जसमध्ये ११ओटा कामावचरभूमि, ..ओटा रूपावचरभूमि र ..ओटा अरूपावचर भूमिमा पर्दछन् । कामावचरभूमिमा नरक देखि माथि तल्लो स्वर्ग सम्मका ७ ओटा अनुकूल ४ ओटा अपाय लोकहरू पर्दछन् ।

स्वर्गपरा –                  स्वर्ग-परायण । स्वर्गमा रमाएर बस्न चाहने । निर्वाण, मोक्ष, सम्बोधिको कामना नगर्ने ।

रूपलोक –        ब्रह्मलोक पर्यन्तका देवलोकका १६ भूमिहरू ।

सूक्ष्मरूपमा अत्यन्तिक मानसिक सुख प्राप्त हुने । यसलोकको निवासीको दिव्य शरीर र प्रभास्वर हुन्छ । यसलोकको सवैबन्दा माथिल्लो स्तरको अकनिष्ठलोकमा पुगेपछि पुन: फर्किनु पर्दैन, यसकोलागि तेस्रोस्तरको ध्यानलाभ गरेको हुनुपर्दछ । रूपलोकको अधिकारीहुन कम्तिमा कुनै ध्यानस्तर लाभी भई केहि समयको लागि भएपनि घृणाद्वेष दबाएको हुनु पर्दछ ।

अरूपलोक –     रूपलोकवाट ध्यानगरी अरूपलोक पुग्ने । चार ध्यान । रूपलोक र अरूपलोक दुवैलाई स्वर्ग भनिन्छ । यसलोकमा भौतिक शरीर हुँदैन, चित्तमात्र हुन्छ । यसैले धर्मशिक्षा सुन्न सक्दैन । अरूपध्यान गरेकाले मात्र यस भूमिमा प्रवेश पाउँछ ।

जन्म-कर्म-फल –        कर्मफलको सिद्धान्त, हेतुप्रत्यय,  धर्मचक्र ।

क्रियाविशेष –              अनुष्ठान, निमित्त कर्म, कामना गरी त्यसको पूर्तिगर्ने कर्मकाण्ड । आडम्बर मिश्रित ।          

भोगैश्वर्यप्रसक्तानां तयापहृतचेतसाम् ।

व्यवसायात्मिका बुद्धि: समाधौ न विधीयते ।।४४।।

भोग ऐश्वर्य प्रसक्ता-नाम् –      भोग र ऐश्वर्यमा आसक्त भएकाहरू           

तया अपहृत चेतसाम् –            चित्त हरिएका त्यस्ता(कामात्मान)का

व्यवसायात्मिका बुद्धि: –        व्यवसायिकाबुद्धि (र)

समाधौ न विधीयते –               समाधि (दुवै) नै धारणागर्ने शक्ति हुँदैन । 

त्यस्ता इन्द्रियसुख र ऐश्वर्यसुखको चाहना राख्नेहरू जसको बुद्धि हरिएको छ, तीनिहरूमा व्यवसायात्मिक बुद्धि (professional mind) पनि हुँदैन, समाधीमा पनि रहँदैन ।

तया –                        कामात्मान चित्तवृत्ति भएका ।

त्रैगुण्यविषया वेदा निस्त्रैगुण्यो भवार्जुन ।

निर्द्वन्द्वो नित्यसत्त्वस्थो निर्योगक्षेम आत्मवान् ।।४५।।

त्रैगुण्य विषया वेदा: –              विषयहरू त्रिगुण[xvii]मय छ, त्यसलाई बोध गर                     

नि:त्रैगुण्यो भव अर्जुन –           ती त्रिगुणवाट रहित (निस्वभावको) होऊ          

निर्द्वन्द्व: नित्य सत्त्वस्थ: – निर्द्वन्द्व(अविकल्प)मा सदा सत्त्वस्थ(अचल) होऊ

निर्योग क्षेम आत्मवान् –          योगक्षेम[xviii]को नचाहने वाला होऊ

त्रैगुण्यविषया –            जे जति विषयवस्तुहरू छन् ती सबै त्रिगुणामयी छन् ।

त्रिगुणमयी –    यावत जगत सत्त्व, रजस, तमस् वाट भनिएको भन्ने धारणा ।

बौद्धधर्ममा जगत मामकी (पातिनी), लोचना (आकर्षणी), पाण्डरा (ज्वालिनी), तारा (गमनी?)वाट बनिएको भनिए जस्तै ।        

निस्त्रैगुण्यो –              निस्वभावको । वाह्य क्लेशमलको आवरणले छोपिएको विमलगरी चित्तलाई स्वभाकिकरूपमा प्रकाशित गर्नु ।

निर्द्वन्द्व –               यो वा त्यो भन्ने द्व्यतावाट मुक्त हनु; अद्वय हुनु । विकल्परहित हुनु ।

नित्यसत्त्वस्थ –           सदाकाल चैतन्य, स्मृतिसम्प्रजन्य हुनु । सत्त्वता – चेत्यता, चैतन्यता । 

यावानर्थ उदपाने सर्वत:सम्प्लुतोदके ।

तावान्सर्वेषु वेदेषु ब्राह्मणस्य विजानत: ।।४६।।

यावान् अर्थ उद-पाने –             जति प्रयोजन पानी प्यूने (परिमाण) संग हुन्छ,

सर्वत: सम्प्लुत: उदक:-           चारैतीर भरिएको विशाल जलाशयवाट पनि त्यतिनै हुने हो

तावान् सर्वेषु वेदेषु –                त्यसरी नै सम्पूर्ण वेदशास्त्रहरूवाट (जति प्रयोजन सिद्ध हुने हो)

ब्राह्मणस्य विजानत: –           ब्राह्मणले यो जान्दछ

जसरी पानी पीउने उद्देश्यको लागि जस्तो निर्मल र जति परिमाणमा भए पुग्छ, त्यसलाई समुद्रको सवै पानीको जरूरत पर्दैन । जसरी त्यसै गरी पानीलाई चिन्न पनि समुद्रको सवै पानीको निरीक्षण परीक्षण गरिरहन आवश्यक हुँदैन । त्यसरीनै वेदशास्त्रहरूमा वर्णित नानाविध असंख्येक विषयका कुराहरू सकल विषयमा पारंगत हुनु आवश्यक छैन । ‘ब्राह्मण’ले यो कुरा जान्दछ । वेदको मर्म’ब्रह्म’लाई अवबोध गरे ब्राह्मण बन्दछ ।

ब्राह्मण –                   ब्रह्मविद् इति ब्राह्मण । ब्रह्मलाई जानेका अर्थात् अनुभूति गरेका ब्राह्मण हुन् । किताब पढेर भट्याउन सक्ने लाई भनिएको होइन । ब्राह्मणादि चार जात पनि पेशागत हुन्, जन्मगत होइन । ब्रह्माको शरीरका अङ्गहरूवाट निस्केको भनेको प्रतीकमात्र हो । शोणदण्डसूत्रमा ब्राह्मण को हो भन्ने विषयमा भगवान बुद्धले सुन्दर व्याख्या गर्नु भएको छ । 

