प्रकाश मान श्रेष्ठ
शिक्षा सल्लाहकार,
बौद्ध जागरण संघ, ललितपुर ।
बुद्ध धर्म भगवान बुद्धले दिनु भएको हो । भगवान बुद्ध हाम्रै पुर्खा हुनुहुन्छ । यसैले हामी जन्मजात बौद्ध हौ । हामीले पनि बाबुआमा, छरछिमेक र गुरुहरुले भनेको देखासिकी गर्दै ‘म पनि बुद्धधर्मी हूँ’ भन्ने गर्दछौं । तर, बुद्ध धर्ममा के कस्तो ज्ञान दिइएको छ, र त्यसको मर्म के हो, भन्ने कुरा गहिराईमा बुझ्न सकेका छैनौ । यसैले जोसुकै ले जेसुकै भने पनि चुपो लागि पत्याइदिने गर्दछौं । किनकी त्यो भनाई सत्य हो वा होइन भनेर हामीले छुट्याउन सकेका हुँदैनौं । अझ, हामी आफैले पनि जे जति अलिकता सुनेका जानेका हुन्छौं, त्यहि मात्रै सत्य हो भन्ने अभिमान बोक्दछौं । र, अरु सबै झूठो हो भन्ने विवाद गर्न ठाल्दछौं । हामी यस्ता अर्धज्ञानी अज्ञानी अवस्थामा अलमलिएका बौद्ध भएका छौ ।
यसैले यहाँ बुद्ध धर्ममा के कस्ता ज्ञान समेटिएका छन्, त्यसको सार समष्टि बारे संक्षेपमा बुझौं ।
बुद्ध धर्म भनेको बुद्ध-बोधिसत्त्वहरुले दिनु भएको धर्म हो । बुद्ध भनेको ‘सत्यको बोध गरेको’ (अर्थात्, जो जस्तो छ त्यसलाई त्यसै गरी बुझेको) र ‘त्यसै बमोजिम पालन गरी बसेको’ व्यक्तिलाई भनिएको हो । हाम्रै देशको लुम्बिनीमा जन्मेका राजकुमार सिद्धार्थले पनि सत्यको अवबोधन गरी बुद्ध हुनुभएको हो । धर्म भनेको ‘आफू र अन्यसंग व्यवहार गर्ने कर्म’ हो । कर्म भनेको ‘कर्तब्य’ हो अर्थात्, ‘आफूले लिएको जिम्मेवारी इमान्दारीता साथ निर्वाह गर्ने’ हो ।
बुद्ध धर्म अन्धभक्ति अथवा श्रद्धा-विश्वासको कुरै होईन । न त यो कसैले तथास्तु भनि वरदानमा दिइने कुरा नै हो । यो सबैले आफै लाग्ने, प्रयत्न गर्ने र लाभ गर्ने हो । योग्य सद्गुरुले सहयोग गर्न र बाटो देखाउन सम्म मात्र सक्दछ, उसले पनि बोकेरै लगिदिन भने सक्दैन । त्यसैले यहाँ ‘अप्पो दीपो हुनु पर्दछ’ । अर्थात्, ‘सबैले आफ्नो मार्ग आफैले खोजी जानु र अरुलाई पनि मार्गदर्शन गर्ने’ गर्नुपर्दछ । यसैले यो बुद्ध धर्म तर्कपूर्ण छ, वैज्ञानिक छ, प्रत्यक्ष फलदायी छ, र सुखकरी छ ।
जन्म र मृत्युको क्रम-बन्धन तोडी दुःखबाट मुक्ति दिने प्रयोग सिद्ध बाटो देखाउने भगवान गौतम बुद्ध विश्वकै इतिहासमा एक्लो व्यक्ति हुनुहुन्छ । ‘दुःखको चक्रलाई भंग गर्नु भएको’ हुनाले उहाँलाई भगवान भनिएको हो । उहाँले चार ओटा शाश्वत सत्यहरू अर्थात् आर्यसत्यको ज्ञान दिनुभयो;
१. जगत दुखमय छ । दुःख भनेको जन्मनु, जीर्ण हुनु, रोगी हुनु, मर्नु, प्रियसंग बिछोड हुनु, अप्रियसंग बस्नु, ईच्छा पूरा नहुनु हो । अर्थात् पञ्चस्कन्ध हुनु नै दुःख हो । किनकी यो जगतमा जे जति उत्पन्न भएका छन्, ती सबै नाश हुने हुन् । केहि पनि अविनाशी र शाश्वत छैन, सबै कुरा अनित्य हुन् । आत्मा भनेको छैन, सबै अनात्म हुन् ।
२. तृष्णाले यस दुःखको चक्करमा घुमाइ राख्दछ । साथै, यस दुखको आगोलाई निभ्न नदिई इन्धन थप्दै जगाई राख्दछ । यस चक्रमा अविद्या, संस्कार, विज्ञान, नामरूप, षडायतन, स्पर्श, वेदना, तृष्णा, उपादान, भव, जन्म र जरामरण भनिएका बाह्र ओटा आराहरु छन् ।
३. यस धर्मचक्र लाई तोडे पछि मात्र दुःखबाट मुक्त हुन जान्छ । यो चक्रलाई कमजोर बनाउँदै तोडन आठओटा कुराहरु, अर्थात् “आर्य अष्टाँगिक मार्ग”लाई होशियारी साथ पालन गर्दैरहनु पर्दछ । यसरी क्रमिकरूपमा यस चक्रलाई क्षीण गर्दै शक्तिहीन गराउँदै लगि यसलाई निरूद्ध गर्न सकिन्छ ।
४. सम्यक् सोच, सम्यक् बोली, सम्यक् कर्म, सम्यक् आजिवीका, सम्यक् प्रयास, सम्यक् स्मृति, र सम्यक् समाधि गरी आठओटा बाटाहरुलाई आर्य अष्टाँगिक मार्ग भनिन्छ । यो मार्गमा प्रवेश गर्न हिंसा नगर्ने, झूठो नबोल्ने, चोरी नगर्ने, व्यभिचार नगर्ने, र मद्यपान नगर्ने पाँच ओटा शीलहरु पालन गर्नु पर्दछ ।
यसरी शील सदाचार र प्रज्ञाको बलले पाप क्षय भई पुण्य संचय गर्दै आफूलाई ब्यवहारमा परिशुद्ध गर्दै लैजानु पर्दछ । यसरी चित्तको निरुद्धि भएपछि रागद्वेष आदि सबै क्लेशहरु क्षय हुन्छ । यस स्थितिलाई निर्वाण भन्दछ । यो नै दुःखमुक्तिको अवस्था हो । यसमा पुगेको सत्वलाई अर्हत भनिन्छ ।
यसरी संबृत्तिसत्य अनुसार जीवन विर्वाह गर्न कुशल कर्म गर्दै रहन पर्दछ । अर्थात्, ज्ञानसंभार र पुण्यसंभार गर्दै रहनु पर्दछ । ज्ञानसंभार भनेको ‘ज्ञान लाई शुद्ध पार्दै उन्नति गर्दै गई प्रज्ञापारमिताको शून्यता ज्ञान अवबोधन गरि रहनु’ हो । पुण्यसंभार भनेको ‘अरुको भलो कल्याण हुने गरी त्यसबाट प्राप्त हुने पुण्यफल बटुलि राख्ने’ हो । र भलो नहुने तर नोक्सान गर्ने अकुशल कर्महरु गर्नबाट जोगिएर बस्ने पनि हो ।
सबै कुराको शुरुवात गर्ने मन नै हो । सारा जगतसंसार पृथ्वी, जल, अग्नि र वायु भनिएका चारओटा धातुहरुले बनेको हो । मनले चित्तद्वारा भौतिक वस्तुमा रूप, वेदना, संज्ञा, संस्कार र विज्ञान (अर्थात् पाँचओटा स्कन्धहरु) उत्पन्न गराउँदछ । प्राणी भनेका यी चारओटा धातुहरु र पाँचओटा स्कन्धहरुको मिलाप हो । राग, द्वेष र मोह भनिएका त्रिबिष नै मूल क्लेशहरु हुन् । क्लेश भनेका ‘दुःखका मूल कारण’ हुन् । कर्मको नियम अनुसार सबैले आआफ्नो कर्म अनुसारको फल भोग्नै पर्दछ । ‘कर्मको फल स्वतः प्राप्त हुन्छ’, ‘फलको जोखना गरी दण्ड र पुरस्कार दिनेवाला बेग्लै कोही देवता छैन’ । सुकर्म अर्थात् अरुको उपकार हुने कर्मको फल आफैलाई झन सुख हुने हुन्छ, र अरुको हानी हुने कर्म गरेको फल आफैलाई झन धेरै दुःख भोग गर्नु पर्ने हुन्छ । मृत्यु र जन्म भनेको क्रमबद्ध प्रकृया हो, यो भनेको चित्तको प्रवाह मात्र हो । प्राणी आफ्नो कर्मको फल अनुरूप छओटा लोक र एकतीस ओटा भुवनहरुमा घुमिरहन्छ । सहंपति ब्रह्मा देखी किरा-फटेंग्रा पर्यन्त कोहि पनि अजर अमर छैन ।
भगवान बुद्धले देवता र बोधिसत्त्वहरु लाई महायानको ज्ञान दिनुभयो । देवतावर्ग भनेका देवता, असुर, नाग, किन्नर गरुड जस्ता विशेष क्षमता भएका सत्व हुन् । देवता भनेका जसले ‘मनुष्य लगायतका प्राणीलाई घाम, पानी, अन्न, रक्षा, ज्ञान, …. जस्ता आवश्यक बस्तुहरु दिनेहरू’ हुन् । बोधिसत्त्व भनेका ‘सारा प्राणिलाई तिनीहरुका दुःख हटाइदिन्छु, भनेर प्रतीज्ञा गरेका सत्त्व’ हुन् । यस्ता दिनेवाला देवता र चर्यागर्ने बोधिसत्त्व हरुले कस्तो धर्म पालन गर्नु पर्दछ भनेर महायानको मार्ग दिएको हो । महायान भनेको कसरी शुद्धचित्त भई, म’मेरो भन्ने आत्मभाव नगरी, सबै प्राणिलाई बिना कुनै पक्षपात, यतिउति गरें भन्ने लेखाजोखा नराखि, सदा हर्षित रही, सदाकाल तत्कालै तिनीहरुका दुख हटाउँदै निर्वाणसम्म लिएर जाने मैत्रीकरूणाको चर्या हो । यसमा दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा जस्ता दशओटा पारमिताहरुको चर्या र दश ओटा भूमिहरु शोधन गर्दै रहनु पर्दछ । आफूले बुद्धत्वको अवबोधन गरि सके पछि पनि आफू बुद्ध नबनी अरुलाई बुद्ध बनाउदै रहने अर्थात् बुद्धजननी भई रहनु पर्दछ ।
बोधिसत्व-महासत्त्वको स्तरमा पुग्नलाई कुनै पनि संभारहरु संकलित नगरी, त्यस्ता संभार लाभ हुनासाथ तत्क्षणै तत्कालै लोकहितको लागि समर्पण गर्नु पर्दछ । किनकी कुनै संभार फल बाकि रहँदै उसको देह नाश भएमा उसले पुनः पुनर्जन्म लिनुपर्ने भई भवचक्रमा फस्ने हुन्छ । यसैले बोधिसत्त्वले सदा ज्ञान र पुण्यको दान गरी पुण्यपरिणामना गरी बसेको हुन्छ ।
महायान भनेको जगतमा जो जति प्राणिहरू छन् ती सबै मेरा एक्ला छोरा सरह हुन् र ती सबै कुनै बेला मेरा मातापिता थिए भन्ने विचार गरी ती सबैलाई भलोकल्याण गर्ने रहने चर्या हो । यसले प्राणीमात्र नैरात्म्य होईन, सर्वसकल धर्महरु (अर्थात् बस्तु हरु) पनि नैरात्म्य हुन् भन्दछ । यस यानमा लागेका बोधिसत्त्व-महासत्त्वहरु यस लोकमा र निर्वाणमा दुबैमा एकसाथ रहेर पनि कतै नरही, अप्रतिस्थित निर्वाणमा रहेका हुन्छन् । यो शून्यताको चर्या हो । यसलाई पारमितायान पनि भनिन्छ ।
भगवान बुद्धले सारनाथमा पहिलो धर्मचक्र प्रवर्तन गरी श्रावकयान दिनुभएको सोह्रौं बर्षमा दोस्रो धर्मचक्र प्रवर्तनगरी महायानको ज्ञान दिनु भयो । त्यसको पनि तेस्रो बर्षमा तन्त्रयान दिनु भयो । यो तेस्रो धर्मचक्र सीतानदीको किनारमा कालचक्रतन्त्र र धान्यकटकमा नामसंगीतितन्त्र हरु एकसाथ विस्फारीत गरि देखाउनु भयो, भनिएको छ ।
तन्त्रयान भनेको श्रावकयान र महायान दुवैमा पारंगत भएका अत्यन्त माथिल्लो स्तरमा पुगेका साधकलाई ‘यसै एक जुनीमा बुद्ध हुन सक्ने’ मार्ग हो । तन् भनेको शरीर र त्राण दुःखबाट पार लगाउने हो । यस अनुसार साधकले ज्ञान र योगको साधना गरी यही हाडमासुको शरीरभित्र सारा देवता लगायत सारा लोकलाई प्रकट गरी एकै क्षणमा सम्यक् रुपमा सम्बुद्ध भई जाने गर्दछ । यसले ‘बाहिरको भौतिक जगतमा जे छ, त्यो यसै शरीरको अध्यात्म भित्र छ’ भन्दछ । ‘बाहिर जे छन ती भित्रै छन् र भित्र जति छन ती बाहिर छन्” अर्थात् बाहिर-भित्र भनेको एकै हो, छाया र प्रतिछाया मात्र हो भन्दछ । मन र तन एकाकार गरेको बलले यो संसारको सबै ऋद्धिसिद्धि आफ्नो अधिकारमा गरी सिद्ध बन्न सक्दछ ।
तन्त्रयान वास्तवमा अति गुह्य अति पवित्र अति शक्तिशाली अद्वैत ज्ञान हो । यस्तो गुह्यज्ञान बुझ्ने क्षमता नभएका हामी जस्ता सामान्य मनुष्यले पनि यस तन्त्रयानको लाभ लिन सकोस् भनेर जन्मदेखि मृत्यु पर्यन्तसम्म नानाबिधिका संस्कारहरु बनाई बाँधिदिएको हो । यसैले हामीले कुनै पनि परम्परा भनेर शास्त्रसम्मत संस्कारहरु व्यवहार गर्दा हामीले अञ्जान मै भएपनि तन्त्रयानलाई पालन गरिरहेका हुन्छौं । तर आजकाल तान्त्रिक भनिएका फूकफाक र बोक्सीविद्या भने यसका विकृत स्वरूप हुन् । अहिलेको बजारिया तन्त्र विद्या त साच्चैको पाखन्ड र ठगविद्या हुनपुगेको कुरा बडो दुखदायी छ । याद राखौं यो तन्त्रयान तपाई-हामी जस्ता सामान्य मानिसलाई निषेधित गरिएको छ । किनकी यसबाट प्राप्त हुने ऋद्धिसिद्धिको शक्तिलाई अरुको दुखमुक्ति गर्ने लोकल्याणको कार्यमा नलगाई, दुःख दिने कार्यमा प्रयोग गरेमा घोर बिपत्तिमा पर्दछ । यसैले यो मार्ग बडो खतरापूर्ण छ । यसमा लाग्दा पालन गर्नुपर्ने नियम अत्यन्त कठीन भएकोले तपाई हामी जस्ता साधारण मनुष्यलाई यो बर्जित गरिएको हो ।
अन्त्यमा,
भगवान बुद्धले सबै प्राणीलाई ‘न अति सुख र न अति दुःख’को मध्यम मार्गको उपदेश दिनुभयो । शून्यता भनेको चार ओटा पक्षहरु (अर्थात्, ‘छ’, छैन’, ‘छ पनि छैन पनि’, र ‘न छ न छैन’) सबैलाई एकसाथ देख्नु हो । जगत भनेको संवृत्तिसत्य (अर्थात् लोक-संसारिक सत्य) र परमार्थ सत्य (अर्थात्, सूक्ष्म सत्य) मिसमास भएको मायाजालको भ्रम हो । उहाँले आआफ्ना स्तर अनुसार जीवन जिउने कर्म गर्ने उपायहरु दिनुभयो । हरेक प्राणिका कर्म, ज्ञान, उत्साह र स्वभाव अनुसार बुद्ध हुने अनेक मार्ग-मार्गान्तरहरु दिनुभयो । सबैमा बुद्ध बन्न सक्ने क्षमता भएको बुद्धगर्भको बीऊ छ भनेर भन्नुभयो । त्यस बीऊलाई हुर्काउन सबैको क्षमता लगाव प्रयत्नको स्तर अनुसार हरेकको तह अनुसारको साधनाको विधि दिनुभयो । ‘प्रज्ञा अर्थात् ज्ञान र उपाय अर्थात् प्रयत्न एकाकार भएमा जे कार्य पनि सफल हुन्छ’ भन्ने प्रज्ञोपाय सिकाउनु भयो । उहाँले ‘जातिपाति उँचनीचको कुराको खण्डन’ गर्नुभयो । उहाँले सबैलाई ‘कर्म गर्ने स्वतन्त्रता दिनुभयो’ । उहाँले देश-काल-परिस्थिति हेरि यसका ‘मूलकुराहरु नछोडी सानातीना नियमहरु छोडन सक्ने विकल्प’ पनि दिनुभयो । यति मात्रै होईन, अरूका के कुरा, उहाँ भगवान स्वयंले दिनुभएको उपदेश समेत पनि जाँचीबुझी प्रयोग गरी मात्र लिन, अन्यथा नलिन समेत समेत अधिकार दिनुभयो । उहाँले यस्तो स्वतन्त्रता समेत दिनुभयो ।
भगवान बुद्ध कुनै काल्पनिक कथाका पात्र होइनन्, ऐतिहासिक पुरुष हुनुहुन्छ । उहाँले आजभन्दा २,५८६ बर्ष पहिले यही धरतीमा हाम्रै लुम्बिनीमा हाडमासुको शरीर लिएर मनुष्यरूपमा जन्मेर दुःखसत्यको अवबोधन गरेर “बुद्ध” हुनुभएको हो । कसैले उहाँको यस कृत्यलाई दिव्यरूपमा लिई ‘भगवानले देखाउनु भएको लीला हो, बुद्धनाटक मात्र हो’ पनि भन्दछ । उहाँलाई दशओटा नाम दिइएको छ; ‘अर्हत’, ‘सम्यक् सम्बुद्ध’, ‘तथागत’, ‘विद्या र आचरण सम्पन्न’, ‘सुगत’, ‘अनुत्तर’, ‘लोक-विदू’, ‘पुरुष-दम्य सारथि’, ‘देव र मनुष्यका शास्ता’, र ‘भगवान’ । उहाँको परिनिर्वाण भएपछि नागार्जुन जस्ता अनेक वज्रआचार्य गुरु तथा सिद्धपुरुष हरुले पनि धेरै व्याख्याहरु गरी बुद्धज्ञानलाई गहन, बिस्तृत र विपुल गरी बढाई दिएका छन् । अझ कसैले त क्रिश्चियन धर्मका येशू मसीहा स्वयं पनि प्रब्रज्जित महायानी बौद्ध थिए भनेर भन्ने गरेको पनि पाईन्छ ।
यस्तो विस्तृत विपुल गहन ज्ञान समेटरको बौद्ध धर्मलाई हामी अझै गहिरिएर बुझ्दै जाउँ । नबुझेको कुरा सोधने गरौं । बुझेको कुरालाइ आफ्नो जीवनमा पालन गरौं । त्यो ज्ञान अन्य सबै मनुष्यलाई बाँडौं । र सबै प्राणिका भलोकल्याण गर्दै जाऔं निर्वाण लाभ गरौं । यसरी हामी पनि बोधि ज्ञानलाई सार्थक गरी वास्तविक बौद्ध बनौं र अरुलाई पनि बौद्ध बनाऔं ।
।। भवतु सब्ब मंगलम् ।।
नोटः- (यस लेखका लेखक प्रकाश मान श्रेष्ठज्यू नेपाल सरकारको निजामती सेवामा सह-सचिव भई सेवानिवृत हुनुहुन्छ ।
सरकारी जागीरवाट फ्रस्ट्रेट भएर स्वेच्छिक अवकाश लिएको थिएँ । अब के गरूँ के गरूँ भन्ने ऊहापोहमा मन रूमलिरहेको थियो । हाकिम भएर अरूका नमस्कार खान नजान्नेले अरूलाई नमस्कारगरी के बर्कत गरिखाला भनेर श्रीमती पनि ठुस्किन्थिन् । आफूमा भने पहिले देखि अध्यात्ममा रहेको रुचि झाँगिदै थियो । हाम्रो समाजको आजको रोगको निदान अध्यात्ममैं छ, त्यसलाई एक्स्ट्रेक्ट गर्नुपर्दछ, भन्ने सोचाई राख्दथेँ । बाटो देखाउने कोही पाइनसकेकोले अलमिएको थिएँ । गुरुपदको पसल थापी व्यवसाय गरेका मास्टरमा भने श्रद्धा थिएन । यसै गरी दिनरात कटिरहेको थियो ।
यस्तै पर्यो । कसैको सहयोगी ‘एक्स्ट्रा’ भएर साथलागी सत्यमोहन जोशीजी कहाँ भेटनजानुपर्ने भयो । कहिले नभेटेको मान्छे । धेरै धेरै पहिले ३२ सालतिर आफू दार्चुलामा रा.वि.से.मास्टर भएर जाँदा सत्यमोहन जोशी भन्ने मान्छेले लेखेको कर्णाली लोकसंस्कृतिको पहिलो खण्ड पढेर ज्यादै प्रभावित भएको थिएँ । र,त्यसैको ढाँचाको नकलगरी आफूले पनि ‘लेकम लोक संस्कृति’ भन्ने भिलेज प्रोफाईल लेखी बुझाई मास्टरको डिग्री पनि लिएको थिएँ । त्यसैले उनि प्रति मनमा एक उत्सुकता थियो । साथै, विभिन्न विधामा तीनपटकको मदन पुरस्कार विजेता, नेवार संस्कृतिको मूर्धन्य विद्वान, इतिहासमा हराएको अरनिकोलाई खोजी चिनाउने व्यक्ति जस्ता उनका अनेक विशेषताहरू बारे निकै सुने पढेको थिएँ । विद्यार्थीकालमा क्वीज कन्टेस्टमा खुब चाख राख्दथेँ, यसैले यस्ता ‘विशिष्टता’का बारेमा निकै दखल राख्दथेँ । यसैले निक्कै जान्ने सुन्ने पनि थिएँ । अहिले पो जागीर नफापेर ढाक्रे हुनपुगेको ।
संस्कृतिको धनी शहर ललितपुरको केन्द्रकै नजिकको ‘पारावत विहार’ । कुनै प्राचीन मन्दीर वा विहारजस्तै लाग्ने सातओटा ढुँगेखुडकिलाहरू चढी पस्नुपर्ने चबूतरा माथि दायाँबाँया सेता परेवाहरू लगायत पञ्चबुद्ध चित्रित बीचमा वज्रसत्त्वको मूर्ति खोपिएको प्राचीन प्रवेशद्वार । शायद कुनै बेला रहेको विहार भत्किएपछि त्यस प्रवेशद्वारमाथि थपिएको जस्तो, पुरानै घर । भित्र वयोवृद्ध उमेरको अग्लो व्यक्ति, देख्दा सामान्य लाग्ने तन्नेरीमनको नेवारले विशुद्ध नेपालीमा छन्द व्याकरण उच्चारण आदि केहि पनि त्रुटि नगरी बोल्दै थिए । आधुनिक नेपालमा पहिलोपल्ट बौद्धधर्ममा प्रबज्ज्या लिए बापत जुद्ध शम्शेरले देशनिकाला गरेको वर्णन र पछि अन्तरराष्ट्रिय दवावको कारणले तथा आफूलाई सुधारवादी देखाउन पद्म शम्शेरले सो आदेश फिर्ता लिएको इतिहासको ओजपूर्ण अन्तरवार्ता रेकर्डिंग गराउँदै थिए । यसैले लुसुक्कपरी एक कुनामा नम्र भई उभिएको थिएँ । सत्यमोहन जोशी वहाँ नै होला भनेर खुट्याउन गाहारो परेन । क्यामेरामेनले त्रिखुट्टिमा ठड्याएको ठूलो मूभीक्यामेरावाट उनैको भनाईलाई भिडियोशूट गरिरहेका थिए । इतिहासका पन्नाहरू प्रवाहित भइरहेका थिए । मेरो द्वेषी मस्तिष्कमा यी राणाशाहीहरू आफूलाई भारतपरस्त देखाउने तृष्णाले कति असहिष्णु भएका रहेछन् भन्ने कुरा घुम्दै थियो । र, जसको हींगको टालो आजसम्म पनि निकैले बोकी राखेका छन् भन्ने मेरो सोचाई थियो ।
कुनै उपवन वा सानो झाडी जस्तै लाग्ने हरियाली । लटरम्म फुलेको बेगमकल्लीको लहराको झ्याँगतल मटानमा यी सव हुँदै थिए । संस्कृतिविद् सत्यमोहन जोशीको घर पनि संस्कृतिमय रहेछन् । पारम्परिक, सामान्य र पुरानो घर । सिमेन्ट छड र तडक भडक विहिन । सादा । मोटर, ग्यारेज, फ्रिज, कम्प्युटर र टिभि बेगरको । सन्तोषं परमं सुखम् । ढोकासंगै स्थापित एकजोडी स्त्री-पुरुषका ढुगेमूर्तिमा फूलमाला पहिराइएको थियो । उनका स्वर्गीय पितामाता रहेछन् । शङ्खरराज र नुगलदेवी प्रतिदिन पूजिने रहेछन् । नब्बे वर्षका जोडीले पितामातालाई दैनिक पूजागर्ने रहेछन् । मेरो मनमा श्रद्धा पुलकित भयो ।
कुराकानी भयो, सकियो । के कुरा भयो भन्ने अहिले हाम्रो विषय होइन । त्यसै छोडिदिउँ, बरू पछि कुनैबेला विस्तारमा चर्चा गरौंला । बरू कुराकानी भैरहेको बेलामा मनमा आवाज आउँदै थियो, ‘तैंले खोजेको मान्छे यही हो । नछोड, समात् । सोध्ने जति सवै सोध्, यही बेला हो । पछि पश्चाताप होला’ । हृदयवाट उठेको डिंडिमको अनाहतनाद आभ्यान्तरको कर्णपटल दनादन ठोकिंदै थियो । कुराकानी सकिएपछी अनाचक बोल्न पुगेँछु, “संस्कृति र अध्यात्मका विषयमा मेरा निकै कन्फ्यूजनहरू छन्, के म यहाँवाट निर्देशन पाउन सक्छु ?” उहाँले हास्दै भन्नुभयो, “हुन्छ, हामी हरेक सोमबार छलफल गर्छौ । प्रज्ञापारमिताको छलफल र नामसङ्गीतिको पाठ पूजा आदि हुन्छ । आउनुभए हुन्छ, छलफल गरौंला । तपाईहरू जस्ता त आउनु पनि पर्छ ।”
सोमबार चारबज्नु अगावै पुगेँ । बसुन्धरादेवीको मूर्ति खोपिएको ढोकावाट टाउको निहुराई बैठकमा छिरेँ । भित्तामा भगवान बुद्धको सुन्दर मूर्ति स्थापित थियो । शायद एकमात्र चैत्यहीन विहार भएकोले यो बुद्धको प्रतिमा उहाँले नै स्थापना गर्नु भएको रहेछ । पछि थाहा हुँदै गए । त्यसको फलेँटिमा घ्यूको दीवाहरू जलिरहेका थिए । मूर्तिको तल सानो टेबिलमा हेर्नमा सामान्य लाग्ने व्यक्तिहरूको दुइटा फोटो थियो । यसअघिका गुरुहरू हुनुहुँदा रहेछन् । एकातर्फको भित्तामा रगीचंगी माछाहरू भएको सानो एक्वेरियम थियो । किताबका चाङहरू खात का खातपरी यताउता अरल्लिएर पडेका थिए । बैठकमा महिला र पुरुषहरू छुट्टाछुट्टै लहरमा बस्दै गरेका थिए । भगवान बुद्धको प्रतीमालाई अगाडी पर्नेगरी अर्को साइडमा एकजना महिला बसेकी थिइन् । उहाँ यस पाठपूजा र प्रवचन गर्नुहुने गुरुमा ‘शान्ति दिदी’ हुनुहुँदो रहेछ । साथमा वज्रयानका एकजना मुख्य ‘आचार्य’ टंकमान दाइ पनि रहेछन् ।
सत्यमोहनको थर ख’ख’ले गुणितागर्ने जोशी हो । पुर्ख्यौली धर्म निख्खरा तागाधारी हिन्दू हो । उहाँले आफ्ना कुल परम्परामा केहि आँच आउन नदिई वज्रयानी साधनाज्ञान परम्परालाई पनि साथै कायम गराउनु भएको रहेछ । यस बुद्धपूजाको पूजाक्रम विधि पञ्चोपचार रहेछ । साधना सप्तविधानोत्तर रहेछ । गुरुमा शान्ति दिदीले भन्नुभयो, “प्रकाशमानजी, म लेख्नपढन जान्दिन । पढेको छैन” । सत्यमोहन जोशी जस्ता विद्वान पनि औपचारिकरूपमा धेरै पढेका त रहेनछन् । सत्यमोहन जोशीले शान्तिदिदीलाई गुरुमाको स्थानमा राखी प्रवचन गराएका रहेछन् । अहिले शान्ति दिदी बस्नु भएको गद्दीमा यस अघि गुणरत्न जस्ता महापण्डित गुरू आसीन हुनुभएको रहेछ । आजका नाम कहलिएका निकै नामूद बौद्धविद्वानहरू वहाँका उत्पादन रहेछन् । त्यस्ता गुणका खानी भएका गुरु गुणरत्नले कस्ताकस्ता कतिकति पढेका आफ्ना शिष्यगणहरू मध्ये शान्ति दिदीलाई नै प्रमुख गुरुशिष्याको रूपमा चयनगर्नु भएको रहेछ ।
एक पल्ट सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय, काशी विद्यापीठका प्राचार्य र प्रकाण्ड बौद्ध विद्वान प्राध्यापक जगन्नाथ उपाध्याय ब्रायन हगसन, राहुल सांकृत्यायन जस्ताको अनुशरणगरी बौद्धज्ञानको खोजी अनुसन्धानको क्रममा यहाँ आउनु भएको रहेछ । उहाँले महायानी परम्पराको पूजाविधि लुप्तप्राय भइसक्यो भन्ने क्रममा ललितपुरवाट समेत यो लुप्त भैसकेकोछ भनी भनाई राखेका रहेछ । त्यो सुनेर सत्यमोहन जोशीले ‘लुप्त भएको छैन’ भनी भनेछन्, जसको समर्थन आशाराम शाक्य र लोकदर्शन वज्राचार्य आदिले पनि गरेका रहेछन् । र सत्यमोहन जोशीले प्रमाणको लागि आफ्नै घरमा ल्याई यहि सोमबारे सप्तविधानोत्तर पूजा, नामसङ्गीतिको पाठ आदि देखाई दिएछन् । यस्तो महायानी परम्परा शुद्धरूपमा कायम राखेको दुर्लभ कुरा देखेर ती प्राचार्य छक्क परेका रहेछन् । साथै, गुणरत्नजस्ता महाज्ञानी गुरू तथा नेपालका बौद्धविद्वानहरूसंग छलफल गरी प्रभाबित भई गएका रहेछन् ।
महायानी सप्तविधानोत्तर भनेको सात क्रमको अर्चना रहेछ । शुरूमा आफ्ना आराध्य ‘भगवान बुद्ध’लाई आह्वानगर्ने, स्थान आसन दिने, स्नान अभिषेक गर्ने आदि ‘वन्दन’कर्म गरिने रहेछ । तत्पश्चात्, पञ्चोपचारपूजा गर्ने रहेछ । जसमा केशरी अबीरआदि टिका लगाउने, वस्त्रालंकार लगाइदिने, फूलमाला पहिराइदिने, धूप जलाउने, नैवेद्य अर्पणगर्ने रहेछ । तेस्रोमा पापदेशना गरिने रहेछ जसमा यस अघि आफूले गरेको अकुशलकर्मको अरूलाई सुनाई प्रायश्चितगरी आइन्दा त्यस्तो नगर्ने संकल्प लिइने रहेछ । यो क्रिश्चियनहरूको बन्दबक्सामा लुकी प्रायश्चित गर्ने भन्दा बेग्लै तरीकाले सबैको अगाडी प्रकटरूमा भनि गरिने रहेछ । तत्पश्चात चौथोक्रममा कुनै पनि प्राणीले कुनैपनि कुशलकर्म गरेको भए त्यसको प्रशंसागर्ने, समर्थनगर्ने र त्यसबाट प्रेरणालिने रहेछ । पाँचौक्रममा आफ्ना अगाडि अधिष्ठान गरिएका आराध्य देवता वा बुद्ध बोधिसत्त्वसंग नजिकमा रही उनिहरुसंग आदर र श्रद्धापूर्वक ज्ञान माग्ने अध्येषणा गरिने रहेछ । तत्पश्चात, यसरी आफूले ज्ञानलिए पछि अन्य सवै सत्त्वप्राणीले पनि त्यसैगरी लाभ लेओस् भनि कल्पकल्पसम्म निर्वाण नलिई लोकहीतकार्य गर्दैरहनुहोस् भनी याचना गरिने रहेछ । र अन्त्यमा आफूले गरेको कुशलकर्मको ‘पुण्यफल’ एकक्षणपनि संभार नगरी तुरुन्तै सकलसत्त्वप्राणीको कल्याणमा समर्पण गरिदिनु पर्ने रहेछ । यि विधि सवै गर्दा लामो समयलाग्ने भएकोले सामान्य बेलामा यसलाई छोटकरी विधिमा सम्पन्न गर्ने गरिएको रहेछ ।
भाद्र महिनामा एक दिन राम्रो साइतमा घरमैं सत्यमोहन जोशीले सपरिवार भगवान कृष्णको झुला झुलाउने गर्नु भएको रहेछ । सुहृद्, बान्धव र यस सोमबारे चर्यामा आउने गरेका सवैलाई समेत यसमा समावेश गर्ने रहेछन् । भोज पनि खुवाउने रहेछ । सवैलाई टिका लगाई दक्षिणासमेत दिने रहेछ । कस्तो अनौठो ! बुद्ध, कृष्ण र शिवमा उस्तै भक्ति । श्रद्धा र प्रज्ञाका दुई शिखरमा उभिएको व्यक्तित्व । नेपाली संस्कृतिको जिउँदो उदाहरण ।
स्तोत्र पढिए, धारणी पाठ गरिए । शान्ति दिदी गुरुमाको सामान्य प्रवचन पनि भयो । शान्ती दिदी गुरुमाले आफू सानी बच्ची हुँदादेखि नै कसरी पुरुषको एकछत्र राज भएको वज्रचार्यकर्ममा प्रवृत्त भएर गुरुसेवागरी कसरी गुरुकृपा समेत प्राप्त गरेकी थिइन्, ति मार्मिक घटनाहरू गद्गद हृदयले भक्कानोलिंदै सुनाइन् । मेरो मनमा कुरा बाँउडियो, मैले विश्वकै मान्यताप्राप्त विश्वविद्यालयवाटै डिग्री लिएपनि के भयो र ? पढेरमात्रै पो के नाप्ने रहेछ । शान्ति दिदीप्रति श्रद्धा जाग्यो, मनमा एकतमासको शान्तिको अनुभूति पनि भयो । केहि पाएको जस्तो लाग्यो, पाइने आश जाग्यो ।
पाठपूजा सकिए पछि सत्यमोहन जोशीज्यूले मलाई र सवैलाई लक्षित गर्दै भन्नुभयो; “कुनै पनि कुराले बाधित नगरिएको असीम शून्यदर्शन ज्ञानलाभको संकल्प गर्नु ‘प्रणिधि’ हो । त्यस ज्ञान लाभ गरी त्यसको अनुभूतिगर्न, आत्मसातगर्न सदासर्वदा चर्याकर्मगर्नु गरिरहनु ‘प्रस्थान’ हो । र त्यस मार्गमा जाँदा स्व:त पाइने पुण्यलाई उत्निखेरै सकलप्राणीको हीतकल्याणको लागि समर्पण गर्नु ‘परिणामना’ हो ।”
मैले भने दाइ (सबैले प्रीतिआदरपूर्वक दाइ भन्ने गरेकोले मैले पनि दाइ नै भनेँ), “त्यसरी पुण्य त्याग गर्ने हो भने के को लागि किन चर्याकर्म आदि गरिरहन पर्यो त ?”
उहाँ ले भन्नुभयो, “जबसम्म कर्मको फलको अवशेष बाकी नै रहन्छ, प्राणी भवचक्रमा घुमिरहेको हुन्छ । पुण्य वा पाप भनेको मात्र दिशाको भ्रम हो । आर्जित कर्मको फल जवसम्म विपाक नभै उपादानको रूपमा संग्रह अथवा स्टक डिपोजिट बाकी रहन्छ उसले निर्वाण प्राप्त गर्नै सक्दैन । पाप संचिति भएको भए प्रायश्चित शुद्धि गरी छुटकारा पाउन सकिने हुन्छ । तर, पुण्य संचिति भएको बेला कुनै सुकर्म वा प्रायश्चितादि कर्मले पनि त्यसको क्षय हुँदैन, त्यो त झन थपिंदै जान्छ । त्यस संचिति भएको पुण्यफल मृत्यपछि पनि भोग्नै पर्छ । र पुण्यफलको सुखभोगगर्दा अपायगतिमा झरिने सम्भावना झनै वृद्धि भएको हुन्छ ।”
मैले सोधेँ, “दाइ, बुद्धधर्ममा निर्वाणलाई लक्ष मानिन्छ, जसमा रागद्वेष सवै प्रहीण भएको हुन्छ । विना रागद्वेष कसरी कर्म हुन्छ ? कसरी समाज चल्छ ? निर्वाणकामी हुनु भनेको पलायनबादी हुनु होइन र ?”
