Categories
प्रज्ञापारमिता

अष्टसाहस्रिक प्रज्ञापारमिता

[wpseo_breadcrumb]

२ शक्रपरिवर्तो द्वितीयः

२ शक्रपरिवर्तो द्वितीयः

२०१   तेन खलु पुनः समयेन शक्रो देवानामिन्द्रस्तस्यामेव पर्षदि संनिपतितः संनिषण्णोऽभूत् चत्वारिंशता त्रायस्त्रिंशत्कायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।

त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चारहजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए ।

चत्वारश्च लोकपाला विंशत्या चातुर्महाराजकायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।

चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए ।

ब्रह्मापि सहापतिर्दशभिर्ब्रह्मकायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।

सोहंपति ब्रह्मापनि दशहजार ब्रह्मकायिक देवपुत्रहरूसंगै आएका थिए ।

पञ्च च शुद्धावासानां देवपुत्राणां सहस्राणि तस्यामेव पर्षदि संनिपतितानि संनिषण्णान्यभूवन् ।

पाँचहजार शुद्धावासिक देवपुत्रहरू पनि त्यस परिषदमा आइबसेका थिए ।

योऽपि च देवानां स्वकर्मविपाकजोऽवभासः, सोऽपि सर्वो बुद्धानुभावेन बुद्धतेजसा बुद्धाधिष्ठानेनाभिभूतोऽभूत् ॥

ती देवताहरूको आफ्ना कर्म(पुण्य)को फल बमोजिम प्राप्त आभा बुद्धको अनुभावले बुद्धतेजको अगाडी बुद्धाधिष्ठानमा निस्तेज भैगएको थियो ।

२०३   अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिं स्थविरमेतदवोचत्-इमान्यार्य सुभूते संबहुलानि देवपुत्रसहस्राणि अस्यां पर्षदि संनिपतितानि संनिषण्णानि आर्यस्य सुभूतेरन्तिकात्प्रज्ञापारमितां श्रोतुकामानि बोधिसत्त्वानां महासत्त्वानामुपदेशमववादानुशासनीं च ।

      त्यसपछि देवताकाइन्द्र भएका शक्रले आयुष्मान सुभूति स्थवीरसंग भने, “हे सूभूति, यहाँ जम्मा भएका यी धेरै आर्यहरू हजारौं देवपुत्रहरू आर्यसुभूतिवाट प्रज्ञापारमीता सुन्ने बोधिसत्त्व-महासत्त्वहरूलाई गरिएको उपदेश अववाद अनुशासनीवारे थाहापाउने इच्छालिई मेरो साथमा आई परिषदमा बसेका छन् ।, 

तत्कथं बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम्, कथं शिक्षितव्यम्, कथं योगमापत्तव्यम् ?  

कि कसरी बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमीतामा स्थीरभै रहिरहने हो (स्थातव्यम्), कसरी प्रज्ञापारमीतावारेमा जान्नेवुझ्ने सिक्ने हो (शिक्षतव्यम्) र  कसरी प्रज्ञापारमिता वमोजिम गर्नुपर्ने चर्याहरू गरिरहने (योगयुक्त) हुने हो ? 

स्थविरः सुभूतिराह-तेन हि कौशिक उपदेक्ष्यामि ते बुद्धानुभावेन बुद्धतेजसा बुद्धाधिष्ठानेन ।

स्थवीरभैसकेका सुभूतिले भने, “तव, हे कौशिक, तपाईहरूलाई बुद्धको अनुभावले बुद्धाधिष्ठानवाट बुद्धतेज भएको उपदेश गर्दछु ।,

यैर्देवपुत्रैरनुत्तरायां सम्यक्संबोधौ चित्तं नोत्पादितम्, तैरुत्पादयितव्यम् ।

जो जो देवपुत्रहरूले अनुत्तरको सम्यकसम्बोधिचित्त उत्पन्न गरिसकेका छैनन् तिनिहरूले त्यो (अनुत्तरको सम्यकसम्बोधिचित्त) उत्पादित गर्नुपर्दछ ।

(अनुत्तरको सम्यकसम्बोधिचित्त भनेको ‘बुद्धो भवेयं जगतो हिताय’को संकल्प हो । अर्थात्, ‘जगतका सकल प्रणीको कुशलमंगल गरी निर्वाणमा लैजान म बुद्ध हुनेछु’ भन्ने संकल्प लिने हो ।)

ये त्ववक्रान्ताः सम्यक्त्वनियामम्, न ते भव्या अनुत्तरायां सम्यक्संबोधौ चित्तमुत्पादयितुम् ।

त्यस(अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई जसले उत्पन्न गरिसकेको छ, सम्यकरूपमा नियामन (व्यवस्थितरूपमा अगाडी जाने कार्य) गरिसकेको छ, त्यस्ताले त्यस (अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई (फेरि) उत्पन्नगर्ने भावगर्न योग्य छैन । (श्रावकयान, अर्थात्, ‘निर्वाणको संकल्प लिएका’ले करूणाको भावराखि जगतहित गरिरहने ‘सम्यकसम्बोधिचित्त’ उत्पादगर्न योग्य हुदैन ।)

तत्कस्य हेतोः?

      किन भने,

बद्धसीमानो हि ते संसारस्रोतसः।

तिनि(अनुत्तरको सम्यकसम्बोधिचित्तलाई उत्पन्न गरिसकेका)हरूले संसारको स्रोत(आस्रव)लाई रोकि (सीमाबद्ध गरी) सकेका हुन्छन् ।

अभव्या हि ते पुनः पुनः संसरणाय अनुत्तरायां सम्यक्संबोधौ चित्तमुत्पादयितुम् ।

(त्यसरी आस्रवहिन गरिसकेका)तिनिहरूले अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गर्न (भनि) फेरि फेरि पनि संसारमा संसरणगर्न (पुन: पुन: आउन) राम्रो(योग्य) होईन । (अर्हंत्त्वमार्गमा लागि क्षीणास्रव भैसकेपछि फेरि बोधिचित्त उत्पाद गर्नसक्ने हुदैन । मुक्तिखोज्ने र सेवागर्ने दुई भिन्न मार्ग हुन्) )

अपि नु खलु पुनस्तेषामप्यनुमोदे ।

त्यसो भएतापनि तिनिहरूलाई पनि म अनुमोदन गर्दछु । साथै, कसैले (अर्हत्त्वमार्गमा लागेकाले पनि) यस (बोधिसत्त्वयान)को अनुमोदनगर्न (अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गरी बोधिसत्त्यानमा आउन) सक्दछन् ।

सचेत्तेऽप्यनुत्तरायां सम्यक्संबोधौ चित्तान्युत्पादयेरन्, नाहं कुशलमूलस्यान्तरायं करोमि ।

जसले यसप्रकार अनुत्तर सम्यक्सम्बोधिचित्त उत्पाद गरेको हुन्छ, त्यसको कुशलमूल (पुण्यकार्य, योगक्षेम) मा अन्तराय (विघ्न बाधा) गर्दिन ।,

विशिष्टेभ्यो हि धर्मेभ्यो विशिष्टतमा धर्मा अध्यालम्बितव्याः॥

(स्रोतापत्ति जस्तो) विशिष्ट किसिमको धर्ममा लागेकाले (बोधिचित्त्त्पाद जस्तो) विशिष्टतम धर्ममा लाग्ने इच्छा गर्नु पर्दछ । 

२०८   अथ खलु भगवानायुष्मन्तं सुभूतिमामन्त्रयते स्म-साधु साधु सुभूते, साधु खलु पुनस्त्वं सुभूते, यस्त्वं बोधिसत्त्वानां महासत्त्वानामुत्साहं ददासि ।

      त्यसपछि भगवानले आयुष्मान सुभूतिलाई (आफूसमक्ष) बोलाई भन्नुभयो, “साधु, साधु, हे सुभूति, तिमिले फेरि पनि बोधिसत्त्व-महासत्त्त्वहरूलाई उत्साह दिएका छौ ।“

एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्-कृतज्ञैरस्माभिर्भगवन् भगवतो भवितव्यं नाकृतज्ञैः ।

(भगवानवाट) यस्तो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यस्तो भने, “हे भगवान, हामीहरू हजूरप्रति कृतज्ञ छौं भगवान; अकृतज्ञ छैनौं ।,

तत्कस्य हेतोः?

किनकि,

पौर्वकाणां हि भगवंस्तथागतानामर्हतां सम्यक्संबुद्धानामन्तिकेऽस्मदर्थे भगवान् यथा ब्रह्मचर्यं बोधाय चरन् पूर्वं बोधिसत्त्वभूत एव सन्, यैः श्रावकैरववदितोऽनुशिष्टश्च पारमितासु, तत्र भगवता चरता अनुत्तरं ज्ञानमुत्पादितम् ।

      पहिले (जन्महरूमा) हजूर भगवानले तथागतहरू, अर्हंन्तहरू, सम्यसम्बुद्धहरूका समीपमा गई हामीहरूको (भलोका)लागि भगवानले जसरी ब्रह्मचर्याको बारेमा बुझीलिई पालनगरी बोधिसत्त्व हुनुभयो, अनुत्तरज्ञान उत्पन्न गर्नुभयो र श्रावकजनलाई पारमीताका बारेमा अववाद दिनुभयो शिक्षितगराउनु भयो ।,

एवं भगवन् अस्माभिरपि बोधिसत्त्वा महासत्त्वा अनुपरिग्रहीतव्या अनुपरिवारयितव्याश्च, संपरिग्रहीतव्याः संपरिवारयितव्याश्च ।

      त्यसै तरीकाले नै, हे भगवान, हामीहरूले पनि बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिनुपर्दछ, अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ; राम्ररी अववाद (अनुपरिग्रह) दिनुपर्दछ, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ ।

तत्कस्य हेतोः?

त्यसको के कारण होला ?

अस्माभिरपि हि भगवन् बोधिसत्त्वा महासत्त्वा अनुपरिगृहीता अनुपरिवारिताश्च, संपरिगृहीताः संपरिवारिताश्च क्षिप्रमनुत्तरां सम्यक्संबोधिमभिसंबुध्यन्ते ॥

हामीहरूपनि, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिई, अनुशासनी (अनुपरिवारयित) पनि गराई; राम्ररी अववाद (अनुपरिग्रह) दिई, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गराई अनुत्तर सम्यक्सम्बोधिमा छिट्टै प्राप्तहोस् (कि होउँ ?) भन्ने चाहन्छौं ।“

२१३   अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमामन्त्रयते स्म-तेन हि कौशिक शृणु, साधु च सुष्ठु च मनसि कुरु, भाषिष्येऽहं ते यथा बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम् ।

      तत्पश्चात आयुष्मान सुभूतिले देवताकाइन्द्र शक्रलाई बोलाई भने, “त्यसैगरी नै, हे कौशिक, सुन; ध्यान दिएर सुन, मनमा लेउ; बोधिसत्त्व-महासत्त्वले जसरी प्रज्ञापारमीतामा रहने हुन्छ, त्यो मैले तिमिलाई भन्दछु ।,

शून्यतायां कौशिक तिष्ठता बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम् ।

हे कौशिक, शून्यतामा रहि बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमीतामा रहोस् । (शून्यतामा रहेकामा प्रज्ञापारमिता रहन सक्छ, रहन पर्दछ । शून्यतामा नबसेकाले प्रज्ञापारमिता लिनसक्दैन ।),

तेन हि कौशिक बोधिसत्त्वेन महासत्त्वेन महासंनाहसंनद्धेन भवितव्यम् ।

त्यसो भएकोले नै, हे कौशिक, बोधिसत्त्-महासत्त्व महासंनाहसंनद्ध (शस्रास्त्र रक्षाकवच समेत भई उत्साहसहित युद्धभूमिमा जान तयार भएको) भई विचरण गर्नुपर्ने(?) हुन्छ ।,

न रूपे स्थातव्यम् ।

(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) रूपमा नरहोस् । (रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।),

वेदनायां न संज्ञायां न संस्कारेषु ।

(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) वेदना, संज्ञा वा संस्कारमा (पनि) नरहोस् । (वेदना, संज्ञा वा संस्कारको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

      न विज्ञाने स्थातव्यम् ।

विज्ञानमा (पनि) नरहोस् । (विज्ञानको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

न चक्षुषि स्थातव्यम् ।

आँखाहरूमा नरहोस् । (आँखा भनिने कर्मेन्द्रिय वस्तुमा भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

न रूपे स्थातव्यम् ।

(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) रूप अर्थात् चक्षुइन्द्रिय वाट देखिने रूपमा नरहोस । (लामो, छोटो; सानो, ठूलो; विन्दु, रेखा, समतल, आयतन आदि आकृति र रंग समेतको ‘रूप’को  रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

न चक्षुर्विज्ञाने स्थातव्यम् ।

चक्षुर्विज्ञाममा नरहोस् । (चक्षुर्विज्ञानमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

चक्षुःसंस्पर्शे स्थातव्यम् ।

चक्षुसंस्पर्शमा पनि नरहोस । (आँखाको सम्पर्कमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)

न चक्षुःसंस्पर्शजायां वेदनायां स्थातव्यम् ।

आँखाको सम्पर्कमा आएको (कारणले उत्पन्न सुखदुख)वेदनाहरूमा (समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर) रहन हुदैन ।)

एवं न श्रोत्रघ्राणजिह्वाकायमनःसु स्थातव्यम् ।

यसरी नै श्रोत्र (कान), घ्राण(नाक), जिह्वा(जिब्रो), काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरूमा पनि न रहोस् । (आँखाको अलावा कान, नाक, जिब्रो, काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरू अर्थात् शरीरका पाचओटा ‘यन्त्र’मा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (आखाको वारेमा छुट्ट् माथी उल्लेख भैसकेको छ ) ।

शब्दगन्धरसस्प्रष्टव्यधर्मेषु, न श्रोत्रविज्ञाने, यावन्न मनोविज्ञाने

न त शव्द(आवाज), गन्धवास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता धर्म(वस्तु, आलम्बनका विषय)हरूमा रहोस; न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविज्ञानहरूमा नै रहोस् । (रुपको साथै शव्द(आवाज), गन्घ(वास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र चक्षुर्विज्ञान समेतका श्रोतविज्ञान घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र मनोविज्ञान जस्ता ‘विज्ञान’हरूमा पनि न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविविज्ञानहरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।

मनःसंस्पर्शे, न मनःसंस्पर्शजायां वेदनायां स्थातव्यम्

न मनले स्पर्शगर्ने विषयमा, न मनले स्पर्श गरेको कारणले उत्पन्नहुने वेदनामा रहोस् । (साथै मनस्पर्श (छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र मनसंग स्पर्श भएको कारणले उत्पन्नहुने सुखदु:खादि वेदनामा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।

न पृथिवीधातौ स्थातव्यम् ।

न पृथ्वीधातुमा रहोस् ।

नाब्धातौ, न तेजोधातौ, न वायुधातौ, नाकाशधातौ, न विज्ञानधातौ स्थातव्यम्

न अव्ज(जल)धातु, न तेजोधातु, न वायुधातु, न आकाशधातु, न विज्ञानधातु मा रहोस् ।

न स्मृत्युपस्थानेषु स्थातव्यम् ।

(चतु:)स्मृतिप्रस्थानमा पनि नरहोस् । (सम्यक्स्मृति अथवा सम्मासति ४ छन्; कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपस्यना) । 

सम्यक्प्रहाणर्द्धिपादेन्द्रियबलबोध्यङ्गेषु, न मार्गाङ्गेषु स्थातव्यम्

न सम्यकप्रहाण, न ऋद्धिपाद, न इद्रिय, न बल, न सप्तबोध्यंग, न (आर्यअष्टांग)मार्गमा रहोस् ।

सम्यकप्रहाण भनेको …

ऋद्धिपाद भनेको ऋद्धि अर्थात् शक्तिप्राप्तगर्न आवश्यकपर्ने ४ ध्यानहरू; इच्छालाई वशमा वशमा पार्ने(छन्द ऋद्धिपाद), कुनै कार्यगर्ने उत्साह(वीर्य ऋद्धिपाद), चित्त एकाग्रगर्ने (चित्त ऋद्धिपाद), र बुद्धविवेकको वृद्धगर्ने (विमर्शन ऋद्धिपाद) हुन् । 

इन्द्रिय    भन्नाले सामान्यतया कर्मेन्द्रिय, ज्ञानेन्द्रिय जस्ता जुनवस्तुको माध्यमवाट कार्य गर्नेहो त्यसलाइ जनाउने भएतापनि यहाँ प्रस्तुतभएको इन्द्रियले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) इन्द्रियलाई जनाएको छ ।  

बल      भन्नाले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) बलहरूलाई जनाएको छ ।