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन ।

मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।४७।।

कर्मणि एव अधिकार: ते –        कर्ममा तिम्रो अधिकार छ ।

मा फलेषु कदाचन –                फलमा कत्ति पनि छैन ।        

मा कर्मफल हेतु: भू: –              कर्मफलको हेतु नहोऊ ।

मा ते सङ्ग: अस्तु अकर्मणि –   कर्म नगर्नमा आसक्त नहोऊ ।

सत्त्वप्राणी कर्मगर्न सार्वभौम छ । उसले आफ्नो कर्मवाट महानता, ईश्वरता, निर्वाण वा सक्यक्सम्बुद्धता समेत प्राप्त गर्न सक्दछ । तर, उसले गरेका कर्मको फल ठ्याकै यस्तैहुन्छ भनि सकैले पूर्वनिश्चित गर्न सक्दैन । किनकि उसले पूर्वापूर्व जन्ममा गरेका अनन्तानन्त कर्महरूका कुन फल कहिले कसरी विपाक हुनछ ठोकेर भन्न सकिंदैन । ज्ञानको स्तर बढदै जाँदा आफ्नो भूतकालमा गरेका कर्म वा भविष्यतका गरिने कर्मको बारेमा अनुमानगर्न सकेपनि यथाभूतरूपमा देख्न सम्यक्सम्बुद्ध बाहेक अरूले सक्दैन ।

कर्मण्याधिकार-           षड्योनिहरूमा मनुष्ययोनिमा मात्र आफू खुशी चेष्टकर्म गर्न सकिन्छ । अन्य योनिहरूमा कर्मको अधिकार रहँदैन ।  देव र असुर योनिहरूमा आफ्नो पुण्यसंभार समाप्त हुँदै गएको देखेर अब मेरो खस्ने बेला भयो भन्ने जान्दाजान्दै पनि त्यसलाई रोक्ने कुनै कार्य सक्दैन । तिर्यकयोनिमा जीवन भन्नु नै मार्ने र मरिने भयको अवस्थामा सदाकाल रहनुपर्ने भएकोले चेष्ट सहित कर्म गर्न असमर्थ हुने हुन्छ । प्रेतयोनि त मूर्छाको अवस्था हो । र, नरक योनि भनेको अकुशलकर्मको विपाक भैरहेको अवस्था हो

मा फलेषु कदाचन –      काम्यकर्मको फल अवश्य प्राप्त हुन्छ । तर, त्यो, कुन बेला, कुन अवस्थामा, कति घटी वा बढी परिमाणमा विपाक भैआउँछ, त्यो कसैले भन्न सक्दैन । अनन्तानन्त जन्महरूमा गरिएका अनन्तान्त कुशल-अकुशल कर्महरू मध्ये कुन कर्मको फल कहिले विपाक भै प्रस्फुट हुनछ, त्यो कसैले भन्न सक्दैन ।

कर्मफलहेतुभू –            कर्म हेतु हो, फल प्रत्यय हो । कर्मफल हेतुभूत होईन । प्रत्ययलाई पूर्वनिश्चित गर्न सकिंदैन ।  कर्मको फल अवश्य हुन्छ, तर कांक्षा नराखेको फल भोग्न पर्दैन । बौद्धधर्ममा कुनै पनि कुशलकर्म गरिएमा त्यसको फल तुरुन्तै परिणामना गर्नु पर्ने गरिएको पनि यसैले हो ।

अकर्म –                     चेष्टापूर्वक कर्त्तव्यकर्मको त्याग गर्ने । गर्नुपर्ने भन्दा बेग्लै कर्म ‘अन्यथाकर्म’, गर्नुपर्ने जति चेष्टा नगरी कार्य सम्पन्न नहोस भन्ने मनसायगरी गरिने ‘अपकर्म’ लाई पनि अकर्म भनिन्छ ।  यी अकर्महरूगर्न पनि वित्तले चेष्टा गर्नुपर्ने भएकोले वास्तवमा कर्मवाट पलाय’को अर्थमा प्रयुक्त गर्नुभएको हो । अकर्मको शुद्धरूप त नैष्कर्म्य हो, अर्थात् चित्तमा राग द्वेष आदिको आवरण बेगर मैत्रीकरूणावाट गरिएको कर्म हो ।    

योगस्थ: कुरु कर्माणि सङ्गं त्यक्त्वा धनञ्जय ।

सिद्ध्यसिद्ध्यो: समो भूत्वा समत्वं योग उच्यते ।।४८।।

योगस्थ: कुरु कर्माणि –            योग स्थित भई कर्म गर      

सङ्गम् त्यक्त्वा धनञ्जय –      (प्रत्ययको) आसक्ति त्यागेर, हे धनञ्जय !

सिद्धि असिद्धि य: सम: भूत्वा –        गरेको कर्मको उद्देश्य पूरा भएपनि नभएपनि सम भई बस

समत्वम् योग उच्यते –            (त्यसलाई) समत्व योग भन्दछ ।

योग –                        योगमा बस्नु भनेको सास रोक्नु, हातखुट्टा बाँध्नु आदि बाह्य अङ्गहरूलाई भनिएको होइन । यीत सहयोगी प्रकृया हुन् ।योग भनेको चित्तवृत्तिको निरोध हो । चित्तलाई कुनै आलम्बन (विषय)माअडकाउनु हो । यहाँ चित्तलाई समता अर्थात् सवैकुरामा भेदभाव वा पक्षपात नगरी आफ्नो प्रतिकृया नदिई ‘याद’मा बस भनिएको हो ।

हिन्दूदर्शन –     ईश्वरको यादमा बसी कर्म गर । कर्मफलमा आसक्ति नराख । यहाँ समतायोगको अर्थमा प्रयुक्त ।

बौद्धदर्शन –    त्यस कर्मको पारमार्थिक मतलब बोधगरी कर्म गर ।

दूरेण ह्यवरं कर्म बुद्धियोगाद्धनञ्जय ।

बुद्धौ शरणमन्विच्छ कृपणा: फलहेतव: ।।४९।।

दूरेण हि अ-वरम् कर्म –           टाढैहोऊ अ-वरणीय कर्मवाट          

बुद्धि योगात् धनञ्जय –         बुद्धिपूर्वक, हे धनञ्जय !

बुद्धौ शरणम् अन्विच्छ –        बोधिज्ञानको आश्रय लेऊ

कृपणा: फल हेतव: –                फलको आशगर्ने त दरिद्र हुन् ।

कर्मगर्दा चाहना अर्थात् रागद्वेषादि भावसाथ गरिने होइन, फलको आशा राखि गर्नु त दारिद्र्य हो, मगन्ते चरित्र हो । मगन्तेहरू दाता भन्दा जहिले पनि तल पर्ने हुन्छ ।  समताभावसाथ गर्नु पर्दछ । दास्यभावमा भन्दा वीरभाव उच्च हो । वीरभावमा आफै ईश्वर वा सम्यकसम्बुद्धता हुने भाव हो । यसको लागि आफ्नो बुद्धिको प्रयोग गरी बोधिज्ञानको आश्रय लिनु पर्दछ । बोधिज्ञानको एक आवश्यकता समता भाव हो ।    

अवर –                       यो वरणीय होईन, जो ग्रहणीय छैन । निकृष्टकर्म । यहाँ फलको आशा लिई गरिएको कर्मको अर्थमा प्रयुक्त ।

बुद्धौ शरणम् –           बुद्धको शरण । बुद्ध भनेको बुद्धि हो, प्रबिद्धता हो, सम्यकसम्बुद्धता हो ।

बुद्धियुक्तो जहातीह उभे सुकृतदुष्कृते ।

तस्माद्योगाय युज्यस्व योग: कर्मसु कौशलम् ।।५०।।

बुद्धि युक्त: जहाति इह –        बुद्धि युक्त भएमा (बुद्धिलाई पनि) यसै (जन्ममा) त्याग्दछ          