उहाँले भन्नुभयो, “बुद्धधर्म विशाल छ, साँघुरो छैन । यसको लक्ष निर्वाणमात्र होईन । बुद्धधर्म भन्नु सम्यकरूपमा ज्ञानलाभ गर्नु हो । जगतसंसारको खेलवाट अलग हुन चाहने ‘निर्वाणकामी’लाई थेरवादी मार्ग छ भने महायानले परिवार र समाजमैं रही लोककल्याणकार्य गर्दैरहन सिकाउँछ । वज्रयानले त अझ यसै जुनिमा वा एकैक्षणमा पनि अभिसम्बोधी प्राप्त हुन सक्दछ भनेर भन्दछ । यसैले महायान-वज्रयानमा निर्वाणलाई प्राथमिकता दिइँदैन । यहाँ त अरूको लागि केही असलकार्य गरौं भन्ने भावना पलाएका ‘बोधिसत्त्व’ हुन्छन्, र यस्तो लोकहीतको लागि संकल्पगरी चर्यागरेका ‘महासत्त्व’हरू हुन्छन् । यि बोधिसत्त्व-महासत्त्वहरू निर्वाणप्राप्तगर्न सर्वसक्षम भएर पनि निर्वाण नलिई बसेका हुन्छन् । सदासर्वदा सकलप्राणीका लोककल्याणमा रत रहन्छन् ।”
“यदि अनादिकाल देखि यस्ता सक्षम बोधिसत्त्वहरू करूणाचित्तले लोकको उद्धारकार्यमा लागीपरेको भए अहिलेसम्म त यो भवलोक खाली भैसक्नुपर्ने, अथवा कम से कम यमलोक त शून्य नै हुनुपर्ने थियो ।” मैले मेरो तर्क राखेँ ।
सत्यमोहन दाइले भन्नुभयो, “बोधिधर्मका प्रमुख विशेषता मध्ये यो पनि एउटा हो कि यहाँ कसैले कसैलाई केहि दिईंदैन, लिइँदैन । आफैले गर्नुपर्छ । बरदान तथा तथास्तु भन्ने कुरा यहाँ हुँदैन । आफ्नो उद्धार आफै गर्नुपर्छ । ज्ञान माग्न पनि तिनपल्ट अध्येषणा गर्नु पर्दछ । हो, बोधिसत्त्वले यस्तो बोधिचित्त उत्पाद हुनसक्ने वातावरण बनाइदिएको हुन्छ । तर, बोधिचित्त अर्थात् केहि गरौं भन्ने संकल्पभाव को उत्पादनगर्ने र त्यसलाई कृयान्वितगर्ने चेष्टा आफै नै गर्नुपर्छ । बोधिसत्त्वले मार्ग देखाउँछ, मार्गमा संरक्षण र सुरक्षण गर्छ । तर, जानु त आफैले पर्छ । बोधिमार्गमा आउनै नचाहने, सुतेको एक्टिङ्गर्नेलाई कसैले केहि उठाउन सक्दैन । यसैले संसारका यावत प्राणीलाई एकैपल्ट निर्वाणमा पठाइदिनसक्ने क्षमता राखेका करूणामय भगवान अवलोकितेश्वर आफू सर्वसमर्थ भएर पनि आफूसंग ज्ञान निर्वाण लिन नआएका प्राणीलाई देखेर दु:खितभई रोइरहनु हुन्छ भन्ने भनाइ रहेको हो ।”
मेले फेरि सोधेँ, “विराग भएका बोधिसत्त्व-महासत्त्वहरूले हीतचर्यागर्नु पुन रागतृष्णा फस्नु होइन र ?”
गुरु सत्यमोहनले भन्नुभयो, “यो महाकरूणा हो, यसमा कर्त्तापन हुँदैन, सत्त्वप्राणीको दु:ख देखेर द्रवितहुनु महायानको ब्यूटि हो । यसलाई हिन्दूधर्ममा ‘अहैतुक कृपा’ पनि भनिन्छ । यसलाई कृष्णलीला भने पनि बुद्धनाटक भनेपनि फरक पर्दैन । यो रागद्वेष भन्दा माथिको कुरा हो ।”
गुरु सत्यमोहन दाइले पुन भन्नुभयो, “महायानमा शून्यताको चर्या गरिन्छ । महायानको दर्शन नै शून्यतादर्शन हो । शून्यवाटै उत्पन्न शून्यमैं लय हुने हो । यस दर्शनमा प्रणेता नागार्जुन हुन् । उनी नेपालमा बालाजुको माथि नागार्जुन डाँडाको गुफामा बसेका थिए भन्ने जनश्रुति रहेको छ ।”
म भौतिकशास्त्रको विद्यार्थी थिएँ । महाविस्फोट हुनु अगि यस ब्रह्माण्डको स्थिति शून्यसमविन्दुमा हुन्छ भन्ने मलाई थाहा थियो । अझ particle physics अनुसार द्रष्टाको दृष्टि अनुसार वस्तुले व्यवहार गर्दछ भन्ने सिद्धन्तको बारेमा पनि पढेकै थिएँ । साथै, शून्यवाट अकस्मात वस्तु उत्पन्न हुन्छ र अकस्मात शून्यमैं बिलाउँछ भनि पनि पढेकै थिएँ । यसैले मलाई आश्चर्य पनि भयो । आफूले पढेको कुरामा घमण्ड पनि उठ्यो । मैले गुरू बोधिसत्त्वलाई परीक्षा लिन चाहेँ । धृष्टता गरेर सोधेँ, “के शून्यताको पनि दर्शन हुनसक्छ र ? गीतामा भनिएको छ, ‘न असतो विद्यते भाव …’, जुनकुरा छँदैछैन त्यसको अवबोधन नै कसरी हुनसक्छ र ?”
गुरु सत्यमोहन दाइले कतैपनि नहेरि भन्नुभयो, “शून्यता भनेको गणितको ‘शून्य’ वा भौतिकशास्त्रको matter/energy केहि नभएको vaccum को अवस्था होईन । यो विश्वका चार मूल दर्शनहरूलाई एकसाथ दृष्ट गर्नु हो । पहिलो दर्शन हो ‘सत् वाद’ अर्थात् वस्तुको अस्तित्त्व छ भनेर मान्नु, जसमा ईश्वर पनि पर्न सक्दछ, आत्मा पनि पर्दछ । दोस्रो हो ‘असत् वाद’ अर्थात् कुनै वस्तुको पनि अस्तित्त्व छैन, सवै भ्रम हुन् भन्नु । तेस्रो हो ‘उभय सत्’ अर्थात् छ पनि र छैन पनि भन्ने । र चौथो हो ‘उभय असत्’, न छ न छैन भन्ने । यी चारै ओटालाई एकसाथ देख्नु पक्डनु शून्यता दर्शन हो । यही उच्चस्तरको माध्यमिक दर्शन हो ।”
मैले के कति बुझेँ वा बुझिन यहाँ नभनौँ, पछि कुनै दिन कुरा गरौंला । तर, मेरो कुतूहलता जाग्दै थियो । मेरो अहम् पग्लिंदै थियो । मैले नम्र हुदै बाकी बचेको पाण्डित्याईँ देखाउँदै सोधेँ, “माध्यमिक दर्शन भनेको सुखभोगी पनि नबन दु:खभोगी पनि नबन, बीचको मार्ग अपनाउ भनेको होइन र ?”
उहाँले भन्नुभयो, “हो, पक्का हो । तर, के थाहा पाउनु पर्छ भने बुद्धज्ञान सवै एकैपल्ट पूर्णतामा प्रकाशित भएका होइनन् । यो तिन पटकगरी क्रमिकरूपमा विकसित भएका दर्शनका स्तरहरू हुन् । पहिलो धर्मचक्र प्रवर्तन, जुन सारनाथमा भएको थियो, जसमा चार आर्यसत्व, प्रतीत्य समुत्पाद र र आर्य अष्टाङ्गिकमार्गका देशना भएको थियो, त्यो निर्वाणलक्षी थियो, त्यो श्रावकवर्गलाई लक्षित थियो । कालान्तरमा राजगृहको गृद्धकूट पर्वतमा शून्यतादर्शनको ‘दोस्रो धर्मचक्र परिवर्तन’ भएको थियो, जसको गहनता त्यसबेला धारण ग्रहणगर्न सक्ने अवस्था नभएकोले नागराजले पातालमा लगि सुरक्षित राखेका थिए । र पाँचसये वर्ष पछि नागार्जुनले प्रकाशित गरेका हुन् भनी भनिएको छ । यस शून्यतादर्शनको मूलशास्त्र ‘प्रज्ञापारमीता’ हो । अब तपाईले सोध्नु होला इतिहासमा दोस्रो धर्मचक्र परिवर्तनबारे कतै उल्लेख छैन भनेर । के बुझनु पर्छ भने यस्ता कुरा हिस्टोरिसिटिमा सिद्ध हुने होईन । ज्ञानको प्रकटिकरण सुनसुकै कालमा भएता पनि ज्ञानलाई उसले देखाएको मर्मको रूपमा लिनुपर्छ । यो दिव्यरूपमा बुद्धवाट भएको देशना हो, मानवीय बुद्धबाट भएको होईन । अझ, थाहा पाउनुस्, भगवानले तेस्रो देशना पनि गर्नुभएको छ; एकसाथ दुई ठाउँमा, शम्बलदेशमा कालचक्रको र धान्यकटकमा नामसङ्गीतिको । ‘नामसङ्गीति’ सम्पूर्ण बुद्धदर्शनको सार हो, यो कालातीत र सर्वाङ्गीण ज्ञान हो ।”
समुद्रको अथाह जलराशी कचौरामा घोप्टिरहेको थियो । म कहिल्यै नभरिने प्वालपरेको कचौरा हुन चाहन्न थिएँ । न त सवै माथिबाटै पोखिइजाने घोप्टिएको भाँडो । न त म कचौरावाट एकथोपा पनि ज्ञानामृत छचल्किएर पोखिएर खेर जाओस् भन्ने नै चाहन्थेँ ।
म संग धेरै प्रश्नहरू थिए । बुद्धधर्ममा पञ्चमकारको कुरालाई कसरी बुझ्ने, बुद्धधर्म र हिन्दूधर्ममा एकै देविदेवताहरू कसरी भए, द्वादशदर्शनको बजारमा के लिने के छोडने, अहिलेको देशको सांस्कृतिक धारले भोलि कहाँ पुर्याउनेहो, आदि इत्यादि । तर यी कुराहरूका ज्ञानलिनु कालिमाटिमा आलु किनेको जस्तो हुँदैन भन्ने मैले बुझेको थिएँ । मलाई सत्यगुरु सत्यमोहन दाइको अनुकम्पालाई पछिपनि कायम राख्नु थियो । साथै मेरो बुवाभन्दा जेठो मान्छेलाई धेरै कष्ट दिनु पनि उचित थिएन । मैले भने, “दाइ म फेरि फेरि पनि आउँछु, मेरो पिपासा धेरै छ । पथ्यहुनेगरी मात्रामिलाई ग्रहण गर्नु फलदायी होला ।” उहाँले भन्नुभयो, “जहिले पनि स्वागत छ । मैले के जानेको छु र ? हामी सवै छलफल गरौंला । नामसङ्गीतिको पाठ छलफल भै रहन्छ, तपाई बुझ्दै जानुहुनेछ । तपाईको पूर्वसंस्कारले यहाँ ल्याएको हो, तपाईलाई हार्दिक बधाई छ ।”
उहाँ भित्र जानुभयो । ल्याएर एउटा सानो पुस्तिका दिंदै भन्नुभयो यो ‘प्रज्ञापारमिताको चिनारी’ हो । पुस्तकको तल लेखिएको थियो, ‘राधादेवि जोशिनी’ । मैले सोधे यी विदुषी को हुनुहुन्छ । सत्यमोहन दाइले केहि बोल्नुभएन । शान्तिदिदीले मुसुमुसु हाँस्दै मुसुमुसु हाँस्दैगरेकी सत्यमोहन दाइकि सहधर्मिणीतर्फ इशारागर्दै भन्नुभयो, ‘वहाँ भाउजू’ । म तिन छक परेँ । कस्तो जोडी । मनमनै भने, ‘हे इश्वर, यो जस्तो जोडि सबैका होउन् !’
मैले गुरु सत्यमोहन दाज्यूको अनुहार हेरेँ । न कुनै खुशी न कुनै दुख । केहि भाव छैन । न ग्लानी न उत्साह । उपेक्षा मिश्रित स्मीत हाँसोका साथ मुदित नयनले अन्तरीक्षवाट कसैले हेरिरहेको जस्तो, स्क्यान गरेको जस्तो । उहाँको मञ्जुवचन मेरो कान, आँखा, नाख, जिब्रो, र सम्पूर्ण काय भएर ‘म’ मा घुसिरहेको थियो । त्यस ब्रह्मघोष ‘कस्मिक साउण्ड’को प्रतिघातवाट मेरो अङ्गप्रत्यङ्ग सर्वाङ्ग नसानसा झम्झमाई झंकृत भैरहेका थिए, स्फुरित भैरहेका थिए । मलाई लाग्यो आकाशका दशैदिशामा दिव्यदेहधारी प्राणीहरू अदृष्यरूपमा अटेसमटेस गरिरहेका छन् । हामीलाई हेरिरहेका छन, सुनिरहेका छन्, अनुमोदन गरिरहेका छन् । मेरो आदरणीय गुरु सत्यमोहन दाइ ‘बोधिसत्त्व’को अनुहारको चाउरी घटदै गएको छ । उहाँ महासत्त्वतामा पुगिसकी पुन: किशोरकायको भई किल्लोल गर्दै हुनुहुन्छ । मलाई लाग्यो उहाँ केहि वस्तु आकाशमा फाल्दै टिप्दै खेल्दै रहनु भएको छ । उहाँको देह बढदै बढदै गएको छ । म उहाँको पाउसंगै बसी थरथर काम्दै मोहित हुनथालेको छु ।
(सत्यमोहन जोशीज्यू संग भएका कुराकानीका आधारमा)
——– समाप्त ——–
प्रकाश मान श्रेष्ठ
भैंसीपाटी, ललितपुर
९७२१३२५५०८, ०१-५५९२९४८
यस्तो मैले सुनेँ । एक समयमा भगवान राजगृहको गृध्रकूट पर्वतमा विहरण गर्नु भएको थियो । बाह्रहजार पाँचशये भिक्षुसंघबाट घेरिएर, साथै कोटिनियुतशतसहस्र बोधिसत्त्वसंग साथै भएर, एवं कोटिनियुतसहस्र लोकपालादि देवताबाट परिवृत पुरस्कृत भएर श्रीसिंहासनमा बस्नु भएको थियो ।
त्यस बेला बोधिसत्त्व-महासत्त्व आर्यावलोकितेश्वरले आसनबाट उठेर विस्तारै गई दायाँ घुँडाले भूईँमा टेकी अञ्जुलि बाँधि प्रणाम गरी प्रहसितवदन भई भगवान संग भन्नुभयो, – “दिनुहोस् हे भगवान् ! (त्यस) महापुण्यमयी स्वल्पाक्षरा प्रज्ञापारमिता, जसको श्रवणमात्रले सर्वसकल सत्त्वहरुका सर्वकर्मावरणहरु समाप्त भईजाने हुन्छ । र तिनीहरू निश्चितरूपमा बोधिपरायण पनि भईजाने हुन्छ । (साथै) ति सत्व जसले यस मन्त्रको साधनको उद्यम गर्दछ, उसलाई बिना कुनै बिघ्नबाधा मन्त्रसिद्धि पनि भईजाने हुन्छ” ।
तब त्यहाँ भगवानले आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्व महाकरुणिकायलाई साधुकार दिंदै भन्नुभयो, – “साधु, साधु, हे कुलपुत्र !, यसरी तिमीले सर्वसकल सत्त्वप्राणिका लागि हित गर्न र सुख दिनको लागि अघि सरी मुख्यब्यक्ति भई दीर्घरात्रसम्म लागिपरी रहेका छौ । त्यसैले (म भन्दछु), हे कुलपुत्र ! तिमी सुन, अनुमोदन गर, राम्ररी पालन गर, मनमा लेऊ । मैले त्यस प्रज्ञापारमितालाई भन्दैछु, (जुन) स्वल्पाक्षरा छ, महापुण्यमयी छ; जसको श्रवणमात्रले पनि सर्व सत्त्वप्राणिका सर्वकर्मावरणहरू खतम भईजान्छ, र निश्चितरूपमा बोधिपरायण पनि भएको हुँन्छ । (साथै) ति सत्त्वहरु जो यो मन्त्रसाधनामा उद्यत छन्, तिनीहरुका मन्त्रसाधना पनि अविघ्नरूपमा सिद्ध हुनेछ” ।
तब आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष भन्नुभयो – “त्यही नै, हे तथागत ! मलाई देशना गर्नुहोस् जुन सर्वसत्त्वहरुलाई हित गर्ने सुख दिने र कल्याणकारी छ” ।
त्यहाँ त्यस बेलामा भगवान सर्वदुःखप्रमोचन नामको समाधिमा बस्नुभयो । जुन समाधि समापन्न भई उहाँ भगवानको ऊर्णाकोशको छिद्रहरुबाट अनेक प्रकारका कोटिनियुतशतसहस्र रश्मिहरु निस्कियो । ति रश्मिहरुबाट सर्वबुद्धक्षेत्रहरु परिस्फुट भई देखिने भैगए । जसको प्रभामा त्यहाँ रहेका सत्त्वहरु पनि देखिए । प्रकट भइ देखिएका ती सबैले निश्चितरुपमा अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए । (देवलोक देखी) नरकलोक पर्यन्तमा रहेका सत्त्वप्राणीहरु (बसोबास गरेका लोकधातु लगायत) सकल बुद्धक्षेत्रमा छप्रकारबाट कम्प भयो । दिव्य चन्दनचूर्णको वर्षा भई तथागतको पैताला छोपियो ।
तब भगवानले त्यहाँ त्यसबेलामा प्रज्ञापारमिता देशना गर्नुभयो । जो यस्तो छ – बोधिसत्त्व-महासत्त्व समचित्त भएर रहोस् । सर्वसकल सत्त्वहरु प्रति मैत्रचित्त भएर रहोस् । कृतज्ञ भएर रहोस् । कृतवेदिना(?) भएर रहोस् । सर्वपापबाट विरत भएको चित भएर रहोस् । (र) यसरी प्रज्ञापारमितालाई हृदयमा लेओस् – (म) त्रिरत्नलाई नमस्कार गर्दछु । तथागत, अर्हत, सम्यक्संबुद्ध हुनुभएका शाक्यमुनिलाई नमस्कार गर्दछु; ओं मुने मुने महामुनये स्वाहा । यस प्रज्ञापारमिताया लाभ भएबाट नै मलाई अनुत्तरको सम्यक्संबोधि अनुप्राप्त हुने हो । सर्वसकल बुद्धहरु पनि यसरी नै भई गएका हुन् । यसै प्रज्ञापारमिता लाइ नै सुनेर (म) साक्षात महाशाक्यमुनि तथागत भएको हूँ । त्यसै गरी तिमी. पनि सर्वसकल बोधिसत्त्वहरु मध्ये अग्रको बुद्ध हुने छौ भनि व्याकृत गर्दछु – हे मानव ! तिमी भविष्यमा आउनुहुने माणव नामको तथागतको कालमा समन्तरश्मिसमुद्गत श्रीकूटराजा नामको तथागत, अर्हन्, सम्यक्संबुद्ध, विद्याचरणसंपन्न, सुगत, लोकविद्, अनुत्तरः, पुरुषदम्यसारथिः, देवता र मनुष्यहरुका शास्ता, बुद्ध भगवान् हुने छौ, भनेर भन्दछु । यस्तो नामधेय जसले सुन्दछ, धारण गर्दछ, पाठ गर्दछ, सुनाउँदछ, लेख्दछ, लेखाएर प्रकाशित गर्दछ, पुस्तकरूपमा लेखाएर घरमा समेत राख्दछ, त्यस्ता ति सबै सानोतिना अल्प उपाय गरे पनि अल्पश्रवण नै गरे तापनि उ तथागत भएको हुनेछ । जुन यस्तो छ, ‘ओं जेय जेय पद्माभे अवमे अवमे सरसरणि धिरिधिरि देवता अनुपालनि युद्धोत्तारिणि परचक्रनिवारिणि पूरय पूरय भगवति सर्व आशा मम च सर्वसत्त्वानां च । सर्वकर्मावरणानि विशोधय, बुद्धाधिष्ठिते स्वाहा’ ॥
हे कुलपुत्र उहाँ परमार्थप्रज्ञापारमिता सर्वबुद्धहरुका जननी, बोधिसत्त्वका माता, बोधिदात्री पापहारका हुनुहुन्छ । सर्वबुद्धहरुले नै यावत शतकोटि कल्पहरु सम्म भने तापनि उहाँको कृपा अनुशंसाको बर्णन गर्न सक्ने छैनन् । यसको पाठमात्र गरे पनि. सर्व मण्डल परिषदबाट अभिषिक्त भएको हुनेछ । सकल मन्त्रहरुमा अभिमुख भएको समेत हुनेछ ।
तब आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवानसंग यसो भन्नुभयो, – “के कारणले हे भगवान ! यो स्वल्पाक्षरा प्रज्ञापारमिता भनिएको हो” ? भगवानले भन्नुभयो, –“अल्प उपायबाट यो सिद्ध हुने भएकोले स्वल्पाक्षरा प्रज्ञापारमिता भनिएको हो । अर्थात्, कुनै सत्त्वप्राणि मन्दास्वादा भए तापनि, जसले यस स्वल्पाक्षरा प्रज्ञापारमितालाई धारण गर्दछ, वाचन गर्दछ, लेख्दछ, लेखाउँदछ भने, ती सबै अल्पोपाय बाट नै उ बोधिपरायणा भएको हुनेछ । यस्तो कारणले हे कुलपुत्र, यो संक्षिप्त स्वल्पाक्षरा प्रज्ञापारमिता हो’ ।
यसो भनिए पछि आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष भन्नुभयो – “आश्चर्यं छ, हे भगवन् ! परम आश्चर्य छ, हे सुगत ! जुन यो भगवानले सर्वसत्त्वहितायको लागि यो धर्मपर्याय बताउनु भएको यो मन्दपुद्गलका लागि समेत हितगर्ने र सुख दिने हो” ।
भगवानले भन्नुभयो; – ‘हे अरुको दुःख हटाउन सदा तत्पर रहने आर्तमना आर्यावलोकितेश्वर बोधिसत्त्व-महासत्त्व ! तिमी भिक्षु तथा बोधिसत्त्व लगायत सर्बसकल देव-मानुष्य-असुर-गन्धर्व समेत लोकबाट लोकबाट अभिनन्दित भएका छौ” ।
स्वल्पाक्षरा प्रज्ञापारमिता समाप्ता॥
प्रवचन
मीन वहादुर शाक्य
अहिले गर्न लाग्नुभएको यो कार्यक्रम एक ऐतिहासिक कदम भन्नु पर्दछ । यसको लागि साधुवाद छ । वैपूल्यसूत्रहरु मध्ये यो सद्धर्मपुण्डरीकलाइ नै मैले किन रोजेको हो भनने वारेमा संक्षिप्त रुपमा चर्चा गर्छु ।
नेपालमा प्रचलित नवग्रन्थ संस्कृत त्रिपिटकको महत्वपूर्ण सारकुरा मानिन्छ । देश विदेशमा बौद्ध संस्कृत साहित्यको कुरा गर्दा नेपालको नवसूत्रको ठूलो महत्व रहेको सवै विद्वानले मानिआएकै हो । महायानी सूत्रहरु तिव्वती भाषामा पनि छन्, जसलाइ कञ्जूर, तञ्ज्यूर भनिन्छ । त्यस्तै चीनीयाँ भाषामा लेखिएको त्रिपिटक महायानी सूत्रहरु पनि प्रशस्तै प्राप्य छन् । तर, संस्कृत भाषामा लेखिएका वहुताय त्रिपिटक लोप भैसकेको र हाल मात्र करीव २० प्रतिशत जतिमात्र वचेको अनुमान छ । संस्कृत त्रिपिटक मध्येको ‘नवसूत्र’ वची नेपालमा कसरी प्रवेश भइ नाश हुनवाट कसरी वच्न पुगेको हो, हेरौं ।
नेपाल उपत्यकामा भगवान वुद्धकै जिवनकालमैं विडूढवले गरेको शाक्यवंशको संहारवाट वची भागी नेपाल आइ सुरक्षित भई वसेका हुन् । शाक्यहरुमा आफ्नै वंशगोत्रका शाक्यमुनी गौतमबुद्धको देशना प्रति विशेष सम्बन्ध र गौरवहुनु स्वभाविकै पनि हो । १५०० वर्ष पहिले हिन्दूस्तानका आचार्य बसुवन्धुले करीव एकहजार शिष्यहरु र हातमा ‘सद्धर्मपुण्डरीक’ पुस्तकलिइ नेपाल अर्थात् कान्तिपुर प्रवेश गरेका हुन भन्ने मान्यता रहिआएको छ । सो समूहले तथागतगुह्यक वाहेकको ८ ओटा ग्रन्थहरु लिइ आएको (तथागतगुह्यक तन्त्रसम्बन्धि भएकोले) मानिन्छ । (पछि तथागतगुह्यकलाइ समेत समावेश गरी उक्त नौओटा ग्रन्थहरुको समूहलाइ नवग्रन्थ भनि मानिआएको हो ।) यी नौओटा ग्रन्थहरुको समूहलाइनै नवखण्ड, नवग्रन्थ, वैपूल्यसूत्र आदि नाम दिइएको हो ।
भारतमा महाराज अशोकका नाती पुष्यमित्रले वौद्धधर्मलाइ ध्वंशगर्ने क्रममा नालन्दा, विक्रमशील जस्ता विश्वविख्यात विश्वविद्यालयहरु पनि ध्वंश गरेको र टाउकोको मोल राखि भिक्षुहरुलाइ मारेको, र त्यस्तैगरी भारतमै मुस्लिम आक्रमणको वेला बौद्ध ध्रर्मको पुर्णविनाश गर्न विहार, चैत्य, ग्रन्थहरु सम्पूर्ण ध्वष्टगरी वौद्ध धर्मावलम्वीलाई धर्मपरिवर्तन गराएको र भिक्षुकहरुका टाउकोको मूल्य राखि आम नरसंहार गरेको वेला केहि भिक्षुहरुको आफनो धर्म बचाइराख्न सुरक्षित स्थानको खोजीमा नेपाल उपत्यका प्रवेश गरेका थिए । उनीहरु नेपालका सुरक्षित भइ विभिन्न बाहा-बहीहरुमा बसोवासगरी धर्मको सम्भार र प्रवर्धन गरि वस्दैआएका हुन् । यसैले धर्म र शास्त्रहरुको संरक्षणगर्न शास्त्रका अन्तिमखण्डमा यो पुस्तकलाइ वचाइराखने, प्रतिलिपी वनाउने, संरक्षण गर्ने, र अरुलाइ वताउने सिकाउने व्यक्तिलाइ असंख्य पुण्यलाभ हुन्छ भनि लेखिराखिएको हो ।
यसरी यहाँका निवासी भगवान गौतमबुद्धका वंशज भएको; महाविद्वान भिक्षु, आचार्य, तथा धार्मिकजनका आश्रयस्थल भएको, इतिहाकाल देखि ग्रन्थको संरक्षणकार्य गरी धर्मलाइ व्यावहारिक जिवन पद्धतिसंग गासेको र ‘धर्मधारण’कार्यलाइ सर्वोत्तम मान्यता दिइएको हुँदा नेपालमा संस्कृत वौद्ध साहित्यको यति धेरै संरक्षण भएगरेको हो । यसको लागि नेवारजातिलाइ विश्वसमाजले उच्च मूल्यांकन गरेको छ । यसको हामी गौरव गर्नु पर्दछ ।
नेपालमा प्राप्त संस्कृत त्रिपिटकको पुस्तक एक हजार वर्ष जति भन्दा पुरानो छैन । त्यस अघिको पुस्तक नेपालमा प्राप्त छैन । त्यो भन्दा पुरानो पुस्तकहरु चीनको Dunhuang भन्ने स्थानमा एक पहाडी गुफामा प्राप्त भएको र ती चीनीयाँ भाषामा अठारसये वर्ष पुराना छन् । यी चीनीया भाषाका पुस्तकहरु मूलरुपमा संस्कृत भाषावाटै अनुदित भएको हुँदा यस ग्रन्थ संस्कृत भाषामा दुहजार वर्ष पहिले नै लेखिसकिएको हुनुपर्छ भनि मान्यता दिइआएको छ । धर्मरक्षितले लेखेको चीनीया भाषाको सद्धर्मपुण्डरिकसूत्रमा तिथिमिति समेत उल्लेख गरेको छ जस वमोजिम जसवाट त्यस पुस्तक इस्वी सम्बत् २८६मा लेखेको ठहरिन्छ । तर, दुखको कुरा त्यो पुस्तक हाल हराइराखेको अवस्थामा छ । त्यसपछि कुमारजीवले चीनीयाँ भाषामैं लेखेको पुस्तक भने अहिलेसम्म पनि सुरक्षित छ । यसैले यो शास्त्रको इतिहास २००० वर्ष पुरानो हुनुपर्दछ भनि मान्न सक्दछौं ।
भगवान शाक्यमुनी वुद्धले ‘त्रि-धर्मचक्र प्रवर्तन’ गर्नुभएको थियो, अर्थात् पटक पटक गरी तिनपटक धर्मचक्र-प्रवर्तन गर्नुभएको थियो । प्रथमत: सारनाथमा गर्नुभएको धर्मचक्र प्रवर्तनमा चतुरार्यसत्य, आर्यअष्टाँगिकमार्ग, प्रतित्यसमुत्पाद आदिको धर्मदेशना गरी निर्वाण चाहनेलाइ निर्वाण र सर्वज्ञता चाहनेलाइ सर्वज्ञताको बोध गराउनु भएको थियो । यस अनुसारको शिक्षण अनुशासन ५०० वर्षसम्म राम्रैसंग चलेको थियो । त्यसपछि भगवानले दिनुभएको देशनाको विषयवस्तुमा थेरवादी मतमात्र होइन अन्य कुराहरु पनि छन् भन्ने विवाद चल्यो । कनिष्कको बेला भएको चतुर्थ सांगायनमा वुद्धवचन पाली, प्राकृत, अपभ्रंष, पिशाच गरी चारभाषाहरुमा लिपिवद्ध भएको थियो । त्यसवेला भएको सो सांगायनमा संस्कृतमा भाषामा कुँदिएको शिलापत्रहरु चैत्यमा संरक्षित गरी राखेको पनि थियो । यसकुराको उल्लेख चीनीयाँ भाषामा प्राप्त ग्रन्थहरुमा उल्लेख गरिएको छ । तर, ती संरक्षित गरी चैत्यमा राखिएको भनिएको शिलापत्रहरु भने हालसम्म पनि भेट्टाउन सकिएको छैन । चीनीया भाषामा सात ओटा अभिधर्मग्रन्थहरु पालीभाषाको त्रिपिटकमा लेखिएकिए जस्तै व्यहोराको छ । त्यसैगरी तिव्वती भाषालेखिएको त्रिपिटक पनि प्राप्त छन् । तर, महायानी संस्कृत सूत्रहरु सवैगरी ५०० ओटा जति वुद्धवचनहरु र ५००० जति शास्त्रवचनहरु भएगरेको मानिएतापनि त्यसको २० प्रतिशत जतिमात्र वची हाल उपलव्ध रहेका छन् ।
भगवान वुद्धको प्रथमपटक दिनुभएको देशना जुन पञ्चभद्रियलाइ दिनु भएको थियो थेरवादी तरीकाको थियो । द्वितीय धर्मचक्रप्रवर्तन त्यसको ६ वर्ष पछि भगवान वुद्ध ४१ वर्षको वेला राजगृहको गृध्रकूट पर्वतमा देशना भएको थियो । त्यसवेलाको ‘चतुर्परिषद, (भिक्षु, भिक्षुणी, श्रावक, श्राविका) को अलावा देव, गन्धर्व, किन्नर, नाग, अमनुष्यहरु समेतको ‘अष्टपरिषद्’ समूह समक्ष देशना भएको थियो । राजा अजातशत्रु, राजपरिषद, श्रावकश्राविका साथै १२५० भिक्षुकहरु पनि समावेश थिए । त्यसवेला भगवानले देशना गर्नु भएको ज्ञान विपुल अथवा ‘विस्तार’ले वताए को भन्ने अर्थमा वैपूल्यसूत्र नाम प्रचलित भएको हो । पाली भाषामा देशना भएको र विस्तृतरुपमा व्याकरण भएको भनिएको दीघ्घनिकाय (५ – ७ पेजमात्रका) पनि वैपूल्यसुत्रको तुलनामा र धेरै छोटा रहेका छन् ।
भगवान वुद्धले यसमा देशना गर्नुभएको तरीका पनि प्रथम पटक भएको देशनाको तरीकासंग फरक छ । प्रथम पटक भएको देशना ‘महामानव’रुपमा देशना भएको र दोस्रो पटक भएको देशना ‘दिव्यमानव’रुपमा भएको देखिन्छ । यहाँ भगवानको दुइ आँखाको वीचको भाग, उर्णाकोषवाट तेजप्रकाश फैलिंदै अकनिष्ठ भुवन देखि नरकलोकसम्म पुग्ने, ऋद्धिअनुभाव प्रकट हुने, त्यसवेला भएका सम्पूर्ण बोधिसत्वहरु छर्लंग प्रकट हुने, उनीहरुले गरेका अभ्यास कामकार्य देखिने र यसवाट भगवाने के गर्न लाग्नुभयो भन्ने सवैमा उत्सुकता हुने गर्दछ । त्यस्तो ऋद्धप्रतिहार्य देखाइ मैत्री करुणा वोधिचित्त उत्पन्न गराइ ८०,००० वोधिसत्व लगायत १२५० भिक्षु भिक्षुणीहरु समेतलाइ राजा अजातशत्रुको व्यवस्थापनमा (sponsorship) देशना भएको थियो भन्ने भनिएको छ ।
त्यस देशनामा मैत्रेय वोधिसत्वले वरिष्ठ वोधिसत्व मञ्जुश्रीकुमारभूतसंग ‘भगवानले के गर्न लाग्नु भएको हो, अवश्य पनि नयाँ कुरा हुनुपर्छ होला’ बनि जिज्ञासा राखनु भएको रहेछ । भगवान वुद्धले गम्भीर नयाँकुरा देशना गर्न अघि यस्तै ऋद्धि प्रतिहार्य देखाउने जसको आशय यस्तो धर्मश्रवण र छलफल गर्न सम्पूर्ण वोधिसत्वलाइ भन्ने वोलावट गरेको अभिप्राय हो ।
त्यसवेला भगवान शाक्यमुनीवुद्धले समाधिवाट व्युँझेर शारिपुत्रलाइ भन्नुभयो, ‘वुद्धवोधिलाई श्रावक र प्रत्येकबुद्धले वुझन सक्दैन तथा बुद्धको सन्धाभाष्य पनि बुझन गाहारो छ ।’ यसप्रकार वोधिसत्वत्व प्राप्तगरिसकेका ज्ञानीजनलाइ पनि वुझन गाहारो छ भनेको सुन्दा त्यहाँ भएका सवै अलमलमा परेको देखि आयुष्मान शारीपुत्रले सवैको कुरा वुझी भगवान संग ‘यो कुरा बुझ्न दुर्विज्ञेय छ गाहारो छ’ भनि किन भन्नुभएको’ भनि सोधि सवैको मनमा उठेको शंका समाधानगरी सद्धर्मको उपदेशगर्न अनुराध गरे । भगवानले यो सन्धाभाष विषयवस्तुको ज्ञान श्रावक, प्रत्येकवुद्धले वुझ्न सक्दैन, दुर्विज्ञेय छ भनि पटक पटक भन्नुभयो । यसरी पटक पटक गरी तीन पटकसम्म तेहेराएर भन्नुभएपछि त्यस परिषदमा उपस्थित मध्ये केहि घमण्डी अभिमानी भिक्षुहरुले अप्ठ्यारो मानी ‘हामीले बुझिसकेकै छौं; चतुरार्यतसत्स, आर्यअष्टाँगिकमार्ग, प्रतीत्यसमुत्पाद हामीलाइ थाहा छ, अव के वाकी छ र ? हामी अर्हत भइसकेका पनि छौं, तापनि भगवानले त्यसो किन बन्नु भएको होला’ भनि कसोकसो मानी ५०० जना भिक्षुकहरु उठेर गए । ती अभीमानी घमंडी भिक्षुहरु गएपछि भगवानले ‘अव यो परिषद शुद्धभयो शंकागर्ने रहेन, अभिमानी घमण्डीहरु गए’, भनि देशना शुरु गर्नुभयो । यो कुरा ५७औं अध्यायमा छ ।
यस ग्रन्थको पहिलो र दोस्रो अध्यायको मुख्य विषय उपाकौशल्य रहेको छ । यो ज्ञान विषय अरुलाइ कसरी वुझाउने सिकाउने दिने भन्ने शिक्षण तरीका, technique, वताइएकोछ । श्रावकयान, प्रत्येकवुद्धयान र वोधिसत्वयानगरी तीनओटा वेग्लावेग्लै स्वतन्त्र वाटोहरु जस्तो देखिए तापनि यी त्रियानका वाटोहरु छुट्टाछुट्टै समानान्तरको नभइ एक पछि अर्को गरी जाने स्तरका क्रमिक तहहरु मात्र हुन् । अन्तिम लक्ष त एउटै हो, वुद्धत्व नै हो । एक तह पूरा भएपछि अर्को तहमा चढने हो, चुपो लागेर बस्ने होइन । श्रावकको उद्देश्य श्रोतापन्न, सकदागामी, अनागामी, अर्हत्व भएपछि त्यसपछि अर्को छैन, पुग्यो भन्ने होइन । अर्हत्व प्राप्त गरे पछि पनि ‘म पनि बुद्ध हुन्छु’ भन्ने हुनुपर्दछ । अर्हत् भएपछि ‘म बुद्ध हुन्छु’ भनि प्रणिधान लिएमा उ सम्यकसम्वुद्ध हुनसक्छ भन्ने महायानी सिद्धान्त हो ।
सद्धर्मपुण्डरीकसूत्रशास्त्र वोधिसत्वज्ञानको उत्तम ग्रन्थ हो । यसमा वोधिसत्वले गर्नुपर्ने कुराहरुको सार संक्षेप हो । वौद्ध दर्शन सम्बन्धी बाकी सवै शास्त्र नष्ट भएपनि कदाचित यो एउटैमात्र बाकी वचे वुद्धधर्म नष्ट हुदैन, यसको आधारमा अन्य सवैशास्त्रलाइ पुनर्उपलव्ध गर्न सकिन्छ भन्ने मान्यता पनि छ । सद्धर्मपुण्डरीक अध्ययन अनुशरण गरे अवश्य वुद्धत्व प्राप्त हुन्छ । त्रियानको शिक्षाव्यवस्था व्यक्तिको अवस्था, चाहना, क्षमता हेरि उपायकौशल्यासाथ उसलाइ अगाडी वढाउन दिइएको विकल्पको अवस्थामात्र हो, ती सवै यानहरुको उद्देश्य एउटै हो । यसरी यी तिन यानहरु छुट्टाछुट्टै होइनन्, एकै हुन् ।
एउटा उपमा लिउँ । औपम्य परिवर्तमा श्रावकको स्तरवाट क्लेशरहित भइ अर्हत् बन्न सक्छ, र ‘अर्हत भएपछि मैले केहि गर्न पर्दैन भन्ने होइन’ भन्ने उपमा दिइएको छ । घरमा आगो लागिरहेको वेला घरभित्र वच्चा खेलिरहेको वाबुले वोलाउँदा पनि ती वच्चाहरुले थाहा नपाई, डर नमानी, नसुनी, परवाह नगरी, मग्न भै वाहिर आउन नमानिरहेको अवस्थामा बाबुले कसरी उपायकौशल्य गर्ने भन्ने सुन्दर उपमा छ । ती वच्चाहरुको इच्छा चाहनालाइ विचार गरी वाबुले मृगरथ, गोरथ र अधीरथ अर्थात् त्यसवेलाका तिन प्रकारका वाल्यखेलौनाहरु जसलाइ जे चाहिन्छ लिनआउ भनि वोलाएको र ती वच्चाहरु पनि खुशीभै वाहिर आएको वर्णन छ । तर, मूलकुरा के भने बच्चाहरु वाहिर आएपछि त्यस वाबुले ‘उत्कृष्ट निकृष्टको विवार नगरी वच्चाहरुले मागे बमोजिमको’ खेलौना दिन्छ कि ‘आफूसंग भएको सवैभन्दा उत्कृष्ट’ दिन्छ भन्ने प्रश्न हो । सद्धर्मपुण्डरीकले जसरी क्षमतावान बाबुले आफूसंग उत्कृष्ट ज्ञानवस्तु हुँदाहुँदै तल्लोस्तरको निकृष्ट ज्ञान आफ्नो वच्चालाइ दिदैन त्यसरी नै भगवानले राग् द्वेष, मद, मोह, मात्सर्य रुपी क्लेशमा भुली रमाएकालाइ चेतना दिंदा सर्वोच्च स्तरको ज्ञान दिनसक्ने हुदाहुदै तल्लोस्तरको ज्ञान दिनुहोला र ? भन्ने प्रतिप्रश्न गरेको छ । भगवानले ज्ञानदेशना दिंदा प्रत्येकवुद्धको मात्र किन दिने, वुद्धत्वनै किन नदिने ? भन्ने कुरालाइ यस ग्रन्थमा राम्रो व्याकरणगरि व्याख्या गरिएकोछ ।
अव हेरौं, भारत, श्रीलंका र बर्मा प्रचलित बुद्धदर्शन अन्तर्गतको थेरवादमतको उद्देश्य निर्वाण हो, अर्हत्त्व हो । वुद्धत्व हुन आवश्यक छैन भन्ने धारणा हो । अर्हतको कर्मक्लेश हुदैन र क्लेश नभएपछि जन्म हुदैन भन्ने दर्शन हो । यहाँसम्म महायान पनि सहमत छ कि कर्मक्लेशवाट अर्हतको पुनर्जन्म हुदैन । तर, क्लेशकर्म नभएतापनि ‘महाकरुणा’वाट पुन:पुन: जन्म हुन्छ भन्ने महायानी दर्शन हो ।
अभिसमयसलंकारले वोधिसत्वले प्रज्ञावाट संसारको आदिनव दोष देखेर करूणले प्राणीहरुको लागिआवश्यक उपकार गर्नको लागि परतन्त्र भइ निर्वाण पनि नभइ संसारमा लिप्तपनि नभइ रहन्छ अनन्तनिर्वाणमा वस्दैन “प्रज्ञया न भवे स्थानं कृपया न शमे स्थिति: अनुपायेन दूरत्वमुपायेनाविदुरता”, ‘प्राणीप्रति करुणा भएकोले वुद्ध अनन्त निर्वाणमा बस्दैन’ भनि भनि लेखेको छ । जसरी आफ्ना बच्चाहरु आगोले जलेको हेरेर बस्न सक्दैन त्यसरी नै कुनै वुद्ध पनि महाकरुणा उत्पन्न नगरी वस्न सक्दैन । किनकि आफूसंग हुँदाहुँदै पनि सवैभन्दा उत्तम ‘अधिरथ’ खेलौना नदिए तल्लोस्तरको ज्ञान दिए वुद्ध स्वयं झुट्ठा सावित हुदैन र ? शाक्यमुनी वुद्ध आफैपनि चोधिज्ञान प्राप्त गरेपछि सातदिनसम्म रमाएर वसेपछि जगत उद्धारको लागि सारनाथमा देशना गर्नु भएको त थियो । वहाँलाइ त्यसरी देशना गर्नुपर्ने आवश्यकता नै किन किन पर्यो त ? जे जस्तो जति पनि दिनसक्ने क्षमता भएका व्यक्तिले ‘माग्नेले उत्कृष्ट निकृष्ट जे जे मागेको सोही बमोजिम दिने’ कि ‘नमागे पनि आफूसंग भएको सर्वश्रेष्ठ वस्तु दिने’ भन्ने विकल्प नै ‘अर्हत्व’ र ‘वुद्धत्व’ मूलभूत अन्तर हो ।
तत्पश्चात भगवानको उपदेश सुनी आयुष्मान शारीपुत्रले उसोभए ‘म के हुन्छु त?’ भनि भगवानसंग सोधनु भयो । भगवानले ‘तिमी वुद्ध हुनेछौ’ भनि भविष्यवाणी गर्नुभयो । त्यसै प्रकारले अन्य वोधिसत्वहरुलाइ पनि वुद्धहुने भविष्यवाणी गर्नुभयो । त्यसैगरी श्रावकहरु समेत जजसले सोधे सवैलाइ भविष्यमा वुद्धहुने भविष्यवाणी गर्नुभयो । यसरी ‘वोधिचित्त उत्पन्नगरेका वुद्धयानमा लागेका महाकरूणा उत्पन्न गरेका सवै नै तुरुन्तै अथवा कुनै न कुनै वेलामा वुद्धत्व प्राप्त गर्नेछन्’ भन्ने कुराको घोषणा गर्नुभयो । सद्धर्मपुण्डरीकसूत्रको मूल दर्शन यही नै हो ।
अर्को पक्षवाट हेर्दा प्रश्न उठन सक्छ; कुन हेतुवाट महाकरुणाप्रेरित पुनर्जन्म हुन्छ, अथवा वुद्ध भैसकेपछि किन देशना गर्नपर्छ ? थेरवादले पनि भगवान मुक्तभैसके पछि पनि सयौं किलोमीटर पैदल घुमेर ४५ वर्षसम्म देशना गर्दै हिँडनुभएको भनि मानेकै छ । यसको जवाफ हो, प्रज्ञा भएपनि महाकरुणा हुन्छ । अरुको दुख देख्दादेख्दै, उसको दुख विमुक्तिको क्षमता र साधन हुँदाहुँदै उ शान्तनिर्वाण हुन सक्दैन, अन्नतकालसम्म निर्वाणमा रहन सक्दैन । आफू निर्वाण भैसकेपनि अन्यप्राणीका दुखले उ द्रवित हुन्छ र ‘महाकरुणा’को हेतुवाट जगतउद्धारको लागि पुन: पुन: प्रकट हुन्छ । त्यसरी नै जसरी एउटी आमाले वच्चालाइ नि:शर्त सेवा गरेको जस्तो ‘करूणा’ निसृत हुन्छ । र, यो कर्मजनित क्लेश होइन ।
समन्तमुखपरिवर्तमा भगवान अवलोकितेश्वरको महात्म्य वर्णन छ । अवलोकितेश्वरको ‘जवसम्म सकल प्राणीको उद्धार हुदैन म निर्वाण लिनेछैन’ भन्ने अद्वितीय प्रतिज्ञा विश्वमै ‘न भूतो न भविष्यति’ को रुपमा स्थापित भएको छ । यस परिवर्तमा जहाँ लोकधातु छ त्यहाँ अवलोकितेश्वर वोधिसत्व महासत्वले धर्मोपदेश दिनुहुनेछ भन्ने कुरा उल्लेख छ । गृहस्थीले गरेको उपदेश भिक्षुले सुन्दैन, भिक्षुलाइ भिक्षु भएर नै उपदेश दिनु पर्दछ, त्यसरी नै राजालाइ उपदेश दिनु परेमा अवलोकितेश्वरले पनि सम्राट भएर दिने गर्दछ भन्ने भनिन्छ । अर्थात् जो जसलाइ जसरी दिनुपर्नेहो तत्प्रकारले नै त्यहि रुपमैं दिने गर्दछ, र वहाँको शरणागत भइ नाममात्र लिइ पुकारा गरेपनि सम्पूर्ण आपत् दुखवाट छुटकारा पाउछ भन्ने कुराको उल्लेख छ ।