सप्तबोध्यंग भन्नाले विमोक्षहुन अर्थात् बोधिज्ञान प्राप्तगर्ने ओटा विषय(साधनहरु)हरू जनाउँछ, स्मृतिबोध्यंग (होश राख्नुपर्ने कुराहरु), २ वीर्यबोध्यंग (उत्साह, प्रयत्न गर्नुपर्ने कुराहरू, (कुनै पनि कार्य संकल्पमात्रले सिद्ध हुदैन) त्यसलाई मेहनतगरी प्रयत्न गरी चेष्टा गरी सम्पन्न गर्नु पर्दछ यसको लागि मन लगाएर उत्साहसाथ कार्यगर्नु पर्दछ ), समाधिबोध्यंग (समाधिमा रहन आवश्यक विषयहरू), ४ धर्मप्रविचयबोध्यंग (धर्म, कर्त्तव्य सम्बन्धी विचारहरू), ५ प्रीतिबोध्यंग (मानसिक सुख पाउने कार्यहरू), ६ प्रश्रब्धिबोध्यंग (मानसिक शारिरीक सुख(शान्ति) पाउने विषयहरू), ७ उपेक्षाबोध्यंग (सवैलाई समान तथस्ट व्यवहार गर्ने) ।

आर्यअष्टांगमार्ग बनेको चतु:आर्यसत्यको निरोधगर्ने माग हो, यसमा ८ओटा अंगहरू छन्; १ सम्यक् दृष्टि (ठीक धारणा), २ सम्यक् संकल्प ( सम्यक प्रतिज्ञा), ३ सम्यक् वाचा (सम्यक बोलीवचन), ४ सम्यक कर्म, ५ सम्यक जीवन (सम्यक आजिविका), ६ सम्यक व्यायाम (सम्यक प्रयास, चेष्टा), ७ सम्यकस्मृति (सम्यक संझना), र सम्यक समाधि (सम्यक एकाग्रता) ।  

स्रोत‍आपत्तिफले स्थातव्यम् ।

न स्रोतापत्तिफल(आस्रवक्षीण गरी स्रोतापन्न भएको अर्थात् सात जन्ममा निर्वाणप्राप्त हुने) मा उपलम्भन गरी रहोस् ।

न सकृदागामिफले, न अनागामिफले, नार्हत्त्वे स्थातव्यम् ।

न सकृदागामिफल(निर्वाणहुन एउटामात्र अर्को जन्म लिन बाकी भएको)मा, न अनागामिफल (यस जिवनको अन्त्यसंगै निर्वाणहुने, अर्को जन्मलिन नपर्ने)मा, न अर्हत्त्व (यसै जीवनमैं क्लेशप्रहाणगरी निर्वाण प्राप्तगर्ने)मा उपलम्भन गरी रहोस् ।

न प्रत्येकबुद्धत्वे स्थातव्यम् ।

न प्रत्येकबुद्धमा (उपलम्भन गरी) रहोस् । (प्रत्येकबुद्ध भनेको निर्वाणलिन योग्य भैसकेतापनि निर्वाणनलिई जगतहितको लागी ठूलोठूलो प्रतिज्ञा गरी एकलै घुमिराखेका बोधिसत्त्व-महासत्त्वहरू हुन्) ।

न बुद्धत्वे स्थातव्यम् ।

न बुद्धत्त्वमा (उपलम्भन गरी) रहोस् ।

(बुद्ध भन्ने दक्षिणीय हो; पृथक्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकभूमि पनि पारगरी; अप्रमेय असंख्येय सत्त्वप्राणीलाई उपकार, हित कल्याणगरी निर्वाण लाभ गराई; श्रावकनियम, प्रत्येकबुद्धनियम र सम्यक्सम्बुद्धनियममा स्थीरगराई; बुद्धभूमीमाबसी; बुद्धहुनेले गर्नुपर्ने सवै सम्पन्नगरी; अनुपधिशेष निर्वाणधातुमा बुद्धपरिनिर्वाण हुनेछ भन्ने जस्ता आदिइत्यादि कुराहरूमसा उपलम्भन गरीबस्न हुदैन, आशक्तिराखि बस्न हुदैन ।)

इति हि रूपमिति न स्थातव्यम् ।

यही नै रूप हो भनि (निश्चित गरी) नरहोस् ।

(यही नै यस्तै ‘हो’ भनि भन्दा त्यसभन्दा वाहेकको सवै ‘होइन’ भन्ने भन्ने अर्थ स्वत: लाग्दछ । यसैले यहाँ जहाँसुकै ‘हो’ भनि प्रयोग भएको ठाउँमा ‘हो वा होइन’ भन्ने अर्थ लगाउन पर्दछ । निश्चितगरी नरहोस् भन्नाले रूप वा रूपता शुभ या अशुभ, नित्य या अनित्य, आत्म या अनात्म, सुख या दुख, शून्य या अशून्य इत्यादि कुरामा यो यसै हो भनि निश्चित धारणा बनाईबस्नु हुदैन भनिएको हो ।)

इति हि वेदनेति, संज्ञेति, संस्कारा इति ।

यही नै वेदना हो, यही नै संज्ञा हो, यही नै संस्कार हो भनि (निश्चित गरी) नरहोस् ।

इति हि विज्ञानमिति न स्थातव्यम् ।

यही नै विज्ञान हो भनि (निश्चित गरी) नरहोस् ।

इति हि चक्षुरिति, यावन्मनःसंस्पर्शजा वेदनेति न स्थातव्यम् ।

यही नै आँखा हो, यहि अंगवाट भएर मनमा संस्पर्श हुनेभएकोले वेदना उत्पन्न भएको हो भन्ने भावमा पनि नरहोस् ।

इति हि पृथिवीधातुरिति, यावद्विज्ञानधातुरिति न स्थातव्यम् ।

यही नै पृथ्वीधातु हो, (यसरी नै आपोधातु हो, तेजसधातु, वायुधातु हो, …) देखि विज्ञानधातुसम्म पनि हो भन्ने भावमा पनि नरहोस् ।

इति हि स्मृत्युपस्थानानीति न स्थातव्यम् ।

यही नै स्मृतिपस्थान हो भन्ने भावमा पनि नरहोस् ।

इति हि सम्यक्प्रहाणर्द्धिपादेन्द्रियबलबोध्यङ्गानीति, इति हि मार्गाङ्गानीति न स्थातव्यम्

यही नै सम्यकप्रहाण, ऋद्धिपाद, इद्रिय, बल, सप्तबोध्यंग हुन्; यही नै (आर्यअष्टांग)मार्ग हो भन्ने भावमा पनि नरहोस् ।

इति हि स्रोत‍आपत्तिफलमिति न स्थातव्यम्, इति हि सकृदागामिफलमिति, अनागामिफलमिति, अर्हत्त्वमिति न स्थातव्यम्

यही नै स्रोतापत्तिफल हो भन्ने भावमा पनि नरहोस्; यही नै सकृदागामिफल, अनागामिफल,अर्हत्त्व हुन् भन्ने भावमा पनि नरहोस् ।

इति हि प्रत्येकबुद्धत्वमिति न स्थातव्यम्

यही नै प्रत्येकबुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।

इति हि बुद्धत्वमिति न स्थातव्यम्

यही नै बुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।

रूपं नित्यमनित्यमिति न स्थातव्यम् ।

रूप नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।

विज्ञानं नित्यमनित्यमिति न स्थातव्यम्

विज्ञान नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।

रूपं सुखं दुःखमिति न स्थातव्यम्

रूप सुख-दुख (सुख वा दु:ख हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत सुख-दुख (सुख वा दु:ख; हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

विज्ञानं सुखं दुःखमिति न स्थातव्यम्

विज्ञान सुख-दुख (सुख वा दु:ख हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूपं शून्यमशून्यमिति न स्थातव्यम्

रूप शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन)  भन्ने भावमा पनि नरहोस् ।

विज्ञानं शून्यमशून्यमिति न स्थातव्यम्

विज्ञान शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूपमात्मानात्मेति न स्थातव्यम्

रूप आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन)  भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

विज्ञानमात्मानात्मेति न स्थातव्यम्

विज्ञान आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूपं शुभमशुभमिति न स्थातव्यम्

रूप शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

विज्ञानं शुभमशुभमिति न स्थातव्यम्

विज्ञान शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूपं शून्यमुपलभ्यते वेति न स्थातव्यम्

रूप शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

विज्ञानं शून्यमुपलभ्यते वेति न स्थातव्यम्

विज्ञान शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

स्रोतआपत्तिफलमसंस्कृतप्रभावितमिति न स्थातव्यम्

स्रोतापत्तिफल असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।

(असंस्कृत भनेको कुनै अन्यवस्तुहरु वाट नवनाईएको, कुनै परिवर्तन वा संस्कार नगरिएको, शुद्धरूपमा रहेको वस्तु हो । प्रभावित भनेको कसैले वाहिरवाट प्रभावमा परेको, आफ्नो शुद्धरूपमा नरहेको वस्तु हो ।)

एवं सकृदागामिफलमनागामिफलमर्हत्त्वमसंस्कृतप्रभावितमिति न स्थातव्यम्

यसरी नै सकृदागामीफल, अनागामीफल, अर्हंत्त्वहरू पनि असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।

प्रत्येकबुद्धत्वमसंस्कृतप्रभावितमिति न स्थातव्यम् ।

प्रत्येकबुद्धत्त्व असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।

स्रोतआपन्नो दक्षिणीय इति न स्थातव्यम् ।

स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् ।

स्रोतआपन्नाः सप्तकृतो भवपरमा इति न स्थातव्यम् ।

स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू सातपटक जन्मलिएपछि संसारचक्रवाट मुक्त हुन्छन् भन्ने भावमा पनि नरहोस् ।

सकृदागामी दक्षिणीय इति न स्थातव्यम् ।

सकृदागामी (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् ।

सकृदागाम्यपरिनिष्ठितत्त्वात्सकृदिमं लोकमागम्य दुःखस्यान्तं करिष्यतीति न स्थातव्यम् ।

सकृदागामी (भएका सत्त्वप्राणी)हरू अपरिनिष्ठित (गर्न भोग्न बाकिरहेको) कार्य (पनि) (एकपल्टलाई लोकमा) सम्पन्नगरी दु:खको अन्त्य (निर्वाण प्राप्त) गर्दछन् भन्ने भावमा पनि नरहोस् ।

अनागामी दक्षिणीय इति न स्थातव्यम् अनागामी अनागम्य इमं लोकं तत्रैव परिनिर्वास्यतीति न स्थातव्यम् ।

अनागामी(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अनागामीहरू यसलोकमा अब आउन नपर्ने (अर्को जन्मलिन नपर्ने) भई यहिनै परिनिर्वाण हुन्छन् भन्ने भावमा पनि नरहोस् ।

अर्हन् दक्षिणीय इति न स्थातव्यम् ।

अर्हंत(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;

अर्हन्निहैव अनुपधिशेषे निर्वाणधातौ परिनिर्वास्यतीति न स्थातव्यम् ।

अर्हंतहरू अनुपधिशेष (केहि पनि उपाधि बाकि नराखि) निर्वाणधातुमा परिनिर्वासित भईसकेका हुन् भन्ने भावमा पनि नरहोस्;

प्रत्येकबुद्धो दक्षिणीय इति न स्थातव्यम् ।

प्रत्येकबुद्ध(भएका सत्त्वप्राणी, बोधिसत्त्व)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;

प्रत्येकबुद्धोऽतिक्रम्य श्रावकभूमिमप्राप्य बुद्धभूमिं परिनिर्वास्यतीति न स्थातव्यम् ।

प्रत्येकबुद्धहरू श्रवकभूमि(अर्हंत्त्व, निर्वाणत्व)लाई नाघेर पार गईसकेका (सम्यक्सम्)बुद्धभूमिमा परिनिर्वासित हुने हुन् भन्ने भावमा पनि नरहोस्;

बुद्धो दक्षिणीय इति न स्थातव्यम्।

बुद्ध(सम्यक्सम्बुद्ध)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;

बुद्धोऽतिक्रम्य पृथग्जनभूमिमतिक्रम्य श्रावकभूमिमतिक्रम्य प्रत्येकबुद्धभूमिमप्रभेयाणामसंख्येयानां सत्त्वानामर्थं कृत्वा अप्रमेयाण्यसंख्येयानि सत्त्वकोटीनियुतशतसहस्राणि परिनिर्वाप्य अप्रमेयानसंख्येयान् सत्त्वान् श्रावकप्रत्येकबुद्धसम्यक्संबुद्धत्वनियतान् कृत्वा बुद्धभूमौ स्थित्वा बुद्धकृत्यं कृत्वा अनुपधिशेषे निर्वाणधातौ बुद्धपरिनिर्वाणेन परिनिर्वास्यति इत्येवमप्यनेन न स्थातव्यम् ॥

सम्यक्सम्बुद्धले पृथग्जनभूमि पारगरी श्रावकभूमि पारगरी प्रत्यकभूमिमा अप्रमेय असंख्य सत्त्वहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई) अप्रमेय संख्याका सत्त्वकोटी नियुतशतसहस्राण पटक परिनिर्वाप्यभई अप्रमेय संख्याका सत्त्वा, श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि बुद्धभूमीमा राखि बुद्धकृत्य गराई अनुपधिशेष निर्वाणधातु बुद्धपरिनिर्वाणमा परिनिर्वासित लिएको यस्तै अनेक कार्य गरेका हुन् भन्ने भावमा पनि नरहोस् ।।

२३१   अथ खल्वायुष्मतः शारिपुत्रस्यैतदभवत्-यदि बुद्धोऽतिक्रम्य पृथग्जनभूमिमतिक्रम्य श्रावकभूमिमतिक्रम्य प्रत्येकबुद्धभूमिमप्रमेयाणामसंख्येयानां सत्त्वानामर्थं कृत्वा अप्रमेयाण्यसंख्येयानि सत्त्वकोटीनियुतशतसहस्राणि परिनिर्वाप्य अप्रमेयानसंख्येयान् सत्त्वान् श्रावकप्रत्येकबुद्धसम्यक्संबुद्धत्वनियतान् कृत्वा बुद्धभूमौ स्थित्वा बुद्धकृत्यं कृत्वा अनुपधिशेषे निर्वाणधातौ बुद्धपरिनिर्वाणेन परिनिर्वास्यति इत्येवमप्यनेन न स्थातव्यम्, तत्कथं पुनरनेन स्थातव्यं, कथं शिक्षितव्यमिति ?

तत्पश्चात् आयुष्मान शारिपुत्रलाई यस्तो (मनमा) भयो, “यदि बुद्धले पृथग्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकबुद्धभूमि पारगरि; अप्रमेय संख्यामा  सत्त्वप्राणीहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई); अप्रमेय संख्यामा सत्त्वलाई  कोटीनियुतशतसहस्राण पटक परिनिर्वासित गराई; अप्रमेय संख्याका सत्त्वलाई श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि, बुद्धभूमीमा राखि, बुद्धकृत्य गराई, अनुपधिशेषभई निर्वाणधातुमा बुद्धपरिनिर्वाणभई परिनिर्वासित हुनेछन् भन्ने कुराहरूपनि  भाव नरहोस (मनमा नलेओस्) भन्ने हो भने, कसरी फेरि के मा कसरी रहने (कस्तो भाव गर्नुपर्ने) हो, र त्यो कसरी थाहा पाउने हो ?”

अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन आयुष्मतः शारिपुत्रस्य चेतसैव चेतःपरिवितर्कमाज्ञाय आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-तत्किं मन्यसे आयुष्मन् शारिपुत्र क्व तथागतोऽर्हन् सम्यक्संबुद्धः स्थितः ?

तत्पश्चत् आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा आयुष्मान शारिपुत्रको मनमा उठेको परिवितर्कलाई मनैले बुझि आयुष्मान शारिपुत्रलाई यसो भने, “त, हे आयुष्मान शारिपुत्र तपाई के भन्नुहुन्छ, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कहाँ स्थित हुनुहुन्छ भनि सोच्नुभएको छ ?”

आयुष्मान् शारिपुत्र आह-न क्वचिदायुष्मन् सुभूते तथागतोऽर्हन् सम्यक्संबुद्धः स्थितः ।

आयुष्मान शारिपुत्रले भने, “हे सुभूति, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कतै पनि स्थित हुनुहुन्न ।,

तत्कस्य हेतो ?