उभे सुकृत दुष्कृते –                 कुशलकर्म र अकुशलकर्म दुवै

तस्मात् योगाय युज्यस्व –       त्यसैले समतायोगमा जुडेर

योग: कर्मसु कौशलम् –            बोधिज्ञान बमोजिम गरिएका कर्म उपायकौशल्य[xix] हुनजान्छ

बुद्धि भनेको चित्तले आफ्नो हितमा गरेको निर्णय हो । यो व्यक्ति (निर्णयकर्ता)को पूर्वसंचित संस्कार र उसको उद्देश्यमा भर पर्दछ । जब उसको उद्देश्य राग या द्वेषवाट प्रभावित भएको हुनजान्छ, उसको बुद्धिले त्यसै बमोजिम निर्णय गर्दछ । जब उसमताको भावमा रहन्छ, उसको आफ्नो वा पराया भन्ने रहँदैन, उसले पक्षपात गर्दैन, उसको दृष्टि विमल र प्रभास्वर भएको हुन्छ । त्यसबेला उसको’बुद्धि’ले गरेको निर्णय बोधिज्ञानमा आधारित भएको हुन्छ । उसको प्रत्येक कर्म श्रेयष् प्राप्तिका कुशलकर्म हुनजान्छ ।

जहाति –                    जेलाई आधार मानिएको छ त्यसैलाई पनि त्याग्नु ।

योगवाशिष्ठमा ब्रह्मज्ञान प्राप्तिको अन्तिम अवस्था पुगेपछि जुन ज्ञानलाई सिंढी बनाई आएको हो, त्यसैलाई लात्तीले हानी त्यागेपछि मात्र ब्रह्मज्ञानको अधिकारी भईन्छ

सुकृत-दुष्कृत –           सुकार्य –          कुशलकर्म, जसवाट आफ्नो र अरू सवैको कल्याण हुन्छ । यसको विपरीत  दुष्कार्य – अकुशलकर्म । यीनिहरूका दशओटा भेद छन् १.प्राणातिपात:, २.अदत्तादानम्, ३.कामनिथ्याचार:, ४.मृषावाद:, ५.पैशुन्यम्, ६.पारुष्यम्, ७.संभिन्नप्रलाप:, ८.अभिद्या, ९.व्यापाद, १०.मिथ्यादृष्टि ।

कौशल –                     उपायकौशल्यता – बोधिज्ञानलाई कुशलतापूर्वक कर्मरूपमा कसरी उतार्ने भन्ने ।

कर्मजं बुद्धियुक्ता हि फलं त्यक्त्वा मनीषिण: ।

जन्मबन्धविनिर्मुक्ता: पदं गच्छन्त्यनामयम् ।।५१।।

कर्मजम् बुद्धियुक्ता:हि –                   कर्मको हेतुले उत्पन्न हुने, बोधिज्ञानले (विश्लेषण गरी)              

फलम् त्यक्त्वा मनीषिण: – प्रत्ययफललाई त्यागेर मनीषिहरू  

जन्म बन्ध विनिर्मुक्ता: –                   जन्मको बन्धनवाट मुक्त भै

पदम् गच्छन्ति अन् आमयम् – निर्वाण[xx]पदको पदमा पुग्दछन्

बोधिज्ञानप्राप्त मनीषीहरूले हेतुप्रत्ययसम्बन्धज्ञान वाट कर्म र त्यसको फल केकस्तो हुने हो भन्ने बारेमा (धेरै हदसम्म) जानिसकेका हुन्छन् । तापनि त्यस फलमा कुनै पनि आकांक्षा नराखी गर्नुपर्ने कर्म गरिरहि ती मनीषीहरू जन्ममृत्युको बन्धनवाट छुटकाराभई निर्वाणको अवस्थामा प्राप्त हुन्छन् ।

यदा ते मोहकलिलं बुद्धिर्व्यतितरिष्यति ।

तदा गन्तासि निर्वेदं श्रोतव्यस्य श्रुतस्य च ।।५२।।

यदा ते मोह कलिलम् –            जब तिम्रो, मोहको क्लेशवाट        

बुद्धि: व्यतित: इष्यति –         बुद्धि, छुटेको हुनेछ

तदा गन्तासि निर्वेदम् –           त्यस बखत निर्विकल्प अवस्थामा पुग्नेछौ

श्रोतव्यस्य श्रुत[xxi]स्य च –         प्राप्तगरेका ज्ञान र प्राप्त गर्नबाकी ज्ञान केहि (रहने छैन)

चित्तमा क्लेशमल नभएको अवस्थामा गरिने निर्णय शुद्ध र समताभावमा रहन्छ । मोहरूपी मलिनतावाट पार पाइसकेपछि ‘आत्मविवेकजन्य बुद्धि’ हुन्छ ।

विकल्पहीन शून्यताको अवस्थामा रहनु बौद्धदर्शनको सर्वोच्च लक्ष हो । यस अवस्थालाई ‘तथता’, ‘निर्विकल्पता’, ‘सम्यक्सम्बुद्धता’, ‘ब्रह्मज्ञान’, .. आदि इत्यादि विभिन्न नामविशेषणहरू दिइएको छ । यस अवस्थामा त्यसबेलासम्म प्राप्त गरेका र तत्पश्चात प्राप्तगर्नुपर्ने केहि बाकी रहँदैन ।

निर्वेद –

श्रुतिविप्रतिपन्ना ते यदा स्थास्यति निश्चला ।

समाधावचला बुद्धिस्तदा योगमवाप्स्यसि ।।५३।।

श्रुति वि-प्रति-पन्ना ते –          (ती नानाविध) श्रुतिशास्त्र[xxii]वाट विक्षिप्त भएको तिम्रो                        

यदा स्थास्यति निश्चला –        जब स्थीर[xxiii] र निश्चल हुनेछ

समाधौ अचला बुद्धि: –           अचला[xxiv]भूमिमा बुद्धिले समाधान पाउनेछ

तदा योगम् अवाप्स्यसि –         तब बोधिज्ञान[xxv] प्राप्त हुनेछ

वेदादि श्रुतिशास्त्रहरूवाट अलमलिई विक्षिप्त बनेको तिम्रो चित्त जब स्थिर र अचल हुनेछ तिमि अचलाभूमि पुग्नेछौ तव योगमा स्थीत भएको हुनेछ । (त्यस भन्दा अघि प्राप्त ‘योग’ त क्षणिकमात्र हुन् ।)

अर्जुन उवाच-

स्थितप्रज्ञस्य का भाषा समाधिस्थस्य केशव ।

स्थितधी: किं प्रभाषेत किमासीत व्रजेत किम् ।।५४।।

अर्जुनले भने –

स्थित प्रज्ञस्य का भाषा –         स्थितप्रज्ञलाई कसरी चिनाउने[xxvi] हो 

समाधिस्थस्य केशव –             समाधीमा रहेको लाई

स्थितधी: किं प्रभाषेत –           स्थीरबुद्धिवाला कसरी आफूलाई व्यक्त गर्दछ

किम् आसीत व्रजेत किम् –       कसरी  व्रज्या[xxvii] गरेको हुन्छ

व्रज –                         प्र-व्रज्ज्या । विनयपालन ।

स्थितप्रज्ञ, जो समतामा समाधिमा वा योगमा रहेको हुन्छ, त्यसले आफूलाई कसरी प्राकट्य गर्दछ । उसको रूप, आकृति, मुद्रा, अलंकार पोशाक, व्यवहार कस्तो हुन्छ, कसरी के बोल्दछ गुणचरित् कस्तो हुन्छ । उसले दे धराण गरको हुन्छ के के छोडेको हुन्छ । अर्तात् उसलाई कसरी चिन्ने हो । 