‘तथागतगर्भसिद्धान्त’ भनेको ‘सकल प्राणी वुद्ध हुनसक्छ’ भन्ने विषय हो र यहि कुरा यस ग्रन्थको मूलसार हो । सदाऽपरिभूतपरिवर्तमा एक कथा उल्लेख छ । सदाऽपरिभूत भन्ने व्यक्तिले सवैलाइ ‘म तपाइहरुको परिभव गर्न चाहन्न वरु म आफै परिभव बन्न सक्छु तपाइहरु वोधिचर्या पालन गरी सम्यक सम्वुद्ध हुनुस्’ भनि अथकित रुपमा भन्दै रहने गरेको आख्यान छ । सवै प्राणीमा वुद्धत्व हुनसक्ने क्षमता छ भन्ने कुरा यसले देखाउँछ । साथै, ‘सवै प्राणीमा वुद्धत्व देखने’ यस महान आदर्श ‘म तपाइभित्रको इश्वरलाई वन्दना गर्दछु’ भन्ने हिन्दू पद्धतिको ‘नमस्कार’ र जापानी भाषाको ‘ओम म्योहोरेंगे हुम्’ को पनि प्रेरणास्रोत हो भनि भन्न सक्दछौं।
ठूलो अभ्यास, ठूलो अध्ययन गर्नेले मात्रै वुद्धत्व पाउछ भन्ने होइन । सद्धर्मपुण्डरीक देशना गरेको स्थानमा गर्ने ठाउँमा चैत्य उत्पन्न हुने सिद्धान्त छ । यसैले जापानी शिन्शिंकाईले धेरै ठाउमा चैत्य वनाएका छन् । सद्धर्मको देशना सुन्ने, सुनाउने, लेखने, प्रतिलिपी वनाउने, लगायत मूर्ति बनाउने, चित्र कोर्ने; चैत्य वा वुद्धको मूर्ति वनाउने, स्थापना गर्ने, संभार जिर्णोद्धार गर्ने, आदि कुशलमूल कर्म गरेमा पनि वुद्धत्व पाउँछ भन्ने धारणा च । यसैले, यस पाटन शहरमा मात्र १६७ विहारहरु र १००० भन्दा वढी चैत्यहरु स्थपित भएका छछन् । यी वुद्धकारकधर्म हुन् ।
सकल प्राणीमा ‘तथागतगर्भ’ हुन्छन् । एउटा कथा छ, एउटा गरीव मान्छेले भीखमाग्दै जाँदा एक साधक ले ‘तिम्रो आफ्नै घरआँगनमा गाडिएको सुनको घडा छ खोज’ भनि भन्दा उसले खोजिहेर्दा साँच्चै सुनको घडा पाएको रहेछ । यो कथाले हामीले सुख भनि वाहिर खोजी हिड्छौं, छलोकको भ्रमण गर्छौं, तर सुख हामी भित्रै छ भन्ने कुराको प्रतीक हो । सवैसंग सुनको घडा छ र त्यस सुनको घडा कसरी निकाल्ने भन्ने विषयमा हाम्रो अन्तरमन ‘आँगन’मा रहेको माटोरुपी राग, द्वेष, मोह, मद, मात्सर्य आदि फाल्ने हो । यी पञ्चक्लेशनै हाम्रो सम्पूर्ण दुखको आधार हो । माटोको रुपमा रहेको क्लेशले पुरिएको मनलाइ क्लेश हटाउने साधन पञ्चक्लेश हटाउने स्रोत उपाय ‘महाकरूणा’ उत्पन्न गराउनु नै हो । पञ्चक्लेश निवरण हुनु र वुद्धत्व प्राप्त गर्नु एकै कुरा हो ।
महाकरुणा उत्पन्न गराउने तरीका सम्वन्धमा एक आख्यानको यहाँ उल्लेख गर्न सान्दर्भिकै होला । गुरुको सल्लाह वमोजिम आचार्य असंगले मैत्रेय वोधिसत्वको आराधना गरे । तर ३ वर्ष वितेपछि असंगको धैर्य डगमगायो । उ दिक्क भइ ध्यान छाडी वाहिर आउदा एउटा भँगेराले पखेटा भिजाइ एउटा पोखरी वाट अर्को पोखरीमा सार्दै गरेको दृष्य देखे र पुन: ध्यान गर्न थाले । अर्को ३ वर्ष वितेपछि फेरि दिक्क भएर ध्यान छोडे । वाहिर आउदा एउटा कागले कपासको सियोले फलाम सिउने प्रयासमा लागेको दृष्य देखे र पुन: ध्यान गर्न वसे । बाह्रौं वर्ष सम्पन्न भएपछि वाहिर आउँदा शरीरभरी उपियाँले ढाकेको एउटा अत्यन्त दुखी कुकुर देखे । आफ्नो कष्ट सहन गर्न नसकेको कारणले गर्दा वाटोमा हिँडने सवैलाइ भुक्न टोक्न खोज्ने कुकुर देख्दा असंगको करूणा उत्पन्न भयो । उसले ति उपायकौशल्य गरी काँचो मासुको गन्ध पाएमा किराले कुकुरलाइ छोड्ने भएकोले आफ्नो तिघ्राको मासु काटी कुकुरको अघि लग्दा मासु भूइमा झर्यो । त्यो खसेको मासुलाइ हातले पुन: टिपी उठाउँदा त्यहाँ कुकुर थिएन, मैत्रेय वोधिसत्व उभिएको पाए । यसरी आफ्ना आराध्य वोधिसत्व अगाडी उभिएको पाएपछि असंगको सम्वेग उत्पन्न भयो । मलाइ किन छोडनु भएको भनि प्रश्न गरे । मैत्रेय वोधिसत्वले ‘म जहिले पनि तिमी संगै छु । चरा, कौवा र कुकुर पनि मैं हुँ । तिमिले जुन दृष्टिले मलाइ हेर्यौ, त्यसरी नै म देखिएको हुँ’ भने । ‘क्लेश भएकाले मलाइ देखन सक्दैन, मलाइ देखन करुणा चाहिन्छ’ भने ।
भगवान अवलोकितेश्वरले पनि भगवान वुद्धलाइ एकपल्ट भन्नुभएको थियो, ‘किन ८४,००० किसिमले किन देशना गर्नुभएको हो, महाकरूणको एउटैमात्र देशना गर्नु भएपनि पुगीहाल्थ्यो’ । जसरी राजालाइ वोलाए उसका भारदार मन्त्री अमात्यहरु सवै पछिलागेर आउछ, त्यसरी नै महाकरुणा भए अन्य सवैकुरा स्वत: पछि लागेर आउछ, सवै कार्य सम्पन्न हुन्छ । यो कुरा धर्मसंगीतीसूत्रमा उल्लेख छ ।
गुणकारण्डव्यूहसूत्रमा उल्लेख छ । सकल प्राणीले वुद्धत्व प्राप्त गर्न सक्छ । महाकरुणा भएपछि पञ्चआवरण क्लेश सवै नाश हुन्छ । वोधिचित्त भन्नु र महाकरुणा भन्नु एकै हो । महाकरुणा क्लेशनिवारणको लागि एटम बम जस्तै हो । सवैलाइ आफू सम्झने, आत्म-परात्म समताभाव, करुणाको घेरा वढाउन सकिन्छ । सवै प्राणी आआफ्नो स्वार्थको घेराभित्र रहन्छ, र त्यस घेरालाइ वढाउदै ठूलो पार्दै सवैप्राणीलाइ त्यस घेराभित्र पार्ने कुरा दलाइ लामाले पनि बताएको छ । यो अरुलाइ सुख दिएमा आफूलाइ पनि सुख हुन्छ भन्ने cause and effect को सिद्धान्तमा आधारित छ । स्वार्थमा लागेकाहरु इतिहासमा ‘प्रियनेता’ भएका छैन् । प्रिय हुन परार्थ हितमा लागेको हुनु पर्दछ । अरु प्राणीको दुख हटाउने हुनुपर्दछ । सद्धर्ममा निर्देश गरिएको पाठ गर्ने भनिएको कुरा संस्मरण गरी कसैलाइ तिरस्कार नगरी वुद्ध बन्न सक्नु पर्दछ ।
क्रिश्चियन दर्शन अनुसार ‘जनावरहरु भनेको खानको लागि जन्मिएको हुन् तिनीहरुलाइ मार्न हुन्छ’ । तर, वुद्ध धर्म अनुसार ‘सवै प्राणी जीव भएका हुन् सवै वुद्ध हुन सक्छ’ भन्ने हो । ‘छ ओटा लोक मध्ये जनावरहरु तिर्यकलोकका वासिन्दा हुन् । उनीहरुले आफ्नो कर्मको भोग गरिरहेका हुन् । रागद्वेषका कारणले दुर्गतिमा परेका हुन् ।’ हामी यो निश्चित प्रत्याभूति गर्न सक्दैनौं कि सो दुर्गतिको वास्तविक कारण के हो । त्यसको हेतु के हो । तर, सद्धर्मको अभ्यास महाकरूणाको अभ्यासले ती दुर्गति नहुने प्रत्याभूति भने गर्न सक्दछौं ।
आजकाल प्रश्न उठन सक्छ के आजकाल पनि वोधिसत्वहरु छन् त ? यसको जवाफ हो अवश्य छन् । म स्वयमले तिनचार जना वोधिसत्वहरु भेटेको छु । ताइवानको एक भिक्षुणीले करूणागरी केहि धन जमागरी शुरु गरेको कार्यवाट ८० करोड डलरको हस्पिटल वनेको छ । ४० लाख जना स्वयंसेवकहरु कार्यरत छन् । वाढी पहिरो आदि कुनै केहि भए पनि सो टीमले तुरुन्तै सहयोग गर्छ । एक साधारण भिक्षुणीले त्यसो गर्न सक्छ भने हामी किन सक्दैनौं ? अभियान थालौं ।
समाप्त
यस लेख ललितपुर, हिरण्यवर्ण महाविहार, नागबहालमा नवग्रन्थको वारेमा वज्राचार्यसमाजले आयोजना गरेको नौ-दिने प्रवचन कार्यक्रमको सन्दर्भमा सुप्रसिद्ध विद्वान मीन बहादुर शाक्यज्यूले ‘सद्धर्मपुण्डरीकसूत्र’ ग्रन्थको वारेमा मिति २०६७।०९।०? मा दिनुभएको प्रवचनको सार हो । यस लेखमा लिपिकारले सामान्य छाँटकाँट गरि बढी पठनीय बनाउने प्रयास सम्म गरेको हो । कतै कुनै परिमार्जनको आवश्यकता भए कृपया जानकारी दिनुहुन विनम्र अनुरोध छ ।
लिपिकार : प्रकाश मान श्रेष्ठ, २५’ए’ रिलायबल कोलोनि, भैंसिपाटी ।
९८५११-९३९४८, ०१-५५९२९४८ [email protected]
२ शक्रपरिवर्तो द्वितीयः
२०१ तेन खलु पुनः समयेन शक्रो देवानामिन्द्रस्तस्यामेव पर्षदि संनिपतितः संनिषण्णोऽभूत् चत्वारिंशता त्रायस्त्रिंशत्कायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।
त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चारहजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए ।
चत्वारश्च लोकपाला विंशत्या चातुर्महाराजकायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।
चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए ।
ब्रह्मापि सहापतिर्दशभिर्ब्रह्मकायिकैर्देवपुत्रसहस्रैः सार्धम् ।
सोहंपति ब्रह्मापनि दशहजार ब्रह्मकायिक देवपुत्रहरूसंगै आएका थिए ।
पञ्च च शुद्धावासानां देवपुत्राणां सहस्राणि तस्यामेव पर्षदि संनिपतितानि संनिषण्णान्यभूवन् ।
पाँचहजार शुद्धावासिक देवपुत्रहरू पनि त्यस परिषदमा आइबसेका थिए ।
योऽपि च देवानां स्वकर्मविपाकजोऽवभासः, सोऽपि सर्वो बुद्धानुभावेन बुद्धतेजसा बुद्धाधिष्ठानेनाभिभूतोऽभूत् ॥
ती देवताहरूको आफ्ना कर्म(पुण्य)को फल बमोजिम प्राप्त आभा बुद्धको अनुभावले बुद्धतेजको अगाडी बुद्धाधिष्ठानमा निस्तेज भैगएको थियो ।
२०३ अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिं स्थविरमेतदवोचत्-इमान्यार्य सुभूते संबहुलानि देवपुत्रसहस्राणि अस्यां पर्षदि संनिपतितानि संनिषण्णानि आर्यस्य सुभूतेरन्तिकात्प्रज्ञापारमितां श्रोतुकामानि बोधिसत्त्वानां महासत्त्वानामुपदेशमववादानुशासनीं च ।
त्यसपछि देवताकाइन्द्र भएका शक्रले आयुष्मान सुभूति स्थवीरसंग भने, “हे सूभूति, यहाँ जम्मा भएका यी धेरै आर्यहरू हजारौं देवपुत्रहरू आर्यसुभूतिवाट प्रज्ञापारमीता सुन्ने बोधिसत्त्व-महासत्त्वहरूलाई गरिएको उपदेश अववाद अनुशासनीवारे थाहापाउने इच्छालिई मेरो साथमा आई परिषदमा बसेका छन् ।,
तत्कथं बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम्, कथं शिक्षितव्यम्, कथं योगमापत्तव्यम् ?
कि कसरी बोधिसत्त्व-महासत्त्व प्रज्ञापारमीतामा स्थीरभै रहिरहने हो (स्थातव्यम्), कसरी प्रज्ञापारमीतावारेमा जान्नेवुझ्ने सिक्ने हो (शिक्षतव्यम्) र कसरी प्रज्ञापारमिता वमोजिम गर्नुपर्ने चर्याहरू गरिरहने (योगयुक्त) हुने हो ?
स्थविरः सुभूतिराह-तेन हि कौशिक उपदेक्ष्यामि ते बुद्धानुभावेन बुद्धतेजसा बुद्धाधिष्ठानेन ।
स्थवीरभैसकेका सुभूतिले भने, “तव, हे कौशिक, तपाईहरूलाई बुद्धको अनुभावले बुद्धाधिष्ठानवाट बुद्धतेज भएको उपदेश गर्दछु ।,
यैर्देवपुत्रैरनुत्तरायां सम्यक्संबोधौ चित्तं नोत्पादितम्, तैरुत्पादयितव्यम् ।
जो जो देवपुत्रहरूले अनुत्तरको सम्यकसम्बोधिचित्त उत्पन्न गरिसकेका छैनन् तिनिहरूले त्यो (अनुत्तरको सम्यकसम्बोधिचित्त) उत्पादित गर्नुपर्दछ ।
(अनुत्तरको सम्यकसम्बोधिचित्त भनेको ‘बुद्धो भवेयं जगतो हिताय’को संकल्प हो । अर्थात्, ‘जगतका सकल प्रणीको कुशलमंगल गरी निर्वाणमा लैजान म बुद्ध हुनेछु’ भन्ने संकल्प लिने हो ।)
ये त्ववक्रान्ताः सम्यक्त्वनियामम्, न ते भव्या अनुत्तरायां सम्यक्संबोधौ चित्तमुत्पादयितुम् ।
त्यस(अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई जसले उत्पन्न गरिसकेको छ, सम्यकरूपमा नियामन (व्यवस्थितरूपमा अगाडी जाने कार्य) गरिसकेको छ, त्यस्ताले त्यस (अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई (फेरि) उत्पन्नगर्ने भावगर्न योग्य छैन । (श्रावकयान, अर्थात्, ‘निर्वाणको संकल्प लिएका’ले करूणाको भावराखि जगतहित गरिरहने ‘सम्यकसम्बोधिचित्त’ उत्पादगर्न योग्य हुदैन ।)
तत्कस्य हेतोः?
किन भने,
बद्धसीमानो हि ते संसारस्रोतसः।
तिनि(अनुत्तरको सम्यकसम्बोधिचित्तलाई उत्पन्न गरिसकेका)हरूले संसारको स्रोत(आस्रव)लाई रोकि (सीमाबद्ध गरी) सकेका हुन्छन् ।
अभव्या हि ते पुनः पुनः संसरणाय अनुत्तरायां सम्यक्संबोधौ चित्तमुत्पादयितुम् ।
(त्यसरी आस्रवहिन गरिसकेका)तिनिहरूले अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गर्न (भनि) फेरि फेरि पनि संसारमा संसरणगर्न (पुन: पुन: आउन) राम्रो(योग्य) होईन । (अर्हंत्त्वमार्गमा लागि क्षीणास्रव भैसकेपछि फेरि बोधिचित्त उत्पाद गर्नसक्ने हुदैन । मुक्तिखोज्ने र सेवागर्ने दुई भिन्न मार्ग हुन्) )
अपि नु खलु पुनस्तेषामप्यनुमोदे ।
त्यसो भएतापनि तिनिहरूलाई पनि म अनुमोदन गर्दछु । साथै, कसैले (अर्हत्त्वमार्गमा लागेकाले पनि) यस (बोधिसत्त्वयान)को अनुमोदनगर्न (अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गरी बोधिसत्त्यानमा आउन) सक्दछन् ।
सचेत्तेऽप्यनुत्तरायां सम्यक्संबोधौ चित्तान्युत्पादयेरन्, नाहं कुशलमूलस्यान्तरायं करोमि ।
जसले यसप्रकार अनुत्तर सम्यक्सम्बोधिचित्त उत्पाद गरेको हुन्छ, त्यसको कुशलमूल (पुण्यकार्य, योगक्षेम) मा अन्तराय (विघ्न बाधा) गर्दिन ।,
विशिष्टेभ्यो हि धर्मेभ्यो विशिष्टतमा धर्मा अध्यालम्बितव्याः॥
(स्रोतापत्ति जस्तो) विशिष्ट किसिमको धर्ममा लागेकाले (बोधिचित्त्त्पाद जस्तो) विशिष्टतम धर्ममा लाग्ने इच्छा गर्नु पर्दछ ।
२०८ अथ खलु भगवानायुष्मन्तं सुभूतिमामन्त्रयते स्म-साधु साधु सुभूते, साधु खलु पुनस्त्वं सुभूते, यस्त्वं बोधिसत्त्वानां महासत्त्वानामुत्साहं ददासि ।
त्यसपछि भगवानले आयुष्मान सुभूतिलाई (आफूसमक्ष) बोलाई भन्नुभयो, “साधु, साधु, हे सुभूति, तिमिले फेरि पनि बोधिसत्त्व-महासत्त्त्वहरूलाई उत्साह दिएका छौ ।“
एवमुक्ते आयुष्मान् सुभूतिर्भगवन्तमेतदवोचत्-कृतज्ञैरस्माभिर्भगवन् भगवतो भवितव्यं नाकृतज्ञैः ।
(भगवानवाट) यस्तो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यस्तो भने, “हे भगवान, हामीहरू हजूरप्रति कृतज्ञ छौं भगवान; अकृतज्ञ छैनौं ।,
तत्कस्य हेतोः?
किनकि,
पौर्वकाणां हि भगवंस्तथागतानामर्हतां सम्यक्संबुद्धानामन्तिकेऽस्मदर्थे भगवान् यथा ब्रह्मचर्यं बोधाय चरन् पूर्वं बोधिसत्त्वभूत एव सन्, यैः श्रावकैरववदितोऽनुशिष्टश्च पारमितासु, तत्र भगवता चरता अनुत्तरं ज्ञानमुत्पादितम् ।
पहिले (जन्महरूमा) हजूर भगवानले तथागतहरू, अर्हंन्तहरू, सम्यसम्बुद्धहरूका समीपमा गई हामीहरूको (भलोका)लागि भगवानले जसरी ब्रह्मचर्याको बारेमा बुझीलिई पालनगरी बोधिसत्त्व हुनुभयो, अनुत्तरज्ञान उत्पन्न गर्नुभयो र श्रावकजनलाई पारमीताका बारेमा अववाद दिनुभयो शिक्षितगराउनु भयो ।,
एवं भगवन् अस्माभिरपि बोधिसत्त्वा महासत्त्वा अनुपरिग्रहीतव्या अनुपरिवारयितव्याश्च, संपरिग्रहीतव्याः संपरिवारयितव्याश्च ।
त्यसै तरीकाले नै, हे भगवान, हामीहरूले पनि बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिनुपर्दछ, अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ; राम्ररी अववाद (अनुपरिग्रह) दिनुपर्दछ, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ ।
तत्कस्य हेतोः?
त्यसको के कारण होला ?
अस्माभिरपि हि भगवन् बोधिसत्त्वा महासत्त्वा अनुपरिगृहीता अनुपरिवारिताश्च, संपरिगृहीताः संपरिवारिताश्च क्षिप्रमनुत्तरां सम्यक्संबोधिमभिसंबुध्यन्ते ॥
हामीहरूपनि, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिई, अनुशासनी (अनुपरिवारयित) पनि गराई; राम्ररी अववाद (अनुपरिग्रह) दिई, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गराई अनुत्तर सम्यक्सम्बोधिमा छिट्टै प्राप्तहोस् (कि होउँ ?) भन्ने चाहन्छौं ।“
२१३ अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमामन्त्रयते स्म-तेन हि कौशिक शृणु, साधु च सुष्ठु च मनसि कुरु, भाषिष्येऽहं ते यथा बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम् ।
तत्पश्चात आयुष्मान सुभूतिले देवताकाइन्द्र शक्रलाई बोलाई भने, “त्यसैगरी नै, हे कौशिक, सुन; ध्यान दिएर सुन, मनमा लेउ; बोधिसत्त्व-महासत्त्वले जसरी प्रज्ञापारमीतामा रहने हुन्छ, त्यो मैले तिमिलाई भन्दछु ।,
शून्यतायां कौशिक तिष्ठता बोधिसत्त्वेन महासत्त्वेन प्रज्ञापारमितायां स्थातव्यम् ।
हे कौशिक, शून्यतामा रहि बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमीतामा रहोस् । (शून्यतामा रहेकामा प्रज्ञापारमिता रहन सक्छ, रहन पर्दछ । शून्यतामा नबसेकाले प्रज्ञापारमिता लिनसक्दैन ।),
तेन हि कौशिक बोधिसत्त्वेन महासत्त्वेन महासंनाहसंनद्धेन भवितव्यम् ।
त्यसो भएकोले नै, हे कौशिक, बोधिसत्त्-महासत्त्व महासंनाहसंनद्ध (शस्रास्त्र रक्षाकवच समेत भई उत्साहसहित युद्धभूमिमा जान तयार भएको) भई विचरण गर्नुपर्ने(?) हुन्छ ।,
न रूपे स्थातव्यम् ।
(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) रूपमा नरहोस् । (रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।),
न वेदनायां न संज्ञायां न संस्कारेषु ।
(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) वेदना, संज्ञा वा संस्कारमा (पनि) नरहोस् । (वेदना, संज्ञा वा संस्कारको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न विज्ञाने स्थातव्यम् ।
विज्ञानमा (पनि) नरहोस् । (विज्ञानको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न चक्षुषि स्थातव्यम् ।
आँखाहरूमा नरहोस् । (आँखा भनिने कर्मेन्द्रिय वस्तुमा भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न रूपे स्थातव्यम् ।
(त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) रूप अर्थात् चक्षुइन्द्रिय वाट देखिने रूपमा नरहोस । (लामो, छोटो; सानो, ठूलो; विन्दु, रेखा, समतल, आयतन आदि आकृति र रंग समेतको ‘रूप’को रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न चक्षुर्विज्ञाने स्थातव्यम् ।
चक्षुर्विज्ञाममा नरहोस् । (चक्षुर्विज्ञानमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न चक्षुःसंस्पर्शे स्थातव्यम् ।
चक्षुसंस्पर्शमा पनि नरहोस । (आँखाको सम्पर्कमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन ।)
न चक्षुःसंस्पर्शजायां वेदनायां स्थातव्यम् ।
आँखाको सम्पर्कमा आएको (कारणले उत्पन्न सुखदुख)वेदनाहरूमा (समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर) रहन हुदैन ।)
एवं न श्रोत्रघ्राणजिह्वाकायमनःसु स्थातव्यम् ।
यसरी नै श्रोत्र (कान), घ्राण(नाक), जिह्वा(जिब्रो), काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरूमा पनि न रहोस् । (आँखाको अलावा कान, नाक, जिब्रो, काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरू अर्थात् शरीरका पाचओटा ‘यन्त्र’मा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (आखाको वारेमा छुट्ट् माथी उल्लेख भैसकेको छ ) ।
न शब्दगन्धरसस्प्रष्टव्यधर्मेषु, न श्रोत्रविज्ञाने, यावन्न मनोविज्ञाने ।
न त शव्द(आवाज), गन्धवास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता धर्म(वस्तु, आलम्बनका विषय)हरूमा रहोस; न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविज्ञानहरूमा नै रहोस् । (रुपको साथै शव्द(आवाज), गन्घ(वास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र चक्षुर्विज्ञान समेतका श्रोतविज्ञान घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र मनोविज्ञान जस्ता ‘विज्ञान’हरूमा पनि न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविविज्ञानहरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।
न मनःसंस्पर्शे, न मनःसंस्पर्शजायां वेदनायां स्थातव्यम् ।
न मनले स्पर्शगर्ने विषयमा, न मनले स्पर्श गरेको कारणले उत्पन्नहुने वेदनामा रहोस् । (साथै मनस्पर्श (छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र मनसंग स्पर्श भएको कारणले उत्पन्नहुने सुखदु:खादि वेदनामा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।
न पृथिवीधातौ स्थातव्यम् ।
न पृथ्वीधातुमा रहोस् ।
नाब्धातौ, न तेजोधातौ, न वायुधातौ, नाकाशधातौ, न विज्ञानधातौ स्थातव्यम् ।
न अव्ज(जल)धातु, न तेजोधातु, न वायुधातु, न आकाशधातु, न विज्ञानधातु मा रहोस् ।
न स्मृत्युपस्थानेषु स्थातव्यम् ।
(चतु:)स्मृतिप्रस्थानमा पनि नरहोस् । (सम्यक्स्मृति अथवा सम्मासति ४ छन्; कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपस्यना) ।
न सम्यक्प्रहाणर्द्धिपादेन्द्रियबलबोध्यङ्गेषु, न मार्गाङ्गेषु स्थातव्यम् ।
न सम्यकप्रहाण, न ऋद्धिपाद, न इद्रिय, न बल, न सप्तबोध्यंग, न (आर्यअष्टांग)मार्गमा रहोस् ।
सम्यकप्रहाण भनेको …
ऋद्धिपाद भनेको ऋद्धि अर्थात् शक्तिप्राप्तगर्न आवश्यकपर्ने ४ ध्यानहरू; इच्छालाई वशमा वशमा पार्ने(छन्द ऋद्धिपाद), कुनै कार्यगर्ने उत्साह(वीर्य ऋद्धिपाद), चित्त एकाग्रगर्ने (चित्त ऋद्धिपाद), र बुद्धविवेकको वृद्धगर्ने (विमर्शन ऋद्धिपाद) हुन् ।
इन्द्रिय भन्नाले सामान्यतया कर्मेन्द्रिय, ज्ञानेन्द्रिय जस्ता जुनवस्तुको माध्यमवाट कार्य गर्नेहो त्यसलाइ जनाउने भएतापनि यहाँ प्रस्तुतभएको इन्द्रियले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) इन्द्रियलाई जनाएको छ ।
बल भन्नाले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) बलहरूलाई जनाएको छ ।
सप्तबोध्यंग भन्नाले विमोक्षहुन अर्थात् बोधिज्ञान प्राप्तगर्ने ७ ओटा विषय(साधनहरु)हरू जनाउँछ, १ स्मृतिबोध्यंग (होश राख्नुपर्ने कुराहरु), २ वीर्यबोध्यंग (उत्साह, प्रयत्न गर्नुपर्ने कुराहरू, (कुनै पनि कार्य संकल्पमात्रले सिद्ध हुदैन) त्यसलाई मेहनतगरी प्रयत्न गरी चेष्टा गरी सम्पन्न गर्नु पर्दछ । यसको लागि मन लगाएर उत्साहसाथ कार्यगर्नु पर्दछ ।), ३ समाधिबोध्यंग (समाधिमा रहन आवश्यक विषयहरू), ४ धर्मप्रविचयबोध्यंग (धर्म, कर्त्तव्य सम्बन्धी विचारहरू), ५ प्रीतिबोध्यंग (मानसिक सुख पाउने कार्यहरू), ६ प्रश्रब्धिबोध्यंग (मानसिक र शारिरीक सुख(शान्ति) पाउने विषयहरू), ७ उपेक्षाबोध्यंग (सवैलाई समान र तथस्ट व्यवहार गर्ने) ।
आर्यअष्टांगमार्ग बनेको चतु:आर्यसत्यको निरोधगर्ने माग हो, यसमा ८ओटा अंगहरू छन्; १ सम्यक् दृष्टि (ठीक धारणा), २ सम्यक् संकल्प ( सम्यक प्रतिज्ञा), ३ सम्यक् वाचा (सम्यक बोलीवचन), ४ सम्यक कर्म, ५ सम्यक जीवन (सम्यक आजिविका), ६ सम्यक व्यायाम (सम्यक प्रयास, चेष्टा), ७ सम्यकस्मृति (सम्यक संझना), र सम्यक समाधि (सम्यक एकाग्रता) ।
न स्रोतआपत्तिफले स्थातव्यम् ।
न स्रोतापत्तिफल(आस्रवक्षीण गरी स्रोतापन्न भएको अर्थात् सात जन्ममा निर्वाणप्राप्त हुने) मा उपलम्भन गरी रहोस् ।
न सकृदागामिफले, न अनागामिफले, नार्हत्त्वे स्थातव्यम् ।
न सकृदागामिफल(निर्वाणहुन एउटामात्र अर्को जन्म लिन बाकी भएको)मा, न अनागामिफल (यस जिवनको अन्त्यसंगै निर्वाणहुने, अर्को जन्मलिन नपर्ने)मा, न अर्हत्त्व (यसै जीवनमैं क्लेशप्रहाणगरी निर्वाण प्राप्तगर्ने)मा उपलम्भन गरी रहोस् ।
न प्रत्येकबुद्धत्वे स्थातव्यम् ।
न प्रत्येकबुद्धमा (उपलम्भन गरी) रहोस् । (प्रत्येकबुद्ध भनेको निर्वाणलिन योग्य भैसकेतापनि निर्वाणनलिई जगतहितको लागी ठूलोठूलो प्रतिज्ञा गरी एकलै घुमिराखेका बोधिसत्त्व-महासत्त्वहरू हुन्) ।
न बुद्धत्वे स्थातव्यम् ।
न बुद्धत्त्वमा (उपलम्भन गरी) रहोस् ।
(बुद्ध भन्ने दक्षिणीय हो; पृथक्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकभूमि पनि पारगरी; अप्रमेय असंख्येय सत्त्वप्राणीलाई उपकार, हित कल्याणगरी निर्वाण लाभ गराई; श्रावकनियम, प्रत्येकबुद्धनियम र सम्यक्सम्बुद्धनियममा स्थीरगराई; बुद्धभूमीमाबसी; बुद्धहुनेले गर्नुपर्ने सवै सम्पन्नगरी; अनुपधिशेष निर्वाणधातुमा बुद्धपरिनिर्वाण हुनेछ भन्ने जस्ता आदिइत्यादि कुराहरूमसा उपलम्भन गरीबस्न हुदैन, आशक्तिराखि बस्न हुदैन ।)
इति हि रूपमिति न स्थातव्यम् ।
यही नै रूप हो भनि (निश्चित गरी) नरहोस् ।
(यही नै यस्तै ‘हो’ भनि भन्दा त्यसभन्दा वाहेकको सवै ‘होइन’ भन्ने भन्ने अर्थ स्वत: लाग्दछ । यसैले यहाँ जहाँसुकै ‘हो’ भनि प्रयोग भएको ठाउँमा ‘हो वा होइन’ भन्ने अर्थ लगाउन पर्दछ । निश्चितगरी नरहोस् भन्नाले रूप वा रूपता शुभ या अशुभ, नित्य या अनित्य, आत्म या अनात्म, सुख या दुख, शून्य या अशून्य इत्यादि कुरामा यो यसै हो भनि निश्चित धारणा बनाईबस्नु हुदैन भनिएको हो ।)
इति हि वेदनेति, संज्ञेति, संस्कारा इति ।
यही नै वेदना हो, यही नै संज्ञा हो, यही नै संस्कार हो भनि (निश्चित गरी) नरहोस् ।
इति हि विज्ञानमिति न स्थातव्यम् ।
यही नै विज्ञान हो भनि (निश्चित गरी) नरहोस् ।
इति हि चक्षुरिति, यावन्मनःसंस्पर्शजा वेदनेति न स्थातव्यम् ।
यही नै आँखा हो, यहि अंगवाट भएर मनमा संस्पर्श हुनेभएकोले वेदना उत्पन्न भएको हो भन्ने भावमा पनि नरहोस् ।
इति हि पृथिवीधातुरिति, यावद्विज्ञानधातुरिति न स्थातव्यम् ।
यही नै पृथ्वीधातु हो, (यसरी नै आपोधातु हो, तेजसधातु, वायुधातु हो, …) देखि विज्ञानधातुसम्म पनि हो भन्ने भावमा पनि नरहोस् ।
इति हि स्मृत्युपस्थानानीति न स्थातव्यम् ।
यही नै स्मृतिपस्थान हो भन्ने भावमा पनि नरहोस् ।
इति हि सम्यक्प्रहाणर्द्धिपादेन्द्रियबलबोध्यङ्गानीति, इति हि मार्गाङ्गानीति न स्थातव्यम् ।
यही नै सम्यकप्रहाण, ऋद्धिपाद, इद्रिय, बल, सप्तबोध्यंग हुन्; यही नै (आर्यअष्टांग)मार्ग हो भन्ने भावमा पनि नरहोस् ।
इति हि स्रोतआपत्तिफलमिति न स्थातव्यम्, इति हि सकृदागामिफलमिति, अनागामिफलमिति, अर्हत्त्वमिति न स्थातव्यम् ।
यही नै स्रोतापत्तिफल हो भन्ने भावमा पनि नरहोस्; यही नै सकृदागामिफल, अनागामिफल,अर्हत्त्व हुन् भन्ने भावमा पनि नरहोस् ।
इति हि प्रत्येकबुद्धत्वमिति न स्थातव्यम् ।
यही नै प्रत्येकबुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।
इति हि बुद्धत्वमिति न स्थातव्यम् ।
यही नै बुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।
रूपं नित्यमनित्यमिति न स्थातव्यम् ।
रूप नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानं नित्यमनित्यमिति न स्थातव्यम् ।
विज्ञान नित्य-अनित्य (नित्य वा अनित्य छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।
रूपं सुखं दुःखमिति न स्थातव्यम् ।
रूप सुख-दुख (सुख वा दु:ख हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत सुख-दुख (सुख वा दु:ख; हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानं सुखं दुःखमिति न स्थातव्यम् ।
विज्ञान सुख-दुख (सुख वा दु:ख हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूपं शून्यमशून्यमिति न स्थातव्यम् ।
रूप शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानं शून्यमशून्यमिति न स्थातव्यम् ।
विज्ञान शून्य-अशून्य (शून्य वा अशून्य हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूपमात्मानात्मेति न स्थातव्यम् ।
रूप आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानमात्मानात्मेति न स्थातव्यम् ।
विज्ञान आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूपं शुभमशुभमिति न स्थातव्यम् ।
रूप शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानं शुभमशुभमिति न स्थातव्यम् ।
विज्ञान शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूपं शून्यमुपलभ्यते वेति न स्थातव्यम् ।
रूप शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
विज्ञानं शून्यमुपलभ्यते वेति न स्थातव्यम् ।
विज्ञान शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
स्रोतआपत्तिफलमसंस्कृतप्रभावितमिति न स्थातव्यम् ।
स्रोतापत्तिफल असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।
(असंस्कृत भनेको कुनै अन्यवस्तुहरु वाट नवनाईएको, कुनै परिवर्तन वा संस्कार नगरिएको, शुद्धरूपमा रहेको वस्तु हो । प्रभावित भनेको कसैले वाहिरवाट प्रभावमा परेको, आफ्नो शुद्धरूपमा नरहेको वस्तु हो ।)
एवं सकृदागामिफलमनागामिफलमर्हत्त्वमसंस्कृतप्रभावितमिति न स्थातव्यम् ।
यसरी नै सकृदागामीफल, अनागामीफल, अर्हंत्त्वहरू पनि असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।
प्रत्येकबुद्धत्वमसंस्कृतप्रभावितमिति न स्थातव्यम् ।
प्रत्येकबुद्धत्त्व असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।
स्रोतआपन्नो दक्षिणीय इति न स्थातव्यम् ।
स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् ।
स्रोतआपन्नाः सप्तकृतो भवपरमा इति न स्थातव्यम् ।
स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू सातपटक जन्मलिएपछि संसारचक्रवाट मुक्त हुन्छन् भन्ने भावमा पनि नरहोस् ।
सकृदागामी दक्षिणीय इति न स्थातव्यम् ।
सकृदागामी (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् ।
सकृदागाम्यपरिनिष्ठितत्त्वात्सकृदिमं लोकमागम्य दुःखस्यान्तं करिष्यतीति न स्थातव्यम् ।
सकृदागामी (भएका सत्त्वप्राणी)हरू अपरिनिष्ठित (गर्न भोग्न बाकिरहेको) कार्य (पनि) (एकपल्टलाई लोकमा) सम्पन्नगरी दु:खको अन्त्य (निर्वाण प्राप्त) गर्दछन् भन्ने भावमा पनि नरहोस् ।
अनागामी दक्षिणीय इति न स्थातव्यम् अनागामी अनागम्य इमं लोकं तत्रैव परिनिर्वास्यतीति न स्थातव्यम् ।
अनागामी(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अनागामीहरू यसलोकमा अब आउन नपर्ने (अर्को जन्मलिन नपर्ने) भई यहिनै परिनिर्वाण हुन्छन् भन्ने भावमा पनि नरहोस् ।
अर्हन् दक्षिणीय इति न स्थातव्यम् ।
अर्हंत(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;
अर्हन्निहैव अनुपधिशेषे निर्वाणधातौ परिनिर्वास्यतीति न स्थातव्यम् ।
अर्हंतहरू अनुपधिशेष (केहि पनि उपाधि बाकि नराखि) निर्वाणधातुमा परिनिर्वासित भईसकेका हुन् भन्ने भावमा पनि नरहोस्;
प्रत्येकबुद्धो दक्षिणीय इति न स्थातव्यम् ।
प्रत्येकबुद्ध(भएका सत्त्वप्राणी, बोधिसत्त्व)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;
प्रत्येकबुद्धोऽतिक्रम्य श्रावकभूमिमप्राप्य बुद्धभूमिं परिनिर्वास्यतीति न स्थातव्यम् ।
प्रत्येकबुद्धहरू श्रवकभूमि(अर्हंत्त्व, निर्वाणत्व)लाई नाघेर पार गईसकेका (सम्यक्सम्)बुद्धभूमिमा परिनिर्वासित हुने हुन् भन्ने भावमा पनि नरहोस्;
बुद्धो दक्षिणीय इति न स्थातव्यम्।
बुद्ध(सम्यक्सम्बुद्ध)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;
बुद्धोऽतिक्रम्य पृथग्जनभूमिमतिक्रम्य श्रावकभूमिमतिक्रम्य प्रत्येकबुद्धभूमिमप्रभेयाणामसंख्येयानां सत्त्वानामर्थं कृत्वा अप्रमेयाण्यसंख्येयानि सत्त्वकोटीनियुतशतसहस्राणि परिनिर्वाप्य अप्रमेयानसंख्येयान् सत्त्वान् श्रावकप्रत्येकबुद्धसम्यक्संबुद्धत्वनियतान् कृत्वा बुद्धभूमौ स्थित्वा बुद्धकृत्यं कृत्वा अनुपधिशेषे निर्वाणधातौ बुद्धपरिनिर्वाणेन परिनिर्वास्यति इत्येवमप्यनेन न स्थातव्यम् ॥
सम्यक्सम्बुद्धले पृथग्जनभूमि पारगरी श्रावकभूमि पारगरी प्रत्यकभूमिमा अप्रमेय असंख्य सत्त्वहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई) अप्रमेय संख्याका सत्त्वकोटी नियुतशतसहस्राण पटक परिनिर्वाप्यभई अप्रमेय संख्याका सत्त्वा, श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि बुद्धभूमीमा राखि बुद्धकृत्य गराई अनुपधिशेष निर्वाणधातु बुद्धपरिनिर्वाणमा परिनिर्वासित लिएको यस्तै अनेक कार्य गरेका हुन् भन्ने भावमा पनि नरहोस् ।।
२३१ अथ खल्वायुष्मतः शारिपुत्रस्यैतदभवत्-यदि बुद्धोऽतिक्रम्य पृथग्जनभूमिमतिक्रम्य श्रावकभूमिमतिक्रम्य प्रत्येकबुद्धभूमिमप्रमेयाणामसंख्येयानां सत्त्वानामर्थं कृत्वा अप्रमेयाण्यसंख्येयानि सत्त्वकोटीनियुतशतसहस्राणि परिनिर्वाप्य अप्रमेयानसंख्येयान् सत्त्वान् श्रावकप्रत्येकबुद्धसम्यक्संबुद्धत्वनियतान् कृत्वा बुद्धभूमौ स्थित्वा बुद्धकृत्यं कृत्वा अनुपधिशेषे निर्वाणधातौ बुद्धपरिनिर्वाणेन परिनिर्वास्यति इत्येवमप्यनेन न स्थातव्यम्, तत्कथं पुनरनेन स्थातव्यं, कथं शिक्षितव्यमिति ?