त्यसको कारण के हो भने ?,

अप्रतिष्ठितमानसो हि तथागतोऽर्हन् सम्यक्संबुद्धः ।

तथागत, अर्हंत, सम्यक्सम्बुद्धको मन कतै रहेको हुदैन (वहाँहरू) अप्रतिष्ठितमानस हुनुहुन्छ) ।,

स नैव संस्कृते धातौ स्थितो नाप्यसंस्कृते धातौ स्थितो न च ततो व्युत्थितः॥

न त वहाँ संस्कृतवस्तुमा स्थित हुनुहुन्छ, न त असंस्कृतवस्तुमा स्थित हुनुहुन्छ; न वहाँ ति वस्तुहरूभन्दा वाहिर हुनुहुन्छ ।  

२३३   अथ खल्वायुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्-एवमेव आयुष्मन् शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन स्थातव्यम्, एवं शिक्षितव्यम्-यथा तथागतोऽर्हन् सम्यक्संबुद्धो न क्वचित्स्थितो नास्थितो न विष्ठितो नाविष्ठितः, तथा स्थास्यामीत्येवमनेन शिक्षितव्यम् ।

तत्पश्चत् आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “कसरी, हे आयुष्मान शारिपुत्र, बोधिसत्त्व-महासत्त्व रहन्छ, यहि कुरा बुझोस्; कि तथागत, अर्हंत, सम्यक्सम्बुद्ध न कतै स्थित छ, न कतै स्थित छैन, न वाहिर कतै छ, न वाहिर कतै छैन; त्यसरी नै आफू पनि रहन्छु भनि मनमा लिई शिक्षित भैरहोस् ।

यथा तथागतस्थानं तथा स्थास्यामीति, तथा शिक्षिष्ये इति,

यथा तथागतस्थानं तथा स्थास्यामीति, तथा शिक्षिष्ये इति,

यथा तथागतस्थानं तथा स्थास्यामीति सुस्थितोऽस्थानयोगेनेति एवमत्र बोधिसत्त्वेन महासत्त्वेन स्थातव्यमेवं शिक्षितव्यम् ।

जस्तो तथागतको स्थान (स्तर,मान्यता) छ त्यसरी म पनि रहन्छु भन्ने धारणा राख्नु पर्दछ; जुन स्थान (मान्यता पालनगरी) तथागत रहनुभएको छ त्यसरी त्यही म पनि रहनु पर्छ भन्ने थाहा पाओस्; जुन स्थान (विहरण गरी) तथागत रहनुभएको छ, म पनि त्यसरी नै सुस्थितभई, अस्थानयोगले, रहनुपर्दछ भन्नेकुरा बोधिसत्त्व-महासत्त्वले थाहा पाउनु पर्दछ (सिकोस) ।,

एवं हि शिक्षमाणो बोधिसत्त्वो महासत्त्वो विहरत्यनेन प्रज्ञापारमिताविहारेण अविरहितश्चानेन मनसिकारेणेति ॥

यसप्रकारले बोधिसत्त्व-महासत्त्व शिक्षितभई विहार गरिरहन्छ; अनि (यही कुरा) मनसिकार गरिबस्दछ, अनि प्रज्ञापारमीतावाट रहित नभई विहार गर्दछ, ।

२३५   अथ खलु तत्र पर्षदि केषांचिद्देवपुत्राणामेतदभूत्-यानि तानि यक्षाणां यक्षभाषितानि यक्षरुतानि यक्षपदानि यक्षमन्त्रितानि यक्षप्रव्याहृतानि, तानि विज्ञायन्ते जल्प्यमानानि ।

      तत्पश्चात् त्यहाँ(त्यस परिषदमा) बसेका केहि देवपुत्रहरूका मनमा यस्तो विचार आयो, “जेजति यक्षहरू छन्, यक्षभाषाहरू छन्, यक्षरूत(स्वर, इशारा, लय)हरू छन्, यक्षपद(श्लोक, शव्द समूह)हरू छन्, यक्षमन्त्र(मन र मुद्रा प्रयोग गरेका कुरा, संकल्प)हरू छन्, यक्षप्रव्याहृत(expression, बोलीवचन)हरू छन् ती सवै हामीले जानेका छौं, उनीहरूका जल्प(सरल किसिमले बुझ्न नसकिने बोलचल, छलफल)हरू समेत हामी बुझ्दछौं । (यक्षहरू अन्य वर्गभन्दा केहि बढि फरक भएको, अरूभन्दा गुह्यता राख्ने, प्राणी भएकोले ‘त्यस्ता यक्षको समेत’ भन्ने अर्थ लगाउन वेश हुन्छ ।),   

न पुनरिदं विज्ञायते यत्सुभूतिः स्थविरो भाषते प्रव्याहरति देशयत्युपदिशति ।

(तर) सुभूति स्थवीरले भाषित(भाषा) प्रव्याहृत(बोली) देशित(देशना) उपदेशहरू फेरि पनि बुझिदैन ।“

अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन तेषां देवपुत्राणामिममेवंरूपं चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-न विज्ञायते न विज्ञायते इदं देवपुत्राः ।

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “(मैले भनेको कुरा) नबुझिने नै हो, बुझ्न नसकिने नै हो, हे देवपुत्रहरू,

तथा हि नात्र किंचित्सूच्यते, नात्र किंचित् श्रूयते ॥

(किनभने) यसले केहि पनि सूचित गरेको (बताएको) छैन, न त यसमा केहि सुन्ने कुरा नै छ ।“

२३८   अथ खलु तेषां देवपुत्राणां पुनरेवैतदभूत्-उत्तानीकरिष्यति बत अयमार्यसुभूतिः ।

तत्पश्चात् ती देवपुत्रहरू(का मन)मा फेरि यस्तो कुरा आयो, “उत्तनीकरि (सबैकुरा खुलाई) वहाँ आर्यसुभूतिले बताउनुहुने नै छ ।,

उत्तानीकरिष्यति बतायमार्यसुभूतिरिति ।

उत्तानीकरि (सबैकुरा खुलाई) आर्यसुभूतिले त्यो बताउनुहुने नै छ ।“

दूराद्दूरतरमार्यसुभूतिः प्रविशति, सूक्ष्मात्सूक्ष्मतरम् ।

निकैटाढाको, अझ त्यस भन्दा पनि टाढा, निकै सूक्ष्मको अझै त्यो भन्दा पनि सूक्ष्म विषयमा आर्य सुभूति प्रवेश गर्नुभएको छ । 

गम्भीराद्गम्भीरतरमार्यसुभूतिः प्रविशति देशयति भाषत इति ।

निकैगम्भीर(गहन) विषयमा अझ बढी गहन विषयमा आर्यसुभूतिले प्रवेशगरी (हामीलाई) देशन गर्नुभएकोछ, भाषित गर्नुभएको छ ।“

अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन पुनरपि तेषामेव देवपुत्राणां चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-तेन हि देवपुत्राः यः स्रोतआपत्तिफलं प्राप्तुकामः स्रोतआपत्तिफले स्थातुकामः, स नेमां क्षान्तिमनागम्य….पेयालम् ।

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा फेरिपनि ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “त्यसप्रकाले, हे देवपुत्रहरू, जसले स्रोतापत्त्फल प्राप्तगर्ने कामना राख्दछ, स्रोतापत्तिफलमा स्थितहुने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई)  …. संभवछैन (न पेयालम्) ।,

यः सकृदागाभिफलं प्राप्तुकामः, सकृदागामिफले स्थातुकामः, योऽनागामिफलं प्राप्तुकामोऽनागामिफले स्थातुकामः, योऽर्हत्त्वं प्राप्तुकामोऽर्हत्त्वे स्थातुकामः, यः प्रत्येकबोधिं प्राप्तुकामः प्रत्येकबोधौ स्थातुकामः, स नेमां क्षान्तिमनागम्य…..।

त्यसप्रकाले, हे देवपुत्रहरू, जसले सकृदागामीफल प्राप्तगर्ने कामना राख्दछ, सकृदागामीफलमा रहने कामना राख्दछ; अनागामिफल प्राप्तगर्ने कामना राख्दछ, अनागामिफलमा रहने कामना राख्दछ; अर्हत्त्व प्राप्तगर्ने कामना राख्दछ, अर्हत्त्वमा रहने कामना राख्दछ; प्रत्येकबोधित्त्व प्राप्तगर्ने कामना राख्दछ, प्रत्येकबोधित्त्वमा रहने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन (न पेयालम्) ।,

योऽनुत्तरां सम्यक्संबोधिं प्राप्तुकामोऽनुत्तरायां सम्यक्संबोधौ स्थातुकामः, स नेमां क्षान्तिमनागम्य………….॥

जसले यस अनुत्तरको सम्यक्सम्बोधि प्राप्तगर्ने चाहना राख्दछ, सम्यक्सम्बोधिमा रहने चाहना राख्दछ, उसले  सहनशील नभई (क्षान्तिमा नगई)  …. संभव छैन ।।“

२४१   अथ खलु पुनरपि तेषां देवपुत्राणामेतदभवत्-किंरूपा अस्य आर्यसुभूतेर्धार्मश्रवणिका एष्टव्याः?

तत्पश्चात फेरिपनि ती देवपुत्रहरूका मनमा त्यसैगरी कुरा उठे, “आर्य सुभूतिले

गराउनु भएको धर्मको श्रवणगर्न कस्तो रूप हुनुपर्ने रहेछ ? (अर्थात्, त्यस धर्मको कसरी श्रवण गर्नुपर्ने रहेछ ?)”

अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन तेषां देवपुत्राणां चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-मायानिर्मितसदृशा हि देवपुत्रा मम धार्मश्रवणिका एष्टव्याः ।

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “चटकेले चटकगर्दा निर्माण गरेका पात्रहरू जस्तो भई मैले गरेको धर्मलाई श्रवण गर्नुपर्दछ ।,

तत्कस्य हेतोः?

किनभने,

तथा हि ते नैव श्रोष्यन्ति न च साक्षात्करिष्यन्ति ॥

जसरी तिनि(मायानिर्मित पात्र)हरूले कहिलेपनि सुन्न वा साक्षात्कार गर्न सक्ने हुदैनन् ।“

२४३   अथ खलु ते देवपुत्रा आयुष्मन्तं सुभूतिमेतदवोचन्-किं पुनरार्य सुभूते मायोपमास्ते सत्त्वा न ते माया ?

तत्पश्चात ती देवपुत्रहरूले आर्य सुभूतिसंग भने, “के, हे आर्य सुभूति, चटकेले निर्माण गरेका पात्रहरूभन्दा वाहिर सत्त्व(हामीजस्ता दर्शक)हरू माया(वाट निर्मित) होईनन् र ? 

एवमुक्ते आयुष्मान् सुभूतिस्तान् देवपुत्रानेतदवोचत्-मायोपमास्ते देवपुत्राः सत्त्वाः ।

यस्तो भनिएपछि आयुष्मान सुभुतिले ती देवपुत्रहरूलाई यसो भने, “तीनीहरू पनि मायावाटै निर्मित हुन्, हे देवपुत्रहरु ।”

स्वप्नोपमास्ते देवपुत्राः सत्त्वाः ।

सत्त्वप्राणीहरू स्वप्नोपम (सपनामा देखिए जस्ता) हुन् ।

इति हि माया च सत्त्वाश्च अद्वयमेतदद्वैधीकारम्, इति हि स्वप्नश्च सत्त्वाश्च अद्वयमेतदद्वैधीकारम् ।

यसैले मायापनि सत्त्प्राणीपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन्; यसै गरी स्वप्नपनि सत्त्वपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन् (यी दुइबिच कुनै भेद छैन)

सर्वधर्मा अपि देवपुत्रा मायोपमाः स्वप्नोपमाः ।

सकल वस्तुहरू, हे देवपुत्र, मायोपम हो स्वप्नोपम हो ।

स्रोतआपन्नोऽपि मायोपमः स्वप्नोपमः ।

स्रोतआपन्न(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो ।

स्रोतआपत्तिफलमपि मायोपमं स्वप्नोपमम् ।

स्रोतआपन्नफल पनि मायोपम हो स्वप्नोपम हो ।

एवं सकृदागाम्यपि सकृदागामिफलमपि, अनागाम्यपि अनागामिफलमपि, अर्हन्नपि अर्हत्त्वमपि मायोपमं स्वप्नोपमम् ।

यसैगरी सकृदागामीसत्त्वहरू सकृदागामिफल, अनागामीसत्त्वहरू, अनागामिफल, अर्हत्हरू अर्हत्त्वहरू पनि मायोपम हो स्वप्नोपम हुन् ।

प्रत्येकबुद्धोऽपि मायोपमः स्वप्नोपमः।

प्रत्येकबुद्ध(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो ।

प्रत्येकबुद्धत्वमपि मायोपमं स्वप्नोपमम् ।

प्रत्येकबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हो ।

सम्यक्संबुद्धोऽपि मायोपमः स्वप्नोपमः ।

सम्यक्संबुद्ध भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हुन् ।

सम्यक्संबुद्धत्वमपि मायोपमं स्वप्नोपमम् ।

सम्यक्संबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हुन् ।“

अथ खलु देवपुत्रा आयुष्मन्तं सुभूतिमेतदवोचन्-सम्यक्संबुद्धोऽप्यार्य सुभूते मायोपमः स्वप्नोपम इति वदसि? सम्यक्संबुद्धत्वपि मायोपमं स्वप्नोपममिति वदसि ?

तत्पश्चात देवपुत्रहरूले आयुष्मान सुभूति संग यसो भने, “सम्यक्संबुद्धलाई पनि, हे आर्य सुभूति, तपाईले मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ? सम्यक्संबुद्धत्व पनि मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ?

सुभूतिराह-निर्वाणमपि देवपुत्रा मायोपमं स्वप्नोपममिति वदामि, किं पुनरन्यं धर्मम् ।

सुभीतिले भने, “निर्वाण समेत पनि, हे देवपुत्ररूह, मायोपम हो स्वप्नोपम हो भनि भन्दछु, अन्य धर्म(वस्तु)हरूका (वारेमा) के भनूँ ।“

ते देवपुत्रा आहुः-निर्वाणमप्यार्य सुभूते मायोपमं स्वप्नोपममिति वदसि ?

ती देवपुत्रहरूले भने, “निर्वाणलाई समेत, हे आर्य सुभूति, मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ?

आयुष्मान् सुभूतिराह-तद्यदि देवपुत्रा निर्वाणादप्यन्यः कश्चिद्धर्मो विशिष्टतरः स्यात्, तमप्यहं मायोपमं स्वप्नोपममिति वदेयम् ।

आयुष्मान सुभूतिले भने, “यदि, हे देवपुत्रहरू, निर्वाणभन्दा पनि कुनै अर्को विशिष्टतर (अझै माथिल्लो स्तरको) धर्म छ भने त्यसलाईपनि म मायोपम हो स्वप्नोपम हो भनि भन्ने थिएं ।

इति हि देवपुत्रा माया च निर्वाणं च अद्वयमेतदद्वैधीकारम्।

यसरी नै, हे देवपुत्रहरू, माया(भने)पनि निर्वाण (भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।

इति हि स्वप्नश्च निर्वाणं च अद्वयमेतदद्वैधीकारम्॥

यसरी नै, स्वप्न(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।

२४७   अथ खल्वायुष्मान् शारिपुत्रः, आयुष्मांश्च पूर्णो मैत्रायणीपुत्रः, आयुष्मांश्च महाकोष्ठिलः, आयुष्मांश्च महाकात्यायनः, आयुष्मांश्च महाकाश्यपः, अन्ये च महाश्रावका अनेकैर्बोधिसत्त्वसहस्रैः सार्धमायुष्मन्तं सुभूतिं स्थविरमामन्त्रयन्ते स्म-केऽस्या आयुष्मन् सुभूते प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः प्रत्येषका भविष्यन्ति ?

तत्पश्चात आयुष्मान् शारिपुत्रले मैत्रायणीपुत्र आयुष्मान पूर्ण, आयुष्मान महाकोष्ठिल, आयुष्मान महाकात्यायन, आयुष्मान महाकाश्यप समेत अन्य महाश्रावकहरू र अनेक हजारौं बोधिसत्त्वहरू सहितभई आयुष्मान सुभूति स्थविरलाई बोलाई (‘हे स्थवीर’ भनि सम्बोधनगरी) भने, “यसरी, हे आयुष्मान सुभूति, प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा कसले मन पराउला (खुशीभई स्वीकार गर्ला)?

अथ खल्वायुष्मानानन्दस्तान् स्थविरानेतदवोचत्-ते खल्वायुष्मन्तो वेदितव्या अविनिवर्तनीया बोधिसत्त्वा महासत्त्वाः, दृष्टिसंपन्ना वा पुद्गलाः, अर्हन्तो वा क्षीणास्रवाः, येऽस्याः प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः प्रत्येषका भविष्यन्ति ॥

तत्पश्चात आयुष्मान आनन्दले ति स्थविरहरूलाई यसो भने, “यहाँ जम्मा भएका हे आयुष्मानहरू हो, जसलाई प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा मन पराएका हुन्छन्, ती अविनिवर्तनीय बोधिसत्त्व-महासत्त्वहरू हुन्, (प्रज्ञा)दृष्टिसंपन्न पुद्गलाहरू हुन्, र  क्षीणास्रव भैसकेका अर्हन्तहरू हुन् भनि बुझनु पर्दछ । (अर्थात्, अविनिवर्तनीय भएका बोधिसत्त्व-महासत्त्वहरू, दृष्टिसंपन्न भएका पुद्गलाहरू, क्षीणास्रव भैसकेका अर्हन्तहरूले यस्तो शिक्षा मन पराउने हुन्छ; खुशीभई स्वीकार गर्ने हुन्छ) ।

२४८   अथ खल्वायुष्मान् सुभूतिः स्थविरस्तान् स्थविरानेतदवोचत्-नास्या आयुष्मन्तः प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः केचित्प्रत्येषका भविष्यन्ति ।

तत्पश्चात आयुष्मान सुभूति स्थविरले ति स्थविरहरूलाई यसो भने, “हे आयुष्मानहरू हो, यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कसैले मन पराउदैनन् ।

तत्कस्य हेतोः?

