Categories
प्रज्ञापारमिता

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।।

।। स्वल्पाक्षरा प्रज्ञापारमिता ।। सकल बुद्ध बोधिसत्त्वहरुमा नमस्कार । यस्तो मैले सुनेँ । एक समयमा भगवान राजगृहको गृध्रकूट पर्वतमा विहरण गर्नु भएको थियो । बाह्रहजार पाँचशये भिक्षुसंघबाट घेरिएर, साथै कोटिनियुतशतसहस्र बोधिसत्त्वसंग साथै भएर, एवं कोटिनियुतसहस्र लोकपालादि देवताबाट परिवृत पुरस्कृत भएर श्रीसिंहासनमा बस्नु भएको थियो । त्यस बेला बोधिसत्त्व-महासत्त्व आर्यावलोकितेश्वरले आसनबाट उठेर विस्तारै गई दायाँ घुँडाले […]

Categories
प्रज्ञापारमिता

अष्टसाहस्रिक प्रज्ञापारमिता

२ शक्रपरिवर्तो द्वितीयः २ शक्रपरिवर्तो द्वितीयः २०१   तेन खलु पुनः समयेन शक्रो देवानामिन्द्रस्तस्यामेव पर्षदि संनिपतितः संनिषण्णोऽभूत् चत्वारिंशता त्रायस्त्रिंशत्कायिकैर्देवपुत्रसहस्रैः सार्धम् । त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चारहजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए । चत्वारश्च लोकपाला विंशत्या चातुर्महाराजकायिकैर्देवपुत्रसहस्रैः सार्धम् । चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए । ब्रह्मापि सहापतिर्दशभिर्ब्रह्मकायिकैर्देवपुत्रसहस्रैः सार्धम् । […]

Categories
प्रज्ञापारमिता

।। सप्तशतिका प्रज्ञापारमिता ।।

मञ्जुश्रीपरिवर्तापरपर्याया ।। सप्तशतिका प्रज्ञापारमिता ।। ॐ नमो भगवत्यै आर्यप्रज्ञापारमितायै। ००१  यस्तो मैले सुनेँ । एकसमयमा भगवान श्रावस्तिमा विहार गर्नुभएको थियो । जेतवनको अनाथपिण्डकको आराम (अर्थात् बिहार)मा धेरै संख्यामा भिक्षुसंघ, साथै परिपूर्णता प्राप्त गरिसकेका एक हजार अर्हद् भिक्षुहरू, एक लाख संख्यामा बोधिसत्त्व-महासत्त्वहरु जोसबै नै महासंनाहसंनद्ध थिए, अविनिवर्तनीय भैसकेका थिए, र अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए, बाट […]

Categories
प्रज्ञापारमिता

आर्यमायाजालमहातन्त्रोद्धृतमण्डलगाथाटिप्पणी

कृति – आचार्यश्रीनागार्जुनपादानाम्। सम्पादन – ठाकुरसेन नेगी- ओं नमो बुद्धाय।  दान गोबरगहुँत सरी गरी, शील त धोई पखाली गरी  क्षान्ति कमिला सरी तल हेरि, वीर्य त क्रिया सम्पन्न गरी ध्यान तत्क्षण एकचित्त गर्न, प्रज्ञा त उज्वल सुरेखा सरी   यसरी पारमिता छओटै लाभ गर्दछ, मुनि (यही) मण्डलमा । दान । श्रावक-प्रत्येक-आदिकर्मिक मृदु-मध्य-अधिमात्र सत्त्वहरूले कसरी दान गर्नुपर्दछ, […]

Categories
प्रज्ञापारमिता

प्रज्ञापारमिताहृदयसूत्र

प्रज्ञापारमिताहृदयसूत्र १.    एक समयमा मैले यस्तो सुनेँ । भगवान अनेक बोधिसत्व  तथा भिक्षुहरुका साथमा राजगृहको गृध्रकूट पर्वतमा बिहार गरिरहनु भएको थियो । २.    त्यसबेला भगवान गंभीर ‘अवसंबोधं’ भन्ने समाधीमा हुनहुन्थ्यो । त्यसैबेला आर्य अवलोकितेश्वर बोधिसत्व महासत्व गम्भीर ‘प्रज्ञापारमिता’को चर्या गर्दैहुनुहुन्थ्यो । (त्यस बेला) वहा (आर्य अवलोकितेश्वर बोधिसत्व) ले तलतीर हेर्नुभयो; वहाँले पञ्चस्कन्धहरु हेर्नुभयो र तीनीहरु […]

Categories
प्रज्ञापारमिता

कौशिकप्रज्ञापारमितासूत्र

सकल बुद्ध र बोधिसत्त्वहरुलाई नमस्कार गर्दछु । यस्तो मैले सुनेँ । कुनै एक समयमा भगवान् राजगृहमा विहार गर्नुभएको थियो । गृध्रकूट पर्वतमा महति भिक्षुसंघलाई साथ लिएर, र सकल शतसहस्र कुमारभूत बोधिसत्त्व हरुबाट (घेरिएर) । त्यहाँ भगवानले देवताहरुका इन्द्र भएका शक्रलाई बोलाई (भन्नु) भयो । हे कौशिक, यो प्रज्ञापारमिताको अर्थ कस्तो हो भने । यो प्रज्ञापारमिता […]

Categories
articles प्रज्ञापारमिता

अष्टसाहस्रिका प्रज्ञापारमिता प्रथम परिवर्त

। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । ।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।। । सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: । या सर्वज्ञता नयत्युपशमं शान्तैषिण: श्रावकान् या मार्गज्ञता जगद्धितकृतां लोकार्थसंपादिका । सर्वाकारमिदं वदन्ति मुनयो विश्वं यया संगता-स्तवै श्रावकबोधिसत्त्वगणिनो बुद्धस्य मात्रे नम: ।।१।। वहाँ (प्रज्ञापारमिता) सर्वज्ञ(सवैकुरा जान्ने) हुनुभएकोले शान्तता(निर्वाण)को इच्छा राखेका श्रावक(मुक्तिमार्गमा लागेको, शिष्य,) लाई उपशम्(चित्तको शानतता)मा लग्नुहुन्छ । वहाँ मार्गज्ञ (सवै मार्गहरूको ज्ञान) भएकोले जगतको हितकार्य […]