Categories
articles नवबैपुल्यसूत्र

प्रज्ञापारमितासूत्र

[wpseo_breadcrumb]

महायानमार्गको नववैपूल्यग्रन्थ अर्थात् नौओटा प्रमुख ग्रन्थहरू मध्ये प्रज्ञापारमितासूत्रलाई प्रमुख मानिन्छ । यो शास्त्र कुनै एउटै मात्र ‘पुस्तक’ नभइ थरिथरिका ग्रन्थहरूका समूह हो । यसमा एकलाख श्लोक भएको ‘शतसाहस्रिकलक्षावति’, आठहजार श्लोकको ‘अष्टसहस्रिकाप्रज्ञापारमिता’, सात  शये लोकको ‘सप्तशतिप्रज्ञापारमिता’, एक्काइस श्लोकको ‘एकविंशतिप्रज्ञापारमिता’, पचिस श्लोकको ‘पञ्चविंशति प्रज्ञापारमिता’ लगायत ‘प्रज्ञापारमिताबज्रच्छेदिका’, ‘प्रज्ञापारमिताहृदयसूत्र’, आदि इत्यादि नामादि विभिन्न लामाछोटा गरी सयओटा भन्दा वढी सूत्रहरु समविष्ट छन् । यी विभिन्न शास्त्रहरुमा प्रज्ञापारमिता बारे विभिन्न तरीकाले व्याख्या वा वर्णन गरिएका छन्, र ति सवैको मूल विषय ‘शून्यता’ नै रहको छ ।

प्रज्ञापारमिताको अध्ययनगर्दा, चर्यागर्दा, ज्ञानप्राप्त हुँदा जेजस्तो पुण्यादि प्राप्त हुन्छ त्यो भन्दा धेरैबढी यो सिकाउने बताउने ‘धर्मभाणक’लाइ प्राप्त हुन्छ भनिएको छ । यसैले यहाँहरु समक्ष यस विषयमा केहि कुरा वताउनु मेरो लागि पनि एक महत्वपूर्ण अवसर हो ।

प्रज्ञापारमिताको देशना गरेको स्थानमा मनुष्यको अलावा देव, नाग, अप्सरा, यक्ष, किन्नर, कुम्भाण्ड, आदिइत्यादि दृष्यअदृष्य सवै किसिमका प्राणीहरु श्रवणको लागि आइ श्रवण गरी वस्छन् भनिएको छ । यसैले धर्मभाणकले ती सवैलाइ प्राणीलाइ समेत सुनाउनुपर्ने भएकोले ती सवैलाइ पनि सम्वोधन गर्नुपर्ने परम्परा छ । साथै देशना गर्नअघि भाणक तथा श्रवणगर्ने सवैले त्रिशरण जानुपर्ने समेत प्रचलन छ ।

हामी कहाँ प्रज्ञापारमितासूत्र ग्रन्थको ‘पाठ’ गराउने चलन छ । हिरण्यवर्ण महाविहार, विक्रमशील महाविहार र अन्य महाविहारहरुमा समेत प्रज्ञापारमिताको पाठ गराउने गरिन्छ । कुनै अप्ठ्यारो परेमा, बिघ्नबाधा परेमा, दु:ख परेमा, रोग लागेमा यसको पाठ गराउने मात्रले पनि दुखवाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । प्रज्ञापारमिता पाठमात्रले पनि रोग निको हुन्छ भन्ने गहिरो विश्वास छ । तर,  यस्तो आश्चर्यको कुरा, ‘के स्तोत्रपाठवाट मात्र पनि रोग मुक्ति हुनसक्छ त ? कसरी पुष्टि गर्ने ? । आजको वैज्ञानिक कालमा पनि यस्तो अन्धविश्वासी परम्परा रहन सक्छ ? के यो वास्तवमा यस्तो पनि हुन्छ र ? यदि यस्तो हुन्छ भने कसरी हुन्छ ?’ भन्ने प्रश्न मनमा प्रश्न उठनु स्वाभाविकै हो ।

