प्रकाश मान श्रेष्ठ
शिक्षा सल्लाहकार,
बौद्ध जागरण संघ, ललितपुर ।
बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा के कस्तो ज्ञान दिइएको छ, र त्यसको मर्म के हो, भन्ने कुरा गहिराईमा बुझ्न सकेका छैनौ । यसैले जोसुकै ले जेसुकै भने पनि चुपो लागि पत्याइदिने गर्दछौं । किनकी त्यो भनाई सत्य हो वा होइन भनेर हामीले छुट्याउन सकेका हुँदैनौं । अझ, हामी आफैले पनि जे जति अलिकता सुनेका जानेका हुन्छौं, त्यहि मात्रै सत्य हो भन्ने अभिमान बोक्दछौं । र, अरु सबै झूठो हो भन्ने विवाद गर्न ठाल्दछौं । हामी यस्ता अर्धज्ञानी अज्ञानी अवस्थामा अलमलिएका बौद्ध भएका छौ ।
यसैले यहाँ बुद्ध धर्ममा के कस्ता ज्ञान समेटिएका छन्, त्यसको सार समष्टि बारे संक्षेपमा बुझौं ।
बुद्ध धर्म भनेको बुद्ध-बोधिसत्त्वहरुले दिनु भएको धर्म हो । बुद्ध भनेको ‘सत्यको बोध गरेको’ (अर्थात्, जो जस्तो छ त्यसलाई त्यसै गरी बुझेको) र ‘त्यसै बमोजिम पालन गरी बसेको’ व्यक्तिलाई भनिएको हो । हाम्रै देशको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थले पनि सत्यको अवबोधन गरी बुद्ध हुनुभएको हो । धर्म भनेको ‘आफू र अन्यसंग व्यवहार गर्ने कर्म’ हो । कर्म भनेको ‘कर्तब्य’ हो अर्थात्, ‘आफूले लिएको जिम्मेवारी इमान्दारीता साथ निर्वाह गर्ने’ हो ।
बुद्ध धर्म अन्धभक्ति अथवा श्रद्धा-विश्वासको कुरै होईन । न त यो कसैले तथास्तु भनि वरदानमा दिइने कुरा नै हो । यो सबैले आफै लाग्ने, प्रयत्न गर्ने र लाभ गर्ने हो । योग्य सद्गुरुले सहयोग गर्न र बाटो देखाउन सम्म मात्र सक्दछ, उसले पनि बोकेरै लगिदिन भने सक्दैन । त्यसैले यहाँ ‘अप्पो दीपो हुनु पर्दछ’ । अर्थात्, ‘सबैले आफ्नो मार्ग आफैले खोजी जानु र अरुलाई पनि मार्गदर्शन गर्ने’ गर्नुपर्दछ । यसैले यो बुद्ध धर्म तर्कपूर्ण छ, वैज्ञानिक छ, प्रत्यक्ष फलदायी छ, र सुखकरी छ ।
जन्म र मृत्युको क्रम-बन्धन तोडी दुःखबाट मुक्ति दिने प्रयोग सिद्ध बाटो देखाउने भगवान गौतम बुद्ध विश्वकै इतिहासमा एक्लो व्यक्ति हुनुहुन्छ । ‘दुःखको चक्रलाई भंग गर्नु भएको’ हुनाले उहाँलाई भगवान भनिएको हो । उहाँले चार ओटा शाश्वत सत्यहरू अर्थात् आर्यसत्यको ज्ञान दिनुभयो;
१. जगत दुखमय छ । दुःख भनेको जन्मनु, जीर्ण हुनु, रोगी हुनु, मर्नु, प्रियसंग बिछोड हुनु, अप्रियसंग बस्नु, ईच्छा पूरा नहुनु हो । अर्थात् पञ्चस्कन्ध हुनु नै दुःख हो । किनकी यो जगतमा जे जति उत्पन्न भएका छन्, ती सबै नाश हुने हुन् । केहि पनि अविनाशी र शाश्वत छैन, सबै कुरा अनित्य हुन् । आत्मा भनेको छैन, सबै अनात्म हुन् ।
२. तृष्णाले यस दुःखको चक्करमा घुमाइ राख्दछ । साथै, यस दुखको आगोलाई निभ्न नदिई इन्धन थप्दै जगाई राख्दछ । यस चक्रमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जन्म र जरामरण भनिएका बाह्र ओटा आराहरु छन् ।
३. यस धर्मचक्र लाई तोडे पछि मात्र दुःखबाट मुक्त हुन जान्छ । यो चक्रलाई कमजोर बनाउँदै तोडन आठओटा कुराहरु, अर्थात् “आर्य अष्टाँगिक मार्ग”लाई होशियारी साथ पालन गर्दैरहनु पर्दछ । यसरी क्रमिकरूपमा यस चक्रलाई क्षीण गर्दै शक्तिहीन गराउँदै लगि यसलाई निरूद्ध गर्न सकिन्छ ।
४. सम्यक् सोच, सम्यक् बोली, सम्यक् कर्म, सम्यक् आजिवीका, सम्यक् प्रयास, सम्यक् स्मृति, र सम्यक् समाधि गरी आठओटा बाटाहरुलाई आर्य अष्टाँगिक मार्ग भनिन्छ । यो मार्गमा प्रवेश गर्न हिंसा नगर्ने, झूठो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, र मद्यपान नगर्ने पाँच ओटा शीलहरु पालन गर्नु पर्दछ ।
यसरी शील सदाचार र प्रज्ञाको बलले पाप क्षय भई पुण्य संचय गर्दै आफूलाई ब्यवहारमा परिशुद्ध गर्दै लैजानु पर्दछ । यसरी चित्तको निरुद्धि भएपछि रागद्वेष आदि सबै क्लेशहरु क्षय हुन्छ । यस स्थितिलाई निर्वाण भन्दछ । यो नै दुःखमुक्तिको अवस्था हो । यसमा पुगेको सत्वलाई अर्हत भनिन्छ ।
यसरी संबृत्तिसत्य अनुसार जीवन विर्वाह गर्न कुशल कर्म गर्दै रहन पर्दछ । अर्थात्, ज्ञानसंभार र पुण्यसंभार गर्दै रहनु पर्दछ । ज्ञानसंभार भनेको ‘ज्ञान लाई शुद्ध पार्दै उन्नति गर्दै गई प्रज्ञापारमिताको शून्यता ज्ञान अवबोधन गरि रहनु’ हो । पुण्यसंभार भनेको ‘अरुको भलो कल्याण हुने गरी त्यसबाट प्राप्त हुने पुण्यफल बटुलि राख्ने’ हो । र भलो नहुने तर नोक्सान गर्ने अकुशल कर्महरु गर्नबाट जोगिएर बस्ने पनि हो ।
सबै कुराको शुरुवात गर्ने मन नै हो । सारा जगतसंसार पृथ्वी, जल, अग्नि र वायु भनिएका चारओटा धातुहरुले बनेको हो । मनले चित्तद्वारा भौतिक वस्तुमा रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान (अर्थात् पाँचओटा स्कन्धहरु) उत्पन्न गराउँदछ । प्राणी भनेका यी चारओटा धातुहरु र पाँचओटा स्कन्धहरुको मिलाप हो । राग, द्वेष र मोह भनिएका त्रिबिष नै मूल क्लेशहरु हुन् । क्लेश भनेका ‘दुःखका मूल कारण’ हुन् । कर्मको नियम अनुसार सबैले आआफ्नो कर्म अनुसारको फल भोग्नै पर्दछ । ‘कर्मको फल स्वतः प्राप्त हुन्छ’, ‘फलको जोखना गरी दण्ड र पुरस्कार दिनेवाला बेग्लै कोही देवता छैन’ । सुकर्म अर्थात् अरुको उपकार हुने कर्मको फल आफैलाई झन सुख हुने हुन्छ, र अरुको हानी हुने कर्म गरेको फल आफैलाई झन धेरै दुःख भोग गर्नु पर्ने हुन्छ । मृत्यु र जन्म भनेको क्रमबद्ध प्रकृया हो, यो भनेको चित्तको प्रवाह मात्र हो । प्राणी आफ्नो कर्मको फल अनुरूप छओटा लोक र एकतीस ओटा भुवनहरुमा घुमिरहन्छ । सहंपति ब्रह्मा देखी किरा-फटेंग्रा पर्यन्त कोहि पनि अजर अमर छैन ।
भगवान बुद्धले देवता र बोधिसत्त्वहरु लाई महायानको ज्ञान दिनुभयो । देवतावर्ग भनेका देवता, असुर, नाग, किन्नर गरुड जस्ता विशेष क्षमता भएका सत्व हुन् । देवता भनेका जसले ‘मनुष्य लगायतका प्राणीलाई घाम, पानी, अन्न, रक्षा, ज्ञान, …. जस्ता आवश्यक बस्तुहरु दिनेहरू’ हुन् । बोधिसत्त्व भनेका ‘सारा प्राणिलाई तिनीहरुका दुःख हटाइदिन्छु, भनेर प्रतीज्ञा गरेका सत्त्व’ हुन् । यस्ता दिनेवाला देवता र चर्यागर्ने बोधिसत्त्व हरुले कस्तो धर्म पालन गर्नु पर्दछ भनेर महायानको मार्ग दिएको हो । महायान भनेको कसरी शुद्धचित्त भई, म’मेरो भन्ने आत्मभाव नगरी, सबै प्राणिलाई बिना कुनै पक्षपात, यतिउति गरें भन्ने लेखाजोखा नराखि, सदा हर्षित रही, सदाकाल तत्कालै तिनीहरुका दुख हटाउँदै निर्वाणसम्म लिएर जाने मैत्रीकरूणाको चर्या हो । यसमा दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा जस्ता दशओटा पारमिताहरुको चर्या र दश ओटा भूमिहरु शोधन गर्दै रहनु पर्दछ । आफूले बुद्धत्वको अवबोधन गरि सके पछि पनि आफू बुद्ध नबनी अरुलाई बुद्ध बनाउदै रहने अर्थात् बुद्धजननी भई रहनु पर्दछ ।
बोधिसत्व-महासत्त्वको स्तरमा पुग्नलाई कुनै पनि संभारहरु संकलित नगरी, त्यस्ता संभार लाभ हुनासाथ तत्क्षणै तत्कालै लोकहितको लागि समर्पण गर्नु पर्दछ । किनकी कुनै संभार फल बाकि रहँदै उसको देह नाश भएमा उसले पुनः पुनर्जन्म लिनुपर्ने भई भवचक्रमा फस्ने हुन्छ । यसैले बोधिसत्त्वले सदा ज्ञान र पुण्यको दान गरी पुण्यपरिणामना गरी बसेको हुन्छ ।
महायान भनेको जगतमा जो जति प्राणिहरू छन् ती सबै मेरा एक्ला छोरा सरह हुन् र ती सबै कुनै बेला मेरा मातापिता थिए भन्ने विचार गरी ती सबैलाई भलोकल्याण गर्ने रहने चर्या हो । यसले प्राणीमात्र नैरात्म्य होईन, सर्वसकल धर्महरु (अर्थात् बस्तु हरु) पनि नैरात्म्य हुन् भन्दछ । यस यानमा लागेका बोधिसत्त्व-महासत्त्वहरु यस लोकमा र निर्वाणमा दुबैमा एकसाथ रहेर पनि कतै नरही, अप्रतिस्थित निर्वाणमा रहेका हुन्छन् । यो शून्यताको चर्या हो । यसलाई पारमितायान पनि भनिन्छ ।
भगवान बुद्धले सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गरी श्रावकयान दिनुभएको सोह्रौं बर्षमा दोस्रो धर्मचक्र प्रवर्तनगरी महायानको ज्ञान दिनु भयो । त्यसको पनि तेस्रो बर्षमा तन्त्रयान दिनु भयो । यो तेस्रो धर्मचक्र सीतानदीको किनारमा कालचक्रतन्त्र र धान्यकटकमा नामसंगीतितन्त्र हरु एकसाथ विस्फारीत गरि देखाउनु भयो, भनिएको छ ।
तन्त्रयान भनेको श्रावकयान र महायान दुवैमा पारंगत भएका अत्यन्त माथिल्लो स्तरमा पुगेका साधकलाई ‘यसै एक जुनीमा बुद्ध हुन सक्ने’ मार्ग हो । तन् भनेको शरीर र त्राण दुःखबाट पार लगाउने हो । यस अनुसार साधकले ज्ञान र योगको साधना गरी यही हाडमासुको शरीरभित्र सारा देवता लगायत सारा लोकलाई प्रकट गरी एकै क्षणमा सम्यक् रुपमा सम्बुद्ध भई जाने गर्दछ । यसले ‘बाहिरको भौतिक जगतमा जे छ, त्यो यसै शरीरको अध्यात्म भित्र छ’ भन्दछ । ‘बाहिर जे छन ती भित्रै छन् र भित्र जति छन ती बाहिर छन्” अर्थात् बाहिर-भित्र भनेको एकै हो, छाया र प्रतिछाया मात्र हो भन्दछ । मन र तन एकाकार गरेको बलले यो संसारको सबै ऋद्धिसिद्धि आफ्नो अधिकारमा गरी सिद्ध बन्न सक्दछ ।
तन्त्रयान वास्तवमा अति गुह्य अति पवित्र अति शक्तिशाली अद्वैत ज्ञान हो । यस्तो गुह्यज्ञान बुझ्ने क्षमता नभएका हामी जस्ता सामान्य मनुष्यले पनि यस तन्त्रयानको लाभ लिन सकोस् भनेर जन्मदेखि मृत्यु पर्यन्तसम्म नानाबिधिका संस्कारहरु बनाई बाँधिदिएको हो । यसैले हामीले कुनै पनि परम्परा भनेर शास्त्रसम्मत संस्कारहरु व्यवहार गर्दा हामीले अञ्जान मै भएपनि तन्त्रयानलाई पालन गरिरहेका हुन्छौं । तर आजकाल तान्त्रिक भनिएका फूकफाक र बोक्सीविद्या भने यसका विकृत स्वरूप हुन् । अहिलेको बजारिया तन्त्र विद्या त साच्चैको पाखन्ड र ठगविद्या हुनपुगेको कुरा बडो दुखदायी छ । याद राखौं यो तन्त्रयान तपाई-हामी जस्ता सामान्य मानिसलाई निषेधित गरिएको छ । किनकी यसबाट प्राप्त हुने ऋद्धिसिद्धिको शक्तिलाई अरुको दुखमुक्ति गर्ने लोकल्याणको कार्यमा नलगाई, दुःख दिने कार्यमा प्रयोग गरेमा घोर बिपत्तिमा पर्दछ । यसैले यो मार्ग बडो खतरापूर्ण छ । यसमा लाग्दा पालन गर्नुपर्ने नियम अत्यन्त कठीन भएकोले तपाई हामी जस्ता साधारण मनुष्यलाई यो बर्जित गरिएको हो ।
अन्त्यमा,
भगवान बुद्धले सबै प्राणीलाई ‘न अति सुख र न अति दुःख’को मध्यम मार्गको उपदेश दिनुभयो । शून्यता भनेको चार ओटा पक्षहरु (अर्थात्, ‘छ’, छैन’, ‘छ पनि छैन पनि’, र ‘न छ न छैन’) सबैलाई एकसाथ देख्नु हो । जगत भनेको संवृत्तिसत्य (अर्थात् लोक-संसारिक सत्य) र परमार्थ सत्य (अर्थात्, सूक्ष्म सत्य) मिसमास भएको मायाजालको भ्रम हो । उहाँले आआफ्ना स्तर अनुसार जीवन जिउने कर्म गर्ने उपायहरु दिनुभयो । हरेक प्राणिका कर्म, ज्ञान, उत्साह र स्वभाव अनुसार बुद्ध हुने अनेक मार्ग-मार्गान्तरहरु दिनुभयो । सबैमा बुद्ध बन्न सक्ने क्षमता भएको बुद्धगर्भको बीऊ छ भनेर भन्नुभयो । त्यस बीऊलाई हुर्काउन सबैको क्षमता लगाव प्रयत्नको स्तर अनुसार हरेकको तह अनुसारको साधनाको विधि दिनुभयो । ‘प्रज्ञा अर्थात् ज्ञान र उपाय अर्थात् प्रयत्न एकाकार भएमा जे कार्य पनि सफल हुन्छ’ भन्ने प्रज्ञोपाय सिकाउनु भयो । उहाँले ‘जातिपाति उँचनीचको कुराको खण्डन’ गर्नुभयो । उहाँले सबैलाई ‘कर्म गर्ने स्वतन्त्रता दिनुभयो’ । उहाँले देश-काल-परिस्थिति हेरि यसका ‘मूलकुराहरु नछोडी सानातीना नियमहरु छोडन सक्ने विकल्प’ पनि दिनुभयो । यति मात्रै होईन, अरूका के कुरा, उहाँ भगवान स्वयंले दिनुभएको उपदेश समेत पनि जाँचीबुझी प्रयोग गरी मात्र लिन, अन्यथा नलिन समेत समेत अधिकार दिनुभयो । उहाँले यस्तो स्वतन्त्रता समेत दिनुभयो ।
भगवान बुद्ध कुनै काल्पनिक कथाका पात्र होइनन्, ऐतिहासिक पुरुष हुनुहुन्छ । उहाँले आजभन्दा २,५८६ बर्ष पहिले यही धरतीमा हाम्रै लुम्बिनीमा हाडमासुको शरीर लिएर मनुष्यरूपमा जन्मेर दुःखसत्यको अवबोधन गरेर “बुद्ध” हुनुभएको हो । कसैले उहाँको यस कृत्यलाई दिव्यरूपमा लिई ‘भगवानले देखाउनु भएको लीला हो, बुद्धनाटक मात्र हो’ पनि भन्दछ । उहाँलाई दशओटा नाम दिइएको छ; ‘अर्हत’, ‘सम्यक् सम्बुद्ध’, ‘तथागत’, ‘विद्या र आचरण सम्पन्न’, ‘सुगत’, ‘अनुत्तर’, ‘लोक-विदू’, ‘पुरुष-दम्य सारथि’, ‘देव र मनुष्यका शास्ता’, र ‘भगवान’ । उहाँको परिनिर्वाण भएपछि नागार्जुन जस्ता अनेक वज्रआचार्य गुरु तथा सिद्धपुरुष हरुले पनि धेरै व्याख्याहरु गरी बुद्धज्ञानलाई गहन, बिस्तृत र विपुल गरी बढाई दिएका छन् । अझ कसैले त क्रिश्चियन धर्मका येशू मसीहा स्वयं पनि प्रब्रज्जित महायानी बौद्ध थिए भनेर भन्ने गरेको पनि पाईन्छ ।
यस्तो विस्तृत विपुल गहन ज्ञान समेटरको बौद्ध धर्मलाई हामी अझै गहिरिएर बुझ्दै जाउँ । नबुझेको कुरा सोधने गरौं । बुझेको कुरालाइ आफ्नो जीवनमा पालन गरौं । त्यो ज्ञान अन्य सबै मनुष्यलाई बाँडौं । र सबै प्राणिका भलोकल्याण गर्दै जाऔं निर्वाण लाभ गरौं । यसरी हामी पनि बोधि ज्ञानलाई सार्थक गरी वास्तविक बौद्ध बनौं र अरुलाई पनि बौद्ध बनाऔं ।
।। भवतु सब्ब मंगलम् ।।
नोटः- (यस लेखका लेखक प्रकाश मान श्रेष्ठज्यू नेपाल सरकारको निजामती सेवामा सह-सचिव भई सेवानिवृत हुनुहुन्छ ।
सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट गर्नुपर्दछ, भन्ने सोचाई राख्दथेँ । बाटो देखाउने कोही पाइनसकेकोले अलमिएको थिएँ । गुरुपदको पसल थापी व्यवसाय गरेका मास्टरमा भने श्रद्धा थिएन । यसै गरी दिनरात कटिरहेको थियो ।
यस्तै पर्यो । कसैको सहयोगी ‘एक्स्ट्रा’ भएर साथलागी सत्यमोहन जोशीजी कहाँ भेटनजानुपर्ने भयो । कहिले नभेटेको मान्छे । धेरै धेरै पहिले ३२ सालतिर आफू दार्चुलामा रा.वि.से.मास्टर भएर जाँदा सत्यमोहन जोशी भन्ने मान्छेले लेखेको कर्णाली लोकसंस्कृतिको पहिलो खण्ड पढेर ज्यादै प्रभावित भएको थिएँ । र,त्यसैको ढाँचाको नकलगरी आफूले पनि ‘लेकम लोक संस्कृति’ भन्ने भिलेज प्रोफाईल लेखी बुझाई मास्टरको डिग्री पनि लिएको थिएँ । त्यसैले उनि प्रति मनमा एक उत्सुकता थियो । साथै, विभिन्न विधामा तीनपटकको मदन पुरस्कार विजेता, नेवार संस्कृतिको मूर्धन्य विद्वान, इतिहासमा हराएको अरनिकोलाई खोजी चिनाउने व्यक्ति जस्ता उनका अनेक विशेषताहरू बारे निकै सुने पढेको थिएँ । विद्यार्थीकालमा क्वीज कन्टेस्टमा खुब चाख राख्दथेँ, यसैले यस्ता ‘विशिष्टता’का बारेमा निकै दखल राख्दथेँ । यसैले निक्कै जान्ने सुन्ने पनि थिएँ । अहिले पो जागीर नफापेर ढाक्रे हुनपुगेको ।
संस्कृतिको धनी शहर ललितपुरको केन्द्रकै नजिकको ‘पारावत विहार’ । कुनै प्राचीन मन्दीर वा विहारजस्तै लाग्ने सातओटा ढुँगेखुडकिलाहरू चढी पस्नुपर्ने चबूतरा माथि दायाँबाँया सेता परेवाहरू लगायत पञ्चबुद्ध चित्रित बीचमा वज्रसत्त्वको मूर्ति खोपिएको प्राचीन प्रवेशद्वार । शायद कुनै बेला रहेको विहार भत्किएपछि त्यस प्रवेशद्वारमाथि थपिएको जस्तो, पुरानै घर । भित्र वयोवृद्ध उमेरको अग्लो व्यक्ति, देख्दा सामान्य लाग्ने तन्नेरीमनको नेवारले विशुद्ध नेपालीमा छन्द व्याकरण उच्चारण आदि केहि पनि त्रुटि नगरी बोल्दै थिए । आधुनिक नेपालमा पहिलोपल्ट बौद्धधर्ममा प्रबज्ज्या लिए बापत जुद्ध शम्शेरले देशनिकाला गरेको वर्णन र पछि अन्तरराष्ट्रिय दवावको कारणले तथा आफूलाई सुधारवादी देखाउन पद्म शम्शेरले सो आदेश फिर्ता लिएको इतिहासको ओजपूर्ण अन्तरवार्ता रेकर्डिंग गराउँदै थिए । यसैले लुसुक्कपरी एक कुनामा नम्र भई उभिएको थिएँ । सत्यमोहन जोशी वहाँ नै होला भनेर खुट्याउन गाहारो परेन । क्यामेरामेनले त्रिखुट्टिमा ठड्याएको ठूलो मूभीक्यामेरावाट उनैको भनाईलाई भिडियोशूट गरिरहेका थिए । इतिहासका पन्नाहरू प्रवाहित भइरहेका थिए । मेरो द्वेषी मस्तिष्कमा यी राणाशाहीहरू आफूलाई भारतपरस्त देखाउने तृष्णाले कति असहिष्णु भएका रहेछन् भन्ने कुरा घुम्दै थियो । र, जसको हींगको टालो आजसम्म पनि निकैले बोकी राखेका छन् भन्ने मेरो सोचाई थियो ।
कुनै उपवन वा सानो झाडी जस्तै लाग्ने हरियाली । लटरम्म फुलेको बेगमकल्लीको लहराको झ्याँगतल मटानमा यी सव हुँदै थिए । संस्कृतिविद् सत्यमोहन जोशीको घर पनि संस्कृतिमय रहेछन् । पारम्परिक, सामान्य र पुरानो घर । सिमेन्ट छड र तडक भडक विहिन । सादा । मोटर, ग्यारेज, फ्रिज, कम्प्युटर र टिभि बेगरको । सन्तोषं परमं सुखम् । ढोकासंगै स्थापित एकजोडी स्त्री-पुरुषका ढुगेमूर्तिमा फूलमाला पहिराइएको थियो । उनका स्वर्गीय पितामाता रहेछन् । शङ्खरराज र नुगलदेवी प्रतिदिन पूजिने रहेछन् । नब्बे वर्षका जोडीले पितामातालाई दैनिक पूजागर्ने रहेछन् । मेरो मनमा श्रद्धा पुलकित भयो ।
कुराकानी भयो, सकियो । के कुरा भयो भन्ने अहिले हाम्रो विषय होइन । त्यसै छोडिदिउँ, बरू पछि कुनैबेला विस्तारमा चर्चा गरौंला । बरू कुराकानी भैरहेको बेलामा मनमा आवाज आउँदै थियो, ‘तैंले खोजेको मान्छे यही हो । नछोड, समात् । सोध्ने जति सवै सोध्, यही बेला हो । पछि पश्चाताप होला’ । हृदयवाट उठेको डिंडिमको अनाहतनाद आभ्यान्तरको कर्णपटल दनादन ठोकिंदै थियो । कुराकानी सकिएपछी अनाचक बोल्न पुगेँछु, “संस्कृति र अध्यात्मका विषयमा मेरा निकै कन्फ्यूजनहरू छन्, के म यहाँवाट निर्देशन पाउन सक्छु ?” उहाँले हास्दै भन्नुभयो, “हुन्छ, हामी हरेक सोमबार छलफल गर्छौ । प्रज्ञापारमिताको छलफल र नामसङ्गीतिको पाठ पूजा आदि हुन्छ । आउनुभए हुन्छ, छलफल गरौंला । तपाईहरू जस्ता त आउनु पनि पर्छ ।”
सोमबार चारबज्नु अगावै पुगेँ । बसुन्धरादेवीको मूर्ति खोपिएको ढोकावाट टाउको निहुराई बैठकमा छिरेँ । भित्तामा भगवान बुद्धको सुन्दर मूर्ति स्थापित थियो । शायद एकमात्र चैत्यहीन विहार भएकोले यो बुद्धको प्रतिमा उहाँले नै स्थापना गर्नु भएको रहेछ । पछि थाहा हुँदै गए । त्यसको फलेँटिमा घ्यूको दीवाहरू जलिरहेका थिए । मूर्तिको तल सानो टेबिलमा हेर्नमा सामान्य लाग्ने व्यक्तिहरूको दुइटा फोटो थियो । यसअघिका गुरुहरू हुनुहुँदा रहेछन् । एकातर्फको भित्तामा रगीचंगी माछाहरू भएको सानो एक्वेरियम थियो । किताबका चाङहरू खात का खातपरी यताउता अरल्लिएर पडेका थिए । बैठकमा महिला र पुरुषहरू छुट्टाछुट्टै लहरमा बस्दै गरेका थिए । भगवान बुद्धको प्रतीमालाई अगाडी पर्नेगरी अर्को साइडमा एकजना महिला बसेकी थिइन् । उहाँ यस पाठपूजा र प्रवचन गर्नुहुने गुरुमा ‘शान्ति दिदी’ हुनुहुँदो रहेछ । साथमा वज्रयानका एकजना मुख्य ‘आचार्य’ टंकमान दाइ पनि रहेछन् ।
सत्यमोहनको थर ख’ख’ले गुणितागर्ने जोशी हो । पुर्ख्यौली धर्म निख्खरा तागाधारी हिन्दू हो । उहाँले आफ्ना कुल परम्परामा केहि आँच आउन नदिई वज्रयानी साधनाज्ञान परम्परालाई पनि साथै कायम गराउनु भएको रहेछ । यस बुद्धपूजाको पूजाक्रम विधि पञ्चोपचार रहेछ । साधना सप्तविधानोत्तर रहेछ । गुरुमा शान्ति दिदीले भन्नुभयो, “प्रकाशमानजी, म लेख्नपढन जान्दिन । पढेको छैन” । सत्यमोहन जोशी जस्ता विद्वान पनि औपचारिकरूपमा धेरै पढेका त रहेनछन् । सत्यमोहन जोशीले शान्तिदिदीलाई गुरुमाको स्थानमा राखी प्रवचन गराएका रहेछन् । अहिले शान्ति दिदी बस्नु भएको गद्दीमा यस अघि गुणरत्न जस्ता महापण्डित गुरू आसीन हुनुभएको रहेछ । आजका नाम कहलिएका निकै नामूद बौद्धविद्वानहरू वहाँका उत्पादन रहेछन् । त्यस्ता गुणका खानी भएका गुरु गुणरत्नले कस्ताकस्ता कतिकति पढेका आफ्ना शिष्यगणहरू मध्ये शान्ति दिदीलाई नै प्रमुख गुरुशिष्याको रूपमा चयनगर्नु भएको रहेछ ।
एक पल्ट सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, काशी विद्यापीठका प्राचार्य र प्रकाण्ड बौद्ध विद्वान प्राध्यापक जगन्नाथ उपाध्याय ब्रायन हगसन, राहुल सांकृत्यायन जस्ताको अनुशरणगरी बौद्धज्ञानको खोजी अनुसन्धानको क्रममा यहाँ आउनु भएको रहेछ । उहाँले महायानी परम्पराको पूजाविधि लुप्तप्राय भइसक्यो भन्ने क्रममा ललितपुरवाट समेत यो लुप्त भैसकेकोछ भनी भनाई राखेका रहेछ । त्यो सुनेर सत्यमोहन जोशीले ‘लुप्त भएको छैन’ भनी भनेछन्, जसको समर्थन आशाराम शाक्य र लोकदर्शन वज्राचार्य आदिले पनि गरेका रहेछन् । र सत्यमोहन जोशीले प्रमाणको लागि आफ्नै घरमा ल्याई यहि सोमबारे सप्तविधानोत्तर पूजा, नामसङ्गीतिको पाठ आदि देखाई दिएछन् । यस्तो महायानी परम्परा शुद्धरूपमा कायम राखेको दुर्लभ कुरा देखेर ती प्राचार्य छक्क परेका रहेछन् । साथै, गुणरत्नजस्ता महाज्ञानी गुरू तथा नेपालका बौद्धविद्वानहरूसंग छलफल गरी प्रभाबित भई गएका रहेछन् ।
महायानी सप्तविधानोत्तर भनेको सात क्रमको अर्चना रहेछ । शुरूमा आफ्ना आराध्य ‘भगवान बुद्ध’लाई आह्वानगर्ने, स्थान आसन दिने, स्नान अभिषेक गर्ने आदि ‘वन्दन’कर्म गरिने रहेछ । तत्पश्चात्, पञ्चोपचारपूजा गर्ने रहेछ । जसमा केशरी अबीरआदि टिका लगाउने, वस्त्रालंकार लगाइदिने, फूलमाला पहिराइदिने, धूप जलाउने, नैवेद्य अर्पणगर्ने रहेछ । तेस्रोमा पापदेशना गरिने रहेछ जसमा यस अघि आफूले गरेको अकुशलकर्मको अरूलाई सुनाई प्रायश्चितगरी आइन्दा त्यस्तो नगर्ने संकल्प लिइने रहेछ । यो क्रिश्चियनहरूको बन्दबक्सामा लुकी प्रायश्चित गर्ने भन्दा बेग्लै तरीकाले सबैको अगाडी प्रकटरूमा भनि गरिने रहेछ । तत्पश्चात चौथोक्रममा कुनै पनि प्राणीले कुनैपनि कुशलकर्म गरेको भए त्यसको प्रशंसागर्ने, समर्थनगर्ने र त्यसबाट प्रेरणालिने रहेछ । पाँचौक्रममा आफ्ना अगाडि अधिष्ठान गरिएका आराध्य देवता वा बुद्ध बोधिसत्त्वसंग नजिकमा रही उनिहरुसंग आदर र श्रद्धापूर्वक ज्ञान माग्ने अध्येषणा गरिने रहेछ । तत्पश्चात, यसरी आफूले ज्ञानलिए पछि अन्य सवै सत्त्वप्राणीले पनि त्यसैगरी लाभ लेओस् भनि कल्पकल्पसम्म निर्वाण नलिई लोकहीतकार्य गर्दैरहनुहोस् भनी याचना गरिने रहेछ । र अन्त्यमा आफूले गरेको कुशलकर्मको ‘पुण्यफल’ एकक्षणपनि संभार नगरी तुरुन्तै सकलसत्त्वप्राणीको कल्याणमा समर्पण गरिदिनु पर्ने रहेछ । यि विधि सवै गर्दा लामो समयलाग्ने भएकोले सामान्य बेलामा यसलाई छोटकरी विधिमा सम्पन्न गर्ने गरिएको रहेछ ।
भाद्र महिनामा एक दिन राम्रो साइतमा घरमैं सत्यमोहन जोशीले सपरिवार भगवान कृष्णको झुला झुलाउने गर्नु भएको रहेछ । सुहृद्, बान्धव र यस सोमबारे चर्यामा आउने गरेका सवैलाई समेत यसमा समावेश गर्ने रहेछन् । भोज पनि खुवाउने रहेछ । सवैलाई टिका लगाई दक्षिणासमेत दिने रहेछ । कस्तो अनौठो ! बुद्ध, कृष्ण र शिवमा उस्तै भक्ति । श्रद्धा र प्रज्ञाका दुई शिखरमा उभिएको व्यक्तित्व । नेपाली संस्कृतिको जिउँदो उदाहरण ।
स्तोत्र पढिए, धारणी पाठ गरिए । शान्ति दिदी गुरुमाको सामान्य प्रवचन पनि भयो । शान्ती दिदी गुरुमाले आफू सानी बच्ची हुँदादेखि नै कसरी पुरुषको एकछत्र राज भएको वज्रचार्यकर्ममा प्रवृत्त भएर गुरुसेवागरी कसरी गुरुकृपा समेत प्राप्त गरेकी थिइन्, ति मार्मिक घटनाहरू गद्गद हृदयले भक्कानोलिंदै सुनाइन् । मेरो मनमा कुरा बाँउडियो, मैले विश्वकै मान्यताप्राप्त विश्वविद्यालयवाटै डिग्री लिएपनि के भयो र ? पढेरमात्रै पो के नाप्ने रहेछ । शान्ति दिदीप्रति श्रद्धा जाग्यो, मनमा एकतमासको शान्तिको अनुभूति पनि भयो । केहि पाएको जस्तो लाग्यो, पाइने आश जाग्यो ।
पाठपूजा सकिए पछि सत्यमोहन जोशीज्यूले मलाई र सवैलाई लक्षित गर्दै भन्नुभयो; “कुनै पनि कुराले बाधित नगरिएको असीम शून्यदर्शन ज्ञानलाभको संकल्प गर्नु ‘प्रणिधि’ हो । त्यस ज्ञान लाभ गरी त्यसको अनुभूतिगर्न, आत्मसातगर्न सदासर्वदा चर्याकर्मगर्नु गरिरहनु ‘प्रस्थान’ हो । र त्यस मार्गमा जाँदा स्व:त पाइने पुण्यलाई उत्निखेरै सकलप्राणीको हीतकल्याणको लागि समर्पण गर्नु ‘परिणामना’ हो ।”
मैले भने दाइ (सबैले प्रीतिआदरपूर्वक दाइ भन्ने गरेकोले मैले पनि दाइ नै भनेँ), “त्यसरी पुण्य त्याग गर्ने हो भने के को लागि किन चर्याकर्म आदि गरिरहन पर्यो त ?”
उहाँ ले भन्नुभयो, “जबसम्म कर्मको फलको अवशेष बाकी नै रहन्छ, प्राणी भवचक्रमा घुमिरहेको हुन्छ । पुण्य वा पाप भनेको मात्र दिशाको भ्रम हो । आर्जित कर्मको फल जवसम्म विपाक नभै उपादानको रूपमा संग्रह अथवा स्टक डिपोजिट बाकी रहन्छ उसले निर्वाण प्राप्त गर्नै सक्दैन । पाप संचिति भएको भए प्रायश्चित शुद्धि गरी छुटकारा पाउन सकिने हुन्छ । तर, पुण्य संचिति भएको बेला कुनै सुकर्म वा प्रायश्चितादि कर्मले पनि त्यसको क्षय हुँदैन, त्यो त झन थपिंदै जान्छ । त्यस संचिति भएको पुण्यफल मृत्यपछि पनि भोग्नै पर्छ । र पुण्यफलको सुखभोगगर्दा अपायगतिमा झरिने सम्भावना झनै वृद्धि भएको हुन्छ ।”
मैले सोधेँ, “दाइ, बुद्धधर्ममा निर्वाणलाई लक्ष मानिन्छ, जसमा रागद्वेष सवै प्रहीण भएको हुन्छ । विना रागद्वेष कसरी कर्म हुन्छ ? कसरी समाज चल्छ ? निर्वाणकामी हुनु भनेको पलायनबादी हुनु होइन र ?”
उहाँले भन्नुभयो, “बुद्धधर्म विशाल छ, साँघुरो छैन । यसको लक्ष निर्वाणमात्र होईन । बुद्धधर्म भन्नु सम्यकरूपमा ज्ञानलाभ गर्नु हो । जगतसंसारको खेलवाट अलग हुन चाहने ‘निर्वाणकामी’लाई थेरवादी मार्ग छ भने महायानले परिवार र समाजमैं रही लोककल्याणकार्य गर्दैरहन सिकाउँछ । वज्रयानले त अझ यसै जुनिमा वा एकैक्षणमा पनि अभिसम्बोधी प्राप्त हुन सक्दछ भनेर भन्दछ । यसैले महायान-वज्रयानमा निर्वाणलाई प्राथमिकता दिइँदैन । यहाँ त अरूको लागि केही असलकार्य गरौं भन्ने भावना पलाएका ‘बोधिसत्त्व’ हुन्छन्, र यस्तो लोकहीतको लागि संकल्पगरी चर्यागरेका ‘महासत्त्व’हरू हुन्छन् । यि बोधिसत्त्व-महासत्त्वहरू निर्वाणप्राप्तगर्न सर्वसक्षम भएर पनि निर्वाण नलिई बसेका हुन्छन् । सदासर्वदा सकलप्राणीका लोककल्याणमा रत रहन्छन् ।”
“यदि अनादिकाल देखि यस्ता सक्षम बोधिसत्त्वहरू करूणाचित्तले लोकको उद्धारकार्यमा लागीपरेको भए अहिलेसम्म त यो भवलोक खाली भैसक्नुपर्ने, अथवा कम से कम यमलोक त शून्य नै हुनुपर्ने थियो ।” मैले मेरो तर्क राखेँ ।
सत्यमोहन दाइले भन्नुभयो, “बोधिधर्मका प्रमुख विशेषता मध्ये यो पनि एउटा हो कि यहाँ कसैले कसैलाई केहि दिईंदैन, लिइँदैन । आफैले गर्नुपर्छ । बरदान तथा तथास्तु भन्ने कुरा यहाँ हुँदैन । आफ्नो उद्धार आफै गर्नुपर्छ । ज्ञान माग्न पनि तिनपल्ट अध्येषणा गर्नु पर्दछ । हो, बोधिसत्त्वले यस्तो बोधिचित्त उत्पाद हुनसक्ने वातावरण बनाइदिएको हुन्छ । तर, बोधिचित्त अर्थात् केहि गरौं भन्ने संकल्पभाव को उत्पादनगर्ने र त्यसलाई कृयान्वितगर्ने चेष्टा आफै नै गर्नुपर्छ । बोधिसत्त्वले मार्ग देखाउँछ, मार्गमा संरक्षण र सुरक्षण गर्छ । तर, जानु त आफैले पर्छ । बोधिमार्गमा आउनै नचाहने, सुतेको एक्टिङ्गर्नेलाई कसैले केहि उठाउन सक्दैन । यसैले संसारका यावत प्राणीलाई एकैपल्ट निर्वाणमा पठाइदिनसक्ने क्षमता राखेका करूणामय भगवान अवलोकितेश्वर आफू सर्वसमर्थ भएर पनि आफूसंग ज्ञान निर्वाण लिन नआएका प्राणीलाई देखेर दु:खितभई रोइरहनु हुन्छ भन्ने भनाइ रहेको हो ।”
मेले फेरि सोधेँ, “विराग भएका बोधिसत्त्व-महासत्त्वहरूले हीतचर्यागर्नु पुन रागतृष्णा फस्नु होइन र ?”
गुरु सत्यमोहनले भन्नुभयो, “यो महाकरूणा हो, यसमा कर्त्तापन हुँदैन, सत्त्वप्राणीको दु:ख देखेर द्रवितहुनु महायानको ब्यूटि हो । यसलाई हिन्दूधर्ममा ‘अहैतुक कृपा’ पनि भनिन्छ । यसलाई कृष्णलीला भने पनि बुद्धनाटक भनेपनि फरक पर्दैन । यो रागद्वेष भन्दा माथिको कुरा हो ।”
गुरु सत्यमोहन दाइले पुन भन्नुभयो, “महायानमा शून्यताको चर्या गरिन्छ । महायानको दर्शन नै शून्यतादर्शन हो । शून्यवाटै उत्पन्न शून्यमैं लय हुने हो । यस दर्शनमा प्रणेता नागार्जुन हुन् । उनी नेपालमा बालाजुको माथि नागार्जुन डाँडाको गुफामा बसेका थिए भन्ने जनश्रुति रहेको छ ।”
म भौतिकशास्त्रको विद्यार्थी थिएँ । महाविस्फोट हुनु अगि यस ब्रह्माण्डको स्थिति शून्यसमविन्दुमा हुन्छ भन्ने मलाई थाहा थियो । अझ particle physics अनुसार द्रष्टाको दृष्टि अनुसार वस्तुले व्यवहार गर्दछ भन्ने सिद्धन्तको बारेमा पनि पढेकै थिएँ । साथै, शून्यवाट अकस्मात वस्तु उत्पन्न हुन्छ र अकस्मात शून्यमैं बिलाउँछ भनि पनि पढेकै थिएँ । यसैले मलाई आश्चर्य पनि भयो । आफूले पढेको कुरामा घमण्ड पनि उठ्यो । मैले गुरू बोधिसत्त्वलाई परीक्षा लिन चाहेँ । धृष्टता गरेर सोधेँ, “के शून्यताको पनि दर्शन हुनसक्छ र ? गीतामा भनिएको छ, ‘न असतो विद्यते भाव …’, जुनकुरा छँदैछैन त्यसको अवबोधन नै कसरी हुनसक्छ र ?”
गुरु सत्यमोहन दाइले कतैपनि नहेरि भन्नुभयो, “शून्यता भनेको गणितको ‘शून्य’ वा भौतिकशास्त्रको matter/energy केहि नभएको vaccum को अवस्था होईन । यो विश्वका चार मूल दर्शनहरूलाई एकसाथ दृष्ट गर्नु हो । पहिलो दर्शन हो ‘सत् वाद’ अर्थात् वस्तुको अस्तित्त्व छ भनेर मान्नु, जसमा ईश्वर पनि पर्न सक्दछ, आत्मा पनि पर्दछ । दोस्रो हो ‘असत् वाद’ अर्थात् कुनै वस्तुको पनि अस्तित्त्व छैन, सवै भ्रम हुन् भन्नु । तेस्रो हो ‘उभय सत्’ अर्थात् छ पनि र छैन पनि भन्ने । र चौथो हो ‘उभय असत्’, न छ न छैन भन्ने । यी चारै ओटालाई एकसाथ देख्नु पक्डनु शून्यता दर्शन हो । यही उच्चस्तरको माध्यमिक दर्शन हो ।”
मैले के कति बुझेँ वा बुझिन यहाँ नभनौँ, पछि कुनै दिन कुरा गरौंला । तर, मेरो कुतूहलता जाग्दै थियो । मेरो अहम् पग्लिंदै थियो । मैले नम्र हुदै बाकी बचेको पाण्डित्याईँ देखाउँदै सोधेँ, “माध्यमिक दर्शन भनेको सुखभोगी पनि नबन दु:खभोगी पनि नबन, बीचको मार्ग अपनाउ भनेको होइन र ?”
उहाँले भन्नुभयो, “हो, पक्का हो । तर, के थाहा पाउनु पर्छ भने बुद्धज्ञान सवै एकैपल्ट पूर्णतामा प्रकाशित भएका होइनन् । यो तिन पटकगरी क्रमिकरूपमा विकसित भएका दर्शनका स्तरहरू हुन् । पहिलो धर्मचक्र प्रवर्तन, जुन सारनाथमा भएको थियो, जसमा चार आर्यसत्व, प्रतीत्य समुत्पाद र र आर्य अष्टाङ्गिकमार्गका देशना भएको थियो, त्यो निर्वाणलक्षी थियो, त्यो श्रावकवर्गलाई लक्षित थियो । कालान्तरमा राजगृहको गृद्धकूट पर्वतमा शून्यतादर्शनको ‘दोस्रो धर्मचक्र परिवर्तन’ भएको थियो, जसको गहनता त्यसबेला धारण ग्रहणगर्न सक्ने अवस्था नभएकोले नागराजले पातालमा लगि सुरक्षित राखेका थिए । र पाँचसये वर्ष पछि नागार्जुनले प्रकाशित गरेका हुन् भनी भनिएको छ । यस शून्यतादर्शनको मूलशास्त्र ‘प्रज्ञापारमीता’ हो । अब तपाईले सोध्नु होला इतिहासमा दोस्रो धर्मचक्र परिवर्तनबारे कतै उल्लेख छैन भनेर । के बुझनु पर्छ भने यस्ता कुरा हिस्टोरिसिटिमा सिद्ध हुने होईन । ज्ञानको प्रकटिकरण सुनसुकै कालमा भएता पनि ज्ञानलाई उसले देखाएको मर्मको रूपमा लिनुपर्छ । यो दिव्यरूपमा बुद्धवाट भएको देशना हो, मानवीय बुद्धबाट भएको होईन । अझ, थाहा पाउनुस्, भगवानले तेस्रो देशना पनि गर्नुभएको छ; एकसाथ दुई ठाउँमा, शम्बलदेशमा कालचक्रको र धान्यकटकमा नामसङ्गीतिको । ‘नामसङ्गीति’ सम्पूर्ण बुद्धदर्शनको सार हो, यो कालातीत र सर्वाङ्गीण ज्ञान हो ।”
समुद्रको अथाह जलराशी कचौरामा घोप्टिरहेको थियो । म कहिल्यै नभरिने प्वालपरेको कचौरा हुन चाहन्न थिएँ । न त सवै माथिबाटै पोखिइजाने घोप्टिएको भाँडो । न त म कचौरावाट एकथोपा पनि ज्ञानामृत छचल्किएर पोखिएर खेर जाओस् भन्ने नै चाहन्थेँ ।
म संग धेरै प्रश्नहरू थिए । बुद्धधर्ममा पञ्चमकारको कुरालाई कसरी बुझ्ने, बुद्धधर्म र हिन्दूधर्ममा एकै देविदेवताहरू कसरी भए, द्वादशदर्शनको बजारमा के लिने के छोडने, अहिलेको देशको सांस्कृतिक धारले भोलि कहाँ पुर्याउनेहो, आदि इत्यादि । तर यी कुराहरूका ज्ञानलिनु कालिमाटिमा आलु किनेको जस्तो हुँदैन भन्ने मैले बुझेको थिएँ । मलाई सत्यगुरु सत्यमोहन दाइको अनुकम्पालाई पछिपनि कायम राख्नु थियो । साथै मेरो बुवाभन्दा जेठो मान्छेलाई धेरै कष्ट दिनु पनि उचित थिएन । मैले भने, “दाइ म फेरि फेरि पनि आउँछु, मेरो पिपासा धेरै छ । पथ्यहुनेगरी मात्रामिलाई ग्रहण गर्नु फलदायी होला ।” उहाँले भन्नुभयो, “जहिले पनि स्वागत छ । मैले के जानेको छु र ? हामी सवै छलफल गरौंला । नामसङ्गीतिको पाठ छलफल भै रहन्छ, तपाई बुझ्दै जानुहुनेछ । तपाईको पूर्वसंस्कारले यहाँ ल्याएको हो, तपाईलाई हार्दिक बधाई छ ।”
उहाँ भित्र जानुभयो । ल्याएर एउटा सानो पुस्तिका दिंदै भन्नुभयो यो ‘प्रज्ञापारमिताको चिनारी’ हो । पुस्तकको तल लेखिएको थियो, ‘राधादेवि जोशिनी’ । मैले सोधे यी विदुषी को हुनुहुन्छ । सत्यमोहन दाइले केहि बोल्नुभएन । शान्तिदिदीले मुसुमुसु हाँस्दै मुसुमुसु हाँस्दैगरेकी सत्यमोहन दाइकि सहधर्मिणीतर्फ इशारागर्दै भन्नुभयो, ‘वहाँ भाउजू’ । म तिन छक परेँ । कस्तो जोडी । मनमनै भने, ‘हे इश्वर, यो जस्तो जोडि सबैका होउन् !’
मैले गुरु सत्यमोहन दाज्यूको अनुहार हेरेँ । न कुनै खुशी न कुनै दुख । केहि भाव छैन । न ग्लानी न उत्साह । उपेक्षा मिश्रित स्मीत हाँसोका साथ मुदित नयनले अन्तरीक्षवाट कसैले हेरिरहेको जस्तो, स्क्यान गरेको जस्तो । उहाँको मञ्जुवचन मेरो कान, आँखा, नाख, जिब्रो, र सम्पूर्ण काय भएर ‘म’ मा घुसिरहेको थियो । त्यस ब्रह्मघोष ‘कस्मिक साउण्ड’को प्रतिघातवाट मेरो अङ्गप्रत्यङ्ग सर्वाङ्ग नसानसा झम्झमाई झंकृत भैरहेका थिए, स्फुरित भैरहेका थिए । मलाई लाग्यो आकाशका दशैदिशामा दिव्यदेहधारी प्राणीहरू अदृष्यरूपमा अटेसमटेस गरिरहेका छन् । हामीलाई हेरिरहेका छन, सुनिरहेका छन्, अनुमोदन गरिरहेका छन् । मेरो आदरणीय गुरु सत्यमोहन दाइ ‘बोधिसत्त्व’को अनुहारको चाउरी घटदै गएको छ । उहाँ महासत्त्वतामा पुगिसकी पुन: किशोरकायको भई किल्लोल गर्दै हुनुहुन्छ । मलाई लाग्यो उहाँ केहि वस्तु आकाशमा फाल्दै टिप्दै खेल्दै रहनु भएको छ । उहाँको देह बढदै बढदै गएको छ । म उहाँको पाउसंगै बसी थरथर काम्दै मोहित हुनथालेको छु ।
(सत्यमोहन जोशीज्यू संग भएका कुराकानीका आधारमा)
——– समाप्त ——–
प्रकाश मान श्रेष्ठ
भैंसीपाटी, ललितपुर
९७२१३२५५०८, ०१-५५९२९४८
प्रवचन
मीन वहादुर शाक्य
अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा संक्षिप्त रुपमा चर्चा गर्छु ।
नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको ठूलो महत्व रहेको सवै विद्वानले मानिआएकै हो । महायानी सूत्रहरु तिव्वती भाषामा पनि छन्, जसलाइ कञ्जूर, तञ्ज्यूर भनिन्छ । त्यस्तै चीनीयाँ भाषामा लेखिएको त्रिपिटक महायानी सूत्रहरु पनि प्रशस्तै प्राप्य छन् । तर, संस्कृत भाषामा लेखिएका वहुताय त्रिपिटक लोप भैसकेको र हाल मात्र करीव २० प्रतिशत जतिमात्र वचेको अनुमान छ । संस्कृत त्रिपिटक मध्येको ‘नवसूत्र’ वची नेपालमा कसरी प्रवेश भइ नाश हुनवाट कसरी वच्न पुगेको हो, हेरौं ।
नेपाल उपत्यकामा भगवान वुद्धकै जिवनकालमैं विडूढवले गरेको शाक्यवंशको संहारवाट वची भागी नेपाल आइ सुरक्षित भई वसेका हुन् । शाक्यहरुमा आफ्नै वंशगोत्रका शाक्यमुनी गौतमबुद्धको देशना प्रति विशेष सम्बन्ध र गौरवहुनु स्वभाविकै पनि हो । १५०० वर्ष पहिले हिन्दूस्तानका आचार्य बसुवन्धुले करीव एकहजार शिष्यहरु र हातमा ‘सद्धर्मपुण्डरीक’ पुस्तकलिइ नेपाल अर्थात् कान्तिपुर प्रवेश गरेका हुन भन्ने मान्यता रहिआएको छ । सो समूहले तथागतगुह्यक वाहेकको ८ ओटा ग्रन्थहरु लिइ आएको (तथागतगुह्यक तन्त्रसम्बन्धि भएकोले) मानिन्छ । (पछि तथागतगुह्यकलाइ समेत समावेश गरी उक्त नौओटा ग्रन्थहरुको समूहलाइ नवग्रन्थ भनि मानिआएको हो ।) यी नौओटा ग्रन्थहरुको समूहलाइनै नवखण्ड, नवग्रन्थ, वैपूल्यसूत्र आदि नाम दिइएको हो ।
भारतमा महाराज अशोकका नाती पुष्यमित्रले वौद्धधर्मलाइ ध्वंशगर्ने क्रममा नालन्दा, विक्रमशील जस्ता विश्वविख्यात विश्वविद्यालयहरु पनि ध्वंश गरेको र टाउकोको मोल राखि भिक्षुहरुलाइ मारेको, र त्यस्तैगरी भारतमै मुस्लिम आक्रमणको वेला बौद्ध ध्रर्मको पुर्णविनाश गर्न विहार, चैत्य, ग्रन्थहरु सम्पूर्ण ध्वष्टगरी वौद्ध धर्मावलम्वीलाई धर्मपरिवर्तन गराएको र भिक्षुकहरुका टाउकोको मूल्य राखि आम नरसंहार गरेको वेला केहि भिक्षुहरुको आफनो धर्म बचाइराख्न सुरक्षित स्थानको खोजीमा नेपाल उपत्यका प्रवेश गरेका थिए । उनीहरु नेपालका सुरक्षित भइ विभिन्न बाहा-बहीहरुमा बसोवासगरी धर्मको सम्भार र प्रवर्धन गरि वस्दैआएका हुन् । यसैले धर्म र शास्त्रहरुको संरक्षणगर्न शास्त्रका अन्तिमखण्डमा यो पुस्तकलाइ वचाइराखने, प्रतिलिपी वनाउने, संरक्षण गर्ने, र अरुलाइ वताउने सिकाउने व्यक्तिलाइ असंख्य पुण्यलाभ हुन्छ भनि लेखिराखिएको हो ।
यसरी यहाँका निवासी भगवान गौतमबुद्धका वंशज भएको; महाविद्वान भिक्षु, आचार्य, तथा धार्मिकजनका आश्रयस्थल भएको, इतिहाकाल देखि ग्रन्थको संरक्षणकार्य गरी धर्मलाइ व्यावहारिक जिवन पद्धतिसंग गासेको र ‘धर्मधारण’कार्यलाइ सर्वोत्तम मान्यता दिइएको हुँदा नेपालमा संस्कृत वौद्ध साहित्यको यति धेरै संरक्षण भएगरेको हो । यसको लागि नेवारजातिलाइ विश्वसमाजले उच्च मूल्यांकन गरेको छ । यसको हामी गौरव गर्नु पर्दछ ।
नेपालमा प्राप्त संस्कृत त्रिपिटकको पुस्तक एक हजार वर्ष जति भन्दा पुरानो छैन । त्यस अघिको पुस्तक नेपालमा प्राप्त छैन । त्यो भन्दा पुरानो पुस्तकहरु चीनको Dunhuang भन्ने स्थानमा एक पहाडी गुफामा प्राप्त भएको र ती चीनीयाँ भाषामा अठारसये वर्ष पुराना छन् । यी चीनीया भाषाका पुस्तकहरु मूलरुपमा संस्कृत भाषावाटै अनुदित भएको हुँदा यस ग्रन्थ संस्कृत भाषामा दुहजार वर्ष पहिले नै लेखिसकिएको हुनुपर्छ भनि मान्यता दिइआएको छ । धर्मरक्षितले लेखेको चीनीया भाषाको सद्धर्मपुण्डरिकसूत्रमा तिथिमिति समेत उल्लेख गरेको छ जस वमोजिम जसवाट त्यस पुस्तक इस्वी सम्बत् २८६मा लेखेको ठहरिन्छ । तर, दुखको कुरा त्यो पुस्तक हाल हराइराखेको अवस्थामा छ । त्यसपछि कुमारजीवले चीनीयाँ भाषामैं लेखेको पुस्तक भने अहिलेसम्म पनि सुरक्षित छ । यसैले यो शास्त्रको इतिहास २००० वर्ष पुरानो हुनुपर्दछ भनि मान्न सक्दछौं ।
भगवान शाक्यमुनी वुद्धले ‘त्रि-धर्मचक्र प्रवर्तन’ गर्नुभएको थियो, अर्थात् पटक पटक गरी तिनपटक धर्मचक्र-प्रवर्तन गर्नुभएको थियो । प्रथमत: सारनाथमा गर्नुभएको धर्मचक्र प्रवर्तनमा चतुरार्यसत्य, आर्यअष्टाँगिकमार्ग, प्रतित्यसमुत्पाद आदिको धर्मदेशना गरी निर्वाण चाहनेलाइ निर्वाण र सर्वज्ञता चाहनेलाइ सर्वज्ञताको बोध गराउनु भएको थियो । यस अनुसारको शिक्षण अनुशासन ५०० वर्षसम्म राम्रैसंग चलेको थियो । त्यसपछि भगवानले दिनुभएको देशनाको विषयवस्तुमा थेरवादी मतमात्र होइन अन्य कुराहरु पनि छन् भन्ने विवाद चल्यो । कनिष्कको बेला भएको चतुर्थ सांगायनमा वुद्धवचन पाली, प्राकृत, अपभ्रंष, पिशाच गरी चारभाषाहरुमा लिपिवद्ध भएको थियो । त्यसवेला भएको सो सांगायनमा संस्कृतमा भाषामा कुँदिएको शिलापत्रहरु चैत्यमा संरक्षित गरी राखेको पनि थियो । यसकुराको उल्लेख चीनीयाँ भाषामा प्राप्त ग्रन्थहरुमा उल्लेख गरिएको छ । तर, ती संरक्षित गरी चैत्यमा राखिएको भनिएको शिलापत्रहरु भने हालसम्म पनि भेट्टाउन सकिएको छैन । चीनीया भाषामा सात ओटा अभिधर्मग्रन्थहरु पालीभाषाको त्रिपिटकमा लेखिएकिए जस्तै व्यहोराको छ । त्यसैगरी तिव्वती भाषालेखिएको त्रिपिटक पनि प्राप्त छन् । तर, महायानी संस्कृत सूत्रहरु सवैगरी ५०० ओटा जति वुद्धवचनहरु र ५००० जति शास्त्रवचनहरु भएगरेको मानिएतापनि त्यसको २० प्रतिशत जतिमात्र वची हाल उपलव्ध रहेका छन् ।
भगवान वुद्धको प्रथमपटक दिनुभएको देशना जुन पञ्चभद्रियलाइ दिनु भएको थियो थेरवादी तरीकाको थियो । द्वितीय धर्मचक्रप्रवर्तन त्यसको ६ वर्ष पछि भगवान वुद्ध ४१ वर्षको वेला राजगृहको गृध्रकूट पर्वतमा देशना भएको थियो । त्यसवेलाको ‘चतुर्परिषद, (भिक्षु, भिक्षुणी, श्रावक, श्राविका) को अलावा देव, गन्धर्व, किन्नर, नाग, अमनुष्यहरु समेतको ‘अष्टपरिषद्’ समूह समक्ष देशना भएको थियो । राजा अजातशत्रु, राजपरिषद, श्रावकश्राविका साथै १२५० भिक्षुकहरु पनि समावेश थिए । त्यसवेला भगवानले देशना गर्नु भएको ज्ञान विपुल अथवा ‘विस्तार’ले वताए को भन्ने अर्थमा वैपूल्यसूत्र नाम प्रचलित भएको हो । पाली भाषामा देशना भएको र विस्तृतरुपमा व्याकरण भएको भनिएको दीघ्घनिकाय (५ – ७ पेजमात्रका) पनि वैपूल्यसुत्रको तुलनामा र धेरै छोटा रहेका छन् ।
भगवान वुद्धले यसमा देशना गर्नुभएको तरीका पनि प्रथम पटक भएको देशनाको तरीकासंग फरक छ । प्रथम पटक भएको देशना ‘महामानव’रुपमा देशना भएको र दोस्रो पटक भएको देशना ‘दिव्यमानव’रुपमा भएको देखिन्छ । यहाँ भगवानको दुइ आँखाको वीचको भाग, उर्णाकोषवाट तेजप्रकाश फैलिंदै अकनिष्ठ भुवन देखि नरकलोकसम्म पुग्ने, ऋद्धिअनुभाव प्रकट हुने, त्यसवेला भएका सम्पूर्ण बोधिसत्वहरु छर्लंग प्रकट हुने, उनीहरुले गरेका अभ्यास कामकार्य देखिने र यसवाट भगवाने के गर्न लाग्नुभयो भन्ने सवैमा उत्सुकता हुने गर्दछ । त्यस्तो ऋद्धप्रतिहार्य देखाइ मैत्री करुणा वोधिचित्त उत्पन्न गराइ ८०,००० वोधिसत्व लगायत १२५० भिक्षु भिक्षुणीहरु समेतलाइ राजा अजातशत्रुको व्यवस्थापनमा (sponsorship) देशना भएको थियो भन्ने भनिएको छ ।
त्यस देशनामा मैत्रेय वोधिसत्वले वरिष्ठ वोधिसत्व मञ्जुश्रीकुमारभूतसंग ‘भगवानले के गर्न लाग्नु भएको हो, अवश्य पनि नयाँ कुरा हुनुपर्छ होला’ बनि जिज्ञासा राखनु भएको रहेछ । भगवान वुद्धले गम्भीर नयाँकुरा देशना गर्न अघि यस्तै ऋद्धि प्रतिहार्य देखाउने जसको आशय यस्तो धर्मश्रवण र छलफल गर्न सम्पूर्ण वोधिसत्वलाइ भन्ने वोलावट गरेको अभिप्राय हो ।
त्यसवेला भगवान शाक्यमुनीवुद्धले समाधिवाट व्युँझेर शारिपुत्रलाइ भन्नुभयो, ‘वुद्धवोधिलाई श्रावक र प्रत्येकबुद्धले वुझन सक्दैन तथा बुद्धको सन्धाभाष्य पनि बुझन गाहारो छ ।’ यसप्रकार वोधिसत्वत्व प्राप्तगरिसकेका ज्ञानीजनलाइ पनि वुझन गाहारो छ भनेको सुन्दा त्यहाँ भएका सवै अलमलमा परेको देखि आयुष्मान शारीपुत्रले सवैको कुरा वुझी भगवान संग ‘यो कुरा बुझ्न दुर्विज्ञेय छ गाहारो छ’ भनि किन भन्नुभएको’ भनि सोधि सवैको मनमा उठेको शंका समाधानगरी सद्धर्मको उपदेशगर्न अनुराध गरे । भगवानले यो सन्धाभाष विषयवस्तुको ज्ञान श्रावक, प्रत्येकवुद्धले वुझ्न सक्दैन, दुर्विज्ञेय छ भनि पटक पटक भन्नुभयो । यसरी पटक पटक गरी तीन पटकसम्म तेहेराएर भन्नुभएपछि त्यस परिषदमा उपस्थित मध्ये केहि घमण्डी अभिमानी भिक्षुहरुले अप्ठ्यारो मानी ‘हामीले बुझिसकेकै छौं; चतुरार्यतसत्स, आर्यअष्टाँगिकमार्ग, प्रतीत्यसमुत्पाद हामीलाइ थाहा छ, अव के वाकी छ र ? हामी अर्हत भइसकेका पनि छौं, तापनि भगवानले त्यसो किन बन्नु भएको होला’ भनि कसोकसो मानी ५०० जना भिक्षुकहरु उठेर गए । ती अभीमानी घमंडी भिक्षुहरु गएपछि भगवानले ‘अव यो परिषद शुद्धभयो शंकागर्ने रहेन, अभिमानी घमण्डीहरु गए’, भनि देशना शुरु गर्नुभयो । यो कुरा ५७औं अध्यायमा छ ।
यस ग्रन्थको पहिलो र दोस्रो अध्यायको मुख्य विषय उपाकौशल्य रहेको छ । यो ज्ञान विषय अरुलाइ कसरी वुझाउने सिकाउने दिने भन्ने शिक्षण तरीका, technique, वताइएकोछ । श्रावकयान, प्रत्येकवुद्धयान र वोधिसत्वयानगरी तीनओटा वेग्लावेग्लै स्वतन्त्र वाटोहरु जस्तो देखिए तापनि यी त्रियानका वाटोहरु छुट्टाछुट्टै समानान्तरको नभइ एक पछि अर्को गरी जाने स्तरका क्रमिक तहहरु मात्र हुन् । अन्तिम लक्ष त एउटै हो, वुद्धत्व नै हो । एक तह पूरा भएपछि अर्को तहमा चढने हो, चुपो लागेर बस्ने होइन । श्रावकको उद्देश्य श्रोतापन्न, सकदागामी, अनागामी, अर्हत्व भएपछि त्यसपछि अर्को छैन, पुग्यो भन्ने होइन । अर्हत्व प्राप्त गरे पछि पनि ‘म पनि बुद्ध हुन्छु’ भन्ने हुनुपर्दछ । अर्हत् भएपछि ‘म बुद्ध हुन्छु’ भनि प्रणिधान लिएमा उ सम्यकसम्वुद्ध हुनसक्छ भन्ने महायानी सिद्धान्त हो ।
सद्धर्मपुण्डरीकसूत्रशास्त्र वोधिसत्वज्ञानको उत्तम ग्रन्थ हो । यसमा वोधिसत्वले गर्नुपर्ने कुराहरुको सार संक्षेप हो । वौद्ध दर्शन सम्बन्धी बाकी सवै शास्त्र नष्ट भएपनि कदाचित यो एउटैमात्र बाकी वचे वुद्धधर्म नष्ट हुदैन, यसको आधारमा अन्य सवैशास्त्रलाइ पुनर्उपलव्ध गर्न सकिन्छ भन्ने मान्यता पनि छ । सद्धर्मपुण्डरीक अध्ययन अनुशरण गरे अवश्य वुद्धत्व प्राप्त हुन्छ । त्रियानको शिक्षाव्यवस्था व्यक्तिको अवस्था, चाहना, क्षमता हेरि उपायकौशल्यासाथ उसलाइ अगाडी वढाउन दिइएको विकल्पको अवस्थामात्र हो, ती सवै यानहरुको उद्देश्य एउटै हो । यसरी यी तिन यानहरु छुट्टाछुट्टै होइनन्, एकै हुन् ।
एउटा उपमा लिउँ । औपम्य परिवर्तमा श्रावकको स्तरवाट क्लेशरहित भइ अर्हत् बन्न सक्छ, र ‘अर्हत भएपछि मैले केहि गर्न पर्दैन भन्ने होइन’ भन्ने उपमा दिइएको छ । घरमा आगो लागिरहेको वेला घरभित्र वच्चा खेलिरहेको वाबुले वोलाउँदा पनि ती वच्चाहरुले थाहा नपाई, डर नमानी, नसुनी, परवाह नगरी, मग्न भै वाहिर आउन नमानिरहेको अवस्थामा बाबुले कसरी उपायकौशल्य गर्ने भन्ने सुन्दर उपमा छ । ती वच्चाहरुको इच्छा चाहनालाइ विचार गरी वाबुले मृगरथ, गोरथ र अधीरथ अर्थात् त्यसवेलाका तिन प्रकारका वाल्यखेलौनाहरु जसलाइ जे चाहिन्छ लिनआउ भनि वोलाएको र ती वच्चाहरु पनि खुशीभै वाहिर आएको वर्णन छ । तर, मूलकुरा के भने बच्चाहरु वाहिर आएपछि त्यस वाबुले ‘उत्कृष्ट निकृष्टको विवार नगरी वच्चाहरुले मागे बमोजिमको’ खेलौना दिन्छ कि ‘आफूसंग भएको सवैभन्दा उत्कृष्ट’ दिन्छ भन्ने प्रश्न हो । सद्धर्मपुण्डरीकले जसरी क्षमतावान बाबुले आफूसंग उत्कृष्ट ज्ञानवस्तु हुँदाहुँदै तल्लोस्तरको निकृष्ट ज्ञान आफ्नो वच्चालाइ दिदैन त्यसरी नै भगवानले राग् द्वेष, मद, मोह, मात्सर्य रुपी क्लेशमा भुली रमाएकालाइ चेतना दिंदा सर्वोच्च स्तरको ज्ञान दिनसक्ने हुदाहुदै तल्लोस्तरको ज्ञान दिनुहोला र ? भन्ने प्रतिप्रश्न गरेको छ । भगवानले ज्ञानदेशना दिंदा प्रत्येकवुद्धको मात्र किन दिने, वुद्धत्वनै किन नदिने ? भन्ने कुरालाइ यस ग्रन्थमा राम्रो व्याकरणगरि व्याख्या गरिएकोछ ।
अव हेरौं, भारत, श्रीलंका र बर्मा प्रचलित बुद्धदर्शन अन्तर्गतको थेरवादमतको उद्देश्य निर्वाण हो, अर्हत्त्व हो । वुद्धत्व हुन आवश्यक छैन भन्ने धारणा हो । अर्हतको कर्मक्लेश हुदैन र क्लेश नभएपछि जन्म हुदैन भन्ने दर्शन हो । यहाँसम्म महायान पनि सहमत छ कि कर्मक्लेशवाट अर्हतको पुनर्जन्म हुदैन । तर, क्लेशकर्म नभएतापनि ‘महाकरुणा’वाट पुन:पुन: जन्म हुन्छ भन्ने महायानी दर्शन हो ।
अभिसमयसलंकारले वोधिसत्वले प्रज्ञावाट संसारको आदिनव दोष देखेर करूणले प्राणीहरुको लागिआवश्यक उपकार गर्नको लागि परतन्त्र भइ निर्वाण पनि नभइ संसारमा लिप्तपनि नभइ रहन्छ अनन्तनिर्वाणमा वस्दैन “प्रज्ञया न भवे स्थानं कृपया न शमे स्थिति: अनुपायेन दूरत्वमुपायेनाविदुरता”, ‘प्राणीप्रति करुणा भएकोले वुद्ध अनन्त निर्वाणमा बस्दैन’ भनि भनि लेखेको छ । जसरी आफ्ना बच्चाहरु आगोले जलेको हेरेर बस्न सक्दैन त्यसरी नै कुनै वुद्ध पनि महाकरुणा उत्पन्न नगरी वस्न सक्दैन । किनकि आफूसंग हुँदाहुँदै पनि सवैभन्दा उत्तम ‘अधिरथ’ खेलौना नदिए तल्लोस्तरको ज्ञान दिए वुद्ध स्वयं झुट्ठा सावित हुदैन र ? शाक्यमुनी वुद्ध आफैपनि चोधिज्ञान प्राप्त गरेपछि सातदिनसम्म रमाएर वसेपछि जगत उद्धारको लागि सारनाथमा देशना गर्नु भएको त थियो । वहाँलाइ त्यसरी देशना गर्नुपर्ने आवश्यकता नै किन किन पर्यो त ? जे जस्तो जति पनि दिनसक्ने क्षमता भएका व्यक्तिले ‘माग्नेले उत्कृष्ट निकृष्ट जे जे मागेको सोही बमोजिम दिने’ कि ‘नमागे पनि आफूसंग भएको सर्वश्रेष्ठ वस्तु दिने’ भन्ने विकल्प नै ‘अर्हत्व’ र ‘वुद्धत्व’ मूलभूत अन्तर हो ।
तत्पश्चात भगवानको उपदेश सुनी आयुष्मान शारीपुत्रले उसोभए ‘म के हुन्छु त?’ भनि भगवानसंग सोधनु भयो । भगवानले ‘तिमी वुद्ध हुनेछौ’ भनि भविष्यवाणी गर्नुभयो । त्यसै प्रकारले अन्य वोधिसत्वहरुलाइ पनि वुद्धहुने भविष्यवाणी गर्नुभयो । त्यसैगरी श्रावकहरु समेत जजसले सोधे सवैलाइ भविष्यमा वुद्धहुने भविष्यवाणी गर्नुभयो । यसरी ‘वोधिचित्त उत्पन्नगरेका वुद्धयानमा लागेका महाकरूणा उत्पन्न गरेका सवै नै तुरुन्तै अथवा कुनै न कुनै वेलामा वुद्धत्व प्राप्त गर्नेछन्’ भन्ने कुराको घोषणा गर्नुभयो । सद्धर्मपुण्डरीकसूत्रको मूल दर्शन यही नै हो ।
अर्को पक्षवाट हेर्दा प्रश्न उठन सक्छ; कुन हेतुवाट महाकरुणाप्रेरित पुनर्जन्म हुन्छ, अथवा वुद्ध भैसकेपछि किन देशना गर्नपर्छ ? थेरवादले पनि भगवान मुक्तभैसके पछि पनि सयौं किलोमीटर पैदल घुमेर ४५ वर्षसम्म देशना गर्दै हिँडनुभएको भनि मानेकै छ । यसको जवाफ हो, प्रज्ञा भएपनि महाकरुणा हुन्छ । अरुको दुख देख्दादेख्दै, उसको दुख विमुक्तिको क्षमता र साधन हुँदाहुँदै उ शान्तनिर्वाण हुन सक्दैन, अन्नतकालसम्म निर्वाणमा रहन सक्दैन । आफू निर्वाण भैसकेपनि अन्यप्राणीका दुखले उ द्रवित हुन्छ र ‘महाकरुणा’को हेतुवाट जगतउद्धारको लागि पुन: पुन: प्रकट हुन्छ । त्यसरी नै जसरी एउटी आमाले वच्चालाइ नि:शर्त सेवा गरेको जस्तो ‘करूणा’ निसृत हुन्छ । र, यो कर्मजनित क्लेश होइन ।
समन्तमुखपरिवर्तमा भगवान अवलोकितेश्वरको महात्म्य वर्णन छ । अवलोकितेश्वरको ‘जवसम्म सकल प्राणीको उद्धार हुदैन म निर्वाण लिनेछैन’ भन्ने अद्वितीय प्रतिज्ञा विश्वमै ‘न भूतो न भविष्यति’ को रुपमा स्थापित भएको छ । यस परिवर्तमा जहाँ लोकधातु छ त्यहाँ अवलोकितेश्वर वोधिसत्व महासत्वले धर्मोपदेश दिनुहुनेछ भन्ने कुरा उल्लेख छ । गृहस्थीले गरेको उपदेश भिक्षुले सुन्दैन, भिक्षुलाइ भिक्षु भएर नै उपदेश दिनु पर्दछ, त्यसरी नै राजालाइ उपदेश दिनु परेमा अवलोकितेश्वरले पनि सम्राट भएर दिने गर्दछ भन्ने भनिन्छ । अर्थात् जो जसलाइ जसरी दिनुपर्नेहो तत्प्रकारले नै त्यहि रुपमैं दिने गर्दछ, र वहाँको शरणागत भइ नाममात्र लिइ पुकारा गरेपनि सम्पूर्ण आपत् दुखवाट छुटकारा पाउछ भन्ने कुराको उल्लेख छ ।
‘तथागतगर्भसिद्धान्त’ भनेको ‘सकल प्राणी वुद्ध हुनसक्छ’ भन्ने विषय हो र यहि कुरा यस ग्रन्थको मूलसार हो । सदाऽपरिभूतपरिवर्तमा एक कथा उल्लेख छ । सदाऽपरिभूत भन्ने व्यक्तिले सवैलाइ ‘म तपाइहरुको परिभव गर्न चाहन्न वरु म आफै परिभव बन्न सक्छु तपाइहरु वोधिचर्या पालन गरी सम्यक सम्वुद्ध हुनुस्’ भनि अथकित रुपमा भन्दै रहने गरेको आख्यान छ । सवै प्राणीमा वुद्धत्व हुनसक्ने क्षमता छ भन्ने कुरा यसले देखाउँछ । साथै, ‘सवै प्राणीमा वुद्धत्व देखने’ यस महान आदर्श ‘म तपाइभित्रको इश्वरलाई वन्दना गर्दछु’ भन्ने हिन्दू पद्धतिको ‘नमस्कार’ र जापानी भाषाको ‘ओम म्योहोरेंगे हुम्’ को पनि प्रेरणास्रोत हो भनि भन्न सक्दछौं।
ठूलो अभ्यास, ठूलो अध्ययन गर्नेले मात्रै वुद्धत्व पाउछ भन्ने होइन । सद्धर्मपुण्डरीक देशना गरेको स्थानमा गर्ने ठाउँमा चैत्य उत्पन्न हुने सिद्धान्त छ । यसैले जापानी शिन्शिंकाईले धेरै ठाउमा चैत्य वनाएका छन् । सद्धर्मको देशना सुन्ने, सुनाउने, लेखने, प्रतिलिपी वनाउने, लगायत मूर्ति बनाउने, चित्र कोर्ने; चैत्य वा वुद्धको मूर्ति वनाउने, स्थापना गर्ने, संभार जिर्णोद्धार गर्ने, आदि कुशलमूल कर्म गरेमा पनि वुद्धत्व पाउँछ भन्ने धारणा च । यसैले, यस पाटन शहरमा मात्र १६७ विहारहरु र १००० भन्दा वढी चैत्यहरु स्थपित भएका छछन् । यी वुद्धकारकधर्म हुन् ।
सकल प्राणीमा ‘तथागतगर्भ’ हुन्छन् । एउटा कथा छ, एउटा गरीव मान्छेले भीखमाग्दै जाँदा एक साधक ले ‘तिम्रो आफ्नै घरआँगनमा गाडिएको सुनको घडा छ खोज’ भनि भन्दा उसले खोजिहेर्दा साँच्चै सुनको घडा पाएको रहेछ । यो कथाले हामीले सुख भनि वाहिर खोजी हिड्छौं, छलोकको भ्रमण गर्छौं, तर सुख हामी भित्रै छ भन्ने कुराको प्रतीक हो । सवैसंग सुनको घडा छ र त्यस सुनको घडा कसरी निकाल्ने भन्ने विषयमा हाम्रो अन्तरमन ‘आँगन’मा रहेको माटोरुपी राग, द्वेष, मोह, मद, मात्सर्य आदि फाल्ने हो । यी पञ्चक्लेशनै हाम्रो सम्पूर्ण दुखको आधार हो । माटोको रुपमा रहेको क्लेशले पुरिएको मनलाइ क्लेश हटाउने साधन पञ्चक्लेश हटाउने स्रोत उपाय ‘महाकरूणा’ उत्पन्न गराउनु नै हो । पञ्चक्लेश निवरण हुनु र वुद्धत्व प्राप्त गर्नु एकै कुरा हो ।
महाकरुणा उत्पन्न गराउने तरीका सम्वन्धमा एक आख्यानको यहाँ उल्लेख गर्न सान्दर्भिकै होला । गुरुको सल्लाह वमोजिम आचार्य असंगले मैत्रेय वोधिसत्वको आराधना गरे । तर ३ वर्ष वितेपछि असंगको धैर्य डगमगायो । उ दिक्क भइ ध्यान छाडी वाहिर आउदा एउटा भँगेराले पखेटा भिजाइ एउटा पोखरी वाट अर्को पोखरीमा सार्दै गरेको दृष्य देखे र पुन: ध्यान गर्न थाले । अर्को ३ वर्ष वितेपछि फेरि दिक्क भएर ध्यान छोडे । वाहिर आउदा एउटा कागले कपासको सियोले फलाम सिउने प्रयासमा लागेको दृष्य देखे र पुन: ध्यान गर्न वसे । बाह्रौं वर्ष सम्पन्न भएपछि वाहिर आउँदा शरीरभरी उपियाँले ढाकेको एउटा अत्यन्त दुखी कुकुर देखे । आफ्नो कष्ट सहन गर्न नसकेको कारणले गर्दा वाटोमा हिँडने सवैलाइ भुक्न टोक्न खोज्ने कुकुर देख्दा असंगको करूणा उत्पन्न भयो । उसले ति उपायकौशल्य गरी काँचो मासुको गन्ध पाएमा किराले कुकुरलाइ छोड्ने भएकोले आफ्नो तिघ्राको मासु काटी कुकुरको अघि लग्दा मासु भूइमा झर्यो । त्यो खसेको मासुलाइ हातले पुन: टिपी उठाउँदा त्यहाँ कुकुर थिएन, मैत्रेय वोधिसत्व उभिएको पाए । यसरी आफ्ना आराध्य वोधिसत्व अगाडी उभिएको पाएपछि असंगको सम्वेग उत्पन्न भयो । मलाइ किन छोडनु भएको भनि प्रश्न गरे । मैत्रेय वोधिसत्वले ‘म जहिले पनि तिमी संगै छु । चरा, कौवा र कुकुर पनि मैं हुँ । तिमिले जुन दृष्टिले मलाइ हेर्यौ, त्यसरी नै म देखिएको हुँ’ भने । ‘क्लेश भएकाले मलाइ देखन सक्दैन, मलाइ देखन करुणा चाहिन्छ’ भने ।
भगवान अवलोकितेश्वरले पनि भगवान वुद्धलाइ एकपल्ट भन्नुभएको थियो, ‘किन ८४,००० किसिमले किन देशना गर्नुभएको हो, महाकरूणको एउटैमात्र देशना गर्नु भएपनि पुगीहाल्थ्यो’ । जसरी राजालाइ वोलाए उसका भारदार मन्त्री अमात्यहरु सवै पछिलागेर आउछ, त्यसरी नै महाकरुणा भए अन्य सवैकुरा स्वत: पछि लागेर आउछ, सवै कार्य सम्पन्न हुन्छ । यो कुरा धर्मसंगीतीसूत्रमा उल्लेख छ ।
गुणकारण्डव्यूहसूत्रमा उल्लेख छ । सकल प्राणीले वुद्धत्व प्राप्त गर्न सक्छ । महाकरुणा भएपछि पञ्चआवरण क्लेश सवै नाश हुन्छ । वोधिचित्त भन्नु र महाकरुणा भन्नु एकै हो । महाकरुणा क्लेशनिवारणको लागि एटम बम जस्तै हो । सवैलाइ आफू सम्झने, आत्म-परात्म समताभाव, करुणाको घेरा वढाउन सकिन्छ । सवै प्राणी आआफ्नो स्वार्थको घेराभित्र रहन्छ, र त्यस घेरालाइ वढाउदै ठूलो पार्दै सवैप्राणीलाइ त्यस घेराभित्र पार्ने कुरा दलाइ लामाले पनि बताएको छ । यो अरुलाइ सुख दिएमा आफूलाइ पनि सुख हुन्छ भन्ने cause and effect को सिद्धान्तमा आधारित छ । स्वार्थमा लागेकाहरु इतिहासमा ‘प्रियनेता’ भएका छैन् । प्रिय हुन परार्थ हितमा लागेको हुनु पर्दछ । अरु प्राणीको दुख हटाउने हुनुपर्दछ । सद्धर्ममा निर्देश गरिएको पाठ गर्ने भनिएको कुरा संस्मरण गरी कसैलाइ तिरस्कार नगरी वुद्ध बन्न सक्नु पर्दछ ।
क्रिश्चियन दर्शन अनुसार ‘जनावरहरु भनेको खानको लागि जन्मिएको हुन् तिनीहरुलाइ मार्न हुन्छ’ । तर, वुद्ध धर्म अनुसार ‘सवै प्राणी जीव भएका हुन् सवै वुद्ध हुन सक्छ’ भन्ने हो । ‘छ ओटा लोक मध्ये जनावरहरु तिर्यकलोकका वासिन्दा हुन् । उनीहरुले आफ्नो कर्मको भोग गरिरहेका हुन् । रागद्वेषका कारणले दुर्गतिमा परेका हुन् ।’ हामी यो निश्चित प्रत्याभूति गर्न सक्दैनौं कि सो दुर्गतिको वास्तविक कारण के हो । त्यसको हेतु के हो । तर, सद्धर्मको अभ्यास महाकरूणाको अभ्यासले ती दुर्गति नहुने प्रत्याभूति भने गर्न सक्दछौं ।
आजकाल प्रश्न उठन सक्छ के आजकाल पनि वोधिसत्वहरु छन् त ? यसको जवाफ हो अवश्य छन् । म स्वयमले तिनचार जना वोधिसत्वहरु भेटेको छु । ताइवानको एक भिक्षुणीले करूणागरी केहि धन जमागरी शुरु गरेको कार्यवाट ८० करोड डलरको हस्पिटल वनेको छ । ४० लाख जना स्वयंसेवकहरु कार्यरत छन् । वाढी पहिरो आदि कुनै केहि भए पनि सो टीमले तुरुन्तै सहयोग गर्छ । एक साधारण भिक्षुणीले त्यसो गर्न सक्छ भने हामी किन सक्दैनौं ? अभियान थालौं ।
समाप्त
यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान मीन बहादुर शाक्यज्यूले ‘सद्धर्मपुण्डरीकसूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०९।०? मा दिनुभएको प्रवचनको सार हो । यस लेखमा लिपिकारले सामान्य छाँटकाँट गरि बढी पठनीय बनाउने प्रयास सम्म गरेको हो । कतै कुनै परिमार्जनको आवश्यकता भए कृपया जानकारी दिनुहुन विनम्र अनुरोध छ ।
लिपिकार : प्रकाश मान श्रेष्ठ, २५’ए’ रिलायबल कोलोनि, भैंसिपाटी ।
९८५११-९३९४८, ०१-५५९२९४८ [email protected]
प्रज्ञापारमिताको अध्ययनगर्दा, चर्यागर्दा, ज्ञानप्राप्त हुँदा जेजस्तो पुण्यादि प्राप्त हुन्छ त्यो भन्दा धेरैबढी यो सिकाउने बताउने ‘धर्मभाणक’लाइ प्राप्त हुन्छ भनिएको छ । यसैले यहाँहरु समक्ष यस विषयमा केहि कुरा वताउनु मेरो लागि पनि एक महत्वपूर्ण अवसर हो ।
प्रज्ञापारमिताको देशना गरेको स्थानमा मनुष्यको अलावा देव, नाग, अप्सरा, यक्ष, किन्नर, कुम्भाण्ड, आदिइत्यादि दृष्यअदृष्य सवै किसिमका प्राणीहरु श्रवणको लागि आइ श्रवण गरी वस्छन् भनिएको छ । यसैले धर्मभाणकले ती सवैलाइ प्राणीलाइ समेत सुनाउनुपर्ने भएकोले ती सवैलाइ पनि सम्वोधन गर्नुपर्ने परम्परा छ । साथै देशना गर्नअघि भाणक तथा श्रवणगर्ने सवैले त्रिशरण जानुपर्ने समेत प्रचलन छ ।
हामी कहाँ प्रज्ञापारमितासूत्र ग्रन्थको ‘पाठ’ गराउने चलन छ । हिरण्यवर्ण महाविहार, विक्रमशील महाविहार र अन्य महाविहारहरुमा समेत प्रज्ञापारमिताको पाठ गराउने गरिन्छ । कुनै अप्ठ्यारो परेमा, बिघ्नबाधा परेमा, दु:ख परेमा, रोग लागेमा यसको पाठ गराउने मात्रले पनि दुखवाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । प्रज्ञापारमिता पाठमात्रले पनि रोग निको हुन्छ भन्ने गहिरो विश्वास छ । तर, यस्तो आश्चर्यको कुरा, ‘के स्तोत्रपाठवाट मात्र पनि रोग मुक्ति हुनसक्छ त ? कसरी पुष्टि गर्ने ? । आजको वैज्ञानिक कालमा पनि यस्तो अन्धविश्वासी परम्परा रहन सक्छ ? के यो वास्तवमा यस्तो पनि हुन्छ र ? यदि यस्तो हुन्छ भने कसरी हुन्छ ?’ भन्ने प्रश्न मनमा प्रश्न उठनु स्वाभाविकै हो ।
यसको जवाफ यस्तो छ । यस ग्रन्थको विषय प्रज्ञासम्वन्धी विषय हो । यसको विषय ज्ञान सम्बन्धित हो । यसका कुरा सत्यतथ्य छन् । यो परमार्थसत्यसंग सम्बन्धित अन्तिम सत्यको दर्शन हो । यो भगवान वुद्धवाट देशित बुद्धवचन हो । बोधिसत्व-महासत्त्वहरूलाई भनिएको सत्यवचन हो । यो केहिपनि कतैपनि कत्तिपनि मिथ्या छैन । यस ग्रन्थ सत्यवचन भएको कारणले यसको वाचनमात्र गर्दा पनि वाचकले चिन्तना गरेको कुरा पुग्ने गर्दछ । यो एक ‘रहस्य’ हो, तर सत्य हो ।
कुनै बुद्धबचनलाई उल्लेखगरी, “यदि यो वचन सत्य भए, यहि सत्यको वलले यसो होस्” भनि आह्वान गर्दा सो यथार्थमा घटिक भैदिएका घटना कथाआख्यान मात्र होइन तपाइ हामी वीच थुप्रै छन् । त्यसरी सत्यको आह्वान गरी ‘यस्तो होस’ भन्दा त्यहि सत्यको ओजले शव्दवचन द्वारा आह्वान गरिएको कुरा सिद्ध हुन पुग्दन्छ भन्ने विश्वास कायमै रहेको हो । यसमा सम्यकदृष्टि वाहेक मिथ्यादृष्टि छैन । त्यसरी आह्वान गर्ने व्यक्तिको पारमिता सत्य भए वचन पनि सत्य हुनजान्छ । संकल्प, आह्वान गरी प्रज्ञापारमितासूत्र ग्रन्थको वाचन मात्रै गर्दा पनि मिथ्यादृष्टी नभएको सम्यकवचनमात्र भएको सत्यवचनको ध्वनीले मनना गरेको पुग्ने गर्दछ । यो जान गुरु तथा शास्त्रको अध्ययनवाट पाएको छु । यो ज्ञानको functional aspect हो ।
यो प्रज्ञापारमिताको देशना भगवान वुद्धले मगध देशको राजा अजातशत्रुको राजधानी राजगृहको गृद्धकूट पर्वतमा बसि भिक्षु र वोधिसत्वहरुलाई दिनुभएको हो ।
अव यसको श्रवण कसरी गर्ने, कसलाइ सुनाउने भन्ने विषयमा (दोस्रो परिवर्त, ‘शक्रपरिवर्त’मा) देवराज शक्रले आयुष्मान सुभूतिसंग तीनओटा प्रश्न सोध्नुभएकोछ; १.यो प्रज्ञापारमिता ‘सुन्नेले कसरी वस्नुपर्छ’, २.’उनीहरुलाइ कसरी शिक्षा दिनुपर्छ’, र ३.’कसरी योग गर्नुपर्छ’ । त्यसको जवाफमा आयुष्मान सुभूतिले भन्नुहुन्छ, ‘बुद्धतेजसा, बुद्धानुभावेन, वुद्धाधिष्ठानेन जवाफ दिन्छु; प्रथमत अनुत्तरायां सम्यक सम्वोधि बोधिचित्त उत्पन्न गर्नुपर्छ । उत्पन्न नभएकाले उत्पन्न गराउनु पर्छ । र, उत्पन्न भएकालाइ मात्र प्रज्ञापारमिता सुनाउनु पर्छ । यो नियम हो । अनुत्तर सम्यक सम्वोधिबुद्ध प्राप्तगर्छु भन्ने वोधिचित्त उत्पन्न गर्नुपर्छ, यसको छोटकरी उपाय हो, ‘बुद्धो भवेयं जगतोहिताय:’ भन्ने संकल्प गर्ने । तर यो गर्न अघि सप्तविध कार्य क्रमश गर्नु पर्छ । सप्तविध कार्य अथवा पद्धति भन्नाले बन्दन, पूजन, पापदेशना, अनुमोदन, अध्येषणा, बोधिचित्तोत्पाद, र पुण्यपरिणामना सातओटा काम भनेर बुझनु पर्दछ ।
प्रज्ञापारमिता महान ग्रन्थ हो । यसलाइ वर्षौ लगाएर सुनिन्छ । तर, उपलव्ध समय, अवस्था र श्रावकको स्तरलाइ दृष्टिगत गरी के कति कसरी सुनाउने हो त्यसको उपायकौशल गर्न सकिन्छ; र उपायकौशलगरी छोटकरीमा वताउन सकिन्छ । अहिलेको उपलव्ध एक-डेढ घण्टाको समयलाइ दृष्टिगतगरी प्रज्ञापारमिताको मुख्यमुख्य कुराहरुमात्र वताउने प्रयास गर्दछु ।
प्रज्ञापारमिता भन्नुस् वा प्रज्ञापारमिताको उद्देश्य भन्नुस् वा तपाइ हाम्रो जिवनको उद्देश्य भन्नुस् सवै एकै भएर आउछ । सवैका उद्देश्य दुखमुक्ति वा सुखप्राप्ति हो । कुनै कार्यको उद्देश्य अन्त्यमा सुखप्राप्तिनै हो । तपाइ हामीले सुख मानेका अक्षरज्ञान, धनप्राप्ति, रोगमुक्ति जस्ता सानोतिनो सुखहरु तुच्छसुख मात्र हुन् । प्रज्ञापारमिताको उद्देश्य यस्ता तुच्छसुखमात्र नभई त्रैकालिक अनन्तसुख सम्मको प्राप्ति हो । प्रज्ञापारमिताको उद्देश्य त्रैकालिक सुख प्रदानगर्ने हो, सम्यकसम्वुद्धत्व र शून्यताको दर्शन गराउने हो । यहि बोधिसत्वको, तपाइको र मेरो सवैको उद्देश्य हो । प्रज्ञापारमिता अनुसार सम्यक्सम्बोधिज्ञान लाभ भएमा अनन्त सुखप्राप्त हुन्छ । त्यसपछि अन्यान्य तुच्छसुखहरु त आफसे आफ स्वत: पछिलागेर आइहाल्छ ।
तर, यस्तो सम्यक्सम्बोधिज्ञान प्राप्तहुन प्रज्ञा चाहिन्छ । प्रज्ञालाभ भएपछि सम्यकसम्बोधि प्राप्तगर्ने सम्भावना बढ्छ । असल कुरा थाहापाउने, सिक्ने र प्राप्तगर्ने भित्रि चाहना, प्रज्ञा हो । यो प्रज्ञाज्ञान एकैचोटी पूर्णतामा प्राप्तहुने नभइ क्रमश: स्तरवृद्धि हुदैं प्राप्त हुदैजाने हुन्छ र त्यसै क्रममा दुखनाश र सुखप्राप्त हुदै जान्छ । यसरी आफ्नो स्तर वृद्धिगर्दै जाँदा पूर्णरुपले शतप्रतिशत पारंगत भए प्रज्ञापारमिता प्राप्त भएको भनिन्छ । यसवाट सम्यकसम्बुद्धता लाभ अवश्यम्भावी हुन्छ । आफ्नो हरेक दुख नाश हुन्छ, र अरुको दुख पनि नाशगर्न सक्छ ।
जसरी ज्ञानको विभाजन छ, त्यसरीनै प्रज्ञाको विभाजन गरिएको छ । कुनै पनि कुरालाइ सिक्न त्यसको शुरुवात ‘प्रस्थान’ कसरी गर्ने हो भनि थहापाउनु जरुरी हुन्छ, नत्र अलमलिने सम्भावना रहन्छ । प्रज्ञापारमिताको विषय प्रवेशगर्न हामी बसेको ‘संसार’ र हामीले बोकेको ‘जिवन’ वाट शुरु गर्नुपर्छ । संसार, शरीर, जिवनवाट जिवन र जगतको वास्तविकताको ज्ञान लिन पर्छ ।
गतविगतका विभिन्न विद्वानहरुले पनि जगत र जिवनको वारेमा अनेक कुरा भनिगएका छन् । हिन्दूहरुको षड्दर्शनहरू छन्, पश्चिमेलीहरुको आआफ्नै दर्शन छन् । यस संसारलाई कसैले ईश्वर निर्मित त कसैले आत्मा\परमात्मा बाट बनेको भनेर भनेको छ, कसैले यो आफै बनेको हो पनि भन्छन् । यसप्रकारका विभिन्न दर्शन प्रतिपादित भएपनि प्रमाणिक रुपमा आजको वैज्ञानिक कसीमा समेत सवैभन्दा खरो रुपमा वुद्धदर्शननै प्रस्तुत भएको छ भनि वहुतायले मानेको छ । बुद्धदर्शन अनुसार यस जगत पृथ्वी, जल, अग्नि, वायु र आकाशगरी ‘पञ्चतत्व’वाट बनिएको हो । त्यस्तै जिवन ‘पञ्चतत्व’वाट निर्मित जगतसंग नामरुप, वेदना, संस्कार, संज्ञा, विज्ञानसमेत ‘पञ्चस्कन्ध’हरु मिलि जिवन्त भएको हो । भगवान वुद्धले विश्लेषण गर्नुभएको तरीका, पत्रपत्र केलाउदै हेर्दैजाने, टुक्रटुक्रापार्दै अध्ययनगर्ने र त्यसको अन्तिम सत्यसम्म पुग्ने तरीकालाइ ‘विभज्यवाद’ भनिन्छ ।
हाडमासुको शरीर ‘रूप’ र त्यसमा ‘चित्त’ समाहित संगठित र संयुक्त भएपछिको संयुक्त स्वरुप नै ‘जिवन्त व्यक्ति’ हो । देहसंगको चित्तको संयुक्तताको अन्त्य भएमा देहान्त वा दिवंगत भएको भन्ने चलन छ, त्यसवेला जगतमा ‘रूप’मात्र रहन्छ चित्त हुदैन ।
चित्तले अनुभव गरेको सुख दुखको समूह ‘वेदना’ हो; वेदनासमूह भन्नाले दुखवेदनाहरु मात्र होइन सुखवेदनाहरु पनि हुन्छ भनि वुझनु पर्दछ । साथै, जीवसंग धेरै नामहरुको समूह पनि छ; कुनै पनि कुराको पहिचान गर्न थाहापाउन नामको आवश्यकता पर्दछ, यस्ता असंख्य नामहरुको समूहलाइ नामस्कन्ध भनिन्छ । त्यसरीनै मनमा थरीथरीका असंख्य मनहरु छन्; चाहना, इच्छ, राग, द्वेष, मद, मोह आदि । संज्ञामा कतिकति नाम; विभिन्नता, पहिचानको समूह हो । संस्कार भन्नु प्रिय, अप्रिय, तृष्णा, राग, द्वेष, घृणा, प्रीति, मैत्री, करुणा, आदिको समुह हो । र विज्ञान भन्नु …???
यसरी जिवन र जगतलाइ वुझिलिए पहिलो चरणको प्राथमिक तहको ज्ञान सत्य वुझेको ठहर्छ । र यी पञ्चस्कन्ध अनित्य, अनात्म, दु:खदायी छन् भनि थाहापाउनु प्रज्ञापारमिताको प्रारम्भिक ज्ञान हो ।
अनेक कष्टसाध्यगरी प्राप्त ज्ञानलाइ प्रारम्भिकमात्र हो भनि भन्दा हामीजस्ता श्रावक, भिक्षुमात्र होइन माथी पुगीसकेका आदिकर्मिक(?) वोधिसत्वहरु पनि हतोत्साहित हुने गर्दछ । त्यस्ता पहुँच पुगेका बोधिसत्वहरु समेतको पनि आंग जिरिंग हुने, भयभित हने, केगर्ने कसोगर्ने र एकमनले श्रवण छोडेर जाँउ भन्ने विचार पनि उठने अवस्थामा अन्य साधारण श्रावक भिक्षुको के हालत होला । यसैले प्रज्ञापारमिताको ज्ञान दिनेवेला धर्मभाणकले देश, काल, परिस्थिति हेरि उपायकौशल्यता अपनाउनु पर्दछ । दोस्रो तहको व्याख्या गर्नु अघि कुन दृष्टिकोणले व्याख्या गर्नेहो विचार गर्नु पर्दछ । योगाचार\विज्ञानवादवाट कि माध्यमिका दर्शनवाट व्याख्या गर्ने हो निश्चय गर्नु पर्दछ । मैले यहाँ प्राविधिक शव्द सकेसम्म प्रयोग नगरी सहज रुपमा बताउने कोशिस गर्नेछु ।
पञ्चस्कन्ध अनित्य छ अर्थात् सतत परिवर्तनशील छ । यो अनात्म छ, अर्थात् यसमा आफू भन्ने केहि छैन । यो जरामृत्युको दु:ख सत्यमय छ । यसको पहिचानका सम्पूर्ण आधारहरु अर्को शव्दमा ‘परिकल्पित’ छन् । पञ्चस्कन्धले बनेको सम्पूर्ण विश्व परिकल्पित हुन् । सम्पुर्ण वस्तु पदार्थ सवैको नाम छ, जो उत्पन्न भएपछिमात्र परिकल्पित भएका हुन् । उत्पन्न भएपछि सवै ‘नाम’ आरोपित imposed भएका हुन्, दिइएका हुन् । कुनै पनि नाममात्र नभएमा के हुन्छ ? के बिना नाम हामी केहि पहिचान गर्न सक्छैं ? यसैले पञ्चस्कन्घ सवै परिकल्पित स्वभावका हुन् । जिवन र जगत दुवैको स्वभाव परिकल्पित हो । परिकल्पित मात्र होइन अझ परतन्त्र स्वभावको हो । परतन्त्र भन्नु अरुवाट नियन्त्रणमा रहनु हो । जसरी लोग्ने अथवा स्वास्नी आफैमा स्वतन्त्र होइन, स्त्री र पुरुषको सम्बन्ध नभइ जसरी ‘लोग्ने’ र ‘स्वास्नी’ हुदैन; त्यसरी नै एकको तन्त्रभित्र अर्को परेको हुन्छ, एउटाको पहिचान अर्कोसंगको सम्वन्धमा आधारित हुन्छ, तसैले ‘परतन्त्र’ हुन्छ ।
वेदना पनि त्यसरीनै आरोपित हो । त्यसै प्रकारले संज्ञा, संस्कार, विज्ञान, सवै परिकल्पना आरोपित हो । परिकल्पित स्वभावका । स्वतन्त्रता छैन, परतन्त्र छन । अन्योन्याश्रित सम्बन्ध, जस्तै लोग्ने-स्वास्नी । परतन्त्र स्वभावको । रूप चक्षुमा आधारित जस्तै, रुपमनसिकार रंग । वेदना मन पर्ने नपर्ने । तृष्णा घृणा । संस्कार परतन्त्रता । स्वतन्त्र अस्तित्व छैन । परिकल्पित । परिकल्पित मात्र होइन परिनिष्पन्न । विज्ञान पनि विज्ञान होइन परतन्त्र स्वभाव, परिकल्पित, परिनिष्पन्न ।
बुझनु र लाभहुनु दुइ वेग्लावेग्लै कुरा हो, understanding र obtained जस्तै । कदाचित लाभ किन नभएको वा कम भएमा अकुशलसंस्कार वाकी रहेकोले हो भन्ने वुझनुपर्छ । तर, प्रज्ञालाभ भए नभएको वा कम लाभभएको कुरा कसरी थाहा पाउने ? प्रज्ञालाभ हुदै जाँदा आसक्ति कम हुदै जान्छ, चर्या गर्नेले यो होशका साथ यसलाइ हेरिराखनु पर्र्दछ । प्रज्ञा बुझेकोले कुरा गर्न जान्ने तर अकुशलसंस्कार नाश नभएकोले आसक्ति कम नभएको हुने हुन्छ । आशक्ति कम भएपछि … ??
३0सौं परिवर्तमा सदाप्ररुदितपरिवर्त छ, यसमा सदाप्ररुदित वोधिसत्वले प्रज्ञापारमिताको खोजी गरेको आख्यान छ । जसमा ‘भोक् प्यास नभनि, अल्सि नभइ अथकित भइ: पूर्व, पश्चिम, उत्तर, दक्षिण, ऊर्ध्व वा अध दिशातिर नहेरी; आत्मदृष्टि तथा सत्काय दृष्टितर्फ नगरी; पञ्चस्कन्धलाइ नहेरि; पछि नफर्कि’ अगाडी जान निर्देश भएको उल्लेख छ । पछि सदाप्ररुदितले दशैदिशाका अनन्त तथागतहरुको दर्शन पनि पाएको उल्लेख छ । प्रज्ञापारमिताको लाभ भएवाट उसलाइ बहुश्रुत्य फलप्राप्त गरे ।
भगवानले यसप्रकार प्रज्ञापारमिताको मात्र व्याकरण गर्नेभएको देखि आनन्दले दान, शील आदि अन्य पारमिताहरुको कुरा किन नगर्नु भएको होला भनि खुल्दुली भइ प्रश्न गरेको थिए । जसको जवाफमा भगवानले ‘ती अन्य सवै पारमिताहरु प्रज्ञाको भित्र लुकेको हुन्छ । प्रज्ञा नभइ अन्य पारमिताहरु पूर्ण हुदैनन्, यसको आधारमा अन्य पारमिताहरु पूर्ण पारमिता हुने गर्दछ, नत्र पूर्ण हुदैनन्’ भन्नुयो । र, भगवानको यसको रक्षा गर्ने जिम्मा, सुनाउने जिम्मा स्थविर आनन्दलाइ दिनुभयो ।
——————————-
वक्ता : नरेश मान शाक्य
स्थान : हिरण्यवर्ण महाविहार
मिति : २०६७।०९।०४ (योमरि पुन्हि)
——————————————-
यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान डा. नरेश मान शाक्यज्यूले ‘प्रज्ञापारमितासूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०९।०४ (यो-मरि पुन्हि)मा दिनुभएको प्रवचनको सार हो । यस लेखमा लिपिकारले सामान्य छाँटकाँट गरि बढी पठनीय बनाउने प्रयास सम्म गरेको हो । कतै कुनै परिमार्जनको आवश्यकता भए कृपया जानकारी दिनुहुन विनम्र अनुरोध छ ।
लिपिकार : प्रकाश मान श्रेष्ठ, २५’ए’ रिलायबल कोलोनि, भैंसिपाटी ।
९८५११-९३९४८, ०१-५५९२९४८
रुपादि पञ्चस्कन्धहरु वन्धनमा पनि छैन, मुक्त पनि होइन किनभने रुपादिको स्वभाव नै हुदैन यसैगरी पुर्वान्त, अपरान्त र प्रत्युत्पन्न तीनैकालका पनि अवद्ध, अ-मुक्त हुन् ।
पञ्चस्कन्ध न नित्यहो, न अनित्य हो; न वद्ध हो न मुक्त हो; पझ्चस्कन्धहरय अनुत्पाद, अनिरोध, असंक्लेश, अव्यवदान हुनले विशुद्ध छन्; पञ्चस्कन्ध निरुपलेप अपरिग्रह हुन्ले विशुद्ध छन्; र पञ्चस्कन्ध विशुद्ध भएकोले प्रज्ञापारमिता विशुद्ध छ । स्कन्ध, धातु आयतनवाट मात्र प्रज्ञापारमिता हुनुहुन्छ भन्ने वोध हुन्छ तथा स्कन्ध, धातु, आयतनवालाइ पनि विचार गर्दा शुन्य, विविक्त, शान्त रहेछ भन्ने चोध हुन्छ । प्रज्ञपारमिताको नाम र संज्ञाले व्यवहार हुदैन । सर्वधर्म अनुपलम्भनै प्रज्ञापारमिता हो ।
करुणाले जगत्हित गर्छु भन्ने व्यक्ति निर्वाण र करूणासमेतमा पनि रमाउनु हुदैन । नाम र निमित्तमा आशक्त भए प्रज्ञापारमिता दखि टाढा हुनेछ । रुपादि शून्यता हुन् बन्दापनि आशक्ति वछने हुन्छ । अनुमोदना परिणामनामा पनिआशक्त नभइ म तथा अनुमोदना परिणामना समेत मायोपम जादूसमान हुन भनि व्यवहार गर्नु पर्दछ, यही विपश्यना हो । अझै भन्ने हो भने सम्यक्सम्वुद्धको पनि निमित्त ग्रहण गर्नु हुदैन, यसो गर्नु पनि आशक्ति नै हुन्छ । कुनै वस्तुको सुग असंग भन्यो भने त्यो पनि निमित्तनै हुन्छ ।
प्रत्येक वस्तु प्रकृति विविक्त हुन्न्, अरथात् परिनिष्पन्न स्वभावको हुन्छ । ज्ञाय, ज्ञेय, ज्ञाता स्चभावको हुदैन । वोधिसस्त्वहरु आकाश स्वभावको हुन्छ, जसलाइ केहिकसैको अधार नलोइ निमित्त परिकल्पना नगरी यथाभूत ग्रहणगर्न पर्दछ ।
प्रज्ञापारनिताको मुख्य उपदेश कुनै वस्तुलाइ अफ्नु भननेर नअपनाउनु हो तथा त्यसमा आशक्य भइ नटँसिनु हो । प्रज्ञपारमिता जस्तो गहन र दुरुह विषय सुनी एकैएटकमा पूर्णतामा ग्रहण गर्न सकिदैन बारम्वार श्रद्धासहित प्रयास गर्नु पर्दछ; प्रज्ञापारमिता सुन्न श्रद्धावान भइ याहाँ आउनु र केहि बुझेपनि नवुझेपनि धैर्य गरी सुनेर वस्नु तपाइहरुको पुर्वजन्ममा गर्नु भएको प्रज्ञापारमिता देशनाको निरन्तरता हो । कुनै कारणवश च्यूति भइ पूर्णता प्राप्त नगरेका तपाइको लागि सो अवसर पुन:श्रवण गरी स्तरचृद्धि गर्ने फलप्राफ्ती भएको हो ।
भावना गर्दा दिनमा जाग्रत अवस्थमा भावना गर्दा र सपनामा भावना गर्दा पनि प्रज्ञापारमिता वृद्धिहुनु पर्दछ । यो पनि स्मरण राखौं कि सपनामा रगरेको शुभ वा अशुभ कर्मको फल हुदैन, तर व्यँझिसकेपछि भने मैले देखेको कुरामा रागद्वेषगरी विचार गर्न हुदैन ।
—————– समाप्त ————–
(यो लेख वज्राचार्यसमाजले गरेको पाटन …. वहालमा मिति २०६७।.. । .. मा ‘नौदिने वैपुल्यसूत्रको प्रवचन कार्यक्रम‘को क्रममा दिईएको प्रवचनको आधारमा प्रवचकको मूल भनाइलाइ यथावतराखि केहि थपघटगरी तैयार गरिएको हो । यस लेखलाई अझ सुन्दर रूपमा प्रस्तुतगर्न कुनै केहि सुझाव भए पाउन विनम्र अनुरोध छ ।
प्रकाश मान श्रेष्ठ
२५‘ए‘ रिलायवल कोलनी, भैंसिपाटी
९७२१३२५५०८, ५५९२९४८
।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।।
। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: ।
या सर्वज्ञता नयत्युपशमं शान्तैषिण: श्रावकान्
या मार्गज्ञता जगद्धितकृतां लोकार्थसंपादिका ।
सर्वाकारमिदं वदन्ति मुनयो विश्वं यया संगता-स्तवै श्रावकबोधिसत्त्वगणिनो बुद्धस्य मात्रे नम: ।।१।।
वहाँ (प्रज्ञापारमिता) सर्वज्ञ(सवैकुरा जान्ने) हुनुभएकोले शान्तता(निर्वाण)को इच्छा राखेका श्रावक(मुक्तिमार्गमा लागेको, शिष्य,) लाई उपशम्(चित्तको शानतता)मा लग्नुहुन्छ । वहाँ मार्गज्ञ (सवै मार्गहरूको ज्ञान) भएकोले जगतको हितकार्य गर्ने (दु:ख नाश गरी मुक्तिमार्गमा लग्ने) गरेका (वोधिसत्व-महासत्त्व) लाई लोकको (त्यस्तो हितकार्य गर्नको) लागि चाहिने अर्थ (साधन, निर्देशन) उपलव्ध गराइदिनुहुन्छ । वहाँ (प्रज्ञापारमिता)संग संगत गरेका मुनी (त्याग, तप, ध्यान गरेका ऋषिमुनी)हरुले यो विश्व(दृष्य, अदृष्य, जडचेतन जगत) सर्वाकार (सवै वस्तु एकै आकारको) हो भनि भन्दछन् । त्यस्ति श्रावक (मुक्तिमार्गमा लागेको, शिष्य), प्रत्येकबुद्ध (निर्वाणलाभ गरेका), वोधिसत्व (निर्वाणलिन सक्ने भईकनपनि नलिई जगतहित कार्यमा लागेका) र सम्यकसम्बुद्ध (पूर्ण रूपमा बुद्धत्व प्राप्त गरिसकेका)का जननी (आमा)लाई नमस्कार छ ।
आलोक:
मायारूपसमानभावविदुषां मुक्तिं परां योगिनां
संसारोदरवर्तितदोषनिचये संमूर्छितान् देहिन: ।
मैत्रेयेण दयावता भगवता नेतुं स्वयं सर्वथा
प्रज्ञापारमितानये स्फुटतरा टीका कृता कारिका ।।१।।
(यो संसार) मायारूपसमान स्वभावको हो भनि बुझेका विद्वान योगीजनहरूका निम्ति परामुक्ति दिन, संसारभित्र रहेको दोषको थुप्रोमा भूलि मूर्छितभई बसेका देह(धारि)लाई मैत्रेय(नाथ) स्वयमले दयाराखि सर्वथा भगवतमार्गमा लाग्ने हुन प्रज्ञापारमिताको कुरा स्पष्टहुनेगरी (अभिसमयालंकार नामको)कारिका टीका बनाउनु भयो ।
एवं मया श्रुतम् ।
एकस्मिन् समये भगवान् राजगृहे विहरति स्म गृध्रकूटे पर्बते महता भिक्षुसंघेन सार्धमर्धत्रयोदशभिर्भिक्षुशतै:, सर्वैरर्हद्भि: क्षीणास्रवैर्नि:क्लेशैर्वशीभूतै: सुविमुक्तचित्तै: सुविमुक्तप्रज्ञैराजानेयैर्महानागै: कृतकृत्यै कृतकरणीयै-रपहृतभारैरनुप्राप्तस्वकार्थै: परिक्षीणभवसंयोजनै सम्यगाज्ञासुविमुक्तिचित्तै: सर्वचेतोवशिपरमपारमिप्राप्तैरेकं पुद्गलं स्थापयित्वा यदुत आयुष्मन्तमानन्दम् ।।
मैले यस्तो सुनेको छु ।
एक समयमा भगवान राजगृह(नगर)मा विहार गर्नुभएको थियो, जहाँ गृध्रकूट पर्वतमा ठूलोसंख्यामा भिक्षुसंघवाट (भगवान) घेरिएर (बस्नुभएको थियो, जहाँ), ती साढे तेह्रसये संख्यामा रहेका सवैनै अर्हत् भैसकेका, आस्रवक्षीण गरिसकेका, नि:क्लेश भैसकेका, (चित्तलाई) वशमा राखेका, गर्नुपर्ने कर्म गरिसकेका, (जिम्मेवारीको)भारी बिसाईसकेका, राम्ररी चित्तविमुक्त गरिसकेका, सर्वचेतनालाई वशमा राखेका, पारमिता(हरू) पूर्णरूपमा प्राप्त गरेका (थिए । तापनि त्यसमध्ये); अर्हत् हुनबाकी आनन्द एकजना मात्र थिए ।
४१ तत्र खलु भगवानायुष्मन्तं सुभूतिं स्थवीरमामन्त्रयते स्म– प्रतिभातु ते सुभूते बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामारभ्य यथा बोधिसत्त्वा महासत्त्वा: प्रज्ञापारमितां निर्यायुरिति ।।
त्यहाँ (धर्मसभामा) भगवानले आयुष्मान सुभूति स्थवीरलाई वोलाई भन्नुभयो, “हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरभ्य (भावना) गरी जसरी बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिलाई स्फुरण होस्” ।
५३ अथ खल्वायुष्मत् शारिपुत्रस्यैतदभवत्– किमयमायुष्मान् सुभूति: स्थविर आत्मीयेन स्वकेन प्रज्ञाप्रतिभानबलाधानेन स्वकेन प्रज्ञाप्रतिभानबलाधिष्ठानेन बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामुपदेक्षति उताहो बुद्धानुभावेति ?
(यसरी भगवानले सुभूतिलाई आज्ञा भएपछि) त्यहा आयुष्मान शारिपुत्रको मनमा यस्तो संशय (शंका, विचार उत्पन्न) भयो, “के आयुष्मान सुभूति स्थवीर आफैले आर्जनगरेको प्रज्ञाप्रतिभानबलका आधारमा बोधिसत्व महासत्व(हरू)लाई प्रज्ञापारमिताको यो उपदेश दिनुहुने हो वा बुद्धानुभाव(बुद्धको कृपा)ले हो ?”
५४ अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन आयुष्मत: शारिपुत्रस्य इवमेवंरूपं चेतसैव चेत्:- परिवितर्कमाज्ञाय आयुष्मन्तं शारिपुत्रमेतदवोचत्– यत्किंचिदायुष्मन् शारिपुत्र भगवत: श्रावका भाषन्ते देशयन्ति उपदिशन्ति उदीरयन्ति प्रकाशयन्ति, संप्रकाशयन्ति, स सर्वस्तथागतस्य पुरुषकारो वेदितव्य ।
यसरी आयुष्मान शारिपुत्रको मनमा यस्तो (संशय उठेको मनको) अवस्थालाई आयुष्मान सुभूतिले बुद्धानुभाववाट मनैले थाहापाई त्यसरी तर्कना गरिरहेको आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “हे आयुष्मान शारिपुत्र, भगवानको श्रावकले जे जति भाषण गर्दछ, देशना गर्दछ, उपदेश दिन्छ, उदीरणा गर्दछ (वताउँछ), प्रकाश पार्छ, संप्रकाश गर्दछ, ति सवै तथागतको पुरुषाकार (पुरुषार्थ)वाटै भएको हो भनि बुझनुहोस् ।,
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो त ?,
यो हि तथागतेन धर्मो देशित:, तत्र धर्मदेशनायां शिक्षमाणास्ते तां धर्मतां साक्षात्कुर्वन्ति धारयन्ति, तां धर्मतां साक्षात्कृत्य धारयित्वा यद्यदेव भाषन्ते, यद्यदेव देशयन्ति, यद्यदेव उपदिशन्ति, यद्यदेवोदीरयन्ति, यद्यदेव प्रकाशयन्ति, यद्यदेव संप्रकाशयन्ति, सर्व तद्धर्मतया अविरुद्धम् ।
तथागतवाट धर्मका जेजति देशना भएका छन् ती धर्मदेशनालाई भगवानका श्रावकले सिकेर त्यस धर्मता(धर्मस्वभाव)लाई साक्षात्कार गर्दछन्, धारण गर्दछन्; र त्यस धर्मतालाई साक्षात्कारगरी, धारणगरी भगवानका ती श्रावकले जेजस्तो भाषण गर्दछन्, जेजस्तो देशना गर्दछन्, जे जस्तो उपदेश दिंदछन्, जेजस्तो उदीरणा गर्दछन्, जेजस्तो प्रकाश पार्दछन्, जेजस्तो संप्रकाश पार्दछन् ति सवै धर्मताको (अर्थात् तथागतवाट भएका धर्मका देशनासंग) अविरुद्ध (नबाझिएको) हुन्छ ।,
तथागतधर्मदेशनाया एव आयुष्मन् शारिपुत्र एष निष्यन्द:, यत्ते कुलपुत्रा उपदिशन्तस्तां धर्मतां धर्मतया न विरोधयन्ति ।
त्यो (त्यसरी भगवानको श्रावकले गरेको देशना) पनि तथागतले नै गर्नुभएको धर्मदेशनाको, हे शारिपुत्र, नै निष्यन्द(सार) हुन्छ; (किनकि) कुलपुत्रहरुले यस्तो जेजस्तो उपदेश दिन्छन् त्यसमा धर्मताले धर्मताको विरोध गरेको हुँदैन ।“
५८ अथ खल्वायुष्मान सुभूतिर्बुद्धानुभावेन भगवन्तमेवमवोचत्– यद्भगवानेवमाह– प्रतिभातु ते सुभूते बोधिसत्त्वानां महासत्त्वानां प्रज्ञापारमितामारव्य यथा बोधिसत्त्वा महासत्त्वा: प्रज्ञापामितां निर्यायुरिति ।
तत्पश्चात् आयुष्मान सुभूतिले बुद्धानुभावले भगवानसंग यसो भन्नुभयो, “हे भगवान, हजूरले मलाई, ‘हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरम्य(भावना)गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई दृढरुपमा ग्रहणगर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिमा स्फुरण होस्’, भनि आज्ञा गर्नुभयो ।,
बोधिसत्त्वो महासत्त्व इति यदिदं भगवन्नुच्यते, कथमस्यैतद्भगवन् धर्मस्याधिवचनं यदुत बोधिसत्त्व इति ?
(तर), ‘बोधिसत्त्व-महासत्त्व’ भनेर जुन भगवानले भन्नुहुन्छ, त्यो बोधिसत्त्व भनिएको कुन धर्म (वस्तु) कसलाई भनिएको अधिवचन हो ?,
नाहं भगवंस्तं धर्मं समनुपश्यामि यदुत बोधिसत्त्व इति ।
मैले त भगवानले बोधिसत्त्व भनि आज्ञा गर्नुभएको जस्तो कुनै त्यस्तो धर्म(वस्तु) देखेको छैन ।,
तमप्यहं भगवन् धर्मं न समनुपश्यामि यदुत प्रज्ञापारमिता नाम ।
साथै, हे भगवान, हजूरले आज्ञा गर्नुभएको प्रज्ञापारमिता नामको धर्म(वस्तु) समेत मैले देखेको छैन ।,
सोऽहं भगवान् बोधिसत्त्वं वा बोधिसत्त्वधर्मं वा अविन्दन् अनुपलभमानोऽसमनुपश्यन्, प्रज्ञापारमितामप्यविन्दन् अनुपलभमानोऽसमनुपश्यन् कतमं बोधिसत्त्वं कतमस्यां प्रज्ञापारमितायामववदिष्यामि अनुशासिष्यामि ?
त्यसैले, मैले हे भगवान, बोधिसत्त्व भनिएको होस वा बोधिसत्त्वधर्म भनिएको होस् त्यसवारे थाहा नभईकन, अनुभव(प्राप्त) नगरीकन, राम्ररी नदेखिकन; प्रज्ञापारमिता (भन्ने नै)पनि नबुझी, (त्यसरी) थाहै नपाई, अनुभवै नगरी, राम्ररी देख्दैनदेखि मैले कस्तो बोधिसत्त्वलाई कस्तो प्रज्ञापारमिता भनूँ, सिकाउँ ?,
अपि तु खलु पुनर्भगवन् सचेदेवं भाष्यमाणे देश्यमाने उपदिश्यमाने बोधिसत्त्वस्य चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, एष एव बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायामनुशासनीय: ।
त्यसपछि पनि फेरि, हे भगवान, यस्तो विषयमा भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा, जुन बोधिसत्त्वको चित्त अवलीयत (संकुचित) हुदैन, संलीयत(अल्सी) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी(मन फर्किने) हुन्छ, न भग्नपृष्ठी(पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वलाई(मात्र) प्रज्ञापारमिताको अनुशासनीगर्न योग्य हुन्छ ।,
एषैवास्य बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या ।
यही कुरा नै ‘प्रज्ञापारमिता’ हो भनि (त्यस्ता) बोधिसत्त्व-महासत्त्वलाई जानीबुझीलिन पर्दछ ।,
एषोऽववाद: प्रज्ञापारमितायाम् ।
यस्तो (भनिएको कुरा नै) प्रज्ञापारमिताको अववाद (शिक्षा) हो ।,
सचेदेवं तिष्ठति, एषैवास्याववादानुशासनी ।।
यस(भनिएको कुरा) बमोजिम जो (बोधिसत्त्व पालना गरी, चर्यागरी) बस्दछ त्यो यसको अववाद(शिक्षा)को अनुशासनीमा रहेको हुन्छ ।,
६९ पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापामितायां चरता प्रज्ञापारमितायां भावतया एवं शिक्षितव्यं यथा असौ शिक्ष्यमाणस्तेनापि बोधिचित्तेन न मन्येत ।
त्यसपछि, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापारमिताको भावगरी, प्रज्ञापारमिताको चर्यागरी, शिक्षितभई यस्तोप्रकारले शिक्षमाण (जान्नुवुझ्नु) गरेतापनि (उसको) बोधिचित्तले त्यसमा पनि मनना गरेका (आशक्य भएका) हुदैनन् ।
तत्कस्य हेतो: ?
तसको हेतुकारण के हो त ?
तथा हि– तच्चित्तमचित्तम् ।
किनकि उसको चित्त नै अचित्त भएको हुन्छ ।
प्रकृतिश्चित्तस्य प्रभास्वरा ।।
चित्तको प्रकृति(स्वरूप) प्रभास्वर(प्रकाश) हुन्छ ।“
७२ अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्–कि पुनरायुष्मन् सुभूते अस्ति तच्चित्तं यच्चित्तमचित्तम् ।
त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसोधे, “जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो चित्त (अस्तित्वमा) रहेको हुन्छ र ?”
एवमुक्ते आयुष्मान् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्– किं पुनरायुष्मन् शारिपुत्र या अचित्तता, तत्र अचित्तातयामस्तिता वा नास्तिता वा विद्यते वा उपलभ्यते वा ?
यसप्रकार भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई प्रतिप्रश्न भने, “हे आयुष्मान शारिपुत्र, चित्तमा अचित्तता भैसकेपछि त्यस अचित्ततामा ‘छ’ वा ‘छैन’ वा ‘हुन्छ’ (विद्यते) वा ‘उपलभ्यते’(प्राप्तहुन्छ) (भन्ने भाव रहेको) हुन्छ र ?”
शारिपुत्र आह– न ह्येतदायुष्मान् सुभूते ।
शारिपुत्रले भने, “हुँदैन, हे आयुष्मान सुभूति” ।
सुभूतिराह– सचेदायुष्मान् शारिपुत्र तत्र अचित्ततायामस्मिता वा नास्तिता वा न विद्यते वा नोपलभ्यते वा, अपि नु ते युक्त एष पर्यनुयोगो भवति यदायुष्मान् शारिपुत्र एवमाह– अस्ति तच्चित्तं यच्चितमचित्तमिति ?
सुभूतिले भने, “त्यसैगरी नै, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा ‘छ(अस्तिता)’ वा ‘छैन(नास्तिता)’ भन्ने नै नभएमा वा अनुभव नभएमा(न उपलभ्यते) तपाइको प्रतिप्रश्न (जवाफ,पर्यनुयोग), ‘जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो रहन्छ?’, ठीकै ठहर्छ ।”
एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्– का पुनरेषा आयुष्मन् सुभूते अचित्तता ?
यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई सोधे, “त्यसोभए अचित्तता भनेको के हो त ?”
सुभूतिराह– अविकारा आयुष्मन् शारिपुत्र अविकल्पा अचित्तता ।
सुभूतिले जवाफ दिए, “अचित्तता भनेको विकाररहित अविकल्प चित्त हो ।”
७४ अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मते सुभूतये साधुकारमदात्– साधु साध्वायुष्मन् सुभूते ।
त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई साधुकार दिए, “साधु साधु, हे आयुष्मान सुभूति ।,
यथापि नाम त्वं भगवता अरणाविहारिणामग्रतायां निर्दिष्टो निर्दिशसि ।
“यसरी (योग्य भएको) कारणलेनै तपाईलाई भगवानले ‘अरणाविहारिमध्ये अग्र’ भनि नाम(महत्व, इज्जत) दिनुभएको होला ।”,
अतश्च बोधिसत्त्वो महासत्त्वोऽविनिवर्तनीयोऽनुत्तराया: सम्यक्संबोधेरूपपरीक्षितव्य:, अविरहितश्च बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्य: ।
त्यसो भएकोले अविनिवर्तनीय(फेरि फर्किन, जन्म लिन नपर्ने), अनुत्तर(सवैभन्दा माथिल्लो स्तरको) बोधिसत्व-महासत्वहरु, सम्यकसंबोधिहरु (अवश्य छन् भनि विचार राखि); (त्यस्तालाई खोजी भेट्टाई) रूप(स्वरूप, वास्तविक हो होईन भनि) परीक्षणगरी, (त्यस्ता) बोधिसत्व-महासत्वका नगीचमारहि प्रज्ञापारमिता जानिलिनु पर्दछ ।,
श्रावकभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।
श्रावकभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।,
इहैव प्रज्ञापारमितायां शिक्षितव्यं योगमापत्तव्यम् ।
यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,
प्रत्येकभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।,
प्रत्येकबुद्धभूमिमा (रहेका मनुष्यले पनि प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।
इहैव प्रज्ञापारमितायां शिक्षितव्यं योगमापत्तव्यम् ।
यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,
बोधिसत्त्वभूमावपि शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।
बोधिसत्त्वभूमिमा रहेका जो कोहिले (प्रज्ञापारमितामा)शिक्षितहुन चाहना भएमा यहिं(महायान मैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ ।
इहैव प्रज्ञापारमितायामुपायकौशल्यसमन्वागतेन सर्वबोधिसत्त्वधर्मसमुदागमाय योग: करणीय: ।
यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,
तत्कस्य हेतो: ?
यसको हेतुकारण के हो त ?
इहैव हि प्रज्ञापारमितायां विस्तरेण सर्वबोधिसत्त्वधर्मा उपदिष्टा:, यत्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं योगमापत्तव्यम् ।
यहिं (यसै लोकमा, यसै महायानमा)नै रही प्रज्ञापारमितामा विस्तारमा देखाईएका सवै बोधिसत्वधर्महरु देखोस् (बुझोस्); यसैवाट बोधिसत्व-महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको) होओस् (हुनुपर्दछ) ।
अनुत्तरायामपि सक्यक्संबोधौ शिक्षितुकामेन इयमेव प्रज्ञापारमिता श्रोतव्या उद्ग्रहीतव्या धारयितव्या वाचयितव्या पर्यवाप्तव्या प्रवर्तयितव्या ।
अनुत्तर(यस भन्दा माथि केहि नभएको) सम्यकसम्बोधिमा शिक्षितहुन इच्छा भएकाले पनि यहीं नै प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन (व्याख्या)गर्ने गर्नपर्दछ ।
इहैव प्रज्ञापारमितायामुपायकौशल्यसमन्वागतेन सर्वबोधिसत्त्वधर्मसमुदागमाय योग: करणीय: ।
यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,
तत्कस्य हेतो: ?
यसको हेतुकारण के हो त ?
इहैव हि प्रज्ञापारमितायां विस्तरेण सर्वबोधिसत्त्वधर्मा उपदिष्टा:, यत्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं योगमापत्तव्यम् ।
यहिंनै प्रज्ञापारमितामानै विस्तृतरुपमा सवैबोधिसत्वधर्महरु देखोस्; यसैवाट बोधिसत्व महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको होओस्) हुनुपर्दछ ।”
७८ अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्– योऽहं भगवन् एतदेव बोधिसत्त्वानामधेयं न वेद्मी नोपलभे न समनुपश्यामि, प्रज्ञापारमितामपि न वेद्मी नोपलभे न समनुपश्यामि ।
त्यसपछि आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “हे भगवान, जसलाई ‘बोधिसत्व’ भनि नाम दिइएको छ (त्यस्तो कुनै कुरा) थाहै नपाइकन, अनुभवनै नगरी, राम्ररी देखदै नदेखि; प्रज्ञापारमिता समेत थाहापाइदैन, अनुभव हुदैन, राम्ररी देखन पनि सकिदैन ।,
सोऽहं भगवन् एतदेव बोधिसत्त्वनामधेयमविन्दन् अनुपलभमानोऽसमनुपश्यन् कतमं बोधिसत्त्वं कतमस्यां प्रज्ञापारमितायामववदिष्यामि अनुशासिष्यामि ?
मैले, हे भगवान, यसरी बोधिसत्व नामधारीलाई नचिनिकन(अविन्दन्), अनुभव नगरी, राम्ररी नदेखि, को बोधिसत्वलाई के प्रज्ञापारमिता सिकाऊँ, के वताऊँ ?,
एतदेव भगवन् कौकृत्यं स्यात्, योऽहं वस्त्वविन्दन् अनुपलभमानोऽसमनुपश्यन् नामधेयमात्रेण आयव्ययं कुर्यां यदुत बोधिसत्त्व इति ।
यसैले, हे भगवान, मैले नजानिकन, अनुभव नगरिकन, राम्ररी नदेखिकन (त्यस्तो) नामधारी बोधिसत्वलाई आयव्यय (‘छ’ वा ‘छैन’) भन्दा कौकृत्य (पछि पश्चाताप हुने कार्य) हुनसक्छ ।,
अपि तु खलु पुर्भगवंस्तदपि नामधेयं न स्थितं नास्थितं न विष्ठितं नाविष्ठितम् ।
फेरि, हे भगवान, त्यो नामधारी समेत पनि न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ ।,
तत्कस्य हेतो : ?
त्यसको हेतुकारण के हो त ?,
अविद्यमानत्वेन तस्य नामधेयस्य ।
त्यस नामधेय(नामधारी व्यक्ति वा वस्तु) नै अविद्यमान भएकोले ।,
एवं तन्नामधेयं न स्थितं नास्थितं न विष्ठितं नाविष्ठितम् ।
यसप्रकार त्यो नामधेय न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ ।,
सचेद्बोधिसत्त्वस्य महासत्त्वस्य एवं गम्भीरायां प्रज्ञापारमितायां भाष्यमाणायां देश्यमानायामुपदिश्यमानायां चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते ।
यस्ता बोधिसत्व-महासत्य जसलाई यसप्रकारको गम्भीर प्रज्ञापारमिताको वारेमा भाष्यमाणगर्दा, देशनागर्दा, उपदेशगर्दा जसको चित्त सानो हुदैन (न अवलियते), मोहित हुदैन (न संलीयते, अल्सि हुदैन), विषाद गर्दैन (न विषीदति), न पश्चाताप हुन्छ (न विषादम आपद्यते), न उसको मन विपृष्ठी (किन गरिरहेको हुँला भनि मन खिन्न हुने) हुन्छ, न भग्नपृष्ठि (पछि किन गरेको थिएँ हुँला भनि मन खिन्न हुने) हुन्छ, न तर्सन्छ (न उत्र्त्रस्यति), न संत्रसित हुन्छ, न संत्रास पर्दछ (न संत्रासम् आपद्यते) ।,
८१ अधिमुच्यतेऽध्याशयेन अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्य:, स्थितोऽविनिवर्तनीयायां बोधिसत्वभूमौ, सुस्थितोऽस्थानयोगेन ।
(त्यस्ताले) अधिमुक्तिको अध्याशयगरी बोधिसत्व-महासत्वको नगीचमारहि प्रज्ञापारमिता बुझोस् (सुनोस्); अस्थान(अनाशक्त)योगले राम्रोसंग स्थित होओस्, अविनिवर्तनीय (भवसंसारमा पुन: फर्किन नपर्ने) बोधिसत्वभूमिमा स्थित होओस् ।,
पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरता प्रज्ञापारमितां भावयता न रूपे स्थातव्यं न वेदनायां न संज्ञायां न संस्कारेषु, न विज्ञाने स्थातव्यम् ।
तत्पश्चात्, हे भगवान, बोधिसत्त्व महासत्त्वले प्रज्ञापारमितामा चर्यागर्दा प्रज्ञापारमितालाई भावनागर्दा (प्रज्ञापारमिता भन्ने वस्तु) न रुप(स्कन्ध)मा छ, न वेदना(स्कन्ध)मा छ, न संज्ञा(स्कन्ध)मा छ, न संस्कार(स्कन्ध)मा छ, न विज्ञान(स्कन्ध)मा नै रहेकोछ (न स्थातव्य्) भन्ने भावना गरोस् ।,
तत्कस्य हेतो: ?
त्यसको हेतु के होला ?,
सचेद्रुपे तिष्ठति, रूपाभिसंस्कारे चरति, न चरति प्रज्ञापारमितायाम् ।
जसले रुपमा(भावगरी) बसेको हुन्छ रुपाभिसंस्कार(रूपवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ।,
सचेद्वेदनायां संज्ञायां संस्कारेषु ।
यस्तै प्रकारले जसले वेदनामा वा, संज्ञामा वा संस्कारमा पनि (भाव गरेको हुन्छ), अभिसंस्कार(तिनिहरूवाट निर्मित वस्तुहरूमा)मा (चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ) ।
सचेद्विज्ञाने तिष्ठति, विज्ञानाभिसंस्कारे चरति, न चरति प्रज्ञापारमितायाम् ।
यसरी नै जसले विज्ञानको भाव गरेको रहन्छ, विज्ञानाभिसंस्कार (विज्ञानवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ।,
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो ?
न हि अभिसंस्कारे चरन् प्रज्ञापारमितां परिगृण्हाति, नापि प्रज्ञापारमितायां योगमापद्यते, नापि प्रज्ञापारमितां परिपूरयते ।
अभिसंस्कारित वस्तुको भावनागरी चर्यागर्दा न प्रज्ञापारमितानै प्राप्तहुन्छ, न (त्यस्तो)प्रज्ञापारमिताको (चर्यावाट) योगप्राप्ति हुन्छ, न त प्रज्ञापारमिता नै पूर्ण हुन्छ ।,
अपरिपूरयमाण: प्रज्ञापारमितां न निर्यास्यति सर्वज्ञतायामपरिगृहीतं परिगृण्हन् ।
अपरिपूर्ण भएको प्रज्ञापारमितावाट निर्यास्य(निर्वाणमार्गमा प्रवेश) भईदैन; सर्वज्ञतापनि आफैले आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगरेको नभै परिगृण्हन् (अनाशक्तरुमा स्वत: प्राप्त भएको) हुनुपर्दछ ।,
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो ?,
रूप हि अपरिगृहीतं प्रज्ञापारमितायाम् ।
रूप त अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,
एवं वेदना संज्ञा संस्कारा: ।
यस्तै किसिमले वेदना, संज्ञा र संस्कारहरूलाई पनि (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,
विज्ञानं हि अपरिगृहीतं प्रज्ञापारमितायाम् ।
विज्ञानलाई पनि अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नुपर्दछ ।,
यश्च रूपस्यापरिग्रह:, न तद्रूपम् ।
जस्को रूपलाई परिग्रह(ग्रहण गर्न सकिने) हुदैन, त्यो रूप रहदैन ??????? ।,
एवं यो वेदनाया:, संज्ञाया: संस्काराणाम् ।
यस्तै किसिमले वेदनालाई, संज्ञालाई र संस्कारलाई पनि (भाव गर्नु पर्दछ) ।,
यो विज्ञानस्यापरिग्रह:, न तद्विज्ञानम् ।
जुन विज्ञान अपरिग्रहित हुन्छ त्यो विज्ञान रहँदैन ।,
सापि प्रज्ञापारमिता अपरिगृहिता ।
त्यसरी नै जुन प्रज्ञापारमिता अपरिगृहिता हुन्छ त्यो प्रज्ञापारमिता रहँदैन ।,
एवं ह्यत्र बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरितव्यम् ।
यसरी नै यहाँ बोधिसत्त्व महासत्त्वहरू प्रज्ञापारमितामा चर्या गरोस् ।,
अयं च बोधिसत्त्वस्य महासत्त्वस्य सर्वधर्मापरिग्रहीतो नाम समाधिर्विपुल: पुरस्कृत: अप्रमाणनियतोऽसाधारण: ।
यसरी (चर्यागरी) बोधिसत्त्व महासत्त्वहरुले सर्वधर्मापरिगृहितो नाम गरेको अप्रमाणनियतो (यतीउती भन्न नसकिने, सीमा नभएको), असाधारण किसिमको विपुल समाधि लाभ गर्दछ (पुरस्कृत हुन्छ) ।
सर्वश्रावकप्रत्येकबुद्धै: सापि सर्वज्ञता अपरिगृहीता, न ही निमित्ततो ग्रहीतव्या ।
यस्तो प्रकारको सर्वज्ञता श्रावक, प्रत्येकबुद्ध(कसै)ले पनि ग्रहण गरेका हुदैनन्, न त यस(सर्वज्ञता)को निमित्तनै ग्रहणगर्न योग्य हुन्छ ।
८९ सचेन्निमित्ततो गृहीतव्या अभविष्यत्, न चेह श्रेणिक: परिब्राजक: श्रद्धामलप्स्यत ।
त्यो पनि यदि निमित्त ग्रहणगर्न सकिने भए, यसमा पनि श्रेणिक परिब्राजकले श्रद्धा गर्दैन थिए (अलप्स्यत) ।,
तत्र हि श्रेणिक: परिब्राजक: सर्वज्ञज्ञाने अधिमुच्य श्रद्धानुसारी प्रदेशिकेन ज्ञानेनावतीर्ण: ।
त्यसमा श्रेणिक, परिब्राजकले सर्वज्ञज्ञान (महायान)मा स्थीरभई श्रद्धापूर्वक कुनै प्रदेशिक (एक विषयको) ज्ञानमा लागेका छन् ।,
सोऽवतीर्य न रूपं परिगृण्हीते ।
त्यसमा लागेपछि परिवर्तनीय रुपलाई ग्रहण गर्दैन ।,
एवं न वेदनां न संज्ञां न संस्कारान् ।
यसै प्रकारले न वेदना, न संज्ञा न संस्कारलाई (पनि ग्रहण गर्दैन) ।,
न विज्ञानं परिगृण्हीते ।
न विज्ञानलाई नै ग्रहण गर्दछ ।,
नापि तत्र प्रीतिसुखेन तज्ज्ञानं समनुपश्यति ।
न त त्यहाँ प्रीतिसुखले त्यस ज्ञानलाइ राम्रोरी हेर्दछ ।
नाध्यात्मं रूपस्य तज्ज्ञानं समनुपश्यति ।
न अध्यात्मरूपको त्यस ज्ञानलाई राम्रोरी हेर्दछ ।
न बहिर्धा रूपस्य तज्ज्ञानं समनुपश्यति ।
न रूपको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
नाध्यात्मबहिर्धा रूपस्य तज्ज्ञानं समनुपश्यति ।
न रूपको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
नाप्यन्यत्र रूपात्तज्ज्ञानं समनुपश्यति ।
न अन्यत्र कुनैरूपलाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
एवं नाध्यात्मं वेदनाया: संज्ञाया: संस्काराणाम् ।
न विज्ञानको, (न) संज्ञाको, (न) संस्कारको अध्यात्महरुलाई (त्यस ज्ञानलाई राम्रोरी हेर्दछ) ।
नाध्यात्मं विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।
न विज्ञानको अध्यात्मलाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
न वहिर्धा विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।
न विज्ञानको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
नाध्यात्मबहिर्धा विज्ञानस्य तज्ज्ञानं समनुपश्यति ।
न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
नाप्यन्यत्र विज्ञानात्तज्ज्ञानं समनुपश्यति ।
न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
अत्र पदपर्याये श्रेणिक: परिब्राजकोऽधिमुक्त: ।
यहाँ पदपर्याय(धर्मसूत्र र व्याख्या)ले श्रेणिक परिब्राजक र अधिमुक्त हुन्छ ।
सोऽत्र सर्वत्र श्रद्धानुसारी सर्वज्ञज्ञाने धर्मतां प्रमाणीकृत्य एवमधिमुक्त एति ।
उ सवैतिर श्रद्धानुसारीभई सर्वज्ञज्ञानमा धर्मता(शून्यता)लाई प्रमाणीकृत(प्राप्त)गरी यसवाट अधिमुक्त हुन्छ ।
तेन न कश्चिद्धर्म: परिगृहीत: ।
त्यसवाट उ कुनै धर्म(वस्तु)वाट परिगृहित भएको (लिइएको) हुदैन ।
नापि स कश्चिद्धर्मो य उपलव्ध:, यं गृण्हीयान्मुञ्चेद्वा ।
न त कुनै पनि धर्म, जुन उपलव्ध हुन्छ, सो ग्रहण गरिएको वा त्याग गरिएको हुन्छ ।
स निर्वाणमपि न मन्यते ।
त्यसले निर्वाणको पनि ईच्छा राख्दैन ।
इयमपि भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या यद्रूपं नपरिगृण्हीते ।
यही नै, हे भगवान, वोधिसत्व-महासत्वको लागि प्रज्ञापारमिता हो भनि बुझोस्; र त्यसलाई रुपको (निमित्तको रूपमा) परिगृहण नगरोस् ।
एवं यद्वेदनां संज्ञां संस्कारान् ।
यसरी नै वेदना, संज्ञा र संस्कारलाई पनि (वेदना वा संज्ञा वा संस्कारको निमित्तको रूपमा परिगृहण नगरोस्) ।
यद्विज्ञानं न परिगृण्हीते ।
यसरी नै विज्ञानलाई पनि (विज्ञानको निमित्तको रूपमा) परिगृहण नगरोस् ।
न चान्तरा परिनिर्वाति, अपरिपूर्णैदशभिस्तथागतबलैश्चतुर्भिस्तथागतवैशारद्यैरष्टादशभिश्च आवेणिकैर्बुद्धधर्मै: ।
न त उसको दशतथागतबल, चतु:तथागतवैशारद्य र अष्टादश आवेणिक बुद्धधर्महरू अपरिपूर्ण नै रहेको अवस्थामा (विचैमा) निर्वाण हुन्छ ।
तस्मादियमपि भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य प्रज्ञापारमिता वेदितव्या ।
त्यसैले, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिता यो (निमित्त ग्रहण नगर्नु) नै हो भनि बुझनु पर्दछ ।
पुनरपरं भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां चरता प्रज्ञापारमितां भावतया एवम् उपपरीक्षितव्यमेवमुपनिध्यातव्यम्–
फेरि, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दा प्रज्ञापारमिताको भाव गर्दा यसप्रकार स्व:परीक्षण गर्दै उपनिध्यान गरोस्,
कतमैषा प्रज्ञापारमिता ? ९२
“यो प्रज्ञापारमिता कस्तो रहेछ ?
कस्य चैषा प्रज्ञापारमिता ?
कसको लागि रहेछ यो प्रज्ञापारमिता ?
किं यो धर्मो न विद्यते नोपलभ्यते, सा प्रज्ञापारमितेति ?
किन जुन धर्म नै छैन, उपलभ्य पनि छैन, त्यो प्रज्ञापारमिता (किन) भनिएको हो ?
सचेदेवमुपपरीक्षमाण: एवमुपनिध्यायन् नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसम्, न भग्नपृष्ठीभवति, नोत्र्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताया वेदितव्या: ।।
त्यसलाई यसप्रकार उपपरीक्षण गरी तथा उपनिध्यान (विपश्यना) गर्दा (जसको चित्त) संकुचित हुदैन, संलीयत (अल्सी?) हुदैन, विषाद (कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न तर्सिएको हुन्छ, न संत्रासमा पर्दछ, (त्यस्ता) बोधिसत्व महासत्व प्रज्ञापारमितावाट अलग भएको हुदैन भनि बुझोस् ।
अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्– किं कारणमायुष्मान् सुभूते अविरहेतो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितया वेदितव्य: ?९५
तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “के कारणले, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्व प्रज्ञापारमितावाट टाढा हुनुपर्दैन भनि कसरी थाहा पाउने ?
यदा रूपमेव विरहितं रूपस्वभावेन, एवं यदा वेदनैव संज्ञैव संस्कारा एव, यदा विज्ञानमेव विरहितं विज्ञानस्वभावेन, यदा प्रज्ञापारमितैव विरहिता प्रज्ञापारमितास्वभावेन, यदा सर्वज्ञतैव विरहिता सर्वज्ञतास्वभावेन ।।
जसरी रुप नै रुपस्वभाववाट रहित हुन्छ, यसरीनै संज्ञापनि (संज्ञास्वभाववाट रहित हुन्छ), संस्कारपनि (संस्कार स्वभाववाट) रहित हुन्छ, यसरीनै विज्ञानपनि (विज्ञान स्वभावले रहित हुन्छ), त्यसरी नै प्रज्ञापारमितापनि (प्रज्ञापारमिता) स्वभावले रहित हुन्छ, यसरीनै सर्वज्ञतापनि सर्वज्ञतास्वभावले रहित हुन्छ ।
एवमुक्ते आयुष्मन् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्– एवमेतदायुष्मानशारिपुत्र, एवमेतत् ।
यसप्रकार भनिएपछि, आयुष्मान सुभूतिलाई आयुष्मान शारिपुत्रले यसो भन्नु भयो, “यस्तै हो, हे आयुष्मान शारिपुत्र, यस्तै हो ।
रूपमेवायुष्मन् शारिपुत्र विरहितं रूपस्वभावेन ।
रूप पनि यसरी नै, हे आयुष्मान शारिपुत्र, रुपस्वभाव विहिन हुन्छ ।
एवं वेदनैव संज्ञैव संस्कारा एव ।
यसरी नै वेदनापनि (वेदनास्वभाव विहिन हुन्छ), संज्ञापनि (संज्ञास्वभाव विहिन हुन्छ), संस्कार पनि (संस्कारस्वभाव विहिन हुन्छ) ।
विज्ञानमेवायुष्मन् शारिपुत्र विरहितं विज्ञानस्वभावेन ।
विज्ञानपनि, हे शारिपुत्र, यसरी नै विज्ञानस्वभाव विहिन हुन्छ ।
प्रज्ञापारमितैव आयुष्मन् शारिपुत्र विरहिता प्रज्ञापारमितास्वभावेन ।
प्रज्ञापारमितापनि यसरी नै, हे शारिपुत्र, प्रज्ञापारमितास्वभाव विहिन हुन्छ ।
सर्वज्ञतैव आयुष्मन् शारिपुत्र विरहिता सर्वज्ञतास्वभावेन ।
सर्वज्ञतापनि यसरी नै, हे आयुष्मान शारिपुत्र, सर्वज्ञतास्वभाव विहिन हुन्छ ।
प्रज्ञापारमितालक्षणेनापि प्रज्ञापारमिता विरहता ।
प्रज्ञापारमितालक्षणपनि यसरी नै प्रज्ञापारमितावाट रहित हुन्छ ।
लक्षणस्वभावेनापि लक्षणं विरहितम् ।
स्वभावलक्षणपनि यसरी नै लक्षण (स्वभावले) रहित हुन्छ ।
लक्ष्यस्वभावेनापि लक्ष्यं विरहितं ।
लक्ष्यस्वभावपनि यसरी नै लक्ष्य रहित हुन्छ ।
स्वभावलक्षेणनापि स्वभावो विरहित: ।
स्वभावलक्षणपनि यसरी नै स्वभाव रहित हुन्छ ।
एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत-किं पुनरायुष्मन् सुभूते यो बोधिसत्त्वो महासत्त्वोऽत्र शिक्षिष्यते स निर्यास्यति सर्वज्ञतायाम् ? ९८
यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “के फेरि, हे आयुष्मान सुभुति, जो बोधिसत्त्व-महासत्त्व यस(महायान)मा शिक्षित हुन्छ के तिनले सर्वज्ञता पाउँछ ?