किनकि,

तथा हि-अत्र न कश्चिद्धर्मः सूच्यते,  कश्चिद्धर्मः परिदीप्यते,  न कश्चिद्धर्मः प्रज्ञप्यते ।

यसमा न कुनै धर्मको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरिएको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ ।

तद्यथैवात्र न कश्चिद्धर्मः सूच्यते, न कश्चिद्धर्मः परिदीप्यते, न कश्चिद्धर्मः प्रज्ञप्यते, तथैवास्याः प्रज्ञापारमिताया एवं निर्दिश्यमानाया न कश्चित्प्रत्येषको भविष्यति ॥

जस्तो कि यहाँ न कुनै धर्नको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरेको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ, यसैले यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कोहि कसैले मन पराउदैनन् ।

२५०   अथ खलु शक्रस्य देवानामिन्द्रस्यैतदभूत्- अस्य धर्मपर्यायस्य आर्येण सुभूतिना भाष्यमाणस्य पूजार्थं यन्न्वहं पुष्पाण्यभिनिर्माय आर्यं सुभूतिमभ्यवकिरेयमिति ।

तत्पश्चात् देवराज शक्रको मनमा यसतो विचार आयो, “यस धर्मपर्यायको भाष्यमान गरेको आर्य सुभूतिलाई पूजागर्न फूल उत्पन्नगरी आर्य सुभूतिलाई किन नचढाउँ ?

अथ खलु शक्रो देवानामिन्द्रस्तस्यां वेलायां पुष्पाण्यभिनिर्माय आयुष्मन्तं सुभूतिमभ्यवाकिरत् ।

तत्पश्चात् देवराज शक्रले त्यसबेला फूलहरू उत्पन्नगरी आयुष्मान सुभूतिलाई छरे (पुष्पवर्षा गरे)(वेलीपुष्प कि वेलामा पुष्प ?)

अथ खल्वायुष्मतः सुभूतेः स्थविरस्य शक्रं देवानामिन्द्रमनुव्याहरणायैतदभूत्-न खलु पुनरिमानि पुष्पाणि मया त्रायस्त्रिंशेषु देवेषु प्रचरन्ति दृष्टपूर्वाणि, यानीमानि शक्रेण देवानामिन्द्रेण अभ्यवकीर्णानि ।

तत्पश्चात् आयुष्मान सुभूति स्थवीरले देवेन्द्र शक्रलाई बोल्न लगाउन (व्याहरण गगराउन) मनमा यस्तो विचार गरे, “यस्तो फूलहरू मैले यस अघि त्रायत्रिंश देवताहरुले कामलिएको (प्रचरन्ति) पनि देखेको थिइन; तसर्थ मलाई देवेन्द्रशक्रले वर्षागरेका,

निर्मितान्येतानि पुष्पाणि ।

यी फूलहरू (मायाद्वारा)उत्पन्न गराएको हुनुपर्दछ ।,

      नैतानि पुष्पाणि वृक्षगुल्मलतानिर्जातानि, यानि शक्रेण देवानामिन्द्रेणाभ्यवकीर्णानि, मनोमयान्येतानि पुष्पाणीति ।

यी फूलहरूको रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्;  तसर्थ यी फूलहरू देवेन्द्र शक्रले मनवाट उत्पन्न गराइ पुष्पवर्षा गरेको हुन् ।“

      अथ खलु शक्रो देवानामिन्द्र आयुष्मतः सुभूतेश्चेतसैव चेतःपरिवितर्कमाज्ञाय आयुष्मन्तं सुभूतिमेतदवोचत्-अनिर्जातान्येतान्यार्य सुभूते पुष्पाणि ।

तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिको मनमा उठेको विचार (परिवितर्कना)लाई मनैले बुझी आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यी फूलहरू अनिर्जाता हुन् (जन्मेका; लता विरूवामा फुलेका होइनन्) ।,

तत्कस्य हेतोः?

किनकि,

हि मनोनिर्जातानि कानिचित्पुष्पाणि, नापि वृक्षगुल्मलतानिर्जातानि ।

कुनैपनि फूलहरूको न मनवाटै उत्पन्न भएका हुन् न त रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्

अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-यत्त्वं कौशिक एवं वदसि-अनिर्जातान्येतानि पुष्पाणि, नैतानि मनोनिर्जातानि, नापि वृक्षगुल्मलतानिर्जातानीति ।

तत्पश्चात् आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, जुन तपाईले भन्नुभयो, यी फूलहरू अनिर्जाता हुन्; न त मनवाट उत्पन्न भएका हुन्, न कुनै रूख, गुल्म, लहरामा नै फुलेका हुन् ।,

यत्कौशिक अनिर्जातं न तत्पुष्पम् ।

त, हे कौशिक, ती फूलहरू त उत्पन्न भएकै होइनन् (अस्तित्त्वमा आएकै छैनन्) ।“

अथ खलु शक्रस्य देवानामिन्द्रस्यैतदभूत्-गम्भीरप्रज्ञो बतायमार्यः सुभूतिः ।

तत्पश्चात् देवेन्द्र शक्रको (मनमा यस्तो विचार) उत्पन्न भयो, “आर्य सुभूति गम्भीर प्रज्ञावान हुनुहुन्छ ।,

तां च नाम पदप्रज्ञप्तिं निर्दिशति, तां च न विरोधयति, तां चोत्तानीकरोति, तामेव चोपदिशति ।

त्यसैले वहाँले जे पदप्रज्ञप्ति (के जस्तो कुराराख्ने) गर्नुहुन्छ, त्यसोगर्दा त्यसका  कुनै विरोधाभाष भएको हुऊदैन, बरू उत्तनी (स्पष्ट भावगरी) गर्नुहुन्छ, त्यसैलाई उपदेश पनि गर्नुहुन्छ ।“

अथ खलु शक्रो देवानामिन्द्र आयुष्मतं सुभूतिमेतदवोचत्-एवमेतदार्य सुभूते, एवमेतत् ।

तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यो यसै हो, यो यसै हो ।‘

एवं चात्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं यथा आर्यसुभूतिरुपदिशति ।

यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरूले आर्य सुभूतिले जसरी उपदेश दिनुभएको छ त्यसरी नै शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।“

एवमुक्ते आयुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-एवमेतत्कौशिक, एवमेतत् ।

यसरी भनिएपछि आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, यो यसै हो, यो यसै हो ।,

एवमत्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यम् ।

यहाँ यसरी नै बोधिसत्त्व-महासत्त्वहरू शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।,

एवं शिक्षमाणः कौशिक बोधिसत्त्वो महासत्त्वो न स्रोतआपत्तिफले शिक्षते, न सकृदागामिफले, न अनागामिफले, नाहर्त्वे शिक्षते, न प्रत्येकबुद्धत्वे शिक्षते, न बुद्धत्वे शिक्षते ।

यसरी शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू न स्रोतआपत्तिफमा शिक्षित हुन्छन्, न सकृदागामिफलमा, न अनागामिफमा, न अर्हत्त्वमा, न प्रत्येकबुद्धत्वमा, न बुद्धत्व मैं  शिक्षित भएका हुन्छन् ।

यो नासु भूमिषु शिक्षते, स बुद्धत्वे सर्वज्ञत्वे वा शिक्षते ।

उ भूमिको विषयमा शिक्षित भएका पनि हुँदैन, बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुदैनन् ।

यो बुद्धत्वे सर्वज्ञत्वे वा शिक्षते, सोऽप्रमेयेष्वसंख्येयेषु बुद्धधर्मेषु शिक्षते ।

(तर) जो बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुन्छन्, ती अप्रमेय असंख्येय  बुद्धधर्ममा शिक्षित भएका हुन्छन् ।

योऽप्रमेयेष्वसंख्येयेषु बुद्धधर्मेषु शिक्षते, स न रूपस्य विवृद्धये शिक्षते, न परिहाणाय ।

जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्, तिनिहरू रूपको बृद्धिको लागि शिक्षित भएका होइनन्, न त (त्यस, रूपको) परिहाण (नाशगर्न)को लागि नै शिक्षित भएका हुन् ।

एवं स न वेदनाया न संज्ञाया न संस्काराणाम् ।

यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्)

स न विज्ञानस्य विवृद्धये शिक्षते, न परिहाणाय ।

(यसरी नै) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन् ।

यो न रूपस्य विवृद्धये शिक्षते न परिहाणाय ।

फेरि जो न रूपको बृद्धिको लागि शिक्षित भएका हुन्, न त्यसको परिहाणको लागि नै (शिक्षित भएका हुन्)

एवं न वेदनाया न संज्ञाया न संस्काराणाम् ।

यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) ।,

यो न विज्ञानस्य विवृद्धये शिक्षते न परिहाणाय, स न रूपस्य परिग्रहाय शिक्षते नोत्सर्गाय ।

फेरि (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि; न त रूपको परिग्रहको लागि, न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएको हुन् ।,

एवं स न वेदनाया न संज्ञाया न संस्काराणाम् ।

यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न त वेदना, न संज्ञा, ब संस्कारको (परिग्रहको लागि न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएक हुन्छन्) ।,

स न विज्ञानस्य परिग्रहाय शिक्षते, नोत्सर्गाय, नापि कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।

जो न विज्ञानको परिग्रहमा शिक्षित भएका हुन्छन् न उत्सर्गमा; (अझै भनूँभने) कुनैपनि धर्म(वस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्) न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्)

यो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।

जो कुनैपनि धर्म(बस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्), न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्); त्यो सर्वज्ञताको परिग्रहमा समेत शिक्षित भएका हुदैन, न उत्पादमा, न अन्तर्ध्यानमा शिक्षित भएका हुन्छन् ।  

एवं शिक्षमाणो बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥

यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षित भएका हुन्छन्, सर्वज्ञतामा निर्यासित हुन्छन् ।

२५७   अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-य आयुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानास्य शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।

तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभूति, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन्, त्यो सर्वज्ञताको परिग्रहमा पनि शिक्षित भएका हुदैन, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन् ।

एवं शिक्षमाण आयुष्मान् सुभूते बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥

हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् (भनि भन्नु भएको हो र ?) ।“

२५८   आयुष्मान् सुभूतिराह-एवमेतदायुष्मन् शारिपुत्र, एवमेतत् ।

आयुष्मान सुभूतिले भने, “त्यसै हो, हे आयुष्मान शारिपुत्र, त्यसै हो ।

य आयुष्मन् शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।

हे आयुष्मान शारिपुत्र, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्, त्यसले सर्वज्ञताको समेत न परिग्रहगर्न, न उत्पादगर्न न त अन्तर्ध्यानगर्न नै सिकेका हुन्छन् ।

सर्वबुद्धधर्माणामपि न परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।

सकल बुद्धधर्म (बौद्ध विषय वस्तुहरू) समेत परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्,

एवं चायुष्मन् शारिपुत्र शिक्षमाणो बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥

हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् ।“

२६२   अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-प्रज्ञापारमिता आर्य शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन कुतो गवेषितव्याः?

तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान शारिपुत्रसंग यसो भने, “हे आर्य शारिपुत्र, बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको वारेमा कहाँ कसरी खोज्ने (गवेषणागर्ने) हो ?”

शारिपुत्र आह-प्रज्ञापारमिता कौशिक बोधिसत्त्वेन महासत्त्वेन आयुष्मतः सुभूतेः परिवर्ताद्गवेषितव्या ।

शारिपुत्रले भने, “हे कौशिक, बोधिसत्व-महासत्त्वले आयुष्मान सुभुतिले (भन्नुभएको जस्तो) परिवर्तगतरूपमा (प्रत्येक परिवर्तको क्रमिक) गवेषणा (खोज, गहन अध्ययन) गर्नुपर्दछ ।“

एवमुक्ते शक्रो देवानामिन्द्र आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-कस्यैष आर्य शारिपुत्र अनुभावो वेदितव्यः ?

यति भनिएपछि देवताका राजा इन्द्रले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आर्य शारिपुत्र, कस्को अनुभावले यो जानिने हो ?,

कस्यैतदधिष्ठानं वेदितव्यं यदार्यसुभूतिः प्रज्ञापारमितां भाषते? आयुष्मान् शारिपुत्र आह-तथागतस्यैष कौशिक अनुभावो वेदितव्यः ।

कसको अधिष्ठानवाट आर्य सुभूतिले प्रज्ञापारमिता भाषण गर्नुभएको हो ?”

आयुष्मान शारिपुत्रले भन्नुभयो, “हे कौशिक, यो तथागतको अनुभावले नै भाषणा गर्नुभएको हो, भनि जानिलिनुहोस् ।,

तथागतस्यैतदधिष्ठानं वेदितव्यं यदायुष्मान् सुभूतिः प्रज्ञापारमितां भाषते ।

तथागतको अधिष्ठानवाटै आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको हो ।”

अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-यत्कौशिक एवं वदसि-कस्यैषोऽनुभावो वेदितव्यः, कस्यैतदनुष्ठानं वेदितव्यं यदार्यसुभूतिः प्रज्ञापारमितां भाषते इति ?

तत्पश्चात आयुष्मान सुभूतिले शक्र देवराजइन्द्रलाई यसो भने, “जुन तपाई कौशिकले भन्नुभयो, ‘कस्को अनुभावले कसको अधिष्ठानवाट आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको होला ?,

तथागतस्यैष कौशिक अनुभावो वेदितव्यः ।

त्यो, हे कौशिक, तथागतकै अनुभावले हो भनि बुझनुहोस् ।

तथागतस्यैतदधिष्ठानं वेदितव्यं यदहं प्रज्ञापारमितां भाषे ।

तथागतकै अधिष्ठानवाट यस प्रज्ञापारमिता भाषण गरिएको हो भनि बुझनुहोस् ।

यदपि कौशिक एवं वदसि-प्रज्ञापारमिता बोधिसत्त्वेन महासत्त्वेन कुतो गवेषितव्येति ?

फेरि, हे कौशिक, तपाइले जे भन्नुभयो, कि बोधिसत्त्व-महासत्त्वले कहाँ गएर प्रज्ञापामिता(को कुरा) खोज्नुपर्ने हो ?

प्रज्ञापारमिता कौशिक बोधिसत्त्वेन महासत्त्वेन न रूपाद्गवेषितव्या नाप्यन्यत्र रूपाद्गवेषितव्या ।

(त्यसको जवाफ हो), हे कौशिक, प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले न रूपमा खोजोस्, न रुपभन्दा वाहिर अन्यत्र कतै खोजोस् । 

एवं न वेदनाया न संज्ञाया न संस्कारेभ्यः न विज्ञानाद्गवेषितव्याः, नाप्यन्यत्र विज्ञानाद्गवेषितव्या ।

यसरी नै (प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले) न वेदनामा, न संज्ञामा, न संस्कारमा, न विज्ञानमा खोजोस्; न वेदना वा संज्ञा वा संस्कार वा विज्ञानभन्दा वाहिर अन्यत्र कतै खोजोस् । 

तत्कस्य हेतोः ?

यसको हेतु के हो भने,  

तथा हि न रूपं प्रज्ञापारमिता, नाप्यन्यत्र रूपात्प्रज्ञापारमिता ।

जस्तो कि न रूप नै प्रज्ञापारमिता हो, न रूपभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।,

एवं न वेदना न संज्ञा न संस्काराः ।

यसैगरी न वेदना, न संज्ञा, न संस्कार नै प्रज्ञापारमिता हो; (न वेदना वा संज्ञा वा संस्कार भन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।,

विज्ञानं प्रज्ञापारमिता, नाप्यन्यत्र विज्ञानात्प्रज्ञापारमिता ॥

न विज्ञान नै प्रज्ञापारमिता हो न विज्ञानभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।“

२६५   एवमुक्ते शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-महापारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।

      यस्तो भनिएपछि देवताकाइन्द्र शक्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभुति, जुन तपाईले प्रज्ञापारमिता(को कुरा) बताउनुभयो, त्यो महापारमिता रहेछ ।,

अप्रमाणपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।

यो अप्रमाणपारमिता (अर्थात् यो जस्तो अर्को नभएको, अप्रमाणको यो पारपाउन नसकिने विषय) रहेछ, जुन हे आर्य सुभूति, तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।,

अपरिमाणपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।

यो अपरिमाणपारमिता (अर्थात् यसको विस्तार यतिउति छ भनि थापापाउन नसकिने, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।,

अनन्तपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।

यो अनन्तपारमिता (अर्थात् यो सीमाहिन, अन्त्य नभएको, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।“

स्थविरः सुभूतिराह-एवमेतत्कौशिक, एवमेतत् ।

स्थवीर सुभूतिले भन्नुभयो, “यो यसै हो, हे कौशिक, यो यसै हो ।,

महापारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।

महापारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,

अप्रमाणपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।

अप्रमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,

अपरिमाणपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।

अपरिमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,

अनन्तपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।

अनन्तपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,

तत्कस्य हेतोः ?

