Categories
vidoes

“अ आ इ ई” को कथा

Categories
vidoes

सुनीथाको कथा

Categories
नवबैपुल्यसूत्र

लंकावतारसूत्र

लंकावतारसूत्र एक गंभीर दर्शन हो, यसले चित्त विज्ञानको विश्लेषण गरेको छ । ८ चित्त्त विज्ञानहरु; आलयविज्ञान, क्लिष्टमनोविज्ञान, मनोविज्ञान, चक्षुर्विज्ञान, श्रोतविज्ञान, घ्राणविज्ञान, जिह्वाविज्ञान, स्पर्शविज्ञान ..  । आत्मवादीहरुलाइ पनि आलयविज्ञानमा दीक्षित गर्न ..। अलंकार, व्यञ्जन आदि मात्र होइन, समग्र सूत्र चित्त नै हो । अलंकारिक भाषा वा चित्रण छैन । वुझेपनि नवुझेपनि धैर्यगरी बसिदिनु होला । यो […]

Categories
श्रीमद् भगवद् गीता

अथ द्वितीयोऽध्याय

सञ्जय उवाच- तं तथा कृपयाविष्टमश्रुपूर्णाकुलेक्षणम् । विषीदन्तमिदं वाक्यमुवाच मधुसूदन: ।।१।। सञ्जय उवाच –                      सञ्जयले भने –            तं तथा कृपया आविष्टम् –       त्यहाँ यसरी करूणाले छोपिएर अश्रुपूर्णा आकुले क्षणम् –          आखँभरी आँसुगरी, आकुल भएको बेलामा            विषीदन्तम् इदं वाक्यम् –         विषाद गरेका (अर्जुन)लाई, यी कुराहरू उवाच मधुसूदन: –                  मधुसूदन[i]ले भने । विषीदन्तम् –              अर्जुन (अ-ऋजु) […]

Categories
श्रीमद् भगवद् गीता

श्रीमद्भगवद्गीता बौद्धटीका

प्रथमोऽध्याय प्रथमोऽध्याय धृतराष्ट्र उवाच- धृतराष्ट्रले भने – धृतराष्ट्र –  हस्तिनापुर राज्यका प्रतिनिधिराजा । कौरववंशमा जेष्ठसन्तान भएता पनि जन्मान्ध भएको हुनाले शुरुमा राजा हुनबाट बञ्चित । पछि भाई राजा पाण्डु बनवास (र  निःसन्तान भई मृत्यु भएबाट) उनको प्रतिनिधिरूपमा पुन: राजा बनाइका । सुयोधन सुशासन आदि शये पुत्रका पिता । पुत्रमोहले अत्यन्त ग्रस्त । महाभारतको युद्ध हुँदा […]

Categories
articles नवबैपुल्यसूत्र

प्रज्ञापारमितासूत्र

महायानमार्गको नववैपूल्यग्रन्थ अर्थात् नौओटा प्रमुख ग्रन्थहरू मध्ये प्रज्ञापारमितासूत्रलाई प्रमुख मानिन्छ । यो शास्त्र कुनै एउटै मात्र ‘पुस्तक’ नभइ थरिथरिका ग्रन्थहरूका समूह हो । यसमा एकलाख श्लोक भएको ‘शतसाहस्रिकलक्षावति’, आठहजार श्लोकको ‘अष्टसहस्रिकाप्रज्ञापारमिता’, सात  शये लोकको ‘सप्तशतिप्रज्ञापारमिता’, एक्काइस श्लोकको ‘एकविंशतिप्रज्ञापारमिता’, पचिस श्लोकको ‘पञ्चविंशति प्रज्ञापारमिता’ लगायत ‘प्रज्ञापारमिताबज्रच्छेदिका’, ‘प्रज्ञापारमिताहृदयसूत्र’, आदि इत्यादि नामादि विभिन्न लामाछोटा गरी सयओटा भन्दा वढी सूत्रहरु […]

Categories
प्रज्ञापारमिता

आर्यमायाजालमहातन्त्रोद्धृतमण्डलगाथाटिप्पणी

कृति – आचार्यश्रीनागार्जुनपादानाम्। सम्पादन – ठाकुरसेन नेगी- ओं नमो बुद्धाय।  दान गोबरगहुँत सरी गरी, शील त धोई पखाली गरी  क्षान्ति कमिला सरी तल हेरि, वीर्य त क्रिया सम्पन्न गरी ध्यान तत्क्षण एकचित्त गर्न, प्रज्ञा त उज्वल सुरेखा सरी   यसरी पारमिता छओटै लाभ गर्दछ, मुनि (यही) मण्डलमा । दान । श्रावक-प्रत्येक-आदिकर्मिक मृदु-मध्य-अधिमात्र सत्त्वहरूले कसरी दान गर्नुपर्दछ, […]

Categories
प्रज्ञापारमिता

प्रज्ञापारमिताहृदयसूत्र

प्रज्ञापारमिताहृदयसूत्र १.    एक समयमा मैले यस्तो सुनेँ । भगवान अनेक बोधिसत्व  तथा भिक्षुहरुका साथमा राजगृहको गृध्रकूट पर्वतमा बिहार गरिरहनु भएको थियो । २.    त्यसबेला भगवान गंभीर ‘अवसंबोधं’ भन्ने समाधीमा हुनहुन्थ्यो । त्यसैबेला आर्य अवलोकितेश्वर बोधिसत्व महासत्व गम्भीर ‘प्रज्ञापारमिता’को चर्या गर्दैहुनुहुन्थ्यो । (त्यस बेला) वहा (आर्य अवलोकितेश्वर बोधिसत्व) ले तलतीर हेर्नुभयो; वहाँले पञ्चस्कन्धहरु हेर्नुभयो र तीनीहरु […]

Categories
प्रज्ञापारमिता

कौशिकप्रज्ञापारमितासूत्र

सकल बुद्ध र बोधिसत्त्वहरुलाई नमस्कार गर्दछु । यस्तो मैले सुनेँ । कुनै एक समयमा भगवान् राजगृहमा विहार गर्नुभएको थियो । गृध्रकूट पर्वतमा महति भिक्षुसंघलाई साथ लिएर, र सकल शतसहस्र कुमारभूत बोधिसत्त्व हरुबाट (घेरिएर) । त्यहाँ भगवानले देवताहरुका इन्द्र भएका शक्रलाई बोलाई (भन्नु) भयो । हे कौशिक, यो प्रज्ञापारमिताको अर्थ कस्तो हो भने । यो प्रज्ञापारमिता […]

Categories
पुस्तक

सुहृल्लेख A letter to Friend

आचार्यनागार्जुनविरचित सुहृल्लेख: (मित्रलाई पत्र) नागार्जुन –   शून्यतादर्शनका प्रणेता । दोस्रो बुद्ध भनिएका । काठमाण्डौ बालाजुको गुफामा ध्यान गरेका । नागार्जुन डाँडा यीनैको नाममा रहेको । सुहृद –      नागार्जुनका परम मित्र सातवाहन वंशका राजा सप्तकर्णी लाई निमित्त बनाएर सकल मनुष्यलाई दिइएको । लेख –       संक्षिप्तमा समष्टी बुद्धज्ञान । प्रकृति सुकृत अर्ह गुण आढ्य सुगत वचोभ्यः […]