आयुष्मान् सुभूतिराह- एवमेतदायुष्मान् शारिपुत्र, एवमेतद् ।
आयुष्मान सुभुतिले भने, “यसै हो, हे आयुष्मान शारिपुत्र, यसै हो ।
यो बोधिसत्त्वो महासत्त्वऽत्र शिक्षिष्यते, स निर्यास्यति सर्वज्ञतायाम् ।
जुन बोधिसत्त्व-महासत्त्व यसमा शिक्षित हुन्छ तिनले सर्वज्ञता पाउँछ ।
तत्कस्य हेतो: ?
त्यसको के कारण होला ?
अजाता ह्यनिर्जाता ह्यायुष्मन् शारिपुत्र सर्वधर्मा: ।
हे, शारिपुत्र, सवैवस्तुहरू अजात (अनुत्पन्न) र निर्जात (?) हुन् ।
एवं चरत आयुष्मन् शारिपुत्र बोधिसत्त्वस्य महासत्त्वस्य सर्वज्ञता आसन्नीभवति ।
यस्तो (भावमा) चर्यागर्ने बोधिसत्त्व-महासत्त्व, हे आयुष्मान शारिपुत्र, सर्वज्ञताको नजिकमा पुग्ने हुन्छ ।
यथा यथा सर्वज्ञता आसन्नीभवति, तथा तथा सत्त्वपरिपाचनाय कायचित्तपरिशुद्धर्लक्षणपरिशुद्धि: बुद्धक्षेत्रशुद्धि: ।
जति जति सर्वज्ञताको नजिक पुग्दछ, त्यति त्यति सत्त्वपरिपक्वताको लागि कायचित्त परिशुद्ध हुन्छ, लक्षण परिशुद्ध हुन्छ, बुद्धक्षेत्र शुद्ध हुन्छ ।
बुद्धैश्च समवधानं भवति ।
बुद्धहरूसंग पनि भेट हुने हुन्छ ।
एवं च पुनरायुष्मन् शारिपुत्र बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां चरन् सर्वज्ञताया आशसन्नीभवति ।
यसरी नै, हे आयुष्मान शारिपुत्र बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमिताको भावमा चर्या गर्दै सर्वज्ञताको नजिकमा पुग्दछ ।
पुनरपरमायुष्मान् सुभूतिर्बोधिसत्त्वं महासत्त्वमारभ्यैवमाह–
तत्पश्चात् आयुष्मान सुभूतिले बोधिसतत्व महासत्त्वको आरभ्य (गर्नुपर्ने? कुरा) भन्नुभयो,
सचेद्रूपे चरति, निमित्ते चरति ।९९
“त्यो जो रूपमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्रूपनिमित्ते चरति, निमित्ते चरति ।
“त्यो जो रूपनिमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्रूपं निमित्तमिति चरति, निमित्ते चरति ।
“त्यो जो रूपनिमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्रूपस्योत्पादे चरति, निमित्ते चरति ।
जो रूपको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचयेद्रूपनिरोधे चरति, निमित्ते चरति ।
जो रूपको निरोधमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्रूपस्य विनाशे चरति, निमित्ते चरति ।
रूपको विनाशमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्रूपं शून्यमिति चरति, निमित्ते चरति ।
जो रूप शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं चरामीति चरति, निमित्ते चरति ।
म चर्या गर्दछू भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं बोधिसत्त्व इति चरति, निमित्ते चरति ।
म बोधिसत्त्व हूँ भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं बोधिसत्त्व इति ह्युपलम्भ एव स चरति ।
म बोधिसत्त्व हू भनि उपलम्भगरी जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
एवं सचेद्वेदनायां संज्ञायां संस्कारेषु ।
यसैगरी वेदना, संज्ञा, संस्कारमा पनि (जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ) ।
सचेद्विज्ञाने चरति, निमित्ते चरति ।
यसरी नै जो विज्ञानमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्विज्ञाननिमित्ते चरति, निमित्ते चरति ।
यसरी नै जो विज्ञानकै निमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्विज्ञानं निमित्तमिति चरति, निमित्ते चरति ।
यसरी नै जो विज्ञाननै निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्विज्ञानस्योत्पादे चरति, निमित्ते चरति ।
यसरी नै जो विज्ञानको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
सचेद्विज्ञानं शून्यमिति चरति, निमित्ते चरति ।
यसरी नै जो विज्ञान शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं चरामीति चरति, निमित्ते चरति ।
(जो) म चर्या गर्दछु भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं बोधिसत्त्व इति चरति, निमित्ते चरति ।
(जो) म बोधिसत्त्व हूँ भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।
अहं बोधिसत्त्व इति ह्युपलम्भ एव स चरति ।
(जो) म बोधिसत्त्व हूँ भनि उपलम्भगरी चर्या गर्दछ, यसरी (निमित्तमा) नै चर्या गर्दछ ।
सचेत्पुनरस्यैवं भवति – य एवं चरति, स प्रज्ञापारमितायां चरति, स प्रज्ञापारमितां भावयतीति, निमित्त एव स चरति ।
जसले फेरि यसरी नै (माथी वर्णन गरिएको जस्तोगरी) भावना गर्दछ – यसरी चर्या जसले चर्या गर्दछ प्रज्ञापारमिताको चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ, उसले निमित्तकै चर्या गरेको हुन्छ ।
अयं बोधिसत्त्व़ोऽनुपायकुशलो वेदितव्य: ।
यी बोधिसत्त्व अनुपायकुशल (उपाय नजानेका हुन्) भनि बुझ्नु पर्दछ ।
अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेदवोचत्– कथं पुनरायुष्मन् सुभूते चरन् बोधिसत्त्वो महासत्त्वश्चरति प्रज्ञापारमितायाम् ?१००
तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी फेरि, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दछ ?”
एवमुक्ते आयुष्मान् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतवोचत्– सचेदायुष्मान शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न रूपे चरति, न रूपनिमित्ते चरति, न रूपं निमित्तमिति चरति, न रूपस्योत्पादे चरति, न रूपस्य निरोधे चरति, न रूपस्य विनाशे चरति, न रूपं शून्यमिति चरति, नाहं चरामितित चरति, नाहं बोधिसत्त्व इति चरति ।
यसो भनेपछी आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “त्यसरी नै, हे शारिपुत्र, बोधिसत्व महासत्व न रुपमा चर्या गर्दछ, न रुपनिमित्तमा चर्या गर्दछ, न रुपनै निमित्त हो भनि चर्या गर्दछ, न रुपको उत्पादमा चर्या गर्दछ, न रुपको निरोधमा चर्या गर्दछ, न रुपको विनाशमा चर्या गर्दछ, न रुप शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।
एवं सचेन्न वेदनायां न संज्ञायां न संस्कारेषु ।
यसरी नै न वेदना, न संज्ञा, न संस्कारमा (भाव) गर्दछ ।
सचेन्न विज्ञाने चरति, न विज्ञाननिमित्ते चरति, न विज्ञानं निमित्तमिति चरति, न विज्ञानस्योत्पादे चरति, न विज्ञानस्य निरोधे चरति, न विज्ञानस्य विनाशे चरति, न विज्ञानं शून्यमिति चरति, नाहं चरामितित चरति, नाहं बोधिसत्त्व इति चरति ।
त्यसरी नै न विज्ञानमा चर्या गर्दछ, न विज्ञाननिमित्तमा चर्या गर्दछ, न विज्ञाननै निमित्त हो भनि चर्या गर्दछ, न विज्ञानको उत्पादमा चर्या गर्दछ, न विज्ञानको निरोधमा चर्या गर्दछ, न विज्ञानको विनाशमा चर्या गर्दछ, न विज्ञान शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।
सचेत्पुर्ननास्यैवं भवति– य एवं चरति, स प्रज्ञापारमितायां चरति, स प्रज्ञापारमितां भवयतीति ।
जसले फेरि यसरी (माथी वर्णन गरिएको जस्तोगरी) चर्या गर्दैन, त्यसले प्रज्ञापारमिताको चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ ।
एवं चरन् बोधिसत्त्वो महासत्त्वश्चरति प्रज्ञापारमितायाम् ।
यसरी बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ ।
स हि चंरश्चरामीति नोपैति, चरामीति नोपैति, चरामि च न चरामि चेति नोपैति, नैव चरामि न न चरामीति नोपैति, चरिष्यामीति नोपैति, न चरिष्यामीति नोपैति, चरिष्यामि च न चरिष्यामि चेति नोपैति, नैव चरिष्यामि न चरिष्यामीति नोपैति ।
उसले यसरी चर्या गरेको भएतापनि म चर्या गर्दैछु भन्ने भाव गर्दैन (न उपैति), चर्या गरेको छैन भन्ने भाव पनि गर्दैन, न चर्या गर्दैछु न चर्या गरेको छैन भन्ने पनि भाव गर्दैन, चर्या गरेको पनि छैन नगरेको पनि छैन भन्ने पनि भाव गर्दैन, न चर्या गर्नुछ न चर्या गर्नु छैन भन्ने भाव पनि गर्दैन ।
तत्कस्य हेतोर्नोपैति ?
यसको के हेतु कारणले भाव नगरेको हो ?
सर्वधर्मा ह्यनुपगता अनुपात्ता: ।
सर्वधर्मा (सम्पूर्ण वस्तु) अनुपगत?? अनुपात्ता?? भएकोले ।
अयमुच्यते सर्वधर्मानुपादानो नाम समाधिर्बोधिसत्त्वस्य महासत्त्वस्य, विपुल: पुरस्कृतोऽप्रमाण– नियतोऽसाधारण: सर्वश्रावकप्रत्येकबुद्धै: ।
यसो भनिन्छ, सर्वधर्मानुपादान नाम गरेको समाधि बोधिसत्व-महासत्वलाई प्राप्त हुन्छ, जुन (समाधि) विपुल छ, असाधारण छ र सवै श्रावक (तथा) प्रत्येकबुद्धलाई (प्राप्तहुने) निश्चित छ ।”
अनेनैन समाधिना विहरन् बोधिसत्त्वो महासत्त्व: क्षिप्रमनुत्तरां सम्यक्संबोधिमभिसंबुध्यते ।
त्यसै समाधिमा विहार गरी बोधिसत्त्व-महासत्त्व छिट्टै अनुत्तर सम्यक्संबोधिमा अभिसंबुद्ध हुन्छ ।
बुद्धानुभावेन आयुष्मान सुभूति: स्थविर एवमाह– व्याकृतोऽयं भगवन् बोधिसत्त्वो महासत्त्व: पूर्वकैस्तथागतैरर्हद्भि: सम्यकसंबुद्धैरनुत्तरायां सम्यक्संबोधौ, योऽनेन समाधिना विहरति । १०४
बुद्धको आनुभाव(प्रेरणा)ले आयुष्मान सुभूति स्थवीरले यसो भन्नुभयो, “हे भगवान, बोधिसत्व-महासत्वलाई कुन समाधिमा चर्यागर्दा अनुत्तर सम्यकसम्बोधि लाभहोस भनि पहिलेका तथागत अर्हत् र सम्यकसम्बुद्धवाट व्याकृत गरिएको हो ?”
स तमपि समाधिं न समनुपश्यति, न च तेन समाधिना मन्यते– अहं समाहित:, अहं समाधिं समापत्स्ये, अहं समाधिं समापद्ये, अहं समाधिसमापन्न:, इति, एकं तस्य सर्वेण सर्वं सर्वथा सर्वं न संविद्यते ।
त्यसले यस समाधिलाई पनि देख्दैन, न त्यसले (त्यस)समाधिवारे मनमा राख्दछ- म समाहित भएको छु, म समापत्स्य भएको छु, म समाधिमा समापद्य भएको छु, म समाधिसम्पन्न भएको छु; यस्तै उसले एउटामात्र, ‘सर्वकिसिमले सर्वसर्वथा सम्पूर्णवस्तु छैन’ भन्ने कुराको भाव राख्दछ ।
एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्– कतमेनायुष्मन् सुभूते समाधिना विहरन् बोधिसत्त्वो महासत्त्वतथागतैरर्हद्भि: सम्यक्संबुद्धैरर्व्याक्रियतेऽनुत्तरायां सम्यकसंबोधौ ? १०५
यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “कसरी, हे सुभूति, कस्तो समाधिमा बसेको बोधिसत्व महासत्वलाई तथागत् अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यक सम्बोधि पाउने छ भनि व्याकृत गरिएको छ ?
शक्य: स समाधिर्दर्शयितुम् ?
के त्यो समाधि देखाउन सक्नुहुन्छ ?”
सुभूतिराह–नो हीदमायुष्मन् शारिपुत्र ।
सुभूतिले भने, “सकिंदैन हे आयुष्मान शारिपुत्र ।”
तत्कस्य हेतो: ?
त्यसको के हेतु होला ?
तमपि हि स कुलपुत्र: समाधिं न जानाति, न संजानीते, इत्यायुष्मन् शारिपुत्र वदामि ।
त्यस कुलपुत्रले समाधिलाई न जान्न (ज्ञात गर्न, थाहा पाउन) सक्दछ, न याद राखनै (संझन) सक्दछ, हे आयुष्मान शारीपुत्र म तिमिलाई भन्दछु ।
तत्कस्य हेतोर्न जानाति न संजानीते ?
त्यसरी न जान्न सकिने न जानिएको हुन सकिने के हेतु होला त ?
अविद्यमानत्वेन तस्य समाधेस्तं समाधिं न जानाति न संजानीते ।
अविद्यामान वस्तु भएकोले त्यसकोलागि प्रयास (समाधेय) गरे पनि त्यसलाई न जान्न सकिन्छ न राम्ररी बुझन सकिन्छ (संजानीते) ।
अथ खलु भगवान् आयुष्मते सुभूतये साधुकारमदात्– साधु साधु सुभूते ।
त्यसपश्चात् भगवानले आयुष्मान सुभूतिलाई साधुवाद दिनुभयो, “साधुसाधु, हे सुभूति ।,
एवमेतत्सुभूते, एवमेतत् ।
त्यो त्यसै हो, हे सुभुति, त्यो त्यसै हो ।,
यथापि नाम तथागतानुभावेन ते प्रतिभाति, तथागताधिष्ठानेनोपदिशसि ।
तथागतको आनुभावले तिमिलाई जेजति प्रकाश(प्रतिभास) भएको हो, त्यो तथागतको अधिष्ठानवाटै उपदेशित भएको जस्तै हो ।”
एवं चात्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यम् ।
यसरी नै यहाँ बोधिसत्व-महासत्वले शिक्षित होउन् ।
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो त ?
एवं हि शिक्षणमानो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ।
यसरी नै बोधिसत्व-महासत्वले शिक्षा प्राप्तगरी प्रज्ञापारमितामा शिक्षित हुन्छन् ।
अथ खल्वायुष्मान् शारिपुत्रो भगवन्तमेतदवोचत्– एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ? १०९
तत्पश्चात्, आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, ” हे भगवान, यसप्रकार शिक्षा दिईएका (सिकाईएका), बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित हुन्छन् ?”
एवमुक्ते भगवानायुष्मन्तं शारिपुत्रमेतदवोचत– एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायां शिक्षते ?
यसो भनेपछी भगवानले आयुष्मान शारिपुत्रलाई यसो बन्नुभयो, “यसरी शिक्षा दिईएका (पाएका) बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित (सिकेका) हुन्छन् ।”
एवमुक्ते आयुष्मान् शारिपुत्रो भगवन्तमेतदवोचत्– एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: कतमस्मिन् धर्मे शिक्षते ?
यसो भनेपछी आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “यसप्रकार शिक्षा पाएका, हे भगवान, बोधिसत्व महासत्व कस्तो धर्ममा शिक्षित भएका हुन्छन् ?”
एवमुक्ते भगवानायुष्मान्तं शारिपुत्रमेतदवोचत– एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न कस्मिंश्चिद्धर्मे शिक्षते ?
यो भनिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “यसरी शिक्षित भएका, हे शारिपुत्र, बोधिसत्व महासत्वले कुनै पनि धर्ममा शिक्षित हुदैनन् ।”
तत्कस्य हेतो: ?
के हेतुले होला त ?
नहि ते शारिपुत्र धर्मास्तथा संविद्यन्ते यथा बालपृथग्जना अश्रुतवन्तोऽभिनिविष्टा: ।
उसको, हे शारिपुत्र, कुनै पनि धर्म बाकि रहदैन (न संबिद्यन्ते), (जुन धर्मलाई) जसरी बालपृथक्जनले लिएका (बुझेका) हुन्छन् ।”
आयुष्मान शारिपुत्र आह– कथं तर्हि ते भगवन् संविद्यन्ते ?
आयुष्मान शारिपुत्रले भने, “कसरी त्यस्तो, हे भगवान, भएको (नभएको पनि) हुन्छ ?”
भगवानाह– यथा शारिपुत्र न संविद्यन्ते, तथा संविद्यन्ते एवमविद्यमाना: ।
भगवानले भन्नुभयो, “जसरी, हे शारिपुत्र, (तिम्रो) अस्तित्व छैन (न संविद्यन्ते) त्यसरी नै अविद्यमान (अस्तित्व नभएको वस्तु विद्यमान भएको जस् देखिन्छ) ।
तेनोच्यन्ते अविद्येति ।
त्यसैलाई नै अविद्या भनिन्छ ।
तान् बालपृथग्जना अश्रुतवन्तोऽभिनिविष्टा: ।
त्यस्तोलाई राम्ररी थाहा नपाएका (अश्रुतवन्तो), बाल (अज्ञानी) र पृथक्जन (छाडा, अनुशासनमा नरहेका)ले (छ भन्ने गर्दछन्) ।
तैरसंविद्यमाना: सर्वधर्मा: कल्पिता: ।
त्यसरी अस्तित्व नरहेको सर्वधर्मा (सम्पूर्ण वस्तुहरु) कल्पित गरिएका हुन् ।
ते तान् कल्पयित्वा द्वयोरन्तयो: सक्ता: तान् धर्मान्न जानन्ति न पश्यन्ति ।
तीनिहरुले त्यसरी कल्पना गरि दुई टुप्पाहरू (आदि अन्त्य छन् भन्ने धारणा राखि) आशक्त भई बस्दछन्, त्यस्तो (धारणा राखी आशक्त भई बसेको कारण)वाट तीनिहरूले धर्म(वस्तुको स्वभाव) न जान्न सक्दछ न देखन सक्दछ ।
तस्मात्तेऽसंविद्यमानान् सर्वधर्मान् कल्पयन्ति ।
त्यसैले त्यस्ता असंविद्यमान भएका सम्पूर्ण धर्महरु कल्पित (कल्पना गरि बनाईएका) हुन् ।
कल्पयित्वा द्वावन्तावभिनिविशन्ते ।
कल्पना गरेर शुरू अन्त्यको टुप्पाहरू अभिनिविष्ट (निर्माणगरी) त्यसैमा टाँसिएर बस्दछन् ।
अभिनिविश्य तन्निदानमुपलम्भं निश्रित्य अतीतान् धर्मान् कल्पयन्ति, अनागतान् धर्मान् कल्पयन्ति,
प्रत्युत्पन्नान् धर्मान् कल्पयन्ति ।
अभिनिवेश गरेर त्यसको निदानलाइ प्राप्त (उपलम्भं निश्रित्य) गरी अतीतका धर्मपनि कल्पना गर्दछन, भविष्यमा आउने धर्म पनि कल्पना गर्दछन, र वर्तमानको धर्म पनि कल्पना गर्दछन् ।
ते कल्पयित्वा नामरूपेऽभिनिविष्टा: ।
त्यसरी कल्पनागरेको नामरुपमा अभिनिविष्ट (आसक्त) भइ बस्दछन् ।
तैरसंविद्यमाना: सर्वधर्मा: कल्पिता: ।
ती अविद्यमान भएका सवैधर्महरु कल्पित हुन् ।
ते तानसंविद्यमानान् सर्वधर्मान् कल्पयन्तो यताभूतं मार्गं न जानन्ति न पश्यन्ति ।
त्यस्ता अविद्यमान भएका सम्पूर्णवस्तु (सर्वधर्मा) कल्पना गरिबसेको हुँदा यथाभूत(जे जस्तो छ त्यस्तै)मार्ग जान्दैनन्, देख्दैनन् ।
यथाभूतं मार्गमजानन्तोऽपश्यन्तो न निर्यान्ति त्रैधातुकात्, न बुद्यन्ते भूतकोटिम् ।
यथाभूतमार्ग नजानेका नदेखेकाहरु त्रिधातुकवाट निर्यान्त(पार) हुदैनन्, भूटकोटिलाई बुझ्दैनन् ।
तेन ते बाला इति संज्ञां गच्छन्ति ।
त्यसकारण तिनिहरू बालजनले गर्ने जस्तो संज्ञा (भावना, व्यवहार) गर्ने गर्दछन् ।
ते सत्यं धर्मं न श्रद्धधति ।
तिनिहरुको सत्य धर्ममा श्रद्धा गर्दैनन् ।
न खलु पुन: शारिपुत्र बोधिसत्त्वा महासत्त्वा कंश्चिद्धर्ममभिनिविशन्ते ।।
न त फेरि, हे शारिपुत्र, बोधिसत्त्व महासत्त्वहरु कुनै धर्म(वस्तु)मा अभिनिविष्ट(टाँसिएर बसेका) हुन्छन् ।
एवमुक्ते आयुष्मन शारिपुत्रो भगवन्तमेतदवोचत्- एवं शिक्षमाणो भगवन् बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायां शिक्षते ?११०
यसरी भनिपछि आयुष्मान शारिपुत्रले भगवानलाई यसो भन्नुभयो, “यसरी शिक्षालिएका, हे भगवान, बोधिसत्व महासत्व के सर्वज्ञतामा शिक्षित(बुझेका) हुन्छन ?
भगवानाह- एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायामपि न शिक्षते ।
भगवानले भन्नुभयो, “यसप्रकार शिक्षमाण भएका”, हे शारिपुत्र, “बोधिसत्व महासत्व सर्वज्ञतामा पनि शिक्षित हुदैनन् ।
एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वधर्मेषु शिक्षते ।
यसरी शिक्षमाण भएका, “हे शारिपुत्र, बोधिसत्व महासत्व सर्वधर्ममा शिक्षित हुन्छन् ।
एवं शिक्षमाण: शारिपुत्र बोधिसत्त्वो महासत्त्व: सर्वज्ञतायां शिक्षते, सर्वज्ञताया आसन्नीभवति, सर्वज्ञतायां निर्यास्यति ।
यसरी शिक्षमाणभएका, हे शारिपुत्र, बोधिसत्व-महासत्व सर्वज्ञतामा शिक्षित हुन्छ, सर्वज्ञतामा नगीच भएर बस्दछ, सर्वज्ञतावाट पनि अगाडी जान्छ (निर्यास्यति) ।
अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यो भगवन् एवं परिपृच्छेत्- किमयं मायापुरुष: सर्वज्ञतायां शिक्षिष्यते, सर्वज्ञताया आसन्नीभवति, सर्वज्ञतायां निर्यास्यतीति ?११६
तत्पश्चात आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “यो, हे भगवान, यसरी सोधनि(प्रश्न)गरे- यस्ता मायापुरुष सर्वज्ञतामा शिक्षित हुन्छन् ? सर्वज्ञताको नगीच भएर बस्दछन् ? सर्वज्ञतालाई नाघेर अघि जान्छन् ?
तस्य भगवन् एवं परिपृच्छत: कथं निर्देष्टव्यं स्यात् ?
त्यस(प्रश्नकर्ता)को यसरी सोधिएको प्रश्नलाई, हे भगवान, के निर्देश गर्नुपर्ने हो ?”
एवमुक्ते भगवनायुष्मन्तं सुभूतिमेतदवोचत्- तेन हि सुभूते त्वामेवात्र प्रतिप्रक्षामि ।
यसरी भनिएपछि भगवानले आयुष्मन्त सुभूतिलाई भन्नुभयो, “त्यसैले नै, हे सुभूति, म तिमिसंगै प्रतिप्रश्न गर्छु ।
यथा ते क्षमते, तथा व्याकुर्या: ।
जस्तो तिम्रो क्षमता छ, त्यसरी व्याकरण(व्याख्या) गर” ।
साधु भगवन्नित्यायुष्मान् सुभूतिर्भगवत: प्रत्यश्रौषित् ।
“हे भगवान (हरूरलाई) नित्य साधुवाद छ”, आयुष्मान शारिपुत्रले भने, “सोध्नुहोस् (प्रत्यश्रौषीत्) ।”
भगवानेतदवोचत्- तत्किं मन्यसे सुभूते अन्या सा माया, अन्यत्तद्रूपम्, अन्या सा माया, अन्या सा वेदना ।
भगवानले यसो भन्नुभयो, “त के, हे सुभूति, “त्यो माया(मायाजाल) वेग्लै हो, त्यसको रुप वेग्लै हो ? माया वेग्लै हो, वेदना वेग्लै हो ?
अन्या सा संज्ञा, अन्य ते संस्कारा: ।
संज्ञा वेग्लै हो, संस्कार वेग्लै हो ?
अन्या सा माया, अन्यत्तद्विज्ञानम् ?
माया वेग्लै हो अविद्या वेग्लै हो ?”
सुभूतिराह- न ह्येतदभगवन् ।
सुभूतिले भने, “त्यसो होइन, हे भगवान, ।
न हि भगवन् अन्या सा माया अन्यत्तद्रूपम् ।
न त, हे भगवान, माया वेग्लै हो, (न) त्यसको रुप वेग्लै हो ।
रूपमेव भगवन् माया, मायैव रूपम् ।
रूप नै माया हो, हे भगवान, माया नै रूप हो ।
न हि भगवन् अन्या सा माया अन्या सा वेदना, अन्या सा संज्ञा अन्ये ते संस्कारा: ।
न माया वेग्लै हो, (न) वेदना वेग्लै हो, (न) संज्ञा वेग्लै हो, (न) संस्कार वेग्लै हो ।
वेदना संज्ञा संस्कारा एव भगवन् माया, मायैव वेदनासंज्ञासंस्कारा: ।
वेदना, संज्ञा संस्कार, हे भगवान, माया जस्तै हो; मायावाटै वेदना संज्ञा संस्कार (उत्पन्न हुने हो) ।
न भगवन् अन्या सा माया अन्यत्तद्विज्ञानम ।
हे भगवान, न माया वेग्लै हो (न) त्यसको विज्ञान वेग्लै हो ।
विज्ञानमेव भगवन् माया, मायैव विज्ञानम् ।।
विज्ञानवाटै माया हुन्छ र मायावाटै विज्ञान हुन्छ ।
भगवानाह- तत्किं मन्यसे अत्रैषा संज्ञा समज्ञा प्रज्ञप्तिर्व्यवहार: पञ्चसूपादानस्कन्धेषु यदुत बोधिसत्त्व इति ?११८
भगवानले भन्नुभयो, “त्यसो भए के भन्छै, पाचओटा उपादानस्कन्धहरुको संज्ञा, समज्ञा, प्रज्ञप्ति, र व्यवहार भएर बोधिसत्व भनिएको हो कि ?”
एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- एवमेतद्भगवन् एवमेतत्सुगत ।
यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “यसै हो, हे भगवान, यसै हो, हे सुगत ।
तेन हि भगवन् बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां शिक्षमाणेन मायापुरूषेणेव शिक्षितव्यं भवत्यनुत्तरायां सम्यक्संबोधौ ।
त्यसवाट नै, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापामिताको शिक्षमाणगरी, मायापुरुषजस्तै शिक्षित भई, अनुत्तर सम्यससम्बोधि प्राप्त गर्दछन् ।
तत्कस्य हेतो: ?
त्यसको के हेतु हो त ?
स एव हि भगवन् मायापुरूषो धारयितव्यो यदुत पञ्चोपादानस्कन्धा: ।
त्यसले त्यसरी नै, हे भगवान, मायापुरुषले (जस्तै) पञ्चउपादानस्कन्ध धारण गरेको हुन्छ ।
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो त ?
तथा हि भगवन् मायोपमं रूपमुक्तं भगवता ।
त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित रूपवाट) मुक्त (रहेको हुन्छ) ।
यच्च रूपं तत्षडिन्द्रियं ते पञ्च स्कन्धा: ।
जुन रूपलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो ।
तथा हि भगवन् मायोपमा वेदनासंस्कारा उक्ता: ।
त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) वेदना, संस्कारहरुवाट मुक्त (रहेको हुन्छ भनि हजूरले) भन्नभएको छ ।
तथा हि भगवन् मायोपमं विज्ञानमुक्तं भगवता ।
त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) विज्ञानवाट मुक्त (रहेको हुन्छ भनि) भगवानवाट भनिएको छ ।
यच्च विज्ञानं तत्षडिन्द्रियं ते पञ्च स्कन्धा: ।
जुन विज्ञानलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो ।
मा भगवन् नवयानसंप्रतिस्थिता बोधिसत्त्वा महासत्त्वा इमं निर्देशं श्रुत्वा उत्र्त्रसिषु: संत्रसिषु:, संत्रासमापत्स्यन्ते ।
(महा)यानमा संप्रस्थित भएका नयाँ बोधिसत्व महासत्व यी निर्देशहरु सुनेर उत्र्त्रसित नहुने, संत्रसित नहुने संत्रासमा नपर्ने हुन्छ?
भगवानाह- यदि सुभूते नवयानसंप्रस्थिता बोधिसत्त्वा महासत्त्वा: महासत्त्वा: पापमित्रहस्तगता भविष्यन्ति, उत्रसिष्यन्ति संत्रसिष्यन्ति संत्रासमापत्स्यन्ते ।
भगवानले भन्नुभयो, “यदि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व महासत्व पापमित्रका संगमा परेमा भने उत्र्त्रसिन्छ, संत्रसित हुन्छ, संत्रासमा पर्दछ ।
अथ चेत्सुभूते नवयानसंप्रस्थिता बोधिसत्त्वा महासत्त्वा: कल्याणमित्रहस्तगता भविष्यन्ति, नोत्र्त्रसिस्यन्ति न संत्रसिस्यन्ति न संत्रासमापत्स्यन्ते ।
फेरि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व महासत्व कल्याणमित्रको संगमा परेमा न उत्र्त्रसित हुन्छ, न संत्रसित हुन्छ, न संत्रासमै पर्दछ ।
एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- कानि पुनर्भगवन् बोधिसत्त्वस्य महासत्त्वस्य कल्याणमित्राणि वेदितव्यानि ?१२२
यस्तो आज्ञा भएपछि आयुष्मान सुभूतिले यसो भन्नुभयो, “कसरी फेरि, हे भगवान, बोधिसत्व महासत्वले कल्याणमित्र हो भनि थाहा पाउने हो ?”
भगवानाह- य एनं पारमितासु अववदन्ति अनुशासयति ।
भगवानले भन्नुभयो, “जसले यसप्रकारले पारमिताको बारेमा बताउँछ, अनुशासित गर्दछ ।
येऽस्मै मारकर्माण्युपदिशन्ति ।
जसले मारकर्मको वारेमा उपदेश दिन्छ ।
एवं मारदोषा बोद्धव्या:- इमे मारदोष: ।
साथै, मारदोषको वारेमा बताउँछ- मारदोष यस्तो हुन्छ ।
एवं मारकर्माणि बोद्धव्यानि- इमानि मारकर्माणि ।
साञै, मारकर्म वारेमा पनि बताउँछ, – यीनीहरु मारकर्म हुन् ।
तानि त्वया बुद्ध्वा विवर्जयितव्यानीति ।
त्यसरी ती कुराहरू बुझी (त्यसलाई) त्याग्न लगाउँछ ।
इमानि सुभूते बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य कल्याणमित्राणि वेदितव्यानि ।
यस्तालाई, हे सुभूते, महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।
एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यद्भगवानेवमाह- इमानि सुभूते बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य कल्याणमित्राणि वेदितव्यानीति ।
यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “जुन भगवानले पनि भन्नुभएको हो, ‘यी, हे सुभूति महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।
यच्च बोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते, तत्र बोधिसत्त्व इति भगवन् क: पदार्थ: ?
जसलाई बोधिसत्व महासत्व भनि भगवानले भन्नुहुन्छ त्यस बोधिसत्व भनिएको पदको अर्थ हो ?
एवमुक्ते भगवनायुष्मन्तं सुभूतिमेतदवोचत्- अपदार्थ: सुभूते बोधिसत्त्वपदार्थ: ।
यसरी भनिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई यस्तो भन्नुभयो, “अपदार्थ हो, हे सुभूति, वोधिसत्व पदार्थ ।
तत्कस्य हेतो: ?
यसको के हेतु हो त ?
सर्वधर्माणां हि सुभूते बोधिसत्त्वो महासत्त्वोऽसक्ततायां शिक्षते ।
सवैधर्ममा पनि, हे सुभूति, बोधिसत्व महासत्व असक्ततामा शिक्षित भएको हुन्छ (कुनै इनि वस्तुमा आशक्ति राख्दैन) ।
सर्वधर्माणां हि सुभूते बोधिसत्त्वो महासत्त्वोऽनुबोधनार्थेन असक्ततायामनुत्तरां सम्यक्संबोधिमभिसम्बुध्यते ।
सर्वधर्म(वस्तु)को अनुबोधन(कार्य गर्दा कुनैपनि वस्तु)मा आशक्ति नराखी, हे सुभूति, वोधिसत्व महासत्वले अनुत्तर सम्यकसंवोधि अभिसंवोधि (प्राप्त) गर्दछ ।
बोध्यर्थेन तु सुभूते बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।
बोधि(बुझेको) कारणले नै, हे सुभूति, बोधिसत्व महासत्व भनिएका हुन् ।
सुभूतिराह- यत्पुर्भगवानेवाह- बोधिसत्त्वो महासत्त्व इति, केन कारणेन भगवन् बोधिसत्त्वो महासत्त्व इत्युच्यते ?
सुभूतिले भन्नुभयो, “भगवानले फेरि बोधिसत्त्व महासत्त्वभनि जो आज्ञा गर्नुभएको छ, त्यो के कारणले बोधिसत्व महासत्व भनि भनिएको हो ?”
भगवानाह- महत: सत्त्वराशेर्महत: सत्त्वनिकायस्य अग्रतां कारयिष्यति, तेनार्थेन बोधिसत्त्वो इत्युच्यते ।। भगवानले भन्नुभयो, “सत्त्वनिकाय(प्राणीका समूह)मध्ये धेरैठूलोमात्रामा सत्त्वताभएको कार्य(चर्या)गरि अग्र(स्थानमा) रहेको अर्थमा बोधिसत्त्व भनि भनिएको हो ।“
अथ खलु आयुष्मान शारिपुत्रो भगवन्तमेतदवोचत्- ममापि भगवन् प्रतिभाति- येनार्थेन बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।१३३
तत्पश्चात आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि प्रतिभास भएको छ, यसै अर्थले बोधसत्त्व महासत्त्व भनिएको हो ।”
भगवानाह- प्रतिभातु ते शारिपुत्र-यस्येदानीं कालं मन्यसे ।
भगवानले भन्नुभयो, “तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”
आयुष्मान शारिपुत्र आह- महत्या आत्मदृष्ट्या: सत्त्वदृष्ट्या: जीवदृष्ट्या: पुद्गलदृष्ट्या: भवदृष्ट्या: विभवदृष्ट्या: उच्छेददृष्ट्या: शाश्वतदृष्ट्या: स्वकायदृष्ट्या: एतासामेवमाद्यानां दृष्टीनां प्रहाणाय धर्मं देशयिष्यतीति, तेनार्थेन बोधिसत्त्वोमहासत्त्व इत्युच्यते ।
आयुष्मान शारिपुत्रले भन्नुभयो, “महति आत्मदृष्टी, सत्त्वदृष्टी, जीवदृष्टी, पुद्गलदृष्टी, भवदृष्टी, विभवदृष्टी, उच्छेददृष्टी, शाश्वतदृष्टी, स्वकायदृष्टी र यस्यै अन्य दृष्टीहरुलाई प्रहाणगर्न धर्मदेशना गर्नुहुन्छ; त्यसैले बोधिसत्व महासत्व भनिएको हो ।”
अथ खल्वायुष्मान् सुभुतिर्भगवन्तमेतदवोचत्- ममापि भगवन् प्रतिभाति येनार्थेन बोधिसत्त्वो महासत्त्व इत्युच्यते ।
तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मलाई पनि प्रतिभास भएको छ, हे भगवान, यसैकारणले बोधिसत्व महासत्व भनिएको हो ।”
भगवानाह- प्रतिभातु ते सुभूते यस्येदानीं कालं मन्यसे ।
भगवानले भन्नुयो, “तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”
सुभूतिराह- बोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते ।
सुभूतिले भन्नुभयो, “हे भगवान, बोधिसत्व महासत्व यसरी भनिन्दैन ।,
यदपि तद्भगवन् बोधिचित्तं सर्वज्ञताचित्तमनास्रवं चित्तमसमं चित्तं असमसमं चित्तमसाधारणं सर्वश्रावकप्रत्येकबुद्धै:, तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।
यसो भएतापछि त्यो, हे भगवान, बोधिचित्त सर्वज्ञताचित्त, अनास्रवचित्त, असमंचित्त, असमसमंचित्त(का कुराहरु) सवै श्रावक र प्रत्येकबुद्धहरुलाई असाधारण हुन्छ(वुझन सक्दैनन्), (बोधिसत्व महासत्त्वहरू त्यस्ता विषयमा) पनि चित्तमा असक्त धारण गरेका हुन्छन् (आसक्त हुदैनन्) ।
तत्कस्य हेतो: ?
त्यसको के हेतु होला ?
तथा हि तत्सर्वज्ञताचित्तमनास्रवमपर्यापन्नं तत्, यदपि तत्सर्वज्ञताचित्तमनास्रवमपर्यापन्नम् ।
जसरी सर्वज्ञताचित्त अनास्रव हुन्छ अपर्यापन्न हुन्छ, त्यसरी नै त्यहाँ (बोधिसत्व महासत्त्व) सर्वज्ञताचित्त भई अनास्रव हुन्छ र अपर्यापन्न रहन्छ ।
तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।
त्यहाँ पमि चित्त असक्त र अपर्यापन्न हुन्छ ।
तेनार्थेन बोधिसत्त्वो महासत्त्व इति संख्यां गच्छति ।।
त्यसकारणले बोधिसत्व महासत्वलाई यस्तो ‘नाम’ दिईएको हो ।”
अथ खल्वायुष्मान शारिपुत्र आयुष्मंन्तं सुभूतिमेतदवोचत्- केन कारणेन आयुष्मन् सुभूते तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।136
तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भन्नुभयो, “के कारणले, हे सुभूति, त्यहाँ (बोधिसत्व महासत्वको) चित्त पनि असक्त र अपर्यापन्न भएको हुन्छ ?”
सुभुतिराह- अचित्तत्वादायुष्मन् शारिपुत्र तत्रापि चित्ते असक्तोऽपर्यापन्न: ।
सुभूतिले भन्नुभयो, “अचित्ततावाट, हे सुभुति, त्यहाँ(बोधिसत्व महासत्वको) चित्त असक्त र अपर्यापन्न हुने गर्दछ ।”
शारिपुत्र आह- किं पुनरायुष्मन् सुभूते अस्ति तत्चित्तं यच्चित्तमचित्तम् ?
शारिपुत्रले भने, “फेरि के, हे आयुष्मान सुभूति, जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ र ?”
सुभूतिराह- किं पुनरायुष्मन् शारिपुत्र तत्र अचित्ततायामस्तिता वा नास्तिता वा विद्यते वा उपलभ्यते वा ?
सुभूतिले भने, “के फेरि, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा छ वा छैन वा रहेकोछ (विद्यते) वा उपलभ्यते भन्ने हुन्छ र ?”
शारिपुत्र आह- नो हीयदमायुष्मन् सुभूते ।
शारिपुत्रले भने, “रहँदैन, हे आयुष्मान सुभूति” ।
सुभूतिराह- तद्यपि आयुष्मन् शारिपुत्र तत्र अचित्ततायामस्तिता वा नास्तिता वा विद्यते वा नोपलभ्यते वा, तत्कथयमायुष्मान् शारिपुत्र एवमाह- अस्ति तच्चित्तं यच्चित्तमचित्तमिति ?
सुभूतिले भने, “त्यो यदि, हे आयुष्मान शारिपुत्र’ त्यहाँ अचित्तता हुन्छ वा हुँदैन वा विद्यते वा नउपलभ्यते भए, कसरी, हे आयुष्मान शारिपुत्र, यो भनिएको हो,- ‘जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ’ ?”
शारिपुत्र आह- साधु साधु आयुष्मान् सुभूते ।
शारिपुत्रले भने, “साधु, साधु, हे आयुष्मान सुभूति ।
यथापि नाम त्वं भगवता अरणाविहारिणामग्रतायां निर्दिष्टो निर्दिशसि ।
यस्त भएर नै तपाईलाई भगवानले अरणाविहारिणाम्-अग्र भनि निर्देशित भएको रहेछ ।”
अथ खल्वायुष्मन् पूर्णो मैत्रायणीपुत्रो भगवन्तमेतवोचत्- महासत्त्वो महासत्त्व इति यदिदं भगवन्नुच्यते, महासंनाहसंनद्ध: स सत्त्व: ।१३९
तत्पश्चात मैत्रायणीपुत्र पूर्णले भगवानसंग यसो भने, “महासत्त्व, महासत्त्व भनि भगवानले जसलाई भन्नुभएको हो वहाँ महासंनाहसंनद्ध भएको सत्त्व हुनुपर्दछ ।
महायानसंप्रस्थितो महायानसमारूढश्च स सत्त्व: ।
महायानमा संप्रस्थित, महायानमा राम्ररी आरुढभएको सत्त्व हुनु पर्दछ ।
तस्मात्स महासत्त्वो महासत्त्व इति संख्यां गच्छति ।।
त्यसैले त्यसलाई महासत्व महासत्व भनि (अनेक पटक) भनिएको होला ।”
अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- महासंनाहसंनद्धो महायानसंनद्ध इति यदिदं भगवन्नुच्यते, कियता भगवन् बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्धो भवति ?१४३
तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “महासंनाहसंनद्ध महासंनाससंनद्ध भनि जुन भगवानले भन्नुहुन्छ, के गर्दा, हे भगवान, बोधिसत्व महासत्व महासंनाहसंनद्ध भएको हुन्छ ?”
भगवानाह- इह सुभूते बोधिसत्त्वस्य महासत्त्वस्यैवं भवति- अप्रमेया मया सत्वा: परिनिर्वापयितव्या इति ।
भगवानले भन्नुभो, “यो, हे सुभूति, बोधिसत्व महासत्व यसरी हुन्छ,- (उसले संकल्प लिएको हुन्छ) अप्रमेय सत्त्वलाई मैले निर्वाणमा लैजाने छु ।
असंख्येया मया सत्त्वा: परिनिर्वापयितव्या इति ।
असंख्य (सत्वहरुलाई) मैले परिनिर्वाणमा लैजाने छु ।
न च ते सन्ति यैर्ये परिनिर्वापयितव्या इति ।
तर, जसले ती सत्त्वहरूलाई परिनिर्वाणमा लैजाने हो त्यस बोधिसत्त्व-महासत्त्व नै छैनन् । (अर्थात् को कसले (कसलाई) निर्वाणमा लैजाने हो ?)
स तांस्तावत: सत्त्वान् परिनिर्वापयति ।
उसले ती तावत् सत्वहरुलाई परिनिर्वाणमा लैजान्छ ।
न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति ।
ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् ।
तत्कस्य हेतो: ?
त्यस्को के हेतु होला ?
धर्मैतैषा सुभूते धर्माणां मायाधर्मतामुपादाय स्यात् ।
जसरी धर्महरु(रूपादि पञ्चस्कन्धहरू) धर्मतास्वभाव (नि:स्वभावको)को छ, माया(जाल, संसार प्रपञ्च पनि) धर्मता(शून्यता)वाटै उपादित (उत्पन्न, निर्मित) भएको हो ।
तथापि नाम सुभूते दक्षो मायाकारो वा मायाकारान्तेवासी वा चतुर्महापथे महान्तं जनकायमभिनिर्मिमीते ।
तथापि, हे सुभूति, (त्यस मायाजाल, संसार प्रपञ्चलाई) दक्षमायाकार वा मायाकारअन्तेवासी वा चतुर्महापथका महान्तजनकायवाट अभिनिर्मित गर्दछन् ।
अभिनिमार्य यस्यैव महतो जनकायस्यान्तर्धानं कुर्यात् ।
यसको अभिनिर्माण गरी धेरैसंख्यामा प्राणीजनको अन्तर्ध्यान (नाश, लय) पनि गर्दछ ।
तत्किं मन्यसे सुभूते अपि नु तत्र केनचित्कश्चिद्धतो वा मृतो वा नाशितो वा अन्तर्हितो वा ?
त्यसो गर्दा के भन्छौ, हे सुभूति, त्यहाँ कुनैकोहि मारिएको वा मरेको वा नाश भएको वा लुकाईएको (अन्तर्निहित गरिएको) छ त ?”
सुभूतिराह- नो हीदं भगवन् ।
सुभूतिले भन्नुभयो, “यस्तो केहि भएको छैन, भगवान ।”
भगवानाह- एवमेव सुभूते बोधिसत्त्वो महासत्त्वोऽप्रमेयानसंख्येयान् सत्त्वान् परिनिर्वापयतति ।
भगवानले भन्नुभयो, “यसरी नै हे सुभूति, बोधिसत्व महासत्व अप्रमेय असंख्य सत्वहरुलाइ परिनिर्वाणमा लग्दछन् ।
न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति ।
न त ती कुनै सत्व जो परिनिर्बृत्त भैसकेको हुन्छ, त्यसवाट परिनिर्वापित हुँदैन । ?
सचेद्बोधिसत्त्वो महासत्त्व इमं निर्देशमेवं निर्दिश्यमानं श्रुत्वा नोत्त्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, इयता अयं सुभूते बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्धो वेदितव्य: ।।
त्यो बोधिसत्व महासत्व जो यस्तो निर्देशवाट निर्देशितहुँदा सुन्दा तर्सिन्न, सन्त्रासमा पर्दैन त्यस्ता लाई म, हे सुभूति, महासंनाहसंनद्ध बोधिसत्व भन्दछु ।”
अथ खल्वायुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- यथाहं भगवन् भगवतो भाषितास्यार्थमाजानामि, तथा असंनाहसंनद्धो बतायं बोधिसत्त्वो महासत्तवो वेदितव्य: ।१४७
तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, हजूर(भगवान)वाट भाषित भएको कुराको अर्थ मैले विचारगर्दा (बतायं), बोधिसत्व महासत्वलाई (संनाहसंनद्ध होईन, बरू कुनैपनि शस्त्रास्त्र का सुरक्षाकवच समेत रहितभई महासंग्राममा गएको जस्तो भएकोले) असंनाहसंनद्ध भनिएको भनि बुझेकोछु ।“
भगवानाह- एवमेतत्सुभूते, एवमेतत् ।
भगवानले बन्नुभयो, “यस्तै हो, हे सुभूति, यस्तै होस् ।
असंनाहसंनद्धो बतायं, बोधिसत्त्वो महासत्त्वो वेदितव्य: ।
विचारगर्दा बोधिसत्व महासत्व असंनाहसंनद्ध हुन् भनि बुझोस् ।
तत्कस्य हेतो: ?
त्यस्तो किन होला ?
अकृता हि सुभूते सर्वज्ञता अविकृता अनभिसंस्कृता ।
हे सुभूति, सर्वज्ञता नै अकृता भएकोले, अविकृत भएकोले, अनभिसंस्कृता भएकोले ।
तेऽपि सत्त्वा अकृता अविकृता अनभिसंस्कृता:, येषां सत्त्वानामर्थाय अयं संनाहसंनद्ध: ।।
ति (बोधिसत्त्व महासत्त्व) पनि अकृता अविकृता अनभिसंस्कृता भएकोले, त्यस्ता सत्त्वका नामराख्नको लागि म संनाहसंनद्ध भन्दछु ।
एवमुक्ते आयुष्मान् सुभूतिर्भगन्तमेतदवोचत्- एवमेतद्भगवन्, एवमेतत्सुगत ।१४९
यसरी भनिएपछि आयुष्मान सुभूतिले भगवान संग यसरी भन्नुभयो, “यसरी नै हो भगवान, यसरी नै हो सुगत ।
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो त ?
यथा हि भगवन् रूपमबद्धममुक्तम् ।
जसरी हे भगवान, रुप अबद्ध र अमुक्त छ ।
एवं वेदनासंज्ञासंस्कारा: ।
यसैगरी विज्ञान, वेदना, संज्ञा, संस्कारल पनि (अबद्ध र अमुक्त छन्) ।
तथा हि भगवन् विज्ञानमबद्धममुक्तम् ।
त्यसरी नै, हे भगवान, विज्ञान अवद्ध र अमुक्त छ ।
रूपतथतापि भगवन् अबद्ध अमुक्त छ।
रुप तथता पनि अबद्ध र अमुक्त हुन् ।
एवं वेदनातथतापि संज्ञातथतापि संस्कारतथतापि ।
यसरी नै वेदनातथता र संस्कारतथता पनि (अबद्ध र अमुक्त हुन्) ।
विज्ञानतथतापि भगवान् अबद्धा अमुक्ता ।
विज्ञानतथतापनि, हे भगवान, अबद्ध अमुक्त छन् ।
अथ खल्वायुष्मन् पूर्णो मैत्रायणीपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- रूपमायुष्मन् सुभूते अबद्धममुक्तमिति वदसि ।१५९
तत्पश्चात मैत्रायणीपुत्र पूर्णले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “हे, आयुष्मान सुभूति, रुपलाई अबद्ध अमुक्त भन्नुभयो ।
एवं वेदनासंज्ञासंस्कारा: ।
यसरी नै वेदना, संस्कारलाई पनि (अबद्ध अमुक्त भन्नुभयो) ।
विज्ञानमायुष्मन् सुभूते अबद्धममुक्तमिति वदसि ।
विज्ञानलाई, हे आयुष्मान सुभूति, अबद्ध अमुक्त भन्नुभयो ।
रूपतथतापि आयुष्मान् सुभूते अबद्धा अमुक्तेति वदसि ।
रुपतथता पनि हे आयुष्मान सुभुति, अबद्ध अमुक्त भन्नुभयो ।
अथ कतमत्तदायुष्मन् सुभूते रूपं यद्रूपमबद्धममुक्तमिति वदसि ?
फेरि कसरी, हे आयुष्मान सुभूति, कुनरूपलाई यद्रूप अबद्ध अमुक्त भन्नु भएको हो ?
एवं कतमा सा वेदना, कतमा सा संज्ञा, कतमे ते संस्कारा: ?
यसरी नै कस्तो वेदना, कस्तो संज्ञा, कस्तो संस्कारलाई अबद्ध अमुक्त भनि कसरी भन्नु भएको हो ।
कतमत्तदायुष्मन् सुभूते विज्ञानं यद्विज्ञानमबद्धममुक्तमिति वदसि ?
कसरी त्यस विज्ञान (?), हे आयुष्मान सुभूति, जुन विज्ञानलाई अबद्ध अमुक्त भन्नुहुन्छ ?
कतमा सा आयुष्मन् सुभूते रूपतथता य रूपतथताप्यबद्धा अमुक्तेति वदसि ?
कसरी, हे आयुष्मान सुभूति, रुपतथता (?) जुन रुपतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ ?
1
एवं कतमा सा वेदनातथता संज्ञातथता संस्कारतथता ?
यसैगरी कसरी ती वेदनातथता, संज्ञातथता, संस्कारतथता(का समूहहरूलाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ) ?
कतमा सा आयुष्मन् सुभूते विज्ञानतथता या विज्ञानतथताप्यबद्धा अमुक्तेति वदसि ?
कसरी, हे आयुष्मान सुभूति, त्यस विज्ञानतथता(..) जुन विज्ञानतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ ?”
एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं पूर्ण मैत्रायणीपुत्रमेतदवोचत्- यदायुष्मन् पूर्ण मायापुरूषस्य रूपं तदबद्धममुक्तम् ।
यसरी भनिएपछि आयुष्मान सुभूतिले मैत्रायणीपुत्र आयुष्मान पूर्णलाई यसो भन्नुभयो, “जस्तो, हे आयुष्मान पूर्ण, मायापुरुष(मायाजालमा देखिएको व्यक्ति)को जुन रुप हुन्छ त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।
एवं या मायापुरूषस्य वेदना, या मायापुरूषस्य संज्ञा , ये मायापुरुषस्य संस्कारा: ।
यसरी नै त्यस मायापुरुषको जुन वेदना हुन्छ, जुन संज्ञा हुन्छ, जुन संस्कारहरू हुन्छन् ती अबद्ध हुन्छ अमुक्त हुन्छ ।
यदायुष्मन् पूर्ण मायापुरूषस्य विज्ञानं तदबद्धममुक्तम् ।
जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञान हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।
या आयुष्मन् पूर्ण मायापुरूषस्य रूपतथता सा अबद्धा अमुक्ता ।
जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको रूपतथता (हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ) ।
एवं या मायापुरूषस्य वेदनातथता संज्ञातथता संस्कारतथता ।
यसरी नै (त्यस) मायापुरुषको जुन वेदनातथता हुन्छ, जुन संज्ञातथता हुन्छ, जुन संस्कारतथताहरू (हुन्छन् ती अबद्ध हुन्छ अमुक्त हुन्छ) ।
या आयुष्मन् पूर्ण मायापुरूषस्य विज्ञानतथता सा अबद्धा अमुक्ता ।
जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञानतथता हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ ।
तत्कस्य हेतो: ?
त्यसको के हेतु होला त ?
असद्भूतत्वादबद्धा अमुक्ता, विविक्तत्वादबद्ध अमुक्ता, अनुत्पन्नत्वादबद्धा अमुक्ता ।
असत् (हुँदै नभएको) भूत(वस्तु)वाट (निर्मित भएकोले) अबद्ध छ, विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले अमुक्त छ, अनुत्पन्न (पञ्चस्कन्धवाट निर्मित नभएको) हुँदा अमुक्त छ ।
अयं स बोधिसत्त्वस्य महासत्त्वस्य महासंनाहसंनद्धस्य महायानसंप्रस्थितस्य महायानसमारूढस्य महासंनाहोऽसंनाह: ।
म त्यस्ता (महायानको) महासंग्राममा (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत लिई) जान तयारभएका, महायानमा राम्ररीस्थितभएका, महायानमा राम्ररी आरूढ भएका बोधिसत्त्व महासत्त्वलाई त्यस्तो महासंग्राममा असंनाह (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत नलिई जान लागेको) भन्छु ।“
एवमुक्ते आयुष्मान् पूर्णो मैत्रायणीपुत्रस्तूष्णीमभूत् ।।
यसो भनेपछि मैत्रायणीपुत्र आयुष्मान पूर्ण चुपो लाग्नुभयो ।
अथ खल्वायुष्मन् सुभूतिरभगवन्तमेतदवोचत्- एवं भगवन् बोधिसत्त्वो महासत्त्वो महासंनाहसंनद्ध: सन् महायानसंप्रस्थितो महायानसमारूढो भवति । १५२
तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, बोधिसत्त्व महासत्त्व (महायानको) महासंग्राममा जान तयार भएका, महायानमा राम्ररी स्थित भएका, महायानमा राम्ररी आरूढ भएका हुन्छन् ।“
कतमच्च तन्महायानम् ?
(तर) कसरी (कतावाट) त्यस महायानमा (लाग्ने हो) ?
कथं वा तत्संप्रस्थितो वेदितव्य: ?
कसरी (कुन तरीकाले) त्यसमा लागेको छ भनि थाहा पाउने हो ?
कुतो वा तन्महायानं निर्यास्यति ?
कतावाट त्यस महायानमा जोडिने(संलग्न हुने) हो ?
केन वा तन्महायानं संप्रस्थितम् ?
केवाट (कुन वस्तु लिएर) त्यस महायानमा संप्रस्थित हुने हो ?
क्व वा तन्महायानं स्थास्यति ?
कसलाई साथ लिएमा त्यस महायानमा बसिने हो ?
को वा अनेन महायानेन निर्यास्यति ?
कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ?
एवमुक्ते भगवानायुष्मन्तं सुभूतिमेतदवोचत्- महायानमिति सुभूते अप्रमेयताया एतदधिवचनम् ।
यसरी भनिएपछि भगवानले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “महायानमा, हे सुभूति, यस्ता अधिवचनहरु अप्रमेय संख्यामा छन् ।
अप्रमेयमिति सुभूते अप्रमाणत्वेन ।
अप्रमाण(यतीउती भन्न नसकिने) भएकोले अप्रमेय छ ।
यदपि सुभूते एवं वदसि- कथं वा तत्संप्रस्थितो वेदितव्य: ?
हुन त, हे सूभुति, यस्तो भनिएमा, “के साधनवाट(कथं?) संप्रस्थित भयो भनि जान्ने हो ?,
कुतो वा तन्महायानं निर्यास्यति ?
कतावाट भएर त्यस महायानमा जोडिने (संलग्न) हुने हो ?,
केन वा तन्महायानं संप्रस्थितम् ?
केवाट त्यस महायानमा संप्रस्थित हुन्छ ?,
क्व वा तन्महायानं स्थास्यति ?
कसलाई साथ लिएर त्यस महायानमा बसिने हो ?,
को वा अनेन महायानेन निर्यास्यतीति ?
कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ?,
पारमिताभि: संप्रस्थित: ।
(त्यसको जवाफमा) (दश)पारमिताहरूको(बलवाट) संप्रस्थित (भयो भनि जान्ने पर्छ) ।,
त्रैधातुकान्निर्यास्यति ।
त्रैधाधुकवाट भएर (त्यस महायानमा) जोडिने (संलग्न) हुने हो ।,
येनारम्बणं तेन संप्रस्थितम् ।
जसको आलम्वन गरिन्छ त्यसैवाट संप्रस्थित हुने हो ।
सर्वज्ञतायां स्थास्यति ।
सर्वज्ञतालाई साथमा लिएर बसिने हुन्छ ।
बोधिसत्त्वो निर्यास्यति, अपि तु खलु पुनर्न कुतश्चिन्निर्यास्यति ।
.. बोधिसत्त्वहरू निर्यास्य(जोडिएको) हुन्छ । तापनि (वास्तवमा) फेरि (भोधिसत्त्वहरू) कतैपनि निर्यास्य भएको हुदैन ।,
न केनापि संप्रस्थितम् ।
कुनैपनि वस्तु लिएर संप्रस्थित भएको नै हुँदैन ।,
न क्वचित्स्थास्यति ।
न कसैलाई साथ लिएर बस्दछन् ।
अपि तु स्थास्यति सर्वज्ञतायामस्थानयोगेन ।
तापनि, (बोधिसत्त्वहरू) योगगरी (त्यसको), बलवाट सर्वज्ञतास्थानमा बसेका हुन्छन् ।
नापि कश्चित्तेन महायानेन निर्यातो नापि निर्यास्यति नापि निर्याति ।
…..
तत्कस्य हेतो: ?
त्यसको के कारण होला ?
यश्च निर्यायात्, येन च निर्यायात्, उभावेतौ धर्मौ न विद्येते नोपलभ्येते ।
…
एवमविद्यमानेषु सर्वधर्मेषु कतमो धर्म: कतमेन धर्मेण निर्यास्यति ?
यसरी अविद्यमान रहेको सर्वधर्म(पञ्चस्कन्ध)को कस्तो धर्म, त्यस्तोवाट कस्तो धर्ममा जाने ?
एवं हि सुभूते बोधिसत्त्वो महासत्त्वो महायानसंनद्धो महायानसंप्रस्थितो महायानसमारूढो भवति ।
यसरी नै हे सुभूति, बोधिसत्त्व महासत्त्व महायानमा संनद्ध हुन्छ, महायानमा प्रस्थान हुन्छ, महायानमा समारूढ हुन्छ ।
एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- महायानं महायानमिति भगवन्नुच्यते । १७४
यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभभो, “भगवानले महायान महायान भन्नुहुन्छ ।
सदेवमानुषासुरं लोकमभिभवन्निर्यास्यति आकाशसमतया अतिमहत्तया तन्महायानम् ।
देव मनुष्य असुरलोक(हरु)लाई समेत अभिभवत् गराईराखेको आकाशजस्तै अतिमहत भएको महायानमा हो ।
यथा आकाशे अप्रमेयाणामसंख्येयानां सत्त्वानामवकाश:, एवमेव भगवन् अस्मिन् याने अप्रमेयाणामसंख्येयानां सत्त्वानामवकाश: ।
जस्तो कि आकाशमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू छन्, त्यसरी नै यस यानमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू (लागेका)छन् ।
अनेन भगवन् पर्यायेण महायानमिदं बोधिसत्त्वानां महासत्त्वानाम् ।
यस्तो भएकोले नै, हे भगवान, बोधिसत्त्व महासत्त्वहरुले यसलाई महायान भनेका हुन् ।
नैवास्यागमो दृष्यते, नैवास्य निर्गमो दृष्यते, नाप्यस्य स्थानं संविद्यते ।
न यस्को कतैवाट आगम(आएको) देखिन्छ, न यस्को कतैतिर निर्गम(गएको) देखिन्छ, न त यो कुनै ठाउँमा रहेको नै देखिन्छ ।
एवमस्य भगवन् महायानस्य नैव पूर्वान्त उपलभ्यते, नाप्यपरान्त उपलभ्यते, नापि मध्य उपलभ्यते ।
यसरी नै न यसको पूर्वान्त नै उपलब्ध छ, न अपरान्त उपलब्ध छ, न त मध्य नै उपलब्ध छ ।
अथ समं भगवंस्तद्यानम् ।
यो यान सम(समता, सनरुप)स्वभावको छ, हे भगवान ।
तस्मान्महायानं महायानमित्युच्यते ।
त्यसैले महायान महायान भनि भन्नुभएको रहेछ ।
अथ खलु भगवानायुष्मते सुभूतये साधुकारमदात्- साधु साधु सुभूते ।
तत्पश्चात भगवानले आयुष्मान सुभूतिलाई साधुकार दिनुभयो, “साधु साधु हे सुभूति ।,
एवमेतत्सुभूते, एवमेतत् ।
यो यसै हो, हे सुभूति, यो यसै हो ।
एवं महायानमिदं बोधिसत्त्वानां महासत्त्वानाम् ।
यो महायान बोधिसत्त्व महासत्त्वहरुकै लागि हो ।
अन्न शिक्षित्वा बोधिसत्त्वैर्महासत्त्वै: सर्वज्ञता अनुप्राप्ता, अनुप्राप्स्यते अनुप्राप्यते च ।।
(अन्न) यसैमा शिक्षित भई बोधिसत्त्व महासत्त्वहरु सर्वज्ञता प्राप्त गरेका छन्, प्राप्त गर्दैछन् र गर्ने छन् ।
अथ खल्वायुष्मान् पूर्णो मैत्रायणीपुत्रो भगवन्तमेतदवोचत- अयं भगवन् सुभूति: स्थवीर: प्रज्ञापारमिताया: कृतशोऽधीष्टो महायानमुपदेष्टव्यं मन्यते । १७७
तत्पश्चात् मैत्रायणीपुत्र आयुष्मान् पूर्णले भगवानसंग यसो भने, “वहाँ, हे भगवान, सुभूतिस्थवीरले प्रज्ञापारमिताको के अध्ययन गरेर महायानको उपदेश दिनुपर्ला भनि मनमा लिनुभएको होला ?
अथ खलु आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्- नाहं भगवन् प्रज्ञापामितायां व्यतिक्रम्य महायानमविचम् ।
तत्पश्चात् आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मैले, हे भगवान, प्रज्ञापामिताको व्यतिक्रमगरी (छोडी, कुनै कुरा वाहिरको थपी) महायानको कुरा गरेको छैन ।“
भगवानाह- नि हीदं सुभूते ।
भगवानले भन्नुभयो, “हो सुभूति, (प्रज्ञापामितालाई छोडी, कुनै कुरा वाहिरको थपी) भनेका छैनौ ।
अनुलोमत्वं सुभूते प्रज्ञापारमिताया महायानमुपदिशति ।
प्रज्ञापारमितासंग मिल्ने गरी (अनुलोम) नै, हे सुभूति, महायानको उपदेश गरेका छौ ।“
एवमुक्ते आयुष्मान सुभभूतिर्भगवन्तमेतदवोचत्- बुद्धानुभावाद्द्भगवन् ।
यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “बुद्धको आनुभावले नै, हे भगवान, (उपदेश गरेको) हो ।
अपि तु खलु पुनर्भगवन् पूर्वान्ततो बोधिसत्त्वो नोपैति, अपरान्ततो बोधिसत्त्वो नोपैति, मध्यतो बोधिसत्त्वो नोपैति ।
फेरि पनि भन्छू, हे भगवान, बोधिसत्त्व पूर्वान्तमा पनि थिएन, बोधिसत्त्व अपरान्तमा पनि हुदैन, बोधिसत्त्व मध्यमा पनि छैन ।
तत्कस्य हेतोर्नोपैति ?
त्यसको के हेतुले नभएको होला ?
रूपार्यन्ततया हि बोधिसत्त्वापर्यन्तता वेदितव्या, एवं वेदनासंज्ञासंस्कारा: ।
रूपको विस्तारको जसरी सीमा हुहैन, त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छ । यसैगरी जसरी वेदान, संज्ञा, र संस्कारका पनि (विस्तारका सीमा छैनन् त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छन् ) । वेदितव्या, एवं वेदनासंज्ञासंस्कारा: ।
विज्ञानापर्यन्तता हि बोधिसत्त्वापर्यन्तता वेदितव्या ।
(त्यसै गरी) जसरी विज्ञानको विस्तारको पनि सीमा हुदैन, बोधिसत्त्वको पनि सीमा छैन ।
रूपं बोधिसत्त्व इति नोपैति ।
रुपलाई बोधिसत्त्वले प्राप्त गर्दैन ।
इदमपि न विद्यते नोपलभ्यते ।
यै(रुप) पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन ।
एवं वेदनासंज्ञासंस्कारा: ।
यसरी नै वेदा, संज्ञा, र संस्कारहरु पनि (अविद्यमान छन्, (यसैले) प्राप्य पनि छैनन्) ।
विज्ञानं बोधिसत्त्व इति नोपैति, इदमपि न विद्यते नोपलभ्यते ।
विज्ञान पनि बोधिसत्त्वले प्राप्त गर्दैन, यो पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन ।
एवं भगवन् सर्वेण सर्वं सर्वथा सर्वं बोधिसत्त्वधर्ममनुलभमानो नाहं भगवन् तं धर्मं समनुपश्यामि यस्यैतन्नामधेयं यदुत बोधिसत्त्व इति ।
यसप्रकार, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् बोधिसत्त्धर्महरु अप्राप्य भएकोले, हे भगवान, मैले त्यो कुनैपनि धर्म देखेको छैन जसलाई ‘बोधिसत्त्’ भनि नाम दिईएको छ ।
प्रज्ञापारमितामपि न समनुपश्यामि नोपलभे ।
प्रज्ञापारमितापनि मैले देखेको छैन, न पाएको छु ।
सर्वज्ञतामपि न समनुपश्यामि नोपलभे ।
सर्वज्ञतापनि मैले देखेको छैन, न पाएको छु ।
सोऽहं भगवन् सर्वेण सर्व सर्वथा सर्व तं धर्ममनुपलभमानोऽसमनुपश्यन् कतमं धर्म कतमेन धर्मेण कतमस्मिन् धर्मेऽववदिष्यामि अनुशासिष्यामि ?
सयैले म भन्दछु, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् धर्महरु उपलब्ध नगरी नदेखिकनै कुन धर्म कसरी धर्म कस्तोछ भनि कसलाई भनूँ, सिकाउँ ?
बुद्ध इति भगवन् नामधेयमात्रमेतत् ।
बुद्ध(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।
बोधिसत्त्व इति भगवन् नामधेयमात्रमेतत् ।
बोधिसत्व(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।
प्रज्ञापारमितेति भगवन् नामधेयमात्रमेतत् ।
प्रज्ञापारमिता(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो ।
तच्च नामधेयमनभिनिर्वृत्तम् ।
त्यो नाम(धेय) अभिनिर्वृत्त(उत्पन्न?) पनि होइन (कल्पित हो) ।
यथा आत्मा आत्मेति च भगवननुच्यते, अत्यन्ततया च भगवन्ननभिनिर्वृत्त आत्मा ।
जसरी आत्मा आत्मा भनि भगवानले आज्ञा गर्नुभएको छ, त्यो आत्मा, हे भगवान, अत्यन्त अभिनिर्वरत्त (उत्पन्न) भएको होईन ।
एवमस्वभावानां सर्वधर्माणां कतमत्तद्रूपं यदग्राह्यमनभिनिर्वृत्तम् ?
यसरी नै अस्वभाव(स्वभावरहित)को सर्वधर्म(सकल वस्तु)का केकस्ता रूप छन्(हुन्छन्) जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ?
कतमे ते वेदनासंज्ञासंस्कारा: ?
ती वेदना, संज्ञा र संस्कारहरुका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका छन्) ?
कतमत्तद्विज्ञानं यद्ग्राह्यमनभिनिर्वृत्तम् ?
विज्ञानका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन्) ?
एवमेतेषां सर्वधर्माणां या अस्वभावता, सा अनभिनिर्वृत्ति: ।
यसरी नै सम्पूर्ण धर्महरु जो अस्वभावता(स्वभावरहित) छन् ती अनभिनिर्वृत्व(अनुत्पाद) हुन ।
या च सर्वधर्माणामनभिनिर्वृत्तिर्न ते धर्मा: ।
जे जति पनि सर्वधर्महरु अनभिनिर्वृत्त छन्, ती धर्मा(स्वभाव भएका, वस्तु) होइनन् ।
तत्किमनभिनिर्वृत्तिमनभि-निर्वृत्यां प्रज्ञापारमितायामववदिष्याम्यनुशासिष्यामि ?
त कसरी अनभिनिर्वृत्त(हुँदै नभएको) प्रज्ञापामितालाई अन-भिनिर्वृत्त(छँदै छैन) भन्ने अववाद(विषयको शिक्षा) कसरी दिउँ, कसरी अनुशासनी गराउँ ?
न चान्यत्र भगवन् अनभिनिर्वृत्तित: सर्वधर्मा वा बुद्धधर्मा वा बोधिसत्त्वधर्मा वा उपलभ्यते, यो वा बोधाय चरेत् ।
कतै अन्यत्र पनि, हे भगवान, अनभिनिर्वृत्त (हुँदै नभएको) सर्व(कुनैपनि)धर्म चाहे बुद्धधर्म होस् अथवा बोधिसत्त्वधर्म होस् जो उपलव्ध छैन, त्यो अथवा यो लाई बुझेर(बोध गरेरमात्र) चर्या गरोस् ।
सचेद्भगवन् एवं भाष्यमाणे एवं देश्यमाने एवमुपदिश्यमाने बोधिसत्त्वस्य महासत्त्वस्य चित्तं नावलीयते न संलीयते न विषीदति न विषादमापद्यते, नास्य विपृष्ठीभवति मानसं, न भग्नपृष्ठीभवति, नोत्त्त्रस्यति न संत्रस्यति न संत्रासमापद्यते, एवं वेदितव्यम्- चरत्ययं बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमितायाम् ।
यस्तो विषयमा, हे भगवान, भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा (जुन)बोधिसत्त्वको चित्त संकुचित हुदैन, संलीयत(अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमितामा चर्या गरेको छ भनि बुझ्नुपर्दछ ।
भावयत्ययं बोधिस्त्वो महासत्त्व: प्रज्ञापारमितामिति ।
यस्तो किसिमले बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको भाव गरेको हुन्छ ।
तत्कस्य हेतो: ?
त्यस्को हेतु के होला ?
यस्मिन् हि समये भगवन् बोधिसत्त्वो महासत्त्व: इमान् धर्मान् प्रज्ञापारमितायां व्युपपरीक्षते, तस्मिन् समये न रूपमुपैति, न रूपमुपगच्छति, न रूपस्योत्पादं समनुपश्यति, न रूपस्य निरोधं समनुपश्यति ।
यस्तो (भाव गरेकोजुन सुकै) समयमा पनि, हे भगवन, बोधिसत्त्व-महासत्त्व यस्ता धर्म(वस्तु)का बारेमा प्रज्ञापारमितावाट उपपरीक्षा(निरीक्षण) गरेको हुन्छ, त्यसबेला न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।
एवं न वेदना न संज्ञा न संस्कारान् ।
यसैप्रकारले उ न संज्ञा न संस्कारमा नै रहेको हुन्छ, न संज्ञा न संस्कारमा नै जान्छ, न संज्ञा न संस्कारको उत्पादलाई हेरेको हुन्छ, न त न संज्ञा न संस्कारको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।
न विज्ञानमुपैति, न विज्ञानमुपगच्छति, न विज्ञानस्योत्पादं समनुपश्यति, न विज्ञानस्य निरोधं समनुपश्यति ।
न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।
तत्कस्य हेतो: ?
त्यस्को हेतु के होला ?
तथा हि यो रूपस्यानुत्पादो न तद्रूपम् ।
जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न नै भएको छैन), त्यो रुप होईन(हुन सक्दैन) ।
यो रूपस्याव्ययो न तद्रूपम् ।
जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) ।
इत्यनुत्पादश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।
यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।
इत्यव्ययश्च रूपं च अद्वयमेततदद्वैधीकारम् ।
यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।
यत्पुनरेतदुच्यते रूपमिति, अद्वयस्यैषा गणना कृता ।
यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) ।
एवं तथा हि यो वेदनाया: संज्ञाया संस्काराणाम् ।
यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) ।
तथा हि यो विज्ञानास्यानुत्पादो न तद्विज्ञानम्, यो विज्ञानस्याव्ययो न तद्विज्ञानम् ।
जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन ।
इत्यनुत्पादश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।
यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।
इत्यव्ययश्च विज्ञानं च अद्वयमेततदद्वैधीकारम् ।
यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।
यत्पुनरेतदुच्यते विज्ञानमिति, अद्वयस्यैषा गणना कृता ।
यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) ।
एवं भगवन् प्रज्ञापारमितायां सर्वाकारं सर्वधर्मान् व्युपपरीक्षमाण: तस्मिन् समये न रूपमुपैति, न रूपमुपगच्छति, न रूपस्योत्पादं समनुपश्यति, न रूपस्य निरोधं समनुपश्यति ।
यसप्रकारले, हे भगवान, प्रज्ञापारमिताद्वारा जब सर्वाकारलाई सर्वधर्महरुलाई राम्ररी उपपरीक्षण गरिन्छ, त्यसबेला न रूपमा रहन्छ, न रूपमा जान्छ, न रूपको उत्पाद हेर्दछ, न रूपको निरोधनै हेरिबस्दछ ।
एवं न वेदनां न संज्ञां न संस्कारान् ।
यसैप्रकारले न संज्ञा न संस्कारकमा नै (रहन्छ, न त्यसका रूपमा जान्छ, न त्यसका उत्पादलाइ हेर्दछ, न त्यसका निरोधलाइ नै हेरिबस्दछ) ।
न विज्ञानमुपैति, न विज्ञानमुपगच्छति, न विज्ञानस्योत्पादं समनुपश्यति, न विज्ञानस्य निरोधं समनुपश्यति ।
न विज्ञानमा रहन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पाद हेर्दछ, न विज्ञानको निरोधनै हेरिबस्दछ ।
तत्कस्य हेतो: ?
त्यस्को हेतु के होला ?
तथा हि यो रूपस्यानुत्पादो न तद्रूपम् ।
त्यस्को हेतु के होला ?
यो रूपस्याव्ययो न तद्रूपम् ।
जुन रुप अव्यय छ (जो नाशवान छैन) त्यो रुप होईन(हुन सक्दैन) ।
इत्यनुत्पादश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।
यो अनुत्पादपनि भएको रूपपनि भएकोले (अनुत्पाद र रूप) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।
इत्यव्ययश्च रूपं च अद्वयमेतदद्वैधीकारम् ।
यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र रूप) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।
यत्पुनरेतदुच्यते रूपमिति, अद्वयस्यैषा गणना कृता ।
यसलाई फेरिपनि भनिएको छ, रूपलाई अद्वयभनि(अद्वयको वर्गमा) गणना गरिएको छ ।
एवं तथा हि यो वेदनाया: संज्ञाया: संस्काराणाम् ।
यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयको वर्गमा गणना गरिएको हो) ।
तथा हि यो विज्ञानस्यानुत्पादो न तद्विज्ञानम्, यो विज्ञानस्याव्ययो न तदविज्ञानम् ।
जसरी नै विज्ञान अनुत्पाद हो (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यसको विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छैन) त्यो विज्ञान हुनसक्दैन ।
इत्यनुत्पादश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।
यो अनुत्पाददपनि भएकोले (अनुत्पाद र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।
इत्यव्ययश्च विज्ञानं च अद्वयमेतदद्वैधीकारम् ।
यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन ।
यत्पुनरेतदुच्यते विज्ञानमिति, अद्वयस्यैषा गणना कृता ।।
यसलाई फेरिपनि भनिएको छ, विज्ञानलाई अद्वयभनि(अद्वयको वर्गमा) गणना गरिएको छ ।
अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- तेन हि यथाहमायुष्मत: सुभूतेर्भाषितस्यार्थमाजानामि, तथा बोधिसत्त्वोऽप्यनुत्पाद: ।१८५
तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भने, “आयुष्मान सुभूतिले भन्नुभएको कुराको अर्थ मैले बुझें, त्यैकारणवाट बोधिसत्त्व पनि अनुत्पाद हुन् ।
यदि च आयुष्मान् सुभूते बोधिसत्त्वोऽप्यनुत्पाद:, किं बोधिसत्त्वो दुष्करचारिकां चरति ?
(तर), हे आयुष्मान सुभूति, यदि बोधिसत्त्वहरुपनि अनुत्पाद हो भने किन बोधिसत्त्वले दुष्करचारिकाको चर्या गर्दछन् त ?
यानि वा तानि सत्त्वानां कृशतो दु:खान्युसहते प्रत्यनुभवितुम् ?
यताउताका (चारैतर्फका) सत्त्वप्राणीहरुले (भोग गरेको कर्म)कृत दु:ख आफूले नै पाएको जस्तो गरि किन अनुभव गर्दछन् ?”
एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्- नाहमायुष्मान् शारिपुत्र इच्छामि बोधिसत्त्वं महासत्त्वं दुष्करचारिकां चरन्तम् ।
यस्तो भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे शारिपुत्र, न मैले चाहन्छु कि बोधिसत्त्व महासत्त्वले दुष्करचर्या पालन गरोस् ।
नापि स बोधिसत्त्वो महासत्त्वो यो दुष्करसंज्ञया चरति ।
न त बोधिसत्त्व महासत्त्वहरुले दुष्करसंज्ञामा चर्दछ (अर्थात् न यो चर्या दुष्कर छ वा छैन भन्ने भाव राखेको हुन्छ) ।
तत्कस्य हेतो: ?
त्यसको हेतु के हो त ?
न हि आयुष्मन् शारिपुत्र दुष्करसंज्ञां जनयित्वा शक्योऽप्रमेयाणामसंख्येयानां सत्त्वानामर्थ: कर्तुम् ।
हे शारिपुत्र, (बोधिसत्त्वमा) दुष्करताको संज्ञा भाव आए अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्नसक्ने हुदैनन् ।
अपि तु सुखसंज्ञामेव कृत्वा ।
तर, सुखको संज्ञा भएमा (अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्न सक्ने हुन्छ) ।
सर्वसत्त्वानामन्तिके मातृसंज्ञां, पितृसंज्ञां पुत्रसंज्ञां दुहितृसंज्ञां कृत्वा स्रीपुरूषेषु ।
सर्वसत्त्वले आफ्ना नगिचमा रहेका स्त्रीपुरुषहरुलाई (नातागोता इष्टमित्रलाई) मातृसंज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा, पितृसंज्ञाको भावना गर्नु पर्दछ ।
एवमेता: संज्ञा: कृत्वा बोधिसत्त्वो महासत्त्वो बोधिसत्त्वचारिकां चरति ।
यसैगरी संज्ञागरी बोधिसत्त्व महासत्त्वले चारिका (चर्या) गर्ने गर्दछ ।
तस्मान्मातृसंज्ञा पितृसंज्ञा पुत्रसंज्ञा दुहितृसंज्ञा बोधिसत्त्वेन महासत्त्वेन सर्वसत्त्वानामन्तिके यावदात्मसंज्ञा उत्पादयित्वा ।
त्यसकारण मातृसंज्ञा, पित संज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा बोधिसत्त्व महासत्त्वने सर्वसत्त्व सवैलाई यसरी आत्मसंज्ञा उत्पन्न गर्दछ ।
यथा आत्मा सर्वेण सर्वं सर्वथा सर्वं सर्वदु:खेभ्यो मोचयितव्य:, एवं सर्वसत्त्वा: सर्वेण सर्व सर्वथा सर्व सर्वदु:खेभ्यो मोचयित्वा इति । जसरी आफूलाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा पाउन (कर्म, चेष्टा) गर्ने गर्दछ, त्यसरी नै (बोधिसत्त्व-महासत्त्वले)सवै सत्त्व(प्राणी)लाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा दिलाउने कार्य (कर्म, चेष्टा) गर्ने गर्दछ ।
एवं च सर्वसत्त्वेषु संज्ञा उत्पादयितव्या-मयैते सर्वसत्त्वा न परित्तक्तव्या: ।
यसरी सर्वसत्त्वमा संज्ञा उत्पन्न गर्दछ, ‘म वाट सर्वसत्त्हरू मध्ये कोहिपनि छोडिने छैन ।
मयैते सर्वसत्त्वा: परिमोचयितव्या अपरिमाणतो दु:खस्कन्धात् ।
म द्वारा सकल सत्त्वप्राणीलाई अपरिमानको दु:खस्कन्धवाट छुटकारा दिलाउने छु ।
न च मयैतेषु चित्तप्रदोष उत्पादयितव्य:, अन्तश: शतशोऽपि छिद्यमानेनेति ।
मैले चित्तप्रदोष(उत्साहको कमी हुने, खिन्नता, मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन; अन्त्यमा मेरो शय टुक्रा भएपनि ।
एवं हि बोधिसत्त्वेन महासत्त्वेन चित्तमुत्पादयितव्यम् ।
बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ ।
सचेदेवंचित्तो विहरिष्यति, न दुष्करसंज्ञी चरिष्यति, न दुष्करसंज्ञी विहरिष्यति ।
(जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारको चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ ।
पुनरपरमायुष्मन् शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन एवं चित्तमुत्पादयितव्यम्- यथा सर्वेण सर्व सर्वथा सर्वमात्मा न विद्यते नोपलभ्यते, एवं सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा न संविद्यन्ते नोपलभ्यन्ते ।
तत्पश्चात, हे आयुष्मान शरिपुत्र, बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पाद गरोस्, जसरी सर्वेण सर्व सर्वथा सवैमा आत्मा (भन्ने वस्तु) बिद्यमान छैन, न प्राप्त नै गर्न सकिने हो, त्यसरीनै सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा बिद्यमान छैन, न त प्राप्त नै गर्न सकिने छ ।
एवमाध्यात्मिकबाह्येषु सर्वधर्मेषु संज्ञा उत्पादयितव्या ।
यसैकिसिमले सवै आध्यात्मिक र वाह्यवस्तुहरूमा (दुवै प्रकारका) (माथी उल्लेख भए बमोजिमको) संज्ञा(भावना) उत्पाद गर्न (मनमा राखन) पर्दछ) ।
सचेदेवंचित्तश्चरिश्यति, न दुष्करसंज्ञी चरिष्यति, न दुष्करसंज्ञी विहरिष्यति ।
जो यस्तो चित्तमा (भाव राखी) बस्दछ, त्यस चर्या दुष्कर छ भन्ने संज्ञाभावमा रहदैन, न त्यसले उसले आफू दुष्करचर्यामा विहार गर्दैछु भन्ने संज्ञाभावमा राख्दछ ।
यदप्यायुष्मन् शारिपुत्र एवमाह- अनुत्पादो बोधिसत्त्व इति ।
हे आयुष्मान शारिपुत्र तपाईले भन्नुभयो, बोधिसत्त्व अनुत्पाद हो ।
एवमेतदायुष्मन् शारिपुत्र, एवमेतत् ।
त्यो तपाईले जुन (बोधिसत्त्व अनुत्पाद) भन्नुभयो, त्यो त्यसै हो ।
अनुत्पादो बोधिसत्त्व इति ।
बोधिसत्त्व अनुत्पाद हुन् ।
शारिपुत्रआह- किं पुरायुष्मन् सुभूते बोधिसत्त्व एवानुत्पाद:, उताहो बोधिसत्त्वधर्मा अप्यनुत्पाद ?
शारिपुत्रले सोधे, “के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वमात्र अनुत्पाद हो कि बोधिसत्त्वधर्म पनि अनुत्पाद हो ?”१८९
सुभूतिराह-बोधिसत्वधर्मा अपि आयुष्मान शारिपुत्र अनुत्पाद: ।
सुभूतिले जवाफ दिए, “बोधिसत्त्वधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हुन् ।
शारिपुत्र आह- किं पुनरायुष्मन् सुभूते बोधिसत्त्वाधर्मा एवानुत्पाद:, उताहो सर्वज्ञताप्यनुत्पाद: ?
शारिपुत्रले सोधे, “उसोभए के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वधर्म मात्र अनुत्पाद हो कि सर्वज्ञता पनि अनुत्पाद हो ?”
सुभूतिराह- सर्वज्ञताप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।
सुभूतिले भने, “सर्वज्ञता पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।“
आह- किं पुनरायुष्मन् सुभूते सर्वज्ञतैवानुत्पाद:, उताहो सर्वज्ञताधर्मा अप्यनुत्पाद: ?
(शारिपुत्रले) सोधे, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञता मात्र अनुत्पाद हो कि सर्वज्ञताधर्मा पनि अनुत्पाद हो ?”
आह- सर्वज्ञताधर्मा अप्यानुष्मान् शारिपुत्र अनुत्पाद: ।
(सुभूतिले) भने, “सर्वज्ञताधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”
आह किं पुनरायुष्मन् सुभूते सर्वज्ञताधर्मा एवानुत्पाद:, उताहो पृथक्जनोऽप्यनुत्पाद: ?
शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञताधर्मा मात्र अनुत्पाद हो कि पृथक्जन पनि अनुत्पाद हो ?
आह- पृथक्जनोऽप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।
(सुभूतिले) भने, “पृथक्जन पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।
आह- किं पुनरायुष्मन् सुभूते पृथग्जन एवानुत्पाद:, उताहो पृथग्जनधर्मा अप्यनुत्पाद: ?
शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, पृथग्जनमात्र अनुत्पाद हो कि पृथग्जनधर्म पनि अनुत्पाद हो ?”
आह- पृथग्जनधर्मा अप्यायुष्मन् शारिपुत्र अनुत्पाद: ।
(सुभूतिले) भने, “पृथक्जनधर्मा पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”
एवमुक्ते आयुष्मन् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-यद्यायुष्मन् सुभूते बोधिसत्त्वोऽप्यनुत्पाद:, बोधिसत्त्वधर्मा अप्यनुत्पाद:, सर्वज्ञताप्यनुत्पाद:, सर्वज्ञताधर्मा अप्यनुत्पाद:, पृथग्जनोऽप्यनुत्पाद:, पृथग्जनधर्मा अप्यनुत्पाद:, नन्वायुष्मन् सुभूते अनुप्राप्तैव अयत्नेन बोधिसत्त्वेन महासत्त्वेन सर्वज्ञता भवति ।
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “जव, हे आयुष्मान सुभूति, बोधिसत्त्व पनि अनुत्पाद हो, बोधिसत्त्वधर्म पनि अनुत्पाद हो, सर्वज्ञता पनि अनुत्पाद हो, सर्वज्ञताधर्मा पनि अनुत्पाद हो, पृथग्जन पनि अनुत्पाद हो, पृथग्जनधर्मा पनि अनुत्पाद हो, (भनि भावना गरेमा), हे आयुष्मान सुभूति, सहजै अयत्नले नै पनि बोधिसत्त्व-महासत्त्व सर्वज्ञता (पाएको) हुन्छ ।”
एवमुक्ते आयुष्मन् सुभुतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्– नाहमायुष्मन् शारिपुत्र अनुत्पन्नस्य धर्मस्य प्राप्तिमिच्छामि, नाप्यभिसमयम् ।
यस्तो भनेपछि आयुष्मान सुभुतिले आयुष्मान शारिपुत्रलाई यसरी भन्नुभयो, “मैले, हे आयुष्मन् शारिपुत्र, न अनुत्पन्न धर्मको प्राप्तिको ईच्छा राख्दछु, न त अभिसमयकै पनि ।
नाप्यनुत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते ।
अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति पनि हुदैन ।“पनि हुदैन ।“
आह- किं पुनरायुष्मन् सुभूते अनुत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते, उताहो उत्पन्नेन धर्मेण अनुत्पन्ना प्राप्ति: प्राप्यते ?
(शारिपुत्रले) भने, “के, हे आयुष्मान सुभूति, अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति हुन्छ कि उत्पन्न भएको वस्तुवाट अनुत्पन्न वस्तुको प्राप्ति हुने हो ?“
आह- किं पुनरायुष्मन् शारिपुत्र अनुत्पन्नो धर्म उत्पन्न:, उताहो अनुत्पन्न एव धर्मोऽनुत्पन्न: ?
(सुभूतिले) भने, “फेरि के, हे आयुष्मान शारिपुत्र, अनुत्पन्न वस्तु उत्पन्न हुने हो कि (अथवा) अनुत्पन्नवस्तु वाटै अनुत्पन्नवस्तु उत्पन्न हुने हो ?”
आह- किं पुनरायुष्मन् सुभूते उत्पाद एव धर्मोऽनुत्पाद:, उताहो अनुत्पादो धर्म उत्पाद: ?
(शारिपुत्रले) भने, “के फेरि, हे आयुष्मान सुभूति, उत्पन्न भएको वस्तु नै अनुत्पाद हो कि (अथवा) उत्पन्न नभएको वस्तु उत्पन्न हुने हो ?“
आह- उत्पादो धर्मोऽनुत्पादो धर्म इत्यायुष्मन् शारिपुत्र न प्रतिभाति जल्पितुम् ।
(सुभूतिले) भने, “हे आयुष्मान शारिपुत्र, उत्पादितवस्तु वा अनुत्पादित वस्तु (कुनैपनि) विवादको विषय होइन ।”
आह- अनुत्पादोऽपि ते आयुष्मन् सुभूते प्रतिभाति जल्पितुम् ।
(शारिपुत्रले) भने, “(उसोभए), हे आयुष्मान सुभूति, उत्पन्न नभएको वस्तु भनि भन्न (छलफलको विषय बनाउन) पर्ने हो कि ?“
आह- अनुत्पाद एवायुष्मन् शारिपुत्र जल्प: ।
(सुभूतिले) भने, “हे शारिपुत्र, अनुत्पादित वस्तु भन्ने नै विवाद(छलफलको) विषय हो ।”
अनुत्पाद एव आयुष्मन् शारिपुत्र प्रतिभाति ।
(यसैले) अनुत्पाद (भनि जे भनिएको छ त्यो नै) वस्तु प्रतिभान (देखिएको) हो ।
अनुत्पाद एव आयुष्मन् शारिपुत्र प्रतिभानम् ।
अनुत्पाद(वस्त् नै), हे शारिपुत्र, प्रतिभान (देखिने) भएको हो ।
एवमेवायुष्मन् शारिपुत्र अत्यन्तं प्रतिभाति ।
यसरी नै, हे आयुष्मान शारिपुत्र, अत्यन्त प्रतिभात (देखिने) भएको हो ।“
एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतमेतदवोचत्- धार्मकथिकानामायुष्मान् सुभूतिरग्रतायां स्थापितव्य: ।१९३
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “धार्मकथिकामध्ये आयुष्मान सुभूति अग्रस्थानमा स्थापित हुनुहुन्छ ।,
तत्कस्य हेतो: ?
यस्को के हेतु होला ?
तथा ह्यायुष्मान् सुभूति: स्थविरो यतो यत एव परिप्रश्नीक्रियते, ततस्तत एव नि:सरति, धर्मतायाश्च न चलति, तां च धर्मतां न विरोधयति ।
जसरी आयुष्मान सुभूति स्थवीरसंग जस्तोसुकै पनि परिप्रश्न गरिएपनि वहाँ छल्नुहुन्छ (नि:स्+अरति), धर्मता पनि छोडनुहुन्न, धर्मताको पनि विरोध गर्नुहुन्न ।“
एवमुक्ते आयुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्- धर्मतैषा आयुष्मन् शारिपुत्र भगवत: श्रावकाणामनिश्रितधर्माणाम् ।
यस्तो भनेपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, ‘धर्मतानै, हे आयुष्मान शारिपुत्र, श्रावकहरुको लागि भगवानवाट (देखाउनु भएको) अनिश्रित(जाने) धर्म(ठाउँ, वस्तु) हो ।
ते यतो यत एव परिप्रश्नीक्रियन्ते, ततस्तव एव नि:सरन्ति, धर्मतां च न विरोधयन्ति, धर्मतायाश्च न व्यतिवर्तन्ते ।
तिनिहरुले जस्तोसुकै परिप्रश्न गरेतापनि वहाँ छल्नुहुन्छ (नि:स्+अरति), धर्मताको पनि विरोध गर्नुहुन्न, धर्मताको वाहिर जानुपनि हुन्न ।
तत्कस्य हेतो: ?
यस्को के हेतु होला ?
यथापि नाम अनिश्रितत्त्वात्सर्वधर्माणाम् ।
जस्तो नाम छ, सर्वधर्महरु पनि त्यसै हुने (अनिश्रित) हो ।
एवमुक्ते आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतमेतदवोचत्- साधु साधु आयुष्मन् सुभूते ।
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “साधु, साधु, हे आयुष्मान सुभूति”
कतमैषा सर्वधर्मानिश्रितपारमिता बोधिसत्त्वानां महासत्त्वानाम् ?
बोधिसत्त्व-महासत्त्वले (चर्यागर्ने) सर्वधर्म(वस्तुहरू) कतैपनि नजाने (गतिहिन भई आश्रय लिएको) ठाउँ, पारमिता, कस्तो हुन्छ ?
सुभूताराह- प्रज्ञापारमितैव आयुष्मान शारिपुत्र सार्वयानिकी, सर्वधर्मानिश्रिततया सर्वधर्मानिश्रितपारमिता च ।
सुभूतिले भन्नुभयो, “प्रज्ञापारमिताभन्नु नै, हे आयुष्मान शारिपुत्र, सर्वयानिकी (सवैलाई समेटेर लग्ने) हो, सकलधर्महरूको गतिहिनभई आश्रय लिने ठाउ हो, र ‘सकलधर्महरूको गतिहिनभई आश्रय लिएको पारमिता’ पनि हो ।
इति हि यस्य बोधिसत्त्वस्य महासत्त्वस्य एवं गम्भीरायां प्रज्ञापारमितायां भाष्यमाणायामेवं देश्यमानायामेवमुपदिश्यमानायां न भवति चित्त्स्य अवलीनत्वम्, न भवति काङ्क्षायितत्वम्, न भवति धंधायितत्वम्, न भवति चित्त्स्यान्यथात्वम्, वेदिव्यमयं बोधिसत्त्वो महासत्त्वो विहरत्यनेन प्रज्ञापारमिताविहारेण अविरहितश्चानेन मनसिकारेणेति ।।
यस्तो किसिमको गम्भीर प्रज्ञापारमिताको भाष्यमान गर्दा, देशना गर्दा, उपदेश गर्दा जो बोधिसत्त्व-महासत्त्वको चित्त अवलिन (संकुचित) हुदैन, काङ्क्षा(शंसय) हुदैन, धंधा(पीर, डर, अन्यमनस्यता) हुदैन, चित्त अन्यथा हुदैन त्यस बोधिसत्त्व-महासत्त्वले गरेको विहरण(चर्या) लाई अविरहितभई मनसिकार नभई प्रज्ञापारमितामा विहार गरेको छ भनि बुझ्नु पर्दछ ।
अथ खलु आयुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्- कथमायुष्मन् सुभूते अविरहितो बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, य: प्रज्ञापारमिताविहारेण विहरति ? १९४
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भने, “कसरी, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व अविरहितमनसिकार ९मनसिकारवाट रहित नभै॰ र प्रज्ञापारमितावाट पनि रहित नभईकन विहार गरिरहन्छ ।
यदि ह्यायुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, एवं स विरहित: प्रज्ञापारमिताविहारेण भवति ।
यदि, हे आयुष्मान सुभूति, ९कुनै॰ बोधिसत्त्व-महासत्त्व अविरहितभई प्रज्ञापारमितामा विहरण गर्दच भने उ मनसिकारवारवाट विरहित ९टाढा॰ भईहाल्छ नि । ९होईन र ?॰
यदि च आयुष्मन् सुभूते अविरहितो बोधिसत्त्वो महासत्त्व: प्रज्ञापारमिताविहारेण भवति, एवं स विरहितो मनसिकाररेण भवति ।
यदि च आयुष्मन् सुभूते मनसिकारेणविरहितो बोधिसत्त्वो महासत्त्व:, अविरहित एवं प्रज्ञापारमिताविहारेण भवति । हे आयुष्मान सुभूति, यदि बोधिसत्त्व-महासत्त्व मनसिकारवाट रहित नभै बसेमा उ प्रज्ञापारमितावाट रहित भएको हुँदैन ।
एवं सति सर्वसत्त्वा अप्यविरहता भविष्यन्ति प्रज्ञापारमिताविहारेन ।
यसरी सकलसत्त्वप्राणी ९माथी भने बमोजिम॰ अविरहित भई प्रज्ञापारमितावाट अविरहितभई विहार गरिरहन्छ ।
तत्कस्य हेतो: ?
सर्वसत्त्वा अपि ह्यविरहिता मनसिकारेण विहरन्ति ।
सकल सत्त्वप्राणी ९त्यसरी॰ अविरहित भई मनसिकारले विहरण गरिरहन्छ ।
१९८ यसरी भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “साधु, साधु हे आयुष्मान शारिपुत्र ।, (हुनत तपाईलाई) हकार्न (उपालप्स्ये) पनि सकिन्छ ।
अथे एव त्वायुष्मता शारिपुत्रेण भूतपदाभिधानेन परिगृहीत: ।
(किनकि), यहाँ तपाई शारिपुत्रले भूतपद(पञ्चतत्त्वका पदार्थहरु) मात्रको कुरा(अर्थ) गर्नुभयो ।
तत्कस्य हेतो: ?
त्यसको हेतु के होला ?
सत्त्वास्वभावतया आयुष्मान् शारिपुत्र मनसिकारास्वभावता वेदितव्या ।
सत्त्व(प्राणी)हरू अस्वभावको भएको(नभएको?)ले, हे शारिपुत्र, मनसिकार पनि छैन भनि बुझ्नुपर्छ ।
सत्त्वासद्भावतया आयुष्मान् शारिपुत्र मनसिकारासद्स्वभावता वेदितव्या ।
सत्त्व(प्राणी)हरू असत् भावको भएकोले, हे शारिपुत्र, मनसिकार पनि असत् हो भनि बुझ्नुपर्छ ।
सत्त्वविविक्तताया आयुष्मान् शारिपुत्र मनसिकारविविक्तता वेदितव्या ।
सत्त्व(प्राणी)हरू विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले, हे शारिपुत्र, मनसिकार पनि विविक्त छ भनि बुझ्नुपर्छ ।
सत्त्वाचिन्त्यतया आयुष्मन् शारिपुत्र मनसिकारचिन्त्यता वेदितव्या ।
सत्त्व(प्राणी)हरू अचिन्त्य (मनले बुझ्न, भेट्टाउन नसकिने) भएकोले, हे शारिपुत्र, मनसिकार पनि अचिन्त्य छ भनि बुझ्नुपर्छ ।
सत्त्वानभिसंबोधनतया आयुष्मन् शारिपुत्र मनसिकारानभिसंबोधनतया वेदितव्या ।
सत्त्व(प्राणी)हरू अभिसंबोधि (बोधिप्राप्त गरेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अभिसंबोधि नभएको छ भनि बुझ्नुपर्छ ।
सत्त्वायथाभूतार्थाभिसंबोधनतया आयुष्मन् शारिपुत्र मनसिकारायथाभूतार्थाभिसंबोधनतया वेदितव्या ।
सत्त्व(प्राणी)हरू अयथाभूतार्थाभिसंबोधि (जस्तो छ त्यस्तै गरी अर्थ बुझेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अयथाभूतार्थाभिसंबोधधि छ भनि बुझ्नुपर्छ ।
अनेन आयुष्मन् शारिपुत्र एवंरूपेण मनसिकारेण इच्छामि बोधिसत्त्वं महासत्त्वं विहरन्तमनेन विहारेणेति ।
यसरी नै, हे आयुष्मान शारिपुत्र, यस प्रकारले मनसिकार राखि बोधिसत्त्व-महासत्त्वले विहार गरीरहे हुन्छ, भनि ईच्छा गर्दछु ।“
आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां सर्वकारज्ञताचर्यापरिवर्तो नाम प्रथम: ।
आर्य : उत्कृष्टता, उच्च, सभ्य, धार्मिक,
प्रज्ञापारमिता :महायान बज्रयानको सर्वाधिक महत्त्वपूर्ण ग्रन्थ ।
सर्वकारज्ञता :सवै क्षेत्रको सर्वविषयक पूर्ण ज्ञान तथा क्षमता ।
सर्वज्ञता :कुनै एक क्षेत्र या विषयको पूर्ण ज्ञान तथा क्षमता ।
नयति :
उपशम :
ऐषिण: :ईच्छाले ।
श्रावक :
मार्गज्ञता :
जगद्धितकृतां
लोकार्थ
संबोधिसत्त्वपादिका
बुद्ध
सर्वज्ञ
आलोक
माया
रूप
भाव
मुक्ति
मैत्रेय
स्फुट
कारिका
एवं मया श्रुतम्
अर्हत्
आस्रव
क्लेष
प्रज्ञाराजा
महानाग
कृतकृत्य
भवसंयोजन
पुद्गल
स्थवीर
प्रतिभात्
आरभ्य
निर्यायु
बोधिसत्त्व महासत्त्व
आनुभाव
वितर्क
श्रावक
तथागत
पुरुषकार
निष्यन्द
००००००००००००००००००००००000000000000000000000000000000000०
।।आर्य श्रीअष्टसाहस्रिकाप्रज्ञापारमितासूत्रम।।।
। सर्वाकारज्ञताचर्यापरिवर्त: प्रथम: ।
वहाँ ‘प्रज्ञापारमिता’ सर्वज्ञ हुनुभएकोले शान्त (निर्वाण)को इच्छा राखेका श्रावकलाई उपशम् अर्थात् निर्वाण व अर्हत्वमा लग्नुहुन्छ । वहाँ ‘मार्गज्ञ’ भएकोले जगतको हितहुतने कार्यगर्ने गरेका अर्थात् वोधिसत्वहरूलाई त्यस्तो कार्य गर्न चाहिने आवश्यक कुराहरू उपलव्ध गराइदिनुहुन्छ । वहाँको संगत गरेका मुनीहरुले यो विश्व ‘सर्वाकार’ अर्थात् सवै वस्तु एकै आकारको हो भनि भन्दछन् । त्यस्ति श्रावक, प्रत्येकबुद्ध, वोधिसत्व र सम्यकसम्बुद्धका जननीलाई नमस्कार छ ।
यो संसार मायारूपसमान स्वभावको हो भनि बुझेका विद्वान योगीजनहरूका निम्ति परामुक्तिदिन, संसारभित्र रहेको दोषको थुप्रोमा भूलि मूर्छितभई बसेका देह(धारि)लाई मैत्रेयनाथ स्वयमले दयाराखि सर्वथा भगवतमार्गमा लाग्ने हुन प्रज्ञापारमिताको कुरा स्पष्टहुनेगरी यस अभिसमयालंकार नामको कारिका टीका बनाउनु भयो ।
मैले यस्तो सुनेको छु ।
एक समयमा भगवान राजगृह नगरको गृध्रकूट पर्वतमा विहार गर्नुभएको थियो, जहाँ ठूलोसंख्यामा भिक्षुसंघवाट वहाँ(भगवान) घेरिएर बस्नुभएको थियो । ती साढे तेह्रसये संख्यामा रहेका भिक्षुहरु मध्ये एकजना आनन्द वाहेक सवैनै अर्हत् भैसकेका, आस्रवक्षीण गरिसकेका, नि:क्लेश भैसकेका, (चित्तलाई) वशमा राखेका, गर्नुपर्ने कर्म गरिसकेका, (जिम्मेवारीको)भारी बिसाईसकेका, राम्ररी चित्तविमुक्त गरिसकेका, सर्वचेतनालाई वशमा राखेका, पारमिता(हरू) पूर्णरूपमा प्राप्त गरेका थिए ।
४१ त्यहाँ (धर्मसभामा) भगवानले आयुष्मान सुभूति स्थवीरलाई वोलाई भन्नुभयो, “हे सुभूति, तिमिलाई बोधिसत्व महासत्वहरुले प्रज्ञापारमिताको आरभ्य (भावना) गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान स्फुरण होस्” ।
५३ (यसरी भगवानले सुभूतिलाई आज्ञा भएपछि) आयुष्मान शारिपुत्रको मनमा यस्तो संशय (विचार) उत्पन्न भयो, “के आयुष्मान सुभूति स्थवीर आफैले आर्जनगरेको प्रज्ञाप्रतिभानबलका आधारमा बोधिसत्व महासत्व(हरू)लाई प्रज्ञापारमिताको यो उपदेश दिनुहुने हो वा बुद्धानुभाव(कृपा)ले हो ?”
५४ (यसरी आयुष्मान शारिपुत्रको मनमा यस्तो (संशय उठेको मनको अवस्थालाई) आयुष्मान सुभूतिले बुद्धानुभाववाट मनैले थाहापाई त्यसरी तर्कना गरिरहेको आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “हे आयुष्मान शारिपुत्र, भगवानको श्रावकले जे जति भाषण गर्दछ, देशना गर्दछ, उपदेश दिन्छ, उदीरणा गर्दछ (वताउँछ), प्रकाश पार्छ, संप्रकाश गर्दछ, ति सवै तथागतको पुरुषाकार अर्थात् पुरुषार्थवाटै भएको हो भनि बुझनुहोस् । त्यसको हेतु के हो भने तथागतवाट धर्मका जेजति देशना भएका छन् ती धर्मदेशनालाई भगवानका श्रावकले सिकेर त्यसको धर्मता(धर्मस्वभाव)लाई साक्षात्कार गर्दछन्, धारण गर्दछन्; र त्यस धर्मतालाई साक्षात्कारगरी, धारणगरी भगवानका ती श्रावकले जेजस्तो भाषण गर्दछन्, जेजस्तो देशना गर्दछन्, जे जस्तो उपदेश दिंदछन्, जेजस्तो उदीरणा गर्दछन्, जेजस्तो प्रकाश पार्दछन्, जेजस्तो संप्रकाश पार्दछन् ति सवै धर्मताको अविरुद्ध अर्थात् तथागतवाट भएका धर्मका देशनासंग विरोध नभएको हुन्छ । (त्यसरी भगवानको श्रावकले गरेको देशनापनि) तथागतले नै गर्नुभएको धर्मदेशनाको, हे शारिपुत्र, नै निष्यन्द(सार) हुन्छ; (किनकि) कुलपुत्रहरुले यस्तो जेजस्तो उपदेश दिन्छन् त्यसमा धर्मताले धर्मताको विरोध गरेको हुँदैन ।“
तत्पश्चात् आयुष्मान सुभूतिले बुद्धानुभावले भगवानसंग यसो भन्नुभयो, “हे भगवान, हजूरले मलाई, ‘हे सुभूति, बोधिसत्व-महासत्वहरुले प्रज्ञापारमिताको आरम्य(भावना)गरी जसरी बोधिसत्व महासत्वहरुले प्रज्ञापारमितालाई निर्यायु (दृढरुपमा ग्रहण)गर्न सक्ने हुन्छ, त्यो ज्ञान तिमिमा स्फुरण होस्’, भनि आज्ञा गर्नुभयो । (तर), ‘बोधिसत्त्व-महासत्त्व’ भनेर जुन भगवानले भन्नुहुन्छ, त्यो कसलाई भनिएको हो, बोधिसत्त्व भनिएको कुन धर्म (वस्तु) को अधिवचन हो ? मैले त भगवानले बोधिसत्त्व भनि आज्ञा गर्नुभएको जस्तो कुनै त्यस्तो धर्म(वस्तु) देखेको छैन । साथै, हे भगवान, हजूरले आज्ञा गर्नुभएको प्रज्ञापारमिता नामको धर्म(वस्तु) समेत मैले देखेको छैन । त्यसैले, मैले, हे भगवान, बोधिसत्त्व भनिएको होस वा बोधिसत्त्वधर्म भनिएको होस् त्यसवारे थाहा नभईकन, अनुभव(प्राप्त) नगरीकन, राम्ररी नदेखिकन; प्रज्ञापारमिता (भन्ने नै)पनि नबुझी, (त्यसरी) थाहै नपाई, अनुभवै नगरी, राम्ररी देख्दैनदेखि मैले कस्तो बोधिसत्त्वलाई कस्तो प्रज्ञापारमिता भनूँ, सिकाउँ ?,
त्यसपछि पनि फेरि, हे भगवान, यस्तो विषयमा भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा, जुन बोधिसत्त्वको चित्त अवलीयत(संकुचित) हुदैन, संलीयत(अल्सी) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी(मन फर्किने) हुन्छ, न भग्नपृष्ठी(पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वलाई(मात्र) प्रज्ञापारमिताको अनुशासनीगर्न योग्य हुन्छ । यही कुरा नै ‘प्रज्ञापारमिता’ हो भनि (त्यस्ता) बोधिसत्त्व महासत्त्वलाई बताउनु पर्दछ । यस्तो (भनिएको कुरा नै) प्रज्ञापारमिताको अववाद (शिक्षा) हो । यस(भनिएको कुरा) बमोजिम जो(बोधिसत्त्व) बस्दछ त्यो यसको अववाद(शिक्षा)को अनुशासनीमा रहेको हुन्छ ।,
६९ त्यसपछि, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापारमिताको भावगरी, प्रज्ञापारमिताको चर्यागरी, शिक्षितभई यस्तोप्रकारले शिक्षमाण (जान्नुवुझ्नु) गरेतापनि (उसको) बोधिचित्तले त्यसमा पनि मनना गरेका (आशक्य भएका) हुदैनन् । किनकि उसको चित्त नै अचित्त भएको हुन्छ । चित्तको प्रकृति(स्वरूप) प्रभास्वर(प्रकाश) हुन्छ ।”
७२ त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूति सोधे, “जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो चित्त (अस्तित्वमा) रहेको हुन्छ र ?”
त्यसको जवाफमा आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई प्रतिप्रश्न भने, “हे आयुष्मान शारिपुत्र, चित्तमा अचित्तता भैसकेपछि त्यस अचित्ततामा ‘छ’ वा ‘छैन’ वा ‘हुन्छ’ (विद्यते) वा ‘उपलभ्यते’(प्राप्तहुन्छ) (भन्ने भाव रहेको) हुन्छ र ?”
शारिपुत्रले भने, “हुँदैन, हे आयुष्मान सुभूति ।”
सुभूतिले भने, “त्यसैगरी नै, हे आयुष्मान शारिपुत्र, त्यस अचित्ततामा ‘छ(अस्तिता)’ वा ‘छैन(नास्तिता)’ भन्ने नै नभएमा वा अनुभव नभएमा(न उपलभ्यते) तपाइको प्रतिप्रश्न (जवाफ,पर्यनुयोग), ‘जुन चित्त अचित्त भैसकेको हुन्छ त्यो रहन्छ ?‘, ठीकै ठहर्छ ।“
यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई सोधे, “त्यसोभए अचित्तता भनेको के हो त ?”
सुभूतिले जवाफ दिए, “अचित्तता भनेको (म, मेरो तथा यो, त्यो भन्ने नरहेको) विकाररहित अविकल्प चित्त हो ।”
७४ त्यसपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई साधुकार दिए, “साधु साधु, हे आयुष्मान सुभूति । यसरी (योग्य भएको) कारणलेनै तपाईलाई भगवानले ‘अरणाविहारिमध्ये अग्र’ भनि नाम(विशेषण) दिनुभएको होला ।“,
त्यसो भएकोले अविनिवर्तनीय(फेरि फर्किन, जन्म लिन नपर्ने), अनुत्तर(सवैभन्दा माथिल्लो स्तरको) बोधिसत्व-महासत्वहरु, सम्यकसंबोधिहरु (अवश्य छन् भनि विचार राखि); (त्यस्तालाई खोजी भेट्टाई) रूप(स्वरूप वास्तविक हो होईन भनि) परीक्षणगरी, (त्यस्ता) बोधिसत्व-महासत्वका नगीचमारहि प्रज्ञापारमिता जानिलिनु पर्दछ । श्रावकभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,
प्रत्येकबुद्धभूमिमा (रहेका मनुष्यले प्रज्ञापारमितामा) शिक्षितहुन इच्छा भएकाले पनि यहिंनै (महायानमैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापारमिताको शिक्षालिई; (प्रज्ञापारमिताको) योगले परिपूर्ण हुनुपर्दछ ।,
बोधिसत्त्वभूमिमा रहेका जो कोहिले (प्रज्ञापारमितामा)शिक्षितहुन चाहना भएमा यहिं(महायान मैं रहि) प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन(व्याख्या)गर्ने गर्नुपर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,
यसको हेतुकारण के हो त ? यहिं (यसै लोकमा, यसै महायानमा)नै रही प्रज्ञापारमितामा विस्तारमा देखाईएका सवैबोधिसत्वधर्महरु देखोस्(बुझोस्); यसैवाट बोधिसत्व-महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको) होओस् (हुनुपर्दछ) । अनुत्तर(यस भन्दा माथि केहि नभएको) सम्यकसम्बोधिमा शिक्षितहुन इच्छा भएकाले पनि यहीं नै प्रज्ञापारमिता सुन्ने, उद्ग्रहितगर्ने, धारणगर्ने, वाचनगर्ने, प्रवर्तन (व्याख्या)गर्ने गर्ने पर्दछ । यहिं(यसै लोकमा)नै प्रज्ञापामितालाई उपायकौशल्यले समन्वयगरी बोधिसत्वले(पालन गर्नुपर्ने) सकलधर्म समुदागम(प्राप्त)गर्न योग गर्न योग्य छ ।,
यसको हेतुकारण के हो त ? यहिंनै प्रज्ञापारमितामानै विस्तृतरुपमा सवैबोधिसत्वधर्महरु देखोस् (बुझोस्); यसैवाट बोधिसत्व महासत्व शिक्षित होओस, योगमा आप्तवान (पूर्णता प्राप्त गरेको होओस्) हुनुपर्दछ ।”
७८ त्यसपछि आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “हे भगवान, जसलाई ‘बोधिसत्व’ भनि नाम दिइएको छ (त्यस्तो कुनै कुरा) थाहै नपाइकन, अनुभवनै नगरी, राम्ररी देखदै नदेखि; प्रज्ञापारमिता समेत थाहा पाइदैन, अनुभव हुदैन, राम्ररी देखन पनि सकिदैन ।, मैले, हे भगवान, यसरी बोधिसत्व नामधारीलाई नचिनिकन(अविन्दन्), अनुभव नगरी, राम्ररी नदेखि, को बोधिसत्वलाई के प्रज्ञापारमिता सिकाऊँ, के वताऊँ ?,
यसैले, हे भगवान, मैले नजानिकन, अनुभव नगरिकन, राम्ररी नदेखिकन (त्यस्तो) नामधारी बोधिसत्वलाई आयव्यय (‘छ’ वा ‘छैन’) भन्दा कौकृत्य (पछि पश्चाताप हुने कार्य) हुनसक्छ ।, फेरि, हे भगवान, त्यो नामधारी समेत पनि न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ । किनकि त्यस नामधेय(नामधारी व्यक्ति वा वस्तु) नै अविद्यमान छ । यसप्रकार त्यो नामधेय न ‘छ’, न ‘छैन’, न ‘विष्ठित छ’, न ‘अविष्ठित छ’ । यस्ता बोधिसत्व-महासत्व जसलाई यसप्रकारको गम्भीर प्रज्ञापारमिताको वारेमा भाष्यमाणगर्दा, देशनागर्दा, उपदेशगर्दा उसको चित्त सानो हुदैन (न अवलियते), मोहित हुदैन (न संलीयते, अल्सि हुदैन), विषाद गर्दैन (न विषीदति), न पश्चाताप हुन्छ (न विषादम आपद्यते), न उसको मन विपृष्ठी (किन गरिरहेको हुँला भनि मन खिन्न हुने) हुन्छ, न भग्नपृष्ठि (पछि किन गरेको थिएँ हुँला भनि मन खिन्न हुने) हुन्छ, न तर्सन्छ (न उत्र्त्रस्यति), न संत्रसित हुन्छ, न संत्रास पर्दछ (न संत्रासम् आपद्यते) ।,
८१ (त्यस्ताले) अधिमुक्तिको अध्याशय (इच्छा, संकल्प, र चेष्टा)गरी बोधिसत्व-महासत्वको नगीचमारहि प्रज्ञापारमिता बुझोस् (जानि लेओस्); अस्थान(अनाशक्त)योगले राम्रोसंग स्थित होओस्, अविनिवर्तनीय (भवसंसारमा पुन: फर्किन नपर्ने) बोधिसत्वभूमिमा स्थित होओस् ।तत्पश्चात्, हे भगवान, बोधिसत्त्व महासत्त्वले प्रज्ञापारमितामा चर्यागर्दा प्रज्ञापारमितालाई भावनागर्दा (प्रज्ञापारमिता भन्ने वस्तु) न रुप(स्कन्ध)मा छ, न वेदना(स्कन्ध)मा छ, न संज्ञा(स्कन्ध)मा छ, न संस्कार(स्कन्ध)मा छ, न विज्ञान(स्कन्ध)मा नै रहेकोछ (स्थातव्य) भन्ने भावना गरोस् (अर्थात् रुप, वेदना, संज्ञा, संस्कार, वा विज्ञानको भावना नगरोस्) । किनकि जसले रुप(को भाव) गरेको हुन्छ रुपाभिसंस्कार(रूपवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन । यस्तै प्रकारले जसले वेदनामा वा, संज्ञामा वा संस्कारमा पनि (भाव गरेको हुन्छ, अभिसंस्कार(तिनिहरूवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन ) । यसरी नै जसले विज्ञानको भाव गरेको हुन्छमा रहन्छ, विज्ञानाभिसंस्कार (विज्ञानवाट निर्मित वस्तुहरूमा)मा चर्या गरेको हुन्छ; त्यसले प्रज्ञापारमितामा चर्या गरेको हुँदैन । किनकि अभिसंस्कारित वस्तुको भावनागरी चर्यागर्दा न प्रज्ञापारमितानै प्राप्तहुन्छ, न (त्यस्तो)प्रज्ञापारमिताको (चर्यावाट) योगप्राप्ति हुन्छ, न त प्रज्ञापारमिता नै पूर्ण हुन्छ । अपरिपूर्ण भएको प्रज्ञापारमितावाट निर्यास्य(निर्वाणमार्गमा प्रवेश) भईदैन; सर्वज्ञतापनि आफैले आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगरेको नभै परिगृण्हन् (अनाशक्तरुमा स्वत: प्राप्त भएको) हुनुपर्दछ । किनकि रूप त अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन) भनि प्रज्ञापारमिताको भाव गर्नु पर्दछ । यस्तै किसिमले वेदना, संज्ञा र संस्कारहरूलाई पनि (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन भनि भाव गर्नु पर्दछ) । विज्ञानलाई पनि अपरिगृहीत (आशक्तिपूर्वकको प्रयासवाट ग्रहणगर्न सकिने वस्तु नै होईन भनि भाव गर्नु पर्दछ) ।,
जस्को रूपलाई ग्रहण गर्न सकिदैन, त्यो रूप रहदैन (यश्च रूपस्यापरिग्रह:, न तद्रूपम्) । यस्तै किसिमले वेदनालाई, संज्ञालाई र संस्कारलाई पनि (भाव गर्नु पर्दछ ।) जुन विज्ञान अपरिग्रहित हुन्छ त्यो विज्ञान रहँदैन । त्यसरी नै जुन प्रज्ञापारमिता अपरिगृहिता हुन्छ त्यो प्रज्ञापारमिता रहँदैन । यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमितामा चर्या गरोस् । यसरी (चर्यागरी) बोधिसत्त्व-महासत्त्वहरुले ‘सर्वधर्म अपरिगृहित, नाम गरेको अप्रमाण(यतीउती भन्न नसकिने, सीमा नभएको), असाधारण किसिमको, विपुल समाधि लाभ गर्दछ (पुरस्कृत हुन्छ) । यस्तो प्रकारको सर्वज्ञता श्रावक, प्रत्येकबुद्ध (कसै)ले पनि ग्रहण गरेका हुदैनन्, न त यस(सर्वज्ञता)को निमित्तनै ग्रहणगर्न योग्य हुन्छ ।,
८१ यदि निमित्त ग्रहणगर्न सकिने भए, श्रेणिक परिब्राजकले यसमा श्रद्धा पनि गर्दैन थिए (अलप्स्यत) । त्यसैले श्रेणिक, परिब्राजकले सर्वज्ञज्ञान (महायान)मा निश्चयपूर्वक लागि श्रद्धापूर्वक कुनै प्रदेशिक (एक विषयको) ज्ञानमा लाग्ने गर्दछन् । त्यसमा लागेकाले परिवर्तनशील रुपलाई ग्रहण गर्दैन । यसै प्रकारले न वेदना, न संज्ञा न संस्कार(लाई पनि ग्रहण गर्दैन) ।
न विज्ञानलाई नै ग्रहण गर्दछ ।
न त त्यहाँ प्रीतिसुखले त्यस ज्ञानलाइ राम्रोरी हेर्दछ ।
न अध्यात्मरूपको त्यस ज्ञानलाई राम्रोरी हेर्दछ ।
न रूपको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
न रूपको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
न अन्यत्र कुनैरूपलाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
न विज्ञानको, (न) संज्ञाको, (न) संस्कारको अध्यात्महरुलाई (त्यस ज्ञानलाई राम्रोरी हेर्दछ) ।
न विज्ञानको अध्यात्मलाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
न विज्ञानको वहिर्धा(वाह्य)लाई त्यस ज्ञानले राम्रोरी हेर्दछ ।
न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।
न विज्ञानको अध्यात्मबहिर्धालाई त्यस ज्ञानलाई राम्ररी हेर्दछ ।,
यहाँ पद (धर्मसूत्र) र पर्याय(व्याख्या)ले श्रेणिक र परिब्राजक अधिमुक्त हुन्छ । उ सवैतिर श्रद्धानुसारीभई सर्वज्ञज्ञानमा धर्मता(शून्यता)लाई प्रमाणीकृत(प्राप्त)गरी यसवाट अधिमुक्त हुन्छ । त्यसवाट कुनै धर्म(वस्तु) लिईएको भएको हुदैन । न त कुनै पनि वस्तु(धर्म) जुन उपलव्ध हुन्छ, सो ग्रहण गरिएको वा त्याग गरिएको हुन्छ । त्यसले निर्वाणको पनि ईच्छा राख्दैन । यही नै, हे भगवान, वोधिसत्व-महासत्वको लागि प्रज्ञापारमिता हो भनि बुझोस्; र त्यसलाई रुपको निमित्तको रूपमा परिगृहण नगरोस् । यसरी नै वेदना, संज्ञा र संस्कारलाई पनि वेदना वा संज्ञा वा संस्कारको निमित्तको रूपमा परिगृहण नगरोस् । यसरी नै विज्ञानलाई पनि विज्ञानको निमित्तको रूपमा परिगृहण नगरोस् ।
न त उसको दशतथागतबल, चतु:तथागतवैशार्द्य र अष्टादश आवेणिक बुद्धधर्महरू अपरिपूर्ण नै रहेको अवस्था(विचै)मा अन्तरा निर्वाण हुन्छ । त्यसैले, हे भगवान, बोधिसत्व महासत्वले (निमित्त ग्रहण नगर्नु) नै प्रज्ञापारमिता हो भनि बुझनु पर्दछ ।,
९२ फेरि, हे भगवान, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दा प्रज्ञापारमिताको भाव गर्दा यसप्रकार स्व:परीक्षण गर्दै उपनिध्यान गरोस्, “यो प्रज्ञापारमिता के रहेछ ? कसको लागि रहेछ यो प्रज्ञापारमिता ? किन जुन धर्म विद्यमान छैन, उपलभ्य पनि छैन, त्यो कस्तो प्रज्ञापारमिता रहेछ ?,
त्यसलाई यसप्रकार उपपरीक्षण गरी तथा उपनिध्यान(विपश्यना) गर्दा (जसको चित्त) संकुचित हुदैन, संलीयत (अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न तर्सिएको हुन्छ, न संत्रासमा पर्दछ, (त्यस्ता) बोधिसत्व-महासत्व प्रज्ञापारमितावाट अलग भएको हुदैन भनि बुझ्नु पर्दछ ।”
९५ तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो सोधे, “हे आयुष्मान सुभूति, बोधिसत्व-महासत्व प्रज्ञापारमितावाट रहितभै (टाढा) हुनपर्दैन भनि बुझ्नु पर्दछ भन्ने के कारणले भनिएको हो ?”
(सुभूतिले भने), “रुप नै रुपस्वभाववाट रहित हुन्छ, यसरीनै संज्ञापनि (संज्ञास्वभाववाट रहित हुन्छ), संस्कारपनि (संस्कार)स्वभाववाट रहित हुन्छ, यसरीनै विज्ञानपनि विज्ञान स्वभावले रहित हुन्छ, त्यसरी नै प्रज्ञापारमितापनि प्रज्ञापारमितास्वभावले रहित हुन्छ, यसरीनै सर्वज्ञतापनि सर्वज्ञतास्वभावले रहित हुन्छ ।“”
यसप्रकार भनिएपछि, आयुष्मान सुभूतिलाई आयुष्मान शारिपुत्रले यसो भन्नु भयो, “यस्तै हो, हे आयुष्मान शारिपुत्र, यस्तै हो । रूप पनि यसरी नै रुपस्वभाव विहिन हुन्छ । वेदनापनि वेदनास्वभाव विहिन हुन्छ, संज्ञापनि संज्ञास्वभाव विहिन हुन्छ, संस्कारपनि संस्कारस्वभाव विहिन हुन्छ । विज्ञानपनि, हे शारिपुत्र, यसरी नै विज्ञानस्वभाव विहिन हुन्छ । प्रज्ञापारमितापनि यसरी नै प्रज्ञापारमितास्वभाव विहिन हुन्छ । सर्वज्ञतापनि यसरी नै, हे आयुष्मान शारिपुत्र, सर्वज्ञतास्वभाव विहिन हुन्छ । प्रज्ञापारमितालक्षण पनि यसरी नै प्रज्ञापारमिता(स्वभावले) रहित हुन्छ । स्वभावलक्षणपनि यसरी नै लक्षण(स्वभावले) रहित हुन्छ । लक्ष्यस्वभावपनि यसरी नै लक्ष्य रहित हुन्छ । स्वभावलक्षणपनि यसरी नै स्वभाव रहित हुन्छ ।”
९८ यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, ““के फेरि, हे आयुष्मान सुभुति, जो बोधिसत्त्व-महासत्त्व यस(महायान)मा शिक्षित हुन्छ के तिनले सर्वज्ञता पाउँछ ?”
आयुष्मान सुभूतिले भने, ““यसै हो, हे आयुष्मान शारिपुत्र, यसै हो । जुन बोधिसत्त्व-महासत्त्व यसमा शिक्षित हुन्छ तिनले सर्वज्ञता पाउँछ । किनकि हे, शारिपुत्र, सवैवस्तुहरू अजात (अनुत्पन्न) र निर्जात हुन् । यस्तो (भावमा) चर्यागर्ने बोधिसत्त्व-महासत्त्व, हे आयुष्मान शारिपुत्र, सर्वज्ञताको नजिकमा पुग्ने हुन्छ । जति जति सर्वज्ञताको नजिक पुग्दछ, त्यति त्यति सत्त्वपरिपक्वताको लागि कायचित्त परिशुद्ध हुदैजान्छ, लक्षण परिशुद्ध हुदैजान्छ, बुद्धक्षेत्र शुद्ध हुदैजान्छ । बुद्धहरूसंग पनि भेट हुने हुन्छ । यसरी नै, हे आयुष्मान शारिपुत्र बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमिताको भावमा चर्या गर्दै सर्वज्ञताको नजिकमा पुग्दछ ।“”
९९ तत्पश्चात् आयुष्मान सुभूतिले बोधिसत्त्व-महासत्त्वले पालनगर्नुपर्ने(आरभ्य) कुराहरू भन्नुभयो, “”जो रूपमा (भावगरी) चर्या गर्दछ निमित्तको भावगरी चर्या गरेको हुन्छ । जो रूपलाई निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको निरोधमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूपको विनाशमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जो रूप त शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । जसले म चर्या गर्दछू भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । म बोधिसत्त्व हूँ भनि जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । म बोधिसत्त्व हूँ भनि उपलम्भगरी जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।,
यसैगरी वेदना, संज्ञा, संस्कारमा पनि (माथी लेखिए बमोजिम जो चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ) । यसरी नै जो विज्ञानमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञानकै निमित्तमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञाननै निमित्तहो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञानको उत्पादमा चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । यसरी नै जो विज्ञान नै शून्य हो भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म चर्या गर्दछु भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म बोधिसत्त्व हूँ भनि चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ । (जो) म बोधिसत्त्व हूँ भनि उपलम्भगरी चर्या गर्दछ, निमित्तमा चर्या गर्दछ ।,
जसले फेरि (माथी वर्णन गरिएको) जस्तोगरी चर्या गर्दछ, त्यसले प्रज्ञापारमिताको चर्या गर्दछ; तापनि त्यसले पनि यदि मैले प्रज्ञापारमिताको चर्या गर्दैछु भन्ने भाव राख्दछ भने निमित्तकै चर्या गरेको हुन्छ । यी बोधिसत्त्व अनुपायकुशल (उपाय नजानेका) भनि बुझ्नु पर्दछ ।“”
१०० तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी फेरि, हे आयुष्मान सुभूति, बोधिसत्व महासत्वले प्रज्ञापारमिताको चर्या गर्दछ ?”
यसो भनेपछी आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भन्नुभयो, “त्यसरी नै, हे शारिपुत्र, बोधिसत्व-महासत्व न रुपमा चर्या गर्दछ, न रुपको निमित्तमा चर्या गर्दछ, न रुपनै निमित्त हो भनि चर्या गर्दछ, न रुपको उत्पादमा चर्या गर्दछ, न रुपको निरोधमा चर्या गर्दछ, न रुपको विनाशमा चर्या गर्दछ, न रुप शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।,
यसरी नै न वेदना, न संज्ञा, न संस्कारमा (भाव) गर्दछ । त्यसरी नै न विज्ञानमा चर्या गर्दछ, न विज्ञानको निमित्तमा चर्या गर्दछ, न विज्ञाननै निमित्त हो भनि चर्या गर्दछ, न विज्ञानको उत्पादमा चर्या गर्दछ, न विज्ञानको निरोधमा चर्या गर्दछ, न विज्ञानको विनाशमा चर्या गर्दछ, न विज्ञान शून्य छ भनि चर्या गर्दछ, न म चर्या गर्दैछु भनि चर्या गर्दछ, न म बोधिसत्व हूँ भनि चर्या गर्दछ ।,
जसले फेरि (माथी वर्णन गरिएको) जस्तोगरी चर्या गर्दैन, त्यसले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ, त्यसले प्रज्ञापारमिताको भाव राखेको हुन्छ । यसरी बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको चर्या गरेको हुन्छ । उसले यसरी चर्या गरेको भएतापनि म चर्या गर्दैछु भन्ने भाव गर्दैन (न उपैति), चर्या गरेको छैन भन्ने भाव पनि गर्दैन, न चर्या गर्दैछु न चर्या गरेको छैन भन्ने पनि भाव गर्दैन, चर्या गरेको पनि छैन नगरेको पनि छैन भन्ने भन्ने पनि भाव गर्दैन, न चर्या गर्नुछ न चर्या गर्नु छैन भन्ने भाव पनि गर्दैन ।,
यसको के हेतु कारणले भाव नगरेको होला ? सर्वधर्मा (सम्पूर्ण वस्तु) अनुपगत(पछि लागि आएको) भएकोले, अनुपात्ता (परमार्थको दृष्टिकोणले ग्रहणीय नभएको) भएकोले ।”
यसो भनेपछी (मनमा राखेपछि) बोधिसत्व-महासत्वलाई सर्वधर्मानुपादान नाम गरेको समाधि प्राप्त हुन्छ, जुन (समाधि) विपुल छ, असाधारण छ र सवै श्रावक (तथा) प्रत्येकबुद्धलाई (प्राप्तहुने) निश्चित छ । त्यसैमा समाधीमा विहार गरी बोधिसत्त्व महासत्त्व छिट्टै अनुत्तर सम्यक्संबोधिमा अभिसंबुद्ध हुन्छ (प्राप्त हुन्छ) ।”
१०४ बुद्धको आनुभाव(प्रेरणा)ले आयुष्मान सुभूतिले यसो भन्नुभयो, “हे भगवान, यस समाधिमा चर्यागर्ने बोधिसत्व-महासत्वलाई पहिलेका तथागत अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यकसम्बोधि(पद) लाभहोस भनि व्याकृत गरिएको हुनुपर्दछ । (त्यस्तो महान समाधिलाई पनि) त्यसले देख्दैन, न त्यसले (त्यस)समाधीवारे मनमा राख्दछ,- म समाहित भएको छु, म समापत्स्य भएको छु, म समाधिमा समापद्य भएको छू, म समाधिसम्पन्न भएको छु; उसले एउटामात्र, ‘सर्वकिसिमले सर्वसर्वथा सम्पूर्णवस्तु छैन’ भन्ने कुराको भाव राख्दछ ।”
१०५ यसो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भन्नुभयो, “कसरी, हे सुभूति, कस्तो समाधिमा बसेको बोधिसत्व-महासत्वलाई तथागत् अर्हत् र सम्यकसम्बुद्धले अनुत्तर सम्यक सम्बोधि पाउने छ भनि व्याकृत गरिएको छ ? के त्यो समाधि देखाउन सक्नुहुन्छ ?”
सुभूतिले भने, “म भन्दछु, सकिंदैन, हे आयुष्मान शारिपुत्र । किनकि त्यस समाधिलाई कुलपुत्रले न जान्न (ज्ञात गर्न, थाहा पाउन) सक्दछ, न याद राखनै (संझना) सक्दछ । त्यसरी न जान्न सकिने न जानिएको हुन सकिने के हेतु होला त ? अविद्यामान(अस्तित्वमा नभएको) वस्तु भएकोले त्यसको समाधि गरे पनि न जान्न सकिन्छ न राम्ररी देखन सकिन्छ (संजानीते) ।’
त्यसपश्चात् भगवानले आयुष्मान सुभूतिलाई साधुवाद दिंदै बन्नुभयो, “साधुसाधु, हे सुभूति । त्यो त्यसै हो, हे सुभूति, त्यो त्यसै हो । जेजति तथागतको आनुभाव(प्रेरणा, आशिर्वाद)ले तिमिलाई प्रस्फुरण (प्रतिभाति) भएको हो, त्यो तथागतको अधिष्ठानवाटै उपदेशित भएको हो । यसरी नै यहाँ बोधिसत्व-महासत्वले शिक्षित होओस् । किनकि यसरी नै बोधिसत्व-महासत्वले शिक्षा प्राप्तगरी प्रज्ञापारमितामा शिक्षित हुन्छन् ।“”
१०९ तत्पश्चात्, आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “यसप्रकार शिक्षा दिईएका (सिकाईएका), हे भगवान, बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित हुन्छन् ?”
यसो भनेपछी भगवानले आयुष्मान शारिपुत्रलाई यसो बन्नुभयो, “यसरी शिक्षा दिईएका बोधिसत्व-महासत्व प्रज्ञापारमितामा शिक्षित भएका (सिकेका, थाहा पाएका) हुन्छन् ।”
यसो भनेपछी आयुष्मान शारिपुत्रले भगवानसंग सोध्नुभयो, “यसप्रकार शिक्षा पाएका बोधिसत्व-महासत्व के धर्म(वस्तु, विषय)मा शिक्षित भएका हुन्छन् ?”
भगवानले आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “यसरी शिक्षित भएका बोधिसत्व-महासत्व कुनै पनि धर्म(वस्तु, विषय)मा शिक्षित हुदैनन् । किनकि
उसको लागि त्यस्तो कुनै पनि धर्म बाकि रहदैन (न संबिद्यन्ते), जुन धर्मलाई बालपृथक्जनले जसरी लिएका हुन्छन् ।”
आयुष्मान शारिपुत्रले सोधे, “तब कसरी त्यस्तो (धर्मता) रह्यो त, भगवान ?”
भगवानले भन्नुभयो, “जसरी, हे शारिपुत्र, (तिम्रो आफ्नै पनि) अस्तित्व छैन (न संविद्यन्ते) त्यसरी नै अविद्यमान (अस्तित्व नभएको वस्तु) विद्यमान भएको जस्तो देखिएको हो । त्यसैलाई नै अविद्या भनिन्छ । त्यस्तोलाई राम्ररी थाहा नपाएका (अश्रुतवन्तो), बाल (मूर्ख, अज्ञानी) र पृथक्जन (छाडा, अनुशासनमा नरहेका)ले (छ भन्ने गर्दछन्) । त्यसरी अस्तित्व नरहेको सर्वधर्मा (सम्पूर्ण वस्तुहरु) कल्पित गरिएका हुन् । तीनिहरुले त्यसरी कल्पना गरि दुई टुप्पाहरू (आदि अन्त्य छन् भन्ने धारणा राखि) आशक्त भई बस्दछन्, त्यस्तो (धारणा राखी आशक्त भई बसेको कारण)वाट तीनिहरूले धर्म(वस्तुको स्वभाव) न जान्न सक्दछ न देखन सक्दछ । त्यसैले त्यस्ता असंविद्यमान भएका सम्पूर्ण धर्महरु कल्पित (कल्पना गरि बनाईएका) हुन् । कल्पना गरेर शुरू अन्त्यको टुप्पाहरू अभिनिविश्य (निर्माणगरी) त्यसैमा टाँसिएर बस्दछन् । त्यसरी अभिविनिश्य (कल्पनावाट निर्माण गरी) त्यसको निदानलाई समाति(तन्निदानम् उपलम्भं) त्यसैवाट भूतकालका धर्मान्(वस्तुहरू) कल्पना गरी बस्दछन्, भविष्यका वस्तुहरू भनि कल्पनागरी बस्दछन्, र वर्तमानमा धर्म(वस्तुहरू) पनि कल्पना गरि बस्दछन् । त्यसरी कल्पनागरेको नामरुपमा अभिनिविष्ट (आसक्त) भइ बस्दछन् । ती अविद्यमान भएका सवैधर्म(वस्तु)हरु कल्पित हुन् । त्यस्ता अविद्यमान भएका सम्पूर्णवस्तु (सर्वधर्मा) कल्पना गरिबसेको हुँदा यथाभूत(जे जस्तो छ त्यस्तै)मार्ग जान्दैनन्, देख्दैनन् । यथाभूतमार्ग नजानेका नदेखेकाहरु त्रिधातुक(त्रिलोक, सम्पूर्ण लोक)वाट निर्यान्त(पार) हुदैनन्, भूटकोटि(पूर्रूपमा अद्वैतको स्थिति, सर्वसत्त्वहरू उत्पन्नहुनु अघिको अवस्था)लाई बुझ्दैनन् । त्यसकारण तिनिहरू बालजनले गर्ने जस्तो संज्ञा (भावना, व्यवहार) गर्ने गर्दछन् । तिनिहरुले सत्य धर्ममा श्रद्धा गर्दैनन् । त्यसैले, हे शारिपुत्र, बोधिसत्त्व-महासत्त्वहरु कुनै पनि धर्म(वस्तु)मा अभिनिविष्ट(टाँसिएर बसेका) हुदैनन् ।”
११० यसरी भनिएछि आयुष्मान शारिपुत्रले भगवानलाई भन्नुभयो, “यसरी शिक्षा लिएका बोधिसत्व-महासत्व के सर्वज्ञतामा शिक्षित भएका(बुझेका) हुन्छन ?
भगवानले भन्नुभयो, “यसप्रकार शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वज्ञतामा पनि शिक्षित हुदैनन् । यसरी शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वधर्ममा शिक्षित हुन्छन् । यसरी शिक्षमाण भएका बोधिसत्व-महासत्व सर्वज्ञतामा शिक्षित भई सर्वज्ञतामा नगीच भएर बस्दछ र सर्वज्ञतातर्फ लाग्दछ (निर्यास्यति) ।”
११६ तत्पश्चात आयुष्मान सुभूतिले भगवानलाई यसो भन्नुभयो, “हे भगवान, यदि कसैले यसरी सोधेमा, ‘के यस्ता मायापुरुष सर्वज्ञतामा शिक्षित हुन्छन् ? सर्वज्ञताको नगीच भएर बस्दछन् ? सर्वज्ञतालाई नाघेर अघि जान्छन् ?’, के निर्देश गर्नुपर्ने हो ?”
यसरी भनिएपछि भगवानले आयुष्मन्त सुभूतिलाई भन्नुभयो, “त्यसैले नै, हे सुभूति, म तिमिसंगै प्रतिप्रश्न गर्छु । जस्तो तिम्रो क्षमता छ, त्यसरी व्याकरण(व्याख्या) गर” ।
आयुष्मान शारिपुत्रले भने “हे भगवान (हजूरलाई) नित्य साधुवाद छ”, “सोध्नुहोस् (प्रत्यश्रौषीत्) ।”
भगवानले यसो भन्नुभयो, “त के, हे सुभूति, त्यो माया(मायाजाल) वेग्लै हो र त्यसको रुप वेग्लै हो ? माया वेग्लै हो, वेदना वेग्लै हो ? संज्ञा वेग्लै हो, संस्कार वेग्लै हो ? माया वेग्लै हो अविज्ञान (अविद्या) वेग्लै हो ?”
सुभूतिले भने, “त्यसो होइन, भगवान । न माया बेग्लै हो न त त्यसको रूपनै बेग्लै हो । रूप नै माया हो, माया नै रूप हो । न माया वेग्लै हो, (न) वेदना वेग्लै हो, (न) संज्ञा वेग्लै हो, (न) संस्कार वेग्लै हो । वेदना, संज्ञा संस्कार, हे भगवान, माया जस्तै हो; मायावाटै वेदना संज्ञा संस्कार (उत्पन्न हुने हो) । हे भगवान, न माया वेग्लै हो (न) त्यसको विज्ञान वेग्लै हो । विज्ञानवाटै माया हुन्छ र मायावाटै विज्ञान हुन्छ ।“”
११८ भगवानले भन्नुभयो, “त्यसो भए के भन्छौ, पाचओटा उपादानस्कन्धहरुको (आधारमा) संज्ञा, समज्ञा, प्रज्ञप्ति, र व्यवहारलाई लिएर बोधिसत्व भनिएको हो भनि मनमा लिएका छौ कि ?”
आयुष्मान सुभूतिले भगवानलाई भन्नुभयो, “यसै हो, हे भगवान, यसै हो (भन्ने मलाई लाग्छ) । त्यसरीनै, हे भगवान, बोधिसत्व-महासत्वले प्रज्ञापामिताको शिक्षमाणगरी, मायापुरुष(इन्द्रजालवाट कुनै वस्तु उत्पन्न गर्ने लीन गराउने जादूगर) जस्तै शिक्षित भई(उत्पन्न वा लीन गरेको वस्तुमा कुनै भाव नलिई गर्ने व्यवहार गरी) अनुत्तर सम्यससम्बोधि प्राप्त गर्दछन् । किनकि त्यस (बोधिसत्त्व-महासत्त्व)ले त्यसरी नै मायापुरुष(जादूगर)ले जस्तै पञ्चउपादानस्कन्ध धारण गरेको (आधार लिएको) हुन्छ । किनकि (तथा हि भगवन् मायोपमं रूपमुक्तं भगवता) । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित रूपवाट) मुक्त (रहेको हुन्छ) । जुन रूपलाई षड्इन्द्रियले (अनुभव गरेको हुन्छ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) भएको हुन्छ । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व-महासत्त्व) मायावाट (सिर्जित) वेदना, संस्कारहरुवाट मुक्त (रहेको हुन्छ भनि हजूरले) भन्नुभएको छ(हुनुपर्दछ) । त्यसरी नै, हे भगवन, (उ, बोधिसत्त्व महासत्त्व) मायावाट (सिर्जित) विज्ञानवाट मुक्त (रहेको हुन्छ भनि) भगवानवाट भनिएको हो । जुन विज्ञानलाई षड्इन्द्रियले (अनुभव गर्दछ), त्यो पञ्चस्कन्ध(वाट निर्मित) हो । (महा)यानमा संप्रस्थित भएका नयाँ बोधिसत्व महासत्व यी निर्देशहरु सुनेर उत्र्त्रसित नहुने, संत्रसित नहुने संत्रासमा नपर्ने हुन्छ ।
भगवानले भन्नुभयो, “यदि, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व-महासत्व पापमित्रका संगमा परेमा भने उत्र्त्रसिन्छ, संत्रसित हुन्छ, संत्रासमा पर्दछ । तर, हे सुभूति, नवयानमा संप्रस्थित भएका बोधिसत्व-महासत्व कल्याणमित्रको संगमा परेमा भने न उत्र्त्रसित हुन्छ, न संत्रसित हुन्छ, न संत्रासमै पर्दछ ।”
१२२ भवगवानवाट यस्तो आज्ञा भएपछि आयुष्मान सुभूतिले सोधे, “कसरी फेरि, हे भगवान, बोधिसत्त्व-महासत्वले कल्याणमित्र को हो भनि कसरी थाहापाउने हो ?”
भगवानले भन्नुभयो, “(कल्याणमित्र त्यो हो) जसले यसप्रकारले पारमिताको बारेमा बताउँछ, अनुशासित गर्दछ । जसले मारकर्मको वारेमा उपदेश दिन्छ । साथै, मारदोषको वारेमा बताउँछ;- मारदोष यस्तो हुन्छ । साथै, मारकर्म वारेमा पनि बताउँछ, – यी मारकर्म हुन् । त्यसरी ती कुराहरू बुझाई (त्यसलाई) त्याग्नसक्ने बनाउँदछ । यस्तालाई, हे सुभूते, महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व-महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।”
यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानलाई सोध्नुभयो, “जुन भगवानले पनि भन्नुभएको हो, ‘यी, हे सुभूति महासंनाहसंनद्ध (कम्मर कसेर लागेका) महायानमा संप्रस्थित महायानमा समारूढ बोधिसत्व-महासत्वका कल्याणमित्र हो भनि बुझनु पर्दछ ।’, त्यस बोधिसत्व-महासत्व भनि भगवानले भन्नुभएको त्यस बोधिसत्व भनिएको पदको अर्थ हो ?”