प्रजहाति यदा कामान्सर्वान्पार्थ मनोगतान् ।

आत्मन्येवात्मना तुष्ट: स्थितप्रज्ञस्तदोच्यते ।।५५।।

प्रजहाति यदा कामान् –            जब कामनाको त्याग हुन्छ

सर्वान् पार्थ मनोगतान् –          मनमा रहने सवै, हे पार्थ

आत्मनि एव आत्मना तुष्ट: –   आफ्नो स्वभावमा[xxviii] आफै तुष्टहुन्छ

स्थितप्रज्ञ: तत् उच्यते –           त्यसलाई स्थितप्रज्ञ भनिन्छ 

जसको ‘मनमा कुनै कामना रहँदैन र जो आफ्नो स्वभावमा सन्तुष्ट रहन्छ, त्यो स्थिप्रज्ञ हो ।

दु:खेष्वनुद्विग्नमना: सुखेषु विगतस्पृह: ।

वीतरागभयक्रोध: स्थितधीर्मुनिरुच्यते ।।५६।।

दु:खेषु अन् उद्विग्न मना: –     दु:खमा मन खिन्न नपारी  

सुखेषु विगत स्पृह: –               सुखमा राग नराखी

वीत राग भय क्रोध: –              राग, भय र क्रोध रहित भएकालाई

स्थित धी: मुनि: उच्यते –         स्थीतधी मुनि भनिन्छ

य: सर्वत्रानभिस्नेहस्तत्तत्प्राप्य शुभाशुभम् ।

नाभिनन्दति न द्वेष्टि तस्य प्रज्ञा प्रतिष्ठिता ।।५७।।

य: सर्वत्र अनभिस्नेह: –            जो जतासुकै स्नेनवाट रहित भैसकेको छ          

तत् तत् प्राप्य शुभ अशुभम् –    ति ति वस्तुसहरू कुशल अकुशल प्राप्त भएर

न अभिनन्दति न द्वेष्टि –       न अभीनन्सन गर्दछ न द्वेष नै राखदछ

तस्य प्रज्ञा प्रतिष्ठिता –            त्यसको प्रज्ञा प्रतिष्ठित भएको हुन्छ

यदा संहरते चायं कूर्मोऽङ्गानीव सर्वश: ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।५८।।

यदा संहरते च अयं –               जब यो सवै भित्र खिंच्दछ         

कूर्मो: अङ्गान् इव सर्वश: –       कछुवाले आफ्ना सवै अङ्गहरू जस्तै

इन्द्रियाणि इन्द्रियार्थेभ्य: –       इन्द्रियलाई इन्द्रियहरूमा

तस्य प्रज्ञा प्रतिष्ठिता –            त्यसको प्रज्ञा स्थीर भएको हुन्छ

विषया विनिवर्तन्ते निराहारस्य देहिन: ।

रसवर्जं रसोऽप्यस्य परं दृष्ट्वा निवर्तते ।।५९।

विषया विनिवर्तन्ते –               श्रोत्रादि पञ्च विषयहरू भोगेर बलपूर्वक त्यागी

निराहारस्य देहिन: –               चित्त[xxix]ले ग्रहण नगरी

रस वर्जम् रस:अपि अस्य –       रागतृष्णालाई छोडी, यसको तृष्णा   

परं दृष्ट्वा निवर्तते –               परम् (निस्वभावता)मा छ भनि जानी त्यसमा स्थित भई रहन्छ

यततो ह्यपि कौन्तेय पुरुषस्य विपश्चित: ।

इन्द्रियाणि प्रमाथीनि हरन्ति प्रसभं मन: ।।६०।।

यतत: हि अपि कौन्तेय –         यत्नपूर्वक[xxx] चर्या गर्दैरहँदापनि

पुरुषस्य विपश्चित: –              पुरुषले जानिबुझी           

इन्द्रियाणि प्रमाथीनि –            इन्द्रियहरूले खल्बल्याई[xxxi]

हरन्ति प्रसभं मन: –                बलपूर्वक मनलाई हरेर लग्दछ

तानि सर्वाणि संयम्य युक्त आसीत मत्पर: ।

वशे हि यस्येन्द्रियाणि तस्य प्रज्ञाप्रतिष्ठिता ।।६१।।

तानि सर्वाणि संयम्य –            ती सवै (पाँचै) इन्द्रियहरूलाई संयमगरी        

युक्त आसीत मत्पर: –            म[xxxii] मा लगाऊ

वशे हि यस्य इन्द्रियाणि –        जसले इन्द्रियहरूलाई वशमा राख्दछ 

तस्य प्रज्ञा प्रतिष्ठिता –            त्यसको प्रज्ञा (बोधिज्ञानमा) स्थीर भएको हुन्छ ।

ध्यायतो विषयान्पुंस: सङ्गस्तेषूपजायते ।

सङ्गात्सञ्जायते काम: कामात्क्रोधोऽभिजायते ।।६२।।

ध्यायत: विषयान् पुंस: –          यि (पञ्च)विषयहरूमा तण्हाराख्दा (ति विषयहरूनै) झन पुष्ट[xxxiii] हुन्छन्

सङ्ग: तेषु उपजायते –             तिनिहरूका आसक्तिराख्दा ति झन बृद्धि [xxxiv]हुन्छन्

सङ्गात् सञ्जायते काम: –       आसक्तिराख्दा कामना[xxxv] प्राप्त हुन्छ

कामात् क्रोध: अभि-जायते –     कामनाको कारणले क्रोध[xxxvi] उत्पन्न हुन्छ

क्रोधाद्भभवति सम्मोह: सम्मोहात्स्मृतिविभ्रम: ।

स्मृतिभ्रंशाद् बुद्धिनाशो बुद्धिनासात्प्रणश्यति ।।६२।।

क्रोधात् भवति सम्मोह: –         क्रोधवाट सम्मोह[xxxvii] हुन्छ   

सम्मोहात् स्मृति विभ्रम: –       सम्मोहनले स्मरणशक्ति भ्रमित हुन्छ   

स्मृति भ्रंशाद् बुद्धि नाश: –      स्मृति भ्रंश भएवाट बुद्धिनाश [xxxviii]हुन्छ

बुद्धि नाशात् प्रणश्यति[xxxix] –    बुद्धिनाश भएवाट उसको पतन हुन्छ

रागद्वेषवियुक्तैस्तु विषयानिन्द्रियैश्चरन् ।

आत्मवश्यैर्विधेयात्मा प्रसादमधिगच्छति ।।६४।।

राग द्वेष वियुक्त: तु –            रागद्वेष नभएकाहरू त       

विषयान् इन्द्रिय: चरन् –          विषयहरूमा इन्द्रियलाई लगाउँदै

आत्म-वश्यै: विधेय आत्मा –    आफ्नो वशमा राखि बोधिपुरुष भएर

प्रसादम् अधि-गच्छति –          आफ्नो लक्षमा पुगेका हुन्छन् 

प्रसादे सर्वदु:खानां हानिरस्योपजायते ।

प्रसन्नचेतसो ह्याशु बुद्धि: पर्यवतिष्ठते ।।६५।।

प्रसादे सर्व दु:खानाम् –             बोधिज्ञान प्राप्त भएमा सवैप्रकारका दुखक्लेशहरू