किनकि,

रूपमहत्तया हि कौशिक महापारमितेयं यदुत प्रज्ञापारमिता ।

रूप महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएकोहो ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो)

विज्ञानमहत्तया हि कौशिकमहापारमितेयं यदुत प्रज्ञापारमिता ।

विज्ञान महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो ।

रूपाप्रमाणतया कौशिक अप्रमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।

रुप अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपप्रमाणपारमिता भनिएको हो ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमाणपारमिता भनिएको हो)

विज्ञानाप्रमाणतया कौशिक अप्रमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।

विज्ञान अप्रमाणको भएकोपले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमानपारमिता भनिएको हो ।

रूपापरिमाणतया कौशिक अपरिमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।

रुप अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो)

विज्ञानापरिमाणतया कौशिक अपरिमाणपारमितेयं यदुत प्रज्ञपारमिता ।

विज्ञान अपरिमाणको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो ।

रूपानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

रुप अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।

एवं वेदनासंज्ञासंस्काराः ।

यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो)

विज्ञानानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

विज्ञान अनन्तको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।

एवं महापारमितेति कौशिक नाभिनिविशते ।

यसरी यो महापारमिता यस्तो रहेछ भनि अभिनिविशीत भई नबसोस् ।,

एवमप्रमाणपारमितेति, एवमपरिमाणपारमितेति, एवमनन्तपारमितेति नाभिनिविशते ।

यसरी यो महापारमिता अप्रमाणको रहेछ, परिमाणको रहेछ, अनन्तपारमिताको रहेछ, भनि अभिनिविशीत (रमाई, लट्ठ)भई नबसोस् ।,

तस्मात्कौशिक महापारमितेयम्, अप्रमाणपारमितेयम्, अपरिमाणपारमितेयम्, अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥

त्यसैले, हे कौशिक, प्रज्ञापारमितालाई महापारमिता हो, अप्रमाणपारमिता हो,  अपरिमाणपारमिता हो, अनन्तपारमिता हो भनि भनिएको हो ।

२६८   आरम्बणानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ।

सत्त्वानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

सत्त्वप्राणीहरू अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ।

कथं पुनः कौशिक आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?

कसरी फेरि, हे कौशिक, आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो कि ?

सर्वधर्माणां हि कौशिक यतो नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते, ततः कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

सकल धर्म(वस्तु)हरू नै, हे कौशिक, जसको न अन्त्य छ, न मध्य छ, न पर्यवसानम (समाप्ति) छ; तव हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।

अनेन कौशिक पर्यायेण आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

यसलाई अर्को तरीकाले भन्दा, हे कौशिक, आरम्बण (आलम्बन) अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।

पुनरपरं कौशिक यस्मात्सर्वधर्मा अनन्ता अपर्यन्ताः, तेषामन्तो वा मध्यं वा पर्यवसानं वा उपलभ्यते, तस्मात्कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

फेरि, हे कौशिक, सकल धर्म(वस्तु)हरू अनन्त (अन्त्यहीन), अपर्यन्त (असीम, अवद्ध) भएको, अन्त्य वा मध्य वा पर्यावसान नभएको हुँदा, हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।

तत्कस्य हेतोः ?

किनकि,

रूपस्य हि कौशिक नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते ।

रूप(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।,

एवं वेदनायाः संज्ञायाः संस्काराणाम् ।

यसरी नै वेदना, संज्ञा, संस्कारका पनि न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।,

विज्ञानस्य हि कौशिक नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते ।

विज्ञान(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।

अनेनापि कौशिक पर्यायेण आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥

यस उदाहरणले पनि, हे कौशिक, आलम्बन अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।

२६९   पुनरपरं कौशिक सत्त्वोऽनन्तोऽपर्यन्तः ।

      फेरि अर्कोकुरा, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त अपर्यन्त(असीम) छन् ।

तत्कस्य हेतोः ?

किनकि,

न हि सत्त्वस्यान्तो वा मध्यं वा पर्यवसानं नो(वो)पलभ्यते ।

सत्त्वप्रणीहरूको अन्त्य वा मध्य वा पर्यवसानमा प्राप्त हुँदैन ।,

तस्मात्कौशिक सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

त्यसैले, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ।“

अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-कथमायुष्मन् सुभूते सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?

शक्र देवेन्द्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी, हे आयुष्मान सुभूति, सत्त्वप्राणीहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ?”

स्थविरः सुभूतिराह-न हि कौशिक गणनायोगेन वा गणनाबहुत्वेन वा सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥

स्थवीर सुभूतिले भन्नुभयो, “हे कौशिक, (सत्त्वप्राणी कतिछन् भनि) गणना गरेर वा धेरैसंख्यामा भएर वा अनन्तसंख्यामा भएर प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको होइन ।   

२७१   शक्र आह-कथं तर्हीदानीमार्य सुभूते सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?

      शक्रले भने, “त्यसोभए कसरी, हे आर्य सुभूति, सत्त्वप्राणिहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भएको हो ?

स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक कतमस्यैतद्धर्मस्याधिवचनं यदुत सत्त्वः सत्त्व इति ?

सुभूति स्थवीरले भन्नुभयो, “त, हे कौशिक, तपाई के भन्नुहुन्छ, सत्त्व सत्त्व भनि भनिएको वस्तु कस्तो छ त ?

शक्र आह-नैतदार्य सुभूते धर्मस्याधिवचनं न अधर्माधिवचनं यदुत सत्त्वः सत्त्व इति ।

शक्रले भने, “यसो होइन, हे आर्य सुभूति, जुन सत्त्व(प्राणी) छ, त्यो सत्त्व(प्राणी) धर्मको अधिवचन पनि होइन र अधर्मको अधिवचन पनि होइन ।

आगन्तुकमेतन्नामधेयं प्रक्षिप्तम् ।

यो (सत्त्वप्राणी भनिइको वस्तु) आगन्तुक हो, नामधेय (दिइपको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।, 

अवस्तुकमेतन्नामधेयं प्रक्षिप्तम् ।

यो (सत्त्वप्राणी भनिइको वस्तु) अवस्तु (अस्तित्त्वमा नै नभएको कुनै वस्तु) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।, 

अनात्मीयमेतन्नामधेयं प्रक्षिप्तम् ।

यो (सत्त्वप्राणी भनिएको वस्तु) अनात्म (सत्त्वता नभएको, अत्मता नभएको) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।

अनारम्बणमेतन्नामधेयं प्रक्षिप्तं यदुत सत्त्वः सत्त्व इति ।

यो सत्त्त(प्राणि) सत्त्त(प्राणि) भनि भनिएको वस्तु अनारम्बण (अनालम्बनीय, कुनै वस्तुको पनि आधारलिन नसकिने) नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।“ 

स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक काचिदत्र सत्त्वपरिदीपना कृता ?

स्थवीर सुभूति ले भने, “त तिम्रो के विचार छ हे कौशिक, यहाँ कुनै ‘सत्त्व’ परिदीपन (दृष्टमान) भएको छ ? 

शक्र आह-नो हीदमार्य सुभूते ।

शक्रले भने, “भएको छैन, हे आर्य सुभूति ।”

सुभूतिराह-यत्र कौशिक न काचित्सत्त्वपरिदीपना कृता, तत्र का सत्त्वानन्तता ?

सुभूतिले भने, ”यहाँ, हे कौशिक, जव कुनै सत्त्व(प्राणी) दृष्टमान (देखिएको, प्रकट) भएकै छैन, तव सत्त्वप्राणिहरू अनन्त (संख्या, परिमाणमा) कसरी हुन्छन् ?

सचेत्कौशिक तथागतोऽर्हन् सम्यक्संबुद्धोऽनन्तविज्ञप्तिघोषेण गम्भीरनिर्घोषेण स्वरेण गङ्गानदीवालुकोपमान् कल्पानपि वितिष्ठमानः सत्त्वः सत्त्व इति वाचं भाषेत, अपि नु तत्र कश्चित्सत्त्व उत्पन्नो व उत्पत्स्यते वा उत्पद्यते वा, निरुद्धो वा निरोत्स्यते वा निरुध्यते वा ?

त्यसरी नै, हे कौशिक, तथागत अर्हंत सम्यक्सम्बुद्धले (समेत) अनन्तविज्ञप्ति घोषगरी निर्घोषस्वरले गंगानदीको वालुवासमानको संख्याप्रमाणको कल्पहरू समाप्तभएसम्म पनि रहि ‘सत्त्व, सत्त्व’ भनि भन्दैरहे पनि त्यहाँ कुनैपनि सत्त्व उत्पन्नहुने वा उत्पत्स्य (उत्पन्न भएको) वा उत्पद्य (उत्पन्न हुनेवाला) वा, (उत्पन्न भएको सत्त्व)को  निरुद्ध(रोकावट हुने) वा निरोत्स्य (निरोध भएको) वा निरुध्य (निरोध हुनेवाला) हुने हो  र ?“

शक्र आह-नो हीदमार्य सुभूते ।

शक्रले भने, “यस्तो हुँदैन (तथागतले भने पनि यो हुनेवाला होईन), हे आर्य सुभूति ।,

तत्कस्य हेतोः ?

किनकि,

आदिशुद्धत्वादादिपरिशुद्धत्वात्सत्त्वस्य ।

सत्त्व(प्राणी)हरू आदि(काल देखि) शुद्ध हुन्, आदि(काल देखि) परिशुद्ध हुन् ।

सुभूतिराह-अनेनापि कौशिक पर्यायेण एवं सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।

सुभूतिले भन्नुभयो, “त्यसैले, हे कौशिक, अर्कोकिसिमले भन्नुपर्दा (यहि धर्मको कुरालाई उदाहरण दिंदा) सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता पनि भनिएको हो ।,

एवं च पुनः कौशिक सत्त्वानन्ततया प्रज्ञापारमितानन्तता वेदितव्या ॥

त्यसैगरी फेरि पनि, हे कौशिक, सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भएको (भनिएको) हो ।“

२७४   अथ खलु सेन्द्रका देवाः सब्रह्मकाः सप्रजापतिकाः सर्षिनरनारीगणास्त्रिरुदानमुदानयन्ति स्म-अहो धर्मः, अहो धर्मः, अहो धर्मस्य धर्मता ।

      तत्पश्चात्, इन्द्र सहित (सकल) देवताहरू, ब्रह्माहरू, प्रजापतिहरू, ऋषिहरू, नरनारीगणहरू सवैले तिन पटक उदान (हृदयको उद्गार)भरे, “अहो धर्म, अहो धर्म, अहो धर्मको धर्मता ।,

      यस्तथागतस्य प्रादुर्भावः, स आर्येण सुभूतिना स्थविरेण सुभाषितेनेह सूच्यते देश्यते प्रकाश्यते प्रभाव्यते ।

यो तथागत प्रकट भएको कुरा आर्य सुभूतिस्थविरले सुभाषित (राम्ररी भाषण) गरी सूचना गर्नुभएको छ, देशना गर्नुभएको छ, प्रकाशित गर्नुभएको छ, प्रभावित गर्नु (प्रभाव देखाउनु) भएको छ ।

तथागतं तं वयं भगवन् बोधिसत्त्वं महासत्त्वमद्याग्रेण धारयिष्यामो योऽनया प्रज्ञापारमितया अविरहितो भविष्यति, योऽपि च अनेन बोधिसत्त्वो महासत्त्वः प्रज्ञापारमिताविहारेण विहरिष्यति ॥

वहाँ तथागत भगवानलाई र बोधिसत्त्व-महासत्त्वहरूलाई हामी अगाडीसरी धारणा गर्छौं, अनेन (अहिले देखिनै) प्रज्ञापारमितवाट टाढा नभई (नगीचमा रही) बस्छौं ।“ यसरी अनेन (कहिले नटूटाई) बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमिताविहारगरी विहार गरी रहन्छन् ।

२७६   अथ खलु भगवांस्तान् सेन्द्रकान् सब्रह्मकान् सप्रजापतिकान् सर्षिनरनारीगणानामन्त्रयते स्म-एवमेतद्देवपुत्राः, एवमेतत् ।

      त्यसपछी त्यहाँ भगवान इन्द्र, ब्रह्मा, प्रजापति, ऋषि, नरनारिगणहरू सहित सवैलाई बोलाई(सम्बोधन गरी) भन्नुभयो, “यो यसै हो, हे देवपुत्रहरू हो, यो यसै हो ।“

यदाहं देवपुत्रा दीपंकरस्य तथागतस्यार्हतः सम्यक्संबुद्धस्यान्तिके दीपवत्यां राजधान्यामन्तरायणमध्यगतोऽनया प्रज्ञापारमितया अविरहितोऽभूवम्, तदाहं दीपंकरेण तथागतेनार्हतां सम्यक्संबुद्धेन व्याकृतोऽनुत्तरायां सम्यक्संबोधौ-भविष्यसि त्वं माणव अनागतेऽध्वनि असंख्येयैः कल्पैः शाक्यमुनिर्नाम तथागतोऽर्हन् सम्यक्संबुद्धो विद्याचरणसंपन्नः सुगतो लोकविदनुत्तरः पुरुषदम्यसारथिः शास्ता देवानां च मनुष्यानां च बुद्धो भगवानिति ।

हे देवपुत्रहरू हो, एकपटक म दीपवती भन्ने राजधानीको बजार (अन्तरायणम्)को मध्यभागमा दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धको नगिचमा रही प्रज्ञापारमितालाई नछोडी (अविरहित रही) बस्नुभएको थियो, त्यसबेला त्यहाँ मलाई दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धले, ‘हे मनुष्य तिमि अनागतमा असंख्येय कल्पहरू बितेपछि विद्याचरण सम्पन्न, सुगत, लोकविद, पुरुषदम्यसारथि शास्ता देवता तथा मनुष्यका बुद्ध भगवान भई शाक्यमुनी नाम राखि तथागत अर्हंत सम्यक्सम्बुद्ध अनुत्तरको सम्यसम्बोधि प्राप्त गर्नेछौ’ भन्ने व्याकरण गर्नुभएको थियो ।

अथ खलु ते देवपुत्रा भगवन्तमेतदवोचन्-आश्चर्यं भगवन्, परमाश्चर्यं सुगत ।

तत्पश्चात ति देवपुत्रहरूले भगवान संग यसो भने, “अहो, आश्चर्यको छ यो भगवान, परम आश्चर्यको छ, हे सुगत ।“

यावदियं प्रज्ञापारमिता बोधिसत्त्वानां महासत्त्वानां सर्वज्ञताया आहारिका अनुपरिग्राहिका चेति ॥

यसरी यो (माथी उल्लेख गरि बमोजिम) बोधिसत्त्व-महासत्त्वले सर्वज्ञता(प्राप्तगर्ने) आहार (कारण, कृया) (सर्वसत्त्वलाई) अनुपरिग्रह(दु:ख हटाउने, भलोगर्ने चर्या) नै हो  ।

आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां शक्रपरिवर्तो नाम द्वितीयः॥

श्रीअष्टसहस्रिकप्रज्ञापारमितासुत्रम्

२ शक्रपरिवर्तो द्वितीयः

२०१   त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चालिस हजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए । (वैश्रवण, विरूढक, धृतराष्ट्र, र ….. लाइ चार दिशाका अधिपति मानिन्छन् ।) । चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए । सहंपति ब्रह्मापनि दशहजार ब्रह्मकायिक देवपुत्रहरूसंगै आएका थिए । पाँचहजार शुद्धावासिक देवपुत्रहरू पनि त्यस परिषदमा आइबसेका थिए ।

ती देवताहरूको आफ्ना कर्म(पुण्य)को फल बमोजिम प्राप्त आभा बुद्धको अनुभावले बुद्धतेजको अगाडी बुद्धाधिष्ठानमा अभिभूत (निस्तेज) भैगएको थियो ।

२०३   त्यसपछि देवताकाइन्द्र भएका शक्रले आयुष्मान सुभूति स्थवीरसंग भने, “हे सूभूति, यहाँ जम्मा भएका यी धेरै आर्यहरू हजारौं देवपुत्रहरू यहांवाट प्रज्ञापारमीता सुनि बोधिसत्त्व-महासत्त्वहरूलाई गरिएको उपदेश अववाद अनुशासनीवारे थाहापाउने इच्छालिई मेरो साथमा आई परिषदमा बसेका छन्; कि बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमीतामा कसरी स्थीर भै रहन्छन् (स्थातव्यम्,), कसरी प्रज्ञापारमीतावारेमा जान्नेवुझ्ने सिक्ने हुन्छन् (शिक्षतव्यम्) र  कसरी प्रज्ञापारमिता वमोजिम गर्नुपर्ने चर्याहरू गरिरहका (योगयुक्त) हुन्छन् ?” 