यसको जवाफ यस्तो छ । यस ग्रन्थको विषय प्रज्ञासम्वन्धी विषय हो । यसको विषय ज्ञान सम्बन्धित हो । यसका कुरा सत्यतथ्य छन् । यो परमार्थसत्यसंग सम्बन्धित अन्तिम सत्यको दर्शन हो । यो भगवान वुद्धवाट देशित बुद्धवचन हो । बोधिसत्व-महासत्त्वहरूलाई भनिएको सत्यवचन हो । यो केहिपनि कतैपनि कत्तिपनि मिथ्या छैन । यस ग्रन्थ सत्यवचन भएको कारणले यसको वाचनमात्र गर्दा पनि वाचकले चिन्तना गरेको कुरा पुग्ने गर्दछ । यो एक ‘रहस्य’ हो, तर सत्य हो ।

कुनै बुद्धबचनलाई उल्लेखगरी, “यदि यो वचन सत्य भए, यहि सत्यको वलले यसो होस्” भनि आह्वान गर्दा सो यथार्थमा घटिक भैदिएका घटना कथाआख्यान मात्र होइन तपाइ हामी वीच थुप्रै छन् । त्यसरी सत्यको आह्वान गरी ‘यस्तो होस’ भन्दा त्यहि सत्यको ओजले शव्दवचन द्वारा आह्वान गरिएको कुरा सिद्ध हुन पुग्दन्छ भन्ने विश्वास कायमै रहेको हो । यसमा सम्यकदृष्टि वाहेक मिथ्यादृष्टि छैन । त्यसरी आह्वान गर्ने व्यक्तिको पारमिता सत्य भए वचन पनि सत्य हुनजान्छ । संकल्प, आह्वान गरी प्रज्ञापारमितासूत्र ग्रन्थको वाचन मात्रै गर्दा पनि मिथ्यादृष्टी नभएको सम्यकवचनमात्र भएको सत्यवचनको ध्वनीले मनना गरेको पुग्ने गर्दछ । यो जान गुरु तथा शास्त्रको अध्ययनवाट पाएको छु । यो ज्ञानको functional aspect  हो । 

यो प्रज्ञापारमिताको देशना भगवान वुद्धले मगध देशको राजा अजातशत्रुको राजधानी राजगृहको गृद्धकूट पर्वतमा बसि भिक्षु र वोधिसत्वहरुलाई दिनुभएको हो ।

अव यसको श्रवण कसरी गर्ने, कसलाइ सुनाउने भन्ने विषयमा (दोस्रो परिवर्त, ‘शक्रपरिवर्त’मा) देवराज शक्रले आयुष्मान सुभूतिसंग तीनओटा प्रश्न सोध्नुभएकोछ; १.यो प्रज्ञापारमिता ‘सुन्नेले कसरी वस्नुपर्छ’, २.’उनीहरुलाइ कसरी शिक्षा दिनुपर्छ’, र ३.’कसरी योग गर्नुपर्छ’ । त्यसको जवाफमा आयुष्मान सुभूतिले भन्नुहुन्छ, ‘बुद्धतेजसा, बुद्धानुभावेन, वुद्धाधिष्ठानेन जवाफ दिन्छु; प्रथमत अनुत्तरायां सम्यक सम्वोधि बोधिचित्त उत्पन्न गर्नुपर्छ । उत्पन्न नभएकाले उत्पन्न गराउनु पर्छ । र, उत्पन्न भएकालाइ मात्र प्रज्ञापारमिता सुनाउनु पर्छ । यो नियम हो । अनुत्तर सम्यक सम्वोधिबुद्ध प्राप्तगर्छु भन्ने वोधिचित्त उत्पन्न गर्नुपर्छ, यसको छोटकरी उपाय हो, ‘बुद्धो भवेयं जगतोहिताय:’ भन्ने संकल्प गर्ने । तर यो गर्न अघि सप्तविध कार्य क्रमश गर्नु पर्छ । सप्तविध कार्य अथवा पद्धति भन्नाले बन्दन, पूजन, पापदेशना, अनुमोदन, अध्येषणा, बोधिचित्तोत्पाद, र पुण्यपरिणामना सातओटा काम भनेर बुझनु पर्दछ ।