तत्पश्चात् आयुष्मान शारिपुत्रलाई यस्तो (मनमा) भयो, “यदि बुद्धले पृथग्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकबुद्धभूमि पारगरि; अप्रमेय संख्यामा सत्त्वप्राणीहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई); अप्रमेय संख्यामा सत्त्वलाई कोटीनियुतशतसहस्राण पटक परिनिर्वासित गराई; अप्रमेय संख्याका सत्त्वलाई श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि, बुद्धभूमीमा राखि, बुद्धकृत्य गराई, अनुपधिशेषभई निर्वाणधातुमा बुद्धपरिनिर्वाणभई परिनिर्वासित हुनेछन् भन्ने कुराहरूपनि भाव नरहोस (मनमा नलेओस्) भन्ने हो भने, कसरी फेरि के मा कसरी रहने (कस्तो भाव गर्नुपर्ने) हो, र त्यो कसरी थाहा पाउने हो ?”
अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन आयुष्मतः शारिपुत्रस्य चेतसैव चेतःपरिवितर्कमाज्ञाय आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-तत्किं मन्यसे आयुष्मन् शारिपुत्र क्व तथागतोऽर्हन् सम्यक्संबुद्धः स्थितः ?
तत्पश्चत् आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा आयुष्मान शारिपुत्रको मनमा उठेको परिवितर्कलाई मनैले बुझि आयुष्मान शारिपुत्रलाई यसो भने, “त, हे आयुष्मान शारिपुत्र तपाई के भन्नुहुन्छ, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कहाँ स्थित हुनुहुन्छ भनि सोच्नुभएको छ ?”
आयुष्मान् शारिपुत्र आह-न क्वचिदायुष्मन् सुभूते तथागतोऽर्हन् सम्यक्संबुद्धः स्थितः ।
आयुष्मान शारिपुत्रले भने, “हे सुभूति, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कतै पनि स्थित हुनुहुन्न ।,
तत्कस्य हेतो ?
त्यसको कारण के हो भने ?,
अप्रतिष्ठितमानसो हि तथागतोऽर्हन् सम्यक्संबुद्धः ।
तथागत, अर्हंत, सम्यक्सम्बुद्धको मन कतै रहेको हुदैन (वहाँहरू) अप्रतिष्ठितमानस हुनुहुन्छ) ।,
स नैव संस्कृते धातौ स्थितो नाप्यसंस्कृते धातौ स्थितो न च ततो व्युत्थितः॥
न त वहाँ संस्कृतवस्तुमा स्थित हुनुहुन्छ, न त असंस्कृतवस्तुमा स्थित हुनुहुन्छ; न वहाँ ति वस्तुहरूभन्दा वाहिर हुनुहुन्छ ।
२३३ अथ खल्वायुष्मान् सुभूतिरायुष्मन्तं शारिपुत्रमेतदवोचत्-एवमेव आयुष्मन् शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन स्थातव्यम्, एवं शिक्षितव्यम्-यथा तथागतोऽर्हन् सम्यक्संबुद्धो न क्वचित्स्थितो नास्थितो न विष्ठितो नाविष्ठितः, तथा स्थास्यामीत्येवमनेन शिक्षितव्यम् ।
तत्पश्चत् आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “कसरी, हे आयुष्मान शारिपुत्र, बोधिसत्त्व-महासत्त्व रहन्छ, यहि कुरा बुझोस्; कि तथागत, अर्हंत, सम्यक्सम्बुद्ध न कतै स्थित छ, न कतै स्थित छैन, न वाहिर कतै छ, न वाहिर कतै छैन; त्यसरी नै आफू पनि रहन्छु भनि मनमा लिई शिक्षित भैरहोस् ।
यथा तथागतस्थानं तथा स्थास्यामीति, तथा शिक्षिष्ये इति,
यथा तथागतस्थानं तथा स्थास्यामीति, तथा शिक्षिष्ये इति,
यथा तथागतस्थानं तथा स्थास्यामीति सुस्थितोऽस्थानयोगेनेति एवमत्र बोधिसत्त्वेन महासत्त्वेन स्थातव्यमेवं शिक्षितव्यम् ।
जस्तो तथागतको स्थान (स्तर,मान्यता) छ त्यसरी म पनि रहन्छु भन्ने धारणा राख्नु पर्दछ; जुन स्थान (मान्यता पालनगरी) तथागत रहनुभएको छ त्यसरी त्यही म पनि रहनु पर्छ भन्ने थाहा पाओस्; जुन स्थान (विहरण गरी) तथागत रहनुभएको छ, म पनि त्यसरी नै सुस्थितभई, अस्थानयोगले, रहनुपर्दछ भन्नेकुरा बोधिसत्त्व-महासत्त्वले थाहा पाउनु पर्दछ (सिकोस) ।,
एवं हि शिक्षमाणो बोधिसत्त्वो महासत्त्वो विहरत्यनेन प्रज्ञापारमिताविहारेण अविरहितश्चानेन मनसिकारेणेति ॥
यसप्रकारले बोधिसत्त्व-महासत्त्व शिक्षितभई विहार गरिरहन्छ; अनि (यही कुरा) मनसिकार गरिबस्दछ, अनि प्रज्ञापारमीतावाट रहित नभई विहार गर्दछ, ।
२३५ अथ खलु तत्र पर्षदि केषांचिद्देवपुत्राणामेतदभूत्-यानि तानि यक्षाणां यक्षभाषितानि यक्षरुतानि यक्षपदानि यक्षमन्त्रितानि यक्षप्रव्याहृतानि, तानि विज्ञायन्ते जल्प्यमानानि ।
तत्पश्चात् त्यहाँ(त्यस परिषदमा) बसेका केहि देवपुत्रहरूका मनमा यस्तो विचार आयो, “जेजति यक्षहरू छन्, यक्षभाषाहरू छन्, यक्षरूत(स्वर, इशारा, लय)हरू छन्, यक्षपद(श्लोक, शव्द समूह)हरू छन्, यक्षमन्त्र(मन र मुद्रा प्रयोग गरेका कुरा, संकल्प)हरू छन्, यक्षप्रव्याहृत(expression, बोलीवचन)हरू छन् ती सवै हामीले जानेका छौं, उनीहरूका जल्प(सरल किसिमले बुझ्न नसकिने बोलचल, छलफल)हरू समेत हामी बुझ्दछौं । (यक्षहरू अन्य वर्गभन्दा केहि बढि फरक भएको, अरूभन्दा गुह्यता राख्ने, प्राणी भएकोले ‘त्यस्ता यक्षको समेत’ भन्ने अर्थ लगाउन वेश हुन्छ ।),
न पुनरिदं विज्ञायते यत्सुभूतिः स्थविरो भाषते प्रव्याहरति देशयत्युपदिशति ।
(तर) सुभूति स्थवीरले भाषित(भाषा) प्रव्याहृत(बोली) देशित(देशना) उपदेशहरू फेरि पनि बुझिदैन ।“
अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन तेषां देवपुत्राणामिममेवंरूपं चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-न विज्ञायते न विज्ञायते इदं देवपुत्राः ।
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “(मैले भनेको कुरा) नबुझिने नै हो, बुझ्न नसकिने नै हो, हे देवपुत्रहरू,
तथा हि नात्र किंचित्सूच्यते, नात्र किंचित् श्रूयते ॥
(किनभने) यसले केहि पनि सूचित गरेको (बताएको) छैन, न त यसमा केहि सुन्ने कुरा नै छ ।“
२३८ अथ खलु तेषां देवपुत्राणां पुनरेवैतदभूत्-उत्तानीकरिष्यति बत अयमार्यसुभूतिः ।
तत्पश्चात् ती देवपुत्रहरू(का मन)मा फेरि यस्तो कुरा आयो, “उत्तनीकरि (सबैकुरा खुलाई) वहाँ आर्यसुभूतिले बताउनुहुने नै छ ।,
उत्तानीकरिष्यति बतायमार्यसुभूतिरिति ।
उत्तानीकरि (सबैकुरा खुलाई) आर्यसुभूतिले त्यो बताउनुहुने नै छ ।“
दूराद्दूरतरमार्यसुभूतिः प्रविशति, सूक्ष्मात्सूक्ष्मतरम् ।
निकैटाढाको, अझ त्यस भन्दा पनि टाढा, निकै सूक्ष्मको अझै त्यो भन्दा पनि सूक्ष्म विषयमा आर्य सुभूति प्रवेश गर्नुभएको छ ।
गम्भीराद्गम्भीरतरमार्यसुभूतिः प्रविशति देशयति भाषत इति ।
निकैगम्भीर(गहन) विषयमा अझ बढी गहन विषयमा आर्यसुभूतिले प्रवेशगरी (हामीलाई) देशन गर्नुभएकोछ, भाषित गर्नुभएको छ ।“
अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन पुनरपि तेषामेव देवपुत्राणां चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-तेन हि देवपुत्राः यः स्रोतआपत्तिफलं प्राप्तुकामः स्रोतआपत्तिफले स्थातुकामः, स नेमां क्षान्तिमनागम्य….पेयालम् ।
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा फेरिपनि ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “त्यसप्रकाले, हे देवपुत्रहरू, जसले स्रोतापत्त्फल प्राप्तगर्ने कामना राख्दछ, स्रोतापत्तिफलमा स्थितहुने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभवछैन (न पेयालम्) ।,
यः सकृदागाभिफलं प्राप्तुकामः, सकृदागामिफले स्थातुकामः, योऽनागामिफलं प्राप्तुकामोऽनागामिफले स्थातुकामः, योऽर्हत्त्वं प्राप्तुकामोऽर्हत्त्वे स्थातुकामः, यः प्रत्येकबोधिं प्राप्तुकामः प्रत्येकबोधौ स्थातुकामः, स नेमां क्षान्तिमनागम्य…..।
त्यसप्रकाले, हे देवपुत्रहरू, जसले सकृदागामीफल प्राप्तगर्ने कामना राख्दछ, सकृदागामीफलमा रहने कामना राख्दछ; अनागामिफल प्राप्तगर्ने कामना राख्दछ, अनागामिफलमा रहने कामना राख्दछ; अर्हत्त्व प्राप्तगर्ने कामना राख्दछ, अर्हत्त्वमा रहने कामना राख्दछ; प्रत्येकबोधित्त्व प्राप्तगर्ने कामना राख्दछ, प्रत्येकबोधित्त्वमा रहने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन (न पेयालम्) ।,
योऽनुत्तरां सम्यक्संबोधिं प्राप्तुकामोऽनुत्तरायां सम्यक्संबोधौ स्थातुकामः, स नेमां क्षान्तिमनागम्य………….॥
जसले यस अनुत्तरको सम्यक्सम्बोधि प्राप्तगर्ने चाहना राख्दछ, सम्यक्सम्बोधिमा रहने चाहना राख्दछ, उसले सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन ।।“
२४१ अथ खलु पुनरपि तेषां देवपुत्राणामेतदभवत्-किंरूपा अस्य आर्यसुभूतेर्धार्मश्रवणिका एष्टव्याः?
तत्पश्चात फेरिपनि ती देवपुत्रहरूका मनमा त्यसैगरी कुरा उठे, “आर्य सुभूतिले
गराउनु भएको धर्मको श्रवणगर्न कस्तो रूप हुनुपर्ने रहेछ ? (अर्थात्, त्यस धर्मको कसरी श्रवण गर्नुपर्ने रहेछ ?)”
अथ खल्वायुष्मान् सुभूतिर्बुद्धानुभावेन तेषां देवपुत्राणां चेतसैव चेतःपरिवितर्कमाज्ञाय तान् देवपुत्रानामन्त्रयते स्म-मायानिर्मितसदृशा हि देवपुत्रा मम धार्मश्रवणिका एष्टव्याः ।
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “चटकेले चटकगर्दा निर्माण गरेका पात्रहरू जस्तो भई मैले गरेको धर्मलाई श्रवण गर्नुपर्दछ ।,
तत्कस्य हेतोः?
किनभने,
तथा हि ते नैव श्रोष्यन्ति न च साक्षात्करिष्यन्ति ॥
जसरी तिनि(मायानिर्मित पात्र)हरूले कहिलेपनि सुन्न वा साक्षात्कार गर्न सक्ने हुदैनन् ।“
२४३ अथ खलु ते देवपुत्रा आयुष्मन्तं सुभूतिमेतदवोचन्-किं पुनरार्य सुभूते मायोपमास्ते सत्त्वा न ते माया ?
तत्पश्चात ती देवपुत्रहरूले आर्य सुभूतिसंग भने, “के, हे आर्य सुभूति, चटकेले निर्माण गरेका पात्रहरूभन्दा वाहिर सत्त्व(हामीजस्ता दर्शक)हरू माया(वाट निर्मित) होईनन् र ?
एवमुक्ते आयुष्मान् सुभूतिस्तान् देवपुत्रानेतदवोचत्-मायोपमास्ते देवपुत्राः सत्त्वाः ।
यस्तो भनिएपछि आयुष्मान सुभुतिले ती देवपुत्रहरूलाई यसो भने, “तीनीहरू पनि मायावाटै निर्मित हुन्, हे देवपुत्रहरु ।”
स्वप्नोपमास्ते देवपुत्राः सत्त्वाः ।
सत्त्वप्राणीहरू स्वप्नोपम (सपनामा देखिए जस्ता) हुन् ।
इति हि माया च सत्त्वाश्च अद्वयमेतदद्वैधीकारम्, इति हि स्वप्नश्च सत्त्वाश्च अद्वयमेतदद्वैधीकारम् ।
यसैले मायापनि सत्त्प्राणीपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन्; यसै गरी स्वप्नपनि सत्त्वपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन् (यी दुइबिच कुनै भेद छैन) ।
सर्वधर्मा अपि देवपुत्रा मायोपमाः स्वप्नोपमाः ।
सकल वस्तुहरू, हे देवपुत्र, मायोपम हो स्वप्नोपम हो ।
स्रोतआपन्नोऽपि मायोपमः स्वप्नोपमः ।
स्रोतआपन्न(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो ।
स्रोतआपत्तिफलमपि मायोपमं स्वप्नोपमम् ।
स्रोतआपन्नफल पनि मायोपम हो स्वप्नोपम हो ।
एवं सकृदागाम्यपि सकृदागामिफलमपि, अनागाम्यपि अनागामिफलमपि, अर्हन्नपि अर्हत्त्वमपि मायोपमं स्वप्नोपमम् ।
यसैगरी सकृदागामीसत्त्वहरू सकृदागामिफल, अनागामीसत्त्वहरू, अनागामिफल, अर्हत्हरू अर्हत्त्वहरू पनि मायोपम हो स्वप्नोपम हुन् ।
प्रत्येकबुद्धोऽपि मायोपमः स्वप्नोपमः।
प्रत्येकबुद्ध(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो ।
प्रत्येकबुद्धत्वमपि मायोपमं स्वप्नोपमम् ।
प्रत्येकबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हो ।
सम्यक्संबुद्धोऽपि मायोपमः स्वप्नोपमः ।
सम्यक्संबुद्ध भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हुन् ।
सम्यक्संबुद्धत्वमपि मायोपमं स्वप्नोपमम् ।
सम्यक्संबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हुन् ।“
अथ खलु देवपुत्रा आयुष्मन्तं सुभूतिमेतदवोचन्-सम्यक्संबुद्धोऽप्यार्य सुभूते मायोपमः स्वप्नोपम इति वदसि? सम्यक्संबुद्धत्वपि मायोपमं स्वप्नोपममिति वदसि ?
तत्पश्चात देवपुत्रहरूले आयुष्मान सुभूति संग यसो भने, “सम्यक्संबुद्धलाई पनि, हे आर्य सुभूति, तपाईले मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ? सम्यक्संबुद्धत्व पनि मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ?
सुभूतिराह-निर्वाणमपि देवपुत्रा मायोपमं स्वप्नोपममिति वदामि, किं पुनरन्यं धर्मम् ।
सुभीतिले भने, “निर्वाण समेत पनि, हे देवपुत्ररूह, मायोपम हो स्वप्नोपम हो भनि भन्दछु, अन्य धर्म(वस्तु)हरूका (वारेमा) के भनूँ ।“
ते देवपुत्रा आहुः-निर्वाणमप्यार्य सुभूते मायोपमं स्वप्नोपममिति वदसि ?
ती देवपुत्रहरूले भने, “निर्वाणलाई समेत, हे आर्य सुभूति, मायोपम हो स्वप्नोपम हो भनि भन्नुहुन्छ ?
आयुष्मान् सुभूतिराह-तद्यदि देवपुत्रा निर्वाणादप्यन्यः कश्चिद्धर्मो विशिष्टतरः स्यात्, तमप्यहं मायोपमं स्वप्नोपममिति वदेयम् ।
आयुष्मान सुभूतिले भने, “यदि, हे देवपुत्रहरू, निर्वाणभन्दा पनि कुनै अर्को विशिष्टतर (अझै माथिल्लो स्तरको) धर्म छ भने त्यसलाईपनि म मायोपम हो स्वप्नोपम हो भनि भन्ने थिएं ।
इति हि देवपुत्रा माया च निर्वाणं च अद्वयमेतदद्वैधीकारम्।
यसरी नै, हे देवपुत्रहरू, माया(भने)पनि निर्वाण (भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।
इति हि स्वप्नश्च निर्वाणं च अद्वयमेतदद्वैधीकारम्॥
यसरी नै, स्वप्न(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।
२४७ अथ खल्वायुष्मान् शारिपुत्रः, आयुष्मांश्च पूर्णो मैत्रायणीपुत्रः, आयुष्मांश्च महाकोष्ठिलः, आयुष्मांश्च महाकात्यायनः, आयुष्मांश्च महाकाश्यपः, अन्ये च महाश्रावका अनेकैर्बोधिसत्त्वसहस्रैः सार्धमायुष्मन्तं सुभूतिं स्थविरमामन्त्रयन्ते स्म-केऽस्या आयुष्मन् सुभूते प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः प्रत्येषका भविष्यन्ति ?
तत्पश्चात आयुष्मान् शारिपुत्रले मैत्रायणीपुत्र आयुष्मान पूर्ण, आयुष्मान महाकोष्ठिल, आयुष्मान महाकात्यायन, आयुष्मान महाकाश्यप समेत अन्य महाश्रावकहरू र अनेक हजारौं बोधिसत्त्वहरू सहितभई आयुष्मान सुभूति स्थविरलाई बोलाई (‘हे स्थवीर’ भनि सम्बोधनगरी) भने, “यसरी, हे आयुष्मान सुभूति, प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा कसले मन पराउला (खुशीभई स्वीकार गर्ला)?
अथ खल्वायुष्मानानन्दस्तान् स्थविरानेतदवोचत्-ते खल्वायुष्मन्तो वेदितव्या अविनिवर्तनीया बोधिसत्त्वा महासत्त्वाः, दृष्टिसंपन्ना वा पुद्गलाः, अर्हन्तो वा क्षीणास्रवाः, येऽस्याः प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः प्रत्येषका भविष्यन्ति ॥
तत्पश्चात आयुष्मान आनन्दले ति स्थविरहरूलाई यसो भने, “यहाँ जम्मा भएका हे आयुष्मानहरू हो, जसलाई प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा मन पराएका हुन्छन्, ती अविनिवर्तनीय बोधिसत्त्व-महासत्त्वहरू हुन्, (प्रज्ञा)दृष्टिसंपन्न पुद्गलाहरू हुन्, र क्षीणास्रव भैसकेका अर्हन्तहरू हुन् भनि बुझनु पर्दछ । (अर्थात्, अविनिवर्तनीय भएका बोधिसत्त्व-महासत्त्वहरू, दृष्टिसंपन्न भएका पुद्गलाहरू, र क्षीणास्रव भैसकेका अर्हन्तहरूले यस्तो शिक्षा मन पराउने हुन्छ; खुशीभई स्वीकार गर्ने हुन्छ) ।
२४८ अथ खल्वायुष्मान् सुभूतिः स्थविरस्तान् स्थविरानेतदवोचत्-नास्या आयुष्मन्तः प्रज्ञापारमिताया एवं निर्दिश्यमानायाः केचित्प्रत्येषका भविष्यन्ति ।
तत्पश्चात आयुष्मान सुभूति स्थविरले ति स्थविरहरूलाई यसो भने, “हे आयुष्मानहरू हो, यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कसैले मन पराउदैनन् ।
तत्कस्य हेतोः?
किनकि,
तथा हि-अत्र न कश्चिद्धर्मः सूच्यते, न कश्चिद्धर्मः परिदीप्यते, न कश्चिद्धर्मः प्रज्ञप्यते ।
यसमा न कुनै धर्मको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरिएको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ ।
तद्यथैवात्र न कश्चिद्धर्मः सूच्यते, न कश्चिद्धर्मः परिदीप्यते, न कश्चिद्धर्मः प्रज्ञप्यते, तथैवास्याः प्रज्ञापारमिताया एवं निर्दिश्यमानाया न कश्चित्प्रत्येषको भविष्यति ॥
जस्तो कि यहाँ न कुनै धर्नको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरेको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ, यसैले यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कोहि कसैले मन पराउदैनन् ।
२५० अथ खलु शक्रस्य देवानामिन्द्रस्यैतदभूत्- अस्य धर्मपर्यायस्य आर्येण सुभूतिना भाष्यमाणस्य पूजार्थं यन्न्वहं पुष्पाण्यभिनिर्माय आर्यं सुभूतिमभ्यवकिरेयमिति ।
तत्पश्चात् देवराज शक्रको मनमा यसतो विचार आयो, “यस धर्मपर्यायको भाष्यमान गरेको आर्य सुभूतिलाई पूजागर्न फूल उत्पन्नगरी आर्य सुभूतिलाई किन नचढाउँ ?
अथ खलु शक्रो देवानामिन्द्रस्तस्यां वेलायां पुष्पाण्यभिनिर्माय आयुष्मन्तं सुभूतिमभ्यवाकिरत् ।
तत्पश्चात् देवराज शक्रले त्यसबेला फूलहरू उत्पन्नगरी आयुष्मान सुभूतिलाई छरे (पुष्पवर्षा गरे) । (वेलीपुष्प कि वेलामा पुष्प ?)
अथ खल्वायुष्मतः सुभूतेः स्थविरस्य शक्रं देवानामिन्द्रमनुव्याहरणायैतदभूत्-न खलु पुनरिमानि पुष्पाणि मया त्रायस्त्रिंशेषु देवेषु प्रचरन्ति दृष्टपूर्वाणि, यानीमानि शक्रेण देवानामिन्द्रेण अभ्यवकीर्णानि ।
तत्पश्चात् आयुष्मान सुभूति स्थवीरले देवेन्द्र शक्रलाई बोल्न लगाउन (व्याहरण गगराउन) मनमा यस्तो विचार गरे, “यस्तो फूलहरू मैले यस अघि त्रायत्रिंश देवताहरुले कामलिएको (प्रचरन्ति) पनि देखेको थिइन; तसर्थ मलाई देवेन्द्रशक्रले वर्षागरेका,
निर्मितान्येतानि पुष्पाणि ।
यी फूलहरू (मायाद्वारा)उत्पन्न गराएको हुनुपर्दछ ।,
नैतानि पुष्पाणि वृक्षगुल्मलतानिर्जातानि, यानि शक्रेण देवानामिन्द्रेणाभ्यवकीर्णानि, मनोमयान्येतानि पुष्पाणीति ।
यी फूलहरूको रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्; तसर्थ यी फूलहरू देवेन्द्र शक्रले मनवाट उत्पन्न गराइ पुष्पवर्षा गरेको हुन् ।“
अथ खलु शक्रो देवानामिन्द्र आयुष्मतः सुभूतेश्चेतसैव चेतःपरिवितर्कमाज्ञाय आयुष्मन्तं सुभूतिमेतदवोचत्-अनिर्जातान्येतान्यार्य सुभूते पुष्पाणि ।
तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिको मनमा उठेको विचार (परिवितर्कना)लाई मनैले बुझी आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यी फूलहरू अनिर्जाता हुन् (जन्मेका; लता विरूवामा फुलेका होइनन्) ।,
तत्कस्य हेतोः?
किनकि,
न हि मनोनिर्जातानि कानिचित्पुष्पाणि, नापि वृक्षगुल्मलतानिर्जातानि ।
कुनैपनि फूलहरूको न मनवाटै उत्पन्न भएका हुन् न त रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्
अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-यत्त्वं कौशिक एवं वदसि-अनिर्जातान्येतानि पुष्पाणि, नैतानि मनोनिर्जातानि, नापि वृक्षगुल्मलतानिर्जातानीति ।
तत्पश्चात् आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, जुन तपाईले भन्नुभयो, यी फूलहरू अनिर्जाता हुन्; न त मनवाट उत्पन्न भएका हुन्, न कुनै रूख, गुल्म, लहरामा नै फुलेका हुन् ।,
यत्कौशिक अनिर्जातं न तत्पुष्पम् ।
त, हे कौशिक, ती फूलहरू त उत्पन्न भएकै होइनन् (अस्तित्त्वमा आएकै छैनन्) ।“
अथ खलु शक्रस्य देवानामिन्द्रस्यैतदभूत्-गम्भीरप्रज्ञो बतायमार्यः सुभूतिः ।
तत्पश्चात् देवेन्द्र शक्रको (मनमा यस्तो विचार) उत्पन्न भयो, “आर्य सुभूति गम्भीर प्रज्ञावान हुनुहुन्छ ।,
तां च नाम पदप्रज्ञप्तिं निर्दिशति, तां च न विरोधयति, तां चोत्तानीकरोति, तामेव चोपदिशति ।
त्यसैले वहाँले जे पदप्रज्ञप्ति (के जस्तो कुराराख्ने) गर्नुहुन्छ, त्यसोगर्दा त्यसका कुनै विरोधाभाष भएको हुऊदैन, बरू उत्तनी (स्पष्ट भावगरी) गर्नुहुन्छ, त्यसैलाई उपदेश पनि गर्नुहुन्छ ।“
अथ खलु शक्रो देवानामिन्द्र आयुष्मतं सुभूतिमेतदवोचत्-एवमेतदार्य सुभूते, एवमेतत् ।
तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यो यसै हो, यो यसै हो ।‘
एवं चात्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यं यथा आर्यसुभूतिरुपदिशति ।
यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरूले आर्य सुभूतिले जसरी उपदेश दिनुभएको छ त्यसरी नै शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।“
एवमुक्ते आयुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-एवमेतत्कौशिक, एवमेतत् ।
यसरी भनिएपछि आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, यो यसै हो, यो यसै हो ।,
एवमत्र बोधिसत्त्वेन महासत्त्वेन शिक्षितव्यम् ।
यहाँ यसरी नै बोधिसत्त्व-महासत्त्वहरू शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।,
एवं शिक्षमाणः कौशिक बोधिसत्त्वो महासत्त्वो न स्रोतआपत्तिफले शिक्षते, न सकृदागामिफले, न अनागामिफले, नाहर्त्वे शिक्षते, न प्रत्येकबुद्धत्वे शिक्षते, न बुद्धत्वे शिक्षते ।
यसरी शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू न स्रोतआपत्तिफमा शिक्षित हुन्छन्, न सकृदागामिफलमा, न अनागामिफमा, न अर्हत्त्वमा, न प्रत्येकबुद्धत्वमा, न बुद्धत्व मैं शिक्षित भएका हुन्छन् ।
यो नासु भूमिषु शिक्षते, स बुद्धत्वे सर्वज्ञत्वे वा शिक्षते ।
उ भूमिको विषयमा शिक्षित भएका पनि हुँदैन, बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुदैनन् ।
यो बुद्धत्वे सर्वज्ञत्वे वा शिक्षते, सोऽप्रमेयेष्वसंख्येयेषु बुद्धधर्मेषु शिक्षते ।
(तर) जो बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुन्छन्, ती अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन् ।
योऽप्रमेयेष्वसंख्येयेषु बुद्धधर्मेषु शिक्षते, स न रूपस्य विवृद्धये शिक्षते, न परिहाणाय ।
जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्, तिनिहरू रूपको बृद्धिको लागि शिक्षित भएका होइनन्, न त (त्यस, रूपको) परिहाण (नाशगर्न)को लागि नै शिक्षित भएका हुन् ।
एवं स न वेदनाया न संज्ञाया न संस्काराणाम् ।
यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) ।
स न विज्ञानस्य विवृद्धये शिक्षते, न परिहाणाय ।
(यसरी नै) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन् ।
यो न रूपस्य विवृद्धये शिक्षते न परिहाणाय ।
फेरि जो न रूपको बृद्धिको लागि शिक्षित भएका हुन्, न त्यसको परिहाणको लागि नै (शिक्षित भएका हुन्) ।
एवं न वेदनाया न संज्ञाया न संस्काराणाम् ।
यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) ।,
यो न विज्ञानस्य विवृद्धये शिक्षते न परिहाणाय, स न रूपस्य परिग्रहाय शिक्षते नोत्सर्गाय ।
फेरि (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि; न त रूपको परिग्रहको लागि, न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएको हुन् ।,
एवं स न वेदनाया न संज्ञाया न संस्काराणाम् ।
यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न त वेदना, न संज्ञा, ब संस्कारको (परिग्रहको लागि न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएक हुन्छन्) ।,
स न विज्ञानस्य परिग्रहाय शिक्षते, नोत्सर्गाय, नापि कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।
जो न विज्ञानको परिग्रहमा शिक्षित भएका हुन्छन् न उत्सर्गमा; (अझै भनूँभने) कुनैपनि धर्म(वस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्) न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्) ।
यो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।
जो कुनैपनि धर्म(बस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्), न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्); त्यो सर्वज्ञताको परिग्रहमा समेत शिक्षित भएका हुदैन, न उत्पादमा, न अन्तर्ध्यानमा शिक्षित भएका हुन्छन् ।
एवं शिक्षमाणो बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥
यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षित भएका हुन्छन्, सर्वज्ञतामा निर्यासित हुन्छन् ।
२५७ अथ खल्वायुष्मान् शारिपुत्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-य आयुष्मन् सुभूते बोधिसत्त्वो महासत्त्वो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानास्य शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।
तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभूति, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन्, त्यो सर्वज्ञताको परिग्रहमा पनि शिक्षित भएका हुदैन, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन् ।
एवं शिक्षमाण आयुष्मान् सुभूते बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥
हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् (भनि भन्नु भएको हो र ?) ।“
२५८ आयुष्मान् सुभूतिराह-एवमेतदायुष्मन् शारिपुत्र, एवमेतत् ।
आयुष्मान सुभूतिले भने, “त्यसै हो, हे आयुष्मान शारिपुत्र, त्यसै हो ।
य आयुष्मन् शारिपुत्र बोधिसत्त्वो महासत्त्वो न कस्यचिद्धर्मस्य परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते, स न सर्वज्ञताया अपि परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।
हे आयुष्मान शारिपुत्र, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्, त्यसले सर्वज्ञताको समेत न परिग्रहगर्न, न उत्पादगर्न न त अन्तर्ध्यानगर्न नै सिकेका हुन्छन् ।
सर्वबुद्धधर्माणामपि न परिग्रहाय शिक्षते, नोत्पादाय नान्तर्धानाय शिक्षते ।
सकल बुद्धधर्म (बौद्ध विषय वस्तुहरू) समेत परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्,
एवं चायुष्मन् शारिपुत्र शिक्षमाणो बोधिसत्त्वो महासत्त्वः सर्वज्ञतायां शिक्षते, सर्वज्ञतायां निर्यास्यति ॥
हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् ।“
२६२ अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-प्रज्ञापारमिता आर्य शारिपुत्र बोधिसत्त्वेन महासत्त्वेन कुतो गवेषितव्याः?
तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान शारिपुत्रसंग यसो भने, “हे आर्य शारिपुत्र, बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको वारेमा कहाँ कसरी खोज्ने (गवेषणागर्ने) हो ?”