स्थवीर (वरिष्ठ, धेरै जेठो) भैसकेका सुभूतिले भने, “हे कौशिक, (तपाईका जिज्ञासाहरूलाई म) बुद्धको अनुभावले बुद्धाधिष्ठानमा बसी बुद्धतेवाट उपदेश गर्दछु, (सुन्नुहोस्) ।,

(सर्वप्रथम त) जो जो देवपुत्रहरूले अनुत्तरको सम्यकसम्बोधिचित्त उत्पन्न गरिसकेका छैनन् तिनिहरूले त्यो (अनुत्तरको सम्यकसम्बोधिचित्त) उत्पादित गर्नुपर्दछ । (अनुत्तरको सम्यकसम्बोधिचित्त भनेको ‘बुद्धो भवेयं जगतो हिताय’को संकल्प हो । अर्थात्, ‘जगतका सकल प्रणीको कुशलमंगल गरी निर्वाणमा लैजान म बुद्ध हुनेछु’ भन्ने संकल्प लिने हो) । त्यस(अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई जसले उत्पन्न गरिसकेको छ, सम्यकरूपमा नियामन (व्यवस्थितरूपमा अगाडी जाने कार्य) गरिसकेको छ, त्यस्ताले त्यस (अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई (फेरि) उत्पन्नगर्ने भावगर्न योग्य छैन । (श्रावकयान, अर्थात्, ‘निर्वाणको संकल्प लिएका’ले करूणाको भावराखि जगतहित गरिरहने ‘सम्यकसम्बोधिचित्त’ उत्पादगर्न योग्य हुदैन ।) । किन भने, तिनि(अनुत्तरको सम्यकसम्बोधिचित्तलाई उत्पन्न गरिसकेका)हरूले संसारको स्रोत(आस्रव)लाई रोकि (सीमाबद्ध गरी) सकेका हुन्छन् । (त्यसरी आस्रवहिन गरिसकेका)तिनिहरूले अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गर्न (भनि) फेरि फेरि पनि संसारमा संसरणगर्न (पुन: पुन: आउन) राम्रो(योग्य) होईन । (अर्हंत्त्वमार्गमा लागि क्षीणास्रव भैसकेपछि फेरि बोधिचित्त उत्पाद गर्नसक्ने हुदैन । मुक्तिखोज्ने र सेवागर्ने दुई भिन्न मार्ग हुन्) ) त्यसो भएतापनि तिनिहरूलाई पनि म अनुमोदन गर्दछु (विरोध गर्दिन, इच्छा भएकाहरू त्यस मार्गमा लागे हुन्छ, उनिहरूको मार्गलाई नराम्रो भन्दिन) । तर, (अर्हत्त्वमार्गमा लागेकाले पनि) जो कोहिले पनि यस (बोधिसत्त्वयान)को अनुमोदनगर्न (अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गरी, बोधिसत्त्वयानमा आउन चाहेमा आउन) सक्दछन् । जसले यसप्रकार अनुत्तर सम्यक्सम्बोधिचित्त उत्पाद गरेको हुन्छ, त्यसले (हालसम्म आर्जन गरिसकेको कुशलमूल (पुण्यकार्य, योगक्षेम) मा अन्तराय (विघ्न बाधा, घाटा) भने हुदैन ।,

(निर्वाण, स्रोतापत्ति जस्तो) विशिष्ट किसिमको धर्ममा लागेकाले (यस बोधिसत्त्मार्ग, बोधिचित्त्त्पाद जस्तो) विशिष्टतम (सवैभन्दा विशिष्ट) धर्म(मार्ग)मा लाग्ने इच्छा गर्नु पर्दछ ।“

२०८   त्यसपछि भगवानले आयुष्मान सुभूतिलाई (आफूसमक्ष) बोलाई भन्नुभयो, “साधु, साधु, हे सुभूति, तिमिले फेरि पनि बोधिसत्त्व-महासत्त्त्वहरूलाई उत्साहित गरेका छौ ।“

(भगवानवाट) यस्तो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यस्तो भने, “हे भगवान, हामीहरू हजूरप्रति कृतज्ञ छौं भगवान; अकृतज्ञ छैनौं । किनकि, पहिले पहिलेका (जन्महरूमा) हजूर भगवानले तथागतहरू, अर्हंन्तहरू, सम्यसम्बुद्धहरूका समीपमा गई हामीहरूको (भलोका)लागि हजूरले जसरी ब्रह्मचर्याको बारेमा बुझीलिनु भयो,  (त्यसको) पालनगरी बोधिसत्त्व हुनुभयो, अनुत्तरज्ञान उत्पन्न गर्नुभयो र श्रावकजनलाई पारमीताका बारेमा अववाद दिनुभयो शिक्षितगराउनु भयो । त्यसै तरीकाले नै, हे भगवान, हामीहरूले पनि बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (शिक्षण, वाटोमा लैजाने, अनुपरिग्रह) दिनुपर्दछ, अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ; राम्ररी अववाद (अनुपरिग्रह) दिनुपर्दछ, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ । त्यसको के कारण हो भने, हामीहरूपनि, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिई, अनुशासनी (अनुपरिवारयित) पनि गराई; राम्ररी अववाद (अनुपरिग्रह) दिई, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गराई अनुत्तर सम्यक्सम्बोधिमा छिट्टै प्राप्तहोस् भन्ने चाहन्छौं । (सकलप्राणीलाई निर्वाणित गराएपछि मात्र आफूले निर्वाणलिने भन्ने बोधिसत्त्व-महासत्त्वहरूको प्रतिज्ञा रहने भएकोले जतिधेरै सत्त्वप्राणीलाई निर्वाणमा पठाउन सकियो त्यत्तिनै छिटो आफूपनि निर्वाणलिन पाइने भएकोले ।)

२१३   तत्पश्चात आयुष्मान सुभूतिले देवताकाइन्द्र ‘शक्र’लाई बोलाई भने, “त्यसैगरी नै, हे कौशिक (काश्यप ऋषिका छोरा), सुन; ध्यान दिएर सुन, मनमा लेउ; बोधिसत्त्व-महासत्त्वहरू जसरी प्रज्ञापारमीतामा रहने (लाभ गरी, त्यसमा स्थीर भै रहिरहने) हुन्छ, त्यो मैले तिमिलाई भन्दछु ।,

हे कौशिक, बोधिसत्त्व-महासत्त्वले शून्यतामा बसी प्रज्ञापारमीतामा (अर्थात्, शून्यतालाई धारणगरी भावगरू मात्र प्रज्ञापारमीताको अववाद, अनुशासनी गर्नु पर्दछ । शून्यतामा रहेकामा प्रज्ञापारमिता रहन सक्छ, शून्यतामा नबसेकाले प्रज्ञापारमिता लिनसक्दैन) । त्यसो भएकोले नै (शून्यतामा बसी प्रज्ञापारमीतामा रहने भनेको), हे कौशिक, बोधिसत्त्व-महासत्त्व महासंनाहसंनद्ध (युद्धभूमिमा शस्रास्त्र रक्षाकवच समेत सवै साजसर्जामलिई उत्साहसहित जुनसुकै बेलामा जान पूरा तयारीसाथ तम्तयार रहेको व्यक्ति जस्तो) भई विचरण गरिरहन पर्दछ ।,

(त्यस्ता प्रज्ञापारमितामा रहने महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) ‘रूप’मा नरहोस् । (अर्थात्, ‘रूप’को भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) (त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) वेदना, संज्ञा वा संस्कारहरूमा (पनि) नरहोस् (वेदना, संज्ञा वा संस्कारको पनि भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । विज्ञानमा (पनि) नरहोस् (विज्ञानको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (उनीहरू) आँखा(हरू)मा नरहोस् (अर्थात्, ‘आँखा’ भनिने कर्मेन्द्रिय शरीरमारहेको भौतिकवस्तुमा भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) (त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) ‘रूप’ अर्थात् चक्षुइन्द्रिय वाट देखिने रूपमा नरहोस । (लामो, छोटो; सानो, ठूलो; विन्दु, रेखा, समतल, आयतन आदि आकृति र रंग समेतको ‘रूप’को  रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन । रूपत्त्वको प्रवेशद्वार चक्षुअंग हो र यो एकपल्ट प्रवेश गरेपछि यसको प्रतिविम्ब, प्रारूप मनमा टाँसिएर बसिरहने भएकोले तत्पपश्चात पुन चक्षुद्वार प्रवेश हुन आवश्यक पर्दैन, मनवाट मनमै पनि रूपको दर्शन हुनसक्दछ । । न चक्षुर्विज्ञानमा रहोस् (चक्षुर्विज्ञानमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । चक्षुसंस्पर्शमा पनि नरहोस । (आँखाको सम्पर्कमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । आँखाको सम्पर्कमा आएको (कारणले उत्पन्न सुखदुख)वेदनाहरूमा (समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर) रहन हुदैन । यसरी नै श्रोत्र (कान), घ्राण(नाक), जिह्वा(जिब्रो), काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरूमा पनि न रहोस् । (आँखाको अलावा कान, नाक, जिब्रो, काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरू अर्थात् शरीरका पाचओटा ‘यन्त्र’मा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (आखाको वारेमा छुट्ट् माथी उल्लेख भैसकेको छ ) ।,

न त शव्द(आवाज), गन्धवास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता धर्म(वस्तु, आलम्बनका विषय)हरूमा रहोस; न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविज्ञानहरूमा नै रहोस् । (रुपको साथै शव्द(आवाज), गन्घ(वास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र चक्षुर्विज्ञान समेतका श्रोतविज्ञान घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र मनोविज्ञान जस्ता ‘विज्ञान’हरूमा पनि न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविविज्ञानहरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । न मनले स्पर्शगर्ने विषयमा, न मनले स्पर्श गरेको कारणले उत्पन्नहुने वेदनामा रहोस् । (साथै मनस्पर्शगर्ने, छुने, सम्पर्कगर्ने जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन; र मनसंग स्पर्श भएको कारणले उत्पन्नहुने सुखदु:खादि वेदनामा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।,

न पृथ्वीधातुमा रहोस् । न अव्ज(जल)धातु, न तेजोधातु, न वायुधातु, न आकाशधातु, न विज्ञानधातु मा रहोस् । (चतु:)स्मृतिप्रस्थानमा पनि नरहोस् । (सम्यक्स्मृति अथवा सम्मासति ४ छन्; कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपस्यना) । न सम्यकप्रहाण, न ऋद्धिपाद, न इद्रिय, न बल, न सप्तबोध्यंग, न (आर्यअष्टांग)मार्गमा रहोस् । (सम्यकप्रहाण भनेको …  ……….   …….. हो । ऋद्धिपाद भनेको ऋद्धि अर्थात् शक्तिप्राप्तगर्न आवश्यकपर्ने ४ ध्यानहरू; इच्छालाई वशमा वशमा पार्ने(छन्द ऋद्धिपाद), कुनै कार्यगर्ने उत्साह(वीर्य ऋद्धिपाद), चित्त एकाग्रगर्ने (चित्त ऋद्धिपाद), र बुद्धविवेकको वृद्धगर्ने (विमर्शन ऋद्धिपाद) हुन् । इन्द्रिय भन्नाले सामान्यतया कर्मेन्द्रिय, ज्ञानेन्द्रिय जस्ता जुनवस्तुको माध्यमवाट कार्य गर्नेहो त्यसलाइ जनाउने भएतापनि यहाँ प्रस्तुतभएको इन्द्रियले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) इन्द्रियलाई जनाएको छ । बल       भन्नाले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) बलहरूलाई जनाएको छ । सप्तबोध्यंग भन्नाले विमोक्षहुन अर्थात् बोधिज्ञान प्राप्तगर्ने ओटा विषय(साधनहरु)हरू जनाउँछ, स्मृतिबोध्यंग (होश राख्नुपर्ने कुराहरु), २ वीर्यबोध्यंग (उत्साह, प्रयत्न गर्नुपर्ने कुराहरू, (कुनै पनि कार्य संकल्पमात्रले सिद्ध हुदैन) त्यसलाई मेहनतगरी प्रयत्न गरी चेष्टा गरी सम्पन्न गर्नु पर्दछ यसको लागि मन लगाएर उत्साहसाथ कार्यगर्नु पर्दछ ), समाधिबोध्यंग (समाधिमा रहन आवश्यक विषयहरू), ४ धर्मप्रविचयबोध्यंग (धर्म, कर्त्तव्य सम्बन्धी विचारहरू), ५ प्रीतिबोध्यंग (मानसिक सुख पाउने कार्यहरू), ६ प्रश्रब्धिबोध्यंग (मानसिक शारिरीक सुख(शान्ति) पाउने विषयहरू), ७ उपेक्षाबोध्यंग (सवैलाई समान तथस्ट व्यवहार गर्ने) । आर्यअष्टांगमार्ग बनेको चतु:आर्यसत्यको निरोधगर्ने माग हो, यसमा ८ओटा अंगहरू छन्; १ सम्यक् दृष्टि (ठीक धारणा), २ सम्यक् संकल्प ( सम्यक प्रतिज्ञा), ३ सम्यक् वाचा (सम्यक बोलीवचन), ४ सम्यक कर्म, ५ सम्यक जीवन (सम्यक आजिविका), ६ सम्यक व्यायाम (सम्यक प्रयास, चेष्टा), ७ सम्यकस्मृति (सम्यक संझना), र सम्यक समाधि (सम्यक एकाग्रता) ।  

न स्रोतापत्तिफल(आस्रवक्षीण गरी स्रोतापन्न भएको अर्थात् सातौं जन्ममा निर्वाणप्राप्त हुने विषयमा) मा उपलम्भन गरी (त्यसैमा रमाई टाँसि) रहोस् । न सकृदागामिफल(निर्वाणहुन एउटामात्र अर्को जन्म लिन बाकी भएको)मा, न अनागामिफल (यस जिवनको अन्त्यसंगै निर्वाणहुने, अर्को जन्मलिन नपर्ने विषय)मा, न अर्हत्त्व (यसै जीवनमैं क्लेशप्रहाणगरी निर्वाण प्राप्तगर्ने विषय)मा उपलम्भन गरी रहोस् । न प्रत्येकबुद्ध(निर्वाणलिन योग्य भैसकेतापनि निर्वाण नलिई जगतहितको लागी ठूलोठूलो प्रतिज्ञा गरी एकलै घुमिराखेका बोधिसत्त्व-महासत्त्वहरूका विषय) मा (उपलम्भन गरीरहोस्) । न बुद्धत्त्वमा (उपलम्भन गरी) रहोस् । (बुद्ध भन्ने दक्षिणीय हो; पृथक्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकभूमि पनि पारगरी; अप्रमेय असंख्येय सत्त्वप्राणीलाई उपकार, हित कल्याणगरी निर्वाण लाभ गराई; श्रावकनियम, प्रत्येकबुद्धनियम र सम्यक्सम्बुद्धनियममा स्थीरगराई; बुद्धभूमीमाबसी; बुद्धहुनेले गर्नुपर्ने सवै सम्पन्नगरी; अनुपधिशेष निर्वाणधातुमा बुद्धपरिनिर्वाण हुनेछ भन्ने जस्ता आदिइत्यादि कुराहरूमसा उपलम्भन गरीबस्न हुदैन, आशक्तिराखि बस्न हुदैन)

यही नै रूप हो भनि (निश्चित गरी) नरहोस् । (यही नै यस्तै ‘हो’ भनि भन्दा त्यसभन्दा वाहेकको अन्य कुनैपनि ‘होइन’ भन्ने भन्ने अर्थ स्वत: लाग्दछ । यसैले यहाँ जहाँसुकै ‘हो’ भनि प्रयोग भएको ठाउँमा ‘हो वा होइन’ भन्ने अर्थ विस्तिर अर्थ लगाउन पर्दछ । निश्चितगरी नरहोस् भन्नाले रूप वा रूपता, शुभ वा अशुभ, नित्य वा अनित्य, आत्म वा अनात्म, सुख वा दुख, शून्य वा अशून्य इत्यादि कुरामा यो यसै हो भनि निश्चित धारणा बनाईबस्नु हुदैन भन्न खोजिएको हो ।) यही नै वेदना हो, यही नै संज्ञा हो, यही नै संस्कार हो भनि (निश्चित धारणा नबनाओस्, त्यस्तो भावमा) नरहोस् । यही नै विज्ञान हो भनि (निश्चित गरी) नरहोस् । यही नै आँखा हो, यहि अंगवाट भएर मनमा संस्पर्श हुनेभएकोले वेदना उत्पन्न भएको हो भन्ने भावमा पनि नरहोस् । यही नै पृथ्वीधातु हो, (यसरी नै आपोधातु हो, तेजसधातु, वायुधातु हो, आकाशधातु हो, देखि वेदना, संज्ञा, संस्कार) देखि विज्ञानधातुसम्म पनि ‘यहि नै हो’ भन्ने भावमा नरहोस् । यही नै स्मृतिपस्थान हो भन्ने भावमा पनि नरहोस् । यही नै सम्यकप्रहाण, ऋद्धिपाद, इद्रिय, बल, सप्तबोध्यंग हुन्; यही नै (आर्यअष्टांग)मार्ग हो भन्ने भावमा पनि नरहोस् । यही नै स्रोतापत्तिफल हो भन्ने भावमा पनि नरहोस्; यही नै सकृदागामिफल, अनागामिफल,अर्हत्त्व हुन् भन्ने भावमा पनि नरहोस् । यही नै प्रत्येकबुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् । यही नै बुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।

रूप नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् । विज्ञान नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।