प्रज्ञापारमिता महान ग्रन्थ हो । यसलाइ वर्षौ लगाएर सुनिन्छ । तर, उपलव्ध समय, अवस्था र श्रावकको स्तरलाइ दृष्टिगत गरी के कति कसरी सुनाउने हो त्यसको उपायकौशल गर्न सकिन्छ; र उपायकौशलगरी छोटकरीमा वताउन सकिन्छ । अहिलेको उपलव्ध एक-डेढ घण्टाको समयलाइ दृष्टिगतगरी प्रज्ञापारमिताको मुख्यमुख्य कुराहरुमात्र वताउने प्रयास गर्दछु ।

प्रज्ञापारमिता भन्नुस् वा प्रज्ञापारमिताको उद्देश्य भन्नुस् वा तपाइ हाम्रो जिवनको उद्देश्य भन्नुस् सवै एकै भएर आउछ । सवैका उद्देश्य दुखमुक्ति वा सुखप्राप्ति हो । कुनै कार्यको उद्देश्य अन्त्यमा सुखप्राप्तिनै हो । तपाइ हामीले सुख मानेका अक्षरज्ञान, धनप्राप्ति, रोगमुक्ति जस्ता सानोतिनो सुखहरु तुच्छसुख मात्र हुन् । प्रज्ञापारमिताको उद्देश्य यस्ता तुच्छसुखमात्र नभई त्रैकालिक अनन्तसुख सम्मको प्राप्ति हो । प्रज्ञापारमिताको उद्देश्य त्रैकालिक सुख प्रदानगर्ने हो, सम्यकसम्वुद्धत्व र शून्यताको दर्शन गराउने हो । यहि बोधिसत्वको, तपाइको र मेरो सवैको उद्देश्य हो । प्रज्ञापारमिता अनुसार सम्यक्सम्बोधिज्ञान लाभ भएमा अनन्त सुखप्राप्त हुन्छ । त्यसपछि अन्यान्य तुच्छसुखहरु त आफसे आफ स्वत: पछिलागेर आइहाल्छ ।

तर, यस्तो सम्यक्सम्बोधिज्ञान प्राप्तहुन प्रज्ञा चाहिन्छ । प्रज्ञालाभ भएपछि सम्यकसम्बोधि प्राप्तगर्ने सम्भावना बढ्छ । असल कुरा थाहापाउने, सिक्ने र प्राप्तगर्ने भित्रि चाहना, प्रज्ञा हो । यो प्रज्ञाज्ञान एकैचोटी पूर्णतामा प्राप्तहुने नभइ क्रमश: स्तरवृद्धि हुदैं प्राप्त हुदैजाने हुन्छ र त्यसै क्रममा दुखनाश र सुखप्राप्त हुदै जान्छ । यसरी आफ्नो स्तर वृद्धिगर्दै जाँदा पूर्णरुपले शतप्रतिशत पारंगत भए प्रज्ञापारमिता प्राप्त भएको भनिन्छ । यसवाट सम्यकसम्बुद्धता लाभ अवश्यम्भावी हुन्छ । आफ्नो हरेक दुख नाश हुन्छ, र अरुको दुख पनि नाशगर्न सक्छ ।

जसरी ज्ञानको विभाजन छ, त्यसरीनै प्रज्ञाको विभाजन गरिएको छ । कुनै पनि कुरालाइ सिक्न त्यसको शुरुवात ‘प्रस्थान’ कसरी गर्ने हो भनि थहापाउनु जरुरी हुन्छ, नत्र अलमलिने सम्भावना रहन्छ । प्रज्ञापारमिताको विषय प्रवेशगर्न हामी बसेको ‘संसार’ र हामीले बोकेको ‘जिवन’ वाट शुरु गर्नुपर्छ । संसार, शरीर, जिवनवाट जिवन र जगतको वास्तविकताको ज्ञान लिन पर्छ ।