हानि: अस्य: उपजायते –          प्रहीन भएको हुन्छ

प्रसन्न चेतस: हि आशु –          चित्त प्रसन्न भएको हुन्छ

बुद्धि: परि अवतिष्ठते –          सम्यरूपमा स्थीर हुन्छ 

नास्ति बुद्धिरयुक्तस्य न चायुक्तस्य भावना ।

न चाभावयत: शान्तिरशान्तस्य कुत: सुखम् ।।६६।।

न अस्ति बुद्धि: अयुक्तस्य –   त्यसरी (स्थीतप्रज्ञामा)युक्त नभएकाको बुद्धि हुँदैन   

न च अयुक्तस्य भावना –         न त त्यस्ता अयुक्तहरूका भावना नै हुन्छ

न च अभावयत: शान्ति: –        न त त्यस्त् अयुक्तहरूलाई शान्ति हुन्छ

अशान्तस्य कुत: सुखम्           अशान्त भएकाले कहाँ सुख पाउँछ

इन्द्रियाणां हि चरतां यन्मनोऽनुविधीयते ।

तदस्य हरति प्रज्ञां वायुर्नावमिवाम्भसि ।।६७।।

इन्द्रियाणाम् हि चरताम् –        चरिरहेका इन्द्रियहरूमा   

यत् मन: अनु-विध् इयते –       जसमा मन पछि लागेको हुन्छ

तदस्य हरति प्रज्ञां –                त्यसको प्रज्ञा हरिएको हुन्छ

वायु: नावम् इव अम्भ् असि –    वायुले डुङ्गालाई पानीमा (बहाएको) जस्तो

तस्माद्यस्य महाबाहो निगृहीतानि सर्वश: ।

इन्द्रियाणीन्द्रियार्थेभ्यस्तस्य प्रज्ञा प्रतिष्ठिता ।।६८।।

तस्मात् यस्य महाबाहो –         त्यसैले हे महाबाहु, जसको

निगृहीतानि सर्वश: –               सम्यकरूपमा वशमा गरि सकिएको छ

इन्द्रियाणि इन्द्रिय अर्थेभ्य: –    कान, नाख आदि इन्द्रियहरूका इन्द्रियकर्मलाई

तस्य प्रज्ञा प्रतिष्ठिता –            त्यसको प्रज्ञाज्ञान स्थीर भएको हुन्छ

इन्द्रियार्थ –                 इन्द्रियकर्मको अर्थमा । ‘इन्द्रियहरूका कर्म’ बुझनको लागि यस सङ्ग सम्बन्धित ‘इन्द्रिय’, ‘विषय’, ‘आयतन’, ‘धातु’, ‘तन्तु’, आदि बारेमा बुझनु पर्दछ ।

१. इन्द्रिय – पञ्चज्ञानेन्द्रिय, पञ्चकर्मेन्द्रिय । ती अङ्गहरू जसद्वारा कुनै मानसिक वा भौतिक कार्य सम्पन्न हुन्छ । यीनिहरू यस यावत् सृष्टिको अधिकारी वा अधिपति ‘देवता’हरू हुन्, जसको हाकीम शक्र (देवराज इन्द्र) हुन् । कुनैपनि सूक्ष्म वा बाह्यकार्यका मूलकर्ता यसैले इन्द्र भनिएका हुन् । यसरी शरीरका अङ्गप्रत्यङ्ग जसले केहि कार्य गर्दछ त्यसको संचालक हो इन्द्र हो । र जुन अङ्ग वा माध्यम सम्पादित हुन्छ त्यो इन्द्रिय हो । यसैले इन्द्रियार्थ भनेको ‘इन्द्रियका स्वाभाविक’कर्मको संचालन हो भनि भन्न सकिन्छ ।

२.धातु –     जगतसंसार पाँचओटा धातु वा महाभूत वा तत्त्वले बनेको छन्; पृथ्वी, जल, तेज, वायु र आकाश । ति वस्तुहरू मात्र भौतिक प्रतीकहरू हुन् । यिनिहरूका गुणस्वभाव आकर्षिणी, पातिनी, ज्वालिनी, वाहिनी, … हुन् ।  शब्दको अन्तिममा जोडिएको ‘धातु’शव्द बौद्धदर्शनको विशिष्टता हो; यसले त्यो वस्तु अनित्य छ भनेर पनि जनाउँदछ । ‘धातु’शव्दले हिन्दूदर्शनको तत्वलाई धेरै हदसम्म समानता राख्दछ ।

३. विषय –  यी मूलत्त्व वा धातुहरूलाई चित्तले अनुभूति गर्ने माध्यम ‘रूप’, ‘रस’, ‘..’, .. .. हुन् । यिनिहरू गुण हुन् ।

४.आयतन –     यी विषयहरूका सम्पर्क आउने, स्पर्शगर्ने शरीरका अङ्गहरू जस्तै कान, नाख, आँखा, जिभ्रो र छाला । यीनिहरू तत्तत् प्रणालीयन्त्रका बाह्य भौतिकीय अङ्ग हुन् । यो वैज्ञानिक भाषामा प्रयुक्त हुने dimension होइन । 

५. तन्तु –   बाह्यार्थ वा भौतिकीय रूपमा नाडीप्रणाली वा nervous system । सूक्ष्मरूपमा भन्नुपर्दा software भन्न सकिने । यसले आयतनको स्पर्शमा आएको विषयलाई चित्तसंग सम्पर्क गरिदिन्छ ।

६. इन्द्र –    यस सम्पूर्ण संचालन प्रणालीलाई इन्द्र भनिने, हिन्दूदर्शन अनुसार ‘संचालक’ वा ‘राजा’ ।

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।

यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुने: ।।६९।।

या निशा सर्व भूतानाम् –                     सकल भूतभौतिकीको लागि जुन अन्धकारता हो       

तस्याम् जागर्ति संयमी –                    त्यसबेला संयमी जागा भै बसेको हुन्छ

यस्याम् जाग्रति भूतानि –                   जसमा प्राणीवर्ग जागा रहन्छ

सा निशा पश्यतो मुने: –                      त्यसलाई मुनीहरूले अन्धकारता देख्दछ 

जुनबेला सत्त्वप्राणीहरू रागद्वेषादिले आवरणित भएर कर्म गरेको हुन्छ, त्यस बेला त्यसकुरालाई संयमशीलले सम्यकरूपमा स्मृतिमा राखि आफ्नो चर्याकर्म गरिरहेको हुन्छ । र जुनबेला सामान्यजनहरू आफूलाई सुखको कामनागरी प्रयास गरेको हुन्छ, त्यसले निर्वाणमा पुराउदैन भन्ने कुरा संयमीले बुझेको हुन्छ ।

जीब अथवा चित्तको चार अवस्था हुन्छन्; जाग्रत, स्वप्न, सुषुप्त, तुरीय ।

१. जाग्रत –      ज्ञानसहित गरेको जाग्रत अवस्था हो ।

२. स्वप्न –       अविद्यावस्था स्वप्न हो ।

३. सुषुप्त –      चित्त बाह्यसंसारलाई छोडी आफूमैं रमाएर बसेको सुषुप्तावस्था हो । र,