शारिपुत्र आह-प्रज्ञापारमिता कौशिक बोधिसत्त्वेन महासत्त्वेन आयुष्मतः सुभूतेः परिवर्ताद्गवेषितव्या ।
शारिपुत्रले भने, “हे कौशिक, बोधिसत्व-महासत्त्वले आयुष्मान सुभुतिले (भन्नुभएको जस्तो) परिवर्तगतरूपमा (प्रत्येक परिवर्तको क्रमिक) गवेषणा (खोज, गहन अध्ययन) गर्नुपर्दछ ।“
एवमुक्ते शक्रो देवानामिन्द्र आयुष्मन्तं शारिपुत्रमेतदवोचत्-कस्यैष आर्य शारिपुत्र अनुभावो वेदितव्यः ?
यति भनिएपछि देवताका राजा इन्द्रले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आर्य शारिपुत्र, कस्को अनुभावले यो जानिने हो ?,
कस्यैतदधिष्ठानं वेदितव्यं यदार्यसुभूतिः प्रज्ञापारमितां भाषते? आयुष्मान् शारिपुत्र आह-तथागतस्यैष कौशिक अनुभावो वेदितव्यः ।
कसको अधिष्ठानवाट आर्य सुभूतिले प्रज्ञापारमिता भाषण गर्नुभएको हो ?”
आयुष्मान शारिपुत्रले भन्नुभयो, “हे कौशिक, यो तथागतको अनुभावले नै भाषणा गर्नुभएको हो, भनि जानिलिनुहोस् ।,
तथागतस्यैतदधिष्ठानं वेदितव्यं यदायुष्मान् सुभूतिः प्रज्ञापारमितां भाषते ।
तथागतको अधिष्ठानवाटै आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको हो ।”
अथ खल्वायुष्मान् सुभूतिः शक्रं देवानामिन्द्रमेतदवोचत्-यत्कौशिक एवं वदसि-कस्यैषोऽनुभावो वेदितव्यः, कस्यैतदनुष्ठानं वेदितव्यं यदार्यसुभूतिः प्रज्ञापारमितां भाषते इति ?
तत्पश्चात आयुष्मान सुभूतिले शक्र देवराजइन्द्रलाई यसो भने, “जुन तपाई कौशिकले भन्नुभयो, ‘कस्को अनुभावले कसको अधिष्ठानवाट आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको होला ?,
तथागतस्यैष कौशिक अनुभावो वेदितव्यः ।
त्यो, हे कौशिक, तथागतकै अनुभावले हो भनि बुझनुहोस् ।
तथागतस्यैतदधिष्ठानं वेदितव्यं यदहं प्रज्ञापारमितां भाषे ।
तथागतकै अधिष्ठानवाट यस प्रज्ञापारमिता भाषण गरिएको हो भनि बुझनुहोस् ।
यदपि कौशिक एवं वदसि-प्रज्ञापारमिता बोधिसत्त्वेन महासत्त्वेन कुतो गवेषितव्येति ?
फेरि, हे कौशिक, तपाइले जे भन्नुभयो, कि बोधिसत्त्व-महासत्त्वले कहाँ गएर प्रज्ञापामिता(को कुरा) खोज्नुपर्ने हो ?
प्रज्ञापारमिता कौशिक बोधिसत्त्वेन महासत्त्वेन न रूपाद्गवेषितव्या नाप्यन्यत्र रूपाद्गवेषितव्या ।
(त्यसको जवाफ हो), हे कौशिक, प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले न रूपमा खोजोस्, न रुपभन्दा वाहिर अन्यत्र कतै खोजोस् ।
एवं न वेदनाया न संज्ञाया न संस्कारेभ्यः न विज्ञानाद्गवेषितव्याः, नाप्यन्यत्र विज्ञानाद्गवेषितव्या ।
यसरी नै (प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले) न वेदनामा, न संज्ञामा, न संस्कारमा, न विज्ञानमा खोजोस्; न वेदना वा संज्ञा वा संस्कार वा विज्ञानभन्दा वाहिर अन्यत्र कतै खोजोस् ।
तत्कस्य हेतोः ?
यसको हेतु के हो भने,
तथा हि न रूपं प्रज्ञापारमिता, नाप्यन्यत्र रूपात्प्रज्ञापारमिता ।
जस्तो कि न रूप नै प्रज्ञापारमिता हो, न रूपभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।,
एवं न वेदना न संज्ञा न संस्काराः ।
यसैगरी न वेदना, न संज्ञा, न संस्कार नै प्रज्ञापारमिता हो; (न वेदना वा संज्ञा वा संस्कार भन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।,
न विज्ञानं प्रज्ञापारमिता, नाप्यन्यत्र विज्ञानात्प्रज्ञापारमिता ॥
न विज्ञान नै प्रज्ञापारमिता हो न विज्ञानभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।“
२६५ एवमुक्ते शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-महापारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।
यस्तो भनिएपछि देवताकाइन्द्र शक्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभुति, जुन तपाईले प्रज्ञापारमिता(को कुरा) बताउनुभयो, त्यो महापारमिता रहेछ ।,
अप्रमाणपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।
यो अप्रमाणपारमिता (अर्थात् यो जस्तो अर्को नभएको, अप्रमाणको यो पारपाउन नसकिने विषय) रहेछ, जुन हे आर्य सुभूति, तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।,
अपरिमाणपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।
यो अपरिमाणपारमिता (अर्थात् यसको विस्तार यतिउति छ भनि थापापाउन नसकिने, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।,
अनन्तपारमितेयमार्य सुभूते यदुत प्रज्ञापारमिता ।
यो अनन्तपारमिता (अर्थात् यो सीमाहिन, अन्त्य नभएको, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।“
स्थविरः सुभूतिराह-एवमेतत्कौशिक, एवमेतत् ।
स्थवीर सुभूतिले भन्नुभयो, “यो यसै हो, हे कौशिक, यो यसै हो ।,
महापारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।
महापारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,
अप्रमाणपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।
अप्रमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,
अपरिमाणपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।
अपरिमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,
अनन्तपारमितेयं कौशिक यदुत प्रज्ञापारमिता ।
अनन्तपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,
तत्कस्य हेतोः ?
किनकि,
रूपमहत्तया हि कौशिक महापारमितेयं यदुत प्रज्ञापारमिता ।
रूप महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएकोहो ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो) ।
विज्ञानमहत्तया हि कौशिकमहापारमितेयं यदुत प्रज्ञापारमिता ।
विज्ञान महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो ।
रूपाप्रमाणतया कौशिक अप्रमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।
रुप अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपप्रमाणपारमिता भनिएको हो ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमाणपारमिता भनिएको हो) ।
विज्ञानाप्रमाणतया कौशिक अप्रमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।
विज्ञान अप्रमाणको भएकोपले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमानपारमिता भनिएको हो ।
रूपापरिमाणतया कौशिक अपरिमाणपारमितेयं यदुत प्रज्ञापारमिता ।
रुप अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो) ।
विज्ञानापरिमाणतया कौशिक अपरिमाणपारमितेयं यदुत प्रज्ञपारमिता ।
विज्ञान अपरिमाणको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो ।
रूपानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
रुप अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।
एवं वेदनासंज्ञासंस्काराः ।
यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो) ।
विज्ञानानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
विज्ञान अनन्तको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।
एवं महापारमितेति कौशिक नाभिनिविशते ।
यसरी यो महापारमिता यस्तो रहेछ भनि अभिनिविशीत भई नबसोस् ।,
एवमप्रमाणपारमितेति, एवमपरिमाणपारमितेति, एवमनन्तपारमितेति नाभिनिविशते ।
यसरी यो महापारमिता अप्रमाणको रहेछ, परिमाणको रहेछ, अनन्तपारमिताको रहेछ, भनि अभिनिविशीत (रमाई, लट्ठ)भई नबसोस् ।,
तस्मात्कौशिक महापारमितेयम्, अप्रमाणपारमितेयम्, अपरिमाणपारमितेयम्, अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥
त्यसैले, हे कौशिक, प्रज्ञापारमितालाई महापारमिता हो, अप्रमाणपारमिता हो, अपरिमाणपारमिता हो, अनन्तपारमिता हो भनि भनिएको हो ।
२६८ आरम्बणानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ।
सत्त्वानन्ततया कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
सत्त्वप्राणीहरू अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ।
कथं पुनः कौशिक आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?
कसरी फेरि, हे कौशिक, आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो कि ?
सर्वधर्माणां हि कौशिक यतो नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते, ततः कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
सकल धर्म(वस्तु)हरू नै, हे कौशिक, जसको न अन्त्य छ, न मध्य छ, न पर्यवसानम (समाप्ति) छ; तव हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।
अनेन कौशिक पर्यायेण आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
यसलाई अर्को तरीकाले भन्दा, हे कौशिक, आरम्बण (आलम्बन) अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।
पुनरपरं कौशिक यस्मात्सर्वधर्मा अनन्ता अपर्यन्ताः, न तेषामन्तो वा मध्यं वा पर्यवसानं वा उपलभ्यते, तस्मात्कौशिक अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
फेरि, हे कौशिक, सकल धर्म(वस्तु)हरू अनन्त (अन्त्यहीन), अपर्यन्त (असीम, अवद्ध) भएको, अन्त्य वा मध्य वा पर्यावसान नभएको हुँदा, हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।
तत्कस्य हेतोः ?
किनकि,
रूपस्य हि कौशिक नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते ।
रूप(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।,
एवं वेदनायाः संज्ञायाः संस्काराणाम् ।
यसरी नै वेदना, संज्ञा, संस्कारका पनि न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।,
विज्ञानस्य हि कौशिक नान्तो न मध्यं न पर्यवसानमुपलभ्यते ।
विज्ञान(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ ।
अनेनापि कौशिक पर्यायेण आरम्बणानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥
यस उदाहरणले पनि, हे कौशिक, आलम्बन अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।
२६९ पुनरपरं कौशिक सत्त्वोऽनन्तोऽपर्यन्तः ।
फेरि अर्कोकुरा, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त अपर्यन्त(असीम) छन् ।
तत्कस्य हेतोः ?
किनकि,
न हि सत्त्वस्यान्तो वा मध्यं वा पर्यवसानं नो(वो)पलभ्यते ।
सत्त्वप्रणीहरूको अन्त्य वा मध्य वा पर्यवसानमा प्राप्त हुँदैन ।,
तस्मात्कौशिक सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
त्यसैले, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ।“
अथ खलु शक्रो देवानामिन्द्र आयुष्मन्तं सुभूतिमेतदवोचत्-कथमायुष्मन् सुभूते सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?
शक्र देवेन्द्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी, हे आयुष्मान सुभूति, सत्त्वप्राणीहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ?”
स्थविरः सुभूतिराह-न हि कौशिक गणनायोगेन वा गणनाबहुत्वेन वा सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ॥
स्थवीर सुभूतिले भन्नुभयो, “हे कौशिक, (सत्त्वप्राणी कतिछन् भनि) गणना गरेर वा धेरैसंख्यामा भएर वा अनन्तसंख्यामा भएर प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको होइन ।
२७१ शक्र आह-कथं तर्हीदानीमार्य सुभूते सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ?
शक्रले भने, “त्यसोभए कसरी, हे आर्य सुभूति, सत्त्वप्राणिहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भएको हो ?
स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक कतमस्यैतद्धर्मस्याधिवचनं यदुत सत्त्वः सत्त्व इति ?
सुभूति स्थवीरले भन्नुभयो, “त, हे कौशिक, तपाई के भन्नुहुन्छ, सत्त्व सत्त्व भनि भनिएको वस्तु कस्तो छ त ?
शक्र आह-नैतदार्य सुभूते धर्मस्याधिवचनं न अधर्माधिवचनं यदुत सत्त्वः सत्त्व इति ।
शक्रले भने, “यसो होइन, हे आर्य सुभूति, जुन सत्त्व(प्राणी) छ, त्यो सत्त्व(प्राणी) धर्मको अधिवचन पनि होइन र अधर्मको अधिवचन पनि होइन ।
आगन्तुकमेतन्नामधेयं प्रक्षिप्तम् ।
यो (सत्त्वप्राणी भनिइको वस्तु) आगन्तुक हो, नामधेय (दिइपको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।,
अवस्तुकमेतन्नामधेयं प्रक्षिप्तम् ।
यो (सत्त्वप्राणी भनिइको वस्तु) अवस्तु (अस्तित्त्वमा नै नभएको कुनै वस्तु) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।,
अनात्मीयमेतन्नामधेयं प्रक्षिप्तम् ।
यो (सत्त्वप्राणी भनिएको वस्तु) अनात्म (सत्त्वता नभएको, अत्मता नभएको) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।
अनारम्बणमेतन्नामधेयं प्रक्षिप्तं यदुत सत्त्वः सत्त्व इति ।
यो सत्त्त(प्राणि) सत्त्त(प्राणि) भनि भनिएको वस्तु अनारम्बण (अनालम्बनीय, कुनै वस्तुको पनि आधारलिन नसकिने) नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।“
स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक काचिदत्र सत्त्वपरिदीपना कृता ?
स्थवीर सुभूति ले भने, “त तिम्रो के विचार छ हे कौशिक, यहाँ कुनै ‘सत्त्व’ परिदीपन (दृष्टमान) भएको छ ?
शक्र आह-नो हीदमार्य सुभूते ।
शक्रले भने, “भएको छैन, हे आर्य सुभूति ।”
सुभूतिराह-यत्र कौशिक न काचित्सत्त्वपरिदीपना कृता, तत्र का सत्त्वानन्तता ?
सुभूतिले भने, ”यहाँ, हे कौशिक, जव कुनै सत्त्व(प्राणी) दृष्टमान (देखिएको, प्रकट) भएकै छैन, तव सत्त्वप्राणिहरू अनन्त (संख्या, परिमाणमा) कसरी हुन्छन् ?
सचेत्कौशिक तथागतोऽर्हन् सम्यक्संबुद्धोऽनन्तविज्ञप्तिघोषेण गम्भीरनिर्घोषेण स्वरेण गङ्गानदीवालुकोपमान् कल्पानपि वितिष्ठमानः सत्त्वः सत्त्व इति वाचं भाषेत, अपि नु तत्र कश्चित्सत्त्व उत्पन्नो व उत्पत्स्यते वा उत्पद्यते वा, निरुद्धो वा निरोत्स्यते वा निरुध्यते वा ?
त्यसरी नै, हे कौशिक, तथागत अर्हंत सम्यक्सम्बुद्धले (समेत) अनन्तविज्ञप्ति घोषगरी निर्घोषस्वरले गंगानदीको वालुवासमानको संख्याप्रमाणको कल्पहरू समाप्तभएसम्म पनि रहि ‘सत्त्व, सत्त्व’ भनि भन्दैरहे पनि त्यहाँ कुनैपनि सत्त्व उत्पन्नहुने वा उत्पत्स्य (उत्पन्न भएको) वा उत्पद्य (उत्पन्न हुनेवाला) वा, (उत्पन्न भएको सत्त्व)को निरुद्ध(रोकावट हुने) वा निरोत्स्य (निरोध भएको) वा निरुध्य (निरोध हुनेवाला) हुने हो र ?“
शक्र आह-नो हीदमार्य सुभूते ।
शक्रले भने, “यस्तो हुँदैन (तथागतले भने पनि यो हुनेवाला होईन), हे आर्य सुभूति ।,
तत्कस्य हेतोः ?
किनकि,
आदिशुद्धत्वादादिपरिशुद्धत्वात्सत्त्वस्य ।
सत्त्व(प्राणी)हरू आदि(काल देखि) शुद्ध हुन्, आदि(काल देखि) परिशुद्ध हुन् ।
सुभूतिराह-अनेनापि कौशिक पर्यायेण एवं सत्त्वानन्ततया अनन्तपारमितेयं यदुत प्रज्ञापारमिता ।
सुभूतिले भन्नुभयो, “त्यसैले, हे कौशिक, अर्कोकिसिमले भन्नुपर्दा (यहि धर्मको कुरालाई उदाहरण दिंदा) सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता पनि भनिएको हो ।,
एवं च पुनः कौशिक सत्त्वानन्ततया प्रज्ञापारमितानन्तता वेदितव्या ॥
त्यसैगरी फेरि पनि, हे कौशिक, सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भएको (भनिएको) हो ।“
२७४ अथ खलु सेन्द्रका देवाः सब्रह्मकाः सप्रजापतिकाः सर्षिनरनारीगणास्त्रिरुदानमुदानयन्ति स्म-अहो धर्मः, अहो धर्मः, अहो धर्मस्य धर्मता ।
तत्पश्चात्, इन्द्र सहित (सकल) देवताहरू, ब्रह्माहरू, प्रजापतिहरू, ऋषिहरू, नरनारीगणहरू सवैले तिन पटक उदान (हृदयको उद्गार)भरे, “अहो धर्म, अहो धर्म, अहो धर्मको धर्मता ।,
यस्तथागतस्य प्रादुर्भावः, स आर्येण सुभूतिना स्थविरेण सुभाषितेनेह सूच्यते देश्यते प्रकाश्यते प्रभाव्यते ।
यो तथागत प्रकट भएको कुरा आर्य सुभूतिस्थविरले सुभाषित (राम्ररी भाषण) गरी सूचना गर्नुभएको छ, देशना गर्नुभएको छ, प्रकाशित गर्नुभएको छ, प्रभावित गर्नु (प्रभाव देखाउनु) भएको छ ।
तथागतं तं वयं भगवन् बोधिसत्त्वं महासत्त्वमद्याग्रेण धारयिष्यामो योऽनया प्रज्ञापारमितया अविरहितो भविष्यति, योऽपि च अनेन बोधिसत्त्वो महासत्त्वः प्रज्ञापारमिताविहारेण विहरिष्यति ॥
वहाँ तथागत भगवानलाई र बोधिसत्त्व-महासत्त्वहरूलाई हामी अगाडीसरी धारणा गर्छौं, अनेन (अहिले देखिनै) प्रज्ञापारमितवाट टाढा नभई (नगीचमा रही) बस्छौं ।“ यसरी अनेन (कहिले नटूटाई) बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमिताविहारगरी विहार गरी रहन्छन् ।
२७६ अथ खलु भगवांस्तान् सेन्द्रकान् सब्रह्मकान् सप्रजापतिकान् सर्षिनरनारीगणानामन्त्रयते स्म-एवमेतद्देवपुत्राः, एवमेतत् ।
त्यसपछी त्यहाँ भगवान इन्द्र, ब्रह्मा, प्रजापति, ऋषि, नरनारिगणहरू सहित सवैलाई बोलाई(सम्बोधन गरी) भन्नुभयो, “यो यसै हो, हे देवपुत्रहरू हो, यो यसै हो ।“
यदाहं देवपुत्रा दीपंकरस्य तथागतस्यार्हतः सम्यक्संबुद्धस्यान्तिके दीपवत्यां राजधान्यामन्तरायणमध्यगतोऽनया प्रज्ञापारमितया अविरहितोऽभूवम्, तदाहं दीपंकरेण तथागतेनार्हतां सम्यक्संबुद्धेन व्याकृतोऽनुत्तरायां सम्यक्संबोधौ-भविष्यसि त्वं माणव अनागतेऽध्वनि असंख्येयैः कल्पैः शाक्यमुनिर्नाम तथागतोऽर्हन् सम्यक्संबुद्धो विद्याचरणसंपन्नः सुगतो लोकविदनुत्तरः पुरुषदम्यसारथिः शास्ता देवानां च मनुष्यानां च बुद्धो भगवानिति ।
हे देवपुत्रहरू हो, एकपटक म दीपवती भन्ने राजधानीको बजार (अन्तरायणम्)को मध्यभागमा दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धको नगिचमा रही प्रज्ञापारमितालाई नछोडी (अविरहित रही) बस्नुभएको थियो, त्यसबेला त्यहाँ मलाई दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धले, ‘हे मनुष्य तिमि अनागतमा असंख्येय कल्पहरू बितेपछि विद्याचरण सम्पन्न, सुगत, लोकविद, पुरुषदम्यसारथि शास्ता देवता तथा मनुष्यका बुद्ध भगवान भई शाक्यमुनी नाम राखि तथागत अर्हंत सम्यक्सम्बुद्ध अनुत्तरको सम्यसम्बोधि प्राप्त गर्नेछौ’ भन्ने व्याकरण गर्नुभएको थियो ।
अथ खलु ते देवपुत्रा भगवन्तमेतदवोचन्-आश्चर्यं भगवन्, परमाश्चर्यं सुगत ।
तत्पश्चात ति देवपुत्रहरूले भगवान संग यसो भने, “अहो, आश्चर्यको छ यो भगवान, परम आश्चर्यको छ, हे सुगत ।“
यावदियं प्रज्ञापारमिता बोधिसत्त्वानां महासत्त्वानां सर्वज्ञताया आहारिका अनुपरिग्राहिका चेति ॥
यसरी यो (माथी उल्लेख गरि बमोजिम) बोधिसत्त्व-महासत्त्वले सर्वज्ञता(प्राप्तगर्ने) आहार (कारण, कृया) (सर्वसत्त्वलाई) अनुपरिग्रह(दु:ख हटाउने, भलोगर्ने चर्या) नै हो ।
आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां शक्रपरिवर्तो नाम द्वितीयः॥
श्रीअष्टसहस्रिकप्रज्ञापारमितासुत्रम्
२ शक्रपरिवर्तो द्वितीयः
२०१ त्यसैबेला देवताकाइन्द्र(राजा) शक्रले आफूसाथ तेंतिस सत्काय(लोक)का चालिस हजार जना देवपुत्रहरूको परिषद साथमा लिएर (त्यस धर्मसभामा) आइबसेका थिए । (वैश्रवण, विरूढक, धृतराष्ट्र, र ….. लाइ चार दिशाका अधिपति मानिन्छन् ।) । चार लोकपालहरू वीसहजार चातुर्महाराजकायिक देवपुत्रहरूका साथै थिए । सहंपति ब्रह्मापनि दशहजार ब्रह्मकायिक देवपुत्रहरूसंगै आएका थिए । पाँचहजार शुद्धावासिक देवपुत्रहरू पनि त्यस परिषदमा आइबसेका थिए ।
ती देवताहरूको आफ्ना कर्म(पुण्य)को फल बमोजिम प्राप्त आभा बुद्धको अनुभावले बुद्धतेजको अगाडी बुद्धाधिष्ठानमा अभिभूत (निस्तेज) भैगएको थियो ।
२०३ त्यसपछि देवताकाइन्द्र भएका शक्रले आयुष्मान सुभूति स्थवीरसंग भने, “हे सूभूति, यहाँ जम्मा भएका यी धेरै आर्यहरू हजारौं देवपुत्रहरू यहांवाट प्रज्ञापारमीता सुनि बोधिसत्त्व-महासत्त्वहरूलाई गरिएको उपदेश अववाद अनुशासनीवारे थाहापाउने इच्छालिई मेरो साथमा आई परिषदमा बसेका छन्; कि बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमीतामा कसरी स्थीर भै रहन्छन् (स्थातव्यम्,), कसरी प्रज्ञापारमीतावारेमा जान्नेवुझ्ने सिक्ने हुन्छन् (शिक्षतव्यम्) र कसरी प्रज्ञापारमिता वमोजिम गर्नुपर्ने चर्याहरू गरिरहका (योगयुक्त) हुन्छन् ?”
स्थवीर (वरिष्ठ, धेरै जेठो) भैसकेका सुभूतिले भने, “हे कौशिक, (तपाईका जिज्ञासाहरूलाई म) बुद्धको अनुभावले बुद्धाधिष्ठानमा बसी बुद्धतेवाट उपदेश गर्दछु, (सुन्नुहोस्) ।,
(सर्वप्रथम त) जो जो देवपुत्रहरूले अनुत्तरको सम्यकसम्बोधिचित्त उत्पन्न गरिसकेका छैनन् तिनिहरूले त्यो (अनुत्तरको सम्यकसम्बोधिचित्त) उत्पादित गर्नुपर्दछ । (अनुत्तरको सम्यकसम्बोधिचित्त भनेको ‘बुद्धो भवेयं जगतो हिताय’को संकल्प हो । अर्थात्, ‘जगतका सकल प्रणीको कुशलमंगल गरी निर्वाणमा लैजान म बुद्ध हुनेछु’ भन्ने संकल्प लिने हो) । त्यस(अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई जसले उत्पन्न गरिसकेको छ, सम्यकरूपमा नियामन (व्यवस्थितरूपमा अगाडी जाने कार्य) गरिसकेको छ, त्यस्ताले त्यस (अनुत्तरको सम्यकसम्बोधिचित्त)लाई (फेरि) उत्पन्नगर्ने भावगर्न योग्य छैन । (श्रावकयान, अर्थात्, ‘निर्वाणको संकल्प लिएका’ले करूणाको भावराखि जगतहित गरिरहने ‘सम्यकसम्बोधिचित्त’ उत्पादगर्न योग्य हुदैन ।) । किन भने, तिनि(अनुत्तरको सम्यकसम्बोधिचित्तलाई उत्पन्न गरिसकेका)हरूले संसारको स्रोत(आस्रव)लाई रोकि (सीमाबद्ध गरी) सकेका हुन्छन् । (त्यसरी आस्रवहिन गरिसकेका)तिनिहरूले अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गर्न (भनि) फेरि फेरि पनि संसारमा संसरणगर्न (पुन: पुन: आउन) राम्रो(योग्य) होईन । (अर्हंत्त्वमार्गमा लागि क्षीणास्रव भैसकेपछि फेरि बोधिचित्त उत्पाद गर्नसक्ने हुदैन । मुक्तिखोज्ने र सेवागर्ने दुई भिन्न मार्ग हुन्) ) । त्यसो भएतापनि तिनिहरूलाई पनि म अनुमोदन गर्दछु (विरोध गर्दिन, इच्छा भएकाहरू त्यस मार्गमा लागे हुन्छ, उनिहरूको मार्गलाई नराम्रो भन्दिन) । तर, (अर्हत्त्वमार्गमा लागेकाले पनि) जो कोहिले पनि यस (बोधिसत्त्वयान)को अनुमोदनगर्न (अनुत्तर सम्यक्संबोधिचित्त उत्पादन गरी, बोधिसत्त्वयानमा आउन चाहेमा आउन) सक्दछन् । जसले यसप्रकार अनुत्तर सम्यक्सम्बोधिचित्त उत्पाद गरेको हुन्छ, त्यसले (हालसम्म आर्जन गरिसकेको कुशलमूल (पुण्यकार्य, योगक्षेम) मा अन्तराय (विघ्न बाधा, घाटा) भने हुदैन ।,
(निर्वाण, स्रोतापत्ति जस्तो) विशिष्ट किसिमको धर्ममा लागेकाले (यस बोधिसत्त्मार्ग, बोधिचित्त्त्पाद जस्तो) विशिष्टतम (सवैभन्दा विशिष्ट) धर्म(मार्ग)मा लाग्ने इच्छा गर्नु पर्दछ ।“
२०८ त्यसपछि भगवानले आयुष्मान सुभूतिलाई (आफूसमक्ष) बोलाई भन्नुभयो, “साधु, साधु, हे सुभूति, तिमिले फेरि पनि बोधिसत्त्व-महासत्त्त्वहरूलाई उत्साहित गरेका छौ ।“
(भगवानवाट) यस्तो भनिएपछि आयुष्मान सुभूतिले भगवानसंग यस्तो भने, “हे भगवान, हामीहरू हजूरप्रति कृतज्ञ छौं भगवान; अकृतज्ञ छैनौं । किनकि, पहिले पहिलेका (जन्महरूमा) हजूर भगवानले तथागतहरू, अर्हंन्तहरू, सम्यसम्बुद्धहरूका समीपमा गई हामीहरूको (भलोका)लागि हजूरले जसरी ब्रह्मचर्याको बारेमा बुझीलिनु भयो, (त्यसको) पालनगरी बोधिसत्त्व हुनुभयो, अनुत्तरज्ञान उत्पन्न गर्नुभयो र श्रावकजनलाई पारमीताका बारेमा अववाद दिनुभयो शिक्षितगराउनु भयो । त्यसै तरीकाले नै, हे भगवान, हामीहरूले पनि बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (शिक्षण, वाटोमा लैजाने, अनुपरिग्रह) दिनुपर्दछ, अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ; राम्ररी अववाद (अनुपरिग्रह) दिनुपर्दछ, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गर्नु पर्दछ । त्यसको के कारण हो भने, हामीहरूपनि, हे भगवान, बोधिसत्त्व-महासत्त्वहरूलाई अववाद (अनुपरिग्रह) दिई, अनुशासनी (अनुपरिवारयित) पनि गराई; राम्ररी अववाद (अनुपरिग्रह) दिई, राम्ररी अनुशासनी (अनुपरिवारयित) पनि गराई अनुत्तर सम्यक्सम्बोधिमा छिट्टै प्राप्तहोस् भन्ने चाहन्छौं । (सकलप्राणीलाई निर्वाणित गराएपछि मात्र आफूले निर्वाणलिने भन्ने बोधिसत्त्व-महासत्त्वहरूको प्रतिज्ञा रहने भएकोले जतिधेरै सत्त्वप्राणीलाई निर्वाणमा पठाउन सकियो त्यत्तिनै छिटो आफूपनि निर्वाणलिन पाइने भएकोले ।)“
२१३ तत्पश्चात आयुष्मान सुभूतिले देवताकाइन्द्र ‘शक्र’लाई बोलाई भने, “त्यसैगरी नै, हे कौशिक (काश्यप ऋषिका छोरा), सुन; ध्यान दिएर सुन, मनमा लेउ; बोधिसत्त्व-महासत्त्वहरू जसरी प्रज्ञापारमीतामा रहने (लाभ गरी, त्यसमा स्थीर भै रहिरहने) हुन्छ, त्यो मैले तिमिलाई भन्दछु ।,
हे कौशिक, बोधिसत्त्व-महासत्त्वले शून्यतामा बसी प्रज्ञापारमीतामा (अर्थात्, शून्यतालाई धारणगरी भावगरू मात्र प्रज्ञापारमीताको अववाद, अनुशासनी गर्नु पर्दछ । शून्यतामा रहेकामा प्रज्ञापारमिता रहन सक्छ, शून्यतामा नबसेकाले प्रज्ञापारमिता लिनसक्दैन) । त्यसो भएकोले नै (शून्यतामा बसी प्रज्ञापारमीतामा रहने भनेको), हे कौशिक, बोधिसत्त्व-महासत्त्व महासंनाहसंनद्ध (युद्धभूमिमा शस्रास्त्र रक्षाकवच समेत सवै साजसर्जामलिई उत्साहसहित जुनसुकै बेलामा जान पूरा तयारीसाथ तम्तयार रहेको व्यक्ति जस्तो) भई विचरण गरिरहन पर्दछ ।,
(त्यस्ता प्रज्ञापारमितामा रहने महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) ‘रूप’मा नरहोस् । (अर्थात्, ‘रूप’को भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) वेदना, संज्ञा वा संस्कारहरूमा (पनि) नरहोस् (वेदना, संज्ञा वा संस्कारको पनि भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । विज्ञानमा (पनि) नरहोस् (विज्ञानको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (उनीहरू) आँखा(हरू)मा नरहोस् (अर्थात्, ‘आँखा’ भनिने कर्मेन्द्रिय शरीरमारहेको भौतिकवस्तुमा भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (त्यस्ता महासंनाहसंनद्ध बोधिसत्त्व-महासत्त्व) ‘रूप’ अर्थात् चक्षुइन्द्रिय वाट देखिने रूपमा नरहोस । (लामो, छोटो; सानो, ठूलो; विन्दु, रेखा, समतल, आयतन आदि आकृति र रंग समेतको ‘रूप’को रूपको भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन । रूपत्त्वको प्रवेशद्वार चक्षुअंग हो र यो एकपल्ट प्रवेश गरेपछि यसको प्रतिविम्ब, प्रारूप मनमा टाँसिएर बसिरहने भएकोले तत्पपश्चात पुन चक्षुद्वार प्रवेश हुन आवश्यक पर्दैन, मनवाट मनमै पनि रूपको दर्शन हुनसक्दछ । । न चक्षुर्विज्ञानमा रहोस् (चक्षुर्विज्ञानमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । चक्षुसंस्पर्शमा पनि नरहोस । (आँखाको सम्पर्कमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । आँखाको सम्पर्कमा आएको (कारणले उत्पन्न सुखदुख)वेदनाहरूमा (समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर) रहन हुदैन । यसरी नै श्रोत्र (कान), घ्राण(नाक), जिह्वा(जिब्रो), काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरूमा पनि न रहोस् । (आँखाको अलावा कान, नाक, जिब्रो, काय (शरीर, छाला), र मन गरी पञ्चकर्मेन्द्रियहरू अर्थात् शरीरका पाचओटा ‘यन्त्र’मा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । (आखाको वारेमा छुट्ट् माथी उल्लेख भैसकेको छ ) ।,
न त शव्द(आवाज), गन्धवास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता धर्म(वस्तु, आलम्बनका विषय)हरूमा रहोस; न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविज्ञानहरूमा नै रहोस् । (रुपको साथै शव्द(आवाज), गन्घ(वास्ना), रस(स्वाद), स्प्रष्टव्य(स्पर्श, छुने, सम्पर्कगर्ने) जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन); र चक्षुर्विज्ञान समेतका श्रोतविज्ञान घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र मनोविज्ञान जस्ता ‘विज्ञान’हरूमा पनि न श्रोतविज्ञान देखि (घ्राणविज्ञान, जिह्वाविज्ञान, कायविज्ञान र) मनोविविज्ञानहरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) । न मनले स्पर्शगर्ने विषयमा, न मनले स्पर्श गरेको कारणले उत्पन्नहुने वेदनामा रहोस् । (साथै मनस्पर्शगर्ने, छुने, सम्पर्कगर्ने जस्ता ‘आलम्बनका विषय’हरूमा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन; र मनसंग स्पर्श भएको कारणले उत्पन्नहुने सुखदु:खादि वेदनामा समेत भावगर्न, ध्यानगर्न र त्यसमा रमाएर रहन हुदैन) ।,
न पृथ्वीधातुमा रहोस् । न अव्ज(जल)धातु, न तेजोधातु, न वायुधातु, न आकाशधातु, न विज्ञानधातु मा रहोस् । (चतु:)स्मृतिप्रस्थानमा पनि नरहोस् । (सम्यक्स्मृति अथवा सम्मासति ४ छन्; कायानुपश्यना, वेदनानुपश्यना, चित्तानुपश्यना, धर्मानुपस्यना) । न सम्यकप्रहाण, न ऋद्धिपाद, न इद्रिय, न बल, न सप्तबोध्यंग, न (आर्यअष्टांग)मार्गमा रहोस् । (सम्यकप्रहाण भनेको … ………. …….. हो । ऋद्धिपाद भनेको ऋद्धि अर्थात् शक्तिप्राप्तगर्न आवश्यकपर्ने ४ ध्यानहरू; इच्छालाई वशमा वशमा पार्ने(छन्द ऋद्धिपाद), कुनै कार्यगर्ने उत्साह(वीर्य ऋद्धिपाद), चित्त एकाग्रगर्ने (चित्त ऋद्धिपाद), र बुद्धविवेकको वृद्धगर्ने (विमर्शन ऋद्धिपाद) हुन् । इन्द्रिय भन्नाले सामान्यतया कर्मेन्द्रिय, ज्ञानेन्द्रिय जस्ता जुनवस्तुको माध्यमवाट कार्य गर्नेहो त्यसलाइ जनाउने भएतापनि यहाँ प्रस्तुतभएको इन्द्रियले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) इन्द्रियलाई जनाएको छ । बल भन्नाले श्रद्धादि (श्रद्धा, वीर्य, स्मृति, समाधि र प्रज्ञा) बलहरूलाई जनाएको छ । सप्तबोध्यंग भन्नाले विमोक्षहुन अर्थात् बोधिज्ञान प्राप्तगर्ने ७ ओटा विषय(साधनहरु)हरू जनाउँछ, १ स्मृतिबोध्यंग (होश राख्नुपर्ने कुराहरु), २ वीर्यबोध्यंग (उत्साह, प्रयत्न गर्नुपर्ने कुराहरू, (कुनै पनि कार्य संकल्पमात्रले सिद्ध हुदैन) त्यसलाई मेहनतगरी प्रयत्न गरी चेष्टा गरी सम्पन्न गर्नु पर्दछ । यसको लागि मन लगाएर उत्साहसाथ कार्यगर्नु पर्दछ ।), ३ समाधिबोध्यंग (समाधिमा रहन आवश्यक विषयहरू), ४ धर्मप्रविचयबोध्यंग (धर्म, कर्त्तव्य सम्बन्धी विचारहरू), ५ प्रीतिबोध्यंग (मानसिक सुख पाउने कार्यहरू), ६ प्रश्रब्धिबोध्यंग (मानसिक र शारिरीक सुख(शान्ति) पाउने विषयहरू), ७ उपेक्षाबोध्यंग (सवैलाई समान र तथस्ट व्यवहार गर्ने) । आर्यअष्टांगमार्ग बनेको चतु:आर्यसत्यको निरोधगर्ने माग हो, यसमा ८ओटा अंगहरू छन्; १ सम्यक् दृष्टि (ठीक धारणा), २ सम्यक् संकल्प ( सम्यक प्रतिज्ञा), ३ सम्यक् वाचा (सम्यक बोलीवचन), ४ सम्यक कर्म, ५ सम्यक जीवन (सम्यक आजिविका), ६ सम्यक व्यायाम (सम्यक प्रयास, चेष्टा), ७ सम्यकस्मृति (सम्यक संझना), र सम्यक समाधि (सम्यक एकाग्रता) ।
न स्रोतापत्तिफल(आस्रवक्षीण गरी स्रोतापन्न भएको अर्थात् सातौं जन्ममा निर्वाणप्राप्त हुने विषयमा) मा उपलम्भन गरी (त्यसैमा रमाई टाँसि) रहोस् । न सकृदागामिफल(निर्वाणहुन एउटामात्र अर्को जन्म लिन बाकी भएको)मा, न अनागामिफल (यस जिवनको अन्त्यसंगै निर्वाणहुने, अर्को जन्मलिन नपर्ने विषय)मा, न अर्हत्त्व (यसै जीवनमैं क्लेशप्रहाणगरी निर्वाण प्राप्तगर्ने विषय)मा उपलम्भन गरी रहोस् । न प्रत्येकबुद्ध(निर्वाणलिन योग्य भैसकेतापनि निर्वाण नलिई जगतहितको लागी ठूलोठूलो प्रतिज्ञा गरी एकलै घुमिराखेका बोधिसत्त्व-महासत्त्वहरूका विषय) मा (उपलम्भन गरीरहोस्) । न बुद्धत्त्वमा (उपलम्भन गरी) रहोस् । (बुद्ध भन्ने दक्षिणीय हो; पृथक्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकभूमि पनि पारगरी; अप्रमेय असंख्येय सत्त्वप्राणीलाई उपकार, हित कल्याणगरी निर्वाण लाभ गराई; श्रावकनियम, प्रत्येकबुद्धनियम र सम्यक्सम्बुद्धनियममा स्थीरगराई; बुद्धभूमीमाबसी; बुद्धहुनेले गर्नुपर्ने सवै सम्पन्नगरी; अनुपधिशेष निर्वाणधातुमा बुद्धपरिनिर्वाण हुनेछ भन्ने जस्ता आदिइत्यादि कुराहरूमसा उपलम्भन गरीबस्न हुदैन, आशक्तिराखि बस्न हुदैन) ।
यही नै रूप हो भनि (निश्चित गरी) नरहोस् । (यही नै यस्तै ‘हो’ भनि भन्दा त्यसभन्दा वाहेकको अन्य कुनैपनि ‘होइन’ भन्ने भन्ने अर्थ स्वत: लाग्दछ । यसैले यहाँ जहाँसुकै ‘हो’ भनि प्रयोग भएको ठाउँमा ‘हो वा होइन’ भन्ने अर्थ विस्तिर अर्थ लगाउन पर्दछ । निश्चितगरी नरहोस् भन्नाले रूप वा रूपता, शुभ वा अशुभ, नित्य वा अनित्य, आत्म वा अनात्म, सुख वा दुख, शून्य वा अशून्य इत्यादि कुरामा यो यसै हो भनि निश्चित धारणा बनाईबस्नु हुदैन भन्न खोजिएको हो ।) । यही नै वेदना हो, यही नै संज्ञा हो, यही नै संस्कार हो भनि (निश्चित धारणा नबनाओस्, त्यस्तो भावमा) नरहोस् । यही नै विज्ञान हो भनि (निश्चित गरी) नरहोस् । यही नै आँखा हो, यहि अंगवाट भएर मनमा संस्पर्श हुनेभएकोले वेदना उत्पन्न भएको हो भन्ने भावमा पनि नरहोस् । यही नै पृथ्वीधातु हो, (यसरी नै आपोधातु हो, तेजसधातु, वायुधातु हो, आकाशधातु हो, देखि वेदना, संज्ञा, संस्कार) देखि विज्ञानधातुसम्म पनि ‘यहि नै हो’ भन्ने भावमा नरहोस् । यही नै स्मृतिपस्थान हो भन्ने भावमा पनि नरहोस् । यही नै सम्यकप्रहाण, ऋद्धिपाद, इद्रिय, बल, सप्तबोध्यंग हुन्; यही नै (आर्यअष्टांग)मार्ग हो भन्ने भावमा पनि नरहोस् । यही नै स्रोतापत्तिफल हो भन्ने भावमा पनि नरहोस्; यही नै सकृदागामिफल, अनागामिफल,अर्हत्त्व हुन् भन्ने भावमा पनि नरहोस् । यही नै प्रत्येकबुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् । यही नै बुद्धत्त्व हो भन्ने भावमा पनि नरहोस् ।
रूप नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् । विज्ञान नित्य-अनित्य (नित्य वा अनित्य, छ वा छैन) भन्ने भावमा पनि नरहोस् ।
रूप सुख-दुख (सुख वा दु:ख, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत सुख-दुख (सुख वा दु:ख; हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान सुख-दुख (सुख वा दु:ख, हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूप शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान शून्य-अशून्य (शून्य वा अशून्य, हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूप आत्म-अनात्म (आत्म वा अनात्म, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत आत्म-अनात्म (आत्म वा अनात्म, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान आत्म-अनात्म (आत्म वा अनात्म हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूप शुभ-अशुभ (शुभ वा अशुभ, हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान शुभ-अशुभ (शुभ वा अशुभ हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
रूप शून्यमा जाने साधन (डुँगा, वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् । यसरी नै वेदना, संज्ञा, संस्कारहरू समेत शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् । विज्ञान शून्यमा जाने डुँगा (वेति ?) (हो वा होइन) भन्ने भावमा पनि नरहोस् ।
स्रोतापत्तिफल असंस्कृत हो, प्रभावित हो भन्ने भावमा पनि नरहोस् । (असंस्कृत भनेको कुनै अन्यवस्तुहरु वाट नवनाईएको, कुनै परिवर्तन वा संस्कार नगरिएको, शुद्धरूपमा रहेको वस्तु हो । प्रभावित भनेको कसैले वाहिरवाट प्रभावमा पारेको, आफ्नो शुद्धरूपमा नरहेको वस्तु हो) । यसरी नै सकृदागामीफल, अनागामीफल, अर्हंत्त्वहरू पनि असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् । प्रत्येकबुद्धत्त्व असंस्कृत हो प्रभावित हो भन्ने भावमा पनि नरहोस् ।
स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् । स्रोतापन्न (भएका सत्त्वप्राणी)हरू सातपटक जन्मलिएपछि संसारचक्रवाट मुक्त हुन्छन् भन्ने भावमा पनि नरहोस् ।
सकृदागामी (भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस् । सकृदागामी (भएका सत्त्वप्राणी)हरू अपरिनिष्ठित (भोग्न बाकिरहेको) कार्य (पनि) (एकपल्टलाई लोकमा) सम्पन्नगरी दु:खको अन्त्य (निर्वाण प्राप्त) गर्दछन् भन्ने भावमा पनि नरहोस् ।
अनागामी(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अनागामीहरू यसलोकमा अब आउन नपर्ने (अर्को जन्मलिन नपर्ने) भई यहिनै परिनिर्वाण हुन्छन् भन्ने भावमा पनि नरहोस् ।
अर्हंत(भएका सत्त्वप्राणी)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; अर्हंतहरू अनुपधिशेष (केहि पनि उपाधि बाकि नराखि) निर्वाणधातुमा परिनिर्वासित भईसकेका हुन् भन्ने भावमा पनि नरहोस्;
प्रत्येकबुद्ध(भएका सत्त्वप्राणी, बोधिसत्त्व)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्;(सम्यक्सम्)बुद्धभूमिमा परिनिर्वासित हुने हुन् भन्ने भावमा पनि नरहोस्;
बुद्ध(सम्यक्सम्बुद्ध)हरू दक्षिणीय (आदरणीय, दक्षिणादिन योग्य) हुन् भन्ने भावमा पनि नरहोस्; सम्यक्सम्बुद्धले पृथग्जनभूमि पारगरी श्रावकभूमि पारगरी प्रत्यकभूमिमा अप्रमेय असंख्य सत्त्वहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई) अप्रमेय संख्याका सत्त्वकोटी नियुतशतसहस्राण पटक परिनिर्वाप्यभई अप्रमेय संख्याका सत्त्वा, श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि बुद्धभूमीमा राखि बुद्धकृत्य गराई अनुपधिशेष निर्वाणधातु बुद्धपरिनिर्वाणमा परिनिर्वासित लिएको यस्तै अनेक कार्य गरेका हुन् भन्ने भावमा पनि नरहोस् ।।
२३१ तत्पश्चात् आयुष्मान शारिपुत्रलाई यस्तो (मनमा) भयो, “यदि बुद्धले पृथग्जनभूमि पारगरी, श्रावकभूमि पारगरी, प्रत्येकबुद्धभूमि पारगरि; अप्रमेय संख्यामा सत्त्वप्राणीहरूलाई भलोकार्य गरी (बोधिसत्त्व बनाई); अप्रमेय संख्यामा सत्त्वलाई कोटीनियुतशतसहस्राण पटक परिनिर्वासित गराई; अप्रमेय संख्याका सत्त्वलाई श्रावक, प्रत्येकबुद्ध, सम्यक्संबुद्धहरूलाई वाटोमा लगि, बुद्धभूमीमा राखि, बुद्धकृत्य गराई, अनुपधिशेषभई निर्वाणधातुमा बुद्धपरिनिर्वाणभई परिनिर्वासित हुनेछन् भन्ने कुराहरूपनि भाव नरहोस (मनमा नलेओस्) भन्ने हो भने, कसरी फेरि के मा कसरी रहने (कस्तो भाव गर्नुपर्ने) हो, र त्यो कसरी थाहा पाउने हो ?”