गतविगतका विभिन्न विद्वानहरुले पनि जगत र जिवनको वारेमा अनेक कुरा भनिगएका छन् । हिन्दूहरुको षड्दर्शनहरू छन्, पश्चिमेलीहरुको आआफ्नै दर्शन छन् । यस संसारलाई कसैले ईश्वर निर्मित त कसैले आत्मा\परमात्मा बाट बनेको भनेर भनेको छ, कसैले यो आफै बनेको हो पनि भन्छन् । यसप्रकारका विभिन्न दर्शन प्रतिपादित भएपनि प्रमाणिक रुपमा आजको वैज्ञानिक कसीमा समेत सवैभन्दा खरो रुपमा वुद्धदर्शननै प्रस्तुत भएको छ भनि वहुतायले मानेको छ । बुद्धदर्शन अनुसार यस जगत पृथ्वी, जल, अग्नि, वायु र आकाशगरी ‘पञ्चतत्व’वाट बनिएको हो । त्यस्तै जिवन ‘पञ्चतत्व’वाट निर्मित जगतसंग नामरुप, वेदना, संस्कार, संज्ञा, विज्ञानसमेत ‘पञ्चस्कन्ध’हरु मिलि जिवन्त भएको हो । भगवान वुद्धले विश्लेषण गर्नुभएको तरीका, पत्रपत्र केलाउदै हेर्दैजाने, टुक्रटुक्रापार्दै अध्ययनगर्ने र त्यसको अन्तिम सत्यसम्म पुग्ने तरीकालाइ ‘विभज्यवाद’ भनिन्छ ।

हाडमासुको शरीर ‘रूप’ र त्यसमा ‘चित्त’ समाहित संगठित र संयुक्त भएपछिको संयुक्त स्वरुप नै ‘जिवन्त व्यक्ति’ हो । देहसंगको चित्तको संयुक्तताको अन्त्य भएमा देहान्त वा दिवंगत भएको भन्ने चलन छ, त्यसवेला जगतमा ‘रूप’मात्र रहन्छ चित्त हुदैन ।

चित्तले अनुभव गरेको सुख दुखको समूह ‘वेदना’ हो; वेदनासमूह भन्नाले दुखवेदनाहरु मात्र होइन सुखवेदनाहरु पनि हुन्छ भनि वुझनु पर्दछ । साथै, जीवसंग धेरै नामहरुको समूह पनि छ;  कुनै पनि कुराको पहिचान गर्न थाहापाउन नामको आवश्यकता पर्दछ, यस्ता असंख्य नामहरुको समूहलाइ नामस्कन्ध भनिन्छ । त्यसरीनै मनमा थरीथरीका असंख्य मनहरु छन्; चाहना, इच्छ, राग, द्वेष, मद, मोह आदि । संज्ञामा कतिकति नाम; विभिन्नता, पहिचानको समूह हो । संस्कार भन्नु प्रिय, अप्रिय, तृष्णा, राग, द्वेष, घृणा, प्रीति, मैत्री, करुणा, आदिको समुह हो । र विज्ञान भन्नु …???

यसरी जिवन र जगतलाइ वुझिलिए पहिलो चरणको प्राथमिक तहको ज्ञान सत्य वुझेको ठहर्छ । र यी पञ्चस्कन्ध अनित्य, अनात्म, दु:खदायी छन् भनि थाहापाउनु प्रज्ञापारमिताको प्रारम्भिक ज्ञान हो ।