यसरी सोधिएपछि भगवानले आयुष्मान शारिपुत्रलाई भन्नुभयो, “अपदार्थ हो, हे सुभूति, वोधिसत्व पदार्थ । किनकि, सवैधर्म(सकल वस्तुहरू)मा पनि, हे सुभूति, बोधिसत्व-महासत्व असक्ततामा शिक्षित भएको हुन्छ अर्थात् कुनै पनि वस्तुमा आशक्ति राखेको हुँदैन । सर्वधर्म(सकल वस्तुहरू)को अनुबोधन(ज्ञानलिने कार्य गर्दा कुनैपनि वस्तु)मा आशक्ति नराखी, हे सुभूति, वोधिसत्त्व-महासत्त्वले अनुत्तर सम्यकसंवोधि अभिसंवोधि (प्राप्त) गर्दछ । बोधिज्ञान(बुझेको) कारणले नै, हे सुभूति, बोधिसत्व-महासत्व भनिएका हुन् ।”
सुभूतिले भन्नुभयो, “भगवानले फेरि बोधिसत्त्व-महासत्त्व भनि जो आज्ञा गर्नुहुन्छ, त्यो के कारणले बोधिसत्व-महासत्व भनि भनिएको हो ?”
भगवानले भन्नुभयो, “सत्त्वनिकाय(प्राणीका समूह)मध्ये धेरैठूलोमात्रामा सत्त्वताभएको कार्य(चर्या)गरि अग्र(स्थानमा) रहेको अर्थमा बोधिसत्त्व भनि भनिएको हो ।””
१३३ तत्पश्चात आयुष्मान शारिपुत्रले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि प्रतिभास भएको छ कि यसै अर्थले बोधसत्त्व-महासत्त्व भनिएको हुनुपर्दछ ।”
भगवानले भन्नुभयो, “हे शारिपुत्र, तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”
आयुष्मान शारिपुत्रले भन्नुभयो, “महति (धेरै, दृढरूपमा) आत्मदृष्टी(म, मेरो भन्नेअहंकारदृष्टि), सत्त्वदृष्टी(संसीदनात्मकत्वात् अर्थात् नरम भईजानेभएकोले), जीवदृष्टी (जीवितेन्द्रिको वशमा परेका), पुद्गलदृष्टी(पुन: पुन: षड्गतिमा जन्मलिन आउने), भवदृष्टी(आभिर्भव अर्तात् उत्पन्न भै आएको), विभवदृष्टी(हराइएर जाने भएको), उच्छेददृष्टी(पहिले थियो, अहिले छैन भन्ने विचार), शाश्वतदृष्टी(जुन पहिले थियो त्यो अहिले पनि छ भन्ने विचार), स्वकायदृष्टी (पञ्चस्कन्धलाई म, मेरो भन्ने कल्पना गरेको) र यस्यै अन्य दृष्टी (विभिन्न दर्सनहरू)हरुलाई प्रहाणगर्न धर्मदेशना गर्नुहुन्छ; त्यसैले बोधिसत्व-महासत्व भनिएको हुनुपर्दछ ।”
तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मेरो मनमा पनि बोधिसत्त्व-महासत्त्व किन भनिएको होला भन्ने विचार आएको छ ।”
भगवानले भन्नुयो, “हे सुभूति, तिमिलाई प्रतिभास होस्, मनमा लागेको कुरा भने हुन्छ ।”
सुभूतिले भन्नुभयो, ““हे भगवान, बोधिसत्व-महासत्व यसरी भनिन्दैन (सुभूतिराह– बोधिसत्त्वो महासत्त्व इति भगवन्नुच्यते) ।, हुनत त्यस्तो बोधि(बोधि, प्रणिधि र प्रस्थान)चित्त, सर्वज्ञताचित्त, अनास्रव(आस्रव नभएको)चित्त, असम(असाधारण)चित्त, असमसम(असाधारणरूमा शान्त, बुद्धभूमि)चित्त(का कुराहरु) सवै श्रावक र प्रत्येकबुद्धहरुलाई असाधारण हुन्छ(वुझन सक्दैनन्); बोधिसत्व महासत्त्वहरू त्यस्ता विषयमा पनि चित्तमा असक्तता धारण गरेका हुन्छन् (आसक्त हुदैनन्) । किनकि त्यस्तो सर्वज्ञताचित्त, अनास्रव भएको, अपर्यापन्न भएको चित्त भएतापनि बोधिसत्व-महासत्त्वमा (आफ्नो चित्त) सर्वज्ञताचित्त भएको छ वा अनास्रवचित्त छ वा अपर्यापन्न छ भन्ने कुराको भावना रहदैन । उसको चित्त असक्त र अपर्यापन्न भएको हुन्छ । त्यसकारणले बोधिसत्व-महासत्वलाई यस्तो ‘नाम’ दिईएको हो ।”
१३६ तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भन्नुभयो, “के कारणले, हे सुभूति, (बोधिसत्व महासत्वको) चित्त असक्त र अपर्यापन्न भएको हुन्छ ?””
सुभूतिले भने, “अचित्त भएकोले (बोधिसत्व-महासत्वको) चित्त असक्त र अपर्यापन्न हुने हुन्छ ।”
शारिपुत्रले सोधे, “फेरि के, हे आयुष्मान सुभूति, जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ र ?”
सुभूतिले प्रतिप्रश्न गरे, “के फेरि, हे आयुष्मान शारिपुत्र, त्यस अचित्तता(भएको चित्त)मा छ वा छैन वा रहेकोछ (विद्यते) वा उपलभ्यते भन्ने हुन्छ र ?”
शारिपुत्रले भने, “रहँदैन, हे आयुष्मान सुभूति” ।
सुभूतिले भने, “हे आयुष्मान शारिपुत्र, यदि, त्यहाँ अचित्तता छ वा छैन वा विद्यते वा नउपलभ्यते भए, ‘जुन चित्त अचित्त भएको हुन्छ त्यो चित्त रहन्छ’ भनि कसरी यस्तो भनिएको हो, ?”
शारिपुत्रले भने, “साधु, साधु, हे आयुष्मान सुभूति । यस्तै भएर नै तपाईलाई भगवानले अरणाविहारिणाम्-अग्र भनि निर्देशित भएको रहेछ ।”
१३९ तत्पश्चात मैत्रायणीपुत्र पूर्णले भगवानसंग यसो भने, “महासत्त्व, महासत्त्व भनि भगवानले जसलाई भन्नुभएको हो वहाँ महासंनाहसंनद्ध (ठूलो युद्धमा भागलिन शस्त्रास्त्रले सुसज्जित भई तयार भएको) सत्त्व हुनुपर्दछ । (वहाँ) महायानमा संप्रस्थित, महायानमा राम्ररी आरुढ भएको सत्त्व हुनु पर्दछ । त्यसैले त्यस्तासत्त्वलाई महासत्व-महासत्व भनि (अनेक पटक, महत्त्वदिई) भनिएको होला ।”
१४३ तत्पश्चात आयुष्मान सुभूतिले भगवानसंग सोधे, “महासंनाहसंनद्ध महासंनाससंनद्ध भनि हजूरले भन्नुहुन्छ, के गर्दा, हे भगवान, बोधिसत्व-महासत्व महासंनाहसंनद्ध भएको हुन्छ ?”
भगवानले भन्नुभयो, “हे सुभूति, बोधिसत्व-महासत्व यसरी हुन्छ,– (उसले संकल्प लिएको हुन्छ कि) अप्रमेय सत्त्वलाई मैले निर्वाणमा लैजाने छु, असंख्य सत्वहरुलाई मैले परिनिर्वाण दिलाईदिने छु । तर, जसले ती यावत सत्त्वहरूलाई परिनिर्वाणमा लैजाने हो त्यस बोधिसत्त्व-महासत्त्व र ती तावत सत्त्वप्राणीहरू जसलाई उसले परिनिर्वाणमा लैजाने हो कोहि पनि छैनन् ।(न च ते सन्ति यैर्ये परिनिर्वापयितव्या इति) । उसले ती तावत् सत्वहरुलाई परिनिर्वाणमा लैजान्छ (स तांस्तावत: सत्त्वान् परिनिर्वापयति) । ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् (न च स कश्चित्सत्त्वो य: परिनिर्वृतो येन च परिनिर्वापितो भवति)। त्यस्को के हेतु होला ? जसरी धर्म(रूपादि पञ्चस्कन्धवाट निर्मित कुनै पनि वस्तु)हरू धर्मतास्वभाव (नि:स्वभावको)को छ, माया(जाल, संसार प्रपञ्च पनि) धर्मता(शून्यता)वाटै उपादित (उत्पन्न, निर्मित) भएको हो । (त्यसैले संसार प्रपंच पनि नि:स्वभावको छ) । (धर्मैतैषा सुभूते धर्माणां मायाधर्मतामुपादाय स्यात्) । त्यसैगरी, हे सुभूति, ती नामहरू(कल्पित वस्तु, मायाजाल, संसार प्रपञ्च)लाई दक्ष(प्रवीण, सिपालु) मायाकार(जादूगर) वा मायाकारको नगीचको(शिष्य) वा चतुर्महापथका महान्त (ऋद्धिपदप्राप्त गरेका महान पुरूष)ले जनकाय(प्राणीहरू)को अभिनिर्मित(निर्माण) गर्दछन् (तथापि नाम सुभूते दक्षो मायाकारो वा मायाकारान्तेवासी वा चतुर्महापथे महान्तं जनकायमभिनिर्मिमीते) । (र,) अभिनिर्माण गरी त्यसरी निर्मित धेरैसंख्याका प्राणीजनको अन्तर्ध्यान (नाश, लय) पनि गर्दछन् । त्यसो गर्दा के भन्छौ, हे सुभूति, त्यहाँ कुनैकोहि मारिएको वा मरेको वा नाश भएको वा लुकाईएको (अन्तर्निहित गरिएको) छ त ?”
सुभूतिले भन्नुभयो, “त्यस्तो त केहि पनि भएको छैन, भगवान ।”
भगवानले भन्नुभयो, “यसरी नै हे सुभूति, बोधिसत्व-महासत्वले अप्रमेय असंख्य सत्वहरुलाइ परिनिर्वाणमा लग्दछन् । ती (सत्त्वहरू) मध्ये कुनै पनि सत्व, जो परिनिर्वृत्त भएको छ र ती सत्त्व(बोधिसत्त्व-महासत्त्व) जसद्वारा परिनिर्वापित गरिन्छ, भएका होइनन् । त्यो बोधिसत्व-महासत्व जो यसप्रकारको निर्देशवाट निर्देशितकुरा सुन्दा तर्सन्न, सन्त्रासमा पर्दैन त्यस्ता लाई म, हे सुभूति, महासंनाहसंनद्ध भएका बोधिसत्व-महासत्त्व भन्दछु ।”
१४७ तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “यसरी, हे भगवान, हजूर(भगवान)वाट भाषित भएको कुराको अर्थ मेरो विचारमा(बतायं), बोधिसत्व-महासत्व भनिएको सत्त्व शस्त्र अस्त्रवाट सुसज्जित भई युद्धगर्न जान लागेको ‘संनाहसंनद्ध’ नभई, कुनैपनि शस्त्रास्त्र तथा सुरक्षाकवच समेत नलिईकनै महासंग्राममा लानलागेको कारणले) असंनाहसंनद्ध भनि भनिनुपर्ने जस्तो लाग्दछ ।“”
भगवानले बन्नुभयो, “यस्तै हो, हे सुभूति, यस्तै हो । विचारगर्दा बोधिसत्व-महासत्व असंनाहसंनद्ध हुन् भनि बुझे हुन्छ । किनकि, हे सुभूति, उ अकृता (कसैद्वारा नबनाईएको भएकोले) सर्वज्ञता अविकृत छ, अनभिसंस्कृत छ । ति (बोधिसत्त्व-महासत्त्व) पनि अकृता अविकृता अनभिसंस्कृता भएकोले त्यस्ता सत्त्वका नाम राखनको लागि म ‘संनाहसंनद्ध’ भन्दछु ।”
१४९ यसरी भनिएपछि आयुष्मान सुभूतिले भगवान भन्नुभयो, “यसरी नै हो भगवान, यसरी नै हो सुगत । किनकि, जसरी हे भगवान, रुप अबद्ध र अमुक्त छ । यसैगरी विज्ञान, वेदना, संज्ञा, संस्कार पनि (अबद्ध र अमुक्त छन्) । त्यसरी नै, हे भगवान, विज्ञान अवद्ध र अमुक्त छ । रुप तथता पनि अबद्ध र अमुक्त हुन् । यसरी नै वेदनातथता र संस्कारतथता पनि (अबद्ध र अमुक्त हुन्) । विज्ञानतथतापनि, हे भगवान, अबद्ध अमुक्त छन् ।“”
१५९ तत्पश्चात मैत्रायणीपुत्र पूर्णले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “हे, आयुष्मान सुभूति, रुपलाई अबद्ध अमुक्त भन्नुभयो । यसरी नै वेदना, संस्कारलाई पनि (अबद्ध अमुक्त भन्नुभयो) । विज्ञानलाई, हे आयुष्मान सुभूति, अबद्ध अमुक्त भन्नुभयो । रुपतथता पनि हे आयुष्मान सुभुति, अबद्ध अमुक्त भन्नुभयो । हे आयुष्मान सुभूति, यहाँले अबद्ध अमुक्त भनि भन्नुभएको रूप कस्तो रूप हो ? यसरी नै अबद्ध अमुक्त भएको कस्तो वेदना, कस्तो संज्ञा, कस्तो संस्कारलाई रहेछ ? जुन विज्ञानलाई अबद्ध अमुक्त भन्नुहुन्छ त्यो कस्तो विज्ञान हो ? हे आयुष्मान सुभूति, जुन रुपतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ त्यो रुपतथता पनमि कस्तो छ ? यसैगरी कसरी ती वेदनातथता, संज्ञातथता, संस्कारतथता समूहहरू पनि कस्ता हुन्छन् (जसलाई तपाई अबद्ध अमुक्त भन्नुहुन्छ) ? हे आयुष्मान सुभूति, त्यस विज्ञानतथता, जुन विज्ञानतथतालाई पनि अबद्ध अमुक्त भन्नुहुन्छ, कस्तो हुन्छ ?””
यसरी भनिएपछि आयुष्मान सुभूतिले मैत्रायणीपुत्र आयुष्मान पूर्णलाई यसो भन्नुभयो, “जस्तो, हे आयुष्मान पूर्ण, मायापुरुष(मायाकार? मायाजालमा देखिएको व्यक्ति)को जुन रुप हुन्छ त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । यसरी नै त्यस मायापुरुषको जुन वेदना हुन्छ, जुन संज्ञा हुन्छ, जुन संस्कारहरू हुन्छन् (ती अबद्ध हुन्छ अमुक्त हुन्छ) । हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको जुन विज्ञान हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । (त्यस) मायापुरुषको जुन रूपतथता (हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ) । यसरी नै (त्यस) मायापुरुषको जुन वेदनातथता हुन्छ, जुन संज्ञातथता हुन्छ, जुन संस्कारतथताहरू (हुन्छन् ती अबद्ध हुन्छ अमुक्त हुन्छ) । जुन, हे आयुष्मान पूर्ण, (त्यस) मायापुरुषको विज्ञानतथता हुन्छ, त्यो अबद्ध हुन्छ अमुक्त हुन्छ । किनभने, असत् (हुँदै नभएको) भूत(वस्तु)वाट (निर्मित भएकोले) अबद्ध अमुक्त छ, विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले अबद्ध अमुक्त छ, अनुत्पन्न (पञ्चस्कन्धवाट निर्मित नभएको) हुँदा अबद्ध अमुक्त छ ।“,
“म त्यस्ता (महायानको) महासंग्राममा (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत लिई) जान तयारभएका, महायानमा राम्ररीस्थितभएका, महायानमा राम्ररी आरूढ भएका बोधिसत्त्व-महासत्त्वलाई त्यस्तो महासंग्राममा असंनाह (शस्त्र, अस्त्र, सुरक्षाकवच समेत नलिई जान लागेको) भन्छु ।“” भनेपछि मैत्रायणीपुत्र आयुष्मान पूर्ण चुपो लाग्नुभयो ।
१५२ तत्पश्चात आयुष्मान सुभूतिले भगवान समक्ष यसो भन्नुभयो, “”यसरी, हे भगवान, बोधिसत्त्व महासत्त्व (महायानको) महासंग्राममा जान तयार भएका, महायानमा राम्ररी स्थित भएका, महायानमा राम्ररी आरूढ भएका हुन्छन् । (तर) कसरी (कतावाट) त्यस महायानमा (लाग्ने हो) ? कसरी (कुन तरीकाले) त्यसमा लागेको छ भनि थाहा पाउने हो ? कतावाट त्यस महायानमा जोडिने(संलग्न हुने) हो ? केवाट (कुन वस्तु लिएर) त्यस महायानमा संप्रस्थित हुने हो ? कसलाई साथ लिएमा त्यस महायानमा बसिने हो ? को (कतावाट) वा अनेन (यतावाट) महायानमा निर्यास्य(जोडिएको) हुने हो ?””
यसरी भनिएपछि भगवानले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, ““महायानमा, हे सुभूति, यस्ता अधिवचनहरु अप्रमेय संख्यामा छन् । अप्रमाण(यतीउती भन्न नसकिने) भएकोले अप्रमेय छ । हुन त, हे सुभूति, यस्ता प्रश्नहरू, “’कसरी के भएमा(कथं?) संप्रस्थित भयो भनि जान्ने हो ?, कतावाट भएर त्यस महायानमा जोडिने (संलग्न) हुने हो ?, केवाट त्यस महायानमा संप्रस्थित हुन्छ ?, कसलाई साथ लिएर त्यस महायानमा बसिने हो ?, कतावाट वा यतावाट महायानमा निर्यास्य(जोडिएको) हुने हो ? का त्यसको उत्त्तरमा (दश)पारमिताहरूको(बलवाट) संप्रस्थित (भयो भनि जान्ने पर्छ) ।, ‘त्रैधाधुकवाट भएर (त्यस महायानमा) जोडिने (संलग्न) हुने हो ।, जसको आलम्वन गरिन्छ त्यसैवाट संप्रस्थित हुने हो । सर्वज्ञतालाई साथमा लिएर बसिने हुन्छ ।, निर्यास्य हुने बोधिसत्त्व-महासत्त्वहरू हुन् । तापनि (वास्तवमा) फेरि (बोधिसत्त्व-महासत्त्वहरू) कतैपनि निर्यास्य भएको हुदैन ।, कुनैपनि वस्तु लिएर संप्रस्थित भएको नै हुँदैन ।, न कसैलाई साथ लिएर बस्दछन् । तापनि, (बोधिसत्त्व-महासत्त्वहरू) योगगरी (त्यसको), बलवाट सर्वज्ञतास्थानमा बसेका हुन्छन् ।,
“न कोहि (महायानमा लागेका, अर्थात् बोधिसत्त्व-महासत्त्व) महायानवाट निर्यातो (वाहिरिन्छ), न निर्यास्यति (प्रस्थान गर्दछ), न निर्याति (गएका नै छन्) । किनभने, जो जानेवाला हो र जो द्वारा लगिने हो ती दुवै वस्तुहरू नै छैनन् र हुदैनन्(न विद्येते नोपलभ्येते) । यसरी अविद्यमान रहेको सर्वधर्म(वस्तु, पञ्चस्कन्ध)वाट को कस्तो कसवाट निर्यास्यति (जाने हो) ? यसरी नै हे सुभूति, बोधिसत्त्व महासत्त्व महायानमा संनद्ध हुन्छ, महायानमा प्रस्थान हुन्छ, महायानमा समारूढ हुन्छ ।“”
१७४ यस्तो भनेपछि आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभभो, ‘“भगवानले महायान, महायान भन्नुहुन्छ । देव मनुष्य असुरलोक(हरु)लाई समेत ढाकी (अभिभवत् गराएको) निर्यास्य (सन्निहित गराईराखेको) आकाशजस्तै अतिमहत भएको यो महायानमा हो । जस्तो कि आकाशमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू छन्, त्यसरी नै यस यानमा अप्रमेय संख्यामा सत्त्ब(प्राणी)हरू (स्थान पाएका, लागेका) छन् । त्यस्तो (विस्तारित, चौडा यान) भएकोले नै, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरुले यसलाई महायान भनेका हुन् । (यो यत्ती ठूलो छ कि) यो आगम(आएको) देखिन्छ, न यस्को कतैतिर निर्गम(गएको) देखिन्छ, न त यो कुनै ठाउँमा रहेको नै देखिन्छ । यसरी नै यसको न पूर्वान्त नै उपलब्ध छ, न अपरान्त उपलब्ध छ, न त मध्य नै उपलब्ध छ । यो यान सम(समता, समरुप) स्वभावको छ, हे भगवान । त्यसैले महायान महायान भनि भन्नुभएको रहेछ ।”
तत्पश्चात भगवानले आयुष्मान सुभूतिलाई साधुकार दिनुभयो, “साधु साधु हे सुभूति ।, यो यसै हो, हे सुभूति, यो यसै हो । यो महायान बोधिसत्त्व-महासत्त्वहरुकै लागि हो । यसैमा शिक्षित भई बोधिसत्त्व-महासत्त्वहरु सर्वज्ञता प्राप्त गरेका छन्, प्राप्त गर्दैछन् र गर्ने छन् । (अन्न शिक्षित्वा बोधिसत्त्वैर्महासत्त्वै: सर्वज्ञता अनुप्राप्ता, अनुप्राप्स्यते अनुप्राप्यते च )।।
१७७ तत्पश्चात् मैत्रायणीपुत्र आयुष्मान् पूर्णले भगवानसंग यसो भने, “हे भगवान, वहाँ सुभूति स्थवीरले प्रज्ञापारमिताको के अध्ययन गरेर महायानको उपदेशदिने मन गर्नु भएको हो ?”
(त्यस कुरा सुनी) तत्पश्चात् आयुष्मान सुभूतिले भगवानसंग यसो भन्नुभयो, “मैले, हे भगवान, प्रज्ञापामिताको व्यतिक्रमगरी (छोडी, कुनै कुरा वाहिरको थपथाप गरी) महायानको कुरा बताएको छैन । (नाहं भगवन् प्रज्ञापामितायां व्यतिक्रम्य महायानमविचम् ।)”
भगवानले भन्नुभयो, “हो सुभूति, (प्रज्ञापामितालाई छोडी, कुनै कुरा वाहिरको थपथप गरी) भनेका छैनौ ।, प्रज्ञापारमितासंग मिल्ने गरी (अनुलोम)नै, हे सुभूति, महायानको उपदेश गरेका छौ ।“
यसो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग भन्नुभयो, “यो (भगवान)बुद्धको अनुभाव(प्रेरणा)वाटै, हे भगवान, (उपदेश गरेको) हो ।, म फेरि पनि भन्छू, हे भगवान, बोधिसत्त्व पूर्वान्तमा पनि थिएन, बोधिसत्त्व अपरान्तमा पनि हुदैन, बोधिसत्त्व मध्यमा पनि छैन (अपि तु खलु पुनर्भगवन् पूर्वान्ततो बोधिसत्त्वो नोपैति, अपरान्ततो बोधिसत्त्वो नोपैति, मध्यतो बोधिसत्त्वो नोपैति) । किनकि, जस्तो रूप अपर्यन्तत छ (अर्थात्, रूपको विस्तारको सीमा छैन), त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छ । यसैगरी जसरी वेदना, संज्ञा, र संस्कारका पनि (विस्तारका सीमा छैनन् त्यसरी नै बोधिसत्त्व पनि अपर्यन्त छन् ) । (त्यसै गरी) जसरी विज्ञानको विस्तारको पनि सीमा छैन, बोधिसत्त्वको पनि सीमा छैन ।,
रूप(स्कन्ध)लाइ बोधिसत्त्वले लिने गर्दैन(रूपं बोधिसत्त्व इति नोपैति) । यै(रुप) पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । यसरी नै वेदा, संज्ञा, र संस्कारहरु पनि (अविद्यमान छन्, (यसैले) प्राप्य पनि छैनन्) । विज्ञान पनि बोधिसत्त्वले प्राप्त गर्दैन, यो पनि अविद्यमान छ, (यसैले) प्राप्य पनि छैन । यसप्रकार, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् बोधिसत्त्धर्महरु अप्राप्य भएकोले, हे भगवान, मैले त्यो कुनैपनि धर्म देखेको छैन जसलाई ‘बोधिसत्त्व’ भनि नाम दिईएको छ ।,
प्रज्ञापारमितापनि मैले देखेको छैन, न पाएको छु । सर्वज्ञतापनि मैले देखेको छैन, न पाएको छु । त्यसैले म भन्दछु, हे भगवान, सवै किसिमले सर्वसर्वथा यावत् धर्महरु उपलब्ध नगरी नदेखिकनै कुन धर्म कसरी धर्म कस्तोछ भनि कसलाई भनूँ, सिकाउँ ? ‘बुद्ध’(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । ‘बोधिसत्व’(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । प्रज्ञापारमिता(भन्ने पनि), हे भगवान, यो नाम राखिएकोमात्र हो । त्यो नाम(धेय) अभिनिर्वृत्त(उत्पन्न भएको) पनि होइन, (कल्पित मात्र हो) । जसरी आत्मा आत्मा भनि भगवानले आज्ञा गर्नुभएको छ, त्यो आत्मा, हे भगवान, अत्यन्त अभिनिर्वृत्त (उत्पन्न) भएको होईन (यथा आत्मा आत्मेति च भगवननुच्यते, अत्यन्ततया च भगवन्ननभिनिर्वृत्त आत्मा ।) ।
यसरी नै अस्वभाव(स्वभावरहित)को सर्वधर्म(सकल वस्तु)का केकस्ता रूप छन्(हुन्छन्) जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ? कतमे ते वेदनासंज्ञासंस्कारा: ? ती वेदना, संज्ञा र संस्कारहरुका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका छन्) ? विज्ञानका पनि (केकस्ता रूप छन् जुन अग्राह्य छन्, अनभिनिर्वृत्व(अनुत्पाद, उत्पन्न नभएका) छन् ? ,
यसरी नै सम्पूर्ण धर्महरु जो अस्वभावता(स्वभावरहित) छन् ती अनभिनिर्वृत्त(अनुत्पाद) हुन । जे जति पनि सर्वधर्महरु अनभिनिर्वृत्त छन्, ती धर्मा(स्वभाव भएका, वस्तु) होइनन् । त कसरी अनभिनिर्वृत्त(हुँदै नभएको) प्रज्ञापामितालाई अन-भिनिर्वृत्त(छँदै छैन) भन्ने अववाद(विषयको शिक्षा) कसरी दिउँ, कसरी अनुशासनी गराउँ कतै अन्यत्र पनि, हे भगवान, अनभिनिर्वृत्त (हुँदै नभएको) सर्व(कुनैपनि)धर्म चाहे बुद्धधर्म होस् अथवा बोधिसत्त्वधर्म होस् जो उपलव्ध छैन, त्यो अथवा यो लाई बुझेर(बोध गरेरमात्र) चर्या गरोस् ।,
यस्तो विषयमा, हे भगवान, भाषणदिंदा, देशनागर्दा, उपदेशदिंदा (जुन)बोधिसत्त्वको चित्त संकुचित हुदैन, संलीयत(अल्सी?) हुदैन, विषाद(कातर स्वभाव) गर्दैन, विषादमा पर्दैन, न त्यसको मन विपृष्ठी (मन फर्किने) हुन्छ, न भग्नपृष्ठी (पश्चाताप) हुन्छ, न तर्सिन्छ, न त्रासमा पर्दछ, त्यस्ता बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमितामा चर्या गरेको छ भनि बुझ्नुपर्दछ । यस्तो किसिमले बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको भाव गरेको हुन्छ ।,
त्यस्को हेतु के होभने, यस्तो (भाव गरेकोजुन सुकै) समयमा पनि, हे भगवन, बोधिसत्त्व-महासत्त्व यस्ता धर्म(वस्तु)का बारेमा प्रज्ञापारमितावाट उपपरीक्षा(निरीक्षण) गरेको हुन्छ, त्यसबेला न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ । यसैप्रकारले न संज्ञा, न संस्कारमा नै (रहन्छ, न त्यसका संज्ञा, न संस्कारमा (रहेको हुन्छ, जान्छ, न तीनीहरूका उत्पादलाई हेरेको हुन्छ, न त निरोधनै गरिबसेको हुन्छ) । न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ । त्यस्को हेतु के होला त ? जस्तो, जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न भएकै छैन), त्यस रूप नै होईन (हुनै सक्दैन) । जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) । यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) । जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन । यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) । यसप्रकारले, हे भगवान, प्रज्ञापारमितावाट जब सर्वाकार भएको सर्वधर्महरुलाई (बोधिसत्त्व-महासत्त्वले) राम्ररी उपपरीक्षण गरेको हुन्छ, त्यसबेला उ न रूपमा रहेको हुन्छ, न रूपमा जान्छ, न रूपको उत्पादलाई हेरेको हुन्छ, न त रूपको निरोधनै हेरि(गरि) बसेको हुन्छ । यसैप्रकारले उ न संज्ञा न संस्कारमा नै रहेको हुन्छ, न संज्ञा न संस्कारमा नै जान्छ, न संज्ञा न संस्कारको उत्पादलाई हेरेको हुन्छ, न त न संज्ञा न संस्कारको निरोधनै हेरि(गरि) बसेको हुन्छ । न विज्ञानमा रहेको हुन्छ, न विज्ञानमा जान्छ, न विज्ञानको उत्पादलाई हेरेको हुन्छ, न त विज्ञानको निरोधनै हेरि(गरि) बसेको हुन्छ ।,
त्यस्को हेतु के होला ? जो रूप अनुत्पाद छ (अर्थात् उत्पन्न नै भएको छैन), त्यो रुप होईन(हुन सक्दैन) । त्यस्को हेतु के होला ? जुन रुप अव्यय छ (अर्थात्, जो नाशवान छैन), त्यो रुप होईन(हुन सक्दैन) । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो ।,
यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) रूप पनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यसलाई फेरिपनि भनिएको छ, यो जुन रूप हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (रूप अद्वय हो भनि मान्नु पर्दछ) । यसैप्रकारले वेदनालाई संज्ञालाई र संस्कारलाई (पनि अद्वयमा गणना गरिनु पर्दछ, अर्थात् वेदना संज्ञा र संस्कारलाई पनि अद्वय हो भनि मान्नु पर्दछ) । जसरी नै जुन विज्ञान अनुत्पन्न् छ, (अर्थात् जसको उत्पत्ति भएकै छैन), त्यो विज्ञान हुनसक्दैन; जुन विज्ञान अव्यय छ (जो नाशवान छ) त्यो विज्ञान हुनसक्दैन । यो अनुत्पाद पनि भएको र (भाव पनि गर्न सकिने) विज्ञानपनि भएको (भएतापनि) अद्वय(दुइटा भिन्नभन्न नभएको) हुँदा यो अद्वैधीकारक(बेग्लै अर्थलाग्ने नभएको) हो । यो अव्यय(खर्च नहुने, नाश नहुने)पनि भएकोले (अव्यय र विज्ञान) अद्वय(दुइटा छुट्टाछुट्टै नभएको) होईन, यसैले अद्वैधीकारक(बेग्लै अर्थलाग्ने) होईन । यसलाई फेरिपनि भनिएको छ, यो जुन विज्ञान हो, त्यसलाई अद्वयमा गणना गरिनु पर्दछ (विज्ञान अद्वय हो भनि मान्नु पर्दछ) ।“
१८५ तत्पश्चात् आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिसंग यसो भने, “आयुष्मान सुभूतिले भन्नुभएको कुराको अर्थ मैले बुझें, त्यैकारणवाट बोधिसत्त्व पनि अनुत्पाद हुन् । (तर), हे आयुष्मान सुभूति, यदि बोधिसत्त्वहरुपनि अनुत्पाद हो भने किन बोधिसत्त्वले दुष्करचारिकाको चर्या गर्दछन् त ? यताउताका (चारैतर्फका) सत्त्वप्राणीहरुले (भोग गरेको कर्म)कृत दु:ख आफूले नै पाएको जस्तो गरि किन अनुभव गर्दछन् ?”
यस्तो भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे शारिपुत्र, न मैले चाहन्छु कि बोधिसत्त्व-महासत्त्वले दुष्करचर्या गरोस् । (वास्तवमा) न त बोधिसत्त्व-महासत्त्वहरुले नै दुष्करसंज्ञा गरेको हुन्छ (अर्थात् न यो चर्या दुष्कर ‘छ’ वा ‘छैन’ भन्ने भाव राखेको हुन्छ) । किनकि, हे शारिपुत्र, (बोधिसत्त्वको मनमा) दुष्करताको संज्ञाभाव (यो दुष्कार चर्या गर्दैछु भन्ने भाव) आए अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्नसक्ने हुदैनन् । तर, सुखको संज्ञा (अनुभुति) भएमा (अप्रमेय संख्यामा सत्त्वप्राणीहरुको भलो गर्न सक्ने हुन्छ) । सवै सत्त्वप्राणीलाई आफ्ना नगिचमा रहेका स्त्रीपुरुषहरुलाई (नातागोता इष्टमित्रलाई जस्तै) मातृसंज्ञा, पुत्रसंज्ञा, दुहित्र(छोरीवेटी)संज्ञा, पितृसंज्ञाको भावना गर्नु पर्दछ । यस्तो संज्ञाभाव राखि बोधिसत्त्व-महासत्त्वले चारिका (चर्या) गर्ने गर्दछ । त्यसकारण मातृसंज्ञा, पितृसंज्ञा, पुत्रसंज्ञा, दुहित्रसंज्ञा गरी बोधिसत्त्व-महासत्त्वने सर्वसत्त्व सवैलाई यसरी आत्मसंज्ञा (आफू जस्तै ठान्ने) उत्पन्न गरेको हुन्छ । जसरी आफूलाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा पाउन (कर्म, चेष्टा) गर्ने गर्दछ, त्यसरी नै (बोधिसत्त्व-महासत्त्वले)सवै सत्त्व(प्राणी)लाई सवैतरीकाले सवैकिसिमको पूर्णरूपमा सकल दु:खवाट छुटकारा दिलाउने कार्य (कर्म, चेष्टा) गर्ने गर्दछ । यसरी सर्वसत्त्वमा संज्ञा उत्पन्न गर्दछ, ‘म वाट सर्वसत्त्हरू मध्ये कोहिपनि छोडिने छैन । म द्वारा सकल सत्त्वप्राणीलाई अपरिमाण(अथाह) दु:खस्कन्धवाट छुटकारा दिलाउने छु । मैले तिनिहरूप्रति चित्तप्रदोष(मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन; अन्त्यमा मेरो शय टुक्रा भएपनि । बोधिसत्त्-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ । (जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारले चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ ।, एवं च सर्वसत्त्वेषु संज्ञा उत्पादयितव्या- मयैते सर्वसत्त्वा न परित्यक्तव्या: । यसरी सकल सत्त्वप्राणीमा यस्तो संज्ञा प्रकट उत्पन्न गर्दछ, मैले यावत सत्त्वलाई परित्यक्त गर्ने छैन । मैले सकल सत्त्वलाई अपरिमाणको दु:खस्कन्धवाट छुटकारा दिलाउने छु । (यस चर्या गर्दा गर्दा) मेरो सय शयटुक्रा भैगएपनि मैले चित्तप्रदोष(उत्साहको कमी हुने, खिन्नता, मनमा द्वेष, खराब भाव) उत्पन्न् गराउने छैन (गराउन हुँदैन्?)।’ बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पन्न् गर्नु पर्दछ । (जो महासत्त्व-बोधिसत्त्व) यसप्रकारले चित्तगरी (भावगरी) विहार गरेको हुन्छ, दुष्करसंज्ञीभई चर्या गरेको हुँदैन, न दुष्करसंज्ञी भई विहार गरेकै हुन्छ । तत्पश्चात, हे आयुष्मान शरिपुत्र, बोधिसत्त्व-महासत्त्वले यस्तो चित्त उत्पाद गरोस्, जसरी सर्वेण सर्व सर्वथा सवैमा आत्मा (भन्ने वस्तु) बिद्यमान छैन, न प्राप्त नै गर्न सकिने हो, त्यसरीनै सर्वेण सर्व सर्वथा सर्व सर्वधर्मा बिद्यमान छैन, न त प्राप्त नै गर्न सकिने छ । यसैकिसिमले सवै आध्यात्मिक र वाह्यवस्तुहरूमा (दुवै प्रकारका) (माथी उल्लेख भए बमोजिमको) संज्ञा(भावना) उत्पाद गर्न (मनमा राखन) पर्दछ) । जो यस्तो चित्तमा (भाव राखी) बस्दछ, त्यस चर्या दुष्कर छ भन्ने संज्ञाभावमा रहदैन, न त्यसले उसले आफू दुष्करचर्यामा विहार गर्दैछु भन्ने संज्ञाभावमा राख्दछ । हे आयुष्मान शारिपुत्र तपाईले भन्नुभयो, बोधिसत्त्व अनुत्पाद हो । त्यो तपाईले जुन (बोधिसत्त्व अनुत्पाद) भन्नुभयो, त्यो त्यसै हो । बोधिसत्त्व अनुत्पाद हुन् ।
१८९ शारिपुत्रले सोधे, “के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वमात्र अनुत्पाद हो कि बोधिसत्त्वधर्म पनि अनुत्पाद हो ?”
सुभूतिले जवाफ दिए, “बोधिसत्त्वधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हुन् ।
शारिपुत्रले सोधे, “उसोभए के फेरि, हे आयुष्मान सुभूति, बोधिसत्त्वधर्म मात्र अनुत्पाद हो कि सर्वज्ञता पनि अनुत्पाद हो ?”
सुभूतिले भने, “सर्वज्ञता पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”
(शारिपुत्रले) सोधे, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञता मात्र अनुत्पाद हो कि सर्वज्ञताधर्मा पनि अनुत्पाद हो ?”
(सुभूतिले) भने, “सर्वज्ञताधर्म पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”
शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, सर्वज्ञताधर्मा मात्र अनुत्पाद हो कि पृथक्जन पनि अनुत्पाद हो ?
(सुभूतिले) भने, “पृथक्जन पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।
शारिपुत्रले भने, “के फेरि, हे आयुष्मान सुभूति, पृथग्जनमात्र अनुत्पाद हो कि पृथग्जनधर्म पनि अनुत्पाद हो ?”
(सुभूतिले) भने, “पृथक्जनधर्मा पनि, हे आयुष्मान शारिपुत्र, अनुत्पाद हो ।”
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भन्नुभयो, “जव, हे आयुष्मान सुभूति, बोधिसत्त्व पनि अनुत्पाद हो, बोधिसत्त्वधर्म पनि अनुत्पाद हो, सर्वज्ञता पनि अनुत्पाद हो, सर्वज्ञताधर्मा पनि अनुत्पाद हो, पृथग्जन पनि अनुत्पाद हो, पृथग्जनधर्मा पनि अनुत्पाद हो, (भनि भावना गरेमा), हे आयुष्मान सुभूति, सहजै अयत्नले नै पनि बोधिसत्त्व-महासत्त्व सर्वज्ञता (पाएको) हुन्छ ।”
यस्तो भनेपछि आयुष्मान सुभुतिले आयुष्मान शारिपुत्रलाई यसरी भन्नुभयो, “मैले, हे आयुष्मन् शारिपुत्र, न अनुत्पन्न धर्मको प्राप्तिको ईच्छा राख्दछु, न त अभिसमयकै पनि । अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति पनि हुदैन ।“
(शारिपुत्रले) भने, “के, हे आयुष्मान सुभूति, अनुत्पन्न वस्तु द्वारा अनुत्पन्न वस्तुको प्राप्ति हुन्छ कि उत्पन्न भएको वस्तुवाट अनुत्पन्न वस्तुको प्राप्ति हुने हो ?“
(सुभूतिले) भने, “फेरि के, हे आयुष्मान शारिपुत्र, अनुत्पन्न वस्तु उत्पन्न हुने हो कि (अथवा) अनुत्पन्नवस्तु वाटै अनुत्पन्नवस्तु उत्पन्न हुने हो ?”
(शारिपुत्रले) भने, “के फेरि, हे आयुष्मान सुभूति, उत्पन्न भएको वस्तु नै अनुत्पाद हो कि (अथवा) उत्पन्न नभएको वस्तुनै उत्पाद (उत्पन्न भएको, हुने) हो ?“
(सुभूतिले) भने, “हे आयुष्मान शारिपुत्र, उत्पादितवस्तु वा अनुत्पादित वस्तु (भनि) विवादगर्ने विषय होइन ।”
(शारिपुत्रले) भने, “(उसोभए), हे आयुष्मान सुभूति, उत्पन्न नभएको वस्तु भनि भन्न (छलफलको विषय बनाउन) पर्ने हो कि ?“
(सुभूतिले) भने, “हे शारिपुत्र, अनुत्पादित वस्तु भन्ने नै विवाद(छलफलको) विषय हो । (यसैले) अनुत्पाद (भनि जे भनिएको छ त्यो नै) वस्तु प्रतिभात (देखिने) भएको हो । अनुत्पाद(वस्त् नै), हे शारिपुत्र, प्रतिभान (देखिने) भएको हो । यसरी नै, हे आयुष्मान शारिपुत्र, अत्यन्त प्रतिभात (देखिने) भएको हो ।“
१९३ यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “धार्मकथिकामध्ये आयुष्मान सुभूति अग्रस्थानमा स्थापित हुनुहुन्छ ।, किनभने, जसरी आयुष्मान सुभूति स्थवीरसंग जस्तोसुकै पनि परिप्रश्न गरिएपनि वहाँ छल्नुहुन्छ (नि:स्+अरति), धर्मता पनि छोडनुहुन्न, धर्मताको पनि विरोध गर्नुहुन्न ।“
यस्तो भनेपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, ‘धर्मतानै, हे आयुष्मान शारिपुत्र, श्रावकहरुको लागि भगवानवाट (देखाउनु भएको) अनिश्रित(जाने) धर्म(ठाउँ, वस्तु) हो । तिनिहरुले जस्तोसुकै परिप्रश्न गरेतापनि वहाँ छल्नुहुन्छ (नि:स्+अरति), धर्मताको पनि विरोध गर्नुहुन्न, धर्मताको वाहिर जानुपनि हुन्न । यस्को के हेतु के हो भने, जस्तो नाम छ, सर्वधर्महरु पनि त्यसै हुने (अनिश्रित) हो ।“
यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “साधु, साधु, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्वले (चर्यागर्ने) सर्वधर्म(वस्तुहरू) कतैपनि नजाने (गतिहिन भई आश्रय लिएको) ठाउँ, पारमिता, कस्तो हुन्छ ?
सुभूतिले भन्नुभयो, “प्रज्ञापारमिताभन्नु नै, हे आयुष्मान शारिपुत्र, सर्वयानिकी (सवैलाई समेटेर लग्ने) हो, सकलधर्महरूको गतिहिनभई आश्रय लिने ठाउ हो, र ‘सकलधर्महरूको गतिहिनभई आश्रय लिएको पारमिता’ पनि हो ।
यस्तो किसिमको गम्भीर प्रज्ञापारमिताको भाष्यमान गर्दा, देशना गर्दा, उपदेश गर्दा जो बोधिसत्त्व-महासत्त्वको चित्त अवलिन (संकुचित) हुदैन, काङ्क्षा(शंसय) हुदैन, धंधा(पीर, डर, अन्यमनस्यता) हुदैन, चित्त अन्यथा हुदैन त्यस बोधिसत्त्व-महासत्त्वले गरेको विहरण(चर्या) लाई अविरहितभई मनसिकार नभई प्रज्ञापारमितामा विहार गरेको छ भनि बुझ्नु पर्दछ ।
१९४ यस्तो भनेपछि आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई भने, “कसरी, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व अविरहितमनसिकार (मनसिकारवाट रहित नभै) र प्रज्ञापारमितावाट पनि रहित नभईकन विहार गरिरहन्छ ?,
यदि ह्यायुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वोऽविरहितो मनसिकारेण भवति, एवं स विरहित: प्रज्ञापारमिताविहारेण भवति ।
यदि, हे आयुष्मान सुभूति, बोधिसत्त्व-महासत्त्व विरहितभई प्रज्ञापारमितामा रहन्छ भने मनसिकारमा अविरहित भएको हुनुपर्दछ ।
यदि, हे आयुष्मान सुभूति, (कुनै) बोधिसत्त्व-महासत्त्व अविरहितभई प्रज्ञापारमितामा विहरण गर्दछ भने उ मनसिकारवारवाट विरहित (टाढा) भईहाल्छ नि (होईन र?) ।
हे आयुष्मान सुभूति, यदि बोधिसत्त्व-महासत्त्व मनसिकारवाट रहित नभै बसेमा उ प्रज्ञापारमितावाट रहित भएको हुँदैन । यसरी सकलसत्त्वप्राणी ९माथी भने बमोजिम॰ अविरहित भई प्रज्ञापारमितावाट अविरहितभई विहार गरिरहन्छ । किनभने, सकल सत्त्वप्राणी (त्यसरी) अविरहित भई मनसिकारले विहरण गरिरहन्छ ।“
१९८ यसरी भनिएपछि आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “साधु, साधु हे आयुष्मान शारिपुत्र ।, (हुनत तपाईलाई) हकार्न (उपालप्स्ये) पनि सकिन्छ । (किनकि), यहाँ तपाई शारिपुत्रले भूतपद(पञ्चतत्त्वका पदार्थहरु) मात्रको कुरा(अर्थ) गर्नुभयो । त्यसको हेतु के होला ? सत्त्व(प्राणी)हरू अस्वभावको भएको(नभएको?)ले, हे शारिपुत्र, मनसिकार पनि छैन भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू असत् भावको भएकोले, हे शारिपुत्र, मनसिकार पनि असत् हो भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू विविक्त (शुद्ध, एकान्त, फरक) भएकोले, हे शारिपुत्र, मनसिकार पनि विविक्त छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अचिन्त्य (मनले बुझ्न, भेट्टाउन नसकिने) भएकोले, हे शारिपुत्र, मनसिकार पनि अचिन्त्य छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अभिसंबोधि (बोधिप्राप्त गरेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अभिसंबोधि नभएको छ भनि बुझ्नुपर्छ । सत्त्व(प्राणी)हरू अयथाभूतार्थाभिसंबोधि (जस्तो छ त्यस्तै गरी अर्थ बुझेको) नभएकोले, हे शारिपुत्र, मनसिकार पनि अयथाभूतार्थाभिसंबोधि छ भनि बुझ्नुपर्छ ।
यसरी नै, हे आयुष्मान शारिपुत्र, यस प्रकारले मनसिकार राखि बोधिसत्त्व-महासत्त्वले विहार गरीरहे हुन्छ, भनि ईच्छा गर्दछु ।“ आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां सर्वकारज्ञताचर्यापरिवर्तो नाम प्रथम: ।
]]>सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट गर्नुपर्दछ, भन्ने सोचाई राख्दथेँ । बाटो देखाउने कोही पाइनसकेकोले अलमिएको थिएँ । गुरुपदको पसल थापी व्यवसाय गरेका मास्टरमा भने श्रद्धा थिएन । यसै गरी दिनरात कटिरहेको थियो ।
यस्तै पर्यो । कसैको सहयोगी ‘एक्स्ट्रा’ भएर साथलागी सत्यमोहन जोशीजी कहाँ भेटनजानुपर्ने भयो । कहिले नभेटेको मान्छे । धेरै धेरै पहिले ३२ सालतिर आफू दार्चुलामा रा.वि.से.मास्टर भएर जाँदा सत्यमोहन जोशी भन्ने मान्छेले लेखेको कर्णाली लोकसंस्कृतिको पहिलो खण्ड पढेर ज्यादै प्रभावित भएको थिएँ । र,त्यसैको ढाँचाको नकलगरी आफूले पनि ‘लेकम लोक संस्कृति’ भन्ने भिलेज प्रोफाईल लेखी बुझाई मास्टरको डिग्री पनि लिएको थिएँ । त्यसैले उनि प्रति मनमा एक उत्सुकता थियो । साथै, विभिन्न विधामा तीनपटकको मदन पुरस्कार विजेता, नेवार संस्कृतिको मूर्धन्य विद्वान, इतिहासमा हराएको अरनिकोलाई खोजी चिनाउने व्यक्ति जस्ता उनका अनेक विशेषताहरू बारे निकै सुने पढेको थिएँ । विद्यार्थीकालमा क्वीज कन्टेस्टमा खुब चाख राख्दथेँ, यसैले यस्ता ‘विशिष्टता’का बारेमा निकै दखल राख्दथेँ । यसैले निक्कै जान्ने सुन्ने पनि थिएँ । अहिले पो जागीर नफापेर ढाक्रे हुनपुगेको ।
संस्कृतिको धनी शहर ललितपुरको केन्द्रकै नजिकको ‘पारावत विहार’ । कुनै प्राचीन मन्दीर वा विहारजस्तै लाग्ने सातओटा ढुँगेखुडकिलाहरू चढी पस्नुपर्ने चबूतरा माथि दायाँबाँया सेता परेवाहरू लगायत पञ्चबुद्ध चित्रित बीचमा वज्रसत्त्वको मूर्ति खोपिएको प्राचीन प्रवेशद्वार । शायद कुनै बेला रहेको विहार भत्किएपछि त्यस प्रवेशद्वारमाथि थपिएको जस्तो, पुरानै घर । भित्र वयोवृद्ध उमेरको अग्लो व्यक्ति, देख्दा सामान्य लाग्ने तन्नेरीमनको नेवारले विशुद्ध नेपालीमा छन्द व्याकरण उच्चारण आदि केहि पनि त्रुटि नगरी बोल्दै थिए । आधुनिक नेपालमा पहिलोपल्ट बौद्धधर्ममा प्रबज्ज्या लिए बापत जुद्ध शम्शेरले देशनिकाला गरेको वर्णन र पछि अन्तरराष्ट्रिय दवावको कारणले तथा आफूलाई सुधारवादी देखाउन पद्म शम्शेरले सो आदेश फिर्ता लिएको इतिहासको ओजपूर्ण अन्तरवार्ता रेकर्डिंग गराउँदै थिए । यसैले लुसुक्कपरी एक कुनामा नम्र भई उभिएको थिएँ । सत्यमोहन जोशी वहाँ नै होला भनेर खुट्याउन गाहारो परेन । क्यामेरामेनले त्रिखुट्टिमा ठड्याएको ठूलो मूभीक्यामेरावाट उनैको भनाईलाई भिडियोशूट गरिरहेका थिए । इतिहासका पन्नाहरू प्रवाहित भइरहेका थिए । मेरो द्वेषी मस्तिष्कमा यी राणाशाहीहरू आफूलाई भारतपरस्त देखाउने तृष्णाले कति असहिष्णु भएका रहेछन् भन्ने कुरा घुम्दै थियो । र, जसको हींगको टालो आजसम्म पनि निकैले बोकी राखेका छन् भन्ने मेरो सोचाई थियो ।
कुनै उपवन वा सानो झाडी जस्तै लाग्ने हरियाली । लटरम्म फुलेको बेगमकल्लीको लहराको झ्याँगतल मटानमा यी सव हुँदै थिए । संस्कृतिविद् सत्यमोहन जोशीको घर पनि संस्कृतिमय रहेछन् । पारम्परिक, सामान्य र पुरानो घर । सिमेन्ट छड र तडक भडक विहिन । सादा । मोटर, ग्यारेज, फ्रिज, कम्प्युटर र टिभि बेगरको । सन्तोषं परमं सुखम् । ढोकासंगै स्थापित एकजोडी स्त्री-पुरुषका ढुगेमूर्तिमा फूलमाला पहिराइएको थियो । उनका स्वर्गीय पितामाता रहेछन् । शङ्खरराज र नुगलदेवी प्रतिदिन पूजिने रहेछन् । नब्बे वर्षका जोडीले पितामातालाई दैनिक पूजागर्ने रहेछन् । मेरो मनमा श्रद्धा पुलकित भयो ।
कुराकानी भयो, सकियो । के कुरा भयो भन्ने अहिले हाम्रो विषय होइन । त्यसै छोडिदिउँ, बरू पछि कुनैबेला विस्तारमा चर्चा गरौंला । बरू कुराकानी भैरहेको बेलामा मनमा आवाज आउँदै थियो, ‘तैंले खोजेको मान्छे यही हो । नछोड, समात् । सोध्ने जति सवै सोध्, यही बेला हो । पछि पश्चाताप होला’ । हृदयवाट उठेको डिंडिमको अनाहतनाद आभ्यान्तरको कर्णपटल दनादन ठोकिंदै थियो । कुराकानी सकिएपछी अनाचक बोल्न पुगेँछु, “संस्कृति र अध्यात्मका विषयमा मेरा निकै कन्फ्यूजनहरू छन्, के म यहाँवाट निर्देशन पाउन सक्छु ?” उहाँले हास्दै भन्नुभयो, “हुन्छ, हामी हरेक सोमबार छलफल गर्छौ । प्रज्ञापारमिताको छलफल र नामसङ्गीतिको पाठ पूजा आदि हुन्छ । आउनुभए हुन्छ, छलफल गरौंला । तपाईहरू जस्ता त आउनु पनि पर्छ ।”
सोमबार चारबज्नु अगावै पुगेँ । बसुन्धरादेवीको मूर्ति खोपिएको ढोकावाट टाउको निहुराई बैठकमा छिरेँ । भित्तामा भगवान बुद्धको सुन्दर मूर्ति स्थापित थियो । शायद एकमात्र चैत्यहीन विहार भएकोले यो बुद्धको प्रतिमा उहाँले नै स्थापना गर्नु भएको रहेछ । पछि थाहा हुँदै गए । त्यसको फलेँटिमा घ्यूको दीवाहरू जलिरहेका थिए । मूर्तिको तल सानो टेबिलमा हेर्नमा सामान्य लाग्ने व्यक्तिहरूको दुइटा फोटो थियो । यसअघिका गुरुहरू हुनुहुँदा रहेछन् । एकातर्फको भित्तामा रगीचंगी माछाहरू भएको सानो एक्वेरियम थियो । किताबका चाङहरू खात का खातपरी यताउता अरल्लिएर पडेका थिए । बैठकमा महिला र पुरुषहरू छुट्टाछुट्टै लहरमा बस्दै गरेका थिए । भगवान बुद्धको प्रतीमालाई अगाडी पर्नेगरी अर्को साइडमा एकजना महिला बसेकी थिइन् । उहाँ यस पाठपूजा र प्रवचन गर्नुहुने गुरुमा ‘शान्ति दिदी’ हुनुहुँदो रहेछ । साथमा वज्रयानका एकजना मुख्य ‘आचार्य’ टंकमान दाइ पनि रहेछन् ।
सत्यमोहनको थर ख’ख’ले गुणितागर्ने जोशी हो । पुर्ख्यौली धर्म निख्खरा तागाधारी हिन्दू हो । उहाँले आफ्ना कुल परम्परामा केहि आँच आउन नदिई वज्रयानी साधनाज्ञान परम्परालाई पनि साथै कायम गराउनु भएको रहेछ । यस बुद्धपूजाको पूजाक्रम विधि पञ्चोपचार रहेछ । साधना सप्तविधानोत्तर रहेछ । गुरुमा शान्ति दिदीले भन्नुभयो, “प्रकाशमानजी, म लेख्नपढन जान्दिन । पढेको छैन” । सत्यमोहन जोशी जस्ता विद्वान पनि औपचारिकरूपमा धेरै पढेका त रहेनछन् । सत्यमोहन जोशीले शान्तिदिदीलाई गुरुमाको स्थानमा राखी प्रवचन गराएका रहेछन् । अहिले शान्ति दिदी बस्नु भएको गद्दीमा यस अघि गुणरत्न जस्ता महापण्डित गुरू आसीन हुनुभएको रहेछ । आजका नाम कहलिएका निकै नामूद बौद्धविद्वानहरू वहाँका उत्पादन रहेछन् । त्यस्ता गुणका खानी भएका गुरु गुणरत्नले कस्ताकस्ता कतिकति पढेका आफ्ना शिष्यगणहरू मध्ये शान्ति दिदीलाई नै प्रमुख गुरुशिष्याको रूपमा चयनगर्नु भएको रहेछ ।
एक पल्ट सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, काशी विद्यापीठका प्राचार्य र प्रकाण्ड बौद्ध विद्वान प्राध्यापक जगन्नाथ उपाध्याय ब्रायन हगसन, राहुल सांकृत्यायन जस्ताको अनुशरणगरी बौद्धज्ञानको खोजी अनुसन्धानको क्रममा यहाँ आउनु भएको रहेछ । उहाँले महायानी परम्पराको पूजाविधि लुप्तप्राय भइसक्यो भन्ने क्रममा ललितपुरवाट समेत यो लुप्त भैसकेकोछ भनी भनाई राखेका रहेछ । त्यो सुनेर सत्यमोहन जोशीले ‘लुप्त भएको छैन’ भनी भनेछन्, जसको समर्थन आशाराम शाक्य र लोकदर्शन वज्राचार्य आदिले पनि गरेका रहेछन् । र सत्यमोहन जोशीले प्रमाणको लागि आफ्नै घरमा ल्याई यहि सोमबारे सप्तविधानोत्तर पूजा, नामसङ्गीतिको पाठ आदि देखाई दिएछन् । यस्तो महायानी परम्परा शुद्धरूपमा कायम राखेको दुर्लभ कुरा देखेर ती प्राचार्य छक्क परेका रहेछन् । साथै, गुणरत्नजस्ता महाज्ञानी गुरू तथा नेपालका बौद्धविद्वानहरूसंग छलफल गरी प्रभाबित भई गएका रहेछन् ।
महायानी सप्तविधानोत्तर भनेको सात क्रमको अर्चना रहेछ । शुरूमा आफ्ना आराध्य ‘भगवान बुद्ध’लाई आह्वानगर्ने, स्थान आसन दिने, स्नान अभिषेक गर्ने आदि ‘वन्दन’कर्म गरिने रहेछ । तत्पश्चात्, पञ्चोपचारपूजा गर्ने रहेछ । जसमा केशरी अबीरआदि टिका लगाउने, वस्त्रालंकार लगाइदिने, फूलमाला पहिराइदिने, धूप जलाउने, नैवेद्य अर्पणगर्ने रहेछ । तेस्रोमा पापदेशना गरिने रहेछ जसमा यस अघि आफूले गरेको अकुशलकर्मको अरूलाई सुनाई प्रायश्चितगरी आइन्दा त्यस्तो नगर्ने संकल्प लिइने रहेछ । यो क्रिश्चियनहरूको बन्दबक्सामा लुकी प्रायश्चित गर्ने भन्दा बेग्लै तरीकाले सबैको अगाडी प्रकटरूमा भनि गरिने रहेछ । तत्पश्चात चौथोक्रममा कुनै पनि प्राणीले कुनैपनि कुशलकर्म गरेको भए त्यसको प्रशंसागर्ने, समर्थनगर्ने र त्यसबाट प्रेरणालिने रहेछ । पाँचौक्रममा आफ्ना अगाडि अधिष्ठान गरिएका आराध्य देवता वा बुद्ध बोधिसत्त्वसंग नजिकमा रही उनिहरुसंग आदर र श्रद्धापूर्वक ज्ञान माग्ने अध्येषणा गरिने रहेछ । तत्पश्चात, यसरी आफूले ज्ञानलिए पछि अन्य सवै सत्त्वप्राणीले पनि त्यसैगरी लाभ लेओस् भनि कल्पकल्पसम्म निर्वाण नलिई लोकहीतकार्य गर्दैरहनुहोस् भनी याचना गरिने रहेछ । र अन्त्यमा आफूले गरेको कुशलकर्मको ‘पुण्यफल’ एकक्षणपनि संभार नगरी तुरुन्तै सकलसत्त्वप्राणीको कल्याणमा समर्पण गरिदिनु पर्ने रहेछ । यि विधि सवै गर्दा लामो समयलाग्ने भएकोले सामान्य बेलामा यसलाई छोटकरी विधिमा सम्पन्न गर्ने गरिएको रहेछ ।
भाद्र महिनामा एक दिन राम्रो साइतमा घरमैं सत्यमोहन जोशीले सपरिवार भगवान कृष्णको झुला झुलाउने गर्नु भएको रहेछ । सुहृद्, बान्धव र यस सोमबारे चर्यामा आउने गरेका सवैलाई समेत यसमा समावेश गर्ने रहेछन् । भोज पनि खुवाउने रहेछ । सवैलाई टिका लगाई दक्षिणासमेत दिने रहेछ । कस्तो अनौठो ! बुद्ध, कृष्ण र शिवमा उस्तै भक्ति । श्रद्धा र प्रज्ञाका दुई शिखरमा उभिएको व्यक्तित्व । नेपाली संस्कृतिको जिउँदो उदाहरण ।
स्तोत्र पढिए, धारणी पाठ गरिए । शान्ति दिदी गुरुमाको सामान्य प्रवचन पनि भयो । शान्ती दिदी गुरुमाले आफू सानी बच्ची हुँदादेखि नै कसरी पुरुषको एकछत्र राज भएको वज्रचार्यकर्ममा प्रवृत्त भएर गुरुसेवागरी कसरी गुरुकृपा समेत प्राप्त गरेकी थिइन्, ति मार्मिक घटनाहरू गद्गद हृदयले भक्कानोलिंदै सुनाइन् । मेरो मनमा कुरा बाँउडियो, मैले विश्वकै मान्यताप्राप्त विश्वविद्यालयवाटै डिग्री लिएपनि के भयो र ? पढेरमात्रै पो के नाप्ने रहेछ । शान्ति दिदीप्रति श्रद्धा जाग्यो, मनमा एकतमासको शान्तिको अनुभूति पनि भयो । केहि पाएको जस्तो लाग्यो, पाइने आश जाग्यो ।
पाठपूजा सकिए पछि सत्यमोहन जोशीज्यूले मलाई र सवैलाई लक्षित गर्दै भन्नुभयो; “कुनै पनि कुराले बाधित नगरिएको असीम शून्यदर्शन ज्ञानलाभको संकल्प गर्नु ‘प्रणिधि’ हो । त्यस ज्ञान लाभ गरी त्यसको अनुभूतिगर्न, आत्मसातगर्न सदासर्वदा चर्याकर्मगर्नु गरिरहनु ‘प्रस्थान’ हो । र त्यस मार्गमा जाँदा स्व:त पाइने पुण्यलाई उत्निखेरै सकलप्राणीको हीतकल्याणको लागि समर्पण गर्नु ‘परिणामना’ हो ।”
मैले भने दाइ (सबैले प्रीतिआदरपूर्वक दाइ भन्ने गरेकोले मैले पनि दाइ नै भनेँ), “त्यसरी पुण्य त्याग गर्ने हो भने के को लागि किन चर्याकर्म आदि गरिरहन पर्यो त ?”
उहाँ ले भन्नुभयो, “जबसम्म कर्मको फलको अवशेष बाकी नै रहन्छ, प्राणी भवचक्रमा घुमिरहेको हुन्छ । पुण्य वा पाप भनेको मात्र दिशाको भ्रम हो । आर्जित कर्मको फल जवसम्म विपाक नभै उपादानको रूपमा संग्रह अथवा स्टक डिपोजिट बाकी रहन्छ उसले निर्वाण प्राप्त गर्नै सक्दैन । पाप संचिति भएको भए प्रायश्चित शुद्धि गरी छुटकारा पाउन सकिने हुन्छ । तर, पुण्य संचिति भएको बेला कुनै सुकर्म वा प्रायश्चितादि कर्मले पनि त्यसको क्षय हुँदैन, त्यो त झन थपिंदै जान्छ । त्यस संचिति भएको पुण्यफल मृत्यपछि पनि भोग्नै पर्छ । र पुण्यफलको सुखभोगगर्दा अपायगतिमा झरिने सम्भावना झनै वृद्धि भएको हुन्छ ।”
मैले सोधेँ, “दाइ, बुद्धधर्ममा निर्वाणलाई लक्ष मानिन्छ, जसमा रागद्वेष सवै प्रहीण भएको हुन्छ । विना रागद्वेष कसरी कर्म हुन्छ ? कसरी समाज चल्छ ? निर्वाणकामी हुनु भनेको पलायनबादी हुनु होइन र ?”
उहाँले भन्नुभयो, “बुद्धधर्म विशाल छ, साँघुरो छैन । यसको लक्ष निर्वाणमात्र होईन । बुद्धधर्म भन्नु सम्यकरूपमा ज्ञानलाभ गर्नु हो । जगतसंसारको खेलवाट अलग हुन चाहने ‘निर्वाणकामी’लाई थेरवादी मार्ग छ भने महायानले परिवार र समाजमैं रही लोककल्याणकार्य गर्दैरहन सिकाउँछ । वज्रयानले त अझ यसै जुनिमा वा एकैक्षणमा पनि अभिसम्बोधी प्राप्त हुन सक्दछ भनेर भन्दछ । यसैले महायान-वज्रयानमा निर्वाणलाई प्राथमिकता दिइँदैन । यहाँ त अरूको लागि केही असलकार्य गरौं भन्ने भावना पलाएका ‘बोधिसत्त्व’ हुन्छन्, र यस्तो लोकहीतको लागि संकल्पगरी चर्यागरेका ‘महासत्त्व’हरू हुन्छन् । यि बोधिसत्त्व-महासत्त्वहरू निर्वाणप्राप्तगर्न सर्वसक्षम भएर पनि निर्वाण नलिई बसेका हुन्छन् । सदासर्वदा सकलप्राणीका लोककल्याणमा रत रहन्छन् ।”
“यदि अनादिकाल देखि यस्ता सक्षम बोधिसत्त्वहरू करूणाचित्तले लोकको उद्धारकार्यमा लागीपरेको भए अहिलेसम्म त यो भवलोक खाली भैसक्नुपर्ने, अथवा कम से कम यमलोक त शून्य नै हुनुपर्ने थियो ।” मैले मेरो तर्क राखेँ ।
सत्यमोहन दाइले भन्नुभयो, “बोधिधर्मका प्रमुख विशेषता मध्ये यो पनि एउटा हो कि यहाँ कसैले कसैलाई केहि दिईंदैन, लिइँदैन । आफैले गर्नुपर्छ । बरदान तथा तथास्तु भन्ने कुरा यहाँ हुँदैन । आफ्नो उद्धार आफै गर्नुपर्छ । ज्ञान माग्न पनि तिनपल्ट अध्येषणा गर्नु पर्दछ । हो, बोधिसत्त्वले यस्तो बोधिचित्त उत्पाद हुनसक्ने वातावरण बनाइदिएको हुन्छ । तर, बोधिचित्त अर्थात् केहि गरौं भन्ने संकल्पभाव को उत्पादनगर्ने र त्यसलाई कृयान्वितगर्ने चेष्टा आफै नै गर्नुपर्छ । बोधिसत्त्वले मार्ग देखाउँछ, मार्गमा संरक्षण र सुरक्षण गर्छ । तर, जानु त आफैले पर्छ । बोधिमार्गमा आउनै नचाहने, सुतेको एक्टिङ्गर्नेलाई कसैले केहि उठाउन सक्दैन । यसैले संसारका यावत प्राणीलाई एकैपल्ट निर्वाणमा पठाइदिनसक्ने क्षमता राखेका करूणामय भगवान अवलोकितेश्वर आफू सर्वसमर्थ भएर पनि आफूसंग ज्ञान निर्वाण लिन नआएका प्राणीलाई देखेर दु:खितभई रोइरहनु हुन्छ भन्ने भनाइ रहेको हो ।”
मेले फेरि सोधेँ, “विराग भएका बोधिसत्त्व-महासत्त्वहरूले हीतचर्यागर्नु पुन रागतृष्णा फस्नु होइन र ?”
गुरु सत्यमोहनले भन्नुभयो, “यो महाकरूणा हो, यसमा कर्त्तापन हुँदैन, सत्त्वप्राणीको दु:ख देखेर द्रवितहुनु महायानको ब्यूटि हो । यसलाई हिन्दूधर्ममा ‘अहैतुक कृपा’ पनि भनिन्छ । यसलाई कृष्णलीला भने पनि बुद्धनाटक भनेपनि फरक पर्दैन । यो रागद्वेष भन्दा माथिको कुरा हो ।”
गुरु सत्यमोहन दाइले पुन भन्नुभयो, “महायानमा शून्यताको चर्या गरिन्छ । महायानको दर्शन नै शून्यतादर्शन हो । शून्यवाटै उत्पन्न शून्यमैं लय हुने हो । यस दर्शनमा प्रणेता नागार्जुन हुन् । उनी नेपालमा बालाजुको माथि नागार्जुन डाँडाको गुफामा बसेका थिए भन्ने जनश्रुति रहेको छ ।”
म भौतिकशास्त्रको विद्यार्थी थिएँ । महाविस्फोट हुनु अगि यस ब्रह्माण्डको स्थिति शून्यसमविन्दुमा हुन्छ भन्ने मलाई थाहा थियो । अझ particle physics अनुसार द्रष्टाको दृष्टि अनुसार वस्तुले व्यवहार गर्दछ भन्ने सिद्धन्तको बारेमा पनि पढेकै थिएँ । साथै, शून्यवाट अकस्मात वस्तु उत्पन्न हुन्छ र अकस्मात शून्यमैं बिलाउँछ भनि पनि पढेकै थिएँ । यसैले मलाई आश्चर्य पनि भयो । आफूले पढेको कुरामा घमण्ड पनि उठ्यो । मैले गुरू बोधिसत्त्वलाई परीक्षा लिन चाहेँ । धृष्टता गरेर सोधेँ, “के शून्यताको पनि दर्शन हुनसक्छ र ? गीतामा भनिएको छ, ‘न असतो विद्यते भाव …’, जुनकुरा छँदैछैन त्यसको अवबोधन नै कसरी हुनसक्छ र ?”
गुरु सत्यमोहन दाइले कतैपनि नहेरि भन्नुभयो, “शून्यता भनेको गणितको ‘शून्य’ वा भौतिकशास्त्रको matter/energy केहि नभएको vaccum को अवस्था होईन । यो विश्वका चार मूल दर्शनहरूलाई एकसाथ दृष्ट गर्नु हो । पहिलो दर्शन हो ‘सत् वाद’ अर्थात् वस्तुको अस्तित्त्व छ भनेर मान्नु, जसमा ईश्वर पनि पर्न सक्दछ, आत्मा पनि पर्दछ । दोस्रो हो ‘असत् वाद’ अर्थात् कुनै वस्तुको पनि अस्तित्त्व छैन, सवै भ्रम हुन् भन्नु । तेस्रो हो ‘उभय सत्’ अर्थात् छ पनि र छैन पनि भन्ने । र चौथो हो ‘उभय असत्’, न छ न छैन भन्ने । यी चारै ओटालाई एकसाथ देख्नु पक्डनु शून्यता दर्शन हो । यही उच्चस्तरको माध्यमिक दर्शन हो ।”
मैले के कति बुझेँ वा बुझिन यहाँ नभनौँ, पछि कुनै दिन कुरा गरौंला । तर, मेरो कुतूहलता जाग्दै थियो । मेरो अहम् पग्लिंदै थियो । मैले नम्र हुदै बाकी बचेको पाण्डित्याईँ देखाउँदै सोधेँ, “माध्यमिक दर्शन भनेको सुखभोगी पनि नबन दु:खभोगी पनि नबन, बीचको मार्ग अपनाउ भनेको होइन र ?”
उहाँले भन्नुभयो, “हो, पक्का हो । तर, के थाहा पाउनु पर्छ भने बुद्धज्ञान सवै एकैपल्ट पूर्णतामा प्रकाशित भएका होइनन् । यो तिन पटकगरी क्रमिकरूपमा विकसित भएका दर्शनका स्तरहरू हुन् । पहिलो धर्मचक्र प्रवर्तन, जुन सारनाथमा भएको थियो, जसमा चार आर्यसत्व, प्रतीत्य समुत्पाद र र आर्य अष्टाङ्गिकमार्गका देशना भएको थियो, त्यो निर्वाणलक्षी थियो, त्यो श्रावकवर्गलाई लक्षित थियो । कालान्तरमा राजगृहको गृद्धकूट पर्वतमा शून्यतादर्शनको ‘दोस्रो धर्मचक्र परिवर्तन’ भएको थियो, जसको गहनता त्यसबेला धारण ग्रहणगर्न सक्ने अवस्था नभएकोले नागराजले पातालमा लगि सुरक्षित राखेका थिए । र पाँचसये वर्ष पछि नागार्जुनले प्रकाशित गरेका हुन् भनी भनिएको छ । यस शून्यतादर्शनको मूलशास्त्र ‘प्रज्ञापारमीता’ हो । अब तपाईले सोध्नु होला इतिहासमा दोस्रो धर्मचक्र परिवर्तनबारे कतै उल्लेख छैन भनेर । के बुझनु पर्छ भने यस्ता कुरा हिस्टोरिसिटिमा सिद्ध हुने होईन । ज्ञानको प्रकटिकरण सुनसुकै कालमा भएता पनि ज्ञानलाई उसले देखाएको मर्मको रूपमा लिनुपर्छ । यो दिव्यरूपमा बुद्धवाट भएको देशना हो, मानवीय बुद्धबाट भएको होईन । अझ, थाहा पाउनुस्, भगवानले तेस्रो देशना पनि गर्नुभएको छ; एकसाथ दुई ठाउँमा, शम्बलदेशमा कालचक्रको र धान्यकटकमा नामसङ्गीतिको । ‘नामसङ्गीति’ सम्पूर्ण बुद्धदर्शनको सार हो, यो कालातीत र सर्वाङ्गीण ज्ञान हो ।”
समुद्रको अथाह जलराशी कचौरामा घोप्टिरहेको थियो । म कहिल्यै नभरिने प्वालपरेको कचौरा हुन चाहन्न थिएँ । न त सवै माथिबाटै पोखिइजाने घोप्टिएको भाँडो । न त म कचौरावाट एकथोपा पनि ज्ञानामृत छचल्किएर पोखिएर खेर जाओस् भन्ने नै चाहन्थेँ ।
म संग धेरै प्रश्नहरू थिए । बुद्धधर्ममा पञ्चमकारको कुरालाई कसरी बुझ्ने, बुद्धधर्म र हिन्दूधर्ममा एकै देविदेवताहरू कसरी भए, द्वादशदर्शनको बजारमा के लिने के छोडने, अहिलेको देशको सांस्कृतिक धारले भोलि कहाँ पुर्याउनेहो, आदि इत्यादि । तर यी कुराहरूका ज्ञानलिनु कालिमाटिमा आलु किनेको जस्तो हुँदैन भन्ने मैले बुझेको थिएँ । मलाई सत्यगुरु सत्यमोहन दाइको अनुकम्पालाई पछिपनि कायम राख्नु थियो । साथै मेरो बुवाभन्दा जेठो मान्छेलाई धेरै कष्ट दिनु पनि उचित थिएन । मैले भने, “दाइ म फेरि फेरि पनि आउँछु, मेरो पिपासा धेरै छ । पथ्यहुनेगरी मात्रामिलाई ग्रहण गर्नु फलदायी होला ।” उहाँले भन्नुभयो, “जहिले पनि स्वागत छ । मैले के जानेको छु र ? हामी सवै छलफल गरौंला । नामसङ्गीतिको पाठ छलफल भै रहन्छ, तपाई बुझ्दै जानुहुनेछ । तपाईको पूर्वसंस्कारले यहाँ ल्याएको हो, तपाईलाई हार्दिक बधाई छ ।”
उहाँ भित्र जानुभयो । ल्याएर एउटा सानो पुस्तिका दिंदै भन्नुभयो यो ‘प्रज्ञापारमिताको चिनारी’ हो । पुस्तकको तल लेखिएको थियो, ‘राधादेवि जोशिनी’ । मैले सोधे यी विदुषी को हुनुहुन्छ । सत्यमोहन दाइले केहि बोल्नुभएन । शान्तिदिदीले मुसुमुसु हाँस्दै मुसुमुसु हाँस्दैगरेकी सत्यमोहन दाइकि सहधर्मिणीतर्फ इशारागर्दै भन्नुभयो, ‘वहाँ भाउजू’ । म तिन छक परेँ । कस्तो जोडी । मनमनै भने, ‘हे इश्वर, यो जस्तो जोडि सबैका होउन् !’ मैले गुरु सत्यमोहन दाज्यूको अनुहार हेरेँ । न कुनै खुशी न कुनै दुख । केहि भाव छैन । न ग्लानी न उत्साह । उपेक्षा मिश्रित स्मीत हाँसोका साथ मुदित नयनले अन्तरीक्षवाट कसैले हेरिरहेको जस्तो, स्क्यान गरेको जस्तो । उहाँको मञ्जुवचन मेरो कान, आँखा, नाख, जिब्रो, र सम्पूर्ण काय भएर ‘म’ मा घुसिरहेको थियो । त्यस ब्रह्मघोष ‘कस्मिक साउण्ड’को प्रतिघातवाट मेरो अङ्गप्रत्यङ्ग सर्वाङ्ग नसानसा झम्झमाई झंकृत भैरहेका थिए, स्फुरित भैरहेका थिए । मलाई लाग्यो आकाशका दशैदिशामा दिव्यदेहधारी प्राणीहरू अदृष्यरूपमा अटेसमटेस गरिरहेका छन् । हामीलाई हेरिरहेका छन, सुनिरहेका छन्, अनुमोदन गरिरहेका छन् । मेरो आदरणीय गुरु सत्यमोहन दाइ ‘बोधिसत्त्व’को अनुहारको चाउरी घटदै गएको छ । उहाँ महासत्त्वतामा पुगिसकी पुन: किशोरकायको भई किल्लोल गर्दै हुनुहुन्छ । मलाई लाग्यो उहाँ केहि वस्तु आकाशमा फाल्दै टिप्दै खेल्दै रहनु भएको छ । उहाँको देह बढदै बढदै गएको छ । म उहाँको पाउसंगै बसी थरथर काम्दै मोहित हुनथालेको छु ।
]]>प्रथम कल्प
प्रथम : वज्रकुल पटल
हेवज्रतन्त्र
प्रथम कल्प
प्रथम : वज्रकुल पटल
ओं नम: श्रीहेवज्राय । एवं मया श्रुतम् । एकस्मिन् समये भगवान् सर्वतथागतकायवाक्चित्तहृदयवज्रयोषिद्भगेषु विजहार ।।१।।
अर्थ – ओं । हेवज्रलाई नमस्कार गर्दछु । यस्तो मैले सुनेँ । एक समयमा भगवान सबै तथागतहरूका काय-वाक्-चित्त (इवं) हृदयरूपी भगमा बिहार गर्नुभयो ।
तत्र भगवानाह – सर्वतथागतकायवाक्चित्तहृदय भट्टारकं गुह्यातिगुह्यतां इति । अहो वज्रगर्भ साधु साधु महाकृप महाबोधिसत्त्व बोधिसत्त्वस्य वज्रसत्त्वस्य महासत्त्वस्य समयसत्त्वस्य ज्ञानसत्त्वस्य हृदयं हेवज्राख्यं श्रृणु ।।२।।
अर्थ – त्यस अवसरमा भगवानले भन्नुभयो – सबै तथागतहरूका काय-वाक्-चित्त (लाई) हृदय(गत गरेका) भट्टारक गुह्य-अतिगुह्यतम को छ । अहो वज्रगर्भ ! साधु साधु । (हे) महाकृप ! (हे) महाबोधिसत्त्व ! बोधिसत्त्व, वज्रसत्त्व, महासत्त्व, समयसत्त्व, (र) ज्ञानसत्त्वको हृदय (भएको यस) हेवज्रको आख्यान सुन ।।२।।
वज्रगर्भ उवाच –
वज्रसत्त्वो भवेद् कस्माद् महासत्त्वो भवेत् कथम्
समयसत्त्वो भवेत् केन कथयतु भगवान् मयि ।।३।।
अर्थ – वज्रगर्भले भन्नुभयो – हे भगवान! वज्रसत्त्व कसरी बन्दछ? महासत्त्व कसरी बन्दछ? समयसत्त्व कसरी बन्दछ? (यीनिहरू) कसरी बन्दछन् मलाई बताउनुहोस् ।
भगवानाह –
अभेद्यं वज्रमित्युक्तं सत्त्वं त्रिभवस्यैकता ।
अनया प्रज्ञया युक्त्या वज्रसत्त्व इति स्मृत: ।।४।।
अर्थ – भगवानले भन्नुभयो – अभेद्य भएकोले वज्र भनियो । त्रि-भवको एकता लाई सत्त्व (भनियो) । जो प्रज्ञायुक्त हुन्छ (उसलाई) वज्रसत्त्व बुझ ।
महाज्ञानरसै: पूर्णो महासत्त्वो निगद्यते ।
नित्यं समयप्रवृत्तत्वात् समयसत्त्वोऽभिधीयते ।।५।।
अर्थ – महाज्ञानको रसबाट पूर्ण भएकालाई महासत्त्व भनिन्छ । जहिले पनि समयमा प्रवृत्त रहेकोलाई समयसत्त्व भनेर भनिएको हो ।
बोधिचर्यासमासेन बोधिसत्त्वो निगद्यते ।
प्रज्ञाज्ञानसमायोगाज्ज्ञानत्त्वस्तथागत: ।।
अर्थ – बोधिचर्यामा समास भएका लाई बोधिसत्त्व भनिन्छ । प्रज्ञाज्ञानको समायोग गरेबाट ज्ञानसत्त्वतथागत भनिए ।
वज्रगर्भ उवाच –
हेवज्रं तु भवेत् केन ईदृशं नामसंग्रहम् ।
अर्थ – वज्रगर्भले सोध्नुभयो – के गरेमा हेवज्र हुने हुन्छ? कस्ता नामसंग्रह गरेका यस्तो भईन्छ? ‘हे’कारले के लाई भनिएको हो? र ‘वज्र” भनेर के लाई भनिएको हो?
भगवानाह –
हेकारेण महाकरुणा वज्रं प्रज्ञा च भण्यते ।
प्रज्ञोपायात्मकं तन्त्रं तन्मे निगदितुं श्रृणु ।।७।।
अर्थ – भगवानले भन्नुभयो –
‘हे’कारबाट महाजरुणा (र) ‘वज्र’ भनेर प्रज्ञालाई भनिन्छ ।
प्रज्ञोपायात्मक (भएकोले) तन्त्र (भनियो) जुन तीमिलाई बताउँदछु, सुन ।
दृष्टय्कृष्टि महाच्छोभं सामर्थ्यं बहुविधं विदु: ।
स्तभनोच्चाटनं चैव सैन्यस्तम्भाभिचारूकम् ।।८।।
अर्थ – हेरेर(मात्र) आकृष्ट गर्ने, महति क्षोभ गराउने (जस्ता) बहुविध सामर्थ्यहरू (गरिने हो भनेर) जान । स्तम्भन, उच्चाटन (तथा) सेनालाई स्तम्भन, र अभिचारण पनि ।
योगिनीनां यथान्यायमुत्पत्तिस्थितिकारणम् ।
सामर्थ्यं ज्ञानविज्ञानं देवतानां यथोदयम् ।।९।।
अर्थ – योगिनीहरूले आफ्नो हैसियत अनुसार उत्पत्ति-स्थितिको कारण हुन्छन् । (आफ्नो) सामर्थ्य अनुसारले ज्ञानविज्ञान (र) देवताहरु प्रकट गर्दछन् ,
प्रथमं तावद् भवेदेकं हेरुकोत्पत्तिकारणम् ।
भावेनैव विमुच्यन्ते वज्रभर्ग महाकृप ।।१०।।
अर्थ – पहिले त हेरुकको उत्पत्तिको कारण (जति छन्, ती सबै) एकै हुन् । भावना बाटै मुक्त हुने हो, हे महाकृपालु वज्रगर्भ !
बध्यन्ते भावबन्धेन मुच्यन्ते तत्परिज्ञया ।
भावं भाव्यं भवेत् प्राज्ञ अभावं च परिज्ञया ।
तद्वच्छ्रीहेरुकं भाव्यं अभावं च परिज्ञया ।।११।।
अर्थ – भावको बन्धनबाटै बाँधिन जाने हो, (र) त्यसको परिज्ञान भएबाट मुक्त हुने हो । भावद्वारा भाव्य गरी प्राज्ञले अभाव पनि परिज्ञान गरोस् । त्यसरी श्रीहेरुकलाई अभावको परिज्ञानगरी भाविता गरोस् ।
देहस्थं च महाज्ञानं सर्वसंकल्पवर्जितम् ।
व्यापकः सर्ववस्तूनां देहस्थोऽपि न देहजः ।।१२।।
अर्थ – देह मैं महाज्ञान छ (जुन) सर्वसंकल्पबाट रहित छ । (त्यो) सर्वबस्तुमा व्यापक छ । (त्यो) देहमा पनि स्थित छ (तर) देहबाट उत्पन्न भएको होईन ।
वज्रभर्गआह – हे भगवन् ! वज्रदेहे कतमा नाड्यः । भगवानाह –
द्वात्रिंशन्नाड्यः । द्वात्रिंशद् बोधिचित्तावहा महासुखस्थाने स्त्रवन्ते ।
तासां मध्ये त्रिस्रो नाड्यः प्रधानाः । ललना रसना अवधूति चेति ।।१३।।
अर्थ – वज्रभर्गले सोध्नुभयो – हे भगवन् ! वज्रदेहे कति नाडिहरू छन? भगवानले भन्नुभयो – बत्तीस ओटा नाडीहरू हुछन् । बत्तीस ओटा बोधिचित्त(हरू) वहनगर्ने (नाडिहरू) महासुखस्थानमा प्रवाहित हुन्छन् । तीनिहरु मध्ये तीनओटा नाडिहरू प्रधान छन्, (ती हुन्) ललना, रसना र अवधूति ।
ललना प्रज्ञास्वभावेन रसनोपायसंस्थिता ।
अवधूति मध्येदेशे ग्राह्याग्राहक वर्जिता ।।१४।।
अर्थ – ललना प्रज्ञास्वभावको (र) रसना उपाय(स्वभाव)को भई स्थित छ । अवधूती (ती दुईको) बीचमा ग्राह्य-ग्राहकवर्जित (स्वभावमा रहेको छ) ।
अक्ष्योभ्यावहा ललना रसना रक्तवाहिनी ।
प्रज्ञाचन्द्रावहा ख्यातावधूतिं सा प्रकीर्तिता ।।१५।।
अर्थ – ललना (नाडि) अक्ष्योभ्यलाई वहन गर्दछ, रसनाले रक्तलाई वहन गर्दछ । अवधूतीले प्रज्ञाचन्द्रलाई (वहन गर्दछ) भनेर भनिएको छ ।
अभेद्या सूक्ष्मरुपा च दिव्या वामा तु वामिनी ।
कूर्मजा भावकी सेका दोषा विष्टा च मातरी ।।१६।।
शवरी शीतदा चोष्मा ललनावधूती रसना ।
प्रवणा कृष्णवर्णा च सुरुपिणी सामान्या हेतुदायिका ।।१७।।
वियोगा प्रेमणी सिद्धा पावकी सुमनास्तथा ।
त्रैवृत्ता कामिनी गेहा चण्डिका मारदारिका ।।१८।।
अर्थ – (१)अभेद्या, (२) सूक्ष्मरूपा, (३) दिव्या, (४) वामा, (५) वामिनी, (६)कूर्मजा, (७) भावकी, (८) सेका, (९) दोषा, (१०) विष्टा, (११) मातरी, (१२) शवरी, (१३) शीतदा (१४) चोष्मा (१५) ललना, (१६) अवधूती, (१७) रसना, (१८) प्रवणा, (१९) कृष्णवर्णा, (२०) सुरुपिणी, (२१) सामान्या, (२२) हेतुदायिका, (२३) वियोगा, (२४) प्रेमणी, (२५) सिद्धा, (२६) पावकी, (२७) सुमना, (२८) त्रैवृत्ता, (२९) कामिनी, (३०) गेहा, (३१) चण्डिका, (र) (३२) मारदारिका । (यी बत्तीस नाडीहरू हुन्) ।
वज्रभर्ग उवाच –
एता द्वात्रिंशन्नाड्यो भगवन् कीदृशाः ।। १९।।
अर्थ – वज्रभर्गले भन्नुभयो – यी बत्तीस नाडीहरू कस्ता हुन्?
भगवानाह –
त्रिभवपरिणताः सर्वा ग्राह्यग्राहकवर्जिताः ।
अथवा सर्वोपायेन भावलक्षणकल्पिताः ।।२०।।
अर्थ – भगवानले भन्नुभयो – (यी नाडीहरू) त्रिभवपरिणता हुन् । (यी) सबै ग्राह्य-ग्राहकवर्जित छन् । अथवा सकल उपाहरुबाट भावलक्षणकल्पिता हुन् ।
संवरभेदश्च कथ्यते – आलि–कालि–चन्द्र–सूर्य–प्रज्ञोपाय–धर्म–सम्भोग–निर्माण–महासुख–काय–वाक–चित्तम्ं एवं मया ।।२१।। ए–कारेण लोचना देवी वं–कारेण मामकी स्मृता । म–कारेण पाण्डुरा च या-कारेण तारणी स्मृता ।।२२।।
अर्थ – (अब) संवरभेद बारे बताउदछु – आलि-कालि-चन्द्र-सूर्य-प्रज्ञोपाय-धर्म-सम्भोग-निर्माण-महासुख–काय–वाक-चित्त (र) एवंमया सबै संवर हुन् । (एवंमया भनेको) । ए-कारबाट लोचना देवी, वं-कारबाट मामकी, म-कारबाट पाण्डुरा (र) या-कारबाट तारणी बुझ ।
निमार्णचक्रे पद्मं चतुःषष्टिदलम् । धर्मचक्रे अष्टदलम् । संभोगचक्रे षोडशदलम् । महासुखचक्रे द्वात्रिंशद्दलम् । चक्रसंख्याक्रमेण व्यवस्थापनम् ।।२३।।
अर्थ – निमार्णचक्रमा (स्थित) पद्म चौंसट्ठी पत्रको छ । धर्मचक्रमा आठपत्रे छ । संभोगचक्रमा सोह्रपत्रे छ । महासुखचक्रमा बत्तीसपत्रे छ । चक्रसंख्याको क्रमबाट (यसरी) व्यवस्था भएको छ ।
चत्वारः क्षणाः – विचित्र–विपाक–विमर्द–विलक्षणाश्चेती ।। २४।।
अर्थ – क्षणहरू चारओटा छन् – (१) विचित्र, (२) विपाक, (३) विमर्द (र) (४) विलक्षण ।
चत्वार्यङ्गानि – सेवा–उपसेवा–साधना–महासाधनाश्चेति ।।२५।।
अर्थ – आर्यअङ्गहरू चारओटा छन् – (१) सेवा, (२) उपसेवा, (३) साधना, (र) (४) महासाधना।
चतुरार्यसत्यानी – दुःख–समुदय–निरोध–मार्गाश्चेति ।।२६।।
अर्थ – आर्य सत्यहरू चारओटा छन् – (१) दुःख, (२) समुदय, (३) निरोध (र) (४) मार्ग ।
चत्वारि तत्त्वानि – आत्मतत्त्वं-मन्त्रतत्त्वं–देवतातत्त्वं–ज्ञानतत्त्वं चेति ।।२७।।
अर्थ – तत्त्वहरू चारओटा छन् – (१) आत्मतत्त्व, (२) मन्त्रतत्त्व, (३) देवतातत्त्व (र) (४) ज्ञानतत्त्व ।
चत्वार आनन्दाः – आनन्दः परमानन्दो विरमानन्द: सहजानन्दश्चेती ।।२८।।
अर्थ – आनन्दहरू चारओटा छन् – (१) आनन्द, (२) परमानन्द, (३) विरमानन्द, (र) (४) सहजानन्द ।
चत्वारो निकायाः – स्थावरी सर्वास्तिवादः संविदी महासंघी चेति ।।२९।।
अर्थ – निकायहरू चारओटा छन् – (१) स्थावरी, (२) सर्वास्तिवाद, (३) संविदी, (र) (४) महासंघी ।
चन्द्र-सूर्य आलि–कालि षोडशसंक्रान्तिश्चतुःषष्टिदण्डो द्वात्रिंशन्नाडी चत्वारः प्रहरा एवं सर्वे चत्वारः ।।३०।।
अर्थ – चन्द्र-सूर्य, आलि-कालि, षोडशसंक्रान्ति, चौसट्ठीदण्ड, बत्तीसनाडी, चार प्रहर (आदिहरू) सबै चारको समूहमा छन् ।
चण्डाली ज्वलिता नाभौ दहति पञ्चतथागतान् ।
दहति च लोचनादीः दग्धे हं स्रवते शशी ।।३१।।
अर्थ – चण्डालीनाडी ज्वलित भई नाभीमा पञ्चतथागतहरूलाई दहन गरी तथा लोचना आदीहरूलाई पनि दग्धगरी ‘हं’कार शशीभई स्राव हुन्छ ।
।।इति वज्रकुल पटल प्रथम ।।
तिब्बती भाषानुवादक
भदन्त रत्नभद्र
(रिन्छेन्शाँपो)
संप्रयुक्तकर्ता
भदन्त ज्ञानध्वज
महाकूटागार पतोला गुम्बा
सुखावति आश्रम
नेपाल भाषानुवादक
भिक्षु मुनिशासन सुमति
तारेश्वर पर्वत
(न्याग:मणि फेदि)
बुद्ध सम्बत्
नेपाल सम्बत् १०७७
फाल्गुण शुक्ल पूर्णिमा
नेपाली भाषानुवादक
धर्मरत्न शाक्य “त्रिशुली”शंखमूल चोक, नयाँ बानेशवर
।। नमो श्री आर्य मञ्जुघोषाय ।।
ॐ स्वस्ति । दशबलको पराक्रमले पूर्ण भएका समस्त प्रज्ञावान विनायक(हरू)को एउटै समुच्चय शरीर हुनुभएका गुरु देवातिदेवोत्तम मञ्जुघोषलाई सादर चित्तले सदाकाल नमस्कार गर्दछु ।
यो “आर्य मञ्जुश्री ज्ञानसत्त्व परमार्थ नामसङ्गीति तन्त्र”गाथा सूत्र-तन्त्र-प्रवचनहरु सवैको पनि गर्भ भएको उत्तम तन्त्रराज हो । यो चौरासी हजार धर्मस्कन्ध(हरू) मध्ये श्रेष्ठोत्तम भएको शिखरको मूल चूडामणिरत्न समानको हो । यो सहालोकधातुकमा चौथो विनायक हुनुभएका हाम्रा शास्ता जगद्गुरु सर्वज्ञ भगवान शाक्यमुनिन्द्रले कलिकालका अल्पायु, अपुण्यवान, एवं महादरिद्र भई क्लेशबाट आकुलव्याकुल भैराखेका लोकजनहरुलाई चाँडोचाँडो पापशोधन गराई पुण्य अभिवृद्धि गराई वज्रधरको पदमा तत्क्षण लिइ जानको लागि महामैत्री-महाकरुणाको बोधिचित्तरत्न द्वारा सुदृष्टिले अवलोकन गरी, मगधको दक्षिण दिशाको श्रीगीरी समिपमा श्रीमान् धान्यकटक पवित्र महाचैत्यस्थानमा (निर्माण गर्नुभएको हो । उहाँले) गुह्याधिपति श्रीवज्रपाणि बोधिसत्त्वले अध्येषणा गर्नुभएकोले, दशदिशाकै प्रसर भुवनमा हुनुभएका सम्पूर्ण जिनपुत्रहरु आकाशधातु पर्यन्त परिपूर्ण गरी समागम भई(गराई?) महामण्डलको अभिषेक दिई, यस गम्भीर भन्दा पनि अतिगम्भीर, गुह्य भन्दा पनि अतिगुह्य, प्रख्यात भन्दा पनि अझ अतिप्रख्यात, ध्वजाग्रको चिन्तामणिरत्न समान भई श्रेष्ठोत्तम विशेष आर्य भैराखेका, मायाजाल महातन्त्र पटलमा (स्थान दिई) राखिएको यस “आर्यमञ्जुश्री ज्ञानसत्त्व परमार्थ नामसङ्गीति तन्त्रगाथा” निर्माण गर्नुभएको हो ।
तत्श्चात् त्रिभुवनमा यही नामसङ्गीति तन्त्रगाथा धर्मको आधार भई सुविख्यात भइ महान भइ प्रख्यात भएर गयो । पूर्वगत (अर्थात् पहिले आएर पनि गैसक्नु भएका) महाशैक्षिक महाप्राज्ञ महापुरुषहरुले पनि यस नामसङ्गीति तन्त्रगाथा लाइ परम इष्टदेवता समान ग्रहण गरी अत्यन्त गौरव पूर्वक प्रचार गरी आउनु भएको हो ।
विशेषरूपमा स्वयं मञ्जुश्रीको वरनिर्माणकाय (अर्थात् अवतार) भई आउनुभएका त्रिधातुका धर्मराजा भई तिब्बत देशको ल्हासा दिव्यभूमिमा सूत्र-मन्त्र लाइ सुनीति जिनशासन विरज-विमल-परिशुद्ध पूर्वक स्थापना गरी आउनु भएका उहाँ श्रीस्वामी सुमतिकीर्तिपादले यस आर्यमञ्जुश्री नामसङ्गीतिलाई इष्टदेवता स्वरूप ग्रहण गरी दिनदिनै हरेक दिन प्रातःकालमा अखण्डपूर्वक त्रिकोटी (तीनपटक) यस नामसङ्गीति तन्त्रगाथा पाठगर्ने गर्नुभयो । यसको अतिरिक्त उहाँको आफ्नो जेष्ठ धर्मपुत्र (अर्थात् योग्य र वरिष्ठ शिष्य)हरुलाई पनि प्रतिदिन अष्टसहश्रिका प्रज्ञापारमिताको (र) यस(नामसंङ्गीति)को उपदेश दिई (यस परम्परालाई कायम राख्ने जिम्मेवारी दिई) नियुक्त गरि आउनु भयो, जुन (परम्परा) आजसम्म पनि (यसको) कुल सन्तति नटुटाई कायम रहि आएको छ । ल्हासा देशमा धेपुँ, सेरा र गन्दे भनिएका तीनओटा महान विशाल गुम्बाहरु छन्, जहाँ ४०,००० भिक्षु महासंघले श्रद्धा भक्ति साथ गौरव पूर्वक हाल सम्म पनि हरेक बिहान यस नामसङ्गीतिको तन्त्रगाथा पाठ गरी पूजा सत्कार गरि आएका छन् । (साथै) अन्यान्य गृहस्थीजनहरुले समेत प्रतिदिन बिहान यसको पाठ पूजा गर्ने गरि आएका छन् ।
त्यहाँ पहिले (यसको) कतिसम्म प्रचार र उद्योग भएको रहेछ भने, त्यहाँ चालीस-पचास हजार भिक्षु र लाखौं (उपासक उपासिका)हरु समेत सबैले यस नामसङ्गीति तन्त्रगाथा मुखस्थ गरी यति चपल र परिशुद्ध गरी पाठ गर्ने गर्दछ की मानौं वायु समान भई बहेको समान अवस्थामा समवेतस्वरबाट बोलिएको जस्तै एकसाथ एकस्वरमा सुन्नै पनि मनोहारी रुपमा मनै प्रमुदित हुने गरी पाठ गरेको अति मधुरको आवाज गुञ्जिरहेको हुने गर्दछ । (यसरी) समुदयको गति समान भएर यसको प्रचार बलियो गरी प्रसार भईगयो ।
यसै गरी हाम्रो पुण्यभूमि नेपालमा यस नामसङ्गीति तन्त्रगाथाको प्रथा रहेको, यसको प्रचार भई रहेको र यसको महत्व देखी पाठ गर्ने गरिआएको सबैलाई अवगत नै छ । यसबारे मैले केही बर्णन गरी परिचय गराउन नपर्ला । यो सकल महानुभावहरूमा विदित भएकै छ । परन्तु यस तन्त्रगाथाको भावअर्थ बारे भने विशेष रूपमा प्रचारको अभाव नै भएको देखिन्छ । तर पनि गाथाको अर्थमा भावाभाव निपूर्ण हुने गरी नजानेको भएता पनि यसलाई महान भनेर भाव लिई विशेष आर्य हो भन्ने जानी महत्ब दिएर पूर्णरूपमा विश्वास गरी उद्योग गरी पाठ गर्ने गर्दै आएको कुरा नै ठूलो सौभाग्य हो ।
हामीलाई महाभाग्यवश प्राप्त भैराखेको (यस) सारणीय भएको सर्वधर्मको मूल, सुपथ उपमार्ग, मनुष्य जन्ममा परम सारत्व दिने, कर्तव्य पालन गराई एवंरूपं क्रमशः वज्रधरको भूमिमा तत्क्षण प्राप्त गराउने यत्ति सजिलो महोपाय अर्को कुनै छैन । यसमा सम्पूर्ण धर्म(हरू), श्रावक(यान)-प्रत्येक(बुद्धयान)-महायान तथा वज्रयान (समेत)का व्याख्यान, अधम-मध्यम-उत्तम पुरुषका स्थिति-कृया, शील-समाधि-प्रज्ञा-विरक्ति, बोधिचित्त, सम्यक्दृष्टि, श्रुत-चिन्तन-भावना, दशपारमिता, दशभूमि, धर्मकाय-सम्भोगकाय-निर्माणकाय-स्वभावकायको वर्णन, ज्ञानकायको गुण र पञ्चज्ञानको महत्व, प्रज्ञा र उपायकौशल्यता, भूमि-मार्ग-फल, महामैत्री-महाकरूणा, बोधिचित्तरत्न इत्यादि सवै प्रकारबाट सर्वधर्मको महान रहस्यहरू सबै एउटैमा समुच्चय गराइ राखेको, अत्यन्त प्रख्यात “आर्य मञ्जुश्री नामसङ्गीति” तन्त्रगाथा यही हो । यो तन्त्रगाथालाई हामीले नित्य (प्रतिदिन) कोमलचित्त गरी, सदाचरी भई, सम्पूर्ण दशदिशाका बुद्ध-बोधिसत्त्वहरु लाई अनुस्मरण गरी, विशेषरूपमा महामञ्जुश्री गुरुलाई स्वच्छ गम्भीर पूर्वक राम्ररी ध्यान गरी, श्रद्धा, भक्ति र आदर पूर्वक त्रिशरण(गरी), बोधिचित्त उत्पत्ति गरी, सप्तविधानको पूजा गरी, ब्रह्मस्वर गरी मधुरता पूर्वक पाठगर्नेवाला) लाई विशेष पुण्य प्रशंसा फल लाभ हुने कुरा यसै ग्रन्थमा प्रशंसाको अध्यायमा विस्तृतरूपमा आज्ञा गरिराखेको छ । अतएव हामीले यस नामसङ्गीति गाथालाई एकाग्रचित्त गरी संवेगपूर्वक निश्चय नै पाठ गर्ने गर्नु पर्दछ । तर, हामीले यो पनि सिक्नु पर्दछ कि जसरी सिंहको दूध राख्नलाई सुवर्ण या रत्नको पात्रमा राखे मात्र रहने हुन्छ अन्य पात्रमा राखे नरहने हुन्छ (भनेर भनिराखिएको छ), त्यसै गरी यस महारत्नरूपी सद्धर्म पनि नेमार्थमा सिंहको दूध समान (भनिए जस्तै) र भावार्थमा (अद्वयज्ञान, यवक वज्रधरको काय प्रसिद्ध हुने, परमार्थको ज्ञान भैराखेको, सारयुक्त गरी सरलतापूर्वक भूमि-मार्ग-फल प्राप्त गर्नको लागि पनि) सुवर्ण तथा रत्न समान उचित परिशुद्ध भएको पात्र समान भैराखेको समय र संवर, शील-समाधि-प्रज्ञा, दान-शील-क्षान्ति-वीर्य-ध्यान-प्रज्ञा, महामैत्री-महाकरुणा, बोधिचित्त (आदि)रूपी पात्रमा सुसम्पन्न भई, आकाश व्यापिक समस्त प्राणीका कारणबाट तारण गर्ने कारणबाट, हित गर्ने कारणबाट, दुर्भिक्ष निवारण गर्ने कारणबाट, रोग निवारण गर्ने कारणबाट, सर्वदुखविमुक्तिको कारणबाट, बोधिपाक्षिक दशधर्म सम्पूर्ण गर्नका
लागि, अनुत्तराय सम्यक्सम्बोधि निरुपण गर्नको लागि, विशेष कुशल चित्तबाट सम्युक्त भई, मन समाहित गरी यस धर्मको चर्या गर्नुपर्ने हुन्छ ।
एवंरूपले परिशुद्ध भएको कुशलचित्त भई पढने गरेमा मात्र हामीले यसको महत्फल विशेषरूपमा प्राप्त गरी लिन सक्ने हुनेछौं । जसरी सिंहको दूध रत्नको पात्रमा राखे मात्र रहने हुन्छ, त्यसरी नै थाहै नपाई (अथवा पाएर पनि) क्लेशविषयमा लिप्त भई, सदचारी नभई, चित्त परिशुद्ध नगरी, नियम-अनियमको केहि विचारै नगरी, त्यसै पढनको लागि मात्र पढेमा त्यस पढेको बाट केहि संक्षिप्तमात्र फाइदा भए गरे तापनि विष भएको पात्रमा अमृत मिसाएको जस्तो भएर जेजति पनि धर्मकर्म पूजा पाठ गरेको जस्तो भए तापनि ती सबै अविद्या, अभिमान, त्रिविष, दुराचार, पाप, क्लेशरूपी विषले दाह भई (जतिसुकै धर्मकर्म पाठ पूजा आदि गरेता पनि) निष्फल भई जान सम्भव हुन्छ, भनि तन्त्रशास्त्रमा भनिराखिएको छ । अतएव पहिले त क्लेश, त्रिविष बाट रहित हुने उपाय उपदेश नै निपूर्ण हुने गरी सीकि जानु पर्दछ । उपदेश निपूर्ण हुने गरी सिकी जानको लागि सवै भन्दा पहिले लक्षणवन्त भएका कल्याणमित्र हरुको सत्संगत गरी यथायोग्य धर्मोपदेश सुन्नु पर्दछ । प्रत्यक्ष प्रामाणिक बुद्धवचनामृत सूत्र-तन्त्र-शास्त्र ग्रन्थादि बराबर हेर्न (अर्थात् पढन, बुझ्न र अनुभवगरी बोधगर्न) सक्नु पर्दछ । बोधिमार्गको अनुक्रममा रहन बस्न सक्नु पर्दछ । यसमा बोधिमार्गको अनुक्रम (भनेको) कसो हो भने, सकल बुद्धहरूको स्वभाव भएको, त्रिपिटक सकलको समुद्भव(?), आर्यसंघ सकलका नायक हुनुभएका श्रीमान् सत्गुरुहरुका शरण(मा गई) यसरी भन्ने गर्नु पर्दछ । “…हजूरहरुले मेरो मन धर्ममा लाग्ने, धर्मकाय सफल हुने, (र) धर्ममार्गमा अन्तराय नहुने अधिष्ठान गर्नुहोस् । बुद्ध पद प्राप्त नभएसम्म सुधन श्रेष्ठिदारिक र जिनपुत्र सदाप्ररुचित बोधिसत्त्वहरूले जस्तै कल्याणमित्रहरु लाइ मन र कर्मबाट निपूर्ण हुने गरि सेवा गरी, (उहाँहरूले) जेजस्तो चरित्र देखाउनुभएको भएतापनि (ती सबै) सुदर्शन भई आज्ञा भएजति (सबै) आज्ञानुसार सिद्ध गर्न सक्ने अधिष्ठान गर्नुहोस्” । यो कल्याणमित्रको सेवा गर्ने क्रम भयो ।
त्यसपछि, “महार्थको यस क्षणसम्पद प्राप्त गर्न दुर्लभ भएको हुँदा, विनाश भईजान सजिलो भएको (हुनाले) कर्म-अकर्म फललाई जानी, सहेर सहन नसकिन कठिन भएको दुर्गतिको दुःख लाई देखी, संसार तथा विशेष गरेर दुर्गतिको दुःखबाट रक्षा गर्न सक्ने शक्ति भएको त्रिरत्नको शरणमा गई, पाप(कर्म) त्यागी धर्मानुकूल (भई?) सिद्ध गर्न सक्ने अधिष्ठान गर्नुहोस्” भनेर भन्ने । यो क्षणसम्पद दुर्लभको क्रम भयो ।
फेरि, “जो कोहि पनि त्रिरत्नको शरणमा गएर पनि देव र मनुष्यको पद (मात्रै) प्राप्त गरे तापनि सर्वक्लेश निशेष नभएको र निवारण नभएको कारणवाट यतिउति भन्ने थाहा (वा अनुमान) नभएको बाह्य संसारको दुःख गम्भीर रूपमा भोग गर्नुपर्ने हुनजान्छ । अतएव (यस्तो) संसारचक्रमा घुमिरहनु पर्ने (दु:ख)को कारणलाई राम्ररी जानी यसबाट तरेर जाने मूल उपाय महामार्ग भएको त्रिशिक्षा (अर्थात्, शील-समाधि-प्रज्ञा तिनओटै) लाइ दिनरात सदाकाल अभ्यास गर्नसक्ने अधिष्ठान गर्नुहोस्”, भनेर भनिएको अधमपुरुषको क्रम भयो । “यस्तो त्रिशिक्षाद्वारा आफूले मुक्तिमार्ग प्राप्त गरेको भए तापनि षट्गतिका (सकल) प्राणिहरु (कुनै न कुनै जन्ममा) आफ्ना आमा-बुवा (थिए), आमाबुवा नभएका कोहि एकजना पनि छैनन् । अतएव यी सकल आमा-बुवाहरुका कारण(कल्याण हुने कार्य) मैले नै गर्दछु भनेर भनि, भावना बिहिन भएको सुखमा मन नराखी, स्व र परमा समभाव गर्ने महारत्नको
बोधिचित्त उत्पत्ति गरी, जिनपुत्रको चर्या (षट्पारमितदि) अभ्यास गर्न सक्ने अधिष्ठान गर्नु होओस”, भनिराखिएको मध्यमपुरुषको क्रम भयो ।
यसप्रकारले “शाधान(?) मार्गमा (आफ्नो) स्वभाव अनुसार अभ्यास गरी धर्म(पूर्वक?) संसारको दुःखलाई ताकालसम्म भोग गर्नु परे तापनि (कति पनि) दिक्दार नभई षट्गतिका प्रणिहरुका दुःख देखी अधिक करुणाले सहन नसकी नगिचको (छोटो) मार्ग भएको वज्रयानको शासनमा बसी संयम तथा संबरलाई प्राण समान परिपालन गरी कलिकालका अल्पायु (भएको यस एउटा जीवनकाल)मैं यवक वज्रधरको पद प्राप्त गर्न सकिने अधिष्ठान गर्नुओस” भनिएको उत्तमपुरुषको क्रम हो ।
यसप्रकारले बोधिमार्गको अनुक्रमलाई राम्ररी सीकी जानी मार्गको शीर समान भैराखेको प्रथमत: कल्याणमित्रहरुको सेवा गर्ने देखि लिएर वज्रधरको पद सम्म (वास्तवमा) प्राप्त गर्ने तक को रहस्यलाई देखी विशेषरूपमा आयु अनित्य भई नमरी नपुग्ने एउटा कारोबार(सत्य)लाई संझनु पर्दछ । मरेर जाने अवस्थामा सद्धर्मको अलावा अर्को कुनैबाट उपचार हुँदैन भनेर जानी संसारको अपमान दुःख देखी मन विरक्त भएको हुनु पर्दछ । कर्म-अकर्मको फल पनि नभोगी पुग्दैन भन्ने विश्वास गरी दान-शील (आदि कार्य र) श्रुत-चिन्तन-भावनादि गर्नुमा प्रयत्न गरी त्रिरत्न बोधिचित्त उत्पत्ति गरी पुण्यकार्य गर्नमा तत्पर रहनु पर्दछ । तब मात्र क्रमशः क्लेश(बाट) पार भई गई पुण्यबृद्धि भई गरेको जति धर्म परिभोग गर्न पाउने हुनजान्छ । जसरी अमृत भएको पात्रमा अमृत राखेको जस्तो भई बेकारमा खेर जाने हुँदैन ।
तसर्थ उक्तानुसार कर्मक्लेश(को) त्रिविष वास्ना सहित मोचन भई आफूले गरेको जति धर्म सबै सारयुक्त भई परिभोग गर्नको लागि यसै ग्रन्थमा आज्ञा गरिराखिएको आर्यमञ्जुश्री परमार्थ सहजज्ञानको सुविशुद्ध वचनामृतलाई अत्यन्त विश्वसयुक्त भई श्रद्धा गौरव राखी निपूर्ण भई देख्न सक्नु पर्दछ । यस नामसङ्गीति तन्त्रगाथाको अर्थको (अनुरूप) स्थिति कृयामा बसे मात्र सर्व दुःखबाट मोचन भई, सर्वत्र क्लेशबाट निःशेष भई सर्वधर्म(लाई) यथार्थमा जानेको हुनेछ । शिघ्र वज्रधरको ज्ञान प्राप्त गरी लिन सक्ने हुनेछ ।
यसमा भट्टारक मञ्जुघोषको काय उपहार पञ्चज्ञान यही हो कि (१) सुविशुद्धधर्मधातु ज्ञान, (२) आदर्शना ज्ञान, (३) प्रत्येवेक्षणा ज्ञान, (४) समता ज्ञान, (५) कृत्यानुष्ठान ज्ञान गरी यीनै पाँचओटा महान ज्ञानहरुका महान रहस्य लाई दृष्टान्तपूर्वक देखाई शिघ्र बुद्ध बनि जान सक्ने महोपाय देखाइ राखिएको हो । यी पञ्चज्ञानको अर्थ चित्तमा अधिगत भई भाविता भयो कि उहाँ वज्रधरको ज्ञानकाय तथा मञ्जुश्रीको ज्ञानकाय, र सकल तथागतहरुको ज्ञानकाय यस्तो हो भनि थाहा हुँदछ । वज्रधरको ज्ञानकाय यस्तो हो भनि थाहा नपाएसम्म त्यस ज्ञानमा प्रतिष्ठित हुन नसकेसम्म सर्वक्लेश सर्वदुःखबाट मोचन हुँदैन । जब वज्रधरको ज्ञानमा प्रतिष्ठित भई बस्न सक्दछ अवबोध गर्न सक्दछ तव मात्र सर्वक्लेश सर्वदुःखबाट मुक्त हुनेछ । यसरूपले क्रमशः सिकाई लैजाने ज्ञान सबै नै यस ग्रन्थमा सुदृष्ट गरी अनुक्रमनीय पूर्वक नियुक्त गरिराखेको छ । तसर्थ त्रियान तथा निःशेष वज्रयानको मूलद्वारमा बसी अनुभव गरी जानेहरु लाइ यस ग्रन्थ नितान्त आवश्यक हुन्छ । जुन तथागतोपदेश चौरासी हजार धर्मस्कन्ध मध्ये मूल सर्वधर्मको गर्भ एउटैमा संग्रह गरिराखेको महाकरुणा द्वारा जगतको कारण गर्नको लागि महोपाय भैराखेको कलिकालको अल्पायुहरुलाई एउटै (जन्म)मैं यवकको पद प्राप्त गर्न सक्ने छोटो मार्ग यही हो । अतएव यस्तो प्रकारको सर्वोत्तम भैराखेको आर्यमञ्जुश्री नामसङ्गीति तन्त्रगाथार्थ टीकालाइ तिब्वती भाषामा सुविनीत गराई सरलतापूर्वक बुझ्न सजिलो हुने गरी धेरै नै ग्रन्थहरुको परिचय दिइ (यसमा) उल्लेख गरिराखेको छ । तर यसलाइ तिब्बती भाषा भनिएता पनि सारांशमा (भन्नुपर्दा) यो संस्कृतबाट नै अनुवाद गरिएको हो । संस्कृत भाषा बाट (तिब्बती भाषामा) अनुवाद गर्ने पनि तिब्वतदेशको महा आचार्य लोचावा(दोभाष्य) रिन्छेन् शाँपो (रत्नभद्र) नामका महापण्डित हुन् । उहाले संस्कृत(भाषा)को अध्ययन गरी, मगधका अग्र महापण्डितहरु धेरैजना लाइ सेवा चाकरी गरी दुःखकष्ट सहेर यस नामसङ्गीति तन्त्रगाथा लाई ल्हासामा ल्याएको हो । यो (नामसङ्गीति) त्यहाँ भैराखेको हो, तिब्बत रचना गरिएको होइन । यसको प्रमाण निपूर्ण हुनेगरी बताइराखेको यसको अधिश्रय उहाँ दोभाष्य रत्नभद्रको भूमिकामा विस्तृतरूपमा उल्लेख गरिराखिएको छ ।
तस्मात्, म पनि केहि जान्ने-सुन्ने भएको नभए तापनि जो भूमिमा स्थीर भएका वीर, महाविज्ञजन, महापुरुषहरु हुनुहुन्छ उहाँहरुका प्रति भक्ति श्रद्धा गौरव राखी आदर्श लिई अनुशासकको रूपमा बसी मूल तिब्बती भाषा द्वारा यस ग्रन्थ अनुवाद गरेको हूँ । यस ग्रन्थ पल्टाई (अनुवाद गरी) हेर्दाखेरि अत्यन्त प्रयोजनीय भएको, अर्थयुक्त भएको, अनेक (धेरै नै) ज्ञानको कुरा भएको, सार्थक कुरामात्र भरिएको यो ग्रन्थ एउटा लाई आफ्नो मातृभाषा(नेपाल भाषा)मा गर्न पाए हुनेथियो, भन्ने केहि बिचार प्रकट भयो । यसको साथै यस बारे चर्चा गर्दा एकदुइ जना श्रद्धात्मक महानुभावहरुले पनि यस ग्रन्थ एउटा लाइ चाँडै नै अनुवाद गर्नुपर्यो, यो ग्रन्थ एउटा प्रचार भयो भने हाम्रो नेपाल देशमा ठूलो उपकार नभइ रहन सक्दैन भनि भनेको कारणबाट (समेत) मलाई झन उत्साह बढेर गई अनुवाद गर्न सकेको हुँ । तर, म आफूले नै केहि जानेको भने होइन, यो त केवल श्रद्धाको फूल एउटा मात्र हो । अथवा जानेर-सीकेर-शिक्षित भएर प्रचार गर्दछु, फैलाउँदछु भन्ने विचार गरेर गरेको होइन । केवल स्व-परार्थ सबैलाई नै यसबाट एउटा ठूलो उपकार हुन सक्दछ भन्ने उद्देश्य र केवल आफ्नै मन सद्धर्ममा रस लेओस् भन्नाका निमित्त अथवा केहि प्रज्ञा वृद्धि हुन्छ की भन्ने अभिलाषा मात्र हो । यस्तो पनि भनिएको छ,-
थ्वेसाम् गोसुम् शेर्हाब् फेल्टुसोल्
छ्वे च्वे चोमसुम् लोध्वे ग्येसुसोल् ।
अर्थ – “श्रुत, चिन्तन, र भावना तीनओटा वाट प्रज्ञा बृद्धि हुन्छ ।
धर्म देखाउने, छलफल गर्ने, र प्रचार गर्ने तीनओटा वाट बुद्धि बृद्धि हुन्छ“,
भनेर उपदेश दिइराखेको लाई गौरव पूर्वक अनुभव गर्नका निमित्त मात्र हो ।
पुनः यो एउटा पनि कुरा छ कि हाम्रो नेपाल देशमा प्रचलित भैराखेको सनातन धर्म मध्ये यस नामसङ्गीतिको प्रथा एउटा अत्यन्त गौरवनीय पूर्वक वज्रकीलको समान भएर (हालसम्म) सुप्रतिष्ठित भैराखेको छ । यो एउटा अति आश्चर्यजनक आदर्श हो । फेरि सम्पूर्ण बौद्धमार्गी सबै साथै अन्य जनले समेत यस नामसङ्गीति गाथा प्रत्येक दिन पढी बुद्धगौरवको चिन्ह देखाई बसेका छन् । हाम्रा विहार र बहिका नित्यकर्ममा पनि यही नामसङ्गीतिको आकर्षण बाट दृष्टान्त देखाइ राखिएका छन् । यस तवरबाट समस्त बौद्धमार्गी र प्रत्येक मानवहरु सबैलाइ पनि बिहार-बहीका नित्यकर्म पालन गराई सुधार गराइ राखिएको नै यस नामसङ्गीतिको सन्तति प्रथाबाट हो भन्ने पूर्ण विश्वास छ । यसरी नामसङ्गीति पढने प्रथा प्रचलनमा भैराखेको खाली काठमाण्डौ, पाटन, भक्तपुर तीनओटा शहरमा मात्र (सीमित रहेको) होइन, नेपाल अधिराज्यको गाउँ-गाउँ, ठाउँ-ठाउँ, कुना-काप्चामा समेत सुनी समता भैराखेको हो । अतएव यत्ति सारो नामसङ्गीतिको प्रथा प्रतिष्ठित भई सार्थक भई प्रचार भैराखेको देख्दा यो एउटा लाइ पनि विशेष सुरक्षा गरी अझ उत्तरोत्तर वृद्धि गरी लैजानुपर्ने नै छ भन्ने विचार (उत्पन्न भएको)वाट आफ्नो मातृभूमिको सेवा गर्ने उपलब्ध भएको एउटा अवसरलाई यथा सम्भव सद्व्यवहार (यथार्थ) गर्नु पर्दछ भनि जति सकेको उद्योगाभ्यास गरी यस ग्रन्थ एउटा अनुवाद गरेको हुँ ।
यस ग्रन्थको अनुवादमा रचनात्मक भएको (आफूले रचना गरेको) थप कुरा केहि छैन । मूल तिब्बती भाषामा जस्तो छ, त्यसै मात्रै (गरेको) छु । केवल कहिंकतै मात्र गरिराखेको छु, कहिंकतै एकदुई ठाउँमा मात्र निदर्शनको रूपमा तिब्बती भाषाको श्लोक राखी अर्थ समेत गरिदिएको छु । ती पनि यसै ग्रन्थमा भएको (विषयमा) बाहेक अरू बढी लेखेको छैन । यसप्रकारले यस मूल तिब्बती भाषाको ग्रन्थ लाई सर्वप्रथम (नेपाल भाषामा) अनुवाद गरी हामी सकल महानुभाव ज्ञाति बन्धु सुहृदय मित्रहरूको सन्मुखमा उपस्थित भएको (प्रस्तुत गरेको) छु ।
अधिक के लेखूँ, (जब) आफूले नै (विशेष) केहि बुझेको छैन भने । परन्तु यस ग्रन्थ द्वारा कोहि कुनै एक न एक जनाको अवश्यमेव उपकार भयो भने पनि आफ्नो परिश्रम सफल भएको ठान्ने छु । अन्तस्करण(मा) प्रतीज्ञा भ(ग?)रेको छु कि अनन्त लोकहरुलाई उपकार हुनेछ भन्ने पूर्ण विश्वास गरेको छु । यस ग्रन्थबाट निश्चय पनि उपकार (अवश्य) हुने नै छ, (उपकार हुने) भन्दा बाहेक कसैको अपकार हुनेछैन । कारण यस ग्रन्थमा जो जसलाई जे जो चाहिने हो त्यो त्यो छानी लिन सकिने सबै ज्ञान मध्ये विशेषरूपमा आर्य(जन)लाई उपयुक्त महामैत्री-महाकरुणा-बोधिचित्तरत्नको विस्तृत व्याख्या भएको (छ) । (यो) सबैलाइ नै नभइ नहुने, प्राणेश्वर जस्तै छ । (यो) भएजति स्वादिष्ट पदार्थहरू मध्ये सबैभन्दा स्वादिष्टको, पवित्रको, (र) उत्तमको चीज जस्तै हो । (यो) कुबेरको भण्डारको जस्तै (अक्षय) भएको, (र) सर्वधर्मको मूल भण्डार (हो भनेर) सारा त्रिभुवनमा सुविख्यात भैराखेको छ । (यो) प्रख्यात गर्ने ठाउँमा (प्रख्यात गर्नुपर्ने जति पूरै) सबै प्रख्यात गराइ राखिएको, वर्णन गर्ने ठाउँमा सबै वर्णन गरिराखेको, (र) उच्चस्थ गर्नुपर्ने ठाउँमा सबै उच्चस्थ गरिराखेको (हो । र), समस्त तथागतहरूका गर्भ एउटैमा संग्रह गरिराखेको अमूल्य महारत्न ‘आर्यमञ्जुश्री ज्ञानसत्त्व परमार्थ नामसङ्गीति’तन्त्र गाथा यही हो ।
विशेष मेरो एउटा विनति यो छ की म लेखनशक्ति हीन भएको हुनाले विद्वानहरू खुशी हुने गरी छन्द गर्न जान्दिन । अतएव जसरी शिष्यले बिगारे पनि गुरुले क्षमा गर्नुहुन्छ, त्यसी नै अनजानमा गल्तित्रुटी भएमा कृपाधारी आमाबुबाले क्षमा गर्ने गरेको जस्तै अल्पज्ञ मलाई सबैले क्षमा गर्नु हुने नै छ ।
मेरो आशिका
यस सर्वश्रेष्ठ ज्ञानको महाखानी भैराखेको, समस्त तथागतहरुका स्वभाव गर्भ एउटै समुच्चय गरिराखिएको आर्य मञ्जुश्री ज्ञानसत्त्व परमार्थ नामसङ्गीतितन्त्र गाथाको महाटीका अनुवाद गरी लेखेकोमा केहि पुण्य (भएको भए, त्यस)को हेतु प्रभाव द्वारा हित सुख सबैको सम्भव भैराखेको महारत्न बुद्धशासन सर्व शीर देखि नै सर्वत्र दिशा (वि)दिशाहरुमा पनि स्थापित भई शासनोदय सुबृद्धि भई कल्प-कल्प सम्म सुप्रतिष्ठित होओस् । शासनधर सज्जन महापुरुष हरुको पनि सदा नै शुभ कल्याण (होओस्), जय मङ्गल भई चिरञ्जीवी भई विश्वमा ठूलो सुकार्य भरोसा दश दिशा सबैमा व्यापक होओस् । भिक्षु महासंघ वर्गहरुको त्रिपिटक त्रिशिक्षा पनि उत्तरोत्तर बृद्धि होओस् । समस्त लोकधातुहरुका समस्त प्राणिहरुका सुख ऐश्वर्य श्री समृद्धभई शुभ कल्याण होओस् । रोग भय, अनिकाल भय, शस्त्र भयादि रहित भई सुभिक्ष सुख शान्ति बृद्धि होओस् ।
पुन: अनुत्तर बोधि प्राप्त नभएसम्म प्रत्येक जन्ममा त्रिपिटक (सूत्र-विनय-अभिधर्म पिटकहरू), चतुर्तन्त्र(कृया-चर्या-योग-अनुत्तर योगतन्त्रहरु)धारी करूणावान लक्षणवन्त सद्गुरु कल्याणमित्र हरुको सेवा गरी बुद्ध अनुगमन चर्या गर्न सकोस् । सद्गुरु कल्याणमित्रले कहिले पनि नछोडोस् । रातदिन सदैव सदाकाल त्रिरत्नानुस्मृति गरी जीबित रहन पाइयोस् । चाँडै नै स्व-पर सकलको हृदयमा त्रिशिक्षा, षट्पारमिता, महामैत्री-महाकरुणा, बोधिचित्तरत्नले सुसम्पन्न होओस् । क्लेश, त्रिविष, अविद्या, मोह, अन्धकार सबै विनाश भई प्रज्ञाको महाज्योति, ज्ञानको प्रदीप लाभ होओस् । समस्त प्रणिहरूका परस्पर सम प्रेमभाव (भई) दया, दान, प्रियवचन, अर्थचर्या समानअर्थ इत्यादि जिनपुत्रहरुको चर्यामार्गमा परिगमन हुन सकोस् । विरक्ति बोधिचित्त, सम्यक्दृष्टि दुइटा क्रमको मार्गमा पारंगत होओस् ।
पुनश्च यस आर्य मञ्जुश्री नामसङ्गीति (लाई) श्रुत-चिन्तना-भावना गरी तथा पाठ-पठन वन्दन-पूजन आदि गरेको पुण्यको प्रभावबाट क्लेशावरण-ज्ञेयावरण सम्पूर्ण पाप-मल नाश भई, पुण्यसंभार-ज्ञानसंभारहरू पूर्ण भई, धर्म(काय)-रूपकाय दुवै शिघ्र प्राप्त गर्न सकूँ । क्रमश: दशभूमि, पञ्चमार्ग, धर्मकायको फल तथा भूमि मार्गफल प्राप्त भई शिघ्र नै उहाँ यवक वज्रधरको महारत्न उत्तम पद प्राप्त गर्न सकूँ । यथाक्रममा यस नामसङ्गीतिको शासन प्रथा भवन्त सम्म सुप्रतिष्ठित भई, समस्त प्राणिहरूको चित्तमा यस सद्धर्म अधिगत भई, विशेषरूपमा समस्त प्राणिहरूलाई दु:खको सागरवाट तारि पठाउनको लागि हजूर महामञ्जुनाथ गुरु समानको शिघ्र हुन सकूँ भन्ने शुभ मंगलको (प्रणिधान) आशिका गरी यस धर्मकार्य साफल्य पूर्वक पारंगत गरेको हो । सर्व मंगलं भवन्तु ।।
नेपाल भाषा अनुवादक :- भिक्षु मुनिशासन सुमति,
अनुवाद गरेको स्थान:- तारेश्वर पर्वत, न्याग:(पञ्च)माने फेँदी विमुक्ति पर्णशाला (एकान्तवास)
बुद्ध सम्बत् २५०० फल्गुण पूर्णिमा ।
आर्य नामसङ्गीति के हो र यसमा के छ ?
महायान वाङ्मय अनुसार यस आर्य नामसङ्गीति तन्त्रराज ८४,००० चौरासी हजार धर्मस्कन्धहरू मध्ये श्रेष्ठोत्तम भई महायान ग्रन्थहरु मध्ये शिखरको चूडामणि जस्तै भैराखेको हो । यस भद्रकल्पमा उत्पन्न भई आइसक्नु भएका चारजना (१) क्रकुच्छन्द बुद्ध, (२) कनकमुनि बुद्ध, (३) काश्यप बुद्ध, तथा (४) गौतम बुद्ध मध्ये चौथो शाक्यमुनि गौतम बुद्ध द्वारा कलिकालका अल्पायु, अपुण्यवान भई क्लेशद्वारा आकुल-व्याकुल भैराखेका लोकजनहरू लाई शिघ्र नै अभिबृद्धि गराई महावज्रधर पदमा पुराईदिन मगध देशको दक्षिणागिरिको समीपमा धान्यकटक महाचैत्य भनेको स्थानमा गुह्याधिपति भैराख्नुभएका श्री वज्रपाणि बोधिसत्त्वले प्रार्थना गर्नुभएको हुनाले दशै दिशाका प्रसर भूमिमा बास गरिराख्नु भएका सम्पूर्ण जिनपुत्रहरु समागम भई(गरी) महामण्डलको अभिषेक दिई यस गुह्यातिगुह्य गम्भीरातिगम्भीर अतिप्रख्यात गराईराखेको यो “महामञ्जुश्री ज्ञानसत्त्व परमार्थ नामसङ्गीति” तन्त्र गाथा हो ।
यसलाई देव-मनुष्य हरूले आदर सत्कार पूर्वक पूजा पाठ गरि धेरै काल सम्म चलाए । तत् पश्चात् नेपाल मण्डलमा पनि यस नामसङ्गीति तन्त्र गाथा नेपालमा वज्रयानको प्रादुर्भाव भए देखि नै प्रचलनमा आई ललितपट्टन, काष्ठमण्डप, भक्तपुरका सयकडौं बिहार-बहि हरुमा दैनिक रूपमा अत्यन्त श्रद्धा भक्ति पूर्वक भक्तजनहरूले पाठ गरि आइरहेको हामीले आजसम्म पनि देखिरहेका छौं । परन्तु, यसको जुन अर्थ र भावना गरिएको हो, त्यसलाई बुझेर होइन केवल श्रद्धाको बल बाट मात्र आजसम्म चलिआएको छ । यो पनि सौभाग्य नै भन्नु पर्दछ ।
यस तन्त्रराज नामसङ्गीति प्रारम्भमा मूल संस्कृत भाषामा मात्र रहेको हो । पछि यसलाई तिब्बती आचार्य दोभाषे रिन्छेन्शांपो (श्री रत्नभद्र)ले तिब्बती भाषामा अनुवाद गरी प्रतिष्ठापन गर्नुभयो । त्यसरी नै यसलाई मञ्जुश्रीको नै उत्तम निर्माणकाय भइ आउनुभएका तिब्बतका श्री स्वामी सुमतिकीर्तिपाद तिब्बतको भूमिमा सूत्र-मन्त्रको स्थापना गर्ने क्रममा यसैलाइ नै ग्रहण गरि नित्य अखण्ड तीनपटक पाठ गर्ने गर्नु भयो । त्यसरी नै तिब्बतको धेंपुँ, देरा, गन्धे यी तीनओटा बिहारका ४,५०,००० भिक्षुहरुले पनि यसलाई अत्यन्त श्रद्धा एवं भक्तिपूर्वक प्रतिदिन बिहान पाठ पूजा गरी सत्कार गरिराखिएको ग्रन्थ हो ।
यसमा क्रमश: श्रावक(यान), प्रत्येक(यान), महा(यान) तथा वज्र(यान)हरू द्वारा व्याख्या गरिएको छ । फेरि (तीन प्रकारका) अधम, उत्तम र मध्यम पुरुषहरुका स्थिति कृया, शील-समाधि-प्रज्ञा, विमुक्ति, बोधिचित्त, सम्यक्दृष्टि, श्रुत-चिन्तन-भावना, दशपारमिता, , दशभूमि आदि र धर्मकाय-सम्भोगकाय-निर्माणकाय-स्वभावकाय र ज्ञानकायका वर्णन एवं पञ्चज्ञानको महत्व प्रज्ञा, उपायकौशल्य, भूमि, मार्ग, फल, महामैत्री, महाकरुणा, बोधिचित्तरत्न सहित सर्व धर्मका महान रहस्य एकैस्थानमा समावेश भैराखेको छ ।
पञ्चज्ञानमा (१) सुविशुद्ध धर्मधातु ज्ञान, (२) आदर्शना ज्ञान, (३) प्रत्यवेक्षणा ज्ञान (४) समता ज्ञान, र (५) कृत्यानुष्ठान ज्ञान हरु पर्दछन् । यी नै पाँचओटा ज्ञानहरुका रहस्यलाइ यसमा दृष्टान्त देखाई शिघ्र बुद्ध हुन सक्ने महोपाय तथा वज्रधरको ज्ञान प्राप्त गरी लिनसक्ने ज्ञान भनेर यसमा अनुक्रमणीय तरीकाबाट बताइको हो ।
यसमा चौधओटा परिवर्तहरू छन्,-
पहिलो (परिवर्त) १६ओटा श्लोक भएको गाथामा वज्रपाणी बोधिसत्त्वले शाक्यमुनि गौतम बुद्धसंग नामसङ्गीति तन्त्र आज्ञा गरिदिनुहोस्, भनि प्रार्थना अध्येषणा गरिएको छ । साथै वज्रपाणी र नामसङ्गीतिको वर्णन तथा प्रशंसा पनि गरिएको छ ।
दोस्रो (परिवर्त) छओटा श्लोक भएको गाथमा, “हुन्छ । म बताउँदछु । तिमि एकाग्रचित्त भएर सुन” भनेर प्रत्युत्तर दिनु भएको छ ।
तेस्रो (परिवर्त) दुईओटा श्लोका भएको गाथमा, छओटा कुलहरूको विचार गरी तीनिहरुको वर्णन गरिएको छ ।
चौथो (परिवर्त) तीनओटा श्लोका भएको गाथमा, अ, आ,…. देखि …..अं, अ: सम्मको व्याख्या गरिएको “महाजालाभिसम्बोधि क्रम” देखाइएको छ । यसमा षड्धातु, षडायतन, षट्गति, षड्जीव, षट्कुल, षडङ्ग, षड्मन्त्र, द्वादशभूमि, द्वादशवशिता, छओटा ज्ञानको ज्ञानकाय, द्वादशाक्षरको बाह्रओटा भूमि पनि देखाएको छ ।
पाँचौं (परिवर्त) चौध (१४) ओटा श्लोक भएको गाथामा, षट्कुल अवलोकनगरी वज्रधातुमण्डल ज्ञानको समेत वर्णन गरिएको छ ।
छैठौ (परिवर्त) पचीस (२५) ओटा श्लोक भएको गाथामा, सुविशुद्ध धर्मधातु ज्ञानको वर्णन गरिएको छ ।
सातौं (परिवर्त) दश (१०) ओटा श्लोक भएको गाथामा, आदर्शना ज्ञानको वर्णन गरिएको छ ।
आठौं (परिवर्त) बयालिस (४२) ओटा श्लोक भएको गाथामा, प्रत्यवेक्षणा ज्ञानको वर्णन गरिएको छ ।
नवौं (परिवर्त) चौबिस (२४) ओटा श्लोक भएको गाथामा, समता ज्ञानको वर्णन गरिएको छ ।
दशौं (परिवर्त) पन्ध्र (१५) ओटा श्लोक भएको गाथामा, कृत्यानुष्ठान ज्ञानको वर्णन गरिएको छ ।
एघारौं (परिवर्त) पाँच (५) ओटा श्लोक भएको गाथामा, पञ्चतथागत ज्ञानको वर्णन गरि मञ्जुघोषलाइ बुद्धहरुका सर्वगुणसम्पन्न गरि बुद्धगुणको वर्णन गरि त्यहि गुण(हरु) नै भएका मञ्जुघोष हुनुहुन्छ भनि प्रख्यात गरिराखएको छ ।
बाह्रौं (परिवर्त) प्रशंसा (अनुशंसा)को वर्णन गरिएको छ ।
तेह्रौं (परिवर्त) मन्त्रविन्यासको वर्णन गरिएको छ ।
चौधौं (परिवर्त) अनुमोदना गरिएको छ ।
यस्तो नामसङ्गीति तन्त्रराजालाई नेपालका श्रदधालु भक्तजनहरूले यतिसम्म श्रद्धापूर्वक पाठ गरिआएको जस्तै गरी यसको अर्थ पनि बुझाई तदनुसार आचरण पनि गर्न गराउनका निमित्त योग्य छ भनि भाव लिई श्रद्धेय श्री मुनिशासन सुमतिज्यूले अत्यन्त दु:ख कष्ठ भोगी अनुवाद गरिराख्नु भएको पाण्डुलिपि(को) अक्षर ज्यादै सानोसानो गरि लेखिराख्नु भएको पुस्तक (त्यहि पनि) जीर्ण भई कागजका पानाहरू मोडिई (दोब्रिई) बाङ्गिई टुक्रा भई भाँचिन थालिसकेको हुनाले भविष्यको लागि यस्तो दुर्लभको ग्रन्थ सुरक्षित गरिराख्नु पर्दछ, भन्ने कुरालाइ मनमा राखि रुद्रवर्ण महाविहार पाटन त:ग:चिबाहाका श्री भिमबहादुर शाक्यबाट त्यस मापि(पाण्डुलिपि?) लिई आफूले सकेको अनुसार कम्प्युटरमा बसी सकेजति गर्दै टाइप गरी सुरक्षित गरेको हुँ । यो मेरो सौभाग्य नै भन्नुपर्दछ कि यो जस्तो अमूल्य ग्रन्थ सुरक्षित गर्नमा मैले पनि केहि सहयोग गर्न पाएँ । यसैले यस्तो अवसर जुराइदिनु भएकोमा श्री भिमबहाहुर शाक्यज्यू लाई धन्यवाद दिन चाहन्छु ।
फेरि, संयोगवश श्रद्धेय कल्याणमित्र श्री श्रीधर राणाज्यू[1] द्वारा लेख्नुभएको नामसङ्गीति सम्बन्धी नेपाली भाषाको पुस्तकमा यस पुस्तक लाई लिएर अगाडी राखि प्रशंसा गरिराखेको पढे देखी यस नामसङ्गीति टीकालाई नेपाल भाषामा पनि अनुवाद गर्ने मन भएकोले जाने पनि नजाने पनि आफूले जस्तो जानको छ त्यसैगरी नेपाली भाषामा अनुवाद गरेको छु । यो मेरो सौभाग्य नै भन्नु पर्दछ । यसको लग श्रद्धेय श्रीधर राणाज्यूप्रति पनि आभार व्यक्त गर्दछु ।
अन्त्यमा यस नामसङ्गीति तन्त्रराजलाई नेपालका श्रद्धालु सज्जनवर्ग हरूले श्रद्धापूर्वक पाठ गरे जस्तै यसलाई गहन अध्ययन गरि यसक अर्थ पनि बुझी बुद्धधर्मलाई यथार्थरूपमा बुझी तदनुसार आचरण गरी दु:खबाट मुक्त हुन सकोस् । अस्तु ।
धर्मरत्न शाक्य “त्रिशूली”
शंखमूल चोक, नयाँ बानेश्वर ।
बुद्ध सम्बत् २५४८ नेपाल सम्बत् ११२५ बैशाख पूर्णिमा
……………………..