४. तुरीय –        योग समाधीमा स्थीर भैबसेको अवस्था तुरीयता हो ।

निशा –                      बाह्यरूपमा सूर्य अस्ताएपछि पुन उदय नभएसम्मको बेला ।

पारमार्थिकरूपमा chaos । अज्ञान, अविद्या, अविवेक । तामसी गुण प्रबल भएको बेला ।

संयमी –                     जितेन्द्रिय । जसको चित्त चंचल छैन; नियन्त्रित र निरुद्ध छ । जो सतिपठ्ठानमा रहेको छ । जसले पारमार्थिक तत्त्वको बोध गरेको छ । जो समत्वयोग मा छ ।

रातदिन –                   बाह्यरूपमा उज्यालो नभएको बेला र भएको बेला ।

गूढ अर्थमा जुन बेला तत्वको अवबोधन भएको छ त्यो दिन हो, अविद्याले छोपेको अवस्था रात हो । तन्त्रमा कुण्डलिनी शक्ति ऊर्ध्ववाहिनी हुनु दिन हो अधोवाहिनी हुनु रात हो । उन्नति दिन हो, अवनति रात हो । बृद्धि बिवुद्धता दिन हो क्षय संकुचन रात हो । शुक्लपक्ष दिन, कृष्णपक्ष रात हो ।

यस्याम् –                   मायाजालरूपी अविद्याको वशमा परेको अवस्था ।

चित्त सुषुप्तिमा रहेको बेलामा पनि स्वप्नद्रष्टले जाग्त भएको व्यवहार गरेको ।     

आपूर्यमाणमचलप्रतिष्ठं समुद्रमाप: प्रविशन्ति यद्वत् ।

तद्वत्कामा यं प्रविशन्ति सर्वे स शान्तिमाप्नोति न कामकामी ।।७०।।

आ-पूर्यम् आणम् अचल प्रतिष्ठम् –      सँधै सम्यकरूपमा अवल स्थीर भई     

समुद्रम् आप: प्रविशन्ति यद् वत् –        पानी समुद्रमा पुगेपछि जसरी

तत् वत् कामा यं प्र-विशन्ति सर्वे –       त्यसरी नै जसले कामरागहरू प्रवेश गराउँछ

स शान्तिम् आप्नोति न कामकामी –     उ शान्तिलाभ गर्दछ, कामराग भएकाले पाउँदैन 

विहाय कामान्य: सर्वान्पुमांश्चरति नि:स्पृह: ।

निर्ममो निरहङ्कार: स शान्तिमधिगच्छति ।।७१।।

विहाय कामान् य: सर्वान् –                  सवै कामरागहरूलाई उत्क्रमण (त्याग) गरे

पुमान्: चरति नि:स्पृह: –                    रागरहित भएर जब सत्त्वप्राणी चर्या गर्दछ

नि:नम: नि:हङ्कार: –                        तेरोमेरो भाव नगरी अहङ्कार नलिई

स शान्तिम् अधिगच्छति –                  त्यो शान्तिमा पुग्दछ (प्राप्त गर्दछ)

कामान्य सर्वान् –                   कामराग जनित कर्मका फल भोग सवै । बर्तमानमा गर्दै गरिएका, अब गरिने र अनन्त पूर्वापर योनिमा गरिएका कर्मफलहरूका विपाक हुन बाकी संचित फल कुनै पनि बिपाक न हुनेगरी निर्बीज भष्मक्षय गरेको भन्ने अर्थमा ।

पुमान् –                                अब उसलाई कुनै क्लेशमलले अपवित्र गर्न सक्दैन, बरू उसको सम्पर्कमा आएकाको क्लेशमल पनि निर्बीज भष्म गरी पवित्र गराउँदछ भन्ने अर्थमा ।

निर्मम –                               आफ्नो वा म’मेरो’ भन्ने रहित भएको । सबैलाइ समतामा व्यवहार गर्ने ।   

एषा ब्राह्मी स्थिति: पार्थ नैनां प्राप्य विमुह्यति ।

स्थित्वास्यामन्तकालेऽपि ब्रह्मनिर्वाणमृच्छति ।।७२।।

एषा ब्राह्मी स्थिति: पार्थ –                  यस्तो ब्राह्मी स्थिति, हे पार्थ !

न एनाम् प्राप्य विमुह्यति –                 प्राप्त भएपछि, मोहित हुँदैन

स्थित्वा अस्याम् अन्त:काले अपि –      स्थीर भई बसेर अन्त्यकालमा

ब्रह्म निर्वाणम् ऋच्छति –                   ब्रह्मनिर्वाण लाभ गर्दछ

यस्तो ब्राह्मी स्थितिमा चित्तप्राप्त भएपछि, (तत्पश्चात) मोहित हुँदैन । त्यस स्थितमा पुगे पछि मोहले छुँदैन, अर्थात् त्यस स्थितिमा एकपल्ट पुगेपछी तल झर्नुपला बन्ने सम्भावना नै हुँदैन । । त्यसरी ब्राह्मी स्थितिमा च्युतिकालसम्म बसी, देहको च्यूति भएपश्चात ब्रह्मनिर्वाणमा प्राप्त गर्दछ ।

ब्राह्मीस्थिति –           

ब्रह्मनिर्वाण –             ब्रह्म भनेको शून्यता र संवृत्ति दुबैमा स्थित अवस्था हो । निराकार र साकार को सन्धी हो । यसै शरीर धारण गरेसम्म चतुर्ब्रह्मविहारको चर्या गरी शरीरको च्यूति पछि अप्रतिष्ठित निर्वाणमा रहन्छ भनिएको हो ।  

इति श्रीमहाभारते शतसाहस्र्यां संहितायां वैयासिक्यां भीष्मपर्वणि श्रीमद्भगवद्गीतासूपनिषत्सु ब्रह्मविद्यायां योगशास्त्रे श्रीकृष्णार्जुनसंवादेऽर्जुनविषादयोगो नाम प्रथमोऽध्याय: ।।१।।


[i] मधुसूदन –                सृष्टिको प्रारम्भमा मधु र कैटभ भन्ने दुई महादैत्यलाई मारेका । यीनिहरूका शरीरले यो संसार बनिएको । कृष्णको अर्को नाम ।

[ii] अनार्य –                   पारमार्थिक ज्ञान चेष्टा नभएका ।

[iii]         प्राक् ऐतिहासिक कालमा अरल ताल (Aral sea) र काश्यप सागर (caspian sea) को वरिपरि (आर्मेनिया=  Ar(ya)+men+ia) फैलिएको सुसंस्कृत, उन्नत समाजहरूको सामूहित संस्कृति । इतिहासकालमा यो छितरिंदै र विस्तारित हुँदै पश्चिममा लिडिया (Lydia, पश्चिम तुर्की) देखि, फारस (दक्षिणी इरान), मीडीया(Media, केन्द्रिय इरान), असुरिया (Assyria, उत्तरी इराक), बेबिलोनिया (Babylonia, दक्षिणी इराक), सोगदानिया (Sogdania, उत्तरी अफगानिस्तान), मसागाते (Massagetae, उज्बेकिस्तान-ताजिकिस्तान), र पञ्जाव (पाकिस्तानको पञ्जाव) सम्म फैलिई भारतमा प्रवेश भएको थियो । तर, कोहि विद्वानहरूका अनुसार यस आर्य सभ्यता यसरी मध्य-एशियाबाट भारतमा प्रवेश भएको नभई भारतवर्षबाट उत्पत्ति भई त्यतातर्फ फैलिएको हो भनेर भनेको पनि पाइन्छ ।