अनेक कष्टसाध्यगरी प्राप्त ज्ञानलाइ प्रारम्भिकमात्र हो भनि भन्दा हामीजस्ता श्रावक, भिक्षुमात्र होइन माथी पुगीसकेका आदिकर्मिक(?) वोधिसत्वहरु पनि हतोत्साहित हुने गर्दछ । त्यस्ता पहुँच पुगेका बोधिसत्वहरु समेतको पनि आंग जिरिंग हुने, भयभित हने, केगर्ने कसोगर्ने र एकमनले श्रवण छोडेर जाँउ भन्ने विचार पनि उठने अवस्थामा अन्य साधारण श्रावक भिक्षुको के हालत होला । यसैले प्रज्ञापारमिताको ज्ञान दिनेवेला धर्मभाणकले देश, काल, परिस्थिति हेरि उपायकौशल्यता अपनाउनु पर्दछ । दोस्रो तहको व्याख्या गर्नु अघि कुन दृष्टिकोणले व्याख्या गर्नेहो विचार गर्नु पर्दछ । योगाचार\विज्ञानवादवाट कि माध्यमिका दर्शनवाट व्याख्या गर्ने हो निश्चय गर्नु पर्दछ । मैले यहाँ प्राविधिक शव्द सकेसम्म प्रयोग नगरी सहज रुपमा बताउने कोशिस गर्नेछु ।

पञ्चस्कन्ध अनित्य छ अर्थात् सतत परिवर्तनशील छ । यो अनात्म छ, अर्थात् यसमा आफू भन्ने केहि छैन । यो जरामृत्युको दु:ख सत्यमय छ । यसको पहिचानका सम्पूर्ण आधारहरु अर्को शव्दमा ‘परिकल्पित’ छन् । पञ्चस्कन्धले बनेको सम्पूर्ण विश्व परिकल्पित हुन् । सम्पुर्ण वस्तु पदार्थ सवैको नाम छ, जो उत्पन्न भएपछिमात्र परिकल्पित भएका हुन् । उत्पन्न भएपछि सवै ‘नाम’ आरोपित imposed  भएका हुन्, दिइएका हुन् । कुनै पनि नाममात्र नभएमा के हुन्छ ? के बिना नाम हामी केहि पहिचान गर्न सक्छैं ? यसैले पञ्चस्कन्घ सवै परिकल्पित स्वभावका हुन् । जिवन र जगत दुवैको स्वभाव परिकल्पित हो । परिकल्पित मात्र होइन अझ परतन्त्र स्वभावको हो । परतन्त्र भन्नु अरुवाट नियन्त्रणमा रहनु हो । जसरी लोग्ने अथवा स्वास्नी आफैमा स्वतन्त्र होइन, स्त्री र पुरुषको सम्बन्ध नभइ जसरी ‘लोग्ने’ र ‘स्वास्नी’ हुदैन; त्यसरी नै एकको तन्त्रभित्र अर्को परेको हुन्छ, एउटाको पहिचान अर्कोसंगको सम्वन्धमा आधारित हुन्छ, तसैले ‘परतन्त्र’ हुन्छ ।

वेदना पनि त्यसरीनै आरोपित हो । त्यसै प्रकारले संज्ञा, संस्कार, विज्ञान, सवै परिकल्पना आरोपित हो । परिकल्पित स्वभावका । स्वतन्त्रता छैन, परतन्त्र छन । अन्योन्याश्रित सम्बन्ध, जस्तै लोग्ने-स्वास्नी । परतन्त्र स्वभावको । रूप चक्षुमा आधारित जस्तै, रुपमनसिकार रंग । वेदना मन पर्ने नपर्ने । तृष्णा घृणा । संस्कार परतन्त्रता ।  स्वतन्त्र अस्तित्व छैन । परिकल्पित । परिकल्पित मात्र होइन परिनिष्पन्न । विज्ञान पनि विज्ञान होइन परतन्त्र स्वभाव, परिकल्पित, परिनिष्पन्न ।

बुझनु र लाभहुनु दुइ वेग्लावेग्लै कुरा हो, understanding र obtained जस्तै । कदाचित लाभ किन नभएको वा कम भएमा अकुशलसंस्कार वाकी रहेकोले हो भन्ने वुझनुपर्छ । तर, प्रज्ञालाभ भए नभएको वा कम लाभभएको कुरा कसरी थाहा पाउने ? प्रज्ञालाभ हुदै जाँदा आसक्ति कम हुदै जान्छ, चर्या गर्नेले यो होशका साथ यसलाइ हेरिराखनु पर्र्दछ । प्रज्ञा बुझेकोले कुरा गर्न जान्ने तर अकुशलसंस्कार नाश नभएकोले आसक्ति कम नभएको हुने हुन्छ । आशक्ति कम भएपछि … ??