[1] वातुल वासव वज्र । आचार्य धर्मवज्र महायोगी / श्रीधर राणा रिम्पोछे ।
नमो रत्नत्रयाय
नमो गुरु मञ्जुघोषाय
आर्य मञ्जुश्री नामसङ्गीति टिका
भट्टारक मञ्जुघोषको अधिष्ठान (प्रसाद) को
अतुल जलवृष्टि चाँडै हुने मेघस्तुति शब्दघोष नाम विहरतिस्म ।।
शुरुको निदानवाक्यको कुरा शुभारम्भ
दशबलको पराक्रमले सम्पूर्ण हुनुभएका, समस्त विनायक प्रज्ञावान(हरूको) एउटै समुच्चय भएको शरीर हुनुभएका, गुरु देवातिदेवोत्तम मञ्जुघोषलाई सादर चित्तले सदाकाल नमस्कार गर्दछु । जुन मञ्जुश्रीको कायको दर्शन चित्तमा हुनासाथ अज्ञान मोह अन्धकारहरु सवै सकिएर जाने वरदानवज्र स्थिरचक्रमा बोधिगर्भ प्राप्त नभएसम्म (उहाँको) शरण(गमन गरि नै रहने छु) । (उहाँ) समस्त जिनहरुका पिता भई पाल्नुभएको भएतापनि समस्त भुवनमा जेष्ठ जिनपुत्रको व्यवहार (अर्थात् लीला) गरी(रहनुभएको छ, र) निष्प्रपञ्चमा बसेको भएता पनि समस्त प्रसर भुवनमा नानाप्रकारका निर्माण (अवतार) भई नृत्य गरिरहनु भएको छ । संकल्प तथा प्रहाण (दुवै)गुणहरूवाट संयुक्त भएको भएतापनि लोकजनलाई अनुकम्पा राखी जिनपुत्र कुमारको क्रम धारण गर्नु भएका (हुनुहुन्छ) । मण्डलको बिचमा मूलको भई आएको भएतापनि मण्डलको रूप धारण गराएका (हुनुहुन्छ) । (उहाँ) मञ्जुनाथ गुरुलाई हृदयको अन्त:स्करण देखि नमस्कार गर्दछु ।
समानको अर्को जोडा नभएको शास्ता मुनिन्द्रले त्रिभुवनमा व्यापक भएको ॐस्वरको उच्च वचनद्वारा, आकाशधातु भरिपूर्ण (गरि) आउनुभएका जिनपुत्रगणहरूलाई मञ्जुघोषको नामसङ्गीति प्रत्यक्षरूपमा ज्ञात(प्रख्यात) गराई देशना गर्नुभयो । ८४००० (चौरासी हजार) धर्मस्कन्धहरू मध्ये श्रेष्ठोत्तम भई उच्च शिखर भैरहेको, रत्नसमानको, प्राणीहरूका उत्तम अनुभव चर्या, महागुह्य अनुत्तर तन्त्र यही हो । अनुत्तर वज्रयान सवै संस्थिर तथा मूलगर्भ भएको मञ्जुश्री ज्ञानसत्त्वको परमार्थको उत्तम नामसङ्गीति यही हो, (भनि आज्ञा गर्नुभयो) । सकल तन्त्रका अधिपति यसको (महत्ता) महानरूपमा बताइराख्न अत्यन्त कठिन छ । यो दरिद्र बालजनहरूको लागि बुद्धिगोचर नभएता पनि भूमिमा पुगेका वीरहरूका लागि (भने) गोचर हो । त्यसो भएता पनि दरिद्र याचकले धनाढ्य दानपतिलाई देखेको अवस्थामा केहि अधिकार (बराबरी) नभई निम्नस्तरको भई प्रशंसा वचनले बोलेको जस्तै (देवातिदेवलाई यसको गुण श्रद्धापूर्वक सुविख्यात गर्ने विचार उत्पन्न भयो) । चित्त नभएको कपासलाई वायुको शक्तिले प्वाँखसमान आकाशमा उडाएर लग्छ, र कदाचित् प्रेरणा गरे भने दुन्दुभि बाजा(बाट) पनि सुन्नमा मधुर भएको शब्द उत्पन्न भइदिन्छ । (जसरी) हावाले चलायमान गरेमा रुखवृक्ष पनि नाच्न थाल्दछ, (त्यसैगरी) वज्रगुफाको भित्र बसिराखेको राक्षस जस्तै भएको म समान बुद्धिहीन दरिद्रले वज्रवाचाको कुरागर्ने शक्ति नभए तापनि, केहि अधिनमा (अधिकार?) नभएको व्यक्तिले अन्यजनलाई बोधगराई लैजाने विद्वानहरूका चलन देखेर (मैले पनि) यस्तो वर्णन गरेको हुँ । यो तन्त्र सकल तन्त्रहरू सवैभन्दा गुरु गम्भीर भई ठूलो भएको, मार्गका मर्महरू सम्पूर्णरूपमा बताईएको, (र) प्रसादको महाखानी भएको हो ।
यस आर्य मञ्जुश्री नामसङ्गीतिको अर्थ व्याख्यान गर्ने तीनओटा (तरीका) छन् । यथा,-
१. धर्मको पूरा प्रमाण दृष्टान्त गरी देखाउनको लागि शास्ताले यस तन्त्रलाई यथार्थमा आज्ञा गरीदिनु भएको क्रम ।
२. यस तन्त्रमा दृढ विश्वासको निश्चय उत्पत्ति गराउनको निम्ति विस्तृत विपुलरूपमा वर्णन गरिएको ।
३. तन्त्रको पदअर्थ बताईएको ।
पहिलो- धर्मको पूरा प्रमाण गरी दृष्टान्त देखाउनको लागि शास्ताले यस तन्त्रलाई यथार्थमा आज्ञा गरी दिनु भएको क्रम –
दशैदिशामा रहनुभएका समस्त जिनपुत्रहरूका लागि भन्दा पनि कलि(काल)का लोकजनहरूलाई विशेष महाकरुणा राखी, असमानको (अर्थात् उहाँ समानको अर्को कोहि नभएको) शास्ता शाक्यराजले, त्रिधातुका लोकजनहरू लाई दु:खका सागरमा खसिराखेको देखी, महाकरुणाले सहन नसकि, प्रथमत: उत्तमको बोधिचित्त उत्पत्ति गरी, अन्तमा तीन असंख्य महाकल्पसम्म पुण्यसम्भार गरी रहनु भयो ।
(उहाँले) विशेषरूपमा कलहप्रिय भएका कलिकालका लोकजनलाई तथा अन्य जिनहरूले छोडेका (अर्थात् कल्याण गर्न बाँकि रहेका) सत्वप्राणीलाई देखी करुणाले सहन नसकि शयेवर्ष आयु हुने (यस कलिकाल)मा यस सहलोकधातुमा आउनु भएको हो । उहाँले आफूले ‘जिनहरूको चरित्र देखाउने (छु)’ भन्ने चित्तलाई उत्पन्न गरी ५०० (भन्दा बढी) पटक महान प्रणिधान आदि (जस्ता कृत्य) गर्नुभई, धेरै नै मङ्गल(कृत्य)द्वारा परिबन्ध गर्नुभयो । जेजति मङ्गल(कुराहरू) छन् ती सवै ठीक्क मिलाई, अवस्था हेरि, ठिक्क भएको भुवनमा पाल्नुभइ, कपिल(मुनि)को नगर[1]को दरवारमा, शाक्यकुलमा जन्म हुनु भयो । जन्म भएको २९ वर्षसम्म कुमार र युवकको लीला गरी प्रातिहार्य देखाई अल्याख संख्यामा देव मनुष्यादि लाई विपाक गरी तार्नुभयो । त्यसपछि दशैदिशाका जिनहरूले सवैले (परस्पर भई) याचना गरेको हुँदा चक्रवर्ती राजाको श्रीऐश्वर्य सवै थुकेर फालेको जस्तै त्यागेर फालेर, गृहवासलाई छोडी, अभिनिष्क्रमण गरी, नैरञ्जनामा ६ वर्ष सम्म दुष्करचर्या गर्नुभयो । ३५ वर्षको बैंसको उमेरमा त्यस समाधिलाई छोडी, शरीरमा बल उत्पत्ति गरी, मगधको बुद्धगयामा गई कोटीकोटी मारलाई मैत्रीसमाधिको बलले पराजित गरी, विजय गरी, अभिसम्बुद्धको क्रम देखाउनु भयो ।
त्यस पछि वाराणशीमा प्रथम पटक धर्मचक्र प्रवर्त्तन गरि चतुरार्यसत्यको उपदेश गर्नुभई देवमनुष्य असंख्यलाई तारेर विपाक गराउनु भयो । त्यसपछि तदनुसार देवमनुष्यका अनेकानेक देश, ग्राम, नगर, निगम, स्थानमा क्रमानुसार धर्मचक्र प्रवर्त्तन गर्दै विशेषरूपले गृध्रकूट पर्वतको दशदिग् प्रसर भुवनमा समागम भैरहेका आकाशधातु परिपूर्ण गरिबसेका समस्त जिनपुत्रहरू तथा कुलिक भएका असंख्य सभालोक परिषद लाई, त्रिकालको समस्त बुद्धहरूका महामाता प्रज्ञापारमिताको उपदेश दिई दोस्रो पटक धर्मचक्र परिवर्त्तन गर्नुयो । त्यसै बखतमा यसै सिलसिलामा मगधको दक्षिण दिशामा श्रीगिरी पर्वतको समीपमा श्रीधान्यकटक महाचैत्यको तल धर्मधातु बागीश्वर मण्डल तथा चैत्यको माथी श्रीकालचक्रको महामण्डल हरु स्फरण गरी दशदिशामा रहेका सकल जिनपुत्रहरूलाई मण्डलमा बोलाई समागम हुनुभयो । शास्ता शाक्यमुनि स्वयं मण्डलको मध्य (अर्थात् केन्द्र)मा मूली (अर्थात् मुख्य) भई, अग्लो सिंहासनमा बसी गुह्याधिपति वज्रपाणि आदि वीर जिनपुत्रहरू (जो) आकाशपर्यन्त परिपूर्णगरी पाल्नुभई अध्येषणा गर्नुभएकोले (उहाँहरूलाई) महामण्डलको अभिषेक दिई रत्नसमानका सभालोक प्रजालाई कलिको एउटै अल्पायुकालमैं बुद्धको भूमिमा लिएर जाने उपमार्ग(छोटो मार्ग) भएको यस अनुत्तर वज्रयानको महान धर्मचक्र प्रवर्तन गर्नुभई विशेष मूलमन्त्र परमार्थ नामसङ्गीति आज्ञा गर्नुभयो ।
यस पछि गुह्याधिपति वज्रपाणि मनुष्येन्द्रिय भएर शोभायमान भइ आउनु भएका धर्मराज चन्द्रभद्रले (शम्भल)कल्प[2]मा असंख्य भाग्यमानीहरूलाई यस नामसङ्गीतिको उपदेश अत्यन्त महानतामा दिई असंख्य जिनपुत्रहरूलाई वज्रधरको भूमिमा पठाउनु भयो । अन्य वीर जिनपुत्रहरूले (तथा) ओडियान आदि सिद्धहरूले पनि उत्तम सिद्धस्थान हरुमा, देश-प्रदेश प्रत्येकमा यस तन्त्रराज लाई महानतापूर्वक प्रचार गर्नुभयो । शम्भलकल्प[3]मा राजा चन्द्रभद्र देखि विद्यमान पुण्डरीक श्वेतपद्म सम्म यसको उपदेश क्रमानुसार मिलाई धेरै प्रचार गर्नुभएका आर्य अवलोकितेश्वर जस्तै शोभायमान भएका मनुष्यको स्वामी (लोकनाथ) भई आउनुभएका विद्यमान श्वेतपद्म (पुण्डरीक)ले यस नामसङ्गीतिलाइ ध्वजाग्रको टुप्पाको चूडामणी भएको चिन्तामणिरत्न समान सदा सर्वकाल पूजा गरी, सुविख्यात गरी मर्म प्रचार गर्नुभयो । यस तन्त्रराजको विधि, भाव, अर्थ, सवैभन्दा महागुह्य विमलप्रभा[4]टीका भनि विस्तार पूर्वक रचना गरी, भाग्यमानी भएकालाई महान पूर्वक प्रचार गरी सर्वत्र त्रिभुवनमा यस धर्मको आधार भरोसा व्यापक गराउनु भयो ।
त्यसपछि भारत मध्यदेश[5] नेपाल र भोट[6](सँय् देश)का पहिलेका सज्जन पण्डित सिद्धाहरू तथा सत्पुरुष सज्जनहरूले यस तन्त्रलाई परम इष्टदेवता समान ग्रहणगरी धेरै ठूलो रूपमा प्रचार गरीराखे । विशेषरूपमा धर्मराजा सुमतिकीर्तिपाद (जसलाई भोट्मा चोंखापा छेंपों भनिए)ले यस नामसङ्गीति तन्त्रराजलाई इष्टदेवताको स्वरूपमा ग्रहणगरी दिनदिनै प्रात:काल झुसमुसेमा तीनपटक अखण्ड पाठ गर्ने गर्नुभयो, तथा अन्यान्य बखत बखतमा पनि धेरै धेरै पाठ गर्नु भयो । (उहाँले) यस तन्त्रगर्भको अर्थ सवै जेष्ठ-श्रेष्ठ धर्मपुत्रहरू लाई महान पूर्वक सदुपदेश गर्नुभएको थियो । जो आजसम्म पनि अधिस्थान गरी कुल परम्परा नटुटाइकन कायम रहि रहेको छ ।
यसैले बुद्धिमानहरूले शास्ता महाकारुणिक शाक्यराजवाट अभिभाषण प्रवर्त्तन गर्नु भएको, (र) पूर्वगत (अर्थात् पहिले आइसक्नु भएका) सत्पुरुषहरूका मुख्य इष्टदेवता (समेत) भैराखेको अधिस्थानको कुल परम्परा अटूट भैरहेको यसमा विश्वाससाथ धैर्य र निश्चय गर्नु पर्दछ, र यस तन्त्रराजमा जे गरेर पनि विश्वास वास्ना राखिराख्न सक्ने उद्योग गर्न कोशिस गर्नु पर्दछ ।
दोस्रो – यस तन्त्रमा दृढ विश्वासको निश्चय उत्पत्ति गराउनको निम्ति विस्तृत विपुलरूपमा वर्णन गरेको –
तन्त्रमा (दृढ)विश्वास साथ निश्चय उत्पत्ति हुने गराउनको लागि, महत्वका साथ वर्णन गरि राखिएको यस नामसङ्गीति तन्त्र(टीका)मा गम्भीर भई विस्तीर्ण(चौडा र सीधा) भैराखेका समस्त मार्गहरूका रहस्यले पूर्ण भईराखेको समस्त प्रवचनहरूका गर्भ सङग्रह गरिएको हुँदा यसमा श्रुत-चिन्तन-भावना गरेमा शिघ्र बुद्धपद प्राप्त हुने ठूलो उत्तम उपाय हो ।
गुह्याधिपति वज्रपाणिले शास्ता मुनिन्द्रसंग यसा तन्त्र आज्ञा गरिदिनुहोस् भनि अध्येषणा गर्नु भएको,-
।। मद्धिताय ममार्थाय अनुकम्पाय मे विभो ।।
मायाजालाभिसम्बोधि यथालाभी भवाम्यहम् ।।
यसको अर्थ हो, –
अर्थ – “हे प्रभु ! हजूरले, मलाई वैद्यसमान भई, मेरो निम्ति, मलाई अनुकम्पा राख्नुहोस् । मायाजाल अभिसम्बोधि जेजसो गरेर पनि मैले प्राप्त गर्दछु भनि भनेको (छु) । सकल प्राणीका (हितकल्याण गर्ने) कारणले सम्बोधि शिघ्र प्राप्त गर्ने उपाय आज्ञा गर्नुहोस्” ।
वज्रपाणिले यस्तो भनि प्रार्थना गरेकोमा शास्ता मुनिन्द्रले निम्न प्रत्युत्तर दिनु भयो –
साधु वज्रधर श्रीमान् साधु ते वज्रपाणय: ।
यस्त्वं जगद्धितार्थाय महाकरुणायान्वित: ।।
महार्थां नामसंगीतिं पवित्रामघनाशिनिम् ।
मञ्जुश्रीज्ञानकायस्य मन्त्रश्रोतुं समुद्यत: ।।
तत्साधु देशयाम्येष अहं ते गुह्यकाधिप ।
श्रुणुत्वमेकाग्रमना: तत्साधु भगवन्निति ।।
अर्थ – “हे महाकरुणाले संयुक्त भई आएका श्रीमान् साधु वज्रपाणी ! तिमिले जगत संसारको हित गर्नको लागि महा अर्थ भएको नामसङ्गीति, (जुन) पवित्र पापनाशिनी ज्ञानको शरीर भैराखेको (छ, त्यो) मञ्जुश्रीको मन्त्र सुन्नको लागिक उद्योग गर्यौ । साधु ! हे गुह्याधिपति वज्रपाणी, तिमिलाई मैले राम्ररी बताउँछु । तिमि एकचित्त गरी सुन । सकल प्राणिका कारणको लागि दुई आवरणका घेराबन्धन[7]को वासना समेत नरहने, बुद्धको पद प्राप्त गर्ने एक सम्पूर्ण उपाय बताउँछु”, भनि अनुमति दिई स्वीकृति गरीदिनुभयो ।
यस तन्त्रको अन्तिम(चौधौं) परिवर्त, अनुमोदना गाथामा साधु साधु सुभाषित भनि पढने अवस्थामा पनि,-
कृतोस्माकं महान् अर्थ, सम्यक्सम्बोधिप्रापक ।
जगतश्चाप्यनाथस्य, विमुक्ति फलकांक्षिण ।।
अर्थ, – “हामीलाई सम्यक्सम्बोधि प्राप्त हुने यस महान (ज्ञान दिनुभई), जगतमा अनाथ भैरहेका (बाटोमा साथै लिएर जाने नाइके नपाइ राखेका) र विमुक्तिफल इच्छा गरी राखेकालाई हित उपकार गरिदिनु भयो । साधु ! साधु !” भनि भनेको अनुसार हो ।
यहाँवाट यस नामसङ्गीति तन्त्रमा विश्वास गरी, (त्यसलाई) स्थीरदृढ गरी, श्रुत-चिन्तन-भावना गर्नुपर्दछ । यो आफ्नो क्षणसम्पद भैरहेको मनुष्ययोनिको सार उद्देश्य पूरागर्ने उत्तम उपाय हो, तथा सकल प्राणिहरूलाई हितगर्ने अनुत्तरको उपाय पनि हो । यस तन्त्रको नियत(सार तत्त्वसार) प्राप्त भयो भने अनुत्तर तन्त्रहरू सवै कै नियत प्राप्त हुन्छ । यस तन्त्रको अर्थ थाहा नभए मार्गको अर्थ (अर्थात् महिमा) जानिंदैन ।
विमलप्रभाको अनुसार प्राणीहरूलाई शंका नरहोस भनेर मन्त्रयान सवै नै समुच्चय गरी, परिशुद्ध गरी, भगवानले वज्रपाणीलाई यस नामसङ्गीति देशना गर्नु भएको हो । जसमा “नामसङ्गीति नबुझेकाले वज्रधरको ज्ञानकाय जान्दैन, जसले वज्रधरको ज्ञानकाय बुझ्दैन उसले मन्त्रयान जान्न सक्दैन, र जसले मन्त्रयान जान्दैन उ सांसारिक (अज्ञानी, प्रपञ्चवादी) हो । जो संसारिक हुन्छ, त्यो भगवान वज्रधरका सकल मार्गहरूवाट बाहिर परेको हुन्छ“ यसरी भनिराखिएको । यस “मञ्जुश्री नामसङ्गीतितन्त्र कल्पवृक्ष तथा चिन्तामणिरत्न समानको सकल प्राणिलाई अहिलेको तुरुन्तै र पछिको परन्तुको स्व-परार्थ कामना अर्थ पर्यन्तसम्म दिइरहने (प्रदायक) कारण हो”, पनि भनेर भनिराखिएको छ । यस तन्त्रको किंचित श्लोक एउटैमात्र भएपनि पाठ गरेमा ग्रस्त भएको ठूला पाप दु:र्गतिहरू पनि नाश भएर जानेछ । भट्टारक मञ्जुश्री गुरुको (प्रसाद) अधिष्ठानमा चाँडै प्रवेश हुने आदि असंख्य प्रशंसा गरिएको समेत यसैमा प्रशंसा (अनुशंसा) परिवर्तमा उल्लेख भएको छ ।
तेस्रो – तन्त्रको पद अर्थ बताईएको । चारओटा, –
१. नाम अर्थ भनि राखिएको ।
२. मञ्जुश्रीलाई प्रणाम गर्ने भनि राखिएको ।
३. तन्त्रग्रन्थको पद अर्थ बताईएको ।
४. प्रवेश अर्थ बताइएको ।
प्रथम- नाम अर्थ भनि राखिएको, –
मगध भाषामा आर्य मञ्जुश्री नामसङ्गीति भनेर आज्ञा भैराखेको छ । मगध आर्य[8]हरूको देश हो । पहिले क्रकुच्छन्द बुद्ध देखि शास्ता मुनिन्द्र सम्म यस अघि आइसक्नु भएका, तथा आर्य भट्टारक मैत्री(बुद्ध) देखि अधिमुक्ति भाष्कर(बुद्ध) सम्ममा यस भद्रकल्पमा पाल्नुहुने १००० बुद्धहरू सवै सम्बुद्धभई चरित्र देखाउने जुन स्थान हो, त्यो जम्बूद्वीप[9] हो । त्यस जम्बूद्वीपको मध्यदेश[10] लाई मगध वा मध्यदेश भन्ने शब्द उच्चारण भइ अग्र भैरहेको छ । यस्तो मगध देशमा १.संस्कृत देवभाषा, २.प्राकृत (अपभ्रंष) भाषा, ३.आफ्नो देशको मनुष्य भाषा, र ४.पिशाचिक भाषा (समेत गरी चारओटा फरक भाषाहरू) प्रचलनमा रहेकोमामा सुविनीत भएको देवभाषा[11]मा यस तन्त्रको नाम ‘आर्य मञ्जुश्री नामसङ्गीति’ रहेको हो । अनुवादक महाआचार्य रत्नभद्रले यस तन्त्रलाई तिब्बति भाषामा अनुवाद गर्न अघि संस्कृत तथा तिब्बती भाषाका (शब्दअर्थहरुको) एउटा कोष नै बनाउनु भएको थियो । यस तन्त्रको नाम पनि रत्नभद्रले गरेको अनुवाद(टीका)मा ‘आर्य मञ्जुश्री नामसङ्गीति’ नै रहेको छ । अरू दोभाषेहरूले अनुवाद गरिराखेको लाई ‘आर्य मञ्जुश्री परमार्थ नामसङ्गीति’ पनि भनिएको छ । (तर), यी दुवै नामहरू लामा र छोटा मात्र हुन्, अरू फरक केहि छैन ।
यस तन्त्रको ग्रन्थमा पनि तन्त्र देशना गर्नुहोस् भनि प्रार्थना गरि बिनती गरि सुनेको त्यसलाई बताइदिनु भएको (“मन्त्रश्रोतुं समुद्यत” भनेको) अवस्थामा ‘मञ्जुश्री ज्ञानकायस्य मन्त्र श्रोतुं समुद्यत:’ भनि नाम सङ्ग्रह गरिराखेको जस्तै पछि अन्तिम (सिद्धिने अवस्था)मा ‘भगवान् मञ्जुश्री ज्ञानसत्त्व परमार्थ नाससङ्गीति’ भनि लामोगरी राखिएको छ ।
यस तन्त्रका शिरोमणि (उहाँ) संस्कृत एवं तिब्बती दुवै भाषाहरुका भण्डार (अर्थात् कोष) हुनुभएका धर्मराजाले (यस तन्त्रलाई) सँभाष(तिब्बती भाषा)मा गरिराख्नु भएको (अनुवाद टीका)लाई हेरि तदनुसार (अन्य) धर्मराजाहरूले पनि भोट् भाषा(सँय् भाषा)मा अन्य अनुवादहरु पनि गरिराखेका छन् । यसका कृत्यकर्म सारांशमा भन्नुपर्दा यस तन्त्रलाई तिब्बती भाषा मैं रचना गरिएको भने होइन । मगध भन्ने पुण्यस्थानमा शम्भलदेशवाट गएका पण्डित विद्वानहरूले (त्यहाँका गुरु विद्वान हरूलाई) भेटि, चाकरी गरी, धेरै दुष्करचर्या गरे पश्चात् निमन्त्रण गरी लिई आएका महादोभाषे आचार्य महासत्त्व रत्नभद्रले यस तन्त्रलाई तिब्बतमा ल्याई तिब्बती भाषामा लेखाएको हो । साथै, धर्मको पूरा प्रमाण जान्ने दक्ष बनाउनको लागि तथा सँय् देशका प्राणिहरूलाई संस्कृत भाषासंग वास्ता(सम्बन्ध) राख्न लगाउनको लागि; र, भविष्यमा पछि हुने लोक(प्राणि)लाई पनि यस्ता धर्मराजा आचार्य पण्डितहरूका दया कृपा कृतज्ञता स्मरण गराउनको लागि पनि यसको प्रचार गरी आउनुभएको हो ।
यत्ति निदान कथा ।
[1] सांख्य(ज्ञान)योगका प्रणेता कपिलमुनिको निर्देशन अनुसार बस्ती बसालिएको, कपिलवस्तु ।ॐ
[2] शम्भल – हालको ल्हासा । कल्प – युग वा देश ।
[3] तिब्बत देशमा
[4] लघुकालचक्रतन्त्रटीका
[5] भगवान बुद्धले धर्मदेशना गर्दै परिभ्रमण गर्नुभएको बिहार र उत्तरप्रदेशको मैदान । बिन्ध्य र हिमालयको बिचमा भएकोले मध्य भनिएको ।
[6] अहिलेको तिब्बतलाई नेवारी भाषामा सँय् देश र भोट भाषामा बोद्युल अर्थात् देवभूमि भनिन्छ ।
[7] क्लेशावरण र ज्ञेयावरण
[8] आर्य भनेक कुनै जात थर वा भूगोल संग सम्बन्धित नभई परमार्थमा लागेको व्यक्तिलाई भनिएको हो ।
[9] सुमेरू पर्वतको दक्षिणी भाग, दक्षिण एशिया (भारतवर्ष) । पृथ्वीको केन्द्र बिन्दु मानिएको सुमेरूको पूर्वमा पूर्वविदेह, उत्तरमा उत्तरकुरु र पश्चिममा ऊपर गोदायिनी प्रदेश (द्वीप) रहेको ।
[10] जहाँ कपिलवस्तु, श्रावस्ती आदि छओटा महानगरहरू स्थापित भएका छन् । बिहार र उत्तर प्रदेशको मैदानी इलाका । बिन्ध्य र हिमालयको बिचको मैदानी ईलाका, मधेश ।
[11] संस्कृत भाषा ।
आर्य मञ्जुश्री नामसङ्गीति टीका व्याख्या
नमो मञ्जुश्री कुमारभूताय
दोस्रो – मञ्जुश्रीलाई प्रणाम गर्ने भनि राखिएको,-
“नमो मञ्जुश्री कुमारभूताय” भनेर मञ्जुश्री कुमारभूतलाई वन्दना गरिएको हो । महादोभाषे आचार्य रत्नभद्रले यस तन्त्र अनुवाद गर्दा केहि बिघ्नबाधा नभईकन सम्पन्न (पारंगत) गर्नको निमित्त, तथा यस तन्त्र अनुवाद गरी हिमालयको राजधानीमा जिनशासनको गर्भ महानता पूर्वक उल्लेख गरी पुष्ट गरि धेरै लोकजनलाई ठूलो उपकार गर्नको निमित्त देवातिदेव मञ्जुघोष मञ्जुश्री गुरुलाई प्रणाम गरी प्रार्थना गर्नु भएको हो । पछि पछिका प्रजाहरूले जे कार्य गरे तापनि त्रिरत्नप्रति अन्त:स्करण देखि नै स्तोत्र(पाठ)गरेमा त्यस धर्मसम्पन्न भएको चित्त अन्ततक (भए)पनि सिद्ध होओस् भनि महान सदुपदेश दान गर्नुभयो ।
उहाँ महादोभाषे रत्नभद्रले यस ग्रन्थ अनुवादगर्ने शुभकार्य राम्ररी सम्पन्न (अर्थात् प्रसिद्ध) गर्नको लागि भट्टारक मञ्जुघोषलाई बन्दना गरी कार्य शुरु गर्नु भएको थियो । त्यसैगरी यस नेपाल भाषानुवादक स्वयं भिक्षु मुनिशासन[1] सुमतिले पनि आर्य मञ्जुश्री गुरुलाई सादर प्रणाम गरी प्रार्थना गरी यस अनुवाद गर्ने कार्य प्रसिद्ध गर्न केहि बिघ्न अन्तराय नहोस् भन्नुको लागि प्रतिदिन अखण्डपूर्वक नामसङ्गीति गाथा पढदै यस ग्रन्थ अनुवाद गर्नुभएको हो ।
तसर्थ, (यहाँ पनि) यस ग्रन्थ अनुवाद भएवाट स्व-पर सकलको हृदयमा उहाँ नाथ मञ्जुघोष गुरुको अधिष्ठान (अर्थात् ज्ञान प्रवेश) होओस् । सवैलाई नै ठूलो उपकार भई अविद्या अन्धकार सवै नाश भई प्रज्ञाज्ञानको प्रदीप लाभ होओस् । उपरोक्त यस आर्य मञ्जुश्री नामसङ्गीति तन्त्रगाथा क्रमश: बृद्धि हुँदै महान पूर्वक प्रचार पनि होओस् । विशेषरूपमा यस नेपाल पुण्यभूमिमा जिनशासनको सूर्योदय भई उत्तरोत्तर वृद्धि होओस् । फेरि शीलवन्त समाधिवन्त प्रज्ञावन्त सुसंयमी श्रावकसंघ भिक्षुसंघ आर्य पुद्गल उपासक उपासिका वर्गहरू पनि चीरस्थायी भई सम्बुद्धको सूत्र तन्त्रको शासन महारत्न सर्व दिशाहरूमा व्यापक भई भवको अन्त तक पनि सुप्रतिष्ठिय होओस्, भन्ने कामनाले देवातिदेव मञ्जुश्री गुरुलाई प्रणाम गरी स्तोत्र गरी प्रार्थना गर्दै यो नेपाल भाषामा अनुवाद गरिएको हो ।
तृतीय– तन्त्र ग्रन्थको पद अर्थ बताएको । तीनओटा –
१. सुनिएको(तेङ्ग्यूर)[2] र भनिएको(कङ्ग्यूर)[3] द्वारा तन्त्र बनाउन प्रवेश भएको अङ्ग बताईएको ।
२. नामसङ्गीति तन्त्र सविस्तार पूर्वक भनिएको ।
३. गुह्यपति सपरिवारवाट शास्ता मुनिन्द्रलाई तन्त्र आज्ञा गर्नुभएकोमा साधुकार तथा हर्ष अनुमोदन गरेको ।
पहिलो- सुनिएको(तेङ्ग्यूर) र भनिएको(कङ्ग्यूर) द्वारा तन्त्र बनाउन प्रवेश भएको अङ्ग बताईएको । दुइटा –
१. गुह्यपति सपरिवार सवैले शास्ता मुनिन्द्रसंग तन्त्र आज्ञा गरिदिनुहोस् भनि प्रार्थना गर्नुभएको ।
२. शास्ता मुनिन्द्रले नामसङ्गीति तन्त्र आज्ञा गर्ने अनुमति दिई स्वीकार गर्नुभएको ।
प्रथम- गुह्यपति सपरिवारले शास्ता मुनिन्द्रसंग तन्त्र आज्ञा गर्नुहोस् भनि प्रार्थना गरेको । पाँचओटा –
१. अनुसन्धि गरिएको ।
२. यस तन्त्र आज्ञा गर्नुहोस् भनि अध्येषणा गरेका गुह्याधिपतिको वर्णन गरिएको ।
३. गुह्याधिपतिको साथीहरूको गुणवर्णन गरिएको ।
४. गुह्याधिपति सपरिवारले यस तन्त्र पाउन विनति गर्दा शास्तालाई नमस्कार गरी आदरपूर्वक वन्दना गरेको ।
५. यथार्थरूपमा विन्ति गरेको क्रम ।
===============
[1] (स्व.) गुरु भीमरत्न शाक्यका दाजू । गुरु भीमरत्न शाक्यज्यू बाट यस अप्रकाशित नेपाल भाषाको प्रति यस पङ्तिकारलाई उपलब्ध भएको हो ।
[2] बुद्धवचनको आधारमा विद्वानहरुवाट भनिएका आप्तवचन । ञ्यँगु – सुनिएको ।
[3] बुद्ध भगवानबाट देशना भएका ‘एवं मया श्रुत’ भनि भनिएका । कँगु – भन्नुभएको ।
प्रथम परिवर्त
।। अध्येषणा परिवर्त गाथा शोडष व्याख्या।।
।।१।। अथ वज्रधर श्रीमान्
प्रथम- अनुसन्धि गरिएको
।।१।। अथ ……
अर्थ – अनुसन्धि[1] देखाई ‘अथ’ भनि जहाँ-जहाँ भनिएका छन्, तीनिहरुका अर्थ भावार्थ र गुप्तार्थ दुइथरी भएकोमा; विभाव? अर्थमा यस नामसङ्गीतितन्त्र मायाजाल विभाग शेष बाकीको हो, अर्थात् पहिलेको संग पछिको अनुसन्धि पद मिलाएर ‘अथ’ भनिएको हो ।
यस अथ भनिएको मंगलको अधिकार[2] भएको, र पदसन्धि आदि अर्थहरु अनेक भनिराखिएकोमा यसमा पदसन्धिरूपमा (यसरी) प्रयोग गरिएको छ,-
६०,०००(साठी हजार) अध्याय भएको “मायाजाल महातन्त्र”को (देशना गर्ने क्रममा) ५९,९९९औं अध्याय देशना गर्नु भएपछि, गुह्याधिपति वज्रपाणिले, सपरिवार तथा असंख्य वीरहरू समेत सहित भई, शास्ता मुनिन्द्रसंग यस आर्य मञ्जुश्री नामसङ्गीति आज्ञा गर्नुहोस् भनि (अर्थात् अध्येषणा गरिदिन) प्रार्थना गर्नुभयो । “अथ” भनेर ग्रन्थको पहिलेको र पछिको अनुसन्धिको पद मिलाएर राखिएको (कसरी) हो भने, यी पहिलेको (५९,९९९)अध्याय (अर्थात् धर्मस्कन्ध)हरू देशना गरि सकिना साथ वज्रपाणी प्रभृतिले यसप्रकारको अध्येषणा विनति गरेको बमोजिम (नामसङ्गीति) देशना गरिएको हो । यति साधारण विभाव पदार्थ भयो ।
असाधाराण गुप्तार्थमा अथ भनेको ‘एवं’ को अर्थमा प्रयोग भएको हो । “अ” भनेको प्रज्ञा (अर्थात्) शून्यता हो, र “थ” भनेको उपाय (अर्थात्) महासुखको ज्ञान देखाएको (हो ।) यसमा पनि मार्गसमय र फलसमय दुइटा छन् । मार्गसमय पनि शुद्ध गरी शोधन संस्थिर देखाएको क्रम तथा शुद्ध गर्ने मार्गको मूल दुइटा क्रम देखाइएको मध्ये फल-समय धर्मकाय र रुपकाय दुइटा देखाइराखेको क्रम तथा फरक नभएको यवक(वज्रधर) देखाएकोमा आदि ए, वं, द्वारा भूमि, मार्ग, फल तीनैओटा किसिमले अनुत्तरत तन्त्रको कारण, गर्भ, अर्थ, पूर्ण हुनेगरी ‘प्रदीपालोक’मा देखाइएको छ ।???
यहाँ देखि यस तन्त्रको योगसाधकले यस तन्त्र पढने अवस्थामा पहिलेको अनुसन्धीको पदमा नेमार्थ र भावार्थका मर्म(हरू) विशेष यस्तो छ भनि बुझी श्रद्धा, आदर, सम्बेग उत्पत्ति गरी यसलाई पाठ गरेमा भट्टारक मञ्जुघोषको (अधिष्ठान) स्वभाव प्रवेश भई तन्त्रको अर्थको नियत प्राप्त हुने हुन्छ ।
दोस्रो – यस तन्त्र आज्ञा गर्नुहोस् भनि विनति गरेका गुह्याधिपतिको गुण वर्णन गरेको । दुइओटा;-
(१) यस तन्त्रका प्रार्थयिता (अर्थात् प्रार्थनाकर्ता) गुह्याधिपति नै हो भनि? आश्वासन दिइराखेको ।
(२) उहाँको गुण व्याख्यान गरेको ।
प्रथम- यस तन्त्रका प्रार्थयिता (अर्थात् प्रार्थनाकर्ता) गुह्याधिपति नै हो अनि आश्वासन दिइराखेको,-
।।१।। ……. वज्रधर श्रीमान् …
अर्थ – पाठ गर्दाको पहिलो वज्रधर श्रीमान् भनि आज्ञा भएको अर्थ, – यस तन्त्र(का) प्रार्थनाकर्ता दुइटा सम्भारवाट पूर्ण भएका श्रीमान (अर्थात् श्री-सम्पन्न भई) फरक(द्वय) नभएको (अर्थात् अद्वयज्ञान) चित्तमा झल्किरहेका उहाँ वज्रधर नै हुनुहुन्छ, भनिएको हो । उहाँले जुन पञ्चज्ञानलाइ फाडेर देखाउनु भयो, ती हुन्,- (१) आदर्शज्ञान, (२) समताज्ञान, (३) प्रत्यवेक्षणाज्ञान, (४) कृत्यानुष्ठानज्ञान, र (५) धर्मधातुज्ञान । यी पञ्चज्ञानहरू पूर्ण भएको (अर्थमा) पाँचओटा चुच्चोहरू भएको ‘वज्र’ हातमा धारणगरी रहनु भएका गुह्याधिपति यस तन्त्रको प्रार्थयिता तथा समुच्चयिक दुवै हुनुहुन्छ । यो यति गाथामा अभिसन्धि नेमार्थ बताइएको हो । निवारणार्थ निर्णय भावार्थ अनुसार गरिएमा अथ वज्रधर श्रीमान् भनिएको छ, अथवा यति निवारणार्थ भावार्थ भयो ।
श्री भनेको श्-र-इ तीनओटा अक्षरहरू मिलाई निरुक्तगाथा भनिएकोमा वज्रकायको मर्ममा घटित भएको कारणले प्रभास्वरको ज्ञान धारण हुने तथा यसवाट यवक(?) वज्रधरको काय सिद्ध हुने रहस्यको अर्थविशेष इत्यादि भावार्थ विशिष्टको छ ।
वज्रधर (शव्दको) समोहन?, (१)धारणअर्थ, (२)अक्षरअर्थ, (३)गुप्तअर्थ, तथा (४)अन्तरअर्थ समेतगरी चारओटा क्रममा(रूलबाट) बताई प्रयोग गरिएको (कुरा) ‘प्रदीपालोक’मा भनि राखिएको छ, तथा ‘विमलप्रभा’मा पनि यसैको समानान्तरमा मिल्नेगरी गुप्तार्थमा बताइएको छ ।
यहाँदेखि नामसङ्गीतिको पहिलो श्लोक, गाथा चरणमा गम्भीरमार्ग दुईक्रमका फल सहित मर्म विशिष्टको यस्तो भाव छ भनि जानि, यस तन्त्रमा निश्चय विश्वास उत्पत्ति गर्न सक्नु पर्दछ ।
दोस्रो – यस(गुह्याधिपति?)को गुण व्याख्यान गरिराखेको,
…….. दुर्दान्तदमक:पर: ।।
त्रैलोक्यविजयीवीरो गुह्यराट् कुलिशेश्वर: ।।अध्ये,१ ।।
।।२।। विबुध्द पुण्डरीकाक्ष: प्रस्फुल्ल कमलानन: ।।
प्रोल्लालयद् वज्रवर: स्वकरेण मुहुर्मुहु: ।। अध्ये,२।।
अर्थ – उहाँ गुह्याधिपति वज्रपाणि सकल लोकजनबाट महान रूपमा मान्य हुनुहुन्छ; उहाँले अन्यवाट दमन गरिन नसकिने भएका ईश्वर, विष्णु लगायत देवताहरू, प्रचण्ड नाग, दुष्ट यक्ष, दुष्ट असुर प्रभृति लगायत भवसंसारमा प्रचण्ड अभिमानी चाण्डाल भएर मुक्ति तथा सर्वज्ञको पद प्राप्त गर्न प्रयासरत भएका लाई दिक्क गरिरहेका सर्वसकललाई पूर्णरूपमा दमन गरि आएका “दमक पर” हुनुहुन्छ, भनिएको हो । यस्ता दमन गर्नुपर्ने प्रचण्ड दुष्टहरू धेरै(संख्यामा) भएता पनि यीनिहरू मध्ये पनि अझै (दुष्टतर र दुष्टतम भई) दुष्टश्रेष्ठ भएका लाई समेत दमन गर्नेवाला हुनुहुन्छ । निश्चित भावार्थ अनुसार, त्रिधातुका समस्त प्राणीहरू अनादि देखि नै संसारको बन्धन(बाट बाँधिएको) तथा क्लेशले छोपिई राखेको कसैवाट दमनित हुन नसक्ने ‘कर्मवायु’लाई समेत उहाँ वज्रपाणिले महासुखको सहजज्ञानबल वाट दमन गर्नुभएको छ । यसरी उपायकौशल्य गरी यस जगतलाई मार्ग देखाउने उत्तम ‘अधिकार’ पाएका उहाँ परम गुह्याधिपति वज्रपाणि “दुर्दान्त दमक पर:” हुनुहुन्छ, भनि भन्नुभयो ।
(उहाँ) श्री वज्रपाणि “त्रिलोक”मा मारसैन्य सबैलाई पराजित गरी, मर्दन (मर्थन?)गरी, तर्साई, धपाई, जित्नमा बलियो(समर्थ) “विजयी”, अलिकति पनि डर नभएका, “वीर” (हुनुहुन्छ । उहाँ) स्वर्ग-मर्त्य-पाताल तिनै लोकमा भई आउनुभएका हुनुहुन्छ । भावार्थमा महासुख सहजज्ञानद्वारा क्लेशलाई वासना सहित मर्दन गर्ने अधिकार प्राप्त गर्नु भएका, वीर; काय-वाक्-चित्तलाई उल्टापुल्टा गरिदिने कर्मवायुलाई क्लेश सहित सर्वप्रकारवाट जिति आउनु भएका “त्रैलोक्य वीजयी वीर:” हुनुहुन्छ, भनिएको छ ।
उहाँ वज्र(अर्थात् “कुलिश”)को ईश्वर हुनुहुन्छ भनिएको हो । उहाँ वज्रपाणि पञ्चकुल मध्ये वज्रकुलका ईश्वर भई श्री ऐश्वर्य प्राप्त गरी आएका हुनुहुन्छ । उहाँ वज्रयानधर्म प्रकाश गर्नको निमित्त सकल जिनहरूवाट अभिषेक दिईएका, र अधिकार प्राप्त गरी आउनुभएका हुँदा “ईश्वर” (भनिएको हो) । (उहाँ) बुद्धका सकल चरित्रहरू मध्ये श्रेष्ठोत्तम भएको, अनुत्तर वज्रयान प्रकाशगर्ने अधिकार प्राप्त गरि आउनुभएका हुनुहुन्छ । बुद्धका सकल चरित्रहरु मध्ये श्रेष्ठोत्तमको अनुत्तर वज्रयान प्रकाश गर्ने अधिकार प्राप्त गरि आउनुभएको, जसमा (१) धर्ममा मन लागेका पुरुष (लगायत) (२) धर्ममा मन भएता पनि महायान भूमिको लागि योग्य नभएका, (३) आफू एकलै मात्र मुक्तिहुने कामना गरेका श्रावक-प्रत्येकका तथा (४) महायानमा भएतापनि योग्य नभई अनुत्तरको उपायकौशल्यता चित्तमा नअटाएका प्राणिहरू सबैका लागि गुप्ति गरिएको अनुत्तरधर्म प्रकाशगर्ने अधिकार प्राप्त गरी आउनु भएका उहाँलाई “गुह्यराट्” तथा गुह्याधिपति भनि भनिएको हो ।
फेरि यक्षहरूलाई पनि गुह्यक भनिएको अनुसार वज्रपाणि अडकवति[3] कूटागारमा जानुभई यक्षहरूको राजा हुनुभएकोले समेत “गुह्यराट” भनि भनिएको हो । श्री वज्रपाणिले गुह्यमन्त्र अधिकारको अभिषेक पाई(दिई?) तथा सकल मन्त्र तथा विद्याका अधिपति भई आउनुभएको लाई अनेक धेरै तन्त्रहरूमा महान गरी प्रख्यात गराईएको छ । विशेष सकल तन्त्रको राजा “गुह्यसमाज मूलतन्त्र”को १७औं अध्यायको अन्तिममा बुद्ध बोधिसत्त्वका गणले आकाशधातु परिपूर्ण भएको समागमा भगवानले ‘हे वज्रधर्म!’ भनि श्री वज्रपाणीलाई (सम्बोधन गरी) बोलाउनु भई, “हे कुलपुत्र ! तिमीले यस तन्त्र धारण गरी दश दिशाका भाग्यमानिहरूलाई प्रचार गर” भनि सकल गुह्यको अधिकार अभिषेक गरी अधिष्ठान गर्नु भएको हो ।
श्री वज्रपाणिलाई सकल यक्षहरूका राजा भनिएको प्रमाण कसो हो भने, जसरी सिंह देखेर सकल जन्तुहरू त्रास मानी दबिएर जाने गरेकोले सिंहलाई सकल जन्तुहरूका राजा भनिएको हो, त्यसै गरी श्री वज्रपाणिलाई पनि प्राणिहरूका शरीर तथा प्राणलाई सन्तुष्ट गरी आएका हुनाले, तथा सद्धर्म साधनागर्ने लाई भय अन्तराय गर्ने सकल दुष्ट प्रचण्ड यक्षहरूलाई बल बेगले छेदन गरी अनुत्तर वज्रयान धर्म द्वारा बोध गराई आएका हुँदा यक्षहरूका राजा अथवा यक्षका सार्थवाह तथा यक्षाधिपति भनि भनिएको हो ।
श्री वज्रपाणीले अनुत्तर वज्रयानको योग्य पात्र भएका भाग्यमानी प्राणीहरूलाई अनुगृहित गर्नुभएको अवस्थामा सुपुष्ट सेतो कमलको फूल समानको वाक् आदि ३२ ओटा लक्षण र ८० ओटा व्यञ्जनले संयुक्त भएको स्वरूप, “विबुद्ध पुण्डरीकाक्ष: प्रोफुल्ल: कमलानन:” भई देखाई ती भाग्यमानी जगतप्राणीहरूलाई मण्डलमा भित्र्याई अभिषेक दिई तन्त्रको कुरा बताई उपदेश गरी विपाकगरी तार्नु भएको (भनेर भनिएको हो) ।
वज्रपाणीले असाधारणको काय, अपरिवर्तनीय भरोसामा(?) विशिष्टता देखाउनु भएको छ । श्री वज्रपाणीले विगतमा धेरै पहिले नै त्रिकाय प्राप्त गरिसक्नु भएको भएता पनि जगतका कारणले भद्रकल्पमा हजार जना बुद्धहरू सकलको शासन सुरक्षा गर्नका लागि रक्षकको जिम्मेवारी निर्वाह गरी (चलन) देखाउनु भएको हो । बोधिसत्त्वहरू जो जहाँ कहिं पुगेका छन्, ती सवैलाई (हरेक)को अनुगमन गरी, वज्रपाणिका धेरै(सबै?) परिवारहरुबाट बिघ्न अन्तराय हुनवाट रक्षा गराई आउनु भएका, गुह्य अचिन्त्यको चरित्र देखाइ आउनु भएका हुनुहुन्छ । बाँया हातले पाँचओटा चुच्चो भएको वज्रलाई समाति बारम्बार आकाशमा फाली (पुन: त्यसलाई) टिपी (बारम्बार) खेलिबसेका हुनुहुन्छ । भावार्थको (अनुसार) वज्रकायको मर्ममा रहने (च्वनिगुया) शक्तिद्वारा प्रजाका हृदयमा बारम्बार महासुख सहजज्ञान उत्पत्ति गराउँदै लैजाँदै गर्नुभएको निमित्तले परस्पर वज्र सरसर टिपी समाति लिएको (भनेर भनिएको) “प्रोल्लालयन वज्रवीर: स्वकरेण मुहुर्मुहु:” हो ।
श्री वज्रपाणिको हातमा रहेको ठूलो वज्रको अर्थ ‘गुह्यअचिन्त्यसूत्र’मा यसरी आख्यान गरि बताएको छ;-
(एक पटक) राजा अजातशत्रुको मनमा यस्तो एक बिचार उत्पन्न भयो, “गुह्याधिपति वज्रपाणिको दाँया हातले समाति राखेको वज्र कति गह्रुँगो अथवा कतिको हलुँगो होला, जसको कारणले उहाँ गुह्याधिपति वज्रपाणि महाबल बेगको अधिकारी हुनुभएको छ” ।
राजा अजातशत्रुको विकल्प भैराखेको चित्तलाई (उहाँ) गुह्याधिपति वज्रपाणिले जानी (अजातशत्रु)राजालाई यसो भन्नुभयो, – “महाराज ! यो वज्र (कसैको लागि) गह्रुँगो छ, र कसैको लागि हलुँगो छ । महाराज ! प्राणिहरू जो अभिमानी, घमण्डि, दुष्ट चाण्डालहरू छन् ती सवैलाई दमन गर्नुपर्ने भएकोले यो गह्रुँगो छ । र, जो प्राणि अभिमान नभएका छन्, प्रसन्न छन्, तिनिहरूका लाई यो हलुँगो छ” ।
तत्पश्चात्, वज्रपाणिले त्यस वज्रलाई अधिस्थान गरी भूँईमा स्थापना गर्नुभयो । वज्रपाणिले त्यस वज्रलाई भूँइमा राख्नासाथ त्रिसाहस्र महासाहस्र लोकधातुहरुमा छओटा प्रकारले बेसरी भूमिकम्प भयो । त्यसपछि गुह्याधिपति वज्रपाणीले अजातशत्रु राजालाई, “महाराज ! तपाइले यस वज्रलाई एकपटक भूँईवाट माथि उठाउनु होस्” भन्नुभयो । अजातशत्रु महाराजले आफ्नो सम्पूर्ण बल लगाई त्यस वज्रलाई उठाउन कोशिस गर्दा एक टुप्पा प्रमाण समेत उठाउन वा चलाउन पनि समर्थ हुन नसकेको हुँदा आश्चर्य मानि (??भगवान शाक्यमुनि समक्ष??) हात जोडी यसो विनति गरे, “हे भगवान ! मैले महादृढ महाबल बेगवन्त कवच भएका(लगाएका?) अति कडा हात्तीलाई समेत एउटा हातले उठाउन वा फाल्ने सामर्थ्यवाला हूँ । तर आज म यस्तो सानो वज्रलाई उठाउन वा हल्लाउन पनि समेत शक्तिहीन भएँ, भने फाल्ने त झन कसरी सकूँला । हे भगवान ! यसको हेतु कारण के होला ?”
भगवान (??शाक्यमुनि??)ले आज्ञा गर्नुभयो,- “महाराज यस वज्र यतिसम्म गह्रुँगो छ भनि कृतार्थ हुन पुगेको छैन” ।
तत्पश्चात, अजातशत्रु राजाले शक्र देवेन्द्रलाई यसो भने, – “हे कौशिक ! यहाँले (पनि) वज्र धारण गरिराखेकै हो । यस (अर्को) वज्र एउटालाई (पनि) भूमिवाट उठाउनु होस” । शक्र देवेन्द्रले पनि आफ्नो बल बेग तथा दृढ हृदयको सम्पूर्ण बल बेग निकालेर प्रयास गरे । तापनि त्यस वज्रलाई उठाउन नसकेको मात्र होइन चलाउन पनि सामर्थ्य नभएकोले शक्र देवेन्द्रले भगवान संग यसरी विनति गरे, “हे भगवान ! म संग (जुनसुकैमा पनि) असुर तथा नागहरू भएको अजंवर रथ पनि उठाई फाल्न सक्ने समर्थ छ, तापनि यस्तो (केराउ)गेडाजत्रो एउटा वज्र पनि उठाउने वा हल्लाउन पनि सामर्थ्य नभएको भएँ । भगवान यो कसरी भयो ? हजूर, बुद्ध भगवानले यसलाई अधिष्ठान गरिराख्नु भएको(ले?) हो कि, कसो हो ?”
भगवान (शाक्यमुनि??)ले “हे कौशिक ! यो वज्र गह्रुँगो नै हो । यो मैले अधिष्ठान गरिराखेको हैन भनेर जान” भनेर आज्ञा गर्नुहुँदै सोधनि (अर्थात् प्रतिप्रश्न) गर्नुभयो, “हे कौशिक ! तिमीले मनमा के लिएका छौ, गिरिराज सुमेरु कतिसम्म गह्रुगो होला ?” । कौशिकले विनति गर्नुभयो, “हे भगवान ! सुमेरु कतिसम्म गह्रुँगो छ त्यसको उपमा दिएर साध्य छैन, किनकी उपमा दिने कुनै बस्तु नै छैन” । तब श्री भगवानले आज्ञा गर्नुभयो, “हे कौशिक(इन्द्र) ! यो वज्र पनि गह्रौं नै हो । हे कौशिक ! यदि गुह्याधिपति वज्रपाणिले यस वज्रलाई वज्रैको[4] पर्वतको माथी राखे त्यस पर्वत पनि तोरीको दानाहरू छरेको जस्तै भएर चूर्ण हुनेछ । के कौशिक ! यस वज्रको शक्ति यस्तो छ ।“
यसपछि शक्र देवेन्द्रले आयुष्मान महामौद्गल्यायनलाई यसो भने, “भदन्त महामौद्गल्यायन ! हजूर भगवानका श्रावक[5]हरू मध्ये उत्तम[6] ऋद्धिपराक्रम देखाउन सक्ने हुनुहुन्छ, यसैले नै यहाँले यस वज्रलाई एकपटक उठाइ दिनुहोस्” ।
आयुष्मान महामौद्ग्ल्यायले यसो विचार गरे, “कदाचित मैले पनि, यी देव सहित समस्त लोकको अगाडी यस वज्रलाई उठाउन सकिन भने मेरो अधिकार नष्ट हुने हुन्छ” । यस्तो विचार मनमा लिई (उहाँ महामौद्गल्यायनले) यसप्रकारको बल बेग निकाली त्यस वज्रलाई समात्नु भयो कि त्यस बेला त्रिसाहस्र महासाहस्र लोकधातुहरू सबै नै छप्रकारले भूमिकम्प भयो । अत्यन्त कम्प भयो, (समुद्रको) पानी आकाशमा बगेर गयो, सारा सागरहरू प्रकोप भयो । तापनि त्यस वज्रलाई उठाउन वा चलाउन मात्र पनि समर्थ हुन सक्नु भएन । अत: आयुष्मान महामौद्गल्यायनले आश्चर्य मानि भगवानको दुबै चरणपादुकामा शीरवन्दना गरी विन्ति गरे, “हे भगवान ! म हजूरको श्रावक मध्ये श्रेष्ठोत्तम ऋद्धि प्रदर्शन गर्न सक्नेवाला हुँ । हे भगवान् ! मैले यस्तो प्रकारको महाऋद्धि पराक्रम सम्पन्न भई महा अधिकार यश भई यस्तो प्रकारले समर्थ छु कि, हे भगवान ! मैले कुनै पनि बेला चारै ओटा महासागर हरुका जलस्कन्ध जति छन् ती सबैलाई पनि एउटा अञ्जुलीमा राखि देखाउन सक्दछु । हे भगवान् ! उपमा दिने हो भने कोहि मनुष्यले सानो सिक्का (कार्षार्पण) लाई औंलाको टुप्पामा राखी माथी उफारि नचाएको जस्तै त्रिसाहस्र महासाहस्र लोकधातुलाई पनि मैले औंला हानी माथी नचाउन सक्दछु । हे भगवान ! यसप्रकारले महाऋद्धि महाशक्ति भएबाट मैले असंख्य तप्त भैरहेको चन्द्रसूर्यलाई पनि पक्रन सक्दछु । गिरिराज सुमेरु पर्वत पनि एउटा हातले समाति ब्रह्मलोकसम्म पुग्ने गरी फाल्न सक्दछु । हे भगवान ! मैले नन्द र उपनन्द नाम भएका दुइटा नागराजहरूलाई पनि दमन गर्न सक्दछु । हे भगवान् ! मैले लोकधातु प्रभावतीजस्तो लाई पनि जलन गराइ जलाईदिन सक्दछु । मैले यस्तो सुमेरु समानको धातु पनि नाघ्न सक्दछु । तर, हे भगवान् ! मैले यो यति सानो वज्र लाई उठाउन तथा हल्लाउन समेत सकिन । हे भगवान् ! म मा ऋद्धिबलहरू सम्पूर्ण नभएको कारणले वा हीन भई, नाश भई अथवा एकाकार गर्न नसकेको कारणले उठाउन नसकेको हो ?”
भगवानले आज्ञा गर्नुभयो, “हे महामौद्गल्यायन ! हे कुलपुत्र ! तिमि यस्ता ऋद्धिबलवाट हीन भएको होईन । (यो त) बोधिसत्त्वको बलले अधिष्ठान गरेको यस (वज्र)लाई श्रावक-प्रत्येकबुद्ध(हरु) कसैले विपरीत गर्ने शक्ति हुँदैन, भने अरू प्राणीको के तागत । हे महामौद्गल्यायन ! बुद्धहरूको क्षेत्र गंगाको बालुवा प्रमाणमा गिरिराज सुमेरु पर्वतहरू सवै उठाउने र हल्लाउने शक्ति भएको हुन सक्दछ, (तर) यो वज्र यस स्थानवाट उठाउने वा चलाउने शक्ति हुने छैन” ।
आयुष्मान महामौद्गल्यायनले बिनति गरे, – “भगवान् ! यस्तो वज्र धारण गर्ने गुह्याधिपति वज्रपाणी बलवान हुन् त?”
भगवानले आज्ञा गर्नुभयो,- “हे महामौद्गल्यायन त्रिसहस्र महासहस्र लोकधातुमा जतिपनि सुमेरु पर्वत भैराखेका छन् ती सवै एउटै एकाकार भईआए पनि त्यसलाई उठाउने शक्ति (कोही कसैमा) हुन सक्ने छ, तर यस वज्रलाई उठाउने शक्ति हुनेछैन” ।
स्थवीर महामौद्गल्यायन आश्चर्य मानी भगवान संग यसरी विनति गरे, – “भगवान् ! यस वज्र धारण गर्ने गुह्याधिपति वज्रपाणि, उहाँ यस्तो प्रकारको महाबल बेग सम्पन्न भएको हुनुहुन्छ ! होईन ? अहो आश्चर्य ! हे भगवान ! यो कसरी भयो ? गुह्याधिपति वज्रपाणिको यस बल आमाबुवाको द्वारा भएको हो वा ऋद्धिबलद्वारा भएको हो ?”
भगवानले आज्ञा गर्नुभयो, – “हे महामौद्गल्यायन । आमा बुवाको द्वारा (प्राप्त)हुने बल त सवैसंग हुने नै गर्दछ, जुन बल प्रवेश हुनासाथै ‘नाम’ मात्र भएर सकीजाने हुन्छ । यदि त्यसै गरी नै बोधिसत्त्वहरूका ऋद्धिबल पनि सवै देखाइयो भने देव(लोक?) सहित सवै लोक हरू उष्माद भई बलेर सकिईजाने छन् ।“
यहाँ पछि भगवानले गजराजले दृष्टिगरी हेरे जस्तै सकल दशदिशामा समदृष्टिले हेरि अवलोकन गर्नुभई गुह्याधिपति वज्रपाणिलाई आज्ञा दिनु भयो, “हे गुह्याधिपति ! तिमि यो वज्रलाई यस भूमिस्थानवाट माथी उठाऊ” । भगवानको आज्ञा अनुसार गुह्याधिपति वज्रपाणिले त्यस बेला त्रिसहस्र महासहस्र लोकधातुहरू सवै नै कम्पमान हुने गरी त्यस भूमिमा राखिराखेको वज्र बाँया हातले उठाई माथी आकाशमा आफालि आफू बसिराखेको फुसमा[7] सात पटक परिक्रमा गराई दाँया हातले टीपि(लिनु)भयो । यस्तो देख्नासाथ सकल समागम भैरहेका परिषदहरू अहो भनि आश्चर्य मानी हाल जोडी विनति गरी गुह्याधिपति वज्रपाणिलाई बन्दना गरे । यस्तो वज्र लाई धारण गरीराख्नु भएका गुह्याधिपति वज्रपाणि यत्ति साह्रो बल बेग सहितको वडा आश्चर्यको हुनुहुन्छ । भगवानले प्राणिहरू सकल पनि यस्तै बल बेगले सम्पन्न भएको होओस् भनि आज्ञा गरिराख्नु भएको अनुसार श्रीवज्रपाणिले यस भद्रकल्पमा आउनुहुने एक हजार जना बुद्धहरूका शासन रक्षा गरीराख्न तथा शासन समुच्चयगरी विभूषण गरिदिनु हुनेछ भनि “गुह्य अचिन्त्य सूत्र”मा बताइएको छ ।
“यस भद्रकल्पमा उत्पन्न हुने १००० बुद्धहरू (उहाँहरु) चक्रवर्ती राजा धृतराष्ट्र[8]का पुत्र भई जन्म लिई आउने अवस्थामा आआफ्नो बुद्धहरुको भुवनको रक्षा गरिदिनेहरु मध्ये प्रथम क्रकुच्छन्द देखि अन्तिम बुद्ध अधिमुक्त भाष्करसम्मका उहाँहरू एकहजार जना हरेकका भुवनहरू सबैको रक्षा गर्दछु”, भनि प्रतीज्ञा गरि महारानी एतपांगको उपपादुक जन्म भएका पुत्र धर्मचित्तको अधिकारी भएका हजुरहरु एक हजार जनाका शासन सुरक्षा गर्नको लागि वज्रपाणि भई शासन रक्षा गरिदिनका लागि वज्रपाणि भई शासन रक्षा गरिदिनुहुने तथा “सकल तथागतहरुका सकल गुह्य(हरु) धारण गर्नुभएका बुद्धका धर्म सकल ग्रहण गर्दछु” भनि प्रतीज्ञा गरेको कारणवाट यसो भएको हो, भनि आज्ञा गर्नु भयो ।
श्रीवज्रपाणिले सकल बुद्धहरुका शासनको सुरक्षाकर्ताको अधिष्ठान गरेको, शास्ताले वज्रपाणिलाई अभिषेक दिएको, (र) तन्त्र आज्ञा गर्नु भएको अवसरमा दशै दिशाका सकल बुद्धहरू विमानमा बसी उपस्थित भई सकल जिनका भरोसा (कर्म) शक्ति सवै वज्रमा अधिष्ठान गरी श्री वज्रपाणिको हातमा हस्तान्तरण गरिदिनु भयो ।
त्यस अवस्थामा भगवान शाक्यमुनिले बोधिसत्त्व वज्रपाणि लाई अभिषेक दिई सकल जिनको भरोसा (शक्ति) सवै वज्रमा अधिष्ठानगरी सुम्पिदिनु भई आज्ञा दिनुभयो, “हे कुलपुत्र ! सकल बुद्धहरुका मण्डलका महाचक्रवर्ती वज्रमहामण्डल द्वारा हातमा वज्र अभिषेक दिई तिमिलाई अधिकार दिइसकेँ । कोटि-कोटि समाधिवाट उत्पन्न भैराखेको वज्र तिमिलाई प्रदान गरिसकेँ । महाचक्रवर्ती महाराजाको वज्र तिमीलाई अधिष्ठान गरि दिईसकेँ । वज्रगर्भ सबै तिमीलाई देखाईसकेँ । सकल तथागतहरूले तिमीलाई सकल शासनार्थ हर्ता कर्ता तथा सुरक्षा गर्ने अनुमति दिनेछन् । तिम्रो पहिलेको महान प्रतीज्ञा सम्पूर्ण भयो । हे कुलपुत्र ! तिमिले तिम्रो ऋद्धिपराक्रम निश्चय पनि प्रकट गर ।”, भनि आज्ञा पाई वज्रपाणी सकल बुद्धका शासन सुरक्षा गर्ने तथा शासन समुच्चय गर्नेवाला भनि अधिष्ठान गरेको क्रम विस्तारपूर्वक आज्ञा गरिराखेको हो ।
तेस्रो – गुह्याधिपतिको साथीहरुको गुणवर्णन गरिएको । दुइओटा –
१. गुह्याधिपतिले शास्ता मुनिन्द्रसंग यस नामसङ्गीति तन्त्र आज्ञा गर्नुहोस् भनि प्रार्थना गरेको ।
२. त्यसबेला आएका जति साथीहरूको गुण वर्णन गरेको ।
पहिलो- गुह्याधिपतिले शास्ता मुनिन्द्रसंग यस नामसङ्गीति तन्त्र आज्ञा गर्नुहोस् भनि प्रार्थना गरेको,-
।।३।।भृकुटीतरङ्ग प्रमुखै: ऽनन्तै:वज्रपाणिभि: ।
अर्थ – श्री वज्रपाणिले शास्तासंग यस तन्त्र आज्ञा गर्नुहोस् भनि प्रार्थना गरेको बेला उहाँका साथिहरू तथा परिवार (लगायत), महाक्रोध भृकुटितरङ्ग[9] तथा महाक्रोध अपराजिता आदि ५०० जना क्रोधेन्द्रहरू (समेत साथै सहभागी भएका थिए) । ती “भृकुटितरङ्ग” जस्ता उच्चस्तरका “प्रमुखै” ती क्रोधेन्द्रहरु एक-एक जनाका साथ पनि अनन्त संख्यमा (अनुचर) क्रोधवज्रपाणिहरू “अनन्तैर्वज्रपाणिभि:” (समेत आएका थिए) । यस बारेमा (यसै अध्येषणाज्ञान गाथाको) तल(अन्तिम)को श्लोक[10]मा ‘ससार्द्ध क्रोधराजान्यै’ भनि आएको अनुसारले देव, मनुष्य, असुर, नाग, यक्ष, गन्धर्व, किन्नरादि महामण्डलको अभिषेक प्राप्त गरेका प्रजागण अल्याख समेत सहगत भई शास्तासंग विनति गरेको हो (भन्ने पनि अर्थ लाग्दछ) ।
दोस्रो – त्यसबेला आएका जति साथीहरूको गुण वर्णन गरेको,-
दुर्दान्तदमकैर्वीरै: वीरविभत्सरुपिभि: ।। अध्ये,३।।
।।४।। उल्लालयद्भि:स्वकरै: प्रस्फुरद् वज्रकोटिभि: ।।
प्रज्ञोपाय: महाकरुणा जगदर्थ करै:परै: ।। अध्ये,४।।
।।५।। हृष्टतुष्टास्यैर्मुदितै:[11] क्रोधविग्रहरुपिभि: ।।
बुद्धकृत्यकरैर्नाथै: सार्द्धं प्रणतविग्रहै: ।। अध्ये,५।।
अर्थ – उहाँ महाक्रोधहरूले ज्ञानको बलले क्लेशलाई हटाई, मार तथा पर-प्रवर (अर्थात् अरूलाई हेपेर कुरागर्ने, हेपाहा) आदिलाई दमनगर्ने शक्ति भएका महावीर हरु हुनुहुन्छ । उहाँहरूले जगतका कारणले मात्र क्रोधरूप देखाउनु भएको हो । उहाँहरुले दमनगर्न कठिन भई कठोर भैसकेका ‘अप्रिय जगत’लाई दमन गर्नको लागि मात्र रुद्र(क्रोध)कर्म(भरोसा)को चरित्र देखाउनु गर्नुहुन्छ । यसको लागि काय (र) कण्ठमा सर्प र हाल(हय, हजारखुट्टे लाम्कि)को अलंकार लगाई, शिरको कपाल ठाडो-ठाडोपारी, आगोको ज्वालाको लप्का उठाई, भयंकर डरलाग्दा दाह्राहरू (दंष्ट्राकराल) निकाली, माथि-तलका दन्तपंतिहरू जोडले च्यापि किटकिट गरी कटकटाउँदै, अट्टहासले गुञ्जायमान गरी, भयानक रूपका वीरहरूले, आगोको ज्वाला प्रकाश निस्किराखेको पाँचओटा टुप्पा भएका वज्र(हरू) आआफ्ना हातमा धारण गरी बारम्बार आकाशमा फाली खेली देखाई राखेका हुन् । फेरि अप्रिय (मन नपरेका) दुष्टहरूलाई दमन गर्नको लागि क्रोध चरित्र (अर्थात् कडा कर्म) देखाउनु भएको हो । यो द्वेषचित्तको कारणले गरेको नभई, दु:खले डाह भैराखेका लोकका लागि महाकरुणाले हेर्नै नसक्ने भएर गर्नुभएको हो । उहाँहरुले स्थितसंकल्प भएको प्रज्ञोपाय(गरेको उपाय)कौशलद्वारा लोकको कारणको गर्नेमा श्रेष्ठ भैराखेका हुनुहुन्छ । उहाँहरुले ‘म’ भन्ने भावलाई एकातिर फाली जगतको कारणको लागिमात्र कर्मगर्ने हुनुहुन्छ । उहाँहरुले जगतप्राणीका हितकारण र शासन रक्षा गर्ने कार्यमा अति हर्ष प्रमुदित भई, तत्पर भैरहेको चित्तलिएर, आनन्दपूर्वक नाच नाचेर क्रोधकायको रूप लिई, बुद्धको कार्य गरी, बुद्ध हुने भरोसा(कर्म) मात्र गरेका (हुन् । यस्ता) नाथ वज्रपाणिको आचरण अनुकूल मिलेकाहरू शास्ता मुनिन्द्रका सन्मुखमा संयमकाय भई प्रसन्नतापूर्वक बसिरहेका श्रीवज्रपाणिका साथै आएका हुनुहुन्छ ।
चौथो – गुह्याधिपति सपरिवारले यस तन्त्र पाउन विनति गरी शास्तालाई नमस्कार गरी यथार्थ रूपमा आदरपूर्वक वन्दना गरेको –
।।६।। प्रणम्य नाथ सम्बुध्दं भगवन्तं तथागतम् ।।
कृतान्जलिपुटोभूत्वा इदमाह स्थितोऽग्रत: ।। अध्ये,६।।
अर्थ – गुह्याधिपति वज्रपाणिगण सहित सबैले भगवान-शास्ता-अर्हत-सम्यक्सम्बुद्ध-शाक्यमुनिलाई सम्पूर्ण कायाङ्गले भूमिमा टेकी[12], बन्दना गरी, अगाडी घुँडा टेकि, कृताञ्जली गरी, सन्मुखमा बसी, निम्न श्लोकद्वारा यसरी प्रार्थना गरे । “गुरु पञ्चशिका” भनिएको (स्तोत्र?)मा, “अगाडी संयमपूर्वक क्रमानुसार बसी, वस्त्र पहिरी, घुँडा टेकि, हात जोडी, बिनती गरी, सुन्ने आदि इच्छा गरी, तीनपटक प्रार्थना गरे” भनेर आज्ञा गरिराखिएको छ । त्यसरी प्रार्थना गरिएको जस्तै गरी यहाँ पनि गुह्यधर्म ग्रहण गर्ने अवस्थामा त्यसै गरी, हात जोडी, विनति गरी, जगत प्राणिहरूले अभिमान तथा अवगुणका वशमा नगई गुरुआचार्यको सन्मुखमा आदरपूर्वक बस्नु पर्दछ, भनि सदुपदेश दिईएको हो । यस ग्रन्थमा गम्भीर मार्गलाई दुइटा क्रममा अनुभव चर्याहरुको अभ्यन्तर कुरालाई विशेषरूपमा भएजति थाहापाई जानी विश्वासयुक्त भई निश्चय उत्पत्ति गर्नु पर्दछ ।
पाँचौ – यथार्थ विनति गरेको क्रम । तीनओटा –
१. आवश्यकताको लागि बिनती गरेको ।
२. कारण आरम्भ गरी बिनती गरेको ।
३. यो तन्त्र ग्रहण गर्छु भनि बिनती गरेको ।
पहिलो – आवश्यकताको लागि बिनती गरेको । दुईटा –
१. आफूलाई चाहिने भएर विनति गरेको ।
२. अरूको कारण गर्नको लागि बिनती गरेको ।
पहिलो- आफूलाई चाहिने भएर विनति गरेको-
।।७।। मद्धिताय ममार्थाय अनुकम्पाय मे विभो ।।
मायाजालाभिसम्बोधि यथालाभी भवाम्यहम् ।। अध्ये,७ ।।
अर्थ – गुह्याधिपति सपरिवार भएर शास्ता मुनिन्द्रलाई बिनती गरे, “हे प्रभु ! बैद्यसमान भई “मद्धिताय” अर्थात् मलाई उपकार गर्नुहोस् । म मा आकाशव्यापि सकल प्राणिहरूका हितकल्याण गरिदिने कारणवाट ईच्छा भयो । मैले जस्तो प्रतीज्ञा गरेको छु, त्यसलाई त्यसैगरी सिद्ध गर्नको “ममार्थाय” निम्ति हे बिभु “अनुकम्पाय मे बिभो” अर्थात् मलाई कृपा राखि सकल प्राणीका कारणवाट मायाजालतन्त्रमा आज्ञा गरिएको मन्त्रमार्गक्रम द्वारा शिघ्र नै अनुत्तर धर्मकाय अभिसम्बोधि “मायाजालाभिसम्बोधि” प्राप्त गर्नको निमित्त जुन बोधिप्राप्त गर्ने सत् उपाय मञ्जुश्रीको परमार्थ नामसङ्गीति छ, त्यो जो जे जस्तो हो जस्तै भएपनि त्यस्तै आज्ञा गर्नुहोस् “यथालाभी भवाम्यहम्”” । यो स्वकाय धर्मकाय आवश्यकको चित्त द्वारा प्रार्थना गरिएको हो ।
शास्ता मुनिन्द्रलाई “प्रभो” अर्थात् हे प्रभु, भनि वर्णन गरेको किन भने, आकाश व्यापक गरी बसेका सकल प्राणीहरूलाई बोध गराउनको लागि पञ्चकुलद्वारा समुच्चय भैरहेको शान्त तथा क्रोध मण्डलमा गगन व्यापक हुनेगरी सवैतिर प्रकाश भैराखेका हरुका अधिपति भएको हुँदा प्रभु (अथवा विभु) भनि वर्णन गरिएको हो । पुनरपि सवैभन्दा माथिल्लो ज्ञानवाट व्याप्त भई दयानुपूर्वक सकल लोकलाई व्याप्तमान गरी राख्नु भएको हुँदा पनि प्रभु (विभो) भनि भनिराखिएको हो ।
दोस्रो – अरूको कारण गर्नको लागि आवश्यक भएकोले विनति गरेको –
।।८।। अज्ञानपङ्क मग्नानां क्लेशव्याकुल चेतसाम् ।
हिताय सर्वसत्वानां अनुत्तर[13] फलाप्तय: ।। अध्ये,८ ।।
अर्थ – गुह्याधिपति सपरिवार सहित भई शास्ता मुनिन्द्रसंग, “यी आकाशव्यापि भै बसेका सकल प्राणीहरूका लागि अनादि देखि राग आदि क्लेशले चित्त व्याकुल भई स्वच्छन्द नभएका, कर्म बनाई दु:खको लालचको रसरंगमा भोग गरी, ज्ञानको स्थितिलाई मूढ वासनाले अज्ञानद्वय भनिएको दुईटा वितर्कहरू द्वारा च्यूति (अर्थात् पतन) भएर भ्रान्त भई, त्यस्तो भ्रान्तताको हिलोमा मग्न भई, स्वच्छन्द नभएका “अज्ञानपङ्क मग्नानां क्लेशव्याकुल चेतसाम्“ (यी प्राणिहरूका निमित्त बैद्यसमान भई, तुरुन्त नै तर परन्तुसम्म हित हुने तथा विशेष यस्ता प्राणि)लाई बोधिपदमा तत्क्षण स्थापित गराउनाको निम्ति, अनुत्तर सम्बोधिफल शिघ्र प्राप्त गराउन “हिताय सर्वसत्वानां अनुत्तर फलाप्तये” बोधिसाधना गराउने छोटोमार्ग भएको यस नामसङ्गीति आज्ञा गरिदिनुहुन” प्रार्थना गर्नु भयो ।
यसप्रकारको परार्थ रूपकाये (आवश्यकगु?) द्वारा विनति गरेको हो । ग्रन्थ(लाई) अगाडी पछाडी गरी यी दुईटाको अर्थ सुबिख्यात गरी भनिएमा भट्टारक मैत्रीनाथ (मैत्री बोधिसत्त्व)ले चित्तोत्पत्ति गरेको परको कारणवाट सम्यक्सम्बोधिको अभिलाषावाट भनि बोधिचित्तको लक्षण सम्पूर्ण भएको गराई (गुलिं) परको कारण पनि नभई नहुने तथा बोधिपद पनि नभई नहुने दुवै चाहिने (हुन्छ) । भनि बताउनु भएको रहस्य सवै निश्चितरूपले प्राप्तगरी, नियत गरी, गुह्यमन्त्र अनुत्तरमार्गको साधन सार गर्न बोधिचित्तरत्न मार्गको प्राण समानको प्रयोजन भएकोको तथा सिक्नुपर्ने भैराखेको हो ।[14]
दोस्रो – कारण आरम्भ गरी विनति गरेको । चार ओटा-
१. तन्त्र आज्ञा गरी आउनु भएका शास्ता मुनिन्द्रको गुण वर्णन गरेको ।
२. विनति गरेको लाई असल किसिमले ग्रहण गरेको ।
३. यस धर्मलाई महान वनाई वर्णन गरेको ।
४. यथार्थ रूपमा विनति भाव गरेको क्रम ।
पहिलो- तन्त्र आज्ञा गरी आउनु भएका शास्ता मुनिन्द्रको गुण वर्णन गरेको,-
।।९।। प्रकाशयितुं सम्बुद्धौ भगवान्शास्ता जगद्गुरु ।।
महासमयतत्त्वज्ञ इन्द्रियाशयवित्पर: ।। अध्ये,९।।
अर्थ – शास्ता मुनिन्द्रले पहिले उत्तम बोधिचित्त उत्पत्ति गर्नुभई तीन असंख्य कल्पहरु सम्म पुण्यसम्भार गर्नुभयो । अन्त्यमा[15] दुवै सम्भारहरूमा पारंगत भई, गई, अकनिष्ठ भुवनमा सम्भोगकायको पद अभिचरित्र गरी, कलिकालमा लोकको नाथ भई, यस क्षेत्रमा पाल्नु भई, बुद्ध हुने क्रम देखाई, धर्मचक्र परिवर्तन गर्नुभयो । उहाँ यस शासनका नायक हुनुभई, सम्बुद्ध-भगवान-शाक्यमुनि भनि त्रिभुवनमा परिकीर्तित सुविख्यात हुनुभई, देव सहित सवैलोक हरुका गुरु भई, त्रिधातु संसार व्यापि लोकहरु लाई (१)स्वर्ग, (२)मुक्ति, तथा (३)सर्वज्ञताको मार्ग(हरू) देखाउनु भयो । विशेषरूपमा कलिकालका अल्पआयु भएका प्राणीलाई यवक (अर्थात् वज्रधर) साधना गर्ने श्रेष्ठोत्तम उपाय, अनुत्तर वज्रयानको उपमार्ग अभिषेक समय दिई दिव्यकाय महामुद्रादि दुइ प्रकारका क्रम (उन्नस्सक्रम? र उत्पन्नक्रम)[16] लाई यथार्थरूपमा जानि आज्ञा दिनुभयो । यसप्रकारले आकाश व्यापक सकल प्राणीहरूका इन्द्रिय र चिन्तना अनुशयलाई जानी आआफ्नो भाग्य अनुसार मिल्नेगरी धर्म बताई आउनुभएका उत्तम शास्तासंग यस आर्यमञ्जुश्री नामसङ्गीति देशना गरिदिनुहोस्, भनि (गुह्याधिपतिले) प्रार्थना गर्नुभयो ।
दोस्रो – विनति गरेको धर्मलाई असल किसिमले स्पष्ट रूपमा ग्रहण गर्नको लागि –
।।१०।। भगवन्ज्ञानकायस्य महोष्णीषस्य गीष्पते: ।।
मञ्जुश्री ज्ञानसत्वस्य ज्ञानमूर्ति: स्वयम्भूव: ।। अध्ये,१०।।
।।११।। गम्भीरार्थामुदारार्थां
अर्थ – गुह्याधिपतिले सपरिवार भई शास्ता मुनिन्द्रसंग विन्ति गरेको जुन धर्मविषय हो, त्यो सकल बुद्ध भगवानहरूका सकल ज्ञानहरू एकै समुच्चय भएको काय हो । त्यस हेर्न पनि दुर्लभ र देखाउन पनि दुर्लभ भएको बुद्धको चूडामणिसम(काय) लाई श्रोतभई? सुनेमा वा दर्शन भएमा महान् अर्थ भएका शब्दहरूका मालिक (अर्थात् बागीश्वर) भई, शब्दको संकल्पको गोचर भन्दा नाघिगई द्वय नभएको अद्वयज्ञान, स्वआलोककाय, तथा वज्रकाय स्वयं प्रकट भएको आर्य मञ्जुश्रीज्ञानसत्त्वको उत्तम नाम र उत्तम परमार्थ ‘नामसङ्गीति’ यही हो ।
तेस्रो – यस धर्मलाई महत्व दिई वर्णण गरेको,-
……………..महार्थमसमां शिवाम् ।।
आदिमध्यान्तकल्याणीं नामसङ्गीतिमुत्तमम् ।। अध्ये,११ ।।
अर्थ – यस नामसङ्गीति वाचाको अर्थ गम्भीर र महाअर्थको रहेको छ । यो उत्तमको नामसङ्गीतितन्त्रमा तीनैओटा समूहका मार्गहरूका सम्पूर्ण रहस्य देखाईएको छ । अझ, विशेषरूपमा अनुत्तरको वज्रयानका गुह्य गम्भीर कुराहरू सवै देखाइएको छ । साथै पुरुष-सन्तति र स्त्री-सन्तति दुवैका मार्गहरुका सवै मर्महरू सम्पूर्णरूपमा देखाएकोले अत्यन्त महार्थको हो । यस नामसङ्गीतिको अर्थ बोध भएमा बुद्धका उपमार्गहरू दृष्यमान भएर आउने भएकोले महार्थ अनुत्तर प्राप्त हुने छ । यस तन्त्रलाई सकल तन्त्रहरूका अधिपति भनिएको छ । जोडा (समान) नभएको “असमां”, संसार बन्धनमा पार्ने क्लेश वासना समेतलाई प्रशान्त गरिदिने, “शिवाम्” र अगाडी-पछाडी तथा अहिलेको तीनैओटा अवस्थामा पनि कल्याण गराउने “आदि-मध्य-अन्त कल्याणिम्” हो । तन्त्रमा विश्वास सहित महाश्रद्धा द्वारा ग्रहणगरी पाठगरी बसेमा सूत्र र मन्त्र दुवैको रहस्य पनि बुझिंदै आउने भएकोले आदौकल्याणी हो । यस तन्त्रको अर्थ सुविनित गरी गौरव गरेमा असाधारणमार्ग गम्भीरमार्ग दुवै क्रमका मर्म सवै निश्चित नियत अगम सम्म उत्पत्ति हुने भएकोले मध्यकल्याणी हो । नियत निश्चित गरिएको अर्थ जस्तो हो त्यसैगरी चित्तमा मिलाएमा अनुत्तरबोधि शिघ्र प्राप्त हुने भएकोले पर्यवसानकल्याणी हो ।
चौथो – यथार्थ रूपमा विनति भाव गरेको क्रम,-
।।१२।। यातीतैर्भाषिता बुध्दै: भाषिष्यन्ते ह्यनागता: ।।
प्रत्युत्पन्नाश्च सम्बुध्दा या(यां?)भाषन्ते पुन:पुन: ।।अध्ये,१२।।
।।१३।। मायाजाले महातन्त्रे या चास्मिन् संप्रगीयते ।।
महावज्रधरैर्हृष्टै अमेय: मन्त्रधारिभि: ।। अध्ये,१३ ।।
अर्थ – गुह्याधिपतिले सपरिवार शास्ता मुनिन्द्रलाई अतृप्त? असंख्येय पूजा सर्जाम राखि पूजा गरी बन्दना गरी आकाशव्यापि प्राणिहरू(लाई) अनुत्तरबोधि प्राप्त गराउनको लागि यस तन्त्रको आज्ञा गरिदिनुहोस् भनि प्रार्थना गरेको अवस्थामा आफु करुणाले अवश(अस्वच्छन्द) गराएको, अध्येषणा गरेको क्रम हो । सकल बुद्धहरू मध्ये उहाँ शास्ता मुनिन्द्रले यस क्षेत्रका लोकहरूलाई महाकरुणा राखि करुणा द्वारा सिकाई साथै लिई लगिराखेको ८४,००० धर्मस्कन्धको गर्भ यस नामसङ्गीतिको क्रम हो । यस तन्त्रको महानता सवै व्याख्यान गरी, यस तन्त्र पहिलेका अतीतका बुद्धहरुले पनि आज्ञा गरिसकेको (“यातीतैभाषितैर्बुद्धै”), भविष्यमा उत्पन्न भई आउनुहुने बुद्धहरूले पनि आज्ञा गर्नुहुने (“याभाषिन्ते ह्यनागता”), वर्तमान दशदिग् लोकधातुमा उत्पन्न भई तथा जीवित भैरहेका सकल सम्बुद्धहरू (“प्रत्युत्पन्नाश्चसम्बुद्धा:”)ले पनि बारम्बार आज्ञा गरिराख्नु भएको जुन (“याभाषन्ते पुन:पुन:”) मायाजाल महातन्त्र महावज्रधर मन्त्रविद्या धारण गरिराखेका अपरिमाणका अनगिन्तिहरूले शास्ताको आज्ञानुसार आर्यमञ्जुश्रीको नाम गीत गायन गरेको तथा सङ्गीति गरेको (“मायाजाले महातन्त्रे याचाश्मिं संप्रगीयते”) (जुन हो), त्यसलाई यस कलिकालको शयेवर्ष आयु भैराखेका जगतका प्राणिहरूको (कारण गर्नको) लागि बताई दिनुहोस् भनि प्रार्थना गरेको हो । पुनरपि अपरिमाण(को संख्या प्रमाणमा) महावज्रधर गुह्यमन्त्रधारीहरूले नामसङ्गीति बताइदिनुहोस् भनि यसै बखतमा शास्तासंग विनति गरेको हो (“महावज्रघरैर्हृष्टै अमेयै वज्रधारिभि”) ।
अतएव आर्यमञ्जुश्रीको नामसङ्गीति श्रीमायाजाल मण्डलमा सकल जिनहरू समागम भई महा हर्षमानको चित्तले प्रवचन गर्नुभएको हो । त्यसै जस्तै शास्ता मुनिन्द्रले पनि कलिका लोकहरुलाई यस तन्त्र ग्रहण गर भनि आज्ञा गरी प्रतीज्ञा गरेको तीन(ओटा तरीकाबाट बताउनु भयो) ।
तेस्रो – यो तन्त्र ग्रहण गर्दछु, भनि बिनती गरेको । तीनओटा –
१. तन्त्रको पदार्थ सकल आफैले ग्रहण गर्दछु भनि संकल्प (प्रतीज्ञा) गरेको ।
२. प्राणिहरूलाई यस तन्त्र बताई पनि प्रचार गर्दछु भनि प्रतीज्ञा गरेको ।
३. पछि आउने प्रजागण प्राणि लोकजनहरूलाई शिक्षा दिनको निम्ति धर्म श्रवण गर्नको लागि आचरण शुद्ध गर्नुभएको ।
पहिलो- तन्त्रको पदार्थ सकल आफैले ग्रहण गर्दछु भनि संकल्प (प्रतीज्ञा)[17] गरेको,-
।।१४।। अहंचैनां धारयिष्याम्यानिर्याणाद् दृढाशय: ।।
यथाभवाम्यहंनाथ सर्वसम्बुध्दगुह्यधृक् ।। अध्ये,१४ ।।
अर्थ – गुह्याधिपति सपरिवारले शास्ता मुनीन्द्रलाई नामसङ्गीति तन्त्र आज्ञा गर्नुहोस् भनि प्रार्थना गरी, “हे नाथ ! हे मुनीन्द्र ! हजूरले सकल सम्बुद्धका गुह्यको व्याख्यान धारण गरी पहिले चीरकाल देखि प्रतीज्ञागरी सकल बुद्धहरुवाट अभिषेक गर्नुभएको जस्तै, म पनि जसरी पनि जे गरेर पनि सकल बुद्धका गुह्यका व्याख्या धारण गरेपछि जिम्मेवारी वहन गर्नमा पारंगत हुन, सकल प्राणिहरू अनुत्तरको वज्रयानको मार्गमा बसी अनुत्तरको सम्यक्सम्बोधि विनिश्चित नभएसम्म यस नामसङ्गीति तन्त्र मैले धीर चित्तले ग्रहण गर्दछु” भनि प्रतीज्ञा गर्नु भयो ।
दोस्रो – प्राणिहरूलाई यस तन्त्र व्याख्यागरी, ग्रहणगरी, प्रचार गर्दछु भनि प्रतीज्ञा गरेको, –
।।१५।। प्रकाशयिष्ये सत्वानां यथाशय विशेषत: ।।
अशेषक्लेशनाशाय अशेषाज्ञानहानये ।। अध्ये,१५ ।।
अर्थ – गुह्याधिपति सपरिवारले शास्ता मुनिन्द्रसंग यस प्रकारले भन्नुभयो, “प्राणिहरू त्रिधातुको संसार बन्धनमा परिराखेको यही क्लेश (राग-द्वेष-मोह) त्रिविषले नै हो । यी त्रिविध क्लेशलाई नाश गरी मुक्तिपदमा लैजान तथा सर्वज्ञता प्राप्त गर्नको लागि विघ्न अन्तराय अज्ञान तथा अविद्याको वासना भएको दुइटा वितर्क सबै छुटाउने प्रतीज्ञा गर्दछु । तिनीहरूका इन्द्रिय तथा चिन्तनाको विशिष्टता अनुसारले त्रिधातुका प्राणिलाई यो नामसङ्गीतितन्त्र बताइदिने भाणकलाई खोजिरहेको हुनेछु, तथा (तिनिहरूलाई बताउने सिकाउने गर्नेछु) भन्छु, भनेर प्रतीज्ञा समेत गर्दछु” ।
तेस्रो – पछि आउने प्रजागण प्राणि लोकजनहरूलाई शिक्षा दिनको निम्ति धर्म श्रवण गर्नको लागि आचरण शुद्ध गर्नुभएको, –
।।१६।। एवमध्येष्यगुह्येन्द्र: वज्रपाणि:तथागतम् ।।
कृताञ्जलिपुटोभूत्वा प्रह्वकाय:स्थितोऽग्रत: ।। अध्ये,१६ ।।
अर्थ – गुह्येन्द्रिय वज्रपाणिले भगवान तथागत शाक्यमुनिसंग माथि भनिएका बमोजिम अध्येषणा गरी, कृताञ्जली गरी, हातजोडी, विनति गरी, काय समाधान गरी, शास्ताको सन्मुखमा आदरपूर्वक बसे । यसप्रकारले पछिका प्राणीहरूलाई सिकाउनाको निम्ति, तथा सद्धर्म श्रवण गर्ने अवस्थामा चित्त क्लेशको वशमा नगई, नभई नहुने जतिमात्र आवश्यकीय धर्म भनि(एका छन्, ती सबै) दृढ एकाग्र गरी, गुरु प्रति अभिमान नराखि तथा (गुरुको कुनै) अवगुण (भए त्यसलाइ) वास्ता नगरी, गुरुको सन्मुखमा काय समाधान गरी, सादर पूर्वक हात जोडी, विनति गरीरहने आदि (गरि), विचार (र) आचरण परिशुद्ध गरी …. गर्नु भएको तरीका लोकजनले पनि यस्तो गर्नुपर्दछ भनि सिकाई सदुपदेश गर्नुभएको हो ।
(आर्यमञ्जुश्री नामसङ्गीति टीका भट्टारक मञ्जुघोषको अधिष्ठानको अतुल जलवृष्टि चाँडै हुने मेघस्तुति शब्दघोषको प्रथमोऽध्याय भनिएको सम्पन्न भयो ।)
प्रथम अध्येषणा परिवर्त व्याख्या समाप्त भयो ।
===============
[1] पहिले भनिराखिएको संग संदर्भ राखि भनिएको ।
[2] मंगलाचरणको रूपमा प्रयोग गरिने भएको ।
[3] श्मशान
[4] यो दोस्रो वज्रलाई इन्द्रले धारण गरेको वज्र भनिएको हो कि, स्पष्ट छैन ।
[5] श्रावकयानका ।
[6] महामौद्गल्यायनलाई श्रावकहरु मध्ये सर्वश्रेष्ठ ऋद्धिसिद्धि सम्पन्न मानिन्छ ।
[7] ताली पिट्दै उडी आकाशमा सात चक्कर लगाई? अथवा बसीराखी सात चक्कर लगाएको वज्रलाई?.
[8] यहाँ भनिएको धृतराष्ट्र संग महाभारतको धृतराष्ट्र संग कुनै सम्बन्ध छैन ।
[9] यहाँ भृकुटितरङ्ग भनिएका क्रोधेन्द्र लाई भनिएको । अनय टीकाहरुमस भकुटी संकुचन गर्दैरहेका भनेर क्रोधेन्द्र वज्रपाणीहरुलाइ भनिएको ।
[10] अन्तिम चौधौं परिवर्त, उपसंहार (अनुमोदन) गाथा पञ्चको श्लोक २
[11] अमृतकणिकामा ‘हृष्टतुष्टाशयैर्मुदितै:’ भएको ।
[12] षाष्टाङ्ग दण्डवत । लम्पसार परेर ।
[13] यस लेखमा प्रस्तुत नामसङ्गीतिका श्लोकहरू चिन्तन मनन गर्ने प्रज्ञावान पाठकलाई अध्ययनगर्नको लागि सहज हुने गरी शुद्धरूपमा प्रस्तुत गर्ने प्रयास गरिएको हो । यसैले यी श्लोकहरू गायनकोलागि शतप्रतिशत उपयुक्त नहुन पनि सक्दछ ।
[14] यसको अनुबाद गरेको मिलेको जस्तो नलागेको हुनाले मूल पाण्डुलिपी समेत संलग्न गरेको छु । …थुगु परार्थ रुपकाये आवश्यकगु द्वारा बिन्ति या:गु ख: । ग्रन्थ न्हापालिपा याना थ्व निगूया अर्थ सुबिख्यात याना कँसा भट्टारक मञ्जुनाथं (मैत्री बोधिसत्त्वं) चित्तोत्पत्ति या:गु परया कारणे सम्यक्सम्बोधिया अभिलाषां धका बोधिचित्तया लक्षण सम्पूर्णगुलीं परया कारण नं मदेका मगा:गु व बोधिपद नं मदेका मगा:गु निगुलिं मा:गु धका आज्ञा दयेका बिज्यागु रहस्य दक्वं निश्चितरूपं ल्विका, नियत ज्विका, गुह्यमन्त्र अनुत्तरमार्गया साधन सार यायेत बोधचित्तरत्न मार्गया प्राण समानं प्रयोजनगु व सीकेमागु जुयाच्वन ।
[15] अन्तिम योनि(जन्म)मा ।
[16] ??
[17] समय-संकल्प?
द्वितीय परिवर्त
।। प्रतिवचनज्ञान गाथा (षट्) व्याख्या ।।
तन्त्रको अध्याय विभाग गरि तथा नगरि दुईटा (तरीकाबाट) बताईएका छन् । यस तन्त्र अनुवाद गर्नुभएका (महालोचावा) दोभाषे रत्नभद्र[1]ले अध्याय विभाग गरीराखेको छैन, तर विद्यमान पुण्डरीक श्वेतपद्मले अध्याय विभाग गरिराखेको छ । त्यसै गरी अन्यान्य महासिद्धाहरूले पनि अध्याय विभाग गरिआउनु भएको छन् । यसरी अनेक किसिमबाट अध्याय विभाग गरिराखेको भएता पनि विद्यमान पुण्डरीक श्वेतपद्मले १४ (चौध) अध्याय गरेको लाई नै प्रमाण मिलाई आएको व्यवस्था विमलप्रभाको अनुसार यस्तो छ,-
१. अध्येषणा गरेको अध्याय । (अध्येषणा ज्ञानगाथा षोडश)
२. भगवानले प्रत्युत्तर दिनु भएको अध्याय । (प्रतिवचन ज्ञानगाथा षट्)
३. कुल अवलोकन गर्नु भएको अध्याय । (षट्कुलावलोकन गाथा द्वे)
४. मायाजाल अभिसम्बोधि अध्याय । (मायाजाल अभिसम्बोधि ज्ञानगाथा तिस्र)
५. पट्कुल वज्रधातुद्वारा स्तोत्र गरेको अध्याय । (वज्रधातु महामण्डल ज्ञानगाथा चतुर्दश)
६. सुविशुद्धधर्मधातु ज्ञानको अध्याय । (सुविशुद्ध धर्मधातु ज्ञानगाथा पादोनपञ्चविंशति)
७. आदर्श ज्ञानको अध्याय । (आदर्श ज्ञानगाथा पादोनसार्द्धदश)
८. प्रत्यवेक्षणा ज्ञानको अध्याय । (प्रत्यवेक्षणा ज्ञानगाथा द्वाचत्वारिंशत)
९. समता ज्ञानको अध्याय । (समता ज्ञानगाथा चतुर्विंशति)
१०. कृत्यानुष्ठान ज्ञानको अध्याय । (कृत्यानुष्ठान ज्ञानगाथा पञ्चदश)
११. पञ्चतथागत ज्ञान स्तोत्र अध्याय । (पञ्चतथागत ज्ञानगाथा स्तुति पञ्च)
१२. प्रशंसाको अध्याय । (अनुशंसा गुण वर्णन देखाइएको)
१३. मन्त्रको अध्याय । (मन्त्रविन्यास)
१४. अनुमोदना अध्याय । (उपसंहार गाथा पञ्च) ।
विमलप्रभामा यति १४(चौध) अध्याय तन्त्रको पदमा सन्धी गराई भावगृहित गरिएको, त्यसरी नै नामसङ्गीतिमा भगवान वज्रसत्त्वले उत्तमको अपरिवर्तन ज्ञान वृद्धि तथा सकल बोधिसत्त्वहरूको गर्भ भैरहेको तथागतले गाथा द्वरा १६७ (एकसये सतसट्ठी) श्लोकहरूवाट देखाउनु भएको छ
(१) अथ वज्रधर श्रीमान .. देखि प्रह्वकाय स्थितोग्रत भनेको सम्म श्लोक १-१६ (सोह्र) गाथा भगवानसंग गुह्याधिपति वज्रपाणिले अध्येषणा प्रार्थना गरेको देखाएको, प्रथम परिवर्त ।
(२) अथ शाक्यमुनि भगवान् … देखि तत्साधु भगवान इति सम्म श्लोक १-६ छओटा गाथा प्रतिवचन भगवानले प्रतिउत्तर दिनु भएको गाथा देखाएको, दोस्रो परिवर्त ।
(३) अथ शाक्यमुनिर्भगवान् … देखि महोष्णिष कुलं महत् भनेको स्थान सम्म श्लोक १-२ दुइटा गाथा षट् कुल छओटा अवलोकन गर्नु भएको गाथा देखाएको, तेस्रो परिवर्त ।
(४) इमां षण् मन्त्र राजानां … देखि अरपचनाय ते नम भनेको स्थान सम्म श्लोक १-३ तीनओटा गाथा मायाजाल अभिसम्बोधिको क्रम देखाएको, चतुर्थ परिवर्त ।
(५) तद्यथा भगवान् बुद्ध … देखि महायान नयोत्तम भनेको स्थान सम्म श्लोक १-१४ चौधओटा गाथा वज्रधातु महामण्डल स्तोत्र आज्ञा गर्नुभएको, पाँचौं परिवर्त ।
(६) महावैरोचनो बुद्धो … देखि वज्रांकुशो महापाशो भनेको स्थान सम्म एक चरण मात्र वज्रभैरव भीकर सहित तक श्लोक १-२५ पचीस गाथा सुविशुद्ध धर्मधातु ज्ञानगाथा स्तोत्र आज्ञा गरेको, छैठौं परिवर्त ।
(७) (वज्रभैरवभिकर) क्रोधराट् षडमुखो भीम … देखि घोषाघोषवाम्बर भनेको स्थान सम्म श्लोक १-१० दश गाथा आदर्शना ज्ञानको स्तोत्र आज्ञा गरेको, सातौं परिवर्त ।
(८) तथताभूत नैरात्म्यो … देखि ज्ञानार्चि सुप्रभास्वर भनेको स्थान सम्म श्लोक १-४२ बयालिस गाथा प्रत्यवेक्षणा ज्ञान यो स्तोत्र आज्ञा गरेको आठौं, परिवर्त ।
(९) इष्टार्थ साधक पर … देखि रत्नकेतुर्महामणि भनेको स्थान सम्म श्लोक १-२४ चौबिस गाथा समता ज्ञानको स्तोत्र आज्ञा गरेको, नवौं परिवर्त ।
(१०) सर्वसम्बुद्ध बोद्धव्यो … देखि मञ्जुश्री श्रीमताम्बर भनेको स्थान सम्म श्लोक १-१५ पन्ध्र गाथा त्यानुष्ठान ज्ञान यो स्तोत्र आज्ञा गरेको, दशौं परिवर्त ।
(११) नमस्ते वरद वज्राग्र्यो … देखि ज्ञानकाय नमोस्तुते भनेको स्थान सम्म श्लोक १-५ पाँच गाथा पञ्चतथागत ज्ञानगाथा स्तोत्र आज्ञा गरेको, एघारौं परिवर्त ।
(१२) वज्रपाणि वज्रधर इयमसौ … देखि दशैदिशामा सद्धर्मको महादुन्दुभि कहिले पनि नटुटाई आवाज आइरहनेर धर्मराजा भई आउनु भएका सम्म प्रशंसा अनुशंसा देखाएको, बाह्रौं परिवर्त ।
(१३) ओम् सर्वधर्म अभाव स्वभाव … देखि सुपरिशुद्ध धर्मधातु ज्ञानगर्भ आ भनेको स्थान सम्म मन्त्र अध्याय देखाएको, तेह्रौं परिवर्त ।
(१४) अन्त्यमा अथ वज्रधर श्रीमान् … देखि सर्वसम्बुद्ध देशित भनेको स्थान सम्म श्लोक १-५ पाँच गाथा अनुमोदन या उपसंहार गाथा देखएको, चौधौं परिवर्त ।
यसरी जम्मा गाथा १६७ । यसप्रकार खुलाई स्पष्टगरी विषय विभाग गरिराखेको छ ।
अहिले सवैभन्दा पहिलेको अथ वज्रधर श्रीमान् .. देखि .. प्रह्वकाय स्थितोग्रत भनेको सम्मको १-१६ सोह्र तन्त्रगाथाको नेमार्थ साधन तथा भावअर्थ भएको माथी संक्षिप्तरूपमा गैसकेको हो । अर्थात्, अध्येषणा परिवर्तको व्याख्यानमा गई सकेको छ ।
यस्तो यहाँ बताईएको भन्दा अन्य (पत:निगु?) बाकि रहेको सबैकुरामा तन्त्रगाथाहरूका भावअर्थ विशिष्ट निपूण हुनेगरी थाहा पाउन इच्छा भए सुप्रसिद्ध विलासवज्र, रविश्री भिक्षु आदि सयौं तान्त्रिक आचार्यहरूका टीका ग्रन्थ अथवा योग ध्यान समाधि सिक्नपर्ने हुन्छ । त्यसरी नै विमलप्रभा र अमृतबिन्दु आदि महासिद्धहरुका ग्रन्थहरु तथा महासिद्धहरूका यी ग्रन्थका अर्थ समुच्चय गरी वज्रघोषको तत्त्वआलोक प्रकाश गरिराखेको महासूर्य नाम गरेको आदि द्वारा जानिलिनु पर्ने हुन्छ ।
=================
[1] यस टीकाका मूल टीकाकार ।
दोस्रो परिवर्त गाथा व्याख्या
अथ शाक्यमुनिर्भगवान .. देखि प्रारम्भ
दोस्रो – शास्ता मुनिन्द्रले नामसङ्गीति तन्त्र आज्ञा गर्नुकोलागि स्वीकृति गरी दिनु भएको । पाँचओटा –
१. यस तन्त्र आज्ञा गर्नु भएका यस शासनका नायक स्वयं शास्ता मुनिन्द्र हुनुहुन्छ भनि भनिएको ।
२. शास्ताले यसतन्त्र आज्ञा गर्नुभएको अवस्थामा यथार्थपूर्वक पराक्रम देखाउनु भएको।
३. शास्ताले गुह्याधिपति वज्रपाणि लाई साधु भनि नामसङ्गीति तन्त्र बताइदि (व्याख्या गरिदिन्छु) भनि स्वीकार गरी अनुमति दिनुभएको ।
४. पछि आउने जगत प्रजाहरूलाई शिक्षाका निम्ति धर्म श्रवणगर्न योग्य हुनेगरी सदुपदेश गर्नु भएको ।
५. शास्ताले तन्त्र आज्ञा गर्ने भनि अनुमति दिनुभएपछि गुह्याधिपति वज्रपाणि वज्रधरले साधुकार दिएको ।
पहिलो- यस तन्त्र आज्ञा गर्नु भएका यस शासनका नायक स्वयं शास्ता मुनिन्द्र हुनुहुन्छ भनि भनिएको,-
अथ ।।१७।। शाक्यमुनिर्भगवान सम्बुद्धो द्विपदोत्तम: ।।
अर्थ – गुह्याधिपति सपरिवार सहित शास्ता मुनिन्द्रसंग आर्यमञ्जुश्री नामसङ्गीति (व्याख्यान गरी) दिनुहोस् भनि प्रार्थना (अध्येषणा) गर्नुभए पछि शास्ता मुनिन्द्रले यस तन्त्र भनिदिन स्वीकार गर्नुभएको हो ।
यसरी यस तन्त्र आज्ञा गरिदिने बुद्ध अरू कोहि होईन, कलिकालमा लोकलाई महा अनुकम्पा राखि यस क्षेत्र (भुवनमा) स्मरण गर्नासाथ नै आउनु भएका महाकारुणिक शास्ता भगवान शाक्यमुनि उहाँ हजूर नै हुनुहुन्छ ।
किन्तु प्रथम चित्तोत्पत्ति गरी आउनुभए देखि क्षणिक मात्र पनि नछुटाई महा असंख्येय तीन कल्पसम्म सम्भारहरु जम्मागरी, क्रमानुसार दशभूमिमा बसी, अन्त्यमा वज्रसमानको समाधिद्वारा (क्लेश तथा अविद्या) दुईटा वितर्क (अर्थात् भ्रान्ति)हरु लाइ बासना समेत बाकि नराखि हटाई अभिसम्बुद्ध हुनुभई दुई खुट्टा भएका देव-मनुष्यहरू मध्ये (सवैभन्दा) उत्तम (द्विपदोत्तम)भई आउनु भई यस क्षेत्रका जगत प्रजालाई धर्मचक्र परिवर्त गर्नुभएका उहाँ नै हुनुहुन्छ ।
भगवान भनिएको मुनि(भगवान)ले दुईटा सम्भारहरू पारंगतगरी, चतुर्मारलाई नि:शेष हुने गरी बाकी नराखि हटाई, (१) ईश्वर, (२) सुन्दर रूप, (३) ऐश्वर्य, (४)यश, (५) ज्ञान, र (६) वीर्यसमृद्धि यी छओटा सहित भएका हुनाले भाग्यमानी भनिन्छ । यस्तो आज्ञा गरिराखिएको अनुसार छओटा गुण, दश वशिता, दश बल आदि बुद्धहरूका भैराखेका (बुद्ध)गुणले संयुक्त भएकोले भगवान भनिराखिएको हो ।
“शाक्यमुनि” भनेको उहाँ मुनिन्द्रले पहिले जिनपुत्रको शिक्षामा आचरण गर्नुभएको समयमा सुमेध ब्राह्मण भनि नाम भएको बेलामा दीपंकर तथागतले, “हे कुलपुत्र ! भविष्य कालमा तिमि शाक्यमुनि बुद्ध भनिएको हुने छौ” भनि नियुक्त (व्याकरण) गर्नुभएको हो ।
(फेरि) जिन काश्यपबुद्धको शासनकालमा गुरुपुत्र ब्राह्मण हुनुभएको बेलामा उहाँ जिनकाश्यपले पनि ब्राह्मणपुत्र(लाई), “म अतीत भएपछि मनुष्यहरूको आयु १०० वर्ष हुने समयमा तिमि शाक्यमुनि नाम भएको हुनेछौ” भनि नियुक्त (व्याकरण) गर्नुभयो । पुनरपि, असंख्य जिनहरूवाट पनि त्यसरी नै नामाकरण हुने व्याकरण गर्नु भयो ।
अनि साधारण प्राणिहरूलाई मात्र उहाँको नामकीर्ति भएको कसरी हो भने,-
(उहाँ) शास्ता आमाको गर्भमा प्रतिसन्धि भई बस्नु भए पछि क्रमानुसार शरीर जन्म भई आउने समयमा मायादेवी लुम्बिनी बनमा जानुभई देवताहरूवाट पूजा गराउँदै गराउँदै जन्म भई आउनु भयो ।
यसपछि आगममा इष्टदेवता पूजा गराउन लगेको बेलामा देवस्थानमा पुग्नासाथ ब्रह्मा, विष्णु, महेश्वर आदि देवताका प्रतिमाहरू स्वच्छन्द नरहि शास्ताका सन्मुखमा यतासम्म आई चरणमा शीरले वन्दना गर्दा समस्त देव मनुष्यवाट अहहह भन्ने आश्चर्यको अद्भूतको वाचा प्रकट गरी उहाँ त साँच्चै कै देवताहरू भन्दा देवता हुनुहुँदो रहेछ भनि प्रख्यात गरी देवातिदेव भनि नामकीर्तन गरेको भयो ।
यसपछि, दरबारमा जाँदाको बेलामा शाक्य खलकहरू जेष्ठ-जेष्ठहरू बल तथा अधिकार सम्पन्न भएका, विद्वान भई गुणमा श्रेष्ठ भई फूर्ति गरिराखेका पनि शास्ताको काय (शरीर)को दर्शन मात्र हुनासाथ सिंहको अगाडी जीर्ण श्यालजस्तै भई उहाँको तेज प्रभाव हेर्न नसकि सवैले अधोमुख भैगयो । त्यस अवस्थामा सकल मनुष्यहरूमा यति सारो ऐश्वर्य र गुणले श्रेष्ठ भैराखेका (फुर्ति भएका) जेष्ठ शाक्य खलक यिनिहरू सबैलाई पनि उहाँको प्रभावले थिची दबाई राख्नुभयो, उहाँ त शाक्यका मुनि नै हो भनि वर्णन गरिएकोले शाक्यमुनि भनि नामकीर्ति भयो ।
यद्यपि शाक्यकुल भनेको मतलब कुलको उच्च वर्णन गरिएको तथा लोक सृष्टि भएदेखि सर्वप्रथम राजा हुनुभएका भनिएको महासम्मत[1] राजा(को कुल) हो । यिनि महासम्मत भनिएको राजा देखि राजकुलका सन्तति कुलपरम्परा निर्मल भैरहेको शाक्यका राजा शुद्धोदन हो । हाम्रा शास्ता पनि उहाँ शुद्धोदन महाराजका सुपुत्र भई जन्म भएकोले महासम्मत राजाका राजकुल सन्तति विमल भएको शाक्यकुलमा जन्म भएका भनि धेरै महत्त्व दिई वर्णन गरिएको छ ।
“मुनि’ भनेको चित्तको गुण महति रूपमा (त:धंका:) बढाई तथा यसमाथि पनि शास्ताले ज्ञान अभिज्ञा बल द्वारा क्लेशलाई वासना समेत नराखि मारको फौज सैन्य समेत मर्थ(र्द)न गर्नुभई बाह्य तथा अभ्यन्तरको उपद्रवलाई जित्नुभएको हुनाले पनि मुनि भनि भएको हो ।
(तस्मात्) लोकेश्वर पुण्डरीक श्वेतपद्मले, उहाँ मुनि भनि यस तन्त्र आज्ञा गर्नु भएको अवस्थामा ‘तीनप्रकारको पराक्रम देखाउनु भएको मध्ये चित्तको पराक्रमले मुनि भनि भनिएको’ भनेर भनिएको छ ।
“द्विपदोत्तम” भनेर भनिएकोमा आचार्य मञ्जुश्रीकिर्तिले पाँचओटा कुरामा उत्तम भनेर भनिराखिएको,- १.काय उत्तम, २.वाक उत्तम, ३.चित्त उत्तम, ४.गुणउत्तम, र ५.कर्म उत्तम । यी उत्तम कसरी भनिए भने –
(१) कायोत्तम – भद्रताको ३२ लक्षण तथा ८४ व्यञ्जनले संयुक्त भएको, हेर्दा हेर्नै नपुग्ने, दर्शन हुनासाथ प्रीति उत्पन्न भइ आउने, समस्त देवमनुष्य मध्ये जोडा नभएको उत्तमको (काय) भई आउनु भएका ।
(२) वाकोत्तम – ६० अङ्गहरूका स्वरले सम्पन्न भएको, समस्त षडगति प्राणिलाई आआफ्नो भाषा धर्म बताउन समर्थ भएका, सकल देव मनुष्य मध्ये जोडा नभएको उत्तमको वचन भई आउनु भएका ।
(३) चित्तोत्तम – सवै प्रज्ञप्ति (ज्ञान) सकल यथार्थ रूपमा जानेको, कसैले अगम (कसैले थात? लिन नसक्ने) अचिन्त्य अगोचर भैरहेको उत्तम चित्त भएको ।
(४) गुणोत्तम – उहाँ बुद्धका गुण आकाश समान अविनाश कहिले क्षय नहुने उत्तम गुण भएको ।
(५) कर्मोत्तम – आकाश व्यापक भएको प्राणिहरूलाई आआफ्नो भाग्य अनुसारले कारणार्थ गर्न कहिले नरोकिएको उत्तम कर्म हो ।
दोस्रो – शास्ताले यस तन्त्र आज्ञा गर्नु हुँदा यथार्थ पराक्रम देखाउनु भएको । दुईओटा-
(१) कायको पराक्रम, र
(२) वाकको पराक्रम ।
पहिलो– कायको पराक्रम –
निर्णमय्या यतांस्फीतां स्वजिह्वां स्वमुखाच्छूभाम् ।। प्रति,१ ।।
।।१८।। स्मितं संदर्श्य लोकानां अपायत्रय शोधनम् ।।
त्रैलोक्याभास करणं चतुर्मारारि शासनम् ।। प्रति,२ ।।
अर्थ – उहाँ शास्ता मुनिन्द्रले यस नामसङगीतितन्त्र आज्ञा गर्न लाग्नुभएको बेलामा; गुह्याधिपति वज्रपाणिले यथार्थपूर्वक अध्येषणा गर्नु भएको अनुसार अनन्त: लोकहरूका लगि महाठूलो उपकार भईजाने देख्नु भई, अत्यन्त (असीम) हर्षचित्त भई, अनुमति दिई, प्रत्युत्तर (आज्ञा) गर्नुअघि उहाँ स्वयं मुनिन्द्रका कमलको फूलको पत्र जस्तो श्रीमुखवाट, नरम भई सुभद्र भैरहेको जिभ्रो लामोगरी, विपुल गरी, फैलाएर देखाई मुसुमुसु हाँस्नुभयो । त्यस अवस्थामा उहाँको श्रीमुखवाट नानाप्रकारका वर्णहरू भएको रश्मि वाहिर निस्कि भूमिको तल, भूमिको माथी, भूमिको अन्तर(बीच)मा तथा स्वर्ग-मर्त्य-पाताल सकल त्रिलोकमा आलोक ज्योति प्रकाश गरी ज्वाज्वल्यमान गराई लोकहरूलाई स्वर्ग तथा मुक्ति जानमा बिघ्न गरिरहेका चतुर्मार तथा सकल शत्रुहरूलाई दमन गर्नु भयो । षट्गतिका प्राणिहरू मध्ये तीनओटा दुर्गतिहरूमा जन्म भैरहेका जतिपनि छन् तिनिहरूलाई उपायकौशल्य निर्माणबाट श्रद्धाको भूमिमा राखि दुर्गतिवाट तारी दुर्गति परिशोधन गरिदिनुभयो ।
मुनिन्द्र श्रीमुखवाट मुसुमुसु हाँस्नु भएको अवस्थामा (उहाँको) श्रीमुखवाट नाना प्रकारका रश्मिबाहिर निस्की त्रिलोकमा आलोक गर्नु भएको अर्थ (यस्तो हो),-
मञ्जुश्रीमूलतन्त्र अनुसार मञ्जुश्रीकुमारले भगवानसंग बिनती गर्नुभयो, “मेरो वाचाको शक्ति स्वच्छ गरी मन्त्र आचरण गुण सिद्ध गरिदिनु भएकोले साधु साधु ! भगवान ! यसको? लागि बेला भएको भए) अनुकम्पा राखि मलाई बताउनु होस्” ।
यसपछि, भगवान शाक्यमुनिले समूह भइ बसेका सकल परिषदलाई सुदृष्टिले हेरि मुसुमुसु हाँस्नुभयो । अनि, भगवान शाक्यमुनिका मुखवाट (१) नीलो, (२) रातो, (३) हरियो, (४) स्फटिकवर्णको, र (५??)……. रश्मि बाहिर निस्कियो[2] । जुन रश्मि वाहिर निस्किनासाथ मात्र सकल सभामण्डल आलोक गरी त्रिसहस्र महासहस्र लोकधातुमा रहेका मारहरुलाई आक्षेप गरी सुवर्णको तेज, सर्वश्रेष्ठ गिरिराजको रश्मि, तथा महापराक्रमी महाशक्तिवान भैरहेका चन्द्र सूर्यका रश्मि पनि यस तेजको प्रभावले छोपिइ मधुरो भई तेजहीन भैगयो । कत्ति पनि शोभा नभई सुन्दरता नभई अँध्यारो भएर गयो । फेरि सकल माणिक, मन्त्र, औषधि, तथा रत्नहरुको तेज पनि (निस्तेज भई) हराएर गयो । फेरि त्यो रश्मि वाहिर निस्केर (जगत लोकलाई आलोकक गरेर) पछि भगवान शाक्यमुनिको श्रीमुखमा नै समाहित भई लीन भयो, भनि आज्ञा भएको छ । त्यसै गरी उहाँ मुनिन्द्रको लामो जिभ्रो (पनि) भगवानले पहिले सप्त तथागतहरूको प्रणिधिको विशेष निर्देश सूत्र आज्ञा गर्नु भएको अवस्थामा जगत प्रजाहरूलाई विश्वास दिलाउनका निम्ति जिभ्रोको टुप्पा माथी सीमान्तसम्म र कान दायाँ बायाँ सबैतीर ढाकी आनन्द गराई आज्ञा गर्नु भएको जस्तै हो ।
“हे आनन्द यस्तो जिभ्रो (कतै कसैको) छ जस्तो लाग्दछ? किंवा यो हुँदै नभएको झुठो वचन बोलेको हो जस्तो लाग्दछ, हँ?” भनि भगवानले आज्ञा गर्नुभएको जस्तै (उहाँ) तथागतको जिभ्रो लामो गरी बढाई पठाएमा त्रिसहस्र महासहस्र लोकधातु सम्पूर्ण ढाकिने छ भनेर सूत्रमा आज्ञा गरिराखिएको छ ।
चतुर्मार लगायत सकल शत्रुहरुलाई दमन गरिआउनु भएको कसोगरी हो भने, – रश्मीको टुप्पा टुप्पाबाट क्रोध(गण?)हरू धेरै प्रकाश(उत्पन्न?)गरी, लोक(जन)हरु लाई स्वर्ग तथा मुक्ति(मार्गमा) जानमा बिघ्न गरिरहेका सकल मारहरु, तथा विशेषमा यस नामसङ्गीतितन्त्रमा श्रुत-चिन्तन-भावना तीनओटा गर्नेलाई बिघ्न अन्तराय गर्ने मारहरु सकललाई दमन गर्नु भयो । यी बिघ्न अन्तराय गर्ने मार ४ प्रकारका छन्, (१) क्लेशमार, (२) स्कन्धमार, (३) मृत्यु मार, तथा (४) देवपुत्र मार । यी मारहरुलाई यथार्थ दमन गर्ने क्रम धर्म प्रहर कहाँ कुनकुन अवस्थामा दमन गर्ने क्रम आदि निपूण हुनेगरी सिक्ने भए महापारमिता टीका हेरि सिक्न सकिन्छ । उहाँ मुनिले मुसुमुसु हाँसी रहनु अवस्थामा मुखवाट प्रकाश भएको रश्मिले दुर्गति तीनैओटा शोधन गर्ने क्रम निपूण हुने क्रम विनय व्याकरण तथा प्रज्ञापारमिता महारत्न सुत्र पिटकमा आज्ञा गरिराख्नु भएको अवस्था आदि धेरै अवस्थाहरुमा मुख आदि कृपाङ्गबाट सवैतिर प्रकाश भएको रश्मिले षट्गति आआफ्ना दु:ख तथा अशुद्धको लोकधातु शोधन गर्नुभएको भनि आज्ञा गरिराखेको जस्तै हो ।
उहाँको कायवाट शीतल सुगन्ध जल समान रश्मि प्रकाशगरी तातो नरकमा ताप भोग गरिरहेका प्राणीका दु:ख शान्त गराउनु भयो । निर्माणरूप देखाई श्रद्धा चेतना उत्पन्न गराई नरकको दु:ख तारण गर्नुभयो । आगोको तेज समान तातो रश्मि प्रकाश गरी चीसो नरकको चीसो दु:ख शान्त गराउनु भयो । निर्माणको रूपलिई चीसो नरकवाट तार्नु भयो । कायवाट स्वयम् अमृत समानको रश्मि प्रकाशगरी प्रेतहरूलाई भोक प्यासवाट पाएको दु:ख शान्त गराउनु भयो । निर्माणको रूप देखाइ श्रद्धा चेतना उत्पन्न गरी प्रेतलोकवाट तार्नु भयो । कायवाट स्वयं धर्मको प्रतीक समान रश्मि प्रकाश गरी तीर्यकका दु:ख तथा मोह अन्धकारलाई नष्टगरी धर्म आलोक उत्पन्नगरी तीर्यक योनिवाट तार्नुभयो । कायबाट रश्मि र निर्माण अत्यन्त प्रकाश गरी देव नर असुरहरूका आआफ्ना सकल दु:ख र क्लेशहरू नष्ट गर्नु भयो । आआफ्ना इन्द्रिय अनुसार निर्माण भई धर्म देशनागरी क्रमानुसार बिपाक गर्नुभएको विषयलाइ विस्तारमा विनयव्याकरण तथा प्रज्ञापारमिता सूत्रपिटकादि हेरि सिक्नु पर्दछ ।
दोस्रो – वाक्को पराक्रम –
।।१९।। त्रैलोक्यम् आपूरयन्त्या ब्रह्मा मधुरयां गिराम् ।।
अर्थ – मुनिले तन्त्र आज्ञा गर्नलाएको अवस्थामा ६० ओटा अङ्हगहरू सम्पन्न भएको, सुन्नलाई मन आनन्दित गराउने (यैपुसे च्वंगु), ब्रह्मस्वर (बचन)बाट त्रिलोक गुञ्ज हुने गरी आज्ञा गर्नुभयो[i] । ६० प्रकारको अङ्ग के के हुन् भनेर एपेन्डिस्कमा दिइएको छ ।
आर्य महामौद्गल्यायनले मुनिवचनलाई (उहाँको वचनको) सीमा(पारख गर्न) कहाँसम्म सुनिने रहेछ भनि थाहा पाउन पश्चिमको लोकधातु, ध्वजप्रभ सम्म गएर सुन्दा पनि त्यहीं जेतबन मैं भगवान कै अगाडी बसी सुनेको जस्तो गरी सुनिएको थियो ।
तेस्रो – शास्ताले गुह्याधिपतिलाई साधु ! साधु ! भनि धन्यबाद दिई नामसङ्गीति तन्त्र आज्ञा गर्न स्वीकृति गरिदिनु भएको –
प्रत्यभाषत गुह्येन्द्रो वज्रपाणि: महाबल: ।। प्रति,३ ।।
।।२०।। साधु वज्रधर श्रीमान् साधु ते वज्रपाणय: ।।
यस्त्वं जगद्धितार्थाय महाकरुणायान्वित: ।। प्रति,४ ।
।।२१।। महार्थां नामसंगीतिं पवित्रमघनाशिनिम् ।।
मञ्जुश्रीज्ञानकायस्य मन्त्रश्रोतुं समुद्यत: ।। प्रति,५ ।।
।।२२।। तत्साधु देशयाम्येष अहं ते गुह्यकाधिप ।।
अर्थ – शास्ता मुनिन्द्रले “गुह्येन्द्र वज्रपाणि महाबल”लाई पुनरपि “प्रत्यभाष” अर्थात् जवाफमा आज्ञा गर्नुभयो, “हे गुह्येन्द्र ! तिमिले आर्य मञ्जुश्री नामसङ्गीति म संग सुन्नको लागि कोशिस गरेको मा धन्य ! साधु ! हे श्रीमान् वज्रधर!” भनि वज्रपाणिलाई सम्बोधन गरी, “वज्रपाणि तिमिलाई साधु ! धन्यवाद !” भन्नुभयो । साधुको मतलब यो हो कि सद्धर्मको सुविचार चिन्तना गरेकोमा साधु, प्रयोजनमा समृद्ध भएकोले साधु तथा जुन विन्ति गरेको धर्म विशेष समृद्ध गरेकोमा साधु ! भनिएको हो ।
(१) समृद्ध भएको सुविचार चिन्तना गरेकोमा साधु कसरी भने, – यसै जन्मको कारण तथा पछि देवमनुष्यत्व प्राप्तिका कामना गरी आफू मात्र मुक्त(निर्वाण) प्राप्ति हुने कामना नगरि, आकाशव्यापि प्राणिहरू ससारमा दु:खी भैरहेको देखि सहन नसकि ती सकल प्राणिलाई नै आलम्बन गरी महाकरुणा सहित भई विन्ति गरेको हुँदा साधु ! भनिएको हो ।
(२) प्रयोजन समृद्ध साधु कस्तो हो भने यस नामसङ्गीति तन्त्र अनन्त लोकका लागि हीत उपकारको अर्थ भएकोले साधु ! (भनिएको हो?) ।
(३) जुन विनति गरेको धर्म विशेष समृद्धको साधु भनेको कसो हो भने – सकल बुद्धहरूका ज्ञान एउटै समुच्चय भएको कार्य भए आउनु भएको आर्य मञ्जुश्रीको नामसङ्गीतिको नै अत्यन्त महार्थको तथा यस तन्त्र पाठ मात्र गर्दा पनि पूर्वसंचित कुकर्म पाप मल शुद्ध भैगई परन्तु कुकर्म पाप मल आदि गराउनेको बीज क्लेश तथा जसको प्रत्यय लंघन हुने संयोग अन्तराय सवै निर्मूल गर्ने असंख्य प्रशंसा भैरहेको यस तन्त्र विनति गरेकोमा साधु ! भनिएको हो ।
आर्यमञ्जुश्रीको नामसङ्गीतिको प्रशंसा महान गरेको मञ्जुश्रीमूलतन्त्रको अनुसार “मञ्जु” भनि भनेको प्रज्ञा बुद्धि हो । मञ्जुश्री भनि परिकीर्ति भएको उहाँको नाम यसरी प्रचलनमा आएको (छुना बिज्यागु) भूत-भविष्य-वर्तमानका बुद्धहरू अन्यतिर नभुलिकन शुद्ध एकाग्र चित्त गरी हजूरको नाम सपरिवारले सुन्यो । यसवाट यिनि(उहाँ)हरुलाई ज्ञान तथा शान्ति प्राप्त भयो । विशेष रुपमा भवन्त भएको उत्तम बोधि प्राप्त भयो । मन्त्र सवै नि:शेष पूर्वक बाकि नराखि साधना हुने तथा लोकहरूले उत्तम जन्म सुन्दररूप(बाँलाक?)मा नै प्राप्त गरी सदानै उत्तम धर्ममा परिशुद्ध रूपमा बसि सम्पूर्ण बिघ्न राम्ररी हटेर सिद्ध हुनेछ । इच्छा गरेका मन्त्र सवै शोधन हुनेछ । बोधिवृक्षेन्द्रियको सन्मुखमा चाँडै जानेछ । गएर उत्तम बोधि प्राप्त गर्नेछ । प्राणी उपकारका निम्ति त्यहाँ बसी बोधिचक्र प्रवर्तन गर्नेछ । तदनुसार जिनको मुख्य गुण आज्ञा गर्नेनाला (व्याख्याकार, भाणक?) हुनेछ । मञ्जुश्री भनि हजूरको नाम स्मरणगरी अचिन्त्य गुण व्यापकको भनि जिनहरूले आज्ञा गरिएका छ । जिनको मूलहरु पूर्वगत सवैले नै सदा नै व्यापक भएको भनि हजूरको शक्ति देखाइराखेका छन् । शुद्धकुमार हजूरको मन्त्रको चर्या गरिरही (दयाच्वंक?) बुद्धहरुले प्रवचन गर्नुभयो भनि आज्ञा गरिराखिएको छ । अन्य सकल बुद्धहरुको नामसङ्गीति गर्नुको सट्टा आर्यमञ्जुश्री बुद्ध हुने नाम जिनसमन्त अवलोकित भनि दिनको एकपल्ट मात्रा नाम लिएको (भएतापनि त्यसलाई) लाई महाप्रशंसा (गरि?) मञ्जुश्रीभुवन व्यूहसूत्रमा, “हे कुलपुत्र ! जसले शतसहस्रकोटि बुद्धहरुको नाम सङ्गीति गर्नको सट्टा मञ्जुश्री कुमारभूतकोनाम सङ्गीति गर्यो भने यो ति भन्दा महान धेरै ठूलो पुण्य उत्पत्ति (गर्नेवाला) हुन्छ भने र भगवान तथागत समन्त अवलोकितको नाम संगीत गरेमा के मात्र बयान गर्ने होला । यो के को लागि भने मञ्जुश्रीकुमारभूतले प्रत्येक कल्पमा यावत् प्राणीका कारणले गरिआउनु भएको यस्तो जस्तो ठूलो प्राणीको कारण शतसहस्रकोटि बुद्धहरुले पनि गरिआउनु भएको छैन” भनि आज्ञा गरिराखिएको छ । तदनुसार आर्यमञ्जुश्री नामसङ्गीति यस आकाश व्यापक प्राणीहरूलाई संसार तथा दुर्गतिको दु:खवाट उतारगरी स्वर्ग र मुक्ति तथा सर्वज्ञ पद चाँडै प्राप्त हुनेमा अनुत्तर उपाय भैरहेको यस तन्त्र आज्ञा गरिदिनुहोस् भनि अध्येषणा गरेको महाठूलो प्रयोजन सहितको हो । तसर्थ श्री वज्रपाणिलाई ‘हे गुह्याधिपति !’ भनि सम्बोधन गर्नुभई, “तिमिले सकल प्राणिका कारणले जस्तो प्रार्थना गरेका छौ त्यसैगरी आर्य मञ्जुश्रीको नामसङ्गीति मैले तिमिलाई बताउँछु भनि” शास्ता मुनिन्द्रले यस तन्त्र आज्ञा गरिदिन स्वीकार गरि दिनुभयो ।
चौथो – पछि आउने प्रजाका लागि शिक्षाको निम्ति धर्म श्रवण गर्ने पात्रता (स्थल योग्य) हुने सदुपदेश गर्नु भएको –
श्रृणु त्वमेकाग्र मनसा,
अर्थ – गुह्याधिपति वज्रपाणिको धर्मश्रवणगर्ने विचारमा आचरण दोषमल केहि नभए पनि पछिका प्रजाहरूलाई धर्म सुन्ने अवस्थामा पात्रको दोष छोडी तीनओटा लक्षण सहितले गर्नुपर्दछ भनि सदुपदेशको निम्ति गुह्याधिपतिलाई आज्ञा भैराखेको अनुसारले अन्त कतै नभुलिकन एकाग्रभई मन समाधान गरी ध्यान राखि सुन भनि आज्ञा गर्नुभयो । यहाँ पात्रताका तीनओटा दोष(खुन) भनेका के के हुन् भने, १.घोप्टिएको ३.प्वाल परेको, ३.मैलले छोपेको समेत तीनओटा,-
(१) घोप्टिएको दोष नभएको हुनको लागि सुन्ने गर्नुपर्दछ,
(२) प्वाल परेको भाँडोको दोष नभएको हुनको लागि मन राखि नबिर्सिकन चित्तमा धारण गर्नुपर्दछ, र
(३) मैलले छोपिएको नहुने हुनको लागि एकाग्र गरि सोध्ने (र सुन्ने) गर्नुपर्दछ”।
यस्तो आज्ञा गर्नु भएको सत्कार यश कीर्ति हरूमा लिप्त हुने आदि क्लेशको अधिनमा नगई एकाग्रको निश्चित एकाग्रको गौरव सुन्नुपर्ने सदुपदेश हो ।
पाँचौं – शास्ताले तन्त्र आज्ञा गरिदिन्छु भनि स्वीकार गरीदिनु भएकोले गुह्याधिपतिले साधु भनेर विनति गरेको,-
तत्साधु भगवन्निति ।। प्रति,६ ।।
अर्थ – शास्ता मुनिन्द्रले महाहर्ष चित्तभई तीन प्रकारको पराक्रमद्वारा आर्य मञ्जुश्रीको नामसङ्गीति आज्ञा गरिदिनेछु भनि अनुमति भएकोमा (वज्रधरले), “साधु !” भनि प्रार्थना गरी “शास्ताले यथार्थ आज्ञा गर्नुभएको अनुसारले मैले एकाग्रभई सुनि आज्ञाभए जस्तै नै सिद्ध गर्ने भएँ” भनेको गाथा शेष अन्तिमको गाथा हो ।
(आर्यमञ्जुश्री नामसङ्गीतिको टीका भट्टारक मञ्जुघोषको अधिष्ठानमा अतुल जलवृष्टि हुने मेघस्तुति शब्दघोषमा दोस्रो अध्याय (प्रतिवचन गाथा षट्) प्रत्युत्तर दिनु भएको अध्याय भन्नु हुने भयो ।।
==========
[1] पहिले पश्चिम दिशामा कोशाटक भनिएको अयोध्या शहरमा सूर्यवंशी महासंमत भन्ने राजा थिए – ललितविस्तरसूत्र ।00
[2] यसमा पञ्चवर्णको रश्मि भनेको १.नीलो, २.रातो, ३. पहेलो, ४.सेतो, र ५.कषाय हुनुपर्ने देखिन्छ ।
[i] १.कोमल स्वर, २. मृदुस्वर, ३. मनोज्ञस्वर, ४.मनोरमस्वर, ५.शुद्धस्वर, ६.विमलस्वर,
७.स्वच्छ प्रभास्वरस्वर, ८.सुचवनस्वर, ९.श्रवणीयस्वर,
१०.अनेलगुस्वर?, ११.मधुरस्वर, १२.बोधस्वर,
१३.कडा नभएकोस्वर , १४.दृढस्वर, १५.सुविनीतस्वर,
१६.कर्णसुखस्वर, १७.कायसन्तोषस्वर, १८.चित्तसन्तोषस्वर,
१९.हृदयसन्तोषस्वर, २०.प्रीतिसुख उत्पन्नगर्ने स्वर , २१.सम्पूर्ण तापनाशिनिस्वर,
२२.सवै बुझिने(सियावैगु)स्वर?, २३.भिन्नकं विदितज्वीगुस्वर , २४.अतिस्वच्छस्वर,
२५.नन्दन हुनेस्वर ?, २६.अभिनन्दितहुनेस्वर , २७.फुक सियावैगुस्वर (??२२),
२८.भिन्नक विदित ज्वीगु(??२३२),२९.विदितयुक्तस्वर ??, ३०.सहितको(मिलेको)स्वर ,
३१.केहि ‘खुन’ नभएकोस्वर , ३२.सिंहको जस्तो वेग भएकोस्वर , ३३.गजशब्दस्वर,
३४.मेघशब्दस्वर, ३५.नागेन्द्र शब्दघोषस्वर, ३६.गन्धर्वशब्दस्वर,
३७.कलपिंगशब्दस्वर??, ३८.ब्रह्मगुञ्जयशब्दस्वर, ३९.जीवक पंछीको शब्दस्वर,
४०.देवेन्द्र मधुर शब्दस्वर, ४१.दुन्दुभिस्वर, ४२.अनुपत्र अनिच्चस्वर ??,
४३.सर्वशब्दको अनुप्रविष्टस्वर, ४४.वाचाको शब्द नटुटेकोस्वर , ४५.अपूर्ण नभएकोस्वर ,
४६.लोव (?)स्वर, ४७.इदिना(?)स्वर, ४९.व्यापकस्वर,
५०.सखिलगुस्वर(??), ५१.(सरिता) अटूट भएकोस्वर, ५२.मिलेकोस्वर,
५३.सर्वशब्द पुवनिगु(?)स्वर, ५४.सर्वइन्द्रिय सन्तोषगराउनेस्वर , ५५.निन्दा नभएकोस्वर ,
५६.नबदलिनेस्वर , ५७.अचपलस्वर , ५८.चक्रवाल चारैतर्फ सुनिनेस्वर ,
५९.सर्वप्रकारले उत्तमस्वर, ६०.त्रिलोकलाई चित्त बुझने मुनिवचन टाढा नगीच नभएको एक वाट अर्को लोकधातुमा गएर सुने पनि सन्मुखमैं जस्तो गरी सुनिनेस्वर ।
तेस्रो परिवर्त
।। षट्कुलावलोकन गाथा (द्वे) व्याख्या ।।
(अथ शाक्यमुनिर्भगवान देखि महोष्णिषकुलं महत सम्मको)
दोस्रो – नामसङ्गीति तन्त्र विस्तारपूर्वक बताउनु भएको । तीनओटा-
१. शास्ता मुनिन्द्रले आर्यमञ्जुश्रीको कुल हेर्नु भएको ।
२. आर्यमञ्जुश्रीको समस्त कुलमा शरीर उपहार? देखाएको मायाजाल अभिसम्बोधिको क्रम ।
३. आर्यमञ्जुश्रीको नाम कुल(हरु) प्रतिप्रतिद्वारा विस्तार पूर्वक बताइएको ।
प्रथम- शास्ता मुनिन्द्रले आर्यमञ्जुश्रीको कुल(हरु?) हेर्नु भएको,-
अथ ।।२३।। शाक्यमुनिर्भगवान् सकलमन्त्रकुलंमहत् ।।
मन्त्रविद्याधरकुलं व्यवलोक्य कुलंत्रयम् ।। षट्,१ ।।
सुनिएको र भनिएको[1] द्वारा तन्त्रको योग्य हुन (अर्थात्, अधिकारी हुन आज्ञा पाउन) प्रवेशअङ्ग सुनिसके पछि त्यसको तुरुन्तै शाक्यमुनि भगवानले आर्यमञ्जुश्रीका विभिन्न कुलहरू (छुट्टाछुट्टै) हेर्नुभई, पर्यन्तमा (ती) सारा कुलहरू एउटै गरी हेर्नुभयो । त्यस लाई पनि भिन्न गरी दुईकुल गरी हेर्नु भयो, चारकुल गरी हेर्नु भयो, पाँचकुल गरी हेर्नु भयो, छओटा कुल गरी हेर्नु भयो ।
प्रथम- शास्ता मुनिन्द्रले एककुल गरि हेर्नु भएको ;-
यसमा पनि भिन्न गरी अत्यन्त(गहनरूपमा?) कुल हेर्नु भएको हुँदा प्रथम एउटै कुल गरी हेर्नु भएको सकलमन्त्रकुलं महत् भनि देखाउनु भयो । किन्तु(?), गुह्य मन्त्रका सन्तति कुल वाट दिव्यकुल अत्यन्य भनिएको सकल(कुलहरू?) पर्यन्त गरे पनि दुइटा नभएको (अद्वय) ज्ञानको महाकुल एउटैमा सन्धी भैरहेको आर्य मञ्जुश्री सकल बुद्धका एउटै ज्ञान समुच्चय भैराखेको काय भएको हुँदा महामन्त्रकुल भनि प्रख्यात गरिराखिएको हो । मन्त्र भनेको आर्यमञ्जुश्रीको काय साधन गर्ने क्रमको चारओटा तन्त्रहरुलाई भनिएको हो । ती सवै तथा विशेष अनुत्तर तन्त्रमा दुईओटा क्रममा दिव्यकाय साधना गर्ने क्रम आज्ञा गरिराखिएको हो । भाँडो(पात्रता)को योग्यता (र?) अभिषेक नभएका सवैका लागि नै गुह्य गरि गुप्ति गरिएको मात्र हो । समयपालन गरी क्रमानुसार गुह्यद्वारा साधन गरिएमा सिद्ध हुनेछ । समय पालन नगरेका तथा मन्त्रको गुह्य (बुझेकाले त्यस)लाई गुप्ति नगरी अपात्र (अर्थात् पात्रता नभएका)लाई गुह्य प्रकाश गरेमा दुईक्रमको दिव्यकाय सिद्ध हुँदैन भन्ने कुरा भन्नु नै परोइन । गुह्य प्रकाश गरेको (अपराध?को) प्रायश्चित पनि अहिले पनि र पछि पनि दुवैबेला पतन (आपत्) हुनेछ, भनि भनिराखिएको छ ।
दोस्रो – शास्ता मुनिन्द्रले दुईकुल गरि हेर्नु भएको,-
यसमा पनि भिन्न गरी दुईकुल हेरिएको(लाई) मन्त्रविद्याधर कुल भनि भनिएको हो । अर्थात् म’मेरो’ नभएको यस ज्ञानमा पनि उपायको भाव तथा प्रज्ञाको भाव (दुईटा भावहरु) भएकोमा गुह्यमन्त्र उपायकुल तथा विद्याधर प्रज्ञाको कुल (गरी) दुइटा भएको (कुलहरु) हेर्नुभयो । किन्तु अनुत्तर तन्त्र सकल सहजको ज्ञान तथा स्थिति तत्व फरक नहुने गरी मिलाई दुईटा नभएको हेतु (बीज) मात्र भएपनि दुईटा नभएको हेतु(कुल) यसमा पनि उपायकुल तथा प्रज्ञाकुल दुइटा छन् । प्रज्ञोपाय अद्व(दुइटा नभएको) भएको कुल भनिएको प्रज्ञोपाय हो, र यसमा पनि भिन्न गरी उपायकुल तथा प्रज्ञाकुल भन्ने प्रज्ञोपाय नाम उस्तै भएतापनि अर्थ एउटै होईन । यो जस्तो गुह्य भन्दा महागुह्य भएको रहस्य सुमति मुनिन्द्र महावज्रधरले त्रिभुवनको एउटा प्रदीप पञ्चक्रम प्रदीपालोकमा निपूण गरी आज्ञा गरिराख्नु भएको छ । त्यसलाई हेरि विस्तारपूर्वक राम्ररी बुझी लिनु पर्दछ ।
तेस्रो- शास्ता मुनिन्द्रले तीनकुल गरि हेर्नु भएको,-
व्यवलोक्य कुलंत्रयम् ।। षट्,१ ।।
भट्टारक मञ्जुघोषको कुलमा (१) कायवज्र कुल, (२) वाक्वज्र कुल, र (३)चित्तवज्र कुल भन्ने तीनओटा कुलहरू भएकोले यि तीनओटा कुलहरूलाई भिन्नकं (अर्थात् छुट्टाछुट्टै, राम्ररी?) हेर्नुभएको नाम तलदेखि(?) यसरी नै मिलाएर स्तोत्र गरिएकोछ भनि भनिएको छ ।?
चौथो – शास्ता मुनिन्द्रले एककुल गरि हेर्नु भएको,-
???????