रूप सुख-दुख (सुख वा दु:ख, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत सुख-दुख (सुख वा दु:ख; हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान सुख-दुख (सुख वा दु:ख, हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूप शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन)  भन्ने भावमा पनि नरहोस् । विज्ञान शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूप आत्म-अनात्म (आत्म वा अनात्म, हो वा होइन)  भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत आत्म-अनात्म (आत्म वा अनात्म, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूप शुभ-अशुभ (शुभ वा अशुभ, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

रूप शून्यमा जाने साधन (डुँगा, वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।

स्रोतापत्तिफल असंस्कृत हो, प्रभावित हो भन्ने भावमा पनि नरहोस् । (असंस्कृत भनेको कुनै अन्यवस्तुहरु वाट नवनाईएको, कुनै परिवर्तन वा संस्कार नगरिएको, शुद्धरूपमा रहेको वस्तु हो । प्रभावित भनेको कसैले वाहिरवाट प्रभावमा पारेको, आफ्नो शुद्धरूपमा नरहेको वस्तु हो) । यसरी नै सकृदागामीफल, अनागामीफल, अर्हंत्त्वहरू पनि असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् । प्रत्येकबुद्धत्त्व असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।

स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् । स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू सातपटक जन्मलिएपछि संसारचक्रवाट मुक्त हुन्छन् भन्ने भावमा पनि नरहोस् ।

सकृदागामी (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् । सकृदागामी (भएका सत्त्वप्राणी)हरू अपरिनिष्ठित (भोग्न बाकिरहेको) कार्य (पनि) (एकपल्टलाई लोकमा) सम्पन्नगरी दु:खको अन्त्य (निर्वाण प्राप्त) गर्दछन् भन्ने भावमा पनि नरहोस् ।

अनागामी(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अनागामीहरू यसलोकमा अब आउन नपर्ने (अर्को जन्मलिन नपर्ने) भई यहिनै परिनिर्वाण हुन्छन् भन्ने भावमा पनि नरहोस् ।

अर्हंत(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अर्हंतहरू अनुपधिशेष (केहि पनि उपाधि बाकि नराखि) निर्वाणधातुमा परिनिर्वासित भईसकेका हुन् भन्ने भावमा पनि नरहोस्;

प्रत्येकबुद्ध(भएका सत्त्वप्राणी, बोधिसत्त्व)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;(सम्यक्सम्)बुद्धभूमिमा परिनिर्वासित हुने हुन् भन्ने भावमा पनि नरहोस्;

बुद्ध(सम्यक्सम्बुद्ध)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; सम्यक्सम्बुद्धले पृथग्जनभूमि पारगरी श्रावकभूमि पारगरी प्रत्यकभूमिमा अप्रमेय असंख्य सत्त्वहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई) अप्रमेय संख्याका सत्त्वकोटी नियुतशतसहस्राण पटक परिनिर्वाप्यभई अप्रमेय संख्याका सत्त्वा, श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि बुद्धभूमीमा राखि बुद्धकृत्य गराई अनुपधिशेष निर्वाणधातु बुद्धपरिनिर्वाणमा परिनिर्वासित लिएको यस्तै अनेक कार्य गरेका हुन् भन्ने भावमा पनि नरहोस् ।।

२३१   तत्पश्चात् आयुष्मान शारिपुत्रलाई यस्तो (मनमा) भयो, “यदि बुद्धले पृथग्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकबुद्धभूमि पारगरि; अप्रमेय संख्यामा  सत्त्वप्राणीहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई); अप्रमेय संख्यामा सत्त्वलाई  कोटीनियुतशतसहस्राण पटक परिनिर्वासित गराई; अप्रमेय संख्याका सत्त्वलाई श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि, बुद्धभूमीमा राखि, बुद्धकृत्य गराई, अनुपधिशेषभई निर्वाणधातुमा बुद्धपरिनिर्वाणभई परिनिर्वासित हुनेछन् भन्ने कुराहरूपनि  भाव नरहोस (मनमा नलेओस्) भन्ने हो भने, कसरी फेरि के मा कसरी रहने (कस्तो भाव गर्नुपर्ने) हो, र त्यो कसरी थाहा पाउने हो ?”

तत्पश्चत् आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा आयुष्मान शारिपुत्रको मनमा उठेको परिवितर्कलाई मनैले बुझि आयुष्मान शारिपुत्रलाई यसो भने, “त, हे आयुष्मान शारिपुत्र तपाई के भन्नुहुन्छ, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कहाँ स्थित हुनुहुन्छ भन्ने विचार छ ?”

आयुष्मान शारिपुत्रले भने, “हे सुभूति, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कतै पनि स्थित हुनुहुन्न । त्यसको कारण के हो भने, तथागत, अर्हंत, सम्यक्सम्बुद्धको मन कतै रहेको हुदैन (वहाँहरू) अप्रतिष्ठितमानस हुनुहुन्छ) । वहाँहरू न त संस्कृतवस्तुमा स्थित हुनुहुन्छ, न त असंस्कृतवस्तुमा स्थित हुनुहुन्छ; न वहाँ ति वस्तुहरूभन्दा वाहिरै हुनुहुन्छ ।“ 

२३३   तत्पश्चत् आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आयुष्मान शारिपुत्र, बोधिसत्त्व-महासत्त्व यसरीनै रहोस् र यहि कुरा बुझोस्; कि तथागत, अर्हंत, सम्यक्सम्बुद्ध न कतै स्थित छ, न कतै स्थित छैन, न वाहिर कतै छ, न वाहिर कतै छैन; (बोधिसत्त्व-महासत्त्वहरूले) यसरी नै आफू पनि रहन्छु भनि मनमा लिई शिक्षित भैरहोस् ।

जस्तो तथागतको स्थान (स्तर, मान्यता) छ त्यसरी म पनि रहन्छु भन्ने धारणा राख्नु पर्दछ; जुन स्थानमा जसरी (मान्यता पालनगरी) तथागत रहनुभएको छ त्यसरी त्यही म पनि रहनु पर्छ भन्ने वुझोस्; जुन स्थानमा (विहरण गरी) तथागत रहनुभएको छ, म पनि त्यसरी नै सुस्थितभई, अस्थानयोगले रहनुपर्दछ भन्नेकुरा बोधिसत्त्व-महासत्त्वले थाहा पाउनु पर्दछ (सिकोस) ।,

यसप्रकारले बोधिसत्त्व-महासत्त्व शिक्षितभई विहार गरिरहन्छ; अनि (यही कुरा) मनसिकार गरिबस्दछ, अनि प्रज्ञापारमीतावाट रहित नभई विहार गर्दछ ।“

२३५   तत्पश्चात् त्यहाँ(त्यस परिषदमा) बसेका केहि देवपुत्रहरूका मनमा यस्तो विचार आयो, “जेजति यक्षहरू छन्, यक्षभाषाहरू छन्, यक्षरूत(स्वर, इशारा, लय)हरू छन्, यक्षपद(श्लोक, शव्द समूह)हरू छन्, यक्षमन्त्र(मन र मुद्रा प्रयोग गरेका कुरा, संकल्प)हरू छन्, यक्षप्रव्याहृत(expression, बोलीवचन)हरू छन् ती सवै हामीले जानेका छौं, उनीहरूका जल्प(सरल किसिमले बुझ्न नसकिने बोलचल, छलफल)हरू समेत हामी बुझ्दछौं । (यक्षहरू अन्य प्राणीवर्गभन्दा विशिषरूपमा केहि बढि नै फरक भएको हुन् । यक्षहरू अरूभन्दा वढी गुह्यता राख्ने र तिनिहरूलाई बुझ्न ज्यादै कठीन भएकोले ‘त्यस्ता यक्षको समेत’ भनि उदाहृत गरिएको हो) । (तर) सुभूति स्थवीरवाट भाषित(भाषा) प्रव्याहृत(बोली) देशित(देशना) उपदेशहरू फेरि पनि बुझिदैन ।“

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूका मनमा उठेकोकुरा मनैले बुझी त्यसरी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “(मैले भनेको कुरा) नबुझिने नै हो, बुझ्न नसकिने नै हो, हे देवपुत्रहरू, (किनभने) यसले केहि पनि सूचित गरेको (बताएको) छैन, न त यसमा केहि सुन्ने कुरा नै छ ।“

२३८   तत्पश्चात् ती देवपुत्रहरू(का मन)मा फेरि यस्तो कुरा आयो, “उत्तनीकरि (सबैकुरा खुलाई) वहाँ आर्यसुभूतिले बताउनुहुने नै छ ।  सबैकुरा खुलाई (उत्तानीकरि) आर्यसुभूतिले त्यो बताउनुहुने नै छ । निकैटाढाको, अझ त्यस भन्दा पनि टाढा, निकै सूक्ष्मको अझै त्यो भन्दा पनि सूक्ष्म विषयमा आर्य सुभूति प्रवेश गर्नुभएको छ ।  निकै गम्भीर(गहन) विषयमा अझ बढी गहन विषयमा आर्यसुभूतिले प्रवेशगरी (हामीलाई) देशना गर्नुभएकोछ, भाषित गर्नुभएको छ ।“

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा फेरिपनि ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी, परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “त्यसप्रकाले, हे देवपुत्रहरू, जसले स्रोतापत्तिफल प्राप्तगर्ने कामना राख्दछ, स्रोतापत्तिफलमा स्थितहुने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभवछैन (न पेयालम्) ।,

त्यसैप्रकाले, हे देवपुत्रहरू, जसले सकृदागामीफल प्राप्तगर्ने कामना राख्दछ, सकृदागामीफलमा रहने कामना राख्दछ; अनागामिफल प्राप्तगर्ने कामना राख्दछ, अनागामिफलमा रहने कामना राख्दछ; अर्हत्त्व प्राप्तगर्ने कामना राख्दछ, अर्हत्त्वमा रहने कामना राख्दछ; प्रत्येकबोधिसत्त्वत्व प्राप्तगर्ने कामना राख्दछ, प्रत्येकबोधित्त्वत्वमा रहने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन (न पेयालम्) ।,

जसले यस अनुत्तरको सम्यक्सम्बोधि प्राप्तगर्ने चाहना राख्दछ, सम्यक्सम्बोधिमा रहने चाहना राख्दछ, उसले  सहनशील नभई (क्षान्तिमा नगई)  …. संभव छैन ।“

२४१   तत्पश्चात फेरिपनि ती देवपुत्रहरूका मनमा त्यसैगरी कुरा उठे, “आर्य सुभूतिले

गराउनु भएको धर्मको श्रवणगर्न कस्तो रूप हुनुपर्ने रहेछ ? (अर्थात्, त्यस धर्मको कसरी श्रवण गर्नुपर्ने रहेछ ?)”

तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “मायावाट निर्माण गरेका ‘जादूको करतब’ हेर्दा जस्तो भावलिई हेरिन्छ, मैले दिएको धर्मलाई पनि त्यरीनै श्रवणगर्नु (लिनु) पर्दछ । किनभने, जसरी ति(मायानिर्मित) पात्रहरूले कहिलेपनि (आफूलाई बनाएका निर्माता लगायत खेल हेरिबसेका दर्शकलाई) सुन्न वा साक्षात्कार गर्न सक्ने हुदैनन् (त्यसरी नै ग्रहण गर्नु पर्दछ) ।“

२४३   तत्पश्चात ती देवपुत्रहरूले आर्य सुभूतिसंग भने, “के, हे आर्य सुभूति, चटकेले निर्माण गरेका पात्रहरूभन्दा वाहिरका सत्त्व(त्यस चटकका निर्माता र हामी दर्शक)हरू समेत माया(वाट निर्मित) होईनन् र ? 

यस्तो भनिएपछि आयुष्मान सुभुतिले ती देवपुत्रहरूलाई यसो भने, “तीनीहरू (त्यस चटकका निर्माता र हामी दर्शकहरू) पनि मायावाटै निर्मित हुन्, हे देवपुत्रहरु हो । सत्त्वप्राणीहरू स्वप्नोपम (सपनामा देखिए जस्ता मात्र) हुन् ।

माया(चटकमा दृष्यमान भएका वस्तु तथा सत्त्वप्राणी) र (चटकभन्दा वाहिरका निर्मातादर्शक आदि) सत्त्प्राणीपनि अद्वय(एकै)हुन्; एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन्; यसै गरी स्वप्नपनि सत्त्वपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन् (यी दुइबिच कुनै भेद छैन) । (चटकको भित्र होस् वा वाहिर) सकल धर्म(वस्तु)हरू, हे देवपुत्र, मायोपम हो स्वप्नोपम हो । स्रोतआपन्न(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो । स्रोतआपन्नफल पनि मायोपम हो स्वप्नोपम हो । यसैगरी सकृदागामीसत्त्वहरू सकृदागामिफल, अनागामीसत्त्वहरू, अनागामिफल, अर्हत्हरू अर्हत्त्वहरू पनि मायोपम हो स्वप्नोपम हुन् । प्रत्येकबुद्ध(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो । प्रत्येकबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हो । सम्यक्संबुद्ध (भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हुन् । सम्यक्संबुद्धत्त्व (को पद र स्वभाव) पनि मायोपम हो स्वप्नोपम हो ।“

तत्पश्चात देवपुत्रहरूले आयुष्मान सुभूति संग यसो भने, “सम्यक्संबुद्धलाई पनि, हे आर्य सुभूति, तपाईले मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ? सम्यक्संबुद्धत्व पनि मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ?”

सुभूतिले भने, “निर्वाण समेत पनि, हे देवपुत्ररू हो, मायोपम हो स्वप्नोपम हो भनि भन्दछु, अन्य धर्म(वस्तु)हरूका (वारेमा) के भनूँ ।“

ती देवपुत्रहरूले भने, “निर्वाणलाई समेत, हे आर्य सुभूति, मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ?

आयुष्मान सुभूतिले भने, “यदि, हे देवपुत्रहरू, निर्वाणभन्दा पनि कुनै अर्को विशिष्टतर (अझै माथिल्लो स्तरको) धर्म छ भने त्यसलाईपनि म मायोपम हो स्वप्नोपम हो भनि भन्ने थिएं । हे देवपुत्रहरू, माया(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो । यसरी नै, स्वप्न(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।

२४७   तत्पश्चात आयुष्मान् शारिपुत्रले मैत्रायणीपुत्र आयुष्मान पूर्ण, आयुष्मान महाकोष्ठिल, आयुष्मान महाकात्यायन, आयुष्मान महाकाश्यप समेत अन्य महाश्रावकहरू र अनेक हजारौं बोधिसत्त्वहरू सहितभई आयुष्मान सुभूति स्थविरलाई इशारागरी ((‘हे स्थवीर’ भनि सम्बोधनगरी) भने, “यसरी, हे आयुष्मान सुभूति, प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा कसले मन पराउला (खुशीभई स्वीकार गर्ला) ?”

तत्पश्चात आयुष्मान आनन्दले ति स्थविरहरूलाई यसो भने, “यहाँ जम्मा भएका हे आयुष्मानहरू हो, जसलाई प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा मनपराउने हुन्छन्, ती अविनिवर्तनीय बोधिसत्त्व-महासत्त्वहरू हुन्, (प्रज्ञा)दृष्टिसंपन्न पुद्गलाहरू हुन्, र  क्षीणास्रव भैसकेका अर्हन्तहरू हुन् भनि बुझनु पर्दछ । (अर्थात्, अविनिवर्तनीय भएका बोधिसत्त्व-महासत्त्वहरू, दृष्टिसंपन्न भएका पुद्गलाहरू, क्षीणास्रव भैसकेका अर्हन्तहरूले यस्तो शिक्षा मन पराउने हुन्छ; खुशीभई स्वीकार गर्ने हुन्छन्) ।“

२४८   तत्पश्चात आयुष्मान सुभूति स्थविरले ति स्थविरहरूलाई यसो भने, “हे आयुष्मानहरू हो, यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) कसैले मन पर्दैन । किनकि, यसमा न कुनै धर्मको सूचना (नया कुरा प्रतिपादन) गरिएकोछ, न कुनै धर्मलाई प्रकाश (व्याख्या) गरिएको छ, न कुनै धर्मको प्रज्ञप्ति (प्रचार, विज्ञापन) नै गरिएको छ । जस्तो कि यहाँ न कुनै धर्मको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरेको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ, त्यसैले यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कोहि कसैले पनि मनराउदैनन् (अर्थात्, मन लगाएर सुन्न सक्ने हुँदैन)

२५०   तत्पश्चात् देवराज शक्रको मनमा यस्तो विचार उत्पन्न भयो, “यस धर्मपर्याय (धर्मको कुरा) को भाष्यमान गरेको आर्य सुभूतिलाई पूजागर्न फूल उत्पन्नगरी वहाँलाई किन नचढाउँ ?” तत्पश्चात् देवराज शक्रले त्यसबेला फूलहरू उत्पन्नगरी आयुष्मान सुभूतिलाई छरे (पुष्पवर्षा गरे)(वेलीपुष्प कि वेलामा पुष्प ?)