           यस आर्य सभ्यताको अवनति यवनराजा सिकन्दर (Alexander the Great)को आक्रमणबाट शुरु भएको थियो । उनले ईसा पूर्व ३२३(?)मा मानव इतिहासकाल देखिको संचयगरि राखेको पुरातात्विक वस्तुहरू र ज्ञानको भण्डार भएको पारसपुर (पर्सिपोलिस, फारस)को प्रसिद्ध पुस्तकालय जलाए । त्यतिमात्र होइन, उसले त्यस शहर पूरै जलाई, पुरुष नागरिक सबैलाई कत्लेआम गरी, आफ्ना दशौंहजार सैनिकलाई फारसका कुलिन आर्यकन्या संग विवाह गराई, त्यहिं वसाली आर्यसंस्कृतिलाई वर्णसंकर बनाएका थिए । उनले प्रसिद्ध तक्षशीला विश्वविद्यालयका हजारौं श्रमण-ब्राह्मणका समेत हत्या गरेका थिए ।

तत्पश्चात १४०० वर्ष जति अघि प्रादुर्भाव भएको इस्लाम धर्मका शासकका क्रूरताले पश्चिममा स्पेन देखि पूर्वमा इन्डोनेशियासम्मका सकल यहूदि-आर्य-बौद्ध-क्रिश्चियन धर्म छिन्नभिन्न भयो । ‘कुनैपनि काफिर (विधर्मी)लाई इस्लाममा धर्मान्तरण गराउनु, र धर्म परिवर्तित हुन नमान्नेलाई मार्नू’ भन्ने क्रूर सिद्धान्त लिएका ती मुसलमान आक्रमणकारीहरूले उत्तरी अफ्रिका, तुर्कि, इराक, इरान, अफगानिस्तान, पाकिस्तानमा कुनै पनि अन्य धर्मावलम्वी रहन दिएन ।

कालचक्रतन्त्रका अनुसार म्लेच्छ(इस्लाम)धर्मको स्थापना पश्चात् बगदादमा भीषण धर्मयुद्ध भएबाट विमलप्रभा (लघुकालचक्रतन्त्र)को निर्माण भएको हो । उनिहरूले भारतवर्षमा ज्यादै अत्याचार गरे; प्रसिद्ध नालन्दाको बिश्वविद्यालयलाई जलाए । त्यस्तो अत्याचारबाट आफ्नो धर्म वचाईराख्न भारतका ज्ञानी-गुणी हिन्दू-बौद्ध बिद्वानहरू यस नेपाल उपत्यकामा आई सुरक्षितभई बसी आफ्ना धर्म र संस्कृतिको संरक्षण गरेका थिए । यसैले जव विश्वबाट महायानी-वज्रयानी ज्ञान र धर्मचर्याको परम्परा लुप्त भइसक्यो भन्ने विश्वास गरिएको थियो, त्यस वेला हाम्रो नेपाल उपत्यकामा संरक्षण गरिएको महायान-वज्रयानको संस्कृत साहित्यको विपुल भण्डार र धर्मचर्याको परम्परा विश्वलाई उपलब्ध भएको थियो । यसको लागि विश्व समुदायले नेवार जातिलाई उच्च सम्मान देखाई ‘सभ्य र सुसंस्कृत’ भन्ने मान्यता दिएको छ ।

           इरानका शाह पहलवी (केहि दशक अघिमात्र सत्ताच्यूत भएका)ले आफूलाई पचीससये वर्ष अघि कुरु द्वितीय (Cyrus the Great)बाट स्थापित वंशका अविच्छिन्न ‘आर्य सम्राट्’ भन्ने गर्दथ्यो । जर्मनीको हिटलरले समेत आफ्नो जर्मन जातिलाई ‘आर्य’जातिको हो भनि भन्ने गर्दथ्यो । उसले आर्य सभ्यताको प्रतीकको रूपमा ‘स्वस्तिक’ चिन्हलाई पहिचानको प्रतीक समेत वनाएको थियो ।

[iv]         पाली भाषाको शास्त्रलाई मान्यता दिने बुद्धधर्मको पारम्परिक मूलरूप । श्रीलंका, म्यानमार, भारतमा प्रचलित हाँगा ।

[v]          संस्कृत भाषाको शास्त्रलाई मान्यता दिने बुद्धधर्मको बृहत्तररूपको पहिलो हाँगो । तिब्बत, चीन, कोरियामा प्रचवलित हाँगा ।

[vi] अरिसूदन –              शत्रुलाई नाशगर्ने, कृष्णको अर्को नाम ।

[vii] धर्म –                     कर्तव्य, स्वभाव । क्लेशले चित्तलाई आवृत गरेको हुँदा मैले आफूलाई कसरी जान्नसकिन यसैले मार्गदर्शन गर्नुहोस् भनि अध्येषणा गरेको ।

[viii] गोविन्दम् –             गाईलाई आनन्द दिने । गोचरहुने, ‘इन्द्रिय’लाई आनन्द गराउने ।        

[ix] दु:खसत्त्य-               जाति, जरता र मृत्युको चक्र । तथा

[x] कौमारं यौवनं जरा –   उत्पन्न, वृद्धी उत्कर्ष र क्षयको चक्र । द्वादश प्रतीत्यसमपत्पादको चक्र, भवचक्र ।

[xi] आगम अपायिन –     हिन्दूदर्शन अनुसार सवै प्राणी ‘आउने’ र ‘अन्यगतिमा जाने’ हुन्, यसैले अनित्य हुन् । बौद्धदर्शन अनुसार कुनै पनि वस्तु उदय र व्यय हुने हुन, यसैले अनित्य हुन् । हिन्दू र बौद्धको मूलभूत भेद ‘अनित्य’शव्दको व्यख्या नै हो । हिन्दूदर्णले ‘आत्मा’ नित्य छ रूप अनित्य छ भन्दछ । बौद्धधर्मले कुनै पनि कुराको अर्कोवस्तु अस्तित्व अर्कोवस्तुको अनस्तित्त्ववाट बन्दछ, यो स्वत: र तुरुन्तै कुने प्रकृया हो र यसरी बनेका वस्तुको आयो क्षणिकमात्र रहन्।छ भनिन्छ । जन्म जरा मृत्युको कुरा दु:खसत्य अन्तर्गत रहन्छ ।  

[xii] अमृतता –               निर्वाण वा शून्यताको चर्या

[xiii] बुद्ध्या –                त्यस ‘बुद्धि’लाई internalise गरी भनिए बमोजिम कार्य गरी

[xiv] कर्मबन्धन –            कर्मको नियम भनेको हेतुप्रत्ययनै हो ।

[xv] व्यवसायात्मिका बुद्धि –      professional mind । आफ्नो लक्ष कसरी प्राप्तगर्ने भन्ने मार्गचित्र ।         

[xvi]                             आफूले ग्रहण गरेको व्यष्ठिज्ञानलाई नै समष्ठिज्ञान हो भनि धारणा राख्ने, अद्वय शून्यता दर्शन नबुझेका

[xvii] त्रिगुण –                 यावत जगत सत्त्व, रजस, तमस् वाट भनिएको भन्ने धारणा । बौद्धधर्ममा जगत मामकी (पातिनी), लोचना (आकर्षणी), पाण्डरा (ज्वालिनी), तारा (गमनी?)वाट बनिएको भनिए जस्तै । 

[xviii] योगक्षेम –

[xix] उपायकौशल्यता –    बोधिज्ञानलाई कुशलतापूर्वक कर्मरूपमा कसरी उतार्ने भन्ने सीप  