पाँचौं – शास्ता मुनिन्द्रले पाँचकुल गरि हेर्नु भएको,-
।।२४।। लोकालोकोत्तरकुलं लोकालोककुलंमहत् ।।
महामुद्राकुलंचाग्र्यं महोष्णीषकुलंमहत् ।। षट्,२ ।।
आर्यमञ्जुश्रीको कायमा पञ्चकुल भएको (भनेको?)- १. तथागत कुल, २. रत्न कुल, ३. पद्म कुल, ४. कर्म कुल, र ५. वज्र कुल गरी पाँचओटा हुन् । (ज्ञानहरू पनि) १. आदर्शज्ञान, २. समताज्ञान, ३. प्रत्यवेक्षणाज्ञान, ४. कृत्यानुष्ठानज्ञान, र ५. धर्मधातुज्ञान समेत गरी पाँचैओटा छन् । यसको दिव्यकाय प्रकट भएको कुल पनि पाँचैओटा छन् । तल यसैसंग मिल्नेगरी नामसङ्गीति बनाईएको छ ।
छैठौं – शास्ता मुनिन्द्रले छओटा कुल गरि हेर्नु भएको ।
छओटा कुलहरू हेर्नु भएको (भनिएको)मा यी पाँचओटा कुलहरू तथा अर्को छैठौं वज्रधरको कुल समेत जोडिएको हो । पाँचओटा कुल र छैठौं पनि हेर्नुभएको क्रम यो सवै महामुद्राको उत्तम कुल हो भनि विमलप्रभामा भनि राखिएको छ ।
सातौं – शास्ता मुनिन्द्रले अत्यन्त कुलमा हेर्नुभएको क्रम, –
लोकालोकोत्तर कुलं, लोकालोक कुलं महत् ।। भनि देखाइएको छ । यसमा लौकिक कुल र लोकोत्तर कुल अत्यन्त तथा यो एक-एकओटाको भित्र पनि निश्चिन्त(?)को कोटीकोटी रहेको छ, भनि भनिराखिएको छ ।
दिव्यकुलमा कुल एउटा, तीनओटा, पाँचओटा, यसमा पनि फाडेर बनाइएका कुलहरू सयौं छन् भनि समाजमूलतन्त्रमा भनिराखिएको छ ।
यसप्रकार फाडिराखिएको कुलहरू धेरै नै भएता पनि, भैरहेका कुलहरू मध्ये महाकुल चूडामणी समानको यही छैठौं कुल हो भनि आज्ञा गरिएको (छ ।), तथा उक्त छैठौं कुललाई महानतामा देखेर त्यसैको अनुकूल भएको नामसङ्गीतिको स्तुति विस्तारमा गरिराखिएको हो । यस्ता कुरा विमलप्रभा तथा अमृतबिन्दु आदि (ग्रन्थहरू)मा गुप्त अर्थका धेरै कुराहरू खोली देखाईएको छ । यस्ता ग्रन्थहरू हेरि विस्तारपूर्वक सिक्नु पर्दछ ।
आर्यमञ्जुश्री नामसङ्गीति टीका भट्टारक मञ्जुघोषको अधिष्ठानको अतुल जलवृष्टि शिघ्र हुने मेघस्तुति शब्दघोषको कुल हेर्नुभएको तेस्रो अध्याय बताउनु भएको (पूरा भयो) ।
तृतिय परिवर्त षट्कुलावलोकन ज्ञानगाथा दुईओटा सकियो ।
[1] सुनिएको – आप्तवचन, त्येञ्ग्यूर । भनिएको – बुद्धवचन, कङ्ग्यूर । श्रुति-कर्ण परम्परा । (श्रवण-वाचन गरी सोधने र बताउने तरीका)
चौथो परिवर्त
आर्य मायाजाल अभिसंबोधि क्रमगाथा तिस्र व्याख्या
(इमां षण्मन्त्रराजानां देखि अरपचनायते नम: सम्मको)
दोस्रो – आर्यमञ्जुश्रीको सम्पूर्ण कुलको काय उपहार देखाएको मायाजाल अभिसम्बोधिको क्रम-
।।२५।। इमां षण्मन्त्रराजानां संयुक्तामद्वयोदयाम् ।।
अनुत्पाद्धर्मिणींगाथां भाषन्तेस्म गिरांपते: ।।माया,१ ।।
।।२६।। अआ इई उऊ एऐ ओऔ अंअ: स्थितो हृदि ।।
ज्ञानमूर्त्ति:अहंबुद्ध: बुद्धानां त्र्यध्ववर्तिनाम् ।। माया,२ ।।
।।२७।। ॐ वज्रतीक्ष्ण दु:खच्छेद प्रज्ञाज्ञानमूर्तये ।।
ज्ञानकाय वागीश्वर अर्पचनाय ते नम: ।। माया,३।।
अर्थ – त्रिधातुका सवै लोकहरुमा भएका ८४,००० क्लेशका परिप्रेक्षमा धर्मस्कन्ध(हरू पनि) ८४,०००ओटै देखाउनु भएका, वचनका मालिक शास्ता मुनिन्द्रले आर्य मञ्जुश्रीको काय विपरिनत भैराखेको कुराहरू यावत सवैलाई हेर्नुभई, सवै कुलहरूमा मिल्नेगरी नामसङ्गीतिको स्तोत्र गाथा द्वारा बनाई आउनु (भयो ।), यत्तिको विस्तृत भएको शरीरलाई संक्षिप्तरूपमा देखाइराखेको अनुसार वज्रतीक्ष्ण आदि मन्त्रराजाहरू छजना सहित भई अद्वय भई (अर्थात् दुईटा फरक नगरी) विद्यमान भई अनुत्पाद (उत्पत्ति नै नभएको) धर्मता देखाइ राखिएको अ आ…. देखि ……नम: भनिएको सम्मको मन्त्र आज्ञा गरिराखेको हो । यसमा अ, आ, इ, ई, उ, ऊ, ए, ऐ, ओ, औ, अं, र अ: (बाह्रओटा लाई) दुइटा-दुइटा मिलाएको हिसाबले छजोर र एउटा-एउटाको हिसाब बाट १२ओटा (द्वादश)अक्षरहरु भैराखेको यति लाई शोधन-संस्थिर गर्ने गर्ने र बाह्य आभ्यन्तर अन्य तीनओटा पूर्ण भैरहेको संक्षेपले देशना गरी आज्ञा गरिराखिको हो । किन्तु, शोधन संस्थिरमा जम्बूद्वीपका मानिसहरू गर्भवाट जन्म भएका (हुन्), षट्धातुले पूर्ण भएका प्रत्येकको शरीरमा षट्धातु भएका (हुन् ।) र बाहिरको आयतन छओटा (षडायतन) तथा भित्रको आयतन छओटा स्थललोक (१.पृथ्वी, २.जल, ३.अग्नि, ४.वायु, ५.आकाश, ६.सुमेरु सहित छओटा) भएको तथा समूह सवै प्राणीहरू संग्रह गरियो भने षट्गति भएको जस्तै यो यति शोधनको देव(आदि[1]) षट्जीव भैरहेको, बाहिर लोकस्थलमा पृथ्वी, जल, अग्नि, वायु, आकाश, सुमेरु सहित छओटा तथा अभ्यन्तरमा लोक षट्गति तथा (जरायुजा) कोषवाट जन्महुनेहरू संग षट्धातु आदि भएको तथा अन्तमा उत्तस्स(?) तथा उत्पन्न दुवै उत्तस्सक्रममा षट्कुल जिनको मण्डल तथा उत्पन्नक्रममा षट्अङ्ग सम्प्रयुक्ति भएको, सवै स्वर दुईटा मिलेको छजोर तथा छओटा मन्त्रले पूर्ण भएको भयो ।
फेरि बाह्य लोकस्थलमा पृथ्वीको टुक्रा (भाग) बाह्रओटा भएको, तथा आकाशमा मेष आदि राशीहरु बाह्रओटा भैरहेको, अभ्यन्तरमा प्राणिहरूको अविद्या आदि द्वादशाकार प्रतीत्यसमुत्पादको अधिनमा संसारमा घुमिराखेको तथा अन्त्यमा बाह्रओटा भूमि क्रमानुसार माथि उक्ली बोधि साधन भएका सकल १२ बाह्र स्वरवाट पूर्ण भएको हुन्छ (होऊ) ।
बाह्र भूमिहरू के के हुन् भने –
पृथग्जन भूमि, श्रद्धा भूमि, तथा अभिलाषि चर्या दुई भूमि । अभिलाषि चर्या (सभासद्) दुईटा तथा आर्यहरूको प्रथम भूमि प्रमुदिता देखि धर्ममेघा भूमि सम्म दशभूमि गरी अर्थात् जम्मा बाह्र ओटा भूमि छन् ।
फेरि वज्रालंकार तन्त्रमा –
१) समन्तप्रभ महाभूमि – प्रथम सूर्यमण्डल समान (अ)
२) अमितप्रभ महाभूमि – दोस्रो अत्यन्त प्रभास्वर चन्द्रमा समान (आ)
३) गगनप्रभ महाभूमि – तेस्रो आकाश समान प्रतिस्थ भएको (इ)
४) वज्रप्रभ महाभूमि – चौथो जून भुमिमा मन आनन्दित भएको (ई)
५) रत्नप्रभ महाभूमि – पाँचौ अभिषेकको लागि प्रतिस्थ भएको (उ)
६) पद्मप्रभ महाभूमि – छैठौं कमलसमान प्रपुष्ट भएको (ऊ)
७) कर्मप्रभ महाभूमि – सातौं बुद्धकर्म गर्ने कामना (ए)
८) अनुसम(पमाप्रभ?) महाभूमि – आठौं समानको उपमा नभएको (ऐ)
९) उपमान(निरूपमाप्रभ?)महाभूमि- नवौं उपमा भिन्न भएको (ओ)
१०) प्रज्ञाप्रभ महाभूमि – दशौं अनुत्तर बुद्ध हुने (औ)
११) प्रज्ञा(सर्वज्ञता?)प्रभ महाभूमि – एघार महाभूमि प्रभास्वर (अं)
१२) प्रतिसंविद्या(प्रत्यात्मवेद्यप्रभ) – बाह्रौं बुद्धज्ञानले परिपूर्ण भएको (अ:)
यस्तो भएको अनुसार ले बाह्र तथा साथै (शाकनं?) हेवज्रतन्त्रमा बताएको बमोजिम वास आदि मिलाएर यसरी बाह्र गरिएको छ, –
१) अकारको – वास, २) आकार – उपवास,
३) इकार – भुवन ४) ईकार- उपभुवन
५) उकार – छन्दोह ६) ऊकार – उपछन्दोह
७) एकार – सभा ८) ऐकार- उपसभा
९) ओकार – श्मशान १०) औकार – उपश्मशान
११) अंकार – च्छेदपान १२) अ:कार – उपच्छेदपान
मन्त्र अर्थ प्रस्थान बाह्र स्वर दुई-दुईटा मिलाई छओटा ज्ञानको देवकाय प्रकट भएको-
१) स्थितोहृदि हृदय अथवा चित्तमा रहेको ।।अ आ।।
२) ज्ञानमूर्ति ज्ञानकाय ।।इ ई।।
३) अहं बुद्धो म बुद्धसंकल्प भएको ।।उ ऊ ।।
४) बुद्धानां त्रैध्ववर्तिमान् बुद्धहरूका त्रिकालमा बसी आउनु भएका ।।ए ऐ।।
५) ओं वज्रतीक्ष्ण दु:खच्छेद बेसरी धारिलो(ज:गु)वज्र दु:खलाई सकाउने ।।ओ औ।।
६) प्रज्ञाज्ञान मूर्तये ज्ञानकाय बागीश्वर अरपचनायते नम:
प्रज्ञाज्ञानको काय हुनुभएका, ज्ञानकाय, वाक्को इश्वर हुनुभएका लोकलाई विपाक गर्नुभएका हजूरलाई नमस्कार छ, भनिएको ।।अं अ:।।
यसलाई यति सजिलोसंग बुझेर सिकायो भने १२ओटा स्वर मिलेको साधन-असाधनको सम्पूर्ण मार्ग(हरू)वाट पारंगत भई बुद्ध भएका त्रिकालका सकल बुद्धका हृदय दुईटा नभएको ज्ञान एउटा मात्र सन्धि भैरहेको काय भट्टारक मञ्जुघोषको कायको विपरिनत वज्रतीक्ष्णादि छओटा कुलमा प्रकट भई आउनु भएकालाई सादर पूर्वक प्रणाम भनेको हो, भनि भनेको तथा पहिलेका जतिपनि सत्पुरुसहरूले दुई भाषा मिलाई मन्त्रको जस्तो गाथा अर्थ बनाएको हो ।
आर्यमञ्जुश्री नामसङ्गीति टीका भट्टारक मञ्जुघोषको अतुल जलवृष्टि शिघ्र हुने
मेघस्तुति शब्दकोषमा चौथो अध्याय
मायाजाल अभिसम्बोधिको अध्याय भन्नु भयो ।।
[1] षड्योनि : १.देव, २.असुर, ३.मनुष्य, ४.तीर्यक, ५.प्रेत, ६. नरक ।
पाँचौं परिवर्त
।। वज्रधातु महामण्डल गाथा चतुर्दश: ।।
वज्रधातु महामण्डल ज्ञानगाथा चतुर्दश (व्याख्या)
षट्कुल तथा वज्रधातुद्वारा स्तोत्र गरेको अध्याय
आर्य मञ्जुश्रीको नाम कुल एक एक गरी विस्तारमा भनिएको पाँच-
आर्यमञ्जुश्रीको नाम कुल एक-एकओटा गरी विस्तारमा भनिएको । पाँचओटा –
१. आर्य मञ्जुश्रीलाई छओटा कुलद्वारा स्तोत्र गरिएको ।
२. पञ्चज्ञान एक-एकओटा द्वारा स्तोत्र बनाएको ।
३. विस्तारपूर्वक बताईएको स्तोत्र सवैको अर्थ संग्रह गरी स्तोत्र बनाईएको ।
४. नामसङ्गीतिको प्रशंसा गरिएको ।
५. आर्य नामसङ्गीतिको हृदयमन्त्र देखाइएको ।
प्रथम- षट्कुल दवारा स्तोत्र संग्रह गरी देखाएको । दुइटा –
(यसको विस्तारमा यसो भनिएको)
१. माथिको गाथा १२ ओटा स्वरहरूले पूर्ण भएको प्रज्ञोपायको मार्गमा पारङ्गत भएकाले ज्ञानकायको साधना गर्ने तथा यसमा भिन्न भिन्न कुलहरू भएको क्रम यसरी देखाइएको ।
२. “तथता” विस्तारमा भनिराखेको भट्टारक मञ्जुघोषलाई स्तोत्र गरिएको ।
पहिलो- माथिको गाथा १२ ओटा स्वरहरूले पूर्ण भएको प्रज्ञोपायको मार्गमा पारङ्गत भएकाले ज्ञानकायको साधना गर्ने तथा यसमा भिन्न भिन्न कुलहरू भएको क्रम यसरी देखाइएको,-
।।२८।। तद्यथा भगवान्बुद्ध: संबुद्धोऽकारसम्भव ।।
अकारसर्ववर्णाग्र्यो महार्थ:परमाक्षर: ।। वज्र,१ ।।
।।२९।। महाप्राण: ह्यनुत्पाद वागुदाहारवर्जित: ।।
सर्वाभिलापहेत्वग्र्य: सर्ववाक्सुप्रभास्वर: ।। वज्र,२ ।।
अर्थ – भट्टारक मञ्जुश्रीको काय साधन गर्ने क्रम तथा नाम पर्याय सङ्गीति गरि राखिएको “तद्यथा” कसो हो भने,– दुईटा नभएको ज्ञानको काय प्रकट भई आउनुभएका “भगवान् बुद्ध” भनिएका सम्यक्सम्बुद्ध सकल कुलका प्रभु महाप्रभु वज्रधर “अ” अक्षरवाट उत्पत्ति (“सम्बुद्धो ऽकारसम्भव”) हुनुभयो । कसरी उत्पत्ति हुनुभयो भने “अ” अक्षरवाट न्येमभाव(??) दुइटै नेमार्थमा “अ” सवै अक्षरको बीज गरी यि ८४,००० धर्मस्कन्ध छन् । ८४,००० धर्मस्कन्धका गर्भअर्थ अनुभव गरी लैजानमा दुइटा नभएको ज्ञानकाय महावज्रधर साधन हुन्छ । भावअर्थमा “अ” सानो (सूक्ष्म?) अवधूती भित्र रहेको प्राणमय तथा यसवाट प्रभास्वर हुन्छ । प्रभास्वर सहजज्ञानवाट दुइटा नभएको ज्ञानको काय प्रभु महावज्रधरको पद सिद्ध हुन्छ । यस प्रमाण अनुसार धेरै तन्त्रहरूमा “अ”अक्षर सवैको परम हो भनि आज्ञा गरिराखिएको छ । यस प्रकारले ”अ” महार्घ गरी फेरि महार्घ परमाक्षर भनेको परमको अक्षर हो भनि अक्षर(आख? लिपि?)लाई अक्षर भनिराखिएको छ । अक्षर भनेको लिपि(आख:) अथवा अपरिवर्तन हुने दुइटैलाई नै प्रयोग गरिराखिएको हुनाले महाआचार्य अक्षर गरिराखिएको छ । अपरिवर्तन लाई प्रयोगको अधिनमा गरी तथा अर्थमा “अ”को अर्थ भावना गरेको द्वारा दुईटा नभएको ज्ञानको काय सिद्ध हुन्छ । जुन काय आकाश क्षय नभएसम्म परिवर्तन नहुने वज्रकाय हो । “अ” महार्घ भएको प्रमाण यसप्रकारले भयो ।
नेमार्थको अधिन गरिएमा अन्यान्य अक्षरहरू सवै जिभ्रो तथा तालु? (थक्व) ओँठ आदि जोडी (उच्चरण) गरि बनाउनु पर्दछ । “अ” यस प्रकारले उच्चरण गर्न नपरिकन पेटवाटै देखि उत्पत्ति हुने हो । जिभ्रो तथा कण्ठवाट उच्चारण हुने अक्षरको स्वभाव उत्पत्ति हुने होइन । “अ” धेरै नै अक्षर संग्रहगरी पद सङ्गीति गर्ने छोडिएको? छ (तोतातल) । यसप्रकारले पदसङ्गीति गर्ने नभई सवै अक्षरका प्राण बसी (च्वना) नाम पद सङ्गीति सवैको बीज गरिराखिएको हो ।
“अ” प्राण रहेको (चोंगु) द्वारा नाम पदको अक्षर तथा यसमा गाथा इत्यादि महान हुने गरी प्रचलन गरिराखिएको छ । तद्यथा भगवान बुद्ध भनिएको निपुण गाथा यो सवै गुह्य अनुत्तरतन्त्रको गर्भातिगर्भ दुइटा नभएको ज्ञानको काय सिद्ध हुने पर्यन्तको उपदेश गुह्यभन्दा पनि महागुह्य गम्भीर भन्दा महागम्भीरको मर्म भएकोले नामसङ्गीति(का?) गणहरूले, भट्टारक मञ्जुघोषको काय(लाई) ध्यानगरी यस्तो गुदीलो-ठोस (जागू) गुह्यको मर्म यति बुझ्नलाई तथा यसको अर्थ जबसम्म हृदय (स्वभावमा) उत्पत्ति हुन्छ भनेर भाविता (भा:पा) भट्टारक मञ्जुघोषलाई संवेग प्रार्थना गरी प्रणिधान गर्न पर्दछ ।
दोस्रो – “तथता” विस्तारमा भनिराखेको भट्टारक मञ्जुघोषलाई स्तोत्र गरिएको । चारओटा –
१. पञ्चज्ञानद्वारा स्तोत्र गरिएको ।
२. चतुर्काय द्वारा स्तोत्र गरिराखिएको ।
३. दशपारमिता द्वारा स्तोत्र गरिराखिएको ।
४. चतुर्कर्म द्वारा स्तोत्र गरिराखिएको ।
पहिलो- पञ्चज्ञान द्वारा स्तोत्र गरिएको । पाँचओटा,-
१. प्रत्यवेक्षणा ज्ञानद्वारा स्तोत्र गरिराखिएको ।
२. आदर्शन ज्ञानद्वारा स्तोत्र गरिराखिएको ।
३. धर्मधातु ज्ञानद्वारा स्तोत्र गरिराखिएको ।
४. कृत्यानुष्ठान ज्ञानद्वारा स्तोत्र गरिराखिएको ।
५. समता ज्ञानद्वारा स्तोत्र गरिराखिएको ।
प्रथम- प्रत्यवेक्षणा ज्ञानद्वारा स्तोत्र गरिराखिएको
।।३०।। महामह:महाराग: सर्वसत्त्वरतिकर: ।।
अर्थ – षट्गतिका सकल सत्त्वप्राणीहरू अनादि काल देखि अभ्यास गरिआएको रागको अधिन कामको विषयमा रति भई, त्यसको स्वभाव नजानिकनै पराधीन भई, कर्म बनाई, संसारको दु:ख परस्पर भोग गरिराखेको हुन्छन् । भट्टारक मञ्जुघोषले यस्ता प्राणीलाई कृपापूर्वक हेर्नुभई, कामगुणमा लिप्त भएका ती सवैलाई मार्गमा साथ लिएर जाने उपायकौशल्यको उपदेश गरी, मैथुनादि सुखभोगको महारागलाई यस्तै प्रकारले अनुकूलको मार्गद्वारा रागलाई जरादेखि नै क्षय गर्ने रागविशुद्ध भएको प्रत्यवेक्षणाज्ञान नै सकल जिनहरू सुखी हुने महापूजा हो । यो जस्तो ठोस प्रत्यवेक्षणाज्ञानको दिव्य आकारमा प्रकट भएको वज्रवाक् तथा भट्टारक मञ्जुघोषलाई यस द्वारवाट स्तोत्र गराइराखेको यसको क्रम “यमान्तकतन्त्र”मा रागवज्र स्वभावको हजूर, “यमान्तक भयानक ।। वज्रवाक प्रसमानको ।। वज्रवाक नमोस्तुते” (हुनुहुन्छ) भनि भट्टारक मञ्जुघोषलाई वज्रवाक् द्वारा स्तोत्र गरि राखिएको जस्तै हो ।
दोस्रो – आदर्शन ज्ञानद्वारा स्तोत्र गरिएको-
महामह:महाद्वेष: सर्वक्लेशमहारिपु ।। वज्र,३ ।।
अर्थ – प्राणीहरूका अनादि देखि अभ्यास भै रहेको वासनाले मन नपर्ने विषयमा द्वेषको उत्पत्ति गरी, त्यसको अधीन भई हीनकर्म (अर्थात् कुकर्म)को समूह जम्मा गरी संसार तथा विशेष दुर्गतिको दु:ख सहेर सहन कठिन भोग गरिरहेका लाई कृपापूर्वक हेर्नुभई, भट्टारक मञ्जुघोषले (ती) द्वेषी हरूलाई दमनगर्नको निम्ति क्रोधकाय (अर्थात् रौद्ररूप) देखाई उपायकौशल्यको निर्माण गरि प्राणीहरुका क्लेश मर्थन गर्नुभएकोले उहाँलाई “सर्वक्लेश महारिपु” अर्थात् सकल क्लेशहरुका परमशत्रु भनि प्रख्यात गरिएको हो । यस प्रकारले उपायकौशल्यको चरित्र देखाई आउनु भएको नै सकल जिनहरु खुशीहुने महापूजा हो ।
यस क्रममा भट्टारक मञ्जुघोष(ले) क्रोधेन्द्र यमान्तकको उचितकाय हुनुभई त्रिधातु नै खाइदिने हो की जस्तो गरी क्रोध गरी भयानक भई आउनु भएको “वज्रभैरव तन्त्र”मा विस्तारपूर्वक आज्ञा गरिराखिएको जस्तै हो । केहि तन्त्र शास्त्रहरुमा द्वेषविशुद्धिलाई धर्मधातुज्ञान तथा मोहविशुद्धिलाई आदर्शनज्ञान भनेर भनिराखिएको भने, ‘विमलप्रभा”मा द्वेशविशुद्धि(लाई) आदर्शनज्ञान भनेर आज्ञा गरिराखिएको छ । पहिलेका धेरै सज्जनहरूले पनि यसमा अनुगमन गरि गएको हुँदा यहाँ “विमलप्रभा”मा आज्ञा गरिराखिएको नै पक्का गरि लिएको छु ।
तेस्रो – धर्मधातुज्ञान द्वारा स्तोत्र गरिएको,-
।।३१।। महामह:महामोह: मूढधी: मोहसूदन: ।।
अर्थ – अनादि देखि मोहको अधीनमा (भई) संसारमा परिभ्रमण गर्दैआएका प्राणिहरू लाई सुदृष्टिले हेरि देखी करूणले सहन नसकि भट्टारक मञ्जुघोषले मोह अन्धकार हटाउनाको लागि प्रज्ञाको ज्योति देखाई प्राणिहरूको मोह नाश गरि आउनु भयो । संसारमा बीज (हा) भै रहेको मोहको प्रतिपक्ष पर्यन्तको धर्मधातु संकल्पको ज्ञानले दिव्यकाय प्रकटभई प्राणीका कारणले गर्नुभएको नै सकल जिनहरू खुशी हुने उत्तमको पूजा हो ।
यसको क्रम “यमान्तक तन्त्र”मा ‘यमान्तक भयानक ।। मोहवज्र स्वभावका हुनुभएका, हजूर स्वयं शास्ता सकल बुद्ध ।। वज्रकाय नमोस्तुते ।।‘ भनि भट्टारक मञ्जुघोषलाई मोहवज्र भनि प्रख्यात गरिराखिएको जस्तै हो ।
चौथो – कृत्यानुष्ठान ज्ञान द्वारा स्तोत्र गरिएको
महामह:महाक्रोध: महाक्रोधरिपु:महान् ।। वज्र,४ ।।
अर्थ – प्राणिहरू अनादि देखि अभ्यासको बासनाले पर (अरु)को समृद्धि(सुख) हेर्न नसक्दा क्रोध र ईर्ष्याद्वारा (हीन)कुकर्म जम्मा गरी समूह संसार तथा विशेष तिनओटा दुर्गति अपाय दु:खभोग गरिरहेकालाई करूणाले सहन नसकि भट्टारक मञ्जुघोषले सकल प्राणीहरूका वैरी भैरहेको ईर्ष्यालाई (ईर्ष्या)नहुने (मदयेका निम्ति) गर्नलाई ईर्ष्याविशुद्धि कृत्यानुष्ठानज्ञानको स्वआलोक दिव्यकाय प्रकट भई प्राणीहरूको कारणले (हितकल्याण) गरि आउनुभएको नै जिनपुत्रहरू खुशी हुने महापूजा हो । प्राणिहरूलाई दु:खित गराउने क्लेशक्रोधको महाशत्रु पनि हो । यस क्रममा “यमान्तक तन्त्र”मा भट्टारक मञ्जुघोषलाई “ईर्ष्यावज्र स्वभावको हजूर ।। यमान्तक सर्वकर्मक(?) वज्रकाय प्रसमानको ।। खड्गपाणी नमोस्तुते ।।“ भनि प्रख्यात गरिराखिएको जस्तै हो ।
पाँचौं – समताज्ञानद्वारा स्तोत्र गरिएको
।।३२।। महामह: महालोभ: सर्वलोभ: निषूदन: ।।
अर्थ – सकल प्राणिहरू शरीर तथा धनसम्पत्तिको लोभको वशमा परी संसारमा चक्कर खाई सहेर सहन गर्न कठिन दु:ख भोग गरिराखेकालाई करूणाले सहन नसकि भट्टारक मञ्जुघोषले शरीर तथा धनसम्पत्तिको लोभमा लिप्त भैरहेका कृपण कञ्जुसहरु लाई कपटविशुद्धि “समताज्ञानको दिव्यकाय प्रकट गरी प्राणीहरूको लोभ सबै समाप्त गरिदिनु भएकोले महालोभ भनि प्रख्यात गरिएको हो । यसप्रकारले उपायकौशल्यको मार्गद्वारा प्राणीहरूलाई दमन गरि आउनुभएको नै जिनपुत्रहरू खुशी हुने महापूजा हो । यसमा महालोभ भनि भनिएको के हो भने बुद्धहरूले आकाश व्यापकका प्राणीहरू सबैलाई आफ्नै एक्लो छोरालाई जस्तै प्रीति राखे जस्तै मैत्री अनुकम्पाले सदासर्वदा कालमा (अधिगत) सम्झी आउनु भएकालाई नै लोकलोभ(महालोभ?) भनि अनेक सूत्र तन्त्रहरूमा आज्ञा गरि राखिएको छ । “यमान्तक तन्त्र”मा भट्टारक मञ्जुघोषलाई यमान्तककृपणी भनि तथा पैशुन्यवज्र भनि प्रख्यात गराइराखिएको जस्तै हो ।
दोस्रो – चतुर्काय द्वारा स्तोत्र गरिराखिएको । चार ओटा –
१. महासुखकाय द्वारा स्तोत्र गरिएको ।
२. सम्भोगकाय द्वारा स्तोत्र गरिएको ।
३. धर्मकाय द्वारा स्तोत्र गरिएको ।
४. निर्माणकाय द्वारा स्तोत्र गरिएको ।
प्रथम- महासुखकाय द्वारा स्तोत्र गरिएको –
महाकाम: महासौख्य: महामोह(द): महारति: ।। वज्र,५ ।।
अर्थ – प्राणीहरू अनादि देखि नै गरेको अभ्यासको कारणवाट अधिनभई पञ्चकामगुणमा लिप्त भएको, जसको अधिकारबाट कर्म बनिन गई संसार बन्धनमा परी अपाय दु:ख भोगगरी बसेका, (त्यस्ता)लाई करुणाले सहन गर्न नसकि भट्टारक मञ्जुघोषले जहाँ जसरी बोध गरी आउनुपर्ने हो त्यहाँ त्यस अनुसार नै निर्माण भई सकलप्राणीलाई पहिले धर्म बताई(सिकाई) धर्मको कूल देखाउनु भयो । यहाँ देखि मैत्री-करुणा बोधिचित्त उत्पत्ति गराई महायानको कूल निश्चित गराउनु भयो । यथा अभिषेक दिई मन्त्रयानको उचित योग्य पात्र बनाई कामगुण पथ क्रिया उपायकौशल्यको उपदेश दिई महासुख सहजको ज्ञान उत्पत्ति गराई आउनु भयो । यस्तो किसिमको महासुख सहजको ज्ञान दिईदिने उपदेश पञ्चकामगुणमा रति हुने क्रिया मार्गगरी सकल प्राणिहरुलाई हृष्टतुष्ट गराउनु भयो । यो जिनहरुका चरित्र मध्ये उत्तम भैरहेको उपायकौशल्यता अनुत्तरको हो । अतएव, यस तन्त्रमा जुन कारणलाई महाकाम महासुख महाहर्ष महानाद भनि एक एक कारणले ‘महा’ भनि प्रख्यात गरिराखिएको छ, यस अर्थ अनुत्तर गुह्यको उपदेश पर्यन्तको हो । “गुह्समाज मूलतन्त्र”को छैठौं अध्याय”मा महाहृष्टतुष्ट भनिराखिएको प्रभास्वर तथा जसवाट मायाको काय सिद्ध गर्ने क्रम देखाइएको छ ।
दोस्रो – संभोगकाय द्वारा स्तोत्र गरिएको –
।।३३। महारुप: महाकाय: महावर्ण: महावपु: ।।
महानाम: महोदार: महाविपुल मण्डल: ।। वज्र,६ ।।
अर्थ – भैरहेका रूपहरू मध्ये महोत्तमको लक्षण व्यञ्जनले संयुक्त भएको काय, जुन प्रथम पटक प्राप्त भए देखि नै आकाश क्षय नभएसम्म परिवर्तन नहुने कहिल्यै नछुटने सम्भोगकाय हो । शरीर पनि महाठूलो भनि भनिराखिएको छ । जुन सम्भोगकायद्वारा निर्माणकायको पनि संस्थिर भएको निम्ति श्रेष्ठोत्तम भैरहेको हो ।
महावर्ण – भनेको जुन सम्भोगकाय प्राप्त भएको (पा:लाका तयागु) सुवर्णको वर्ण समान तेजस्वी भैरहेको सकल आकाश ढाक्नेगरी रश्मिले परिपूर्ण गर्ने भएको जति वर्णहरू मध्ये महोत्तम भएको समान नभएको ।
महावपु – भनेको, लामो-चौडो-उँचो, (बिस्तीर्ण, तत्यागु) शरीर भट्टारक मञ्जुघोषले अभिसम्बुद्ध हुने क्रममा देखाउनु हुने, बुद्ध, जिन, सर्व अवलोकित भनिने उहाँ दशदिशाका अन्य सकल जिनहरूका भन्दा विस्तीर्ण हुनु भएका । जो उहाँ समन्त अवलोकितको बोधिवृक्ष रूख पनि त्रिसाहस्र महासाहस्र लोकधातु दश तहको (पाय् मा) भई बढेको भएको “मञ्जुश्रीभूवनव्यूहसूत्र”मा भनिराखिएको जस्तै ।
महानाम – भनेको (महा ठूलो तथा ठूलो नाम) भट्टारक मञ्जुघोषको नाम सकल बुद्धक्षेत्रमा कीर्तित भैरहेको तथा अन्य सकल बुद्धहरूका नाम सङ्गीति गर्ने भन्दा भट्टारक मञ्जुघोषको नाम सङ्गीति गरिने तथा समन्त अवलोकितको नामसङ्गीति गर्नुको प्रशंसा बढी भैरहेको भनि भनिराखिएको छ ।
महादारो – महति ठूलो भैरहेको (तधनाच्वंगु) उहाँ समन्त अवलोकितको भुवन (क्षेत्र) बुद्धक्षेत्र असंख्य गङ्गा नदीका बालुवा(कण) समानको क्षेत्र आरोह बिशाल भैरहेको “मञ्जुश्रीभुवनव्यूहसूत्र”मा भनिराखिएको जस्तो ।
विपुलमण्डल – भट्टारक मञ्जुघोषको मण्डलमा दश दिशाका जिन तथा जिनपुत्रहरू सहित सकल समागम भैरहेको आकाश समानको महाविपुल भएको ।
तेस्रो – धर्मकाय द्वारा स्तोत्र गरिएको-
।।३४।। महाप्रज्ञायुधधरो महाक्लेशो कुशोऽग्रणी ।।
महायशा महाकीर्ति: महाज्योति:महाद्युति: ।। वज्र,७ ।।
अर्थ – भट्टारक मञ्जुघोषले पहिले चित्तोत्पत्ति गरी आउनु भएदेखि नै जिनपुत्रहरुको सागर समानको चर्यामा कहिले नछुटनेगरी शिक्षित भई, (तथा) क्लेश संयम गर्नका निम्ति यथार्थ देखिआएको प्रज्ञाको यावत् महाशस्त्रहरु (कुनैपनि) नछुटाई, धारण (गरी) तथा ग्रहण गरी, दमन नभईसकेका हात्तीलाई अङ्कुशले दमन गरेको जस्तै क्लेश वासना सहित(को?) प्रत्यवेक्षण प्रज्ञाले दमन गरी, भूमिमार्ग(मा) क्रमानुसार (उक्लि)गई, वज्रसमानको समाधिवाट क्लेश(लाई) वासना सहित हटाई, महाबोधि प्राप्त गरी आउनुभएको, यो ज्ञानलाई नै महोत्तम भनि भनिराखिएको हो । भट्टारक मञ्जुघोषले शैक्षमार्गको अवस्थामा प्रत्यवेक्षणा ज्ञानद्वारा प्रज्ञाले क्लेश शमन गरिआउनु भएको क्रम, “मेघस्तुति सागर”मा, यसरी रचना गरिएको छ,- “ममतारूपी मद्य (अर्थात् जाँड आदि मादक पदार्थ) वाट बेसरी (मात) लगाई, लिने र छोडने चर्यामा बुद्धिहीन भई बसेका छन् । दुष्ट क्लेश घ्राण हातले पुण्यवृक्ष सवै मर्द(थ)न गरे । तृष्णाको पाशवाट चित्तलाई बाँधिएर मानसत्कारको करकापको पछिपछि गैरहेका छन् । प्रमादमा सजिलै लागिपरेर (न्यंकनं?) दौडीरहेको चित्त(लाई) दमनगर्न गाह्रो भएका हात्तीलाई जस्तै स्मृतिसम्प्रजन्य (भई), अप्रमादको डोरीले बेसरी बाँधि, सम्यक् विद्याको तीखो अङ्कुशले (बशमा राखी) कोटान् कोटी आर्योत्तमहरूले गमन गरि प्रख्यात गरिराखेका समुत्पाद असल सत्मार्गमा नीतिपूर्वक लगाउनु (पर्दछ) । क्रममा दिक्क नमानि वीर्य संवेग गरी धेरै नै कल्प तक पनि परस्पर भावना गरी चटक जस्तै भएको वज्र समाधिमा अनन्तधारी नाम गिरि निशेष गरी आउनुभयो भनि भनिराखिएको जस्तै वज्रसमानको समाधिबाट क्लेश(लाई) वासना सहित हटाई बोधिप्राप्त गरेको (हो) । पुन: अनन्त जिनेन्द्रहरुलाई अत्युत्तम पूजा मेघ सागरले खुशी गराई निर्मल व्रह्मस्वरले संगीत (कन्द) गुलियो स्वादको रसवाट एक किसिले (छगूपाखं?) आज्ञा गरिराखेको परमोपदेश, भवको रोग सयौं निको पार्ने अमृत भोजन सदा नै गरी तथा महा दुर्गम पथ भैरहेको जिनपुत्र चर्या महा शिक्षाको पारमितामा जाने बुद्ध शरीर बल पुष्ठ गरी, अनन्त धारी(?) कहिले क्लान्त नभई भ्रमन(?) भ्रान्ति सकाउनमा (फुकेगुली) नछेकिने समाधि सवैको मुख्य भई रहेको, जुन वज्र समानको कीर्ति राखेको समाधि, हजूरले अभिचरित्र प्रत्यक्षगरी आउनु भएको त्यसको शक्तिले चटकजस्तै भएको विषयको आलोक तथा सपना समान स्वच्छ भईरहेको विद्याको बुद्धि भोग दृष्ट(आलोक) निशेष धर्मधात्वी आउनु भएका, तसर्थ जरा काटिएको वृक्ष समानको सवै समातेको बीउ बिगारी आउनु भएका त्राता हजूर आकाशजस्तै नै भई धर्मकायबाट कसरी(?) अचल हुन्छ भनि आज्ञा गरिराखिएको जस्तै धर्मकाय प्राप्त भएवाट जुन कायवाट अचल भएको जस्तो प्रणिधानको अधिनमा भुवनमा (अवतारी) निर्माण भई प्राणीका कारणले गरी आउनु भएकोले सकल जिनका एकैजना पिता भट्टारक मञ्जुघोष भनि महायश महाकीर्ति भएजति (दयाच्वंक) लोकधातुमा व्यापित हुनको निम्ति भट्टारक मञ्जुघोषको हृदय दुइटा नभएको ज्ञानको महा आलोक ज्योति अत्यन्त स्वच्छ भैरहेको आकाश पर्यन्त प्राणी जसले प्रार्थना गरेपनि प्रज्ञाको महा आलोकज्योति अत्यन्त स्वच्छ निर्मलको देखाउनु भएकोले “महाज्योति महाद्युति” भनि प्रख्यात गरिराखियो । भट्टारक मञ्जुघोषले बोधि प्राप्त गरेपछि धर्मकायमा अचल भई बसी सकल प्रज्ञप्ति स्वच्छ गरी हेर्नुभएको “मेघस्तुति सागर”मा यस प्रकारले हजूर नाथ धर्मधातुवाट किञ्चित मात्र पनि अचल भई आउनु भएको जस्तो धेरै नै (आपालं प्रज्ञप्ति) प्रज्ञाको ज्योति ऐनामा देखिएको प्रतिबिम्ब तथा गगनपथमा ईन्द्रधनु समानको नमिसिएको एक एकओटा पूर्ण हुनेगरी जानेका शुभिज्ञ हजूरले जानेको यो पनि यसैगरी क्षणिकमात्र नै हो । भनि यसरी आज्ञा गरिराखेको जस्तो?
चौथो – निर्माणकाय द्वारा स्तोत्र गरिराखिएको,-
।।३५।। महामायाधरोविद्वान् महामायार्थसाधक: ।।
महामायारतिरतो महामायेन्द्रजालिक: ।। वज्र,८ ।।
अर्थ – भट्टारक मञ्जुघोष सम्भोगकाय प्राप्त हुनुभई, जुन कायवाट अचल भई रहेको जस्तो उपायकौशलवाट सकल प्राणिहरूलाई आआफ्नो भाग्य समानले (बमोजिम?) जोजसलाई जसरी बोध गराउनु पर्ने हो तदनुसार निर्माण भई देखाइदिनु भएको हुँदा महामाया धरेर आउनुभई यस्तो महामायाद्वारा प्राणिहरूको कारण सिद्ध गरी दिनुभयो । यस्तो महामायाले प्राणिहरूलाई आनन्दगरी आउनु भएकोले सकल प्राणिहरू हर्षोल्लास भयो । भट्टारक मञ्जुघोषले उपायकौशल्यको चरित्र महामाया यस्तो किसिमले इन्द्रजाल समानको चरित्र देखाउनु भयो । अहो ! यो विष्मयको आश्चर्यको छ ।
भट्टारक मञ्जुघोषले इन्द्रजाल समान आकाश व्यापिक सकल प्राणीहरुलाई आआफ्नो चित्तको अनुकूल हुने गरी छगूपाखं? निर्माणभई कारण गर्नुभएको “मेघस्तुति सागर”मा पुण्य परमोत्तम प्रसार हेतु द्वारा जन्म भई आउनुभएको उत्तम काय, उत्तम शोभायमान भएको हजूरको काय, आकाश पर्यन्य अपर्यन्तको उत्तम सर्वत्र क्षेत्रमा धेरै धेरै लोकहरूलाई इन्द्रजाल समानले कुनै कुनैलाई देखाई, अन्य क्षेत्रमा पनि बोधिक्रम देखाइ आउनु भएका शास्ता हजूरको काय, यस्तो गरिराखिएको जस्तो उत्तम व्यूह यसमा तथा अन्यमा पनि सकल लोकहरू सर्वज्ञ भई गएमा पनि वर्णन गर्ने (भन्ने) शक्ति हुँदैन ।
तेस्रो – दश पारमिता द्वारा स्तोत्र गरिएको,-
१. दान पारमिता द्वारा स्तोत्र गरिएको ।
२. शील पारमिता द्वारा स्तोत्र गरिएको ।
३. क्षान्ति पारमिता द्वारा स्तोत्र गरिएको ।
४. वीर्य पारमिता द्वारा स्तोत्र गरिएको ।
५. ध्यान पारमिता द्वारा स्तोत्र गरिएको ।
६. प्रज्ञा पारमिता द्वारा स्तोत्र गरिएको ।
७. बल पारमिता द्वारा स्तोत्र गरिएको ।
८. उपाय पारमिता द्वारा स्तोत्र गरिएको ।
९. प्रणिधि पारमिता द्वारा स्तोत्र गरिएको ।
१०. ज्ञान पारमिता द्वारा स्तोत्र गरिएको ।
प्रथम- दान पारमिता द्वारा स्तोत्र गरिएको,-
।।३६।। महादानपति:श्रेष्ठ:
अर्थ – भट्टारक मञ्जुघोषले उत्तम बोधिचित्त उत्पत्ति गरी जिनपुत्रहरूको महाशिक्षाको चर्या सवै कहिले नटुटाई शिक्षापालन गरी आउनुभयो । जिनपुत्रका चर्या अत्यन्त धेरै भएतापनि दशपारमिता(हरु) सवै संग्रहगरी राख्नुभयो । दशपारमिता मध्ये दानपारमिताको शिक्षालाई यथार्थमा चर्या गरी आउनु भएको कसोरी भने, चित्तोत्पाद भए देखिनै शरीर सम्पत्ति कुशलमूल सवैमा आफ्नो कारणको लागि भनेर कल्पना विचार क्षणिकमात्रै नै पनि नराखी प्राणिहरूको कारणले मात्र त्याग गरी आउनु हो । त्रिरत्न समूह पूजा तथा दरिद्रहरूलाई खाने पिउने दिने गरेको भएता पनि यत्ति मात्र त मार्गमा नबसेका साधारण प्राणिहरूमा पनि हुने गर्ने भएको ले यसलाई जिनपुत्रको चर्या भनेर भनिएको छैन । जिनपुत्रको चर्यामा बस्नुलाई त्यहि बोधिचित्त महारत्नको शक्ति चाहिने हुन्छ । बोधिचित्तरत्न समुत्पन्न गरी भँगेरो चरालाई एक गेडा (सानो)केराउको गेडामात्र दान गरेपनि जिनपुत्रहरूको चर्या गरेको संख्या(समान) हुन जान्छ ।
भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गर्नुभएको समय देखी नै आफ्नो कारणवाट क्षणिक मात्र पनि चिन्तना उत्पत्ति नगरीकन, जेजसो गरे तापनि त्यहि प्राणिको कारणवाट मात्र चर्या गरि आउनुभएको, तथा विशेषमा ‘सकल प्राणिहरू अनुत्तर बोधिमा पठाउन नसकिएसम्म म बुद्ध नभईकन जिनपुत्रको चर्यामा विचरण गर्छु’ भनि चित्तोत्पत्ति गरी, आकाश व्यापिक सकल प्राणी अनुत्तर बोधिको अतिथि तथा त्रिद्वार (काय, वाक, चित्त) को चर्या जे गरे तापनि त्यहि प्राणिहरूको निम्ति मात्र गरिआउनु भएकोले भट्टारक मञ्जुघोषलाई “महा दानपति श्रेष्ठ” अर्थात् महाठूलो श्रेष्ठ दानपति भनि प्रख्यात गरिराखिएको हो ।
दोस्रो – शीलपारमिताद्वारा स्तोत्र गरिएको –
महाशीलधरोऽग्रणी ।।
भनि आज्ञा भयो ।
अर्थ – त्रि-द्वारसमूह (काय, वाक्, चित्त)को दुराचारलाई संयमगर्नु नै शीलको (स्थिति, क्रिया) चर्या हो । बोधिचित्तरत्न नभएमा त्रि-द्वारको दुराचार संयम गर्नाले मात्र जिनपुत्र चर्या अधिगत हुँदैन । जिनपुत्रको चर्यामा जानलाई त बोधिचित्तरत्न धारण गरेको केहि अवश्य नै हुनै पर्दछ । आफ्नो कारणले कल्पनाको अधिनमा नगईकन बोधिचित्तले समुत्पन्न गरी जे गरे पनि त्यहि प्राणीको कारणवाट मात्र लागि गरिने नै महायानको शीलको स्थिति कृया हो । यस्तो किसिमको शीललाई नै महाशील भनि भनिन्छ ।
भट्टारक मञ्जुघोषले शैक्षमार्गको अवस्थामा यथार्थ रूपमा शील पालन गरेको कस्तो हो भने, -अन्य जिनपुत्रहरू भन्दा विशेष आर्य भई, स्वप्नमा पनि त्रि-संबर लंघन हुने आपत्तिको अधिनमा क्षणभर मात्र पनि नगई, पालन गरी, चित्तोत्पत्ति गरिआउनु भएको अवस्थामा पनि क्लेशको वशमा क्षणिकमात्र पनि नपठाई(नगई?), यथार्थपूर्वक चित्तोत्पत्ति गरी आउनु भएको हो । त्यसै गरी हरेक जन्म-जन्ममा पनि ग्राम्यधर्मबाट दूषित नभईकन कुमारचर्या समानको गरी, क्लेशको आचरणमा कहिल्यै विचरण नगरी शुद्धको शीलमा, बसी जिनपुत्रहरूको चर्यामा शिक्षित हुनुभएकोले मञ्जुश्रीकुमारभूत भनि सकल जिनपुत्रवाट नै प्रख्यात गराई आउनु भएको निम्ति यसमा भट्टारक मञ्जुघोषलाई “महाशीलधरोग्रणी’ अर्थात् महाठूलो उत्तमको शील धारण गरेको भनिएको हो ।
तेस्रो – क्षान्ति पारमिताद्वारा स्तोत्र गरिएको –
महाक्षान्तिधर:धीर:
अर्थ – (१) आफूलाई द्रोह निन्दा गर्न आउनेलाई समेत केहि पनि नाश नगर्ने, (२) दु:खमा धैर्यवान रहने, र (३) धर्ममा नियतको चित्त भएका, यी तीनैओटा लाई आफ्नो कारणबाट वास्ता नगरीकन, बोधिचित्तरत्न समुत्पन्न गरी अनुभव गरी आउनु नै जिनपुत्रहरूको क्षान्ति अनुभव गरिजाने क्रम हो । यसै लाई नै महाक्षान्ति भनिएको हो । भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गरी आउनुभए देखि यी तीनओटा क्षान्तिहरुको (स्थितिक्रिया) अनुभव (गरि) कहिल्यै पनि नबिर्सिकन गरी बसी, आकाश व्यापिक सकल प्राणिहरुका कारणवाट गरिआउनु भएकोले क्रूर, दुष्कृत, अवगुणी, मिथ्यादृष्टि भएका प्राणीहरुले जेजस्तो किसिमले द्रोह गरेता पनि चित्त आकुल दिक्क दौर्मनस्य नगरी जसरी राँकिएको आगोको रापमा आफ्नो छोरा खसेको देख्दा जस्तै प्राणीहरूलाई झन बढी कृपा राखि फेरि पनि त्यस्ता प्राणीहरूका निम्ति महावीर्य पराक्रम गर्नु हुन्छ ।
बुद्धिहीनहरूले अनुभवगर्न कठीन भएको, बुद्धका गोचर, अचिन्तिय भएको कर्म तथा फलको क्रम, अचिन्तिय भएको मन्त्र तथा भैषज्यको शक्ति, अचिन्तिय भएको सकलधर्मका न्याय-नीति पारङ्गत भएको, संचर्य(सुगन्धी)को सर्वअन्त विसंयोग भएको, गम्भीर शून्यताको क्रम सवै हृदयको ज्योति महान-महान सुपुष्ठ गरि गम्भीरको धर्म(विषय)मा विचार गर्ने ‘क्षान्ति’ अन्य जिनपुत्र महात्माहरूमा भन्दा विशेषरूपमा आर्य भएको, कहिल्यै परिवर्तन नगराई हृदयमा स्थिर गरी, प्रजाहरूलाई यस गम्भीर धर्मको क्रमवाट उपायकौशल्यद्वारा बटुलि लैजानुभएको हुनाले यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “महाक्षान्ति धरोधिरो” (अर्थात् बेसरि जोडसाथ क्षान्ति धारण गर्नु) भएका भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – वीर्य पारमिताद्वारा स्तोत्र गरिएको,-,
महावीर्य:पराक्रम: ।। वज्र,९ ।।
अर्थ – कुशलकार्य समूहमा चित्त उत्साह हुनु नै “वीर्य” हो । तर, यति मात्र त मार्गमा नपरेका साधारण प्राणीसंग पनि हुने गर्दछ । यत्ति मात्र वीर्यले जिनपुत्रहरूको चर्या संख्यामा अधिगत भएको (सम्म पुगेको) हुँदैन, यसलाइ महावीर्य भनिएको होईन । महावीर्य भनेको त जुन जिनपुत्रहरूको वीर्य हो; यो भनेको आकाशव्यापि भैबसेका सकल प्राणीहरूलाई संसारको दु:खको अन्त (अर्थात् सीमाना)वाट उत्तीर्ण गराउने ईच्छा गरी बोधिचित्तरत्न समुत्पन्न गरी (१) कवच समानको वीर्य, (२) कुशल समुच्चयिक वीर्य, तथा (३) प्राणिका कारणले गर्ने वीर्य (यी तीनै ओटा वीर्यहरू) कहिल्यै पनि लंघन नगरी, कहिल्यै टूट नगरी, गौरव राखि, सदा युक्ति प्रयत्न अधियुक्त गर्नु नै जिनपुत्रको वीर्यमा स्थिति क्रिया अनुभव हो । यस्तो किसिमको वीर्यलाई मात्र ‘महावीर्य” भनिएको छ ।
भट्टारक मञ्जुघोषले पनि चित्त उत्पत्ति गरी आउनु भए देखि आकाशव्यापि भैरहेका प्राणीहरूलाई दु:खको अन्तगरी तार्ने भार लिनुभई, अन्य जिनपुत्रहरू भन्दा महान हृदय बल (सात्त्विक) विशेष कवच समानको वीर्य उत्पत्ति गरी, चित्तोत्पत्ति गरी आउनु भएको समयमा ‘दशदिगका बुद्धहरूका क्षेत्र(भुवन) सवै आफ्नो बुद्धक्षेत्र बनाई राखेकोमा बुद्धहरू भरिपूर्ण नभएसम्म म बुद्ध हुन्न, मनुष्य जिनपुत्र चर्यामा विचरण गर्छु’ भनि चित्तोत्पत्ति गरी, यस्तो प्रकारको हृदय बलले तथा चित्तको कवच कहिल्यै लंघन नगरि उत्तरोत्तर बृद्धिगरी जुन कार्य सिद्ध गर्नको निम्ति दशदिशाका प्रसर भुवनमा आइरहनु भएका अनन्त जिनहरुका सन्मुखमा धर्म सुनि आएका तथा पूजा गरी खुशी गर्नु भएको आदि दुइटा सम्भार पूर्ण गरी आउनु भएकोले नै अन्तराय नगई नगराई (मज्वीक मदेक) धीर पराक्रम द्वारा कोशिस गर्नु भएको भएकोले यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “महावीर्य पराक्रम” अर्थात् महाठूलो पराक्रम भएको भनि प्रख्यात गराइ राखिएको हो ।
पाँचौं – ध्यान पारमिताद्वारा स्तोत्र गरिएको,-
।।३७।। महाध्यानसमाधिस्थ:
अर्थ – असल(शुभ)समूह(को) आलम्बनमा एकचित्त गर्नु सवै समाधि हो, भनि भनिराखिएको छ । तर, यत्तिले मात्रै जिनपुत्रहरूको चर्यामा भने प्रविष्ठि हुँदैन । जिनपुत्रहरूको ध्यानको (स्थितिक्रिया) अनुभवमा जानलाइ त बोधिचित्तरत्न समुत्पन्न गरी, जे गरेपनि प्राणीको कारणवाट आलम्बन भएको एकमात्र कारण गरेको हुनुपर्दछ । प्राणीहरू सवैलाई नै संसारवाट उद्धार गरिदिने ईच्छा गरी त्यसैको निम्ति अनुत्तरबोधि प्राप्त गर्ने कामनामा एकाग्र हुनु नै महायानको ध्यानको स्थितिक्रिया भएको लाइ नै ‘महाध्यान’ भनि भनिराखिएको हो ।
भट्टारक मञ्जुघोषले पनि प्राणीहरूलाई संसारवाट उतीर्ण गर्नको निम्ति रत्नमुद्रा भन्ने समाधि, गगनगञ्ज भन्ने समाधि, शूरङ्गमा भन्ने समाधि, … आदिइत्यादि शतसहस्र संख्याका समाधिहरूमा शुद्ध पराक्रमले बसी, आकाश पर्यन्तका सकल प्राणीहरूलाई आआफ्ना धातु तथा चिन्तना ईन्द्रिय समानको निर्माण भई, प्राणीमात्रका कारणले भई आउनु भएको हुँदा यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई ‘महाध्यान समाधिष्ठ’, अर्थात् महाठूलो ध्यान समाधिमा स्थीर भई आउनु भएको भनि भनिएको हो ।
छैठौं – ध्यान पारमिताद्वारा स्तोत्र गरिएको-
महाप्रज्ञा शरीरधृक् ।।
अर्थ – स्थितविद्या परमार्थ संकल्पको प्रज्ञा, पञ्चस्थानविद्या संवृत्ति संकल्पको प्रज्ञा, प्राणीका कारणले गरिने क्रम संकल्प गरिने प्रज्ञा,…… आदि(लाई) बोधिचित्तरत्न समुत्पन्न गरी उत्तरोत्तर बृद्धि गरी अनुभव गरी लैजानु नै जिनपुत्रहरूका प्रज्ञाको (स्थितिक्रिया) अनुभव हो । यो जस्तो प्रज्ञालाई मात्र ‘महाप्रज्ञा’ भनि भनिराखिएको छ ।
भट्टारक मञ्जुघोष अन्य जिनपुत्रहरू भन्दा महाठूलो प्रज्ञा भएका हुनुहुन्छ । उहाँ भट्टारक मञ्जुघोषसंग प्रार्थना गरेमा (उहाँले) प्रज्ञप्तिको स्थिति पर्यन्त विद्याको प्रज्ञा शिघ्र दिईदिनु हुन्छ । सकल जिनहरूको प्रसम्बिद एउटै समुच्चय गरिएको काय भएको हुनाले परिकीर्तित भएको जस्तै नै हो । यसैले यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “महाप्रज्ञा-शरीरधृक्”, अर्थात् महाठूलो प्रज्ञाको शरीर धारण गरि आउनु भएका भनि प्रख्यात गरिराखिएको हो ।
सातौं – ध्यान पारमिताद्वारा स्तोत्र गरिएको-
महाबल:
भनि आज्ञा भयो ।
अर्थ – बल पारमिता आदि तलतीरको चारओटा पारमिताहरु प्रज्ञा पारमितामैं (अन्तर्गत नै) विभाग गरिराखिएका छन् ।“प्रज्ञापारमिता” पनि उत्तरोत्तर प्रकारले विशिष्ट हुँदै जानेमा विशेषगरी बल, उपाय, प्रणिधि, र ज्ञानका पारमिताका विभाग गरिराखिएका हुन् । (षट्पारमितामा अनतर्गतको) प्रज्ञापारमितामा संग्रहित नभएका (यी चारओटा पारमिताहरु) उल्टा? गरिएको होइन (उल्टेयानागु मखु) । जिनहरुका धेरै सूत्र तन्त्रहरूमा षट्पारमिता मात्र आज्ञा गरिराखिएको छ । जसको अधिश्रयफल रुपकाय तथा धर्मकाय दुइटा सिद्ध गर्नेको बीज षट्पारमिता द्वारा थाहा पाउनु (सिक्नु) पर्ने हुन्छ । षट्पारमितावाट सिद्ध नहुने केहि छैन । षट्पारमितावाट साधन गरे भने फल दुइटा काय पनि सिद्ध गर्न सकिने हुन्छ । षट्पारमिता मध्ये जुनसुकै (एउटै) पनि पूरा नभएमा दुईकाय सिद्ध गर्न नसकिने क्रम षट्पारमिताको नै अनुक्रमनीय संख्या “सूत्रालंकार”मा भनिराखिएको जस्तो यसमा सबल पारमिता कसरी भने (गथे धा:सा) पारमिताको स्थितिक्रिया श्रेष्ठ (उत्तरोत्तर वृद्धि) भएर जाने मुक्ति तथा सर्वज्ञको पद प्राप्त गर्नको लागि बिघ्न अन्तराय गर्नेवाला अभ्यन्तरको क्लेश तथा बाहिरको मार(हरु लाई) सैन्य सहित मर्थ(र्द?)न गर्न श्रेष्ठ भएको सामर्थ्य प्राप्त गर्नको निम्ति बल भनि भनिराखिएको छ ।
बल पारमिता यस “मुनि अधिश्रयालंकार”मा भनिएको छ, के के भने –
१. आश्रय बल, २. अधि आश्रय बल, ३. धारणि बल, ४. समाधि बल, ५. सम्यक् सम्पद बल, ६. इन्द्रिय बल, ७. प्रतिभान बल, ८. प्रणिधि बल, ९. पारमिता बल, १०. महामैत्री बल ।
फेरि महाकरूणा बल, ध्यान बल, सर्व तथागत अधिष्ठान बल, आदि यी यिनिहरुका अर्थ “मुनि अधिश्रयालंकार”मा (यसरी दिइएको छ),-
(१) आश्रय बल – क्लेशको आचरण सकल नाश गर्नको निम्ति ।
(२) अधिआश्रय बल- भूमिको ज्ञान सम्पूर्ण अभ्यास गर्नको लागि ।
(३) धारणि बल- धर्म नबिर्सिनको लागि ।
(४) समाधि बल- सदा कहिल्यै पनि नअलमलिन(नबिर्सिन)को लागि ।
(५) सम्यक् सम्पद बल- असंख्य अन्त्यहीन लोकधातुका चर्या(हरु) विभिन्न गरी सिक्नुको लागि ।
(६) इन्द्रिय बल- चित्तको अभिलाषा सवै प्राप्त गर्नको लागि ।
(७) प्रतिभान बल- बुद्धको धर्म सम्पूर्ण विवेकपूर्वक विभिन्न गर्न जान्नको लागि ।
(८) प्रणिधि बल- सकल बुद्धहरूका चर्या निबन्धगर्ने मनोत्पत्तिको लागि ।
(९) पारमिता बल- आफूले बुद्धको धर्म परिपाक गर्नको लागि, प्राणीहरूलाई परिपाक गराउन निम्ति, र सकल प्राणीलाई हितगर्ने कार्य नछोडनको लागि ।
(१०) महामैत्री बल- सकल प्राणीलाई रक्षा गर्न उत्तमको चर्या युक्ति नछोडनको लागि । महाकरूणा बल सकल प्राणीहरूका दु:ख सवै सिध्याउनको लागि ।
(११) धर्मता बल- चटकजस्तो आदि(?) धर्मता अभिकृत गर्नको लागि ।
(१२) सर्वतथागत अधिस्थान बल- उहाँ सर्वज्ञको ज्ञानमा अभिपक्ष गर्नको लागि भनि सूत्र पिटकमा बताइएको बल आदि ।
यसरी आज्ञा गरिराखिएको अनुसारले भट्टारक मञ्जुघोषले प्रज्ञापामिताको (स्थितिक्रिया) अनुभव पारंगत गरी आउनु भएको बाह्य अभ्यन्तरका बिघ्न सवै मर्थन? गरी नाश गर्नको लागि श्रेष्ठ भएको बल भेट्टाई प्राप्तगरी आउनु भएको हुँदा यसमा पनि भट्टारक मञ्जुघोषलाई “महाबल” भनि प्रख्यात गरिराखिएको छ ।
आठौं – उपाय पारमिताद्वारा स्तोत्र गरिएको-
महोपाय:
अर्थ – भट्टारक मञ्जुघोष प्रज्ञापामिताको शक्ति महान सुबृद्धि गरि निमित्त ग्रहणको आलम्बना नै नभई(नगरी?) अनेक उपायद्वारा श्रेष्ठतम परार्थ गर्ने सामर्थ्य भएका हुनुहुन्छ । उहाँ अन्य सकल जिनहरूभन्दा प्राणीका कारणले गर्नमा महाठूलो उपायकौशल्य भएका हुनुहुन्छ । उहाँ भट्टारक मञ्जुघोषले भगवानको सम्मुखमा स्थितको अर्थ गर्भमा अधिगत नगरी, गम्भीर अर्थमा अत्यन्त आवश्यक भैरहेको उपायकौशल्यवाट सुविनित गरी, पञ्च महापाप गरेका अजातशत्रु राजा जस्तालाई पनि उपायकौशल्यद्वारा सुविनीत गरेको आदि “सूत्रपिटकाद”हरूमा महान गराई प्रख्यात गरिराखिएको जस्तो (हो) ।
फेरि, जिनपुत्र महात्माहरूले पनि प्रज्ञापारमिताको अनुभव गर्नुहुने अवस्थामा सम्यक अन्त्यमा कुनैपनि मुहुर्तमा समापत्तिमा प्रवेश गर्न र वाहिर निस्कन समेत समर्थ (भएका;) तथा निरोध सम्यक अन्ते? बुद्धि पराक्रम प्रयोग गर्नको निमित्त समापत्तिमा प्रवेश भएपनि जसको अधिनमा हीनमार्गमा पतन नभईकन बोधिचित्त महारत्न उत्तरोत्तर बृद्धि हुने उपायकौशल्य प्राप्त भएकोले उपाय साह्रै जानेको भनि भनिराखिएको छ । यस उपायकौशल्यलाई “भूमिशोधन”मा भित्रीको उपायकौशल्य छओटा तथा बाहिरको उपायकौशल्य छओटा (गरी) जम्मा बाह्रओटा उपायकौशल्य आज्ञा गरिराखिएको छ;-
भित्री उपायकौशल्यता छओटा कुन कुन हो भने,
१. बोधिचित्त द्वारा सकल प्राणीमा करूणापूर्वक हेर्ने ।
२. सकल संस्कारहरु लाई स्वयं सम्यकरूपमा यथार्थमा जानेको ।
३. अनुत्तर बोधिज्ञानको कामना भएको ।
४. प्राणीलाई स्थीरमा हेरि संसार नछोडेको ।
५. संस्कार यथार्थ सिक्नमा बसी क्लेश नभएको चित्तले परिभ्रमण गरेको ।
६. बुद्ध हुने कामना गरी वीर्यको तेज प्रकट गरेको ।
बाहिरको उपायकौशल्यता छओटा कुन कुन हो भने,-
१. प्राणीका स-साना कुशलमूल (कर्म)हरु लाई पनि फल असंख्य गरिदिने ।
२. ….. स-साना सम्भारमा पनि पुण्यकुशल महाबृद्धि गरी सिद्ध गरिदिने ।
३. शासनमा वैर गरिरहनेका लाई क्रोध नभएको गरिदिने ।
४. शासनमा चित्त धरमरमा परि रहेका लाई ठाउँमा पारिदिने ।
५. शासनमा? बसिरहेका लाई विपाक गरिदिने ।
६. विपाक भएका लाई तारिदिने ।
भट्टारक मञ्जुघोषले प्राणीका हीतकल्याण हुने कारण गरिदिन श्रेष्ठ उपायकौशल्य लाभ गरी आउनुभएको हुँदा उहाँलाई “महोपाय” अर्थात् महाठूलो उपाय भएको भनि प्रख्यात गरिएको हो ।
नवौं – प्रणिधि पारमिता द्वारा स्तोत्र गरिएको, तथा,-
प्रणिधि: ज्ञानसागर: ।।वज्र,१०।।
भनि आज्ञा भयो ।
अर्थ – (यसमा प्रणिधि सागर र ज्ञान सागर भनि प्रति प्रति मिलाएर भनिएको छ) । प्रणिधि सागर द्वारा प्रख्यात गराइराखेको कसो हो भने,- भट्टारक मञ्जुघोषले पहिले चित्त उत्पत्ति गर्नु भएको समय देखि आकाश व्यापिक प्राणीहरूलाई संसारको बासनावाट निकाली बुद्धको भूमिमा राख्न लैजान्छु भन्ने चित्तोत्पत्ति तथा प्रणिधिको विशेष ठूलो शक्ति (गर्नुभयो?) । भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गर्नुभएको बखतमा चित्तोत्पत्ति तथा प्रणिधि यथार्थ पूर्वक गरी आउनु भएको कसरी हो, भने-
भट्टारक मञ्जुघोष पहिले गगन भन्ने नाम भएको चक्रवर्ति राजा भई जन्म भएको अवस्थामा “तथागत विद्युतशब्दघोषराजा” तथा सपरिवार सहित लाई शयौं-हजारौं धेरै वर्षहरु सम्म बिताई पूजाको सामाग्री जुराई पूजा गरी महान महाठूलो पुण्य बटुलि (सम्भार)गरी उहाँ तथागतका सन्मुखमा यस प्रकारको चित्तोत्पत्ति गर्नुभयो,-
“संसार अन्त छैन (नभएकोले) । (यसैले) आदि-अन्त जति पनि छन् त्यत्ति नै प्राणी उपकारका लगि धेरै चर्या विचरण गर । लोकनाथको सन्मुखमा यहाँ (थन) उत्तमको बोधिचित्त उत्पत्ति गर । सकल लोकहरू(लाई) अभिनन्दन गरि(गर्दछु?) । दरिद्र कंगालहरूलाई तारिदिने । यदि आजै-अहिले नै यहीँ देखि नै (थनिंनिसें) । परन्तु फेरि? । मैले राग उत्पत्ति गरें भने ? जहाँकहाँ हुनुहुन्छ, दशदिशामा पाल्नु भै रहेका सकल बुद्धहरूलाई (बिसंबादी) ले नै छोपिनु भयो कि ? कहिले सम्म? बोधि प्राप्त नभए सम्म । हीन चित्त, द्रोह चित्त, ईर्ष्या तथा कपट समेत अहिले देखि नै परन्तु गर्ने छैन । ब्रह्मचर्यमा म विचरण गर्छु । पापको कामना परित्याग गर्दछु । शील संबरमा बस्दछु । अनुपम बुद्ध शिक्षा सिकीलिन्छु । मैले त बोधिक्रम दीर्घ गरेँ । बुद्ध हुने अभिलाषा भए पनि हत्तार चाहिं गर्दिन । पछि अनन्त तक पनि, एकैजना प्राणीको लागि (मात्र भए) पनि चर्या गर्दछु(गरिरहने छु) । असंख्य अचिन्त्य नै हुने गरी बुद्धक्षेत्र शोधन गरेर(गरेँ) दशदिशा सवैतीर मेरो नाम श्रोत गराउँदछु (सुनाउँछु) भनि यसरी चित्त उत्पत्ति गरी आउनु यसपछि यस प्रकारले प्रणिधान गर्नु भयो, –
“तथागत विद्युतशब्दघोषराजा” सपरिवार (समेत) दशैदिशाका सकल जिनपुत्रहरू लाई साक्षी राखि, “जब मैले दशदिग् पर्यन्त-अपर्यन्तको लोकधातुमा बुद्धको विमलचक्षुले हेर्दा यावत् जुन बुद्ध भगवानहरू सवै मेरो बोधिमा सम्यकरूपमा निक्षिप्तगरी, मेरो बोधिको चित्तमा राखि, मेरो दानमा पनि सम्यकरूपमा निक्षिप्त गरी, यो जस्तै मेरो शील-क्षान्ति-वीर्य-ध्यान-प्रज्ञामा पनि सम्यक् रूपमा निक्षिप्त (राखि), मैले नै पठाई, मेरो अनुशासन नभैसकेका हरू, देखी नसकेकाहरु (जति बाँकी) भएसम्म म अनुत्तर सम्यक्सम्बोधि अभिसम्बुद्ध हुने छैन । जब मेरो विमल बुद्धचक्षुले दशै दिशामा राम्ररी हेर्दा, मेरो बुद्धत्वमा नपुगेका तथागत यस्तो कोहि पनि नदेखिएमा मात्रै म पनि अनुत्तर सम्यक्सम्बोधि अभिसम्बुद्ध हुनेछु” भनि प्रतीज्ञा गरी आउनु भएको हो ।
पुन: “हे भगवान मैले मेरो बुद्धभूमि एउटैमा गङ्गा नदिका असंख्य वालुवा प्रमाणका क्षेत्रहरुमा विपुल अरोह? परिसिद्ध नगरी त्यस बुद्धभूमिका निम्ति अत्यन्त शतसहस्र लक्ष रत्नद्वारा बनाई तथा शतसहस्र लक्ष अत्यन्त रत्नले चढाई भवको अन्तिम टुप्पो (चुलि, च्वका) परिमाण तक नभएसम्म अनुत्तराय सम्यक्सम्बोधि अभिसम्बुद्ध हुने छैन”, भन्ने प्रतीज्ञा गर्नु भयो ।
अरू पनि, “हे भगवान, मेरो बुद्धभूमि(को) त्रिसहस्र महासहस्र लोकधातुहरुमा आफ्नो गर्नुपर्ने (दशओटा?, झिगू?) बोधिवृक्ष उत्पत्ति भई यस बोधिवृक्षको रश्मि(ज्योति)ले यस सकल बुद्धका भूमिहरू सुपुष्ट हुनेगरी व्यापक होओस्”, भनि यसरी प्रणिधान गर्नुभयो ।
फेरि अर्को पनि, “भगवान ! म जुन यस बोधिवृक्षको मूलमा म बसेको अवस्थामा अनुत्तराय सम्यक्सम्बोधि अभिसम्बुद्ध भई परिनिर्वाण नभएसम्म त्यस बोधिवृक्षको अगाडी (मूल)वाट उठन नपर्ने गरि मेरो निर्माण(अवतार) दशै दिशाको एक-एक गरि प्रत्येकमा दिशामा कोटि-कोटि सतसहस्र लक्ष अनगिन्ति भै रहेको बुद्धक्षेत्र(भूमि)मा गई सकल प्राणिहरूलाई धर्म बताउन सकूँ”, भनि यस्तो प्रतीज्ञा गर्नु भयो ।
फेरि अर्को पनि, “हे भगवान !, मैले मेरो बुद्धभूमिमा यसमा श्रावक तथा प्रत्येकबुद्धका नाममात्र पनि लिने नभई, बोधिसत्त्वद्वेषी तथा निम्नस्तरका बिचार भएका (क्वह्यंपिं?) कपटि (गुप्ति)हरु?हरू नभई, ब्रह्मचर्य परिशुद्ध आचरण भएकाहरू मात्र त्यस बुद्धभूमि भरि होओस् । त्यस बुद्धभूमिमा स्त्रीहरूको नाम नै उच्चारण नहोस् । (जरायुज) गर्भवाट जन्म हुनेपर्ने नहोस् । तथा जुन बोधिसत्त्वहरू (छन्, ती) सकलले काषाय चीवरवस्त्र लगाई, वज्रासन गरी, उपपादुका (कमलफूल बाट) जन्मभई, बुद्धभूमि अत्यन्त शुद्ध भई(गरि), तथागतहरु कोटान-कोटि निर्माण(अवतार)हरू (हुनुभई) दशदिगका शतसहस्र अनगिन्ति लोकधातु हरुमा गई, प्राणीहरूलाई धर्म बताउनु हुने होस् । तीनओटै यान देखि क्रमानुसार अभिलाषा भए अनुसार नै प्राणीहरूलाई धर्म बताउनु हुनेहरु सिवाय त्यस बुद्धभूमिमा श्रावक तथा प्रत्येकबुद्ध (कुनै) नरही बोधिसत्त्वहरूले (मात्र) भरिपूर्ण होओस्” ।
“मेरो बुद्धभूमिमा जो बोधिसत्त्वहरू जन्म भई आईराख्नु भएका छन्, उहाँहरूका लागि भोजन गराउने एउटा संज्ञा (अर्थात् बिचार) मात्र उत्पत्ति भयो भने पनि तुरुन्त क्षणभर मैं उहाँहरुका दाँया हातमा सयौं धेरैप्रकारका सुस्वादिष्ट भएको भोजनले परिपूर्ण भएका थालहरु विभिन्न प्राप्त भएको होओस् । ती सुस्वादु भोजनले भरिपूर्ण भएका थाल प्राप्त हुनासाथ उहाँहरू लाई यस्तो भाव होस् (भालपे?)समर्पण गर्दछु?), यस्तो भोजन हामीले दशदिशाका बुद्ध भगवानहरु लाई नचढाई, दरिद्र कंगाल भई दु:ख पाई रहेका प्राणीहरू, अनाथ, तथा जो प्रेतलोकमा जन्म भई धेरै हजारौ वर्षसम्म पनि एक थोपा थूक समेत खान ईच्छा गरे तापनि (त्यो समेत) पाउन नसकेका त्यस्तालाई सन्तोष नगराई मैले नै खानु त क्रम अनुकुल होइन भन्ने स्मृति प्राप्त होओस् । त्यस्तो स्मृति हुनासाथ उत्तिखेरै(तत्कालै) नै हजूरहरू संग पञ्चाभिज्ञ परिशुद्ध भई, ऋद्धिले सहित भई, आकाशमा गमन गरि, वायु समानको नरोकिकन बेगले अनगिन्ति प्रमाण नै नभएको दशदिगका लोकधातुहरुमा गई, (त्यस) भोजन श्रावक संघ सहित तथागतलाई चढाई प्राणी कंगाल प्यास लागेका हरूलाई तथा अनाथ भैरहेका, प्रेतलोकमा जन्म लिएका समेत लाई सन्तुष्ट गरी, तिनीहरूलाई धर्म पनि बताई, मुहुर्त क्षणिकको भित्रै जुन बुद्धभूमि फेरि फर्केर आउनु सक्ने होस्)” भनि यसरी प्रणिधान गर्नुभयो ।
फेरि, “हे भगवान ! मैले म बोधि प्राप्त गर्ने अवस्थामा जुन मेरो बुद्धभुवनमा यावत् जति बोधिसत्त्वहरू जन्म लिइरहेका छन्, उहाँहरूका लागि नानाप्रकारका रत्नका वस्त्र उपभोग गराउन सकूँ भनि मनमा विचार उत्पन्न हुनासाथ नै जे जस्तो सम्मको विशेष रत्नवस्त्रहरु श्रमणका नियम अनुकूल उचितको योग्य छन्, ती जुन रत्नवस्त्र प्राप्त हुनासाथ नै त्यसरी चढाई समर्पण (गरूँ) । हामीले यो जस्तो विशेष वस्त्र दशदिगका बुद्ध भगवानहरूलाई चढाउने नगरी हामीले परिभोग गर्ने यो त नियम अनुकूल भएन भन्ने स्मृति प्राप्त (होस् । यस्तो चित्त उत्पत्ति हुनासाथ उहाँहरूलाई अपरिमाण तथा अनगिन्ति लोकधातुहरुमा गई, ती वस्त्रहरु बुद्ध भगवानहरू लाई अभिवर्दित (अभिनन्दित?) गरी चढाई तत्पश्चात यसै बुद्धभूमिमा नै फर्किआई त्यस पछि मात्र आफूलाई मन परेको (योगु) हो रत्नको वस्त्र परिभोग गर्ने छु” भनि यसरी प्रतीज्ञा गर्नुभयो ।
“भगवान” तदनुसार त्यहाँ बुद्ध भुवनमा बोधिसत्त्व महासत्त्वहरूलाई संभोग परिभोग यावत् जस्तो जतिसुकै सम्म हुने हो त्यो सवै नै बुद्ध भगवान तथा श्रावक संघ सहितलाई चढाएर बाकि रहेको मात्र आफूले परिभोग गर्ने गर्दछु(पर्दछ) । जुन बुद्धभूमिमा अष्टाक्षण (अर्थात् १.नरक, २.प्रेत, ३.तिर्यक, ४.आयु लामो भएका देव, ५.म्लेच्छ, ६.नास्तिक, ७.बुद्ध नआउनु भएको भूमि, र ८.पाक:?)मा प्राप्त नहोस्, जुन बुद्धको भुवनमा अकुशल भन्ने शब्द नै नहोस्, जुन बुद्धको भूमि दु:ख भन्ने शब्द नै नहोस्, जुन बुद्धभूमिमा दोष खून(कमी नपुग) युक्तको शब्द नै नहोस्, जुन बुद्धभूमि (१)रूप, (२)शब्द, (३)गन्ध, (४)रस (५)स्पर्श, (६)मनोज्ञ नभएको नहोस्”, भनि प्रतीज्ञा गर्नुभयो ।
“मेरो बुद्धभूमिमा शतसहस्र कोटान-कोटि अनेक रत्नहरु भरिपूर्ण भई धेरैधेरै मणिरत्नबाट अलंकृत गरी (समन्त निर्दिशिका) सवै समर्पण गरी देखाई रहेको (छायपा क्यना) रहेको मणिरत्न जस्तो यस्तो मणिरत्न दशदिग लोकमा पनि दुर्लभको, पहिले कहिले पनि नदेखिएको, थाहा नभएको मात्र यस रत्नको नाम बताएमा शतसहस्र कोटान-कोटि वर्ष तक पनि भनिरहन सकिने भएको, यो जस्तो मणिरत्न जुन मेरो बुद्धभूमिमा त्यहाँ परिपूर्ण भई, त्यहाँ बुद्धक्षेत्रमा जति जति बोधिसत्त्वहरू त्यस बुद्धभूमि सुवर्ण(ले) बनाइराखेको हेर्न पाइएमा हुनेथियो(यो?) भनि मनमा राखेमा उसलाई सुवर्णले बनाएको नै देखिने भएको । (कसैले) चाँदिको बनाइएको हेर्नपाए हुन्थ्यो भन्ने मनमा राखेमा चाँदीको बनाइराखिएको नै देखिने, अरूले सुवर्णले बनाइएको देख्न नसक्ने । यसै गरी वैदूर्यले बनाइराखिएको, स्फटिकले बनाइराखिएको, रातो मूर्ति (मुतिं?) बनाइ राखिएको, अस्मागर्भ (फलाम)ले बनाइराखिएको, पन्नाले बनाइराखिएको, यस्तो किसिमले नानाप्रकारका जातजातका रत्नले बनाइराखिएको, तथा चन्दनले बनाइराखिएको, अगरुले बनाइराखिएको, तगर(?)ले बनाइराखिएको, तमलपत्रले बनाइराखिएको, श्रीखण्डले बनाइराखिएको, रक्तचन्दनले बनाइराखिएको, जसको जे कामना भएको हो उसको त्यसै प्रकारले नै देखि प्राय बुद्धक्षेत्र असम्भिन्न दर्शन हुने तथा जानसक्ने, त्यहाँ बुद्धभूमि बोधिवृक्ष रूखवाट रश्मि बाहिर आउने तथा बोधिसत्त्वहरूको जस्तै रश्मि बाहिर आई स्वच्छ आलोक भएर जाने सिवाय चन्द्र सूर्यका रश्मि ज्योति पनि अभाव, नक्षत्र तथा रत्न, संवर्ति, विद्युत तथा अन्य प्राणिहरू हेर्न?(स्वैगु) पनि ज्योति अभाव भई यदि जहाँसम्म रश्मिले व्यापक गर्नुपर्ने हो किंचित बुद्धको भूमि शतसहस्र कोटि त्यहाँसम्म त्यस रश्मि प्रकाश गरी आई, त्यस बुद्धभूमिमा बोधिसत्त्वहरुका चिन्तनाका विशेषताले फूल फुल्ने तथा सुकी (सुकुचिना) जानलाई जुन समय मात्र यथार्थमा परिचय गरी त्यहि जस्तै काम गरी लैजाने सिवाय दिन रात भनेको नाम पनि छैन । जुन भूमिमा ठंडी तथा गर्मी भन्ने पनि छैन, जरा-व्याधि-मृत्यु पनि नभई जसमा बोधिसत्त्वहरू बोधि अभिसम्बुद्धको परीक्षा गर्न अन्य लोकधातुहरुमा गई तुषिता भुवनमा गई बोधि अभिसम्बुद्ध भई आउने तथा त्यस बुद्धभूमिको माथी अन्तर(अन्तरीक्ष)मा? तू(सू?)र्य? समानको अदृष्य भएको शतसहस्र कोटि शब्द कहिल्यै नटूटाइकन रहिरहने छ, जुन तूर्य द्वारा लोभ सम्पन्न भएको शब्द नरहि अरू पारमिताका शब्द तथा बुद्धका शब्द, धर्मको शब्द, संघको शब्द, तथा बोधिसत्त्वहरूका पिटकको धर्म पर्यायको शब्द आइरहने छ । जसबाट(कोहि?) बोधिसत्त्वहरू उहाँ तथागतको दर्शन गर्ने चित्तमा उत्पत्ति हुनासाथ उहाँहरूले(थ्वसपोलपिंसं) तथागत अर्हत सम्यक्सम्बुद्ध समन्त अवलोकित बोधिवृक्षको मूलमा आइरहनु भएको होला भन्ने तथा साँच्चै त्यहाँ नै आइरहनु भएको दर्शन भई दर्शन भएपछि पनि उहाँ भगवान दर्शन हुनासाथ पनि उनिहरू सवैका शंका तथा सन्देह दोमन (निष्प्रवाणी) धर्म अन्योलको जेजतिसम्म रहेको हो सवै परिछिन्न भई गई (अनिश्रय) नबुझिराखिएको जुन धर्मपदको अर्थ पनि सम्पूर्ण बुझेको होओस्” भनि ईत्यादि अरू सवै जिनपुत्रहरू भन्दा विशेष बढी प्रणिधानम प्रतीज्ञा गर्नु भयो । तसर्थ यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “प्रणिधि सागर” भनि प्रख्यात गरिराखिएको हो ।
दशौं – तथा ज्ञानको पारमिता द्वारा स्तोत्र गरिएको,-
अर्थ – ज्ञान सागर भनि आज्ञा भएको जिनपुत्र महात्माहरूको प्रज्ञापारमिताको शक्ति महान महान वृद्धि भई ज्ञानको अधिकार प्राप्त हुने? हो । विशेषमा पनि भट्टारक मञ्जुघोषलाई ज्ञानको अधिकार प्राप्त भएको, जोडा नभएको, तथा ज्ञानकाय भनि माथी भनिसकिएको हो । सकल जिनपुत्रहरुका सकल ज्ञान एउटै भई समुच्चय भईरहेको हुनाले ज्ञानकाय हुनुभएको भनेर परिकीर्ति गरिराखिएको हो । तसर्थ यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “ज्ञान सागर” पनि भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – भट्टारक मञ्जुघोषलाई चारओटा कर्म (भरोसा) द्वारा स्तोत्र गरिएको । चारओटा- –
१. निर्माणकायको कर्म द्वारा स्तोत्र गरिएको ।
२. सम्भोगकायको कर्म द्वारा स्तोत्र गरिएको ।
३. धर्मकायको कर्म द्वारा स्तोत्र गरिएको ।
४. सहजकायको कर्म द्वारा स्तोत्र गरिएको ।
प्रथम- निर्माणकायको कर्म द्वारा स्तोत्र गरिएको,-
।।३८।। महामैत्रीमयोऽमेय: महाकारुणिकोऽग्रणी: ।।
महाप्रज्ञा महाधीमान् महोपाय: महाकृति ।। वज्र,११।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाश व्यापक भैरहेका प्राणिहरू संसारमा कर्मक्लेशको बन्धनमा परी दु:ख पाईरहेको हृदयले सहेर सहन नसकि, प्राणिहरूलाई संसारवाट उत्तीर्ण गराउनका निम्ति उत्तम बोधिचित्त उत्पत्ति गरी, प्राणिहरूलाई मैत्री करुणाको आलम्बनाबाट अस्वच्छन्दमा राखि, अनुत्तर बोधि साधना सिद्ध गराउनका लागि अनगिन्ति कल्प सम्म दुईटा सम्भार संकलन गरी, अनुत्तरबोधि नै प्राप्त गरेर पनि शान्ति सुखमा नगईकन पछाडी हेरि, आकाश पर्यन्तका प्राणिहरुलाई आआफ्नो ईन्द्रिय तथा धातु चिन्तना अनुसार अनुकूल हुने गरी निर्माण भई आई प्राणीहरुलाई सुख सम्पन्न भएको उपायमा प्रयत्न गर्नुभएको तथा दु:खले रहित भएको यत्नोपाय गर्नमा क्षणिक मात्र पनि होलो (छ्वासु) नगरी आएका हुनुहुन्छ ।
प्राणीलाई सुख संयोग सहित भएको होस् भन्ने चाहना मार्गमा नबसेका साधारण प्राणीहरूसंग पनि हुन्छ, श्रावकहरूसंग पनि हुन्छ । प्राणीहरू सकलको अहिलेको तथा परन्तुको (कारण) अत्यन्त सुख मानि गरिदिने जिम्मेवारीको भार आफैले बोकी राख्ने महायानीहरू संग नभएको होईन, (त्यस्तो) प्राणीहरू सकललाई सुखले सहित गर्ने भार आफैले बोकि लैजाने मैत्रीलाई महामैत्री भनि वर्णन गरिएको हो । फेरि मैत्री पनि धेरै प्रकारका हुन्छन्, जस्तै, (१) प्राणीहरूलाई आलम्बन गर्ने मैत्री, (२) धर्ममा आलम्बन गर्ने मैत्री तथा (३) अनालम्बनमा आलम्बन गर्ने मैत्री (समेत तीनओटा) । जसमध्ये अनालम्बनमा आलम्बन गर्ने जुन मैत्री छ, त्यो महामैत्री तथा उत्तम मैत्री हो ।
भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गरी आउनुभए देखि आकाश व्यापिक सकल प्राणीहरूलाई अनुत्तरको सुख अर्थात् बुद्धपदमा पठाइदिने अभिलाषाले जे गर्नु भए तापनि त्यसैको कारणबाट गर्नुभएको हुँदा भट्टारक मञ्जुघोषको हृदयको मैत्री जोडा नभएको महामैत्री भएको हो । चित्तको यो जस्तो महाशिक्षा भनेकोमैत्री आलम्बन विषयमा आकाश व्यापक अनन्त प्राणिहरूलाई आलम्बन गर्नुभएको हुँदा, आलम्बन विषयद्वारा अप्रमेय भएको तथा चित्तको महानता पनि अपार हुनेगरी भएको निम्ति आलम्बन गर्ने बुद्धिद्वारा पनि अप्रमेय भएको तथा यो जस्तो मैत्री उत्पन्न गरी आउनु भएकोमा प्रशंसा संख्या गर्ने नभई अपरिमाणले नै प्रशंसा द्वारा पनि अप्रमेय भै रहेको हो । तदनुसार, करुणामा पनि समानतामा नै प्राणीहरू दुख रहित भएको होस्, भन्ने चाहना करूणाभावको मार्गमा नबसेका कुनै कसै संग पनि हुन्छ; यो त श्रावक तथा प्रत्येकसंग पनि हुन्छ । तर, महायानको चित्त असाधारणको (असमोहन) हो । तसर्थ यो जस्तो करुणालाई नै महाकरुणा भनिराखिएको हो । यस करुणा पनि अप्रमेय भैरहेको क्रम माथी महामैत्रीको अवस्थामा बताईएको जस्तै हो । जुन अप्रमेय भैरहेको “माध्यात्मिका रत्नमाला”मा चतुर्अप्रमेय आज्ञा गरिराखिएको छ ।
तद्यथा – सर्व दिशामा समन्त आकाश तथा पृथ्वी, जल, अग्नि, वायु यथा पर्यन्त यसरी नै दु:ख पाएका प्राणिहरू अत्यन्त छन् । यी अनन्त प्राणीहरू (सबै)लाई बोधिसत्त्वले करुणा राख्दछ । उसले ती सवैका नै दु:खशोधन गरी निश्चय पनि बुद्धत्वमा पठाइदिन्छ । यस्तो भएको धीरको(?)रहस्य यसमा सुते पनि (हुन्छ) अथवाट नसुतेपनि हुन्छ । फेरि यसरी उठे(निंद खुले)देखि प्रमाद भैरहेका प्राणीहरूलाई अनन्त प्राणिहरू भएको स्थान सम्म गई सदाकाल पनि अत्यन्त पुण्यसम्भार गराउँदछ । कोहि कसैले अत्यन्त बुद्धत्वमा अत्यन्तमा प्राप्तगर्न गाह्रो हुँदैन भनि कोहि अप्रमेय काल देखि अप्रमेय प्राणीहरूका निम्ति अप्रमेय बोधि कामना भई अप्रमेय पुण्य गरी आउनुभएका हुनुहुन्छ । यसरी बोधि अप्रमेय भएता पनि चार प्रकारका (१)अप्रमेय, (१)अप्रतिघ, (३)दीर्घ, (४)उत्तम, कुनै पनि प्राप्त हुँदैन भनि आज्ञा गरिराखिएको हो ।
यसै गरी “बोधिचर्यावतार”मा ‘प्राणिहरूका मस्तिष्कको (मानसिक)रोग मात्र पनि निको पारिदिने भन्ने मनमा मात्र आए पनि, उपकार गर्ने चित्तले सहित गरेमा पनि अप्रमेय पुण्य सहित(संचय) भएको हुनेछ’, भनिएको छ । त्यसैले ‘एक-एक जना प्राणिहरूको असुख अप्रमेय हुनेगरी सकाउने कामना उत्पन्न गरी अप्रमेय एक-एक ओटा गुणहरु सवै साधना गर्ने अभिलाषा किन नहोला?’, भनि आज्ञा गरिराखिएको छ । अप्रमेय भनिएको तथा मनोत्तम भनिएको दुइटा महामैत्री तथा महाकरूणा दुवैलाई मिलाएर राखेको हो । यी अप्रमेय दुईटाको (निबन्ध) भनि पहिले बताइएको जस्तै हो । मन-उत्तम भनेको महामैत्री महाकरूणा दुवैलाई परिचित गरी अनुत्तर बोधि साधन गर्ने चित्त नै सवै भन्दा उत्तमको मन हो, सवै भन्दा उत्तमको विचार हो, सवै भन्दा उत्तमको अन्तस्करण (हृदय बल) हो, सवै भन्दा शुभोत्तमको भनि प्रख्यात गरिराखिएको हो । “बोधिचर्यावतार”मा पिता अथवा माता भएपनि जो संग यस्तो हितचित्त हुन्छ, उ ऋषिहरू नै भए पनि, ब्रह्मासंग पनि यसै भएपनि, उनिहरू प्राणिहरू लाई देख्दा पहिले आफ्नो कारणले यस्तो चित्त सपनामा सम्म पनि देखेन(भएन?) भने पराको कारणले कसरी उत्पत्ति हुन्छ (होला) ? पर तथा आफ्नो कारणले नै जुन असम्भवको (प्रतीत हुने?) प्राणीका कारण गर्ने चित्तको यस पहिले नभएको एउटा अद्भूतको विशिष्ट चित्तरत्न (उत्पन्न) भएमा यो सकल लोकहरुको आनन्द हुने बीउ हुने हो । प्राणीहरुका विद्यमान भैराखेका गह्रुँगो द:ख लाई रत्नचित्तको पुण्यले यथार्थरूपमा तुलना गरि हेर । उपकार गर्छु भन्ने मात्र पनि (संकल्प बिचार) चित्तमा उत्पन्न गरेमा, बुद्ध(लाई)पूजा गरेको भन्दा विशेष आर्यको हुने गर्दछ । त्यसैले उत्पन्न भैरहेका सकल प्राणीहरुकै सुखको कारणवाट उद्योग किन नगरूँ ?, भन्ने (मनमा लिंदछ) तथा ‘जो सुखवाट च्यूत भै रहेका छन्, (जो) धेरै दु:खभोग गरिरहेका छन्, तिनिहरू सवैलाई सुखले सन्तुष्ट गरी सवै दु:ख छेदन गरिदिन्छु, (तिनिहरुका) मोहलाई पनि सकाइदिन्छु’, (भन्दछ भने) यो समानको कुशल अर्को कहाँ होला ? (साथै) जस्तो कि कसैले गरेको उपकारको बदला पनि उपकार बाटै तिर्ने प्रचलन छ, त्यसै अनुसार पनि प्रख्यात गरिएको अनुपनिधि भएको सुकार्य गर्नलाई बोधिसत्त्वको अभिलाषा किन नगरूँ ? अल्प नै भएपनि र पलकभित्रै सकिने भएपनि लोकलाई उचित भोजन बस्तु दान गरेको तथा त्यो अभिभाव गरी आधि दिन सम्म? मात्र अर्पण गरेको पनि “पुण्य गरेको” हुनजान्छ, भनि पुरुषहरूले भनिराखेका छन् ।
अनन्त (संख्याका) अनगिन्ति प्राणिहरूलाई ताकालसम्म सुगतको अनुत्तरको सुख (दिऊँ भन्ने) मनले कामना गरेकोलाई सम्पूर्ण गर्ने, सदा नै दान गरिरहने एक अभिलाषा किन नगरूँ?, यस्तो आज्ञा गरिराखिएको जस्तै, यस्तो उत्तमको कुशलचित्त महामैत्री महाकरूणा यी दुवैको नायक भएको बोधिचित्तरत्न उत्पत्ति गर्न महाशैक्ष पुण्य जम्मागर्ने तथा प्रवचनको छन्दर्थ यथार्थ जान्न मार्गलाई नबिराई देखाउने कल्याणमित्रहरूलाई (चिन्ही उहाँहरु लाई) अनुगृहित गरी तथा उपायकौशल्यको उपदेश प्राप्त गर्नु पर्दछ । यस तन्त्रमा पनि “महाप्रज्ञा महाधीमान्” (अर्थात् महाठूलो बुद्धि भएको, महाठूलो प्रज्ञा भएको) भनि उक्तानुसार भने झैं मैत्री करूणाको महाठूलो बुद्धि यो जस्तो एउटा बनाउन महाप्रज्ञाले सहितको हुनुपर्दछ भनि आज्ञा गरि, जिनपुत्रहरू सहित गमन हुने एउटा मात्र उद्देश्य मार्ग “मैत्री-करूणा बोधिचित्तरत्न” यथार्थमा उत्पत्ति गरी मार्गमा गमन हुन उपायकौशल्यको उपदेश प्राप्त गर्नु पर्दछ भनि प्रख्यात गरिराखिएको हो ।
भट्टारक मञ्जुघोषले पहिले “तथागत विद्युतशब्दघोषराजा”को सन्मुखमा चित्त उत्पत्ति गरी महायानको उपदेश सम्पूर्ण सुनी आए देखि जिनपुत्रका चर्या शिक्षा गरी आउनु भएको छ ।, र प्रत्येक अवस्थामा अन्य जिनपुत्रहरू भन्दा महान गरी मैत्री, करूणा, प्रज्ञा तथा उपायकौशल्य सवै महाठूलो (चर्या गर्नुभएको छ ।) तथा अभिसम्बुद्ध भएपछि पनि मैत्री-करुणा महानगरी बृद्धि गराई आउनुभएको छ । उहाँ प्रज्ञा तथा उपायकौशल्य(मा) पनि अद्वितीय(जोडा नभएको) रूपमा प्राणीको कारण गर्नमा जिनपुत्रहरू मध्ये उत्तम पूर्वक प्रस्थान गरि रहनु भएको हुँदा यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाई “महामैत्री, महाकरूणा, महाप्रज्ञा, महाउपाय-कौशल्य?” द्वारा प्रख्यात गरिराखिएको हो ।
दोस्रो – सम्भोगकायको कर्म द्वारा स्तोत्र गरिएको,-
।।३९।। महाऋद्धिबलोपेत: महावेग: महाजव: ।।
महर्द्धिक: महासाख्य: महाबल: पराक्रम: ।।वज्र,१२।।
अर्थ – भट्टारक मञ्जुघोषले सम्भोगकाय प्राप्त गर्नासाथ, जसरी आकाशमा रहेको चन्द्रमा पूरै जमीन माथि रहेको जलथल सबैठाउँमा एकसमान एकसाथ प्रतिबिम्बित भई प्रकट भएको हुन्छ, त्यसै गरी (उहाँले) प्रयत्न-पराक्रम केहि गर्नु नपरीकन सकल बुद्धक्षेत्रहरूमा निर्माणले भरेर आकाशव्यापि सत्त्वप्राणीहरूलाई उनीहरूका आआफ्नै धातु तथा चिन्तनासंग अनुकूल हुने गरी एकसमान भई निर्माण भई (अवतार लिई), प्राणीहरूको कारण (अर्थात् कल्याण हुने कार्य) गरि आउनु भएको हुँदा, भट्टारक मञ्जुघोषलाई “महाऋद्धि बलोपेतो” अर्थात् महाठूलो ऋद्धिबलबाट सम्पन्न भएको भनि प्रख्यात गरीएको हो । फेरि चरण(खुट्टा)को हरेक औंलामा (म्हालापतिंन) समेत त्रिसाहस्र महासाहस्र लोकधातुलाई लिगिलिगि हल्लाउन सक्ने शक्ति छ । यसको अतिरिक्त औलाको ‘छुसे’रौं (चिमिसं)को टुप्पाहरु एक-एकओटा समेतमा पनि असंख्य लोकधातु चलाउने शक्ति भएको हुनाले उहाँलाई बलले सहित भएको भनि प्रख्यात गरिराखिएको हो ।
बुद्ध(हरु?)का प्रसर भूवनहरु सकललाई ऋद्धिको वेगले हल्लाउन सक्ने शक्ति भएकोले उहाँलाई ‘महाबेगो’ अर्थात् महाठूलो बेग भएको भनिएको हो । हात(पञ्जा?) फैलाउनु र संकुचन गर्न मात्र जत्ति समय लाग्दछ त्यतिभित्रमा सम्पूर्ण प्रसर भुवन(हरु)मा जान-आउन सक्ने शक्ति भएकोले ‘महाजव’ अर्थात् महाचलाख(चलायमान) भएको भनि प्रख्यात गरिखिएको हो । आकाश व्यापक भैरहेका सकल प्राणीहरूलाई आआफ्ना धातु तथा चिन्तना अनुकूल मिल्नेगरी धर्म बताइ आउनुभयो । सम्भोगकाय प्राप्त गर्नु भए साथै पराक्रम प्रयत्न विकल्प केहि नै गर्न नपरिकनै पनि साठीओटा अङ्गले सम्पन्न भएको एउटै वचनको स्वरले भएजतिका लोकधातुहरुमा भरि बसेका सबै लाई; देवताहरूलाई देवता कै भाषामा बुझाई, मनुष्यलाई मनुष्यकै भाषामा बुझाई,… इत्यादि प्रकारले षट्गति(का प्राणी)लाई आआफ्नै भाषाद्वारा बुझाई ऋद्धि देखाइ आउनु भएकोले ‘महर्द्धिक महाशाख्य’ अर्थात् महाठूलो ऋद्धि, महाठूलो कीर्ति भएको भनि प्रख्यात गरि राखिएको हो । एक वचन एक स्वरले भएजति लोकधातुमा व्यापक गरी आउनु भएकोले पनि “महाकीर्ति” भनि प्रख्यात गराइ राखिएको हो ।
भाग्यमानि भएका जगतप्रजाहरू लाई जसलाई जहाँ जसरी बोध गराउनु पर्ने हो, त्यसै अनुसारले धर्म बताइ मार तथा तीर्थिक आदि मिथ्या आजिविकी हरूलाई ऋद्धिको महाबलको पराक्रमवाट दबाउनुहुने भएकोले पनि ‘महाबल पराक्रम’ अर्थात् महाठूलो बल पराक्रम भएको भनि प्रख्यात गरिराखिएको हो ।
यसमा प्रथम गाथापद दुईटा कायको पराक्रम, तेस्रो गाथापद वाक् को पराक्रम र चौथो गाथापद चित्तको पराक्रम संग मिलाइएको छ । चित्तको पराक्रमबाट अनुत्तर बोधि प्राप्त गर्नु भएको, साथै दशबलको ज्ञानले क्लेशलाइ वासना सहित सर्वसकललाई हटाई सकाई मैत्रीको महाबल पराक्रमले ससैन्य मारहरूलाई दबाई जिती आउनु भएका हुँदा भट्टारक मञ्जुघोषलाई महाबल पराक्रम भनि प्रख्यात गरिराखिएको हो ।
तेस्रो – धर्मकायको कर्म द्वारा स्तोत्र गरिएको,-
।।४०।।महाभवाद्रिसंभेत्ता: महावज्रधरोघन: ।।
महाक्रूरोमहारौद्र: महाभयभयंकर ।।वज्र,१३।।
अर्थ – भट्टारक मञ्जुघोषले दुईटा सम्भारहरू पार गर्नुभई दशभूमिको अन्त्यमा वज्रसमानको समाधिवाट भवको महागिरी(पर्वत) मर्थन गर्नुभयो । भवको गिरी भनेको कस्तो हो भने, कर्म तथा क्लेशको अधिन भई, उपादान स्कन्धहरुको एक-एकगरी बन्धनमा परि, विश्राम नदिई अपाय दु:ख भोग गराउने, तोडन अत्यन्त गाहारो, शुरु अनादि देखि नै अपाय दु:खभोग गरिरहेको, तथा अविद्याको वशमा गई कर्म बनाई विज्ञानमा बीउ राखे देखि जरा मरणको सन्ताप हुने ठाउँसम्म द्वादशाङ्ग प्रतीत्य समुत्पादमा विश्राम नपाई चक्करमा घुमिरहनुलाई नै भवको गिरी (अर्थात् “महाभवाद्रि”) भनि “विमलप्रभा”मा भनिराखिको छ ।
“विनय व्याकरण आदि सूत्र पिटक”मा सत्कायदृष्टिको भयदर्शी महा उँचो २०ओटा चुचुरोहरू भएको पर्वतलाई (उहाँले) ज्ञानको वज्रले काटनु भयो भनिएको छ । भवदृष्टि बीसओटा के के हुन् भने “माध्यात्मिकावतार” अनुसार, (१) रूप म होईन, (२) म रूप भएको होईन, (३) रूपमा म छैन, र (४) म संग रूप भएको पनि होईन, यसरी चार प्रकारले भनिएकोलाई पाँचओटा (१) रूप, (२) संज्ञा, (३) वेदना, (४) संस्कार, र (५) विज्ञान स्कन्धहरुमा जोडी बीसओटा गरि भनिएको हो । यो यति आत्मदृष्टिको बीस(चुच्चे) पर्वतलाई अनात्मसंकल्पको वज्रले काटिदिई (काटि दिनुभयो ।), (यो भनेको) जुन आत्मा (भनिएको) हो, त्यसलाई सहजै बिगारीदिने सत्कायदृष्टि मेरूगिरि जस्तै निरन्तर (अति बिस्तार) भई उच्चको शिखर भैरहेको लाइ नै भनिएको हो, भनि आज्ञा गरिराखिएको छ ।
प्रस्तुत यसको अर्थलाइ “अधिसय प्रकाशन”मा यसरी दिइएको छ, – (१)रूप आत्मा नभएकोले आत्मा दृष्टि भैरहेको, (२)…. आत्मा रूप तथा स्वभावले सहित भएको नभएकोले त्यसमा दृष्टि देखिएको (३) रूपमा आत्मा तथा आत्मा स्वयं रहेको नभएकोले दृष्टिले देखिरहेको समेत चारओटा हो ।
यसरी रुपस्कन्धमा भनिएको जस्तै भयदर्शी (भयदृष्टिले) हेर्ने क्रमलाइ यस चार प्रकारले र (त्यसैगरी बाकि अन्य) वेदनादि चारओटा स्कन्धहरू सवैलाई नै चार चार दृष्टि हेर्नु पर्दछ, भनि जान्नु पर्दछ । आत्मादृष्टि सत्कायदृष्टि हुने यी नै बीसओटा विषयमा रुचि गराए हुने हुन्, भनि भनिएको छ । सत्कायदृष्टि (भयदर्शी) गराउने शिखरको बीसओटा उच्च चुचुरोहरुलाई ज्ञानवज्रले काटिराखेको कसो हो भने– “अधिश्रय प्रकाशन”मा यथा सत्कायदृष्टि हुने पर्वतको शिखर २० ओटा उच्च भएको ज्ञानको वज्रले काटेर श्रोतापत्तिको फल (अभिकृत्य) साक्षात्कार गरे भनेर कुनैकुनै व्याकरणमा आज्ञा गरिराखेको छ । (आलम्बन लिंदा) आफूलाई नै आलम्बन गरी आफै प्रकाश भई, आफैले प्करिराखेको सत्कायदृष्टिको (भयदर्शी) पर्वतलाइ आर्यज्ञानको वज्रले नभत्काई, दिनका-दिन क्लेशको वृद्धि भैरहने गह्रौं भारी ढुँगा(लोहँ)को संसारलाई आदिदेखि नै भैरहेको ईन्द्रियधातुहरु तीनओटै(मा?) उच्च भएको(भई?), दिशा आवागमन सवै व्यापक भई, अविद्याको सुवर्ण भूमि भन्दा उच्च भएको अनात्मालाई साक्षात जानेको ज्ञानको वज्रले काटि बिगारेकोले त्यस काटिएको आत्मादृष्टि तथा एकप्रकारले पूरै भष्म हुने (हो ।), तत्पश्चात् थाहा भई आउने भएको मुख्यको सत्कायदृष्टि (भयदर्शी)को पर्वत मेरु निरन्तरमा रहेको उच्चको शिखर भैरहेको २०ओटा चुच्चो भएको पञ्चस्कन्ध एक-एकमा चार-चार भनिएको किसिमले जस्तै हो भनि आज्ञा गरिदिनु भयो ।???
तदनुसार सर्वधर्मको स्थिति साक्षात हुनेगरी बोध गरिने ज्ञान जुन छ, त्यो सर्वक्लेश नाश गर्ने भएको हुनाले, वज्रसमानको कडा भई क्लेशको टुप्पाहरु सबैलाई भष्म गर्ने भएकोले, यस ज्ञानलाई ‘वज्र’ भनिराखिएको हो । यसलाइ ‘महाअग्नि’ भनेर पनि प्रख्यात गरिराखिएको छ । यी दुईटा श्लोकपदबाट भट्टारक मञ्जुघोषलाई ज्ञानधर्मकाय र स्वभावकायका दुइटा द्वारहरुवाट समेत प्रख्यात गरीएको छ । क्लेशलाइ वासना सहित छोडिसकेको स्वभावको काय भएको हुँदा “महाभवाद्रि संभेत्ता” अर्थात् भवको महागिरी भत्काएका भनि प्रख्यात गरि राखिएको हो । स्थित(लाई) साक्षात्कार गरी देखी पारंगत भई ज्ञानधर्मकाय भएको हुँदा “महाबज्र धरोधन” अर्थात् अत्यन्त कडा वज्र धारण गरी आउनु भएका, भनि (त्यस ज्ञानद्वारा) प्रख्यात गरिराखिएको छ । यस ज्ञान बाट कर्म तथा क्लेश सवैलाई घात गरी आउनु भएको हुँदा “महाक्रूरो महारौद्रो” अर्थात् बेसरी दबंग(हाराँम्ह?), बेसरी झोकि भनि प्रख्यात गरिराखिएको हो । कर्म तथा क्लेशका वशबाट संसार समूहका तथा विशेष गरेर तीनओटा दुर्गतिको असहनीय भयानक दुःख भोग गराउने यो जस्तो कर्मक्लेशको फल(लाइ) जरा सहित नहुने गरी समूल नाश गरि शुद्ध गर्नुभएको हुँदा उहाँलाई “महाभय भयंकर” अर्थात् महाठूलो भयलाई नाशगरी आउनु भएका भनि वर्णन गरीएको हो । अझ त्रिधातुका अतिमानी घमण्डीहरू, जस्तै महादेव-विष्णु-भैरव-सम्बर हरू आदि जसले लोकलाई पनि तर्साई आएका छन् तिनिहरु लाइ समेत “क्रोधेन्द्रवज्र भैरव’को उचिय काय भई ती महादेव प्रभृतिहरू लाई कुल्चि तलपारी दबाई दमन गर्नुभएको हुँदा भट्टारक मञ्जुघोषलाई “महाभय भयंकर” भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – सहजकायको कर्म (भरोसा)द्वारा स्तोत्र गरिएको,-
।।४१।। महाविद्योत्तमोनाथो महामन्त्रोत्तमोगुरु: ।।
महायाननयारुढो महायाननयोत्तम: ।। वज्र,१४।।
अर्थ – भट्टारक मञ्जुघोष सकल मन्त्रविद्याका देवताहरूमध्ये महोत्तम भई, आउनु भई, अनन्त लोकहरूमा अनाथ भईरहेका सत्त्वप्राणीका नाथ हुनुभएकोले “नाथ मञ्जुघोष” भनि सवै भुवनमा कीर्तित हुनुभयो । भट्टारक मञ्जुघोषले प्राणीलाई देशना गर्नुभएको प्रज्ञाधर्महरू मध्ये श्रेष्ठोतम भएको धर्म ‘गुह्यधर्म’ हो । गुह्यमन्त्र चारओटा छन् (१)कृया, (२)चर्या, (३)योग र (४)अनुत्तर । जसमध्ये अनुत्तर (अर्थात्, जुन भन्दा माथिल्लो अर्को नभएको), निरुत्तर (यो समानको अर्को जोडा नभए)को र महा-श्रेष्ठोत्तमको गुह्यधर्म अनुत्तरतन्त्र नै हो । भट्टारक मञ्जुघोषले गुह्य अनुत्तरका मण्डलहरु अनगिन्ति संख्यामा निर्माण गरि जगतलाई अनुगृहित गराई महायान मध्ये पनि महानतम भएको महाठूलो गुह्य अनुत्तरको क्रम बताई आफू समेत त्यस मार्गमा स्थीर रही बसेको क्रम देखाउनु भई(भयो) । यसरी उहाँले यस महायानको गुह्यअनुत्तरको उत्तम क्रमको मार्गवाट जगतलाई लिएर जानु भयो । फेरि, यस गाथा अनुत्तर मार्गको पर्यन्तसम्मको महासुख सहजज्ञानको महत्ता मिलाएको हुँदा र यो ज्ञान, यस कलिकालको अल्पआयु एउटै मैं पनि बुद्धभूमिमा लिएर जाने छोटो उपमार्ग भएकोले ‘महायान नयोत्तम’ अर्थात् महाठूलो यानको उत्तम क्रम भनि भनिभएको हो । गुह्य अनुत्तरको मार्ग बुद्ध हुन छोटो उत्तमको एउटै मार्ग भएको कुरा “त्रिक्रम प्रदीप”मा उल्लेख छ । यसै कारणले पनि यो धेरै प्रयास गर्न (अफमुत?, जोत्न) नपर्ने, धेरै दुष्कर उपाय गर्नुपर्ने नभएको, (तर) इन्द्रिय तीक्ष्ण भएकाले अधिकार गर्ने, गुह्यशास्त्रको विशेष आर्य भएको भनि बताई राखिएको छ । यो बुद्ध हुनलाई पारमितायान भन्दा छोटो मन्त्रमार्गको विशेष अनुत्तरको दुइक्रमको भएको अत्यन्त चलाख(छोटो? नजिकको) तन्त्र हो, भनि महासिद्धा हरुको ग्रन्थमा आज्ञा गरिराखिएको छ।
यस अध्याय(लाई?) भट्टारक मञ्जुघोषको मण्डलमा देवगण(लाई?) भाषण गर्ने क्रम मिलाएर बताइएको हो, भनेर “विमलप्रभा’मा भनि राखिएको छ । सीक्ने ईच्छा भए त्यस तन्त्रटिका हेरी स्वयं सिक्नुहोस् । यहाँ यसमा खालि आफ्नो भाग्य समान (क्षमता अनुसार?) मञ्जुश्री नामसङ्गीति पढने अवस्थामा भट्टारक मञ्जुघोषलाई स्तोत्रगरि प्रार्थनागर्ने महायानको मार्गमा वास्ना गराउने गर्न गाथाको भावार्थ बुझ्न सजिलो हुने गरी लेखिएको छ ।
आर्य मञ्जुश्री नामंगीतिको टिका भट्टारक मञ्जुघोषको अधिष्ठानमा अटूट जलवृष्टि छिटै हुने मेघस्तुति शब्दघोषमा पाँचौं अध्याय भट्टारक मञ्जुघोषलाई षट्कुल वज्रधातुद्बारा स्तोत्र गरिएको अध्याय बताईएको सम्पन्न भयो ।
छैठौं परिवर्तन
सुविशुद्ध धर्मधातु ज्ञानगाथा पादोनपञ्चविंशति
(महावैरोचनो बुद्धो …… देखि …… वज्रांकुशो महापाशो भनिएको सम्म)
दोस्रो – भट्टारक मञ्जुघोषलाई पञ्चज्ञानद्वारा स्तोत्र बाट गरिएको । पाँचओटा,-
१. धर्मधातुज्ञान द्वारा स्तोत्र गरिएको ।
२. आदर्शनाज्ञान द्वारा स्तोत्र गरिएको ।
३. प्रत्यवेक्षणाज्ञान द्वारा स्तोत्र गरिएको ।
४. समताज्ञान द्वारा स्तोत्र गरिएको ।
५. कृत्यानुष्ठानज्ञान द्वारा स्तोत्र गरिएको ।
पहिलो- धर्मधातुज्ञान द्वारा स्तोत्र गरिएको । तीनओटा,-
१. भूमि मार्गफल सहित गरि स्तोत्र गरिएको ।
२. लोकको कारण गरी आएको क्रमद्वारा स्तोत्र गरिएको ।
३. चतुर्कायद्वारा स्तोत्र गरिएको ।
पहिलो- भूमि मार्गफल सहित गरि स्तोत्र गरिएको । आठओटा,-
१. कायकुलद्वारा स्तोत्र गरिएको ।
२. मन्त्रमार्ग द्वारा स्तोत्र गरिएको ।
३. दशपारमिताद्वारा स्तोत्र गरिएको ।
४. दशभूमिद्वारा स्तोत्र गरिएको ।
५. दशज्ञानद्वारा स्तोत्र गरिएको ।
६. द्वारा स्तोत्र गरिएको ।
७. दश(इन्द्रिय)बलद्वारा स्तोत्र गरिएको ।
८ फल धर्मकायद्वारा स्तोत्र गरिएको ।
प्रथम- कायकुल द्वारा स्तोत्र गरिएको-
महाबैरोचनो बुद्ध, महामौनि महामुनि ।
अर्थ – भट्टारक मञ्जुघोष पञ्चकुल मध्ये कायकुल (हुनुहुन्छ) । र, त्रिकुल मध्ये तथागतकुल हुनुहुन्छ । कायकुलको मुख्य बुद्ध बैरोचन नै हो । भट्टारक मञ्जुघोषलाई महाबैरोचन बुद्ध भनि स्तोत्र गरी, फेरि मुनि पनि भनि (भनिएको छ) । श्रावक-प्रत्येक-अर्हंतहरूलाई तथा देव-नर-ऋषिहरुलाई पनि मुनि (भनेर भनिने गरिएको) भएता पनि महामुनि भनेर तथागतलाई (मात्र) वर्णन गरिएको छ । भट्टारक मञ्जुघोषलाई पनि महामुनि भनि तथा महामौनि (पनि) भनि प्रख्यात गरिएको हो ।
दोस्रो – मन्त्रमार्ग द्वारा स्तोत्र गरिएको-
महामन्त्र नयोद्भूतो, महामन्त्र नयोत्तमो ।।१।।
अर्थ – भट्टारक मञ्जुघोष त्रिकाय (र) पञ्चज्ञान सहितको स्वभावबाट बुद्ध हुनुभएको यस मन्त्रको क्रम प्रभास्वर सहजज्ञानवाट भएको हो । महामन्त्रको क्रम यवक(वज्रधर)को कायोत्तममा आएको(?) भनि प्रख्यात गरिराखिएको हो । जसरी सकल बुद्धहरू मन्त्रमार्गमा बसी बुद्ध भई जानुहुन्छ, त्यसरी नै पारमितायानको मार्गमा बसेका बोधिसत्त्वहरू वर(?)मार्गबाट दशभूमि तक पारमितायानको मार्गमा गई, दशभूमिको अन्त्यमा धर्मकाय(लाई) साक्षात्कार गरिने मन्त्रमार्गमा परिचित भई, दुइटा वितर्कको बासनालाइ जरा देखि नै शुद्ध गर्ने प्रभास्वरको सहजज्ञानमा प्रतिसन्धि हुने गरि(भनि?)राखिएको छ । पारमितायानको मार्गमा दशभूमि तक जानेवाला बोधिसत्त्वहरुले पनि वज्रधरको उपदेशमा बसी प्रभास्वर सहजको ज्ञान उत्पत्ति गरी यवकको काय सिद्ध गरी बुद्ध हुने (कुरा) ”श्रीनाथ आर्य नागार्जुन” पितापुत्रमा? आज्ञा गरिराखेको छ ।
यस क्रम महागुह्य भएको अत्यन्त बुझ्न कठिन भैराखेको रहस्य (स्थान)भएको हुनाले जसलाई यसमा नियत प्राप्त भयो भने गुह्य अनुत्तरको मार्गमा निश्चय पनि धीर (बुद्धिवन्त) भएको भई उत्पन्न हुने हुन्छ । यस मार्गमा निपुर्ण हुन त्रिभूवनको एक प्रदीप “पञ्चक्रमालोक प्रदीप” हेरि जानिलिनु पर्दछ ।
तेस्रो – दशपारमिता द्वारा स्तोत्र गरिएको,-
दशपारमिता प्राप्तो, दश पारमिताश्रय ।
दशपारमिा शुद्धि, दशपारमिता नय ।।२।।
अर्थ – भट्टारक मञ्जुघोषले प्रथमत: उत्तमको बोधिचित्त उत्पत्ति गर्नुभई, गन्ति गर्नै नसकिने संख्याका महाकल्पसम्म दुईसम्भारहरू बटुली, अधिमुक्तिचर्याको मार्गमा पारंगत भई, लोकोत्तरको मार्गमा दशपारमितालई क्रमानुसार अनुभव गर्नु भइ, उत्तम फल प्राप्त गरिलिनु भयो । तथा यस पारमितामा (१) यसमा (थुकं?) पारभएको र (२) यसबाट (थनं?) पारभएको गरी दुइओटा छन् । जसमध्ये यसमा(थुकें?) पारंगत हुने मार्गसमय हो, तथा यसबाट(थनं?) पारंगत हुने फलसमय हो । मार्गसमयको दशपारमिता अनुभव गरी पारंगत भएपछि मात्र फलसमयको दशपारमिता प्राप्त हुने हो । यी दश पारमिताहरु के के हुन् भने:-
१. दान पारमिता ।
२. शील पारमिता ।
३. क्षान्ति पारमिता ।
४. वीर्य पारमिता ।
५. ध्यान पारमिता ।
६. प्रज्ञा पारमिता ।
७. बल पारमिता ।
८. उपाय पारमिता ।
९. प्रणिधि पारमिता ।
१०.ज्ञान पारमिता ।
‘दान’ र ‘दान पारमिता’को ठूलो विशेषता छ । दान भनेको त मार्गमा नबसेका पृथग्जनले पनि स्वहर्षसाथ गर्ने गर्दछन् । किन्तु, यस जन्ममा रोग-दोष शान्ति हुने तथा आयु-पुण्य बृद्धि गराउने आदि (जस्ता) अभिलाषा राखि त्रिरत्न पूजा गरेको, तथा दरिद्र कंगालहरुलाई खाने पदार्थ दिने आदि दान गर्नेवाला भएता पनि यति मात्रको दानले दानको ‘पारमिता’ भएको हुँदैन । यति मात्रै होइन, अर्को जुनि अर्थात् पुनर्जन्ममा धन-सम्पत्ति पाउने कामना गरेर दान गरेको बाट पनि दान पारमितामा पुग्दैन । अझै, आफू(मात्र) संसारबाट मुक्त हुने कामना गरेर दान गरेता पनि त्यो दान पारमितामा जाँदैन । यतिमात्र होइन, बोधिचित्त उत्पत्ति गरी, जिनपुत्रको चर्या शिक्षित गर्ने इच्छा राखि, महाविचित्रको दान गरेता पनि, स्थित साक्षात्कार भइ देखेको छैन, भने नाम ग्रहणगरी हित गरेता पनि दानपारमितामा गएको हुँदैन ।
दान पारमितामा जान त अधिमुक्तिचर्याको मार्गमा पारंगत भई, स्थिति प्रत्यक्ष भई देखी, त्रिचक्र अनावलम्बनको दृष्टिबाट पक्रेको दानको अनुस्थिति क्रिया नै दान पारमिताको अनुभव (चर्या) हो, भनेर आज्ञा गरिराखेको छ । तद् अनुसार नै बाकीका (शील, क्षान्ति… …. आदि) अन्य पारमिताहरू सबैलाई पनि यसरी नै बुझनु पर्दछ ।
“गुणरत्नसंग्रह”मा, “जब सम्म काय तथा चित्त प्राणी संज्ञा रहित भएको हुँदैन, विपरीत संज्ञागरी, यस दुइटा नभएको (अद्वय) धर्मचर्या(बाट?) बोधि (र) शान्ति अधिगत (हुने) उत्तम कामनागरी उद्योग गरेको (लाइ नै) पारमिता हो” भनेर हितकारलाई भनि राखीएको छ । यस्तो प्रकारले शील पालना गरी उत्तम बोधि परिणामना गरि, परंमान्य (अर्थात् घमण्ड)चित्त नगरि, आफूलाइ प्रशंसा नगराई, म (अर्थात् आफू) भन्ने संज्ञा तथा प्राणी संज्ञा (समेत) सम्पूर्ण छोड्दछ, (भने) त्यतिबेला बोधिसत्त्वलाइ शीलपारमितामा बसेको भनेर भनिन्छ, भनेर आज्ञा गरिराखेको छ । यस अधिश्रय अनुसार “माध्यत्मिकावतार”मा (१) दान, (२) दान गर्नेवाला, (३) दान लिनेवाला (भन्ने तीनैओटा भावहरू) त्यागेर शून्य भएको(लाई) लोकोत्तरपारमिता भनेर भनिएको छ । (कदाचित्) यी तिनैओटामा (पनि) लोभ उत्पत्ति गरिएमा(भएमा) त्यो लौकिकपारमिता(मात्र) हुने हुन्छ, भनेर बताइ राखिएको छ । यदि शील यस्तो-त्यस्तो छ भनेर त्यसरी नै देखिराखे पनि यसबाट शील शुद्ध हुँदैन । तसर्थ यसरी सदा नै तीनैओटामा पनि दोमनको सम्बन्ध(स्वापू) परिछिन्न गरी पठाउनु पर्दछ, भनिराखिएको छ । तीनैओटा राग (समेत उत्पन्न) हुनबाट शून्य भैसकेको लाई लोकोत्तर भनिएको छ । तथा फेरि पनि, (कदाचित्) सम्बुद्ध हुने बोधिको निम्ति परिणामना गरे तापनि (यी) तीनओटाको आलम्बन गरेछ भने, त्यो पनि लौकिक नै हुन्छ । आलम्बन गरिएन भने त्यो लोकोत्तर पारमिता हुन्छ, भनेर बुद्धले देखाउनु भएको छ । यसै गरी शील, क्षमा आदि अन्य पारमिताहरुलाइ पनि यसरी नै बताइएको छ ।
भट्टारक मञ्जुघोषले पहिले शिक्षामार्गको अवस्थामा दशपारमिताका स्थिति कृया सुनि, दशपारमिताहरु उत्तरोत्तर शुद्ध गर्दैगरी, दशपारमिताहरुको क्रमको मार्गमा पारंगत भई, अन्य भाग्यमानी जगत(प्रजा)लाई पनि जिनपुत्रहरुको चर्या (अर्थात् दशपारमिताको मार्ग)मा लिएर गई, बुद्धको भूमीमा पठाई दिनुभयो । भट्टारक मञ्जुघोषले असंख्य जिनपुत्रहरु लाई महायानको पथमा लिएर गई बुदधको भूमिमा प्रवेश गराएको क्रम माथि बताइ सकिएको जस्तै नै हो ।
दशपारमिता शुद्ध गर्ने क्रम कस्तो भने, प्रथम भूमि प्राप्त गरिसकि त्यस भूमि परिशोधनको निम्ति कल्याणमित्रको सेवा गर्ने, महाठूला पुण्य बटुल्ने, एवं पापशोधनगर्नमा प्रयत्नगर्ने आदि दशपरिशोधन? गर्नमा प्रयत्न गरी, दान पारमिता शुद्ध गरिलिई दोस्रो भूमिमा सरि गई शीलको पारमिता शुद्द गर्ने (गर्नु पर्दछ) । एवंरित्या, अन्य दशभूमिहरुका दशपारमिताहरू क्रमश शुद्धगर्दै जाने क्रम “अभिसंकल्प अलङ्कार” तथा “माध्यत्मिकावतार”मा आज्ञा गरि राखेको छ ।
चौथो – दशभूमि द्वारा स्तोत्र गरिएको,-
दशभूमिश्वरो नाथो, दशभूमि प्रतिस्थित ।
अर्थ – नाथ मञ्जुघोष अभिसम्बुद्ध भै गइसक्नु भएको भएता पनि, जगतको निम्ति दशभूमिमा प्रतिष्थ(प्रतिष्ठित?)हुने क्रम पक्रि, दशैदिशाका प्रसर भुवनमा आइरहनु भएका जिनहरुका श्रेष्ठपुत्र भएको चलन(चर्या?) अनुसार सकल जिनहरुलाई पूजा गरी, जिनहरूका सद्धर्महरु सबै संग्रहगरी, सकल प्राणिहरु लाई बुद्धको भूमिमा साथै लिएर जानु भएको हुनाले भट्टारक मञ्जुघोषलाई दशभूमिको ईश्वर (“दशभूमिश्वर:”) भनेर भनिएको तथा सकल बुद्धक्षेत्रमा यसरी कीर्तित हुनु भएकोले (“दशभूमिप्रतिस्थित”) भनेर प्रख्यात गरिएको छ ।
दशभूमि भनेको कुन कुन हुन् भने,-
१. प्रथम भूमि : प्रमुदिता ।
२. दोस्रो भूमि : विमला ।
३. तेस्रो भूमि : प्रभाकरी (भास्कर) ।
४. चौथो भूमि : आभास्वर ।
५. पाँचौं भूमि : सुदुर्जय (दूरशोध) ।
६. छैठौं भूमि : अभिपक्ष(अभिमुखी) ।
७. सातौं भूमि : दूरँगमा ।
८. आठौं भूमि : अचला ।
९. नवौं भूमि : अधिमुक्ति मति ।
१०.दशौं भूमि : धर्ममेघ ।
भूमि भनेको मात्र(केवल) गुणहरू उच्च-उच्च गर्दैजानको लागि गति भएकोले भूमि भनि भनिएको हो । प्रथम भूमिलाई प्रमुदित भनेर भनिएको आदि दशभूमिहरु यसरी नाम प्रयोग भएको प्रमाण तथा दशभूमि क्रमश जाने रीति आदिको क्रम निपूर्ण हुने गरी सिक्ने इच्छा भए ”दशभूमिसूत्र” तथा सूत्रको अधिश्रय उपर्युक्तको मैत्रीनाथको “अभिसंकल्पालङकार” र “सूत्रालङ्कार” आदि मैत्रिधर्म सबै र सूत्रको अधिश्रय उपर्युक्तको आर्य नागार्जुनको “माध्यात्मिक रत्नमाला” जसको अधिश्रय निपूर्णगरी टीका गरिएको “माध्यात्मिकावतार” आदि हेरि सीकिलिनु होला ।
पाँचौं – दशज्ञानद्वारा स्तोत्र गरिएको,-
दशज्ञान विशुद्धात्मा, दशज्ञान विशुद्धधृक् ।।३।।
अर्थ – भट्टारक मञ्जुघोषले भूमिमार्गबाट पार (भई, जानु-आउनु) भई(सकि), दशज्ञान विशुद्ध भएको आत्मा (सत्त्वप्राणि) हुनुभई, विशुद्ध (परिशुद्ध) भएको दशओटा धनलाई कहिले पनि लंघन(अविगत?) नगरी हृदयमा धारण गरी, तथा स्थीर भै बस्नु भएकोले भट्टारक मञ्जुघोषलाई “दशज्ञानविशुद्धात्मा” अर्थात् विशुद्ध भएको दशओटा ज्ञानहरु धारण गर्नुभएका, भनि प्रख्यात गरिराखिएको छ ।
दशज्ञान भनेका के के हुन् भने –
(१) धर्म ज्ञान, (२) अनुगमन ज्ञान,
(३) परचित्त ज्ञान, (४) संवृत्ति ज्ञान,
(५) दु:ख ज्ञान, (६) समुदय ज्ञान,
(७) निरोध ज्ञान, (८) मार्ग ज्ञान,
(९) क्षय ज्ञान, (१०)अनुत्पन्न ज्ञान ।
यस्तो दशज्ञानहरूमा विज्ञ भएको सत्त्वको गुणहरु सारा समुच्चय गरी बटुलेमा कति होला, जब की यीनिहरु प्रत्येकको एउटा-एउटै गुण समेत पनि अत्यन्त नै छ । यसलाई सम्बृद्धिज्ञानमा मिलाई बाहिर स्थललोक र भित्र रसप्राणीहरुका विपाकफल, तथा आआफ्ना स्वभाव विशिष्ठ सकल, एवं आर्यपुरुषहरुका रूप-शब्द-गन्ध आदि षड्इन्द्रियका विषयमा आलोक (देख्ने) सकल, तथा क्षय-अक्षय समेतको विषयमा आआफ्मो सुख-दु:ख, गुण-दोषको विशेष अर्थ आदि यथार्थ जानी आउनु भएको हो । तदनुसार अन्य ज्ञान एक-एकओटा पनि अत्यन्त नै छ । जुन दशज्ञानका स्वभाव, कृत्य, कर्म, निपूर्ण हुने गरि “अभिकोषको मूल”मा लेखिएको छ, बुद्धिवानहरूले अभिग्रन्थ आदि हेरि जानीबुझी लिनुहोला ।
छैठौं – द्वारा स्तोत्र गरिएको,-
दशांकारो दशार्थार्थो, मुनिन्द्रो दशबल विभू ।
अशेष विश्वार्थकरो,
अर्थ – भट्टारक मञ्जुघोषले दश प्रकारका आकारहरू र दश प्रकारका अर्थहरू बारेमा पारंगत भई जानी पाल्नुभई, विशुद्ध पूर्वक दशबल प्राप्त गर्नुभई, प्रभु वज्रधरको स्वभावमा पाल्नुभई, आकाशव्यापि भैबसेका प्राणीहरुका नायक भई आउनु भएको हुनाले भट्टारक मञ्जुघोषलाई “दशांकारो दशार्थार्थो’ भनि, साथै “मुनिन्द्रो दशबल विभु” अर्थात् मुनिन्द्रको दशबलको (अधिज्ञ) विभूषण लगाई(बनाई) पाल्नु भएका प्रभु भनि प्रख्यात गरिराखिएको छ ।
ती दशओटा (आकारका) प्रकारहरु के के हुन् भने पञ्चस्कन्ध (१.नामरूप, २. संज्ञा, ३.वेदना, ४.संस्कार, ५.विज्ञान) पाँचओटा स्कन्धहरू र पञ्चक्लेश (१.राग, २.द्वेष, ३.मोह आदि..) पाँचओटा क्लेशहरु हुन् । यी दशओटालाई “दशांकार” (अर्थात्) दश प्रकारका (आकारहरू) भनि भनिएको छ ।
“दशार्थ:” भनेको के के हुन् भने पञ्चस्कन्धविशुद्ध पञ्चकुल (पञ्चबुद्ध) हरू तथा पञ्चक्लेशशुद्धको पञ्चज्ञान हरू गरी दशओटा हुन् । यी दशओटालाई दशअर्थ भनि भनिएको छ ।
“मुनीन्द्रो दशबलो विभु” भनेका के के हुन् भने,-
१. स्थान-अस्थान ज्ञान बल ।
२. कर्म विपाक ज्ञान बल ।
३. नाना अधिमुक्ति ज्ञान बल ।
४. नानाधातु ज्ञान बल ।
५. इन्द्रिय उत्तम ज्ञान बल ।
६. सर्व गमन मार्ग ज्ञान बल ।
७. ध्यान, विमोक्ष, समाधि, समापत्ति आदि ज्ञान बल ।
८. पूर्वे अनुवास अनुस्मृति ज्ञान बल ।
९. जन्म मृत्यु स्थान ज्ञान बल ।
१०.आश्रवक्षय ज्ञान वल ।
संसारमा अनादि देखि नै पञ्चक्लेशको बन्धनमा परि पञ्चस्कन्धमा लिप्त भई अपाय दु:ख भोग गरीरहेका प्राणीहरुका निमित्त अनुत्तर वज्रयानको द्वारबाट पाल्नुभई उपदेश प्राप्त भएका हरुका लागि मार्गमा साथै लिई गई क्रमश: उतस्स(?)क्रम तथा उत्पन्नक्रम यी दुइओटै क्रममा पारंगत गराई, (१) रूपस्कन्धविशुद्ध वैरोचन, (२) वेदनास्कन्धविशुद्ध रत्नसम्भव, (३) संज्ञास्कन्धविशुद्ध अमिताभ, (४) संस्कारस्कन्धविशुद्ध अमोघसिद्धि, र (५) विज्ञानस्कन्धविशुद्ध अक्षोभ्य धारण गरी(गर्नुभयो) । साथै, (१) मोहविशुद्ध आदर्शनाज्ञान, (२) (कञ्जुसी कृपण) कपटिविशुद्ध समताज्ञान, (३) रागविशुद्ध प्रत्यवेक्षणाज्ञान, (४) ईर्ष्याविशुद्ध कृत्यानुष्ठानज्ञान, र (५) द्वेषविशुद्ध धर्मधातुज्ञान यस्तो पाँचओटा ज्ञानहरू हृदयमा उत्पत्ति गराई बुद्ध भई पाल्नुभएको हो ।
भट्टारक मञ्जुघोषले जगतलाई यस्तो प्रकारको उपायकौशल्यको मार्गमा साथै लिएर जानुभई दशबल द्वारा आकाशव्यापि भैबसेका सकल प्राणिहरुको कारण गर्नु भएको हुनाले भट्टारक मञ्जुघोषलाई “अशेष विश्वार्थकरो” अर्थात् केहि पनि बाकी नराखि विश्वका अर्थ कारण गरी पाल्नुभएका भनि प्रख्यात गरिएको छ ।
सातौं – दश(इन्द्रिबल?)वशिताद्वारा स्तोत्र गरिएको, –
दशांकारो वशीर्महान् ।।४।।
अर्थ – भट्टारक मञ्जुघोषले दश प्रकारका वशिताहरु प्राप्त गरी आउनु भएको हुनाले दश प्रकारका महान् वशिताहरु भएका भनेर प्रख्यात गरिराखिएको हो । दश प्रकारका वशिताहरु के के हुन्, भने,-
(१) आयु वशिता- आकाश पर्यन्तको प्रसर भुवन सबैतीर निर्माणको व्युह देखाई ईच्छा अनुसार आयु स्थीर राख्ने, तथा आयु संस्कार बनाउने र छोडने गर्न सक्ने शक्ति भएको ।
(२) चित्त वशिता- ईच्छा अनुसार चित्त समाधिमा प्रवेश हुने शक्ति भएको ।
(३) परिष्कार वशिता- प्राणिहरूका आआफ्ना चिन्तना अनुसार आवश्यक भएको (प्रत्यय) परिष्कार सबै बनाइदिन सक्ने शक्ति भएको ।
(४) कर्म वशिता- ईच्छानुसार काय वाक् को कर्म गर्नसक्ने शक्ति भएको ।
(५) जन्म वशिता- आकाश पर्यन्तका प्राणिहरूलाई ईच्छा अनुसार जन्म लिई देखाउन सक्ने शक्ति भएको ।
(६) ऋद्धि वशिता- आकाश व्यापि प्राणिहरूलाई अभिज्ञाले देखि आआफ्ना मनले चाहे अनुसार निर्माण (अवतार)भई देखाउन सक्ने शक्ति भएको ।
(७) अधिमोक्ष वशिता- प्राणिहरूका कारण बाट फलामलाई सुन बनाइदिने आदि ईच्छा अनुसार गर्न सक्ने शक्ति भएको ।
(८) प्रणिधि वशिता- आआफ्ना चिन्तना अनुसार ईच्छा भएजति सम्म सिद्ध गर्ने शक्ति भएको ।
(९) ज्ञान वशिता- कहिले पनि ज्ञानहीन नहुने भएको ।
(१०)धर्म वशिता- आकाश व्यापक भएका प्राणिहरूको लागि (तीनिहरुका) आआफ्ना मनमा चाहना भएजति धर्म बताउन सक्ने शक्ति भएको ।
फेरि, “कालचक्रतन्त्र” अनुसार (अनुकुलको?) “दशाकारोवशिर्महान” भनेको, (१) ए, (२) वँ, (३) ह, (४) क्ष, (५) म, (६) ल, (७) व, (८) र, (९) य, र (१०) अं भनेका यी दशअक्षरहरू बाक्य, अभ्यन्तर, अन्त्य, तीनैओटा पुगेको संज्ञा विशिष्टको? हो ।
जस्तै, बाहिर स्थललोक जसरी सिद्ध भएको छ, भित्र रसप्राणिहरूका स्कन्ध, धातु, आयतन जस्तो छ, अन्य आदिक्रमको मार्गमा (सौध?) प्रासाद सेवन बाट सेवित सहित उत्पन्न भएको तथा द्वितीयक्रममा वज्रकायको मर्ममा व्यतीत भएको द्वारा उत्तमको फल सिद्ध हुने आदि भूमि-मार्ग-फल सहितको रहस्य सवै बीजाक्षर द्वारा पूर्ण गरिराखिएको हो । यस्तो “दशाकारवशी” (१) शब्द साधन गर्ने तथा (२) रूप साधन गर्ने, नियम दुइटा छन् । यस साधन गर्ने क्रम निपूर्णगरी सिकिलिने ईच्छा भए “कालचक्र महाटीका” हेरि सिकिलिनु होला । परम् भट्टारक मञ्जुघोषको उपायकौशल्यको उपदेश विशिष्टको भएको हुनाले भट्टारक मञ्जुघोषलाई “दशाकारवशीर्महान” भनि प्रख्यात गरिराखिएको छ ।
आठौं – फल धर्मकायद्वारा स्तोत्र गरिएको,-
अनादि निष्प्रपञ्चात्मा, शुद्धात्मा तथतात्मक ।
अर्थ- भट्टारक मञ्जुघोषले पहिले चित्तोपत्ति गर्नु भएदेखि नै गन्ति नै गर्न नसकिने संख्याका महाकल्प सम्म बोधिचित्त तथा चित्त संकल्पको दृष्टि (यौतुक?) मिलाई, अभ्यास गरी आई, स्थिति आलम्बन भएको समथ विपश्यना यौतुक?को समाधि प्राप्तगरी, संप्रयुक्ति मार्ग व्यवहार प्राप्त गरि, यहाँदेखि संप्रयुक्ति मार्ग निकासि, चतुरङ्ग पारङ्गत भई, स्थिति पर्यन्त साक्षात देखी, दर्शन मार्ग प्राप्त गर्नुभयो । यहाँदेखि संकीर्ण) अशुद्धको सातओटा भूमिहरु नाघिगई आठौं भूमि प्राप्त भएपछि, ममकारको बीजलाई जरा देखि नै काटि अर्हंत(ता) प्राप्त गरेपछि मात्र शुद्धभूमिमा बसेको भनेर भनिन्छ । यहाँदेखि पनि दशभूमि समेतलाई नाघि गई, वज्र समानको समाधिन्वितको वितर्क(अर्थात् भ्रान्ति)को अभिपरिपक्ष गरि, क्लेश (अर्थात् चित्तमल)लाई वास्ना सहित छोडि, पारङ्गत भएको(भई), ज्ञानधर्मकाय प्राप्त गरि, पुनर्वार चित्तको स्थिति पर्यन्तको कसैले नबनाएको अनादि देखि(को असंस्कृत)चित्तमा आत्मभाव (न?)भएको, फेरि यस मध्ये पनि कसैले पनि खण्डन गर्न नसकिने नित्य र अनित्य आदि समेत छुटेको, प्रपञ्चहरु केहि पनि नरहेको जुन आत्मा छ, त्यसलाई नै “तथता” भनेर भनिराखिएको छ । यस्तो किसिमको भएको तथता चित्तमा आत्मसिद्ध भई, यसबाट स्थिति पर्यन्तको आवरणको दुईटा वितर्क सबै प्रज्ञोपाय यौतुकको मार्गबाट शुद्ध गर्ने(भएको?) आत्मा नै धर्मकाय हो । यसमा भट्टारक मञ्जुघोषलाई फलधर्मकाय प्राप्त भएको क्रम देखि “अनादि”आत्मा, “निष्प्रपञ्चात्मा”, “शुद्धात्मा”, “तथतात्मा” भनेर प्रख्यात गरिएको छ ।
यी दुईओटा गाथाबाट स्थिति संकल्प गर्ने दृष्टिको सम्पूर्ण रहस्य देखाइ राखिएको छ । चित्तको स्थिति पारङ्गत गरि जानको लागि बाटोको तपन समान अन्य संयोग (प्रत्यय) बनाउन नपर्ने चित्तको स्वभाव उत्पत्ति हुने एउटा चाहिने हन्छ, यसलाइ नै अनादि भनेर भनिएको हो । चित्त तथा चित्तको तथता यि दुइटा बिऊ कुनै प्रत्ययले पनि वियोग गर्ने शक्ति नभएको केहि पनि प्रपञ्च उत्पत्ति नहुने एउटा स्वभाव चाहिन्छ ।
“प्रज्ञापारमितासूत्र”मा दुईटा नभएको, (र) दुइटा भिन्न नभएको भनेर चित्त तथा चित्तको धर्मता दुइटालाई कसैले प्रति-प्रति भिन्न गर्ने नरहेको भनेर भनिराखिएको छ । चित्तको धर्मतामा प्रपञ्चको केहि स्वभाव नभएको कस्तो हो भने आचार्य नागार्जुनले, ‘जुन स्थीर भई मिलिराखेको, निरोध नभएको, उत्पत्ति नभएको, नछुटे(ट्टिए?)को, नित्य नभएको, आउने नभएको र जाने पनि नभएको, पृथकको अर्थ(कारण) नभएको एउटा कारण (अर्थ) नभएको, एउटा कारण (अर्थ) नभएको । प्रपञ्च सम्यकअन्त शान्त भई देखाएको’ भनि आज्ञा गरिराखिएको जस्तै यो यत्ति महान ठूलो अर्थ हो ।
“तथतात्मक” भनेको स्वयं विशुद्ध भएको हो । र “शुद्ध आत्म” भनेको अगम? विशुद्ध भएको अर्थ हो । भट्टारक मञ्जुघोषले यी दुइटा शुद्ध सम्पन्न भएको (अर्थात् स्वयं विशुद्ध तथा शुद्ध आत्मा भएको) धर्मकाय प्राप्त गरी, आकाश क्षय नभए सम्म अचल भई रहि करुणा एवं प्रणिधानको स्वच्छन्दबाट ती आकाश व्यापि सकल प्राणिहरुका कारण गरि पाल्नुभयो ।
दोस्रो – लोकको कारण गरी आएको क्रमद्वारा स्तोत्र गरिएको-
१. लोकको कारण गर्नुभएको अविसंबादको क्रमबाट स्तोत्र गरिएको ।
२. लोकको कारण गर्नको लागि निर्भयको क्रमबाट स्तोत्र गरिएको ।
३. लोकको कारण गर्नको लागि गुण समृद्धको द्वारा स्तोत्र गरिएको ।
४. लोकको कारण गर्नको लागि वाकको गुण समृद्धको द्वारा स्तोत्र गरिएको ।
५. त्रियानको कार्य गरी आएको क्रमबाट स्तोत्र गरिएको ।
पहिलो- लोकको कारण गरिआएको अविसंबादको क्रमबाट स्तोत्र गरिएको,-
भूतवादी यथावादी, तथाकारी अनन्यवाक् ।।५।।
अद्वयो द्वयवादी च, भूतवादी व्यवस्थित ।।
अर्थ- भट्टारक मञ्जुघोषले आकाशब्यापि भैबसेका प्राणिहरूका कारण गर्न र, गरि नै रहनमा (निष्प्रवाणी?) पर्यन्तसम्म कहिले पनि नबदलिने (परिवर्तन नहुने) परम (सपूत?) पुरुष हुनुहुन्छ । “प्रमाण विवरण”मा उहाँलाई त्राता, सुलोचन पथ आज्ञा गर्नु भएका, निष्फल झूठो कुरा कहिले पनि नबोल्ने भनि आज्ञा गरिराखिएको छ । त्यसै गरी भट्टारक मञ्जुघोषले दुइटा आवरणहरु लाई वासना सहित छोडी, सबै प्रज्ञप्तिहरु लाई प्रत्यक्ष देखी, आफूले जस्तो देखेको हो त्यसै गरी जगतलाई पनि आज्ञा गरि पाल्नुभएको हुनाले “यथावादि” अर्थात् सत्यवचन बोलि आउनुभएका भनि भनिएको हो । भट्टारक मञ्जुघोषले के आज्ञा गर्नुभयो, त्यो वचन सवै (अन्य?) अपरिवर्तनीय भएको, जगतको लागि जस्तो भनियो त्यसरी नै गरिआउनु भएका हुनुहुन्छ । तथा जगतप्रजा लाई अकुशल छोड् भनि भनेर भन्नुहुँदा जसरी आज्ञा गरिआउनु भएको हो त्यसरी नै स्वयम् भट्टारक मञ्जुघोष आफू पनि अकुशल कर्ममा कहिले पनि प्रवेश नभई आई, दुइटा आवरण (क्लेशको आवरण तथा ज्ञेयको आवरण)हरु फेरि कहिले पनि नहुने गरिआउनु भएकोले अकुशल कर्ममा प्रवेश हुने हेतु (अर्थात् बीउ) नै नभएका हुनुहुन्छ ।
भट्टारक मञ्जुघोषले जगतप्राणिलाई संसारमा घुमाइरहने बिऊ नै क्लेश हो, र सबै क्लेशको मूल जरा नै आत्मवाद हो, अर्थात् म’मेरो भनेर समाति राखिएको भाव हो, जुन म’मेरो भनेर पक्रिराखेको विषय नै उल्टा(विपरीत?) भएको हुनाले परेको हो । म’मेरो भन्ने कहिले पनि सिद्ध हुने कुरा होईन, तापनि म’मेरो’ भनेर पक्रिराखेको छ, अतएव म’मेरो’ भन्ने नहुने गराउनु पर्दछ भनेर देखाउनु भयो । यसलाई) परलाई जसरी देखाउनु भयो, त्यसरी नै भट्टारक मञ्जुघोष स्वयं आफैले पनि चित्तलाई स्थिति पर्यन्तसम्म सम्यक अन्तमा समाहित गरी जानुभई, कहिले पनि उठन नपर्नेगरी प्रतिस्थ हुनुभयो । तसर्थ भट्टारक मञ्जुघोषलाई “यथावादी”, “भूतवादी”, “तथाकारी”, “अनन्यवाक्”, “अद्वयवादी”, “द्वयवादी”, ‘सत्य नै बोली आएका’, ‘वचन नबदल्ने’, ‘जे भनियो त्यही नै गर्ने’, ‘दुइटा नभएको देखाइ आउनुभएका’ भनेर प्रख्यात गरिराखिएको छ । विशेष (समूह) बुद्धको नाम पर्यायलाई (यथावादि) सत्यवचन भनि अद्वयवादी भनि इत्यादि भएता पनि भट्टारक मञ्जुघोषको नाम पर्याय मिलाएर राखेको छ ।
यी चारओटा गाथा चरणबाट महायानको कल्याणमित्रको लक्षण बताइएको छ । महायानको कल्याणमित्रका लक्षण के के हुन् भने “सूत्रालङ्कार” अनुसार कल्याणमित्र भनेका– (१) संयमी, (२) शान्त, (३) उपशान्त, (४) विशेष गुण, (५) वीर्य, (६) (कल्याणमित्र) परायण, (७) तथता प्रबोधगरी कुरा गर्न जानेका, (८) कृपात्मक, (९) दिक्क नहुने, (१०) धीर गरी दशओटा गुणहरू संग्रह गरि (ती भएका) भनिएका (हुन्) । यी दशओटा गुणका बारेमा एउटा-एउटाको विस्तृत गरि लेख्ने हो भने, धेरै नै अक्षर लेखिरहनु पर्ने भएकोले प्रकाशित गरिएको छैन । यथावादी तथाकारीको महायानको स्थिति क्रियाको मर्म विशिष्टको छ ।
“भद्रकल्पावदानसूत्र”मा भगवानसंग बोधिसत्त्व प्रहर्षराजाले प्रार्थना गर्नुभयो,- “हे भगवान ! बोधिसत्त्वले के के धर्म सम्पूर्ण गरे भने सकल प्राणीहरुको आश्रय हुन तथा आचरणचर्या परीक्षा गर्न सक्ने हुन्छ; सकल बुद्धहरुको (अधिश्रय) उपदेशमा प्रविष्ठ हुन सक्दछ, उल्टाबाट (विपरीत किसिमले) सिकीराखेका लाई सुल्टो तरीका (यो हो भनेर) देखाउन सक्ने हुन्छ, शब्द(लाई) यथानुपूर्वक सत्यता जानेको हुनाले अनुगम हुनसक्ने हुन्छ, प्रत्युपन्न भैरहेका सकल बुद्धहरुलाई निर्मल गरी तद्यथा बुद्ध तथा (तथागतहरु संग) समागम भई दर्शन गर्न सक्ने हुन्छ, धर्मको नियत प्राप्त गर्न (निश्चित हुन) सक्ने हुन्छ, लोकमा भएको (धर्म अनुसार नै) धर्माचरण गरे तापनि लौकिकबाट छुन नसक्ने भएको हुन्छ, समापत्तिमा बसेता पनि त्यसबाट त्यसमा उत्पन्न नहुने हुनसक्दछ । निर्वाण(मार्ग)को धर्माचरण गरेता पनि परिनिर्वाण नहुने, बुद्धको प्रतीज्ञा सम्पूर्ण नगराउने हुन्छ । श्रावक तथा प्रत्येकबुदध हरुका धर्माचरण गरेता पनि उसले त्यसो गरेको कुरा नियत नहुने (अर्थात् नठहर्ने) हुन्छ । बुद्ध-अनुस्मृति गर्नेलाई चित्त (कलुष) कचिंगल हुन नसक्ने, नाना प्रकारका धातुहरुमा प्रवेश भई यी सबैमा अनुप्रवेश पनि हुनसक्ने, प्रश्रय प्रतिभानको चित्तलाइ प्रभावले थिच्न दवाउन नसक्ने, बुद्ध (प्रकट) भैराखेको भुवन व्यूह(लाई) अत्यन्त परिग्रहण गरि भैरहेका जतिपनि प्रज्ञा प्राप्त गर्न सक्ने, प्राणिहरु लागि परिपक्व गरी प्राणीको संज्ञाले?(लाई?) थिच्न दबाउन सक्ने, धर्महरू बताई आलम्बनमा पनि नपर्ने?, निर्वाणको पनि कुरा गरेर पनि उपशान्ति केहि पनि अनालम्बन हुने, बोधिको निम्ति चर्या गरी अप्रतिष्ठ हुने, गर्न हुने-नहुने सवैलाई छोडेता पनि महान ठूलो अभिलाषा हुने हुन्छ, ती सवै भगवानले मलाइ निर्देशन गरिदिनुहोस्”, भनि प्रार्थना गर्नुभयो ।
भगवानले प्रहर्षराजा बोधिसत्त्वलाई यस्तो आज्ञा गर्नुभयो, “साधु ! साधु ! प्रहर्षराजा । सर्वधर्म-उपनिर्देशकक्रम भनिएको एउटा समाधि छ, जसमा बोधिसत्त्व(लाइ) समाधि सम्पन्न भयो भने यी गुणहरु सबै (स्वतः) नै प्राप्त हुने हुन्छ । अरु एकशये एकाउन्न ओटा कुराहरू पनि परिपूर्ण हुनेछ । चौरासी हजार समाधि पनि प्राप्त हुनेछ । चौरासी हजार धारणि पनि प्राप्त हुनेछ । सकल प्राणीहरुका आवरणको (बारे)मा पनि जानेको वा जान्नसक्ने हुनेछ । चाँडै अनुत्तरको अभिसम्बोधिमा अभिसम्बुद्ध हुनेछ । हे प्रहर्षराजा ! यो सर्वधर्म उपनिर्देशक क्रम भनेको समाधि यो कस्तो हो भने- ‘यथावादि तथाकारी, यथाकारी तथावादी’ नै हो ।“ भनि आज्ञा गर्नुभयो ।
दोस्रो – लोकको कारण गर्नको लागि निर्भयको क्रमबाट स्तोत्र गरिएको,-
नैरात्मा सिंहनिर्नादि: कुतीर्थ मृगभिकर ।।६।।
सर्वत्रगो मोघ गति, तथागत मनोजव ।
जिनो जितारीर्विजयी,
अर्थ – भट्टारक मञ्जुघोषले आत्मा(वाद)को वशमा परेर संसारमा दु:ख पाईरहेका लोकप्राणिहरु लाई देखेर करुणाले सहन नसकी त्यहाँवाट तारिदिनको निमित्त अनात्ममा स्थित उपायकौशल्यद्वारा विद्याको विपरीत शतसहस्र (प्रज्ञापारमिता) द्वारा निर्देशन गर्नुभयो । “आर्य धृतराष्ट्रकपरिपृच्छ सूत्र”मा अनुत्पन्न शून्यशान्तिको क्रम नजानेको हुनाले यताउता घुमिरहेका ती लोकप्राणी हरू लाई करुणा (संग संयुक्त?) भएको उपायको तरीकाबाट शये प्रकारका विद्याहरु राखिदिनु भयो, भनि आज्ञा गरिराखेको छ । यस्तो क्रम सकल बुद्धहरुका शाधान? चरित्र हो । विशेष(रूपमा?) अनात्माको स्थिति देखाउन भट्टारक मञ्जुघोषले भरोसाको शक्ति श्रेष्ठ भैराखेको (लाई) सूत्रपिटक हरुमा आज्ञा गरिराखेको जस्तै हो । भट्टारक मञ्जुघोषले नैरात्माको स्थिति व्याख्या गरी दिनुभएको वचन सिंहको शव्द (गर्जन) जस्तै (भएको) तथा (त्यस) सिंहको शब्दस्वरले नीच जन्तुहरु सवै त्रास मान्ने भएको जस्तै भट्टारक मञ्जुघोषले अनात्माको स्थित(स्थिति?) व्याख्या गर्नुभएको वचन पनि आत्मदृष्टिद्वारा ग्रष्ट भैराखेका नीचहीन तीर्थिकहरु त्रास मानि रहने (गराउने) हुन् । यो त केवल सामाजिक(?) मात्र हो । अनात्माको स्थित व्याख्या गर्ने वचन आवाज गर्ने बित्तिकै त्रिधातु संसार धूलो भएर जाने तथा स्थलरस सबै थरथरभई कम्प हुनेँछ, र अनात्मा स्थिति शंका गर्ने बित्तिकै भव चूर्ण भई जाने (कुरा) “चतुर्शतसूत्र”मा आज्ञा गरिराखिएको छ ।
यी गाथा चरणहरु दुइटाबाट भट्टारक मञ्जुघोषले (जगत)प्रजाहरु लाई धर्मचक्र प्रवर्तन गर्नमा भय व संकोच केहिपनि नगरी, चतुर्अभय प्राप्त गरी आउनु भई, (भट्टारक मञ्जुघोषले) आकाश व्याप्त भएको सकल क्षेत्रहरुमा गई, कतै रोक्का नभइकन गई पुगी, देखेका-सुनेका-सम्झेका-बुझेका (सबैलाई) स्वर्ग र मुक्ति समेतका मार्ग(हरु?)मा पठाई, सार्थक चरित्र देखाउनु भएको हुनाले “सर्वत्रगो ऽमोघगति” (अर्थात्) सर्वत्र पुगेका (पुग्नसक्ने) र सार्थक बल भएका भनि प्रख्यात गरि(एको हो ।) यसरी सर्वत्र क्षेत्रमा जानको लागि केहि प्रयत्न समेत (गर्न नपर्ने भई), पराक्रम विकल्प केही कुनै पनि (बाकी) नराखि तथागतको चित्त तथा हृदय समानको भएर गई, चपल-चलायमान भई, मुहुर्त-मुहुर्तको भित्रै नै ऋद्धि द्वारा सर्वत्र भुवनमा गई निर्माण(भई) परिपूर्ण गरि पाल्नुभयो । तसर्थ भट्टारक मञ्जुघोषलाइ “जिनो, जितारी विजयी” (अर्थात्) शत्रुजित भनेर प्रख्यात गरिराखिएको हो ।
तेस्रो – लोकको कारण गर्नको लागि गुण समृद्धको द्वारा स्तोत्र गरिएको,-
…………… चक्रवर्ति महाबल ।।७।।
गणमुख्यो गणाचार्यो, गणेशो गणपतिर्वशी ।
महानुभावो धोरेयो, अनन्यरयो महानयो ।।८।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाश पर्यन्तका प्राणिहरूलाई धर्मको चक्रवर्ति समान महा बलवानको (भई?), तथा प्रजाहरुलाई (तीनिहरुका) आआफ्ना मनले चाहेको जस्तै (गरी), जसरी बोध गर्नुपर्ने हो (त्यसै) अनुसार निर्माण भई, धर्म बताउनु भई, सकल जगतका गुरु हुनभयो । श्रावक कुलीन (कुलवाला) प्रजाहरुलाई अनुगृहित गर्नको लागि गणको आचार्य भई पाल्नुभयो । प्रत्येक(बुद्ध) कुलीनको प्रजाहरुलाई अनुगृहित गर्नको लागि प्रत्येक(बुद्ध) संघगणहरुका मुख्य गुरु भई पाल्नुभयो । महायान कुलीनहरुलाई अनुगृहित गर्नको निम्ति बोधिसत्वगणका स्वामी भई पाल्नुभयो । देव-ईन्द्र सह?(समानका?) उक्त मन्त्रको पात्रता (स्थलयोग्य) भएका प्रजाहरुलाई अनुगृहित गर्नका लागि मण्डल देवगणका प्रभु वज्रधरेन्द्रको उच्चको काय भई अभिषेक सम्पन्न गरि पाल्नुभयो । अतएव भट्टारक मञ्जुघोषलाइ धर्मका चक्रवर्ति भनि, महाबल भनि, गणका मुख्य भनि, गणका आचार्य भनि, गणका स्वामी भनि, गणका पति भनि, अष्ट ऐश्वर्य सम्पन्न भएको भनि प्रख्यात गरिराखिएको छ ।
भट्टारक मञ्जुघोष यस्तो गुणको महाशक्ति(वान भएकोले), जोडा नभएको सकल जिनपुत्रहरु मध्ये (पनि) विशेष आर्य हुनुभई, उहाँ(भट्टारक मञ्जुघोष) सकल बुद्ध बोधिसत्वहरुका (प्रधान) स्थानाश्रय तथा सकल लोकहरुका लागि पूजनीय भएको क्षेत्र हो । भट्टारक मञ्जुघोषले (जगत) प्रजाहरुलाई अवस्था-अवस्थाको धर्मचक्र प्रवर्तन गर्नुभई, विशेष(रूपमा) महागुह्य भएको वज्रयानको क्रम तथा मार्ग अरूले देखाइदिन नपर्ने गरी स्वच्छन्दले देशना गरिदिनु भएको हुनाले भट्टारक मञ्जुघोषलाइ प्रभु मञ्जुश्रीवज्र भनि सकल जिनपुत्रहरुले (समेत) अत्यन्त महान गरी प्रख्यात गरिराखिएको छ ।
चौथो – लोकको कारण गर्नको लागि वाकको गुण समृद्धको द्वारा स्तोत्र गरिएको,-
वागीश्वरोबाग्पतिबाग्मि, वाचस्पति रनन्तगी ।
सत्यवाक् सत्यवादी च, चतुर्सत्योपदेशक ।।९।
अर्थ – भट्टारक मञ्जुघोषले जगतलाइ धर्मचक्र प्रवर्तन गर्नुभएको परम् वचनस्वर (एउटा), आकाश पर्यन्त सर्वत्र गुञ्जायमान भएको (वचनस्वर) साठीओटा अङ्गहरु सम्पन्न भएको हो ।
चतुर्प्रतिसंविद् (भनेको चारओटा प्रतिसंविद्)हरु हुन्, (१) अर्थ प्रतिसंविद्, (२) धर्म प्रतिसंविद्, (३) निरुक्ति प्रतिसंविद्, (४) प्रतिभान प्रतिसंविद् हुन् । यसमा,-
(१) अर्थ प्रतिसंविद् – प्राप्त भयो कि बागीश्वर हुन्छ ।
(२) धर्म प्रतिसंविद् – भयो कि वाग्पति वाक्यको अधिपति हुन्छ ।
(३) निरुक्ति प्रतिसंविद् – प्राप्त भयो कि बाग्मी वाचक हुन्छ । र
(४) प्रतिभान संविद् – प्राप्त भएमा बाचस्पति वाक्यको अधिकार भएको हुन्छ ।
तदनुसार भट्टारक मञ्जुघोष प्राणिहरुको लागि यसरी धर्म व्याख्यान गरिआउनु भएको (हो ।), यो पनि जगतप्राणि एक-एकजना संग (तीनिहरुका) आआफ्ना भाषामा व्याख्यान गरी आएको (हो), अर्थात् हरेक एक-एकजना लाई पटक-पटक बेग्ला-बेग्लै समयमा व्याख्यान गर्नुपर्ने होइन । (यो त) आकाशधातु जहाँसम्म छ, त्यहाँसम्म (जति) जगत प्राणिहरु भैराखेका छन्, ती प्राणिहरू सबैलाई लाई नै वचनको एकस्वरले (तीनिहरुका) आआफ्नै भाषामा बुझाउन सक्ने सामर्थ्य (भएका हुनुहुन्छ ।) तथा (ती) प्राणिहरुका आ-आफ्ना शंकाहरु जे जे रहेका छन्, तत् तत् सबै अनगिन्ति (ती) प्राणिहरुले एकसाथ विनति गरे तापनि अनावरण भएको कानले सुनि मनले विचार गरी एक वचनस्वरले तत् तत् शंकाहरू सबै निर्णय गरी आउनुभएको हुनाले उहाँलाई “अनन्तगी” (अर्थात्?) अनन्त वाचा भनि आज्ञा गरिराखेको हो । अतएव भट्टारक मञ्जुघोषलाई “बागीश्वर”, “बाग्पती”, “बाग्मी”, “अनन्तगी” भनि प्रख्यात गरिराखिएको छ ।
भट्टारक मञ्जुघोषले यावत् धर्मको व्याख्यान गरि आउनुभएको सबै नै सत्यवाचा तथा सत्यवादी मात्र (हुन् । यस बाहेक) सिवाय कहिले पनि झूठो वचन भनेको छैन । धर्मको यथार्थ देशना (व्याख्यान) गरी आउनुभएको (भनेको) कस्तो हो भने, सर्वधर्मको रहस्य(हरू)लाई समुच्चय गरि जगतप्राणि(लाई) संसार तथा दुर्गतिबाट उत्रिई मुक्ति तथा सर्वज्ञ पद (समेत) प्राप्त हुने उपाय बताउनु भएको हो ।
(किन्तु?) सबै(सर्वत्र?) क्लेशपक्षको विपाक दुइटा र विशुद्ध पक्षको कर्मफल दुइटा (दुवैथरी?) मिलाएर राख्नुभयो । सर्वत्र क्लेशपक्ष (भए)का दुइटा के के हुन् भने (१)दु:खसत्य र (२)समुदय सत्य गरी दुइटा हुन् । (त्यसै गरी) विशुद्धपक्ष दुइटा के के हुन् भने (३)निरोध सत्य र (४) मार्ग सत्य हुन् । केवल यसै एउटा जन्ममैं नै (ती) लिप्त भैरहेका जगत प्राणिहरुलाइ दुर्गतिको दु:ख कस्तो रहेको छ, त्यो देखाइदिई (तत्पश्चात्) त्यसबाट मुक्त हुने उपाय (भएको), शरणमा जाने तथा पाप छोडी पुण्य गर्ने साधन गर्ने क्रम देखाउनु भयो । जगतप्राणि मध्ये पनि मध्यमचित्तवाला लाई संसारको समूह दु:ख देखाई त्यसबाट तारिदिने उपाय भएको त्रिशिक्षाको मार्ग देखाउनु भयो । जगतप्राणि मध्ये मनोत्तमवाला लाई प्राणीहरु सवैले आफ्नो निम्ति महान दयावान (भएका?) र संसारचक्रमा कर्मक्लेशको बन्धनमा परेर दु:ख भोग गरी रहेका क्रम देखाई त्यसबाट तरेर जाने उपाय “मैत्री करुणा बोधिचित्त” भावना गरि बुद्ध हुने उपाय देखाउनु भयो । तसर्थ भट्टारक भट्टारक मञ्जुघोषलाई सत्यवचन बोलेर आउनुभएका भनेर प्रख्यात गरिराखिएको छ । यस कारणलाई विचार गरी “प्रमाण विवरण”मा पनि अतएव दन्दकम्ह? भएता पनि फेरि रक्षागरि चतुर्सत्य देशना गरि आउनुभएका भनि जगतलाई चतुर्सत्य देशना गरि आउनुभई जगत प्राणिका शरण प्रसिद्ध गर्नुभयो ।
पाँचौं – त्रियानको कार्य गरी आएको क्रमबाट स्तोत्र गरिएको,-
अवैवर्तीह्यनागामि, खड्ग प्रत्येक नायक ।
नाना निर्यान निर्यातो, महाभूतैक कारण ।।१०।।
अरहं क्षीणाश्रवो भिक्षु, वीतरागो जितेन्द्रित ।
क्षेमप्राप्तोऽभयप्राप्तो शीतिभूतो ह्यनाबिलो ।।११।।
अर्थ – भट्टारक मञ्जुघोषले तीनैओटा यानका कुलीनहरु सबैलाई नै अनुगृहित गरि आउनुभइ-
(१) श्रावकको कुलिन प्रजाहरुलाइ चतुरार्यसत्यको धर्म बताई श्रोतापत्ति पदमा (पठाउनु भयो) । पुनर्जन्मको निम्ति फेरि आउन नपर्नेहरु लाइ अनागामी पदमा (पठाउनु भयो) । र क्लेशलाई जरा देख नै चुँडाइसकेका लाई अर्हंतको पदमा पठाउनु भयो । श्रावकका कुलीन प्रजाहरु लाइ अनुकम्पा कृपा राखे जस्तै स्वयं आफैले पनि श्रावकको विधि क्रम धारण गरी आउनु भयो ।
(२) प्रत्येक(बुद्ध)का कुलीन प्रजाहरुलाइ प्रतीत्यसमुत्पादको धर्म बताई प्रत्येकको बोधि निक्षिप्त गरी पठाउनु भयो । किन्तु प्रत्येकमा पनि दुइटा कुल छन्; (क) वर्गाचारी र (ख) खड्ग प्रत्येक । गैंडा (खड्गविसाण) जस्तै एकलै रहने, नायक वर्गाचारी प्रत्येकहरूका वर्गाचार्य चलन धारण गरी प्रतीत्यसमुत्पाद अनुलोम प्रतिलोम तथा पर्यायको क्रम बताई प्रत्येकको बोधि निक्षिप्त गरी पठाउनु भयो । गैंडा समानका प्रत्येकलाई खड्ग प्रत्येक समान जस्तै नै विधि धारण गरी धर्म बताई प्रत्येक बोधिमा पठाउनु भयो ।
(३) महायानका कुलीन प्रजाहरु लाई (क) यसै एकै जन्ममा नै चित्त नफर्किने विरक्तिको, तथा (ख) भव अन्तको अपमानले विरक्त हुने, तथा (ग) भवशान्ति दुइटाको अन्ते?मा नपरेको निर्यान(विरक्ति)का देखाई नाना निर्यान(हरु)बाट यस्तो प्राप्त हुने भनि अनुत्तर सम्यक्सम्बोधि प्राप्त हुने उपाय बताइ पाल्नुभयो ।
तीन यानको यस्तो जस्तो महाफल प्राप्त हुनको लागि एउटा मात्र बीऊ, कुशल कार्य नै मात्र हो, त्यस कुशल(पुण्यकार्य गर्ने) रीति प्राणिहरुको बुद्धि विद्या अनुसार धेरै छन् ।
यस प्रकारबाट भट्टारक मञ्जुघोषले तीनैयानका जगत प्राणिहरुलाई आआफ्ना चित्तको अनुकूल हुने गरी धर्मको व्याख्यान गर्नुभई, आआफ्ना आकार अनुकूल हुनेगरी कायको भेष देखाउनु भयो । भिक्षुको भेष (र) अर्हंत क्षीणाश्रवको भेष विधि (देखाउनु भयो), (साथै) वितराग भई ईन्द्रिय विजयगरी अनुत्तर सुख प्राप्त गरी निर्भयको अनुत्तर बोधि प्राप्त हुने बिधि क्रम देखाई, क्लेशको दु:ख सकल शान्त गरी शीतलको अनाविलको बिधि क्रम देखाउनु भयो । उक्तानुसार बताइएको जस्तै तीनओटा बीजबाट जगतको कारण प्रतिपत्ति गरी आएको क्रम आरम्भ गर्ने कायको विपरिनत तथा नाम पर्याय पनि त्यति नै छन् ।
तेस्रो – चतुर्कायद्वारा स्तोत्र गरिएको । दुइओटा,-
१. चतुर्कायको गुण द्वारा स्रोत्र गरिएको ।
२. चतुर्काय शिघ्र सिद्ध हुने मन्त्रमार्ग द्वारा स्तोत्र गरिएको ।
पहिलो- चतुर्कायको गुण द्वारा स्तोत्र गरिएको चारओटा
१. निर्माणकायको गुण द्वारा स्तोत्र गरिएको
२. सम्भोगका द्वारा स्तोत्र गरिएको
३. धर्मकायको गुण द्वारा स्तोत्र गरिएको
४. ज्ञानकायको गुण द्वारा स्तोत्र गरिएको
पहिलो- निर्माणकायको गुण द्वारा स्तोत्र गरिएको-
विद्याचरण सम्पन्न, सुगत लोकवित्पर ।
निर्ममो निरहंकार, सत्य द्वय नय स्थित ।।१२।।
संसारपार कोटिसथ, कृतकृत्य स्थलेस्थित ।
अर्थ – यस निर्माणकायद्वारा स्तोत्र गरिएको सूत्रमा “(१)भगवान, (२)अर्हंत, (३)सम्यक्सम्बुद्ध, (४)विद्याचरण सम्पन्न, (६)सुगत, (७)लोकवित्पर, (८)अनुत्तरो पुरुषदम्य सारथी, (९)देव मनुष्यहरुका शास्ता, (१०)बुद्ध(भगवान) भनिएको अर्थ संग्रह गरिराखिएको छ ।
(१) “भगवान” भनेको चतुर्मारलाइ हटाइ ऐश्वर्य आदि छओटा साधु (सुभिक्ष) सम्पन्न भएको हो ।
(२) “तथागत” भनेको सर्वधर्मको स्थिति जस्तो भैराखेको हो, त्यसरी नै हृदयमा राखि जगतलाई उल्टा नहुने गरि त्यसरी नै बताइ आउनुभएको हुनाले तथागत भनि वर्णन गरि राखिएको हो ।
(३) “अर्हंत” भनेको श्रावक प्रत्येक चित्त भएमा त्यसबाट वासना सहित केहि पनि बाकी नराखि छोडिइ सकेको हो ।
(४) “सम्यक्सम्बुद्ध” भनेर भनिएको सर्वधर्मको स्थिति उल्टा नहुने गरी सम्यक् रूपबाट सर्वप्रकारबाट विज्ञ भएको ज्ञान हृदयमा भएको (धारणा) भएको अर्थ हो ।
(५) “विद्याचरण सम्पन्न” भनेर आज्ञा गरिराखिएको आर्याष्टाङ्गमार्ग बाट अनुत्तर पद पुग्ने अर्थ हो । माथिको(च्वेयागु?) शास्ता समृद्धको प्राप्त गर्नेको हेतु (बीऊ) (भनेर) देखाइराखेको हो । यसमा विद्या भनेको के हो भने (१)सम्यक्दृष्टि लाई हो) । तथा बाकी सातओटा अङ्गहरु (२)सम्यक् संकल्प, (३)सम्यक् वाक्(वाचा), (४)सम्यक् कर्मान्त, (५)सम्यक् आजीव, (६)सम्यक् व्यायाम, (७)सम्यक् स्मृति, र (८)सम्यक् समाधि (लाई चारण अथवा आचरण भनिएको) हो । यी आर्याष्टाङ्गमार्गमा त्रिशिक्षा समुच्चय भएको छ, त्रिशिक्षालाई मिलाइ हेर्यो भने (क)विद्या भनेको प्रज्ञाको शिक्षा र (ख)चरण भनेर शील र चित्त (समाधि)का शिक्षा लाई नै भनिएको छ । यसमा विद्या पाद (चरण) भनिएको अनुत्पादको विशेष हो ।
(६) “सुगत” भनेको बोधचित्त रत्नलाई समुत्पन्न गरी त्रिशिक्षाको स्थिति कृया पारंगत भई आउनुभई सर्वत्र दोष(खून) क्षय गरी सर्वत्र गुणले परिपूर्ण भएको अनुत्तर पदमा आगत भएको अर्थ हो ।
(७) “लोकवित्” तथा “लोकज्ञ” भनेको अभिसम्बुद्ध भई आउनुभई प्राणिहरुका लोक एवं प्राणिहरु जहाँसुकै स्थानमा भएपनि बास गरिराखेको लोक स्थल सबै भैराखेको क्रम प्रत्यक्षमा देखी प्राणी जोसुकै लाइ पनि संसारको बासवाट उत्तीर्ण गरी मुक्तिको भूमि पठाई जो सुकै एकैजना(सम्म) भए तापनि दुर्गतिबाट निकाली सुगतिमा पठाई जोसुकैलाइ पनि महायानको मार्गमा साथै लिएर गई बुद्धको भूमिमा राख्न लग्छु भन्ने बिचार मनसाय (राखी) निर्मल ज्ञानबाट आकाश व्यापक भैरहेका सकल प्राणिहरुलाई देखिलिनु भई जहाँ जसो गरी बोध गराउनुपर्ने हो त्यसै अनुसारले लोकको कारण गरी पाल्नुभएको हो ।
लोकहरु लाइ संसार चक्रबाट कसरी उतारेर पठाउनु भएको हो, भने संसारमा चक्रमा घुमाई रहने (कुरा)को जुन बीऊ छ, त्यो म’मेरो’ भन्ने लाई पक्रिराखेको नै हो । भट्टारक मञ्जुघोषले भाग्यमानीहरु लाई अनात्माको स्थिति देखाइ म भनेर नसमातेको एवं मेरो भनेर नपक्रेको तथा हाम्रो भनेर समातेकोलाइ छोडाइ मुक्तिको सुखमा राखिदिनु भयो । उहाँ भट्टारकको सुहृदयमा म’मेरो’ भनेर पक्रनेकुरा कहिले पनि उत्पत्ति हुने हुँदैन । बुद्धको पद प्राप्त गर्नलाई नित्य सत्यको (मार्गमा?) संस्थिर स्थिति यथार्थमा विदित गरी प्रज्ञोपायको मार्ग दुइटा अनुभव गरेको द्वारा फल दुइटा काय सिद्ध गर्नुपर्ने भएको हुनाले भट्टारक मञ्जुघोषले जगतलाई पनि दुइटा सत्यहरुको स्थिति कृया देखाई स्वयं उहाँ भट्टारकले पनि भूमि, मार्ग, फल, तीनैओटा दुइटा सत्य देखी पाल्नुभए पछि त्यसै क्रममा बस्नुभयो । दुइटा सत्य पनि साधारण असाधारण दुइटा भएकोमा असाधारणको अनुत्तर मन्त्रको कर्म (कार्ये) पर्यन्तको यवक साधन गर्ने क्रम हो । यसमा “संसार पार कोटिष्ठ, कृतकृत्य स्थले स्थित” संसारबाट पार तरेर गइ गर्नुपर्ने सबै गरी नवौं? भूमिमा बसेको भनि भनिएको “त्रिरत्न अनुस्मृत सूत्र”मा बुद्धगुण पढने (व्यवहार गर्ने? व्बनेगु) अवस्थामा भववाट गरेर जानुभएका नदी (सागर)बाट पार भई पाल्नुभएका भनि आज्ञा गरिराखिएको मर्म एउटा मात्र नै हो । भवको नदी चारओटा भनिएको छ– (१)कामनदी, (२)भवनदी, (३)अविद्यानदी, (४)दृष्टिनदी । यी चाओटा नदीहरु तरेर क्लेश वासना सहित भिजेको केहि नभएको मुक्तिको सुखाभूमि पाल्नुभएको हो ।
भट्टारक मञ्जुघोषले जगतप्राणिलाई भूमि, मार्ग, फल सहितको मर्म सकल स्पष्टगरी सदुपदेश गरि आफू स्वयं उहाँ भट्टारक पनि भूमिमार्गमा पारंगत भई फल अनुत्तर पदमा पाल्नुभयो । अतएव यस तन्त्रमा पनि भट्टारक मञ्जुघोषलाइ विद्याचरणसम्पन्न भनेर, सुगत भनेर, लोकवित् उत्तमको भनेर, म र मेरो लाई नसमातेको भनेर, दुइटा सत्यको क्रियामा बस्नुभएका भनि, संसारबाट पार भएका भनि, कृतकृत्य भनि, स्थले स्थित नवौं भूमिमामा बस्नुभएका भनि प्रख्यात गरिराखिएको हो ।
दोस्रो – सम्भोगकायको गुण द्वारा स्तोत्र गरिएको,-
कैवल्य ज्ञानकोटिस्थ, प्रज्ञाशस्त्रो बिदारण ।।१३।।
सद्धर्मो धर्मराट्भास्वान्, लोकलोक:कर:पर: ।
धर्मेश्वर धर्मराज, श्रेयोमार्गोपदेशक ।।१४।।
अर्थ – भट्टारक मञ्जुघोषले दुइटा संभारबाट पारंगत गरी(भई), सर्वज्ञको ज्ञान प्राप्त गरीलिई, स्थूलरूपको नरदेह सवै शुद्ध गरी, ज्ञानबाट मात्र निश्चय गरी, स्वच्छन्द भैरहेको तथा काय एवं प्राशाद आदि स्वआलोक ज्ञान मात्र बनाई (भएको “कैवल्यज्ञानकोटिस्थ” भएर) आउनुभई, “प्रज्ञाशस्त्रो” अर्थात् स्थितसंकल्प प्रज्ञाको शस्त्रबाट चतुर्मार(लाई) विध्वंस गरी, (तथा) दुइटा आवरणबाट छुटीगई, “सद्धर्म:मा पारंगत भई, धर्मकाय प्राप्तभई, सद्धर्म(को?) धर्मराज(भई) भासमानभई “धर्मराट् भास्वान”भई, तथा देव सहित लोकहरुलाई धर्मको आलोक(बत्ती) दिने उचित संभोगकाय भई, सर्वत्र लोकमा जजमान भएर ज्योतिले उज्यालो देखाउने उत्तम “धर्मेश्वर धर्मराजा”(भई), वचन स्वरबाट अनिरूद्ध भएको, देखाउन योग्य भएको मुक्ति तथा सर्वज्ञको मार्ग(हरु) देखाउनु भएका (“श्रेयोमार्गोपदेशक” हुनुहुन्छ) भनेर प्रख्यात गरिराएको हो ।
यी गुणहरु सम्भोग(काय) र निर्माण(काय) दुइटैमा भएको भएतापनि उहाँमा सर्वज्ञको ज्ञान प्रथम(पटक) प्राप्त हुनासाथ नै (१) काय(मा) लक्षणव्यञ्जनबाट लङ्कृत भएको काय, (२) वाकमा अनिरुद्ध भएको साठीओटा अङ्गहरु भएकको स्वर, तथा (३) चित्तमा सकल प्रज्ञप्ति देखेको (चित्त भई) तीनओटा ज्ञान स्वआलोकको प्रभावमा एकातर्फबाट स्थीर भएको नै सम्भोगकाय हो । यसैले यसमा सम्भोगकायको गुण मिलाइ राखिएको छ ।
तेस्रो – धर्मकायको गुण द्वारा स्तोत्र गरिएको –
सिद्धार्थ सिद्ध संकल्प, सर्वकल्प विवर्जित ।
निर्विकल्पोक्षयोधातु, धर्मधातु परोव्ययो ।।१५।।
अर्थ – भट्टारक मञ्जुघोषले दुइटा शुद्ध सम्पन्न भएको धर्मकाय प्राप्त गरेकोले पहिले चीरकाल देखि नै प्रतीज्ञा गरिराखेको कारणले सिद्ध गरी, मनले इच्छाएको चिताएको पुर्याइ दिने तथा संसारको बन्धन (भएको) सर्वसंकल्प सकल छोडी, तथताको श्रेयमा निर्विकल्प भइ आउनुभएको हुनाले क्षय नहुने “अक्षय धातु” र “धर्मधातु परोव्ययो” भनि लोकको कारण गरी आएको, तथा सकल प्रज्ञप्तिको दृष्टिलाइ छेक्ने दुइटा वितर्क(हरु) क्षयगरी दुइटा शुद्ध सम्पन्न भएको धर्मकाय प्राप्तगरी, धातु पर्यन्तसम्म फेरि बनाउन(दने?) नपर्ने गरी समाहित गरी आई, सकल प्रज्ञप्ति दृष्टगत भएको(हुने) ज्ञान प्राप्त भयो । तसर्थ यसमा यस्तो अर्थद्वारा स्तोत्र गरिराखेको हो ।
चौथो – ज्ञानकायको गुण द्वारा स्तोत्र गरिएको-
पुण्यवान् पुण्यसंभारो, ज्ञानं ज्ञानाकरो महान् ।
ज्ञानवान् सर्व संज्ञानी, ।।
अर्थ – भट्टारक मञ्जुघोषले जिनपुत्रको चर्या (गर्न) सागर समान शिक्षित भई आई, पुण्यसंभार बटुली, विशेष तरीकाबाट संबोधि चाँडै सिद्ध गर्ने उपायकौशल्य अनुत्तरयान द्वारा क्षणभर मैं पुण्य महाशिक्षा सम्पूर्ण गरी आउनुभएको हुनाले “पुण्यवान” “पुण्य संभारो” “ज्ञानं ज्ञानाकरो महत्” सम्पूर्ण भएको भनि प्रख्यात गरी एवं पुण्यको शक्तिले सिद्ध भएको सर्वत्र ज्ञानको सम्भव सहजज्ञान प्राप्त भयो । सहजज्ञानबाट सम्पन्न भएको नै सर्वधर्म जानेको हुन्छ, तथा पुराणमा भएको र स्वयं नभएको दुइटै जोड्न नपर्ने गरी एकसाथ जानेको, प्रत्यक्षमा जानेकोले उहाँलाइ सर्वज्ञ “ज्ञानवान सर्वसंज्ञानी” भनेर प्रख्यात गरिराखिएको छ ।
दोस्रो – चतुर्काय शिघ्र सिद्ध हुने मन्त्रमार्ग द्वारा स्तोत्र गरिएको । तीनओटा –
१. मन्त्रको उपायकौशल्य विशिष्टको द्वारा स्तोत्र गरिएको ।
२. काय र ज्ञानको पर्याय द्वारा स्तोत्र गरिएको ।
३. मन्त्रमार्ग असाधारणको द्वारा स्तोत्र गरिएको ।
पहिलो- मन्त्रको उपायकौशल्य विशिष्टको द्वारा स्तोत्र गरिएको,-
……….. …. संभारो द्वय संभ्रित? ।।१६।।
शाश्वतो विश्वराद्योगी, ध्यानंध्येयोधियां पति ।
प्रत्यात्म वेद्यो ह्यचल , ……………………..