तत्पश्चात् आयुष्मान सुभूति स्थवीरले देवेन्द्र शक्रलाई बोल्न लगाउन (व्याहरण गराउन) मनमा यस्तो विचार उत्पन्नगरे, “यस्तो फूलहरू मैले यस अघि त्रायत्रिंश देवताहरुले प्रयोग गरेको पनि देखेको थिइन; तसर्थ मलाई देवेन्द्रशक्रले छरेका यी फूलहरू (मायाद्वारा) उत्पन्न गराएको हुनुपर्दछ । यी फूलहरू कुनै रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्;  तसर्थ यी फूलहरू देवेन्द्र शक्रले मनवाट उत्पन्न गराइ पुष्पवर्षा गरेको हुन् ।“

तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिको मनमा उठेको विचार (परिवितर्कना)लाई मनैले बुझी आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यी फूलहरू अनिर्जाता हुन् (जन्मेका; लता विरूवामा फुलेका होइनन्) । किनकि, (यी फूलहरू त के कुरा) कुनैपनि फूल न मनवाटै उत्पन्न भएका हुन्, न त रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन् ।

तत्पश्चात् आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, जुन तपाईले भन्नुभयो, यी फूलहरू अनिर्जाता हुन्; न त मनवाट उत्पन्न भएका हुन्, न कुनै रूख, गुल्म, लहरामा नै फुलेका हुन् । त, हे कौशिक, ती फूलहरू त उत्पन्न भएकै होइनन् (अस्तित्त्वमा आएकै छैनन्) ।“

तत्पश्चात् देवेन्द्र शक्रको (मनमा यस्तो विचार) उत्पन्न भयो, “आर्य सुभूति गम्भीर प्रज्ञावान हुनुहुन्छ भनि म भन्दछु । वहाँले जे जस्तो पदप्रज्ञप्ति (के जस्तो कुराराख्ने) गर्नुहुन्छ, त्यसोगर्दा त्यसमा कुनै विरोधाभाष भएको हुँदैन, बरू त्यसको भावस्पष्टता (उत्तनी)  गर्नुहुन्छ, र त्यसैलाई उपदेश पनि गर्नुहुन्छ ।“

तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यो यसै हो, यो यसै हो । यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरूले आर्य सुभूतिले जसरी उपदेश दिनुभएको छ त्यसरी नै शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।“

यसरी भनिएपछि आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, यो यसै हो, यो यसै हो । यहाँ यसरी नै बोधिसत्त्व-महासत्त्वहरू शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ । यसरी शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू न स्रोतआपत्तिफमा शिक्षित हुन्छन्, न सकृदागामिफलमा, न अनागामिफमा, न अर्हत्त्वमा, न प्रत्येकबुद्धत्वमा, न बुद्धत्व मैं  शिक्षित भएका हुन्छन् । उ भूमि (दशभूमी, आधार) को विषयमा पनि शिक्षित भएका हुँदैन, बुद्धत्त्व वा सर्वत्त्वमा पनि शिक्षित भएका हुदैन । (तर) जो बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुन्छन्, ती अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन् । जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्, तिनिहरू रूपको बृद्धिको लागि शिक्षित भएका होइनन्, न त (त्यस, रूपको) परिहाण (नाशगर्न)को लागि नै शिक्षित भएका हुन् ।

यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) । (यसरी नै) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन् । फेरि जो न रूपको बृद्धिको लागि शिक्षित भएका हुन्, न त्यसको परिहाणको लागि नै (शिक्षित भएका हुन्) । यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्)(जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि; न त रूपको परिग्रहको लागि, न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएको हुन् । यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न त वेदना, न संज्ञा, ब संस्कारको (परिग्रहको लागि न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएका हुन्छन्)

उ न विज्ञानको परिग्रहमा शिक्षित भएका हुन्छन् न उत्सर्गमा; (अझै भनूँभने) कुनैपनि धर्म(वस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्) न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्)

उ कुनैपनि धर्म(बस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्), न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्); उ सर्वज्ञताको परिग्रहमा समेत शिक्षित भएका हुदैन, न उत्पादमा, न अन्तर्ध्यानमा शिक्षित भएका हुन्छन् । 

यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतायामा शिक्षित भएका हुन्छन्, सर्वज्ञताया निर्यासित हुन्छन् ।“

२५७   तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभूति, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन्, त्यो सर्वज्ञताको परिग्रहमा पनि शिक्षित भएका हुदैन, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन् ।

हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् (भनि भन्नु भएको हो र ?) ।“

२५८   आयुष्मान सुभूतिले भने, “त्यसै हो, हे आयुष्मान शारिपुत्र, त्यसै हो ।

हे आयुष्मान शारिपुत्र, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्, त्यसले सर्वज्ञताको समेत न परिग्रहगर्न, न उत्पादगर्न न त अन्तर्ध्यानगर्न नै सिकेका हुन्छन् ।

सकल बुद्धधर्म (बौद्ध विषय वस्तुहरू) समेत परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्,

हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् ।“

२६२   तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान शारिपुत्रसंग यसो भने, “हे आर्य शारिपुत्र, बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको वारेमा कहाँ कसरी खोज्ने (गवेषणागर्ने) हो ?”

शारिपुत्रले भने, “हे कौशिक, बोधिसत्व-महासत्त्वले आयुष्मान सुभुतिले (भन्नुभएको जस्तो) परिवर्तगतरूपमा (प्रत्येक परिवर्तको क्रमिक) गवेषणा (खोज, गहन अध्ययन) गर्नुपर्दछ ।“

यति भनिएपछि देवताका राजा इन्द्रले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आर्य शारिपुत्र, यो कस्को अनुभावले यो जानिने हो ? कसको अधिष्ठानवाट आर्य सुभूतिले प्रज्ञापारमिता भाषण गर्नुभएको हो ?”

आयुष्मान शारिपुत्रले भन्नुभयो, “हे कौशिक, यो तथागतको अनुभावले नै भाषणा गर्नुभएको हो, भनि जानिलिनुहोस् । तथागतको अधिष्ठानवाटै आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको हो ।”

तत्पश्चात आयुष्मान सुभूतिले शक्र देवराज इन्द्रलाई यसो भने, “जुन तपाई कौशिकले भन्नुभयो, ‘कस्को अनुभावले कसको अधिष्ठानवाट आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको होला ? त्यो, हे कौशिक, तथागतकै अनुभावले हो भनि बुझनुहोस् ।  तथागतकै अधिष्ठानवाट यस प्रज्ञापारमिता भाषण गरिएको हो भनि बुझनुहोस् ।,

फेरि, हे कौशिक, तपाइले जे भन्नुभयो, कि बोधिसत्त्व-महासत्त्वले कहाँ गएर प्रज्ञापामिता(को कुरा) खोज्नुपर्ने हो ? (त्यसको जवाफ हो), हे कौशिक, प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले न रूपमा खोजोस्, न रुपभन्दा वाहिर अन्यत्र कतै खोजोस् । यसरी नै (प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले) न वेदनामा, न संज्ञामा, न संस्कारमा, न विज्ञानमा खोजोस्; न वेदना वा संज्ञा वा संस्कार वा विज्ञानभन्दा वाहिर अन्यत्र कतै खोजोस् ।,

यसको हेतु के हो भने, जस्तो कि न रूप नै प्रज्ञापारमिता हो, न रूपभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो । यसैगरी न वेदना, न संज्ञा, न संस्कार नै प्रज्ञापारमिता हो; (न वेदना वा संज्ञा वा संस्कार भन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो । न विज्ञान नै प्रज्ञापारमिता हो न विज्ञानभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।“

२६५   यस्तो भनिएपछि देवताकाइन्द्र शक्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभुति, जुन तपाईले प्रज्ञापारमिता(को कुरा) बताउनुभयो, त्यो त महापारमितै रहेछ । यो त अप्रमाणपारमिता (अर्थात् यो जस्तो अर्को नभएको, अप्रमाणको यो पारपाउन नसकिने विषय) रहेछ, जुन हे आर्य सुभूति, तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ । यो अपरिमाणपारमिता (अर्थात् यसको विस्तार यतिउति छ भनि थापापाउन नसकिने, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ । यो अनन्तपारमिता (अर्थात् यो सीमाहिन, अन्त्य नभएको, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।“

स्थवीर सुभूतिले भन्नुभयो, “यो यसै हो, हे कौशिक, यो यसै हो । महापारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अप्रमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अपरिमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अनन्तपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,

किनकि, रूप महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएकोहो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (महत् भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो) । विज्ञान महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो । रुप अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपप्रमाणपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमाणपारमिता भनिएको हो) । विज्ञान अप्रमाणको भएकोपले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमानपारमिता भनिएको हो । रुप अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो) । विज्ञान अपरिमाणको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो । रुप अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो) । विज्ञान अनन्तको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।

यसरी यो महापारमिता यस्तोउस्तो रहेछ भनि अभिनिविशीत भई (रमाई, लठ्ठपरी) नबसोस् । यसरी यो महापारमिता अप्रमाणको रहेछ, परिमाणको रहेछ, अनन्तपारमिताको रहेछ, भनि अभिनिविशीत (रमाई, लट्ठ) भई नबसोस् ।

त्यसैले, हे कौशिक, प्रज्ञापारमितालाई महापारमिता हो, अप्रमाणपारमिता हो,  अपरिमाणपारमिता हो, अनन्तपारमिता हो भनि भनिएको हो ।

२६८   आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनियो ।

सत्त्वप्राणीहरू अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनियो । त कसरी हे कौशिक, आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ?

सकल धर्म(वस्तु)हरू नै, हे कौशिक, जसको न अन्त्य छ, न मध्य छ, न पर्यवसानम (समाप्ति) छ; तव हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो । यसलाई अर्को तरीकाले भन्दा, हे कौशिक, आरम्बण (आलम्बन) अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो । फेरि, हे कौशिक, सकल धर्म(वस्तु)हरू अनन्त (अन्त्यहीन), अपर्यन्त (असीम, अवद्ध) भएको, अन्त्य वा मध्य वा पर्यावसान नभएको हुँदा, हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।

किनकि, रूप(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । यसरी नै वेदना, संज्ञा, संस्कारका पनि न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । विज्ञान(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । यस उदाहरणले पनि, हे कौशिक, आलम्बन अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।“

२६९   फेरि अर्कोकुरा, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त अपर्यन्त(असीम) छन् । किनकि,  सत्त्वप्रणीहरूको अन्त्य वा मध्य वा पर्यवसानमा प्राप्त हुँदैन । त्यसैले, हे कौशिक, सत्त्वत्व अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ।“

तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी, हे आयुष्मान सुभूति, सत्त्वप्राणीहरू अनन्त भएकोले नै प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो र ?”

स्थवीर सुभूतिले भन्नुभयो, “हे कौशिक, (सत्त्वप्राणी कतिछन् भनि) गणना गरेर वा धेरैसंख्यामा भएर वा अनन्तसंख्यामा भएर प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको होइन ।  

२७१   शक्रले भने, “त्यसोभए कसरी, हे आर्य सुभूति, सत्त्वप्राणिहरू अनन्त भएकोले प्रज्ञापारमितालाई कसरी अनन्तपारमिता भनिएको हो ?

सुभूति स्थवीरले भन्नुभयो, “त, हे कौशिक, तपाई के भन्नुहुन्छ, सत्त्व सत्त्व भनि भनिन्छ, त्य वस्तु कस्तो छ त ?

शक्रले भने, “यसो होइन, हे आर्य सुभूति, जुन सत्त्व(प्राणी) छ, त्यो सत्त्व(प्राणी) धर्मको अधिवचन (वस्तुको पर्याय) पनि होइन र अधर्मको अधिवचन (अवस्तुको पर्याय) पनि होइन । यो (सत्त्वप्राणी भनिइको वस्तु) आगन्तुक हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो (सत्त्वप्राणी भनिइको वस्तु) अवस्तु (अस्तित्त्वमा नै नभएको वस्तु) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो (सत्त्वप्राणी भनिएको वस्तु) अनात्म (सत्त्वता नभएको, आत्मता नभएको) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो सत्त्व(प्राणि) सत्त्व(प्राणि) भनि भनिएको वस्तु अनारम्बण (अनालम्बनीय, कुनै वस्तुको पनि आधारलिन नसकिने) नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।“ 

स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक काचिदत्र सत्त्वपरिदीपना कृता ?

स्थवीर सुभूति ले भने, “त तिम्रो के विचार छ हे कौशिक, यहँ कुनै सत्त्व(प्राणी) परिदीपन (दृष्यमान) भइको छ ?” 

शक्रले भने, “भएको छैन, हे आर्य सुभूति ।”

सुभूतिले भने, ”यहाँ, हे कौशिक, जव कुनै सत्त्व(प्राणी) दृष्टमान (देखिएको, प्रकट) भएकै छैन, तव सत्त्वप्राणिहरू अनन्त (संख्या, परिमाणमा) कसरी हुन्छन् ?

त्यसरी नै, हे कौशिक, तथागत अर्हंत सम्यक्सम्बुद्धले (समेत) अनन्तविज्ञप्ति घोषगरी निर्घोषस्वरले गंगानदीको वालुवासमानको संख्याप्रमाणको कल्पहरू समाप्तभएसम्म पनि रहि ‘सत्त्व, सत्त्व’ भनि भन्दैरहे पनि त्यहाँ कुनैपनि सत्त्व उत्पन्नहुने वा उत्पत्स्य (उत्पन्न भएको) वा उत्पद्य (उत्पन्न हुनेवाला) वा, (उत्पन्न भएको सत्त्व)को  निरुद्ध(रोकावट हुने) वा निरोत्स्य (निरोध भएको) वा निरुध्य (निरोध हुनेवाला) हुने हो  र ?“

शक्रले भने, “यस्तो हुँदैन (तथागतले भने पनि यो हुनेवाला होईन), हे आर्य सुभूतिकिनकि, सत्त्व(प्राणी)हरू आदि(काल देखि) शुद्ध छन्, आदि(काल देखि) परिशुद्ध छन् ।“

सुभूतिले भन्नुभयो, “त्यसैले, हे कौशिक, अर्कोकिसिमले भन्नुपर्दा (यहि धर्मको कुरालाई उदाहरण दिंदा) सत्त्वहरू अनन्त (आदि अन्त्य नभएको, सदा रहने) भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता पनि भनिएको हो ।,

फेरि पनि भन्छु, हे कौशिक, सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता छ भनि भनिएको हो ।“

२७४   तत्पश्चात्, इन्द्र सहित (सकल) देवताहरू, ब्रह्माहरू, प्रजापतिहरू, ऋषिहरू, नरनारीगणहरू सवैले तिन पटक उदान (हृदयको उद्गार) भरे, “अहो धर्म !, अहो धर्म !, अहो धर्मको धर्मता !  यस्तो तथागत प्रकट भएको कुरा आर्य सुभूतिस्थविरले सुभाषित (राम्ररी भाषण) गरी सूचना गर्नुभएको छ, देशना गर्नुभएको छ, प्रकाशित गर्नुभएको छ, प्रभावित गर्नु (प्रभाव देखाउनु) भएको छ । वहाँ तथागत भगवानलाई र बोधिसत्त्व-महासत्त्वहरूलाई हामी अगाडीसरी धारणा गर्छौं, अनेन (अहिले देखिनै) प्रज्ञापारमितवाट टाढा नभई (नगीचमा रही) बस्छौं ।“

यसरी अनेन (कहिले नटूटाई) बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमिताविहारगरी विहार गरी रहन्छन् ।

२७६   त्यसपछी त्यहाँ भगवानले इन्द्र, ब्रह्मा, प्रजापति, ऋषि, नरनारिगणहरू सहित सवैलाई बोलाई(सम्बोधन गरी) भन्नुभयो, “यो यसै हो, हे देवपुत्रहरू हो, यो यसै हो । हे देवपुत्रहरू हो, जुनबेला म दीपवती भन्ने राजधानीको बजार (अन्तरायणम्)को मध्यभागमा दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्ध प्रज्ञापारमितालाई नगिचमा रही नछोडी (अविरहित रही) बस्नुभएको थियो, त्यसबेला त्यहाँ मलाई दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धले, ‘हे मनुष्य तिमि अनागतमा (भविष्यमा) असंख्येय कल्पहरू बितेपछि विद्याचरण सम्पन्न, सुगत, लोकविद, पुरुषदम्यसारथि शास्ता देवता तथा मनुष्यका बुद्ध भगवान भई शाक्यमुनी नाम राखि तथागत अर्हंत सम्यक्सम्बुद्धभई अनुत्तरको सम्यसम्बोधि प्राप्त गर्नेछौ’ भन्ने व्याकरण (भविष्यवाणी) गर्नुभएको थियो ।“

तत्पश्चात ति देवपुत्रहरूले भगवान संग यसो भने, “अहो, आश्चर्यको छ यो भगवान, परम आश्चर्यको छ, हे सुगत । यो (माथी उल्लेख गरि बमोजिम) बोधिसत्त्व-महासत्त्वले सर्वज्ञता(प्राप्तगर्ने) आहार (कारण, कृया) (सर्वसत्त्वलाई) अनुपरिग्रह (दु:ख हटाउने, भलोगर्ने चर्या) नै रहेछ ।” 

आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां शक्रपरिवर्तो नाम द्वितीयः॥