[xx] अनामय –               सर्व उपद्रव रहित । तथता । कुनैपनि विक्षेप नहुने अवस्था ।

[xxi] श्रुतज्ञान –               श्रुति । पहिलेका ऋषिमुनि आदि मनीषीहरूले भनेका । वेद, पुराण, उपनिषद आदि हरू ।

[xxii] श्रुतिविप्रतिपन्ना –   श्रुतिशास्त्रहरूमा वर्णित नानाविध विषयहरूलाई समष्टिमा बुझन नसकि अलमलिएको ।

                                श्रुति शव्द को अर्थ सुनिएको वा सुनेर प्राप्तभएको वा कर्णपरम्परावाट प्राप्त ज्ञान हो । यसको बाह्यरूप वेदशास्त्र हो । यसको सूक्षरूप स्वयंप्रकटज्ञान (revelation) हो । यो अपौरुषेय हो । यो कसैले निर्माण गरेको होइन, आप्तवचन होइन । वेदर्षिहरू वेदका ऋचाका निर्माता होइनन्, दृष्टामात्र हुन, अनादिकाल देखि सुनिआएका कुराका ऋचाकारक मात्र हुन् । बुद्धर्ममा जसरी शास्त्रलाई ‘बुद्धवचन’ र ‘गुरुवचन’गरी विभाजित गरिएको छ, त्यसरी नै हिन्दूदर्शनमा ‘श्रुति’ र ‘स्मृति’ भनिएको छ । वेदको आधारमा ऋषिमुनि गुरुआचार्यले निर्माण गरेका ज्ञान ‘स्मृति’ हो । यसरी वेद, उपनिषद् र गीतालाई श्रुति हुन् । पुराण, दर्शन, वेदाङ्ग, धर्महरू स्मृति हुन् ।    

[xxiii] स्थीर, निश्चल –     स्थीर – एकैस्थानमा रहनु , निश्चल – एकै आसनमा बस्नुका साथै शरीका अङ्गहरू नचलाउनु

[xxiv] अचला –                भौतिक र पारमार्थिक अर्थमा पनि विक्षेप नहुनु । बौद्धदर्शनमा बोधिसत्त्का दश भूमिहरूमध्ये आठौंभूमि हो । जस अनुसार अचला भनेको आकाश जस्तै स्थीर हुनु हो । उ कुनै वस्तुप्रति आशक्त हुदैन । वुद्धहरुको धर्मकाय र रुपकायलाइ वुझेको हुन्छ । उसले अनुत्पत्तिकधर्मक्षान्ति लाभ गरेको हुन्छ । तथागतहरुले उसलाई साधुवाद दिंदै दशवल वैशारद्यलाभ गर्न, अनुत्पत्त्कधर्मक्षान्तिलाई राम्ररी अंगाल्न, सकलक्लेशविहिन हुन, कल्पना शान्त गरी जगतहीतको प्रणिधानगर्न सदा दत्तचित्त हुन प्रेरणा दिइरहनुहुन्छ । बोधिसत्त्वले पनि सर्वज्ञज्ञानलाभ गर्न प्रयास गरी जगतसत्त्वलाई उद्धारगर्न कता कसरी कुन रूपमा सो गर्नुपर्नेहो थाहा गरी तदनुरुप त्यहिरुपमा दर्शन दिएका हुन्छन् । यसप्रकार त्यस बोधिसत्त्व आयुवशिता, चित्तपरिष्कारवशिता आदि दशवशिताहरु तथा आशयवल, अध्याशयबल, महाकरुणाबल आदि दशबलवाट युक्त भएको हुन्छ । यस भूमिमा प्रवेश गरका बोधिसत्त्वलाई अवैवर्तिकबोधिसत्त्न नामले प्रसिद्ध भएको हुन्छ । यस भूमिमा रहेका बोधिसत्त्वले समाधिको बलले तथागतहरुको दर्शन एवम् पूजन गरेका हुन्छन् ।

[xxv] तदा योगम् –           ‘बोधि ज्ञान’संग जोडिने, लाभगर्ने

[xxvi] भाषा –                  स्थितप्रज्ञले कसरी आफूलाई प्राकट्य गरेको छ, रूप, मुद्रा, अलङ्कार, भाव, लक्षण … कसरी स्थितप्रज्ञलाई चिन्न वा चिनाउन सकिने हो 

[xxvii] व्रज्या –                 हिंडाई, डुलाई, सुताई, बोलाई आदि शारीरिक र भौतिक कृयावाट गरिने लोकव्यवहार

[xxviii] –                         बाह्य आलम्बनमा चितले कामना राख्दैन

[xxix] देहिन –                 शरीर संचालनगर्ने आत्मा, ईश्वर । बौद्धदर्शन अनुसार चित्त चैतसिक

[xxx] यततो –                 यतीजनहरू जस्तो संकल्प गरी निष्ठापूर्वक चर्याकर्म गरेका हुन्छन्

[xxxi] प्रमाथिनी –            प्रमथ अर्तात् कामदेवले पञ्चपुष्प कामबाण प्रहारगरी चित्त विक्षेप गरको जस्तो

[xxxii] म –                      सम्यकसम्बुद्धको धर्मकाय निर्माणकायरूपमा प्रकट्य भएको 

[xxxiii]                           यी दु:ख समुदयमा जति रागको हुन्छ ती उपादानहरू स्वयंवृद्धकरी हुन्छन्

[xxxiv]                           तिनिहरूमा आसक्तिले तिनिहरू झनै प्रज्ज्वलित हुने हुन्छ  

[xxxv] सञ्जायते काम –    त्यसको ध्याउन्ना गरिहँका त्यसलाई प्राप्तगर्ने कामना हुन्छ 

[xxxvi]                           कामना परिपूर्ति नभएवाट क्रोध उत्पन्न हुन्छ

[xxxvii] क्रोधात् सम्मोह –   क्रोधले चित्तलाई आवृत्तगरी वास्तवितका देख्नवाट वञ्चित गराउँदछ, त्यसै क्रोधको विषयमा मात्र उदको एकाग्रता रहन्छ, उसको यथाज्ञान पूर्णतामा नभएवाट अन्यकुराको ध्यान राख्दैन 

[xxxviii] स्मृतिभ्रंशात् बुद्धिनाश: – बुद्धले गर्ने निर्णय यसको स्मृति अर्थात् stored knowledge मा भर पर्दछ । जब संचितज्ञानको database नै corrupt भएको हुन्छ तव त्यसका आधारमा भएगरेका विश्लेषण तथा निर्णंहरू गजत हुने हुन्छ ।

[xxxix] प्रणश्यति –           नाश हुने भन्नाले ‘अनस्तित्त्वहुने’, ‘अङ्गप्रत्यङ्गहरू छिन्नभिन्न हुने’ वा ‘सदाकालकोलागि ठहरावको अवस्थामा रहने’ भनिएको होइन । हिन्दूदर्शन र बौद्धदर्शन दुवैले कर्मको सिद्धान्तलाई मान्यता दिएको छ । यसैले कुनैपनि कर्म को फल वा हेतु को प्रत्य हुन्छ । तर, ‘पुरुष’ वा ‘सत्त्व’को कर्मगर्ने स्वतन्त्रता ले गर्दा कुनैपनि फल वा प्रत्यय लाई उसको पछि गरिने कर्मवाट प्रभावित गर्न सक्दछ । त्यसैले यसको अर्थ तल्लो स्तर वा अपाय योनिमा पुग्दछ भनि बुझनि पर्दछ ।