अर्थ – भट्टारक मञ्जुघोषले मन्त्रमार्गको बोधि प्राप्तगरी आउनुभई, जगत प्राणिहरुलाई वज्रयानको नजिकको मार्गबाट जानेवाला लाई मार्गको रहस्य यस्तो छ भनि सम्बोधन गर्नुभई, असंख्य महाकल्प सम्म संभार बटुल्नको सट्टा दुइटा संभार बटुल्ने “संभारोद्वय संभृत?”क्रम विशिष्टको एउटा चाहिन्छ । यथा(यसको लागि) गुरुको सेवा गरी दुइटा संभार चाँडै सम्पूर्ण गर्ने बोधिचित्त महासंवेग गरी दुइटा संभार चाँडै सम्पूर्ण गर्ने तथा “अस्मिंचलोकदेवादेव”को योगबाट दुइटा संभार चाँडै सम्पूर्ण गर्ने इत्यादि दुइटा संभार फेरि सम्पूर्ण हुने उपायकौशल्य दुइटा क्रममा पनि छ ।
विशेषरूपमा “शाश्वतो विश्वराद्योगी“ भनेको धेरै तन्त्रहरुमा जिन वैरोचनलाई नित्यवज्र भनेर पनि भनिएको छ । पञ्चस्कन्ध विशुद्धको बुद्ध(हरू) पञ्चकुलमा संग्रह गर्दाखेरि वैरोचन जिन रूपस्कन्धविशुद्धको अङ्ग भाग हो । (उहाँ) सकल जिनहरुका लक्षण-व्यञ्जनको एउटा रूपसमुच्चय भएको वैरोचन हो । योग भावना गर्ने अवस्थामा पनि सकल बुद्ध ज्ञान(का) लक्षण-व्यञ्जन रूप एउटामा मात्र प्रकट हुने भावना (ध्यान) गर्ने भएको हुनाले यस तन्त्रगाथामा पनि विशिष्ट भएको योग तथा विशिष्ट भएको सहज ज्ञानको योगद्वारा नजिकको मार्गमा जाने क्रम निर्देश गरी पाल्नुभएको हुनाले भट्टारक मञ्जुघोषलाई यहि नै क्रमबाट प्रख्यात गरिराखिएको छ । उपायकौशल्य बाट शिघ्र जाने यस मन्त्रमार्गमा दुइटा क्रम छन् । आदि क्रम (विधान)बाट द्वितीय क्रमको कुशलमूल समाधि आदि विचार गर्ने स्थान बुद्धिवानहरुको स्थिति क्रिया उत्तमको गर्भ, प्रत्येक योगिहरु आफ्नो विद्या अरुले कम्प गर्ने शक्ति नभएको सहजज्ञान साधन गरी छिट्टै बुद्ध हुने भएको हुनाले यसमा पनि भट्टारक मञ्जुघोषलाई यही नै क्रमद्वारा प्रख्यात गरिराखिएको छ ।?
दोस्रो – काय र ज्ञानको पर्याय द्वारा स्तोत्र गरिएको,-
१. त्रिकायद्वारा स्तोत्र गरिएको ।
२. पञ्चकायद्वारा स्तोत्र गरिएको ।
३. पञ्चज्ञानद्वारा स्तोत्र गरिएको ।
४. पञ्चबुद्धद्वारा स्तोत्र गरिएको ।
५. पञ्चचक्षुद्वारा स्तोत्र गरिएको ।
पहिलो- त्रिकायद्वारा स्तोत्र गरिएको,-
…… परमार्थ त्रिकायधृक् ।।१७।।
अर्थ – भट्टारक मञ्जुघोषले काय प्राप्तगरी आउनुभएको क्रममा (१)एउटा काय भई आउनुभयो, (२)दुइटा काय भइ आउनुभयो, (३)तीनओटा काय भइ आउनुभयो, (४)चारओटा काय भइ आउनुभयो, (५)पाँचओटा काय भइ आउनुभयो । यसमा कायहरु हुनुभएको कसोरी भने,-
(१) एउटा काय हुनुभएको कसोरी भने, सकल बुद्धलाई धर्मकाय भनिएको जस्तै अर्थात् कायको पर्याय धेरै नै भएतापनि सर्वत्र धर्मकाय मिलाइ राखेको ।
(२) दुइटा काय हुनुभएको कसरी भने, धर्मकाय र रूपकाय गरी दुइटा हो । स्वभावकाय र ज्ञानकाय दुइटा धर्मकाय हुन्; र सम्भोगकाय र निर्माणकाय दुइटा लाई रूपकाय हुन् ।
(३) काय तीनओटा गरिएको बारेमा जुन ग्रन्थमा अभिनिर्देश गरि र वरसिद्धि प्राप्त भई आदिनाथ(लाई?) सम्भोगकाय प्राप्त भयो भनेको जस्तै धर्मकाय, सम्भोगकाय र निर्माणकाय तीनैओटा एकाकार भएको (छगूपाखं?) धारण गरेको हो ।
(४) चारओटा काय गरिएको माथी बताइएको जस्तै गरी हो ।(?)
दोस्रो – पञ्चकायद्वारा स्तोत्र गरिएको,-
पञ्चकायात्मको बुद्धो
अर्थ – भट्टारक मञ्जुघोष अभिसम्बुद्ध हुनुभई पञ्चकायको आत्मा हुनुभयो । पञ्चकाय भनेको के के हुन् भने (१) स्वभावकाय, (२) ज्ञानधर्मकाय, (३) सम्भोगकाय, (४) निर्माणकाय र (५) सहजज्ञानकाय समेत पाँचओटा हुन् ।
(साथै अन्य) तन्त्र टीकामा (१) धर्मकाय, (२) सम्भोगकाय, (३) निर्माणकाय, (४) वज्र(समानको)काय, र (५) अभिसम्बोधिकाय समेत पाँचओटा बताएको छ । अरू पनि पञ्चकाय देखाएको क्रम धेरै बताइएको छ । सिक्ने इच्छा भए “सुभाषित सुवर्णमाला” हेरि सिकिलिनु होला ।
तेस्रो – पञ्चज्ञायद्वारा स्तोत्र गरिएको,-
पञ्चज्ञानात्मको बिभु ।
अर्थ- भट्टारक मञ्जुघोषले प्रभु वज्रधरको काय प्राप्त गरी पञ्चज्ञानको आत्मा हुनुभयो । पञ्चज्ञान भनेको के के भने, (१) धर्मधातुज्ञान, (२) आदर्शनाज्ञान, (३) प्रत्यवेक्षणाज्ञान, (४)समताज्ञान र (५) कृत्यानुष्ठानज्ञान समेत पाँचओटा हुन् ।
चौथो – पञ्चबुद्धद्वारा स्तोत्र गरिएको,-
पञ्चबुद्धात्मकोमुकुटो,
अर्थ – भट्टारक मञ्जुघोष अभिसम्बुद्ध भई आउनुभई, मण्डलको चक्रमा पाल्नुभई पञ्चबुद्धात्मक मुकुट लाउनु भयो । पञ्चबुद्ध भनेको, (१) वैरोचन, (२) रत्नसम्भव, (३) अमिताभ, (४) अमोघसिद्धि, र (५) अक्षोभ्य समेत पाँचजना हुन् ।
भट्टारक मञ्जुघोष मण्डलको चक्रमा पञ्चबुद्ध भएको मुकुट रहेको क्रम कसो हो भने, भट्टारक मञ्जुघोषले मण्डलको चक्र निर्मित गरी आउनु भएका कोटान् कोटी मण्डल छन् । एउटा मण्डल प्रमाण मिलाएमा भट्टारक मञ्जुघोष वज्रभैरव (मेषसम्बर) को निर्मित मण्डलमा तेह्रजना देवताहरु भएकोमा (१) पूर्व र आग्नेयकोणमा रहेकालाई बैरोचनको मुकुट, (२) दक्षिण र वायव्यकोणमा रहेका लाई रत्नसम्भव मुकुट, (३) पश्चिम र नैऋत्यकोणमा रहेका लाई अमिताभको मुकुट, (४) उत्तर र ईशानकोणमा रहेका लाई अमोघसिद्धिको मुकुट, र (५) बिच केन्द्र राखिएका वज्रभैरव (मेषसम्बर)लाइ अक्षोभ्यको मुकुट भएजस्तै (दुगुथें?) हो ।
पाचौं – पञ्चचक्षुद्वारा स्तोत्र गरिएको,-
…… पञ्चचक्षुरसंगधृक् ।।१८।।
अर्थ – भट्टारक मञ्जुघोष पञ्चचक्षुले सहित भएर केहिमा पनि लिप्त नभई धारण गरेको तथा सुसम्पन्न भएको हो । पञ्चचक्षु भनेको के के हो भने, (१) मांसचक्षु, (२) दिव्यचक्षु, (३) ज्ञानचक्षु, (४) धर्मचक्षु, र (५)बुद्धचक्षु गरी पाँचओटा हुन् ।
तेस्रो – मन्त्रमार्ग असाधान भएको द्वारा स्तोत्र गरिएको । आठओटा,-
१. भट्टारक मञ्जुघोषको असाधारणको गुण तथा मन्त्रमार्ग साधन गर्ने निकेतया? द्वारा स्तोत्र गरिएको ।
२. मन्त्रमार्गको फलपर्यन्तको द्वारा स्तोत्र गरिएको ।
३. मन्त्रमार्गको भावना गर्ने मार्गचित्त द्वारा स्तोत्र गरिएको ।
४. षड्अङ्ग संप्रयोगको अङ्गुलि सञ्चय भावना गर्ने अवस्थामा शरीरको मर्म तथा दृष्टिगत यथार्थ गर्ने आदि द्वारा स्तोत्र गरिएको ।
५. षडअङ्ग संप्रयुक्तिको मार्ग पर्यन्तको द्वारा स्तोत्र गरिएको ।
६. मन्त्रमार्ग असाधारण (असमोहन) मन्त्रवायु फरक नभएको योगद्वारा स्तोत्र गरिएको ।
७. षड्अङ्ग संप्रयुक्तिको अनुस्मृति द्वारा स्तोत्र गरिएको ।
८. षड्अङ्ग संप्रयोग धारणा द्वारा स्तोत्र गरिएको ।
पहिलो- भट्टारक मञ्जुघोषको असाधारणको गुण तथा मन्त्रमार्ग साधन गर्ने निकेतया? द्वारा स्तोत्र गरिएको,-
जनक सर्वबुद्धानां, बुद्धपुत्र परोवर: ।
अर्थ – भट्टारक मञ्जुघोषले पहिले चित्त उत्पत्ति गर्नुभएको अवस्थामा दशै दिशाका प्रशर भूवन सबैमा उहाँ भट्टारकको बुद्धभूमिमा रहेका बुद्धहरुले मात्र भरिपूर्ण भएको (बनाइदिने भन्ने) एउटा (संकल्प गरी त्यसलाई) सिद्ध गर्ने चित्तोत्पत्ति गरी आउनुभयो । तथा भद्रकल्पको एक हजार जना बुद्धादि (र) त्रिकालका बुद्धहरुले भट्टारक मञ्जुघोषलाई सुमित्र भई आउनुभयो भन्ने चित्तोत्पत्ति गरी आउनुभएको भनेको, तथा शैक्षमार्गको अवस्थामा पनि उहाँ भट्टारक नै सुमित्र भई आउनुएको हुनाले भट्टारक मञ्जुघोषलाइ सकल जिनका एकजना पिता भनि प्रख्यात गरि राखिएको हो । सकल जिनका मित्र भएर आएको भएतापनि सकल जिनका सन्मुखमा सत् जिनपुत्रको चलन धारण गरी लोकको कारण गरी आएको हुनाले भट्टारक मञ्जुघोषलाई जेठा जिनपुत्र कुमार भनि सर्वत्र क्षेत्रमा कीर्तित भयो । यस गाथा चरण दुईटा मन्त्रमार्ग असाधारणको षड्अङ्ग संप्रयोग भावना गर्ने श्रीतगुण? भनि पनि आज्ञा गरि राखिएको छ । षडअङ्ग संप्रयोग भावना गर्न श्रीतगुण?मा उत्तम बोधिचित्त उत्पत्तिगरी जिनका पुत्र हुने(भई आएको) एउटा र विशुद्ध पूर्वक अभिषेक प्राप्तगरी आई समय र सम्बर क्रमश: पालन गरी दिव्ययोग भावना गर्ने (अर्को)एउटा पनि चाहिने हुन्छ, भनि आज्ञा गर्नुभयो ।
दोस्रो – मन्त्रमार्गको फलपर्यन्तको द्वारा स्तोत्र गरिएको,-
प्रज्ञाभवोद्भवोयोनी, धर्मयोनीर्भवान्तकृत् ।।१९
घनैकसारोवज्रात्मा, सद्यो जातो जगत्पति ।
अर्थ – उत्तमको बोधिचित्त उत्पत्ति गर्नुभई, विशुद्धपूर्वक अभिषेक प्राप्त गर्नुभई, समय र सम्बर (लाई) क्रम अनुसार पालन गर्ने(गरी), (त्यसलाइ संस्थिर) गरी, आदि क्रमको योग सिकि, त्यसपछि द्वितीय क्रम(मा) षडङ्ग संप्रयोग भावना गरी, मार्ग क्रमश: स्वभावमा उत्पत्ति गरी(भई?), महासुख सहजज्ञान प्राप्त भएको भनेर जानी, यसबाट भवबाट विरक्ति भई, मुक्तिको पद प्राप्त गरि, पुन: संसारमा जन्मलिन नपर्ने भई, सर्वधर्मको गर्भ(भएको) मन्त्रमार्ग पर्यन्त रहेका सहजको महाज्ञानबाट भवको बन्धन भएजति सबै क्षयगरी सकाई पाल्नुभयो । सहजको ज्ञानबाट भवलाई सकाएको तथा छोडेको एक सिलसिलामा ढुँगा समानको कडा भएको केहिबाट पनि प्रहार गर्ने शक्ति नभएको वज्रकाय प्राप्त हुनेछ । यस्तो वज्रकाय उत्पन्न भएको अर्थात् यवकको काय प्राप्त हुनासाथ देव सहित सकल लोकहरुका नाथ त्राता (भई) परायणि आत्मा हुनेछ । यो यति तन्त्रगाथा सर्वधर्मको स्थिति जानेको भवन्त प्रहीण भएको भाव अर्थमा महाकरुणा सहजको ज्ञान धारणबाट सकल देवहरु प्रकट भई भवन्त प्रहीन गरी भव (र?) शान्ति दुइटाको अन्त्यबाट नाघिगएको प्रभु वज्रधरको पद प्राप्त हुने क्रम निर्देशगरी आज्ञा गरिराखेको छ । यसबाट साधारण मार्गमा मिलाएर बताएको र असाधारण मन्त्रमार्गमा मिलाएर षडङ्ग योगमा मिलेको तथा समूह दुइटा क्रममा मिलेको आदि अनेक बताइ राखिएको तथा तन्त्रको एक-एक ओटा प्रत्येकलाई नेयार्थ तथा भावार्थ अनेक भएको “सप्तालङ्कारमोचन”मा आज्ञा गरिराखिएको जस्तै हो । भावित गरेमा भट्टारक मञ्जुघोषलाई उत्तमको पद प्राप्त भएको क्रम आरम्भगरी स्तोत्र गरिराखिएको हो ।
तेस्रो – मन्त्रमार्गको भावना गर्ने मार्गचित्त द्वारा स्तोत्र गरिएको,-
गगनोद्भव स्वयम्भू, प्रज्ञाज्ञानानलोमहान् ।।२०।।
वैरोचन महादिप्ति, ज्ञानज्योति विरोचन ।
जगत्प्रदीइ ज्ञानोल्को, महातेजो प्रभाश्वर ।।२१।।
विद्याराजोग्रमन्त्रेशो, मन्त्रराजोमहार्थ कृत ।
अर्थ – षडङ्योग भावना (गर्दाको) अवस्थामा कायकर्म तथा दृष्टिगत आदि(गर्नमा) त्रुटी नगरी भावना गरेमा(द्वारा) त्यस अवस्थाका चिन्हहरु सबै (उत्पन्न) भएर आउने हुन्छ । पहिले शुरुको अङ्गुलि सञ्चय भावना गर्ने अवस्थामा दिन-रात योग(हरु) सबै तन्त्र(शास्त्र)मा जसरी बताइराखेको त्यसैगरि क्रमश: भावना गरि(गरेको द्वारा) दिनको चिन्ह(हरु) र रात्रीको चिन्ह(हरु) सबै क्रमिक रूपमा (प्रकट)भई, गगनमा अनेक अनेकको दर्शन आलोक (प्रतीत) आफैले अनुभव गरी बसेको “गगनोद्भव स्वयम्भू” हुने (हुन्छ ।)
“प्रज्ञाज्ञान अनलो महान” (भनेको) प्रज्ञाज्ञानको महान अनल(आगो) बलिराखेको, तेजिलो ज्योति (भएको हो ।) । “वैरोचनमहादीप्ति” (भनेको) वैरोचन महारश्मि तथा “ज्ञानज्योतिविरोचन” ज्ञानको ज्योति सेतो भएको (तुइसेच्वंक?) चन्द्रमा समान आलोक हुने(भएको हो) । र “जगत प्रदीपो ज्ञानोल्को” (भनेको जगतमा) सूर्य समान आलोक भएको ज्ञानको आलोक तथा राहुल(उल्का, राँको?) समान आलोक हुने (हो) । “महातेजो प्रभाश्वर” (भनेको) विद्युतको आकार समान आलोक भएको (हो) । “विद्याराजोऽग्रमन्त्रेशो” उक्त सकल चिन्ह(हरु) मध्ये श्रेष्ठोत्तम भएको मन्त्रोत्तम, (जुन) मन्त्रपति विद्याराज नीलो(वँचुगु?) चिन्हको (छ, त्यसको) बिचमा “मन्त्रराजामहार्थकृत्” अर्थात् पञ्चरश्मिको (बिचमा) इष्टदेवताको काय प्रकाश भैरहेको ज्योति प्राप्त हुन्छ । यो यति तन्त्रगाथा साधारण मार्गमा मिलाइ राखेको (हो ।) तथा असाधारण मार्गमा फेरि नेयार्थमा आदिक्रम र निश्चित अर्थमा द्वितीयक्रममा मिलाएर राखेको (हो? ।) र यसमा पनि षडङ्गको प्रथमको अङ्गुलि सञ्चयमा मिलाइ राखेको देखि छैठौं (खुगुगू?) समापत्तिमा मिलाइराखेको सम्म निश्चित अर्थ तथा व्याख्या अत्यन्त दिइराखेको हो । ततेव बुद्धिवानहरुले त्रिभुवनको एकप्रदीप “पञ्चक्रमालोक: र “कालचक्र तन्त्रको टीका” आदिबाट सीकि लिनुहोला ।
चौथो – षड्अङ्गयोगमा अङ्गुलि सञ्चय भावना गर्ने अवस्थामा शरीरको मर्म तथा दृष्टिगत यथार्थ गर्ने आदि द्वारा स्तोत्र गरिएको,-
महोष्णिषोद्भुतोष्णिषो, विश्वदर्शी वियत्पति ।।२२।।
अर्थ – षडङ्गयोगमा अङ्गुलि सञ्चय भावना गर्ने अवस्थामा स्थान र बखत, (एवं) शरीरको मर्म र चित्तको मर्म हरू सकल तन्त्रमा बताइराखेको जस्तै नबिराई त्रुटि नगरी दिनरातको योग भावना गर्ने अवस्थामा “महोष्णीष” (अर्थात्) अद्भुतको उष्णीष तथा “अद्भूतोष्णिषो” अवधूतीको माथिको प्वालबाट भित्रको गगनको बिच चिन्ह धारण गरी भावना गर्ने (भनिएको हो । तथा) “विश्वदर्शी वियत्पति” (अर्थात्) अनेक-अनेक गगनभरी देखिने, तथा जहाँ बसेर भावना गरेको हो, त्यहाँको गगनमा धूम्र (धूवाँ)आदि चिन्ह देखिएर आउने हुन्छ ।
पाँचौं – षडअङ्ग (योगमा मार्ग पारंगतको) द्वारा स्तोत्र गरिएको,-
सर्वबुद्धात्म भावाग्र्यो, जगदानन्द लोचन ।
विश्वरूपोविधाताश्च, पूज्योमान्योमहाऋषि ।।२३।।
अर्थ – आदिक्रमबाट स्वभाव (हृदय) विपाक गरी, द्वितीयक्रमबाट षडङ्गयोग भावना गरी, महासुख सहजको ज्ञान प्राप्त गरी, जुन ज्ञान र शून्यताबिम्ब उत्पत्ति भएबाट सकल बुद्ध संगति हीत भएको आत्मा यवकको उत्तमको महावस्तु प्राप्तहुन्छ । जुन प्राप्त भयो कि शये(यौं) करोड भुवनहरु दर्शन भई अनन्त लोकधातुमा बास गरिरहेका सकल लोकहरूलाई आनन्द (प्रमुदित) गर्ने र संतुष्ट गर्ने चक्षु सुसम्पन्न हुनेछ । पुनरपि षडङ्गयोग समाधिको अङ्ग प्राप्त भयो कि देखेका (देखि पाएका, खँपं?), सुनेका(सुनि पाएका, ता:पि), सम्झेका(सम्झना गरेका, सम्झेजूपिं), छोएका (स्पर्श गर्न पाएका, थ्यूपिँ) सकललाई अनुगृहित गर्ने शक्ति भएका (हुनेछन्) । त्यस योगीको काय आँखले देखेमात्रै पनि लोकहरु आनन्दित भएको भएर(हुनेछ?) । श्रीमान भएको हुनेछ । त्यो योगी नानाप्रकारका रूपहरु (लिएर) उत्पन्न भई प्रसर भुवनमा निर्माणले भर्न पनि समर्थ (भएको) हुनेछ । यस्ता समर्थ योगी महाऋषि(लाई) दर्शन गर्ने तथा सत्कार गर्ने स्थान (भएको) हुनेछ । धेरै नै उपमाहरू वर्णन गरिराखेको भनिएको बस्ने?, उठने? (हो), तथा यस्ता (बुझेका?) उच्च(स्तर)को मन्त्रमार्गगामी महात्मालाई पूजा गर्ने र दर्शन गर्ने स्थान हुनेछ भनिएको हो ।
छैठौं – मन्त्रमार्ग असाधारण(असमोहन) मन्त्रवायु फरक नभएको योगद्वारा स्तोत्र गरिएको,-
कुल त्रयोधरो मन्त्री, महासमयमन्त्रधृक् ।
अर्थ – “कुलत्रयोधरोमन्त्री” भनेको (१) कायकुल, (२) वाककुल र (३) चित्तकुल समेत तीनओटा कुलहरुका (लागि) दिव्ययोगमा स्थीर भएको द्वारा मन्त्रवायु फरक नभएको वज्र आस्फान प्राणायाम गर्ने(भई) कम्प नहुने(नभएको), महासमय भएको हुनाले सर्वत्र(सकल) मन्त्रहरुको गर्भधारण गर्ने भयो । ललना-रसना ख्यलोचलो? (यताउता जाने) बन्ध गरी अवधूती वायुको आस्फान गर्ने (गरेमा यसै) एउटा जन्ममा नै बुद्ध हुनको उपायकौशल्य भएको उपदेश पारंगत हुन्छ, भनि आज्ञा गरिराख्नु भएको छ । यसैलाई प्राण अभोग (पराक्रम) भनेर बर्णन गरिराखिएको भाषा देखाइराखेको प्राण प्रतिवन्धको अङ्ग भनेर भनि राखिएको छ । परम् प्राण (भनेको) के हो भने, वायु हो । ललना रसनामा ख्यलोचलो? (यताउता जाने?) प्रतिबन्ध गरेर बायुलाई अवधूतीमा सञ्चय गर्ने भएको लाई यसरी वर्णन गरिएको हो ।
सातौं – षड्अङ्ग संप्रयोगको अनुस्मृति द्वारा स्तोत्र गरिएको,-
रत्नत्रयो धरोश्रेष्ठ, त्रियानोत्तम देशक ।।२४।।
अर्थ – षडङ्गसंप्रयोग द्वारा श्रेष्ठ भैरहेका, त्रिरत्न धारण गरेका भनिएका, मार्गमा श्रेष्ठ भएको, अनेक सहस्रकल्प सम्म पनि लाभ गर्न गाहारो भएको नाभीको अवधूती भित्र हेर्नलाई(हेरि), रक्त, बिन्दु र चित्त तीनओटा एककारगरी (छगूपाखँ) समग्र गरेर, सहजयान प्राप्त भई, शून्यताबिम्ब सिद्ध भई, यानको उत्तम पर्यन्तको तीनओटा निर्देशक अर्थात् अपरिवर्तनीय भएको सुख शून्यताबिम्ब मिलाएको द्वारा सहजको ज्ञान(लाई?) शून्यतामा एकाग्र गरी बस्ने भई, तत्क्षणै बुद्ध हुने हुन्छ ।
आठौं – षड्अङ्ग संप्रयोग धारणा द्वारा स्तोत्र गरिएको,-
अमोघपाशोविजयी, वज्रपाशो महाग्रह ।
वज्रांकुशो महापाशो,
अर्थ – मण्डलको चक्र भावना गर्ने अवस्थामा अङ्कुश, पाश, श्रीङ्बल तथा घण्ट धारण गरिराखेका चारजना द्वारकहरुले समयसत्वलाई ज्ञानसत्त्वहरु प्रवेश गरी(गराई?) उत्तीर्ण नगराउने(मज्वीकिथेँ?) जस्तै वज्रकायको मर्ममा व्यतित भएको द्वारा चतुर्भूतको वायु सबै अवधूतीको नाभीमा समग्रित(ग्गि?) भई लीन हुने भएकोले अपरिवर्तनीय सुख र शून्यबिम्ब फरक नभएको योग प्राप्त भई एकै जन्ममा बुद्ध हुनसक्ने मार्गको शक्ति प्राप्त हुन्छ । “महावैरोचनो बुद्धो” भनेको देखि “वज्राङ्कुशो महापाशो” भनेको ठाउँसम्मको तन्त्रगाथाको व्याख्या धेरै गरि विशेष षडङ्गयोगको रहस्य सकल देखाउनको लागि अत्यन्त प्रख्यात गरिराखिएको “कालचक्र”तन्त्रको अधिश्रय(च्छन्द) पाँचशये (न्या:स) र टीका, वर्णन तीनैओटा यथार्थरूपमा बताएको जस्तै यस नामसङ्गीतितन्त्र समूहतन्त्र सबैको मुख्यको विशेष “कालचक्रतन्त्र” सबैको मूल भएको (हो, भन्ने) आज्ञा गरिराखिएको जस्तै यसमा षडङ्गयोगको नाम एउटा मात्र लेखिएको हो । निपूर्ण हुने गरी (सिक्ने भए) तन्त्र महाटीका आदि हेरि सिकीलिनु होला।
आर्यमञ्जुश्री नामसङ्गीतिको टीका भट्टारक मञ्जुघोषको अधिष्ठानको अटूट जलवृष्टि शिघ्र हुने मेघस्तुति शब्दघोषमा छैठौं अध्याय सुविशुद्ध धर्मधातु ज्ञानको अध्याय बताइएको (पूर्ण) भयो ।
सातौं परिवर्त
आदर्श ज्ञानगाथा पादोनसर्द्ध दश
(वज्रभैरवभीकर) क्रोधराट् षट्मुखो भीम …. देखि घोषाघोष मताम्बर सम्म
पहिलो(दोस्रो?) – भट्टारक मञ्जुघोषलाई आदर्शनज्ञानद्वारा स्तोत्र गरिएको । चारओटा-
१. रुद्रकायको विपरिनत द्वारा स्तोत्र गरिएको ।
२. रुद्रवाकको विपरिनत द्वारा स्तोत्र गरिएको ।
३. रुद्रकर्म चरित्र चित्तको विपरिनत द्वारा स्तोत्र गरिएको ।
४. रुद्रकर्मको द्वारा स्तोत्र गरिएको ।
५. रुद्रको गुण द्वारा स्तोत्र गरिएको ।
प्रथम- रुद्रकायको विपरिनत द्वारा स्तोत्र गरिएको,-
…… ……. वज्रभैरव भीकर ।।२५।।
क्रोधरात्षण्मुखोभीम, षट्नेत्रषड्भुजोबली ।
दृष्टांकराल कंकालो, हलाहल शतानन ।।१।।
यमान्तको बिघ्नराजो, वज्रबेगो भयंकर ।
विद्युष्टवज्रो हृद्वज्रो, मायावज्र महोदर ।।२।।
अचलैक जटाटोपो, गजचर्म पटार्दधृक् ।।३।।
अर्थ – भट्टारक मञ्जुघोषले प्राणिहरु संसारमा दु:ख पाइरहेको (देख्दा) हृदयमा सहन नसकि (ती) प्राणिहरु लाई संसारबाट तरेर जाने गराउने (कार्यमा) बिघ्न दिइरहेका मारकुलका देवता लाई, तथा विशेषरूपमा धर्म गरिरहेका लाइ दिक्क गराइ रहने यम-मात्रिकादि भूत-दुष्टगणहरु लाई दमन गर्नको लागि क्रोधेन्द्र महावज्रभैरबको उचितकाय (“वज्रभैरवभीकर”) भई त्रिभवको सकल भव(भय?)हरु नाश गरी पाल्नु भएका हुनुहुन्छ । सकल(सर्वत्र) त्रिधातु(लाई) क्षणभर मैं मुखभित्र हुलेर निली खानसक्ने शक्ति भएका (अद्भूतविक्रान्त) भयानक भई, सकल त्रिभुवन(लाई) अग्निको ज्योतिले व्यापक गरी आउनुभएका (हुनुहुछ) । जसको कायदर्शन मात्र हुनासाथ अन्य सकल क्रोढ(ध)हरूका शरीरका सकल रौंहरू(ज्वसाँ) छगूपाखँ? (एकसाथ) अलङ्कार हुने भनेर तन्त्रमा बताइराखिएको हुँदा लौकिक दुष्टगणहरु भय-त्रास मानी जाने कुरा (त) भन्नै परेन । यस्तो प्रकारको क्रोधेन्द्रको उचितकाय भई दुष्ट(प्रचण्ड)हरु लाइ दमन गरी आउनुभई भाग्यवन्तहरू लाई अनुग्रह राखी चाँडै नै बुद्धको भूमिमा लगिदिनुभयो । “श्रीमहावज्रभैरव” (मेषसम्बर) विस्तृत मञ्जुश्रीतन्त्रको “सप्तकल्पशाखा”मा आज्ञा गरिराखिएको जस्तो यथा– तेह्रजना एकवीर वज्रभैरवहरू तथा आठजना बेतालले परिक्रमा गरिरहेको (चाहुलाच्वंगु?) तथा उन्चास ओटा (पीगूंगु) आदिमण्डलचक्रको (सिद्धान्तको) धेरै आज्ञा गरिराखेको छ ।
फेरि, भट्टारक मञ्जुघोष छओटा अनुहार भएको क्रोधराजको उचितकाय “क्रोधराट्षण्मुखो भीम” भई सर्वसकल जेजति (भयहरू) छन्, सबैलाई नाश गरी पाल्नुभयो । यसलाई “षडमुखतन्त्र”मा महान गराई आज्ञा गरिएको छ । यस क्रोध(रुपी?) छओटा अनुहारहरू “षट्मुख”का एक-एक ओटा हरेक अनुहार भएको, ती छओटा अनुहारहरू हरेकमा तीन-तीन ओटा आँखा भएका, ती तीन-तीनओटा आँखाहरु मध्ये (हरेक) कपाल (निधार)को बिचमा रहेको ज्ञानको चक्षु (अग्निज्वाला) आगोको बलिराखेको एक-एकओटा गरी छओटा भएको, (ती छओटा आँखाहरू) लाई नै “षड्नेत्र” भएको भनि वर्णन गरिराखिएको हो । “षडभुज” भनेको छओटा हातहरु भएको, (ती हातहरु) बलवान “बलि” भएको, (जसमा) हड्डी(हाल?)को गहना लगाई आउनुभएको (हो) । “द्रंष्टाकराल” (भनेको) डरलाग्दो दाह्रा किटी (दाँत चपाई) कटकटाई (वाकुछिना) (“कंकालो?”), कायबाट अग्निज्वाला प्रकट गरी, क्रोध विपरिनत सकल सुसम्पन्न भएको उचितकाय भएर पाल्नुभई, दुष्ट(प्रचण्ड)हरू जति छन् सर्वसकल लाइ दमन गरी भाग्यवन्तहरु लाई अनुगृहित गरी आउनुभयो ।
कंकालो?
फेरि भट्टारक मञ्जुघोष क्रोधेन्द्र “हलाहल शतानन” (अर्थात्) सयेओटा अनुहार भएका उचितकाय भएर फाल्नुभई दुष्ट-चाण्डालहरुलाइ दमनगरी भाग्यवानहरू लाई अनुगृहित गर्नुभयो । पुन: भट्टारक मञ्जुघोष क्रोधेन्द्र रक्तयमान्तकको उचितकाय भइ बिघ्नविनायक भई, उत्पन्न भैरहेका जे जति पनि छन ती सबै (र) बिघ्न(हरू) दमन गरी आउनु भएका हुनाले क्रोधेन्द्रलाइ “यमान्तको बिघ्नराजो” भनि वर्णन गरिराखिएको छ । जुन कुरा “रक्तयमान्तकतन्त्र”को अभिसंकल्प, शा(शो?सा?)धन आदि कर्म, द्वितीयकर्म (तथा) चतुर्योगको उपदेश सबै महान विस्तृतरूपमा आज्ञा गरिराखिएको छ ।
फेरि, भट्टारक मञ्जुघोष क्रोधेन्द्र “वज्रवेग” भनिएको उचितकाय भएर आउनुभई मार तथा (“विद्युष्टवज्र” भई”) झूठ? सबै ध्वंश गर्नुभयो । उहाँ क्रोधेन्द्र(लाइ उहाँका) साठीजना रक्षकगणको परिवार सहित निपूर्ण हुने गरि “कालचक्रतन्त्र”मा वर्णन गरिराखिएको छ । पुन: भट्टारक मञ्जुघोष “क्रोधवज्र” भनिएका, “हृदयवज्र” भनिएका, “मायावज्र” भनिएका, “वज्रमहोदर” भनिएका आदि नानाप्रकारका क्रोधेन्द्रहरुका उचितकाय भई आउनुभई प्राणिहरुका कारण गर्नुभयो ।
यस (नामसङ्गीति)तन्त्रमा भट्टारक मञ्जुघोषको विनिर्मित (निर्माण) क्रोधेन्द्रहरु पचास जना(न्येन्ह?) मात्र समावेश गरिएको(बताइएको?) छ, भनि पूर्ववर्ती सज्जनहरुले भनिराखेका छन् । यस्ता क्रोधेन्द्रहरु सबै (भावार्थमा) वज्रसुख (र) शून्य दुइटा (बेग्लै?) नभएको (अद्वय भएको)ज्ञानबाट उत्पत्ति भएको ज्ञानवज्रको आत्मा, हृदयवज्र, गगन समानको धर्मधातु विशुद्धको भावले अचल (कम्प नभएको “अचलैक जटाटोप” जस्तो) कम्पको विपरीनत भयानक भयानक भएगरेर देखाई शरीरको जटा कपाल एउटै पनि तलतीर नझरेको, एक-एकओटा सबै (एकसाथ) माथीतिर ठाडो भई उठेको (उठेर फर्फरि रहेको, तितिंस्वाना??), ब्रह्मलोकको तल?सम्म भष्म गरेको जस्तो गरी अग्निज्वाला अत्यन्त ज्योति भएको, उज्ज्वल भई सौन्दर्य भएको, मोहान्धकार रहितको, लक्षणको लागि (गजचर्म) आलो भिजेको तुर्र रस चुहिरहेको छाला (गजचर्मपटार्द्धधृक्”) ओढी (बेरिई) इत्यादि (प्रकारबाट) क्रोधको विपरीनत (भई) देखाइ पाल्नुभएका हुनुहुन्छ ।
दोस्रो – रुद्रवाकको विपरिनत द्वारा स्तोत्र गरिएको,-
हाहाकारो महाघोरो, हीँहीँकारो भयानक ।
अट्टहासो महाहासो, वज्रहासो महारवो ।।४।।
अर्थ – भट्टारक मञ्जुघोषले क्रोधेन्द्रको उचितकाय भई आउनु भई महाघोर तथा महाक्रोध शब्द हाहाकार, हीँहीँकार (आदि)को भयानक शब्द गरी दुष्ट(चाण्डाल)हरू सर्वत्र ध्वंस गरी आउनुभयो । क्रोधशब्द स्वर हाहा भनेको इत्यादि (महाहास) अत्यन्त (जुन ठूलो आवाजमा) हाँसिराखेको, वीरहरुको (अट्टहास) हररर हाँसिराखेको भनेर वर्णन गरि महाक्रोध वीरहरूको महा”अट्टहास” हटटट अत्यन्त (ठूलो आवाजमा) हाँसिराखेका भनि प्रख्यात गरिराखिएको छ । यसरी नै (“वज्रहास”गरि) महाशब्द यसबाट त्रिभव सकल थरररी कम्प गराई मारकुलका भूत (पिशाच) सबैलाई यो अट्टहास महाहास शब्द सुन्नासाथ छाती फुटेर गई चित्त प्रभास्वरमा प्रवेश गरी आउनु भयो (महारवो”?) । यस अट्हासमा आठओटा बताइएका छन्, (तर्जितन??) आकाशवाणी गुञ्जिने गरी (थ्वक्क?) हाहा भनेर हाँस्नु, खुशी भएर हिहि भनेर हाँस्नु, (श्रींगार) नाच नाच्दै हिहिगरी हाँस्नु, प्रवाभित हुने गरी होहो गरेर हाँस्नु, समेत यी आठओटा किसिमलाई अष्टहसित भनेर भनिएको छ ।
तेस्रो – रुद्रकर्म चरित्र चित्तको विपरिनत द्वारा स्तोत्र गरिएको,-
वज्रजाय महासत्व, वज्रराजो महासुख ।
वज्रचण्डो महामोदो, वज्रहूकार हूँक्रिति ।।५।।
अर्थ – भट्टारक मञ्जुघोषले जगतको कारणलाइ लिएर उचितको क्रोढ(ध)काय भई भयानक महाभयंकरको भई देखाइ आउनु भएतापनि चित्तसुख धर्मधातु तथा बोधिचित्तलाइ क्षणिक मात्रै पनि कम्प नभए निश्चित (भाव)अर्थमा वज्र प्रभास्वर अभिबोधिचित्तमा स्थीर गरी (हुनुभएको हुनाले) “(वज्र)सत्व” भनिएको हो । साथै आकाश व्यापक सकल प्राणिहरुको कारणबाट मात्रै विचार गरी आउनुभएको हुनाले “महासत्व” भनि प्रख्यात गरिराखिएको हो । फेरि, चित्तसुख (र) शून्य(ता?) फरक नभएको (अद्वय भएको) ज्ञानको भावमा स्थीर भए जस्तै जुन ज्ञान (निश्चित) भावार्थको वज्र हुनुभएको हुनाले “वज्रराज” भनि प्रख्यात गरि त्यसरी नै “महासुख” भनेर पनि सुविख्यात गरि राखिएको छ । भावार्थमा वज्र सहजज्ञानबाट अचल (कम्प नभएको) जस्तै रुद्र(क्रोध)काय देखाई आउनुभएका हुनाले “वज्रचण्डो” (अर्थात्) वज्र जस्तै कडा (हुनुभएका) भाग्यवन्तहरू सबैलाई नै खुशी गराई आई चित्त महाहर्ष समेत गराई (याकेँ?) कम्पित नभएको भएको हुनाले महाहर्ष भएको (“महामोदो”) भनि प्रख्यात गरि राखिएको छ । महाहर्ष भनेको वज्रधरको नाम पर्याय भएको हुनाले पनि भट्टारक मञ्जुघोषलाइ यस्तो भनेर नै सम्बोधन गरिराखिएको छ । यस प्रकारले चित्त प्रभास्वरभई कम्पित नभए जस्तै “हूँ” भनेर वज्रको शब्द उच्चारण (अर्थात्, वज्रहूँकार”) गरी पाल्नुभयो । फेरि वज्र”हुँ”कार (प्रकट)गरी दिव्यकाय (अर्थात् “हूँकृति”) हुनुभएकोले भट्टारक मञ्जुघोषलाई यसै द्वारा नै स्तोत्र गरिराखिएको छ ।
चौथो- रुद्रकर्मको द्वारा स्तोत्र गरिएको,-
वज्रवाणायुद्ध धरो, वज्रखड्गो निकिं?तन ।
विश्ववज्र धरो वज्रि, एकवज्रि रणंजहो ।।६।।
अर्थ – भट्टारक मञ्जुघोषको विनिर्मित (निर्माण भएका) “वज्रभैरव”आदी क्रोधेन्द्र(उहाँ)हरूले “वज्र”, “वाण” र “खड्ग” आदि नानाप्रकारका शस्त्र धारण गरि आउनु भएको (भनेको अर्थ) यसलाई नेमार्थ? र भावार्थ दुबैबाट (अर्थ गर्दा) (१) नेमार्थ अनुसार ती शस्त्रबाट भूत(पिशाच आदी) दुष्ट प्रचण्डहरुलाई दमन गर्नुभयो (भनिएको हो), र (२) भावार्थ अनुसार शस्त्र (भनेको) सुख (र) शून्य फरक नभएको ज्ञानको खड्गले क्लेश इत्यादि लाई वासना सहित नाश गर्नुभयो (भनिएको हो) । अतएव भट्टारक मञ्जुघोष क्रोढ(ध)काय भई यी (नामका) शस्त्र र यसलाइ लिएर आउनुभएका भनि प्रख्यात गरिराखिएको छ ।
तस्मात् वज्रको अर्थ नेमार्थ र भावार्थ दुइटा भएकोमा; (१) नेमार्थको अनुसार वज्र (भनेको) हीराको बनाएको पाँचचुच्चो भएको वज्रादि हातले पक्रिने आयुध-औजार (जोँसा?) हो, जुन उहाँले धारण गर्नुभएको हो । (२) भावार्थको अनुसार वज्र (भनेको) स्वयं पञ्चज्ञानको महासुखज्ञान हो, जुन उहाँले हृदयमा नछुटने गरी धारण गरी आउनुभएको हुनाले भट्टारक मञ्जुघोषलाई “विश्ववज्रधरोवज्री” भनि प्रख्यात गराइ राखिएको छ । सबै संग्रह गरि(एको) बाह्य-अभ्यन्तर बिघ्नहरू सबै नाश गरी, बाह्य-आभ्यन्तरको संग्राम रणमा सबै संहार गरी आउनुभएको नै (निश्चित) भावार्थमा वज्र (भनेको) परमार्थ बोधिचित्त एउटा मात्र नै हो । अत: भट्टारक मञ्जुघोषलाई “एकवज्री रणंजह” एउटा वज्र(मात्रले) संग्राम जिति आउनुभएका भनि प्रख्यात गरिराखिएको छ ।
पाँचौं – रुद्रको गुणद्वारा स्तोत्र गरिएको । दुइओटा-
१. रुद्रको कायको गुणद्वारा स्तोत्र गरिएको ।
२. रुद्रको वाकको गुणद्वारा स्तोत्र गरिएको ।
प्रथम- रुद्रको गुण (कायको गुणद्वारा) स्तोत्र गरिएको, –
वज्रज्वालाकरालाक्षो, वज्रज्वाला शिरोरुह:।।
वज्रवेशो महावेशो, शताक्षो बज्रलोचन:।।७।।
वज्ररोमांकुल(र?)तनु:, वज्ररोमैकविग्रह:।।
वज्रकोटि नखारम्भो, वज्रसार घनच्छवि:।।८।।
वज्रमालाधर:श्रीमान्, वज्राभरण भूषित:।।
अर्थ – यसमा गाथाको प्रथम चरणमा “वज्रज्वाला करालाक्षो” भनेर र “वज्रज्वाला विरुपाक्षो” भनि दुइ किसिमले भनिएका छन् । यसमा (१) पहिलो चरण अनुसार भट्टारक मञ्जुघोषले क्रोधेन्द्रको उचितकाय भइआएको चक्षुद्वारा अग्निज्वालाको तेजले अनन्त क्षेत्रमा ज्वाज्वल्यमान गरि आउनुभएको, क्षय नहुने भावार्थमा उहाँ क्रोधेन्द्रहरूका चक्षुले अन्त प्रज्ञधी देखेर आउनुभएकोले नै “करालाक्षो” क्षय नहुने भनिराखिएको छ । र, दोस्रो (२) चरणबाट भनिएको अनुसार उहाँ क्रोधेन्द्रहरूका चक्षुले वज्रको अग्निज्वाला (विद्युत) चमत्कार समानबाट दुष्ट प्रचण्डहरु सबैलाई भक्ष गरी आउनुभएकले विरूपको अक्षको र भावार्थमा उहाँहरुका दृष्टिबाट क्लेशको वासना समेत भष्म गरी आउनुभएको हुनाले नै “विरूपाक्षो” भनि वर्णन गरिराखिएको छ ।
“वज्रज्वाला शिरोरूह” भनिराखिएको (पुन: वचनको शक्तिले भनिएको) सम्बन्धमा उहाँ क्रोधेन्द्रहरुका “रौं” भनिएको वज्रको अग्निज्वालाले पापिष्ट सबैलाइ भष्म गरी आउनुभएको (भनेर भनिएको हो) । र भावार्थमा क्लेश(लाई) वासना सहित भष्म गर्नुभएको दृष्टिको कृतकार्य सर्वत्र विषय हेर्नुभएको तथा यस बुद्धको गुण असाधारणको अर्थात् बुद्ध हुने मा काय र चित्त एउटै स्वभाव भएर गई कायको अङ्ग एउटा एउटामा सबै विषय देखिलिइ जगतलाइ धर्मदेशनादि षट्इन्द्रियले सर्वत्र कार्य गर्ने शक्ति एउटा (प्रकट) हुनेछ । (यो भनेको) मुनिन्द्रको कायको चौ(चू?)डामणि (उष्णिष) आर्य प्रत्यङ्गिराको धारणि(मा?) आज्ञा गर्नुभएको जस्तै हो । “वज्रवेशो महावेशो” भनेको नेमार्थमा क्रोधको कायमा वज्रको अग्निज्योति प्रकाश भई बिघ्न जति सकललाई भष्म गरी आवेश(?) गरी तथा महाविघ्न महाबलहरुलाई पनि भष्म गरी आउनुभएको हुनाल महावेशो भनि भनिराखिएको छ । भावार्थ अनुसार सर्वधर्ममा स्थित शून्यताको चित्त एकाग्र गरी उपचित्त(ध्यान)मा वस्नु भएकोले “वज्र आवेश” भएको, तथा स्थित समाहित(ध्यान)मा बस्नुभएको जस्तै प्रज्ञप्तिको अन्त सबै देखी आउनुभएको हुनाले “महा आवेश” भनि वर्णन गरिराखिएको छ । “शताक्षो वज्रलोचन” भनेको भट्टारक मञ्जुघोषको निर्माण क्रोधेन्द्र शयेओटा अनुहारहरु एउटै शरीरको भई (ती हरेक) अनुहार एकएक प्रत्येकमा तीनतीनओटा आँखा भएता पनि अनुहार एकएकओटा हरेकको आँखा सबै आँखाको पर्याय (संख्या) एउटा गरी शयेओटा आँखा भएको, जुनआँखा एकएकओटा प्रत्येकमा वज्रको अग्नि ज्वाज्वल्यमान भएको आँखामात्र, फेरि भट्टारक मञ्जुघोषको निर्माण क्रोधेन्द्रहरुका आँखा अनन्त भएको (जसलाई यहाव) शयेओटा आँखा मात्र भनिराखिएको छ । धेरै संख्यामा, महतिठूलो शक्ति सम्झिएको अभिधान ग्रन्थादि छन् । “वज्ररोमाङ्कुरतनु” भनेको उहाँ क्रोधेन्द्रहरुका कायमा शरीरका रौंहरू सबै नै वज्रको अग्निज्योतिले बलिरहेको (भनिएको हो) । “वज्ररोमैक विग्रह” भनेको उहाँ क्रोधेन्द्रहरुका कायमा रौंहरू सबै साधारण नरदेहको जस्तो होइन, स्वयं ज्ञानवज्र एउटाबाट मात्र सिद्ध भैराखेको हुनाले हो । “वज्रकोटि नखारम्भो” भनेको उहाँ क्रोधेन्द्रहरुका हस्त पादका नङहरु सबै अङ्कुशजस्तै चुच्चो परी लामो भैरहेको स्वयं ज्ञानको वज्र मात्रै हो । “वज्रसार घनच्छवि” भनेको उहाँ क्रोधेन्द्रहरुका कायको छाला पनि केहिबाट पनि बिगार हुन सक्ने शक्तिको नभएको अत्यन्त तीव्ररूपमा कडा भएको (छानाच्वंगु?) वज्र जस्तै सार भएको हो । “वज्रमालाधर श्रीमान्” भनेको उहाँ क्रोधेन्द्ररु सबै सुहृदयको ज्ञान नबदलिने लक्षणको शिरमा वज्रको माला लगाइराखेका श्रीमान् सम्पन्नहरु हुनुहुन्छ । “वज्राभरण भूषित” भनेको उहाँ क्रोधेन्द्रहरू सबै दुइटा नभएको स्वयं ज्ञानको वज्र अलंकार पहिरिराखेका मात्र हन् समुच्चय गरे भने क्रोधहरुका सबै आभरणले संयुक्त हरू मात्र हुन् ।
दोस्रो – वाकको गुणद्वारा स्तोत्र गरिएको,-
हाहाट्टहासो निर्घोषो, बज्रघोष: षडक्षर:।।९।।
मंजुघोषो महानाद, त्रैलोक्यैकरवो महान्।।
आकाशधातु पर्यन्तो, घोषाघोष वताम्वर:।।१०।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाशव्यापि सकल प्राणिहरुका कारण गर्नको लागि अत्यन्त खुशी भई निर्घोषको हाँसो हाहा भनि हाँसेर आउनु भयो । भट्टारक मञ्जुघोषले प्राणिहरुका कारणलाई गरी आउनुभएको (कार्य)मध्ये मुख्यतः धर्मदेशना (नै) हो । तीनप्रकारका कुलीन(कुल?)का (जगत)प्रजाहरुलाई आआफ्नो भाग्य अनुसार धर्मदेशना गर्नुभइ, तीनिहरु मध्ये श्रेष्ठ भैरहेका उत्तमयानका कुलीनहरु जो अत्यन्त तीक्ष्ण इन्द्रिय भएका प्राणी (हुन्, तीनिहरू)का कारणलाइ लिएर बुद्ध हुनबाट टाढा भैरहेकाहरु लाइ बुद्धहुने उपमार्ग (अर्थात्) वज्रयानको धर्म बताउनुभई, वज्रको महाशब्दको षडक्षर भनिएको महागुह्यमन्त्र निर्देश गर्नुभयो । जुन षडक्षर गुह्यमन्त्र मञ्जुश्री मूलतन्त्र”मा आज्ञा गरिराखिएको छ, (त्यो) गुह्य षडक्षरी छओटा मन्त्र(हरू) छन् । यी छओटा मध्ये मुख्यको के हो भने “ॐबाक्येदंनाम” भनिएको हो । “ॐबागीश्वरेमुँ” भनेको षडक्षरी गुह्यमन्त्र पनि आज्ञा गरिराख्नु भएको छ । षडक्षरी गुह्यमन्त्रको प्रशंसा सहित यथार्थ आज्ञा गरिराख्नु भएको “मञ्जुश्री मूलतन्त्र प्रसर”को सातौं अध्यायमा गर्भोत्तम सकलको अर्थ उत्तमको गुह्य महापरमार्थ सर्वत्रमन्त्रको विधि भैराखेको यि षडक्षरका गर्भोत्तमको नि:शंखा(का?)को, त्यसै अवस्थामा? साधना गरी यसलाई बुझेका? र बुझ्ने क्षमता भएका? (थुपि?, बुझेका?) प्राणिहरुलाइ बोध गराउनको निम्ति उपायकौशल्य सम्यक रूपमा प्रतिस्थ गराउनको निम्ति, निश्चय नै सम्यकबोधि प्राप्त गर्नका निम्ति पहिले पनि छिहत्तर? कोटी बुद्धहरुले आज्ञा गरिआउनु भयो । अहिले पनि मैले बताइरहेको छु । भविष्यका पुरुषगणलाइ उपकार गर्नका निम्ति चित्तमा धारणगरी राम्ररी सुन । म बताउँदछु । यो कस्तो भने, – यहाँदेखि भगवान शाक्यमुनि(ले?) गुह्यमन्त्र यति आज्ञा गर्नुभयो –
“ॐबाक्येर्थजय” ।। “ॐबाक्येशेशस्व” ।। “ॐबाक्यबँजय” ।।
“ॐबाक्येनिष्टिय” ।। “ॐबाक्येयनम” ।। “ॐबाक्यदँनम:” ।।
यसरी यति “(हे )मञ्जुश्रीकुमार ! तिम्रो? षडमन्त्र तथा षडक्षर महासमर्थवान भएको परम गर्भवर? सिद्ध हुने, बुद्ध समान हुने, सकल प्राणिका लागि सकल बुद्धहरुले प्रवचन दिनुभएको, समय लंघन भएका एवं समय भएका हरुका सर्वत्र कार्य गर्ने, बोधिचित्त मार्ग अनुदर्शिक (भए)को, तथागतकुलमा मन्त्रको श्रेष्ठ हुने?, उत्तम-मध्यम-अधम तीनैओटामा प्रयुक्ति गराउने, समस्त कार्य(कर्म)को फलबाट विपाक दान दिने, शासन अस्तकालमा पनि सिद्धि प्राप्त हुने । कर्मको क्रम अनुसार सम्यकपरायण गराउने, मुहुर्तमा कारण साधन हुने, यसबाट चाँडै हानी (दु:ख) च्यूत गर्नको निम्ति पनि परमगर्भ यसबाट नै साधन गर । समुच्चय गरिएमा जसरी प्रयुक्त गरिएको हो त्यो त्यसैगरी नै सिद्ध हुनेछ”, भनि आज्ञा गरिराख्नु भएको छ ।
षडक्षरको यस्तो महामन्त्र भाग्यमानी जगतप्राणिहरुले क्रमानुसार गएमा(पालन गरेमा?) क्लेशरूपी कषाय?रूपमा बाक्लो-खस्रो टाक्सिएको (क्वाचुगु?) स्पर्श सबै छिट्टै शान्त भई (नभएर गई), रहित भएको (नभएको) स्वभाव भई, संयमी भई, ब्रह्मस्वर चाँडै सिद्ध हुने एवं भट्टारक मञ्जुघोषको काय वाक चित्तबाट शिघ्र नै सिद्धहुने महती ठूलो उपायकौशल्य हो । स्वर्ग-मर्त्य-पाताल त्रिलोकमा समान नभएको एकशब्द भनि राखिएकोमा यस एउटैमा तीनओटा आज्ञा गरिराख्नु भएको छ,- (१) दुइटा नभएको, (२) लोकको कारण एउटा मात्र परायणको, र (३) जोडा नै नभएको, गरी तीनओटा ।
(१) यसमा दुइटा नभएको एउटा (भनेको) के हो भने- “गुह्यमन्त्र”; यो जप गरे(पढे)मा दुइटा नभएको अर्थ चाँडै नै बुझिआउने हुन्छ ।
(२) लोकको कारण एउटा मात्र गर्नमा परायण भएको एउटा मात्र (भनेको) के हो भने- भट्टारक मञ्जुघोषले यावत महान ठूला धर्म बताउनुभएको सार (कारण) लोकहरु सबैलाइ दुर्गतिबाट तारिदिने मात्र भएकोले हो ।
(३) जोडा नभएको एउटा कसोरी भने- धर्म बताई आउनुहुने सकल(महासत्त्वहरू) मध्ये भट्टारक मञ्जुघोष(को मन्त्र?) जोडा नै नभएको अर्थात् सर्वत्र गुह्यमन्त्र मध्ये यस्तो षडक्षरको गुह्यमन्त्र जोडा नै नभएको भइ महति ठूलो प्रशंसा गरिएको छ ।
यो(यी?) षडक्षर गुह्यमन्त्र अल्पमात्रको (मात्रै) नभई(मखुगु?) पनि उच्चारण घोषणा गरे तापनि जगतको मात्र नभई आकाशधातु पर्यन्तका अत्यन्त भाग्यवन्तहरुले भट्टारक मञ्जुघोष(ले?) एक दिशाको मात्र जगतप्राणिलाइ होइन आकाशधातु पर्यन्तका अनन्त जगतलाइ सदाकालको लागि धर्मको शब्द घोषणा गरिपाल्नु भयो । भैराखेका जतिपनि शब्दहरू छन् तीनिहरू सबैमध्ये भट्टारक मञ्जुघोषले धर्म बताउनु भएको शब्द श्रेष्ठत्तम हो । तथा भट्टारक मञ्जुघोषले घर्म बताउनु भएको द्वारा त्रिकालका सकल बुद्धहरु पाल्नुहुने (कुरा), पहिले बताएको जस्तै हो ।
(आर्य मञ्जुश्री नामसङ्गीतीको टीका भट्टारक मञ्जुघोषको अधिष्ठानको अटूट जलबृष्टि चाँडै हुने मेघस्तुति शब्दघोषमा सातौं अध्याय आदर्शना जस्तो ज्ञानको अध्याय बताउनु भयो ।
अष्टम परिवर्त
प्रत्यवेक्षणा ज्ञानगाथा द्वाचत्वारिंशत
(तथता भूतनैरात्मा .. देखि .. ज्ञानार्चि सुप्रभास्वर सम्म)
तेस्रो – भट्टारक मञ्जुघोषलाई प्रत्यवेक्षणाज्ञान द्वारा गरिएको तीनओटा,-
१. छोटकरीमा भनिएको ।
२. विस्तृतगरी बताइएको ।
३. अर्थ समुच्चय गरी बताइएको ।
प्रथम- (भट्टारक मञ्जुघोषलाई प्रत्यवेक्षणाज्ञान द्वारा गरिएको)को आठओटा,-
१. भट्टारक मञ्जुघोषलाई दुइटा शुद्धसम्पन्न भएको धर्मकायद्वारा स्तोत्र गरिएको ।
२. धर्मदेशना गर्नुभएको स्वर शब्द स्तोत्र गरिएको ।
३. त्रिकाय द्वारा स्तोत्र गरिएको ।
४. कायको तेज (प्रभाव) समान नभएको द्वारा स्तोत्र गरिएको ।
५. कायको विपरिनत तथा समृद्धको सौख्य द्वारा स्तोत्र गरिएको ।
६. जगतका नाथ त्राता भई आउनुएको क्रम द्वारा स्तोत्र गरिएको ।
७. अनन्तज्ञगु? एवं जगतप्राणी संसार तरेर जाने क्रम द्वारा स्तोत्र गरिएको ।
८. त्रिकायको चरित्र द्वारा स्तोत्र गरिएको ।
प्रथम – भट्टारक मञ्जुघोषलाई दुइटा शुद्ध सम्पन्न भएको धर्मकाय द्वारा स्तोत्र गरिएको,-
“तथताभूत नैरात्म्य, भूतकोटि रणक्षर:।।
अर्थ – भट्टारक मञ्जुघोषको सु-हृदय सर्वधर्ममा स्थित (भई?), भूत नैरात्माको तथता स्वयं विशुद्ध भएको उपर अकस्मातको मेल पनि नभएको भई, पुन: अन्त्यमा उठन नपर्ने गरी सम्यक एकचित्त भएको उपचित्त समान (भई?) आउनुभयो । यसरी(यस्तो?) भट्टारक मञ्जुघोषको सुहृदको धर्मता दुइटा शुद्ध सम्पन्न भएको (छ) । त्यस धर्मकाय उहाँ जिन (एकजना)ले मात्र देख्ने (र उहाँ) बाहेक अन्य कुनै प्राणीहरूलाई त्यो अनुक्रमणीय (नभएको(छैन?) । (यो) केही उच्चारण गर्न नसकिने, विकल्प-विचार गर्ने नभएकोले यो जस्तो भएको धर्मकायलाइ नै रणक्षर?(“अनक्षर” अर्थात्) (भाव नभएको) भनि वर्णन गरिराखिएको छ । यस सुहृदका धर्मतामा एकाग्र भैराखेको भएको ज्ञानलाई नै ज्ञान धर्मकाय भनेको हो । आकाश व्यापिक प्राणीहरुलाई धर्मदेशना गरी आउनु भएको इत्यादि सर्वत्र विश्वलाइ कार्यको अधिपति हो । तसर्थ भट्टारक मञ्जुघोषलाई यसै क्रम द्वारा स्तोत्र गरिएको हो ।
दोस्रो – भट्टारक मञ्जुघोष लाई(ले?) धर्मदेशना व्याख्यान गर्नुभएको स्वर शब्द(बाट?) स्तोत्र गरिएको,-
शून्यतावादि बृषभो, गंभीरोदार गर्जन:।।१।।
धर्मशंखो महाशव्दो, धर्मगण्डी महारण:।।
अप्रतिष्ठित निर्वाणो, दशदिग्धर्मदुण्डुभि:।।२।।
अर्थ – भट्टारक मञ्जुघोष पूर्वोक्तानुसार धर्मकाय प्राप्त (गरिसकेको) भए तापनि स(श?)मथ धातुमा नगईकन महाकरूणाले चोदन गरी लोकहरुलाई धर्मदेशना गरी, सर्वधर्मको गर्भ भएको प्रतीत्यसमुत्पाद शून्यता सर्व(त्र?) प्रपञ्चको अन्त गरी, (त्त्यसबाट) छुटि?जाने (कुराको) निर्देश गरीआउनु भएको हुनाले (उहाँलाई) “शून्यतावादी बृषभो” भनि प्रख्यात गरिराखिएको हो । यस क्रममा “मूल माध्यत्मिका”मा शास्ता मुनिन्द्रलाइ समुत्पाद प्रपञ्चको आठओटा अन्त्य छुटेको (छुटाउने बारेमा?) देशना गरी आउनुभएको हुनाले सर्वत्रमा सत् वादी हुनुह्न्छ भनि प्रख्यात गरिराएको समान हो ।
भट्टारक मञ्जुघोषले जगतलाइ धर्मोपदेश गरी आउनुभएको क्रम सम्पूर्ण महति ठूलो गम्भीरको धर्मको शब्दबाट गर्जना “गम्भीरोदारो गर्जन”गरी आउनुभयो । यो गम्भीर किन हो भने,- सर्व धर्मको स्थिति शून्यता (भएकोले? ।) महान ठूलो(अर्थात् “उदार”) किन हो भने- (यो) कल्याणमित्रको संग भक्ति र सुदुर्लभ महार्थको क्षणसम्पद्, अनित्य, शरणागत, कर्मफल, संसारको दु:ख (र) यसबाट मुक्त हुने उपाय, मार्ग, त्रिशिक्षा, मैत्री, करुणा, बोधिचित्त, जिनपुत्रहरुको चर्या (शिक्षा), षट्पारमिता जान्ने क्रम एवं भूमि, मार्गमा जाने क्रमादि हो । (यसलाई) समुच्चय गरेमा भाग्यवान प्राणिहरुलाइ मार्गको अङ्ग सम्पूर्ण देखाइ बुद्धको भूमिमा साथै लिएर जानुहुन्छ । यस्तो किसिमले शंख फुकी आकाशव्यापि भएका भाग्यमानी लोकजन प्रजाहरुलाइ धर्मामृत पान गराउन निमित्त आह्वानगरी (आगन्तुके?) बोलाइ आउनुभएकोले “धर्मशंख महाशब्द”ले संयुक्त भएका भनि प्रख्यात गरिएको हो ।
भट्टारक मञ्जुघोषले उक्तानुसार बताइएको जुन धर्म बताउनु भइ अनन्त लोकहरु भाग्यवन्तहरू लाई समागम गरी सन्तुष्ट गरी दिनुभयो, त्यो संघ समोहन हुँदा बजाईने गण्डी समान भएकोले “धर्मगण्डि महारण” भनि प्रख्यात गरिराखिएको हो ।
भट्टारक मञ्जुघोषले जुनधर्म बताउनु भएको हो, त्यो प्रजालाई भव र शान्ति दुवैको अन्त्य छुटाएर त्रिकायको विमान (प्रासाद)मा राखी साथै (उडाएर?)लिएर जाने भएको हुनाले “अप्रतिस्थित निर्वाण” भनि प्रख्यात गरिराखिएको हो । त्रायत्रिंश (भुवन)मा बसेका देवताका पुण्यको शक्ति भैरहेको महादुन्दुभि बाजा आकाशमा सदाकाल नै स्थीर रहेको छ, देवताहरु कामगुणमा भुलेर बसी प्रमादमा परी रहँदा जुन आकाशमा रहेको दुन्दुभि बाजाले अनित्य देखाई धर्ममा परिचित्त गराउने आदि चतुःसम्बर धर्मको शब्द निकाली देवताहरु धर्ममा परिचित्त गराउने जस्तै भट्टारक मञ्जुघोषले दश दिशाका प्रणिहरुलाइ धर्म बताइ स्वभाव परिचित्त गरी आउनुएको हुनाले “दशदिग् धर्म दुन्दुभि” भनि प्रख्यात गरिराखिएको छ ।
तेस्रो – भट्टारक मञ्जुघोषलाई त्रिकाय द्वारा स्तोत्र गरिएको,-
अरुपो रुपवानाग्र्यो, नानारुपो मनोमय:।।
सर्वरुपोवभासश्रीः अशेष प्रतिविम्बधृक्।।३।।
अर्थ- भट्टारक मञ्जुघोषले त्रिकायको पद प्राप्त गरी आउनु भएको हो । त्रिकाय(को पद भनेको) यथार्थमा भैरहेको धर्मकाय, सम्भोगकाय, र निर्माणकाय लाई भनिएका तीनओटा (पदहरु) हुन् ।
(१) धर्मकाय (भनेको) माथि भनिएको जस्तै स्थितशून्यतामा एकचित्त भएका, रूप नभएका, गगनविशुद्ध भएकाहरु हुन् ।
(२) सम्भोगकाय भनेको उहाँ सर्वज्ञानको स्वआलोक, लक्षण व्यञ्जन अलंकृत भएको काय(मा?) प्रकट भएको रूप, सुन्दरको, परमको तथा समान नभएको हो ।
(३) निर्माणकाय (भनेको) सम्भोगकायको पद प्राप्त भएको साथ गगन व्यापि भैरहेका प्राणिहरुलाई आआफ्ना भाग्य र समान? नानाप्रकारका निर्माणकाय भई आउनुभई देवताका रूप भएर बोध गराउनु पर्नेलाइ देवतै भएर, मनुष्यका रूपमा भएर बोध गराउनुपर्ने लाइ मनुष्य नै भएर, चराचुरूंगी जनावर आदिहरुलाइ बोध गराउन पर्नेलाइ तत् तत् रूपकै भएर बोध गराउने भएकोले नानारूपवाला भनि मनोमय भनि प्रख्यात गरिराखिएको हो ।
यस्ता प्रकारका निर्माणकाय(हरू) जतिसम्म प्रकाश गरिआउनु भएको छ, ती सबै सम्भोगकायको ज्ञान स्वआलोकबाट प्रकट भएको हो, गगनको चन्द्रमा एउटाको रूपबाट जम्बूद्वीपको पर्वत जल स्थलमा (सवैठाउँमा) एकसमानको प्रतिबिम्ब प्रकट भएको जस्तै हो । तस्मात् “सर्वरूपोवभासश्रीः” र “अशेष प्रतिबिम्बधृक्” भनि प्रख्यात गरिराखिएको छ ।
चौथो – भट्टारक मञ्जुघोषलाई कायको तेज (प्रभाव) समान नभएको द्वारा स्तोत्र गरिएको,-
अप्रधृष्यो महेशाख्यो, त्रैधातुक महेश्वर:।।
समुछ्रितार्यमार्गस्थो, धर्मकेतु महोदय:।।४।।
अर्थ – भट्टारक मञ्जुघोषले त्रिधातुमा जोडा नभएको, अर्थात् मार र तिर्यक तथा वरप्रवर (अर्थात् हेपेर कुरा गर्ने) आदि कसैले पनि अप्रधृष्य (अर्थात् छुन पनि नसक्ने) भई आकाशव्यापि सर्वत्र भुवनमा महामहोत्तम अनुत्तरको शास्ता “महेशाख्यो” भई आउनुभयो । कर्मको बल बाट त्रिधातुकमा अधिकार गरी आउनु भएका महान ईश्वर (अर्थात्) “महेश्वर” (हुनुभयो) । स्वयं अत्यन्त उच्चको आर्यमार्गको त्रिकायको पदमा पाल्नुभई, त्रिधातुका प्राणिहरुलाई उदय(?) तथा अनुत्तरको महासुख दिने “धर्मकेतु” भई मार्गको अङ्गहरु सम्पूर्ण भएको महायानको तथा वज्रयानको उपमार्ग(हरू) निर्देश गरी आउनुभयो । अतएव यस्ता यस्ता गुणहरुलाई संस्मरण गरी भट्टारक मञ्जुघोष (अविसंहा(भा?)दि) कहिले पनि फरक नहुने भएको, शरणागत पर्यन्तको भनि बिचारगरी महाभक्ति आदरपूर्वक यति स्तोत्र पढी प्रार्थना गर्दछु ।
पाँचौं – भट्टारक मञ्जुघोषलाई कायको विपरिनत तथा समृद्धको सौख्य द्वारा स्तोत्र गरिएको,-
त्रैलोक्यैक कुमाराङ्ग, स्थविरो वृद्ध प्रजापति: ।।
द्वात्रिंश लक्षणधर, कान्त त्रैलोक्यसुंदर:।। ५ ।।
अर्थ – भट्टारक मञ्जुघोषले जगतको कारणलाई लिएर गर्नुभएको क्रम अनित्य कसैलाइ कुमारको क्रम, कसैलाइ श्रावकको क्रम, कसैलाई प्रत्येकको क्रम, कसैलाइ बोधिसत्त्वको क्रम, र भाग्यवन्त उत्तम लोकजनलाइ बुद्धको काय भई देखाई आआफ्ना भाग्य समानले धर्म बताइ, कारणगरी पाल्नुभयो ।
(१) कुमारकाय देखाउनु भएको कसोरि भने, यस त्रिलोकमा कुमार सोह्र वर्षको उमेरको जस्तै उहाँको काय हेर्दैमा हेर्न नपुग्ने जेष्ठ जिनपुत्रको चलन धारणगरी प्राणीहरूको कारण गरी पाल्नुभएको निम्न गाथा यस्तो छ;-
श्योंन्वि कुल्वि क्षांपापो, श्येर्हाप् ध्वेमे ह्राप्तुग्यम् ।
जिग्तेन सुम्घ्यि मुन्सेल्वा, ज्याम्पे ञ्यांला क्षाछेल्लो ।।
(अर्थात्) कुमारकाय शरीर धारण गर्नुभएका, प्रज्ञाको प्रदीप प्रलयङ्कार गर्नुभएका, त्रिलोकको अन्धकार सकाइ आउनुभएका, भट्टारक मञ्जुघोषलाई सादर प्रणाम ।। भनेर स्तोत्र गरिराखिएको जस्तै?- दशदिगको प्रसर भुवनमा मञ्जुश्रीकुमार भनेर एकजना मात्र कुमारकाय परिकीर्तित गरिएको छ ।
(१) श्रावकको क्रम देखाई आउनुभएको कसोगरी भने- श्रावक कुलीनहरूलाई अनुगृहीत गराउनको लागि श्रावक-अर्हतको क्रम धारणगरी (पालन गरी) आउनुभई स्थवीरहरूको कार्य गर्नुभयो । कसै कसैले भिक्षुको नियमित त्रिसम्बरले युक्त भएको क्रम धारण गरी(गराई?) ति प्रजाहरुलाई त्यही नै क्रममा साथै लिई जानुभयो ।
(२) स्थवीरका उपसम्पद भएर दशवर्ष बितेपछि विनयको शिक्षा किञ्चि?मात्र नै जानी अनुभवको अर्घे? प्रधानता गरी आफू बृद्ध भाव भएपनि अरूको लागि प्रतिवर्ध? गर्नु नपर्ने स्वच्छन्द भएको कारणबाट “स्थवीर” भनि भनिराखियो ।
(३) बु(बृ?)द्धको शरीरमा पनि मिलाएर “प्रत्येक”को मा पनि मिलाएर बताई दुइटा गरि राखिएको छ ।
(४) “प्रजापति” भनेको ब्रह्म तथा त्रिसाहस्रको अधिपति भनिएको हो । यो सवै कालचक्रको शुद्धाभिषेक सहित मिलाएर बताइएको छ । “द्वात्रिंश लक्षणधर” भट्टारक मञ्जुघोषको कायमा बत्तीसओटा लक्षणहरूले अलंकृत भैरहेको हो ।
बत्तीस लक्षणहरू भनेका के के हुन् भने –
१.
२.
भट्टारक मञ्जुघोषको कायमा बत्तीस ओटा भद्र(ता)का लक्षणहरू बाट अलंकृत भई आउनु भएको, त्रिकोलमा परम सुन्दर भएको अर्थात् (अप्रीतिक्षलो दर्शनेन?) दर्शन भयो भने अप्रीति हुँदैन, सबैको मनमा पनि मनपर्ने सुन्दर, हेर्दैमा हेर्न नपुग्ने, दर्शन हुनासाथ अकुशल (हीनकर्म) आवरण शुद्ध भई विशिष्ठको गुण दिइदिनुहुने, दर्शन हुनासाथ कारणबाट युक्त हुने, भनेर भनिराखिएको छ ।
छैठौं – भट्टारक मञ्जुघोषलाई जगतका नाथ त्राता भई आउनुएको क्रम द्वारा स्तोत्र गरिएको,-
लोकज्ञान गुणाचार्यो, लोकाचार्यो विशारद:।।
नाथस्त्राता त्रिलोकान्त:, शरणंतायि निरुत्तर:।।६।।
अर्थ – उहाँ भट्टारक मञ्जुघोषले आकाश व्यापिक लोकहरूमा रहेका अत्यन्त भाग्यमानीहरु लाई (१)जान्नुपर्ने, (२)छोडनुपर्ने र (२)पक्रिनुपर्ने (कुराहरुका) रहस्यका सुदर्शक? आचार्य (अर्थात् ”लोकज्ञानगुणाचार्य”) तथा चतुर्अभय प्राप्त भएका अनन्त लोकहरुका आचार्य (“लोकाचार्य”) भई आउनुभएका, र (प्रवरादी) कसैको पनि भय नभएको (“विशारद” हुनुहुन्छ ।,) उहाँ भट्टारक मञ्जुघोष देव सहित सकल लोकहरुका “नाथः त्राता” अनन्त लोकहरुका चित्त समाधान गर्नेवाला मित्र (“त्रिलोकान्त”) (हुनुहुन्छ), अशरण प्राणिहरुलाई शरण लिई आएका (“शरणंतायि” हुनुहुन्छ), अपरायणहरु लाइ परायणि भई आउनु भएका (हुनुहुन्छ), मार्गमा भ्रमित भैराखेकाहरुका निमित्त नायक (हुनुहुन्छ), दु:खीहरुलाइ रक्षा गरी आउनु भएका (हुनुहुन्छ), स्थान(बास) नभएकालाई बास (हुनुहुन्छ), अन्धकारमा भ्रमित भैराखेका लाई प्रदीप(बत्ती) भई आउनु भएका (हुनुहुन्छ), र दिशाभ्रष्टभई बाटो भुलेकाहरूलाई बाटो देखाइ पाल्नुभएका अनुत्तर (“निरूत्तर”)को हुनुहुन्छ ।
सातौं – भट्टारक मञ्जुघोषलाई अनन्तज्ञगु? एवं जगतप्राणी संसार तरेर जाने क्रम द्वारा स्तोत्र गरिएको,-
गगनाभोग संभोग:, सर्वज्ञ ज्ञानसागर:।।
अविद्याण्डकोश भेत्ता, भवपंजर दारण:।।७।।
शमिताशेष संक्लेश:, संसारार्णव पारग:।।
ज्ञानाभिषेक मुकुट, संम्यक्संबुद्ध भूषण:।।८।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाश व्यापिक प्राणिहरुका कारणलाई लिएर अविसंहादि पर-शरणागत आफू जसरी सकल भयबाट मुक्त हुनुभयो त्यसरी नै अन्य जनलाई भयमुक्त गर्नका लागि उपाय जानेका (“गगनाभोग संभोग” हुनुहुन्छ), महाकारुणिक भई नजिक र टाढाको भन्ने नरहेका (हुनुहुन्छ), प्राणिहरूलाई संसारबाट तार्न कहिले पनि दिक्क नमान्ने (हुनुहुन्छ ।), उपर्युक्त भट्टारक मञ्जुघोषले आकाशव्यापि सकल प्राणिका सन्दिट्ठिक र परन्तुको (पनि) श्रीसम्पत्ति सर्वत्र हितसुखको बीज भएको (हुनुहुन्छ) । उहाँले “सर्वज्ञ”(ता)को ज्ञान प्राप्त गरी आकाशव्यापि प्राणिहरू जोसुकै भएतापनि ती सबैका हितोपकार जे जस्तो मात्र भएपनि त्यसलाई गरिदिने उपाय गर्नको लागि (सम्मोष) अमूल्य(मूमदु) थाहा नभएको केहि नभएको भई, क्रमश: धर्म बताई आउनुमा निर्भिक भएको, उहाँ सर्वज्ञको ज्ञानको प्रज्ञप्ति सकल व्याप्त भएकोले हो । उहाँलाई “ज्ञानको सागर” भनि वर्णन गरिराखिएको कसोरी हो भने – यस लोकमा दुर्लभ भएको रत्नको ज्ञान सबै महासागरमा भएको जस्तो आकाश व्यापिक प्राणिहरुका हितसुख सबै जुन ज्ञान भएको कारणले हुने हो ।
भट्टारक मञ्जुघोषले प्राणिको कारणलाइ लिएर गरिआउनु भएको कसोरि भने- प्राणिहरु अनादि देखि नै अविद्याको कापभित्र परेर स्वच्छन्द नभई दु:खको बन्धनमा परी रहेका को “अविद्याण्डकोश” (अर्थात्) अविद्याको अण्डकोश(लाई) फुल जस्तै फुटाली आएका (“भेत्ता”), अनादि देखि नै भव बन्धन रूपि बलियो पञ्जाले समातिराखिएका हरुका “भवपञ्जर” (अर्थात्) भवका पञ्जरलाइ जरादेखि नै छेदन गरी मर्थ(र्द?)न गरी आउनु भएका (“दारण” हुनुहुन्छ) । “शमिता अशेष संक्लेष” (अर्थात्) अनादिदेखि नै क्लेशको बन्धनमा परेका हरुका सर्वसकल क्लेशहरूलाई शान्त गरी आउनु भएका, “संसारार्णव पारग” (अर्थात्) कर्मवायुले संसार सागरमा बगाई लगेकाहरुका लागि संसारको सागरबाट तारेर त्यसवाट पार गराई मोक्षको सुखा भूमिमा पठाइ आएका हुनुहुन्छ ।
भट्टारक मञ्जुघोषले भाग्यवन्तहरुलाई स्वय् आफू शरणागय अविसंहादि त्रिकाय पञ्चज्ञान संयुक्त भएको पद प्राप्त भएको देखाउनाका लागि पञ्चबुद्धले अभिषेक दिएको मुकुट लगाइ अक्षोभ्य शिरमा अलंकृत भूषण गरी “ज्ञानाभिषेक मुकुट, संम्यक्संबुद्ध भूषण:” भई देखाउनुभयो । तन्त्रगाथा यो यति कालचक्र तन्त्रमा बताइएको जस्तै अभिषेक दिने क्रममा पनि मिलाएर बताइराखिएको छ ।
आठौं – भट्टारक मञ्जुघोषलाई त्रिकायको चरित्र द्वारा स्तोत्र गरिएको,-
१. धर्मकाय चरित्र सहित द्वारा स्तोत्र गरिएको ।
२. निर्माणकाय चरित्र सहित द्वारा स्तोत्र गरिएको ।
३. सम्भोगकाय चरित्र सहित द्वारा स्तोत्र गरिएको ।
प्रथम- धर्मकाय चरित्र सहित द्वारा स्तोत्र गरिएको । दुइओटा,-
१. धर्मकायको स्वभाव द्वारा स्तोत्र गरिएको ।
२. धर्मकायको आश्रयबाट प्राणिको कारण भएको द्वारा स्तोत्र गरिएको ।
प्रथम- धर्मकायको स्वभाव द्वारा स्तोत्र गरिएको,-
त्रिदु:ख दु:खशमन, स्ध्वान स्त्रिमुक्तिग:।।
सर्वावरण विनिर्मुक्त, आकाश समतांगत:।।९।।
सर्वक्लेशमलातीत, स्त्र्यध्यानध्व गतिंगत:।।
अर्थ – भट्टारक मञ्जुघोषले धर्मकायको अभिचरित्र गरी आउनुभई, “त्रिःदुख” अर्थात् (१) दु:खातिदु:ख, (२) विपरिणाम परिवर्तन दु.ख, र (३) व्यापिक संस्कार दु:ख समेत तीनैओटा दुःखहरु समुच्छ्रित भएको सर्वदु:खलाई शान्त गरी सकाई, आकाश व्यापिक सकल प्राणिहरुका (ती) त्रिदु:खहरु सकाउन सक्ने (त्रैकालिक मार्ग “त्रैध्वानः त्रिमुक्तिगः” अर्थात् (१)श्रावकको मोक्ष(मार्ग), (२)प्रत्येकको मुक्ति(मार्ग), (३)महायानको मोचन(मार्ग) समेत तीनैओटा मार्गहरू समुच्चयगरी, छोडनपर्ने जति (छोडी?) गगन पर्यन्तको समान अत्यन्त प्राप्त भई (“सर्वावरण” अर्थात्) (१) क्लेशावरण (२) ज्ञेयावरण (३) समापत्तिआवरण (समेत तीनैओटा आवरणहरू) सर्वत्रबाट “विनिर्मुक्त” भएको स्वभावकाय प्राप्त भयो । जुन काय प्राप्त भएको समयानुसार गगन समानको सुविशुद्ध धर्मधातु समतामा स्थीर (आकाश समतां गत”) भई, सर्वत्र क्लेशमलबाट छुटि (सर्वक्लेशमलातीत” भई) गई, (१) अतीत, (२) अनागत र (३) प्रत्युत्पन्न भएका त्रिकालका संचय भएको अनन्त प्रज्ञप्तिको स्थान अभावबाट प्रत्यक्ष जानेको ज्ञानधर्मकाय प्राप्त भयो ।
दोस्रो – धर्मकायको आश्रयबाट प्राणिको कारण भएको द्वारा स्तोत्र गरिएको,-
सर्वसत्व महानागो, गुणशेखर शेखर: ।।१०।।
सर्बोपधि विनिर्मुक्तो, व्योमवर्त्मनिसुस्थित: ।
महाचिन्तामणि धर:, सर्वरत्नोत्तमोविभु:।।११।।
महाकल्पो तरूस्फीतो, महाभद्रघटोत्तम।।
सर्वसत्वार्थकृत्कर्ता,
अर्थ – यस्तो प्रकारको ज्ञानधर्मकाय बाट आकाशब्यापिक सकल प्राणिहरू (अर्थात् “सर्वसत्त्व”)का सुख सकल प्राप्त हुने एउटामात्र बीऊ भैराखेको आशय सबै जलबृष्टि गरिदिने भएको हुनाले “महानाग”, र चौरासी हजार धर्मस्कन्धहरूको महान प्रत्यय अधिकार भई सर्वत्र गुणको मय भएकोले “गुणशेषर” भनि प्रख्यात गरिराखिएको छ । (किन्तु?) त्रिधातुकका प्राणिहरु भन्दा उच्चस्थ गुणवन्तहरु मुनिको पञ्चशिक्षा धारण गरेका उपासक हुन् । सर्वसकल उपासकहरू मध्ये उच्चस्थ गुणवन्तहरु शिक्षाको संस्थिर दुइटा धारण गरेका श्रामणेर हुन । सर्वषकल श्रामणेरहरु भन्दा उच्चस्थ गुणवन्त भएका दुइसये छपन्न? (निस: व न्येखुगू) ओटा नियम पालन गर्नेवाला भिक्षु हुन् । हीनयानको मार्गमा बसेका सकल भिक्षुहरु भन्दा उच्चस्थ भई गुणवन्त भएका भिक्षु बोधिसत्व हुन् । सकल पृथक् बोधिसत्व भन्दा उच्चस्थको गुणवन्त भएका आर्य बोधिसत्व हुन् । यी सकल परम उच्च भएका गुणवानहरु मध्ये पनि श्रेष्ठोत्तमको भएका सर्वक्लेशबाट विमुक्त (अर्थात् “सर्वोपधि विनिर्मुक्त”) भएका गगनपथ समानका दुइटा शुद्ध सम्पन्न भएका धर्मधातुमा प्रतिस्थ (अर्थात् “व्योमवर्त्मनि सुस्थित) भएका भट्टारक मञ्जुघोष हुनुहुन्छ भनि भट्टारक मञ्जुघोष(लाई) सकल मध्ये विशेष आर्य भएको हुनाले प्रख्यात गरिराखिएको छ ।
यसप्रकाले दुइटा शुद्ध सम्पन्न भएको ज्ञानधर्मकाय प्राप्तभई इच्छा भएसम्म पुराइदिने बिस्तृत महाकल्पबृक्ष, (तथा) कामना गरेजति दिने उत्तम महाभद्रघट समानको भई, केहि पनि यत्न वा युक्तिजुक्ति विकल्प गर्नु नपर्ने गरी जो सुकैले प्रार्थना गरेपनि सकल लाइ नै वर तथा साधना सिद्धि जे जति इच्छा गरेको हो चिन्तना अनुसार वरदान दिई आउनुभएको द्वारा सकल प्राणिहरुका कारण गरी सर्वसत्वार्थकृत्कर्ता भई आउनुभयो । तसर्थ भट्टारक मञ्जुघोषलाई “महाचिन्तामणिधर, सर्वसत्व तमोविभू, महाकल्पतरु स्फीतो” भनि महत्ता दिई प्रख्यात गरिराखिएको छ ।
दोस्रो – निर्माणकाय चरित्र सहित द्वारा स्तोत्र गरिएको,-
…………….. हितैषिसत्ववत्सल: ।।१२।।
शुभाशुभज्ञ कालज्ञ:, समयज्ञ: समय विभु:।।
सत्वेन्द्रियज्ञ वेलज्ञ, विमुत्तिस्त्रय कोविद: ।।१३।।
अर्थ – भट्टारक मञ्जुघोषले धर्मकायको पद प्राप्तगरी आकाशव्यापि सकल सत्त्वप्राणिहरूलाई हितगर्ने कारणबाट प्रेमपूर्वक मैत्रीले हेरिलिनु भएको हुनाले “हितैषि सत्त्व वत्सल” भनियो । सकल प्राणिहरूको शुभ-अशुभको कर्म फल (जानेका “शुभाशुभज्ञ”), दु:खसुखको जति सम्म भोग गर्नुपर्ने हो सबै प्रत्यक्षमा जानेका (“कालज्ञ”?), अतीतकालमा जुन कर्म गरिएको हो, बर्तमानकालमा जे जस्तो कृतकार्य गरिएको हो भविष्यकालमा जे जसो गरिने हो यी सबै जानेका “महाविभु” (हुनुभयो) ।
स्वयं उहाँ नै पहिले सकल जिनहरु लाई साक्षी राखी सकल प्राणिहरुलाई संसारको दु:खबाट तारिदिन्छु भनेर प्रतीज्ञा गरी आएको संप्रजन्य स्मृति भएको, गरेको प्रतीज्ञा कहिले पनि नबिर्सिनेवाला “सत्वेन्द्रियज्ञ” हुनुहुन्छ), समय सुसम्पन्न भएका, षट्गतिका प्राणि जसलाई पनि देखिलिनुभई, संसारचक्रको बासबाट आकर्षण गरी जुन बखतमा तारिदिनु पर्ने हो त्यसै बखत विदित भई आउनु भएका (“बेलज्ञ” हुनुहुन्छ), एक-एकजना प्राणिहरूको इन्द्रिय र चिन्तना धातु अनुशयले यथार्थ विदित भई आआफ्नो भाग्य अनुसारले श्रावक प्रत्येक महायानको तीनओटा विमुक्ति सम्पराय गर्न पनि जानेका (“त्रि-मुक्ति कोविद” हुनुहुन्छ) । (साथै आफूले) जानेको जस्तै नै जुन बखतमा जे ननाघिकनै प्राणि तथा यिनिहरुको कारणल यस क्रमबाट व्याकरणमा मुनिन्द्रले षट्गतिका प्राणिहरुलाई हेरिलिनु भई कारणले गरी गरिदिनुभएको आज्ञा गरिराखिएको जस्तै हो ।
व्याकरणमा भगवान (भट्टारक मञ्जुघोष)लाई यी गुणहरू सम्पन्न भनि भनिएको छ,- (१) नजानेको नबुझेको केहि नभएको, (२) महाकारुणिक, (३) बुद्ध, (४) भगवान, (५) लोकजनलाई हित गरी आइराख्नु भएका संरक्षक एकजनामात्र परमको भएको, (६) दुइटा नभएको, (७) दुइटा आशा नभएको(?), (८) शमथ (र) विपश्यना (दुवै) गरी आएका, (९) त्रिविद्या स्वच्छको, (१०) त्रिशिक्षामा सुशिक्षित भएका, (११) तीनप्रकारका बिनयमा संस्थिर जानेका(भएका?), (१२) चारओटा नदी तरेका, (१३) चतुऋद्धिपादको आचरण स्थानमा स्थीर भएका, (१४) चतुर्संग्रहवस्तुलाई ताकालदेखि अभ्यास गरिआउनु भएका, (१५) चतुरार्यसत्य देशना गरिआउनु भएका, (१६) चतुर्अभय(बाट) निर्भय भएका, (१७) पञ्च अङ्ग छोडेका, (१८) पाँच लोक नाघेका, (१९) पञ्चस्कन्ध अनात्म देशना गरि आउनुभएका, (२०) षट्अङ्ग सुसंयुक्त भएका, (२१) षट् पारमिता सम्पूर्ण भएका, (२२) षट् इन्द्रियका द्वार बन्द गरी आउनु भएका, (२३) सम्यक् आनन्द को छओटा धर्मको भावना गरि आउनुभएका, (२४) सप्तबोध्यङ्गको फूल सिउरी आउनुभएका, (२५) आर्य सप्तधन देखाइ आउनु भएका, (२६) अष्ट-लोकधर्मले नछोएका, (२७) अष्टङ्गमार्ग देखाई आउनुभएका, (२८) नौओटा समापत्ति बुझेका, (२९) सर्वत्र कृपणका नौओटा वस्तु जानी संयुक्त भएका, (३०) दशदिग्मा सम्यक रूपमा यश फैलिएका, (३१) शतसहस्रमा अधिकार गरिएको हेरि विशेष आर्यहरुका धर्मतामा छओटा कालमा बुद्धको चक्षु लोकमा हेरी आउनुभएका, (३२) कसैलाई उद्धार गर्ने बखतमा बेला भयो भनेर देखिजानी सागरमा बसेका (कुम्भिर?) नै भएपनि बेलाबखत नाघिगएको भएतापनि बुद्धले उद्धार गर्छु पनि मैत्री राखेको बेलामा पनि नाघि नजाने भएको । भनि यसरी आज्ञा गरिराखेको छ ।
तेस्रो – निर्माण(सम्भोग?)काय चरित्र सहित द्वारा स्तोत्र गरिएको,-
गुणी गुणज्ञो धर्मज्ञ:, प्रशस्तो मंगलोदय: ।।
सर्वमंगलमांगल्य:, कीर्तिलक्ष्मी: यश:शुभ: ।।१४।।
महोसत्वो महाश्वासो, महानन्दो महारति:।।
सत्कार: सत्कृतिर्भूति:, प्रमोदश्री: यशस्पति:।।१५।।
वरण्यो वरद:श्रेष्ट:, शरण्य: शरणोत्तम:।।
महाभयारि प्रवरो, नि:शेष भयनाशन:।।१६।।
अर्थ – भट्टारक मञ्जुघोष (१) लक्षण व्यञ्जन बाट अलंकृत इत्यादि भएको कायको गुण, (२) षष्ठिस्वराङ्ग (अर्थात् साठीओटा अङ्गहरु भएको स्वरहरु)ले संयुक्त भएको बाट सम्पन्न भएको वाक(वचन)को गुण तथा (३) सर्वत्र प्रज्ञप्ति देखेको इत्यादि चित्तको गुण यी गुणहरुले संयुक्त (“गुणी गुणज्ञ”) भई, यो यति ठूलो गुण निशेष्ठाको (निःशेषगरी)? त्यो गुण जगतलाई पनि परिचित गरिदिने उपाय क्रम यथार्थ पूर्वक जानी सिकी (“गुणज्ञ” भई), (त्यो उपाय क्रम) जसरी जानेसिकेको हो जस्तै गरी लोकजनहरु पनि बुद्धको पद प्राप्तगर्ने उपायबाट क्रमश लिएर जानु भयो “धर्मज्ञ” । केवल पहिले नै कर्मफलको धर्म बताई श्रद्धामा प्रवाहित गरी, मूल? गरी जसलाई दुर्गतिबाट उतारण गरी स्वर्गको सुखमा पठाई मूल गरी (“प्रशस्तो मंगलोदगय” गरी) आउनुभयो । यहाँ देखि ससंक्लेश र विशु? पाक्षिकलाइ पक्रने छोडने सुविनित गराई देखाई सर्वमूलहरु मध्येपनि मूलको (“सर्वमंगल मांगल्य”) अनागामीको मार्गमा राखी सकल जिनपुत्रहरु द्वारा प्रख्यात गराइ राखिएको “कीर्ति” “लक्ष्मी” “यश” परमार्थको “शुभ” कुशलको मोक्षभूमीमा राखी अनादि देखि नै संसारमा घुमिरहेका साहस नै हराइसकेका हरुलाई साहस दिई आउनुभएको हुनाले भट्टारक मञ्जुघोषलाइ महा-साहसदाता (अर्थात् “महाश्वासो”) भनि प्रख्यात गरिराखिएको छ । अनादि देखि नै दु:खले डाह भैराखेकाहरू लाइ मुक्तिको महोत्सवमा पठाइ आउनु भएको हुनाले “महोत्सवो” भनि प्रख्यात गरिएको छ । लोकजनहरू लाइ महाआनन्दको मोक्ष अनुत्तरको अक्षयश्री तर्फ पठाई आउनुभएको हुनाले “महानन्दो महारति” भनेर प्रख्यात गरिराखिएको हो ।
अतएव भट्टारक मञ्जुघोष देव सहित लोकजनहरुले “सत्कार” समृद्ध पूर्वक पूजा गराइ आउनु भएका, “सत्कृति” समृद्ध पूर्वक उपस्थान (सेवा टहल) गराई आउनुभएका, “यशस्वी” “प्रमोद”को स्थान भएका, प्रभु, “श्री”मान, वर सुसम्पन्नको “वरण्यो”, वरदानको श्रेष्ठोत्तम “वरदश्रेष्ठ”को, शरणोत्तम भएको “शरण्यो”, कर्मक्लेशले बन्धनमा राखने संसारलाइ ध्वंश गरी आउनुभएका हुनाले “महाभयारि प्रवरो” विशेष रूपमा लोकभय नाश गरी आएका भनि महान ठूलो प्रख्यात गरिराखिएको छ । तस्मात् यस्तो तन्त्र पढनेले उपर्युक्त गुणलाइ राम्ररी संस्मरण गरी उहाँ भट्टारक मञ्जुघोषलाइ भक्ति द्वारा आदर पूर्वक प्रार्थना गर्नु पर्दछ ।
दोस्रो – भट्टारक मञ्जुघोषलाई प्रत्यवेक्षणाज्ञान द्वारा सविस्तार पूर्वक स्तोत्र गरिएको पाँचओटा,-
१. कायको विपरिनत नानाप्रकार द्वारा प्राणिको कारण गरिआउनु भएको क्रमबाट स्तोत्र गरिएको ।
२. धर्मको काय द्वारा स्तोत्र गरिएको ।
३. ज्ञानको काय द्वारा स्तोत्र गरिएको ।
४. निर्माणकायको लीला सहित स्तोत्र गरिएको ।
५. संभोग काय द्वारा स्तोत्र गरिएको ।
पहिलो- (कायको विपरिनत नानाप्रकार द्वारा प्रणिको कारण गरिआउनु भएको क्रमबाट स्तोत्र गरिएको) । तीनओटा,-
१. गृहस्थीको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको ।
२. प्रब्रजितको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको ।
३. विमुक्तिको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको ।
प्रथम- गृहस्थीको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको,-
शिखी शिखण्डी जटिलो, जटी मौली(ण्डी?) किरीटिमान्।।
पंचानन: पंचशिख:, पंचचीरक, शेखर:।।१७।।
अर्थ- भट्टारक मञ्जुघोषले लोकहरुको धातु चिन्तना गरी हेर्नुभई नानाप्रकारका भेष देखाई आउनुभयो । “शिखी” भनेको टुप्पी राखेको भेष (बनाएको), र “शिखण्डी” भनेको शिखालाई दायाँ बायाँ झारेको विशेषलाइ भनिराखिएको हो । शिखण्डी जटिली भनेर मिलाएर बताइएको हो?? । कसैले शिखण्डी भनेको चूडाकर्म गर्दा कपाल अलिकता काटी त्रिरत्नलाइ चढाएको कारण देखाएको इत्यादि अनेक प्रकारबाट बताइएको भएतापनि पछिल्ले अर्थ नमिल्ने जस्तो लाग्दछ (महँगु थे च्वों) । जे भएपनि केशस्थापित (अर्थात्) कपाल पाल्ने-सँवार्ने नीति(तरीका) मध्येको विशिष्ट प्रकारको एउटा हो । “जटा” भनेको त प्रचलित (शब्द) नै भयो । जटामुञ्ज भनेर भनेकोमा टीकामा जटा र मुञ्ज अलग अलग गरि, मुञ्ज भनेको कपाल लामो पारी तलतीर झारेकोलाई भनिराखेको छ । तथा (यसरी नै?) जटामुञ्ज भनेर परिकीर्तित भैराखेको जस्तै नै हो । “किरीटीमान” भनेर मुकुट लगाएको भनेको त बुझ्नलाई सजिलो नै भयो ।
“पञ्चानन पञ्चशिख” भनेको कुनै मघ? भनेको टीकामा पाँचओटा टाउको (अनुहार) भई हरेक टाउकोमा एक-एक ओटा शिखा(टुप्पी) भएको भनेर भनिएको छ । कसैले भट्टारक मञ्जुघोषले ब्रह्माको भेष धारण गरेको भनेर पनि बताएको छ । ब्रह्मा भनेका चारओटा मुख भएका भनेर भनिएको अवस्थामा ब्रह्माको पाँचओटा मुख निर्माण गरी चारओटा टाउको माथी एउटा अर्को टाउको (अर्थात् मुख) भएको भनिराखिएको छ । चार ओटा अनुहारको चारओटा विद्या भनिराखिएको जस्तै भट्टारक मञ्जुघोषले जगतको कारणबाट यस्तै भेष लिई आउनुभएको हो ।
“पञ्चचीर” भनेर भट्टारक मञ्जुघोषको नाम नै परिकीर्तित भएको शिरको केशलाइ (पाँचओटा?) जटाबनाई बाँधिएको लाई नै पञ्चचीर भनिएको, जुन चीर(हरू) एक-एक ओटामा सुगन्धित पुष्पले शोभा गरिराखेको हुनाले “पञ्चचीरक शेखर” भनि प्रख्यात गरिराखिएको छ । यी सबै केवल लक्षण(का लागि) मात्र (भनिएक) हुन् । भट्टारक मञ्जुघोषले आकाश व्यापि प्राणिहरुलाई करुणा कृपादृष्टि राखि आआफ्नो इन्द्रिय अनुसारको जोजसलाई जसरी उद्धार गर्नुपर्ने हो निर्माण गरी अवतार लिई पाल्नुभएको हो ।
यो यस्तो गाथा कालचक्रतन्त्रमा अभिषेक क्रममा मिलाएर अभ्यन्तर बाट बताइएको छ । बुद्ध र बोधिसत्व अभिषेक प्राप्त भएका(हरू)ले जे जहाँ जसरी गर्नुपर्ने हो त्यहाँ त्यसरी नै अनेक-अनेक प्रकारबाट निर्माण भई अवतार देखाउने गर्दछ भनेर भनिएको छ । “रत्नतल धारणि”मा (यसो भनिएको छ),-
“उहाँहरू कवि भई आई कविता काव्य वनाइदिनु हुने छ । नाच्न जान्ने भई आई नाची देखाउनु हुनेछ । दुन्दुभि बाजा बजाउन जान्ने भई आई बजाई देखाउनु हुनेछ । मधुर गरी वाद्य बजाउन जान्ने भई आई बजाई देखाउनु हुनेछ । हाऊभाऊ (पह?) देखाई….., शोभा हुने गरी….., अलङ्कार पहिरी (लगाई?) । माला लगाई, श्रृंगार गरी, बीणाको नायक भई, समन्त बहुरूप देखाई, ग्रामाग्राम(?)को मालिक भई, सारथी भई, सार्थवाह भई, वणिकहरुका नायक भई, गृहपति भई, राजा-मन्त्री-पुरोहित-दूत भई, निर्भय वैद्यको शास्त्रविधि जानेको भएर देखाउनु हुनेछ । फेरि, उहाँहरू अरण्यमा महाकल्पबृक्ष भई, भैषज्यरत्नको अक्षय खानी भई, चिन्तामणी रत्न कामदत्त(कल्प?)बृक्ष भई, बाटो भुलेकालाई बाटो देखाइदिने भई (देखाउनु हुनेछ) । लोक सम्भव? अदीर्घमा(ढीलो नगरी) सिकी, प्राणिहरुको कर्मको कर्तु थाहा नपाएका (एवं) बुझेकाहरूले पनि गरेको अभिलाषलाइ दिक्क नमानी, द्रोह नभएको भई, जेसुकै युक्ति गरेर पनि प्राणीलाइ सुखी गराउन जानेका, प्रख्यात भएका, विद्या-बल-भैषज्य तथा नानशास्त्र सकल(कुराहरू) जुन ऋषिहरुले प्रोवाच गर्दछन, जुन देव सहित लोकहरुका अभिलाषा भएको ऋषिचर्यावर सज्जन जोसुकै भएतापनि ब्रती दुष्कर तपस्वी सर्वोत्तम हुनुभएका हरू, जसलाइ विद्वानहरुले प्रवाचा गरिराखिएको चर्याकारीहरु, तीर्थंकर तापसीहरु, गौतम देखि अपवादचारिहरु समेत, नाङ्गा निर्वस्त्र लज्जारहित श्रमणहरुलाइ पनि तीर्थंकरहरुको आचार्य भएर आउनुहुन्छ । यीनिहरूलाई सदा नै जीविका मात्र हुने धर्म पक्रेका, पहिले भएका र पहिले नभएका सकल जटा लामो गरेका तथा कुमारको ब्रतधारिहरु यीनिहरु समातेका आचार्य भई आउनुभयो । यस्तो आज्ञा गरिराखिएको जस्तो हो ।
दोस्रो – प्रब्रजितको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको,-
महाब्रत धरोमौंजी, ब्रह्मचारी ब्रतोत्तम: ।।
महातपा: तपोनिष्ठ, स्नातको गौतमोग्रणी।।१८।।
ब्रह्मविद् ब्राह्मणोब्रह्मा,
अर्थ – भट्टारक मञ्जुघोष जगतको कारणबाट शिर मुण्डन गरी (अर्थात् टाउकोको कपाल अनुहारको दाढीजुँगा? सवै खुर्की), काषाय वस्त्र पहिरी, फेरि प्रब्रजित ब्रत धारण गरी आउनुभएका हुनाले “महाब्रत धरोमौंजि” भनि प्रख्यात गरिराखिएको हो । भैरहेका ब्रतहरु मध्ये ब्रह्मचारी भिक्षुको भेष धारण गरी आउनुभएको (ब्रत) अति उत्तम श्रेष्ठको अर्थात् “ब्रह्मचारी ब्रतोत्तम” हो । सकल बुद्धहरूले पनि उत्तम निर्माणकायको चरित्र देखाई आउनुहुने अवस्थामा प्रब्रजितको नै भेष धारण गरी आउनुहुने परिकीर्तित गरिराखिएको जस्तै गरी भट्टारक मञ्जुघोषले जुन अवस्थामा तपस्वीहरू तथा तीर्थिकहरुलाई दमन गर्नुपर्ने (भइकोले) त्यसको लागि महातपस्वी भई, तपस्यामा पारंगत “महातपाः तपोनिष्ठ” भई, परम शुचि स्थीरवाला “स्नातक” भ़ई, गौतम भनिएका मुनिको नाम पर्याय तथा उहाँ शास्ता मुनिन्द्र गौतम ऋषिको कुल, महासम्मत राजाको कुल, निर्मल भै रहेको शाक्यराजा शुद्धोधनको पुत्र भई जन्म लिइ आउनुभई, यस क्षेत्रमा धर्मचक्र प्रवर्त्तन गरी आउनु भएको हुनाले शास्तालाई “गौतम” भनि सूत्रपिटक आदिमा महानता पूर्वक प्रख्यात गरिराखिएको छ ।
पुनश्च:- भट्टारक मञ्जुघोषले जुन जुन? अवस्थामा ब्रह्मापुत्र यश ब्राह्मणको चलन धारण गरी प्राणिका कारणलाई लिएर आउनुभई लोकजनहरू लाई ब्रह्म समानको चर्यामा राख्ने उपायकौशल्य सिकाई त्यही क्रममा नै लिएर जानुभएको, यो सबै केवल लक्षणमात्र हो । भट्टारक मञ्जुघोषले आकाशव्यापि सकल प्राणिहरूलाई आआफ्नो भाग्य अनुसारको कसैलाई देवता भई कसैलाई मनुष्य भएर कसैलाई चराचुरूंगी जन्तु आदि भएर कसैलाई कल्पबृक्षादिको आकार भएर पनि निर्माण भई प्राणिका कारणलाई लिएर गरि आउनुभएको हो ।
तेस्रो – विमुक्तिको ब्रत धारण गर्ने क्रम अनुसार स्तोत्र गरिएको,-
…………………. ब्रह्मनिर्वाणमाप्तवान्।।
मुक्ति मोक्ष विमोक्षांगो, विमुक्ति: शान्तता: शिव:।।१९।।
निर्वाण निर्वृति: शान्ति:, श्रेयोनिर्याण मन्त्रग:।।
सुखदु:खान्तकृन्निष्ठो, बैराग्यमुपधि क्षय:।।२०।।
अर्थ – भट्टारक मञ्जुघोषले सर्वत्र(सकल?) छोडने र पक्रिने (कुरा)मा पारंगत भएपनि जगतको कारणबाट श्रावक-प्रत्येकको निर्वाण अभिकृत्यको क्रम देखाउनुभई, कसै कसैलाई नव ब्रह्मअप्रतिष्ठितनिर्वाण(?अर्थात्) “ब्रह्मनिर्वाण” प्राप्त हुने क्रम देखाउनु भयो । किन्तु संसार बन्धनबाट मुक्त (हुन चाहनेको लागि) मोक्ष विमोचनको शरीर तथा भव-शान्ति दुइटाको अन्त विमोचन भएको शान्तिअप्रतिष्ठितनिर्वाण तथा अप्रतिस्थितनिर्वाण श्रेयोनिर्वाण हुने सन्दिष्ठिकको दशभूमिको बोधिसत्वको क्रम पनि देखाई आउनुभयो । जगतको अधिकर्ता श्रावक श्रोतापन्नको क्रम, अर्हन्तको क्रम, बोधिसत्व आदि क्रमिकको कर्म, बोधिसत्वभूमिमा स्थीर भएकोको क्रम, दशभूमिश्वरको क्रम तथा आकाश व्यापिक सकल प्राणिहरुलाई हित सुख हुने तथा सर्वदु:ख हरण गर्नेमा पर्यन्तको, वीतराग शरीरबाट क्षय भई बुद्धको पद प्राप्त भएको क्रम नानाप्रकारवाट देखाइ आई आकाशव्याप्त भएको सर्वत्र क्षेत्रमा निर्माण भरिपूर्ण गरी उत्तम मध्यम अधमको अनन्त लोक हरुको कारण गरी आउनुभयो । यो नै अचिन्तियको महत्व छ ।
अतएव भट्टारक मञ्जुघोषले अत्यन्त उपायकौशल्यको निर्माणबाट प्राणिको कारण गरी आउनुभएको कर्म देखि नै प्रारम्भ गरी नामसङगीति बनाइराखिएको चरित्रको क्रममा विश्वास निश्चय उत्पत्ति गरी प्रार्थना गर्नुपर्दछ ।
दोस्रो – (धर्मको काय द्वारा स्तोत्र गरिएको) दुइटा,-
१. स्वभावकाय द्वारा स्तोत्र गरिएको ।
२. ज्ञान धर्मकाय द्वारा स्तोत्र गरिएको
पहिलो- स्वभावकाय द्वारा स्तोत्र गरिएको,-
अजयोनुपमोव्यक्तो निराभासोनिरंजन:।।
निष्कल:सर्वगोव्यापी सूक्ष्मोवीजमनाश्रव:।।२१।।
अर्थ – भट्टारक मञ्जुघोषले धर्मकाय चरित्र गरि आउनुभएको, यसमा स्वभावकाय र ज्ञानकाय दुइटा मध्ये (निगुली?) स्वभावकाय दुईटै शुद्ध सम्पन्न भएको काय हो । जुन कायलाई कसैले जित्न नसक्ने भएकोले अजितो तथा “अजयो” (भनेर) उपमा (दिएको हो ।,) अनिमित्त(अनुपमो?)को (भनेको) यही हो भन्ने नरहेको, अरूपको (अर्थात् अव्यक्तको?), अनालोकको, चन्द्र सूर्य मणिक प्रदीपको ज्योति इत्यादि लौकिकी प्रभा केहिबाट पनि प्रकाश गर्ने शक्ति नभएको निरञ्जन, हेतु प्रत्ययबाट उत्पन्न नभएको, कुनै प्रत्ययबाट पनि अचञ्चल भएको, यसमा आलम्बन गरी भावना गरियो भने सर्वत्र बुद्धभूमीमा जानसकिने “सर्वगो”, थल रस सबैमा नै व्याप्त भैरहेको, जस्तै तीलमा तेल रहे जस् गरी अत्यन्त सूक्ष्म भैरहेको “व्यापि”, बुझ्न गाह्रो भएको, अन्धा व्यक्तिले आफ्नो घरको जमीनतल रहेको खानी नदेखेको जस्तै लोकहरुको आआफ्नो चित्तमा जुन स्वयं विशुद्ध भैरहेको धर्मता रहेको भएतापनि अकस्मात?को मयलले छोपिइराखेको हुनाले नदेखिएको, गम्भीरको, शान्तिको, निष्प्रपञ्चको, स्वयं प्रभास्वर भैराखेको यस(लाई) भट्टारक मञ्जुघोषले प्रत्यक्ष साक्षात्कार गरी आउनुभई हृदय “अनाश्रव” गरी(भई?) संसारचक्रमा दु:ख उत्पत्ति गर्ने बीज सर्वत्र रहित भई गगन विशुद्ध जस्तै धर्मको काय प्राप्त गरि आउनुभयो ।
दोस्रो – ज्ञान धर्मकाय द्वारा स्तोत्र गरिएको,-
अरजो विरजो विमलो, वान्तदोषो निरामय: ।।
सुप्रवुद्धो विबुद्धात्मा, सर्वज्ञ: सर्ववित्पर: ।।२२।।
बिज्ञानधर्मतातीतो, ज्ञानमद्वय रुपधृक् ।।
नैर्विकल्पो निराभोग:, त्रैध्व संवुद्धकार्य्यकृत्।।२३।।
अर्थ – भट्टारक मञ्जुघोषले पूर्वोक्तानुसार चित्तको धर्मता स्वयं विशुद्धको यसलाई प्रत्यक्ष गरी आइसक्नु भएपछि प्रज्ञप्तिको स्थितदृष्टिलाई आवरण (मैल जमेको) क्लेशको रज नभई “अरजो” (हुनुभयो ।), क्लेशको वासनाको रज समेत छुटिगई “विमल”(भई?), दोष वास्ना इत्यादि त्रिविष छोडी “वान्तदोषो”, दुइटा वितर्कको खुन?(दोष?) नभएको, अनादि देखि नै अविद्या रूपि अगाडी आई ऊष्माद भैराखेको भैरहेको लागि प्रशस्तसंग निद्राबाट जागा गराई वा? स्वच्छ गराई “सुप्रबुद्ध”, अविद्या वास्ना सहितको (निद्रावाट) जागा भएको आत्मज्ञान धर्मकाय प्राप्त (गर्नु)भयो (“विबुद्धात्मा”) । यस्तो ज्ञानधर्मकाय पनि यावत जानेको ज्ञान तथा यथार्थ जानेको ज्ञान दुईटा छन् । जुन याबत जानेको ज्ञानमा स्कन्ध, धातु, आयतनको समुच्चय भएको सर्वधर्म जानी प्राणिहरुको धातु र चिन्तना द्वारा सबै जानी “सर्वज्ञ” आकाश व्यापिक सकल प्राणिहरु लाई जसलाइ जे गर्दा उपकार हुने हो ती सबै उपायगर्न जानेका “सर्ववित्पर” । यथार्थ जानेको ज्ञानबाट सर्वधर्ममा स्थित सकल (विषय)मा विदित भई परमार्थमा स्थित देशना गर्नको लागि (अप्रतिघ) मपूगु?? (मन रमाईलो हुने?) समर्थ प्राप्त हुने (भएको) । “सूत्रालङ्कार”मा विज्ञानलाई नदेखाऊ ज्ञानलाई देखाऊ भनेर आज्ञा गरिराखिएको जस्तै भट्टारक मञ्जुघोषको हृदय उहाँ सर्वज्ञको ज्ञान यस द्वय आलोकनगर्ने विज्ञानको धर्मताबाट नाघेर गई “विज्ञानधर्मतातीतो” सर्वधर्मको आदि देखिको स्थित पानी?मा पानी राखेको जस्तै एकत्रित भई पुनरुत्थान (निर्माण गर्न नपर्ने) समाहित भएको ज्ञान भएको हुनाले भट्टारक मञ्जुघोषलाई “अद्वयरूपधृक्” भनि प्रख्यात गरी तथा भट्टारक् मञ्जुघोषले यस दुइटा (भन्ने) नभएको ज्ञानको भावमा बस्नुभएको (भनिएको) हो । यस ज्ञानमा विकल्प गर्ने नभएको “निर्विकल्पो” पहिले (गरिए)को प्रणिधानको शक्ति (निराभोग) तुरुन्त सिद्ध भई त्रिकालका सकल बुद्धहरुको कार्य सकल प्रणिहरुलाइ अहिले तुरून्त नै तथा परन्तुको भैरहेको जति सबै हित सुख दिन सक्ने चौरासी हजार धर्मस्कन्ध भएकाको आत्मा संयोग गरिराखेको हो । यो (यसरी?) ज्ञानधर्मकायलाई प्रख्यात गरि राखिएको हो ।
सकल चरित्रहरू मध्ये वाक् को चरित्र उतमको छ भनेर आज्ञा गरिराखिएको जस्तै बुद्धको सकल चरित्रहरु मध्ये श्रेष्ठोत्तम भएको लोकजनहरु लाइ धर्मदेशना गरि आउनुभएको यस चरित्र हो । बुद्धहरुले जगतको लागि धर्म बताई आउनुभएको उहाँ सर्वज्ञको ज्ञान शक्ति हो । “अभिसंकल्पालङ्कार”मा जुन(गुपिं) सम्यक् सम्पन्न मुनिहरुले नानाप्रकार (बाट), सर्वप्रकारबाट? यसलाई आज्ञा गरिआउनु भएको श्रावक बोधिसत्वको गुण सहितको बुद्धको माता उहाँलाई बन्दना । यसो गरी आज्ञा गरिराखिएको जस्तै हो ।
तेस्रो – (ज्ञानको काय द्वारा स्तोत्र गरिएको) । दुइटा,-
१. ज्ञानकायको स्वभाव द्वारा स्तोत्र गरिएको ।
२. लोकहरुलाइ धर्मदेशना गरिआउनु भएको वाकको धर्म द्वारा स्तोत्र गरिएको ।
प्रथम – ज्ञानकायको स्वभाव द्वारा स्तोत्र गरिएको,-
अनादिनिधनोवुद्ध आदिवुद्धोनिरन्वय:।।
ज्ञानैकचक्षुरमलो ज्ञानमूर्तिस्तथागत:।।२४।।
अर्थ – भट्टारक मञ्जुघोषले (१)पूर्णको, (२)विपाक भएको, (३)शोधन भएको (यी तीनओटा) चर्यामा पारंगत भई, पहिलो पटक (न्हापलाक?) प्राप्त गर्नुभएको धर्मको काय (यस बुद्धको धर्मकाय) दुइटा शुद्ध सम्पन्न भएको धर्मता आदि र अन्त नभएको हो । बीजबाट उत्पन्न भएको (नभएको?) र असंस्कारको भएको हुनाले “अनादि”को हो । पुनश्च: दुइटा(दोस्रो?) प्रत्ययले परिवर्तन नहुने भएकोले अनन्त? (अन्त्य) नभएको हो । यस्तो जस्तो दुइटा शुद्ध सम्पन्न भएको धर्मकाय पहिले (प्रथम) अतिचरण गरी आउनुभएको यसलाइ नै “आदिबुद्ध” (भनि भनिराखिएको) र आदिनाथ पनि भनेर वर्णन गरिराखिएको छ । जुन स्वयं विशुद्ध भएको, हेतु-प्रत्यय नभएको, असंस्कारको भएतापनि स्वयं विशुद्ध भएको यो र स्वभाव फरक नभैराखेको ज्ञानकाय यस्तो संस्कारबाट (उत्पन्न) भएको तथा दुइटा संभार बटुल्ने हेतुबाट भएको, प्रत्ययबाट भएको, जुन ज्ञानबाट प्रज्ञप्तिको महत्व सर्वाङ्ग अवलोकन हुने भएको हुनाले “ज्ञानैकचक्षु” भनि प्रख्यात गरिराखिएको छ । साधारणहरुको आँखाबा अगाडी परेको रूप देखेतापनि अरू छेकिएको, बिचमा परेको रूप देखिंदैन, होश राखेको अवस्थामा देखिने भएको भएतापनि होस नराखेको अवस्थामा नदेखिने (प्रखल) साधारणहरुको आँखाको भिन्न(विन्न?) आवरण हुनुमा (ज्वीगुया?) प्रत्यय धेरै नै मेल भएको हुन्छ ”अमलो” । ज्ञानधर्मकाय यस आवरण हुने अनन्तको रहित भई निर्मल भैराखेको हो । तसर्थ भट्टारक मञ्जुघोषलाई “ज्ञानमूर्ति” भनि “तथागत” भनि प्रख्यात गरिराखिएको छ ।
दोस्रो – लोकहरुलाइ धर्मदेशना गरिआउनु भएको वाकको धर्म द्वारा स्तोत्र,-
बागीश्वर महाबागी, बादिराट् बादिपुंगव ।
वदतांवरो वरिष्ठो, वादिसिंहो अपराजित: ।।२५।।
अर्थ – भट्टारक मञ्जुघोषले धर्मकाय प्राप्त गर्नुभएको साथै स्थूलको नरदेह नभएको ज्ञानको स्वालोक लक्षण व्यञ्जनालंकृतको काय भई जुन काय द्वारा क(ज?)हिले पनि अनिरोध भएको वचनद्वारा धर्मको स्वर शब्दबाट आकाशधातु व्यापिक षट्गतिका प्राणिहरुले आआफ्ना भाषाबाट बुझ्नसक्ने भएकोले भट्टारक मञ्जुघोषलाइ “वागीश्वर” भनि, “महावादी” भनि, “वादिराट” भनि, “वादिपुंगव” भनि, “वदतांवरो, वरिष्ठो, वादिसिंह” भनि वरप्रवादिहरुले घाटक गर्न नसक्ने, पराजित गर्न नसकिने भनि इत्यादि प्रकारबाट धर्मोपदेश गरी आउनुभएको क्रमबाट प्रारम्भ गरी नाम पर्याय धेरै नै हुने गरि प्रख्यात गरिराझिएको छ ।
चौथो – निर्माणकायको चरित्र(लीला) सहित स्तोत्र गरिएको । चारओटा,-
१. कायको स्वभाव द्वारा स्तोत्र गरिएको ।
२. प्राणिको कारण गर्नेलाइ महाभैषज्य (महाठूलो बैद्य) समान प्रख्यात गरिएको द्वारा स्तोत्र गरिएको ।
३. मण्डलको नायक प्रख्यात गरिराखिएको द्वारा स्तोत्र गरिएको ।
४. प्राणिहरुलाइ करुणा रक्षा गर्नुभएकोमा छत्र ध्वजादिको नाना उपमा द्वारा स्तोत्र गरिएको ।
पहिलो – कायको स्वभाव द्वारा स्तोत्र गरिएको,-
समन्तदर्शी प्रामोद्य, तेजोमालि सुदर्शन: ।।
श्रीवत्स सुप्रभोदीप्ति, र्भाभास्वर कर द्युत्ति:।।२६।।
अर्थ – भट्टारक मञ्जुघोषले सम्भोगकाय प्राप्त गर्नुभई आकाश व्यापक प्राणिहरुको लागि नानाप्रकारको निर्माणकाय भई आउनुभएको हो(हुनाले?), ती सवै (निर्माणकायहरु) मध्ये(भन्दा?) मुख्य भएको भट्टारक मञ्जुघोष कुमार हुनुभएको सुरूप (काय हो । जुन) आकाश व्यापिक सकल प्राणिहरुलाइ सदा सर्वदाकालमा हेरि आउनमा तत्पर भएको, दर्शन हुनासाथ मात्रै पनि प्रीति हुने मनोज्ञ (यैपुसेच्वंगु?) सकल एकै(स्थान)मा समुच्चय भएको जस्तै रहेको प्रमोदको रूप “समन्तदर्शी प्रामोद्य” छ । कोटि दिवाकर (सूर्य) एकसाथ उदय भएको समानको जस्तो समान नभएकको तेज भएको, ती तेजहरुको माला सवै दिशाहरुमा पनि प्रकाशन भैराखेकोले “तेजोमालि” भनियो । यो सुदर्शन भएको, पञ्चज्ञानको सुआलोकमा सुप्रभ पञ्चरङ्गि भएको, जजमान (ज्वाज्ज्वल्यमान?) भैराएको छ । यसलाई कृष्णपक्ष (मिथ्यादृष्टि) भएकाले हेर्यो भने आकाशधातु पर्यन्त अग्निस्कन्ध मात्रले भरिराखेको देख्ने भएको, (तर) भाग्यवन्त (सम्यक् अलंकृत भएको, असाधारण हस्तचिन्ह(जोंसा)हरु (धारण गरेको), हातमा प्रज्ज्वलित भैराखेको खड्ग लिई आएको, जुन खड्गको रश्मिले सर्वत्र लोकमा ज्योतिले व्याप्त गरी आउनुभयो । अतएव भट्टारक मञ्जुघोषलाइ कायको गुण र तेज समान नभएको द्वारा महानता पूर्वक प्रख्यात गरिराखिएको छ ।
दोस्रो – प्राणिको कारण गर्नेलाइ (महाभैषज्य) महाठूलो बैद्य समान प्रख्यात गरिएको द्वारा स्तोत्र गरिएको,-
महाभिषग्वर:श्रेष्ठ:, शल्यहर्ता निरुत्तर:।।
अशेष भैषज्यतरु:, क्लेश व्याधि र्महारिपु:।।२७।।
अर्थ – भट्टारक मञ्जुघोष आकाश व्यापिक प्राणिहरू(लाई) अनादि देखि क्लेशको व्याधि(रोग)ले समातिराखेका लाई रोग निको परी आउनुभएका महाभैषज्य, परम भैषज्य, श्रेष्ठ भैषज्य अर्थात् महा उत्तमको श्रेष्ठको वैद्य “महाभिषग्वर श्रेष्ठ) हुनुभई सकल लोकहरुको क्लेश व्याधिलाइ हरण गरि आउनुभएका (हुनाले?) अनुत्तरको हुनुहुन्छ । व्याधिमा पनि (१) रोगव्याधि, (२) द्वेषव्याधि, (३) मोहव्याधि तीनओटा (छन्) भनि “अभिसमन्त”मा विचित्र किसिमले आज्ञा गरिराखिएको छ । यी व्याधिहरु सकाउने तथा (रोग) निको पारिदिने क्रम के हो भने – अनित्य तथा दुख, अशुभ, नराम्रो भनिएको लाई सदुपदेश गरी रागको व्याधि सकाउने हो । अनात्मा स्थिति देशनाको सदुपदेशबाट मोह(बाट उत्पन्न) व्याधि सकाउने भयो । भट्टारक मञ्जुघोषले भैरहेका औषधिहरु समुच्चय भैराखेको महाद्रुम बृक्ष समान हुनुहुन्छ । प्राणिहरुका लागि केहि सम्परायिक भएको पुण्य र बुद्धहरुको करुणा सिद्ध भैराखेको औषधिको महाद्रुम बृक्षको हाँगा, बिंगा, फूल, फल (आदि) सबै नै सबैको लागि नै फाईदा हुने औषधि भएको जस्तै भट्टारक मञ्जुघोषको काय, वाक्, र चित्तबाट भएको चरित्र सबै आकाश व्यापिक सम्पूर्ण प्राणिहरुको लागि फाईदा हुने उपाय मात्र भैराखेको (हो ।) प्राणिलाई फाईदा नहुने चरित्र किञ्चितप्रमाणमा पनि नभएको तथा पण्डित शुर्या?वादी भनिएका महारत्नस्वामी (सुमकीर्तिपाद) लाई स्तोत्र गरिराखेको निम्न गाथा छ;-
गोंपोख्योकि शेल्गीङारचाम्यां ।। थाधाग्धोला मन्यैग्युरग्युना ।।
छोग्नीच्ब्योपा श्येन्ताम्येचिछेल् ।। सासुम्क्येग्वी न्येंलासोल्वादेब् ।।
अर्थ – नाथ हजूरको प्रमुख स्वास मात्र पनि अनन्त लोकहरुलाई औषधिको बीऊ भैराखेको हुनाले ? । अन्य दुइटा सम्भारको चर्या त भनिराख्नु आवश्यक नै भएन, त्रिभुवनको प्रज्ञाको बन्धु हजूरलाई स्तोत्र गरेँ ।
भट्टारक मञ्जुघोषले आकाश व्यापिक प्राणिहरुलाई क्लेश तथा त्यसबाट उत्पत्ति हुने दु:ख यावत् भैराखेको सबै (लाई) जरा देखि नै नरहने (अर्थात् निर्मूल) गरि पठाउने उपाय देखाई आउनुभएको हुनाले “क्लेशव्याधि महारिपु” भनि प्रख्यात गरिराखिएको छ ।
तेस्रो – मण्डलको नायक प्रख्यात गरिराखिएको द्वारा स्तोत्र गरिएको,-
त्रैलोक्य तिलक:कान्त:, श्रीमान् नक्षत्रमण्डल:।।
अर्थ – भट्टारक मञ्जुघोषले प्रजाहरुको धातु चिन्तना गरी हेरिलिनु भई, असंख्य (संख्यामा) निर्माण भई आई सबै मध्ये श्रेष्ठोत्तम भएको मण्डलचक्रको प्रकारबाट उत्तम यानको कुलीकहरुलाई इन्द्रिय सलक्ष?हरू लाई अनुगृहित गरी, “चतुराभिषेक” दिई, दुइटा क्रमको उपदेशबाट वज्रधरको भूमिमा छिटोछिटो लिई साथै जानुभएको नै सकल चरित्रहरु मध्येको उत्तमको हो । (यो) सर्वत्र धर्मदेशना गरी आएका(सकल) चरित्रहरु मध्ये पनि उत्तमको, श्रेष्ठको, शिखरको हो । अनगिन्ति संख्यामा मण्डलका चक्रहरू प्रकाश गरी आउनु भएको मध्ये पनि यो नामसङ्गीतितन्त्र आज्ञा गर्नुभएको अवस्थामा मण्डलको चक्र यथार्थरूपमा देखाउनुभएको यो सबैको नै मनोज्ञ भई चित्तलाई शुभ हुने त्रिलोकमा उत्तमको भएको लक्षण व्यञ्जनालंकृत भएको रूपकाय “श्रीमान् नक्षत्रमण्डल चक्र”को प्रकारबाट उचित(काय) भई यस “नामसङ्गीति” आज्ञा गरिदनु भयो ।
यस “श्रीमान् नक्षत्रमण्डल” दक्षिण दिशामा धान्यकटक (किग् दोल) महाचैत्यको तल्लोमा धर्मधातु वागीश्वरको मण्डल, बिचमा (मध्यमा) वज्रधातुमण्डल, र माथी श्रीमान् नक्षत्रमण्डल भनेर भनिएको “श्रीकालचक्र”को मण्डल आइरहनु भएको हो । यसलाई नक्षत्रण्डल भनेर भनिएको कसोरी भने- नक्षत्र घडि छ लाख वनीगु? हुन्छन्, त्यति कै संख्या समानमा देवताहरु आइरहनु भएको मण्डल भएको हुनाले यस्तो भनिएको हो । किन्तु बाह्याभ्यन्तर अन्य तीनओटा पूरा गरिराखिएको, बाह्य स्थललोकमा भूमि अग्नि जल वायुका मण्डल, चतुर्द्वीप सुरु सहितको गगनमा सूर्य(संग) सत्ताइस नक्षत्र, त्यसको गगन मार्ग, मेष राशि आदि बाह्र राशी, त्यसभित्र जम्बूद्वीपका मनुष्य (जरायुज) गर्भबाट जन्मलिएका, षड्धातुसंग संयुक्त एका हरुका शरीरमा षट्धातु नाडी वायु बिन्दु आदि भैरहेको कुराको हेतु क्त(क्र)उश अन्य वज्रकायको मर्ममा व्यतित हुने भएको दुइटा क्रमको कल्प उत्पत्ति हुने क्रमको कल्प उत्पत्ति हुने क्रम सबै पूरा हुनेको छ । सत्ताइस नक्षत्र के के हुन भने – (१) भरणी, (२) षट्प्रणिहिता(कृत्तिका), (३) रोहिणी, (४) शीर्ष(मृगशीरा), (५) हस्त(आर्द्रा?), (६) पुनर्वषु, (७)जयनं(पुष्य), (८) अश्लेषा, (९) मघा, (१०) पूर्वफाल्गुनी, (११) उत्तरफाल्गुनी, (१२) चतुग्नी(चित्रा), (१३) काला(स्वाति), (१५) राधा(विशाखा), (१६) अनुराधा, (१७) जेष्ठ, (१८) मङ्गल(मूल), (१९) पूर्व-आषाढा, (२०) उत्तर-आषाढा, (२१) श्रवण, (२२) धनिष्ठ, (२३) माकुट, (२४) आनाक, (२४) पूर्व-भाद्रपद, (२५) उत्तर-भाद्रपद, (२६) रेवति, (२७) अश्वयुका(अश्लेषा) आदि नक्षत्रहरु हुन् ।
बाह्रओटा राशीहरु के के हुन भने, (१) मेष, (२) वृष, (३) मिथुन, (४) कर्कट, (५) सिंह, (६) कन्या, (७) तुला, (८) वृश्चिक, (९) धनुक, (१०) मकर, (११) कुम्भ, (१२) मीन ।
भटटारक मञ्जुघोषले प्राणिहरूलाई अहिले तुरुन्त कै र परन्तुको पनि सुख दिनको लागि “कालचक्रतन्त्र” न्याय वर्तिक वर्तन तीनओटा सहित भई?नसें? यथार्थ आज्ञा गरिराखिएको अनुत्तर गणितको उपदेश देखाइ फलमार्ग देखि प्रस्तुत जतिसम्म कृतकार्यमा कुशल अकुशलको र फल के हुनेछ भन्ने जान्नमा आउने तथा अन्तिमको कारण(अर्थ) वज्रकायको रहस्य क्रम विदित भइ त्यसको मर्ममा व्यतीत हुने द्वारा महासुख प्रभास्वर, परिवर्तन नहुने, लक्षण व्यञ्जनालंकृत भएको शून्यबिम्ब सिद्ध भई बुद्धको पद तत्क्षण तत्क्षणमैं दिईआउनुभयो । तसर्थ यस तन्त्रमा भट्टारक मञ्जुघोषलाई यही नै क्रम द्वारा परस्पर प्रख्यात गरिएको छ ।
चौथो – प्राणिहरुलाइ करुणा(गरी) रक्षा गर्नुभएकोमा छत्र ध्वजादिको नाना उपमा द्वारा स्तोत्र गरिएको,-
दशदिग् व्योमपर्यन्तो, धर्मध्वज महोच्छ्रय:।।२८।।
जगच्छत्रैक विपुल्यै, मैत्रीकरुण मण्डल: ।।
पद्मनृत्येश्वर: श्रीमान्, रत्नछत्रो महाविभु: ।।२९।।
अर्थ – भट्टारक मञ्जुघोषले दशदिग् आकाशधातु पर्यन्तको लोकधातुहरुमा रहेका (सत्त्वप्राणीका लागि), संसार र दुर्गतिका दु:खबाट रक्षा गर्नका लागि धर्मको ध्वजा सुस्थीर गरी (बाँधि), राम्ररी गाडेर (स्वाना?) पाल्नुभयो । षट्गतिका वासस्थानमा (चक्कर खाई?) क्लेशको तापले डाह भैरहेका प्राणीहरुलाई रक्षा गर्नको निम्ति महामैत्री महाकरुणा भएको अतिबिपुलको मण्डलमा चतुर्संग्रह वस्तु हरुको सुप्रकरण? शुभ(भिंगु?) झल्लर (र?) इच्छा रहे गरे सम्मको सबै पुराइदिने रत्न भएको(जडेको?) किंकिंणिजाल(ले बेरिएको) भएको छत्र, (जुन) लोकमा असमानको विपुल भैरहेको, समष्ठी(छगुलिं) लोकहरु जहाँसम्म व्यापिक भएको छ त्यहाँसम्म (नै) व्यापक भैराखेको (त्यस छत्रलाई) धारणगरी प्राणीहरुलाई भैरहेको क्लेशरूपी तापबाट रक्षा गरी, मुक्ति र सर्वज्ञको पद, अत्यन्त शीतलको आनन्दको स्थानमा राखिदिनुभयो । (उहाँ) यावत् यस प्रकारबाट निर्माण हुनुभएता पनि विकल्प भन्ने कुनै केहि नै नरहि संसारको दोषबाट केहि पनि नलगाएको, हिलोबाट उत्पन्न भएको पद्म समान हो (हुनुहुन्छ) । कमलको फूल भनेको (पङ्क अर्थात्) फोहोरो हिलोको भित्रबाट उत्पत्ति हुने भएको भएतापनि पङ्कको दोष केहि पनि नलागेको, सुगन्धको वास्ना मगमग आइरहने, शौण्ड(?)मा भएको अमृतले भ्रमरहरु लाई सन्तुष्ट गर्ने गरेको जस्तै दुइटा स्नेहले श्रीसम्पन्न भएको भट्टारक मञजुघोषले पनि संसारमा बास (वास?) गर्न निर्माण भई देखाई आउनुभएता पनि संसारको दोष केहि बाट पनि नभिजी (नलगाई) सकल प्राणिहरुलाइ उपायकौशल्य द्वारा सन्तुष्ट गर्नुभयो ।
पुनर्वार भट्टारक मञ्जुघोषले नाना निर्माण भई देखाई आउनुभएको पनि नृत्येश्वर समान नै हो । जसरी नाच नाच्न जान्नेले अनेक प्रकारका भेष पहिरी नाच हेरिराखेका दर्शकहरुलाई मोह गरे जस्तै भट्टारक मञ्जुघोषले पनि नानाप्रकारका निर्माण देखाई जगतको लागि कारण गरि आउनुभएका हुनुहुन्छ । अतएव शयेओटा कुलका महाविभू भट्टारक मञ्जुघोष लोकहरु लाई जे ईच्छ गरे जति सबै पुराइदिने महारत्न हुनुहुन्छ । लोकहरुका ताप दु:ख सकाइदिने छत्र हुनुहुन्छ, भनि इत्यादि नाना प्रकारका उपमा द्वारा प्रख्यात गरिराखिएको छ ।
पाँचौं – संभोग काय द्वारा स्तोत्र गरिएको,-
सर्वबुद्ध महाराज:, सर्वबुद्धात्म भावधृक् ।।
सर्वबुद्ध महायोग:, सर्वबुद्धैक शासन:।।३०।।
अर्थ – भट्टारक मञ्जुघोषले आवरणहरू (लाई?) र वासना समेत रहित भई अभिसम्बुद्ध भई आउनुभएको हुनाले सकल बुद्धहरुका भैराखेको तेज “सर्वबुद्ध महाराजः” सबै एउटैमा समुच्छ्रित गरीराखेको जस्तै गरी लक्षण व्यञ्जनालंकृत भएको उचितको रूपकाय नै “सर्वबुद्धात्मा”को काय धारण “भावधृक्” गरी आउनुभएको हो । त्यस अवस्थामा भट्टारक मञ्जुघोषको वाक् सकल बुद्धहरू (“सर्वबुद्ध”)को वचन स्वर एउटै समुच्चय (“महायोग”) भैराखेको आकाश व्यापिक सकल प्राणिहरुको सर्वत्र क्लेश र दुख सकाउने “एक शासन” हो । केवल (प्रखल?) साधारणहरुका काय वाक् चित्त जस्तै स्वभाव अलग अलग नभएको काय, वाक् र चित्त तीनओटाका पनि एउटै स्वभाव? भैराखेको हुनाले एकशासन भनि प्रख्यात गरिराखिएको हो ।
अष्टम परिवर्त
प्रत्यवेक्षणा ज्ञानगाथा द्वाचत्वारिंशत
तेस्रो – भट्टारक मञ्जुघोषलाई प्रत्यवेक्षणाज्ञान द्वारा स्तोत्र गरिराखिएको प्रवेश संग्रहित गरि देखाएको आठओटा,-
(१) पञ्चकुल द्वारा स्तोत्र गरिराखिएको ।
(२) काय-वाक्-चित्त द्वारा स्तोत्र गरिराखिएको ।
(३) चतुर्कर्म (भरोसा) द्वारा स्तोत्र गरिराखिएको ।
(४) कायको विपरिनत द्वारा स्तोत्र गरिराखिएको ।
(५) दशभूमिको मार्ग शिशु द्वारा स्तोत्र गरिराखिएको ।
(६) यस तन्त्रको महान वर्णन द्वारा स्तोत्र गरिराखिएको ।
(७) सत्वको पराक्रम द्वारा स्तोत्र गरिराखिएको ।
(८) प्रज्ञापारमिता द्वारा स्तोत्र गरिराखिएको ।
पहिलो- पञ्चकुल द्वारा स्तोत्र गरिराखिएको,-
बज्ररत्नाभिषेकश्री:, सर्वरत्नाधिपेश्वर: ।।
सर्वलोकेश्वर पति:, सर्वबज्रधराधिप: ।।३१।।
अर्थ – भट्टारक मञ्जुघोष पञ्चबुद्धहरूका अधिपति (हुनुहुन्छ?) ।
(१) उहाँ वज्रअक्षोभ्यले अभिषेक दिनुभएको श्रीमान् (हुनुहुन्छ, उहाँ) प्राणीहरूको क्लेश सकल शोधन गरी आउनुभएका, वज्रकुलको अधिपति हुनहुन्छ ।
(२) (उहाँ) रत्नसम्भवले अभिषेक दिनुभएका श्रीमान्, प्राणीहरुको अभिमान र कञ्जुसी कृपण (कपटि) शोधन गरी आउनुभएका रत्नकुलका अधिपति हुनुहुन्छ ।
(३) (उहाँ) वैरोचनले अभिषेक दिनुभएको श्रीमान्, सर्वरत्नहरू समग्रको अधिपति समानको दशदिग्मा रश्मि प्रकाश गरी सकल प्राणीहरुका मोहअन्धकार सकाइ आउनुभएका, तथागत कुलका अधिपति हुनुहुन्छ ।
(४) (उहाँ) अमिताभले अभिषेक दिनुभएको श्रीमान्, सकल लोकहरुको लोभको मयल रहित भई आउनुभएका, पद्मकुलका अधिपति हुनुहुन्छ ।
(५) (उहाँ) अमोघसिद्धिले अभिषेक दिनुभएको श्रीमान्, प्राणीहरुको वैरी(ईर्ष्या)को मयल शोधन गरी आउनुभएका, कर्म कुलका अधिपति हुनुहुन्छ ।
तसर्थ भट्टारक मञ्जुघोषलाई “वज्ररत्नाभिषेकश्री” (र) “सर्वरत्नाधिपेश्वर” भनि सकल लोकका ईश्वर “लोकेश्वर” भनि सकलका अधिपति भनि प्रख्यात गरिराखिएको छ ।
यी यति पञ्चकुलहरू एउटैमा सन्धी गरिराखेको पञ्चकुल सवैको स्वामी महावज्रधर हुनुहुन्छ । भट्टारक मञ्जुघोष पनि वज्रधरको स्वभावमा आउनुभएको हुनाले कुल(हरूका) “पति” भनि प्रख्यात गरिराखिएको छ ।
दोस्रो – काय-वाक्-चित्त द्वारा स्तोत्र गरिराखिएको,-
सर्ववुद्ध महाचित्त:, सर्वबुद्ध मनोगति: ।।
सर्ववुद्ध महाकाय:, सर्ववुद्ध सरस्वती ।।३२।।
अर्थ – (उहाँ) भट्टारक मञ्जुघोष सकल बुद्धहरुका काय-वाक्-चित्त(हरू) सबै समुच्चय भएको आत्मा भई, सकल बुद्धहरुको महाचित्त निर्विकल्प भएको ज्ञानकाय एउटामात्र (भई), प्रकट भई आउनुभएका हुनुहुन्छ “सर्ववुद्ध महाचित्त:” ।
भट्टारक मञ्जुघोषको निश्चित भावार्थको चित्त महासुखको ज्ञान सकल बुद्धहरूको चित्तमा स्थीर भयो । जस(तद)नुसार भट्टारक मञ्जुघोषको काय पनि सकल बुद्धहरुको उत्तम महाकाय (जुन) लक्षण व्यञ्जनालंकृत भएको रूपकाय हो, त्यसै (रूपकाय)मा नै प्रविष्ठ हुनुभयो । (साथै) भट्टारक मञ्जुघोषको वाक् सकल बुद्धहरुको वाक् एउटै समुच्चय भैराखेको (काय)को अधिकारी हुनुभएको हुनाले त्यही वाकमा नै स्थीर हुनुभयो ।
यसमा (यस पछिको श्लोकमा) आउने चरणमा पनि यसरी प्रयोग गरिराखेको छ कि, चित्तमा रहेको(?) दुईटा चरणमा “सर्वबुद्ध महाचित्त, सर्वबुद्ध मनोमति” भनि राखिएको(दुगु?) कारण जस्तै काय र वाक् पनि मिलाऊ भनेर भनिराखिएको, “सर्वबुद्ध महाकाय, सर्वबुद्ध कायोगति । सर्वबुद्ध महावाचा, सर्वबुद्ध वाचागति ।।” भनि प्रयोग गरिराखिएको कुनै कुनै विद्वानहरुले आज्ञा गरिराखिएको छ । यसमा प्रथमत: चित्तको निवृत्ति गरिराखेको किनभने भट्टारक मञ्जुघोषको असाधारण?को महानता निर्देश गरिराखिएको हो ।
भट्टारक मञ्जुघोष सकल बुद्धहरुको सुविज्ञ एउटै समुच्चय भएको स्वभाववाला भएको हुनाले भट्टारक मञ्जुघोषसंग प्रार्थना गरिए भने पहिले नै चित्तको अधिस्थान प्रतिसन्धी भई प्रज्ञा बृद्धि हुन्छ भनि “मञ्जुनाथ श्रोततन्त्र”मा उपदेश गरिराखिएको छ ।
तेस्रो – चतुर्कर्म (भरोसा) द्वारा स्तोत्र गरिराखिएको,-
बज्रसूर्य महालोको, बज्रेन्दु विमलप्रभ: ।।
विरागादि महारागो, विश्ववर्णोज्ज्वलप्रभ:।।३३।।
अर्थ – भट्टारक मञ्जुघोष चतुर्कर्ममा अधिकारी (हुनु)भएको, तथा जो-जसले पनि माँगे (प्रार्थना गरे) पनि हित र सुख भएको महाआलोक दिनुहुने वज्रसूर्य समानको (अर्थात् “वज्रसूर्य महालोको” हुनुहुन्छ) । जो सुकैले प्रार्थना गरे तापनि त्यस प्रार्थीलाई कर्म र क्लेशका दोष र मयल(हरू) सबैसबै शान्त गराई सकाई आउनुभएको हुनाले वज्रचन्द्रको विमल प्रभा समानको (“वज्रेन्दु विमलप्रभ” हुनुहुन्छ भनिएको हो) । लोकहरुका गरिएका-भनिएका चिन्तनाहरु लाई अवलोकन गरी नीच (प्रकृतिका) अभिलाषा गरिरहेका हरुलाई वैराग्यको धर्म बताई, महान ठूलो अभिलाषा (राग) गरिरहेका लोकहरुलाई भूमि र मार्गको धर्म बताई (आउनुभयो) “विरागादि महारागो” । कामगुणमा लिप्त भएका लोकमार्गको कार्य गर्ने शक्ति भएकालाई अनुत्तरयानको धर्म बताई, सद्धर्म द्वारा अधीनमा राखी, वशमा लिई, बिपाक गरी, तारेर आउनुभयो । दुष्ट प्रचण्ड भएका लोकहरूलाई रुद्रकर्मबाट दमन गर्नुभई, चतुर्कर्म (भरोसाबाट) प्राणीका कारण गरी आउनु भएको लक्षणको निमित्त कायबाट सेतो, पहेँलो, रातो, वँचगु? रश्मि तथा नाना प्रकारका ज्वाजज्वल्य भैराखेको रश्मि प्रकाश गरी आउनुभयो “विश्ववर्णोज्ज्वलप्रभः” । वज्रसूर्य भनेको देखी यहाँसम्म षट्संप्रयोगको दिनरातको योग ध्यान गर्ने मार्ग चिन्हबाट बताईएको छ ।
चौथो – कायको विपरिनत द्वारा स्तोत्र गरिराखिएको,-
सम्वुद्धो वज्रपर्यंको, बुद्धसङ्गीति धर्मधृक् ।।
बुद्धपद्मोद्भव:श्रीमान्, सर्वज्ञ ज्ञानकोशधृक् ।।३४।।
विश्वमाया धरोराजा, बुद्धविद्याधरो महान् ।।
वज्रतीक्ष्णोमहाखड्गोविशुद्धपरमाक्षर:।।३५ ।।
दु:खच्छेद महायान, वज्रधर्म्म महायुद्ध:।।
अर्थ- भट्टारक मञ्जुघोषले धातु(धात्वी?)लाई अवलोक गर्नुभई कायको विपरिनत (भई) नानाप्रकार बाट देखाई पहिले नै बुद्ध (अर्थात् “सम्बुद्धः”) भइसक्नु भएको भएतापनि नव बुद्ध हुने क्रम अनुसार बोधिबृक्षको मूलमा वज्रासन गरी (“वज्रपर्यङ्क” भई बस्नु)भई मार पराजय गर्नुभएको र अभिसम्बुद्ध भएको क्रम देखाई आउनु भएको र सत्व(भए)को? क्रम धारण गरी बुद्धहरुले व्याख्यान गरिआएको धर्म ग्रहण गरी (“बुद्धसङ्गीति धर्मधृक्”) श्रीमान बुद्धहरुका जिह्वाको पद्मबाट उत्पन्न भएको सर्वत्र(सकल?) धर्म ग्रहण गरी (“बुद्धपद्मोद्भव:श्रीमान्”), सर्वज्ञज्ञान चाँडै प्राप्त गर्ने उपदेश भण्डार(धुकू) (“सर्वज्ञ ज्ञानकोशधृक्”) समाति आएको क्रम देखाई आउनुभयो । यसमा यी दुइटा? चरणमा “बुद्धगमन धर्मधृक्” भनेको एउटा र (अर्को) “बुद्धसङ्गीति धर्मधृक्” भनेको (समेत) दुइटा प्रयोग गरिराखेकोमा पछिल्लो बुझ्न सजिलो भयो । अहिले यी चारओटा चरणमा चारओटा वज्रमा पनि मिलाइराखिएको छ । यथा – (१)“सम्बुद्धवज्रपर्यङके” भनेको कायवज्र, (२)“बुद्धसङ्गीतिधर्मधृक्” भनेको वाक्वज्र, (३)“बुद्धपद्मोद्भव:श्रीमान्” भनेको ज्ञानवज्र, (र) (४)“सर्वज्ञज्ञानकोषधृक्” भनेको चित्तवज्र (भनेर) पनि मिलाइराखिएको छ ।
भट्टारक मञ्जुघोष (भनेका) जगतलाई दमन गरी आउनुहुने, सारथीको राजा? निर्माण भई?, विश्वमाया धरेर तथा देखाई आएका (“विश्वमाया धरोराजा” हुनुहुन्छ) । (उहाँ) दयावान बुद्धहरूका धर्म मध्ये श्रेष्ठोत्तमको, महति ठूलो विद्याराज हुनुहुन्छ । (उहाँ) भट्टारक मञ्जुघोषले जुन विद्याराज धारण गरी (“वुद्धविद्या धरो महान” भई) आउनु भएको (हो, त्यो) भट्टारक मञ्जुघोषले उचितकाय भई दायाँ हातमा वज्रतीक्ष्णको महाखड्ग (अर्थात् “वज्रतीक्ष्णो महाखड्गः” धारण गरी बायाँ हातमा परमाक्षर तथा प्रज्ञापारमिता (ज्ञान)को वीज “अ” अक्षरले पूर्ण भएको सर्वधर्म आदिदेखि नै विशुद्धको, राम्ररी(पुवंक?) देशना गरिराखेको “विशुद्धपरमाक्षर:” प्रज्ञापामिताको पुस्तक धारण गरी आउनुभएको, जुन हातमा (उपमा?)चिन्ह (जोंसा?) दुइटा लिई आउनुभएको विशुद्धि कसोरी भने दायाँतर्फको खड्गले लोकजनहरुको सर्वत्र(सकल) दु:खहरू छेदन गरेको “दुःखच्छेद” र बायाँतर्फको पुस्तकले महायानको मार्गको रहस्य सबै निर्देश “महायान” गरेको हुनाले दायाँतर्फको खड्ग महाशस्त्र र बाँतर्फको पुस्तक “वज्रधर्म”को भण्डार तथा धुकू? (भनिएको) हो ।
पुनश्च:- (१)“विश्वमायाधरोराजा” भनेको काय “विश्वनिर्माणकाय”, (२) “बुद्धविद्याधरोमहान” भनेको वाक् मन्त्रवायु फरक नभएको “सम्भोगकाय”, र (३)“वज्रतीक्ष्ण महाखड्गो” भनेको चित्त “ज्ञानधर्मकाय” मिलाएर बताएको हो ।
यस्तो यति तन्त्रगाथाको अर्थ अनुसार भट्टारक मञ्जुश्री मञ्जुघोषलाई आचार्य “वज्रमहासत्व” भनेर स्तुति गरिराखिएको कस्तो हो भने,- “जसको बुद्धि दुइटा मेघरूपी आवरणहरू रहित भएको सूर्य समान विशुद्ध सुनिर्मल भएका (हुनुहुन्छ), जो यावत सर्वार्थ(लाई) यथार्थमा अवलोकन गर्नको लागि आफ्नो हृदयमा पुस्तक धारण गरी आउनुभएका (हुनुहुन्छ), जो भवका बन्धनमा अविद्या अन्धकारबाट छोपिएर दु:खले दग्ध भई रहेका लोकजनहरु लाई एक्लो छोरा समान (ठानी) कृपा राखी, षष्टिस्वराङ्गले युक्त भएको वचनबाट मेघ समान महानको गर्जनागरी, क्लेशरूपी निद्राबाट जागा गराई, कर्मको श्रीङबल? (नसिंखलँ)बाट मोचन गराउनु भई, यावत अविद्या अन्धकार सकाउन दु:खको अङ्कुर (टुसा) काटेर फालिदिने खड्ग लिई आउनुभएका (हुनुहुन्छ), जो आदि देखी नै शुद्ध भैराखेको दशभूमि पर्यन्त भई गुणको शरीरबाट सम्पूर्ण भएको जेष्ठकाय जिनपुत्र (भई), (एक)शयेबाह्र ओटा अलंकारले अलङ्कृत हुनुभएका (हुनुहुन्छ), उहाँ मेरो मनमा रहेको अन्धकार सकाइ दिनुभएका मञ्जुघोषलाइ नमस्कार छ ।।“ भनि स्तोत्र गरिराखिएको छ ।
पाँचौं – दशभूमिको मार्ग शिशु द्वारा स्तोत्र गरिराखिएको,-
दु:खच्छेद महायान, वज्रधर्म्म महायुद्ध:।।
जिनजिग् वज्रगाम्भीर्य्यो, वज्रवुद्धिर्यथार्थवित्।।३६।।
सर्व पारमिता पूरि, सर्वभूमि विभूषण:।।
विशुद्ध धर्म नैरात्म्या, सम्यग्ज्ञानेन्दु हृत्प्रभ:।।३७।।
अर्थ- भट्टारक मञ्जुघोषको यस्तो परमार्थ नामसङ्गीतिको अर्थ अनुसार दुइटा नभएको वज्रज्ञानको सर्वधर्मको स्थिति गम्भीरको उपाय सहितको भावना गरेकोमा क्लेशको बन्धनबाट मुक्त हुने भएकोले जित? (भनिएको), (जुन) श्रावक (र) प्रत्येकयानका मुक्ति भन्दा श्रेष्ठको (भएको), दुइटा बितर्कलाई जरा देखि नै शुद्ध गरेकोले जिन भएको, “जिनजिक्” भनेको जिनजित् वा जिनले जित् भनेको हो । तदनुसार गम्भीरको अर्थ “वज्रगाम्भीर्य” बुझ्न मन र “वज्रबुद्धि”ले प्रत्यवेक्षणाज्ञान द्वारा (उत्पन्न)भैरहेका अर्थहरू सबै “यथार्थवित्” विदित गरी प्रज्ञोपाय यौतुकको? भावना गरिएकोमा (वर्ग) सम्भारमार्ग अधम-मध्यम-उत्तम तीनैओटा तथा सम्प्रयोगमार्ग अवस्थामा शिखरको क्षेम चतुर्परमोधर्म सबै क्रमश: गएर प्रथमभूमि देखि दशभूमिसम्मक पारमिता सबै क्रमानुसार “सर्वपारमितापूरि”पूर्ण गरि दशभूमिहरु सबैको गुणका अलंकारले संयुक्त “सर्वभूमि विभूषण”भई बोधचिचित्तरत्न र सर्वधर्ममा स्थित “विशुद्ध” भएको अनात्माको धर्म “धर्मनैरात्म्य” सम्यक भएको ज्ञान चन्द्रप्रभ समानको स्वच्छ भएर दर्शन पर्यन्त भई अन्तरर्गतको सुफल साक्षात्कार हुनेछ “सम्यग्ज्ञानेन्दु हृत्प्रभ: । तथापि भट्टारक मञ्जुघोषको काय ध्यान गर्ने र वचन क्रमानुसार अनुभव गर्दै लैजाँदै गर्ने (तरीका?) द्वारा भूमिमार्ग क्रमश: चढदै गई(ब्वना?) उहाँ सर्वज्ञको ज्ञान प्राप्त हुनेछ भनि प्रख्यात गरी वर्णन गरिराखिएको छ ।
सबै भूमिका (सबै) गुणहरुका विभूषणले युक्त भएको क्रम कसो हो भने ?