तत्पश्चत् आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा आयुष्मान शारिपुत्रको मनमा उठेको परिवितर्कलाई मनैले बुझि आयुष्मान शारिपुत्रलाई यसो भने, “त, हे आयुष्मान शारिपुत्र तपाई के भन्नुहुन्छ, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कहाँ स्थित हुनुहुन्छ भन्ने विचार छ ?”
आयुष्मान शारिपुत्रले भने, “हे सुभूति, तथागत, अर्हंत, सम्यक्सम्बुद्ध कतै पनि स्थित हुनुहुन्न । त्यसको कारण के हो भने, तथागत, अर्हंत, सम्यक्सम्बुद्धको मन कतै रहेको हुदैन (वहाँहरू) अप्रतिष्ठितमानस हुनुहुन्छ) । वहाँहरू न त संस्कृतवस्तुमा स्थित हुनुहुन्छ, न त असंस्कृतवस्तुमा स्थित हुनुहुन्छ; न वहाँ ति वस्तुहरूभन्दा वाहिरै हुनुहुन्छ ।“
२३३ तत्पश्चत् आयुष्मान सुभूतिले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आयुष्मान शारिपुत्र, बोधिसत्त्व-महासत्त्व यसरीनै रहोस् र यहि कुरा बुझोस्; कि तथागत, अर्हंत, सम्यक्सम्बुद्ध न कतै स्थित छ, न कतै स्थित छैन, न वाहिर कतै छ, न वाहिर कतै छैन; (बोधिसत्त्व-महासत्त्वहरूले) यसरी नै आफू पनि रहन्छु भनि मनमा लिई शिक्षित भैरहोस् ।
जस्तो तथागतको स्थान (स्तर, मान्यता) छ त्यसरी म पनि रहन्छु भन्ने धारणा राख्नु पर्दछ; जुन स्थानमा जसरी (मान्यता पालनगरी) तथागत रहनुभएको छ त्यसरी त्यही म पनि रहनु पर्छ भन्ने वुझोस्; जुन स्थानमा (विहरण गरी) तथागत रहनुभएको छ, म पनि त्यसरी नै सुस्थितभई, अस्थानयोगले रहनुपर्दछ भन्नेकुरा बोधिसत्त्व-महासत्त्वले थाहा पाउनु पर्दछ (सिकोस) ।,
यसप्रकारले बोधिसत्त्व-महासत्त्व शिक्षितभई विहार गरिरहन्छ; अनि (यही कुरा) मनसिकार गरिबस्दछ, अनि प्रज्ञापारमीतावाट रहित नभई विहार गर्दछ ।“
२३५ तत्पश्चात् त्यहाँ(त्यस परिषदमा) बसेका केहि देवपुत्रहरूका मनमा यस्तो विचार आयो, “जेजति यक्षहरू छन्, यक्षभाषाहरू छन्, यक्षरूत(स्वर, इशारा, लय)हरू छन्, यक्षपद(श्लोक, शव्द समूह)हरू छन्, यक्षमन्त्र(मन र मुद्रा प्रयोग गरेका कुरा, संकल्प)हरू छन्, यक्षप्रव्याहृत(expression, बोलीवचन)हरू छन् ती सवै हामीले जानेका छौं, उनीहरूका जल्प(सरल किसिमले बुझ्न नसकिने बोलचल, छलफल)हरू समेत हामी बुझ्दछौं । (यक्षहरू अन्य प्राणीवर्गभन्दा विशिषरूपमा केहि बढि नै फरक भएको हुन् । यक्षहरू अरूभन्दा वढी गुह्यता राख्ने र तिनिहरूलाई बुझ्न ज्यादै कठीन भएकोले ‘त्यस्ता यक्षको समेत’ भनि उदाहृत गरिएको हो) । (तर) सुभूति स्थवीरवाट भाषित(भाषा) प्रव्याहृत(बोली) देशित(देशना) उपदेशहरू फेरि पनि बुझिदैन ।“
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूका मनमा उठेकोकुरा मनैले बुझी त्यसरी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “(मैले भनेको कुरा) नबुझिने नै हो, बुझ्न नसकिने नै हो, हे देवपुत्रहरू, (किनभने) यसले केहि पनि सूचित गरेको (बताएको) छैन, न त यसमा केहि सुन्ने कुरा नै छ ।“
२३८ तत्पश्चात् ती देवपुत्रहरू(का मन)मा फेरि यस्तो कुरा आयो, “उत्तनीकरि (सबैकुरा खुलाई) वहाँ आर्यसुभूतिले बताउनुहुने नै छ । सबैकुरा खुलाई (उत्तानीकरि) आर्यसुभूतिले त्यो बताउनुहुने नै छ । निकैटाढाको, अझ त्यस भन्दा पनि टाढा, निकै सूक्ष्मको अझै त्यो भन्दा पनि सूक्ष्म विषयमा आर्य सुभूति प्रवेश गर्नुभएको छ । निकै गम्भीर(गहन) विषयमा अझ बढी गहन विषयमा आर्यसुभूतिले प्रवेशगरी (हामीलाई) देशना गर्नुभएकोछ, भाषित गर्नुभएको छ ।“
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा फेरिपनि ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी, परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “त्यसप्रकाले, हे देवपुत्रहरू, जसले स्रोतापत्तिफल प्राप्तगर्ने कामना राख्दछ, स्रोतापत्तिफलमा स्थितहुने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभवछैन (न पेयालम्) ।,
त्यसैप्रकाले, हे देवपुत्रहरू, जसले सकृदागामीफल प्राप्तगर्ने कामना राख्दछ, सकृदागामीफलमा रहने कामना राख्दछ; अनागामिफल प्राप्तगर्ने कामना राख्दछ, अनागामिफलमा रहने कामना राख्दछ; अर्हत्त्व प्राप्तगर्ने कामना राख्दछ, अर्हत्त्वमा रहने कामना राख्दछ; प्रत्येकबोधिसत्त्वत्व प्राप्तगर्ने कामना राख्दछ, प्रत्येकबोधित्त्वत्वमा रहने कामना राख्दछ तिनिहरू सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन (न पेयालम्) ।,
जसले यस अनुत्तरको सम्यक्सम्बोधि प्राप्तगर्ने चाहना राख्दछ, सम्यक्सम्बोधिमा रहने चाहना राख्दछ, उसले सहनशील नभई (क्षान्तिमा नगई) …. संभव छैन ।“
२४१ तत्पश्चात फेरिपनि ती देवपुत्रहरूका मनमा त्यसैगरी कुरा उठे, “आर्य सुभूतिले
गराउनु भएको धर्मको श्रवणगर्न कस्तो रूप हुनुपर्ने रहेछ ? (अर्थात्, त्यस धर्मको कसरी श्रवण गर्नुपर्ने रहेछ ?)”
तत्पश्चात आयुष्मान सुभूतिले बुद्धानुभावद्वारा ती देवपुत्रहरूलाई यसैगरी उनीहरूका मनमा उठेकोकुरा त्यसैगरी मनैले बुझी परिवितर्क गरिबसेका ती देवपुत्रहरूलाई बोलाई भने, “मायावाट निर्माण गरेका ‘जादूको करतब’ हेर्दा जस्तो भावलिई हेरिन्छ, मैले दिएको धर्मलाई पनि त्यरीनै श्रवणगर्नु (लिनु) पर्दछ । किनभने, जसरी ति(मायानिर्मित) पात्रहरूले कहिलेपनि (आफूलाई बनाएका निर्माता लगायत खेल हेरिबसेका दर्शकलाई) सुन्न वा साक्षात्कार गर्न सक्ने हुदैनन् (त्यसरी नै ग्रहण गर्नु पर्दछ) ।“
२४३ तत्पश्चात ती देवपुत्रहरूले आर्य सुभूतिसंग भने, “के, हे आर्य सुभूति, चटकेले निर्माण गरेका पात्रहरूभन्दा वाहिरका सत्त्व(त्यस चटकका निर्माता र हामी दर्शक)हरू समेत माया(वाट निर्मित) होईनन् र ?
यस्तो भनिएपछि आयुष्मान सुभुतिले ती देवपुत्रहरूलाई यसो भने, “तीनीहरू (त्यस चटकका निर्माता र हामी दर्शकहरू) पनि मायावाटै निर्मित हुन्, हे देवपुत्रहरु हो । सत्त्वप्राणीहरू स्वप्नोपम (सपनामा देखिए जस्ता मात्र) हुन् ।
माया(चटकमा दृष्यमान भएका वस्तु तथा सत्त्वप्राणी) र (चटकभन्दा वाहिरका निर्मातादर्शक आदि) सत्त्प्राणीपनि अद्वय(एकै)हुन्; एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन्; यसै गरी स्वप्नपनि सत्त्वपनि अद्वय(एकै)हुन्, एउटै भएतापनि दुईटाजस्तो देखिएका मात्र हुन् (यी दुइबिच कुनै भेद छैन) । (चटकको भित्र होस् वा वाहिर) सकल धर्म(वस्तु)हरू, हे देवपुत्र, मायोपम हो स्वप्नोपम हो । स्रोतआपन्न(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो । स्रोतआपन्नफल पनि मायोपम हो स्वप्नोपम हो । यसैगरी सकृदागामीसत्त्वहरू सकृदागामिफल, अनागामीसत्त्वहरू, अनागामिफल, अर्हत्हरू अर्हत्त्वहरू पनि मायोपम हो स्वप्नोपम हुन् । प्रत्येकबुद्ध(भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हो । प्रत्येकबुद्धत्त्व पनि मायोपम हो स्वप्नोपम हो । सम्यक्संबुद्ध (भैसकेका सत्त्व)हरू पनि मायोपम हो स्वप्नोपम हुन् । सम्यक्संबुद्धत्त्व (को पद र स्वभाव) पनि मायोपम हो स्वप्नोपम हो ।“
तत्पश्चात देवपुत्रहरूले आयुष्मान सुभूति संग यसो भने, “सम्यक्संबुद्धलाई पनि, हे आर्य सुभूति, तपाईले मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ? सम्यक्संबुद्धत्व पनि मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ?”
सुभूतिले भने, “निर्वाण समेत पनि, हे देवपुत्ररू हो, मायोपम हो स्वप्नोपम हो भनि भन्दछु, अन्य धर्म(वस्तु)हरूका (वारेमा) के भनूँ ।“
ती देवपुत्रहरूले भने, “निर्वाणलाई समेत, हे आर्य सुभूति, मायोपम हो स्वप्नोपम हो भनि भन्नुभएको हो ?
आयुष्मान सुभूतिले भने, “यदि, हे देवपुत्रहरू, निर्वाणभन्दा पनि कुनै अर्को विशिष्टतर (अझै माथिल्लो स्तरको) धर्म छ भने त्यसलाईपनि म मायोपम हो स्वप्नोपम हो भनि भन्ने थिएं । हे देवपुत्रहरू, माया(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो । यसरी नै, स्वप्न(भने)पनि निर्वाण(भने)पनि अद्य(एउटै) हो, द्वैधी (एकभन्दा बढी) देखिएको जस्तो मात्र हो ।
२४७ तत्पश्चात आयुष्मान् शारिपुत्रले मैत्रायणीपुत्र आयुष्मान पूर्ण, आयुष्मान महाकोष्ठिल, आयुष्मान महाकात्यायन, आयुष्मान महाकाश्यप समेत अन्य महाश्रावकहरू र अनेक हजारौं बोधिसत्त्वहरू सहितभई आयुष्मान सुभूति स्थविरलाई इशारागरी ((‘हे स्थवीर’ भनि सम्बोधनगरी) भने, “यसरी, हे आयुष्मान सुभूति, प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा कसले मन पराउला (खुशीभई स्वीकार गर्ला) ?”
तत्पश्चात आयुष्मान आनन्दले ति स्थविरहरूलाई यसो भने, “यहाँ जम्मा भएका हे आयुष्मानहरू हो, जसलाई प्रज्ञापारमिताको यसप्रकाले निर्देश(शिक्षा) दिंदा मनपराउने हुन्छन्, ती अविनिवर्तनीय बोधिसत्त्व-महासत्त्वहरू हुन्, (प्रज्ञा)दृष्टिसंपन्न पुद्गलाहरू हुन्, र क्षीणास्रव भैसकेका अर्हन्तहरू हुन् भनि बुझनु पर्दछ । (अर्थात्, अविनिवर्तनीय भएका बोधिसत्त्व-महासत्त्वहरू, दृष्टिसंपन्न भएका पुद्गलाहरू, र क्षीणास्रव भैसकेका अर्हन्तहरूले यस्तो शिक्षा मन पराउने हुन्छ; खुशीभई स्वीकार गर्ने हुन्छन्) ।“
२४८ तत्पश्चात आयुष्मान सुभूति स्थविरले ति स्थविरहरूलाई यसो भने, “हे आयुष्मानहरू हो, यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) कसैले मन पर्दैन । किनकि, यसमा न कुनै धर्मको सूचना (नया कुरा प्रतिपादन) गरिएकोछ, न कुनै धर्मलाई प्रकाश (व्याख्या) गरिएको छ, न कुनै धर्मको प्रज्ञप्ति (प्रचार, विज्ञापन) नै गरिएको छ । जस्तो कि यहाँ न कुनै धर्मको सूचना गरिएकोछ, न कुनै धर्मलाई प्रकाश गरेको छ, न कुनै धर्मको प्रज्ञप्ति नै गरिएको छ, त्यसैले यसप्रकारको प्रज्ञापारमिताको निर्देश(शिक्षा) दिंदा कोहि कसैले पनि मनराउदैनन् (अर्थात्, मन लगाएर सुन्न सक्ने हुँदैन) ।
२५० तत्पश्चात् देवराज शक्रको मनमा यस्तो विचार उत्पन्न भयो, “यस धर्मपर्याय (धर्मको कुरा) को भाष्यमान गरेको आर्य सुभूतिलाई पूजागर्न फूल उत्पन्नगरी वहाँलाई किन नचढाउँ ?” तत्पश्चात् देवराज शक्रले त्यसबेला फूलहरू उत्पन्नगरी आयुष्मान सुभूतिलाई छरे (पुष्पवर्षा गरे) । (वेलीपुष्प कि वेलामा पुष्प ?)
तत्पश्चात् आयुष्मान सुभूति स्थवीरले देवेन्द्र शक्रलाई बोल्न लगाउन (व्याहरण गराउन) मनमा यस्तो विचार उत्पन्नगरे, “यस्तो फूलहरू मैले यस अघि त्रायत्रिंश देवताहरुले प्रयोग गरेको पनि देखेको थिइन; तसर्थ मलाई देवेन्द्रशक्रले छरेका यी फूलहरू (मायाद्वारा) उत्पन्न गराएको हुनुपर्दछ । यी फूलहरू कुनै रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन्; तसर्थ यी फूलहरू देवेन्द्र शक्रले मनवाट उत्पन्न गराइ पुष्पवर्षा गरेको हुन् ।“
तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिको मनमा उठेको विचार (परिवितर्कना)लाई मनैले बुझी आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यी फूलहरू अनिर्जाता हुन् (जन्मेका; लता विरूवामा फुलेका होइनन्) । किनकि, (यी फूलहरू त के कुरा) कुनैपनि फूल न मनवाटै उत्पन्न भएका हुन्, न त रूख, गुल्म, लहराहरूमा फुलेका (जन्मभै अस्तित्वमा आएका) होइनन् ।
तत्पश्चात् आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, जुन तपाईले भन्नुभयो, यी फूलहरू अनिर्जाता हुन्; न त मनवाट उत्पन्न भएका हुन्, न कुनै रूख, गुल्म, लहरामा नै फुलेका हुन् । त, हे कौशिक, ती फूलहरू त उत्पन्न भएकै होइनन् (अस्तित्त्वमा आएकै छैनन्) ।“
तत्पश्चात् देवेन्द्र शक्रको (मनमा यस्तो विचार) उत्पन्न भयो, “आर्य सुभूति गम्भीर प्रज्ञावान हुनुहुन्छ भनि म भन्दछु । वहाँले जे जस्तो पदप्रज्ञप्ति (के जस्तो कुराराख्ने) गर्नुहुन्छ, त्यसोगर्दा त्यसमा कुनै विरोधाभाष भएको हुँदैन, बरू त्यसको भावस्पष्टता (उत्तनी) गर्नुहुन्छ, र त्यसैलाई उपदेश पनि गर्नुहुन्छ ।“
तत्पश्चात् देवेन्द्र शक्रले आयुष्मान सुभूतिसंग यसो भने, “हे आर्य सुभूति, यो यसै हो, यो यसै हो । यसरी नै यहाँ बोधिसत्त्व-महासत्त्वहरूले आर्य सुभूतिले जसरी उपदेश दिनुभएको छ त्यसरी नै शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ ।“
यसरी भनिएपछि आयुष्मान सुभूतिले देवेन्द्र शक्रलाई यसो भने, “हे कौशिक, यो यसै हो, यो यसै हो । यहाँ यसरी नै बोधिसत्त्व-महासत्त्वहरू शिक्षितहुनु (जानीबुझी लिनु)पर्दछ । यसरी शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू न स्रोतआपत्तिफमा शिक्षित हुन्छन्, न सकृदागामिफलमा, न अनागामिफमा, न अर्हत्त्वमा, न प्रत्येकबुद्धत्वमा, न बुद्धत्व मैं शिक्षित भएका हुन्छन् । उ भूमि (दशभूमी, आधार) को विषयमा पनि शिक्षित भएका हुँदैन, बुद्धत्त्व वा सर्वत्त्वमा पनि शिक्षित भएका हुदैन । (तर) जो बुद्धत्त्व वा सर्वत्त्वमा शिक्षित भएका पनि हुन्छन्, ती अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन् । जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्, तिनिहरू रूपको बृद्धिको लागि शिक्षित भएका होइनन्, न त (त्यस, रूपको) परिहाण (नाशगर्न)को लागि नै शिक्षित भएका हुन् ।
यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) । (यसरी नै) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन् । फेरि जो न रूपको बृद्धिको लागि शिक्षित भएका हुन्, न त्यसको परिहाणको लागि नै (शिक्षित भएका हुन्) । यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न वेदनाको, न संज्ञाको, न संस्कारको (बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि नै शिक्षित भएका हुन्) । (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न विज्ञानको बृद्धिको लागि शिक्षित भएका हुन्, न त परिहाणको लागि; न त रूपको परिग्रहको लागि, न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएको हुन् । यसरी नै (जो यस्तो अप्रमेय असंख्येय बुद्धधर्ममा शिक्षित भएका हुन्छन्) तिनिहरू न त वेदना, न संज्ञा, ब संस्कारको (परिग्रहको लागि न त त्यसको उत्सर्गको लागि नै शिक्षित भएका हुन्छन्) ।
उ न विज्ञानको परिग्रहमा शिक्षित भएका हुन्छन् न उत्सर्गमा; (अझै भनूँभने) कुनैपनि धर्म(वस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्) न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्) ।
उ कुनैपनि धर्म(बस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा (शिक्षित भएका हुन्छन्), न त अन्तर्ध्यानमा नै (शिक्षित भएका हुन्छन्); उ सर्वज्ञताको परिग्रहमा समेत शिक्षित भएका हुदैन, न उत्पादमा, न अन्तर्ध्यानमा शिक्षित भएका हुन्छन् ।
यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतायामा शिक्षित भएका हुन्छन्, सर्वज्ञताया निर्यासित हुन्छन् ।“
२५७ तत्पश्चात आयुष्मान शारिपुत्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभूति, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहमा शिक्षित भएका हुदैनन्, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन्, त्यो सर्वज्ञताको परिग्रहमा पनि शिक्षित भएका हुदैन, न उत्पादमा न अन्तर्धानमा शिक्षित भएका हुन्छन् ।
हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् (भनि भन्नु भएको हो र ?) ।“
२५८ आयुष्मान सुभूतिले भने, “त्यसै हो, हे आयुष्मान शारिपुत्र, त्यसै हो ।
हे आयुष्मान शारिपुत्र, जो बोधिसत्त्व-महासत्त्व कुनैपनि धर्म(विषयवस्तु)को परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्, त्यसले सर्वज्ञताको समेत न परिग्रहगर्न, न उत्पादगर्न न त अन्तर्ध्यानगर्न नै सिकेका हुन्छन् ।
सकल बुद्धधर्म (बौद्ध विषय वस्तुहरू) समेत परिग्रहगर्न (लिन) शिक्षित भएका (सिकेका) हुदैनन्, न उत्पाद गर्न (उत्पन्न गर्न, बनाउन), न अन्तर्ध्यान गर्न (विषय वस्तुको नाशगर्न, अस्तित्वविहिन गर्न) नै सिकेका हुन्छन्,
हे आयुष्मान सुभूति, यसप्रकार शिक्षित भएका बोधिसत्त्व-महासत्त्वहरू सर्वज्ञतामा शिक्षितभई सर्वज्ञतामा निर्यासित हुन्छन् ।“
२६२ तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान शारिपुत्रसंग यसो भने, “हे आर्य शारिपुत्र, बोधिसत्त्व-महासत्त्वले प्रज्ञापारमिताको वारेमा कहाँ कसरी खोज्ने (गवेषणागर्ने) हो ?”
शारिपुत्रले भने, “हे कौशिक, बोधिसत्व-महासत्त्वले आयुष्मान सुभुतिले (भन्नुभएको जस्तो) परिवर्तगतरूपमा (प्रत्येक परिवर्तको क्रमिक) गवेषणा (खोज, गहन अध्ययन) गर्नुपर्दछ ।“
यति भनिएपछि देवताका राजा इन्द्रले आयुष्मान शारिपुत्रलाई यसो भने, “हे आर्य शारिपुत्र, यो कस्को अनुभावले यो जानिने हो ? कसको अधिष्ठानवाट आर्य सुभूतिले प्रज्ञापारमिता भाषण गर्नुभएको हो ?”
आयुष्मान शारिपुत्रले भन्नुभयो, “हे कौशिक, यो तथागतको अनुभावले नै भाषणा गर्नुभएको हो, भनि जानिलिनुहोस् । तथागतको अधिष्ठानवाटै आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको हो ।”
तत्पश्चात आयुष्मान सुभूतिले शक्र देवराज इन्द्रलाई यसो भने, “जुन तपाई कौशिकले भन्नुभयो, ‘कस्को अनुभावले कसको अधिष्ठानवाट आर्य सुभूतिले यस प्रज्ञापारमिता भाषण गर्नुभएको होला ? त्यो, हे कौशिक, तथागतकै अनुभावले हो भनि बुझनुहोस् । तथागतकै अधिष्ठानवाट यस प्रज्ञापारमिता भाषण गरिएको हो भनि बुझनुहोस् ।,
फेरि, हे कौशिक, तपाइले जे भन्नुभयो, कि बोधिसत्त्व-महासत्त्वले कहाँ गएर प्रज्ञापामिता(को कुरा) खोज्नुपर्ने हो ? (त्यसको जवाफ हो), हे कौशिक, प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले न रूपमा खोजोस्, न रुपभन्दा वाहिर अन्यत्र कतै खोजोस् । यसरी नै (प्रज्ञापारमितालाई बोधिसत्त्व-महासत्त्वले) न वेदनामा, न संज्ञामा, न संस्कारमा, न विज्ञानमा खोजोस्; न वेदना वा संज्ञा वा संस्कार वा विज्ञानभन्दा वाहिर अन्यत्र कतै खोजोस् ।,
यसको हेतु के हो भने, जस्तो कि न रूप नै प्रज्ञापारमिता हो, न रूपभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो । यसैगरी न वेदना, न संज्ञा, न संस्कार नै प्रज्ञापारमिता हो; (न वेदना वा संज्ञा वा संस्कार भन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो । न विज्ञान नै प्रज्ञापारमिता हो न विज्ञानभन्दा वाहिर अन्यत्रको केहि (विषय वस्तु) नै प्रज्ञापारमिता हो ।“
२६५ यस्तो भनिएपछि देवताकाइन्द्र शक्रले आयुष्मान सुभूतिलाई यसो भने, “हे सुभुति, जुन तपाईले प्रज्ञापारमिता(को कुरा) बताउनुभयो, त्यो त महापारमितै रहेछ । यो त अप्रमाणपारमिता (अर्थात् यो जस्तो अर्को नभएको, अप्रमाणको यो पारपाउन नसकिने विषय) रहेछ, जुन हे आर्य सुभूति, तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ । यो अपरिमाणपारमिता (अर्थात् यसको विस्तार यतिउति छ भनि थापापाउन नसकिने, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ । यो अनन्तपारमिता (अर्थात् यो सीमाहिन, अन्त्य नभएको, अपरिमाणको) रहेछ, जुन हे आर्य सुभूति, जसलाई तपाईले प्रज्ञापारमिकता भनि भन्नुभएको छ ।“
स्थवीर सुभूतिले भन्नुभयो, “यो यसै हो, हे कौशिक, यो यसै हो । महापारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अप्रमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अपरिमाणपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो । अनन्तपारमितालाई नै, हे कौशिक, प्रज्ञापारमिता भनिएको हो ।,
किनकि, रूप महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएकोहो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (महत् भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो) । विज्ञान महान (महत्) भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई महापारमिता भनिएको हो । रुप अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपप्रमाणपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अप्रमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमाणपारमिता भनिएको हो) । विज्ञान अप्रमाणको भएकोपले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अप्रमानपारमिता भनिएको हो । रुप अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अपरिमाणको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो) । विज्ञान अपरिमाणको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अपरिमाणपारमिता भनिएको हो । रुप अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो । यसैगरी वेदना, संज्ञा, तथा संस्कारहरू (अनन्तको भएकोले, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो) । विज्ञान अनन्तको भएकोले नै, हे कौशिक, प्रज्ञापारमिता लाई अनन्तपारमिता भनिएको हो ।
यसरी यो महापारमिता यस्तोउस्तो रहेछ भनि अभिनिविशीत भई (रमाई, लठ्ठपरी) नबसोस् । यसरी यो महापारमिता अप्रमाणको रहेछ, परिमाणको रहेछ, अनन्तपारमिताको रहेछ, भनि अभिनिविशीत (रमाई, लट्ठ) भई नबसोस् ।
त्यसैले, हे कौशिक, प्रज्ञापारमितालाई महापारमिता हो, अप्रमाणपारमिता हो, अपरिमाणपारमिता हो, अनन्तपारमिता हो भनि भनिएको हो ।
२६८ आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनियो ।
सत्त्वप्राणीहरू अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनियो । त कसरी हे कौशिक, आरम्बण अनन्त भएकोले, हे कौशिक, प्रज्ञापामिता अनन्तपारमिता भनिएको हो ?
सकल धर्म(वस्तु)हरू नै, हे कौशिक, जसको न अन्त्य छ, न मध्य छ, न पर्यवसानम (समाप्ति) छ; तव हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो । यसलाई अर्को तरीकाले भन्दा, हे कौशिक, आरम्बण (आलम्बन) अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो । फेरि, हे कौशिक, सकल धर्म(वस्तु)हरू अनन्त (अन्त्यहीन), अपर्यन्त (असीम, अवद्ध) भएको, अन्त्य वा मध्य वा पर्यावसान नभएको हुँदा, हे कौशिक, प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।
किनकि, रूप(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । यसरी नै वेदना, संज्ञा, संस्कारका पनि न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । विज्ञान(धातु)को, हे कौशिक, न अन्त्य न मध्य न पर्यवसान नै पाउन सकिन्छ । यस उदाहरणले पनि, हे कौशिक, आलम्बन अनन्त भएकोले प्रज्ञापारमिता अनन्तपारमिता भनिएको हो ।“
२६९ फेरि अर्कोकुरा, हे कौशिक, सत्त्वप्राणीहरू अनन्त अपर्यन्त(असीम) छन् । किनकि, सत्त्वप्रणीहरूको अन्त्य वा मध्य वा पर्यवसानमा प्राप्त हुँदैन । त्यसैले, हे कौशिक, सत्त्वत्व अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो ।“
तत्पश्चात् शक्र देवेन्द्रले आयुष्मान सुभूतिलाई यसो भने, “कसरी, हे आयुष्मान सुभूति, सत्त्वप्राणीहरू अनन्त भएकोले नै प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको हो र ?”
स्थवीर सुभूतिले भन्नुभयो, “हे कौशिक, (सत्त्वप्राणी कतिछन् भनि) गणना गरेर वा धेरैसंख्यामा भएर वा अनन्तसंख्यामा भएर प्रज्ञापारमितालाई अनन्तपारमिता भनिएको होइन ।
२७१ शक्रले भने, “त्यसोभए कसरी, हे आर्य सुभूति, सत्त्वप्राणिहरू अनन्त भएकोले प्रज्ञापारमितालाई कसरी अनन्तपारमिता भनिएको हो ?
सुभूति स्थवीरले भन्नुभयो, “त, हे कौशिक, तपाई के भन्नुहुन्छ, सत्त्व सत्त्व भनि भनिन्छ, त्य वस्तु कस्तो छ त ?
शक्रले भने, “यसो होइन, हे आर्य सुभूति, जुन सत्त्व(प्राणी) छ, त्यो सत्त्व(प्राणी) धर्मको अधिवचन (वस्तुको पर्याय) पनि होइन र अधर्मको अधिवचन (अवस्तुको पर्याय) पनि होइन । यो (सत्त्वप्राणी भनिइको वस्तु) आगन्तुक हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो (सत्त्वप्राणी भनिइको वस्तु) अवस्तु (अस्तित्त्वमा नै नभएको वस्तु) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो (सत्त्वप्राणी भनिएको वस्तु) अनात्म (सत्त्वता नभएको, आत्मता नभएको) हो, नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो । यो सत्त्व(प्राणि) सत्त्व(प्राणि) भनि भनिएको वस्तु अनारम्बण (अनालम्बनीय, कुनै वस्तुको पनि आधारलिन नसकिने) नामधेय (दिइएको नाम मात्र) भएकोले प्रक्षिप्त (प्रक्षेपित गरिएको) हो ।“
स्थविरः सुभूतिराह-तत्किं मन्यसे कौशिक काचिदत्र सत्त्वपरिदीपना कृता ?
स्थवीर सुभूति ले भने, “त तिम्रो के विचार छ हे कौशिक, यहँ कुनै सत्त्व(प्राणी) परिदीपन (दृष्यमान) भइको छ ?”
शक्रले भने, “भएको छैन, हे आर्य सुभूति ।”
सुभूतिले भने, ”यहाँ, हे कौशिक, जव कुनै सत्त्व(प्राणी) दृष्टमान (देखिएको, प्रकट) भएकै छैन, तव सत्त्वप्राणिहरू अनन्त (संख्या, परिमाणमा) कसरी हुन्छन् ?