३0सौं परिवर्तमा सदाप्ररुदितपरिवर्त छ, यसमा सदाप्ररुदित वोधिसत्वले प्रज्ञापारमिताको खोजी गरेको आख्यान छ । जसमा ‘भोक् प्यास नभनि, अल्सि नभइ अथकित भइ: पूर्व, पश्चिम, उत्तर, दक्षिण, ऊर्ध्व वा अध दिशातिर नहेरी; आत्मदृष्टि तथा सत्काय दृष्टितर्फ नगरी; पञ्चस्कन्धलाइ नहेरि; पछि नफर्कि’ अगाडी जान निर्देश भएको उल्लेख छ । पछि सदाप्ररुदितले दशैदिशाका अनन्त तथागतहरुको दर्शन पनि पाएको उल्लेख छ । प्रज्ञापारमिताको लाभ भएवाट उसलाइ बहुश्रुत्य फलप्राप्त गरे ।  

भगवानले यसप्रकार प्रज्ञापारमिताको मात्र व्याकरण गर्नेभएको देखि आनन्दले दान, शील आदि अन्य पारमिताहरुको कुरा किन नगर्नु भएको होला भनि खुल्दुली भइ प्रश्न गरेको थिए । जसको जवाफमा भगवानले ‘ती अन्य सवै पारमिताहरु प्रज्ञाको भित्र लुकेको हुन्छ । प्रज्ञा नभइ अन्य पारमिताहरु पूर्ण हुदैनन्, यसको आधारमा अन्य पारमिताहरु पूर्ण पारमिता हुने गर्दछ, नत्र पूर्ण हुदैनन्’ भन्नुयो । र, भगवानको यसको रक्षा गर्ने जिम्मा, सुनाउने जिम्मा स्थविर आनन्दलाइ दिनुभयो ।

——————————-

वक्ता : नरेश मान शाक्य

स्थान : हिरण्यवर्ण महाविहार

मिति : २०६७।०९।०४ (योमरि पुन्हि)

——————————————-

यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान डा. नरेश मान शाक्यज्यूले ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०९।०४ (यो-मरि पुन्हि)मा दिनुभएको प्रवचनको सार हो । यस लेखमा लिपिकारले सामान्य छाँटकाँट गरि बढी पठनीय बनाउने प्रयास सम्म गरेको हो । कतै कुनै परिमार्जनको आवश्यकता भए कृपया जानकारी दिनुहुन विनम्र अनुरोध छ ।

लिपिकार :      प्रकाश मान श्रेष्ठ, २५’ए’ रिलायबल कोलोनि, भैंसिपाटी ।

                        ९८५११-९३९४८, ०१-५५९२९४८

                        prakash260352@yahoo.com  

रुपादि पञ्चस्कन्धहरु वन्धनमा पनि छैन, मुक्त पनि होइन किनभने रुपादिको स्वभाव नै हुदैन यसैगरी पुर्वान्त, अपरान्त र प्रत्युत्पन्न तीनैकालका पनि अवद्ध, अ-मुक्त हुन् ।

पञ्चस्कन्ध न नित्यहो, न अनित्य हो; न वद्ध हो न मुक्त हो; पझ्चस्कन्धहरय अनुत्पाद, अनिरोध, असंक्लेश, अव्यवदान हुनले विशुद्ध छन्; पञ्चस्कन्ध निरुपलेप अपरिग्रह हुन्ले विशुद्ध छन्; र पञ्चस्कन्ध विशुद्ध भएकोले प्रज्ञापारमिता विशुद्ध छ । स्कन्ध, धातु आयतनवाट मात्र प्रज्ञापारमिता हुनुहुन्छ भन्ने वोध हुन्छ तथा स्कन्ध, धातु, आयतनवालाइ पनि विचार गर्दा शुन्य, विविक्त, शान्त रहेछ भन्ने चोध हुन्छ । प्रज्ञपारमिताको नाम र संज्ञाले व्यवहार हुदैन । सर्वधर्म अनुपलम्भनै प्रज्ञापारमिता हो ।