प्रथम भूमि प्राप्त भएमा क्षणिक मुहुर्त पलकभित्रै शयौंशयौं बुद्धहरुको दर्शन प्राप्त हुने हुन्छ । उहाँ शयौंशये बुद्हरुले आफूलाई अधिस्थान गरेको छ, भनेर थाहा हुन्छ । आयु शये कल्प सम्म स्थायी हुन सक्ने शक्ति प्राप्त हुन्छ । शयेओटा कल्पसम्म पहिलेका र पछिल्लोका अन्त? सम्यक् रूपमा जानिई आउँछ । शयेओटा समाधिमा समापत्तिमा प्रवेश भई त्यसबाट उठेर(फर्केर) आउने शक्ति हुन्छ । शयेओटा लोकधातु कम्पित गर्ने सामर्थ्य प्राप्त हुन्छ । शयेओटा लोकधातु आलोकित गर्न सक्दछ । ऋद्धि पराक्रमले शयौंशयौं प्राणिहरुलाई विपाक गर्न सक्ने बन्दछ । शयेओटा भुवनमा जानसक्ने हुन्छ । शयेओटा धर्मको द्वार सम्यक् रूपमा विभिन्न (विभाजन?) गर्न सक्दछ । आफ्नो शरीर शयेओटा निर्माण गरी हरेक एकएकओटा शरीरमा जिनपुत्रको परिषद शयेशयेजना घुमिराखेको देखाउन सक्ने शक्ति भएको हुनेछ । तथा विशेष आर्यगुण शयेशये बाह्रठाउँमा (अर्थात् १,२००ओटा) प्राप्त हुनेछ ।
(त्यसै गरी) दोस्रो भूमि प्राप्त हुनेसाथ मुहुर्तभित्रै हजारजना बुद्धहरु दर्शन हुने आदि १२,००० गुण प्राप्त गर्न सक्नेछ । यसपछि तेस्रो भूमि, चौथो भूमि, पाँचौं भूमि, छैठौं भूमि, सातौं भूमि पनि क्रमानुसार माथि बताइएको जस्तै तत् तत् गुणहरू बाह्र लाख (१२,००,०००), बाह्र करोड (१२,००,००,०००), बाह्र शये करोड (१२,००,००,००,०००), बाह्र कोटि सहश्रायुत(बाह्र लाख करोड १२,००,००,००,००,०००), ….. हो । पुन: शतसहश्रमा पनि आवर्तितहरु सबै उक्तानुसार बताइएको जस्तै गुण सकल बाह्र लाख संयुत पूर्णरूपमा ..(भिन्नकं?) प्राप्त हुने हुन्छ । त्यसपछि आठौं भूमि र नवौं भूमि, दशौं भूमिमा गंगा नदीको बालुकाको रज संख्या समानमा मुहुर्त मुहुर्त भित्रै बुद्धहरु दर्शन हुने आदिबाट बाह्र ओटा वर्गको गुण पनि उत्तरोत्तर महानता पूर्वक प्राप्त हुनेछ, भनि दशभूमिसूत्रमा आज्ञा गरिराखिएको जस्तै हो ।
छैठौं – यस तन्त्रको महान वर्णन द्वारा स्तोत्र गरिराखिएको,-
मायाजाल महोद्योग:, सर्वतन्त्राधिपपर: ।।
अशेष वज्रपर्यंको, नि:शेष ज्ञानकायधृक् ।।३८।।
अर्थ- जिनपुत्र (सात्विक)? अन्तस्करणले युक्त भएको मायाजालतन्त्र पटलमा गरिराखेको भट्टारक मञ्जुघोषको परमार्थ नामसङ्गीति यसको अर्थ प्रज्ञोपाय यौतुकमार्ग महा उद्योगपूर्वक “मायाजाल महोद्योग” भावना गरिएमा कलिकालको अल्प आयु एउटैमा पनि वज्रकाय प्राप्त हुनेछ । यो तन्त्र सबै तन्त्रहरूको अधिपति सर्वतन्त्रधिप”, परमको “परः”, वज्रधरले प्रख्यात गरिराखेको, प्रख्यात गरिराखिएकोको व्यवस्था पनि यस तन्त्रको अर्थ वज्रअविनाश भएको ज्ञान पर्यन्तको “अशेष वज्रपर्यंको”, जुन उत्पत्ति हुने आसन? तथा स्थान विशेष यस तन्त्रको अर्थमा संयुक्त हुन्छ । यस तन्त्रमा आज्ञा गरिराखिएको जस्तै उपायमार्ग भावना गरिएमा अशेषज्ञानकाय धारण “नि:शेष ज्ञानकायधृक्” हुन्छ । अपितु भट्टारक मञ्जुघोष उहाँ यस मायाजालतन्त्रको परम अधिपति हुनुहुन्छ । दुइटा नभएको वज्रज्ञानको समुद्भव भइ आउनुभएको, सकल बुद्धका ज्ञान एउटै सन्धी भैराखेको काय हो । इत्यादि प्रकारबाट सम्प्रदाय गरिराखिएको छ ।
सातौं – सत्वको विनिर्मित (पराक्रम) द्वारा स्तोत्र गरिराखिएको,-
समन्तभद्र सुमति:, क्षितिगर्भो जगद्पति: ।।
सर्ववुद्ध महागर्भो, विश्वनिर्माणचक्रधृक्।।३९।।
अर्थ- भट्टारक मञ्जुघोषले जिनपुत्र सत्वहरुको क्रम धारण गरी त्यस अनुसार सर्वत्र भुवनमा निर्माण भई देखाई आउनुभएको, समन्तभद्र समानको (भई?), शुभमति अथवा अक्षयमति समानको भई, क्षीतिगर्भ समानको भई, गगनगर्भ समानको भई, इत्यादि अन्य बोधिसत्त्वहरुको प्रकार बाट पनि देखाई आउनुभयो । (यस्ता कृत्यहरू) संग्रह गरियो भने यावत बुद्ध र बोधिसत्त्वहरुका भैरहेको जति सबै प्रकारको भई देखाई आउनुभइ सकल बुद्धहरुको गर्भ प्रज्ञोपाय फरक नभैराखेको पथमा लोकहरुलाई साथै लिई लैजानको निम्ति नानाप्रकारको निर्माणचक्र धारण गरी रहनुभएका हुनुहुन्छ ।
आठौं – प्रज्ञापारमिता द्वारा स्तोत्र गरिराखिएको दुइटा,-
(१) दुइटा शुद्ध भएको धर्मकाय द्वारा स्तोतर गरिराखिएको ।
(२) फलप्रज्ञापारमिता उहाँ सर्वज्ञको ज्ञान द्वारा स्तोतर गरिराखिएको ।
पहिलो- दुइटा शुद्ध भएको धर्मकाय द्वारा स्तोत्र गरिराखिएको,-
सर्वभावस्वभावाग्र्य: सर्वभावस्वभावधृक्।।
अनुत्पादधर्मविश्वार्थ:सर्वधर्मस्वभावधृक्।।४०।।
अर्थ- बाह्य-अभ्यन्तरका सर्वभावहरूमा स्वभाव श्रेष्ठ “सर्वभावस्वभावाग्र्य” भई पारंगत भएको अस्वभावको शून्यता हो । यो जस्तो अस्वभाव भएको यस सर्वभावहरूको स्वभावलाई पक्रि सर्वधर्म(लाई) आदि देखि नै अनुत्पन्न भएको सर्वधर्मको भाविता गर्नको लागि हो “सर्वभावस्वभावधृक्” । जुन स्वभाव अनुत्पादको भाविता गर्नको लागि (नीतिं?) पुराण अर्थ नानाप्रकार बाट गरिए । यस नानाप्रकारका पुराणहरूमा भएको पनि अस्वभावको भएको शून्यताको आश्रय भएको हुनाले सर्वधर्मालोकशून्य भएको, धेरै स्वयं विशुद्ध भएको, स्वयं विशुद्ध तथा उपायकौशल्य भएको उपदेशमा बसी स्थितप्रत्यक्षबाट देखिनको लागि आवरण हुनजाने अकस्मातको मयल पनि शुद्ध भई दुइटा शुद्धसम्पन्न भएको स्वभावकाय धारण गरी आउनुभएका भनि भट्टारक मञ्जुघोषलाई स्वभावको कायद्वारा स्तोत्र गरिराखिएको छ ।
यस गाथामा गम्भीरको माध्यत्मिका दृष्टिको रहस्य पर्यन्तबाट देखाएको छ । माध्यमिका दृष्टिको रहस्य पर्यन्त भनेको कस्तो हो भने – आर्य नागार्जुनले आज्ञा गर्नुभएको यस्तो छ,-
छ्वे नाम् तोंपा दिश्येना, ल्हेधां धेबु थेपा घाङ् ।
ङोछार वेक्यां दिङोछार, मझ्युं वेक्या दि मेझ्युं ।।
अर्थ – “यसरी सर्वधर्म शून्यता भनिएको बाट, कर्म र फल कहाँ लाभ होला? आश्चर्यको पनि महाश्चर्य यो, यो अद्भूतको छ“
भनेर आज्ञा गरिराखिए जस्तै प्रतित्यसमुत्पाद शून्य भएको, र शून्य प्रतित्यसमुत्पाद भएको, एउटा शून्य आलोक स्वभाव भएको धर्म सीकने यो नै हो । यस क्रमलाई “प्रज्ञापारमिता हृदयसूत्र”मा ‘१.रूप शून्य हो, २.शून्यता रूप हो, ३.रूप नै शून्यता हो अरू होइन, ४.शून्यता नै रूप अरू होईन’ भनि आज्ञा गरिराखिएको हो । “माध्यमिकावतार”मा सर्वभाव वाट फरक (भिन्नकं?) झूठ देख्नेवालाले भाव लाभ गरेको दुइटा स्वभाव ग्रहण गर्दछ भनि भाव शून्यको प्रतिबिम्बादि समूहाधीन सबै अकीर्ति भएको पनि होइन ??। यथार्थमा यसमा “प्रतिबिम्बादिशून्य” जानेकाले आकार उत्पत्ति गरेको जस्तै जस्तै भाव सबै शून्य भएता पनि त्यही शून्यता नै भिन्नकं? उत्पत्ति हुन्छ भनि आज्ञा गराखिएइको जस्तै हो ।
दोस्रो – फलप्रज्ञापारमिता उहाँ सर्वज्ञको ज्ञान द्वारा स्तोतर गरिराखिएको,-
एकक्षणमहाप्राज्ञ:सर्वधर्माववोधधृक्।।
सर्वधर्माभिसमयोभूतान्तमुनिरग्रधी:।।४१।।
स्तिमितसुप्रसन्नात्मासम्यक्संवुद्धवोधिधृक्।।
प्रत्यक्षसर्बबुद्धानांज्ञानार्चिसुप्रभास्वर:।।४२।।
अर्थ- भट्टारक मञ्जुघोषको हृदयमा एकक्षणमैं महाप्रज्ञा (अर्थात्) सर्वधर्मको सर्वज्ञ ज्ञान अवबोध भई धारण गरी आउनुभएको हुनुहुन्छ “एकक्षण महाप्राज्ञ: सर्वधर्माववोधधृक्” । सीक्नुपर्ने जति सर्बधर्म सबैलाइ अनावरण गरी, प्रत्यक्ष गरी, संकल्प (बोध) गरी आउनुभयो “सर्वधर्मा अभिसमयो” । भट्टारक मञ्जुघोषले यसरी प्रज्ञप्तिको महत्त्व पर्यन्त अवलोकन गरी आउनुभएकोले हुन केहि कुनै बाँकी नराखी अरूहरूको लागि अपराजित भएको सर्वज्ञ मुनिको मनोग्र ”भूतान्तमुनिरग्रधी:” समुद्भव वा संन्दिट्ठिक भएको, किन्तु धर्मको धात्वी समाहित भएको चित्त भई कहिले पनि कम्पित नभैकन प्रज्ञप्तिको रहस्य सर्वाङ्ग स्वच्छ गराई देखेका, सुनिर्मलको आभा भएको, अनुत्तरको बोधि अभिसदम्बुदध भई “स्तिमितसुप्रसन्नात्मा सम्यक्संवुद्धवोधिधृक्” सकल बुद्धहरुसंग साक्षात्कार अवलोकित भएको जस्तै भट्टारक मञ्जुघोषको सुहृदय बाट उहाँ सर्वज्ञको ज्ञानार्चि सुप्रभास्वर भएको सर्वत्र प्रज्ञप्ति देखि आउनुभयो “प्रत्यक्ष सर्बबुद्धानां ज्ञानार्चि सुप्रभास्वर:” भनि भट्टारक मञ्जुघोषलाई यथार्थ जानेको र यावत् जानेको दुइटैको द्वारा प्रख्यात गरिराखिएको छ ।
यति गाथा द्वारा अत्यन्त महार्थको भएको फल उहाँ सर्वज्ञ ज्ञानबाट यथार्थ तथा यावत् सर्वधर्म एकसमयमा अवलोकित भएको देखाइको हो । यस क्रमलाई निर्णय हुने गरी सिक्नको लागि संस्थिर दुइटा सत्यको स्वभाव भैराखेको नीति निर्णय हुनेगरी सिक्नु पर्दछ । तदनुसार सिकी लैजान जिनको अधिश्रय आर्य नागार्जुन(ले?) समर्थन गरी आएको जस्तै प्रवचनको नियम भाव सुविनीत गरी भावार्थको सूत्रार्थ निर्मल भएको विद्या लुयावगु? एउटा चाहिने हुन्छ । अतएव यस तन्त्र पढनेले पूर्वोक्तानुसार बताएको जुन गुण सबै सम्झेर भट्टारक मञ्जुघोषलाई भक्ति दर ध्यान राखि संवेग पूर्वक प्रणिधान गर्नु पर्दछ ।
नवौं परिवर्त
समताज्ञानगाथा चतुर्विंशति
(इष्टार्थ साधक पर … देखि .. रत्नकेतु सम्म)
चौथो – भट्टारक मञ्जुघोषलाई समताज्ञान द्वारा स्तोत्र गरिएको । तीनओटा –
१.त्रिकाय द्वारा स्तोत्र गरिएको ।
२.बुद्धको कर्म(कार्य) द्वारा स्तोत्र गरिएको ।
३.ज्ञानको काय द्वारा स्तोत्र गरिएको ।
पहिलो – त्रिकाय द्वारा स्तोत्र गरिएको । तीनओटा –
१. निर्माणकाय द्वारा स्तोत्र गरिएको ।
२. धर्मकाय द्वारा स्तोत्र गरिएको ।
३. संभोगकाय द्वारा स्तोत्र गरिएको ।।।
पहिलो – निर्माणकाय द्वारा स्तोत्र गरिएको । दुइटा,-
१. जगतको कारणलाइ लिएर आएको क्रम द्वारा स्तोत्र गरिएको ।
२. जगतको कारणलाइ लिएर निर्माण भै आउनुभएको कायको विपरिनत द्वारा स्तोत्र गरिएको
पहिलो- जगतको कारणलाइ लिएर आएको क्रम द्वारा स्तोत्र गरिएको,-
इष्टार्थ साधक:पर, सर्वोपाय बिशोधक: ।।
सर्वसत्व तमो नाथ:, सर्वसत्व प्रमोचक: ।।१।।
क्लेश संग्राम शूरैक, अज्ञान रिपुदर्पहा ।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाश व्यापि सकल प्राणिहरूलाई बोध गराउनको लागि जहाँ जसलाई जसरी गर्नुपर्ने हो, त्यसै अनुरूपको निर्माण भएर आउनुभई धर्म बताई (तिनिहरुका) आआफ्ना इच्छा अनुसारको अर्थ सिद्ध गराउनु भएको (जुन चरित्र छ, त्यो “इष्टार्थ साधक:पर”) सकल चरित्रहरू मध्ये परमको, श्रेष्ठको, उत्तमको, सभ्यताको हो । प्राणिहरूको कामना अर्थ यथार्थ सिद्ध गरेको कसरी भने, – प्राणिहरू भनेका सबै सुखको मात्र इच्छा गरी दु:खको इच्छ नगर्ने हुन् । भट्टारक मञ्जुघोषले प्राणिहरुका सकल दु:ख शान्त गराई आआफ्नो भाग्य अनुसारले सुख प्राप्त गराई?, दुर्गतिमा पतन भैरहेका प्राणिहरूलाई पनि आआफ्नो भाग्य अनुसारले निर्माण भएर देखाई, श्रद्धाको भूमिमा राखि, क्रमानुसार दुर्गतिको दु:ख सबै विशोधन गरी आउनुभई, पुण्य (कुशल) को बीऊ रोपाई क्रमश: सुगतिको योनीमा राखि विपाक गरी तारी आउनु भयो (अर्था “सर्वो?पाय बिशोधक” हुनुभयो) । देव र मनुष्य (योनिहरुमा) जन्म लिएका लाई अनित्य र दुर्गतिको दु:ख देखाई दुर्गति(अपाय)मा जन्म लिनजान पर्ने बीऊ (अर्थात् कुकर्महरू) सबै शोधन गरी सुगतिमा क्रमश: साथै लिई गई विपाक गरी तारी आउनुभयो ।
भट्टारक मञ्जुघोषले उपायकौशल्यको निर्माण गरी दुर्गतिमा पतन भैराखेका सकल प्राणिहरु अर्थात् “सर्वसत्त्व”का अपाय दु:ख शान्त गरी आई श्रद्धाको भूमिमा राखि विपाक गरी तारी “उत्तमोनाथः सर्वसत्व प्रमोचक:” हुनु भएको, (कसोरी हो भनेर) “बोधिचर्यावतार”मा यस्तो लेखिएको छ,-
मित्रहरू भयलाई छोडी शिघ्र यता आउनुहोस् । सुपुत्रका सन्मुखमा जसको समर्थ(स्त?) दु:खहरु सबै सकाई आनन्दको बेगबाट पठाई सकल लोक मध्ये परिपालक हुनुभएका बोधिसत्त्व कृपात्मक कुमार बीरले दग्ध भएको भय हटाई आउनुभएको के को निमित्त हो भने,-
(१) अधम पुरुको मार्गद्वारा कारण गरीएको क्रम,-
सहश्र देव(हरू)का मुकुट भैराखेका (मैत्री बोधिसत्त्वका)लाई? चरणकमलमा पूजा गरी, करूणाको(दृष्टिबाट हेरि), जल बृष्टिले शीरमा? असंख्य उत्तम पुष्पहरुको बृष्टि भैराखेको मञ्जुघोष दर्शन भई, त्यहाँ नारकीय चित्त कोलाहल नरहोस् (बाहिर भैजाओस्) यस्तो मेरो कुशलमूल समन्तभद्रादि बोधिसत्त्व सर्वनि(वरण)विष्कम्भि मेघ सुख र शितल सुगन्धि वास्नाले सहित भएको जलबृष्टि भएको देखी
भाग्य सम्पन्न भएका हरू लाई आआफ्नो भाग्य अनुसार उपायकौशल्यको निर्माण(भई) अनुगृहित गरी दुर्लभको क्षणसम्पद तथा मृत्युको ठेकाना नभएको दुर्गतिको दु:ख, कर्मफल नबदलिने आदि देखाई शरणमा जाने(लगी?) र दशकुशलको शीलमा राखी पाल्नुभयो । तथानन्तर क्रमश: उच्च उच्च(स्तरको) आफ्नो मार्गमा लिएर जाने भएको हुनाले नाथ मञ्जुघोष सकल प्राणिहरुको लागि नाथ त्राता परम् परायणी हो भनि प्रख्यात गरिराखिएको छ । यो यति अधम पुरुको मार्गद्वारा कारण गरीएको क्रम हो ।
(२) मध्यम पुरुषहरुको मार्ग द्वारा प्राणीको कारण गरीएको क्रम , –
भट्टारक मञ्जुघोषले भाग्यवन्त हरूलाई संसार समूहमा भएको तुच्छता, अपमान र संसारको व्यावहारिकता(को निस्सारता) सबै देखाई, भवन्तको अपमानबाट विरक्त उत्पत्ति गराई, त्रिशिक्षाको पथमा लिईगई, भाग्यवन्त भएका प्राणिहरू सबैलाइ संसारको दु:खवाट विमोचन गराउनु भयो । तसर्थ भट्टारक मञ्जुघोष सकल प्राणिहरुलाई मोक्षमा साथै लिएर जानुहुने उत्तम सार्थवाहु हुनुहुन्छ, भनि मध्यम पुरुषको मार्गदवारा प्रख्यात गराइ राखिएको छ ।
(३) उत्तम पुरुषहरुको मार्ग द्वारा प्राणीको कारण गरीएको क्रम, –
(फेरि,) भट्टारक मञ्जुघोषले उत्तमयानको कुलिकहरू लाई बोधिचित्त र जुन? पराजित गर्ने जिनपुत्रको चर्या महाशिक्षामा लिएर गई, दुइटा आवरणको बन्धनबाट तत्क्षणमैं मुक्त गराउनु भयो भनि जिनपुत्र समूहको चर्या द्वारा प्रख्यात गराइराखिएको छ ।
यस प्रकारबाट अधम पुरुष, मध्यम पुरुष, उत्तम पुरुषका समूहचर्या हरू सिकाई विशिष्टको गम्भीरको माध्यमिक दृष्टिमा लिएर गई, सर्व(त्र)सकल क्लेशहरू सबैको जरा पर्यन्त भएको म भनेर पक्रिराखेको (ममकार)क्लेशसंग संग्राम गर्ने अवस्थामा सकल क्लेश मध्ये एउटा शूर वीर भैराखेका संसारको दु:ख सबैको जरा भएको अज्ञान तथा अविद्या हो “क्लेश संग्राम शूरैक” । प्राणिहरु अनादि देखि नै संसार दु:खमा संप्रयोग गराउने शत्रु म हो भनि पक्रिराख्नेको अभिपक्ष, अनात्मा संकल्प प्रज्ञा हो । सर्वधर्मको स्थिति शून्यता देखी शत्रु आत्मक प्रमण्ड भएको, प्रचण्ड भएको लाई मर्थन गर्ने अथवा आत्मालाई जरा देखि प्रहाण गरी मुक्तिको पदमा पठाई सर्वत्र क्लेश मध्ये वीर भएको आत्मालाई मर्थन गर्ने मात्र नभई आत्माको बीऊ भएको अज्ञान अन्धकार भई वर्ण सकाई उहाँ सर्वज्ञको ज्ञानभूमिमा पठाई आउनुभयो, भनि महायानको मार्गको अङ्ग पुर्णको द्वारा प्रख्यात गराइ राखिएको छ “अज्ञान रिपुदर्पहा” । यसबाट तन्त्रगाथा अत्यन्त महार्थको छ ।
चौरासी हजार धर्मस्कन्धको गर्भअर्थ भाग्यवन्त भएको एकपुद्गल आदिकर्मको (आदिपुरुष) भूमि देखि बुद्धको भूमिसम्म लिएर जाने मार्गको अङ्ग सम्पूर्ण रूपमा देखाउनु भयो । अतएव यस तन्त्र पढनेले भट्टारक मञ्जुघोषको काय स्वत भई (हुनेगरी) ध्यान गरी उक्तानुसार बताएको जस्तै मार्गको अङ्ग सम्पूर्ण भैराखेको यति शिघ्र स्वभावमा उत्पन्न हुने संवेग पूर्वक प्रतीज्ञा गर्नु पर्दछ ।
दोस्रो – जगतको कारणलाइ लिएर निर्माण भै आउनुभएको कायको विपरिनत द्वारा स्तोत्र गरिएको,-
धीश्रृंगारधर:श्रीमान्, वीर बीभत्स रुपधृक् ।।२।।
वाहुदण्ड शताक्षेप:, पदनिक्षेप नर्तन: ।।
श्रीमच्छत भुजांभोग, गगनांभोग नर्तन: ।।३।।
एकपाद तलाक्रान्त, महीमण्डल संस्थित: ।।
ब्रह्माण्ड शिखराक्रान्त:, पादांगुष्ठ नखेस्थित: ।।४।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाशव्यापि प्राणिहरुलाई आआफ्नो भाग्य अनुसारले निर्माण भई कारण गरि आउनु भयो । उहाँले भाग्यवन्त स्थलयोग्य (अर्थात् पात्रता भएका) प्राणिहरूलाई दिव्यरूपब र बुद्धिवन्त “धी” भई, सुन्दररूप, मनोरमको हेर्दैमा हेर्न नपुग्ने गरी राम्रो श्रीङ्गार गरी “श्रृङ्गारधरः”, यौवन अवस्थाको भई निर्भिक भएर देखाई, कोही कसैलाई लक्षण-व्यञ्जनले अलङ्कृत भएको नररूप “श्रीमान्” भई देखाउनु हुन्छ । उदाहरणको लागि आचार्य नागार्जुनलाई रत्नमति बोधिसत्त्व भनेका दिव्यरूप भई धर्म बताउनु भएको, तथा मञ्जुनाथ(भई?) गुरु सुमतिकीर्तिपादलाई पञ्चरश्मी भएको किंकिंणीजालले बेरिएको भएर (चाहुलाच्वंगु?) स्वररगृह? प्रासादको मध्येको मेरुमा घामको तेजले उज्यालो गरेको (कैबले?) जस्तो गरी जति हेरे पनि हेर्नै नपुग्ने गरी भएर देखाउनु भएको, जस्तै हो ।
अनि, शान्त तरीकावाट दमन नहुने भएका प्रचण्डहरू लाई दमन गर्नको लागि अशुभ कडा “बीर” भएर यक्ष तथा राक्षसको रूप लिएर देखाउनु हुँदा; एउटा अनुहार र दुईटा हात देखि सयेओटा अनुहार सयेओटा हातको सम्म भएर, अझै यो भन्दा पनि धेरै धेरै संख्यामा अनुहार र हातको भई (“बीभत्सरूपिभिः” भई देखाउनु भयो) । ती सयकडौं हातहरुमा सबैमा भयानकको नानाथरी शस्त्रहरु धारण गरी, ती(हात)हरुलाइ हल्लाई चलाई “वाहुदण्ड शताक्षेप:” भई, भवको टुप्पादेखि तल अविची नरक तक त्रिधातु सबै क्षणभर मैं खाइदिने शक्ति भएको अद्भूत विक्रान्तको भई मारकूलका भूत पिशाचहरु लाई चूर्ण गर्नको लागि पाइला अगाडी बढाई पाइला चाली “पदनिक्षेप नर्तन:” गरी, सयौं हातहरु प्रत्येक हातले आकाशधातुलाई छोपेको (भरेको) समानको ”श्रीमच्छत भुजांभोग” भएर देखाउनु भई, आकाश पर्यन्त व्यापक भएको झैं भएर नाची आउनुभयो ”गगनांभोग नर्तन:” । पृथ्वीमण्डल चतुर्द्वीपको सर्वत्र लोकधातुलाई एउटा खुट्टा (पाइतला)ले कुल्ची “एकपाद तलाक्रान्त, महीमण्डल संस्थित:” र अर्को एउटा खुट्टाको पाइतला (पाद)को बूढीऔंलाको नङको धातुले त्रिसाहस्र महासाहस्र लोकधातुहरु सम्पूर्ण ढाकेर ब्रह्मनगरको भूमि अथवा त्रिसाहस्र महालोकको अधिपति महाब्रह्माको कूटागारको टुप्पा देखि टेकी आउनु भएका “ब्रह्माण्ड शिखराक्रान्त:, पादांगुष्ठ नखेस्थित:” त्रिभुवनमा अत्यन्त मान गराई बसेका हरू सबैलाई नै आफ्नो वशमा राखि दमन गरी आउनुभयो ।
परन्तु, यो त लक्षण मात्र हो । अतिरेक कायको एक-एक रौंमा नै त्रिभुवनको स्थल रस सबै प्रीतिसार गर्ने शक्ति भई, अझ यतिले नपुगी रज प्रमाणमा एउटा (रौं)को भित्र समेत आकाश व्यापिक स्थल रस सबै देखाउनु भएको, तथा कायको हरेक रौं को प्वाल भित्र आकाश व्यापक सर्वत्र लोक देखाउनु भई, इत्यादि काय विपरिनत अचिन्त्य हुने गरी देखाउनु भयो । बुद्ध र बोधिसत्त्व(का?बाट?) अभिषेक(अधिकार) प्राप्त भएका हरुले जगतलाई बोध गराउनका निम्ति काय विपरिनत नानानिर्माण भइ आएको (आउने?) “रत्नतलधारणि“ विद्याको क्रम जानेका(जानी?) मायाको नायक भई नाना बहुरुप अत्यन्त देखाइ आउनु भयो । दिन, रात, मुहूर्त, महिना, बर्ष र शुभग्रह सुपुष्ट सौन्दर्य देखाइ काम राग-द्वेष भएका(लाई?) वीणाका नायक?ले वीणाको माया कारणबाट मायाको जालबाट आराधना गरेवाट ध्यान, अभिज्ञ, विमुक्ति, अति क्रमाचरण सबै किन आराधना नगर्ला? (जसरी) देव र असुरेन्द्रहरु बीच लडाई हुँदा विजयी देवताहरुले दैत्यहरुलाई पराजित गर्दा यीनीहरु डराई? छत्र सहित लडाइ दिइ प्रतिघ सेना सहित सन्नद्ध भैजान्छ । कामराग द्वेष भएका यी देवेन्द्र यीनिहरुले पनि शरीरको पराक्रम अत्यन्त पराक्रम देखाए भने ईश्वर ऋद्धिको अधिकारका (प्राप्त गरि) बसेका वीरहरुले शरीरको पराक्रम किन नदेखाउन् ?
वज्रधारि इन्द्रको ऐरावतले इन्द्रको परिवार भई महान ऋद्धि भएका बत्तीसओटा टाउको अभिनिर्मित गरी, ती प्रत्येकमा छ-छ ओटा दाह्रा (दाँत)हरू भएको टाउका (निर्माण गरी), ती दन्तहरू हरेकका एक-एकओटामा पनि जलपूर्ण पुष्करणी (उद्यान) सात-सातओटा निर्माण गरी, ती पुष्करणीहरू हरेक एक-एकओटामा पनि नाना प्रकारका विभिन्न सात-सातओटा कमलको फूलहरू उत्पत्ति गरी, ती कमलको फूलहरू हरेकमा माया पदार्थ सबै बुझेका जानेका देवकन्याहरु सात-सातजना उत्पत्ति गरी, यीनिहरु सबै नाच नाच्न गीत गाउन जानेका भएका (भएर), त्रायत्रिंशका इन्द्र यीनिहरु मध्ये जो गज ले (गज नं?) शरीर परिवर्तन गरी देवताहरु संग संगत गरी मिलिरहने हुन्छन् । सम्भोग आचरण सबैको क्रम अनुसार गरी यस्तो प्रकारले गजोत्तम भएर पराक्रम देखाइ राखेको छ । राग द्वेष मोह भएका हात्ती जस्तै यस्तो महति पराक्रम (ऋद्धि) यत्ति धेरै देखाए भने, प्रज्ञोपायको बलको अभ्यास भएका हरूले शयेओटा पराक्रम किन नगरोस् । जस्तो कि राहुले इच्छा अनुसारले शरीर निर्माण गरी वज्रको भूमिमा खुट्टाले कुल्चि सागरको बिचमा गएको जस्तै देखाई सुमेरु शिखर र आफ्नो टाउको समान गराएका, (यस्ता) राग द्वेष मोह भएका राहुल?ले यस्तो ऋद्धि यस्तो प्रकारले देखाए (भने) लोकको प्रदीप मार सबैलाई प्रमर्दन गरेका अनन्त ऋद्धि भएकाहरुले किन नदेखाओस् । शक्रको अचिन्त्य पराक्रम हेर; देव तथा असुरेन्द्र संग्राम गरेको अवस्थामा जति कोटान् कोटी असुरहरु भए त्यत्ति नै स्वयं इन्द्रको शरीरबाट निर्माण भई असुरेन्द्र र प्राय असुरहरु सबै शक्रको अगाडी अगाडी वसी त्यस वज्र धारण गर्छु भनि असुरेन्द्र सबैले टाउको निहुराउछन् । भयानक भैराखेका हजारओटा आँखा खोली अग्निज्वाला निस्केको वज्र लिएर शरीरमा कवचको तेजले दुरापद भएको वस्त्र लगाइ राखेका शक्रलाइ देखेर ती असुरेन्द्रहरु थरथर कामी रहन्छन् । यो त केवल केहि पुण्य गरेको बलको शक्तिले देव पराजितको कारणमा पराक्रम गरे भने भैराखेका लोकहरु सबैलाई शरणागत गरेको अक्षय पुण्य सबै देखाउनलाई किन अपराक्रम होला, भनेर आज्ञा गरिराखेको जस्तै हो ।
दोस्रो – धर्मकाय द्वारा स्तोत्र गरिएको,-
एकार्थो द्वयधर्मार्थ:, परमार्थो विनेश्वर: ।।
नानाविज्ञप्ति रुपार्थ, चित्त विज्ञान सन्तति:।।५।।
अशेष भावार्थ रति:, शून्यता रतिरग्रधी: ।।
भवरागाद्यतीतश्च
अर्थ – भट्टारक मञ्जुघोषको चित्तको धर्मता दुईटा? शुद्ध सम्पन्न भएको धर्मकाय ”एकार्थो द्वयधर्मार्थ:” हो; यो सर्वधर्मको परमार्थको स्थिति एउटामात्र भएको (दुईटा नभएको) परमार्थको सत्यता हो, जुन आकाश क्षय नभएसम्मको लागि परिवर्तन नहुने भएको, कुनै दोष?ले पनि सकाउन नसक्ने, सकल प्रपञ्चको अन्त्यबाट छुटेको, गगन समान विशुद्धको छ (अर्थात् “परमार्थो विनेश्वर:”), भनेर भट्टारक मञ्जुघोषलाई स्वभावकोकाय द्वारा प्रख्यात गरिराखिएको छ ।
भट्टारक मञ्जुघोषको हृदय उहाँ सर्वज्ञको “नाना विज्ञप्ति रूपार्थ” हो, यथा – (१) चक्षुविज्ञान, (२) श्रोत्रविज्ञान, (३) घ्राणविज्ञान, (४) जिह्वाविज्ञान, (५) कायविज्ञान, र (६) मनोविज्ञान समेत छओटा छन । यी छओटा (विज्ञान)का विषयहरू (पनि क्रमशः) (१) रूप, (२) शब्द, (३) गन्ध, (४) रस, (५) स्पर्श, र (६) धर्म समेत छओटा छन् । यी छओटा विषयहरूका अर्थ ग्रहण गर्नेवालाले चित्त र पञ्चद्वारका विज्ञानका सन्तति द’ग’? “चित्त विज्ञान सन्तति:” वाह्याभ्यन्तरका भावाभावको अर्थ अशेष भएको (”अशेष भावार्थरति”) सबै, रति तथा यी भैरहेका सकल धर्म भएको स्वभाव र विशेष कृतकार्य इत्यादि पुराण (ग्रन्थ) को व्यवस्था सबै पा:ल्हातिच्वंगु? तिष्यफल समानको प्रत्यक्ष जानेको हो, भनि भट्टारक मञ्जुघोषलाई ज्ञानधर्मकाय द्वारा प्रख्यात गरिराखिएको छ ।
किन्तु भट्टारक मञ्जुघोषले विश्वरूप देखाई जगतको कारण गरी आउनुभयो भनेर पनि सन्धि(?) गरिराखिएको छ । यस प्रकारले पुराणहरूमा भएका सर्वधर्मलाई अवलोकन गरेतापनि संकल्पित नभैकन सर्वधर्मको स्थिति शून्यता रति (“शून्यता रतिरग्रधी:“) भई पानीमा आगो राखेको जस्तै एकत्रित गराई (ज्वीक) समापती? गर्नुभएका हनुहुन्छ (बिज्या:गु ख:?) । यसमा राग भनेको शून्यतामा भएको शक्ति (स्त्री हो,) र त्यसमा एकत्रित भएर बसिराखेको लाई नै शक्ति संप्रयोग (गर्ने हो?) भनि अनुत्तरतन्त्र र महासिद्धाहरुका अनेक धेरै ग्रन्थहरुमा उल्लेख भएको छ । प्रज्ञापारमितासूत्रमा पनि शून्यतालाई शक्ति भनेर आज्ञा भैराखेको छ । तसर्थ भट्टारक मञ्जुघोष जगतका कारणबाट अनेक प्रकारका निर्माणकाय (अवतार) निर्देश गरी आउनुभएको भएता पनि भवबन्धन केही नराखि रागादि क्लेध छोडनमा पारंगत भएका हुनुहुछ (“भवरागाद्यतीतश्च”), भनि प्रख्यात गरिराखिएको छ ।
तेस्रो – संभोगकाय द्वारा स्तोत्र गरिएको,-
……. भवत्रये महारति: ।।६।।
शुद्ध शुभ्राभ्र धवल:, शरच्चंद्राशु सुप्रभ: ।।
वालार्क मण्डलच्छायो, महाराग नखप्रभ: ।।७।।
इन्द्रनीलाग्र संच्चीरो महानील कचाग्रधृक्।।
महामणि मयूखश्री, बुद्ध निर्माण भूषण: ।।८।।
लोकधातु शताकंपी
अर्थ – भट्टारक मञ्जुघोषले दुईटा शुद्ध सम्पन्न भएको धर्मकाय प्राप्तगरी साथै ज्ञानको स्वआलोक रूपकाय प्रकट हुनुभएको लक्षण व्यञ्जनबाट अलङ्कृत भएको सम्भोगकाय प्राप्त गर्नुभयो । जुन सम्भोगकाय करुणा र प्रतिज्ञाको अनुभाब द्वारा त्रिभवको सकल प्राणिहरूको कारण गर्नको लागि महारति भैराखेको (“भवत्रये महारति:”) तथा महार्ष भैराखेको भनेको वज्रधरको नाम पर्यायेमा(?) आज्ञा गरिराखेको छ । जुन सम्भोगकायको काय आकार शुद्धको सेतोबादल समानको सेतो निर्मल स्वच्छको(“शुद्ध शुभ्राभ्र धवल”), स्वयं रश्मि ज्वज्ज्वल्यमान भैराखेको, कार्तिकको चन्द्रमा समान भएर शीतल भएको करूणाको रश्मिले सकल प्राणिहरुलाई प्रकाशितगरी (“शरच्चंद्राशु सुप्रभ:“) (खयेका?) कायमा? उत्पन्न भएको रश्मिको स्वरगृह सूर्य उदयको मण्डल समानको स्वभायमान भैराखेको हो ।
भट्टारक मञ्जुघोषको काय उत्पत्ति भएको रश्मिको स्वरगृह सूर्य उदय भएको रश्मि (“वालार्क मण्डलच्छायो महाराग नखप्रभ: “) जस्तै भएको कसोरी भने,- भट्टारक मञ्जुघोषलाई स्तुति गरिराखिएको “मञ्जुघोष सुप्रसन्नकृत मेघस्तुति सागर”मा, “प्रधर्षित उदायिया तेजं दीन यानात:गु, मेरु निरन्त्र सुवर्ण गिरिया तल्ला (आवागमन) थेँ, कुँकुम रश्मिया स्कन्धथेँ स्थायिम्ह । मञ्जुघोष ज्ञानया छलपोलं पलख सम्झेयाना बिज्याहुँ” भनेर यस्तो आज्ञा गरिराखेको छ ।
भट्टारक मञ्जुघोषको काय लक्षण व्यञ्जन अलंकृत भनेको के के हो भने; जस्तै हस्त पाद हजारओटा आराहरु(दँ?) भएको, सुवर्णको चक्र सम्पन्न भएको, रेखा स्वच्छसंग भएको इत्यादि भद्रताको बत्तीसओटा लक्षणहरु र हस्त पादको नङ तेजले युक्त भई अतिनै रातो भई टल्केको ताम्रधातुको वर्ण जस्तो भएको, र शरीरको केश इन्द्रनील जस्तै कालोभई टल्केको (“इन्द्रनीलाग्र संच्चीरो महानील कचाग्रधृक्”) इत्यादि चौरासी ओटा व्यञ्जनहरु भैराखेको हो । बत्तीस लक्षण बारे माथी लेखि सकिएको छ । अहिले चौरासी व्यञ्जन के के हो भने,- अभिसङ्कल्पानुसार
(१) ……………….पेज ८६
तदनुसारको शुद्ध लक्षण व्यञ्जनले अलङ्कृत भएको, शीरमा शुभ माणिकको मुकुट लगाई चूडामूल(मणी)?ले सुशोभित गरी, केश पञ्चचीरले सम्पन्न गरी, परम सुन्दरको नील मणिरत्न भएको माला गाँटीमा धारण गरी तेजस्वी भई श्रीमान् भैआउनु भएका (“महामणि मयूखश्री,”) हुनुहुन्छ ।
मुकुट र माला यथार्थमा भएको कसरी भने; – “मेघस्तुस्ति सागर”मा ध्वजाको गजूर जस्तै शिरमा चूडामणि भैराखेको र लामो भई कालो भै झलझली टल्केको जटाले शोभायमान भइ, बेरिएको जटाको चीर पञ्चचीरले सम्पन्न भएको, अलिकता बायाँतर्फ ढल्केको, रत्नको चूडामणिले शोभायमान गरिराखिएको, अति नै सुआकृतको छत्र समानको सर्वत्र निर्भर भएको शिर र शुभकर्ण लामो भैराखेको टुप्पामा बहुरत्न जडिएको कनक छ, रश्मिको तेजले स्फित भैराखेको रत्नको मालाको गहना लगाई राखेको निर्मल घाँटी, शोभायमान भएको सुवर्ण कलशको रूद्रघण्टी?(ग:प:?) जस्तै भनि आज्ञा गरिराखिएको जस्तै हो । यस्तो प्रकारको कायले दश दिशामा रश्मि प्रकाश गराई एक-एक ओटा टुप्पामा बुद्धहरुका निर्माण(ले) आकाशधातु परिपुर्ण भैरहेका प्रणिहरुको संख्याको अनुसारबाट प्रकाश गरी जगतको कारण गरी आउनुभयो ।
“बुद्धनिर्माणभूषण” भनेको अक्षोभ्य शिरमा (मुकुट) अलङ्कृत गरी राखेको भनिराखिएको छ । कोहि विद्वानहरुले लक्षण व्यञ्जनले अलङ्कृत भए काय भनेर भनिराखेको छ । यसप्रकारले निर्माण प्रकाश गरी आकाशधातु पर्यन्तको लोकधातु सम्पूर्ण(व्याक्क?) (“लोकधातु शताकंपी”) उद्धार गरी जगतको कारण गरी आउनुभयो । यसमा शयेओटा भनेर वहुसंख्यालाई भनिराखेको पुराणको विद्यामा पटलमा गरिराखेको छ ।
दोस्रो – बुद्धको कर्म(कार्य) द्वारा स्तोत्र गरिएको । चारओटा-
१. सप्तत्रिंशति बोधिपक्षिका द्वारा स्तोत्र गरिएको ।
२. पारंगत भएको मार्गबाट फलजगतलाई कार्यमा प्रयोग गर्ने क्रम द्वारा स्तोत्र गरिएको ।
३. विरक्त हुने क्रमको प्रारम्भ गरी स्तोत्र गरिएको ।
४. प्रतिपक्ष नरहेको क्रम प्रारम्भ गरी स्तोत्र गरिएको ।
प्रथम– सप्तत्रिंशति बोधिपक्षिका द्वारा स्तोत्र गरिएको,-
ऋद्धिपाद महाक्रम: ।।
महास्मृतिधरस्तत्व, चतुस्मृति समाधिराट् ।।९।।
बोध्यङ्ग कुसुमामोद, तथागत गुणोदधि: ।।
अष्टाङ्गमार्ग नयविद्, सम्यक्संवुद्ध मार्गविद् ।।१०।।
अर्थ – यद्यपि भट्टारक मञ्जुघोषलाई सप्तत्रिंशत बोधिपाक्षिक धर्म पारङ्गत भएको क्रम देखि नै स्तोत्र गरिराखेको सप्तत्रिंशत बोधिपाक्षिक(धर्महरू) के के हो भने:-
चत्वारी अनुस्मृतिप्रस्थानि । चत्वारी सम्य् प्रहान । पञ्चेन्द्रिय । चतुर्ऋद्धिपाद । आर्य अष्टाङ्गिकमार्गाणि । यो भनेको के के होभने;-
(१) चत्वारि अनुस्मृतिप्रस्थानि – (१)काय स्मृत्युप्रस्थानि,
(२) वेदना स्मृत्युप्रस्थानि,
(३) चित्त स्मृत्युप्रस्थानि,
(४) धर्म स्मृत्युप्रस्थानि ।
(२) चत्वारि सम्यक् प्रहाण – (१) कुशलधर्न उत्पत्ति नभएको उत्पत्ति गर्ने,
(२) उत्पत्ति भैसकेको कुशलधर्म लाइ सुरक्षा गर्ने,
(३) अकुशलधर्म उत्पत्ति भएको सबै छोडीदिने,
(४) उत्पत्ति भै नसकेको सबै कुशलधर्न उत्पत्ति नगराउने ।
(३) चतुर्ऋद्धिपाद, – (१) छन्द ऋद्धिपाद,
(२) वीर्य ऋदधिपाद,
(३) चर्या ऋद्धिपाद,
(४) चित्त ऋद्धिपाद ।
(४) पञ्चेन्द्रिय – (१) श्रद्धा इन्द्रिय,
(२) वीर्य इन्द्रिय,
(३) स्मृति इन्द्रिय,
(४) समाधि इन्द्रिय, र
(५) प्रज्ञा इन्द्रिय ।
(५) पञ्चबल – (१) श्रद्धा बल,
(२) वीर्य बल,
(३) स्मृति बल,
(४) समाधि बल, र
(५) प्रज्ञा बल ।
(६) सप्तबोध्यङ्ग – (१) समाधि सम्बोध्यङ्ग,
(२) वीर्य सम्बोध्यङ्ग,
(३) प्रीति सम्बोध्यङ्ग,
(४) प्रश्रब्धि सम्बोध्यङ्ग,
(५) धर्मप्रविचय सम्बोध्यङ्ग,
(६) स्मृति सम्बोध्यङ्ग,
(७) उपेक्षा सम्बोध्यङ्ग ।
(७) आर्य अष्टङ्गिक मार्ग – (१) सम्यक् दृष्टि,
(२) सम्यक् सङ्कल्प,
(३) सम्यक् वाक्य,
(४) सम्यक् कर्मन्त,
(५) सम्यक् आजिवीका,
(६) सम्यक् व्यायाम,
(७) सम्यक् स्मृति,
(८) सम्यक् समाधि ।
यस तन्त्रमा यी (सडतिस ओटा बोधि-अङ्हरू)को अनुक्रम उपायास गर्नुपर्ने हुन्छ । र, कुनै कुनै बारे प्रशस्त नभएको (पनि हुनसक्दछ), किनभने यस तन्त्रमा उद्देश्य मार्गको रहस्यलाई सबै कुरामा पारंगत भएको गुरूको प्रमुखबाट सिक्नुपर्ने भएको हुन्छ । यसैले मगधका अनेकन धेरै विद्वानहरूले अनुक्रम उपायास गरी व्याकरणगरी घेरै प्रयोग गरिकन भनि आज्ञा गरिराखेको कुरा लाई बुद्धिहीन भएकाले मैले बुझाउन सजिलो पारिदिनको लागि ग्रन्थको भावानुसार अन्तर पर्ने गरी बताइदिएँ भने (अनर्थ हुन सक्दछ?) । सकल प्राणिका कारण गर्नको लागि आआफ्ना भाग्य अनुसार निर्माण हुनसक्ने एउटा चाहिने हुन्छ ?। यस्तो प्रकारले (बताइएको अनुसार) निर्माण भएर देखाउनको लागि चतुर्ऋद्धिपाद प्राप्त गरेको हुनुपर्दछ । भट्टारक मञ्जुघोषले धेरै कल्पसम्म चतुर्ऋद्धिपाद पारङ्गत हुने गरी भाविता गरी आकाश व्यापिक सकल प्राणिहरुलाई आआफ्ना भाग्य अनुसारको ऋद्धि देखाउनको लागि निर्भिकता भएको महाबलबाट संयुक्त भएको हुनहुन्छ भनि प्रख्यात गरिराखिएको छ ।
“महास्मृतिधरस्तत्व” भनेको कुशल र अकुशलको पक्रिने र छोडने लाई एकाग्र गरी स्मृतिमा स्थीर भएको चतुर्सम्यक्प्रहाण हो । भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गरी आउनुभए देखि नै कुशलाकुशल कर्मको प्रवेशाप्रवेशमा स्मृति उल्लंघन नभएको एकाग्र भएको महास्मृति चतुर्सम्यक्प्रहाण पारङ्गत भई भावता गर्दै गरी चित्तमा धारणा गरी आउनुभयो भनि प्रख्यात गरिराखिएको हो ।
“चतुस्मृति समाधिराट्” भनेको भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गरी आउनुभए देखि नै चारओटा अनुस्मृतिप्रस्थानलाई नटुटाई भावना गर्नुभई सर्वत्र क्लेशहरू सबैसबै नाश गरी आउनुभई समस्त व्याकुल भैरहेका प्राणिहरुका लागि महानमहान पूर्वक महाकरूणा उत्पत्ति गरी चतु:सत्यको पक्रने र छोडनुपर्ने (कुरा)मा आलम्बन समाधि अधीनमा भएको जिनको पद प्राप्त गरी आउनुभयो भनि प्रख्यात गरिएको छ । “समाधिराट्” भनेको गाथामा भाविता गरेको तथा पञ्चइन्द्रिय, पञ्चबल पारङ्गत भएको बाट पनि देखाइएको छ । पञ्चइन्द्रिय पञ्चबल संप्रयोगमार्गको स्थिति क्रिया हो । सम्प्रयोगमार्ग स्थिति आत्मवत् गर्ने समथ विपस्सना यौतुकको समाधि प्राप्त भएदेखि नै सम्प्रयोगमार्गको क्षान्ति (क्षेम) प्राप्त भयो कि फेरि दुर्गतिमा जन्म लिने कर्मबाट मुक्त भई जिन प्राप्त हुने भएकोले “बोध्यङ्गकुसुमामोद” भनेको भट्टारक मञ्जुघोषले अधिमुक्तिचर्याको मार्गमा पारङ्गत भई, दर्शनमार्ग प्राप्त भएकोमा सप्तबोध्यङ्ग प्राप्त भई, यहाँदेखि प्रमुदित भूमि प्राप्त भई, स्वयं यहाँदेखि सर्वप्रकारबाट तृप्त भई, जिनपुत्र सहित सकलका चित्त खुशी हुने महापूजा भएको हो । पुष्प, पूजा र धूप पूजादि भावार्थको पूजा विशिष्टको भएको हुनाले भट्टारक मञ्जुघोषलाई यस क्रम द्वारा स्तोत्र गरिराखिएको छ ।
शील र समाधि इत्यादिको कुशल दबै भावार्यको पुष्प र धूपादिको पूजा गर्ने कसोरी भने- श्रुत सागरको अर्घ (जल) सबै राखि गुणको फूल, शीलको सुगन्ध, धूप मेघ, प्रज्ञाको प्रदीप, श्रद्धाको गन्ध सागर, पवित्र भएको समाधिको अमृत भोजन राखि श्रवणी(गर्ने?) को तूर्य भएको शब्दले स्तोत्र गरी समस्त करुणा कृपा विवेक प्रणिधान गर्ने (भएको?)छत्र ध्वज पताका फहराई मेरो शरीर विमान (प्रासाद) बनाई परलंकार गरी चित्तको मध्येमा (जल उत्पत्ति) गरी कमलपुष्पको पुष्ट भएको पत्र, बिन्दुमा स्थीर भई पाल्नुभएका धर्मस्वामीलाई पूजा गरेँ । निश्चय नै प्रसन्न चित्त भएर गरेको प्रार्थनाबाट जगतकागुरू सदा नै खुशी हुनुहोओस् । धर्मको राजा सदा नै खुशी रहोस् भनेको र भिन्नकं? बनाइएको र मानसिक चिन्ताको सागरको तीर, भवशान्ति विश्वैतं? भएको पूजा सामाग्रीको शतसहस्र पुष्ट भएको पर् सकलको मनोरमको लोक लोकुत्तर, आफू तथा परको त्रिद्वार कुशल भएको अनेक फूल फूलिराखेको समन्तभद्र पूजाको गन्ध रस जलले परकाश गरी त्रिशिक्षा, दुईटा क्रम,पाँचओटा मार्गको फल सहित भएको नन्दनवन भट्टारक गुरु खुशि गराउनको निमित्त चढाएँ भनेर यसरी आज्ञा गरिराखिएको जस्तै (हो?) । “तथागत गुणोदधि” भनेको आर्यमार्गको कुरा तल बताउने छु ।
अष्टङ्गमार्ग नयविद्” “सम्यक्सम्बुद्ध मार्गविद्” भनेको भट्टारक मञ्जुघोषले प्रथम भएको प्रमुदिता प्राप्तगरी आउनुभई परमार्थको बोधिचित्त सर्वधर्मको स्थिति साक्षात्कार दृष्टिगत गरी आउनुभएको यो विशिष्टको उपायलाई समाती तत्कालै भावना गरेको द्वारा भावनामार्गबाट जुन क्रमश: गई आर्यमार्गको क्रमानुसार विदित गरी भावना (ध्यान) गर्नुभयो भनि प्रख्यात गरिरिएको छ । यसरी भूमिमार्गगमन पारङ्गत भएर तथागतको पद प्राप्त भई “ चतुर्अभय अष्टादश अब्याबकीर्ण” आदि क्षय नहुने गुणको महासागर प्राप्त गरी आकाशव्यापिक सकल लोकहरुलाई सन्तुष्ट गर्नुभयो, भनि प्रख्यात गरिराखिएको छ ।
सप्तत्रिंशत बोधिपाक्षिक यसमा जुनसुकै मार्ग जुनसुकै अवस्थामा पनि उपयोग गर्नुपर्ने कसो हो भने,- ()अनुत्तरवर मार्गमा चतुसमृत्युप्रस्थान, ()मध्यमवर मार्गमा चतुसम्यक्प्रहाण, ()ठूलो उत्तमवर मार्गमा चतुर्ऋद्धिपाद, सम्प्रयोग मार्गको बेला र शिखर दुइटा पञ्चइन्द्रिय, ()सम्प्रयोग? मार्गमा क्षेम र धर्मोत्तम दुबै पञ्चबल, ()दर्शनको मार्गमा सप्तबोध्यङ्ग, ()भावना मार्गमा आर्यअष्टाङ्गिक मार्ग मिलाएर राखिएको छ । यसमा पनि (१)श्रावकको मार्ग र साधन सप्तत्रिंशत, (२) प्रत्येकको मार्ग र साधन सप्तत्रिंशत, (३)महायानको सप्तत्रिंशतबोधिपाक्षिका मिलाइ राखेको छ । महायानमा पनि पारमितायान र साधन सप्तत्रिंशत अनुत्तर मन्त्रमार्गमा मिलाइ राखेको छ । यो यति निपुर्ण भइ समर्थन गरेमा भूमिमार्गफल समेत सम्पूर्ण यसमा संग्रहित भएको लेख्न अशक्त भएँ ।
यस्तो नामसङ्गीति तन्त्र सबै प्रवचन(हरू)को गर्भमा भैराखेको धर्मको भण्डार हो । अत: यस तन्त्र पढनेवालाले भट्टारक मञ्जुघोषलाई संबेगपूर्वक प्रार्थना गरी मार्गको अङ्ग परिपूर्ण गर्नको लागि जति सकिन्छ त्यति वास्ता राख्न सक्षम होस ।
दोस्रो – पारंगत भएको मार्गबाट फलजगतलाई कार्यमा प्रयोग गर्ने क्रम द्वारा स्तोत्र गरिएको,-
सर्वसत्व महासंगो, नि:संगो गगनोपम: ।।
सर्वसत्व मनोजात:, सर्वसत्व मनोजव: ।।११।।
सर्वसत्वेन्द्रियार्थज्ञ:, सर्वसत्व मनोहर: ।।
पञ्चस्कन्धार्थतत्वज्ञ:, पंचस्कन्धविशुद्धधृक् ।।१२।।
अर्थ – भट्टारक मञ्जुघोषले धर्मको काय प्राप्त गरी शान्ति (समथ)धात्वीमा नबसी आकाश व्यापिक सकल “सर्वसत्व” प्राणिहरुलाई अत्यन्त स्नेह (“महासंगो”) राख्नुभई, आफ्नो एक्लो छोरालाई कृपादृष्टि राखेको समानको महाकरुणा सहितको चित्त अस्वच्छन्द पूर्वक राखि, प्राणीका कारणबाट कहिले पनि असमर्थ नभई प्रवेश भई आउनुभयो । यो क्रमलाई “सतपञ्चसिका स्तुति”मा, “यी लोकहरु सकललाई फरक (अर्थात् पक्षपात) नगरी क्लेश बन्धनमा परेका (सबै)लाई हजूरले क्लेशमुक्त गर्नुभई चीरकालतक(तत्कालै ताकालं?) अनुकम्पा गर्नुहोस् । प्रथम हजूरलाई (जसले) नमस्कार गर्दछ, अथवा जसले प्रदक्षिणा गर्दछ, हजूर असलक्षल? जानेका ताकालं? यसप्रकारबाट आउनुभई महाकरुणा राखिदिनुहोस्” भनि स्तोत्र गरिराखेको जस्तै यसरी सकल प्राणिहरुलाई एकसमानको कृपा राख्ने अधिकार भएको भएता पनि चित्त धर्मधात्वीमा सदा नै समाहित गरिराखेको हुनाले गगन समानको केहिमा पनि लिप्त छैन (“नि:संगो गगनोपम:”) । यस गाथापद दुईटाबाट बुद्धको गुण असाधारणको देखाइराखेको हो, अर्थात् चित्त धर्मधात्वीमा एकाग्र गरी समाहित गरी महाकरुणा राखि सकल प्राणीको कारण गरी आउनुभएको उहाँ बुद्धको नै गुण हो । यस्तो (बुद्धगुण) जुन गुणीहरूसंग पनि भएको हुँदैन । यस प्रकारले भट्टारक मञ्जुघोष अभिसम्बुद्ध हुनुभएर महाकरुणासंग परिचित भई आकाशव्यापि भैरहेका सकल प्राणिहरुको चित्त(लाई) आआफ्नो भाग्य अनुसारको कर्ममा आवेश गराई (“सर्वसत्व मनोजात:, सर्वसत्व मनोजव”) आउनुभएको, यसमा क्षणिक मात्र पनि निर्भिकता अनाशक्त नछोडी बसे आकाशव्यापिक सकल प्राणिहरुलाई आआफ्नो चिन्तना अनुसारले चाँडै प्रवेश हुनेछ । किन्तु आकाशव्यापिक प्राणिहरुको इन्द्रिय र धातु चिन्तना अनुसय यथार्थ भैरहेको(दयाच्वंगु?) कारण प्रत्यक्षरूपमा जानिलिई आआफ्नो सौभाग्य संग मिल्नेगरी निर्माण भई सकल प्राणीहरूको चित्त प्रतीत गरी आउनुभयो (“सर्वसत्वेन्द्रियार्थज्ञ:, सर्वसत्व मनोहर:” ।) पहिला शुरुमा चित्त नै प्रतीत गरी श्रद्धाको भूमिमा राखि एकधारमा(कथनं?) धर्म बताई, धातु शोधन गरी, यी पाँचओटा स्कन्धहरू (१.रूपस्कन्ध, २.वेदनास्कन्ध, ३.संज्ञास्कन्ध, ४.संस्कारस्कन्ध, र ५.विज्ञानस्कन्ध)का कारण अनात्माको तत्व हो, भनि सिकाईदिई (“पञ्चस्कन्धार्थतत्वज्ञ:”) तथापि उपायले परिग्रहण गरी अनुभव गरी यी पाँचओटा स्कन्धहरू? (१.शीलस्कन्ध, २.समाधिस्कन्ध, ३.प्रज्ञास्कन्ध, ४.विमुक्तिस्कन्ध, ५.विमुक्तिज्ञान अवलोकनस्कन्ध)लाई विशुद्धिपूर्वक पारङ्गत गर्नुभयो (“पंचस्कन्धविशुद्धधृक्”?) । तथा पुन: अनुत्तर मन्त्रमार्गमा बसेकाहरु लाई दुइटा क्रमको उपदेश दिई पञ्चस्कन्ध विशुद्ध, पञ्चज्ञानको स्वआलोक (पञ्चबुद्ध) पञ्चज्ञानजिन प्रकट गरी बुद्ध गराइदिनु भयो । जगतको कारणको लागि यस्तो चरित्र गरी आउनु भएको तथा स्वयं भट्टारक मञ्जुघोषको सुहृदयबाट यस प्रकारले धारण गरिआउनु भएको भनि प्रख्यात गरिराखिएको छ । यति तन्त्रगाथामा जगतलाई बुद्धको कर्म(कार्य) प्रवेशको क्रम विस्तार देखाई प्रथम प्राणिहरू दुर्गतिबाट उतारी सुगतिलोकमा पठाउँदै अन्त्यमा अप्रतिष्ठितनिर्वाण जाने सम्म नीन्हेगु(सन्तानब्बे?) कर्म (भरोसा) द्वारा प्राणिका कारण गरी आउनुभएको सबै यस तन्त्रगाथामा अर्थमा मिलिराखेको छ । अतएव भट्टारक मञ्जुघोषलाई बुद्धको कर्मद्वारा प्रख्यात गरिराखिएको छ ।
तेस्रो – विरक्त हुने (विराग)क्रमको प्रारम्भ गरी स्तोत्र गरिएको । तीनओटा –
१. विरक्त हुने मार्गलाई चिन्ही जुनमार्गबाट पारंगत हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको।
२. तीनओटा कुलिकको विरक्त हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको।
३. अन्तिममा एकयानमा सिद्ध हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको।
पहिलो- विरक्त हुने मार्गलाई चिन्ही त्यसबाट पारंगत हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको-
सर्व निर्यान कोटिस्थ:, सर्व निर्यान कोविद: ।।
सर्व निर्यान मार्गस्थ:, सर्व निर्यान देशक: ।।१३।।
अर्थ – भट्टारक मञ्जुघोषले (निर्यान) विरक्ति मार्गमा पारङ्गत भई आउनु भयो । यसमा (गुगु?) (१) विरक्तमा के छ, (२) कस्तो कसरी भएको हो, र (३) कहाँ रहेको छ, भन्ने यी तीनओटा प्रथम गाथापद कहाँबाट(गनंदुगु) भैआएको हो भन्ने क्रम देखाएको हो । भट्टारक मञ्जुघोषले संसार पर्यन्त भएको अपमान (प्रयश्चित्त)लाई यथार्थमा देखी, त्यसको विरक्तिमा पारङ्गत भई, संसारको बीजलाई जरा देखि नै छोडनमा पारंगतता प्राप्त गरी, आफूलाई सुखकामना गरी अन्त्यमा शान्ति?मा पुग्ने अपमान?लाई स्पष्टरूपमा (भिन्नकं?) देखी, शान्तिको अन्त्य छोडी?, छोडन पर्ने जति सबै छोडि सकिएको अप्रतिष्ठतनिर्वाण प्राप्त गरी, अन्तत: प्रज्ञप्तिको? स्थित दृष्टिलाई आवरण गराउने दुइटा वितर्कहरूको दोषलाई यथार्थमा देखी, ती दुइटा वितर्कहरू लाई वासना सहित छोडने (क्षय गर्ने) मा पारङ्गत भई, अन्तिमको कारण भएको धर्मको काय प्राप्त गरी, त्यस धर्मको कायमा कहिले पनि परिवर्तन नभई स्थीर भै रहनु भएका “सर्व निर्यान कोटिस्थ:” हुनुहुन्छ, भनि प्रख्यात गरि राखिएको छ ।
भट्टारक मञ्जुघोषले मार्गको मर्म अन्तत: सबै जानिलिएको क्रम देखाई, कामको प्राचित(?) लाई जानी, यस जन्ममा मन विरक्त गरी, दुर्गतिमा जन्म लिनपर्ने बाट मुक्त भई, सुगतिको समृद्धि प्राप्ति गर्ने उपाय क्रम सबै जानेको र भवको अन्त्यको अपमानबाट विरक्त भई, मोक्ष प्राप्त गर्ने उपायक्रम सबै जानिलिई, र भव तथा शान्ति दुइटाको पनि अन्त्य नाघि गई, अन्तिमको विरक्त सर्वज्ञ साधना(सँधन?)गर्ने उपायक्रम सबै नै जानेको “सर्व निर्यान कोविद:” भनि प्रख्यात गरिराखेको हो ।
“सर्वनिर्यान मार्गस्थ” भनेको भट्टारक मञ्जुघोषले चित्तोत्पत्ति गरी आउनुभए देखि नै असलक्षलया?को सबै सन्ततिलाई छोडी, सबै गुणहरुका सन्तति बटुलि, (१)अधम पुरुष र साधनको(शाधानया?) विरक्तबाट चोदित गरी, अभिबृद्धि साधन गर्ने मार्ग अनुभव गरी, त्यसमा प्रतिस्थित भई, त्यसमा पारङ्गत हुनुभयो । (२)मध्यम पुरुष र साधनाको मार्ग(को) विरक्तिसंग परिचित भई मुक्ति प्राप्त गर्ने उपायमार्ग त्रिशिक्षामा प्रतिस्थित भई त्यसमा पारङ्गत हुनभयो । (३)महायानको विरक्तिबाट परिचित भई, सर्वज्ञ साधना गर्ने मार्गमा बसी, त्यसमा पारङ्गत हुनुभयो । (४)अनुत्तर मन्त्रमार्गको विरक्तिसंग परिचित भई, यवक (वज्रधर) साधन गर्ने मार्गमा बसी, त्यसमा पारङ्गत हुनुभयो । भनेर प्रख्यात गरिराखिएको छ ।
“सर्वनिर्यान देशक” भनेको भट्टारक मञ्जुघोषले (सकल)मार्गहरूको रहस्य सम्पूर्णलाई चित्तले अनुभव गर्नुपर्ने जति सबै गरी, पारङ्गत भई, धर्मकाय प्राप्त गरी, आकाशव्यापि प्राणिहरूलाई आफू जुन विरक्तमार्ग(बाट) गएको हो त्यस मार्गको उपाय क्रम सकल निर्देश गरी आउनुभयो, भनि प्रख्यात गरिराखिएको छ । यस गाथा द्वारा परम भट्टारक मञ्जुघोषलाई स्तोत्र गरी, जगतको कारण लाई अनुभव(चर्या) गरेको सम्पूर्ण भएको एउटा(क्रम?) देखाइराखेको हो । प्रथम शैक्षमार्गको अवस्थामा जे जसलाई प्राप्त गर्नुपर्ने हो त्यसलाई जानीलिई, अन्तिमको फलमा आलम्बन गरी देख्नुपर्ने आवश्यकता लाइ प्रथमको गाथापदबाट देखाइएको हो । (दोस्रोमा?) यहाँ देखि विद्वान कल्याणमित्रहरूको सेवा गरी, जे जे कुराको (गुगु?) अनुभव गरी लिएर जानुपर्ने (हो, ती) सबै धर्मलाई श्रुत चिन्तनको पक्षगत छगूमा: (गर्नु पर्दछ?, एउटा बोट?) भनिएको गाथापद दुइटा(दोस्रो?) बाट देखाइराखेको हो । फेरि यथार्थ नियत भएजस्तै मार्गको रहस्य पूर्ण हुनेगरी अनुभव गर्नु पर्दछ, भनेर स्वत्वागु (तेस्रो?) गाथापदबाट भनिएको हो । मार्गमा रहेको अनुभव(लाई) पारङ्गत गरी जगतलाई अनुगृहित गराई लिएर जाने क्रम चौथो गाथापदले देखाएको हो ।
दोस्रो? – तीनओटा कुलिकको विरक्त हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको । तीनओटा-
१. प्रत्येकको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको ।
२. श्रावकको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको ।
३. महायानको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको।
पहिलो- प्रत्येकको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको । दुइटा-
१. प्रतीत्यपाद अनुलोमको क्रम प्रारम्भगरी स्तोत्र गरिएको ।
२. प्रतीत्यपाद पर्यायको क्रम प्रारम्भगरी स्तोत्र गरिएको ।
पहिलो- प्रतीत्यपाद अनुलोमको क्रम प्रारम्भगरी स्तोत्र गरिएको,-
द्वादशाङ्ग भवक्षातो
अर्थ – ….. भनेर भट्टारक मञ्जुघोषले द्वदशाङ्ग प्रतीत्यसमुत्पाद द्वारा त्रिभवमा घुमाई राख्ने (कुराको) क्रमगाथा, जसलाई जानी सीकी, भवको जरा भएको अविद्यालाई जरा देखि नै उखेली, भव संसारबाट तरेर जाने मुक्तिमार्ग भएको पद प्राप्त गरी आउनुभएका हुनुहुन्छ, भनि प्रत्येक शाधान?को मार्ग(बाट) प्रख्यात गरिराखिएको छ ।
यसमा द्वादश प्रतीत्यसमुत्पाद भनेको के हो भने, – (१) अविद्या, (२) संस्कार, (३) विज्ञान, (४) नामरूप, (५) षड् आयतन, (६) स्पर्श, (७) वेदना, (८) तृष्णा, (९) उपादान, (१०) भव, (११) जन्म, (१२) जरामरण, समेत बाह्रओटा (अङ्गहरु) हुन् । यी द्वादशाङ्गको अनुलोम (नीति) भएको क्रम के हो भने,-
(१) अविद्याको प्रत्ययबाट संस्कार हुन्छ,
(२) संस्कारको प्रत्ययबाट विज्ञान हुन्छ,
(३) विज्ञानको प्रत्ययबाट नामरूप हुन्छ,
(४) नामरूपको प्रत्ययबाट षडायतन हुन्छ,
(५) षड् आयतनको प्रत्ययबाट स्पर्श हुन्छ,
(६) स्पर्शको प्रत्ययबाट वेदना हुन्छ,
(७) वेदनाको प्रत्ययबाट तृष्णा हुन्छ,
(८) तृष्णाको प्रत्ययबाट उपादान हुन्छ,
(९) उपादानको प्रत्ययबाट भव हुन्छ,
(१०) भवको प्रत्ययबाट जन्म हुन्छ,
(११)जन्मको प्रत्ययबाट जरामरण हुन्छ, र
(१२) जरामरणको प्रत्ययबाट अविद्या हुन्छ ।
यी द्वादशाङ्ग(को चक्र) लाई खण्डित गर्नुको लगि हेतु फल वर्णन गरेको एउटा र निर्माण गर्ने हेतु फल वर्णन गरेको अर्को समेत दुइटा मात्र छन् ??। हेतु फल दुईओटा भएको, यो आफ से आफ बनिएको भएको होईन, युक्तिबाट भएको हो । खन्डित गर्नको लागि जे आक्षेप गरिन्छ, त्यही कर्ता बनि फलको दु:ख सम्भोग गरी फेरि उत्पत्ति हुने दु:खको बीऊ बटुली यस त्रिधातुको चक्रमा क्षणिक पनि विश्राम नगरी घुमिराखि अपायदु:ख भोग गराइ राखेको हो । यो संसारबाट मुक्त हुनको लागि भवको मूल जरालाई चिन्हि त्यसलाई प्रतिपक्ष बनाई छोडन सकेको हुनुपर्दछ । यसमा “भवक्षातो” भनेर भवको जरा नै उखाली फाल्नु पर्दछ भनिराखिएको हो । यसमा पहिले आएका विद्वानहरुले भवको जरा जगतलाई देखाइदेऊ भनेर भनिराखेको, भनेर अक्षरको अर्थ गरिराखिएको छ । “भवक्षातो” भनेर भवलाई मूलसम्म छेदन गर्ने अर्थमा बताइएको छ । भवक्षातो भनेको अक्षर र धर्म बताई दिनुहोस् भनेको लाइ दुइटा अक्षर प्राप्ति त्यस्तो नभएको लाई राम्ररी नै खोलेको छ? । यसरी प्रत्येकको कुलिक र शाधानमा? मिलाइ राखिएको छ । प्रत्येकको कुलहरूका द्वादशाङ्ग प्रतीत्यसमुत्पादको क्रम गरी प्रत्येकबोधि साक्षात्कार गर्ने अवस्थाम पनि आचार्य नचाहिने गरी प्रतीत्यसमुत्पाद भएको क्रम राम्ररी विचार गरी संसार बन्धनबाट मुक्त हुने विमुक्ति प्रत्यक्ष गर्दछ, भनि आज्ञा गरिराखेको छ ।
दोस्रो – प्रतीत्यपाद पर्यायको क्रम प्रारम्भगरी स्तोत्र गरिएको,-
द्वादशाकार शुद्धधृक्।।
अर्थ – अविद्या देखि जरामरण सम्मको द्वादशाङ्ग प्रतीत्यसमुत्पाद (लाई) अनुलोम (निति) र पर्यायको क्रम राम्ररी बिचार गरी, भवको जरा भएको ममकार अविद्या गुरुमुष्ठिबाट नाघिगएको स्थितसंकल्पको दृष्टि उत्पत्ति गरी, भावना गरी, भवको द्वादशाङ्ग प्रतीत्यसमुत्पाद विशुद्धको मोचन मुक्तको भएको पद चित्तमा धारण गरी आउनुभएका भनेर भट्टारक मञ्जुघोषलाई प्रख्यात गरिराखिएको छ ।
द्वादशाङ्ग प्रतीत्यसमुत्पाद पर्यायको क्रम भनेको के हो भने,- जे जसरी (पनि?)बाट निरोध हुने(गर्नुपर्ने?) हो, (ती) जरा मरण शोक परिदेवना हुने आदि दु:खका महास्कन्ध हुन् । यो निरोध होस् भनेर विशेष ध्यान दिएर(भालपा?) विचार गरी, संसारमा कर्मक्लेशको जन्म गराउने यीनिहरु निरोध भयो भने जरामरण आदि जति दु:खका स्कन्ध हुन् ती पनि निरोध भैजाने हुन्छ । जुन निरोध भएपछि, (अर्थात्) जस्तै जन्म निरोध भयो भने भवमा जन्म लिनुपर्ने गराउने कर्म पनि निरोध भईजाने हुन्छ । शक्तिशाली भैराखेको भव निरोध भयो भने, जन्मको निरोध देखि क्रमानुसार निरोध हुदै हुँदै अविद्या निरोध भएबाट संस्कार समेत निरोध हुनजाने हुन्छ, भनेर जानीलिनु पर्दछ । यस गाथापदलाई यस अघिका विद्वानहरूले अनेक तरीकाबट बताइराख्नु भएको छ । कुनै विद्वानले ग्रहण गर्ने छओटा र धारण गर्ने छओटा गरी बाह्रओटा गरी बताई राखेको छ । कसैले बाह्य बाह्र राशी(लाई बताएको छ, भने कसैले) अभ्यन्तरमा चलखेल गरिराखेको (ख्यलो चलो) बाह्रओटा वायुलाई (बताई राखेको छ) । कसैले महा-उल्कान्ति(उत्क्रान्ति?) बाह्रओटा लाई (बताई राखेको छ) । (कसैले) पवित्र भएको अपरिवर्तनीय भएको सुखको भाग?बाट बताइएको गरी समेत अनेक छन् ।
दोस्रो – श्रावकको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको । चारओटा –
१. चार प्रकारको सत्य द्वारा स्तोत्र गरिएको ।
२. अष्टज्ञान द्वारा स्तोत्र गरिएको ।
३. बाह्रओटा सत्यार्थ द्वारा स्तोत्र गरिएको ।
४. षोडशङ्कारतत्व द्वारा स्तोत्र गरिएको ।
पहिलो- चार प्रकारको सत्य द्वारा स्तोत्र गरिएको,-
चतुर्सत्यो नयाकार (निराकार??)
अर्थ – यसमा “चतुर्सत्यो” अर्थात् चाओटा दु:खसत्यहरु भनेको के के हो भने, (१) दु:खसत्य, (२) समुदयसत्य, (३) निरोधसत्य, र (४) मार्गसत्य समेत चारओटा सत्यहरु हुन् । भट्टारक मञ्जुघोषले यी चारओटा सत्यहरूलाई पक्रिने र छोडने क्रमलाई जानीलिई, यी चारओटाको आकारहरू इत्यादि सोह्रओटा संकल्पको मार्गभावना गरी, र त्यसमा पारङ्गत भई आउनुभएका पनि प्रख्यात गरिराखिएको छ । यो श्रावक कुलको साधनामा (शाधाने?) मिलाएको हो । श्रावक कुलका लाई यी चारओटा सत्यहरुलाई पक्रिने र छोडने भावना लाई नै मूल गरी शुरुमा समूह संसार र दु:खको भेद सम्झाई, विरक्ति उत्पन्न गराई, त्यसपछि संसारको बीजरूपमा भएको समुदयलाई चिन्ही, त्यसलाई जरा देखि नै रोकिदिई, निरोधसत्य (भनेको) मुक्त भएको अवस्थालाई देखी, त्यसपछि मुक्ति प्रप्त गर्नको लागि त्रिशिक्षामा शिक्षित गराइ लग्दछ । यस चतुःसत्यको क्रमलाई निर्णय हुने गरी सिक्नको लागि यी चारैओटाको अनुक्रम र गणित प्रतिस्वभाव सबै जानीलिनु पर्दछ । बुद्धि र पराक्रमीका लागि महारथ गराउने ग्रन्थादि हरू तथा विशिष्ट गराउने त्रिभुवनको एक प्रदीप बोधिमार्गको क्रम छोटकारी र विस्तृतरूपमा (दुइटैबाट) सिकीलिनु होला ।
(झ्याछुब ल्हामरम् छेछुं)??
दोस्रो – अष्टज्ञान द्वारा स्तोत्र गरिएको,-
अष्टज्ञान अववोधधृक्।।१४।।
अर्थ – यस अष्टज्ञानमा बताउने पर्ने कुरा अनेक तरीकाले धेरै बताइएको छ ।
(१) कसैले ज्ञान क्षान्ति सोह्र ओटा लाई आठओटा ज्ञानगरी बताइको छ ।
(२) कसैले चारओटा सत्यलाई धर्मजञान र अनुजञाज्ञाना बिभाजित गरि आठओटा गरेका छन,- (१) दु:ख धर्मज्ञान, (२) दुख: अनुज्ञा ज्ञान, (३) समुदय धर्मज्ञान, (४) समुदय अनुज्ञा ज्ञान, (५) निरोध धर्मज्ञान, (६) निरोध अनुज्ञा ज्ञान, (७) मार्ग धर्मज्ञान, र (८) मार्ग अनुज्ञा ज्ञान समेत आठओटा बताएका छन् ।
(३) कसैले (१) धर्मज्ञान, (२) अनुज्ञा ज्ञान, (३) दु:ख ज्ञान, (४) समुदय, (५) निरोध ज्ञान, (६) मार्ग ज्ञान, (७) क्षय ज्ञान, र (८) अनुत्पन्न ज्ञान गरी आठओटा भनेका छन् ।
(४) फेरि कसैले सूत्रालङ्कार र उत्तरभूमिमा बताइएको जस्तो परिज्ञान आठओटा लाई बताएको छ । अष्टपरिज्ञान भनेको के के भने, (१) अनालम्बन परिज्ञान, (२) प्रतिहार परिज्ञान, (३) प्रतिपक्ष परिज्ञान, (४) लक्षण परिज्ञान, (५) भावना परिज्ञान, (६) आलोक परिज्ञान, (७) स्थानत्व परिज्ञान, र (८) क्षेत्र परिशोधनज्ञान, समेत आठओटा ।
यीनिहरुका हरेकका एकएक ओटाका अर्थहरू सबै अत्यन्त महानतामा रहेको छ । बुद्धिवानहरूले “अधिधर्म ग्रन्थ” र “सूत्रलङ्कार उत्तरभूमि” इत्यादि हेरि सीकिलिनु पर्दछ । यीनिहरुलाई भाविता गरिलिनु पर्दछ । भट्टारक मञ्जुघोषलाई यस्तो जस्तो गहन मार्गको रहस्य सबै जानीलिई, अवबोधन गरी, हृदयमा धारण गरिलिनु भएका हुनुहुन्छ, भनेर प्रख्यात गरिराखिएको हो ।
तेस्रो – बाह्रओटा सत्यार्थ द्वारा स्तोत्र गरिएको,-
द्वादशाकार सत्यार्थ:
अर्थ – यसमा पनि विद्वानहरूले बताएको तरीकामा धेरै फरक भएता पनि “विनय व्याकरण”मा बताएको जस्तै चारओटा सत्यको अर्थ तीन पटक गरी बाह्र प्रकारबाट मिलाएर बताइराखेको छ । यी चारओटा सत्यलाई तीनपटक गरिएको शास्ता अभिसम्बुद्ध हुनुभए पछि वाराणशीमा प्रथम चतुरार्यसत्यको धर्मचक्र प्रवर्तन गर्नुभएको अवस्थामा प्रथम चतुरार्यसत्यको परिग्रहण गर्नु भई, “हे भिक्षुहरु हो ! यी चार आर्यसत्यहरू के के हुन् भने, (१) दु:ख, (२) दु:ख समुदय, (३) दु:ख निरोध, (४) दु:खनिरोधगामिनी मार्ग हुन्”, भनि संक्षिप्तमा बताई यी चारै ओटा (दु:ख, समुदय, निरोध, तथा मार्ग)सत्यहरू सबै एक-एक ओटामा निपुर्ण भई परिग्रहण गराउनुभयो । फेरि यहाँ बाट, “(५) दु:ख सम्पूर्ण जान, (६) समुदय सम्पूर्ण छोड, (७) निरोधलाई प्रत्यक्ष गर, (८) मार्ग भावना गर्नु” भनि संक्षिप्तमा बताउनु भयो । तत्पश्चात् पुनः यी चारओटा लाई पनि एक-एक ओटा लाई विस्तृतरूपमा बताई, “(९) दु:ख सम्पूर्ण जानियो, (१०) समुदय छोडियो, (११) निरोध प्रत्यक्ष गरियो, (१२) मार्ग भावना गरियो” भनि संक्षिप्तमा बताउनु भयो । यसरी एक-एक ओटाको विस्तारपूर्वक बताउनु भई तथा यसरी चारओटा सत्यलाई तीन पटक गरी बाह्र प्रकारबाट भिन्न(विभाग) (द्वादशांकार”) गरी धर्मचक्र प्रवर्तन गर्नुभएको जस्तै भट्टारक मञ्जुघोषले पनि भाग्य सम्पन्नवाला लाई चार सत्यको अर्थ (“सत्यार्थ”) बाह्र प्रकारले संयुक्त भएको धर्मचक्र प्रवर्तन गरी आउनुभयो, भनि प्रख्यात गरि राखिएको हो ।
चौथो – षोडशङ्कारतत्व द्वारा स्तोत्र गरिएको ।
षोडशाकार तत्ववित्।।
अर्थ – यसमा पनि धेरै प्रकाले व्याख्या गरिराखिएको स्थिति छ । कसैले चतुरार्यसत्यलाई सोह्र प्रकारले (विभागगरी) बताएको छ । कसैले यसलाई गुप्तअर्थमा चतुरानन्दको दृष्टिभेदबाट सोह्रओटा गरी बताएको छ । यसमा चतुरार्यसत्यलाई सोह्र प्रकार गरेको कसरी हो भने,
दु:खलाई (१) अनित्य, (२) दु:ख, (३) शून्य, (४) अनात्मा, गरी चारओटा ।
समुदयलाई (५) समुदय, (६) हेतु, (७) प्रत्यय, (८) प्रपूत, गरी चारओटा ।
निरोधलाई (९) निरोध, (१०) क्षान्ति, (११) प्रण्डित, (१२) विरक्त, गरी चारओटा ।
मार्गलाई (१३) मार्ग, (१४) विद्या, (१५) शाधन, र (१६) निर्यानिक, गरी चारओटा । जम्मा सोह्र ओटा ।
षोडशशून्यता भनेको के के हुन् भने, (१) अध्यात्मशून्यता, (२) बहिर्धाशून्यता, (३) अध्यात्मबहिर्धाशून्यता, (४) शून्यताशून्यता, (५) महाशून्यता, (६) परमार्थशून्यता, (७) संस्कारशून्यता, (८) असंस्कारशून्यता, (९) अत्यन्तशून्यता, (१०) अनादिअनन्तशून्यता, (११) अनवकारशून्यता, (१२) स्वयंशून्यता, (१३) सर्वधर्मशून्यता, (१४) स्वलक्षणशून्यता, (१५) अनालम्बशून्यता, (१६) अभावस्वभावशून्यता, समेत सोह्रओटा ।
यीनिहरूको एक-एकओटाको छुट्टाछुट्टै भाव देखाई लेख्न धेरै लेखिनु पर्ने भएको हुनाले अस्फरण गरी बुद्धिवान र महापराक्रमीहरूले सोह्रप्रकारको चतुर्सत्यलाई “अभिधान”, “प्रमाणविवरण”, “अभिसमयालङ्कार” आदि हेरि सीकि लिनुहोला । यहाँ खाली भावमात्र देखाएको छु । भट्टारक मञ्जुघोषले सर्वधर्मको स्थित पर्यन्तको षोडशाकार भएको तत्वलाई विदित गरेको, साक्षात्कार गरी देखेको र धर्मलाई यथार्थ देखेको जस्तै आकाश व्यापि भै बसेका भाग्यवन्त जगत प्रजाहरूलाई पनि महान पूर्वक सम्बधोन गरी आउनु भयो, भनि प्रख्यात गरिराखिएको हो ।
तेस्रो – महायानको कुलिक र साधनको विरक्त भएको लागि क्रम प्रारम्भगरी स्तोत्र गरिएको।
बिंशत्याकार संबोधि, विश(वु)द्ध: सर्ववित्पर: ।।१५।।
अशे(मेय) बुद्ध निर्माण:, कायकोटि विभावक: ।।
सर्वक्षणाभिसमय:, सर्वचित्त क्षणार्थवित् ।।१६।।
अर्थ – भट्टारक मञ्जुघोषले “विंशत्याकार”बाट अनुत्तराय सम्यक्सम्बोधि प्राप्त गर्नुभएको हो, भनि पहिलो गाथाचरणबाट प्रख्यात गराइराखिएको छ । यस्तो विंशत्याकारको भावना लाई विद्वानहरुले अनेक किसिमले व्याख्याको क्रम गरी देखाइराखेको भएतापनि कालचक्रको अनुसार यस्तो बताइएको छ, – पञ्चइन्द्रिय, पञ्चविषय, पञ्चकर्मेन्द्रिय, र पञ्चकृतकर्मेन्द्रिय गरी बीसओटा । यो उपायकौशल्यको मार्ग अभ्यास गरी, विशुद्ध अनावरण हुने विंशति आकार अभिसम्बोधि (भई) तथा कालचक्रको अभिषेक दिने अवस्थामा यस्तो विस्तारमा गरिएको छ, जस्तै,-
पञ्चइन्द्रिय (१) चक्षुइन्द्रिय, (२) श्रोतइन्द्रिय, (३) घ्राणइन्द्रिय, (४) जिह्वाइन्द्रिय, र (५) कायइन्द्रिय, समेत पाँचओटा ।
पञ्चविषय (६) रूप, (७) शब्द, (८) गन्ध, (९) रस, र (१०) स्पर्श, समेत पाँचओटा ।
पञ्चकर्मेन्द्रिय (११) गन्धजलेन्द्रिय, (१२) मुखइन्द्रिय, (१३) हस्तइन्द्रिय, (१४) पादइन्द्रिय, र (१५) विष्ठाइन्द्रिय, समेत पाँचओटा ।
पञ्चकृतेन्द्रिय (१६) शुक्लवंक्रान्तिकृतेन्द्रिय, (१७) विष्टअपहृतकृतेन्द्रिय, (१८) गमनकृतेन्द्रिय, (१९) प्रतिग्रहकृतेन्द्रिय, र (२०) वचनकृतेन्द्रिय, समेत पाँचओटा । जम्मा बिसओटा ।
यीनिहरुको क्रम निपुर्ण हुने गरी जान्ने सीक्ने इच्छा भए कालचक्रतन्त्रको टीका ‘विमलप्रभा’ र यसको पनि टीकामा बताइराखिएको महाटीका, ‘तत्वआलोक’मा देखाइराखेको छ, त्यसबाट हेरि जानीसिक्नु होला ।
“विबुद्ध सत्ववित्पर” भनेको भट्टारक मञ्जुघोषले महायान शाधान अशाधान अनुत्तर वज्रयान मार्गबाट बुद्धको भूमिमा जाने मार्गहरू सबै जानी सिकि आउनुभई, (त्यस) जानेको अनुसारले भाग्य सम्पन्नवाला लाई सम्बोधन गर्नुभयो, भनेको हो ।
महायानको साधनद्वारा (शाधानं?) बुद्धको भूमिमा जाने आकार कसो हो भने, – “अभिसमयालङ्कार”मा सर्वाकार अभिसम्बुद्ध हुनुभएको क्रम देखाउनको लागि पूर्ण आकार सम्प्रयोग गर, भनेर भनिराखिएको छ । तीनओटा मार्गहरुको विद्यालाई सर्वाङ्ग समग्र गरी बोधिचित्त र माध्यात्मिका दृष्टि यौतुक भावना गर्ने क्रमलाइ विस्तारमा आज्ञा गरिराखिएको जस्तै हो ।
अशाधान? अनुत्तर वज्रयानको बुद्ध हुन जाने मार्ग कस्तो हो भने विशुद्धपूर्वक अभिषेक प्राप्त गरी समय र सम्बरलाई पालना गरी (मुख्यरूपमा) संस्थीर भई आदि क्रममा प्रकृत (साधारण) देह शोधन गर्ने, देवको आकार ध्यान गरी मूल गरी, सर्वबुद्ध समागम भएको मण्डलचक्रलाई ध्यानको द्वितीय क्रममा वज्रकायको मर्ममा व्यतित गरी, नाडी-वायु-विन्दु भावना गरेको द्वारा आफ्नो चित्त सकल बुद्ध समागम भएको आत्मा वज्रधर भएको स्वभाव प्रत्यक्ष हुने गरी साधन गर्ने । यो यति अत्यन्त महार्थ भैराखेको सूत्र र मन्त्र दुबै दुवैको मार्गको रहस्य मिलाई राखेको छ ।
“अशेष बुद्धनिर्माण कायकोटि विभावक” भनेको भट्टारक मञ्जुघोषले सकल जिनहरुका एउटा पिता भएको हुनाले आकाशव्यापिक प्रसर भूमिमा बुद्धको निर्माण विभावक गरी आउनुभएको हो । स्वयं भट्टारक मञ्जुघोष भएको कायमा बुद्ध र बोधिसत्त्व यावत् जति छन् ती सर्वप्रकारका निर्माणकायकोटि प्रकाश गरी प्राणिका कारणले गरी आउनुभएको हुनाले भट्टारक मञ्जुघोष सकल बुद्धका निर्माणकाय कायकोटि विनायक भएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
“सर्वक्षणाभिसमय, सर्वचित्त यथार्थवित्“ भनेको भट्टारक मञ्जुघोषले धर्मको काय प्राप्त गरी आउनुभई क्षणिकको भित्रै सबै प्रज्ञप्ति अभिसमय गरी तथा प्रत्यक्षमा देखी आकाश व्यापिक सकल प्रणिहरूका इन्द्रिय तथा चिन्तना अनुसय चित्तको क्षणिक एउटा-एउटा प्रकट भएको हो सवार्थ साक्षात्कार विदित गरी आआफ्ना इन्द्रिय (र) भाग्य अनुसारले निर्माण भई देखाई कारण गरी पाल्नुभयो, भनि प्रख्यात गरिराखिएको छ । यो यति तन्त्रगाथाको निपुर्ण हुने गरी चर्या गर्न जानेमा भट्टारक मैत्री?को अभिसमयालङ्कारमा चतुर्सम्प्रयोग द्वारा बुद्ध भएको भूमिमा जाने मार्गको क्रम आज्ञा भैराखेकोमा, निश्चय पनि प्राप्तहुने भयो । तर चतुर्सम्प्रयोग के के हुन् भने, – (१) आकार सम्प्रयोग, (२) शिखर सम्प्रयोग, (३) अन्तर्गत हुने सम्प्रयोग, र (४) क्षणिक सम्प्रयोग, समेत चारओटा हो । यसमा,-
(१) आकार सम्प्रयोग भनेको के हो भने, अनित्याकार देखि उहाँ सर्वज्ञ तकको मार्ग आकारहरू सकल क्रमश: ध्यान गरी लैजाने तथा संग्रह गरी ध्यान गर्ने सम्प्रयोगबाट महायानको अङ्गले परिपूर्ण भएको ध्यान गर्ने क्रम हो ।
(२) शिखर सम्प्रयोग भनेको के हो भने,- यसरी भावना गरेको द्वारा अनुभव भैआउने क्रम हो ।
(३) अन्तर्गतको सम्प्रयोग भनेको के हो भने,- मार्गको अङ्गहरू सम्पूर्ण भावना गरेको अवस्थामा अनुक्रम त्रुटी नगरीकन अन्तर्गत रही भावना गर्ने र मार्गको अङ्गहरु सबै पुराउपर्ने अर्थ हो । (४) क्षणिक सम्प्रयोग भनेको के हो भने, – जुन प्रकारको भावना गर्दा अन्तिममा संकल्प अन्तर्गत हुनेगरी प्राप्तगरी क्षणिकको भित्रै सबै प्रज्ञप्तिका महत्व विदित गर्ने क्रम हो ।
यस्तो जस्तो मार्गको रहस्य सकल यो यति तन्त्र गाथा भएको अर्थ भैराखेको भएको हुनाले यस नामसङ्गीतितन्त्र सूत्रतन्त्र सबैमध्ये मुख्यको हो, भनि सकल महासिद्धाहरुले अनुकूल पूर्वक प्रख्यात गरिरेकोको हो । अतएव यस तन्त्र पढनेवालाले भट्टारक मञ्जुघोषलाई सम्बेग पूर्वक प्रार्थना गरी यो जस्तो मार्गको अङ्गले परिपूर्ण रहस्य सबै बुखने र स्वभावमा उत्पत्ति हुने कहिलेसम्म हुन सकिएला, भनि प्रतीज्ञा गर्नुपर्दछ ।
तेस्रो – अन्तिममा एकयानमा सिद्ध हुने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको,-
नानायान नयोपाय, जगदर्थ विभावक: ।।
यान त्रितय निर्यात, एकयान फलेस्थित: ।।१७।।
……………………
चौथो – प्रतिपक्ष नरहेको (प्रतिहार (छोडने) प्रतिपक्षको) क्रम प्रारम्भ गरी स्तोत्र गरिएको । चारओटा,-
१. छोडन पर्ने लाई छोडने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको ।
२. छोडन पर्ने दुइटा आवरणलाई छोडन सकेको प्रमाण पर्यन्त देखाई बताइएको द्वारा स्तोत्र गरिएको ।
३. प्राणीहरुलाई बुद्धको कर्ममा प्रवेश गराउने क्रम द्वारा स्तोत्र गरिएको ।
४. संकल्प प्रतिहार प्रारम्भ गरेको क्रम द्वारा स्तोत्र गरिएको ।
पहिलो – छोडन पर्ने लाई छोडने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको । छओटा –
१. छोडन पर्ने कर्मक्लेशलाइ छोडने क्रम द्वारा स्तोत्र गरिएको ।
२. संसारको बीऊ (जरा) क्लेशको दोष(खून) देखाएको द्वारा स्तोत्र गरिएको ।
३. क्लेश अभिग्रहण गरी त्यसलाई छोडिदिने क्रम द्वारा स्तोत्र गरिएको ।
४. दुइटा आवरण छोडन प्रतिपक्ष भावना गर्ने द्वारा स्तोत्र गरिएको ।
५. विकल्प नभए तापनि जगतको कारण गर्ने शक्ति भएको क्रम द्वारा स्तोत्र गरिएको ।
६. दुइटा आवरणलाई यथार्थमा छोडने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको ।
प्रथम – छोडन पर्ने कर्मक्लेशलाइ छोडने क्रम द्वारा स्तोत्र गरिएको ।
क्लेशधातु विशुधात्मा, कर्मधातु क्षयंकर: ।।
अर्थ – भट्टारक मञ्जुघोषले संसारका प्राचित्त(सबै दोष)हरू सबै उत्पत्ति गराउने बिऊ भएको क्लेशधातु सबै लाई जरा देखि नै शुद्ध भएको? ममकारलाई छोडन पारङ्गत भएको भएर संसारमा दु:ख उत्पन्न गराउने कर्मधातु सबै सकाई, जगतका प्राणिहरूका लागि पनि कर्म र क्लेश सबै सकाई, शुदध गर्ने क्रम देखाउनु भयो, भनि प्रख्यात गराइ राखिएको छ । यसबाट क्लेशविशुद्ध भनिएको र कर्मधातु क्षयंकर भनि आज्ञा गरिराखेको गाथा द्वारा बुझनु पर्दछ । क्लेश शुद्ध भए तापनि कर्म एउटा क्षय नभई बाँकी रहेको देखाइराखेको, “विनय व्याकरण”मा क्लेश जरा देखि नै रहित भईसकेका अर्हतहरू पुन: संसारमा जन्म हुन नपर्ने भएमा जुन कायमा जीब कर्मको शेषबाट शरीरमा दु:खहुने बाकि रहेको बताइएको जस्तै हो । ??
दोस्रो – संसारको बीऊ (जरा) क्लेशको दोष(खून) देखाएको द्वारा स्तोत्र गरिएको,-
ओघोदधि संमुत्तीर्णो, योगकान्तार निश्रित: ।।१८।।
अर्थ – भट्टारक मञ्जुघोषले क्लेशरूपी नदी “ओघोनदी”ले संसार सागरमा बगाइ लगेको सर्वत्र दु:खको स्थानबाट तारेर “समुत्तीर्णो” समस्त भएको क्लेश र जुन उत्पत्ति हुने प्राचित(दोष) “योगकान्तार” सबै जरा देखि नै हटाई छोडनु पर्ने सबै पारङ्गत “निश्रित” भई प्राप्त गर्नु भयो, भनि प्रख्यात गरिराखिएको छ । क्लेश सबैलाई नदी भनेर भनिराखिएको “सूत्रपिटक” र त्यसको “अधिश्रय टीका महारथ” भएको धेरै नै ग्रन्थहरूमा बताइ राखिएको छ । यसको प्रामाणिक पनि सर्वक्लेशले शरीर र म (परिवेदे?) संकष्ट गरी इहत्र र परत्रको सुख सुभिक्ष सकल लाई हरण गरिदिने, फेरि परत्रको भवमा बगाई लग्ने हुनाले नदी भनि भनिराखिएको हो ।
“अभिसंविचित्र”मा चारओटा ग्रन्थि, तीनओटा परिवेद, चारओटा नदि बताइएको छ । ती के के हुन् भने३ ,-
चारओटा ग्रन्थिहरु- (१) अविद्या, (२) व्यापाद, (३) शीलब्रत पक्षपाति(परामर्श?), र (४) कुदृष्टि पक्षपाति ।
तीनओटा परिवेद- (१) राग परिवेद, (२) द्वेष परिवेद, र (३) मोह परिवेद ।
चारओटा नदी- (१) काम नदी, (२) भव नदी, (३) अविद्या नदि, र (४) दृष्टिको नदी ।
यसरी नै आचार्य मञ्जुश्रीकीर्तिले नदीबाट उत्तीर्ण भएको भनेको नदी यही कामनदी, भवनदी, अविद्यानदी, दृष्टिनदीलाई बताएको एउटै हो ।
तेस्रो – क्लेश अभिग्रहण गरी त्यसलाई छोडिदिने क्रम द्वारा स्तोत्र गरिएको,-
क्लेशोपक्लेश संक्लेश:, सुप्रहीन सवासन: ।।
अर्थ – भट्टारक मञ्जुघोषले मूल भएको छओटा क्लेश र उपक्लेश बीसओटा समस्त लाई वासना समेत केहि बाकी नरहने गरी छोडी धर्मकाय प्राप्त गर्नुभयो भनि प्रख्यात गरिराखिएको हो । यसमा मूल भएको क्लेश के के हुन् भने , – (१) राग, (२) द्वेष, (३) अभिमान, (४) अविद्या, (५) शंका, र (६) दृष्टि समेत छओटा ।
उपक्लेश बीसओटा के के हुन् भने, – (१) क्रोढी, (२) व्यारोसना (हेला गर्ने), (३) गुप्ति(च्यूता:), (४) उपद्राहा, (५) ईर्ष्या, (६) कपटि, (७) ठग, (८) लुच्चा, (९) मोटा? हुने, (१०) दीक्क गराउने, (११) लाज न भएको (१२) शरम नभएको, (१३) ध्वाढ? भएर रहनु, (१४) हाँस्तै हिँड्नु, (१५) अश्रद्धा गर्नु, (१६) अल्सी, (१७) प्रमाद, (१८) निन्दाचर्चा गर्नु (१९) छेँउ टुप्पा नभएको कुरा गर्ने (असंप्रजन्य), (२०) भुलक्कड भइ रहनु, समेत बीसओटा ।
चौथो – दुइटा आवरण छोडन प्रतिपक्ष भावना गर्ने द्वारा स्तोत्र गरिएको,-
प्रज्ञोपाय महाकरुणा,
अर्थ – संसारको बीऊ भएको क्लेशरहित हुने प्रतिपक्ष के हो भने, – सर्वधर्ममा स्थित संकल्प गर्ने प्रज्ञा हो; तर यो एउटाले मात्रै क्लेशलाई वास्ना (सहित) सबै नभएको गराउन सक्दैन । क्लेशलाई उसको वासना भएको, ज्ञेयावरण सहित नभएको गराउनको लागि महायानको मार्गमा बसी महामैत्री-महाकरूणा द्वारा समुत्पन्न भएको बोधिचित्त भावना गरी महान ठूलो उपायमा शिक्षित हुनुपर्दछ । प्रज्ञाबाट आकर्षण गरेको उपाय र उपायबाट आकर्षण भएको प्रज्ञा दुइटैलाई मिलाई प्रज्ञोपाय यौतुक? भावना द्वारा क्रमश: ज्ञेयावरणलाई सकाउदै लैजान पर्दछ । यसरी भट्टारक मञ्जुघोषले अनेक कल्पसम्म उपाय महाकरूणा र गम्भीरप्रज्ञा माध्यमिक दृष्टिलाई यौतुक भावना गर्नुभई धर्मकाय प्राप्तगरी आएका हुनुहुन्छ, भनि प्रख्यात गरी(एको छ । उहाँमा पनि) जगतलाई पनि क्लेश र ज्ञेयावरण रहित गराउने इच्छा भई यसप्रकारले प्रज्ञोपायको यौतुक द्वारा मार्गमा शिक्षित हुनुपर्दछ, भनि सम्बोधन गर्नुभएको हो ।
पाँचौं – विकल्प नभए तापनि जगतको कारण गर्ने शक्ति भएको क्रम द्वारा स्तोत्र गरिएको ।
अमोघ जगदर्थकृत्।।१९।।
अर्थ – पूर्वोक्त उल्लेखित अनुसार (ग्रन्थ संग मिलाएर) भट्टारक मञ्जुघोषले क्लेशलाई वासना सहित छोडी, चित्तमा यो वा त्यो भन्ने विकल्प केहि कति पनि नभएको भएता पनि, महाकरुणा र स्थितसंकल्पको प्रज्ञा यौतुक भावनामा पारङ्गत भएको शक्तिले उहाँ सर्वज्ञमा भएको ज्ञानले सकल लोकको इन्द्रिय र चिन्तनालाई जानी, चित्त(लाई) महाकरुणाले अस्वच्छन्द परिचित गरी, जगतको कारण गर्नबाट कहिले पनि नभुलि (स्मृतिरहित नभई), आकाशव्यापिक सकल प्राणिहरूलाई ज्ञानले अवलोकन गरी देखी आउनुभएको हुनाले, जो कोहिले कारण गरेको छ तीनिहरूलाई लोकको कारण गर्नको लागि क्षणिकको लागि पनि नभुलेका भनि प्रख्यात गरिराखिएको हो ।
छैठौं – दुइटा आवरणलाई यथार्थमा छोडने क्रम प्रारम्भ गरी स्तोत्र गरिएको ।
सर्वसंज्ञा प्रहीणार्थो, विज्ञानार्थो निरोधधृक् ।।
अर्थ – भट्टारक मञ्जुघोषले म र मेरो भन्ने संज्ञा सबै लाई बीऊ समेत बाँकी नराखि छोडी, छओटा विज्ञानधर्मका?मा? विषयसत्यलाई देखी, दुईटा वितर्क(भ्रान्ति)लाई बासना समेत केहि पनि बाँकी नराखी जरा देखि नै निरोध गरी अथवा(अर्थात्?) शुद्ध गर्नुभयो, भनि प्रख्यात गरी जगतलाई पनि संसारबाट तरिजान क्लेशलाई बीऊ सहित छोडनु पर्दछ भनि (भनिराखिइको हो) । (अर्थात्) उहाँ सर्वज्ञले प्राप्त गरेको ज्ञानको अनन्त प्रज्ञप्तिको दृष्टिलाई विघ्न गराउने आचरण दुईटा वितर्क (भ्रान्ति) शुद्ध गर्नु पर्दछ, भनि सम्बोधन गरिराखिएको हो ।
दोस्रो – छोडन पर्ने दुइटा आवरणलाई छोडन सकेको प्रमाण पर्यन्त देखाई बताइएको द्वारा स्तोत्र गरिएको,-
सर्वसत्व मनो विषय:, सर्वसत्व(बुद्ध?) मनोगति:।।२०।।
सर्वसत्व मनोस्थिति(न्तस्थ?)
अर्थ – क्लेशावरण तथा ज्ञेयावरण सबै छोडन सकेको प्रमाण के हो भने, – सकल प्राणिहरुमा धर्मकायको बिऊ स्वयं स्थित भैराखेको, नै यसको प्रमाण हो । यो कसरी भएको हो, भन्ने कुरा “प्रमाण विवरण”मा यस्तो भनिएको छ, –
सेम्कि र्हांसिं ह्वेसाखा । धिमानाम्निलोहुर्वाहो ।
अर्थ – चित्त स्वयं प्रभास्वर हो । सकल क्लेशमयलहरू अकस्मात भएको हो ।
यसरी आज्ञा गरिराखिएको जस्तै गरी नै सबै प्राणिहरूको चित्त स्वयं विशुद्धको विषयले सम्पन्न भएको हो । यो स्वयं विशुद्ध भएको भएता पनि अकस्मात भएको मयलले छोपिएको हुनाले आफ्नो चित्तमा भएको स्वयं? विशुद्ध र धर्म नदेखिराखेको हो । सकल प्राणिहरुका मनको स्थिति यथार्थमा विदित भएको बुद्धहरुको चित्तमा भएको धर्मता र प्रणिहरुको चित्तमा भएको धर्मता, दुईटै स्वयं विशुद्धको भएको (हुन्?) (र, तीनिहरूको) भाव भिन्न होइन भनि आज्ञा गरिराखिएको छ । अत: धर्मकायको बीऊ सकल प्रणिहरुको चित्तमा स्वयं स्थित भैराखेको छ । यसको मर्म बुझ्न असंख्य(अति नै) कठीन छ । तथा यस्तो गम्भीर भएको मर्म बुझनको लागि, त्रिरत्नको शरण गई सम्भार बटुल्न र पाप शोधन गर्नमा महानता पूर्वक प्रयत्न गरीयो भने बुद्धहरूको अधिस्थान(प्रशाद) चित्तमा प्रवेश भएको एउटा हुनु पर्दछ । भट्टारक मञ्जुघोषले गम्भीर भएको यस मर्मलाई यसरी चित्तमा अधिगत गरी जगतलाई पनि सम्बोधन गरी आउनुभएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको छ ।
तेस्रो – प्राणीहरुलाई बुद्धको कर्ममा प्रवेश गराउने क्रम द्वारा स्तोत्र गरिएको,-
तस्चि(तत्चित्त) समतांगत: ।।
सर्वसत्व मनोल्हादी, सर्वसत्व मनोगति: ।।२१ ।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाशव्यापिक सत्वप्राणिहरूका आआफ्ना चित्त(हरू) स्वयं विशुद्ध भएको भएतापनि, आफ्नो चित्तको स्थिति आफैले थाहा नपाई नबुझी क्लेशको आधीन भई संसारमा दु:ख पाइरहेका हरु लाई, महाकरूणाले उद्धार गर्ने कार्यबाट, तीनिहरुका आआफ्ना चित्तका अनुकूलको भएर, प्रवेश गरी, प्राणिहरूलाई बुद्धका कर्ममा प्रवेश गराई, सकल प्राणिहरुका चित्तलाई सन्तुष्ट गराई, सकल प्राणिहरुका मनलाई आनन्द गराउनु भयो । नरकमा जन्म लिइराखेका प्राणिहरुलाई उपायकौशल्य गरी निर्माण भई जे जस्तो दु:ख भोगीरहेको हो, ती सबै शान्त गराई, निर्माणको रूप देखाई, हर्ष उत्पत्ति गराई (गराउनु भयो?) । सुगतिको योनिमा क्रमश: माथी उकासी थल(पात्रता)योग्य हुनासाथ, धर्म बताई, विपाक गरी, तारी पठाउनुभयो । यसै गरी प्रेतहरूलाई पनि, तीर्यकहरूलाई पनि, मनुष्यहरूलाई पनि, असुरहरुलाई पनि, देवताहरूलाई पनि (सबैलाई) उपायकौशल्य गरी, निर्माण भई, क्रमानुसार स्वर्ग सुभिक्षको मार्गमा लिएर गई, विपाक गराई, तारी पठाउनुभएको हुनाले भट्टारक मञ्जुघोषले सकल प्राणिहरुको चित्तानुकूल हुने गरी चरित्र देखाई सकल प्राणिहरुको मन सन्तोष गराउनुभएको तथा सकल प्राणिहरुको मन आनन्द गराउनुभएको हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – संकल्प प्रतिहार(बाट पारंगत भएको) प्रारम्भ गरेको क्रम द्वारा स्तोत्र गरिएको,-
सिद्धान्तो विभ्रमावे(ये?)त:, सर्वभ्रान्ति विवर्जित: ।।
नि:संदिग्ध मतिस्त्र्यर्थ:, सर्वार्थ स्त्रिगुणात्मक: ।।२२।।
अर्थ – भट्टारक मञ्जुघोषले दुईटा सम्भारहरु बटुलि, पारङ्गत भई, सिद्ध गरी, चित्तमा भ्रान्ति भनेको केहि नराखि, गल्ति-त्रुटी हुने वा बाटो भुल्ने सबै मार्गहरू छोडी, बाटो नभुलीकन सम्पूर्ण मार्गलाई पूरा गरी, आफ्नो कारण, परको कारण र स्वपरार्थको कारण समेत तीनैओटा सिद्ध गर्नको लागि केहि शंका बाकी नराखि (निश्शंक भई), मन-बुद्धि एकाग्र गरी, पारङ्गत भई, आकाशव्यापि सकल प्राणिका कारण गरी, धर्मकाय-सभोगकाय-निर्माणकाय त्रिगुणबाट आफू स्वयं वज्रधरको पद प्राप्त गर्नुभयो, भनि प्रशंसा गरिराखिएको हो । यो यति तन्त्रगाथाबाट प्रज्ञोपाय यौतुकमार्ग अनुभव गराई लगेको द्वारा फलसंकल्प र परिहार पर्यन्तको त्रिकायको पद प्राप्त हुने क्रम (देखाएको) हो । किन्तु क्रमश: मार्गमा जानुपर्ने क्रम देखाइराखेको सिद्धान्त बताइराखेको सूत्रालङ्कार र त्यसको टीका “दशभूमि?” अधिमुक्ति चर्याको मार्गमा शिक्षित गराई प्रथम भूमि प्राप्त भयो कि सिद्धा? हुन्छ । पुनश्च: भूमिबाट भूमिमा (माथि चढदै)गई परिक्रमा गरी आठौ भूमि प्राप्त भयो भने सिद्धा? अनागामी पद प्राप्त हुन्छ । तथानन्तर क्रमश: मार्ग भावनामा पारङ्गत गराई(भई?) दशभूमि अन्तर्गत भई उहाँ सर्वज्ञको ज्ञान प्राप्त भो कि बुद्धको पद प्राप्त भएको (हुन्छ), भनि आज्ञा गरिराखेको छ । अत: यस प्रकार बाट हुनको लागि विद्वान कल्याणमित्रको सेवा गरी श्रुत-चिन्तन-भावना गरी, क्रमानुसार मार्गको नियत हुने गरी सिद्ध गरी, मार्गमा पारंगत गराई(भई?) त्रिकायको पद साधन गर्ने क्रम विस्तारपूर्वक आज्ञा गर्नुभयो । तदनुसार “अभिसमयलङ्कर”मा पनि आज्ञा गरिराखेको मार्गको रहस्य कार्य प्रारम्भ गर्नको लागि महान अर्थ सबै निर्मल हुने गरी बुझ्न(को लागि) विद्याको मार्गमा बसी प्रवचनको छन्दर्थ (ग्रहण गरेका?) महारथी?हरुले समर्थन गरिराखेको क्रममा अभ्यास गर्नुपर्ने हुन्छ । अतएव यस तन्त्र पढनेले भट्टारक मञ्जुघोषलाई प्रार्थना गरी यो जस्तो मार्गको रहस्यको अन्तर्गत सबै नै नियत हुने र स्वभाव (हृदयमा) उत्पत्ति हुने प्रणिधान गर्नु पर्दछ ।
तेस्रो – (भट्टारक मञ्जुघोषलाई) ज्ञानको काय द्वारा स्तोत्र गरिएको,-
पंचस्कन्धार्थत्रिष्काल:, सर्वक्षण विभावक: ।।
एकक्षणाभिसंबोधि(वुद्ध:?), सर्ववुद्ध स्वभावधृक् ।।२३।।
अनंगकाय कायाग्र्यो, कायकोटि विभावक: ।।
अशेष रूप संदर्शी, रत्नकेतु र्महामुनि(मणि:?) ।।२४।।
अर्थ – पञ्चस्कन्धलाई म भनेर भनिराखेको कारणले प्राणिहरूले अतीतकालमा जे कार्य गरिआएको हो, देश दिशा जहाँ कहँ जन्म लिई आएको हो, असल-खराब कर्म जे जस्तो बटुलि राखेको हो, सुख दु:ख जस्तो भोग गरिरहेको हो, ती सबै वर्तमानमा प्राणिहरुको चित्तको हेतु (भई) ती सबै जे जस्तो कर्म गरिआएको हो (साथै) सबै पुन: भविष्यमा कुन ठाउँमा जन्म लिन जाने हो, सुख दु:ख जे भोग गरिने हो, ती सवै विदित “पंचस्कन्धार्थत्रिष्काल:” भई संग्रहित गरियो भने प्राणिहरुले त्रिकालमा जेजस्तो गरिंदै छ जे जसो गरिने हो, ती सबै एकक्षण विभावक गरि मिसमास नगरी प्रत्यक्षमा देखी सिकी आई एकक्षणमा सर्वधर्म सर्बप्रकारबाट अभिसम्बुद्ध “सर्वक्षण विभावक” भई आउनुभयो, भनि भट्टारक मञ्जुघोषलाई विज्ञ हुनुभएको क्रम बताइएको छ ।
(“एकक्षणाभिसंबोधि(वुद्ध:?)” भनेको के हो भने), यसलाई प्रति प्रति अर्थमा वज्रकायको मर्ममा व्यतीत भएको द्वारा अपरिवर्तनीय सुख २१,६०० मुहुर्त (अर्थात् क्षण)हरू सबैको विभावक(विभाजन?) गरी, क्रमश: सबैलाई सम्पूर्ण गरी, अन्त्यमा सर्वधर्ममा स्थित शून्यतामा एकत्रित गरी (भई?, ज्वीक) बसी, एकैक्षणमा अपरिवर्तनीय सुख सर्वधर्मको सर्वप्रकारको अभिसम्यक्सम्बुद्ध भई (भएको) जस्तो ज्ञानको काय प्राप्त भयो, भनि मन्त्रमात्र अशाधान भएको, फलन्त भएको महासुखको काय अथवा ज्ञानकाय द्वारा प्रख्यात गरिराखिएको छ ।
“सर्वबुद्ध स्वभावधृक्” भनेको सकल बुद्धहरू धर्मकायको भावमा एकत्रित भएको, सकल बुद्धहरूको धर्मकाय स्वयं धारण गरि आएको, भनि भट्टारक मञ्जुघोषलाई धर्मकाय द्वारा प्रख्यात गरिराखिएको हो ।
“अनङ्गकाय कायाग्र्यो” भनेको अपरिवर्तनीय भएको महासुख शून्यतामा एकाग्र भै बस्नुभएको, ज्ञानधर्मकार्य जो सूक्ष्म रजबाट संग्रहित गरिराखेको(मुंका:त:गु) हो, त्यो नरदेहको स्वभावित गरेको (भएको?) शरीर होईन । यो नरदेहको स्वभावित स्वरूपको शरीर नभएतापनि लक्षण व्यञ्जनबाट अलङ्कृत भएको शून्यरूपी शरीर तथा काय प्राप्त भएको हो । यस्तो शरीर (उत्पन्न)भैराखेको (सबै) शरीरहरू मध्ये उत्तमको हो । (उत्पन्न) भैरहेका (सकल) शरीरहरू मध्ये अनन्तको भएको (र) आकाश क्षय नभएसम्म अनन्य (भई) अपरिवर्तनीय भएको (यस्तो) वज्रकायलाई देखी (अथवा प्राप्त भई) आउनुभएको भनि भट्टारक मञ्जुघोषलाई प्रख्यात गरिराखिएको छ ।
“अशेषरूप संदर्शी, रत्नकेतु महामुनि” भनेको भट्टारक मञ्जुघोषले धर्मकाय प्राप्त गरी आकाशव्यापि प्राणिहरुलाई तीनिहरूका आआफ्ना इन्द्रिय अनुसारबाट अशेषगरी (अथात् केही कसैलाई बाकी नराखि) नानाप्रकारका रूपको भएर देखाई; (अर्थात्) देवताको आकार भएर बोध गराउन पर्नेलाई देवता कै रूप बाट, मनुष्यको आकार भएर बोध गराउन पर्नेलाई मनुष्य कै रूप बाट, चराचुङ्गी कीटपतङ्गादिलाई तत् तत् तीनिहरुकै आकारको भएर, चतुर्भुज वा द्रुम आदि भएर बोध गराउनु पर्नेलाई त्यही त्यही नै रूपको भएर, प्राणिहरूको कारण गरि आउनुभयो । यसप्रकारबाट अनेक अनेक रूप लिई प्राणिको कारण गरी आउनुभएको, त्यो पनि विकल्प भन्ने नै एउटा केहि पनि नराखि, धर्मकायबाट कम्पित नभईकनै, चित्तोत्पत्ति गरी र प्रणिधानको शक्ति (बाट) कल्पबृक्ष-भद्रघट तथा चिन्तामणिरत्न समानको भई, प्रयत्न पराक्रम नै गर्न नपर्ने भई, ती आकाशव्यापि प्राणिहरू सबै लाई, तीनिहरू जोसुकैले भएपनि प्रार्थना गरे भने उसलाई उसको आफ्नै भाग्य अनुसारको भएर, निर्माण (भई त्यस्तै) रूपको भई देखाउनु भई, (तीनिहरुको) कामार्थ सकल नै तत्कालै प्रदान गरीदिनुहुने भएको; यो बुद्ध भएको लीला हो, यो अशाधान?को ध्वंजाग्रको मणिरत्न भएको गजूर जस्तै भएको, महाश्रेष्ठ भएको, अनुत्तरको हो, भनि भट्टार मञ्जुघोषलाई प्रख्यात गरिराखिएको छ ।
।।समताज्ञानगाथाचतुर्विंशति:।।
दशौं परिवर्त
कृत्यानुष्ठान ज्ञानगाथा पञ्चदश
(सर्व सम्बुद्ध बोद्धब्यो …… देखि मञ्जुश्री श्रीमतांवर सम्म)
पाँचौं – भट्टारक मञ्जुघोषलाई कृत्यानुष्ठान ज्ञान द्वारा स्तोत्र गरिएको । चारओटा –
१. भट्टारक मञ्जुघोषलाई फलधर्मकाय द्वारा स्तोत्र गरिएको ।
२. (भट्टारक मञ्जुघोषलाई ) दुईटा रूपकाय द्वारा स्तोत्र गरिएको ।
३. लोकको कारणलाई लिएर आउनुभएको द्वारा स्तोत्र गरिएको ।
४. यस तन्त्रमा जतिसम्म स्तोत्र व्याख्यान गरिएका छन्, ती सबै भट्टारक मञ्जुघोषलाई स्तोत्र गरि राखिएको हो भनि बुझनको लागि मञ्जुश्रीको नाम भावित हुने गरेको द्वारा स्तोत्र गरिएको ।
पहिलो- भट्टारक मञ्जुघोषलाई फलधर्मकाय द्वारा स्तोत्र गरिएको । पाँचओटा –
१. फल अनुत्तर बोधि प्राप्त गर्ने मन्त्रमार्गको अधिन देखाएको ।
२. मन्त्रमार्गको महान वर्णन गरिएको ।
३. मन्त्रमार्गको मर्म निर्देश गरिएको अक्षर सिद्ध गर्ने क्रम ।
४. मन्त्रमार्ग भएको साधनकृया निवारण गरेको महासुखज्ञान उत्पत्ति गर्ने हेतु देखाई आउनुभएको ।
५. निवारण महासुख भएको समाधि भैरहेका समाधि मध्ये उत्तमपूर्वक प्रख्यात गराइराखिएको ।
प्रथम- फल अनुत्तर बोधि प्राप्त गर्ने मन्त्रमार्गको अधिन देखाएको,-
सर्वसंबुद्ध बोद्धव्यो, बुद्ध बोधिरनुत्तर: ।।
अनक्षरो मंत्रयोनि, महामन्त्र कुलंत्रय ।।१।।
अर्थ – “सर्वसंबुद्ध बोद्धव्यो” अर्थात् सकल बुद्धहरुले बोध गरिलिनुभएको अर्थात् प्रत्यक्ष गर्ने पद, (जुन) दुईटा शुद्ध सम्पन्न भएको धातु (हो, जो त्यस)मा एकत्रिक भई बस्नु भएको छ, त्यो निरावरण भएको सहजसुख उत्पत्ति हुने (पद हो), जुन(त्यो?) ज्ञानधर्मकाय “बुद्धबोधि अनुत्तर” हो, (अर्थात्) बुद्धको अनुत्तर बोधि हो । यस्तो जस्तो (यसलाई?) निरावरण भएको सहजको ज्ञानबाट, यो अनक्षर तथा यथार्थ स्वभावबाट, प्रति-प्रति योगीले आफैले भोग (गरि अनुभव) गर्ने हुनाले (यसलाई) अक्षरबाट (व्यक्त गरी) भन्ने केहि छैन “अनक्षर” हो । यो अक्षर र संज्ञा भएको हैन । वज्रकायको मर्ममा व्यतित भएको गुह्यमन्त्रको उपायकौशल्यबाट (प्रयोग गर्ने) ज्ञान भएको (हुनुपर्ने भएको हुनाले), यसरी बुद्ध हुनेहरू सकललाई मन्त्रको उपायकौशल्यको अधीन देखाएको हो, “मन्त्रयोनि” भनिएको हो । यसको प्रमाण माथि बताइएको जस्तै हो ।
“महामन्त्र कुलंत्रय” भनेको यस्तो जस्तो महासुख प्रभास्वर उत्पत्ति हुने उपायकौशल्यको मार्ग हो । यो अभिषेकको लागि पात्रता नपुगेका, गुरुमाथि र मन्त्रयानमा श्रद्धा नभएका प्राणिहरुबाट अत्यन्त गुह्य (गुप्त) गर्नु पर्दछ । यसलाई पाठ गर्दा जगतको मन रक्षा गर्ने उत्तम उपाय भएकोले, मन्त्र भनि भनिराखिएको हो ।
मन्त्रको भावार्थ के हो भनेर भन्नुपर्दा, “मन” अथवा मनले नै “त्र” अर्थात (त्राण)रक्षा गर्ने हो । मनलाई रक्षा गर्ने भएकोले मन्त्र भनि भनिराखिएको हो । मनलाई रक्ष गर्ने क्रम कसोगरी हो भने, विद्वान वज्राचार्यलाई सेवा गरी यस मार्गमा बसेमा प्रथमतः यस जन्ममा भएको गति बन्धनबाट रक्षा हुनेछ । यस पछि परत्रमा अपाय दुर्गतिबाट रक्षा हुनेछ । यस पछि संसारको बन्धनबाट रक्षा हुनेछ । यस पछि स्वअर्थ मन गराउनेबाट रक्षा हुनेछ । यस पछि प्रकृत्य (प्रजन्य) गति बन्धनबाट रक्षा हुनेछ । यस पछि निमित्त ग्रहणको बन्धनबाट रक्षा हुनेछ । तसर्थ यस्तो उपायमार्गलाई महागुह्य भनेर भनिराखिएको हो ।
“कुलत्रय” भनेको उपायमार्ग हो । यसलाई भावना गर्दाको अवस्थामा वायु, उठन(?), प्रवेश तीनैओटा लाई आस्फान गरी, विकल्प उत्पत्ति गराउने कर्मवायु सबै हटाई पठाउनुपर्ने भएको अर्थ साथै आदिक्रमको अवस्थामा त्रिवज्रको दिव्ययोग ध्यान गर्ने र द्वितीयक्रमको अवस्थामा बाह्य, अभ्यन्तर, अन्य तीनओटा मिलाएर शुद्ध गर्ने, तथा शोधन, संस्थीर, शोधनगर्ने मिलाएर संस्थीर भई काय-वाक-चित्त-अत्यन्त सूक्ष्म भएको सबै उपायकौशल्यबाट शोधन भई साफल्य हुने हुन्छ ।??