त्यसरी नै, हे कौशिक, तथागत अर्हंत सम्यक्सम्बुद्धले (समेत) अनन्तविज्ञप्ति घोषगरी निर्घोषस्वरले गंगानदीको वालुवासमानको संख्याप्रमाणको कल्पहरू समाप्तभएसम्म पनि रहि ‘सत्त्व, सत्त्व’ भनि भन्दैरहे पनि त्यहाँ कुनैपनि सत्त्व उत्पन्नहुने वा उत्पत्स्य (उत्पन्न भएको) वा उत्पद्य (उत्पन्न हुनेवाला) वा, (उत्पन्न भएको सत्त्व)को निरुद्ध(रोकावट हुने) वा निरोत्स्य (निरोध भएको) वा निरुध्य (निरोध हुनेवाला) हुने हो र ?“
शक्रले भने, “यस्तो हुँदैन (तथागतले भने पनि यो हुनेवाला होईन), हे आर्य सुभूति । किनकि, सत्त्व(प्राणी)हरू आदि(काल देखि) शुद्ध छन्, आदि(काल देखि) परिशुद्ध छन् ।“
सुभूतिले भन्नुभयो, “त्यसैले, हे कौशिक, अर्कोकिसिमले भन्नुपर्दा (यहि धर्मको कुरालाई उदाहरण दिंदा) सत्त्वहरू अनन्त (आदि अन्त्य नभएको, सदा रहने) भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता पनि भनिएको हो ।,
फेरि पनि भन्छु, हे कौशिक, सत्त्वहरू अनन्त भएकोले प्रज्ञापारमितालाई अनन्तपारमिता छ भनि भनिएको हो ।“
२७४ तत्पश्चात्, इन्द्र सहित (सकल) देवताहरू, ब्रह्माहरू, प्रजापतिहरू, ऋषिहरू, नरनारीगणहरू सवैले तिन पटक उदान (हृदयको उद्गार) भरे, “अहो धर्म !, अहो धर्म !, अहो धर्मको धर्मता ! यस्तो तथागत प्रकट भएको कुरा आर्य सुभूतिस्थविरले सुभाषित (राम्ररी भाषण) गरी सूचना गर्नुभएको छ, देशना गर्नुभएको छ, प्रकाशित गर्नुभएको छ, प्रभावित गर्नु (प्रभाव देखाउनु) भएको छ । वहाँ तथागत भगवानलाई र बोधिसत्त्व-महासत्त्वहरूलाई हामी अगाडीसरी धारणा गर्छौं, अनेन (अहिले देखिनै) प्रज्ञापारमितवाट टाढा नभई (नगीचमा रही) बस्छौं ।“
यसरी अनेन (कहिले नटूटाई) बोधिसत्त्व-महासत्त्वहरू प्रज्ञापारमिताविहारगरी विहार गरी रहन्छन् ।
२७६ त्यसपछी त्यहाँ भगवानले इन्द्र, ब्रह्मा, प्रजापति, ऋषि, नरनारिगणहरू सहित सवैलाई बोलाई(सम्बोधन गरी) भन्नुभयो, “यो यसै हो, हे देवपुत्रहरू हो, यो यसै हो । हे देवपुत्रहरू हो, जुनबेला म दीपवती भन्ने राजधानीको बजार (अन्तरायणम्)को मध्यभागमा दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्ध प्रज्ञापारमितालाई नगिचमा रही नछोडी (अविरहित रही) बस्नुभएको थियो, त्यसबेला त्यहाँ मलाई दीपंकर तथागत अर्हंत सम्यक्सम्बुद्धले, ‘हे मनुष्य तिमि अनागतमा (भविष्यमा) असंख्येय कल्पहरू बितेपछि विद्याचरण सम्पन्न, सुगत, लोकविद, पुरुषदम्यसारथि शास्ता देवता तथा मनुष्यका बुद्ध भगवान भई शाक्यमुनी नाम राखि तथागत अर्हंत सम्यक्सम्बुद्धभई अनुत्तरको सम्यसम्बोधि प्राप्त गर्नेछौ’ भन्ने व्याकरण (भविष्यवाणी) गर्नुभएको थियो ।“
तत्पश्चात ति देवपुत्रहरूले भगवान संग यसो भने, “अहो, आश्चर्यको छ यो भगवान, परम आश्चर्यको छ, हे सुगत । यो (माथी उल्लेख गरि बमोजिम) बोधिसत्त्व-महासत्त्वले सर्वज्ञता(प्राप्तगर्ने) आहार (कारण, कृया) (सर्वसत्त्वलाई) अनुपरिग्रह (दु:ख हटाउने, भलोगर्ने चर्या) नै रहेछ ।”
आर्याष्टसाहस्रिकायां प्रज्ञापारमितायां शक्रपरिवर्तो नाम द्वितीयः॥
मञ्जुश्रीपरिवर्तापरपर्याया
।। सप्तशतिका प्रज्ञापारमिता ।।
ॐ नमो भगवत्यै आर्यप्रज्ञापारमितायै।
००१ यस्तो मैले सुनेँ । एकसमयमा भगवान श्रावस्तिमा विहार गर्नुभएको थियो । जेतवनको अनाथपिण्डकको आराम (अर्थात् बिहार)मा धेरै संख्यामा भिक्षुसंघ, साथै परिपूर्णता प्राप्त गरिसकेका एक हजार अर्हद् भिक्षुहरू, एक लाख संख्यामा बोधिसत्त्व-महासत्त्वहरु जोसबै नै महासंनाहसंनद्ध थिए, अविनिवर्तनीय भैसकेका थिए, र अनुत्तरको सम्यक्संबोधि लाभ गरिसकेका थिए, बाट घेरिएर रहनु भएको थियो । ति शतसहस्र परिपूर्ण बोधिसत्त्वहरूका साथमा मञ्जुश्रीकुमारभूत, मैत्रेयी, असङ्गप्रतिभान, अनिक्षिप्तधुर, जस्ता दशजना प्रमुख बोधिसत्त्व- महासत्त्वहरु पनि समावेश हुनुभएका थिए ।
००२ त्यस अवसरमा मञ्जुश्रीकुमारभूत अरुणोद्गतकालको समयमा आफ्नो विहार बाट निस्की गई तथागतको विहारमा पुग्नुभयो । त्यहाँ पुगेर तथागतको दर्शनगर्न बन्दनागर्न पर्युपासना गर्न बिहारको बाहिर ढोकामा स्थित़ हुनुभयो । (त्यसैगरी) आयुष्मान शारद्वतीपुत्र पनि आफ्नो विहार बाट निस्की गई त्यहाँ पुगी बिहारको बाहिर ढोकामा तथागतको दर्शनगर्न बन्दनागर्न पर्युपासना गर्न स्थित़ हुनुभयो । (त्यसैगरी) त्यहाँ आयुष्मान मैत्रायणीपुत्र पूर्ण, आयुष्मान महामौद्गल्यायन, आयुष्मान महाकाश्यप, आयुष्मान महाकात्यायन, आयुष्मान महाकौष्ठिल, साथै अरू पनि महाश्रावकहरूआआफ्नो विहारहरूबाट निस्की त्यसैगरी भगवान बिहार गर्नुभएको ठाउँमा पुगि एकान्तमा स्थित हुनुभए ।
००३ त्यहाँ भगवानले महाश्रावकहरु आएको थाहा पाएर आफ्नो बिहारबाट निस्की बाहिरको द्वारमा गई आसनमा बस्नु भयो । उहाँ भगवानले आफूलाई थाहा हुँदाहुँदै पनि आयुष्मान शारद्वतीपुत्रलाई बोलाई भन्नुभयो – कताबाट, हे शारद्वतीपुत्र (कल्यमे)यसरी आएर तथागतविहारको द्वारमा स्थित भएका छौ?
००४ यसो भनिएपछि आयुष्मान् शारद्वतीपुत्रले भगवान संग यसो भन्नुभयो – सर्वप्रथम त, हे भगवान ! मञ्जुश्रीकुमार तथागतविहारको द्वारमा स्थित हुनुभएको हो । तत्पश्चात मात्र हामीहरु भगवानको दर्शनगर्ने कामनाबाट पुगेका हौं ।
००५ तब त्यहाँ भगवानले (आफूलाई थाहा हुँदाहुँदै पनि) मञ्जुश्रीकुमारभूतलाई बोलाई यसो भन्नुभयो – तिमी मञ्जुश्री सर्वप्रथम तथागतविहारको द्वारमा स्थित भई तथागतको दर्शन गर्न वन्दना गर्न र पर्युपासना गर्न आएको होईन ?
००६ यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले भगवानलाई यसो भन्नुभयो – हो, यसै हो, हे भगवान, यसै हो । यसरी नै, हे सुगत ! म आफ्नो बिहारबार निस्की तथागतको बिहारमा आई एकान्तना बसी भगवानको दर्शनगर्न बन्दना गर्न पर्युपासना गर्न पहिले आएको हुँ । किनभने, हे भगवान ! तथागतको दर्शनगर्दा वन्दनगर्दा पर्युपासना गर्दा कहिले पनि तृप्ति हुँदैन । अनि फेरि पनि, हे भगवान ! (जुन मैले गरेको) तथागतको दर्शन बन्दना (र) पर्युपासना छ, त्यो सर्वसकल सत्त्वप्राणिको भलोकल्याणको लागि गरेको हुँ । यो पनि हो की, हे भगवान ! तथागतलाई कसरी देखने, कसरी वन्दना गर्ने, कसरी पर्युपासना गर्ने भन्ने बिषयमा, जसरी मैले देख्दछु बन्दना गर्दछु एवं पर्युपासना गर्दछु, त्यसरी नै देखनु वन्दनागर्नु पर्युपासना गर्नु पर्दछ । तब मात्र तथागतलाई वास्तवमा देखिएको हुने हुन्छ बन्दित गरिएकोहुने हुन्छ र पर्युपासित पनि गरेको हुने हुन्छ । (यसैले) सकल सत्त्वप्राणिका भलाईको लागि म यहाँ तथागतलाई देख्न आएको हुँ ।
००७ तब भगवानले भन्नुभयो – कसरी हे, मञ्जुश्री, तथागतलाई देख्नु पर्दछ, कसरी बन्दना गरिनु पर्दछ, यावत् पर्युपासित गरिनु पर्दछ ?
००८ मञ्जुश्रीले भन्नुभयो – मैले तथागतलाई तथताकारबाट देख्दछु, अविकल्पाकारबाट देख्दछु, अनुपलम्भयोगबाट देख्दछु, एवम् अनुत्पादाकारबाट तथागतलाई देख्दछु, यावद् अभावाकारबाट तथागतलाई देझ्दछु । तथता समुदागच्छ गर्दैन, (अर्थात् यो न कतैबाट आउने गर्दछ, न कतै निर्वाणमा समेत जाने गर्दछ), यसरी म तथागतलाई देख्दछु । तथता न भव हो, न विभव हो (अर्थात् न उत्पन्न भएको हो, न लय भएको वा हुनेवाला हो), यसरी म तथागतलाई देख्दछु । यो तथता न कुनै देशस्थ छ न प्रदेशस्थ छ, भनेर म देख्दछु । यो तथता भनेको न आएर गैसकेको (अतीता) हो, न भविष्यमा हुनेवाला (अनागता) हो, न त बर्तमानमा भैराखेको (प्रत्युत्पन्ना) हो, भनेर म देख्दछु । यो तथता भनेको न त द्वयबाट प्रभावित छ, न अद्वयबाट प्रभावित छ, यसरी म तथागतलाई देख्दछु । यो तथता न त क्लेशमलबाट संक्लेशित भएको हुन्छ, न त (ती क्लेशमल हटाएर शुद्धि)व्यवदायते भएको भएको हुन्छ, यसरी म तथागतलाई देख्दछु । यो तथता न त उत्पादित भएको हो न निरूद्ध नै, यसरी म तथागतलाई देख्दछु । यसप्रकारले तथागतलाई देख्नु पर्दछ, बन्दना गर्नु पर्दछ पर्युपासित पनि गर्नु पर्दछ ।
००९ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारलाई यसो भन्नुभयो, – जब यसरी हेर्दछौ, तब हे मञ्जुश्री ! तिमी के देख्दछौ ?
०१० मञ्जुश्रीले भन्नुभयो – यसरी हेर्दा\देख्दा, हे भगवान ! मैले केहि पनि देख्दिन । मैले न कुनै धर्म उत्पाद भएको देख्दछु, न कुनै (धर्मको) निरोध नै भएको देख्दछु ।
०११ तब आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – दुष्कर कार्य गर्नुहुन्छ, हे मञ्जुश्री ! यसरी तपाईले तथागतलाई देख्नुहुन्छ, तथा पर्युपासना पनि गर्नुहुन्छ । यसरी नै सर्वसकल सत्त्वाप्राणिसंग महामैत्रीको कार्यपनि गर्नुहुन्छ (प्रत्युपस्थिता) । (तापनि) तपाईले न त कुनै कोही सत्त्वोपलब्धि गर्नुहुन्छ, न सत्त्वाभिनिवेश नै गर्नुहुन्छ । (यसरी तपाई) सर्वसकल सत्त्वलाई परिनिर्वाणमा पठाउन लागिपर्नु भएका हुनुहुन्छ, (तापनि) न कुनै कोही सत्वमा अभिनिवेश गर्नुहुन्छ । सर्वसकल सत्त्वलाई (कल्याण) गर्न संनाहः (अर्थात् आवश्यक कवच र हतियारले लैस भई) संनद्धः (अर्थात् सदा तम्तैयार) रहनु हुन्छ । साथै (त्यो पनि) अनुपलम्भयोग र अभावयोग द्वारा ।
०१२ यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! तपाईले ठीक भन्नुभयो । सर्वसकल सत्त्वलाई परिनिर्वाणमा पठाउन म शस्त्रास्त्र र कवच लगाई तम्तयार (अर्थात् संनाह र संनद्ध) भएको हुँ । यो मैले न त सत्त्वोपलब्धि (अर्थात् सत्त्वप्राणिको संख्या बढाउने)को लागि गरेको हुँ, न त सत्त्वाभिनिवेश (अर्थात् सत्त्वको संख्या घटाउन)को लागि नै हो । न त, हे भदन्त शारद्वतीपुत्र ! न त म यसकारण संनाह नै भएको हुँ कि, कसरी मैले सत्त्वधातोलाई खाली गरिदिऊँ वा भरिपूर्ण गरिदिऊँ । परिकल्पना नै गरि हेरौं न, हे भदन्त शारद्वतीपुत्र ! कुनै एकैमात्र बुद्धक्षेत्रमा पनि गङ्गानदीको वालुकाको (कणको संख्याप्रमाणमा) बुद्ध भगवानहरू भैसकेका छन् । (ती मध्ये) कुनै एकजना तथागतले पनि गङ्गानदीको वालुवाका कणको उपमा प्रमाणमा कल्पहरु सम्म स्थित भई रातदिन लागिपरी धर्मं देशना दिने गर्नुभएको हुन्छ । (त्यसो गर्दाको) कुनै एउटैमात्र धर्मदेशनामा पनि यावन्त गङ्गानदीका वालुकाको संख्याप्रमाणमा बुद्ध भगवानले सत्त्वप्राणिलाई बाटोमा ल्याईसक्नु भएको हुन्छ । ती (त्यति धेरै संख्याका) सर्बसकल सत्त्वप्राणिहरुलाई एकैजना तथागतले नै एकैमात्र धर्मदेशनम विनयी (अर्थात् बुद्धयानमा स्थित) बनाउनु भएको हुन्छ । त्यसो गरे तापनि सत्त्वधातुलाई शून्य गराएको वा पूर्ण गराएको भने हुँदैनन् । किनभने, सत्त्व विविक्त (अर्थात् छुट्टाछुट्टै) हुनाले, सत्त्व असत् भएको हुनाले, हे भदन्त शारद्वतीपुत्र ! सत्त्वधातु न त शून्य नै भैजान्छ, न त भरिपूर्ण नै हुन्छ ।
०१३ यसो भनिए पछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – यदि, हे मञ्जुश्री ! तपाईले सत्त्व भनेका विविक्त हुन्, सत्त्व भनेका असत् हुन भनेर भन्नुहुन्छ; एवं सत्त्वधातु न त घटछ न त पूर्ण नै हुन्छ भनेर पनि भन्नुहुन्छ भने; तब तपाईँले कसलाई कसरी बोधि अभिसंबोधि धर्मदेशना गर्नुहुन्छ?
०१४ यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – जस्तो, हे भदन्त शारद्वतीपुत्र ! तपाईले सत्त्वहरु अत्यन्ततया अनुपलब्धि हुन (भन्नुहुन्छ) भने, तब को-कसलाई अभिसंबोधि गराउनुहुन्छ, के-कस्तो धर्मं देशना गर्नुहुन्छ, यसको के हेतु हो, भनेर सोध्नुभयो ।
यो यसै हो, हे हे भदन्त शारद्वतीपुत्र ! सर्वसकल धर्महरु नै अत्यन्त अनुपलब्धि हो ।
०१५ तब भगवानले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो – जस्तो की, हे मञ्जुश्री ! सर्वधर्म अत्यन्त अनुपलब्धि हुन् भने, तिमी कुन सत्त्वलाई कसरी बताउने (अर्थात् प्रज्ञापन गर्ने) गर्दछौ ? साथै, हे मञ्जुश्री ! यदि कसैले ‘यहाँ कति जना सत्त्वहरु छन्’ भनि सोधे, उसलाई के जवाफ दिन्छौ ?
०१६ मञ्जुश्रीले भन्नुभयो, – जसले मलाई त्यसरी सोधछ भने, उसलाई मैले भन्नेछु, ‘त्यति नै (संख्यामा सत्त्वहरु छन्) जति बुद्धर्महरू छन् । त्यसपछि, हे भगवान ! उसले यसरी सोधे भने कि, ‘कति प्रमाणमा सत्त्वधातु छन् त’, उसलाई, हे भगवान ! मैले भन्नेछु, ‘जति प्रमाणमा बुद्धविषय बिस्तारित रहेको छ’ ।
०१७ भगवानले भन्नुभयो – साथै यसपछि पनि, हे मञ्जुश्री ! यदि कसैले सोधे कि ‘कति बिस्तारसम्म सत्त्वधातु फैलिएको छ’, तिमी उसलाई के जवाफ दिन्छौ ?
०१८ मञ्जुश्रीले भन्नुभयो – हे भगवान, उसलाई त्यसरी सोधेमा मैले यसो भन्नेछु, ‘जति अनुत्पाद अचिन्त्य छ, त्यति नै यो (अर्थात् सत्त्वधातु) फैलिएको (अर्थात् पर्यापन्न भएको) छ’ ।
०१९ भन्नुभयो – त्यसपछि पनि, हे मञ्जुश्री ! यदी कसैले सोधे भने कि ‘सत्त्वधातु (अर्थात् पञ्चतत्वले बनेक भूतभौतिकी सबै) कहाँ केमा प्रतिष्ठित छ’, तिमीले उसलाई के जवाफ दिन्छौ ?
०२० मञ्जुश्रीले भन्नुभयो – उसलाई हे भगवान ! मैले भन्नेछु, ‘अनुत्पादधातु जहाँ जेमा प्रतिष्ठित छ, सत्त्वधातु पनि त्यसैमा प्रतिष्ठित छ’ ।
०२१ भगवानले भन्नुभयो – जुन समयमा तिमी, हे मञ्जुश्री ! प्रज्ञापारमिताको भाविता गर्दछौ, तव केमा कहाँ प्रतिष्ठित भएर भाविता गर्दछौ ?
०२२ मञ्जुश्रीले भन्नुभयो – जुन समयमा म, हे भगवान ! प्रज्ञापारमिताको भाव गर्दछु, अप्रतिष्ठित रहेर (अर्थात् कुनै केहि आधार आलम्बन नलिफ) मैले त्यस समयमा प्रज्ञापारमिताको भाविता गरेको हुन्छु ।
०२३ भगवानले भन्नुभयो – के तिमी अप्रतिष्ठित (नै) रहेर, हे मञ्जुश्री ! प्रज्ञापारमिताको भावना गर्दछौ?
०२४ मञ्जुश्रीले भन्नुभयो, – हो, त्यसरी नै हो । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा कोही कतै केहि कुनै प्रतिष्ठानमा रहेको हुँदैन ।
०२५ भगवानले भन्नुभयो, जुन समयमा तिमी, हे मञ्जुश्री प्रज्ञापारमिताको भावमा हुन्छौ, त्यस समयमा के-कस्ता कुशलमूल त्यसबेला संग्रह वा खर्च (अर्थात् पुण्यको संभार वा हानी) भईजाने हुन्छ ?
०२६ मञ्जुश्रीले भन्नुभयो – हे भगवान ! त्यस समयमा न केहि कुशलमूलको बृद्धि हुन्छ, न त ब्यय नै भएको हुन्छ । प्रज्ञापारमिताको भाव गर्दा त्यसबाट न त कुनै धर्मको उपचय वा अपचय नै भएको हुन्छ । (यसैले), हे भगवान ! त्यस्तोमा तब सम्म प्रज्ञापारमिताको भावना भएको छैन भनेर बुझनु पर्दछ, जब सम्म कुनै पनि धर्मको उपचयाय वा अपचयाय वा भैरहेको हुन्छ । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा न त पृथग्जनधर्म छोडिन्छ, न त बुद्धका धर्म नै लिईने हुन्छ । यस्को के हेतु हो भने, हे भगवान ! प्रज्ञापारमिताको भावना न कुनै अन्य धर्मको उपलम्भ गर्दा प्रत्युपस्थित हुने हो, न त यो धर्म त्याग्दा उत्पादित भएको हुनआउने हो । हे भगवान ! यस्तो प्रज्ञापारमिताको भावना न त संसारदोषको पछि नलाग्दा नै प्राप्त हुने हो, न त न निर्वाणगुणको (पछि लाग्दा) नै प्राप्त हुने हो । यसको हेतु के हो भने, जस्तै की, हे भगवान ! संसारलाई नै जबसम्म भलिभाँति मैले देखेको छैन भने, त्यस्तोमा संसारको दोषको बारे के बोलूँ । (त्यसै प्रकारले) जब कि मैले निर्वाण पनि लाभ गरिसकेको छैन भने, (र) निर्वाणगुण समेत देखेको छैन भने, (त्यस बारेमा) म के बोलूँ । हे भगवान ! प्रज्ञापारमिताभावना (यसरी गरिनु पर्दछ की) यसमा कुनैपनि धर्मको आदान वा ग्रहण वा निःसरण भएको हुँदैन । हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा न त कुनै धर्मको हानि नै हुन्छ, न त बृद्धि नै हुने गर्दछ । यसको हेतु के हो भने, हे भगवान ! जो अनुत्पाद हो, उसको हानि या बृद्धि भन्ने नै हुँदैन । यसरी गरिएको भावना नै, हे भगवान ! प्रज्ञापारमिताभावना (भएको हुने हुन्छ) । यस्तो प्रज्ञापारमिताको भावनामा न कुनै केहि धर्मको उत्पाद नै भएको हुन्छ, न कुनै धर्मको निरोध नै भएको हुन्छ । हे भगवान ! प्रज्ञापारमिताभावनामा न कुनै धर्मको क्षय (अर्थात् ऊनत्वं) भएको हुन्छ, न बृद्धि (अर्थात् पूर्णत्वं) नै गरेको हुन्छ । यसमा, हे भगवान ! यसरी गरिएको भावना नै प्रज्ञापारमिताभावना भएको हुन्छ । फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमितभावनामा न त अचिन्त्य धर्मको लक्ष राखिन्छ, न बस्तुधर्मको नै लक्ष राखिन्छ । फेरि पनि, हे भगवान ! यो “यत् प्रार्थयते (अर्थात् जुन बस्तुको लागि प्रार्थना गरिएको हो) त्यो नै नभएको, येन प्रार्थयते (अर्थात् जसले प्रार्थना गर्दछ) ऊ नै नभएको र यत्र प्रार्थयते (अर्थात् जहाँ प्रार्थना गरिन्छ) त्यो पनि कतै भएको हुँदैन” भने मात्र यसरी भएको भावना, हे भगवान ! प्रज्ञापारमिताभावना भएको हुनजान्छ । यसमा प्रत्युपस्थित हुँदा, यी धर्महरु अग्रका हुन्, वा यी धर्महरू हीन हुन्, (भन्ने पनि रहँदैन) । त्यसो हुँदा, त्यस धर्ममा (प्राप्त हुँदा) यसमा अग्रता वा हीनता (भन्ने सोच नै) कसरी होला ? यसरी प्रज्ञापारमिताभावनाको योगमा युक्त कुलपुत्रले कुनै पनि धर्म पाएको हुँदैन । (साथै) हे भगवान ! प्रज्ञापारमिताको भावना गर्दा यो कुनै धर्म अग्रका हुन्, या (कुनै धर्म) हीनका हुन्, भन्ने मनमा कलना नै रहेको हुन्छ । यसको हेतु के हो भने, हे भगवान ! उत्पन्न नै नभएको (अर्थात् अनुत्पाद बस्तु) अग्र वा हीन हुने कुरै भएन । (यसै गरी) तथतामा, भूतकोट्यासम्मा (अर्थात् भूत-भौतिकी जे जति छन् सबै समेटेको यावत्) सर्वसकल धर्महरु जति छन्, ती कति पनि अग्र वा हीन भन्ने भएको हुँदैन । यस्तो भावना, हे भगवान ! प्रज्ञापारमिताको भावना (भएको हुने गर्दछ) ।
०२७ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूतलाई बोलाई यसो भन्नुभयो – त के, हे मञ्जुश्री !, बुद्धधर्महरु अग्र(धर्म) होईनन्?
०२८ मञ्जुश्रीले भन्नुभयो – अग्राह्य भएकोले (अर्थात् पक्रिन नै नसकिने भएकोले), हे भगवान ! बुद्धधर्महरु अग्र्य हुन् । अनि, फेरि हे भगवान ! ‘सर्वधर्म नै शून्य हुन्’, भन्नेमा के तथागत (अर्थात् हजूर स्वयं पनि?) अभिसंबुद्ध हुनुहुन्छ त । (होईन र ?)
०२९ भगवानले भन्नुभयो – हो । यो यसै हो । हे मञ्जुश्री ! सर्वधर्मशून्य हुन भन्नेमा तथागत अभिसंबुद्ध हुन्छन् ।
०३० मञ्जुश्रीले भन्नुभयो – तब के, हे भगवान ! शून्यतामा अग्रता वा हीनता को ज्ञान हुँदैन ?
०३१ भगवानले भन्नुभयो – साधु ! साधु ! मञ्जुश्री ! यो यसै हो । हे मञ्जुश्री ! जसरी तिमीले भन्यौ । तब के (भन्छौ), हे मञ्जुश्री ! अनुत्तर होइनन् त बुद्धधर्महरु ?
०३२ मञ्जुश्रीले भन्नुभयो – हो । यो यसै हो । हे भगवान ! अनुत्तर छन् बुद्धधर्महरु । यसको हेतु के हो भने, जस्तो की, हे भगवान ! तिनीहरूमा अणु(को प्रमाण) जति पनि धर्म हुँदैन, न त देखिन्छ पनि । न ते अनुत्तरा बुद्धर्माः (अर्थात् त न बुद्धधर्महरु अनुत्तर नै हुन्छन्???) । फेरिपनि हे भगवान ! प्रज्ञापारमिताभावना यस्तो हो की, (यसमा) न बुद्धधर्महरुको नै आराधना गरेको हुन्छ, न पृग्जनधर्म नै त्याग गरेको हुन्छ । बुद्धधर्महरु न विनयित्री (अर्थात् न बिनयी गराउने अनुशासनी) हो, न संधारयित्री (अर्थात् पालिनी पोषण प्रबर्द्धन धारण) गराउने नै हो । यस्तो भावना (भएमा नै), हे भगवान ! प्रज्ञापारमिताको भावना भएको हुनजाने हुन्छ । फेरि पनि, हे भगवान ! प्रज्ञापामिताको भावना गर्दा न कुन केही धर्मको चिन्तना हुन्छ, न संज्ञान नै हुने गर्दछ ।
०३३ भगवानले भन्नुभयो – तब के तिमी, हे मञ्जुश्री ! बुद्धका धर्महरुका बारेमा चिन्तना गर्दछौ त?
०३४ मञ्जुश्रीले भन्नुभयो – होईन । हे भगवान ! म यस्तो चिन्तना गर्दथँ हुँला, हे भगवान ! यदि मैले बुद्धधर्माको परिनिष्पत्तिलाई (अर्थात् बुद्धधर्मबाट कुनै केहि उत्पादित भएको) देखेको भए । हे भगवान ! प्रज्ञापारमिताभावनामा कुनै धर्मको विकल्प आएको हुँदैन; जस्तो कि – यि पृथग्जनधर्मा हुन्, यि श्रावकधर्मा हुन्, यि प्रत्येकबुद्धधर्मा हुन्, (र) यि सम्यक्संबुद्धधर्मा हुन् । यसको हेतु के हो भने, हे भगवान ! (यस) धर्ममा प्रज्ञापारमिताभावनाबाट योगमनुयुक्त भएका कुलपुत्रले यस्तो पाउँदैन र निर्देश पनि गर्दैन की, पृथक्जनको धर्मा यस्तो हुन्छ, शैक्षको धर्मायस्तो हुन्छ, अशैक्षको धर्मा यस्तो हुन्छ, सम्यक्संबुद्धको धर्मा यस्तो हुन्छ भनि पाएको वा निर्देश गरेको हुँदैन । ति धर्महरू अत्यन्ततया (सानो मात्रामा पनि भएको) म देख्दिन । यस्तो भावमा हे भगवान ! प्रज्ञापारमिताको भावना भएको हुन्छ । न त, हे भगवान ! प्रज्ञापारमिताको भावनामा योगमनुयुक्त कुलपुत्रले यसो देख्दछ – यो कामधातु हो, यो रूपधातु हो, यि आरूप्यधातु हुन्, यावत् यो निरोधधातु हो । यसको हेतु यसो हो कि, जसरी, हे भगवान ! त्यस्तो कुनै(धर्म?) पनि छैन, जहाँ यो निरोधधर्मं देखियोस् । यसप्रकारको भावना नै हे भगवान ! प्रज्ञापारमिताको भावना हो भनेर बुझनु पर्दछ ।
०३५ फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमिताभावना गर्दा कुनै पनि धर्मको उपकार या अपकार गरेको हुँदैन । न त, हे भगवान ! प्रज्ञापारमिताभावना बुद्धधर्माका पालक (अर्थात् धात्री) हो, न त पृथग्जनधर्माका नाशक (अर्थात् छेत्री) हो । यस्तै हो, हे भगवान् ! यस्तो प्रज्ञापारमिताभावनामा पृथग्जनधर्महरुको निरोध भएको हुँदैन; (साथै) न बुद्धधर्महरूको निरोध नै हुन्छ, न त बुद्धधर्महरुको प्राप्ति नै भएको हुन्छ ।
०३६ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! हे मञ्जुश्री ! यसरी यस्तो गम्भीरको धर्म देशना गर्यौ । हे मञ्जुश्री ! तिमीले बोधिसत्त्व-महासत्त्वहरुले, आभिमानिक श्रावकयानिहरुले र औपलम्भिक बोधिसत्त्वयानिहरूले जे जसरी बुझ्नुपर्ने हो त्यसरी बुझोस् भनेर (अर्थात् यथाभूत प्रतिबोध होस्), भनेर मुद्रा स्थापित गरिदियौ । हे मञ्जुश्री ! ती कुलपुत्र वा कुलदुहिताहरु जो एकबुद्धको पूजा-उपासना गर्दछन् (पर्युपासिता) तिनीहरु एकबुद्धमा (मात्र) अवरोपित हुँदा कुशलमूल भएका हुँदैनन् । यो यस्तो गम्भीरको प्रज्ञापारमितानिर्देश सुनेर त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न संत्रासमा पर्दछन् ती हे मञ्जुश्री ! हजारौं बुद्धमा अवरोपित कुशलमूलको (लाई पनि) पनि नाघिजाने हुनेछन्, जो यो यस्तो गम्भीरको प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्य प्राप्त गर्दछ, जो (यो सुनेरे) त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न त संत्रासमा नै पर्दछ ।
०३७ यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले भगवान समक्ष यसो भन्नुभयो – मैले बुझेको छु, हे भगवान ! भूयस्या मात्रया (अर्थात् उत्पन्न भएका जेजति छन्, ति सबैका लागि) भएको यो प्रज्ञापारमिताको निर्देश म मा आभाष भएको छ ।
०३८ भगवानले यसो भन्नुभयो, – हे मञ्जुश्री ! (त्यो) तिमीले स्पष्ट देख्न सकोस् ।
०३९ मञ्जुश्रीले भन्नुभयो – यस्तो छ, हे भगवान ! यस प्रज्ञापारमिताभावना । कि यसमा न कुनै धर्मको स्थिति प्राप्त भएको हुन्छ न त अस्थिति नै । यसको हेतु के हो भने, सर्व धर्महरू अस्थित भएकोले उपलब्ध नहुने भएको हो । यसलाई यस्तै हो भनेर, हे भगवान ! प्रज्ञापारमिताभावना लाई जान्नु पर्दछ की, यो कुनै धर्मको आधार (आध्य आलम्बन) गर्दा देखिने (प्रत्युपस्थिता) होईन । यसको हेतु के हो भने, जस्तो की, हे भगवान ! सर्वधर्महरु निरालम्ब भएकोले हो । यस्तो भावना नै, हे भगवान ! प्रज्ञापारमिताको भावना हुने गर्दछ ।
फेरिपनि हे भगवान ! यस प्रज्ञापारमिताभावनामा देखोस् (द्रष्टव्या) की यसमा बुद्धका धर्महरूमा पनि अभिमुखी भएको हुँदैन भने फेरि जसरी किन प्रत्येकबुद्धधर्ममा या श्रावकधर्मामा नै अभिमुखी भएको होला, पृथग्जनधर्महरु बारे के भन्नु नै पर्यो ।
फेरिपनि हे भगवान ! यस्तो प्रज्ञापारमिताभावना या (यां ? ) भावनामा आएर (भावनामागम्य) यो अचिन्त्य हो भनि बुझी, यसलाई बुद्धधर्मा भनेको (अर्थात् यस्तो त्यस्तो भनि बयान गरी) अचिन्त्यको पनि विकल्प गरि रहँदैनन् । यसरी, हे भगवान ! बोधिसत्त्व-महासत्त्वले सर्वधर्महरुमा अविकल्प रहि प्रज्ञापारमिताको भावना गर्नु पर्दछ, भनेर देखोस् ।
फेरिपनि, हे भगवान ! यस्तो प्रज्ञापारमिताभावनामा यसरि भावना गरी सर्वसकल धर्महरू नै बुद्धधर्महरु हुन् भनि देख्दछ, सर्वसकल धर्महरु अचिन्त्यधर्महरु हुन् भन्ने देख्दछ (र) त्यसरी देखि त्यसैमा देखिबसेको भई रहन्छ । धेरै संख्यामा शतसहस्र बुद्धलाई पर्युपासित गरि, हे भगवान ! ती कुलपुत्र र कुलदुहिताहरु रहन्छन् । तिनीहरु यो यस्तो प्रज्ञापारमितानिर्देश सुनी अधिमोक्ष्य प्राप्त गर्दछन्, न त्रसित हुन्छ न संत्रसित पनि हुँदैन न त संत्रासमा नै पर्दछन् ।
फेरि पनि, हे भगवान ! यस प्रज्ञापारमिताको भावना गर्दा यसमा न त कुनै धर्मबाट संक्लेशित भएको वा न शुद्ध भएको नै देखिन आउँछ । यस्तो भावना नै, हे भगवान ! प्रज्ञापारमिताभावना हो । यसोरी नै, हे भगवान ! जो-जसले प्रज्ञापारमिताभावना गरेको हुन्छ, त्यसमा उसले न पृथग्जनहरुमा नानात्वं गर्दछ, न श्रावकहरुमा नानात्वं गर्दछ, न प्रत्येकबुद्धहरुमा नानात्वं गर्दछ, न त यावत् सम्यक्संबुद्धहरुमा नै पनि नानात्वं(को भाव) गरेको हुन्छ । (अर्थात् कुनै कसैमा विभेद, पक्षपात वा discrimination गरेको हुन्छ) । यस्तो हुन्छ, हे भगवान ! प्रज्ञापारमिताभावना।
०४० तब भगवानले मञ्जुश्रीकुमारभूतलाई बोलाई भन्नुभयो – तब तिमीले, हे मञ्जुश्री ! कतिजना तथागतहरूलाई पर्युपासना गर्यौ?
०४१ मञ्जुश्रीले भन्नुभयो – जतिपनि हे भगवान ! मायापुरुष छन्, जसका चित्त र चैतसिका निरुद्ध भएका छन, ती यावत लाई, हे भगवान ! मैले तथागतहरू हुनुहुन्छ भनेर पर्युपाना गर्दछु ।
०४२ भगवानले भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! बुद्धधर्ममा संस्थित भएका छैनौ त?
०४३ मञ्जुश्रीले भन्नुभयो – कसरी फेरि, हे भगवान ! के कुनै त्यस्तो धर्म प्राप्त हुन सक्दछ, जो बुद्धधर्ममा संस्थित छैन?
०४४ भगवानले भन्नुभयो – तब, हे मञ्जुश्री, यस्ता बुद्धका धर्महरु कसैले (पाएको वा यसमा संस्थित भएको) छ ?
०४५ मञ्जुश्रीले भन्नुभयो – हे भगवान ! यी तावत् बुद्धका जतिपनि धर्महरू (हुने हुन्छ) ती सबै हजूरमा समेत विद्यमान (अर्थात् ज्ञात?) छैन, (हजूरमा समेत) प्राप्त छैन भने अन्यमा त कसरी होला ?
०४६ भगवानले भन्नुभयो – हे मञ्जुश्री ! तिमीलाई असङ्गता प्राप्त भयो ?
०४७ मञ्जुश्रीले भन्नुभयो – यो यसो हो, हे भगवान ! म कहिले पनि कुनै केही संग जुडेको छैन भने, तब किन (यस लोकमा) म असङ्गता प्राप्त गर्न प्रयास गरूँ ?
०४८ भगवानले भन्नुभयो – त के तिमी, हे मञ्जुश्री बोधिबृक्ष(बोधिमण्ड)को तल (बोधि)ध्यानमा (निषण्ण भई) बसेका छौ ?
०४९ मञ्जुश्रीले भन्नुभयो – (जब) हे भगवान ! हजूर समेत बोधिमण्डमा निषण्ण हुनुहुन्न (अर्थात् हजूर स्वयं समेत अज्ञानको बन्धनबाट मुक्ति एवं आलोकको प्राप्तिको लागि बोधिबृक्षको तल ध्यानमग्न भई बसिराखेको हुनुहुन्न) भने, त कसरी फेरि म निषण्ण भएको छु भनि भूतकोटि (अर्थात् सत्त्वप्राणी)बाट प्रमाणीकृत्य गरूँ ?
०५० भगवानले भन्नुभयो – यो भूतकोटि भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?
०५१ मञ्जुश्रीले भन्नुभयो – भूतकोटि भनेर, हे भगवान ! सत्कायलाई भनिएको अधिवचन हो।
०५२ भगवानले भन्नुभयो – हे मञ्जुश्री ! यो संधाय (अर्थात् सजिलै नबुझोस भनेर उल्टपुल्टा पारी भन्ने तरीका, सन्ध्याभाषा) को के अर्थ लगाएका छौ ?
०५३ मञ्जुश्रीले भन्नुभयो – असत् भएको अर्थमा भनिएको हो । हे भगवान ! किनकी काय सत्काय होईन । (किनकी) यो न त संक्रामत (अर्थात् एक कायवाट अर्को कायमा प्रवेश) हुन्छ, न विषंक्रामति (अर्थात् पुरानै कायमा फर्केर पुनर्प्रवेश) हुन्छ । त्यसैले काय अ-सत्काय हो ।
०५४ तब त्यहाँ आयुष्मान् शारद्वतीपुत्रले भगवान समक्ष यसो भन्नुभयो –निश्चित छ, हे भगवान ! ती सबै बोधिसत्त्व-महासत्त्व हुनेछन् भनि जान्नु पर्दछ, जसले यस प्रज्ञापारमिताको यस्तो निर्देश सुनेर अगाडी लाग्दछन्, त्रसित हुँदैनन, संत्रसित पनि हुँदैनन् न त संत्रासमा नै पर्दछन् ।
०५५ तब मैत्रेय बोधिसत्त्व-महासत्त्वले भगवान समक्ष यसो भन्नुभयो – तिनीहरू आसन्नीभूत (अर्थात् हुनै लाएका) बोधिसत्त्व-महासत्त्व हुन् भनेर बुझनु पर्दछ, हे भगवान ! जो यस प्रज्ञापारमिताको निर्देश सुनेर अघि लाग्दछन्, त्रसित हुँदैनन्, संत्रसित पनि हुँदैनन्, न संत्रासमा नै पर्दछन् । किन भने ? यसैगरी, हे भगवान ! प्रज्ञापारमिता (अर्थात् परमा बोधिः) भनेको नै यसैगरी यस्तै धर्महरुको अनुबोधना गर्नु (र गरिरहनु?) हो ।
०५६ तब मञ्जुश्रीकुमारभूतले भगवान समक्ष यसो भन्नुभयो – तिनीहरू (पनि) बुद्ध नै हुन्, हे भगवान ! जो बोधिसत्त्व-महासत्त्वहरु यो यस्तो प्रज्ञापारमिताको निर्देश सुनेर अधिमोक्ष प्राप्त गर्दछ, त्रसित हुँदैन, संत्रसित पनि हुँदैन, न संत्रासमा नै पर्दछ । यसको हेतु के हो भने ? “बुद्ध” भनेको परमार्थतः अनुत्पादको नै अधिवचन हो ।
०५७ तब निरालम्बा भगिनीले भगवान समक्ष यसो भन्नुभयो – हे भगवान ! ती बोधिसत्त्व–महासत्त्वहरू न पृथग्जनधर्महरुमा, न श्रावकधर्महरुमा न त प्रत्येकबुद्धधर्महरुमा अथवा सम्यक्संबुद्धकै (पनि) धर्महरुमा सदाकाल अम्बिष्य भई बसेका हुन्छन् (अर्थात् तिनीहरु बच्चा आमासंग टाँसीई बसेको जस्तै चिपकी रहन्नन्) । (बरू) तिनीहरु यस्तो यो प्रज्ञापारमिताको निर्देश सुनेर अधिमोक्षमार्गमा लाग्दछन्, ती त्रसित हुँदैनन्, संत्रसित पनि हुँदैनन्, न त संत्रासमा नै पर्दछन् । किनकी, हे भगवान ! सर्वसकल धर्महरु निरालम्बा हुन् (अर्थात् बिना आधारको बिना कुनै आलम्बन लिएका हुन्), सर्वसकल धर्महरु कुनै कतै पनि नभएका (अर्थात् असंविद्यमान) हुन् । त्यसै कारणले यसमा कुनै आधार (आलम्बन) नरहेको हो ।
०५८ तब भगवानले आयुष्मान शारद्वतीपुत्रलाई बोलाई यसो भन्नुभयो – हो ! यो यसै हो, हे शारद्वतीपुत्र ! यो यसै हो । यो निश्चित छ भनेर बुझ । ती कुलपुत्र वा कुलदुहिताहरू जसले यो यस्तो प्रज्ञापारमिताको निर्देश अधिमोक्ष(को मार्ग)मा लाग्दछन्, जो यो यस्तो सुनेर न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रास मैं पर्दछन्, तिनीहरु फेरि-फेरि फर्किन नपर्ने (अर्थात् अविनिवर्तनीय) स्तरमा प्रतिस्थित भई सकेका हुन् भनेर तिमीले जान । हे शारद्वतीपुत्र ! (ति) कुलपुत्र वा कुलदुहिताहरू यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्यलाभ गर्दछन्, जो न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रासमा पर्दछन् । (बरू तिनीहरूले यो यस्तो निर्देशलाई) टाउकाले ढोगी स्वीकार गरी ग्रहण गर्दछन् । त्यस्ता तिनीहरू, हे शारद्वतीपुत्र ! परमदानपति हुने हुन्छन, महादानपति हुने हुन्छन्, विशिष्टदानपति हुने हुन्छन् । यस्ता तिनीहरू, हे शारद्वतीपुत्र ! शीलसंपन्न हुनेछन्, परमशीलवन्त हुनेछन्, परमविशिष्ट शीलगुणपथ प्राप्त गर्नेछन्, जसले यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर अधिमोक्ष्य तर्फ लाग्दछन्, न त्रसित हुन्छन्, न संत्रसित हुन्छन्, न त संत्रासमा नै पर्दछन् । यस्ता तिनीहरु, हे शारद्वतीपुत्र ! परमको क्षान्ति, परमको वीर्य, परमको ध्यान, परमको अरु कसैसंग भन्दा कम नभएको (अर्थात् अप्रतिसमया) प्रज्ञाबाट सम्पन्न भएका हुनेछन् । ती तिनीहरू, हे शारद्वतीपुत्र ! (यस्ता) बोधिसत्त्व-महासत्त्व हुनेछन्, जो यावत् सर्वाकारवरोपेत र सर्वज्ञज्ञानबाट समन्वागत भएका हुनेछन्, जो यो यस्तो प्रज्ञापारमितानिर्देश सुनेर त्रसित हुँदैनन् संत्रसित पनि हुँदैन न त संत्रासमा नै पर्दछ, र अधिमोक्षको तर्फ लाग्दछन् ।
०५९ फेरिपनि भगवानले मञ्जुश्रीकुमारभूतलाई यसो भन्नुभयो, – तब फेरि, हे मञ्जुश्री ! तिमी के अर्थको वशीभूत भएर (अर्थात् के मतलबको लागि) अनुत्तरको सम्यक् सम्बोधिको अभिसम्बोध गर्ने ईच्छा गर्दछौ ?