करुणाले जगत्हित गर्छु भन्ने व्यक्ति निर्वाण र करूणासमेतमा पनि रमाउनु हुदैन । नाम र निमित्तमा आशक्त भए प्रज्ञापारमिता दखि टाढा हुनेछ । रुपादि शून्यता हुन् बन्दापनि आशक्ति वछने हुन्छ । अनुमोदना परिणामनामा पनिआशक्त नभइ म तथा अनुमोदना परिणामना समेत मायोपम जादूसमान हुन भनि व्यवहार गर्नु पर्दछ, यही विपश्यना हो । अझै भन्ने हो भने सम्यक्सम्वुद्धको पनि निमित्त ग्रहण गर्नु हुदैन, यसो गर्नु पनि आशक्ति नै हुन्छ । कुनै वस्तुको सुग असंग भन्यो भने त्यो पनि निमित्तनै हुन्छ ।

प्रत्येक वस्तु प्रकृति विविक्त हुन्न्, अरथात् परिनिष्पन्न स्वभावको हुन्छ । ज्ञाय, ज्ञेय, ज्ञाता स्चभावको हुदैन । वोधिसस्त्वहरु आकाश स्वभावको हुन्छ, जसलाइ केहिकसैको अधार नलोइ निमित्त परिकल्पना नगरी यथाभूत ग्रहणगर्न पर्दछ ।

प्रज्ञापारनिताको मुख्य उपदेश कुनै वस्तुलाइ अफ्नु भननेर नअपनाउनु हो तथा त्यसमा आशक्य भइ नटँसिनु हो । प्रज्ञपारमिता जस्तो गहन र दुरुह विषय सुनी एकैएटकमा पूर्णतामा ग्रहण गर्न सकिदैन बारम्वार श्रद्धासहित प्रयास गर्नु पर्दछ; प्रज्ञापारमिता सुन्न श्रद्धावान भइ याहाँ आउनु र केहि बुझेपनि नवुझेपनि धैर्य गरी सुनेर वस्नु तपाइहरुको पुर्वजन्ममा गर्नु भएको प्रज्ञापारमिता देशनाको निरन्तरता हो । कुनै कारणवश च्यूति भइ पूर्णता प्राप्त नगरेका तपाइको लागि सो अवसर पुन:श्रवण गरी स्तरचृद्धि गर्ने फलप्राफ्ती भएको हो ।

भावना गर्दा दिनमा जाग्रत अवस्थमा भावना गर्दा र सपनामा भावना गर्दा पनि प्रज्ञापारमिता वृद्धिहुनु पर्दछ । यो पनि स्मरण राखौं कि सपनामा रगरेको शुभ वा अशुभ कर्मको फल हुदैन, तर व्यँझिसकेपछि भने मैले देखेको कुरामा रागद्वेषगरी विचार गर्न हुदैन ।

—————–  समाप्त  ————–

(यो लेख वज्राचार्यसमाजले गरेको पाटन   …. वहालमा मिति २०६७।.. ..  मा नौदिने वैपुल्यसूत्रको प्रवचन कार्यक्रमको क्रममा दिईएको प्रवचनको आधारमा प्रवचकको मूल भनाइलाइ यथावतराखि केहि थपघटगरी तैयार गरिएको हो । यस लेखलाई अझ सुन्दर रूपमा प्रस्तुतगर्न कुनै केहि सुझाव भए पाउन विनम्र अनुरोध छ ।

प्रकाश मान श्रेष्ठ

२५रिलायवल कोलनी, भैंसिपाटी

९७२१३२५५०८, ५५९२९४८

prakash260352@yahoo.com