यसबाट त्रिबज्रसंग अलगै (फरक) नभएको फल सिद्ध गर्ने (भने)को अर्थ (तथा?) भट्टारक मञ्जुघोषले यस्तो उपायकौशल्यको मार्गमा बसी उत्तमपद प्राप्त गर्नुभई, जगतलाई पनि त्यही क्रमबाट सम्बोधन गर्नुभएको हो, भनि प्रख्यात गरिराखिएको हो ।
दोस्रो – मन्त्रमार्गको महान वर्णन गरिएको,-
सर्व मंत्रार्थ जनको,
अर्थ – उक्त अनुसार बताइएको जस्तै यस गुह्यमन्त्रको उपायकौशल्यमार्ग (बाट) जगतको सन्दिट्ठिक कारण र परन्तुको कारण सबै उत्पत्ति? गरी आउनुभएको, विशुद्धपूर्वक अभिषेक प्राप्त गरी क्रमश: समय पालन गरिएमा अहिले यस्तो उस्तो कुनै दोषले प्रेरणा गर्न नसक्ने भई मनले चिताएको जस्तो सबै पुगीजाने हुन्छ । आदिक्रमको योगमा अभ्यास गरी शान्ति, पुष्टि, वशिता, रुद्रकर्म, अष्ट महासिद्धि आदि सकल शाधन(साधन??)को(बाट) प्राप्त गर्न सकिने हुन्छ, र साथै? अशाधानको वर सिदधि पनि तत्क्षणमा प्राप्त हुने (हुन्छ) । कुशलमूल सम्पूर्ण भई आदिक्रमको स्वभाव (सन्तति) विपाक गरी द्वितीयक्रम क्रमश: भावना गरियो भने वर सिद्धि निश्चय पनि प्राप्त गर्न सकिने (हुन्छ) । यसरी “जनको” भनि भट्टारक मञ्जुघोषलाई जगतलाई यस्तो जस्तो सिद्धि वरदान दिई आउनुभएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
तेस्रो – मन्त्रमार्गको मर्म निर्देश गरिएको (“एवं”) अक्षर सिद्ध गर्ने क्रम,-
महाविन्दुरण(न?)क्षर:।।
पञ्चाक्षर महाशून्यो, विन्दुशून्यो षडक्षर: ।।२।।
सर्वाकार निराकार:,
अर्थ – महाबिन्दु (भनेको) अपरिवर्तनीय महासुख (हो । जसलाई) अक्षरानुसार व्यक्त गर्न नै सकिंदैन । यो असंस्कृत हो। (भट्टारक मञ्जुघोषले यसमा) यथार्थमा संस्थीर भई संस्थिरमार्गमा आदान गरी अनाभोग गरी आउनुभएको (हुनुहुन्छ) ।
“पञ्चाक्षरो महाशून्यो, बिन्दुशून्यो षडक्षर” भनेको ‘ए’-‘वँ’ सिद्ध गरेको क्रम हो । छत्तिसओटा धातुहरु, पाँचओटा वर्गमा (वर्गिकृत)भएको, निरावरण भई जाने श(शा?)स्त्रको चिन्ह महाशून्य पञ्चाक्षर समग्र भई “वँ”अक्षरको रूप सिद्ध भयो । छओटा वर्ग गरिराखेको, निरावरण हुने बिन्दु षडक्षर समग्र भई “ए”अक्षरको रूप सिद्ध भयो । तथा यस प्रकारले “एवँ” को रूप सिद्ध भएको हो । शब्द सिद्ध गर्नको लागि महान निपूर्णको “श्रीकालचक्र”तन्त्रको टीका “विमलप्रभा” (तथा?) महाटीका “तथता आलोक”मा महति विस्तारपूर्वक बताएको छ । बुझ्नेले हेरि सिकीलिनु होला ।
ए-वँ सिद्ध गर्ने क्रम यस नामसङ्गीतिको टीका विमलप्रभामा पनि आज्ञा गरि राखिएको छ? । त्यस अक्षरको भावत्व बताएको व्यहोरा(थिति)हरु धेरै छन् । यथा पञ्चाक्षरलाई (१) “ॐ-हुँ-त्राँ-ह्रीँ:-खँ” पाँचओटा गरिराखिएको, (२) “लाँ-माँ-पाँ-ताँ-वाँ” पाँचओटा (पनि) गरी बताइराखिएको, (३) “अ-र-प-च-न” (पनि) गरि राखिएको, (४) बीचमा “अ”अक्षर राखि त्यसको चारैतीर इकार-एकार-उकार-ओकार चारओटा राखि पाँचओटा गरिराखिएको …. आदि तरीकाले बताइएका छन् ।
पछिल्लो यो शब्द सिद्ध गर्ने बताइएको षडक्षरमा पनि अनेक क्रम बताइएका छन्; (१) “अ-हँ-ओँ-हूँ-हँ-क्ष” गरी छओटा, (२) “ओँ-वा-गी-श्व-री-मूँ” गरी छओटा, …. आदि शब्द सिद्ध गर्ने अक्षर सकल गरिराखेको आदि अनेक क्रमबाट बताइराखिएको छ ।
जेसुकै भएतापनि मन्त्रमार्गको रहस्य(मर्म) निर्देश गरिराखेको “ए-वँ”को दुइटा अक्षर लाई उपाय र प्रज्ञा एकाकार भएको (फरक नभएको) योग भएको लाई भनिएको छ । यस योग अनुभव गरेको फल (भनेको) सुख (र) शून्य(ता) (दुइटा) एकाकार भएको (फरक नभएको) ज्ञानको, स्वआलोक लक्षण-व्यञ्जनबाट लङ्कृत काय प्रकट भएको, सर्वोत्तम प्रकारबाट संयुक्त भएको, स्वयं स्वभाववाट सिद्ध हुने निराकारको हो । यस क्रम कालचक्रको तन्त्र टीका र सहित भएको महासुख सहजको ज्ञान भएको विषय निराकारको शून्यता र जुन ज्ञान हुनाको गति शून्यरूपाकार सहित भएको शून्यता भनि प्रख्यात गरिराखिएको (छ, यस्तो) गुह्यको पनि महागुह्य भैराखेको महत्व लाई सिक्ने इच्छा भए “कालचक्रतन्त्रको न्यास टीका वर्तन? तीनओटा भएको मार्गमा लागी (न्याये?)” अभ्यास गरि जानुहोला । यसमा भट्टारक मञ्जुघोषलाई गुह्य अनुत्तरको अर्थ यति जगत प्रजाहरुलाई देखाई आउनुभएका, भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – मन्त्रमार्ग भएको साधनकृया निवारण गरेको महासुखज्ञान उत्पत्ति गर्ने हेतु देखाई आउनुभएको,-
षोडशाकार(र्द्धार्द्ध)” विन्दुधृक् ।।
अकार(अकल?) कारणा(कलना?)तीत:
अर्थ – निरावरण भएको महासुखको ज्ञान उत्पत्ति हुनाको हेतु वज्रकायको मर्ममा व्यतीत हुने हो । वज्रकायको मर्ममा व्यतीत भएको द्वारा त्यो ज्ञान जसरी उत्पत्ति हुन्छ भने,- षड्चक्रको बीचमा वायु समहारको क्रममा शोधन भई, कर्मवायु अवधूती सन्धि भई, नाभिगुह्यमा भएको अग्नि प्रज्ज्वलित भएर (बलेर), शीरमा रहेको “हँ”अक्षर नरम भई पग्लेर गई, चतुरानन्द नयनित भई सहजको ज्ञान उत्पत्ति हुन्छ । “षोडशाकार”लाई सोह्रको आधी आठ, र त्यसको पनि आधी चार भनिएको हो; यो चारको भावत्व धेरै किसिमबाट बताएको छ । (कतै) चतुर्काय गरिराखिएको (छ), (कतै) चतुर्बिन्दु गरिराखिएको छ, र (कतै) चतुरानन्द गरिराखिएको … आदि तरीकाबाट बताइराखिएको छ । चतुर्बिन्दु भनेको के के हुन्, भने – (१) निद्रा हुने बिन्दु, (२) स्वप्नको बिन्दु, (३) सर्पनं? बिन्दु, (४) चतुर्बिन्दु? समेत चारओटा । चतुरानन्द भनेको के हो भने, – (१) आनन्द, (२) परमानन्द, (३) विरमानन्द, र (४) सहजानन्द, उत्पन्न हुने ज्ञान उत्पन्न हुने हो । जे भएतापनि वज्रकायको मर्ममा व्यतीत भएको द्वारा सहजै प्रभास्वर उत्पन्न हुने ज्ञान उत्पन्न हुन्छ । यो ज्ञानलाई(मा?) अन्त्य नभएको, जोडा नभएको, गणना गर्न नसकिने (गणितबाट ननाघेको? (असंख्येय?), भनेर भनिएको छ । अनुत्तरमार्गको सिद्धान्त भनेको कलिकालका अल्पायु भएका प्राणिलाई एकै जन्ममा बुद्ध बनाउने छोटो मार्ग हो । तथा भट्टारक मञ्जुघोषलाई यस्तो जस्तो छोटो मार्ग देखाई आउनुभएका हुनुहुन्छ भनेर प्रशंसा गरिराखिएको हो ।
पाँचौ – निरावरण महासुख भएको समाधि भैरहेका समाधि मध्ये उत्तमपूर्वक प्रख्यात गराइराखिएको,-
चतुर्थध्यानकोटिधृक्।।३।।
सर्वध्यानकरा(ला?)भिज्ञ:, समाधिकुल गोत्रवित् ।।
समाधिकाय कायाग्र्य:,
अर्थ – निरावरण सहजज्ञान यो लौकिकको चतुर्थध्यानादि शाधान भएको समाधि सकल र अशादानो(अशाधानको)? समाधि “चतुर्थध्यानकोटि” सबै(मध्ये)को अग्र तथा सर्वत्र भन्दा उत्तमको भैराखेको मध्ये विशेष आर्यको हो । यस्तो जस्तो निरावरण महासुख, कहिले पनि परिवर्तन नहुने समाधि भट्टारक मञ्जुघोषले हृदयमा धारण “धृक्” गरिआउनु भएको, भनि प्रख्यात गरिराखिएको हो । चतुर्थध्यानमा शाधान र गुप्तार्थ दुइटा आज्ञा गरिराखिएको छ । शाधानको चतुर्थध्यान के के हो भने,- (१) प्रथमध्याम, (२) द्वितीयध्या, (३) तृतीयध्यान, र (४) चतुर्थध्यान, परिकीर्तित गरिएको छ । गुप्तार्थको चतुर्थध्यान के के हो भने,- (१) आनन्दको ध्यान, (२) परमानन्दको ध्यान, (३) विरमानन्दको ध्यान, र (४) सहजानन्दको ध्यान, भनेर कुनै तन्त्रका टीकामा बताइएको छ ।
“सर्वध्यानकलाभिज्ञ” भनेको भट्टारक मञ्जुघोषले शधानको र अशाधानको ध्यानहरुका अङ्गहरू सबै जानेका भनेर प्रख्यात गरिराखिएको छ ।
यसमा शाधानको चतुर्थध्यानाङ्ग अठारओटा (अङ्गहरू) बताइएको छ, –
प्रथमध्यानको पाँचओटा (१) विचार, (२) विवेक, (३) आनन्द, (४) सुख, (५) एकाग्रचित्त;
द्वितीयध्यानको चारओटा (६) आनन्द, (७) प्रीति, (८) अध्यात्म, (९) अतिस्वच्छको एकाग्रचित्त;
तृतीयध्यानको पाँचओटा (१०) उपेक्षा, (११) स्मृति, (१२) संप्रजन्य, (१३) सुख, (१४) एकाग्रचित्त;
चतुर्थध्यानको चारओटा (१५) उपेक्षा परिशुद्ध, (१६) स्मृति परिशुद्ध, (१७) सुखपनि नभएको दु:ख पनि नभए वेदना परिशुद्ध, (१८) एकाग्रचित्त । जम्मा अठार ।
अशाधानको ध्यानमा धर्मप्रवाह भनेको, (र?) समथ विपस्सना यौतुक समाधि, निर्विकल्प समाधि आदि पाँचओटा मार्गको अवस्थाको समाधि सबै, र पुन: सूरङ्गम समाधि, रत्नमुद्रा समाधि, सिंहविक्रान्त समाधि, चन्द्रधञ्जश्रीनाम? समाधि, गगनगञ्जनाम समाधि, सर्वधर्मनाम समाधि आदि (बताइएका छन्) । महायानको सूत्रपीटकमा भएका समाधि(हरू) अत्यन्त सबै र मन्त्रमा बताइएको अशाधानको समाधि(हरू) पनि सबै जानेको भनेर प्रख्यात गरिराखिएको हो ।
“समाधिकुल गोत्रवित्” भनेको भट्टारक मञ्जुघोषले शाधान र अशाधानको समाधि(हरू) सकल(को) यथार्थमा साधन गर्नुभएको क्रम(हरू), र (ती) समाधिका क्रम(हरू) को कस्तो हो, मार्गमा कहाँबाट कसरी पर्यासन्न (जाने) हुनुपर्ने हो, यसलाई साधन गर्नमा कृतकार्य भएको हुनको लागि के कसो गुण भएको हुनुपर्ने हो, सबै यथार्थ जानेका । जुन समाधि जगतप्राणिका हृदयमा जसरी भईआउने हो, यति स्वभावमा भएका पुद्गल कसरी भएका हुन्, यति स्वभावलाइ समाधि यति उयापबाट उत्पत्ति हुने हो, उत्पत्ति भएको प्रयोजन कसरी भएको हो सम्पूर्ण विदित तथा जानेका भनि प्रख्यात गरिराखेको “समाधि काय कायाग्र” भनिएको हो ।
भट्टारक मञ्जुघोषले भैरहेका सकल समाधिहरु मध्येको श्रेष्ठोत्तम भएको “षडङ्ग संप्रयोग”को आध्यात्मिक समाधि जुन अपरिवर्तनीय (अपरिवर्तशील?) छ, (त्यो) पर्यन्त सम्मको बुद्धिहरू सबै? मध्ये उत्तमको (हो) । यस सुख (दिने), र सहज समूहको शून्यरूप लक्षणव्यञ्जनालङ्कृत कायहरू जति छन ती मध्येको उत्तमको हो (।), भनेर (यसलाई) चिन्ही-जानी-सिकी, चित्त निरावरण महासुख र काय लक्षणव्यञ्जनालङ्कृत काय भएको, एउटा स्वभावमा सम्पूर्ण(पूरा) भएको प्राप्त गरी आउनुभएका भनि भट्टारक मञ्जुघोषलाई फलपारंगतको द्वारा प्रख्यात गरिराखिएको छ ।
दोस्रो – (भट्टारक मञ्जुघोषलाई ) दुईटा रूपकाय(हरू) द्वारा स्तोत्र गरिएको । दुइटा –
१. सम्भोगकाय द्वारा स्तोत्र गरिएको ।
२. निर्माणकाय द्वारा स्तोत्र गरिएको ।
पहिलो- सम्भोगकाय द्वारा स्तोत्र गरिएको,-
सर्वसंभोग कायराट् ।।४।।
अर्थ – भट्टारक मञ्जुघोषले सम्भोगकाय प्राप्त गरी आउनुभएको जुन काय (छ, त्यो) अचिन्त्य गुणले सम्पन्न भएको छ, (त्यो) सकल बोधिसत्त्वहरूको गुरु हो, (त्यो) मुक्तिको नगरमा गमन गर्नेहरुको सार्थवाहु हो, (त्यो) आर्यमार्गमा लाग्नेहरुको राजा हो, (त्यो) सकल लोकको नाथ त्राता परम परायणी हो । यसरी “त्रिरत्न अनुस्मरण सूत्र”मा पनि बुद्धरत्न लाई सकल प्राणीहरुको शास्ता, सकल बोधिसत्त्वहरुका पिता, सकल आर्यपुद्गलहरुका राजा, निर्वाणनगर जाने सकलका सार्थवाहु भनि, स्तोत्र गरिराखिएको समान छ । जुन सम्भोगकाय काय(ले), काय अपरिवर्तनीय, वचन अनिरोध, र चित्त महासुखको भवमा एकाग्र भई भूमिमा स्थीर भएका बोधिसत्त्वहरुको लागि धर्मको सम्भोग (सम्पत्ति) अखण्डपूर्वक वरदान दिइ आउने एउटा हो ।
“मेझ्युँछेंयै पेल्बार लोँच्योजोग्। खझ्योर देतों र्होला ताग र्होलसिं ।
मिग्मे थ गुजे शिवै था पाङ्बा, ग्यवा ह्यांला ध्विंदें ला क्षा छेल् ।।
अर्थ – “अहो विस्मयको?भएका लक्षण व्यञ्जन भएको, श्रीज्वाल सम्भोग भएको, सम्बृत्तिसुख शून्यरसमा सदा मग्न भएको, अनालम्ब करुणाले शान्तको अन्त छोडेका, जिन सप्ताङ्गलाई नमस्कार (दण्डवत) भनि सप्तङ्गद्वारा स्तोत्र गरिरिएको जस्तै” यसमा समूह अनुत्तरको सम्भोगकाय भएको क्रम र कालचक्रको अशाधानको सम्भोगकाय भएको क्रम सीक्नुपर्ने हुन्छ ।
दोस्रो – निर्माणकाय द्वारा स्तोत्र गरिएको । तीनओटा –
१. बर निर्माणकाय द्वारा स्तोत्र गरिएको ।
२. अनन्त निर्माण प्रकाश गर्ने क्रम द्वारा स्तोत्र गरिएको ।
३. प्रचण्ड (दुर्दान्त)लाई दमन गर्नको निमित्त निर्माण निर्देश गरी आउनुभएको क्रम द्वारा स्तोत्र गरिएको ।
प्रथम- वरनिर्माणकाय द्वारा स्तोत्र गरिएको ।
निर्माणकाय कायाग्र्यो,
अर्थ – भट्टारक मञ्जुघोषले जगतको कारणबाट निर्माण भई आउनुभएका(भई?) अनन्त(अत्यन्त) निर्माणकायहरू मध्ये बाह्रओटा चरित्र द्वारा वर(उत्तम)को चरित्र देखाउनुभएको निर्माणकाय (अन्य)सबै (निर्माणकायहरू) मध्ये उत्तमको हो, भनि प्रख्यात गरिराखिएको हो । भट्टारक मञ्जुघोषले बाह्रओटा चरित्रहरु द्वारा देखाई आउनु भएको उत्तम निर्माणकायको चरित्र अचिन्त्य छ । “मेघस्तुति सागर”मा पुण्य प्रवर प्रसर हेतुबाट जन्म हुनुभएका, विश्वमा उतम सुन्दरको हजूरको काय आकाशधातु पर्यन्त, अपर्यन्तको भई, सर्वत्र उत्तम भएको भुवन(क्षेत्र)मा अनन्त लोकहरुलाई चटक मानकले जेजति जन्म प्रपूत भई, अन्य क्षेत्रमा पनि बोधिक्रम देखाई आउनुभएका शास्ता हजूरको कायलाई यस उत्तम व्यूह र अन्यबाट पनि नि:शेष सकल लोकहरू सर्वज्ञ भई आए पनि वर्णन गर्न(भन्ने) शक्ति नभएको, यस्तो आज्ञा गरिराखिएको छ ।
दोस्रो – अनन्त निर्माण प्रकाश( गरि आउनु भएको) क्रम द्वारा स्तोत्र गरिएको,-
वुद्ध निर्माण वंशधृक् ।।
दशदिग् विश्व निर्माण , यथावज्जगदर्थकृत् ।।५।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाशव्यापि सकल प्राणिहरुलाई निरावरण भएको ज्ञानबाट अवलोकन गरी, जहाँ जसलाइ जसरी बोध गराउनु पर्ने हो त्यसै अनुसारले नै (गरी), बुद्ध(हरू)को निर्माण (गर्न) प्राणिको संख्या (जति छ, त्यति नै) प्रकारले (समानको) प्रकाश गरिआउनु भएको हुनाले भट्टारक मञ्जुघोषलाई “वुद्धनिर्माणवंशधृक्” अर्थात् बुद्ध(हरू) निर्माण गर्ने वंश धारण गरी आउनुभएको भनि प्रख्यात गरिराखिएको छ । “दशदिग् विश्व निर्माण” अर्थात् दशै दिशामा विश्वमा नाना निर्माण गरी, (प्राणिहरूलाई) निर्यात गरी आउनु भएको (हो) । यसरी (भट्टारक मञ्जुघोष लाई) निर्माण भई प्राणिहरुका “यथावज्जगदर्थकृत्” अर्थात् आआफ्ना धातु र चिन्तना अनुसार जगतको कारण गरी आउनुभएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
तेस्रो – चण्ड (दुर्दान्त)लाई दमन गर्नको निमित्त निर्माण निर्देश गरी आउनुभएको क्रम द्वारा स्तोत्र गरिएको ।
देवा(न्ति?)दिदेवो देवेन्द्रो, (ऽ?)सुरेन्द्र दानवाधिप: ।।
अमरेन्द्र: सुरगुरु:, प्रमथ: प्रमथ्यैश्वर:।।६।।
अर्थ – भट्टारक मञ्जुघोषले आकाश व्यापिक सकल प्राणिका समूह(हरू)लाई (तीनिहरुका) आआफ्ना इन्द्रियको समानको भई, निर्माण भई देखाई (दमन गरिआउनु भयो) । विशेषत: देवता र असुरहरुका मुख्यमुख्य प्रचण्ड अभिमानी दुष्ट प्राणिहरू, जसले मोक्षमार्गमा लागेकालाई बिघ्न गरिराखेका छ्, (जसले) जिनको शासनप्रति बैर (ईर्ष्या) गरिराखेका छन्, (तीनिहरू) लाई दमन गर्नको निमित्त देवताहरूका मूल भएको (देवराज)शक्र समानको भई सबै देवताहरूलाई वशमा राखेका सकल देवताहरूका शरीरलाई आफ्नो प्रभावले थिचिराखेको देवातिदेव समान भई (दमन गर्नुभयो) । असुरहरुका नाइके वेम(चित्ति)राजा जस्तै भई, अमरेन्द्र, कामदेव, महेश्वर जस्तै भई, सुरगुरु बृहस्पति ऋषि जस्तै भई, प्रमर्थन विष्णु जस्तै भई, प्रमथ्यैश्वर भैरव महादेव समान भई (उचित)काय प्रकट गरी (ती) प्रचण्ड भएका सबैलाई दमन गर्नुभयो । पहिले कल्पको सत्ययुगमा महादेव(ले?) दक्षिण दिशाका यमान्तक प्राणिलाई दु:खकष्ट दिई, विशेषगरी बुद्धर्म पालन गर्नमा तत्पर भैरहेका लाई नानाप्रकारबाट दोष लगाई (प्रहारगरी) दिक्क गराइराखेको बेला भट्टारक मञ्जुघोले क्रोधेन्द्र वज्रभैरव (मेषसम्बर)को उचित कायमा प्रकट भई यस्ता दुष्टहरूलाई दमन गरी आउनुभएको जस्तै हो । यो यति मण्डलचक्र निर्मित गर्ने क्रम मिलाई बताइएको हो ।
तेस्रो – लोक(जगत)को कारणलाई लिएर आउनुभएको द्वारा स्तोत्र गरिएको । पाँचओटा –
१. लोकहरूलाई धर्मदेशना गर्नुभएको क्रम द्वारा स्तोत्र गरिएको ।
२. उपायकौशल्यको निर्माणबाट मार्ग सिद्ध गर्ने अन्तराय सकाई आउनुभएको द्वारा स्तोत्र गरिएको ।
३. सत्कृतिको क्षेत्रद अनुत्तर पूर्वक प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको ।
४. निर्वाण अन्तर्गत भएको हुन प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको ।
५. जगतको कारण गर्नको लागि जोडा नभएको गराई प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको ।
प्रथम- लोकहरूलाई धर्मदेशना गर्नुभएको क्रम द्वारा स्तोत्र गरिएको,-
उतीर्ण भवकान्तार,एकशास्ता जगद्गुरु: ।।
प्रख्यात दशदिग् लोके, धर्मदानपतिर्महान ।।७।।
अर्थ – भट्टारक मञ्जुघोषले आफू स्वयं “भव कान्तार”बाट “उत्तीर्ण “भई लोकलाइ पनि भवकान्तारको संकष्टबाट उत्तीर्ण भइजाने मार्ग निर्देशगरी देखाई आउनुभएका (उहाँ) “एक”जना मात्र (“शास्ता”) हुनुहुन्छ, दोस्रो अर्को जोडाको कोही छैन, भनि (उहाँ लाई) “जगद्गुरु” महाकारूणिक भनि प्रख्यात गरिराखिएको छ ।
“प्रख्यात दशदिग्लोके” भनेको जगतलाई मुक्तिमार्ग देखाई आउनुभएका गुरु हुनुहुन्छ भनि “प्रख्यात” गरिराखिएको (हो), यो पनि अनुशैक्षकहरूले अल्पमात्रमा प्रख्यात गरि राखेको होइन । (यो त) “दशदिग्लोक” (अर्थात् दशै दिशाका भुवन)हरु सबै-सबैमा नै भट्टारक मञ्जुघोषलाई जगद्गुरु (भनि), (उहाँ) समानको अर्को नभएको, (र) सकल जिनहरुका एकजना पिता भनि परिकीर्तित गराइराखिएको हो ।
“धर्मदानपतिर्महान्” भनेको भट्टारक मञ्जुघोषले दशदिग् भुवनमा समान नभई प्रख्यात हुनुभएको । यो पनि मुख्य धर्मदेशना गर्नुभएको कार्य द्वारा प्रख्यात हुनुभएको हो । भट्टारक मञ्जुघोषले आकाशव्यापि प्राणिहरुलाई आआफ्नो भाग्य अनुसारले निर्माण भई आई धर्मोपदेश गर्नुभई स्वर्ग र मुक्तिको तथा सर्वज्ञको मार्गमा लग्नुभएको हुनाले भट्टारक मञ्जुघोषलाई “धर्मदानपतिर्महान्” (अर्थात्) धर्मको महादानपति भनेर प्रख्यात गरिराखिएको हो ।
दोस्रो – उपायकौशल्यको निर्माणबाट मार्ग सिद्ध गर्ने अन्तराय सकाई आउनुभएको द्वारा स्तोत्र गरिएको,-
मैत्रीसंनाह सन्नद्ध:, करुणा वर्मवर्मित: ।।
प्रज्ञाखड्ग धनुर्वाण, क्लेशाज्ञान रणंजह: ।।८।।
मारारि मारजित वीरः, चतुर्मार भयान्तकृत् ।।
सर्वमार चमूजेता,
अर्थ – भट्टारक मञ्जुघोषले कर्मक्लेशको बन्धनमा मारको पाशले टाँसिई बाँधिएका लोकजनहरूलाई तारेर पठाउनको लागि उपायकौशल्यको निर्माण गरी, मैत्रीको ताला लगाई (“मैत्रीसंनाह सन्नद्ध” गरि) लगाई, करूणाको साँचोले बन्द (“करुणा वर्मवर्मित”) गरी (खोली?), प्रज्ञारूपी खड्ग र प्रज्ञापारमिताको पुस्तक रीपी धनुष र बाण ( अर्थात् “प्रज्ञाखड्ग धनुर्वाण”) लिई, चक्रमण्डलको मूलमा मुख्य भई, आई(बसी?), भाग्यवन्तहरूलाई मण्डलभित्र भित्र्याई, अभिषेक दिई, सदुपदेश दिई, कामरागादि क्लेश र अज्ञान अन्धकार (अर्थात् “क्लेशज्ञान रंणजहः”) संग संग्राम गर्न लाई ईच्छा गरे जति सिद्धि वरदान दिनुभएको हुनाले भट्टारक मञ्जुघोषलाई त्यस? संग्राम जितेका (“रणंजहः”), मारको शत्रु “मारारी”, “बीर”, मार दमन गर्ने, चतुर्मारको भय हटाउने (“चतुर्मारभय अन्तकृत्”), मारसैन्य सब पन्छाउने(हटाउने) (“सर्वमारचमू जेता”), भनि महानता पूर्वक प्रख्यात गरिराखिएको छ । खड्ग र धनुषबाण लिनुभएको काय देखाउनु भएको “मञ्जुवज्र” (हो), तीनओटा अनुहार छओटा हातहरू (भई?) दायाँ हातमा खड्ग धनुष बायाँ हातमा उत्पल र बाण धारण गर्नुभएको “मारारि मारजित्” (हो) । यस्ता नामहरूबाट बुद्धहरूका भएको? नाम पर्याय आज्ञा गरिराखिएको हो । यसमा भट्टारक मञ्जुघोषलाई अर्थानुकूल भएको नामकरण गरी प्रख्यात गरिराखिएको हो । तथा मार भनेको चित्त क्लेशको पक्षमा (लै?)जानेलाई भनिराखिएको हो । “ललितविस्तर”मा राग क्लेशलाई मार सेना भनि भनिराखिएको (छ । त्यसै गरी) “बुद्धबैरोचन” र “भट्टारिका तारा”लाई स्तोत्र गरिएकोमा “मारवीर प्रमर्थन” भनि स्तोत्र गरीराखएको मारको वीर भनि राग क्लेशलाई भनिएको छ । चतुर्मार भनेको के के हो भने,- (१) क्लेशमार, (२) स्कन्धमार, (३) मृत्युमार, (४) देवपुत्रमार, गरी चारओटा मारहरू हुन् । मारसैन्य भनेको के के हो भने, क्लेश त्रिविषबाट फिंजिराजेको चौरासीओटा क्लेशहरु सबै हुन् । यी सबैलाइ बृद्धि गर्ने प्रत्यय कार्य(हरू) सबै-सबै (मारसैन्य) हुन् ।
तेस्रो – सत्कृतिको क्षेत्रद अनुत्तर पूर्वक प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको,-
संवुद्ध लोकनायक: ।।९।।
वन्द्य:पूज्योऽभिवाद्यश्च, माननीयश्च नित्यश: ।।
अर्चनीयत्तमो मान्यो, नमस्य: परमो गुरु: ।।१०।।
अर्थ – भट्टारक मञ्जुघोष(लाई) देवता सहित सकल लोकहरूको नाथ त्राता परायणि “सम्बुद्ध” भनि प्रख्यातगरी तदनुसार लोकका नायक “लोकनायकः”, “वन्द्यो”, पूजनीय “पूज्यो”, स्तोत्र गर्न योग्य, नमस्कार गर्न योग्य “अभिवाद्यःच”, सदा नै मान गर्न योग्य “माननीयश्च नित्यश”, “अर्चनीयत्तमो मान्यो”, सत् परम गुरु “नमस्य: परमो गुरु:”, … भनि महानता दर्शाइ प्रख्यात गरिराखिएको छ । यसमा अगाडीका कोही विद्वानहरूले यो नामसङ्गीतितन्त्रमा सूत्र (र) मन्त्र दुवैका (सबै) अङ्गहरु परिपूर्ण रहेको (छ, भनि) महानता दिई देखाइराखेका छन् । यसमा यो भनेको यो हो, यसको नियत भएको मार्ग यो हो, यस्तो स्वभावमा उत्पत्ति भएको हो, (इत्यादि) गुरुको अधीनमा गई बुझेका जानेकाहरू?का लागि पूजनीय, स्तोत्रनीय इत्यादि भनेर आज्ञा गरिराखेको छ, भनेर बताएको हो । यस(बारे) “त्रिरत्न अनुस्मरण”मा कृताञ्जली गर्न योग्य, वन्दना गर्न योग्य, पुण्यको श्रीक्षेत्र, प्रदक्षिणा गर्न योग्य, दान दिने स्थान भैरहनु भएका, सबै नै (सर्वत्र?) महादान गर्न योग्य भएका हुनुहुन्छ, भनि प्रख्यात गरिराखेको जस्तै हो । भट्टारक मञ्जुघोषलाई जिनहरुले समेत सत्कार (सत्कृत) गर्ने क्षेत्र (भनि) ग्रहण गर्नुभए भने जगतका प्रजाहरूले त भन्नु पर्ने नै रहेन ।
भट्टारक मञ्जुघोषले जिनहरुले सत्कार गराएको क्षेत्र ग्रहण गर्ने भनेको कसरी हो भने,- शास्ता मुनिन्द्रलाई निर्माणक गृहपति एकजनाले पिण्डपात्रमा भरी राखेर भोजन चढाएको (अर्थात् दान दिएको) रहेछ । त्यहाँ मञ्जुश्रीले भगवानलाई यसरी विनति गर्नु भएछ, “त्यस अग्र भोजन बिना पराक्रम(प्रतिफल?) उपभोग गर्नुभएमा अकृतज्ञ भइने छ” । त्यसबेला अन्य परिषदले उहाँ मञ्जुश्रीले भगवानलाई कहाँ उपकार गर्ने होला भनि मनमा लिइराखेको बेलामा शास्ताको(ले?) पिण्डपात्रको तल गएर बहत्तर लोकधातुहरूका (न्हेनिगू) गंगा नदीको बालुवा प्रमाणका लोकहरू नाघिगएको बेलामा युग्मपरायणादि हरुलाई पिण्डपात्र खोजील्याउन आदेश दिनुभयो । उनीहरु बाह्रहजार लोकधातुहरु सम्म गएर खोज्दा पनि (पिण्डपात्र) भेट्टाई ल्याउन नसकेको हुँदा भगवानले मञ्जुश्रीलाई नै सो अह्राउनु भयो । मञ्जुश्रीले आफू आफ्नो आसनमा बसीबसी हात फैलाएर पिण्डपात्र ल्याएर चढाउनु भयो । मञ्जुश्रीले भगवानलाई उपकार गरेको भाव के हो भने,- पहिले तथागत अपराजितध्वज लोकमा उत्पन्न? (समान) भैरहनु भएको अवस्थामा भट्टारक मञ्जुश्री पनि ज्ञानराज भनेका भिक्षु भैरहनु भएको (थियो) । त्यस बेला हाम्रा शास्ता पनि विमलबाहुपुत्र नामका (हुनुहुन्थ्यो । उहाँले भोजनले) पूरै भरेको पिण्डपात्र लिएर आइरहनु भएको बेला (उहाँ ज्ञानराज??ले) त्यस भोजन माग्नुभयो । तब विमलवाहुपुत्रले त्यो भोजन दान गर्नुभयो । (त्यसपछि ज्ञानराजले विक्रमवाहुपुत्रलाई) तथागत अपराजितध्वंजको सम्मुखमा लिएर गई शरण, र बोधिचित्त उत्पत्ति गराई उपकार गरि आउनुभएको कुरा “बोधिसत्त्व पिटक”मा आज्ञा गरिराखिएको छ ।
चौथो – निर्वाण अनन्त (अन्तर्गत भएको) हुन प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको,-
त्रैलोक्यैक क्रमगति, र्व्योम पर्यन्त विक्रम: ।।
अर्थ – भट्टारक मञ्जुघोषले सबै क्षेत्रहरुमा निर्माण परिपूर्ण गर्नु भयो?(भएको) । त्यो कुनै प्रयत्न वा पराक्रम वा विकल्पको अधीन भएर गरेको पनि होइन, एक-एक जना गरी (पटक पटकमा) प्रकाश गर्नु भएको पनि होईन । (तर) स्वर्ग-मर्त्य-पाताल तीनै लोकहरू नै एकैसाथ, खुम्च्याएको हातलाई फुकाएर तन्काएको जस्तै क्षणभर मैं निर्माण भई, जसरी गगनमा एउटा सूर्य उदय हुनासाथ सारा पृथ्वीमा तेजले (एकसाथ) व्याप्त गरेको जस्तै सर्व क्षेत्रहरु मा निर्माण भई व्यापक हुनुभयो । आकाशको अन्त्य नभएको जस्तै भट्टारक मञ्जुघोषको निर्माण अवतारहरुको पनि अन्त्य छैन । जहाँसुकै जतासुकै दृष्टिपुगेको स्थानसम्म जतिसुकै टाढा भएपनि (न्यंक) पनि व्यापक भएको गगन जस्तै निर्माणव्यूहको विक्रमगरी तथा व्यापक भई आउनुभयो, भनि प्रख्यात गरिराखिएको छ ।
पाँचौ – जगतको कारण गर्नको लागि जोडा नभएको गराई प्रख्यात गराइ राखेको द्वारा स्तोत्र गरिएको,-
त्रैविद्य: श्रोत्रिय: पूत:, षडभिज्ञ: षडनुस्मृति: ।।११।।
बोधिसत्व महासत्व, लोकातीतो महर्द्धिक: ।।
प्रज्ञापारमिता ति(नि?)ष्ठ:, प्रज्ञातत्व तमोगति(त्वमागत:?) ।।१२।।
आत्मवित् परवित्सर्व:, सर्वायोह्यग्र पुंगव(पुद्गल:?) ।।
सर्वोपमामति क्रान्तो, ज्ञेयो ज्ञानाधिपं पर:।।१३।।
अर्थ – यसरी भट्टारक मञ्जुघोषले भूमि-मार्ग-फल सहित(सबै मा) पारंगत भई, उत्तमपद प्राप्त गर्नुभई, जगतको कारण गर्नको लागि (उहाँ जस्तो) अर्को जोडा छैन, भनि स्तोत्र गरिराखिएको छ ।
“त्रिविद्या श्रोत्रिय पूत” भनिएको मा व्याख्यान गरिराखिएको त्रिविद्यका क्रम अनेक छन्, यथा,- (१) त्रिकाल विद्यालाई बताएको, (२) त्रिकाय विद्यालाइ बताइएको, (३) त्रि-अभिज्ञलाई बताइएको, (४) त्रिपिटकलाई बताइएको, ….इत्यादि अनेक भएतापनि यी सबैमा तल्लो (त्रिपिटक?)लाई बताइएको हो । भट्टारक मञ्जुघोषले जगतलाई मार्ग देखाउनमा (उहाँ) समानको अर्को कुनै जोडा छैन, भनि प्रख्यात गरि, पहिले (शुरुमा) शाधानमार्ग(बाट) विरक्तिको चित्त समुत्पन्न गरी, विनय(पीटक?)मा आज्ञा गरिराखिएको शीलशिक्षालाई विशुद्धरूपमा पालन गरी, (त्यसमा) पारङ्गत भई, अन्य जगतलाई पनि यस क्रममा साथै लिएर जानेमा जोडा नभएको हुनुहुन्छ, भनि प्रख्यात गरि(एको हो ।), विनयमा बताइएको मार्ग देखाइदिने, लक्षणवन्त भएका मित्र, उक्त स्थवीर विनयधरको बहुलक्षण सबै आज्ञा गरिराखेको (लाई) समुच्चय निरोध(पालन?) गरेमा बहुश्रुत, क्रम गति दुइटै समुच्चय भएको (हुने हुन्छ) आज्ञा गरिराखिएको छ । यसमा बहुश्रुत (अर्थात्, “श्रोतिय”) भनेको को हो भने, – त्रिपिटकमा भएका गाथा(पद)हरू कण्ठस्थ गरी जानेको हो । अतएव भट्टारक मञ्जुघोषले जगतलाई मुक्तिमार्गमा साथै लिएर जानको लागि नभई नहुने त्रिपिटक धर्ममा विदित भई, सुचिशील विशुद्धपूर्वक पारंगत गरी, अन्य जगतलाई पनि त्यसै क्रममा लिइजानु भयो, भनि प्रख्यात गरिराखिएको हो ।
“षडभिज्ञ” भनेको के हो भने, – (१) दिव्यचक्षु अभिज्ञ, (२) दिव्यश्रोत अभिज्ञ, (३) परचित्तज्ञान अभिज्ञ, (४)पूर्वे(नि)वासानुस्मृति अभिज्ञ, (५) ऋद्धिविषयज्ञान अभिज्ञ, र (६) आश्रवक्षय(ज्ञान) अभिज्ञ, समेत छओटा हुन् ।
“षडनुस्मृति” भनेको के के हो भने, (१) बुद्धानुस्मृति, (२) धर्मानुस्मृति, (३) संघानुस्मृति, (४) शीलानुस्मृति, (५) त्यागानुस्मृति, र (६) देवतानुस्मृति, समेत छओटा (षडगति अनुस्मृति) हुन् ।
यसको अलावा तेस्रो षडनुस्मृति पनि भनिएको छ, जसमा (१)बुद्ध अनुस्मृति, (२)धर्म अनुस्मृति, र (३)संघ अनुस्मृति (अर्थात् त्रिरत्नानुस्मृति)को अतिरिक्त (४) समय अनुस्मृति, (५) दया अनुस्मृति, र (६) चरित्र अनुस्मृति समेत गरी गरिराखिएको छ । यसरी यसलाई अन्य अनेक क्रमबाट पनि बताइएका छन् ।
“अभिसमयलङ्कार”मा तेह्रओटा अनुस्मृति (पनि) भनिएको छ, जसमा पूर्वोक्तानुसार (१-६) षडनुस्मृति, र (७ -१२) षड्पारमितानुस्मृति, र (१३) भावाभावानुस्मृति गरी तेह्रओटा गरिराखेको छ । परन्तु, जे जति भएतापनि भट्टारक मञ्जुघोषले जगतलाई सर्वज्ञ र मुक्तिको मार्गमा लैजान असमानको क्रम देखाउनुभएको हो । आकाशव्यापि प्राणिहरूलाई अभिज्ञाले देखीलिनुभई, (तीनिहरुका) आआफ्ना धातु अनुकूल भई, (तीनिहरुक) कारण गर्नुभयो । तथा धर्म बताउँदा बोध गर्नसक्ने लाई धर्म बताई, ऋद्धिद्वारा दमन गर्नु पर्ने लाइ ऋद्धि प्रकट गरी, परन्तु सकल जगतलाई छओटा अनुस्मृति अथवा बाह्रओटा(अनुस्मृति) द्वारा महायानको सम्पूर्ण भएको मार्गमा लिएर गई, बुद्धको भूमिमा तत्क्षण गर्नुभयो, भनि प्रख्यात गरिराखिएको छ ।
“बोधिसत्त्व महासत्त्व” भनेको परन्तु(?) प्राप्त गर्नुपर्ने अनुत्तरबोधि र जुन सिद्ध गर्नको लागि बोधिचित्त उत्पन्न गर्नुपर्ने हो, (त्यो) पूर्ण लक्षणको बोधिचित्त (प्राप्त गर्न), (१) स्वअर्थ बोधिचित्त र (२) परार्थ (बोधिचित्त) दुइटैको लागि रूपकाय प्राप्त गर्ने कामना गरी, यी दुबै (स्वअर्थ र परार्थ)लाई सिद्ध गर्नको लागि पथ(हरू) सम्पूर्ण गरी(भएको?) अभ्यास गरी लैजानुपर्ने हुन्छ । प्रथम सत्त्व स्वअर्थ बोधको आलम्बना, (र) दोस्रो सत्त्व परार्थे रूपकाय आलम्बना गर्ने हो । यसमा भट्टारक मञ्जुघोष महायानको मार्गमा संस्थीर र अक्षयमार्गको अङ्ग पूर्णभएको मर्म बोधिचित्तरत्न भावना पारंगत गरी, यसमा परिचित गराई, यसमा आकाश व्यापिक सकल प्राणिहरुको कारण गर्नमा समान नभएको, भनि प्रख्यात गरिराखिएको छ ।
“लोकातीतो महर्द्धिक” भनेको महायानको मार्गमा शिक्षित गरि लैजाने अवस्थामा पहिले श्रद्धाको अधिमुक्तिचर्याको भूमिका शिक्षित गराई, त्यसमा (गुगु?) पारंगत गराई, लोकोत्तरको मार्ग, महायानको दर्शन मार्ग प्राप्त भएपछि महाऋद्धि(हरू) द्वारा प्राणिका कारण अत्यन्त गर्न सक्ने हुन्छ । र महायान दर्शन मार्ग भएर यथार्थपूर्वक ऋद्धि देखाउन सक्ने इत्यादि दशभूमिको गुण उक्तानुसार बताइ सकिएको जस्तै हो । यसमा भट्टारक मञ्जुघोषले लोकोत्तरको मार्ग दशभूमि पारङ्गत गरी महाऋद्धिक द्वारा जगतको कारण गर्नको लागि समान नभएको, भनि प्रख्यात गरिराखिएको हो ।
“प्रज्ञापारमिता तिस्थ” भनेको र “प्रज्ञातत्त्व तमोगति” भनेको दशभूमि सबै पारङ्गत गरी बोधिफल प्राप्त गरेको क्रम हो । दशभूमि क्रमश गई, जिनपुत्रको चर्याहरू तीनैओटा, अर्थात् (१) पूर्ण, (२) विपाक, (३) शोधन गरी, (ती) तीनैओटामा पारङ्गत भइ, प्रज्ञापारमिताको अन्त(अन्त्यमा?) वज्र समान भएको समाधि प्राप्त भयो भने (१) बोधिचित्तरत्न भएको बल र (२) स्थितसंकल्पप्रज्ञ भएको बल दुइटै पारङ्गत भई फल अन्तर्गतको तत्त्व अनुत्तरबोधि प्राप्त गर्नुभयो (हुने हुन्छ), भनि भट्टारक मञ्जुघोषले अनुत्तर बोधि प्राप्त गरेको क्रम प्रारम्भ गरी प्रख्यात गरिराखिएको छ ।
“आत्मवित्परवित्सर्व, सर्वयोज्योग्र पुङ्गव” भनेको अनुत्तरबोधि प्राप्त गरी परमार्थ गर्ने क्रम हो । अनुत्तर बोधि प्राप्त गरी आफ्नो कारण (आत्मवित्), परको कारण (पर वित्) र सबैकारणहरू लाई विदित गरी जानी, ती सर्वकारणहरू सिद्ध गर्नको लागि निर्भिकताको शक्ति प्राप्त गरी, सकल लोकलाई उपकार हुने अनुत्तरको कार्य (चरित्र) गर्न सक्ने भई, तदनुसार बुद्ध भएर, “सर्वर्ग्र्योग्रपुद्वल?” अर्थात् सकल लोकहरुलाई उपकार गर्ने पुद्गलहरू मध्ये भट्टारक मञ्जुघोष करुणा र भरोसामा परम् असमानको हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको छ । यस्तो गाथा पाद दुइटाबाट विद्वानहरुले तीनैयानहरु लाई मिलाएर राखेको भनि बताएका छन्- (१) आत्मवित् भनेको आफ्नै कारणमा मुक्ति सिद्ध गर्नेवाला श्रावक (लाई), (२) परवित् भनेको बुद्ध नआउनु भएको लोकमा सबैतीर नि:शब्द गरी कायविपरिनतले परलाई धर्मदेशना गर्नेहरु प्रत्येक (लाई), तथा (३) सर्व उपकारक (भनेको) बोधिसत्त्व (लाई) हो । यी तीनओटा कुलिकहरूलाई बुद्धको मुक्तिमा साथै लिएर जानको लागि समान नभएको भट्टारक मञ्जुघोष हुनुहुन्छ, भनि भनिएको हो ।
“सर्वोपमामतिक्रान्ता” भनेको महायानमा शाधानको मार्गमा पारङ्गत भई, परम तीक्ष्ण इन्द्रिय भएका लाई अनुत्तरको (सर्व उपमाहरुबाट अतिक्रान्त भएको) मन्त्रमार्गमा लिएर गई, अनुत्तरमार्गको सिद्धान्त, अपरिवर्तनीय सुख, निरावरण सहजको ज्ञान, हृदय र प्रज्ञप्ति विसञ्चित शून्यतारूप, लक्षणव्यञ्जनालङ्कृत भएको दुईटा काय एउटा स्वभाव भएको फल पर्यन्तको त्रिकाय पञ्चज्ञानले संयुक्त भएको पद हो । “ज्ञेयो ज्ञानाधिपं पर:” भनेर यस्तो मार्ग देखाउनको लागि परम् ऐश्वर्य अधिकार भएका कोही हुनुहुन्छ भने उहाँ भट्टारक मञ्जुघोष हो । तस्मात् भट्टारक मञ्जुघोषलाई जगतमा नाथ त्राता परायणि उत्तमको भनि प्रख्यात गरिराखिएको हो ।
चौथो – यस तन्त्रमा जतिसम्म स्तोत्र व्याख्यान गरिएका छन्, ती सबै भट्टारक मञ्जुघोष लाई स्तोत्र गरि राखिएको हो भनि बुझनको लागि मञ्जुश्रीको नाम भावित हुने गरेको द्वारा स्तोत्र गरिएको,-
धर्मदानपति श्रेष्ठः, चतुर्मुद्रार्थ देशक: ।।
पर्युपास्यतमो जगतां, निर्याणत्रययायिनाम् ।।१४।।
परमार्थ विशुद्धश्रीः त्रैलोक्य सुभगो महान् ।।
सर्वसंपत्कर: श्रीमान् मञ्जुश्री: श्रीमतांवर: ।।१५।।
अर्थ – यस नामसङ्गीतितन्त्रमा बुद्ध र बोधिसत्त्वहरूका यावत् गुणहरु वर्णन गरिराखिएको (जति पनि छन्, ती) सबै(बाट?) भट्टारक मञ्जुघोषलाई स्तोत्र गरिएका (हुन् । ती) द्वारा आदिकर्मिक? आदिपुरुषको भूमि देखि बुद्धको भूमि सम्मको मार्ग(हरु)का मर्म सबै, र बुद्ध भएपछि पनि जगतको कारण गर्ने क्रम बुद्ध भएको कर्म कार्यको रहस्य सबै सम्पूर्ण देखाएको हो । किन्तु भट्टारक मञ्जुघोषलाई स्तोत्र गरिराखिएको द्वारा निर्देश गरिराखिएको प्रमाण बाट (पनि?) भट्टारक मञ्जुघोष (स्वयं) अतीतका जिनहरू उत्पत्ति गरि आउनुभएका पिता हुनुहुन्छ । वर्तमानमा दशदिग् लोकधातुहरूमा आइरहनु भएका सकल बोधिसत्त्वहरू भट्टारक मञ्जुघोषको शक्तिबाट मात्र मार्गमा पुगेका हुन् । भविष्यमा हुनेवाला बुद्ध-बोधिसत्त्वहरू लाई पनि भट्टारक मञ्जुघोषकै शक्तिको अधिन (अनुग्रह) आवश्यक पर्ने भएका हुनाले भट्टारक मञ्जुघोषको समान अर्को कुनै नभई, (उहाँ) जगद्गुरु देवातिदेव (आफै) एकजनामात्र हुनुहुन्छ भनि देखाएको हो ।
यसमा “धर्मदानपति श्रे”ष्ठ भनेको भट्टारक मञ्जुघोष सकल लोकका मूलगुरु हुनुहुन्छ, भनि (यस अघि) वर्णन गरिसकिएको जस्तै हो । आकाश व्यापि सकल प्राणिहरुलाई आआफ्नो भाग्य अनुसारले निर्माण भई धर्मको उपदेश गर्नुभई, सिद्धिको वर दान दिइ आउनुभएको हुनाले, महादानपति भनि प्रख्यात गरिराखिएको हो ।
“चतुर्मुद्रार्थ देशक” भनेको यस्तो जस्तो (गम्भीर)धर्म बताई चतुर्मुद्राको अर्थ देखाइ आउनु भएकोले हो । यस चतुर्मुद्रालाई शाधान र अशाधान दुइटैबट वर्णन गरिएको छ ।
शाधान अनुसार चतुर्मुद्रा (भनेको) चारओटा नैमित्तिक विद्याहरु हो, ती के के हुन् भने, – (१)संस्कार सबै अनित्य, (२)क्षयहुने सबै दु:ख (३)सर्वधर्म शून्य अनात्मा, र (४) निर्वाण भएर जाने मात्र नै शान्ति देखिने हुन् । यी चारओटा जिनको प्रवचन सबैको रहस्य भएको अर्थ त्यस शासनमा रहनु भएकाहरू सबैजनाले अनुभव गरी लैजाने? क्रम हो, यसबाट नाघि नगएका? लाई नैमित्तविद्या मुद्रा भनिएको छ ।
अशाधानको चतुर्मुद्रा भनेको के के हो भने,- (१) काय महामुद्रा, (२) वाक् धर्ममुद्रा, (३) चित्त कर्ममुद्रा, र (४) कर्म समयमुद्रा समेत, चारओटा हुन् ।
यो मन्त्रमार्गको रहस्य समुच्चय गरिराखेको समूह -मन्त्र र विशेष अनुत्तरमार्गमा अभ्यास गर्ने ईच्छा भएकालाई मार्गको रहस्य अनुभव गराई लैजाने क्रम यो भन्दा अर्को (बढी) नभएकोले मुद्रा भनिराखिएको हो । यसको भावार्थ र अनुभव गर्ने क्रम निपूर्ण हुने गरी उल्लेख गरिएमा अत्यन्त धेरै लामो लेख्नुपर्ने भएको हुनाले यहाँ प्रकाश गरिएन । मात्र यसबाट भट्टारक मञ्जुघोषले जगतलाई शाधान र अशाधानको मार्गको रहस्य पर्यन्तको बताउनु भयो, भनि प्रख्यात गरिराखिएको छ ।
“पर्युपाशोत्तमोजगतां” भनेको उक्तानुसार बताइएको जस्तै समूहधर्म र विशेष सूत्र मन्त्रको रहस्य नबिराइकन बताउनु भएको हुनाले जगतमा लोकहरुले ‘सत्कृत गर्न मर्म? योग्य’ हुनुभएका एकजना हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो । यसको प्रमाण पनि दशैदिशाको सबै बुद्धहरुलाई पूजा गरेको बापत आफूलाई (प्राप्त हुने पुण्य भन्दा) नबिराइकन बाटो देखाइदिने गुरुको कुनै रौं एउटाको (मात्र) पूजा गरेको पुण्य महोत्तम हुने गर्दछ, भनि ”श्रीगुह्यसमाजतन्त्र”मा महानतापूर्वक प्रख्यात गरिराखेको जस्तै हो ।
“निर्यानत्रययायीन, परमार्थ विशुद्धश्री” भनि भनिराखेको उक्तानुसार बताएको जस्तै तीन यानहरुका विरक्ति द्वारा (विराग)मार्गमा गमन हुने ईच्छा भएकालाई मार्गको नायक, परमार्थ समानको नभएको, सर्वप्रकारको दोषबाट रहितससष भएका, विशुद्ध भएका श्रीमान् हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको छ ।
“त्रैलोक्य शु(सु?)भगो महान्” भनेको भट्टारक मञ्जुघोषलाई स्वर्ग-मर्त्य-पाताल समेत तीनैओटा लोकहरूमा (उहाँ) समानको (अर्को कुनै) नभएको, जसको नाममात्र पनि लिने (ग्रहण) गरेका र कायको स्वरूप मात्र बोकीराखेका (बुया चोंपिंत) लाई, (उहाँहरू) जहाँ बास गरिराखेको स्थान (हो, त्यस स्थान) देव सहित लोकहरुका लागि महाशुभ कल्याण हुने पुण्यक्षेत्र हुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
“सर्वसंपत्कर श्रीमान्, मञ्जुश्री श्रीमताम्बर” भनेको जेजति नामसङ्गीतितन्त्रमा याबत् आज्ञा गरिराखेको सम्पत् अर्थात् (गुणहरू छन्, उहाँ) ती सबैको (उहाँ) श्रीमान हुनुभएका हुनुहुन्छ, (भनिएको हो) । उहाँ देव सहित सकल लोकहरु लाई अहिले(तुरुन्त)को र पछि(परन्तु)को (पनि) ऐश्वर्य-सिद्धि सबै दिने हुनुहुन्छ । (उहाँ) बन्दना (र) पूजा गर्न योग्य, सर्वप्रकारले प्रार्थना गर्ने स्थान भैराखेका, प्रख्यात हुनुपर्ने(गर्ने) ठाउँ सबैमा प्रख्यात गरिराखेका, गाथा स्तुति सबै स्तोत्रगर्न योग्य हुनुभएका, विशेष आर्य भएका, सर्व श्रीमान, उत्तम, सकल जिनका एकजना पिता भट्टारक मञ्जुघोष हुनुहुन्छ, भनि प्रख्यात गरिराखिएको हो ।
।।कृत्यानुष्ठानज्ञानगाथापञ्चदश:।।
एघारौं परिवर्त
पञ्चतथागत ज्ञानगाथा स्तुति पञ्च
(नमस्ते वरद वज्राग्र्यो …. देखि ज्ञानकाय नमोस्तुते सम्म)
मूलको तेस्रो – विस्तारपूर्वक बताइएको सबै अर्थहरूलाई समुच्चय गरी स्तोत्र गरिएको । पाँचओटा –
१. भट्टारक मञ्जुघोषलाई आदर्शन समानको ज्ञान द्वारा स्तोत्र गरिएको ।
२. धर्मधातुज्ञान द्वारा स्तोत्र गरिएको ।
३. प्रत्येवेक्षणाज्ञान द्वारा स्तोत्र गरिएको ।
४. समताज्ञान द्वारा स्तोत्र गरिएको ।
५. कृत्यानुष्ठानज्ञान द्वारा स्तोत्र गरिएको ।
प्रथम – भट्टारक मञ्जुघोषलाई आदर्शन समानको ज्ञान द्वारा स्तोत्र गरिएको,-
नमस्ते वरदवज्राग्र्यो, भूतकोटि नमोस्तुते ।।
नमस्ते शून्यतागर्भ, वुद्ध वोधि नमोस्तुते ।।१।।
अर्थ – “नमस्ते वरदवज्राग्र्यो” भनेको भट्टारक मञ्जुघोषलाई विस्तार पूर्वक स्तोत्र गरिराखिएको सबैको अर्थ समुच्चय गरी पञ्चज्ञानद्वारा स्तोत्र गरिराखेको मध्ये आदर्शन (अर्थात्, ऐना) समानको ज्ञान द्वरा स्तोत्र गरी प्रार्थना गर्ने (हो । यो) कसरी (गर्नुपर्ने) हो भने,- “सकल लोकजनहरुलाई वर र? शाधानको सिद्धि सम्पूर्ण दिनुभएको हुनाले सकल जिनपुत्रहरूले वरदानवज्र भनि एकस्वरले (छगूपाखं) प्रख्यात गर्नुभएका वज्रकुलका उत्तम नाथ, मञ्जुघोषलाई सादर पूर्वक नमस्कार । वर र? शाधानमा सिद्धि चाँडै नै दिइदिनुहोस्” भनि प्रार्थना गर्ने ।
“भूतकोटि नमस्तुते“ भनेको, “बोधिचित्त उत्पत्ति गरी, दुइटा सम्भारहरु सम्पूर्ण गरी, वज्र समानको समाधिमा दुइटा वितर्कहरु सकाई, सम्यक(रूपमा) अन्त्य गरी, सर्वधर्मको स्थिति पर्यन्त साक्षत्कार गरी जानेका, उहाँ सर्वज्ञको ज्ञानहृदय भएको, नाथ मञ्जुघोष हजूरलाई सादर पूर्वक नमस्कार । स्थित शून्यता साक्षत्कार (देख्न बुझ्न) सक्ने अधिष्ठान शिघ्र गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“नमस्ते शून्यतागर्भ“ भनेको, “शून्यता करुणा गर्भको भावना पारङ्गत भई, परमार्थको प्रभास्वर भएको लक्षण व्यञ्जनको काय भएर आउनुभएका नाथ मञ्जुघोष हजूरलाई सादर पूर्वक नमस्कार । शिघ्र लक्षण व्यञ्जनको काय प्राप्त हुने, अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धबोधि नमस्तुते“ भनेको, “उपाय बोधिचित्तरत्न र प्रज्ञा संकल्प शून्यताको दृष्टि दुइटा यौतुक मार्गमा पारङ्गत भई, अनुत्तरको सम्यक्सम्बुद्धको पद महाबोधि प्राप्तगरी आउनुभएका नाथ मञ्जुघोषलाई हजूरलाई सादर पूर्वक नमस्कार । शिघ्र बुद्ध पद प्राप्त हुने, अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
यस गाथा बुद्धपद सिद्ध गर्ने मार्गका अङ्ग पूर्ण भएको देखाई शुरुमा सकल गुणलाई संस्थीर गराइ राखी सिद्धिको मूल नभट्किएको (मदोंगु?) मार्ग देखाइदिने कल्याणमित्र एकजनालाई (मनले) विचार र कार्य दुइटै बाट क्रमानुसार सेवा गरी, तर(किन्तु?) त्यस कल्याणमित्रलाई (प्रखल?) साधारणको संज्ञा नराखि, (उसमा) देवातिदेव भट्टारक मञ्जुघोषको स्वभावत्व देखी, गुरु र नाथ मञ्जुघोष फरक नभैराखेको लाई एकाग्रतासाथ प्रार्थना गरी, (उनको) आज्ञानुसार सिद्ध गर्नुपर्ने प्रथम गाथा चरणले देखाएको छ । यहाँ देखि प्रज्ञोपाय यौतुकमार्गमा चीरकालसम्म ध्यान गरी भाविता हुने गरी अनुभव र भित्र प्रविष्ठ भयो कि मन्त्रमार्गको क्रम दुवै नै प्रयोग (उपार्जन) गर्दाखेरि बोधिचित्तरत्न संवेगवाट समुत्पन्न गरी सर्वप्रपञ्चको अन्त्यबाट छुटेको सम्यक् अन्त्यको भवनागर्ने, यसको भाव रूपकाय प्रकट भई अद्वय स्वच्छ गम्भीर दिव्ययोग प्रयोग गरी भावना गर्ने, गाथा चरण दोस्रो र तेस्रोवाट देखाइराखेको हो । यस तन्त्र पढने अवस्थामा गुरु र नाथ मञ्जुघोष बेग्लै नभएको लाई संबेग पूर्वक प्रार्थना गरी यस्तो प्रकारको मार्गको अङ्ग परिपूर्ण भएको लाई नभुलिकन नियत प्राप्त हुने र शिघ्र स्वभावमा उत्पत्ति हुने प्रार्थना गर्नु पर्दछ ।
दोस्रो – धर्मधातुज्ञान द्वारा स्तोत्र गरिएको ।
बुद्धराग नमोस्तेतु, वुद्धकाम(य) नमोनम: ।।
बुद्धप्रीति नमस्तुभ्यं, वुद्धमोद नमोनम: ।।२।।
अर्थ – “बुद्धराग नमोस्तेतु“ भनेको, ‘अभिसम्बुद्ध भई आउनुभई सर्वधर्मको स्थितिशून्यतामा रागको तथा पुन: उठन? हुनु नपर्ने समाहित भएको धर्मकाय लाभ गरी आउनुभएका हजूर नाथ मञ्जुघोष सादर पूर्वक नमस्कार । शिघ्र धर्मकाय प्राप्त हुने, अधिष्ठान गर्नुहोस्’, भनि प्रार्थना गर्ने ।
“बुद्धकाम नमोनम:“ भनेको “अभिसम्बुद्ध भई आउनुभई धर्मकायबाट अचल भई आउनु भएको जस्तै आकाश व्यापिक सकल प्राणिहरु(लाई) शिघ्र नै तारेर पठाउने कामना तथा ईच्छा गरी आउनुभएका नाथ कारुणिक भट्टारक मञ्जुघोष लाई महाआदर पूर्वक बन्दना नमस्कार । म पनि नाथ हजूर समान हुने अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धप्रीति नमस्तुभ्यं“ भनेको “अभिसम्बुद्ध भई आउनुभई महासुख धर्मकायको भावमा अत्यन्त हर्षमान भएको चित्तबाट आएको जस्तै जसरी एक्लो छोरालाई आमाले प्रीति राखेको हुन्छ त्यसरी नै आकाश व्यापिक सकल प्राणिहरुमा अति प्रीतिभाव भएको चित्त गरी सकल प्राणीहरुको कारण गर्नुभयो । कहिले पनि कम्पित नहुनुभएका नाथ हजूर मञ्जुघोष लाई आदर पूर्वक नमस्कार । शिघ्र प्रज्ञाको स्वभाव अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धमोद नमोनम:” भनेको “अभिसम्बुद्ध भई आउनुभई चित्त सुख शून्यको भावमा सदा नै मोद भई, करूणा पूर्वक जगतको कारण गर्नलाई कहिले पनि कम्पित नभएका मञ्जुघोष हजूरलाई बन्दना नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
तेस्रो – प्रत्येवेक्षणाज्ञान द्वारा स्तोत्र गरिएको ।
बुद्धस्मित नमस्तुभ्यं, बुद्धहास नमोनम: ।।
वुद्धवाचा नमस्तुभ्यं, वुद्धभाव नमोनम: ।।३।।
अर्थ – “बुद्धस्मित नमस्तुभ्यं“ भनेको “अभिसम्बुद्ध भई आउनुभई, प्राणिका कारणबाट क्षणभरको लागि पनि नभुलि, दशै दिशामा हेर्नुभई, कसलाई मैले संसार र दुर्गतिबाट उत्तीर्ण गरूँ, कसलाई मैले बुद्धको भुवनमा लिएर जाउँ, कसलाई मैले धर्मोपदेश दिउँ भनि भरोसा दिंदैं(भालपा?) अवलोकन गर्नुभई, धर्मोपदेश गर्न योग्य पात्र भएका (लोकजनहरू) कोहि देखिएमा चित्त अति खुशी भई, धर्मोपदेश दिई आउन अघि (न्ह्यव:?) मुसुक्क हाँसी आउनुहुने नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धहास नमोनम:“ भनेको “अभिसम्बुद्ध भई आउनुभई, दशै दिशाका सब लोकजनहरुलाई हेर्नुभई, कसलाई मैले संसार र दुर्गतिबाट उत्तीर्ण गरूँ, कसलाई मैले नमन गरूँ, कसलाई मैले क्रोध गरी दमन गरूँ, भनि विचार गरी, क्रोधगरी दमन गर्नुपर्ने कुनै प्राणिलाई देख्नासाथ अट्टहासले गुञ्जायमानगरी, हाँस्नुभई, क्रोधकर्म द्वारा दमन तथा संयम गर्नुभएका नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धवाचा नमस्तुभ्यं“ भनेको “अभिसम्बुद्ध भई आउनुभई, बुद्धका चरित्र मध्ये मुख्य भएको? ब्रह्मस्वरको वचनद्वारा लोकजनहरुलाई धर्मदेशना गर्नुभएका, नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । मार्ग सिद्ध गर्ने अन्तराय सबै शिघ्र सकाउनुहोस्”, भनि प्रार्थना गर्ने ।
“बुद्धभाव नमोनम:“ भनेको “अभिसम्बुद्ध भई आउनुभई, सकल जिनहरुका एउटै समुच्चय भैराखेको चित्त(लाई?) आकाश क्षय नभएसम्म परिवर्तन नहुने गरी, महाकरूणा(संग) परिचित गरी प्राणिहरुलाई धर्मदेशना गर्नुभएका नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र करुणा दृष्टि राखि अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
चौथो – समताज्ञान द्वारा स्तोत्र गरिएको ।
अभवोद्भव नमस्तुभ्यं, नमस्ते वुद्धसंभव ।।
गगनोद्भव नमस्तुभ्यं, नमस्ते ज्ञानसंभव ।।४।।
अर्थ – “अभवोद्भव नमस्तुभ्यं“ भनेको “चित्तोत्पत्ति गरी आउनुभई, दुवै संभारबाट पारङ्गत भई, सर्वधर्म अस्वभावको शून्यता(लाई) प्रत्यक्ष देखी, परमार्थको प्रभास्वर भैराखेको जुन अपरिवर्तनीय हो, पूर्णाङ्गको साथसाथै शून्यरूप लक्षण व्यञ्जनालङ्कृत भएको कायबाट लोकहरुको कारण गरी आउनुभएका नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र करूणा कृपा राखि अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“नमस्ते बुद्धसंभव“ भनेको “नमस्ते ज्ञानसंभव“ भनेको “अन्तर्गतको शिक्षार्थ भएको प्रभास्वरको ज्ञानबाट उत्पन्न भएको दुइटा काय यवक धारण गर्नुभएका नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“गगनोद्भव नमस्तुभ्यं“ भनेको “षडङ्ग संप्रयोग भावना गर्ने बखतमा “गगनमा मारिया(मरीचि?) आदि नाना आलोक(ज्योति) प्रकाश पठादान(उपादान?) शून्यरूप लक्षण व्यञ्जनालङ्कृत भएको काय सिद्ध भई जगतको कारण गर्नमा अकम्पित हुनुभएका, नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने । पुनश्च: “गगन समान भएको शून्यता प्रपञ्चको अन्त्य सबै छुटिगएको (लाई) साक्षात्कार गरी देखि, परमार्थको प्रभास्वरबाट उत्पन्न भएको रूपकाय भई, जगतको कारण गरी आउनुभएका हजूरलाई नमस्कार” भनेर भन्ने ।
“नमस्ते ज्ञानसंभव“ भनेको “अन्तर्गतको शिक्षार्थ भएको प्रभास्वरको ज्ञानबाट उत्पन्न भएको दुइटा काय यवक धारण गर्नुभएका नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
पाँचौं – कृत्यानुष्ठानज्ञान द्वारा स्तोत्र गरिएको ।
मायाजालन मस्तुभ्यं, नमस्ते वुद्धनाटक ।।
नमस्ते सर्वसर्वेभ्यो, ज्ञानकाय नमोस्तुते ।।५।।
अर्थ – “मायाजाल नमस्तुभ्यं” भनेको “अभिसम्बुद्ध भई आउनुभई, मायाजाल भनिएको चटक जस्तै निर्माणगरी, संख्या अनुसार प्रकाश गरी, लोकनायक हुनमा जहिले पनि अचल भै रहेका, नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । मलाई पनि जसरी निर्माण भई बोध गर्नुपर्ने हो, अनुगृहित गरी शिघ्र विपाक भई तारीजाने अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“नमस्ते बुद्धनाटक” भनेको “अभिसम्बुद्ध भई आउनुभई, जिनको चरित्रलाई नानाप्रकारबाट निर्देशन गरी, तथा कुनै भुवनमा काय प्रशव? भई, कुनै भुवनमा जानुभई, कुनै भुवनमा प्रबज्ज्रित भई जानुभई, कुनैमा धर्मचक्र गर्नुभई, इत्यादि प्रकारले प्राणिहरुका आआफ्ना इन्द्रिय अनुसारले नानाप्रकारको रूपको भई आउनुभएका, नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । शिघ्र नै लक्षण व्यञ्जन भएको काय दर्शन भई वचन स्वरले सुनी विपाक गरी तरी जाने अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“नमस्ते सर्व सर्वेभ्यो” भनेको “प्रख्यात ठाउँठाउँ? सबैमा सबैप्रकारले प्रख्यात गरिराखेको, स्तोत्र ठाउँठाउँ सबैमा सर्वप्रकारले स्तोत्र गरीराखिएको, सकल लोकजनहरूका सदा सर्वदा काल देखि प्रार्थना गर्ने स्थान हुनुभएका, उहाँ नाथ मञ्जुघोष हजूरलाई सादर नमस्कार । मलाई पनि जसरी निर्माण भई बोध गर्नुपर्ने हो, अनुगृहित गरी शिघ्र विपाक भई तारीजाने अधिष्ठान गर्नुहोस्”, भनि प्रार्थना गर्ने ।
“ज्ञानकाय नमोस्तुते” भनेको “सबै समुच्चय गरे तापनि सकल जिनहरूको एउटैमा ज्ञान संग्रहीत भैराखेको काय भैराखेको गुणको स्कन्ध एउटा एउटामा समुच्चय भई आउनु भएका, भैराखेका सिद्धि उत्पत्ति हुनेको महाभय सर्वत्र धर्म उत्पत्ति हुनेको एउटामात्र स्थान भई आउनुभएका, भैराखेका संघहरुका अधिपति, त्रिशरण सबै समग्रका अधिकारी, नाथ मञ्जुघोष (हुनुभएका) हजूरलाई सादर नमस्कार । कहिले पनि केहि नहुने गरी अनुग्रहण (अनुकम्पा) राखी वर र शाधानको सिद्धधि सबै वरदान दिनुहोस्”, भनि प्रार्थना गर्ने ।
यी पाँचओटा गाथाहरू(मा) यस नामसङ्गीतितन्त्रमा सूत्र र मन्त्रका रहस्यहरु जतिसम्म बताइ राखिएका छन्, ती सबैका मर्म संग्रह गरि राखिएको छ, यावत नाथ मञ्जुघोषलाई स्तोत्र गरिराखिएको सबैको मर्म संग्रह गरी स्तोत्र गरिराखेको छ, र विशेष रूपमा “श्रीकालचक्रतन्त्र”मा सिद्धि (साधन) बटुल्नेको उपाय जति बताइराखेको छ, ती सबैको महिमा (रहस्य) सम्पूर्णको गर्भ नाथ मञ्जुघोषको करुणबाट प्रार्थना गर्ने अवस्थामा नाथ मञ्जुघोषलाई प्रार्थना गर्नुपर्दछ ।
।। इति पंचतथागतस्तुतिगाथा पञ्च ।।
बाह्रौं परिवर्त
अनुशंसा गुणको वर्णन गरिएको
मूलको चौथो – नामसङ्गीतिको प्रशंसा बताइएको । छओटा-
१. शास्ता मुनिन्द्र गुह्यपति सपरिवार समेतले यथार्थ पूर्वक प्रार्थना गरेको अनुसार “आर्य मञ्जुश्री नामसङ्गीति” सविस्तार पूर्वक आज्ञा गरि आउनुभई गुह्याधिपति लाई यस तन्त्र समुच्चयिक अधिष्ठान गरी यस तन्त्र ग्रहण गरेकाहरु लाई अत्यन्त प्रशंसा (पुण्य) हुने अधिष्ठान गरी आउनु भएको ।
२. यस तन्त्र धारण गरेका लाई जिनपुत्रहरूको अधिष्ठान (प्रशाद) प्रवेश हुने आदि अत्यन्त प्रशंसा देखाएको ।
३. यस तन्त्र धारण गरेका लाई रोग दोष पाप आवरण सकिई आयु पुण्य बृद्धि हुने र प्रज्ञाबृद्धि हुने इत्यादि अत्यन्त प्रशंसा भएको देखाएको ।
४. यस तन्त्र धारण गरेका लाई सकल बुद्ध तथा बोधिसत्त्वहरूले अधिष्ठान गरि भूमिमार्ग चाँडै पुग्ने आदि अत्यन्त प्रशंसा भएको देखाएको ।
५. यस तन्त्र धारण गरेका लाई भट्टारक मञ्जुघोषले अधिष्ठान गरी आउनुहुने आदि अत्यन्त प्रशंसा भएको देखाएको ।
६. यस तन्त्र धारण गरी ?चित्त का लाई सकल बुद्ध तथा बोधिसत्त्वहरूले अधिष्ठान गरि भूमिमार्ग चाँडै पुग्ने आदि अत्यन्त प्रशंसा भएको देखाएको ।
प्रथम- शास्ता मुनिन्द्र गुह्यपति सपरिवार समेतले यथार्थ पूर्वक प्रार्थना गरेको अनुसार “आर्य मञ्जुश्री नामसङ्गीति” सविस्तार पूर्वक आज्ञा गरि आउनुभई गुह्याधिपति लाई यस तन्त्र समुच्चयिक अधिष्ठान गरी यस तन्त्र ग्रहण गरेकाहरु लाई अत्यन्त प्रशंसा (पुण्य) हुने अधिष्ठान गरी आउनु भएको,-
“हे वज्रपाणि (वज्र)धर ! यो यस्तो भगवानको ज्ञानकाय सकल तथागतहरुका ज्ञानकाय (स्वरूपको) मञ्जुश्रीज्ञानसत्त्वको ज्ञानमूर्ति हो । यो (अष्टादश आवेणिकधातु वाट) परिशुद्ध छ । नामसङ्गीति तथा तिमिले अनुत्तरको आनन्द प्रमुदित महार्थ यथार्थमा उत्पत्ति भैरहोस् भन्ने अर्थको लागि, र काय-वाक्-चित्तको गुह्य परिशुद्ध गर्नको निमित्त, भूमि र पारमिताहरू परिपूर्ण परिशुद्ध गर्न, पुण्य तथा ज्ञानको सम्भारहरू परिपूर्ण परिशुद्ध गर्नको निमित्त, अनुत्तरको अर्थ विशेष गरी नबुझेको कुरालाई विशिष्ठ हुने गरी बुझ्नको लागि, प्राप्त नभएकोलाई प्राप्त गर्नको निमित्त, अपितु सकल तथागतहरुका सद्धर्मको क्रम यथार्थपूर्वक ग्रहण गराउने (नेत्र धारण गर्न) कारणबाट पनि मैले बताइ दिएको छु । यथार्थ पूर्वक वचनवाट प्रकाशित गरेको छु । विमुक्त पारङ्गत हुनेगरी विभाजन गरी, अति स्वच्छ निर्मल गरी (तिमिमा) अधिस्थान गरिदिएको छु ।“
“हे वज्रपाणि (वज्र)धर” यो यस्तो जुन हो, त्यसलाई मैले तिम्रो स्वभाव(हृदयमा) सर्व मन्त्रको धर्मता सबै नै अधिस्थान गरिदिएको छु”, भनि आज्ञा गर्नुभयो ।
दोस्रो – यस तन्त्र धारण गरेका लाई जिनपुत्रहरूको अधिष्ठान (प्रशाद) प्रवेश हुने आदि अत्यन्त प्रशंसा देखाएको, –
“पुनर्वार, हे वज्रपाणि(वज्र)धर यो नामसङ्गीति अत्यन्त परिशुद्धको परिशोधनको यद्यपि सर्वज्ञको ज्ञान र काय वाक् चित्तको गुह्य भैराखेको हो सकल तथागतहरुको बुद्धबोधि, सम्यकरूपमा सम्बुद्ध भएकाहरूको अभिसमय (संकल्प) हो, सकल तथागतहरूको अनुत्तर हो, सकल सुगतहरूको धर्मधातु संकल्प (गति) हो, जिनहरूले सकल मारहरूको बललाई पराजित गरेको हो, दश प्रकार बलहरू भएकाको ” हो, सर्वज्ञज्ञान प्राप्तगरेका हरूको सर्वज्ञता हो, सकल धर्महरूको आगम(व्याकरण, दर्शन, प्रमाण) हो, सकल बुद्ध (धर्म, वस्तु?) हरूको सम्यक्अवसित (साक्षात्कार) हो । सकल महा(सत्त्व)-बोधिसत्त्वहरूका विमल, सुपरिशुद्ध भएको पुण्य(सम्भार) र ज्ञानसम्भार परिपूर्ण भएको हो । सर्वश्रावक, प्रत्येक(बुद्ध) र बुद्धहरूलाई उत्पन्न (जन्म दिने?) हो । सर्व देवमनुष्यका सम्पत्तिहरूको क्षेत्र हो । महायानको प्रतिष्ठा हो । बोधिसत्त्वले गर्ने चर्याको स्रोत(जन्मदाता) हो ।आर्य अष्टाँङ्गिकमार्गमा सम्यकरूपमा स्थित हुने वा मार्गस्थ भएकाहरूको ‘निष्ठा’ हो । विमुक्ति(चाहने हरू)को लागि परीक्ष (कसौटी) हो । निर्वाणहरूतर्फ लैजाने मार्गको उत्पत्ति हो । तथागतको शरीर नछुटिकन भैराखेको (तथागतवंश वाट उच्छेद नहुने) हो । महा(सत्त्व)-बोधिसत्त्वहरुका कुलगोत्रको वृद्धि गराउने हो । सकल किसिमका पर-प्रवाद(आत्मप्रलाप) लाइ संहार गर्ने (वाट मुक्त गराउने) हो । सकल तीर्थिकहरूलाई विध्वंश गर्ने हो । चार किसिमका मारहजरूका बललाई सेनासमूह(समेत) पराजय गर्ने हो । सकल प्राणिहरुको सम्यक आचरण (सर्वसत्त्वप्राणीहरूको संग्रह) हो । विरक्त भएका (आर्यमार्गमा सर्वप्रकारका निर्याणयान हरूवाट प्रस्थित) सकललाई राम्ररी परिपाक गर्ने हो । (मैत्री करूणा मुदिता उपेक्षा) चतुर्ब्रह्मविहारमा स्थित भएकाको समाधि हो । चित्त एकाग्र गरेकाहरूको लागि ध्यान हो । काय, वाक् र मनको अभियुक्त(संप्रयोग) गरेका हरूका लागि योग हो । सवै प्रकारका संयोजनहरूको विसंयोग(असंस्कार) हो । सर्वप्रकारका क्लेश-उपक्लेश हरूको प्रहाण हो ।
सर्व आवरण (क्लेशावरण तथा ज्ञानावरण)को व्युपशम (अत्यन्त अभाव) हो । सर्व बन्धनहरूवाट विमुक्ति हो । बाँकि? (राग, द्वेष, मोहजस्ता) सर्व उपधीहरूवाट मोक्ष हो । चित्तको सकल उपप्लव (बाढीमा तैरनु, निरुद्देश्य दौड्नु जस्ता उपद्रव) वाट शान्ति हो । सकल समृद्धिको समुद्भव (सम्पत्तिहरूको खानी) हो । सर्व विपत्तीहरू हटाइदिने हो । सकल अपाय(तर्फ लैजाने)द्वारहरू ढाकि(छोपि)दिने हो । विमुक्तिपुर जाने सत्पथ हो । संसारचक्रमा अप्रवृत्ति(प्रवेश नगराउने) हो । धर्मचक्रको प्रवर्तन गर्ने हो । लोकको दु:खकष्ट हटाउने धर्मको गहन र नवीन व्याख्या हो । तथागत शासनको छत्र, ध्वजा, पताका सिंगारिएको (माथी उठाउने?) हो । सकल धर्मदेशनाहरूको अधिष्ठान हो ।
मन्त्रमुखचर्यागर्ने बोधिसत्त्वहरूलाई छिटो सिद्धि दिने हो । प्रज्ञापारमितामा अभियुक्त(लागेका) बोधिसत्त्वहरूका भावना अधिगम(अवबोध) गराउने हो । अद्धय? प्रतिवेध(प्रतिवेक्षण)गर्ने भावनामा लागेकाहरूलाई शून्यताको (पृथक्-पृथक्) अवबोधन गराउने हो । सकल (दश)पारमिताहरूको सम्भार परिपाक गराउने हो । सवै (दश)भूमिहरू र सवै (दश)पारमिताहरू उत्पन्न (परिपूर्णगरी परिशुद्ध) गर्ने हो । सम्यक रूपमा चतुरार्यसत्त्य प्रतिबेध(प्रत्यवेक्षण) गर्ने हो । चतु:स्मृत्युप्रस्थान सकल धर्म(वस्तु)हरू एउटै हुन् भनि चित्तमा प्रतिबेध गर्ने हो । सकलबुद्धहरूका जतिपनि छन्द(कामना, पक्षहरू)छन् ति सवै (बुद्ध गुण सबै परिपूर्ण हुने सम्म) यस नामसङ्गीतिमा समाउँछ ।
तेस्रो – यस तन्त्र धारण गरेका लाई रोग-दोष-पापका आवरण सकिई आयु-पुण्य बृद्धि हुने र प्रज्ञाबृद्धि हुने इत्यादि अत्यन्त प्रशंसा भएको देखाएको –
“पुनरपर वज्रपाणी वज्रधर” यो नामसङ्गीति सकल सत्त्वप्राणीहरूका काय, वाक्, र चित्त(मन)वाट गरिएका पापहरू केहि बाकि नराखि शान्त गर्दछ । सकल सत्त्वप्राणी हरूका सकल अपायगति विशोधन गर्दछ । सकल दुर्गतिहरू निवारण गर्दछ । सकल कर्मको आवरणहरू समूल उच्छेद गर्दछ । सकल अष्ट-अक्षण(हरु)मा जन्म भएकालाई जन्मलिन नपर्ने गरिदिन्छ । बिना कुनै अपवाद जे-जो उत्पन्न हुन्छ त्यसलाई पुन: जन्म लिन नपर्ने गराइदिन्छ । अष्ट-महाभयहरू शान्त गराईदिन्छ । सकल दु:स्वप्नहरू विनाश गरिन्छ । अलच्छिन हुने (खराव कुराको निमित्त)कारणहरू सवै पन्छाई दिन्छ । कुदृष्टि (अपशकुन) विघ्नहरू शान्त गराईदिन्छ । मार (तथा शत्रु)ले गर्ने सकल शत्रुतापूर्ण कार्य दूर गरिदिन्छ । सकल कुशलमूल (र) पुण्य उपार्जन गराउँछ । सकल निरर्थक कल्पना गराउने चित्तलाई उत्पन्न नहुने गराउँछ । सकल मद, मान, दर्प, र अहङ्कारहरूलाई बलपूर्वक वाहिर निकाल्दछ (निर्घातनकरी) । सकल कायिक र मानसिक दु:ख उत्पन्न नहुने गराउँछ । सकल तथागतहरूका हृदय (गर्भ?)भएका । सकल बुद्ध बोधिसत्त्वहरूको गुह्यभूत भएको । सकल श्रावक र प्रत्येकबुद्धहरूका रहस्य (महागुह्य) भएको । सकल मुद्रा र मन्त्ररूपमा (श्रेष्ठोत्तम भै) रहेका । सकल वस्तुहरू अनभिलाप्य हुन् भन्ने (अपरिमाणिक गरी बोल्ने) हरूको स्मृतिसंप्रजन (यथार्थ रूपमा) पैदागर्ने । अनुत्तरको प्रज्ञा र मन समाधान गर्ने (धारणाशक्ति) दिने । आरोग्य, बल, ऐश्वर्य, सम्पत्ति दिने । पवित्र श्री, शुभ, शान्ति, कल्याण, बृद्धिगर्ने । यश कीर्ति प्रशंसा(श्लोक) स्तुति(मान) प्रकाश(प्रशस्त) गर्ने । सकल व्याधि महाभयहरु शान्त गर्ने, अतिशुद्धहरूको अतिशुद्ध हो । अति शुद्धहरूको अति(झनै) शुद्ध हो । पवित्रहरू लाई झनै पवित्र गर्ने हो । अत्यन्त धनीहरूको अत्यन्त(झनै) धन हो । सवैभन्दा मङ्गलहरू सवैमध्ये सवैभन्दा मङ्गल गर्ने हो । शरणमा आउनेहरूका लागि शरण हो । लय हुन (बास लिन) चाहनेहरूका लागि लय हो । पद नभएकालाई पद दिने हो । त्राणार्थी (प्रपञ्चवाट उद्धार हुन चाहने)को त्राण हो । परायण हुन (आधारलिई बस्न) चाहनेको लागि परायणता (आधार) हो । सम्बन्धी नभएका हरूको बन्धु हो । द्वीप (निर्वाणपुर) चाहनेलाई द्वीप स्वरूपको हो । अगतिमा परेका (योनि नभएका)लाई अनुत्तरको गति दिने । आश्रय नभएकाहरूलाई सर्वश्रेष्ठ (अनुत्तरको) आश्रय(स्थल) हो । भवसागरवाट पार भैजान चाहनेका लागि यानपात्र (डुँगा) हो । सवै किसिमका व्याधिहरू हटाउनको लागि महाभैषज्यराज भैराखेको हो । हेय (त्याज्य) र उपादाय (प्राप्य, पक्रिने) वस्तुहरू प्रत्यवेक्षणागर्ने प्रज्ञाज्ञान भएका ?। सवै किसिमका तमस्, अन्धकार, कुदृष्टिपनहरू छोडनको निम्ति ज्ञानको आलोक हो । सर्वसत्व प्राणीहरूका आशय (चिन्तना) र अभिप्राय(अभिकामना) परिपूर्णगर्न चिन्तामणिराज भैराखेको हो । मञ्जुश्री ज्ञानकायलाई प्राप्तिगर्ने सर्वज्ञज्ञान हो । पञ्चचक्षुहरू प्राप्तिगर्ने परिशुद्ध ज्ञानदर्शन हो । आमिष(भोजन), अभय, र धर्म को दान गर्नेहरू लाई षट् पारमिताहरू परिपूर्ण गराउने हो । पुण्यसम्भार, ज्ञानसम्भार तथा समाधि परिपूर्ण गरेकालाई दशभूमि उपलब्ध (पार) गराउँछ । द्वैतता(द्वयधर्म) वाट पार भईसकेकालाई अद्वयधर्मताको अवबोधन गराउने हो । अध्यारोपता (आफ्नो स्वभावको नभई कल्पित) विगत गरेका(छुटिसकेका)हरुको तथतारूपता र अनन्यधर्मता हो । सर्वतथागतरूको ज्ञानकाय स्वभावमा स्वयं परिशुद्ध गर्नेकोलागि भूतकोटिरूपता हो । कुदृष्टि गहनगति(कचिंगल) कुनै केहि शेष नराखि नाश गरेकाको सर्वाकार महाशून्यतारूपता (बिम्ब) हो ।
यो नामसङ्गीति यसप्रकाले अद्वयधर्मताको अर्थ र म परिशुद्ध गरि अतिस्वच्छ गर्नेलाई सर्वधर्म अनव्याख्यात भएको हो ।
चौथो – यस तन्त्र धारण गरेका लाई सकल बुद्ध तथा बोधिसत्त्वहरूले अधिष्ठान गरि भूमिमार्ग चाँडै पुग्ने आदि अत्यन्त प्रशंसा भएको देखाएको-
“पुनरपि वज्रपाणि वज्रधर” । फेरि पनि, हे वज्रपाणी वज्रधर ! कुनै कुलपुत्र वा कुलपुत्रीले मन्त्रयानको चर्या आचार गरी सकल तथागतहरूका ज्ञान(काय)हरूको समग्रज्ञानकाय भएको भगवान् र भगवान् मञ्जुश्रीज्ञानसत्त्व संग अद्वय भएको परमार्थ ज्ञानमूर्ति नामसङ्गीतिको नामचूडामणिहरूको गाथा सवै कुनै छुटपुट नगरी टुक्राटुक्रामा नगरी पद व्यञ्जनहरू मिलाई प्रतिदिन (प्रात:, मध्यान्ह, सायं) तिनैकालमा धारण गर्दछ, वा पाठ गर्दछ, अवबोध गर्दछ, (पूर्णरूपमा ग्रहण गर्दछ, पर्यवाप्स्यति), अरू बृद्धि अर्थ उद्बोधन, धेरै क्षेत्र र धेरै जनामा प्रचार, अनुबादगरी, छापी वा वितरणगरी, धर्मप्रसार) गर्दछ; .. मनले विचार (भाविता) गर्दछ । अरूलाई पनि विस्तृतरूपमा मिलेको समयमा यथावत् रुपमा प्रकाश गर्दछ, अनेक नामहरू मध्ये (एक एकगरी) प्रत्येक नामको अर्थलाई मञ्जुश्रीज्ञानकायको आलम्बनलिई एकाग्रमन गरी भाविता गर्दछ, अधिमुक्ति हुने तत्त्वकुरालाई मनले चिन्तनागरी, मैत्रीचित्तलिई, चारैतर्फ गई विहारगरी घुमी, सर्वधर्म प्रत्यवेक्षणागरी, परम अनाबिल भई, प्रज्ञाले विद्ध भएको हुन्छ । श्रद्धाले युक्त भएको भएर बसेको उसलाई त्रिकालका बुद्ध र बोधिसत्त्वहरूको संगतमा समाजमा बसी सर्ववस्तुको यथार्थ कुरा साक्षात्कार र उपनिर्देश गर्दछ । (सकल बुद्ध बोधिसत्त्वहरूले) आत्मभाव (कायरूपमा)मा उपदर्शन (उपनिर्देश) गर्दछ । सकल बुद्ध बोधिसत्त्वहरूले (उसमा) अधिष्ठानगरी (उसका) काय-वाक-चित्त र ति (काय-वाक्-चित्त का) सन्तानहरूमा (समेत सकल बुद्ध बोधिसत्त्वहरूले) सम्यकरूमा अधिष्ठान गर्दछ । सकल बुद्ध बोधिसत्त्वहरूले अनुग्रह(अनुकम्पा)गरी अनुगृहीत गर्दछ । सबै बुद्ध बोधिसत्त्वहरूले उसलाई कृपागरी उसको भलोकल्याणको कार्य गर्दछ । सकल धर्म (लोकव्यवहार)मा प्रवीण हुन्छ; सरल, बुझन सकिने तरीकाले भन्ने क्षमता (प्रतिभानकूट) भएको हुन्छ । सकल अर्हत्-श्रावक-प्रत्येकबुद्धले निरयक्त(?) आर्यधर्मप्रमाण (आर्यजनले धर्मपालनमा स्थापित गरेको आदर्श) लाई आत्मभावले उपदर्शन (उपनिर्देश) गर्दछ । दमन गर्न कठिन भएका(दुर्दान्त)लाई पनि दमन गर्न महाक्रोधराजा र महावज्रधरादि भई लोकमा निर्माणकायरूपमा उत्पन्न भई, सर्वमन्त्रमुखलाई अभिसमयगरी, सकल मण्डलहरूमा, ओज बलको तेजले अप्रधृष्यभई, दुर्दान्त दमकहरूलाई (दबाई), जगतको दु:खकष्ट हटाइदिने हुन्छ ।
केहि पनि बाकि नराखि मन्त्र र महाविद्याराज हरू, सकल विघ्नका विनायक, मारको अरि, प्रत्यङ्गिरा, महा अपराजिताले रातदिन पूरै हरेक क्षणहरूमा सकल चर्याक्रममा, मार्गमा प्रस्थित भएको बेला रक्षागरी छोपि गुप्ति गर्दछ । जो ब्रह्मा, इन्द्र, उपेन्द्र(विष्णु), रुद्र, नारायण, सनत्कुमार, महेश्वर, कार्तिकेय, महाकाल, नन्दिकेश्वर, यम, वरुण, कुवेर, हारीति, दशदिशाका लोकपालाहरूले पनि ती सवैले; सदाकाल एकसाथ रात-दिन हिंडदा-बस्दा, उभिंदा-पल्टिंदा, केहि पनि नगर्दा, सुतेको बेला (निद्रामा), जाग्रत बेला, समाहित भए पनि, समाहित नभए पनि, एकलै भएपनि, धेरैजनाको संग भएपनि; गाउँ-नगर-निगम-जनपद-राष्ट्र तथा राजधानीमा गएको(रहेको) भएतापनि; इन्द्रकील, रथ, प्रतोली, वीथी, नगरद्वार, राजमार्ग, चौबाटो (चत्वर श्रृङ्गाटक), नगरको अन्तरकुन्तरमा, पैसाको व्यवहारमा (पसलमा), बजारका बिचमा, शून्यागारमा, पर्वत(टाकुरा), गुफाखोंचमा, नदी, नदीको खोंच, वन, गहन अवस्थामा, समाजबाट बहिष्कृत वा समाजको अङ्ग भै रहेको, मत्त प्रमत्त भएको, (… जस्तोसुकैमा पनि) सदासर्वथा रक्षागरी छोपि गुप्ति गर्दछ । क्लेशमल (भएको) वा नभएको अवस्थामा होस्; अथवा मद वा प्रमाद भएको बेला (होस्) सवैले (उसको) आयुको सर्वप्रकारले रक्षा गर्दछ, पालन गर्दछ र गाईमातालाई राखेको जस्तैगरी राख्दछ । रातदिन, अहोरात्र अत्यन्त समृद्धि दिलाउनेवाला उपाय गर्दछ । जो जुन अरूपनि देवता, नाग, यक्ष, गन्धर्व, असुर, गरुड, किन्नर, महानाग, मनुष्ट, अमनुष्यहरू छन्; साथै अरू पनि (जस्तै) ग्रह, नक्षत्र, गणपतिहरू समेत; सप्तमाताहरू पनि; यक्षिणी, राक्षसी, पिशाची जस्ताहरू सकल सवै एकसाथ आफ्ना दलबल (सैनिक) सहित, सपरिवार, सवैले ईर्यापथमा परम् (पूर्णरूपमा) रक्षा आवरण दिई गुप्त गरिराख्नेछ । फेरि, उसको शरीरमा ओज र बल अत्यन्त आवेश (प्रक्षेपित) भएको हुनेछ । आरोग्यता आयु बृद्धि पनि भएको हुनेछ ।
पाँचौं – यस तन्त्र धारण गरेका लाई भट्टारक मञ्जुघोषले अधिष्ठान गरी आउनुहुने इत्यादि अत्यन्त प्रशंसा भएको देखाएको-
“पुनर्पर हे वज्रपाणी ! हे वज्रधर !, यस नामसङ्गीति भनिएको जुन चूडामणी छ,
(जसले) प्रतिदिन शुरुदेखि अन्त्यसम्म पूरै बुझेर (समादाय) कण्ठस्थगरी तिनपटक पाठ (वाचन आवर्तन) गर्दछ, पुस्तक हेरि शुरुदेखि अन्त्यसम्म सवै पाठ गर्दछ, प्रवर्तन गर्दछ, भगवान मञ्जुश्रीज्ञानसत्त्वको रूपलाई मनमा आलम्बन गरि राख्दछ,
त्यस रूपको चिन्तना गरिरहन्छ, त्यसै रूपको अनुध्ययन गरिरहन्छ, उसले –
निर्माणको कायरूपलाई ढीलो नगरी विनय (कृपा)बाट जगतको अधिकार अनुग्रहण गरी देख्नसक्ने छ (विनयवंशमुपादाय रक्षति) । ?
गगनतलमा गएका पनि बुद्ध बोधिसत्त्वहरू नाना किसिमका निर्माणकायरूपमा सहगत भई (रूपलिई)रक्षा गर्दछ ।
न त त्यस सत्त्वप्राप्राणीको कहिले कुनै हालतमा पनि दुर्गतिमा तल झरी पतन हुनेछ ।
न त उसको कहिले नीचकुलमा जन्म भएको हुनेछ ।
न त उसको मानव वस्तीको सीमान्त प्रदेश (प्रत्यन्त जनपद)मा जन्म हुनेछ ।
न त कुनै अपूर्ण (वा विकालङ्ग) इन्द्रिय भएको हुनेछ ।
न त मिथ्यादृष्टि भएको भुवन वा कालमा जन्म हुनेछ ।
न त उसको अबुद्ध(अज्ञानी)हरूको माझमा जन्म हुनेछ ।
बुद्धक्षेत्रमा उसको जन्म हुनेछ ।
न उसको बुद्ध उत्पन्न नभएको वा बुद्धवाट देशितधर्म नभएको क्षेत्रमा उसको जन्म हुनेछ ।
न उसको दीर्घजीवी भएका देवता भइ जन्म हुनेछ ।
न उसको अनिकाल, रोग, शस्त्रको अन्तरकल्प(?)मा जन्म भएको हुनेछ ।
न उसको पञ्चकषाय बेलामा जन्म हुनेछ
न उसलाई राजा, शत्रु वा चोरको भय हुनेछ ।
न उसलाई कुनै किसिमको अपकरण (आपत), विकलता र दारिद्र्यको डर रहनेछ ।
न उसलाई सारा लोकले निन्दा, अयश अकीर्तिको कुरा गर्ला भन्ने डर हुनेछ ।
असल कुलगोत्रमा जन्मभई सुन्दर गति पनि हुनेछ ।
सम्पूर्ण रूपमा आकर्षक सुन्दर रूप वर्ण भएको हुनेछ ।
सवैको प्रिय मनाप (देख्दैमा मन आनन्द गराउने) हुनेछ ।
अत्यन्त सुखदायक रूपमा समाजमा लोकव्यवहारमा मिलिजुलि रहेको हुनेछ ।
लोकमा प्रिय दर्शन भएको हुनेछ ।
लोकमा शुभ र सौभाग्य दिने बोलीवचनको हुनेछ ।
जहाँसुकै जन्म भएतापनि चैतन्य चोलाको (जातिस्मर) हुनेछ ।
महाभोगवाला (अक्षय सम्पत्ति, आदि) भएको हुनेछ ।
महति विस्तृतरूपमा उसको परिवार हुनेछ ।
कहिले पनि नाश नहुने (नघट्ने) अटूट परिवारको हुनेछ ।
सकल सत्त्वप्राणीहरू मध्ये अग्रणी हुनेछ ।
अग्र्य गुणहरूवाट सम्पन्न भएको हुनेछ ।
स्वाभावमैं (आफैआफ) नै षट्पारमिताहरुको गुण बाट सम्पन्न भएको हुनेछ ।
चतुर्ब्रह्म विहारको चर्या पालनगरी रहनेछ ।
(चारप्रकारको) अनु(स्मृति) हरु सम्प्रजन्य भई उपाय, बल, प्रणिधि, ज्ञानले युक्त भएको हुनेछ ।
सकल शास्त्रहरूमा विशेषज्ञ (नडराई आधिकारीक रूपमा व्याख्या गर्ने) हुनेछ ।
वाग्मी पनि हुनेछ ।
बोली स्पष्ट भएको, न भकभकाउने (अजड), ठीक कुरा सटिकरूपमा त्वरित गतिमा गर्न र जवाफ फर्काउन सक्ने हुनेछ ।
निपुर्ण (विद्वान), अल्छि नभएको (अनालस्य), सन्तुष्ट, अत्यन्त अर्थपूर्ण(महार्थ), र वैरागी पनि हुनेछ ।
सकल सत्त्वप्राणीहरूको परम विश्वासी(मनको धैर्यता दिने) हुनेछ ।
आचार्य र गुरुको सु-विचार अनुसार चल्नेछ ।
पहिले नसुनिएको किसिमको सकल शिल्पविद्याहरू जानेका हुनेछ ।
(नाना)शास्त्रहरूका ज्ञान(-ज्ञानान्तर)बाट आफ्नो अर्थ (मतलबको कुरा) सिद्धगर्न सक्ने हुनेछ ।
ग्रन्थहरू पनि स्पष्टसंग बुझ्ने (प्रतिभास गर्ने) हुनेछ ।
राम्ररी परिशुद्ध गरिएको शील र आजीविकालाई सम्यकरूपमा चरन(चर्या) गर्ने हुनेछ ।
सुप्रव्रज्जित भई रूप(उपसम्पदा) सम्पन्न भएको हुनेछ ।
कसैवाट पनि नहरिएको (कहिले पनि नबिर्सने) सर्वज्ञताज्ञान तथा बोधचित्त समेत भएको हुनेछ ।
श्रावक, अर्हत, र प्रत्येकबुद्ध हरुको नियम(नियत र गमन) मा नाघिजाने हुनेछ ।
छैठौं – यस तन्त्र धारण गरी चित्त का लाई सकल बुद्ध तथा बोधिसत्त्वहरूले अधिष्ठान गरि भूमिमार्ग चाँडै पुग्ने आदि अत्यन्त प्रशंसा भएको देखाएको-
यसरी, “हे वज्रपाणी वज्रधर!” अप्रमेय गुणहरूले सम्पन्न भई मन्त्रमुखचर्चाचारी हुनेछ ।
यस्तै प्रकाले अन्य अपरिमाण किसिमका गुणका समूहहरूले सम्पन्न भएको हुनेछ ।
हे वज्रपाणी वज्रधर! परमार्थनामसङ्गीति सन्धारक पुरुषार्थी पुद्गल ढीलो नगरी सुसम्भृत? पुण्यसम्भार र ज्ञानसम्भार भएको हुनेछ ।
छिट्टै नै बुद्धगुणहरूवाट सम्पन्नभई अनुत्तरको सम्यक्सम्बोधि अभिसम्बुद्ध हुनेछ ।
धेरै कल्पसम्म परिनिर्वाण(धर्म) नलिई सर्वसत्त्वलाई अनुत्तरको धर्मदेशना गर्ने हुनेछ ।
(.. त्यसमा सदाकाल) स्थित भई रहने छ ।
दशै दिशाहरूमा धर्मको दुन्दुभि नाद फैलाउने छ ।
धर्मको अधिपति राजा हुनेछ, (भनि आज्ञा गर्नुभयो) ।
अतएव यस तन्त्र पढनेले यस्तो जस्तो अत्यन्त अनगिन्ती प्रशंसा गरिराखिएको लाई संझी तन्त्रको गाथा बुझ्ने गरी(नवेवेक) अर्थ मनमा विचार गर्ने प्रयत्न गर्नु पर्दछ ।
तेह्रौं परिवर्त
मन्त्र विन्यास
(ॐ सर्वधर्म अ भाव स्वभाव …. देखि सुविशुद्ध धर्मधातु ज्ञानगर्भ आ: सम्म)
मूलको पाँचौं –आर्य मञ्जुश्री नामसङ्गीतिको गर्भमन्त्र बताइएको। तीनओटा –
१. मूलमन्त्र देखाएको ।
२. आवाहनमन्त्र देखाएको ।
३. मालामन्त्र देखाएको ।
पहिलो- मूलमन्त्र देखाएको,-
ॐसर्वधर्माभावस्वभावविशुद्धवज्रचक्षुअआअंअ:
अर्थ – “ॐ” भनेको “वज्रशिखरतन्त्र”मा ॐ एउटा समूह हो भनि भनिराखेको छ । उत्तम मणिमय श्रीवैपुल्य शौभाग्याकार सम्पन्न भएको, प्रतीज्ञा र मूलर्थ, मणिधरको मन्त्र वर्णन गरिराखेको छ भनि यस्तो गरिएको (दुगुथेँ) प्रतीज्ञा मुलको मणिधरको मन्त्र भनि भनिराखेको हो । यसमा पञ्चज्ञान पूर्ण छ । मन्त्रको शीर (नायक) हो ।
“सर्वधर्म’ भैराखेको (सबै) धर्महरु । “अभाव” भनेको भाव नभैराखेको तथा पदार्थ नभएको । “स्वभाव” भनेको आफैआफ । “विशुद्ध” भनेको अतिनै शुद्ध भएको । “वज्रचक्षु” भनेको वज्रको आँखा । “अ आ अं अ:” भनेको चारओटा विमुक्तिहरु पूर्ण भएको अथवा सर्वधर्म अभाव-स्वभाव परिशुद्ध भएको (भनेर) भनिएको । चारओटा विमुक्तिहरुको अर्थ गुरुको उपदेशबाट मात्र आँखा देखिने हुन्छ ।
दोस्रो – आवाहनमन्त्र देखाएको ।
प्रकृतिपरिशुद्धासर्वधर्मायदुतसर्वतथागतज्ञानकायमंजुश्रीपरिशुद्धितामुपादांयेति।।
अर्थ – “प्रकृति” भनेको जुन जुन क्षेत्रमा आइराख्नु भएका । “परिशुद्ध” भनेको सम्पूर्ण शुद्ध भएको । “सर्वधर्म” भनेको मार्गहरू भएसम्मको । “यदुत” भनेको आगत हुनुहोस् । “सर्व तथागत” भनेको सकल तथागतहरू । “ज्ञानककाय” भनेको ज्ञानको शरीर । “मञ्जुश्री” भनेक मञ्जुश्री । “परिशुद्धितां” भनेको सम्पूर्ण शुद्ध भएकाहरू । “उपादायेति” भनेको चैँ आउनुहोस् ।
तेस्रो – मालामन्त्र देखाएको ।
अआ(ॐ?) सर्व तथागत हृदय हर हर ॐ ह्रुँ ह्रीँ भगवान् ज्ञानमूर्ति वागीश्वर महावाच सर्वधर्म गगनामल सुपरिशुद्ध धर्मधातु ज्ञानगर्भ आ: ।। ।।मन्त्रविन्यास:।।
अर्थ – “अआ” भनेको अनुत्पन्न धर्मधातु । “सर्व तथागत” भनेको समुच्चय कुलका सकल तथागतहरू । “हृदय” भनेको गर्भ । “हरहर” भनेको सम्भव सम्भव । “ओँह्रुह्रीं” भनेको काय वाक् चित्त । “भगवान” भनेको हे भगवान । “ज्ञानमूर्ति” भनेको ज्ञानको मूर्तिहरु सबै । “वागीश्वर” भनेक वाक् को ईश्वर । “महावाच” भनेको अत्यन्त मृदुको । “सर्वधर्म” भनेको भैराखेक जति सवै धर्महरु । “गगनामल” भनेको आकाश समानको मलरहितको । “सुपरिशुद्ध” भनेको सुख? सम्पूर्ण शुद्ध भएको । “धर्मधातु” धर्मको धातु । “ज्ञानगर्भ” भनेको ज्ञान नै गर्भ(हृदय) । “आ:” भनेको अनुत्पन्न तथा षट्कुल तथागतहरु सकलको काय-वाक्-चित्तको गर्भ अनुत्पन्नको धर्मधातु सम्भव भएको ।
विशेष भगवान वागीश्वर मञ्जुश्रीज्ञानसत्त्व सर्वधर्म अभाव भएको धर्मता गगन समानको एकत्रिक भएको महासुखको भाव भएको हुनाले परिशुद्ध भएको धर्मधातु र जुन संकल्प भएको महासुखज्ञान फरक नभएको यो गर्भ (हृदय) धारण गरेका हुनुहुन्छ, भन्ने अर्थमा ।
यति मन्त्रको भावार्थ बताइएको तन्त्रटीका आदिमा बताइएको हो । अतएव यस तन्त्र पढनेवालाले भट्टारक मञ्जुघोषको काय प्रशस्त हुने गरी ध्यान गरी यस मन्त्रको नेमार्थ भावार्थ सकल मनमा विचार गरी यो यति मन्त्रले भट्टारक मञ्जुघोषको हृदय परिचित गरी शिघ्र अधिस्थान (प्रशाद) प्रवेश गर्नेलाई प्रयत्न गर्नु पर्दछ ।
।। ।।मन्त्रविन्यास:।।
चौधौं परिवर्त
(अथ वज्रधर श्रीमान् … देखि … सर्वसम्बुद्ध देशित सम्म)
मूलको तेस्रो – गुह्यपति सपरिवार समेतले शास्ता मुनिन्द्र संग तन्त्र आज्ञा गरिदिनु भएको हुनाले साधुकार तथा अनुमोदना गरेको –
अथ वज्रधर: श्रीमान्, हृष्टतुष्ट कृताञ्जलि: ।।
प्रणम्य नाथ संवुद्ध, भगवन्तं तथागतम् ।।१।।
अन्यैश्च वहुविधि(धै)र्नाथै, र्गुह्यैन्द्रो वज्रपाणिभि: ।।
ससार्द्ध क्रोधराजान्य, प्रोबाचोच्चै(चारै)रिदंवच(द),:।।२।।
अनुमोदा महेनाथ, साधु साधु सुभाषित: ।।
कृतोस्माकं महानाथ:, सम्यक्संवोधि प्रापक: ।।३।।
जगतश्चस्य लोक(नाथ?)स्य, विमुक्ति फलकांक्षिण: ।।
श्रेयो मार्गो विशुद्धोयंमा, याजाल नयोदित: ।।४।।
गम्भीरोदार वैपुल्यो, महार्थो जगदर्थकृत् ।।
वुद्धानां विषयोह्येष:, सर्व (सम्यक्?) सम्वुद्ध भाषितं ।। ५ ।।
अर्थ- शास्ता मुनिन्द्रले आर्य नामसङ्गीतिको तन्त्र आज्ञा गर्नुभएपछि, तत्कालै श्रीमान् वज्रपाणिधर स्वयं गुह्याधिपति आफैले यथार्थपूर्वक (शाक्यमुनिलाई) प्रार्थना गर्नु भयो । शास्ता मुनिन्द्रले (यस) तन्त्र आज्ञा गरिदिनु भएको लाई सुनी, हृष्ट तुष्ट भई, कृताञ्जली गरी, त्रिधातुका नाथ भगवान तथागत अर्हत सम्यकसम्बुद्ध शाक्यमुनिलाई दण्डवत प्रणाम गर्नुभयो ।
यसरी पछि आउने जगत प्रजाहरूको लागि मार्ग नभुलिकन देखाउने सज्जन (कल्याण)मित्रहरु लाई वन्दन पूजन गरी धर्मदेशना गरिदिनुहोस् भनि प्रार्थना गर्ने(गर्नु पर्दछ ।) र, (त्यसपछी त्यस्ता कल्याणमित्रले) धर्मदेशना गर्नु भए पछि (अर्थात्, सुनिपाए पछि) महाआदर गरी, गौरव तथा वन्दना गरी, प्रदक्षिणा गरी खुशी मनाउनु पर्दछ, भनि सदुपदेश गरिराखेको छ ।
यस गाथाको भावार्थमा मन्त्रमार्गको रहस्य अन्तर्गतको देखाइराखेको,-
यसमा प्रथम गाथाको चरणमा “अथ वज्रधर श्रीमान्” भनिएको, जसको अर्थ भनेको मन्त्रमार्गको रहस्य संग्रह गरिराखेको “एवं”को अर्थ र श्रीवज्रधरको चारओटा क्रममा व्याख्या भएको छ, मन्त्रमार्ग फल सहितको मर्म सबै पूर्ण भएको देखाई माथि प्रथमोऽध्यायमा बताइसकिएको जस्तै नै हो ।
दोस्रो (पहिलो?) गाथाको चरणमा “हृष्टतुष्ट” भनेको अर्थ प्रभास्वर र लक्षण-व्यञ्जनहरु बाट लङ्कृत भएको काय सिद्ध गर्ने क्रम देखाइराखेको पनि माथि बताइसकिएको जस्तै हो । “कृताञ्जली” भनेको पनि भावार्थमा व्याख्या विशेषताको छ? । “वज्रकृताञ्जली” भनेको प्रज्ञोपाय फरक नभएको र अशाधानको दुइटा सत्य फरक नपारीकन प्रतिसन्धी भएको भनेर श्रीसमाजतन्त्रमा बताइराखिएको छ ।
दुईटा गाथाहरुको अर्थ यहाँदेखि नाथ गुह्याधिपति क्रोधराजागण हरूले हातमा वज्र लिइराखेका, भृकुटितरङ्ग सहित अपराजितादि क्रोधेन्द्र हरू पाँचशय र अन्य देव नाग यक्ष इत्यादि तन्त्र सुन्नको लागि जम्मा भैराखेका परिवारहरु नाना प्रकाले अनन्य आकाश धातु परिपूर्ण भैराखेको जस्तै शुद्ध सहज (एकसाथमा) गुह्यभाषाबाट स्तोत्र गरी वन्दना गरी अनुमोदन गरी इत्यादि तल आउने गाथाबाट प्रार्थना गरे । यी दुइटा गाथ बाट काय-वाक्-चित्तबाट दण्डवत गर्ने क्रम देखाई कृताञ्जली गर, भनेर भनिराखेको, वन्दना भनिएको पनि कायवन्दना गर्ने क्रम हो ।
“प्रोवाचारै? रिदंवद” भनेको वाक् बाट वन्दना गर्ने क्रम, (र) “अनुमोदाम्” भनेको चित्तले वन्दना गर्ने क्रम देखाइराखेको हो । “नाथ भगवान्” इत्यादि भनेको जसलाई वन्दना गरेको विषय विषय? देखाइएको हो । “महेनाथ” भनेको आदि आउनुभई (गरेको) आचरणको अनुमोदन साधुकार गरेको हो । कसरी देखाएको छ भने,– हे नाथ ! भनि शास्ता मुनिन्द्रलाई सम्बोधन गरी (बोलाई) हामीलाई गम्भीर भई महान भैराखेको यस तन्त्रराज (सुनाउनु भएकोमा हामीले) सुनी सन्तुष्ट भई प्रमुदित भयौँ भनेर अनुमोदन गरी साधुसाधु सुभाषित भनि साधुकार दिएको हो । यसमा प्रथमको साधु भनेको आफ्नो कारण सिद्ध भएकोले साधु भनेको हो । दोस्रो साधु भनेको परार्थ सिद्ध भएकोले साधु भनेको हो । सुभाषित भनेको शास्ता मुनिन्द्रले मार्गका रहस्य सबै पूर्ण गरेको यस्तो जस्तो तन्त्रराज आज्ञा गरिदिनुभयो भनि तन्त्रको महान वर्णन गरिएको द्वारा साधु भनेको हो ।
“विशुद्धि फलकांक्षिण” भनेको देखि “महार्थ जगदर्थकृत्” भनेको सम्मको गाथा(मा) सुभाषितको प्रमाण देखाई यस नामसङ्गीति तन्त्रले भूमि-मार्ग-फल सहित सम्पूर्ण गरी देखाई लोकजनहरूलाई सांदृष्टिक र परन्तुको कारण सवै सिद्ध गर्नुभई, अभिबृद्धि भएको(गर्ने?) बीऊ वर सिद्ध गर्ने क्रम सम्पूर्ण देखाई, दुर्गतिको दु:खबाट विमुक्त भई देव-मनुष्यको ऐश्वर्य प्राप्त गर्ने कामनाहरूका कारण सिद्ध गरि आउनुभएको, मुक्ति साधन गर्ने क्रम पारङ्गत हुने गरी देखाई संसार विमुक्ति हुनेफल, मुक्तिको पद खोजिरहेका तथा प्राप्त गर्ने इच्छा गरिराखेका लोकप्रजाहरुका कारण सिद्ध गरि दिनुभएको, बुद्धको पद सिद्ध गर्ने सम्पूण उपायहरु देखाई, दुइटा आवरणहरुको बन्धनवाट विमुक्त भएको फल बुद्धको पद खोजि हिंडेका अथवा प्राप्त गर्ने ईच्छा गरिरहेका लोकजन र पहिले अतीतका बुद्धहरुले तार्न नसकेका(बाकि राखेका?) यस्ता अनाथहरुलाई र हामी सबै सम्यक्सम्बोधि शिघ्र प्राप्त हुने महार्थ गरि पाल्नुभयो भनि प्रख्यात गरिराखिएको हो ।
“मायाजाल नयोदित” देखि “सम्यक्सम्बोधि भाषित”सम्म जुन नामसङ्गीतितन्त्रको महान वर्णन गरेको मायाजालको क्रम, तथा चटक समान भएको समाधिबाट कलिकालका अल्पायु एउटैमा सम्बोधि साधन गर्ने मार्ग देखाएको (छ), यो आश्चर्यको अझै महाआश्चर्यको विशेष आश्चर्यको भैराखेको मन्त्रराजा (हो) । यो दुइटा आवरण विशुद्ध भएको सुविनितको महान, गम्भीर, विपुलको मार्ग निर्देश गरिराखेको, आकाशव्यापिक अनन्त लोकहरुको महामार्ग भएको सम्बोधि साधन भएको कारण गर्ने केवल बुद्धहरुको विषय भएको (हो), यसको क्रम पूर्ववत (पहिले भैआउनु भएकाहरू) बुद्धहरुले जगतप्राणिहरु बुद्धभूमिमा साथै लिएर गएको(लैजाने?) क्रम र भविष्यमा बुद्ध हुनुहुने हरुले पनि जगतलाई बुद्धको भूमिमा लिएर जानुहुने क्रम हो । वर्तमानमा दशदिग् भुवनमा आइरहनु भएका सकल सम्बुद्धहरुले भाषिता गरी आउनुभएको (हो), भनि यस तन्त्रको महान वर्णन गरिराखिएको हो ।
।।इतिउपसंहारगाथापंच।।
मूलको चौथो – अन्तिममा अर्थ बताउनुभएको । दुईटा –
१. कीर्तित जसले कीर्ति गरेको छ ।
२. दोभाषे भई अनुवाद गरेका (लोचावा) ।
पहिलो- कीर्तित जसले कीर्ति गरेको छ
मार्थ नामसङ्गीति भगवान तथागत शाक्यमुनि भाषित परिसमाप्तं ।। भनेको अर्थ यही नै हो ।
दोस्रो – दोभाषे भई अनुवाद गरेका (लोचावा) –
अनुवाद गर्नुभएका (लोचावा) दोभाष्य को हो भने,- मगधको पण्डित श्रद्धाकर बर्म (वर्मा?), कमलगुप्त र महाप्रार्थिक हुनुभएका दोभाष्यरत्न रत्नभद्र(रिन्शेंशाँपो)ले अनुवाद गरी परिपृच्छ गरी निर्णय गरि राखेको हो, भनेर भनिएको छ ।
“सँ”देश हिमालयको जनपदमा धर्मराज नरपतिहरू तीनजनाको कालमा जिनशासन महानतापूर्वक उदय भएको हो । (तर कालान्तरमा) विपरीत प्रणिधानमा शक्तिशाली भएका टाउकोमा सिङ् भएका राजा लान्धार्मा ले शासन डुबाउँदा सँदेश(तिब्बत) अन्धद्वीप हुन पुगेको थियो । त्यस्तो बेलामा जिनको सद्धर्म धारण गरी, महान र विचित्र प्रणिधानको शक्ति भएका महान दोभाष्य रत्नभद्र (लोछेन्) आउनु भएको हो । उहाँले भारतका पण्डित श्रद्धाकर स्वयं आदि धेरै विद्वानहरुको सेवा गरी, मूलमन्त्रको अनेक धर्मशास्त्रहरू अनुवाद गरी, सँदेशमा धर्मको ज्योती व्यापक गर्नु भयो । उहाँले विशेष गरी पण्डित श्रद्धाकर बर्मको सेवा गरी यस नामसङ्गीतितन्त्र संस्कृत भाषाबाट तिब्बती भाषामा परिवर्तन गरिदिनु भयो । अन्य भाग्यमानीहरुको लागि अत्यन्त महान गरी प्रचार गरी उहाँ महादोभाष्य स्वयंले आफ्नै मनले यस नामसङ्गीतितन्त्र इष्टदेवताको गर्भ रूपमा ग्रहण गरी, संस्कृत भाषामा एक लाख अन्यजनहरुलाई दक्षिणा चढाई एकलाख पाठ गराई(ब्बंका), यस तन्त्रको आधारमा भूमिमार्ग पारङ्गत भई वज्रकाय लाभ गर्नुभयो । मञ्जुनाथ(लाई) धर्मको राजा सुमतिकीर्तपाद (चोंखापाछेन्पो)ले इष्टदेवता स्वरूपमा ग्रहणगरी प्रातकालको समयमा यस तन्त्रलाई तीन आवृतिमा(पटक) अखण्डपूर्वक पाठ गर्ने गरी पञ्चक्रमालोकप्रदीप आदि यस तन्त्रको गभार्थ? सबै महान पूर्वक प्रचार गरि आउनुभयो ।
अतएव यस नामसङ्गीतितन्त्र पढनेले भट्टारक मञ्जुघोषको कायाकार स्वच्छ भई ध्यानगरी, पूजा गरी, प्रार्थना गरी, यस तन्त्रमा बताएको बमोजिमको जस्तै मन्त्रको मार्गको अङ्गहरू परिपूर्ण भएको स्वभाव(हृदय)मा चाँडोचाँडै उत्पत्ति हुने प्रणिधान समेत गर्नुपर्दछ ।
अत्यन्त विपुल गम्भीर भएको महत्व भूमिस्थिर? वीरहरुको गोचरमा, अज्ञानी बालखको बुद्धिद्वारा निरुपण गरेकोमा (कुनै) गल्ति भए गरेकोमा गुरुदेवहरुसंग क्षमा (माग्दछु ।), बालखले अन्जानमा जस्तोसुकै गल्ति भएको भएता पनि कृपाधारी बाबुआमाले (त्यस बाकलाई) त्यागी नफाल्ने गरेको जस्तै, करूणाको महाखानी हुनुभएका मञ्जुनाथ गुरुले पनि म दरिद्र लाई कृपा राखि रक्षा गरिदिनु होस् । प्रसर भुवनका सकल जिनका पिता प्रसर जिनपुत्र सकलका देवातिदेव परमोत्तमको बुद्धि वरदान दिइदिनुहुने मञ्जुघोषलाई आदरपूर्वक मनमा वन्दना गरी यस क्रमले प्रयत्न गरी प्राप्त भएको पुण्ले देव सहित सकल लोकहरूका उपाजीव?को संस्थीर जिनशासनको गर्भ पूर्ण भई गल्ति नभएको (मदोंगु) मञ्जुनाथको सुनीति? महान भई बृद्धि होओस् । मलाई पनि यहाँ देखि जन्मजन्म हरेक जन्ममा मञ्जुनाथ गुरुले हर्षपूर्वक अनुग्रहित गरि अनन्त जगत भएको मनको अन्धकार सकाउन मञ्जुनाथ गुरु समान नै हुन सकोस् । प्रतिसन्नमार्गमा चन्द्र सूर्यको गमन ब्रतमा यावत यस भूमि जबसम्म रहनेछ, तबसम्म सुभाषित यो पनि अनन्त लोकहरुलाई सुपथ देख्ने(देखाइदिने) आलोकको खानी होओस् ।
यस तन्त्रराजलाई जसले निरूपण गर्नुभएको हो, ईश्वर शक्तिशाली गुह्यपति सपरिवार हरुले, यसलाई सुभाषित धारणा गरी प्रचार गरेकालाइ कहिले पनि नबिर्सिकन सहायता गरिदिनुहोस भनि आर्य मञ्जुश्रीको नामसङ्गीतितन्त्र भट्टारक मञ्जुघोषको अधिष्ठानको अटूट जलबृष्टि शिघ्र हुने मेघस्तुति शब्दघोष भनेको यस (उत्तर दिशा होर्सोगी ह्यूल सोन्यि टारू श्योकि धारिग् भनेको) स्थानमा बसेका श्रद्धावन्त दीर्घायु भिक्षु मञ्जुश्री भनिएका उहाँले कोशिस पूर्वक उद्योग गरेको द्वारा धर्मवादी भदन्त ज्ञानध्वजले तन्त्रको भावितार्थ मञ्जुनाथ श्रोततन्त्रको उपदेशमा मिलाएर भारत र तिब्बतका धेरै नै टीका हेरि सुभाषितको, मिलेको, रोजीराखी, आफू जस्तै भाग्य समानहरु लाई उपकार होस् भन्ने भट्टारक मञ्जुघोषलाई प्रार्थना गर्ने क्रमले बुझ्न सजिलो बनाई (तिब्बत ल्हासाको सम्बत्, र्हाब झ्यूँ चुक् सुम्पै फुर्ब शेपा सा तेहुइ लो) महाकुटागार पतोला गुम्बाको सुखावती आश्रममा संप्रयुक्त गरी आउनुभएको हो । यस पुण्यबाट जिनशासन महारत्न सर्वदिशाहरुबाट उदय भई बृद्धि होस् ।
समाप्त
आर्यमायाजालषोडशसाहस्रिकात्महायोगतन्त्रान्तपातिसमाधिजालपटलाद्भगवन्तथागतश्रीशाक्यमुनिनाभाषिताभगवतोमंजुश्रीज्ञानसत्वस्यपरमार्थानामसङ्गीतिपरिसमाप्ता।।
शुभम्।।
साठी स्वर –
१.कोमल स्वर, २. मृदुस्वर, ३. मनोज्ञस्वर, ४.मनोरमस्वर, ५.शुद्धस्वर, ६.विमलस्वर,
७.स्वच्छ प्रभास्वरस्वर, ८.सुचवनस्वर, ९.श्रवणीयस्वर,
१०.अनेलगुस्वर?, ११.मधुरस्वर, १२.बोधस्वर,
१३.कडा नभएकोस्वर , १४.दृढस्वर, १५.सुविनीतस्वर,
१६.कर्णसुखस्वर, १७.कायसन्तोषस्वर, १८.चित्तसन्तोषस्वर,
१९.हृदयसन्तोषस्वर, २०.प्रीतिसुख उत्पन्नगर्ने स्वर , २१.सम्पूर्ण तापनाशिनिस्वर,
२२.सवै बुझिने(सियावैगु)स्वर?, २३.भिन्नकं विदितज्वीगुस्वर , २४.अतिस्वच्छस्वर,
२५.नन्दन हुनेस्वर ?, २६.अभिनन्दितहुनेस्वर , २७.फुक सियावैगुस्वर (??२२),
२८.भिन्नक विदित ज्वीगु(??२३२),२९.विदितयुक्तस्वर ??, ३०.सहितको(मिलेको)स्वर ,
३१.केहि ‘खुन’ नभएकोस्वर , ३२.सिंहको जस्तो वेग भएकोस्वर , ३३.गजशब्दस्वर,
३४.मेघशब्दस्वर, ३५.नागेन्द्र शब्दघोषस्वर, ३६.गन्धर्वशब्दस्वर,
३७.कलपिंगशब्दस्वर??, ३८.ब्रह्मगुञ्जयशब्दस्वर, ३९.जीवक पंछीको शब्दस्वर,
४०.देवेन्द्र मधुर शब्दस्वर, ४१.दुन्दुभिस्वर, ४२.अनुपत्र अनिच्चस्वर ??,
४३.सर्वशब्दको अनुप्रविष्टस्वर, ४४.वाचाको शब्द नटुटेकोस्वर , ४५.अपूर्ण नभएकोस्वर ,
४६.लोव (?)स्वर, ४७.इदिना(?)स्वर, ४९.व्यापकस्वर,
५०.सखिलगुस्वर(??), ५१.(सरिता) अटूट भएकोस्वर, ५२.मिलेकोस्वर,
५३.सर्वशब्द पुवनिगु(?)स्वर, ५४.सर्वइन्द्रिय सन्तोषगराउनेस्वर , ५५.निन्दा नभएकोस्वर ,
५६.नबदलिनेस्वर , ५७.अचपलस्वर , ५८.चक्रवाल चारैतर्फ सुनिनेस्वर ,
५९.सर्वप्रकारले उत्तमस्वर, ६०.त्रिलोकलाई चित्त बुझने मुनिवचन टाढा नगीच नभएको एक वाट अर्को लोकधातुमा गएर सुने पनि सन्मुखमैं जस्तो गरी सुनिनेस्वर ।
बोधिसत्त्व मृग ।
कुनै देशमा एक राजा थिए । राजाको नाम याद भएन । उनि विद्वान र पराक्रमी मात्र होईन वास्तवमै ज्ञानी र चक्रवर्ती पनि थिए । धार्मीक र प्रजापालक भनेर त भन्नै परेन । एकदिन त्यस राजा आफ्नो दरबारमा सभामा बसिराखेका थिए । त्यसैबेला देशको सीमान्त प्रदेशका एकजना बनपालेले एउटा समाचार ल्याएर राजालाई सुनायो । महाराज बनमा एउटा अनौठो मृग देखिएको छ, त्यसलाई दरबारमा ल्याएर राख्नुहोस् । त्यो मृग ज्यादै तेजिलो छ । उसको शरीरको रौं सबै सुनका छन् । उसमा दिव्य आभामण्डल छ । उ कुनबेला कहाँबाट कहिले प्रकट भएर आउँछ, मैले धेरै कोशिस गरेर पनि पत्ता लाउन सकिन । मेरो बिचारमा यो मृगमा दैवी रहस्य छ । लाग्दछ, कुनै देवता मृग भएर घुम्न आएको हो ।
राजा आफै शास्त्रज्ञ थिए । उसले राज्यका गुरुज्ञानीहरु संग सोधे । उनीहरुले शास्त्रको अध्ययन गरी भने । महाराज, यो मृग समान्य मृग होईन । यो बोधिसत्त्व मृग हो । यो मृगको दर्शन मात्र गर्न सकेमा मनुष्यजुनि सफल हुने हुनजान्छ । यसलाई हजूरको राज्यमा ल्याउन सकेमा सारा देशकै भलोकल्याण हुने निश्चित छ । हजूर चक्रवर्ती सम्राट हुनु हुनेछ ।
राजाले देशभरी झ्याली पिटाए । कसैले त्यस दिब्य मृगलाई दरबारमा ल्याउन सक्दछ, भने आधा राज्य दिने घोषणा गरे । तर त्यस मृगलाई मार्न वा पाशोले छोप्न नपाईने, तर्साउन वा दौडाउन नपाइने, समात्न वा वाँध्न नपाईने, पीटन वा घाउ गर्न नपाईने आदि शर्त राखिदिए । कसैले त्यसो गरेमा वा गर्ने प्रयास गरेमा वा त्यस मृगको स्वतन्त्रता र स्वच्छन्दतामा कुनै केहि बाधा अवरोध पुराए मृत्युदण्ड दिने घोषणा गरे । त्यस मृगलाई अपमानित नगरीकनै सम्मानपूर्वक उसको खुशीराजीमा स्वईच्छामा राजाको दरबारमा ल्याउन सक्नेलाई भने आधा राज्य दिने घोषणा गरे । त्यसको लागि राजाबाट पूर्वसूचना गरी स्वीकृति लिई मात्रै प्रयास गर्न पाईने भन्ने समेत देशै भरी झ्याली पिटाई घोषणा गरे ।
तर त्यस्तो महाकठीन र असंभव लाग्ने तरीकाले बनमा फिर्ने मृगलाई ल्याउने को? कसले आँट्ने? कोही अगाडी आएन । राजा खिन्न भए । धेरै पछि, अन्त्यमा एकजना बूढी आईमाई अगाडी आयिन । बूढी भनेर यहाँ पाको उमेरका अनुभवी र बुद्धिमती महिलालाई भन्न खोजिएको हो, अन्यथा नसोचिदिनु होला । तिनले भनिन्, महाराज मलाइ मौका दिनुहुन्छ भने, म त्यस अनौठोको दिव्यमृगलाई हजूरको दरबारमा हजूरले भनेजस्तै गरी उपस्थित गराइदिन सक्छु । राजाले भने, तिमीलाई जे जति जस्तो सर्जाम चाहिन्छ, लैजाऊ । सेना र सेवकहरु पनि लिएर जाऊ । तिमीले ल्याउन सक्यौ भने आधा राज्य दिनेछु । तिनले भनिन्, महाराज मलाई हजूरको आधाराज्य चाहिंदैन । हजूर जस्तो धर्मात्मा राजाको सेवा गर्न पाए मलाइ पुग्छ । मलाई सेना वा केही सर्जाम पनि चाहिदैन । मलाइ बरू केही मह पाऊँ । त्यत्ति मह भए मलाई पुग्छ । म एकलै जान्छु । भगवानले चाहेमा म सफल पनि हुनेछु । हाम्रो देशकै भलो हुनेछ । हजूर चक्रवर्ती सम्राट बन्नुहोस् । मलाई आशिर्बाद दिनुहोस् ।
त्यो आईमाई केहि मह लिएर त्यस बनमा लागिन, जहाँ त्यो दैवी मृग देखिएको थियो । त्यहाँ उनले कैयौं दिन रातभर जाग्राम बसेर मृगको चीयोचर्चा गर्दै हेर्दै रहिन । कुन बेला आउँछ, कुन बेला जान्छ, के खान्छ, कहाँ खेल्छ, सबै बानीबेहोरा बुझ्दै गरिन । यसरी धेरै दिनरात त्यस मृगको आनीबानी चर्या गोप्यरूपमा सबै कुरा बुझिसके पछि, एकदिन त्यस मृगले नियमित रूपमा बिहान उसको घाँस खान आउनु अघि नै राती नै तिनले त्यसको घाँस खाने स्थानमा घाँसमाथी मह मोलेर लुक्न गईन् । जब त्यस बिहान त्यस मृगले घाँस खान थाल्यो, उसलाई अनौठो भयो । यत्ति मीठो घाँस उसले कहिले खाएको थिएन । उसले बुझ्नै सकेन । कहिले मह खाएको भए पो । आनन्दित हुँदै फुर्किंदै उ फर्की गयो ।
भोलिपल्ट पनि मह मोलिएको घाँस खायो । के हो के हो के हुँदैछ बुझ्नै नसकी उ तृप्त हुँदै आनन्दित हुँदै फुर्किंदै उफ्रिंदै गयो । यसैगरी केहि दिन बिते । सँधै भरी हरेक दिन मह मोलेको घाँस खाँदा खाँदा उसलाई त्यही सामान्य लाग्न थालेको थियो । उसलाई अरू ठाउँको घाँस वा पात कसोकसो खल्लो नमीठो लाग्न थालेको थियो । अब उ त्यही उसै एकै ठाउँको मात्र घाँस खाने गर्थ्यो, जहाँ मह मोलिएको हुन्थ्यो ।
त्यस बुद्धिमती आईमाईले कहिले काहि जानाजानी मह मोल्न ढीलो गरिदिएमा त्यस मृग हेरेर पर्खिबस्ने गर्न थालेको थियो । यसरी नै त्यस आईमाई संग देखादेख हुँदा पनि उ भाग्ने पनि गर्दैनथ्यो । तिनीले घाँसमा मह मोलेको पनि मोलुञ्जेल हेरिरहन्थ्यो । र घाँसमा मह मोल्न छोडे पछी खुरुक्क आएर घाँस खान थाल्थ्यो । यसरी हुँदा हुँदै त्यस मृगमा त्यस आईमाइ प्रति डर हराउँदै गएर उसको बच्चा जस्तै पाल्तू हुँदै उफ्रिँदै गर्न थाल्यो । घाँस पनि उसको हातैबाट खानुपर्ने र उ जहाँ गए पनि पुच्छर हल्लाउँदै पछिपछि लाग्दै जाने गर्न थाल्यो । आमा र बच्चा जस्तै सम्बन्ध गाँसिदै गएको थियो । मायाको कारणले बोधिसत्त्व समेत मायाजालमा बाँधिदै थियो ।
छ महिना पनि पूरा हुनै लाएको थियो । त्यस आईमाईले त्यो दिब्य मृगलाई पछि लाउँदै भरी दरबारमा उपस्थित भए । त्यस दिव्य मृग घाँटीमा टीनटीनको घन्टी जाउँदै पुच्छर फर्फराँदै तिनी आमाको मातृस्नेहको पछि लाग्दै जाहाँ पनि जाने गर्दथ्यो । त्यसैले राजाले तोकेको सारा शर्त पालन गरी त्यस बिदुषीले बोधिसत्व लाई राजाको भरी दरबारमा पुराई राजालाई प्रणाम गरिन् । त्यस्तो दिब्य मृगरूपका आएका बोधिसत्त्व-महासत्त्वलाई देखेर राजा जुरुक्क उठेर नमस्कार गरे । जमीनमा घुँडाले टेकी बोधिसत्त्वको सम्मान गरे । राजाको साथै मन्त्रीगण र तिनीहरुको देखासिकीमा सबै भारभारदार र जनसमूहले पनि त्यस मृगको दर्शन गरे ।
सम्पूर्ण सभाले आफूलाई ढोकेको देखेर मृग झस्कियो । एक्कासी झसंग भयो । उसको शरीरका रौं जुन सुनका थिए, फर्फरायो । सभा भवन नै पहेलो सुनौलो आभामा टल्कियो । बिस्मित हुँदै उद्गार पोखे, अहो म कहाँ आईपुगेँ । म बोधिज्ञानको खोजीमा लागेको कैयौं महाकल्प बितिसक्यो । अनेकौं जन्म जन्मान्तर सम्म पुण्यसम्भार र ज्ञानसम्भार गरिसकेको छु । सम्पूर्ण शास्त्रज्ञान लिई ध्यान तपस्यामा पारंगत भईसकेको हूँ । तर आज एक क्षणको अनुस्मृति भंग हुँदा जिभ्रोको तृष्णारागले गर्दा मोहित भई मायाजालमा फस्न पुगेँ । अहो, म जस्तो बोधिसत्त्व भईसकेको सत्त्वप्राणी पनि यसरी फस्न पुगेँ भने यो इन्द्रियसुख भनेको कति बलवान रहेछ ।
तब यसरी आफूले आफूलाई चिन्ही उद्गार पोखे, पश्चात त्यस दिब्य मृग रूपधारी बोधिसत्त्वले मनुष्यको बोली बाट राजालाई भने । हे राजन, तिमीलाई म बन्दना गर्दछु । मलाई मायागरी माता समान भई मलाइ यहाँ सम्म ल्याउने यी आमालाई पनि बन्दना गर्दछु । मलाई आँखा खोलीदिने यहाँहरुमा नमस्कार गर्दछु । जतिसुकै अध्ययन भएपनि ज्ञान भएपनि सदाकाल सतत अनुस्मृतिमा बस्न सकिएन भने यी पञ्च-ज्ञानेन्द्रियहरु अनियन्त्रित भइजाने हुने गर्दछ । यो मैले अनुभूति गरेँ । मैले यो बिर्सेँ की बनमा, बनको बिचमा त्यत्ति मीठो घाँस कहाँबाट आयो । मेरो जिभ्रोको स्वादको रागले गर्दा मेरो अनुस्मृति हरायो, सारा ज्ञान बिस्मृत भयो । म जस्तो बोधिसत्त्व त यसरी वशीभूत हुनगएँ भने यो जिभ्रोको मीठो-नमीठो स्वाद, नाकको बासना, कानको सुन्ने संगीतमय आवाज, आँखाको देख्ने नानबिध दृष्य र छालाको स्पर्शको सुखबेदना दुखबेदना गराउने पाँचैओटा ईन्द्रियले तानेको अवस्थामा प्राणीलाई बोधिमार्गमा लाग्न कति कठिन रहेछ । हे राजन ! मैले ज्ञान पाएँ । अब म जान्छु । तपाई र तपाईको देशको भलो होस् ।
यति भनेर त्यस बोधिसत्त्व मृग अन्तर्ध्यान भैगयो । यति भनेर म प्रकाश मान श्रेष्ठ पनि यहाँहरु समक्ष बिदा माग्दछु । केही कमेन्ट छ भने कमेन्ट सेक्सनमा कमेन्ट गरिदिनु होला । ध्न्यवाद । भवतु सब्ब मंगलम् ।