०६० मञ्जुश्रीले भन्नुभयो – “सचेदहं भगवन् बोधये संप्रतिष्ठेयम्, एवमहमिच्छेयमभिसंबोद्धुम्। नाहं भगवन् बोधिं प्रार्थयामि” (अर्थात् त्यसलाई पनि मैले, हे भगवान ! अवबोध गरी, संप्रतिष्ठामा बसी, अभिबुद्ध हुने चाहना पनि राखेको होईन । न मैले, हे भगवान ! संबोधिको लागि ईच्छ नै राख्दछु) । यसको के हेतु हो भने, ‘बोधि भन्नु नै यो मञ्जुश्रीकुमारभूत हो’ ।
०६१ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! मञ्जुश्री ! यसरी तिमीले यो यस्तो रूपमा गम्भीर गम्भीर स्थानहरु निर्देश गर्दछौ । जसरी तिमी पूर्वकालमा जिनहरूबाट कृताधिकारी भई अनुपलम्भ भई चिरचरित ब्रह्मचर्यमा रहेका छौ ।
०६२ मञ्जुश्रीले भन्नुभयो – मैले यस्तै धर्म (लिई बसेको हुने थिएँ हुँला, हे भगवान ! यदि म अनुपलम्भचारी (अर्थात् अन् उपलम्भ आचारी याने हुँदै नभएको कुराको पछिलाग्ने) भएको भए ।
०६३ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमीले, हे मञ्जुश्री ! मेरो श्रावकसंपदा (अर्थात् श्रावकयानका भिक्षु र त्यहाँको ज्ञान आदि) देखेका छौ?
०६४ मञ्जुश्रीले भन्नुभयो – देखेको छु, हे भगवान !
०६५ भगवानले भन्नुभयो – कसरी देख्दछौ ?
०६६ मञ्जुश्रीले भन्नुभयो – त्यसरी नै मैले देख्दछु, जसरी हे भगवान ! कुनै पनि पृथग्जनले देख्दैनन्, न कुनै शैक्षले देख्दछन्, न त कुनै अशैक्षहरूले नै देखेका हुन्छन् । मैले ‘न देख्दछु, न त न-देख्दछु’, यसरी मैले देखेको हुन्छु । यसरी नै मैले न धेरैलाई देख्दछु, न थोरैलाई देख्दछु । यसरी नै मैले न विनीतहरूलाई देख्दछु, न त अविनीतहरूलाई नै देख्दछु ।
०६७ तब त्यहाँ आयुष्मान शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – यसरी, हे मञ्जुश्री ! तपाईले श्रावकयानीहरुलाई यसरी देख्नुहुन्छ, त यो पनि भनिदिनुहोस् की तपाईले सम्यक्संबुद्धयानीहरू लाई फेरि कसरी देख्नुहुन्छ ?
०६८ मञ्जुश्रीले भन्नुभयो – यो बोधिसत्त्व नामको धर्म हो भनेर, हे भदन्त शारद्वतीपुत्र ! म देख्दिन । बोधिको लागि संप्रस्थित भएका हुन्, भन्ने नामको धर्म पनि म देख्दिन । बोधिको लागि भनेर गरिएको चर्या भन्ने यस्तो नामको धर्म हो भनेर पनि म देख्दिन । अभिसंबुध्द भएका (वा हुनेवालाका) यो यस्तो नामको धर्म यो हो भनेर पनि म देख्दिन । यसै गरी, हे भदन्त शारद्वतीपुत्र ! ‘सम्यक्संबुद्धयान’को (नाम भएको कुनै केहि धर्म पनि कतै) मैले देखेको छैन ।
०६९ शारद्वतीपुत्रले भन्नुभयो – त्यसो भए, तपाईले तथागतलाई, हे मञ्जुश्री ! कसरी देख्नुहुन्छ त ?
०७० मञ्जुश्रीले भन्नुभयो – पर्खनुहोस् ! (तिष्ठतु? ) । हे भदन्त शारद्वतीपुत्र ! महानागहरु लाई रहन दिनुहोस् । महानागका बारेमा न सोधनु होस् (मा घट्टय?) ।
०७१ यसो भनिएपछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – ‘बुद्ध’ भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?
०७२ मञ्जुश्रीले भन्नुभयो – यो फेरि पनि, हे भदन्त शारद्वतीपुत्र तपाईले जसलाई “आत्मेति” भनेर भन्नुहुन्छ, त्यो आत्म (अर्थात् स्वयं आफू) भनेर कसलाई भनिएको अधिवचन हो ?
०७३ शारद्वतीपुत्र भन्नुभयो – जो ‘अनुत्पाद’ हो, त्यसैलाई नै, हे मञ्जुश्री ! त्यसैलाई आत्म भनेर भनिएको अधिवचन हो ।
०७४ मञ्जुश्रीले भन्नुभयो – यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! त्यसरी नै जसलाई आत्म भनेर भनिएको अधिवचन हो, त्यसैलाई नै बुद्ध भनेर भनिएको अधिवचन हो । फेरि पनि, हे भदन्त शारद्वतीपुत्र ! ‘अपद’ अधिवचन भनेर जे लाई भनिएको छ, त्यसै लाई बुद्ध भनिएको हो । यस लाई न त, हे भदन्त शारद्वतीपुत्र ! बुद्ध यस्तो हुन्छ भनेर वाचा (मानस)बाट बताउन सकिन्छ, न त वाग्(ध्वनि)बाट नै (बताउन सकिन्छ), हे भदन्त शारद्वतीपुत्र ! न सुकरा(अर्थात् सुकर्म)बाट राम्ररी निरूपण नै गर्न सकिन्छ, – कि मानसिक, (बाचसिक र कर्मिक) रूपमा यस्तो हुन्छ; (भने) बुद्ध लाई (यस्तो उस्तो भनेर बताउन) कसरी सकिएला ? त्यसैले हे भदन्त शारद्वतीपुत्र ! तपाईले जे भन्नुभयो की – बुद्ध भनेको के को अधिवचन रहेछ; – (त्यसको जवाफ हो?) यो न समुदागतो हो, न उत्पन्नो हो, न निरोध नै हुने हो । यो न कुनै धर्म(हरु)संग समन्वागत छ, न कुनै पदको भेद छ । यो अपदको अधिवचन हो भनेर बुद्धलाई बुझनु पर्दछ, हे भदन्त शारद्वतीपुत्र । तथागतंलाई, हे भदन्त शारद्वतीपुत्र ! पाउन चाहनेले आत्मा लाई चिन्होस् (पर्येषितव्यः) । आत्मेति (अर्थात्, “आफू” भन्नु नै), हे भदन्त शारद्वतीपुत्र ! बुद्धको अधिवचन हो । जसरी आत्मा (अर्थात्, आफू भनेको) कत-केहि-कतै पनि विद्यमान छैन, न त उपलब्ध नै छ, त्यसैगरी बुद्ध पनि अत्यन्ततया कति-केहि-कहिं पनि विद्यमान छैन, न त उपलब्ध नै छ । जसरी आत्म (अर्थात् म भनेको) कुनै पनि धर्मबाट वचनीय (अर्थात् वर्णन गर्न सकिने) होईन, त्यसरी नै बुद्ध पनि कुनै पनि धर्मबाट वचनीय छैन । न कुनै केहि संख्या (अर्थात् सांख्ययोग याने ज्ञानयोग)बाट नै बुद्ध भनेको यो हो भनेर बताउन नै सक्दछ । न त, हे भदन्त शारद्वतीपुत्र ! सहजै (सुकरं) आफू को\के हूँ भन्ने अधिवचन जान्न सकिंदैन, त्यस्तै हे भदन्त शारद्वतीपुत्र ! बुद्ध भनेको अधिवचन पनि सजिलै बुझ्न सकिंदैन ।
०७५ तब त्यहाँ आयुष्मान् शारद्वतीपुत्रले भगवान समक्ष यसो भन्नुभयो –यस्तो, हे भगवान ! (जुन भनाई) मञ्जुश्रीकुमारभूतले दिने गर्नुहुन्छ, त्यसलाई यथा आदिकर्मिक (अर्थात् भर्खरै भएका) बोधिसत्त्वहरुले बुझ्न सक्छन् होला र ?
०७६ यसो भनिए पछि मञ्जुश्रीकुमारभूतले आयुष्मान शारद्वतीपुत्रलाई यसो भन्नुभयो – न मैले, हे भदन्त शारद्वतीपुत्र ! त्यसरी बताउँछु, जसरी कृताविन (अर्थात् दक्ष वा स्थवीर) भैसकेका अर्हन्त समेतले पनि बुझ्न सकोस् । न त मैले त्यसरी नै भन्दछु की कसैले नै बुझोस् । त्यसको हेतु के हो भने; ‘बोधि’लाई न कसैले जान्न सक्दछ, न त भलिभाँति अवबोधन गर्न नै सक्दछ । (बोधिलाई) न देखन, न सुन्न, न संझन, न उत्पाद गर्न, न निरोध गर्न, न यो यस्तो हो भनेर देखाउन, वा न बताउन देशना गर्न नै (सकिन्छ) । यस्तो, हे भदन्त शारद्वतीपुत्र ! जति पनि बोधिहरु छन्, ती बोधिहरु न भावो हुन् न त अभाव नै हुन् (अर्थात् तिनीहरु न त अस्तित्वमा रहेका भवपदार्थ ‘भावो’ नै हुन् न त अस्तित्वमा नै नरहेका ‘अभावो’ नै हुन्) । यस्को हेतु के हो भने, बोधिमा न अभिसम्बोध (अर्थात् थाहा पाउने कुरा) केही हुन्छ, न त बोधि अभिसम्बुद्ध नै हुन्छ (अर्थात् न त बोधिले भलिभाँति बोधिलाई जान्न नै सक्दछ) ।
०७७ शारद्वतीपुत्रले भन्नुभयो – हे मञ्जुश्री ! तब के ‘श्रीभगवान धर्मधातुमा अभिसंबुद्ध हुनुहुन्न त’ ?
०७८ मञ्जुश्रीले भन्नुभयो – हुनुहुन्न । हे भदन्त शारद्वतीपुत्र ! भगवान धर्मधातुमा अभिसंबुद्ध हुनुहुन्न । यो के हो भने, हे भदन्त शारद्वतीपुत्र ! धर्मधातु भनेको नै भगवान हो । यसैलै यदी, हे भदन्त शारद्वतीपुत्र ! भगवान धर्मधातुमा अभिसंबुद्ध हुनुभएको भए, अनुत्पादधातुलाई समेत निरुध्द गर्नुपर्ने हुन्थ्यो होला । साथै, हे भदन्त शारद्वतीपुत्र ! यस्तो धर्मधातु नै बोधि हो । यसको हेतु के हो भने, धर्मधातु निःसत्त्व हो (अर्थात् सत्त्व-रहीत हो) । बोधिको अधिवचन नै सर्वधर्महरुको अभाव हो । ‘धर्मधातु इति’ (अर्थात् धर्मधातु भनेको यो हो र यो होईन) भनेर भन्ने सांख्य(अर्थात्, ज्ञानयोगी)हरु (मात्र) हुन् । यसको हेतु के हो भने, बुद्धविषय भनेको नै सर्वधर्महरुको अ-नानात्व (अर्थात् सर्बसकल धर्महरुमा फरक भेद नहुनु) हो । अ-नानात्व भनेको नै, हे भदन्त शारद्वतीपुत्र ! यस्तो अविज्ञप्तिक पद हो । अविज्ञप्तिक भनेको मतलब, हे भदन्त शारद्वतीपुत्र ! विज्ञापित गर्न नसकिने (अर्थात् यस्तो त्यस्तो भनेर भन्न वा प्रकाश पार्न नसकिने कुरा लाई) भनेको हो । यसलाई संस्कृतबाट या असंस्कृतबाट विज्ञापित गर्न सकिंदैन (अर्थात् कुनै अर्कोसंग युक्त गरी संस्कृतगरी अथवा यसलाई कुनै अरुको योग सहयोग नलिई समेत ब्यक्त गर्न सकिंदैन) । यसले कुनै केहि विज्ञप्ति नै नगर्ने भएकोले यो अविज्ञप्तिक हो । किनकी सर्वसकल धर्महरू नै, हे भदन्त शारद्वतीपुत्र ! अविज्ञप्तिक हुन् । यसको हेतु के हो भने, जस्तो कि सर्वधर्महरु प्रादुर्भाव नै नभएका हुन् भने, तिनीहरूलाई (यहाँ छ, वहाँ छ भनेर) स्थितगरी कसरी देखाउन सकिन्छ र ? जो सुकै भए पनि, आनन्तर्यप्रसृता (अर्थात् पञ्चपाराजिक प्रभृतिका अक्षम्य अपराध गर्ने? ) नै पनि अचिन्त्यप्रसृता हुन्; र जो जति अचिन्त्यप्रसृता हुन्, ती पनि भूतप्रसृता नै हुन् । यस्को हेतु के हो भने, भूत भनेको नै, हे भदन्त शारद्वतीपुत्र ! अभेदपद हो । जो यस्तो अचिन्त्यधर्ममा समन्वागत छन, तिनीहरू कहिले पनि न स्वर्गगामी हुन्छन्, न अपायगामी हुन्छन्, न परिनिर्वाणगामी नै हुन्छन् । किन भने, अचिन्त्य (बस्तु पदार्थ) गमनागमन (अर्थात् उत्पन्न हुने र लय हुने चक्र) बाट प्रकट (प्रत्युपस्थित) हुने होईन । न त यावत् (अर्थात् स्वर्ग, अपाय, र) परिनिर्वाण समेत गमनागमनबाट प्रत्युपस्थित हुने हो । यो समेत की, हे भदन्त शारद्वतीपुत्र ! जो चारओटा मूलापत्तिमा अवस्थित छन्, ति (समेत पनि?) अमूलमा अवस्थित रहेका हुन् । यसको हेतु के हो भने, हे भदन्त शारद्वतीपुत्र ! अनुत्पादको न मूल छ, न अग्रको भन्ने हुन्छ, न त केही पाए हुन्थ्यो भन्ने ऐषणा नै हुन्छ । अमूलको भिक्षु भनेर भनेको ‘अप्रतिष्ठित भिक्षु’को अधिवचन हो । उत्पन्नम् अधिकरणम (अर्थात् अधिकरण उत्पन्न गरिसकेका) भनेको अधिक समारोपीलाई भनिएको अधिबचन हो । अधिकसमारोपी भनेकाहरु, हे भदन्त शारद्वतीपुत्र ! चर्या गर्दै लोकमा दक्षिणीय भएका हुन्छन् । किन भने, त्यस अधिकसमारोप समः (अर्थात् अरू र आफूमा भेद नगर्न) भएको हुन्छ । श्रद्धावान भिक्षु (अर्थात् जो अरूमा सहजै बिश्वास गर्दछन्), हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु भोग्न योग्य हुँदैनन् । श्राद्धयो भिक्षु (अर्थात् जसले अरूले भनेकोमा सहजै पत्यार गर्दैनन्), हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुन्छन् । ‘कल्पितो’? भिक्षु, हे भदन्त शारद्वतीपुत्र ! अरूले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुँदैनन् । “अकल्पिको”भिक्षु नै, हे भदन्त शारद्वतीपुत्र ! कसैले श्रद्धाले दिएको बस्तु परिभोग गर्न योग्य हुन्छन् । असमुपहतनेत्र भएका भिक्षुलाई नै योग्य (अर्हन्) क्षीणास्रव भनिएको हो ।
०७९ शारद्वतीपुत्र भन्नुभयो – कस्तो संधाभाषामा, हे मञ्जुश्री ! तपाई यसो भन्नुहुन्छ ?
०८० मञ्जुश्रीले भन्नुभयो – समतामा समुपहता (अर्थात् कुनै केही छेकिएको वा ओझेल परेको) हुँदैन, अझ समता त नेत्री (अर्थात् मार्ग-प्रदर्शक) भएको हुन्छ । यस्तो संधाभाषमा, हे भदन्त शारद्वतीपुत्र ! मैले भनेको हुँ की असमुपहतनेत्री (अर्थात् दृष्य बाधित नभएको मार्ग प्रदर्शक) लाई नै भिक्षु, अर्हन्(योग्य) र क्षीणास्रव भनिएको हो । अनुत्तीर्णभव भनेको, हे भदन्त शारद्वतीपुत्र ! अर्हत क्षीणास्रवको अधिवचन हो ।
०८१ शारद्वतीपुत्र भन्नुभयो – यस संधाभाषाबाट, हे मञ्जुश्री ! तपाईले के भन्न खोज्नु भएको हो?
०८२ मञ्जुश्रीले भन्नुभयो – अणुप्रमाणमा पनि उसमा डर हुँदैन । तव के बाट उसलाई पार पाउन अगाडी लाग्नुपर्यो त । यस्तो संधाभाषामा, हे भदन्त शारद्वतीपुत्र ! मैले यसो भनेको हुँ की, अनुत्तीर्णभव नै अर्हत क्षीणास्रवको अधिवचन हो ।
०८३ शारद्वतीपुत्र भन्नुभयो –अनुत्पन्नक्षान्तिक भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?
०८४ मञ्जुश्रीले भन्नुभयो – जसबाट, हे भदन्त शारद्वतीपुत्र ! अणुप्रमाणमा पनि कुनै धर्म(हरू)उत्पादित हुँदैन, उसलाई अनुत्पन्नक्षान्तिक भनिएको हो ।
०८५ शारद्वतीपुत्र भन्नुभयो – ‘अविनीत भिक्षु’ भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?
०८६ मञ्जुश्रीले भन्नुभयो – अविनीतो भिक्षु भनेर, हे भदन्त शारद्वतीपुत्र ! अर्हत क्षीणास्रवलाई भनिएको अधिवचन हो । यसको के कारण हो भने, जो अविनयो हुन्, ती नै विनीत हुन्; विनयी विनीत होईनन् । यस संधाभाष(को अर्थ), हे भदन्त शारद्वतीपुत्र ! यसरी बताऊँछु, – ‘अविनीतो भिक्षु भनेर क्षिणास्रव अर्हतलाई नै भनिएको अधिवचन हो’ ।
०८७ शारद्वतीपुत्र भन्नुभयो – अधिचित्तमा चर्यागर्ने भनेर, हे मञ्जुश्री ! कसलाई भनिएको अधिवचन हो ?
०८८ मञ्जुश्रीले भन्नुभयो – अधिचित्तमा चर्या गर्ने भनेर, हे भदन्त शारद्वतीपुत्र ! पृथग्जनको लागि भनिएको अधिवचन हो ।
०८९ शारद्वतीपुत्रले भन्नुभयो – के संधाभाषामा, हे मञ्जुश्री ! यसो भन्नु भएको हो ?
०९० मञ्जुश्रीले भन्नुभयो – (किनकी) हे भदन्त शारद्वतीपुत्र ! ऊ (अर्थात् त्यस्ता अधिचित्तमा चर्या गर्ने पृथक्जन) साधिकार भएका (अर्थात् माथिल्लो स्तरका) हो ।
०९१ यसो भनिए पछि आयुष्मान् शारद्वतीपुत्रले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – साधु ! साधु ! हे मञ्जुश्री ! क्षीणास्रव अर्हन् ले जस्तै गरी तपाईले बताउनु हुन्छ ।
०९२ मञ्जुश्रीले भन्नुभयो – हो यो यसै हो । हे भदन्त शारद्वतीपुत्र ! तपाईले जसो भन्नुभयो । (किनकी) ‘न क्षीणास्रव हू, तर अर्हन् होईन’ । यो के हेतु हो भने ? जस्तो, हे भदन्त शारद्वतीपुत्र ! श्रावकभूमि वा प्रत्येकबुद्धभूमिहरुमा क्षीणास्रव (अर्थात् चाहना कुनै बाकी नरहेको) हूँ । यसको पर्याय के हो भने, हे भदन्त शारद्वतीपुत्र ! म क्षीणास्रव हुँ तर अर्हन् (अर्थात् क्लेशरहीत?) होईन ।
०९३ तब भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के यसको यो पर्याय हुन सक्दछन् त, हे मञ्जुश्री ! की त्यो बोधिसत्त्व-महासत्त्व जो बोधिमण्डमा निषण्ण छ, अनुत्तरको सम्यक्संबोधिमा अभिसंबोद्ध हुन अभव्य होओस् (अर्थात् बोधिसत्त्व-महासत्त्व भई, बोधिमण्डमा बसी, निषण्ण भएर बसेर पनि त्यस अनुत्तरको सम्यक रूपमा सम्बुद्ध हुने अभिसम्मबोधी प्राप्ति नगरोस्) ?
०९४ मञ्जुश्रीले भन्नुभयो – हुन सक्दछ । हे भगवान ! यसको पर्याय (के हो भने) जो बोधिसत्त्व-महासत्त्व बोधिमण्डमा निषण्ण भएको भए तापनि अनुत्तरको सम्यक्संबोधिमा अभिसंबोद्ध हुन अभव्य (अर्थात् अक्षम) भएको हुन सक्दछन् । यसको के हेतु हो भने, जस्तो की बोधा(वस्था)मा अणुको प्रमाणमा पनि कुनै धर्म रहँदैन, उपलभ्य पनि हुँदैन । यसैले त्यसलाई अनुत्तरको सम्यक्संबोधि भनिएको हो । यस्तो बोधि अनुत्पन्ना हो । त्यसमा (अथवा तिनीहरूमा) न कुनै धर्म विद्यमान हुन्छ, न उपलब्ध हुन्छ; जो बोधिमण्डमा बसेको छ, वा जो बोधिमा अभिसंबुद्ध छ, वा जो बोधिमा अभिसंबुद्ध हुनेवाला हो, वा जो बोधिमण्डबाट उठेको छ । यसबाट यो पर्याय हुन्छ की, हे भगवान ! बोधिसत्त्व-महासत्त्व जो बोधिमण्डमा बसेको छ, अनुत्तरको सम्यक्संबोधि अभिसंबोद्धुम् हुन अक्षम (अभव्यो) हुने हुन्छ ।
०९५ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – बोधि भनेर, हे मञ्जुश्री ! के लाई भनिएको, कसलाई भनिएको अधिवचन हो ?
०९६ मञ्जुश्रीले भन्नुभयो – बोधि भनेको, हे भगवान ! पाँचओटा आनन्तर्य (अर्थात् पाँचओटा अक्षम्य अपराधहरु?) लाई भनिएको अधिवचन हो । किन भने, जसरी बोधिको प्रकृतिमा यी यस्ता पञ्च आनन्तर्यहरुको अभाव हुने भएकोले (अर्थात् बोधिको स्वरूपमा पञ्चपाराजिक जस्ता अक्षम्य अपराधहरु हुनै सक्दैन भन्ने उपमा हो) । ति आनन्तर्यहरुका प्रकृतिलाई बोधगर्नुलाई बोधि (भनिएको हो), ती आनन्तर्यहरुमा अभिसंबुध्य हुनुलाई बोधि (भनेर भनिएको) हो; सर्वसकल धर्महरुलाई प्रत्यक्षीभावना गर्नेलाई बोधि भनिएको होईन (अर्थात् अभिसम्बुद्ध हुनु भनेको अवबोध गर्नु हो जुन अप्रत्यक्ष पनि हुन सक्दछ, जब की प्रत्यक्षीकृत गर्नु भनेको कृयात्मकरुपमै उतार्नु हो) । किन भने, सर्वधर्महरु नै अत्यन्ततया अप्रत्यक्षा हुन् । त्यस्तोमा कोही पनि अभिसंबुद्धा हुने हुँदैन, (त्यसमा त) न कोही देख्नेवाला दृष्टा हुन्छ, न जान्नेवाला ज्ञाता, यसैगरी न कोही विदिता नै रहन्छन् । बोधि भनेको यस्तो हुन्छ । यसो हो तापनि, हे भगवान ! अभिमानिहरुले यो यसमा अभिसम्बुद्ध हुन सकिन्छ, यसलाई प्रत्यक्षकृत हुन सकिन्छ भनि स्थापित गर्ने गर्दछन् ।
०९७ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमीलाई, हे मञ्जुश्री ! मेरो उपस्थितिको आभाष (ममान्तिके? ) भएको छ, की म तथागत हूँ (अर्थात् म तथागतकजो साथै छु) ?
०९८ मञ्जुश्रीले भन्नुभयो, – छैन । भएको छैन । हे भगवान ! यसको हेतु के हो भने, न मलाई, हे भगवान ! यस्तो भएको हुन्छ(लाग्दछ?) की मैले तथागतलाई चिन्हेको छु, तथागत यस्तो-त्यस्तो हुनुहुन्छ । किनभने जो तथा हो, त्यो तथाता हो । त्यसरी नै जो तथातामा छ, त्यो तथागत हो (तथा चैव तथता च यथा च तथाता, तथा चैष तथागतः?) । त्यसै गरी, हे भगवान ! न तथताले तथागतलाई जनाउँदछ (विज्ञपयति), न त तथागतले नै तथतालाई जनाउँदछ । यस्को के हेतु हो भने, जसरी, हे भगवान ! परमार्थत तथता अभाव हो, (त्यसैगरी) तथागत (पनि) अभाव नै हो । यसैले, हे भगवान ! मलाई यस्तो हुँदैन – म तथागतको संगै छु, तथागत यस्तो हुन्छ । यसैले तथागत भनेकै, हे भगवान ! नामधेयमात्र नै हुन् । त्यसो हुँदा कसो गरी म यहाँ तथागत हुने हुँला – म तथागत हूँ, तथागत यस्तो हुन्छ ।
०९९ भगवानले भन्नुभयो – तिमीलाई, हे मञ्जुश्री ! तथागतको बारेमा केही संशय छ ?
१०० मञ्जुश्रीले भन्नुभयो – छैन । हे भगवान ! छैन । कुनै केही संशय तब हुने हुन्थ्यो, यदी कदाचित् तथागत परिनिष्पत्ति हुने भएको भए, वा तथागतको उत्पत्ति हुने भएको भए, वा तथागतको परिनिर्वाण नै हुने भएको भए ।
१०१ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – त तिमीलाई, हे मञ्जुश्री ! तथागत भनेका उत्पन्न भएका हुन् जस्तो लाग्दैन ?
१०२ मञ्जुश्रीले भन्नुभयो – लाग्थ्यो होला, हे भगवान ! तथागत उत्पन्न भएका हुन् भन्ने, यदि धर्मधातु पनि उत्पत्ति हुने भएको भए ।
१०३ भगवानले भन्नुभयो – के तिमीलाई यो यकिन छैन की, हे मञ्जुश्री ! गङ्गानदीको वालुवाको संख्याप्रमाणमा बुद्ध भगवानहरू यस अघि परिनिर्वृत्त भैसक्नु भएको छ (अर्थात् आएर पनि गईसक्नु भएको छ) ?
१०४ मञ्जुश्रीले भन्नुभयो – के फेरि, हे भगवान ! बुद्ध भगवानहरू एकविषया होईनन् र, अर्थात् अअअअअअअहअअहझअअचिन्त्यविषयको ?
१०५ भगवानले भन्नुभयो – हो । यो यसै हो । हे मञ्जुश्री ! एकविषया हुन् बुद्धहरु र भगवानहरु । उहाँहरु अचिन्त्यविषयक हुनुहुन्छ ।
१०६ मञ्जुश्रीले भन्नुभयो – त कसरी, हे भगवान ! हजूर यहिं हुनुहुन्छ त, होईन ?
१०७ भगवानले भन्नुभयो – हो । यो यसै हो, हे मञ्जुश्री ।
१०८ मञ्जुश्रीले भन्नुभयो – त्यसरी नै, हे भगवान ! यी गङ्गानदीको वालुवाको संख्याप्रमाणमा बुद्धहरू र भगवानहरु परिनिर्वाण(परिनिर्वृता) भई गईसकेका होईनन् । यसको हेतु के हो भने, हे भगवान ! बुद्धहरु भगवानहरु एकविषया हुन्, अर्थात् अचिन्त्यविषया हुन् । अचिन्त्यता न उत्पादन हुने हो, न त निरुध्य नै हुने नै हो । यसैले, हे भगवान ! (जसरी हजूर)भगवान अभिसंबुद्ध हुनुभए पछि मात्र, यी अनागते, अध्वनि, तथगता, अर्हन्तहरू पनि सम्यक्संबुद्ध हूनेछन्, (अर्थात् हजूर जस्तै अभिसंबुद्ध हुने छन्) । त्यसको हेतु के हो भने, अचिन्त्यतामा अतीता वा अनागता वा प्रत्युत्पन्ना भन्ने नै हुँदैन । त्यसैले, हे भगवान ! तिनीहरूको लोकसंनिवेश विभ्रम हो । हे भगवान ! लोकसंनिवेशमा यस्तो भएको हुन्छ – तथागत उत्पन्न भई यावत् परिनिर्वाण गएको पनि देखिन्छ ।
१०९ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – त्यसैले, हे मञ्जुश्री ! यो तथागतको अचिन्त्यता अवैवर्तिक बोधिसत्त्व-महासत्त्व वा क्षीणास्रव अर्हतका (अचिन्त्यता)को तुलनामा निश्चय पनि अचिन्त्यको छ, भनि उहाहरण दिन सकिन्छ । किन भने, यसलाई तिनीहरुले सुनेर पनि न अनुज्ञा (अर्थात् ठीक छ अनेर अनुमोदना) गर्दछ, न त प्रतिक्रोक्ष (अर्थात् ठीक छैन भन्ने प्रतिकृता वा प्रतिरोध) नै गर्दछन् । किन भने किनकी त्यस चित्त अचिन्त्य र निश्चिन्त्य भएको हुन्छ ।
११० मञ्जुश्रीले भन्नुभयो – अचिन्त्य पनि निश्चिन्त्य पनि (हो भनेपछि त), हे भगवान ! सर्वधर्माहरुमा को कसलाई अनुज्ञा गर्ने वा को कस प्रति प्रतिक्रोक्ष्य हुने हो?
१११ भगवानले भन्नुभयो – यसै गरी, हे मञ्जुश्री ! जसरी तथागतहरु निश्चिन्त्य हुनुहुन्छ, त्यसै गरी पृथग्जनहरू पनि निश्चिन्त्य हुन् ।
११२ मञ्जुश्रीले भन्नुभयो – पृथग्जनहरू पनि, हे भगवान ! के त्यसरी नै निश्चिन्त्य हुन् र ?
११३ भगवानले भन्नुभयो – हो यो यसै हो । हे मञ्जुश्री । यसके हेतु के हो भने, जसरी सर्वसकल नै अचिन्त्यको छ, निश्चित रूपमा ।
११४ मञ्जुश्रीले भन्नुभयो – त्यसो भए कसरी, हे भगवान ! हजूरले भन्नुभयो – ‘यसरी नै तथागतलाई निश्चित गर्नु पर्दछ, त्यसै गरी पृथग्जनहरू लाई पनि निश्चित गर्नु पर्दछ’ । त्यसो भए, हे भगवान ! पृथग्जनत्वम् पनि निश्चिन्त्या भए नि । किन भने, हे भगवान ! सर्वसकल धर्महरु नै निश्चिन्त्या हुन् । त के भगवान परिनिर्वाणमा प्रस्थित हुनुभएको हो भने, हजूर त (यहिं) बिहार गरिरहनु भएको छ । हे भगवान ! यसको हेतु के होला ? जसबाट (यैव?) निश्चिन्त्यता हुन्छ, त्यसै बाट नै परिनिर्वाण हुने हो । उसो भए, हे भगवान ! निश्चिन्त्यतामा नानात्व रहँदैन कि । यो पनि की, हे भगवान ! यसरी भन्दछु, – यो यस्तो पृथग्जनधर्महरु, यस्ता आर्यधर्महरु हुन्, भनेका तिनीलाई यसरी भन्नु पर्दछः – कल्याणमित्रहरु लाई तबसम्म पर्युपास गरोस्, त्यसपछि बुझोस् – यि पृथग्जनधर्महरु हुन्, यि आर्यधर्महरु हुन् ।
११५ यसो भनिए पछि भगवानले मञ्जुश्रीकुमारभूत लाई यसो भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! सर्वसत्त्व मध्येको अग्रको तथागत हुन चाहन्छौ ?
११६ मञ्जुश्रीले भन्नुभयो – हो, म चाहन्छु । हे भगवान ! सर्वसकल सत्त्वहरुमध्ये म अग्र्यको तथागत होऊँ, जसबाट सत्त्वहहरूलाई परिनिष्पत्तिगर्न सकूँ ? ।
११७ भगवानले भन्नुभयो – के तिमी चाहन्छौ, हे मञ्जुश्री ! तथागतको अचिन्त्यधर्ममा समन्वागत भएको हुन ?
११९ मञ्जुश्रीले भन्नुभयो – म चाहन्छु, हे भगवान ! अचिन्त्यधर्मसमन्वागत भएको तथागत हुन । त्यो कसरी अचिन्त्यधर्ममा समन्वागत भएको तथागत हुँला ?
११९ भगवानले भन्नुभयो – के तिमी यो पनि चाहन्छौ, हे मञ्जुश्री ! – यि श्रावकहरुलाई तथागतले विनीत गरेको जस्तै गर्न ?
१२० मञ्जुश्रीले भन्नुभयो – यस्तो ईच्छा गर्दछु, मैले । हे भगवान ! यस्तो की– जसरी श्रावकहरुलाई तथागतबाट विनीत गर्नुहुन्छ, त्यसरी नै कुनै अचिन्त्यधातुमा विनयी बनाई पठाऊँ (भैजाओस्?) । हे भगवान ! बुद्धोत्पाद भनेको कुनैकेही उपकार वा अपकारको लागि उत्पन्न हुने होईन । किन भने, जुन धातुमा यो स्थित छ, त्यो असंकीर्ण धातु हो, यसै लाई अचिन्त्यधातु भनिएको हो । त्यस्ता धातुहरुमाम न श्रावकनानात्व छ, न यावत् पृथग्जननानात्व नै पाईन्छन् ।
१२१ भगवानले भन्नुभयो – के तिमी, हे मञ्जुश्री ! अनुत्तर पुण्यक्षेत्रवाला तथागत हुन पनि चाहन्नौ ?
१२२ मञ्जुश्रीले भन्नुभयो – अभाव नै, हे भगवान ! तथागतको पुण्यक्षेत्र हो । यसैले यो अनुत्तरको पुण्यक्षेत्र हो । यस्तो पुण्यक्षेत्र हो, अपुण्यक्षेत्र होईन, त्यो पनि अनुत्तरको पुण्यक्षेत्र । यो पनि की, हे भगवान ! यसमा न कुनै धर्मको बृद्धि हुन्छ न त क्षय नै हुन्छ । यस्तो भएको पुण्यक्षेत्रमा छरिएको बीऊ न पलाउँछ, न खेर नै जान्छ ।
१२३ भगवानले भन्नुभयो – सन्धाभाषामा यसलाई कसरी भन्दछौ, हे मञ्जुश्री ! की ‘त्यस क्षेत्रमा रोपिएको बीऊ न त पलाउँछ, न त खेर नै जान्छ’ ।
१२४ मञ्जुश्रीले भन्नुभयो – यो यसै हो, हे भगवान ! अचिन्त्यको त्यस क्षेत्र हो, यसैले यो पुण्यक्षेत्र हो ।
१२५ तब त्यस बेलामा बुद्धानुभावबाट षड्विकारबाट महापृथिवी चलायमान भयो । सोह्र हजार भिक्षुहरु अनुपादायास्रव चित्तवाला भई विमुक्त भै गए । सात शते भिक्षुणीहरु, तीन शये उपासकहरु, चालिस हजार उपासिकाहरु, कामावचरलोकका नियुतशतानां देवहरु विरज भए, विगतमल भए, (तिनीहरुमा) धर्ममा धर्मचक्षु उत्पन्न भए ।
१२६ तब त्यहाँ आयुष्मान आनन्दले (आफू बसेको)आसनबाट उठनुभई एकांसचीवर प्रावृत्य भई (अर्थात् एउटा कुममा मात्र चीवर पहिरी) दायाँ घुँडाले पृथिवीमा टेकी भगवान समक्ष अञ्जलिबद्ध भई भगवान समक्ष यसो भन्नुभयो – के हेतु, हे भगवान ! कस्तो प्रत्यय रहेछ, यस महतः पृथिवीचाल लोकमा यो प्रादुर्भाव हुनु भएको ?
१२७ यसो भनिए पछि भगवानले आयुष्मान आनन्दलाई यसो भन्नुभयो – यस “आनन्द पुण्यक्षेत्रनिर्देशो नाम धर्मपर्याय” लाई पूर्वकालका बुद्धहरु भगवानहरुले पनि यसरी नै पृथिवीप्रदेशमा देशना गर्नुभएको छ । यो आनन्दको हेतु भएको, यो प्रत्यय भएको यस महत पृथिवीचाल लोकमा प्रादुर्भाव भएको हो ।
।। सप्तशतिका प्रज्ञापारमिता समाप्ता । ।